मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    शनिबार साहित्यः फोटो हेर्नुस्, कविता लेख्‍नुस्

    माइसंसारको फोटो हेरी कविता लेख्‍ने प्रतियोगिता अन्तर्गत यस साताको लागि चुनौतिका रुपमा यो फोटो-

    फोटोको भावसित मिल्ने कविता लेख्‍नुस्। कविता बाहेकका कमेन्ट नगरिदिनुहोला। त्यस्ता कमेन्ट प्रकाशित हुने छैनन्।

    गत साताको नतिजाको घोषणा केही घण्टापछि गरिनेछ।

    No related posts.

    57 comments to शनिबार साहित्यः फोटो हेर्नुस्, कविता लेख्‍नुस्

    • pravu

      I really like this poem. thank u bipin jee
      keep it up.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Basanta Thapa,Maryland,USA

      छोरी !
      तिमी कती ठुलि भइसकेछौ
      तिमीलाई नदेखेको पनि धेरै बर्ष भइसक्यो
      म आउने कोशीस गर्ने छु अर्को बर्ष !
      छोरी !
      आमा रोएमा भनी दिनु बाबा
      अर्को बर्ष त आइहाल्नु हुन्छ्नी भनेर
      बाबाले धेरै नाना ल्याइदिन्छु रे
      धेरै धेरै खेलौना ल्याइदिन्छु रे
      मिठा मिठा पापा ल्याइदिन्छु रे
      आमा नरोउ म पनि फेरी रोइ दिन्छु
      बाबा पनि रुनु हुन्छ !
      छोरी !
      साथीभाइले तिम्रो बाबा खोइ त भने
      भनी दिनु हामीलाई सुख दिन पर जानु भा छ भनेर
      भनी दिनु छिट्टै मेरो बाबा आउनु हुन्छ भनेर
      तर बिन्ती नभनिदिनु आमा सधैं बाबा सम्झेर रुनु हुन्छ भनेर
      बाबा आमा एकसाथ रुनु हुन्छ फोनमा भनेर !
      छोरी !
      बाबा आउछ अर्को बर्ष तिमीलाई अङगालो हाल्नलाई
      तिमीलाई सुमसुमाउनलाई
      साथीभाइहरुलाई तिम्रो बाबा चिनाउनलाई
      तिमीसँग बसेर जिबन गुजार्नलाई !

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

    • ashish

      सपना हरु धेरै छन सजिएका यि आँखा मा
      कल्पनआ सजौला भने बसछु म यो बिपनी मा
      बन्छु म ठुलो मान्छे सोछ्छु अहिले बसेर
      रोज्छु म ठुलो उदेस्य अहिले देखी नै सँगलेर

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • तिमी मलाई भन बाल आज
      यो बालपन्मा कसरी फिँरु म ?
      म बाल बन्दै अभिनय गर्दा
      तिमी सहजै पुगी छेउ बस्ता
      म दङ्ग पर्दै अनी खेल्न थाल्छु
      हेराइ तिम्रो अनी म नियाल्छु
      निर्दोश तिम्रो जब भाव देख्छु
      लेखेर मैले कसरी यो सक्छु ?
      बुइ त आयौ जब क्लेश पर्दा ,
      देखे तिमीलाई प्रसन्न मुद्रा
      हरायो मेरो सब मन्को मैलो
      तान्यौ नि टुप्पी अनी जात्रा भैगो
      तानेर काख्मा जब राख्छु भन्छु
      देखाइ जिब्रो ललकार्दै हिद्छौ
      ममी मलाई बाबाले चिमत्दा
      दुख्योनी भन्दै तिमी पोल गर्दा
      बाबु नजाउ तिमी बाबा छेउ
      ममीको माया गर यता आउ
      भन्दै ममिले तिमीलाई काखमा
      राखी मुवाइ पनि खाइ हात्मा
      बोकेर दुध्को घुटुको पिलाई
      फेरी बोलाउछौ दिलले मलाई
      तिमी सँग खेल्ने अनी दाउ पाइ
      मस्ती हुने बाल फेरी मलाई
      भुल्दिन तिम्रा ति अतित सारा

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sishir

      looks like an angel
      droping from d sky
      cant say a word
      ur such a sweet child

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • सानी नानी रुप मेरो सागरको पानी
      फुल जस्तो आँखा राम्रो हेरिरहने बानी
      खेल्न मलाई मन पर्ने कुची डन्डिबियो
      पडी गुनी ज्ञानी बन्छु हेर्छु देश मेरो
      सधैं मेरो चाह पनि अधर लाई छुने
      नराम्रो काम गर्दिनम देस्मा दाग हुने
      मेरा साथी काले भुन्टे कता खेल्न गए ?
      सोची रहने देशको लागि मेरो धोको सय
      तत्पर छु अगाडी म लम्की झम्की जान
      पालुवा हुँ नचुडे यो मेरो बालपन
      स्कुल त्यो कता भन्दै हेरी रहेकी हुँ
      बाटो देखे जाने मैले धोको बोकेकी हुँ
      आमा सधैं मलाई बोकी माया गर्नु हुन्छ
      मेरो मुख हेरी सधैं आश गर्नु हुन्छ
      पर पर हिमालको टाकुरिमा आँखा
      लुगालाई चुम्न पुंगे हिमाल चुमुँ भंदा
      बालक छु तर कती हेर्न मन लाग्ने
      जती हेर्यो उती कतै खेल्न मन लाग्ने
      टिकी मेरो सानो सानो निधार को माथि
      यस्तै शोभा दिने प्रण गरेँ मैले साथी
      आँखा भरी गाजलु यो यही एक सेश
      पहरा यो देश बोक्ने, नानी मेरो देश
      मुख भरी गुराँसको आभा देख्नु हुन्छ
      ओठ भरी बिहान को लाली देख्नु हुन्छ
      सिरमाथी सेतो रङ्ग हिमालको छाया
      गुराश को रङ्ग खुल्ने मेरो बस्त्र माहा
      कोरी बाटी केश मेरो आकाश हो भन्छु
      सबै ढाकी, छाता जस्तै सितलता दिन्छु
      हात्मा मेरो एकताको माला देख्नु हुन्छ
      चुरा मेरा अनेक यि एकै देख्नु हुन्छ
      चौडा मेरो छाती माहा फुल देख्नु हुन्छ
      गुराशको माया कती गाढा देख्नुहुन्छ
      भ्रिकुटी र सिता बन्ने रुप देख्नु हुन्छ
      अब मलाई स्कुलमा जान दिनु पर्छ
      “बाबा आउनु हुन्छ “भनी दादा भन्नु हुन्छ
      हामी हेर्न आउछउँ एता मामु रुनुहुन्छ
      हेर्दा हेर्दा हिमालको छाया बनी दिन्छ
      टोलाउछु बाबा सम्झी कस्ले माया गर्छ?
      अझै आशा भरोशा छ मेरो छाती माथि
      भयो दादा भित्र जाउँ रुनु हुन्न कत्ती
      दादा बुद्द बन्नु तपाईं भ्रिकुटी म बन्छु
      जाउं भित्र दादा अब मामुलाई भन्छु

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • भिम

      परिचय
      —–
      बाल-सौन्दर्यको
      एउटा नमूना,
      गुराँस फुलेको
      लजालु
      तर,उत्सुक अनुहार,
      गाजलु
      तर,एक जोडी
      सजग आँखाहरु,
      बर्णन गर्नामा
      शव्दाभाव खटकिन्छ।
      अतुल्य बाल-नमूनामा
      यथार्थता झल्किन्छ।।
      न बित्दो छ
      न बग्दो छ,
      केवल,
      नेपाली मौलिकता छ।
      विशिष्‍ट बाल-सुशिलता छ।।
      बोलाईमा शव्दजाल भेटिंदैन।
      सोचाईमा भव-सागर देखिंदैन।।
      ++++
      खुल्न सिक्दैको
      एउटा अबला,
      हिंड्न सिक्दैको
      एउटा जिवन,
      निस्वार्थ-
      दैनिकी यो छान्दैन।
      तिर्सना यो राख्दैन।।
      बिन्दास-
      बाबाको व्यस्तता बुझ्दैन।
      आमाको बाध्यता सोच्दैन।।
      हेराईमा अशिष्‍टता पाईंदैन।
      तर,रुनलाई बिषय चाहिंदैन।।
      न अधुरो सपना छ
      न अपुरो कल्पना छ,
      केवल,
      शितल हृदय छ।
      सिंगो बाल-परिचय छ।।
      बखान गर्नामा
      श्रेष्‍ठ शव्द भेटिंदैन।
      उत्कृष्ट बाल-परिधानमा
      शालिनता छेकिंदैन।।
      ++++
      स्व-विवेक सिक्दैको
      अवोध पाईला,
      संसार चियाउँदैको
      कोमल चेहरा,
      सहर्ष-
      ल्याईदिए खोजेको
      लाईदिए रोजेको,
      अनेकता खोज्दैन।
      मधुर मुस्कान रोक्दैन।।
      न घामको रन्को छ
      न पानीको दर्को छ,
      केवल,
      बित्दो सदावहार छ।
      सजल संसार छ।।
      मैना झैं बोलाई छेकिंदैन।
      टुसा झैं उचाई रोकिंदैन।।
      ++++
      अनिश्चित गन्तव्यको
      प्रथम पदचाप,
      सुदूर योजनाको
      एउटा शुरुआत,
      निधारमा टिका सजाएर
      फक्रँदैको कोपिला।
      गमक्क,तर
      आफैमा काँचो छ धड्कन।।
      बुझ्दैन चुराको अन्तरकथा।
      जान्दैन पालिसको सुन्दरता।।
      सरस-
      ऐश्वर्य गाउनमा
      शव्द-चयन खटकिन्छ।
      निश्छल चन्चलतामा
      भावालंकार झल्किन्छ।।
      न जटिलता छ
      न संकिर्णता छ,
      केवल,
      नेपाली मौलिकता छ।
      विशिष्‍ट बाल-सुशिलता छ।।
      बोलाईमा जादूगरी छोपिंदैन।
      सोचाईमा भव-सागर देखिंदैन।।
      ++++ ++++

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • रोहित (denmark)

      हामी हौँ देश का बालबालिका
      बन्ने छौँ हामी नै वीर भोलिका

      अस्ती को हप्ता कस्तो राम्रो र छिटो कबिता लेखेको मुल्याङ्कन नै भएन मुल्याङ्कन गर्ने बेला मा कस्ले कती चाडै लेखेको छ त्यो पनि हेरौ न उमेश जि । आँशु कबी को महत्व हुँदैन?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • हो काका
      हिजो हामी काकाचुली खेल्ने ठाउँमा
      तपाइहरु कवाज खेल्नुभो
      हामीले खुरुक्क मान्यौ र बाटो लाग्यौ ।
      त्यसपछि हामीले हाम्रो चौरमा कहिलै खेल्न पाएनौँ
      हामीले पढ्ने स्कुलमा
      काकीहरुले भाषण गर्नु भो
      हामीले त्यतिबेला पनि चुपचाप मान्यौ
      हामीले हाम्रो स्कुलमा राम्ररी पढ्न पाएनौ

      हामीले खाना खाने बेला
      टुप्लुक्क हरिया टाटेपाटे लुगा लगाएर
      दिदीहरु आइपुग्नु भो
      हामीले दिदीहरुलाइ खुवाएर पठायौ
      हामीले त्यसदिन गिठा र भ्याकुरले गुजारा गरेका थियौ

      आमाको फरीया किन्न राखेको पैसा
      बाटो खर्च दिएर तपाइहरुलाइ पठायौ
      तपाइहरु काठमाण्डौ पुगेर बिजय जुलुस अनि
      अबिर जात्रा गरेको पनि हामीले टिभिमा देख्यौ
      अनि आज रित्तै फर्कर आउनु भो ?
      हामीलाइ मात्र हो र
      बाबा र आमालाइ पनि केही नलिएर आउनु भो ?
      ए कपालमा जेल लगाउने जुँगेकाका
      मलाइ आश्चर्य लागिरहेछ !
      हामीलाइ घृणा लागीरहेछ!!
      तपाइँको महान बेइमानी देखेर !!!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • madan bajracharya

      dear editor, trying to write a poem looking at that cute picture of a little girl above.

      she knows you but you don’t.

      look at her eyes, she is watching you
      you may pretend to yourself and hide too,
      but,her vision is bright, she sees you;
      what you were and how you look now,
      you may change your idendity and address too,
      but where are you from and where you are now;
      she knows that and look at her eyes,
      she is watching you what you are doing.
      you may turn back or try to run far
      but her eyes will always follow you
      she can see you inside your heart and mind.
      you cant hide any, her vision is so bright
      and, look at her forehead right above those eyes,
      that has imprisioned your all deeds fore-ever
      you cant’ delate those and you cant’ run
      look at her eyes she is watching you.
      she is so amall now, her hands are too short
      but be sure, it will grow long enough and;
      she will catch your neck for what you did,
      look at her eyes she is watching you.
      you can hide yourself now, but she will get you.

      (above poem is dedicated to all currupt and killer politicians)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • सन्दिप सागर लण्डन यु के

      जीवनको मुल्य घटीरहेको बेला
      म जीवनको परिभासा खोज्दै छु
      बर्तमानकाहरुले
      बिगतका ईतिहास बिर्सेंपछी
      भविस्यहरुले निर्बोद भए पनि
      सोच्नुपर्ने रहेछ

      उ पर मान्छेहरुको हुल
      समयसग सम्झौता गरेर बचेँका
      पिडासग मित्रता गासेका
      सम्भाब्य मृत्‍युको त्रासमा
      क्षतीपुर्ती बाच्नेहरुलाई सुम्पन
      हस्ताक्षर गरिरहेछन

      धेरै कुरा भन्न सक्दिन म
      मानौ म निशब्द छु
      भावनाहरु ओकल्न
      रहरहरु पस्कन
      शब्दपथमा नउभिएपनी
      मौन सडकबाट मेघमाला आकाश
      नियाली सके
      मलाई लाक्षग्रिहको पात्र नबनाउ
      यहाँ बिदुरहरु छैनन
      दुर्योधनहरुको राज चलीरहेछ

      तिमी मलाई सजाय नदेउ
      बिन्ती छ मेरो
      म शान्त छु शान्त रहन चाहन्छु
      तिमी पनि शान्त बन
      हाम्रो देशनै शान्त हुनेछ
      यि मेरा आँखाहरु
      मेरो देश हासेको हेर्न आतुर छन
      तिमी पनि त्यस्तै बन
      ——-बस——-

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bipin

      बिपिन

      हे सानी नानी माया कि खानी,क्या राम्रो मुहार
      कानमा मुन्द्री त्यो रातो टिका, खुलेको निधार
      रातो के चिज राखेर मुख्मा,हातले समा’की
      कस्लाई हो हेर्न बाटुला आँखा,तिमीले घुमा’की
      *******************************
      आज छौ सानी भोली त देसको ,कर्णधार् हुनु छ
      जीबनको पथ् मा लम्केर तिम्ले,चन्द्रमा छुनु छ
      त्यो बुट्टे रातो कुर्तामा तिमी,कस्तरी सुहा’की
      कस्लाई हो हेर्न बाटुला आँखा,तिमीले घुमा’की
      *******************************
      कती छ सरल् बालक काल,निस्वार्थी भाबना
      सबैलाई समान् ठान्दछ्यौ तिमी,गर्दछ्यौ चाहना
      हिमाल झैं गोरी मायाकी डोरी,रातो सल् लगा’की
      कस्लाई हो हेर्न बाटुला आँखा,तिमीले घुमा’की
      ********************************
      रमाउँदै एक्लै खेल्दछौ तिमी,चन्चले स्वभाव
      बालक काल्मा परेको छैन,केही पनि अभाव
      गाजलु आँखा शीरमा काँटा,टिपिक्क लगा’की
      कस्लाई हो हेर्न बाटुला आँखा,तिमीले घुमा’की
      *******************************
      सिर्जना तिमी सिर्जनशिल् बन्दै,यो आधि आकाश
      ढाकेका नारी सबैलाई छर्देउ,तिमीले प्रकाश
      हातमा चुरा छम्छम नाच्ने, तिमी छ्यौ मजाकी
      कस्लाई हो हेर्न बाटुला आँखा,तिमीले घुमा’की
      ********************************
      सुन्दर फूल भोलिका तिमी,आकाशकी जून हौ
      भ्रिकुटी जस्तै चम्किनु पर्छ,तिमीले सुन लौ
      काटेकी कपाल गलामा माला,रै छौ नि लगा’की
      कस्लाई हो हेर्न बाटुला आँखा,तिमीले घुमा’की
      *******************************
      यस कबिता मा प्रयोग भएका शब्द को अर्थ
      समाकी —समाएकी
      घुमाकी —घुमाएकी
      सुहाकी —सुहाएकी
      लगाकी —लगाएकी

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • RANJU

      kumar jee ko second kabita le mero ma chhuna safal bhayo .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dipesh

      मान्छे सानी सानी तिमी
      हाम्री प्यारी नानी तिमी
      ——
      नाना टोक्नु हुन्न सुन
      छोड यस्तो बनी तिमी
      ——
      के रहेछ त्यस्तो उता
      हेर्छौ आँखा तानी तिमी
      ——
      घर हो कि मामाघर
      भन कता जानी तिमी
      ——
      छोटो केसमा काटा लाकी
      स्वभावले ज्ञानी तिमी
      ——
      छल कपट केही नजान्ने
      आबोधपनकी रानी तिमी
      ——
      कल कल गरी बग्ने
      सफा निस्छल पानी तिमी
      ——
      मान्छे सानी सानी तिमी
      हाम्री प्यारी नानी तिमी
      ——————

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Kim Aryal

      Spelling error, sorry about that…..
      Suppose to be Chaos not Ciaos.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      गुलाबी नानामा सजिएकी नानी
      नाना खाने बालखे बानी
      कसरी लेखु म तिम्रो गीत
      कसरी बनु म तिम्रो मित !
      ~~~~
      के हेर्छ त्यस्तो द ङ्ग तिम्रा नयन
      के सोच्छ त्यस्तो ? त्यो कमलो मन
      हेर्छ्यौ के त्यसरी केही सो चे जसरी
      के देख्यौ त्यसरी टोलायौ यसरी !
      ~~~~
      बजार मा गयौ कि जात्रा हेर्न लाई
      देख्यौ कि रमाइला चटकी दाई
      नाना टोक्यौ कि थोरै डरा आइ
      कि पराइ देखी थोरै लजाइ ?
      ~~~~
      बग्यो भाब हिउ पग्लिए झै
      मनका कुरा झरना झरे झै
      प्रश्न मेरो ज्यु को त्यै
      तिम्रा कुरा बुझिन मैले क्यै !
      ~~~~
      त्यो हेराइ गहिरो कती
      अ था ह बिशाल भब सागर जती
      खोजु कि थोरै सागर को मोती
      बनाउ कि जुहार सजाइ ति
      ~~~~
      कोपिला फूल गुलाबकी
      रङ्ग शितल शा न्त नयन कि
      तिमी जून गगनकी
      तिमी कबिता कबी मनकी ।
      ~~~~

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Luna

      गुलाबी नानामा सजिएकी नानी
      नाना खाने बालखे बानी
      कसरी लेखु म तिम्रो गीत
      कसरी बनु म तिम्रो मित !
      ~~~~
      के हेर्छ त्यस्तो द ङ्ग तिम्रा नयन
      के सोच्छ त्यस्तो ? त्यो कमलो मन
      हेर्छ्यौ के त्यसरी केही सो चे जसरी
      के देख्यौ त्यसरी टोलायौ यसरी !
      ~~~~
      बजार मा गयौ कि जात्रा हेर्न लाई
      देख्यौ कि रमाइला चटकी दाई
      नाना टोक्यौ कि थोरै डरा आइ
      कि पराइ देखी थोरै लजाइ ?
      ~~~~
      बग्यो भाब हिउ पग्लिए झै
      मनका कुरा झरना झरे झै
      प्रश्न मेरो ज्यु को त्यै
      तिम्रा कुरा बुझिन मैले क्यै !
      ~~~~
      त्यो हेराइ गहिरो कती
      अ था ह बिशाल भब सागर जती
      खोजु कि थोरै सागर को मोती
      बनाउ कि जुहार सजाइ ति
      ~~~~
      कोपिला फूल गुलाबकी
      रङ्ग शितल शा न्त नयन कि
      तिमी जून गगनकी
      तिमी कबिता कबी मनकी ।
      ~~~~

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • कुमार

      मेरो पहिला को कबिता मा केही तल माथि गरायको र २/४ शब्द थपे को हुनाले कसै ले अन्यथा नलिनु ल ।।

      KKKKKKKUUUUUUUMMMMMMMAAAAAAARRRRRRR

      गोरो छ बर्ण ,थेप्चो छ नाक ,कालो छ कपाल ।
      राम्ररी पढ्नु ,अगाडी बड्नु ,बनाउन नेपाल ।।
      ====*====*====*====*====*====*
      मामा घर जान, भनेर तिन्ले,कपडा फेरेकी ।
      सँग सँगै आको ,फर्केर गाको ,भाइलाई हेरेकी ।।
      नङ मा पालिस ,कान मा मुन्द्री ,आखा मा गाजल ।
      छम छम नाच्ने ,थी होलिन नानी ,बजाय मादल ।।
      ====*====*====*====*====*====*====*
      गोरो छ बर्ण ,थेप्चो छ नाक ,कालो छ कपाल ।
      राम्ररी पढ्नु ,अगाडी बड्नु ,बनाउन नेपाल ।।
      ====*====*====*====*====*====*
      हात मा चुरा, लगाको कैची ,कपाल काट्नलाई ।
      ब्वाएज कट् कपाल,काट्ने हो भने, पर्दैन बाट्नलाई।।
      राम्ररी बोल्नु ,हिर्दय खोल्नु ,नपर्नु गमक्क ।
      जानु छ छिटो ,खानु छ मिठो ,नपार्नु झमक्क ।।
      ====*====*====*====*====*====*====*
      गोरो छ बर्ण ,थेप्चो छ नाक ,कालो छ कपाल ।
      राम्ररी पढ्नु ,अगाडी बड्नु ,बनाउन नेपाल ।।
      ====*====*====*====*====*====*
      आजकी नानी ,कोपिला बनी ,भोलित फुल्नुछ ।
      बुद्दी कि खानि ,नेपालकी रानी ,बनेर डुल्नु छ ।।
      अगाडि बड्न, हुँदैन गाह्रो,मासेर भक्षलाई ।
      टेरिसा हेर ,इन्दिरा हेर ,पाउन लक्षलाई ।।
      ====*====*====*====*====*====*====*
      गोरो छ बर्ण ,थेप्चो छ नाक ,कालो छ कपाल ।
      राम्ररी पढ्नु ,अगाडी बड्नु ,बनाउन नेपाल ।।
      ====*====*====*====*====*====*
      छोरी को जात ,मेला र पात ,सोचेर पढिन्न ।
      रुढी र वादी, मनमा लिए,अगडी बडिन्न ।।
      छोरी ले पनि,केही गर्न सक्छन भनेर देखाउन ।
      गरेर काम,पर्दछ नाम,सन्सार मा लेखाउन ।।
      ====*====*====*====*====*====*====*
      गोरो छ बर्ण ,थेप्चो छ नाक ,कालो छ कपाल ।
      राम्ररी पढ्नु ,अगाडी बड्नु ,बनाउन नेपाल ।।
      ====*====*====*====*====*====*

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • studentInBerlin

      फुल्बुट्टे रातो नाना आहा कती सुहाएको
      कती सुन्दर कोमल मुहार गाजल टिकी लगाएको

      लियौ जन्म यही माटोमा नेपालकी छोरी
      भ्रिकुटी झैं चम्कनुछ स्वप्निल आकाश भरी

      कल कटाक्ष चारै दिसा रुँदैछ मानबिय चेतना डाँको छोडि
      पहिल्याउनुछ तिमीले प्रगतीको बाटो छेक्बारलाई तोडी

      दिन दहाडै देखिन थाले रक्षसका अनुहार
      गरुङो भारी बोकाइंदैछ तिमीलाई देशका कर्णधार

      छरपस्ट ति आशाका लासहरु खोज्दैछन स्वर्ग द्वार
      चहराही रहेछन घाऊ लगाउनुछ मलम खुशीले भर्नु छ मुहार

      थिलो थिलो पर्‍यो बालमनोबिज्ञान दुस्ट रहेछ द्वन्द
      खोज्नुछ तिमीले चमत्कारी सुत्र अझै छ चेतनाको ढोका बन्द

      निर्दयी रहेछ भौतिकताबाद लाग्न थाल्यो धमिरा सरी
      बच्नुछ तिमी यसको दुस्प्रभाबबाट फैलाउनुछ मनबियता देस भरी

      सपना देक्छन आमाबाबु छोरी सफलताको सिखर चढेको
      कल्पना मिठो कैयौं सन्दुक रुइत अनी महबिर पुन जन्मिएको

      कमिलाको लस्करसरी बहिरिन थाले नेपाली प्रतीभा
      सुनौलो बिहानि देख्छु बालिकामा तिनैप्रती समर्पित छ यो कबिता ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kim Aryal

      My journey of life will have ups & downs

      I’ll have to walk many miles through villages & towns

      I am a simple Nepali girl

      Who believes anything is possible

      I love going to kindergarten

      I respect everyone for who they are

      My mom & dad calls me Angle, from the sky

      I will be a smart girl in my whole life

      I won’t let any one destroy my confidence

      Ciaos & crisis in the country is only my pain

      I need to be stronger than before

      Coz I want to be a girl who can make Change

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kim Aryal

      My journey of life will have ups & downs
      I have to walk many miles through villages & towns
      I am a simple Nepali girl
      Who believes anything is possible

      I love going to kindergarten
      I respect everyone for who they are
      My mom & dad calls me Angle, from the sky
      I will be a smart girl in my whole life

      I won’t let any one destroy my confidence
      Ciaos & crisis in the country is only my pain
      I need to be stronger than before
      Coz I want to be a girl who can make Change

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      where is my poem ? yesterday i send !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Mohan Rus

      पिलिक्क पारिकन चट्ट आँखा
      सुन्दर उज्याला कतिका चनाखा
      उभेर नियाल्दै मनभित्र ध्यान
      गरेर सारा मनलाइ तान ।।

      पिलपिल टिल्पिल बल्दै छ प्याला
      बनेर ठुलो दिनु छ उज्याला
      कोपिला बड्दै फुल्नु छ राम्रो
      अथक अभाब छ यो देश लाई हाम्रो ।।

      म रङ्गीचङ्गी छु वसन्त छोरी
      गर्छु केही भन्दै सोच्दैछु घोरी
      दिए यो जिबन प्रभुले मलाई
      कमल फुलाउछु पत्थर गलाई।।

      म साना कोपिला बसन्त बहार
      हर मौसमको फूल लिँदी सिँगार
      आभास कताको सुकुमार सार
      फुलेर उठ्दो क्षणको विचार ।।

      आकाश जस्तो छ सुनसान चित्त
      हुदैछ फुरी नयाँ भाव विचित्र
      इन्द्रनी जस्तो रंगरुप पाई
      उचालिए झै म उडें रमाई ।।

      बिहानी मा लेखे कबिता
      प्रकासित भएन
      फेरी पठाय आउछकी भन्दै
      आयो कि आएन

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kim Aryal

      My journey of life will have ups & downs
      I have to walk many miles through villages & towns
      I am a simple Nepali girl
      Who believes anything is possible

      I love going to kindergarten
      I respect everyone for who they are
      My mom & dad calls me “Angle”, from the sky
      I will be a smart girl in my whole life

      I won’t let any one destroy my confidence
      Ciaos & crisis in the country is only my pain
      I need to be stronger than before
      Coz I want to be a girl who can make Change

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Sharmila

      बैनी
      स्कुल्बाट म आउँदा घरमा बैनी अाइछ
      निलो चिम्टी कपालमा , साना मुन्द्रा लाइछ ।
      मामा घर गयर , राम्रा चुरा लाएकी ,
      राता नाना लाएर , छेउ तानी खाएकी ।

      अली अली लजाउदै , अली अली रमाउँदै ,
      दिदी खोजी बैनीले , डल्ला आँखा घुमाउन्दै ,
      मिठाइ रहेछ हातमा , मलाई दिन बोकेको ,
      सिङ्गो राखी आफुले , आदी दी टोकेको

      तोते तोते बोली मिठो , बोल्छे छिटो छिटो ,
      लुरु खुरु ओर पर , खोज्छे मिठो मिठो ।
      सानी बैनी मन परि अाइ आफ्नै घर ,
      आफ्नै बाबा आफ्नै आमा , छैन उस्लाई डर ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sagarika

      अबोध ति आँखाहरुमा कती सुन्दर सपनाहरु होलान
      निर्मल निश्चल अनी पवित्र कामनाहरु होलान
      के तेरो के मेरो तिन्लाई के ?को सानो को ठुलो तिन्लाई के?
      को साधु को सन्त तिन्लाई के ?को चोर को फटाहा तिन्लाई के?
      स्वतन्त्र आकाशमा चरी झै प्वाखै बिना उडु उडु लाग्दो हो
      नदी सरि पवन संगै घरि घरि खित्का छाडि हांस्दी नि हो.
      आमा घरबाट दौडी दौडी मामा घर जांने रहर होलान
      साथी सङिसँग नि लुकामारी खेल्ने कती चाहना होलान
      तर जब हिददा हिडदै बाटो कोलाहल ओकेल्दछ
      मुस्लोहरुको कालोपत्र भित्र कारङ कुरुङ पनि लुक्दछ
      सपाट भावनाहिन अनुहार मात्र चारै तिर जब भोग्दछिन
      रितेष र आशिष जस्ता दाईहरुको बिभत्स लास देख्दछिन
      मेरो पनि नियती भोली यही त होइन भनी?तिनी सोच्दछिन
      तिनी सोच्दछिन । अस्तु ;

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bibs

      ohh tiny top where is your lollypop?
      born in sacri nepal always shatering babal
      is is nepal bandh?problems how to say!!!
      loking for friends to play!!

      ohh tiny top where is your lollypop?
      whats my future,loks like adventure!!
      Nepals child rights is in big torture

      ohh tiny tops where is your lollypop?
      papa says to be doctor ,mom says no be a lawyer
      I say i will be a politician
      PROTECT MY NATION AND ITS POSSESION

      Against nepal bandh for child rights and welfare

      bibs,charlton london

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Luna

      तिमी फूल हौ गुलाब को
      रङ शितल पारखी नयनको
      तिमी प्रेम हिर्दय धड्कनको
      तिमी जिबन माया बन्धनको
      ~~~~
      तिमी सागर झरना नदिको
      तिमी भाब कबिता रसको
      तिमी जून हिर्दय गगनको
      तिमी कबिता कबी मनको
      ~~~~
      के हेर्छ द ङ्ग तिम्रा नयन !
      के सोच्छ त्यस्तो त्यो कमलो मन !
      हेर्छ्यौ के त्यसरी सो चे जसरी
      के देख्यौ त्यसरी हेर्यौ यसरी ?
      ~~~~
      देख्यौ कि चटकी दाई
      आयो कि कोही बाँदर नचाइ
      नाना टोक्यौ कि थोरै ड राइ
      कि नौला देखी थोरै लजाइ ?
      ~~~~
      बग्यो भाब हिउ पग्लिए झै
      मनमा कुरा हिमाल अग्लिए झै
      प्रश्न त मेरो ज्यु को तेइ
      तिम्रा कुरा बुझिन मैले क्यै !
      ~~~~
      (ज्यु को त्यै -जस्ताको तस्तै भन्ने अर्थ मा , क्यै –केही पनि बुझिन भन्ने अर्थ मा )

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Chetan

      मनमा छ व्याख्य रहित जिज्ञासा,
      मनैमा छ अनेक रहर !

      अचम्म रहेछ यो संसार,
      कहिल्यै पूरा नहुने मेरो रहर !

      देख्दै छु म हुनेलाई जाहि तही
      नहुनेलाई त कहिं न कही !!

      तर उनी पनि त रुन्दै छे,
      शायद, मनमा छ अभाव कहिँ न कही !!

      -चेतन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shilu

      करेसो माँ कुखुराको खोर|
      घर छेउ सुन्गुर ,
      खान्न आमा दाल र भात ,
      पकाई देऊन बंगुर||१||

      भरे छेमा आउनु हुन्छ ,
      बोतल को ल्याउनु हुन्छ ,
      आमा खान्छिन तिनपाने|
      भोली मामाघर जाने ||२||

      बाखा कराउछ म्या ,म्या,
      लक्ष्मी गर्छिन घुर घुर ,
      कुखुरा लाइ स्याल ले लाग्यो ,
      स्याल को बाटो कुर कुर ||२||

      जनबादी सरकार आयो ,
      मामा भये मंत्री ,
      मामा माइजू दुबै गन्छन,
      पैसा खन खन्ती ||३||

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bijay

      आँखा भरी सुन्दर सपना छन मेरा
      ढक मक्क फुल्ने छु म,
      जीवन्भर,
      माया र शान्ति सुगन्ध मेरा।।।
      म त अहिले तिमी हरु लाई बुज्दिन,
      तिमीहरु ले मलाई बुज्छौ कि ??

      हृदय भरी अनेकन आशा छन मेरा
      सुन्दर छु अहिले ,
      अझ सुन्दर हुने छु।।
      बिन्ती छ मलाई कुरुपता को कोसेली नदेउ
      म थेग्न सक्दिन।।।।
      म त आहिले तिमी हरुलाई चिन्दिन ,
      तिमीहरु पो मलाई चिन्छौ कि ??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिर्खे हली

      हैन यो बडो अङ्रेजी मा कबिता लेख्ने हरु ले के यो तत्तो न छरो सँग बल गरेको? सकी नसकी भये पनि नेपाली मै लेखौ न साथी हो। नेपाली भाषा साहित्य लाई अलिकती भये पनि टेवा पुग्छ।

      जदौ
      बिर्खे

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिर्खे हली

      आजको सानी नानी हु म
      तर भोली के हुने हो थाहा छैन
      अहिले आमा को काख मा छु
      भोली कहाँ हो थाहा छैन

      मेरो देश मा सधैं एसरी नै हिंड्ने इच्छा छ
      सधैं डाँडा पाखा गर्ने इच्छा छ
      झ्याउरे गाउँने इच्छा छ
      मारुनी नाच्ने इच्छ छ

      यो मेरो सानो इच्छा र सपना हो
      भोली पुरा हुने कि नहुने थाहा छैन
      आज आमा को काख मा छु
      भोली कहाँ हो थाहा छैन

      आज बाटो मा हिड्दै छु
      कुनबेला बन्द हुने हो थाहा छैन
      अहिले त म जिउदै छु
      भोली के हुने हो थाहा छैन

      बिर्खे

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • You are stars
      We need you
      You have big responisbility
      You should be wise
      you should live peaceful
      We should respect our children
      They are pillar of life
      We should not use gun and bullet sound
      people and government should give them peaceful life

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • H_R_G (Hariyo Revolutionary Group)

      आमा तपाई कत्ति सुन्दरी
      पाप्पा तपाई कत्ति सुन्दर।

      म चाँहि जापानवासी अंकलकी “बेवि टोकियो”
      फान्सवासी काकाकी “पेरिसेली कान्छी”
      न्यु॒योर्कवासी ठुलो मामाकी “लिटिल एन्जल”

      यो सबै “के” भनेको थाहाछैन मलाइ ।
      “धनु” भन्दानै आफ्नो लाग्छ सबैलाइ।

      अंकल, बसाई सर्दिन म टोकियोमा।
      काका, नबोलाउनुस मलाइ पेरिसमा।
      जान्न म सातसमुन्द्र पारिको न्युयोर्कमा।

      हरियो नेपाल कत्ति स्वच्छ होला,
      भरिलो नेपाल सबैको सपना होला।

      हरिलो र भरिलो नेपाललाइ नै बनाउ है,
      दुइ ढुङ्गा बिच हरियो क्रान्तिको,
      सान्तिदिप जलाई दिउ है।
      H_R_G

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SANJU

      YES KUMAR BRO ….नयाँ छ लुगा, खायर सक, निकाली नफाल ।। YO TA ALI BHAYANA AARU GOOD CHHA .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कुमार

      एस मा छुटाउन नहुने कुरा हारु ..

      गोरो छ बर्ण,थेप्चो छ नाक ,कालो छ कपाल ।
      नयाँ छ लुगा, खायर सक, निकाली नफाल ।।

      नङ मा पालिस , कान मा मुन्द्री,आखा मा गाजल ।
      छम छम नाच्ने ,थि होलिन नानी, बजाय मादल ।।

      कपाल मा काटा,घाटी मा माला,बाटेर हेरेकी।
      मामा घर जाने,भनेर तिन्ले,कपडा फेरेकी ।।

      हातमा चुरा, लगाको कैची, कपाल काट्न लाई
      ब्वाएज कट् कपाल,काट्ने हो भने,पर्दैन बाट्नलाई ।।

      साथी र भाई,दाजु र बैनी,यो फोटो देखेर ।
      प्रथम हुनु ,हिर्दय छुनु,काबिता लेखेर ।।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Krishna

      As if she is just come from past
      She has a bitter past experience
      Still she is hopeful to see better future.

      She isn’t alone
      her hope is not only her’s
      But the whole netion.

      She want be in safe and secure
      she is asking who is delivering her dream!
      Will it only be dream or in a reality.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajan subedi takam 3 myagdi now in china

      आहा राम्री बच्चि
      भोलिको देश हन्क्न
      के के कुरा सोच्दै होली
      आजकी कोपिला
      हुनेछ भोली फुल
      हाआक्ने छ भोली को देश

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bijay

      धेरै मिठो कबिता .. कुमार जि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nirmal

      lovely attempt ….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tilak Karki U.S.A.

      DHERAI MITHO VANER DHERAI NAKHANUNI BIJAY JI.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramro cha kabita thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bijay

      सबै मिठो कुरा हरु खान नै पर्छ भन्ने पनि त छैन नि तिलक जि ।।।।।
      कमेन्ट को लागि धन्यवाद ।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जय, सिड्नीबाट

      (माफी चाहन्छु, ‘कविता बाहेक अरु comment यहाँ नगिरिदुनुहोला भनेको देख्दा देख्दै पनि बुझ पचाएर लेख्दै छु।)
      नमस्कार है बिर्खे ज्यू। कतै तपाईं उही साझाको बिर्खे त होइन? खुसी लाग्यो तपाईंको सहभागिता र साहित्य मोह देखेर। मलाई पनि नेपाली भाषाको असाध्यै माया लाग्छ। यस अर्थमा, तपाईंलाई मेरो न्यानो सदभाव त छ नै। तर मलाई सानो कुरा थप्न मन लाग्यो। कि त नेपाली बाहेक अरु भाषाको कवितालाई अप्रतियोगी कविताको बर्गमा राखिनु पर्‍यो, कि त अङ्रेजी कविताहरु मध्य उत्कृष्टलाई पनि सान्त्वना स्वरूप केही बेवस्ता भए अझै राम्रो। जहाँ सम्म तपाईंको “सकी नसकी भए पनि नेपालीमा नै लेखौ” भन्ने आग्रह छ, तपाईं र मैले त्यस्तो चाहेर पनि यो कुरा न्यायपूर्ण होइन। कोही नेपाली नै भएता पनि यदी उसले आफ्नो भावना अङ्रेजिमा राम्रोसँग ब्यक्त गर्न सक्छ भने ( मैले यस्ता नेपाली कविहरु देखेको पनि छु) नेपालीमा कनी-कनी लेख्नु राम्रो हो र? ल मानौ कि, तपाईंलाई नेपालीमा लेख्न पाए हुन्थ्यो जस्तो लागेको बेलामा अरु भाषामा लेख्नु पर्दा अली चित्त नबुझ्ला कि? अथवा आफ्नो लेख त्यती शशक्त नहोला भनेर डर लाग्ने पो हो कि?
      जसजसले नेपाली भाषामा नै तर English Font प्रयोग गरेर लेख्नु भएको छ, उहाँहरुले देवनागरी लिपिमा लेखिदिनुहोस् भनी अनुरोध गर्दछु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • studentInBerlin

      **************************************
      (कृपया यो कबिता पढीदिनु होला । पहिले को कबितामा माने नै अस्पस्ट हुने गरी केही त्रुटी हरु हुन गएछन।)

      **************************************

      फुल्बुट्टे रातो नाना आहा कती सुहाएको
      कती सुन्दर कोमल मुहार गाजल टिकी लगाएको

      लियौ जन्म यही माटोमा नेपालकी छोरी
      भ्रिकुटी झैं चम्कनुछ स्वप्निल आकाश भरी

      कल कटाक्ष चारै दिसा रुँदैछ मानबिय चेतना डाँको छोडि
      पहिल्याउनुछ तिमीले प्रगतीको बाटो छेक्बारलाई तोडी

      दिन दहाडै देखिन थाले राक्षसका अनुहार
      गरुङगो भारी बोकाइंदैछ तिमीलाई देशका कर्णधार

      छरपस्ट ति आशाका लासहरु खोज्दैछन स्वर्ग द्वार
      चहराही रहेछन घाऊ लगाउनुछ मलम खुशीले भर्नु छ मुहार

      थिलो थिलो पार्‍यो बालमनोबिज्ञान दुस्ट रहेछ द्वन्द
      खोज्नुछ तिमीले चमत्कारी सुत्र अझै छ चेतनाको ढोका बन्द

      निर्दयी रहेछ भौतिकताबाद लाग्न थाल्यो धमिरा सरी
      बच्नुछ तिमी यसको दुस्प्रभाबबाट फैलाउनुछ मनबियता देस भरी

      सपना देख्छन आमाबाबु छोरी सफलताको सिखर चढेको
      कल्पना मिठो कैयौं सन्दुक रुइत अनी महबिर पुन जन्मिएको

      कमिलाको लस्करसरी बाहिरिन थाले नेपाली प्रतीभा
      सुनौलो बिहानि देख्छु बालिकामा तिनैप्रती समर्पित छ यो कबिता ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • jiban rai

      कुमार जी एस्तै कबिता लेख्दै जानु । it is very good poem…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anuprash

      बोर्डइङ स्कुल मा पढ्नु भयको हो न नेपाली नै राम्रो छ न त अङ्रजी नै माइन्ड न गर्नु होस् है ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sharmila

      Excellent Poem .Keep it up.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deshbhakt

      I really like this poem …………great bipin……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Machhindra Acharya

      Dear Kurmar ji,

      I really appreciate you, very nice poem

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pushan

      nice and sweet poem ………… keep it up

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aastha

      दुई हरप तुक मिलेको शब्द (बालिका – भोलिका) लेख्दैमा आँफैलाई आशु कबी भन्दिने रोहित जी, यो त अती भयो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आमा ले नलौने रे रातो सारी म रातो चोलो लगौछु
      बबा ले लयानन एस्पली चुरा र पोते म त आमा को चुरा लगौछु
      आमा लगौथिन रातो पहिरन सधैं नयाँ नेपाल सँगइ बादलइएछ
      रातो थियो अब त सेतो भये छ

      बबा बिहान् गएर मेला बाट साज फर्किनु हुन्थेयो
      तर बर्षउ भयो बबा पनि फर्किनु भएन

      सबै बदलियो फेरियो पुरानो नयाँ भयो म बादलइन्न
      आमा ले रातो नलये के भो म फाल्दिन
      समली राखछु हिजो लाई बिर्सन हुँदैन
      तेसैले म चुरा धागो अनी टिकी म छोड्दिन

      दिन बदलि एर रात भएको हो म सुनौलो बिहानि को आश मा छु
      सुख गएर दु:ख आएको हो मा फेरी त्यो सुख को आश मा छु

      मा सानी छु आँखा को नानी छु हिजो गएका बबा
      फर्की आउने चन् भन्ने आश मा छु
      मेरो रातो पहिरन देखेर फेरी मेरी आमा ले पनि
      नयाँ रातो सारी अनी फरिया लगौचिन कि भन्ने आश मा छु

      मा सानी छु आँखा को नानी छु हिजो गएका बबा
      फर्की आउने चन् भन्ने आश मा छु
      मेरो रातो पहिरन देखेर फेरी मेरी आमा ले पनि
      नयाँ रातो सारी अनी फरिया लगौचिन कि भन्ने आश मा छु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कुमार

      thanks machhindra jee

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कुमार

      thankks jiban jee

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कुमार

      thanks ranju jee

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker