-जय/ सिड्नी-
पौडी खेल्नु पनि गजबको रमाइलो हो। आनन्द पनि आउने, शरीरलाई कसरत पनि राम्रै हुने। झन टेलिभिजनमा देखिने पौडिबाजहरुको आकर्षक जिउडाल, आहा! अब त म पनि नसिकी छोडदिन, ज्यान गए जाला। यस्तै कुराहरु खेलाउँदै त्यस दिन म हान्निएँ एउटा सार्वजनिक विशाल पौडीस्थल तिर। शहरको मध्य भागतिर एउटा पार्कको बीचमा अवस्थित थियो त्यो कलात्मक भवन। भवनको छत अर्धगोलाकार सिसाले बनेको थियो। बाहिर चौरमा मानिसहरु दौड्दै थिए। टिकट काटेँ, भित्र पसेर हतार-हतार कपडा खोलेर पौडीको पहिरन पनि लगाए। जिउ तनक्क तन्काएर एकचोटी नुहाएँ। अनि अगाडि बढे पौडीको टुँडिखेलतिर।
त्यसो त मौका मिलेको बेलामा पानीसँग जोरी खोज्न मज्जा लाग्छ मलाई; तर अहिलेसम्म पनि पानीसँग राम्रो मित्रता भने हुन पाएको थिएन। सप्ताहान्त भएर होला राम्रै चहलपहल थियो त्यहाँ। म छेउको ‘लेन’ तर्फ लागेँ, जहाँ अलि कम भीड थियो, अनि मानिसहरु सिकारुहरु जस्ता देखिन्थे। म बिस्तारै कुनाबाट पानीमा लुसुक्क छिरेँ। छातिसम्म आउने रहेछ पानी। एकछिन त्यत्तिकै उभिएर चारैतिर नजर डुलाउन थालें। सबै व्यस्त देखिन्थ्यो। आइमाईहरु र छोरा मान्छेहरु प्रशस्तै थिए। ब्याउने बेला भएका आइमाईहरु समेत चुच्चो भुँडी लिएर पौडिरहेका थिए। मेरो देब्रे पट्टीको भागमा पौडी सकाएका गोराहरु जिउभरी चिल्लो घसेर मस्तसँग घाममा ढाड सेकाउँदै थिए। त्यसको अलि पर बच्चाबच्ची खेल्ने ठाउँ र सँगै पानीको तातो फोहोरामा जिउ मालिस गर्ने ठाउँ पनि रहेछ। यति स-साना बच्चाबच्चीहरु पनि आमाबाबुसँग रमाइ-रमाइ पौडिरहेका थिए। यस्तो लाग्दै थियो, मानौं गोराहरु जमिनमा हिंड्न र पानीमा पौड्न एकैचोटी सिक्छन्।
“आफू पौडिन छोडेर बडो अवलोकन गर्दै बसेको छस्। सिकिस् यही तालले पौडी!” आफैलाई एकचोटी झपारे अनि झ्वाम्म डुबुल्की मारें। करिब पाँच मिटर पनि पार नहुँदै अत्ताल्लिएर निस्सासिँदै बल्ल-बल्ल पानीबाट मुन्टो बाहिर निकालेर जिँउदै उत्रन सफल भएँ। कसैले माथिबाट जबर्जस्ती पानीभित्र घचेटिदिएको जस्तो लाग्यो। स्वाँ स्वाँ गर्दै एकछिन ठिङ्ग उभिएँ। म याद गर्दै थिएँ, एउटी गोरी वृद्धा मेरो नजिकैबाट पौड्दै थिएँ। उमेर अन्दाजी पचास-साठीको बीचमा हुँदो हो। पानीमाथि उनी यती हल्कासँग उत्रेका थिए कि मानौं त्यो कुनै मुलायम ओछ्यान हो। कहिले उल्टो कहिले सुल्टो, कहिले घोप्टो परेर त कहिले उत्तानो परेर एकदम सहज तरिकाले वारपार गरिरहेका थिए। म हामी दुईलाई दाँज्दै थिएँ “म चाँही ठिटो भएर पनि यति छिटो थाक्ने, यी हजुरआमा चाँही मजाले वारपार गर्ने। होइन केही न केही त गडबड छ। पक्का पनि मेरो तरिका नमिलेको हुनुपर्छ।” अलिअलि ग्लानी र लाज पनि लाग्यो।
“म तिमीलाई केही सहयोग गर्न सक्छु कि?” म झसङ्ग भए। म धेरै बेर छेउतिर नै उभिएको देखेर होला, ती हजुरआमाले नजिकै आएर सोध्नुभयो- “यदि तपाईं झर्को मान्नु हुँदैन भने मलाई एक दुईवटा कुरा सोध्नु छ।” मैले फिस्स हाँसेर नजिकिन खोजेँ। हाम्रो परिचय भयो। स्यान्ड्रा रहेछ उनको नाम। हल्का निलो रङ्गमा गुलावी रङ्गको धर्काहरु भएको पौडी पोशाकले उनको व्यक्तित्वमा झनै चमकता थपेको थियो। उचाइ अग्लो थियो र बान्की मिलेको। अनुहारको उज्यालोले छालाको चाउरी गौण बनाइदिएको थियो र आँखा नीला सफा थिए। कपाल मुडुलै पारेको छोटो, तर कपालको सुनौलो रङ्गले वैभव झल्काउँथ्यो। “पानीसँग तिमी नडराउनू, यो तिम्रो शत्रु होइन। जति आत्तिन्छौ, पौडिन उति नै गार्हो हुन्छ,” सुरु गर्नुभयो उहाँले आफ्नो स्वस्थानीको प्रथम अध्याय, “तर त्यसो भन्दैमा अनुशासन तोड्न चाँही पाइदैन नि, पानीसँग साथी बन्न चाहन्छौ भने यसको केही नियमहरु पनि मान्नु पर्छ।”
हामी एक अर्काको लागि छुट्टाछुट्टै ग्रहबाट आएका प्राणी भएको जस्तो लाग्दै थियो। पौडन जान्नु र नजान्नु मुख्य फरक रहेको थियो। “एकचोटी फेरि कोशिश गर्छौ कि?” मलाई हेरेर भन्नुभयो। “आज बुढीमाउले सिकाएरै छोड्नुहोला जस्तो छ।” म सोच्दै थिएँ। “यो चोटी त केही गरेर देखाउँछु।” सारा संकल्प एकै ठाउँमा जम्मा पारें, लामो सास तानें, अनि कानै डम्म हुने गरेर हाम्फालेँ पानीभित्र। केको हुन्थ्यो सोचेको जस्तो। पानी बाहिर माछा छट्पटिए जस्तै भयो। हात चलायो खुट्टा रोकिन्छ, खुट्टा चलायो हात रोकिन्छ, के के कुरामा मात्र ध्यान दिनु। धन्न सास फेर्न चाँही बिर्सन मिल्दैन। सास पनि सकियो, शक्ति पनि। बल्ल-बल्ल उभिएर पछाडि फर्किएर हेरें। हजुरआमा मुस्कान छर्दै थिए।
“हजुरले कति वर्षको उमेरमा पौडन सुरु गर्नु भयो नि?” मैले आफ्नो मनपर्ने प्रश्न तेर्साएको थिए र कुराले अर्कै मोड लिदै थियो। “यस्तै तीन वर्ष जतिकी थिएँ कि” अड्कल मार्दै भन्नुभयो, “मलाई मेरो बाबाले सिकाउनुभयो यही ठाउँमा, उहाँ आफ्नो पालाको राम्रो पौडिबाज हुनुहुन्थ्यो। त्यति बेला यहाँ एउटा सानो पौडी पोखरी मात्र थियो।” त्यसपछि, म नअल्मलियोस् भनेर होला, मसँग बिदा मागेर उहाँ जानुभयो। म चल्न थाले आफ्नै सुरमा।
करिब आधा घण्टापछि म पानीको तातो फोहोराले जिउ सेकाउने ठाउँमा गएँ र भेट भयो उही हजुरआमासँग। “के हो तिमी त मेरो पछि पछि आयौ त,” अलि ठट्यौली पारामा भन्नुभयो। “के गर्ने तपाईं जत्तिको राम्री यहाँ अरु कोही देखिएन।” मैले उहाँको नजिक बस्दै भनेँ। बच्चाबच्चीहरु खेलिरहेको देखेर मैले सम्झिएँ, “ए साँच्चै! अघि तपाईंले आफ्नो कथा बीचमा नै रोक्नुभयो, मलाई कस्तो सुन्न मन लाग्दै थियो।” उहाँले खुशी हुँदै भन्नुभयो “हाम्रो कुरा मिल्छ जस्तो छ। म तिमीलाई अरु पनि सुनाउनेछु तर यसको बदलामा तिमीले पनि आफ्नो बारेमा मलाई भन्नुपर्नेछ।”
“मन्जुर छ!” मैले टाउको हल्लाइदिएँ।
पानीको फोहोरासँगै हाम्रो कुराकानी पनि सलल बग्दै थियो। मलाई अलि नौलो अनि रमाइलो अनुभूति हुँदै थियो। स्यान्ड्रा यही शहरमा जन्मिएका रहेछन्। आफ्नो बुवा तर्फबाट एक मात्र सन्तान। बुवाको मृत्यु उनी १३ वर्षको छँदै भएछ। त्यसपछि उहाँको आमाको पुनर्विवाह भएको रहेछ। “छोरी तिमी एकदिन गएर राम्रो पौडिवाज बन्नेछौ, मलाई तिमी माथि गर्व छ, आफू मृत्युशय्यामा हुँदा मेरो बाबाले मलाई भन्नुभएको यो कुरा म अझ पनि झल्झली सम्झन्छु।” यो कुरा सुनाउँदा, मैले उनको आँखा रसाएको प्रस्ट देखें। “तिमीलाई थाहा छ? बाबाले मेरो जन्मदिनहरुमा दिनुभएको कोसेलीहरु र ‘ग्रिटिङ- कार्ड’हरु मसँग अझ पनि सुरक्षित छन्।” यसरी सुनाउनुभयो, जस्तो कि उनी कुनै बच्ची हुन्, म मिल्ने साथी हो र अब मलाई जलन हुनेछ। कुराको बीचबीचमा अरुलाई हात हल्लाउँदै अभिवादन पनि गर्नुहुन्थ्यो। त्यो ठाउँमा नियमित आउने हुनाले सबैले चिनेका हुन् भनेर अड्कल काट्न मलाई गार्हो परेन।
“तिम्रो जस्तो उमेरमा म खुब चन्चले केटी थिएँ। मलाई कसैकसैले घमन्डी पनि भन्थे। धेरैचोटी खराब आचरण देखाएकोले सजाय पनि पाउँथेँ।” आफ्नो जवानी याद गर्दै भने, “त्यतिबेलामा अहिले जस्तो थिएन यो शहर। मानिसहरुको यस्तो भीड हुँदैन थियो। बाटोमा हिंडेको बेला जो भेट भए पनि अभिवादन गरिन्थ्यो। अहिले जस्तो ठाउँठाउँमा रक्सी खाने ‘पब’हरु पनि खुलेका थिएनन्।” परिवारको बारेमा मैले जिज्ञासा राख्दा स्यान्ड्राको जवाफ यस्तो थियो “अहिले म एक्लै छु। मेरा पति ज्याकले पच्चीस वर्ष अगाडि एउटा सडक दुर्घटनामा परेर ज्यान गुमाउनुभयो। त्यसो त मेरो छोराबुहारीहरु नजिक नै बस्ने हुनाले हरेक हप्ता जसो मलाई भेट्न आइरहन्छन्। मसँग मेरो अर्को छोरो बस्छ ‘मोन्टी’। ” (“नाम पनि कस्तो कुकुरको जस्तो”, म सोच्दै थिएँ, तर पछि थाहा पाएँ साँच्ची नै कुकुरलाई पो छोरो भनेका रहेछन्।)”तिमी आफ्नो प्रेमिकासँग बस्छौ होला होइन?” मेरो पारिवारिक जीवनको बारेमा स्यान्ड्राको जिज्ञासा यस्तो थियो। मैले “होइन” भन्ने संकेत स्वरुप दाँया-बाँया मुन्टो हल्लाएँ। उनले सहमति जनाउन थपे “हुन त म पनि आफ्नो प्रेमीसँग बस्दिन, उसको आफ्नै व्यापार छ।” मैले नामसम्म पनि जान्न खोजिनँ उहाँको प्रेमीको। साँझ परिसकेकोले मलाई हतार पनि हुन थालिसकेको थियो। हतारैहतारमा जिन्दगी बित्ने यो शहरमा, एकै दिनमा म कोहीसँग पनि त्यति नजिकिन पाएको थिइनँ, जति त्यो दिन स्यान्ड्रासँग नजिकिएँ।
म उहाँसँग छुट्टिएर हिँडिसकेको थिएँ। एउटा सूचनापाटीले मेरो ध्यान तान्यो। त्यो पौडीस्थलको ऐतिहासिक फोटोहरु अनि त्योसँग जोडिएका कथाहरु थिए। एउटामा मेरो आँखा टक्क अडियो। “यस पौडिस्थलकी संस्थापिका र ओलम्पिक स्वर्णपदक विजेता ‘जलपरी’ यस्तो शीर्षक थियो र सँगै श्यामश्वेत तस्वीरमा एउटी सुन्दर केटी। तस्वीरको तलपट्टी लेखिएको थियो ‘स्यान्ड्रा थेम्स’। भर्खर मेरो घनिष्ट मित्र बन्नपुग्नुभएकी हजुरआमा त यो शहरको जिउँदो इतिहास पो हुनुहुँदो रहेछ।
No related posts.









यो कथा पढेर प्रतिकृया दिनुहुने र नदिनुहुने सबै साथीहरुलाई मेरो धन्यवाद! कथा राम्रो लागेर हौसला दिनुहुने सबै जनाप्रती त खुशी छु नै, नराम्रो लागेको ठाउँमा टिप्पणी गरिदिनुहुने, गल्तिहरु औल्याइदिनुहुने र मलाई सजग गराइदिनुहुने साथीहरुलाई झनै हार्दिक धन्यवाद!
यो कथाको लागि भनेर अमूल्य समय र प्रयत्न खर्छ गरि बिशिष्ट एबं सन्तुलित समालोचना गरिदिनु भएकोमा अलर्क ज्यूलाई बिशेष धन्यवाद छ। तपाईंको टिप्पणीहरु मेरो लागि मार्गदर्शक हुनेछन्। आगामी प्रयासहरुमा यस किसिमको त्रुटीहरु नहोस् भन्ने मेरो कोशीश रहनेछ। तपाईंको टिप्पणीहरुमा केही कुरा थप्ने अनुमती चाहन्छु।
- ‘म’ पात्रलाई बिदेशमा बस्ने एउटा नेपाली युवकको रूपमा प्रश्तुत गर्न खोजेको हुँ। ‘म’ को नजरमा स्यान्ड्राको वास्तविक उमेर भन्दा उनी कम उमेरको देखियोस्, स्यान्ड्राको ब्यक्तित्व चित्ताकर्षक होस् तर ‘म’ र स्यान्ड्राको बिचमा योनाकर्षनको गुन्जाइस् नहोस् भनेर ‘ब्रिद्धा’, ‘हजुरआमा’ जस्ता शब्दहरु प्रयोग गरेको हुँ। संवादहरुमा धेरै फरासिलोपन देखाइएकोले पनि थप अलमल भएको हुनसक्छ। तर सही चित्रण गर्न नसकेको स्विकार्दछु।
- “त्यसो त मौका मिलेको बेलामा पानीसँग जोरी खोज्न रमाइलो लाग्छ मलाई” भनेर चाँही, ‘म’ पहिलो चोटि पौडन नगएको तर सिकारु भएको अनी कहिलेकाही एक्लै पौडी खेल्न जाने दुस्साहश गर्न सक्ने भएको देखाउन खोजेको हुँ।
- ‘ब्याउने’ भन्ने शब्द ठाडो देखिन गएकोमा माफि चाहन्छु। ‘म’ पात्रलाई अली अली हास्य पात्रको रूपमा देखाउनको लागि यस्तो शब्द प्रयोग गरेको थिएँ।
लौ रक्षा गर प्रभो! अहिलेलाई भागे म।
जय, सिड्नीबाट
मन परे हरियो, नपरे रातो
1
0
कथा राम्रो छ । लेखन सैली पनि ठीक छ। निरन्तरता होस।
मन परे हरियो, नपरे रातो
0
0
i like the way you wrote it, made me laugh too….keep it up
मन परे हरियो, नपरे रातो
0
0
राम्रो र स्तरीय छ,मित्र जय जी,
हजुरको कथा|मलाई त तपाईको कथा इंडिंग गर्ने तरीका अझ बढ़ी मन पर्यो| तपाईको कथाको मुख्य आकर्षक भन्नु नै अन्तिम अनुच्छेदमा छ,झैँ लाग्यो मलाई त|साहित्यको संसारमा सधै तपाईको नाम जस्तै “जय” होस मेरो शुभकामना!|
मन परे हरियो, नपरे रातो
0
0
nice story
मन परे हरियो, नपरे रातो
0
0
me too like the ending…good job
मन परे हरियो, नपरे रातो
0
0
but i find many controversies in this articles.
मन परे हरियो, नपरे रातो
0
0
कस्तो छ मित्रहरु यो लेख ? लामो देखेर पढ्नै कस्तो कस्तो लाग्यो । अक्षर मिलान त राम्रै देखिन्छ । पछी टाईम भयो र मन भयो भने पढेर सान्दर्भिक कमेन्ट लेख्नुपर्ला ।
मन परे हरियो, नपरे रातो
0
0
anyway i love the ending.u can do it,keep it up man.
मन परे हरियो, नपरे रातो
0
0
सुन्दर ढङ्गबाट लेख्नुभयो जयजी कथा। संस्मरणात्मक शैलीमा लेखिएको कथाले शीर्षकअनुसार राम्रो बिसौनी दिएको जस्तो लाग्यो। अलिकति रहस्य र सनसनी जस्तो पैदा गरेर सुरु भएकोले कथा आकर्षक लाग्यो मलाई। कुनै विदेश सदृश लाग्ने वातावरण र परिस्थितिलाई “टुँडिखेल” भन्ने शब्दले सुन्दर नेपालीकरण भएको छ। कुनै काल्पनिक ठाउँ नै भएको त्यो नेपालकै होला कि भनेर सोच्ने ठाउँ पैदा गर्दछ यसले। अनि थोरै शब्दहरूद्वारा नै सही पश्चिमी जीवनशैलीको पनि राम्रो तस्वीर दिनुभएको छ। जस्तो श्रीमानको मृत्यु भएकी ५०-६० वर्षकी स्त्रीको प्रेमी भएको कुरा र उनले म पात्रलाई प्रेमिकासँगै बसेको प्रश्न सोध्नु।
एकदुईटा सामान्य खालका टिप्पणी गर्न चाहन्छु। म पात्र “ठिटो” हो र “पौडीबाजहरूको आकर्षक जिउडाल” प्रभावित हुने र प्रेमिकासँग बस्न सक्ने उमेरको युवकले ५०-६० वर्षकी स्त्रीलाई हजुरआमा भनेको चाहिँ मिलेन। अनि जुन ढङ्गले म पात्रले उनको वर्णन गरेको छ, त्यो रूपमा हेर्दा “वृद्धा” भनेको पनि सुहाएन। जुन समाजको वर्णन कथामा छ (र ती स्त्री अझै प्रेम जस्तो रोमान्समा छिन्) त्यहाँ ५५ वर्षको उमेर पक्कै पनि वृद्धताको होइन होला। लेख्ने बेलामा के लेखौँ भनेर दोधार भएर लेखेजस्तो देखियो। त्यस्तै “त्यसो त मौका मिलेको बेलामा पानीसँग जोरी खोज्न मज्जा लाग्छ मलाई” भन्ने वाक्य मूल पात्र पहिलो पटक पौडीको लागि गएको र सिक्न खोज्दै छ भन्ने परिस्थितिसँग बाझ्यो। तेस्रो कुरा, “ब्याउने” भन्ने शब्द अलि ठाडो भयो कि, भलै यो झर्रो त होला!
अनि एउटा कुरा: युवक त बूढीसँग आकर्षित भयो नि है (बूढी भए पनि सुन्दरी र त्यहाँ आएकाहरूमा सबभन्दा राम्री भएर हो कि!)।
समग्रमा राम्रो छ।
मन परे हरियो, नपरे रातो
0
0
nice ending
मन परे हरियो, नपरे रातो
0
0
जय जि !
असाध्यै मन पर्यो तपाईंको लेखन शैली ।
म त शुरुमा ‘जलपरी ‘ सिर्सक देख्दा तरुनी बरुनी को बयान गर्नु हुन्छ होला भन्ने सम्झेकी थिए तर एक्द मै फरक किसिम ले बर्णन गर्नु भो । शुरु देखी अन्त सम्म सलल बगेका छन तपाईंको लेख मेलम्ची नदिको सुन्दर पानी जस्तो ।
निरन्तरताको शुभ कामना है ।
मन परे हरियो, नपरे रातो
0
0
i ahave same experience at victoria park ,broadway…,sydney
मन परे हरियो, नपरे रातो
0
0
कथा त राम्रो लाग्यो, केहि अझ नपुगे जस्तो। यो सत्यकथा हो भने, शहरको नाम पनि लेख्नोस न ! नेपाल (महेन्द्र पुलिस क्लवको पोखरिको कथा त यो पक्कै होइन होला !!
गोपाल (हाल नेदरल्याण्ड)
मन परे हरियो, नपरे रातो
0
0
स्यन्ड्रा थेम्स जस्ता बाट हामी नेपाली ले सिक्नु पर्ने कुराहरु धेरै छन । उनी तेती उच्च तहको महिला भएर पनि, कती साधारण र राम्रो आचरन । यदी कुनै नेपाली त्यो ठाउँमा नेपालमा हुने हो भने उस्का अघी पछी गार्ड अनी अनेक ढर्रा हुन्थ्यो र साथ साथै नचिनेको हैन चिनेको मान्छे सँग त बोल्न हिच्कीचाउथे, पौडन सहयोग गर्नु त सपनाको कुरा हो ।
मन परे हरियो, नपरे रातो
0
0
i liked it. interesting writin; skill…
मन परे हरियो, नपरे रातो
0
0
yo Gopal bhate lai Netherland ma basera pani mahendera police club ko nai pokhari sanga dajnu parne.
Ramro ra real lekh ko respect garnu siknu,
Mahendra police club ko pokhari ma 60 years ko grandmother swim garna aaudaina nepal ma.
Kuro bujheko…………
मन परे हरियो, नपरे रातो
0
0
but tapaile bhane jati interesting chahi lagena malai.but it is depends upon thinking.
मन परे हरियो, नपरे रातो
0
0
कस्तो अल्छी मान्छे होला?
मन परे हरियो, नपरे रातो
0
0
I like your review more then the story itself.
मन परे हरियो, नपरे रातो
0
0
hehehehehe!
मन परे हरियो, नपरे रातो
0
0
yes ! it is . such a nice ending !
मन परे हरियो, नपरे रातो
0
0
कमेन्ट को अन्त्य त एस्तो राम्रो सँग गर्नेको लेख त झन कती राम्रो होला !! म पनि भागे तपाईंको लेख पढ्न यो युनिकोडको दुनियाँबाट !!
मन परे हरियो, नपरे रातो
0
0