मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    शनिबार साहित्यः फोटो हेर्नुस् कविता लेख्‍नुस्

    यो साताका लागि फोटो। बिहीबार बिहानसम्म आएका मात्र प्रतियोगितामा समावेश हुन्छन्।

    कृपया कविता बाहेक अरु कमेन्ट यसमा नगरिदिनुहोला। त्यस्तो कमेन्ट प्रकाशित हुने छैनन्। एक पटक कमेन्ट पठाइसकेपछि त्यसलाई प्रकाशित हुन समय लाग्न सक्ने भएकोले बारम्बार पठाउन जरुरी छैन।

    No related posts.

    26 comments to शनिबार साहित्यः फोटो हेर्नुस् कविता लेख्‍नुस्

    • Basanta Thapa,Maryland,USA

      मेरा पुर्खा लागे दिगो सान्ती प्राप्तिको लागि
      म पनि लाग्दैछु पिछा निरन्तर !
      मेरा पुर्खा लडे देश स्वतन्त्र पार्नको लागि
      म पनि लडदैछु निरन्तर !

      अझ कती भागी रहनु पर्ने हो
      सान्ती प्राप्तिको लागि ?
      अझ कती जिबन ढल्ने हो
      स्वतन्त्रता प्राप्तिको लागि ?

      न कसैको खेलौना पो बनेको हो हामी ?
      भुमी भुमी भन्दै सकिने पो होकी हामी ?
      ईतिहासलाई कसैले टुक्राउन त खोज्दैछैन ?
      शान्ती,स्वतन्त्रता भन्दै लडाउदै त छैन ?

      रङी बिरङी सपना छरेर चारै तिर
      कसैले हामीलाई खेलाई रहेको त हैन ?
      आफ्नो शान्ती,स्वतन्त्रताको लालिपप देखाएर
      कसैले अरुको शान्ती,स्वतन्त्रता खोसिरहेको त छैन ?
      (फ्री तिब्बतको लागि बिदेशमा रहेका तिब्बतिको सन्धर्भमा )

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बलक छु म तैपनी बुद्दकै नाम जप्दछु
      सत्य, शान्ति, आहिम्सा,यिनै कुरा मान्दछु
      हत्या, हिम्सा, देखी कप्दछ मेरो मन
      बुद्द्कै चरनमा धन्य छ मेरो जिबन

      नेपाल आमाको मुहार जब रोएको देक्छु
      जब मनिष नै मनिष को सत्रु वनेको देख्छु
      तब लाक्छ मेरो बलिदन खेर गएको छ
      अनी मेरो शान्ति को बाटोमा कडा रखिएको छ

      थाहा छैन मलाई किन हुन्छ संसारमा हिम्शा
      तर थाहा छ,हिम्शाले सधै बिनश लाई निम्ता दिन्छ
      अबुज बन्दैछ मनिष किन दिनदिनै
      आशान्तिको बाटोमा मनिषले सधैं सबैकुरा गुमौछ

      बलक हुँ म तर अबोध म पक्कै छैन
      शन्ती को बाटो मा लम्कनेछु म सधै
      बुद्दको उपदेश सधै सरोपर छ हृदयमा
      मेरो देशमा शन्ती छाएको हेर्ने आशा बाँकी छ अझै
      मेरो देशमा शन्ती छाएको हेर्ने आशा बाँकी छ अझै

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shova

      खेली रहेछु, खुसीले रमाई
      सानै उमेरमा,प्रभु ज्ञान पाई
      सानै भएता पनी उच्च धार
      लिएर हिड्छु प्रभुको बिचार
      #################
      शान्ती स्वरुप्को,पहिरन् छ मेरो
      बुध्दत्व बिना,जगतै अँधेरो
      यो ज्ञान सागर,छ बहुत् अपार
      लिएर हिड्छु,प्रभुको बिचार
      ###################
      लामा गुरुबाट,सिकेर ज्ञान
      गर्नु छ मैले,बहुतै बिधान
      दिल्मा छ इश्वर,घुमी वन् बिहार
      लिएर हिड्छु, प्रभुको बिचार
      ###################
      सन्सारका यी,सुख क्षणका हुन्
      अशान्ति बाहेक ,अरु केही छैनन्
      आत्मिक शान्ती,मन को सुधार
      लिएर हिड्छु, प्रभुको बिचार
      #####################
      समस्त प्राणी, हितको त लागि
      आँये म यहाँ,घर बाट भागी
      पवित्र बन्धन्,दिलमा जूनार
      लिएर हिड्छु, प्रभुको बिचार
      ###################

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mohan Rus

      सानो छ म सानो छ बिचार सानै छ चाहना
      किन हो मलाई यो बस्त्र पहिरिय बुझेन धारणा
      यो बाला पन आफन्त छन छुट्याए मलाई
      साझ र बिहान बित्छ दिन मेरो दिप जलाई ।
      ०००० ००००००० ०००००००० ००००००० ०००

      गुम्बा को बास पूजा र पाठ गरेर बित्दैछ
      गूडाउदै पाङ्ग्रा खेलेर जादा तस्बिर पो खिच्दैछ
      गुम्बामा म साथी भाई बाट छुट्टेर आएसी
      किताब कलम टाढा भो मलाई यो भेस लाएसी ।
      ००००००००० ००००००० ०००००० ०००००००००

      लामाको बिद्या सिकाउदै छन गुरुले मलाई
      भर्दै छु म दियो मा तेल मैन लाई गलाई
      माने र पेमे बज्र र गुरु नसिकी भा छैन
      के उल्था लाग्छ कुनी खोइ मलाई केहीनी थाछैन ।
      ००० ००००००० ०००००००००० ००००००००

      कमै देख्छु म जस्ता साना यो पोशाक लाउनेमा
      रङ्गी बिरङी पोशाक मा आउछन यो गुम्बा धाउनेमा
      बिहानी सँगै यो मेरो मन खेल्न मन लाग्दछ
      साझको दियो बाल्ने क्रम सँगै बेस्सरी थाक्दछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिछट्ट लाग्ने परीबेस सारा
      खुलेको यिन्को रसिलो मुहार
      यो हाँक शान्ती पथ नित्य नै हो
      पहाडमा फुल्ने यो गुराँस नै हो
      *
      यो चन्द्र जस्तो अती सितल छ
      देखेर मन्मा बल सौम्य बड्छ
      यिन्लाई हेर्ने सब छन दुरुस्तै
      यि पंक्षि सारा पनि सङ्गी जस्तै
      *
      त्यो संगितै को धुन लोक भाका
      सुन्दै पो हौकी तिमी ए चनाखा ?
      के मन्त्र मुग्ध गरी खेल भर्छौ
      ए बाल हाम्रो सपनी फुलाउछौ ?
      *
      आकाश हेर तिमीलाई हेर्छ
      यो धर्ती तिम्रै गुनगान गर्छ
      नेपाल तिम्रो फुलबारी सारा
      ल्याएर शान्ती गर सिच सारा
      *
      ति बुद्ध हाम्रा तिमी जस्तै थिए
      अर्ती र बुद्दी पनि उन्ले दिए
      कसरी भुल्ले रस त्यो बिलायो
      त्यो पन्थ अर्को बनी दु:ख आयो
      *
      तिमीलाई देखे पछी आश लागि
      ति बुद्ध जस्तै तिमी लाई देखी
      हाँसेर मैले अब गीत बांडे
      दिन्छौ कि शान्ती भनी आस फालेँ
      *
      हजार सिँउदो पनि खाली सारा
      हजार बाल यि बने टुहुरा
      आँशु रोकिने पनि छाँट छैन
      रगत्को आहाल् पनि सुक्ने होइन
      *
      खोजी रहेथेँ तिमीलाई मैले
      यै भेश पाउने गरी आश पैले
      देखेर ऐले मन यो रमायो
      डाली झुली कोकिल आज गायो
      *
      अन्ध्यारो फाली बन दिप राजा
      यो देश तिम्रो पथ खोज्छ आज
      बुद्दै तिमी हौ सन्देह छैन कत्ती
      ए शान्ती शान्ती शान्ती तिमी शान्ती

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mohan Rus

      यो तस्बिर लाई मैले एउटा अनबिग्य र अबोध बालक
      जसलाई धर्मको नाममा यसरी सानै उमेर मा यो बस्त्रमा धारन गराउदा
      कतै उसको बालापनको बाल अधिकार बाट त बन्चित गरिएको छैन भन्ने अर्थमा यो कबिता पस्केको छु

      म अबोध बालक गूड्दै छु कहाँ
      चडेर डुंगा सयर गर्दै जहाँ
      एकछत्र बस्त्रमा सजिएर यहाँ
      बुझिन मैले गन्तब्य कहाँ ।।

      खेलेर रम्ने हो उमेर यो मेरो
      बन्दनमा बादिए झै लाग्दै छ
      झुमेर हिंड्ने यो क्षण मेरो
      पाङ्रग्राको रफ्तारमा गूड्दै छ ।।

      हातमा पुस्तक काधमा झोला
      यो उमेर मेरो हुनु पर्ने होला
      कलिलो उमेर बुझ्न भो गाह्रो
      एक रङगी बस्त्रमा बाधिन साह्रो ।।

      रङ्गी बिरङी पोशाकमा साथी
      पाठशाला जान्छन बिहानिमा
      गूडाउँदै हिड्दा यो मेरो मन
      बद्लिए झै लाग्छ काहनीमा ।।

      बाला पनको यो गुम्बाको भेस
      बुझेको छैन मैले गुरुको उपदेश
      क्षमता बिकास र बड्ने यो क्रम
      मनमा खेल्दैछ अनगिन्ती भ्रम ।।

      थाहा छैन मलाई धर्म र कर्म
      बुझेन मेरो बालापन को मर्म
      सहपाठी बने यो गूड्ने पाङ्ग्रा
      बाधीए झै लाग्छ खियाउने नङ्ग्रा ।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suprabh

      हे शान्तिपथका “पथिक”
      के यो तिमीलाई थाहा छ?
      तिमी बुद्ध मार्गी,
      तिमी शान्तिका अग्र दुतका अनुयायी
      तिमी बुद्ध का देशका बालक
      तिम्रो देशले के कस्ता पिडा झेल्नु पर्‍यो?
      तिमीले जस्तो खेल्ने खेलौना नपाएर होला,
      माटोमा भेटिएका शकेट खेल्न पुगे कोमल हात
      हात रेहेनन तिम्रा साथीका, एकै पलकमा
      मासुका टुक्रा बन्न पुगे एक लासका !
      के तिमीलाई पढाइन्छ
      बन्दुक कसरी पड्काइन्छ भनि?
      तिम्रा जस्तै कोमल हातमा
      बन्दुक थामिएका थिए,यही बुद्धको देशमा,
      बुद्धका सन्तानलाइ सत्रु सम्झी बार गर्न भनि
      को हो सच्चा सत्रु,
      भनी देउ सरालाई तिमीलेनै
      जो बुद्धले सिकाएका थिए उपदेश गनी गनी
      के तिमीलाई थाहा छ?
      बुद्धले त्यागे जहान, पसे जङल नगरु भनि शासन
      हरे सन्तान तिनका पनि पसे जङल त्यसै गरी
      तर लगि जहान, भनेर हत्याउन शासन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nitesh Mainaly

      Stop and See

      Some people just walk by some sighs
      That they really need to see
      Like the flying of a bird
      Or the buzzing of a bee

      Those people miss the the little things
      That could have made them smile
      So just stop to smell some flowers
      It will only take a while

      There are so many little wonders
      And I think that you will agree
      That to find these little miracles
      All you have to do is stop and see

      Nitesh Mainaly
      California

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kesari

      * बुध्दम् शरणम् गच्छामी *

      बुध्दम् शरणम् गच्छामी
      धम्मम् शरणम् गच्छामी
      संगम् शरणम् गच्छामी
      यही मन्त्र लिउँ हामी
      ****************
      ॐ माने पेमे हूँ म् भन्दै छु
      बुध्दको बचन् मान्दै छु
      शान्तिको दियो बाल्दै छु
      संसार के हो जान्दै छु
      *****************
      बुध्दको मन्त्र जप्दै छु
      आत्मीक शान्ति खोज्दै छु
      गुरुको कुरा सुन्दै छु
      जीबन के हो बुझ्दै छु
      ****************
      अहँकार जति त्यागेर
      दिल् भित्र इश्वर राखेर
      आत्माको दियो बाल्नु छ
      बिकर्म जति फाल्नु छ
      ***************
      यो गेरु बस्त्र धारण
      गरेको एउटै कारण
      पवित्र आत्मा बनाउन
      कल्याण सब्को गराउन
      ****************
      संसारमा अनेक् दु:ख छ
      सन्तोषी बने सुख छ
      संसारलाई हेर्दै छु
      ईस्वर सम्झी खेल्दै छु
      ******************
      हत्या र हिंसा छाडी दिउँ
      बुध्दको बचन् मानी लिउँ
      इश्वरका संतान् हौं हामी
      बुध्दम् शरणम् गच्छामी
      *****************

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bipin

      शान्तिदूत

      बुध्दको भुमी यो तपोबन्मा,शान्ति दूत् बनेर
      हिंसा र हत्या हटाउनु सब्ले,मन् बाटै भनेर
      सम्पूर्ण विश्व एकाकार हुन,आह्वान गर्दै छिन्
      आत्मीय प्रीत मन्मनै गीत,गाउदै खेल्दै छिन्
      *******************************
      सुकर्म गरी सपारौँ जीबन्,पवित्र बनेर
      अहंकार लिँदै नबन स्वार्थी,ठूलो हुँ भनेर
      भात्रित्वताको भाबना लेउ,सबैलाई भन्दै छिन्
      आत्मीय प्रीत मन्मनै गीत,गाउदै खेल्दै छिन्
      ********************************
      अरुलाई दिउँ त्यही कुरा स्वयम्,लिन मन पराउछौँ
      स्वयम्लाई चिन पहिले नत्र,सन्सारमै,हराउछौँ
      सम्पूर्ण जीबन् शान्तिको लागि,समर्पण गर्दैछिन
      आत्मीय प्रीत मन्मनै गीत,गाउदै खेल्दै छिन्
      *******************************
      खेतमा झार बढ्दछ हेर,बाली नै जेलेर
      सुन्दर फूल बिस्तारै बढ्छ,मुस्कान फेरेर
      बोलेर सत्य अहिंसाबादी,बन है भन्दै छिन्
      आत्मीय प्रीत मन्मनै गीत,गाउदै खेल्दै छिन्
      ******************************
      दुस्मनलाई मित्र बनाउने कला,अपनाउनु पर्दछ
      एक आपसमा सदभाब राख,मित्रता बढ्दछ
      शातिको ध्वजा विस्व भर सब्ले,फैलाउ भन्दैछिन
      आत्मीय प्रीत मन्मनै गीत,गाउदै खेल्दै छिन्
      *******************************
      आत्माको बोध गराई स्वयम्,सन्सार चिन्नु छ
      कुसंकार् त्यागी शान्तिको ज्योति,सबैले बाल्नु छ
      शान्तिको निम्ती शारीरिक दु:ख,जे पनि झेल्दै छिन्
      आत्मीय प्रीत मन्मनै गीत,गाउदै खेल्दै छिन्
      ********************************

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RM

      संसार घुमेको छ, घुमिरहेकै छ,
      घुम्द घुम्दै शान्ती पनि हराइसक्यो,
      शान्तीको पछि लाग्दा लाग्दा,
      बिकास नै हराइसक्यो।

      नेपाल हो नेपालीको, नेपाललाई माया गरौ,
      बन्द गरौ, नेपालीले नेपालीलाई मार्न अब,
      नेपाल रहे नेपाली रहन्छ,
      नेपाली भये सदभाव छरु।

      के हिमाल, के तराइ, के पहाड,
      देश हाम्रै हो नेपाल।
      देशलाई काधमा उचलौ,
      शान्तीको बीज छरी, बिकासको बाटो बनाऔ।

      Thanks.
      Regards!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yuba

      सबै मानिस यदी बुद्ध हुन्थे

      धन, सम्पत्ति र रवाफले मुक्त हुन्थे
      लादेन बन्थे न कोही बुश जन्मन्थे
      संसारै शान्त सबै गान्धी हुन्थे

      सबै मानिस यदी बुद्ध हुन्थे

      विचार,भावना र सिद्धान्तले सुद्ध हुन्थे
      इराक जल्थ्यो न मुम्बई बल्थ्यो
      पेन्टागनहरु सधैं आकाश चुम्दै हुन्थे

      सबै मानिस यदी बुद्ध हुन्थे

      मन,बचन र कर्मले सुद्ध हुन्थे
      भोकमा हुन्थ्ये न शोकमा रुन्थे
      जताततै शान्ती त्यसै मुग्ध हुन्थे

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      I will catch that

      i will catch that
      and i would not let it run
      who let the peace in my country
      rolling-out out of the boarder
      i will catch that
      and i will not let it run.
      i am not playing
      i am struggling
      to hold my rights
      that is rolling-out out of boarder
      i will catch that
      and i will not let it run.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुर्छण उदासी जापान

      हाईकु

      शोक नसुर्ता
      बच्चालाई खेल्नकै
      चिन्ता

      टुईनको फन्को
      बच्चालाई
      खेलौनाकै रन्को

      अबोध बालक
      सुन्दर सपनाको
      फूलवारी

      चन्चले बानी
      बाबुआमा दिक्क
      छोरा अटेरी

      टुईन गुड्यो
      क्या मज्जा
      बालमानसिकता

      नजान्दो उथेको
      फुच्चेको निधार
      खेलौनाकै संसार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahesh

      सुन्दर र शान्त त्यो बालकलाई देख्छु
      मनले थम्नै नसकेर एउटा कबिता लेख्छु ।

      बिहान सबेरै जागी , पछाडि ब्याग भिरेर
      साथीको सँग लागि, स्कुल जान हिंडेर
      त्रिपुरेश्वोर के पुगेको हुन्छिन,
      अनायसै संसार रुन्छ
      कुनै एक ब्यक्तीको स्वार्थ पुरा गर्न
      किन पर्थ्यो र ति दुई नानीहरुलाई मर्न
      रिशले रन्थनिएर छातीमा हान्छ
      कलम समाउने मनै मरी जान्छ

      फेरी,
      त्यो सुन्दर र शान्त बालकलाई देख्छु
      मनले थम्नै नसकेर एउटा कबिता लेख्छु ।

      कुनै गर्जो थियो, टार्न मोबाईल बेची दियो
      पैसा पछी दिन्छु भन्दा हुन्छ भनेकै थियो
      जङलको बाटो लागि
      गोली ठोक्नु पर्ने थिएन
      यो जीवनको मुल्यो किन यती सस्तो भये
      मात्र ६ हजार को लोभमा दुई निर्दोश गये
      रिशले रन्थनिएर छातीमा हान्छ
      कलम समाउने मनै मरी जान्छ

      फेरी,
      त्यो सुन्दर र शान्त बालकलाई देख्छु
      मनले थम्नै नसकेर एउटा कबिता लेख्छु ।

      अनी
      लाग्छ अझै संसारमा सान्ति बाँकी नै छ
      एक्लो बालक हाँसी खेली दुल्ने ठाउँ रैछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahesh

      सुन्दर र शान्त त्यो बालकलाई देख्छु
      मनले थम्नै नसकेर एउटा कबिता लेख्छु ।

      बिहान सबेरै जागी , पछाडि ब्याग भिरेर
      साथीको सँग लागि, स्कुल जान हिंडेर
      त्रिपुरेश्वोर के पुगेको हुन्छिन,
      अनायसै संसार रुन्छ
      कुनै एक ब्यक्तीको स्वार्थ पुरा गर्न
      किन पर्थ्यो र ति दुई नानीहरुलाई मर्न
      रिशले रन्थनिएर छातीमा हान्छ
      कलम समाउने मनै मरी जान्छ

      फेरी,
      त्यो सुन्दर र शान्त बालकलाई देख्छु
      मनले थम्नै नसकेर एउटा कबिता लेख्छु ।

      कुनै गर्जो थियो, टार्न मोबाईल बेची दियो
      पैसा पछी दिन्छु भन्दा हुन्छ भनेकै थियो
      जङलको बाटो लागि
      गोली ठोक्नु पर्ने थिएन
      यो जीवनको मुल्यो किन यती सस्तो भये
      मात्र ६ हजार को लोभमा दुई निर्दोश गये
      रिशले रन्थनिएर छातीमा हान्छ
      कलम समाउने मनै मरी जान्छ

      फेरी,
      त्यो सुन्दर र शान्त बालकलाई देख्छु
      मनले थम्नै नसकेर एउटा कबिता लेख्छु ।

      अनी
      लाग्छ अझै संसारमा सान्ति बाँकी नै छ
      एक्लो बालक हाँसी खेली दुल्ने ठाउँ रैछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      ( अनुयायी – अनुश र ण गर्ने , ध्बजा प ताका – बौद्द धर्म मा धार्मिक कार्यक्र म् हुँदा प्रयोग गरिने तोरण -५ रङ्ग को कपडा को टुक्रामा ॐ माने पेमे हुँ म् मन्त्र लेखेर हाबामा फहराइने तोरण जस्को अर्थ अत्यन्तै उच्च छ -जस्मा लेखिएको मन्त्र बायु मार्फत भगवान सम्म पुग्दछ र सम्पूर्ण प्राणी मात्रा , प्रिथिबी , जल , बायु , आकाश , ब्र्महानद को शुभ को ( हित को लागि ) कामना गरिन्छ , सन्दिप -उज्यालो , अर्थात बत्ती – प्रकाश , सागर -समुन्द्र अर्थात धेरै भन्ने अर्थ मा , यहाँ सन्दिप सागर भनेर धेरै उज्याला प्रकाश हरु प्रकाश अर्थात स्तुपामा बालिने मैन बत्ती या दियो बत्ती लाई इङित गरिएको छ , प्राङगण – आगन )
      _________________________
      बौद्द अनुयायी एक बालक देख्दै छु पर
      ध्यान मेरो केन्द्रित हुँदै छ तिनकै ब र पर ।
      ~~
      ध्बजा प ताका रङ्ग रङ्ग मा खुशीको रुप
      अछ्यर अछ्यर को सन्देश मा संसार को सुख ।
      ~~
      सादा जिबन उच्च बिचार गेरु क लेजी बस्त्र मा
      शान्तिका दूत यि बिश्बास राख्दैन्नन हतियार अस्त्र मा ।
      ~~
      सन्दिप सागर झलमल्ल बाल्छन स्तुपा ब रि प रि
      ॐ मणी पेमे हुँ ॐ गर्दै उच्चारण घ रि घ रि ।
      ~~
      तिनकै अनुयायी बालक खेलिरहेछ बौद्द प्राङगणमा
      कल्पनाका सचित्र सल्बलाई रहेछ मेरो मनको आगन मा ।
      ~~
      कल्पना गर्छु उु आएर बोल्छ मेरो नजिक मा
      जे गरे कल्पना यहाँ कोर्दै छु केही हरफ मा ।
      ~~
      उु भन्छ मलाई मधुर स्बर मिलाई
      म बालक भिछु शान्तिसँग बाँच्न देउ मलाई ।
      ~~
      अहिले म बालक छु खेल्ने मेरो बेला यो
      भोलिको म दूत बुद्द को शान्तिको सन्देश को ।
      ~~
      चरा झै रमाएर खेल्ने बालक को अधिकार
      स्बस्थ्य रहन भर पर्दो यो आधार ।
      ~~
      बालकले खेल्नु पर्छ , नखेले रमाइलो भागदछ
      छ त र कोठामा खुम्चिए पिजडा झै लाग्दछ ।
      ~~
      बालक लाई खेल्न ठाउँ देउ भुरर उड्न आगन देउ
      मेरो सन्देश सुनाइ देउ बाल हितमा बोलिदेउ ।
      ~~
      पर मेरो साथी छ बसेको छ पर्खिदै
      उु गयो कुदेर गोलो पाङ्रा घुमाउदै ।
      ~~
      उु भन्छ साथीलाई स्बरमा स्बर मिलाउदै
      आउ साथी हेर न! पाङ्रा घुम्यो फ न न !
      ~~
      मेरो पाङ्रा डोलो छ फूर्तिलो र गोलो छ
      पाङ्रा गूड्यो यसरी मोटार गु डे जसरी !
      ~~
      उु गयो पर पर
      म बसे टोलाउदै यतै ब र ।
      ~~
      सम्झिए काठमान्डौ लाई
      कहाँ खेलाउने हाम्रा केटाकेटिलाई !
      ~~
      नबुझ्ने लाई लाग्ला यो तितो करेला
      बुझ्ने ले त भिजाउला मनको परेला ।
      ~~
      बिरुबाका जराहरु कचौरामा खादे जसरी
      जताततै साघुरिएर बालक फूलोस कसरी !
      ~~
      जुबाका खाल हरुमा झै साघुरिएर अटाइ न अटाइ
      हुर्कन वाध्य पारीदै छ हाम्रा फूल कोपिला लाई ।
      ~~
      साघुरो पिजडामा फुरर फुरर गर्ने ले
      सोच्नुस् त ! आकाश को प रिधी नाप्छन कसरी यिनले !
      ~~
      सबै नानीहरुले स्बतन्त्र खेल्न पाउनु पर्छ
      खुशीसाथ यिनलाई फूलाउनु पर्छ ।
      ~~
      आबाज सबले उठाउन आ फ्ना नानीका लागि
      भोलिका राष्ट्र का कर्णधार बलियो बनाउन का लागि ।
      ~~

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      म खेल्दा खेल्दै लिन हुन चाह्न्छु
      तिम्रो बुद्दत्वभित्र ,अध्यात्ममा ,विज्ञानमा
      मलाई तिमीमा समाधिस्थ गरिएको छ
      मलाई माफ गर मेरो ईश्वर
      म तिम्रो अवतारमा रुपान्तरण गराइदै छु
      हुन सक्छु या सक्दिन
      तिमीलाई मान्य हुन्छ या हुन्न

      म तिम्रा नामका मन्त्रहरु घोक्दै छु
      र भोली तिनै मन्त्रहरुबाट
      मनिसलाई आस्श्वस्थ पार्ने छु
      एउटा सन्तुस्ठी
      मेरो अन्तस्करणमा हुने छ
      मेरो भगवानसगको कालचक्रसगको

      तर मेरो समयको घाम
      धेरै टाढा पुगेको हुनेछ
      मेरो प्रथाना उसलाई मान्य हुनेछैन
      आफ्ना लागि खेलेको बालक
      र आफ्नै लागि मुस्कुराएको वालक
      अनी म
      इस्वरले आँफैलाई ईश्वर भन्ने छैनन
      बुद्धले बुद्ध भन्ने छैनन
      मेरो बालापनको समर्पण
      एउटा फराकिलो मानव आकाश
      जहाँ आँखा हुनेहरु
      देख्न सक्छन
      आत्म हुनेहरु अनुभव गर्न सक्छन

      यो गोलाकार खेलौना जस्तै
      सुन्य संसारमा तिम्रै हातमा छ
      कसरी दौडाउने हौ तिमी आफुलाई
      अङ्कहरु अगाडि थप्छौ या पछाडि
      तिम्रो जीवन त्यही छ गती त्यही छ
      मेरा कपडाको रङमा तिमी केही भेट्दैनौ
      जुन कुरा खेलौनाको परिधीमा छ
      बुद्द्त्व पनी शायद यहीछ
      शुन्यमा शुन्यको परिभाशामा
      .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sasang Lama

      जतिसुकै धार्मिक पाठ घोकाएपनी,
      शिरदेखी पाइतालासम्मा भिक्षु वस्त्र पहिरेपनी,
      अनुशासनका फलामे साङ्ग्ली लगाएपनी,
      आखिर त्यो अबोध बालकको मन
      पाङ्ग्रा भएर गुडिरहेको हुन्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prabhat

      अबोध बालक तिमी
      खाउ, खेलौ, रमाइलो गरु
      भन्ने निस्छल बाल भावना छ तिमीमा
      तर ….
      धर्म गुरु हरुले प्रतिपादन गरेका ठुला ठुला
      धार्मिक ग्रन्थ का थेला हरु तिम्रो अबोध कान्धमा
      थोपरी, तिम्रो कपाल मुन्ध्याइ, गेरुवा बस्त्र लगैदिये…
      के तिम्रो इच्छा त्यो थियोर?
      र पनि तिम्रो अबोध भावना तिमीले छोडेनौ
      शुभकामना ………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • surya,jp

      शाहस

      धर्मका शिशे,
      अबोद नाबालक!
      तर
      उसका चाहना
      अनी
      शाहस मिस्रित रबरका पाण्ग्राले
      अबगत गराउदै छ!

      जस्ले जेसुकै भनुन
      म यि रबरको पाण्ग्राले,
      निर्भिकरुपमा गती लीए झै!

      अनी मेरा देशका ,
      कुना काप्चासम्म
      निर्भिकरुपमा
      यी रबरका पाण्ग्रा झै
      अगाडि बड्ने छ!

      यी अबोद नाबालकको सन्देश
      अब हामीले बुझ्ने बेला आएको छ।
      शाहस गरौ,मनन गरौ!

      सम्पूर्ण हाम्रो देशको समस्यालाई ,
      समाधान गरी निर्भिक रुपमा जिउने
      शा न्त अनी सुन्दर नेपालको लागि
      शाहसको शिक्षालिन किन धिला गर्ने।।।
      धन्यवाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Baldev Bhatta

      तुहिनान्शु सँग मौलाएका
      उत्सुकता सन्धिखर्कबाट
      स्वयम्भुसम्म ल्याउदा,
      कोल्डाँडाको कोलाहट सँग
      म डराएर चुप बस्छु । ।

      एकाकार मनका दर्शहरण खातिर
      सौम्य मनका किनर तिर
      बालक्रिडाको सपना बोकी
      स्याप्रुबेशीबाट स्वयम्भु सम्म
      माझगाउको माझेरिमा रात परेपछी
      बिहानीको पर्खाइमा म सुस्ताउछु । ।

      उलेलीहरुको मारुनी नाचबाट
      उछिट्टिएर एकाकार खुशीहरु,
      मानव बस्तिका बगर तिर उछाल्छु भन्दा,
      दिर्घ जीबक कचिङल सँग
      म डराएर चुप बस्छु । ।

      लघु आयामका कोशेली बोकी
      मेरी आमा आउछिन् भनी,
      म मनोरम सपनामा रमाउछु
      दोस्रो दिनको बिहान
      हारको जन्जिरसँग बाधीएका
      मेरी आमाका हातहरु देखेपछी
      बाल मनका भावाबेशसँग
      म पश्चिमतिर बिलाउछु
      म अनभिज्ञताको प्रयायी बनी बिलाउछु । ।

      बलदेव भट्ट
      सिङ्गापुर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bijay

      आशा मेरो मनमा छ ।
      बुद्ध को देश मेरो
      शन्ती र प्रेम हाम्रो चिनारी,
      कहिले सम्म आँफैलाई बिर्सने ?
      धेरै अबेर हुन्न अब ।।

      आधी बेहेरी त कहाँ आउँदैन ?
      छडिक् हो त्यो ,
      नरमाइलो सपना ।
      फेरी बिहानि आउने छ ,
      शितल किरणका स्पर्शले
      फेरी लालिमा छाउने छ ।।

      रङ अझै भुलेको छैन,
      रगत धेरै भयो
      अब अबिर ले पोतिने छु ।
      यो धर्ती मेरो हो ,
      येही जन्मिये येहि मेटिनेछु ।।

      धित मरुन्जेल खेल्नु छ ।
      मादल को ताल संगै ,
      मारुनी र सैलुङे नच्नु छ ।।
      गुरास फुल्ने लेक देखी पहरा र फाट् हरुमा
      डाफे चरी लाई भेट्नु छ ।।
      आशा मेरो मनमा छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deepak(guru)

      नेपालका नेता
      रबरको खेलाैना
      नेपाल ।

      रबरको खेलाैना
      स्वयम्भुमा खेल
      भोलिका नेता ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अहो हामी नेपाली कती भाग्यमनी।
      पहिले बजेले लप्प खेले यही धुलोम।।
      बाबु ले खोप्पी खेले त्यही धुलो कोत्यौदै।।
      अहिले नतिले खेल्छ त्यही धुलोमा तयार गूड्आउँदै।
      ओहो हामी नेपाली कत्ती भाग्यमनि।।। hehe

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • शान्‍ति… शान्‍ति… शान्‍ति…

      झण्‍डामा लेखे मैले शान्‍ति
      कपडामा देखे मैले शान्‍ति
      शब्‍दमा सुने मैले शान्‍ति
      जङ्गलमा बुझे मैले शान्‍ति

      तर प्रयास असफल

      किनकि मैले कहिले पनि महशुस गर्न सकिन शान्‍ति
      मैले कहिले पनि पाउन सकिन शान्‍ति

      तर पनि म भनिरहन्‍छु, अनि लेखिरहन्‍छु

      शान्‍ति… शान्‍ति… शान्‍ति…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker