-लारा राई-
शनिबार साहित्यको लागि केही लेख्ने जमर्को थियो तर ध्यानकेन्द्रित हुन सकिरहेको छैन लामो लेखप्रति। केही महिनाअघि काठमाडौँ गएकी थिएँ। गणतान्त्रिक नयाँ नेपालमा राष्ट्रनायकहरु छानिएको मौसम रहेछ। केही दिनको बसाईमा काठमाडौँ शहर पनि घुमियो, धुमिल स्मृतिहरुसँगै। अतः मलाई यसपटकको आफ्नो काठमाडौँ भ्रमणताका आफूले पाएका भिन्नता, भोगेका रोचक एवं रमाइला अनुभूतिहरु माइसंसारका साथीहरुसँग साटौं कि भन्ने इच्छा थियो वास्तवमा। कारण, प्रवासमा बस्ने साथीहरुका लागि साझा चौतारी हो माइसंसार र पक्कै पनि वहाँहरुलाई पनि रोचक लाग्ने छ भन्ने ठहर मेरो। तर त्यस्तै भयो।
सबै अनुभूतिहरुलाई समेटेर कुनै दिन लामो लेख पनि लेखौंला। भर्खरै पढेको ब्लग अ (शान्ति), अ (सुरक्षा) ले ध्यानकेन्द्रित गर्यो। र, लाग्यो-सान्दर्भिक लाग्नेछन्, भर्खरै मात्रै मैले लेखेको यो कविता। र, धेरथोर मेरो अनुभूति पनि पक्कै उजागर गर्ने नै छ यसले। त्यसो त कविताको प्रचार होइन, गणतान्त्रिक नयाँ नेपालको राजधानी, काठमाडौँका चोकहरुमा घुम्दा मैले जे देखें, त्यसको सानो झलक मात्रै हो यो कविता-
कमरेडको आरोहण !
चर्चित नायिकाको विज्ञापनसँगै
राजधानीको ब्यस्त चौकहरुका
अग्ला होर्डिङ्गबोर्डहरुमा
रंग खुइलिंदै गएका तुलहरुमा
उप्कँदै गएका जर्जर भित्ताहरुमा।
कमरेडलाई स्वेत सलाम !
१।
अनिंदो कैयन रातहरुसँगै
छिचोलेर लाशहरुको पहाड
टेकेर सिन्दूर पोखिएको जमिन
कमरेडको आरोहण !
चर्चित नायिकाको विज्ञापनसँगै
राजधानीको ब्यस्त चौकहरुका
अग्ला होर्डिङ्गबोर्डहरुमा
रंग खुइलिँदै गएका तुलहरुमा
उप्कंदै गरेका जर्जर भित्ताहरुमा।
इ, हेरिरहेछु-
हावामा लहर्राउँदै माथि
उचालिएको कमरेडको
दाहिने हातको मुठ्ठी र,
नाराहरु यथावतै-
“गणतान्त्रिक नयाँ नेपालका
भावी नायक, कमरेड…………..। ”
२।।
रक्तिम क्रान्तिको विजय
क्रमशः
रुपान्तरित सत्ता र सरकारमा
तैपनि,
किन अझै खुम्चिरहेका छन् ?
आम जनताका दैनिकीहरु
गणतान्त्रिक नयाँ नेपालको आयतनभित्र
निर्धक्क किन हाँस्न सकिरहेका छैनन् ?
निर्दोष जिन्दगीहरु
गणतान्त्रिक नयाँ नेपालको अनुहारभित्र
किन अझै बेखबर छन् ?
हराइरहेका हरि बहादुरहरु
गणतान्त्रिक नयाँ नेपालको मानचित्रभित्र
भोग्दैछ किन अझै पनि विस्थापित मनहरु ?
असह्य पींडा र वेदना
बेस्कन दुःखेको विगतसँगै
गणतान्त्रिक नयाँ नेपालको आँगनभित्र
कमरेड !
क्रान्तिको उदघोषसँगै
कुल्चिएका तरुनी सपना र,
गुराँसका रक्तिम थुङ्गाहरु
किन अझै बल्झिरहेका छन् ?
संवेदनाविहीन मान्छेहरुको हुलभित्र।
३।।।
भो !
अपार असहमति छ मेरो
संवेदनाविहीन मान्छेहरुका हुलसँग
यदि, बेहिसाब मृत्युको मूल्य
आहुति र सपनाहरु शहिदका
फगत सत्ता आरोहणमात्रै हो भने
केवल, फगतले कज्याएको सरकार
फगतले ठडाएका तुलहरु
आस्थाको फूलसँगै
च्यातिएर झर्नेछन् जमिनमा
मानौं,
विज्ञापन हो समय पनि
खस्कंदो लोकप्रियतासँगै उँधोमुण्टो हुने
विज्ञापनका होर्डिङ्गबोर्डहरुजस्तै
राजधानीको व्यस्त चोकमा
के थाहा पुनः फेरिन सक्छन्,
फगतले ठडाएका ती होर्डिङ्गबोर्डहरु
ध्वंस्त बन्नसक्छन् ,
ऐतिहासिक शालिकहरुजस्तै
आस्था गुम्दै गएका ती आरोहणहरु
समयको प्रहारमा।
४।।।।
र,
देशको अर्को दुर्भाग्य!
फेरि दुख्नेछन् मुटुहरु
बल्झिनेछन् चोट र घाउहरु
पलायन हुनेछन्
देशका भविष्यहरु
त्यसैले,
अबका समयहरुसँग
अनुदित होइन हामीले
परिष्कृत बन्दै जानुपर्छ
लालत्रासदीबाट मुक्त
अहिले र यहीबाट,
बस्ती, शहर र समग्र मुलुकमा
कमरेड!
आस्थाका फूलहरु फूलाउनुपर्छ
सदभावना एवं शान्तिको तुलहरु टाँग्नुपर्छ
आस्था एवं एकताका होर्डिङ्गबोर्डहरु ठडाउनुपर्छ।
५।।।।।
इ, हेरिरहेछु-
ठिङ्ग
एक्लै
चिन्तित,
विस्थापित एउटा मन,
उभिएर अघिल्तिर
मरणासन्न राजधानीको ब्यस्तचौकमा
हावामा लहर्राउँदै माथि
उचालिएको कमरेडको
दाहिने हातको मुठ्ठी
अग्ला होर्डिङ्ग बोर्डिङ्गहरुमा
रंग खुइलिंदै गएका तुलहरुमा
उप्कंदै गरेका जर्जर भित्ताहरुमा।
ओ कमरेड !
त्यो मुठ्ठीलाई
मेरो पनि सलाम !
तर, लालहीन
स्वेत सलाम !
किनभने,
तातिने क्रममा छन्
सडकहरु अझै पनि
जितेको ठानेर सर्वस्व
हिजो गुमेकाहरु पनि
अतः
आस्थाको/एकताको
सदभावनाको/शान्तिको
रक्तपातविहीन, प्रेमको
कमरेडलाई,
निख्खर स्वेत सलाम !!
(त्यसो त शब्द कसैको पेवा हुँदैन तथापि, गोले दाइ तपाईंको चर्चित “स्वेत सलाम” शब्द सापट लिएँ कारण, मेरो कविताको दृश्यांशसँग यो शब्द उपयुक्त हुन्छ जस्तो लाग्यो। आभारी छु भन्ने जानकारी पनि यहीँ दिंदैछु)
No related posts.









अन्तर आत्मा देखि धन्यवाद दिनु पर्छ लारा जी लाई परिवर्तन मूखी र क्रान्तिकारी कविताको लागि । बधाई पनि ।
मन परे हरियो, नपरे रातो
0
0
लारा दिदी धेरै पछि हजुरको कबिता पढ्न पाएँ धेरै खुशी लाग्यो।कबितामा शब्दहरुको मात्रै ठेली लगाएर हुँदैन एउटा गहिरो भाब हुनु पर्छ भन्ने कुरा तपाईंले सिकाउनु भयो तपाईंलाई ह्रिदय देखी धन्यवाद। लारा दिदी एउटा कुरा तपाईंले hknepal.com मा लेखेको धेरै लेख पढेको छु र धेरै कुरा तपाईंबाट सिकेको छु।अचेलत म पनि जानी नजानी साहित्य लेखन तिर तानिएको छु। मान्नु होस तपाईंहरुको सिको गर्दै छु म पनि। धन्यबाद
मन परे हरियो, नपरे रातो
0
0
लाराजीको कबिता “सुन” हो भने।
कालेजी को कबिता “सुनमा सुगन्ध”।
दुबैले नेपालको वर्तमान स्थितिबाट वाक्क भएर
कलम समात्न मजबुर भएको भान हुन्छ।
नेपालको वर्तमान स्थितिलाइ बिभिन्न प्रदूषणहरुले छ्या छ्या र टुक्रा टुक्रा पारेको छ।
यो प्रदूषित कालो बादल भित्र सेतो समिज र स्वच्छ भावना लिएर आउनु भएका “केहि” हरुलाइ पनि सबैले प्रदुषणकै एक भाग को रुपमा हेरिएको छ।
यस निसासिने वातावरण वाट “केहि” लाइ बाहिर निकाल्ने भन्दा पनि
यस प्रदूषणलाइ नै अनत्य गर्ने तर्फ लागौं।
लाराजी र कालेजी जस्तै हामिहरुले पनि “कलम क्रान्ति” सुरु गरै,
एक दिन न एक दिन त धुवाँ भित्र निसासिएको काठमान्डैलाइ
स्वच्छ र पवित्र कान्तिपुर बनाउन सकिएला नि।
हरियो र भरिलो नेपालमा मिठो चियाको चुस्किका साथ कथा कविताहरु पढन कत्ति स्वाद आउला।
H_R_G
मन परे हरियो, नपरे रातो
0
0
sochdai thie mero desh badaliyo ki bhanera,tara yo ta ustai rahechha,kabita sarai man paryo.
मन परे हरियो, नपरे रातो
0
0
its really a heart touching nice poem.please keep it on….
मन परे हरियो, नपरे रातो
0
0
Laraa ji ,
kavita swet salaam le
ujagar gare tee bachaa
garekaa uthai tyo haat!
khuileka tool ani
upkeka bhittama ke
garchhan sabai tehi baat !
bolchhan andhyaro raat
chichyai karai guhari
ke chhodekai ho nepallai shantile saath ?
dhanyabaad tapailai laraa
kavita padhechhi lagyo malai
aba jhukne chhaina hamro gaath!!
मन परे हरियो, नपरे रातो
0
0
ma sanga kunai sabdhharu china lara Gi lai bhane jo bhannu parne ho uha afaile bhanmi saknu bhyo yathartha.ma uhalai aru yestai kabita lekhnalai subhakamana dina chahanchu.Really wounderful and touching poetry,one of the best account among the genres of the poetry up to todays’ publication in MYSANSAR Blog.Hope to behold the best creation form Lara GI in the days to come,thanks alots.
मन परे हरियो, नपरे रातो
0
0
लाराजी ,
कविताले वर्तमानको सजिब चित्र उतार्दा वर्तमानको चित्रमा टड्कारो आवश्यकता बनेर उभिएको छ श्वेत सलाम – अर्थात आज हामी एकले अर्कोलाई गर्नुपर्ने सम्बोधनमा शुभ्रता , शुद्धता , विनम्रता रहनु आवश्यक छ । श्वेत सलाम ( कसैले यस्लाई गलत बुझेका पनि थिए ) लाई पेवा बनाउने अथवा यस्को प्रतिलिपि अधिकार आफैँसँग राख्ने भनेर लेखेको थिईनँ मैले । साह्रै खुशी पो लागेको छ बरु वर्तमानमा यस्को महत्व यसकारणले यसरी छ भनेर प्रष्ट्याउँदै यति सुन्दर कविता लेख्नुभएकोमा ।
साह्रै धन्यवाद तपाईंलाई ।
मन परे हरियो, नपरे रातो
0
0
kaale, u have a very good point and real thing and u can say whatever u look and hear, exactly like mirror and also u have brialint mind …….keep it up
मन परे हरियो, नपरे रातो
0
0
कबिता पढेर फेरी एकपटक मनमा निराश छायो, नया नेपाल को सपना बटा नराम्रो सग बिउझिये , मेरो देश अझै उस्तै रैछ, कबिता एकदम राम्रो छ,
By the way, I respect kaale feelings too. Very good and realistic.
मन परे हरियो, नपरे रातो
0
0
Realy excellent poem.I became hertly greatfull for your creation.
मन परे हरियो, नपरे रातो
0
0
म झीँगा हुँ।
मेरो जिन्दगी फोहो्रमा बित्दछ।
म फोहोरमा नै रमाउछु।
मलाई लगेर सत्तामा राखे पनि -
मलाई सारा जनताले माने पनि -
म झिँगा हुँ र मलाई फोहोर मनपर्छ।
म वास्तविकताबाट पृथक सिध्दान्तको किरा हुँ।
कसैले नबुझ्ने ठूला ठूला शब्दमा म बोल्दछु।
म उठाउँछु हात – पड्काउछु बात -
म जे भन्छु त्यो मान्य भए मान नत्र खान्छस् लात
मेरो सिध्दान्त धुर्व सत्य – अरूका कुरा मिथ्या हुन्।
म सत्य बोल्छु अनि सत्य म भएर बोल्छ।
म र मेरो बाद नै मेरो कार्यनिती हो।
मेरो नितीको लागी मैले मेरो सम्पत्ति अर्पेको छु
त्यसैले त म मेरै बाद चढेर अमेरिका र युरोपको भ्रमण गर्दछु।
यो त सारा भाग्यको कुरा हो
षडयन्त्रकारीको कुरो सुनेर मेरो चुरो थाहा पाउन खोज्नेहरू हो -
कान खोलेर सुन -
म नै नेपाल हुँ र नेपाल नै म पथ हुन लाग्दैछ।
मन परे हरियो, नपरे रातो
0
0
राम्रो लाग्यो कबिता । मन छोयो
ताकु, पाल्खु, गोरखा
***************
मन परे हरियो, नपरे रातो
0
0
Reality poem thanks alot LaRa Ji more expect for the future
मन परे हरियो, नपरे रातो
0
0
लारा जी,
कविताको निम्ती धन्यबाद/
तपाईंको लेख् हरु अतेन्तै मार्मिक हुन्छन /
देखे सम्म र भ्याए सम्म पढ्ने गरेको छु /
आगामी दिनहरुमा पनि यस्तै मन छुने लेख्हरु पढ्न पाइयोस /
सुभ्कामना /
मन परे हरियो, नपरे रातो
0
0
हो लारा जि मलाई पनि तेस्ताइ लगिरहेछ
यो सुन्दर भित्ताहरु म श्वेत सलाम अनौठो लागिरहेछ
बलेका थिए ति भित्ताहरु
उदए सुर्यको ध्वोनी झैं
कल्पनामा थिएनन ति मस्तिस्कहरु
बिहानी को पर्खाइमा
तर लारा जि सुर्य उदाएन
बिहानी कतै पलाएन
कचुली फेर्ने आशामा
कैद बालखरु
सुन्य अन्धकार्मा
खोज्दैछन ति लाल मुठिहरु
तर लाराजी तुसारो सँगइ
ति श्वेतभए भित्ता सँगइ हरायो ज्योति
बिलाए ति रहरमै
तपाईं पनि सम्झिनु हुदोरहेछ ति अग्नी झै भिताहरु
जो कोरिएकाथिए सिङो रगतले
बनेकाथिए कम्रेद्का मुठिहरु
कसरी सुके लाराजि ति भावनाहरु ?
सुन्छु बालखरु रोहिरहेछन
युबा हरु कापिरहेछन
कोही खोज्दैछन सन्तानहरु
कोही भेट्टैछन आशुहरु
खोइ लाराजी सपनाहरु ?
बोल्दाइनन ति मुठीहरु ?
हो लाराजी तपाईंले भनेजस्तै
श्वेत भएत ति सक्तिहरु ?
किन बज्दैन मुरलिहरु ?
कताहराए ति धुन हरु ?
म मुर्छित भएँ लाराजी
तपाईंको कबिताले
अब केही हुँदैनत भन्ने सन्काले
हेरिरहेछन यि आँखाले
हो लाराजी तपाईं सत्यहो
हो बिल्कुल हो
मलाई भरम भएको होइन रहेछ
सडकहरु बोल्दाइछन
भित्ताहरु ओकल्दैछन रगतहरु
तरररर चुइेर गए ति भावनाहरु
शाहीद्का सप्नाहरु
होइन तिमी ननिदाउ ए मुठी हो
नखुल भुवा झै
ए हावामा नउडन भन्या
निन्द्रा खोलन भन्या
अझै पनि समय पर्खिरहेछ
रङ भर मुठिहरुमा
तर श्वेत होइन
पूर्वको लाली हेरत तेइ फुल्नु पर्छ
ओ लारा जि यो हुँदैन
यो असत्य हो
कबिता कबिता कबिता
लाराजिको कबिता
म सुन्दिन
म सुन्दिन
मलाई अझै पनि आश छ
ए लारा जि भन्दिनुहोस्त
लाल मुठी श्वेत छैन भन्दिनुस्त
गोले दाई त्यो शब्द लाराजिलाई नदिनुस्
प्लिज गोले दाई नदिनुस्
अब यो शब्द dictionary मा छैन भन्दिनुस्
लाराजिलाई सम्झाइदिनुस्
दिन्न भन्दिनुस्
मन परे हरियो, नपरे रातो
0
0
कबिता साह्रै राम्रो लाग्यो
पाठक बर्ग को मन छुने
खाल्को रयछ मन छोएर
के गर्नी जती मन जनता
को छुन्छ तेती कुकुर नेता
हरु को मन छुने भये हाम्रो
देश को यो गती हुने थियन
इे भरस्ट चोर नेता हरु
लाई अब फेरी क्लास दिएर
पाठ् पदाउनु पर्यो हामी
जनताले
उमाकान्त
मलेशिया
मन परे हरियो, नपरे रातो
0
0
आलोचनात्मक सुझाब सहितको ब्यङ्यात्मक कबिता ले नमिठो सत्यको आभास गरायो। कबयत्री लाई धन्यवाद।
मन परे हरियो, नपरे रातो
0
0
कविता मलाईपनि राम्रो लाग्यो। भाव र शब्द दुवै राम्रा छन्, सलल वगेको छ र सन्देशमुलक पनि छ।
धन्यवद लाराजी!
मन परे हरियो, नपरे रातो
0
0
नमस्ते लारा दि!
तपाईं को कबिता एकदमै राम्रो र मन छुने लाग्यो
एकदमै भाभुक बनायो कबिता ले.
शब्द च्यन एक्दमै राम्रो छ.
अझ राम्रो राम्रो कबिता लेखदै जानुहोला तपाईंलाई
प्रगतिको लागि शुभ – कामना छ.
मन परे हरियो, नपरे रातो
0
0
Lara ji,
It is nice poem and I liked it.
मन परे हरियो, नपरे रातो
0
0
कविताभित्र सबैतिर स्वेत सलाम नै देखें तर कमरेडहरुलाई चाहिँ स्वेत भन्दै कालो सलाम ठोकेछीन् दिदी लाराले ।
मन परे हरियो, नपरे रातो
0
0
Dear Lara Rai,
As one of the commenters wrote in my sansar “Change is not like sunrise and sunset in a day” yeah, absolutely,It takes a long Path. We can’t expect many things from government within a day or month.History says that the entire development of western world is the continues strive and effort of its ancent people.The way we think, the way we grown up ,the culture we follow are such de facto elements that has lead the society towars construction or destruction.we are responsible for our own destruction.Government just has to manage and we are to follow.But if we do not want to follow, how can a govermnet manage?
For some examples, government makes some rules for Night Club, but there is so called movement, government wants to clear the footpaths for easy access to pedestrains, there is so called movenet. Yeah,it’s true that there should be some alternative place that could government manage before displacing them.similarly, government made some rules for wine control.Many things are declared in budget -speech .so people has to actively support such programs so that government can go to the destination.but there is entire culture of taking things in a funny maner or just going against it. Nepal is a beautiful country. it needs a bit management, nothing more. More wide roads are necessary with well plan,well plan of water system is required, government can even distribute the gas to every home like underground water.every roads should have names, every home should have home number, there should be proper management of dirty stuffs, govenrnt has to manage parks, grounds, public places,mamagent of many toilts in the public area,managent of traffics etc. But are we (people sure that we will follow the government’s rules and regulation?.
if one intents to kill another,not a single government can control in the world.but it matters how stern action is taken or how responsible the government is to find out guilty ,i mean criminal.
Lara ji, your poem is the output of wrong vision towards government.Everybody thinks of changing humanity but nobody thinks of changing himself.
c u
Anish
मन परे हरियो, नपरे रातो
0
0
Very nice poem.
Keep on writing.
मन परे हरियो, नपरे रातो
0
0
लाराजी ! राम्रो कविता लेख्नु भएको रहेछ। तपाईंको शब्दशिल्प प्रसंशनिय छ।
मन परे हरियो, नपरे रातो
0
0
राम्रो र सरल भावयुक्त कबिता ।प्राय नेपालीको मन को भाब लाई कबिताको मध्यम बाट राख्नुहुने कबिएत्रिलाई मेरो साधुबाद छ ।
युनिभर्सिटी अफ मीआमी
फ्लोरिडा
मन परे हरियो, नपरे रातो
0
0
यो कबिता लाई मेरो पनि स्वेअत सलाम
मन परे हरियो, नपरे रातो
0
0
sarai nai ramro
मन परे हरियो, नपरे रातो
0
0
Really nice.
मन परे हरियो, नपरे रातो
0
0
thank you lara ji its very simple and touchable to every body.
मन परे हरियो, नपरे रातो
0
0
कविता भनेको यस्तो हुन्छ जुन बन्दुकको गोलि भन्दा तिखो। I like it very much. Kaale jee, Keep it up.
मन परे हरियो, नपरे रातो
0
0
लारा जि को कबिता ले जत्तिकै तपाईंको कबिताले पनि मन दु खायो ! हाम्रो मन दुखे जत्तिकै दु ख् नु पर्ने हरुको मन पनि दु खे देखी कती जाती हुन्थियो !!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
Yes!it is .
मन परे हरियो, नपरे रातो
0
0
नमस्कार!
नमस्कारलाई आदरपूर्ण अभिवादनको रुपमा शायद प्रयोग गरिन्छ जस्तो लाग्छ । गर्नेले सन्मानयुक्त्त भाव ब्यक्त्त गर्छ भने स्विकार्नेले प्रेममय । नेपाली साधारण जनजीवनमा नमस्कार, जे होस् अत्यन्त प्रचलित माध्यम हो, स्वागत गर्ने, अभिबादन आदनप्रदान गर्ने । यो मूलत अर्पण हो ग्रहण होइन । यस्को प्रक्रिती वाध्यत्मक (forceful)नभै नम्र देखिन्छ ।
सलाम! लाल सलाम! श्वेत सलाम!
सेनमा सलामी अर्पण गर्ने र सलामी ग्रहण को परंपरा छ । यस्को निस्चित पोस्चर पनि छ र forceful त छँदैछ । लाल सलाम अझ कडाइको अवस्था हुनुपर्छ ।
श्वेत सलाम प्रसंगको टिप्पणी गलत बुझाईले गरिएको थियो भन्ने लाग्दइन । जस्तो प्रजातन्त्रमा जस्तोसुकै ऊपसर्ग जोडेपनी कुनै अर्थ रहन्न । त्यो व्यबहारमा प्रजातान्त्रिक पो हुनुपर्यो । त्यस्तै सलाम आँफै पूर्ण छ त्यसमा लाल र श्वेत थपेर रंगाउंदैमा गहिरो र अर्थपूर्ण सलाम हुँदैन होला भन्ने मात्रै हो कि?
मान्छे अलग अलग छ, भावना अलग अलग छ । यस्तै हो । तर, जहाँसम्म लाग्छ तितो दोहोर्याउनु भन्दा मिठोलाई कोट्याउनु सबैको लागि प्रिय लाग्छ । तर मलाई त मेरै नमस्कार नै प्रिय छ । नमस्कार!
मनिष
मन परे हरियो, नपरे रातो
0
0
नमस्कार!
नमस्कारलाई आदरपूर्ण अभिवादनको रुपमा शायद प्रयोग गरिन्छ जस्तो लाग्छ । गर्नेले सन्मानयुक्त्त भाव ब्यक्त्त गर्छ भने स्विकार्नेले प्रेममय । नेपाली साधारण जनजीवनमा नमस्कार, जे होस् अत्यन्त प्रचलित माध्यम हो, स्वागत गर्ने, अभिबादन आदनप्रदान गर्ने । यो मूलत अर्पण हो ग्रहण होइन । यस्को प्रक्रिती वाध्यत्मक (forceful)नभै नम्र देखिन्छ ।
सलाम! लाल सलाम! श्वेत सलाम!
सेनमा सलामी अर्पण गर्ने र सलामी ग्रहण को परंपरा छ । यस्को निस्चित पोस्चर पनि छ र forceful त छँदैछ । लाल सलाम अझ कडाइको अवस्था हुनुपर्छ ।
श्वेत सलाम प्रसंगको टिप्पणी गलत बुझाईले गरिएको थियो भन्ने लाग्दइन । जस्तो प्रजातन्त्रमा जस्तोसुकै ऊपसर्ग जोडेपनी कुनै अर्थ रहन्न । त्यो व्यबहारमा प्रजातान्त्रिक पो हुनुपर्यो । त्यस्तै सलाम आँफै पूर्ण छ त्यसमा लाल र श्वेत थपेर रंगाउंदैमा गहिरो र अर्थपूर्ण सलाम हुँदैन होला भन्ने मात्रै हो कि?
मान्छे अलग अलग छ, भावना अलग अलग छ । यस्तै हो । तर, जहाँसम्म लाग्छ तितो दोहोर्याउनु भन्दा मिठोलाई कोट्याउनु सबैको लागि प्रिय लाग्छ । तर मलाई त मेरै नमस्कार नै प्रिय छ । नमस्कार!
मनिष
मन परे हरियो, नपरे रातो
0
0
Dear Prem Bhai,
So sweet of you! thanks for your nice words to me. Ma pani sikdaichhu lekhnalai…..don’t let your finger down, keep writing continue…..all the best!
Didi
मन परे हरियो, नपरे रातो
0
0