मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    विमानस्थलमा बत्ती निभ्दा आकाशका विमान अलपत्र

    नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अचानक झ्याप्प बत्ती निभ्यो। एक मिनेट हैन, दुई मिनेट हैन, झण्डै एक घण्टा विद्युत आपूर्ति बन्द भयो। भाग्यले कुनै पनि विमान अन्तर्राष्ट्रिय उडानको थिएन। नत्र सबै विमान अरु देशमा नै अवतरण गर्न बाध्य हुन्थे। आकाशमा छ वटा आन्तरिक उडानका विमान थिए। अवतरण गर्न ठीक्क परेका ती ६ वटा विमान आकाश मै १५ मिनेटसम्म उडिरहन बाध्य भए। विमानहरु वैकल्पिक विमानस्थलहरु भैरहवा, विराटनगर तथा पोखरामा अवतरण भए ।

    टीआईएमा आज बेलुकी पाँच बजेर ५० मिनेटदेखि छ बजेर ४५ मिनेट अर्थात् ५५ मिनेटसम्म विद्युत् आपूर्ति बन्द भएको थियो।

    विमानस्थलको रन वे लाइट सिस्टम पुरानो भएको र वयर एन्ड टियरका कारण पावर सप्लाई केबलमा समस्या देखिएको प्राविधिकहरुले बताएछन्। घटनाको बारेमा जानकारी पाउनेबित्तिकै विमानस्थल पुगेका पर्यटन तथा नागरिक उड्डयन मन्त्री हिसिला यमिलाई प्राविधिकहरुले जेनेरेटर पनि धेरै पुरानो भएकाले राम्रोसँग काम गर्न नसकेको बताएछन्।

    मन्त्री यमिसँगै निरीक्षणमा गएका यमिका पति डा बाबुराम भट्टराईले सम्हालेको मन्त्रालय अर्थ मन्त्रालयका सचिव कृष्णहरि बास्कोटाले नयाँ जेनेरेटरका लागि मन्त्रालयले आर्थिक सहयोग उपलब्ध गराउने आश्वासन दिँदै नयाँ जेनेरेटर खरिदका लागि अनुमानित खर्च तयार पार्न भनेछन्।

    यस घटनाले कुनै पनि अन्तर्राष्ट्रिय फ्लाइटमा असर नपार्ने पर्यटन तथा नागरिक उड्डयन मन्त्री हिसिला यमिले जिकिर गरेको वक्तव्य पढियो। तर, देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यति विधि लापरवाही त हदै भएन र भन्या ? केही भइदिएको भए राष्ट्रकै प्रतिष्ठामा कस्तो आँच आउँथ्यो ? के टीआईएले अन्तर्राष्ट्रिय उड्ड्यन सुरक्षा नीति अनुसार काम गरिरहेको छ त ?

    विमानस्थल प्रयोग गरेवापत् यात्रुहरुसँग असुलिने करवापतको कुनै पनि सुविधा आफूहरुले उपभोग गर्न नपाएको भन्दै यात्रुहरु सँधै गुनासो गर्छन्। विमानस्थलको अस्तव्यस्त स्थितिको बारेमा सँधै यात्रुहरुले गुनासो गरिरहेकै हुन्छन्। अब त झण्डै एक घण्टासम्म बत्ती निभ्ने स्थिति समेत आयो- रामराम ! कहिले सुधार्ने हो यिनीहरुले आफूलाई ?

    No related posts.

    57 comments to विमानस्थलमा बत्ती निभ्दा आकाशका विमान अलपत्र

    • Henary

      Enough is Enough……….Ati bhayou yaar aba ta ……..
      Naya Nepal bhaneko yehi ho…………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Puru

      go ahead and change the name of TIA sothat this porblem will be over.

      there is nothign this government can/will do except some sheet things like change the name of the municipality etc.

      what a shame,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Well all readers and all Nepalese Brothers & sisters wake up its not a time to stay in silent looking those HUNGERS CORRUPTED NETAS….write the their against and complaints comments it will help for our Nation sucess route and little by little everyone will understand wats going on in Nepali soil….Note – Learn lesson from Thailand…. Because single an idea is SINGLE BATTERY, so if we share all of our IDEA, okay we can build better World not only Nepal….An english proverb says NEVER TOO LATE TO LEARN therefore opportunity still on route…..Dont worry….. Murdabad all hungers Leaders of Nepal …..
      Finally may god bless all of us and World always !!!

      Thats all

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • थुइक्क नया नेपाल तेरो पुर्पुरो

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Dr. Asutosh Sharma

      Like many readers commented, this is not just an issue of sudden load shading. Sensitive places like the TIA should always have electricity and reliable alternate arrangement should always be in place. Now the questions are:

      * Was this a result of a simple negligence or there are hidden agendas behind this drama!
      * This happened when Mumbai was under terrorist attack.
      * Did they smuggle ‘ things’ (sutukka) while it was black out for an hour!
      * How much damage this incident will cause in the aviation industry. Will the foreign airlines and foreign tourists still risk their lives to visit/fly to Nepal?
      * Is this how our ‘New peoples republic’ look like?
      * The husband Minster (Baburam) promised wife Minsiter (Hisila) to approve a budget to purchase a generator – wow great job comrades! We this will happen before another black out.
      * Are they firing the GM and other responsible persons of the airport management? Do they have the guts or are they all related to comrades therefore exempt any punishment?

      Let’s feel lucky that no air crash took place and no innocent life was lost during that time, but shame on the old and the new ‘Thekedars’ of Nepal!

      God bless us!

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • suphie

      neta neta bhanda pani maile ta yenha burocrats ko po galti jasto lagyo ta ,yadi ke hi purano bhaeko bhae ta pahile nai fernu parne haina ra ,neta ra karmachhari milera kahne bhae nepal.kasto dikka lagdo kura.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • सार्थक, दोहा-कतार

      जुन जोगी आए पनि कनै चिरेको, जुन मन्त्री आए पनि आफ्नो र नातागोताको भुँडी भर्ने, जुन व्यबस्था आए पनि व्यबस्थापन (Management) जिरो । यो भन्दा गैर जिम्बेवार र लजमर्दो कुरा के हुन सक्ला र ? हेर त नयाँ नेपालको गफ गर्न कत्ती आएको ? छि छि छि !?!?!?!?!?!? लाजमर्दो ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • st

      क-कस्‍लाइ गणतंत्र चाहिएको होइन कामरेड साथी हो? यो त सानु नमुना मात्र हो, हेदै जान ,तल तीरको जग्‍गा सानो टुक्रा बनाएर भारत लाइ बेच्‍छ यिनीहरुले l

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • kaale

      एअरपोर्ट मा त नेपाल बिद्युत प्राधिकरण ले २४ घण्टा नै बिजुली दिनु पर्ने हो । अब भए पनि दिनु पर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • gorkhebaba

      its so sad news……..I am frustrated to comment on nepal govn….everywhere so sad news….I have so bitter experience about TIA….its too difficult to explain….god bless everybody….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bidrohi

      यती पनि नबुजेको साथीहरु, हाम्रो अहिलेको गृह (निरिह) मन्त्री बाम कुनै बेलामा एर्पोटबाट सुन तस्करी गर्न खप्पिस हुनुहुन्थ्यो, तर त्यतिबेलाको सरकार बलवान थियो जनताभन्दा, बत्ती निभाउन आवश्यक थिएन। अहिले लोकतन्त्र छ अलिकती लाज त मान्नुपर्‍यो नि । खै कुरा बुजेको dear हरु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kushal

      Jai hos Baburam, Jai hos Prachanda, jai hos hindi ma sapath garne bhrastha neta haru. Janata le 19 din police ko danda khai khai, marcha ki bachcha bhandai gareko andalon ko faal mitho lagdai cha. Jai hos sabai lai. Yestai pragati ko kura haru time time ma sundai garna pau bhabisya ma pani.
      Jai Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Syangja-JONAM

      रमाइलो धेरै रमाइलो,,,नया नेपाल,,,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Syangja-JONAM

      रमाइलो धेरै रमाइलो,,,नया नेपाल,,,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kiran, doha

      runway ma routinecheckup hunu parne ho,yestai ho bhane nac ko flight ko pani k bharosa…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bijita

      its certailny true Dhanna pasupatinath ko kripa bha ko desh, its a shame everywhere. I m at the Arlanda, airport06 in the morning and just checked my bags in to come home it took 15minutes for that woman to understand my passport. Today I realised why everywhere i travel they check my passport so unundertodably. She asked a collegue beside her ´IT DOESN’T HAVE MACHINE READING,
      laazai mardo Are we so unacceptables to newest technologies? Can’t we afford to upgrade our passport system? I m ashamed once again, Lets manage our country, Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cous

      pashupati nathle raksha garun

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यती मात्रै होर हाम्रो अन्त्ररास्त्रिय बिमान्स्थल्मा कुनै टोइलेट मा पानीनै छैन अनी कही टोइलेट पेपरपनी हुँदैन बजेट्को अभाब्ले कतित भत्केको अवस्थामा छन मर्मत गर्ने बातावरण छैन बजेट्को अभाभले अनी त्यां राखिएका कम्प्युटरहरुले काम गर्दैनन बजेट्को अभाबले । यात्रुहरुसँग उठाएको रकम कसैको बाउ बाजेले आर्जेको रकम हो र ? त्याँहा लगानी गर्ने :( बत्ती र जेनेरेटरको कुरा किन उठाउने किन ? महँगो हुन्छ भन्ने थाहा छैन ? आकाशमा जहाज घुम्नु भनेको सौभाग्यको कुराहो , कती मान मर्यादा हुन्छ नेपालको sky airport छ भन्दा :( विश्वामा गर्न नसकेको काम हामी नेपालीले गरेर देखाउछौं , पावर को कुरा हो क्या :( बत्ती नभएर जहाज आकाशमै अवतरन भयो कस्तो शान को कुरा छ यो । जेनेरेटर पुरानो भएर काम नलाग्ने भएको ले के भोत हामीले पुरानो पुर्खादेखिको सामान राखेर सङ्राहालयको पनि काम गरेका छौ यो हाम्रो अन्त्ररास्त्रिय बिमान स्थल मात्र नभएर अन्तरराष्ट्रिय सङ्राहालय पनि हो कती गर्ब गर्ने कुरा छ । अब आउट अफ लाईट इन्टरन्यासनल एअरपोर्ट भनेर नामाकरण गर्नु पर्छ किन भने बिना लाईटको एयरपोर्त विश्वामा कहाँ छर ? ठुला ठुला डोरी का लथ्था मार्फत आकाश बातै हम्फल्ने बातावरण बनाउनु अझ राम्रो हो सधैं दसैं सधैं दशै कती अग्लो पिङ हुन्छ हाम्रो नेपालमा र ३६५ दिन पिङ्ग मा खेल्ने क्या मज्जा चच हुइ चच हुइ सन्कृतिको बिकास कती रमाइलो हुन्छ । हामिले मात्र नभएर बिदेशिले पनि पिङ खेल्छन आहा क्या रमाइलो बिदेशिलाई भने जङल तिर पनि झार्नु पर्छ अनी भन्छननी “there is a airport into the jungle in nepal “सन्सार्मा कही जङ्लमा एअरपोर्ट छ भनेर नचिताको काम याने जादु हुन्छ क्या सान !बिकास नै बिकास !!! । अनी टोइलेट मा पानी र टोइलेट पेपर किन चाइयो वहियात हात नभए जस्तो ? हात्मा लागे के भोर हात त तल देखी माथि सम्म सबैतिर पुग्ने यन्त्र हो नाकमा गए बास्ना हरर मुख्मा गए ८४ ब्यन्जन क्य मज्जा नेपालीको कत्रो गर्ब अनी हाम्रा मन्त्रीहरु बिदेशमा जाँदा कती सान हुन्छ सबैले गन्धलेनै चिन्छन क्या गौरब हुन्छ । बात् कर्ताहे
      नयाँ नेपाल बनाउन कती सजिलो नत बजेट चाहियो नत दिमाग चाइयो जती आएको बजेट खाएपनी भो धिकुतिमा राखेपनी भो स्वास्नि लाई कती गहना किन्दिनु सुनै सुन ले पुरेर थुपारेपनी भो अनी ग्यानेन्द्र जस्तो बुझेँ भनेर मुन्टो हल्लाए पुगिहाल्ने भो अब सबै नेपालीले लामु लामु जुङ्गा पाल्नु पर्छ जुङ्गा त बिकासको थुङ्गा हो अनी जेल लगाएपछी नहेरुन्त बिदेशिले सिर झुकाउछन क्या । अब बिदेश्मा बस्ने नेपालीले पनि हाम्रो देशको सस्क्रिती सिक्नु पर्छ अनी बिदेश्मा पनि हाम्रो जस्तै शिप्को जगेर्ना गर्नु पर्छ क्या शान । अनी गिरिजा जस्तो बुढी अंलो ठडियाएर भनेपनी भो जे गर्छु तेइ भन्दिन अनी जे बोल्छु तेइ गर्दिन, आटेको कुरो गरेपछी नभन्ने त :( कुरै भएननी

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Aryan

      प्लेन र एयरपोर्ट सामन्ती हरूले प्रयोग गर्ने भनेर बेवास्ता गरेको होला

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हस्यस्पद कुरा हो यो!! ,एक्दमै समबेदन्सिल ठाउँ मा पनि
      बिद्युत को उचित बयबस्था नहुनु भने पछी अरु ठाउँ को त कुरै छोडौन!
      अनी देश मा १५/१७ घण्टा लोडसेडिङ हुनु त सामान्य नै होनी , अझ भोलिको काठमाडौं अहिलेको हाम्रो गाउघर
      को जस्तो हबिगत हुन्न होला भन्न सकिन्न है?
      यी भस्ट नेता हरुले त देश को ईजत कैले पनि राखेनन
      संसारमा नेपाल देश लाई हेर्ने दृष्‍टि एकदमै नराम्ररो छ – गरीब ,कुर्शिको लडाईं ,झगडा ,ग्रिय युध(आतंकारी)आदी ईत-आदी.
      कैले नेपाल को सिर ठाडो हुने छ संसारको सम्मुने।
      जएे नेपाल!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hijo ko ti 2 nepali dai vai ko news ma sabai le bamdev gautam lai majja le gali gariyo sathi haru …………aja feri hishila yemi lai gali garnu ……………baru 1 choti ma nepali PM ani sabai neta , mantri k k huncha sabalai gali garam hudaina sathiharu……????????????? hami le gali vanda aru kehi garna nasakne vayeu…………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • के कुरा गर्नु नेपाल को लाज लाक्छ
      मलाईत साला देश का भस्ट चारी
      चोर् नेता हरु को के कुरा गर्नु इनी
      हरु लाई जनता का छोरा मारेर फाईदा
      लिन छ आफुले अब हेरन कती फाईदा
      खान्छ बाबुराम ले र तेस्को सूवास्नी ले
      एउटा जेनेनेटर खरिद गर्दा ? साला बाबुराम
      अनी अर्को साला दाहाल उस्को स्वास्नि र
      छोरा लाई कता लगेर राखेकोछ साला ईन्डिया
      को धोती नेपालको एअरपोर्ट मा बत्ती न बलेर
      के भोर ईन्डिया को एअरपोर्ट मा त बत्ति त
      बलेकै छ क्यारे साला इे सबै नेता हरु लाई
      एउटै खाल्टो मा उदो मुन्टो माथि खुटो गरायर
      पूर्न पर्६ र नुन पनि हल्दिनु पर्६ किनकी
      छिटो सडाउन को लागि यो कुरा सबै लाई
      चेतनाभया कुकुर नेता हरुलाई
      उमाकान्त
      मलेशिया

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • के कुरा गर्नु नेपाल को लाज लाक्छ
      मलाईत साला देश का भस्ट चारी
      चोर् नेता हरु को के कुरा गर्नु इनी
      हरु लाई जनता का छोरा मारेर फाईदा
      लिन छ आफुले अब हेरन कती फाईदा
      खान्छ बाबुराम ले र तेस्को सूवास्नी ले
      एउटा जेनेनेटर खरिद गर्दा ? साला बाबुराम
      अनी अर्को साला दाहाल उस्को स्वास्नि र
      छोरा लाई कता लगेर राखेकोछ साला ईन्डिया
      को धोती नेपालको एअरपोर्ट मा बत्ती न बलेर
      के भोर ईन्डिया को एअरपोर्ट मा त बत्ति त
      बलेकै छ क्यारे साला इे सबै नेता हरु लाई
      एउटै खाल्टो मा उदो मुन्टो माथि खुटो गरायर
      पूर्न पर्६ र नुन पनि हल्दिनु पर्६ किनकी
      छिटो सडाउन को लागि यो कुरा सबै लाई
      चेतनाभया कुकुर नेता हरुलाई
      उमाकान्त
      मलेशिया

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गजब छ यि नेपाल ka राजनीतिक गर्ने र राष्ट्र का जिम्मा लिने भोका जुका हरु अनी जाल्-झेलका दोहोरी गाउद गाउद अफ्नै धोती फुसकेको थाहा नहुने नेपालका () ब्रमान मुखिया हरु () नेपाली माटो मा जुनाइ सरकार आएनी ? उही उखान जुन बुढा-पाकाले भन्थे जुन जोगी आएनी कानै चिरेको भन्ने भनाइ सित एक रती फरक भेटीएन ! नयाँ तरिकाले भन्दा खेरी —-रङिगन बोत्तल भित्र हलिएको भट्टिको ठरह-मत —-जस्तै ठरह लाई जस्तो रङको बोतल मा हलियो उस्तै रङमा देखिन्छ ——त्सैले नेपाली माटोमा जे पार्टीको को सरकार आएनी बोटल भित्र () उही भोका ब्रमान मुखिया हरु , संसारमै एक नम्बरमा आउने () जाल्-झेलक ब्यापारी हरु —-खै कसैले केही नाप्ल जस्तो देखिएन ! सबै अफ्नै दुनो सोझउन र कुर्ची जोगाउन बाहेक केही उपलब्दी देखिएन —- सबै QUICK RICH and EASY EARNING दाउ कुरेर बसेका छन भन्दा दुई मत नहोल ?
      हेरुnaश काठमाडौं बिमन स्थल ग्रहक बर्गा देखी उठाउनु पर्ने ठाउमा > एक सुको दुइ-नम्बरी गर्नेहारुलाई पो सिधै प्राथमिकअता दिएको देखिन्छ —- INTERNATIONAL एअरपोर्ट जुन राष्ट्रको दैलो अनी एक्कैसो सतप्दिमा FLIGHT SCHEDULE SCREEN टि.भी १४ INCHES
      WITH COVER BY DUST ( ITS REALLY SHAMEFUL,COMPARING OTHER NATIONS )
      DIRTY TOILETS,LICKING WATER —- LABORS FORCES IS ALREADY THERE WHY DONT WORK IN PROPERLY ?
      MY POINTS OF VIEWS NEPALESE GOVERNMENTS OFFICES ALL कर्मचारी ALL GO TO अफिस OR WORK PLACE FOR GET
      तलब —- NO RESPONSIBLE YET फ्रम LOW-CLASS TO HIGH CLASS MINISTRIES——-
      THATS नेपाल DEVELOP-PROGRESS IS SICK-SNAIL SPEED—-WHO SAY WHAT—-???
      NO – २ THE पोखर एअरपोर्ट THE एअरपोर्ट टि.भी ARE IN WORES CONDITION, BECAUSE अफ USING DIRECT – NAKED WIRE INTO PLUG , BURN ALL , यस्त लापार्बाइले गर्द राष्ट्रको धन को शाही उप-भोग नगरिएको अनी राष्ट्रको इज्जत फाल्ने काम भैराखेको छ —- नेताजी हरु भाषान का चउरमा मात्र भुक्ने होइन सम्बधित ठाउको निरिछ्यन पनि गर्नु पर्‍यो —–अनी साचो विवहरन राखने ब्यबस्थ हुनु पर्‍यो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gopal

      Keaantikaari yoddha YAMI le ta kehi garlinki bhaneko ta patidev sanga chhuttinai nasakne rahichhin,padiya kaamko laagi pani patiko prabhaav saathmai chaahine,Yeeni ta independent decision garna sakne rahenachhin bhane aru nepali mahilaako sthiti k holaa?J hos,durghatanaa bhayena tara samasyaa samaadhaan gari antaraastriya udaan ebam mulukko chhabi safal ebam raamro banaaiyos.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हामी सबै एक भएर यस्ता जतिल समस्या लाई मिली जुली हलगर्नु !
      सबैको जरुरिछ यस्ता समस्या कसैको निजिसमस्या होइन त्यसइले
      यस्ता समस्या लाई सबैको आ आप्नो आत्म बाटनै समाधानको उपाय निकल्नु पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak Sharma

      hamro desh ko neta haru ko kahile buddhi aune ho..sabai jana kursi ko pachadi bhagiraka cha…auta le arko ko khuuta tanna prawati bahek aru kehi chiana…desh kun thau ma pachadi pareko cha bhanne kura bechar garna chade pachi yastai huncha…desh ko lagi sochne leader chaiyeko cha nepal lai…brasta karmachri le chaleko cha nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rawbeans

      very sad…….
      international flight bhayeko bhaye kasto beijaat hunthyo
      Thank god kunai accident bhayena

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tilak Karki U.S.A.

      HAREK THAUNMA JAYE BHOLI ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahesh

      someone is going build his new house now. Half of the money for generator and half to build his building……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sapan gurung

      this is new nepal ni sathi ho . nepal lai swterzland banako holani. hoinara , saram aune parne ho new nepal ko sapana ma ramaune haru lai. kina this pani raja badi le garda vako ki . pakka raja badi ko hat cha vana na sathi haru ho.herdai jau ke ek huncha new nepal ma

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mukesh

      डोकोमा प्लस्टिक बेरेर पानी राख्दा कती दिन नै थेग्न सक्छ र ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • TN Rijal

      Please be serious, all leaders.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • niraj

      yo ta laparbahi ko had nai nagyo hai.yesto khabar padnu parne hare shiva.uuuuuuuuuffffffffff

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • gore

      Mafia , TASKAR,
      GOld .

      may be…
      something hidden inside.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • guru

      दिनमा १४ घंटा लोद्सेदिंग हुने देशको एअरपोर्ट माँ ५५ मिनेट हुनु सामान्य कुरो हो.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • shailesh

      yo ta bhayena na ni

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपाली भ्रस्ट कर्मचारीहरुलाई फसी सजएको कनुन बनएर अनी एस्लाई बेबहर्मा प्रयोग नगरेसम्मा यिनिहरु सुद्रिधैनन भ्रस्ट फटाहा पनि यिनै बन्नु छ फेरी काम्गर्ने बेलामा घाम तापेर बस्नु छ अनी बिदेशमा काम गर्न आउनेहारुबाट एअर्पोर्ट चार्ज तिराउदै अनी दलाल्लाई नि एक्लाख भन्दा बढी खुवौनु छ अनी फेरी आफन्तलाई भनी ल्याएका साना सना सामान्हरुको नि भन्सार असुलेकैछन ।।।।थुइक्क साला भ्रस्ट्हरु।।।।यिन्लाइत यहाँ खाडीमा ल्याएर ५६ दिग्रिकोगर्मिमा सेकाउदै दातबाट पसिना चुहाउदै काममा जोताउनु पर्ने।।।।।। होइन यिनिहरुकिन एतिसाहरो लाज पक्षएक ह अ अ अआफ्नो छेत्रको काम सम्हाल्न पनि कती गाहारो ।।।???? आखिर सित्तिमात काम लगाको होइन नि थुइक्क साला नेपाली भ्रस्ट कर्मचारीहरु तेराघरमा काग्रेस पसिजाओस

      तारा मगर यू ए ई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aakash

      Hello all, do you know following factors about TIA,
      - The post of General Manager is like a musical chair, all corrupt 12th level of CAAN are appointed as a GM on a fixed term bases like one year. Latest change is by new minister and he is no other than one corrupt man, Mr. TR Manandhar.
      -In one year, income of General Manager is around 100,000,00 NRS. He shares this amount to other high level officials including ministries.
      -There is no concrete system to look after the technical issues in TIA, one day there may be serious disastrous.
      -Anything can happen at any time, just look and see…..
      Thanks for corruption and corrupted officials supported by politician.
      May Lord Pashupatinath save TIA>……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लापर्बाही र गैरजिम्वेवारि भन्दा पर यो केही होइन। जेनेरेटरले काम गर्दैनथ्यो भने किन पहिलेनै मर्मत गरेर राखिएन । एउटा अन्तररास्ट्रिय बिमानस्थल मा चाहिने पुर्बाधारहरु प्रती सजग नहनु भनेको दुर्घटनाको जोखिममा चल्नु होइन र? के पहिले नै जेनेरेटरको अवस्था को बारेमा सम्बन्धित निकायलाई जानकारी गराइएको थियो? स्पस्ट छान्बिन सहित जिमेवार कर्मचारी जबाफदेही हुनुपर्छ। र सम्बन्धित मन्त्री सजग रहनु पर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna Khanal

      अन्तरराष्ट्रिय बिमानस्थ जस्तो स्थानमा यस्तो सुन्नु र भोग्नु दु:खको कुरा हो फेरी एस्तो घटना नदोहोरियोस धन्यवाद

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Ashim

      यो भन्दा धुर्भागे र् लाज मोर्दो कुरा हरु अरु के हुन सक्छ र हामी नेपालीहरुलाई ! सरकारले उथौने कर, एअरपोर्टबाट हुने के गेर्दो रहिछ हाउ ! सोच्दनी टाउको दुक्ने ! खै क् खै क्
      जै होस्स नेपाल को मन्त्रिहरु र एअरपोर्टको कर्मचारीहरु
      लाज्मोर्दो कुरा, बिदेश टोउर मा जने मन्त्रिहरु केही त राम्रो सिकेर नेपालमा प्रयास गर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishol

      सायद हाम्रा “सरकारी भ्रष्टचारी” हरुलाई जिम्बेवारी भन्ने कुरा थाहा भएको भए यस्तो हुदैनथ्यो होला। उनीहरुको जिम्बेवारी भनेको त जनतालाई दुख्ख दिने अनि राष्ट्रको ढुकुटी सिध्याउने हो। हाम्रो देशमा संकारनै यस्तै बसेको छ, देशको सेबा हैन, भ्रष्टचार गरी पैसा कमाउनको लागी सरकारी जागिर खान्छन।

      अब त नेता र सरकारी भ्रष्टचारीहरुको बारेमा कुरा गर्न पनि बेकार लाग्न थाल्यो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Siyan

      It was happened with me as well while I was feeling the departure form at TIA, that day the power cut was just for two second and came back to normal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राजन खत्री

      अध्यारोको मौका छोपेर कसो मुन्बईको जस्तो आतंककारीले आक्रमण गरेनन.!!एस्तो कुरामा त बेलैमा सम्बेदंशील हुनुपर्छ नि खोई के हो के हो हाम्रो नेपालमा ..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ganesh acharya

      केहि हुनु भन्‍दा पहिलेनै बीचार पुराउनु रामो़ हो!
      तर झन यस्‍तो सम्‍बेदनशिल ठाउँमा !
      हुन त देशलाई शनि ले छुयर होला
      जता-ततै बन्‍दै- बन्‍द!
      बीरामि मेरो आफन्‍त भन्‍ने डाक्‍टर पनी
      बिधाथीं भोलिका भन्‍ने शिक्षक पनी
      अनि नेता देखि जनता सबैले बन्‍दनै
      माग पुरा गनै तत्‍व ठानेछी
      अन्‍तर्राष्‍टि्य विमानस्‍थले पनी
      नयाँ जेनेरेटर लिनको लागि बन्‍द त गर्नु पर्यो नी
      यो गल्‍ति कसको नी सरकारको वा
      पा़विधिको कि तपाइ-हामो़ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Leaders are telling we are creating the New Nepal, but they are following the Old path. One hour off line is not anordinary, so we Nepali are very shameful, JO JOGI AYAPANI KANAI CHIREKO proverb is true.

      I appeal to Baburam Bhattrai do not replace the PN Shah statue from Gorkha. If he was not unified Nepal you would not be a FM of present Nepal. we know you are intelligent DOCTORSAHEB, being a poor poltical analysis, without PN shah’s contribution most of you could not enjoy in New Nepal. I would like to tell truth and universal things but in our Nepali history SATILE SARAPEKO DESH, you could not digest to saying PN Shah was great personality of Old Nepal.Wh has power they could make black to white still we are 21st century people but even we cannot tell reality of society.
      For example, Indian people praise to MahatmaGandhi who was making India independent in 1947 from British colony.
      we people how intelligent we did not like to ex-king Gyanedra, but blamed reach unto PN Shah. Is it faire? Without unification of Nepal our existent could vanishout.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • J.B.Sherpa

      गैर जिम्मेवार र् मेरो के जान्छ र् भन्ने मानशिक्ता बोकेका भ्रस्ट र् लापर्वाह कर्म चारी को गल्ती को यो भन्दा राम्रो परिणाम् के नै सुन्न सकिन्छ र ??? धन्य् छ् नेपाल….!!!! जसो तसो चली राख्या छ् !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jakku Subedi

      krishna prasad bastola haina krishna hari baskota hun finance secretary

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SOVIT KHADKA

      Yestoo sambedansil bisaya ma sajak hunuparne ho….!! Back up system pani hunuparne…!! Kahile hola yestoo..!!??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sandeshak

      krishna hari bhae pani ram parsad bhae pani….tyo kunai thulo bisae bhaena…kuro desko ek matra antarrastriya bimansthal ma batti katinu ho….ra yo nikai lajjit kuro ho…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mohan Rus

      krishol ji you are right,

      यस्ता प्रब्रित्ती भएका कर्मचारी
      को नियत ले नै हो देश बर्बाद
      भएको
      लाखौं सक्षम युवाहरु बिदेसिन वाध्य
      छन भ्रस्ट घुसखोरी र नाताबाद र कृपा
      बाद् को सन्जालमा गोबरगन्दे damage
      माइन्ड भएका कर्मचारी हरुको गैर
      जिम्मेबार पूर्ण प्रतिकृया बाट कुनै नराम्रो
      बिप्पती आइपरेको भये यसको असर
      तपाईं हामी जस्तो आम नागरिक लाई पर्थ्यो

      मलाई लाग्छ जब सम्म जिम्मेबार
      तह बाट आ-आफ्न क्षेत्र मा कार्यरत
      कर्मचारी लाई कडा भन्दा कडा निर्देशान्
      अनी जसले निर्देशन् को बेवास्ता गरी आफ्नो
      जिम्मेबार पुरा गर्दैन त्यस्तालाई तुरुन्त
      terminate अनी खुल्ला प्रतिस्पर्दा गरी सक्षम
      ब्यक्तिलाई पद बहाली गर्ने निती ल्याइदैन
      तब सम्म यि damage माइन्ड हरुले यस्तै
      यकले अर्कालाई दोश पन्छाउँदै देश लाई सखाप
      पार्ने छन
      यिनी हरुलाई दुई हजार होइन दश हजार
      तलब बढाये पनि भ्रस्टचार गर्न छोड्ने छैन
      किनकी यिनी हरु देशका धमिरा हुन जसलाई बिगत
      देखीनै भ्रस्ट नेता हरुले सम्रक्षण गरी रहेका छन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • c-bay

      in these days country is running by sajak janta haru bata jaslai desh ko maya chha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pukar

      gr8 comment

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pravab Bhandari

      नेपालमा शान्ति सुरक्षा अमन चयन अनी बिकास भनेको त आकाश को फल आखा तरी मर भने जस्तै हो .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • puspa

      नेताहरुले ‘भनेको’ कुरा सुन्ने मात्रै बानी परेको छ हामी नेपाली हरुलाई । केही न-भनिदिदा नेताहरुले शायद निन्द्रा पर्दैन कि अब त ! हुन त हामीहरुले नारा जुलुस मात्र गर्न सिकेक छौ । यहाँ पनि महोदयले ‘भन्नु’ भएछ । जेनेरटर को लागत तयार गर्न ‘भन्नु’ भएछ । नेपाली मिडियाहरुले यी ‘भन्नु भएका’ समाचार हरु बाट मुक्ती पाउने कहिले होला। नेपालका पोउने तीन करोड नेपालीहरु मध्ये बढीमा ५०,००० मात्र नेता होलान । बाँकी आम्-जनस्मुदाय मध्ये कसै न कसै ले केही न केही ‘गर्नु’ भएको होला, ती ‘गरिएक’ काम्हरु समाचार हुने दिन कहिले आउने होला। यदी यस्ता कामहरुको रिपोर्टिङ भईदिएको खण्डमा सबै नेपाली हरु केही ‘गर्न’ प्रोत्साहित् हुन्थे की ? त्यसो भईदिएमा नेपालको बिकास कती द्रुत गतिमा हुन्थ्यो होला। उदाहरणको लागि : यदी कुनै ठाउमा खल्दो पुर्नु छ भने एक करोड मानिस्ले एक एक ढुङ्गा मात्र बोकेर लगे भने पहाड बन्छ, तर एक जनाले तेही काम गर्न करडौ दिन लाग्छ। कृपया गाउ गाउमा भएको सानातिना बिकास निर्माणका समाचारलाई प्रमुख प्राथमिकअत दिएर प्रकाशित् गर्ने हो भने – मलाई पूर्ण विश्वाश छ, भोली पाठकहरुलाई पनि कस्ले के ‘भन्यो’ कि ‘भनेन’ भन्ने समाचार खोज्नुको साटो कहाँ कहाँ के के ‘भएछ’ वा ‘गरिएछ’ कसरी ‘गरिएछ’ भन्ने समाचारहरु खोजी खोजी पढ्ने बानी अवस्य पर्ने छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • talent and educated pilot, engineer they are not in nepal because nepal can not pay enough salary that is why many people who is studying out side they don,t return to get job in nepal,because fail politics,not safety.not guareenty any thing in nepal when where what happence never knows this country iam really worried about my country nepal just imagine somalia ,and ithopia has alot gold and dimaond in the world. now poorest country in the world somalia and ithopia we are nepali we don,t have that much mines everey ehere land locked place we are getting help this time alot from other country because of new nepal when people understand thats all lame excuse because they are not going to use this amount that grants in other hand there is no system in nepal to do any thing when world bank and international organization will know nepal is not using this money properly than grant will stop after that nobody will help nepal at the time all the party and ycl nepal tarun daal and youth force they will fight each other situation will be more bad and civil war will begin it is not very far we will see soon nepal alwayes be fail country there is alot of things to fail. to make new nepal the law should be like a saudi arabia.very strict no rally no party no comment no fighting.no protecting and no politics just we need very hard law and who ever makes coruption should be hang.
      arjun sigdel queens new york.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    eXTReMe Tracker