प्रकाश आस्था
१२ वर्षको वनवासताक चोसे दाह्री पालेका, साम्राज्यवादी बहुराष्ट्रिय कम्पनीको ‘फेसबुक’मा हाल तस्विर र तर्क हालेका, नवसत्ताका वरिष्ठ मन्त्री कामरेड खरिपाटीको भेला सक्याएर खवरकर्मीहरुबीच उपस्थित भए। ‘तपाईँहरुले भ्रम नपाले हुन्छ । हामी अब एक ढिक्का भयौ“ ।’ यसअघि कहिल्यै पनि खवरप्रेषकमाझ ‘हामी अब अनेक टुक्रा भयौ“’ नभनेका उनले बडो अदबका सुनाए, ‘हामीले पुन एकपटक फ्युजन-मार्ग अवलम्वन गरेका छौ“ । कामरेड जण्ड र चण्डविचको विचारको फ्युजन नै अबको हाम्रो गौरवसाली रथारोहण हो । अब भने हाम्रा महान् विचारका विरुद्धमा लाग्ने देशी विदेशी प्रतिकृयावादीहरु स्वयंको ‘फ्युज्’ गएको छ ।’ कामरेड वाणी बडो ‘स्पोन्टनियस’ थियो तर बबुरा पत्रकार बन्धुहरु ‘फ्युजन’को यो नवसुचनाले अर्को ‘कन्फ्युजन’मा परे । ‘यो फेरि कस्तो फयुजन हो ?’, तिनको चासो थियो । ‘फ्युजन नेपाली मौलिक पहिचानसहितको’ थियो मन्त्रीज्युले थपे, ‘र्सवहारावर्गको उल्का उत्थान, सामन्ति, दलाल, साम्राज्यवादी र नोकरशाहीहरुको महान पतनको दिशामा एउटा अर्को विशाल तरंग सहितको छाल र त्यो छालमा तिनलाई फालको दिशामा यो भेला …।’ पत्रकारहरु अधैर्य थिए । कामरेडका केही उल्लेख्य र नौलो लाग्नेजस्ता पछिल्ला शब्दहरु टिपेर धेरैजसो पत्रकार अर्का कामरेडतिर मोडिए ।
पत्रकारहरुको हुल छिचोलि सक्नुको थियो । कोटधारीप्रतिको क्यामेरा र माइकहरुको आकर्षा यी अर्का मन्त्री कामरेडलाई पनि थाहा नहुने कुरो थिएन । त्यसमाथी यी कामरेडको कोटको गोजिको नापलाई नाघेर ‘नया“ नेपालको रातो शव्दकोष’ नामको किताव अघि देखि नै देखिइ रहेको थियो । केहि भिडियोक्यामेराहरु मन्त्रिज्युको कोटको गोजीतर्फ’जुम’ हु“दै थिए । उसो त कामरेडको गौरवसाली पार्टर्ीी चुनवाङको महाऐतिहासिक भेलाबाटै ‘शव्द र शब्दकोष हु“दै अबको नेपाली माटो सुहाउ“दो र मौलिक क्रान्ति सम्पन्न गर्ने’ उद्घोष गरेको थियो । ‘व्यवहारिक दृष्टिबाट क्रान्ति सम्पन्न गर्नुभन्दा पनि शब्द गर्जनहरुबाट क्रान्ति गर्नु कता हो कता धेरै अर्थमा छलाङ देखिने भएकाले पनि अबको हाम्रो मार्ग भनेको शव्दकोषमार्ग नै हो ।’ उतिन्खेर कार्यकर्ता भेलाको समापनपछि चुनवाङमै आयोजना गरिएको क्रान्तिकारी पत्रकार सम्मलेनमा पार्टर्ीीुखिया चण्डले भनेको कुरो ठ्याक्कै सापट लिएर, खरिपाटीमै चण्डको दोस्रो ऐतिहासिक तस्विर खिच्न भ्याएका एक बरिष्ठ क्रान्तिकारी पत्रकार मित्र त्यहि भिडमा अन्य पत्रकारहरुलाई सुनाइरहेका थिए ।
मन्त्रि कामरेडले पत्रकारहरुको प्रश्नको पर्ुव अनुमान लगाउ“दै बोलिहाले, ‘अब कसैले हाम्रो पार्टर्ीीर्किएको सपना नदेखे हुन्छ । अब हामी अघि बढि सक्यौ“ , यो ऐतिहासिक दिन हो, हामीविच असाध्यै एकता भएको छ ।’ प्रेमव्यवहारमा प्राय धेरै प्रयोग हुने ‘असाध्यै’लाई मन्त्रिज्यु जोड दिइरहेका थिए । उनले थपे, ‘शंस्लेषित भएर अब हामी अगाडी बढ्ने भएका छौ“ । पार्टर्ीीुन एक ढिक्का भएको छ ।’ खवरकर्मीहरुलाई पनि केहि न केहि त सोध्नु नै थियो, ‘कस्तो संस्लेषण – अनि कसरी पार्टर्ीीक ढिक्का -’ मन्त्रि कामरेडलाई काठमाण्डुको सामन्ति प्रदुषणले रुघा लागेको रैछ कि क्या हो, नाकतिर हात पुर्याउ“दै बोल्न थाले, ‘कतिले यसलाई मात्र जु“गाको लर्डाई“को रुपमा पनि बुझे तर अन्ततोगत्वा पार्टर्ीीसाध्यै एकतामा आइपुगेको छ ।’ यसो भनिरह“दा दार्हीजु“गा सफा चट मन्त्रिज्युको पोटिलो गाला र घामको ‘फुयुजन’ले मुहार टल्किेको देखियो । यहि मौकामा मन्त्रिज्युले भर्खरै नाकमा हात पुर्याएको ख्याल गरेका एक हुल्याहा पत्रकारले सोध्न भ्याइहाले, ‘अनि अघि सोधिएको प्रश्नमा तपाइले नाक हातमा पुर्याउनुको सांकेतिक अर्थचाही“ के हो नि-’ अनपेक्षित रुपमा मन्त्रि महोदय बडो गम्भिर र सालिन रुपमा उत्तर दिन थाले, ‘ मेरो आशय अहिलेको बहस ‘नाकद्धन्द’ होइन भन्ने नै हो, फेरिपनि पार्टर्ीीसाध्यै एकतामा पुगेको कुरो एकपटक स्पष्ट…..गौरवसाली…महान…एक ढिक्का….।’ पार्टिलाई कसरी जमाएर एउटै ढिक्को बनाइएछ भन्ने कुरोको चुरो नपैल्याएका पत्रकारले यी कामरेडबाट पनि खवरका लागी जसोतसो ‘कोटेसेन’ तानतुन गरिहाले ।
प्रतिकृयाका लागी पत्रकारहरु अझै ठुला कामरेडहरुको खोजिमा भौ“तारिरहेका देखिन्थे । भेलाका प्रमुख, पार्टर्ीीुखिया चण्ड अझै सभाहलभित्रै थिए । खवरजीवीहरुले केहि पहिले सुनेका थिए, द्धितिय नायक जण्ड पनि भेलाभित्रै फेटाले कान छोपेर चर्को मन्थनमा सहभागी थिए । मन्थन र गन्थनले सभाहल गुन्जायमान थियो । त्यतिन्खेर चण्ड र जण्डको हलभित्र घमासानै भयो रे । एउटाले तन भन्ने । अर्कोले मन भन्ने । अर्थात एउटा तनतन्त्र पक्षधर, अर्कोचाही“ मनतन्त्र पक्षधर अर्थात एउटाको जोड शासनमा शरिरको प्रमुख भुमिका हुन्छ भन्ने थियो भने अर्कोको तर्क शासनमा मनको भुमिकालाई प्रमुख स्थान दिइनु पर्छ भन्ने थियो ।
कुरो एउटा अक्षरको मात्र थियो । कि ‘त’ को जय कि ‘म’ को जय π तर रडाकोको ‘स्केल’ त्योभन्दा ठुलै सुनिएको थियो । मन र तनको यो भाले भिडन्तले, अन्ततोगत्वा ठुलो आकार लिने अपेक्षा ‘प्रतिकृयावादी, सामन्ति र दलाल’हरुले गरेका थिए । तर अचम्मै भयो । एकाएक कुन तत्व हावी भयो कुन्नि, खेल सबै खतम भयो । समाचार के लेख्ने भनेर बाहिर ढुकिरहेका पत्रकारहरुका लागी खवर आइपुग्यो । खैरो बाक्लो कोट र ‘हिन्दुस्ताने पावरवाला चस्मा’मा सजिएका एक बृद्ध कामरेड मोफसलको एउटा साप्ताहिकलाई अन्तवार्ता दिदै“ थिए,’हेर्नोस्, ‘शव्दकोशपथ’को महान दर्शनका कारण अहिले पनि हाम्रो गौरवसाली पार्टर्ीीुन एक ढिक्का भएको छ । अब यसैगरी पार्टर्ीीेलाबेला एक ढिक्का भइ नै रहनेछ ।’ उपस्थित खवरकर्मीहरुले बृद्ध कामरेडले उल्लेख गरेको यो नया“ वाद या दर्शन, ‘शव्दकोशपथ’को जीउ त के पुच्छर पनि पहिल्याउन सकेनन् ।
पछि सबै पत्रकारहरु हि“डिसकेपछि खरिपाटीको भवन बहिर रित्तो चौरमा एउटा रातो किताव टल्केको देखियो । लाग्यो, मन्त्रि कामरेडको गोजीबाटै ‘शव्दकोष’ खस्यो । ग्ाएर हेरेको त, नभन्दै उहि अघिकै ‘नया“ नेपालको रातो शव्दकोष’ नै रहेछ । कोश पल्टाउन थालियो । ‘महान पार्टर्ीीगौरवसाली पार्टर्ीीा“स्कृतिक शुद्धिकरण, महान छलाङ, र्सवहाराको अधिनायकत्व, गरिवको शासन,जोत्नेको पोत, गरिखानेको शासन, समावेसी गणतन्त्र, जनगणतन्त्र, लोकतान्त्रिक गणतन्त्र, संघिय गणतन्त्र, नौलो विचार, ऐतिहासिक क्षण, गौरवमय क्रान्ति, महान क्रान्ति, कम्युन, जनवाद, चण्डपथ, नेपाली मौलिक क्रान्ति, व्रि्रोह, फेरी पनि व्रि्रोह, शहरी व्रि्रोह, पुन एक पटक व्रि्रोह, फ्युजन, क्रान्तिकारी स्पिरीट…।’ शव्दका खात यति बिघ्न थिए कि आ“खै तिर्मीराउने ।
अचम्मचाही“ यो थियो कि आवरणमा ‘शव्दकोष’ लेखिएको यो पुस्तकमा कुनै पनि शव्दका स्पष्ट र बुझिने अर्थ थिएनन् । घुरमैला अक्षर त्यसमाथी क्लिष्ट व्याख्या । म रनभुल्ल र अलमल्लमा परे“ । अझ ‘शव्दकोष’को अन्तिम पानोमा भर्खरै कोरिएको जस्तो लाग्ने अलि फरक शव्द देखियो । ‘जनताको संघिय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्र’ शव्द थियो त्यो । मदन भण्डारीकृत ‘जनताको बहुदलिय जनवाद’को फोटोकपीजस्तो जस्तो देखिने यो नया“ शव्दको अर्थ फुकाउन मलाई कठिन पर्यो । अनि त यो र यी सबै शव्दको अर्थ लगाउन म लागे“ खरिपाटीभन्दा धेरै पर रहेका धुरन्धर भाषापण्डित श्री शव्दपाणी शर्मा चालिसेको निवासतर्फ।
No related posts.









prakash,you are trying to make a net of maoist words.I am impressed.wait to see such article in poetic form .
मन परे हरियो, नपरे रातो
0
0
maoist are fused but nepalese peoples are confused from the activities and their ways of emplementations comitments.
मन परे हरियो, नपरे रातो
0
0
wow so greate thanks give any more
मन परे हरियो, नपरे रातो
0
0
माथिको प्रतिक्रियामा २०५२ साल हुनुपर्नेमा अन्यथा भएकाले सच्याइदिन हुन अनुरोध छ । नभए त्यसैलाई सच्याएर पढिदिनु होला भन्ने आग्रह गर्छु ।
मन परे हरियो, नपरे रातो
0
0
पक्कै पनि माओवादीहरु शब्दको जालझेल र शब्दै शब्दको खेती गरेर जनतालाई उल्लू बनाउन खप्पिस छन् भन्ने लेख र लेखकको आशय हो कि जस्तो लाग्यो मेरो ठम्याइमा । हेर्नुस्न जनवादी गणतन्त्रका लागि भन्दै २०५८ सालमा बन्दूक बोकेर १४ हजार जनाको मृत्युबाट बनेकव सिढी चढेर अहिले सत्तामा पुगेको माओवादी फ्यूजनका नाममा जनतालाई कन्फ्यूजन गराइरहेको छ । माओवादीका वरिष्ठ र प्रभावशाली नेता मानिएकाहरु पनि एकथरी जनगन्त्रको कुरा गर्छन भने अर्कोथरी चैं संघीय लोकतान्त्रिक गणतन्त्रको । हुँदा हुँदा कहि नभएको जात्रा हाँडीगाउँमा भनेझै संसारमै नभएको पद्दती प्रणाली र पाङ न पुच्छरको सिद्धान्त जनताको राष्ट्रिय गणतन्त्रको नयाँ कार्ड फ्याँकिएको छ । त्यो पनि लोकतान्त्रिक गणतन्त्र र जनवादी गणतन्त्रको फ्यूजनको नाममा । यो सब जनतालाई कुहिरो हैन हुस्सुभित्रको काग बनाउने दाउपेच मात्रै हो । हिजो द्वन्द्वका बेला मात्रै हैन माओवादीले अहिले पनि शब्दको जालझेललाई निरन्तरता दिएका छन । माओवादीबाट कहिकतै केहि गल्ति भए पहिला हामीले हुँदै होइन भन्छ पछि हामीले हैन जनताले हो भन्छ त्यसपछि पार्टीभित्रका केहि अराजक र अपराधिक मानसिकता भएका व्यक्ति त्यसमा पनि अझ आलोक प्रवृत्ति अलिक बढी प्रचलित छ माओवादी वृत्तमा त्यसलाई पनि कसैले नपत्याएपछि बल्ल गल्ति स्वीकारेजस्तो गर्छन तर गल्ति गर्ने निरन्तरताको क्रमभंग कहिल्यै गर्दैनन । जारी राख्छन । यस्ता छिचरा शब्दको प्रयोग गर्नमा त झन माओवादी सुप्रिमो र हाम्रा प्रधानमन्त्री अझ खप्पिस छन । कहिल्यै महान अग्रगामी छलांग चमत्कारीक ढाडमा टेकेर टाउकोमा हान्ने हरुवा जितुवा आदि आदि । यहाँ निरन्तरताको क्रमभंग भन्ने शब्दपनि वहाँबाटै सापटी लिइएको हो । प्रचण्ड कमरेडसंग यस्ता शब्दको त पूरा कारखाना नै छ । भर्खरै उहाँको मुखारविन्दबाट नयाँ शब्द निस्किएको छ पुराना सञ्जाल र जञ्जाल भन्ने । यो पनि विस्तारै चलनचल्तिमा आउँदैछ । यी र यस्तै खाले शब्दको खेतीमा गर्दैमा सरकारका साढे ३ सय दिन कसरी बिते जनताले त परैजाओस स्वयं सरकारमा हालीमुहाली गरेर बसेका दल र प्रधानमन्त्रीज्यूलाई समेत पत्तो भएन । अझ पनि बिग्रे भत्केको केहि छैन । तर पनि हाम्रा कमरेडी मन्त्रीहरु कामको साटो थुत्तुनो मात्रै चलाएर बसेकाले कहिले नयाँ संविधान बन्ला कहिले स्थायी शान्ति होला कहिले शान्तिप्रक्रिया टुंगोमा पुर्याउनला । ए साँच्चै कामभन्दा कुरो बढी गरेर सबै काम थुत्तुनोले मात्रै पूरा गर्ने यो चांहि कमरेडी मन्त्रीहरुको मौलिक तरिका होला ।
पुनश्चः यहाँ यो मौलिक भन्ने शब्द पनि सुप्रिमो ज्यूबाट पैंचो लिइएको हो ।
धन्यवाद
मन परे हरियो, नपरे रातो
0
0
कमेन्टकर्ता हरी खड्का ज्यु, तपाईं ले त्यो कमेन्ट पनि त्यसरी नै सौच गर्दा भुइ मा लेख्नु भएको हो? तपाईं को आफ्नो लेख्ने शैली र अनुभब सबैलाई लागु हुन्छ भन्ने त छैन नि? कमेन्ट गर्न पायो भन्दैमा जे पायो तेही ठोक्ने?
nepali_hridaya@yahoo.com
मन परे हरियो, नपरे रातो
0
0
धेरै गहिरो ब्यङ्ग भएर साथीहरुलाई बुझ्न गाह्रो भएको छ । सर्सर्ती हेर्दा बडो भाबपूर्ण पनि लाग्यो मलाई नेताले यो कुरा बुझिदिए कती राम्रो हुन्थ्योहोला तर खोइ कहिले कुरा बुझ्ने यिनिहरुले वास्तविक कुरा गर्दा पत्रकार माथिनै जाही लाग्ने जस्ता घ्रिणित कृयाकलाप पनि गर्छन् यिनीहरु तर आफुले हिंडेको बाटो कहिले हेर्दाइनन यिनिहरु । लेखक्ले यस् लेखमार्फत जन्ड र चण्ड भनेर प्रचन्ड र बैद्यलाई इङ्गित गर्नु भएको छ । यिनिहरुले कसरी शब्द बुन्छन अनी कसरी पस्किन्छन भन्ने कुरा लेखक्ले राम्ररी दर्साउन खोज्नु भएको छ । जुङ्ग्गा पालेका जन्ड ले अधिबेसन हल बाट निस्किदा कसरी हाम्रा बिरोधी देशी बिदेशी सक्तिलाई परस्त गरिदिउ यो अधिबेसन्बाट भनेर शब्दहरु फ्याकेकाछन अनी बाहिर निस्किदापनी गोजिबाट कसरी शब्दहरु झर्छन ति शब्दका अर्थ नबुझेर पत्रकार पनि रणभुल्लमा परेकाछन ,अनी अर्कातिर कम्रेड जण्ड अट्टहास हासिरहेकाछन आफुले गरेको गौरब्कोलागी र परिबर्तन्को लागि कत्रो परिवर्तन हगी भनेर लेखक्ले तिखो ब्यङ्ग हान्न बिर्सिनु भएको छैन यो लेख आँफै बोल्छ र सजिब छ । यहाँ कम्रेड्ले खोइ के गर्नु भयो जनतालाई अलिकती अनुभुतिपनी दिनसक्नुभएन बिकास कस्तो हुन्छ भनेर । योजना पनि छैन रहेछ शब्दको खेती बाहेक कत्रो महान शब्द क्रान्ति । देश बिदेश मा औद्योगिक क्रान्ति हुन्छ तर हाम्रोदेश्मा दसकौ जङ्ग्लमा भूमिगत जिबन ब्यतित गरेर आएका ति नेताबाट शब्दको खेतिमत्र हुन्छ कत्रो बिडम्बना छ लेखक्ले छर्लङ्ग पार्नुभएकोछ । गौरबमय क्रान्ति ,महान क्रान्ति ,फ्युजन ,जनबाद ,चन्द पथ ,नेपाली मौलिक क्रान्ति , क्रान्तिकारी स्पिरिट कती राम्रा नेपालीलाई हिम्चुली छुवाउने शब्दहरुछन तर नेपाली जनतामा बास गास र कपासको कत्रो खाचो छ दिन दहाडै जिबन्हरु सकिरहेकाछन बच्ने गेरेण्टी पनि छैन । शाहीद हरु रोहिरहेकाछन उनिहरुको प्रान्को कुनै मुल्य छैन अब रातो रगत फुस्रो भयो शाहीद्को रगत्को कुनै प्रबाह छैन । यस्ता आदी कुराहरु लेखक्ले घाम्जस्तै छर्लङ्ग देखाउन खोज्नुभएको छ लेखक लाई धन्यवाद अनी सम्पूर्ण काम्रेDहरुलाई गोलेदाइको ‘श्वेत सलाम ‘फुस्रो सलाम फुस्रो सलाम
मन परे हरियो, नपरे रातो
0
0
if some one couldnot understand than its not the writers fault, first evaluate about your own thinking level.its the literature not simply the chicken n chips.Its not important to mentoin wheather u understand or not but it is wise not to comment about anything unless u know properly about that.i would say good piece of writing keep on going.
मन परे हरियो, नपरे रातो
0
0
दरो छ।
लेखक नै यो शब्दक्रन्ती ले धेरै प्रभावित लाग्यो मलाई।
सरल बिसये लाई गहनता का साथ प्रस्तुत गर्नु भएछ। यसैले होला केही साथी हरुलाई बुझ्न गर्हो भएको।
मन परे हरियो, नपरे रातो
0
0
माओवादी को शब्दजाल ले त प्रकाश जि लाई पनि राम्रै छो को रछ नी हो ,संगत गुनाको फल भन्थे बुडा पाका हरु ,खुसी लाग्यो कता कता उपन्यास पागल्बस्ती पडदा को सम्झना भयो । मेरो साधुबाद छ प्रकाश लाई यो लेख को लागि
मन परे हरियो, नपरे रातो
0
0
Fantastic article. Much enjoyed it. Thank you!
Some of those above who haven’t understood the article, I am sure they are genuine. But some who’re pretending that they haven’t understood are YCL bastards….we all who have understood the article know that very well.
मन परे हरियो, नपरे रातो
0
0
प्रकाश आस्था जीलाई बधाई, शब्द ढोङमा पारङ्गत माओवादीहरुको शब्द क्रान्तिमाथी सटिक प्रहार हो यो। खगेन्द्र सङ्ग्रौला बोल्दैछन जस्तो सम्झाउने प्रकाश जी को होलान?
मन परे हरियो, नपरे रातो
0
0
fusionफगत शब्द हरु को
confusion फगत अर्थ हरु को
एहा यस्तै छ साथी
अभाव छ प्रकाश र आस्था हरु को,
लोड शेद्दिङ भए दिमाग हरु
अनी त शब्द हरु खेती गर्दै,
मन को laddu घिउ सँग खुवाउने प्रयास
सपना हरु दिउसै देखाउने प्रयास
बर्तमान् मा केबल शब्दकै खेती हरुले
भबिस्य केबल सुनौलो सपना मात्र
लोकतन्त्र ,गणतन्त्र अनी कती कती
शब्द कोश मा भएका शब्दहरु जती
जनता लाई शब्द का बिसुन सुकाएर
आफु हरु लाग्छन घुम्ने कुर्सी को खेल मा,
खै आज्कल त देख्दै छु ,देश लाई माया गर्ने हरु पनि
फेरी शब्दकै खेती माइ संसार मा,
मेरो देश ले शब्द भन्दा धेरै केही पाउनै नसके जस्तो,
खै मेरो आफ्नै कमेन्ट पनि कस्तो कस्तो।
मन परे हरियो, नपरे रातो
0
0
लेखमा आफ्नो सही नाम लेख्न नसक्ने पनि के लेख लेख्नु – कमसेकम लेखकको नाम त बुझिनुपर्यो नि । न नाम बुझिन्छ न त लेख नै । लेख्न मन लाग्यो र कसैलाई गाली गर्न मन लाग्यो भने जे पायो त्यही लेखेर लेखक हुने भए त क ख लेख्न नजान्ने मेरा हजूर बा पनि लेखक हुने थिए । कृपया तपाई अब यस्ता अर्थ न पर्थका लेख लेख्ने प्रयास नगर्नुहोला र यदि समय कटाउन धौ छ भने माइसंंसार जस्तो स्थापित ब्लगमा होइन दिशा गर्न बसेको बेला भूइमा लेख्नुहोला । साथै उमेशजीले पनि यस्ता अर्थहीन लेखलाई छाप्नुभयो भने तपाईको ब्लगका पाठक पनि घट्ने छन् ।
मन परे हरियो, नपरे रातो
0
0
प्रकाशजिको कबिता त बुज्थिन मैले आरार कलेज मा छदा अहिले त लेख के बुझ्नु वहाँ त फ्युचर को खगेन्द्र सङ्रहौलआ हुन सक्नु हुन्छ
America
मन परे हरियो, नपरे रातो
0
0
Thank you Prakash ji for your nice Article.
मन परे हरियो, नपरे रातो
0
0
Bwansa haru ko atma katha jasto lagyo. good article!
मन परे हरियो, नपरे रातो
0
0
हे मित्र हरु हो ,
माओवादी को शब्दजाल र अरु सबै खाओबादी हरुको ईन्द्रजाल
एक सिक्का को दुई पाटा हुन ।
देश् लाई खोक्रो र जर्जर पार्न अरु कुन जाल को आवश्यक पर्छ र ?
यहाँ राजनीतिक बाद् भन्दा राजनीतिक जाल को एच आइ भि ले देश लाई एड्स लागि सक्यो ।
सबै लाई चेत् ना भया ।।।।।
मन परे हरियो, नपरे रातो
0
0
प्रकाश सर,
तपाईंले अत्ती राम्रो कम्युनिस्ट शब्दाबली प्रयोग गर्नु भयो । खरिपटी सम्मेलनमा के के न होला भन्ने हरुलाई मावोबदी फेरी एक पटक एक ढिक्का भयेको देखेर साह्रै पिडा भएको कुरा शब्द मार्फत यहाँ पोखिएको कुरा बुझे मैले । पोखरी को भ्याकुता ले अर्को भ्यकुता लाई खुट्टा तान्न खोजेको जस्तो । नयाँ कुरा यो लेख एमाले फन्ट मा लेख्नु भएछ ।
मन परे हरियो, नपरे रातो
0
0
शब्दको उत्किष्ट समायोजन् ब्यङ्यको तितो प्रहार, माओवादीको भनाइ र गराइको भिन्नातामाथि। अन्तिम हरफ निकै घतलाग्दो लाग्यो, चौरमा लावारीस छाडियेको रातो शब्दकोश, नयाँ नेपालको रातो अनुहार जस्तो। धन्यवाद साथी नयाँ अनी रोचक ब्यङ्यको पर्खाइमा।
मन परे हरियो, नपरे रातो
0
0
maile pani kehi ni bujhina. kati complex lekheko…haasne point pani paina…
la la keep it down…
मन परे हरियो, नपरे रातो
0
0
शब्दको उत्किष्ट समायोजन् ब्यङ्यको तितो प्रहार, माओवादीको भनाइ र गराइको भिन्नातामाथि। अन्तिम हरफ निकै घतलाग्दो लाग्यो, चौरमा लावारीस छाडियेको रातो शब्दकोश, नयाँ नेपालको रातो अनुहार जस्तो। धन्यवाद साथी नयाँ अनी रोचक ब्यङ्यको पर्खाइमा।
मन परे हरियो, नपरे रातो
0
0
—-oh my god———
i did understand nothing——-
simple le better ———-simple is better
what do u think?
मन परे हरियो, नपरे रातो
0
0
Excellent, masterpiece!
मन परे हरियो, नपरे रातो
0
0
प्रकाश सर,
तपाईंले अत्ती राम्रो कम्युनिस्ट शब्दाबली प्रयोग गर्नु भयो । खरिपटी सम्मेलनमा के के न होला भन्ने हरुलाई मावोबदी फेरी एक पटक एक ढिक्का भयेको देखेर साह्रै पिडा भएको कुरा शब्द मार्फत यहाँ पोखिएको कुरा बुझे मैले । पोखरी को भ्याकुता ले अर्को भ्यकुता लाई खुट्टा तान्न खोजेको जस्तो । नयाँ कुरा यो लेख एमाले फन्ट मा लेख्नु भएछ ।
NY
मन परे हरियो, नपरे रातो
0
0
मलाई नेपाली जनत सम्झेर झन दया लागेर आयो यो लेख नबुज्ने कती ले माओवादी लाई Vote हालेको होलान क्रान्ति का शब्द पनि नबुज्ने मान्छेले क्रान्तिकारी पार्टी लाई के बुझेर Vote हाले होलान खै !!!!
मन परे हरियो, नपरे रातो
0
0
नेपालका माओवादी लाई नबुज्नेले यो लेख बुझ्ने कुरै भएन। राम्रो लेख।
मन परे हरियो, नपरे रातो
0
0
hmmm … maile ramrari bujhe. lekhak le pakka kehi vanna khojeko hunu parcha.
मन परे हरियो, नपरे रातो
0
0
यती उत्कृष्ट लेख माइ संसारमा आउँदा खुशी लाग्यो एकदम सटिक गज्जब को लाग्यो
ठुला ठुला गफ मात्रै हान्क्ने माओवादी लाई यस् लेखले गतीलो झापड देकोछ
वास्तव मै माओवादी सार्है गफाडी झन प्रचन्ड को त कुरै छोडौ ठुला ठुला क्रान्ति को गफ गर्ने अन्त्यमा त्यही भारत को पित्थु भएर निस्कने
अब गफ धेरै भो काम गरेर देखाउ
ठुला ठुला क्रान्ति को गफ हान्केर सोझो जनतालाई धेरै नझुक्याउ
प्रकाशजी लाई धन्यवाद यती राम्रो लेख पोस्ट गर्नु भएकोमा
मन परे हरियो, नपरे रातो
0
0
very nice and relevant article, a little bit indirect, requires deep sense of understanding to decipher meaning.
मन परे हरियो, नपरे रातो
0
0
“Sabda sabda thuparikan ke hunchha Bhava bhaya po kavita hunchha” Mahakavi Laxmi paad devkotale bhane jastai Guliya sabda ra Joshila krantikari Geet haru le ke hunchha…ekchhin sunna lai ramailo hunchha….Great analysis Prakash.
मन परे हरियो, नपरे रातो
0
0
I didnt understand anything
मन परे हरियो, नपरे रातो
0
0
क्लिस्ट तम् प्रस्तुति |बिहंगात्मक सैली ले अनुप्राणित यथार्थ चित्रण यदा कदा सम्बेगात्मक धरातल बाट हान्निदै मन मन्दिर को कुँआ माँ पौडीन पुग्यो|मायालु अतीत को यथार्थ सानो हावा को झोका ले डगमगायेको देख्दा फुल्हरू को रंग उडेको हो की आफ्नै चस्मा को दोष!!!!सबै परिभासा को पुनर्मूल्यांकन गर्ने बर्तमान को चुनौती लाइ पनी नजरअंदाज गर्दै |
”चाँद आहे भरेगा ,फुल दिल थाम लेगा
हुस्न की बाट चली तो सब तेरा नाम लेंगे |
मन परे हरियो, नपरे रातो
0
0
“नेपाल” मा भरत भुर्तेल को चरित चर्चा ज्यादै रमाइलो लाग्छ। प्रकाश जी तपाईंको लेखमा पनि त्य्स्तै “दम” छ। राम्रो लेख्नु भएको छ, कृपया लेख्दै जानुहोस्।
मन परे हरियो, नपरे रातो
0
0
Good job Prakash ji!!!
Excellent entertainment.
keep it up !!!
मन परे हरियो, नपरे रातो
0
0
मन परे हरियो, नपरे रातो
0
0
केही बुझिएन भन्ने साथीहरु,
तपाईंहरु शिक्षित तथा देश बिदेश देखेका नेपालीहरुमा पर्नुहुन्छ तेसैले यो अंमुर्त “कम्युनिष्ट शब्दबलीको” प्रयोग भएको वाक्यहरु बुझिएन भन्ने आट गर्न सक्नुहुन्छ, तर गाउका सोझा र सरल दाजु भाई र् दिदी बहिनी हरुलाई त “दन्त्य कथाको नाङो राजा लाई स्वर्ण बस्त्र आभुशित भनेर” ताली बजाउन बाहेक अरू के बिकल्प छ र ?
मन परे हरियो, नपरे रातो
0
0
yo ta kamrade haru bahek arule bujdainan. pahilo para badheko keho keho. course ko kitab ho ra nabujhi nahune bhanera bichmai chodidye.
मन परे हरियो, नपरे रातो
0
0
घोडाको पुछर रङमा चोबेर छ्यापेको अमुर्त चित्रकला जस्तो लेख। लेखक महोदयले त पक्कै बुझ्नु भएको होला। अली अली नेपालमा लेख्ने भरत भुर्तेल को सिको गर्न खोजे जस्तो तर नेपाली निर्देशकहरुले बलिवुडको नक्कल गरेर बनाएका बेढङी चलचित्र जस्तो।
मन परे हरियो, नपरे रातो
0
0
माथिको ब्यंगलेखको शैली खगेन्द्र शंग्रौलाको लेखाईसंग “संयोगबस” मिल्दो जुल्दो छ ! लेखको थीसिस स्टेटमेंट (Thesis statement) शुरू तीर नभएर दोस्रो अन्तिम paragraph मा छ- जसले इंगित गर्न खोजेको कुरा त्येती असान्दर्भिक पनि भन्न सकिन्न ! बास्तवमा माओबादीको नेताहरु सैद्धांतिक र ब्येवाहारिक राजनीतिको बिचमा confusion मा परेका छन त्येसैले त्यों confusion लाइ टाल्नको लागी नया नया शब्दहरु उम्री रहेको छ ! तर त्यों नया शब्द्हरूले कुनै abstract अर्थ राख्ने राजनितिक concept हरुको बिकाश हुन आउछ भने र त्यों जनताको aspiration लाइ शान्तिपुर्बक पूरा गर्ने tool हुन सक्छ भने त्यों पनि राम्रै development होला !
spontaneous( प्राकृतिक अथवा un-forceful ) भन्ने अग्रेजी शब्द बाहेक प्रयोग गरिएको शब्दहरु प्रचलित झर्रा नेपाली शब्दहरु नै भएको हुंदा YCL, Youth-Force, तरुण दल आदिहरुले अलि interest लिएर पढ्दा बुझ्नै नसक्ने खालका चाहि छैनन है !
लेखमा प्रयोग गरिएको लेखाईको कलात्मकता राम्रो छ ! तर लेखकले लेखको conclusion मा जबरजस्त सुटुंक घुसाउन खोजेको “कुरा” शब्दलाइ शब्दसंग comparision गर्न खोजेको जस्तो मात्र लाग्छ ! मदन भंडारीको “जनताको बहुदालिये जनबाद” र माओबादीको “जनताको संघिये लोकतान्त्रिक रास्ट्रीय गणतंत्र” पृष्ठभूमिलाइ इंकार नगर्ने हो भने एउटै अर्थ राख्ने कुरा होइनन !
२०४६ सालपछि राप्रपाले आफ्नो पार्टीको लेटर प्याडमा “प्रजातंत्र, राष्ट्रियेता, र उदारबाद” आफ्नो सिद्धांत भएको लेखने गर्थ्यो र त्येसैगरि नेपाली कांग्रेसले आफ्नो लेटर प्याडमा “प्रजातंत्र, समाजबाद र राष्ट्रियेता” आफ्नो सिद्धांत भएको लेखने गर्थ्यो ! राजनितिक र एतिहासिक पृष्ठभूमिलाइ इनकार गर्ने हो भने मात्र नेपाली कांग्रेसले भनेको प्रजातंत्र र राप्रपाले भनेको प्रजातंत्र बराबर अर्थ राख्ने शब्द हुन आउछ! अन्यथा राप्रपाले अर्थ राख्ने “राष्ट्रियेता” र नेपाली कांग्रेसले अर्थ राख्ने “राष्ट्रियेता” आकाश र जमिनको फरक छ तर शब्द चान्ही एउटै हो – “राष्ट्रियेता”………
मन परे हरियो, नपरे रातो
0
0
हैन कती मज्जाले लेख्नुभयो हँ प्रकाशजिले ? पढ्न आनन्द आएपनी लेख ले भन्न खोजेको कुरोले चाँही कता कता दुख्यो |दुइ चार wata नयाँ शब्द पनि जान्न पाइयो | निरन्तरतको कामना छ| मलाई पनि यसरी लेख्न आए हुन्थ्यो |
random
मन परे हरियो, नपरे रातो
0
0
आदरनिय श्री प्रकाश आस्था जी, तपाईको यो लेख पढेर यस्तो लाग्यो कि त्यो माओवादीको रातो दायारी वा शब्दकोश तपाईंले नबुझे जस्तो तपाईंको लेख पनि त्यती सजिलै बुझ्न सक्ने सरल चाँही छैन । माओबादीको महान शब्दहरु र तपाइको आफ्ना शब्द कुन-कुन हुन पाठकहरुलाई खुट्टाउनै गार्हो छ। समग्रमा भन्नु पर्दा तपाईंको शब्द र माओवादीले बोल्ने शब्दहरुको यहाँ फ्यूजन भएको छ मानौ तोरीको तेलमा दाल्टा घिऊ मिसाईएको होस् । अन्तमा तपाईले कुन् चाहिँ फन्टमा लेखेको हो धेरै शब्दहरु जमिन भासिए जस्तो बिग्रेका छन्।
मन परे हरियो, नपरे रातो
0
0
मैले चाँही यो लेखलाई माओवादीको भनाइ र गराइ कस्तो छ त?
भरखरै सम्पन्न कार्यकर्ता भेलाद्वारा पारीत दस्तावेज कस्तो छ ?
भन्ने कुरालाई मिठो व्यङ्य साथ बुझे!तर वाइ सि यल हरुले बुझेकी बुझेनन कुन्नी!
जे होस् नया नेपाल शब्दकोशतन्त्र मा राम्रै बन्ने भो !हैन त प्रकाश आस्था जि!
परिस्क्रित व्यङ्यको लागि धन्यवाद,निरन्तरता को आशा/
-विनोद्,धरान
मन परे हरियो, नपरे रातो
0
0
सबैले बुझ्न सकेको भए नेपालमा ,,,,,,,,,,,।
मन परे हरियो, नपरे रातो
0
0
Great article prakash Jee!!
keep on it !!
मन परे हरियो, नपरे रातो
0
0
सिद्दान्त र क्रान्तिलाई एकातिर थन्कायेर आज यी कामरेडहरु कमाऊ र खाऊ को प्रतिस्पर्धा मा लागी परेका छन| हिजो सर्ब साधारण जनता बाट जबरजस्ती उठाएको चन्दा, बैंक लुटेका रुपैया को बिट्टो ले काठमांडू मा घर जग्गा जोड़ने ,मोज मस्ती गर्न ब्यस्त छन | आज काठमांडू को घर जग्गा को मूल्य तेब्बर किन पुगेको ? ६०१ सांसद र उन को नाता गोता , लडाकू र लुटेरा सारा लाई काठमांडू मा घर जग्गा र आरामको जिन्दगी चाहियेको छ यी सिद्दान्त, क्रान्ति हात्तिको देखाउने दात मात्र हो वास्तब मै आज सम्म नेपाल मा देश बिकास गर्न निस्वार्थ लागी पर्ने नत ब्यक्ति ,नत पार्टी नै छ यो नै हामी नेपालीको दुर्भाग्य भन्नु पर्ला|||||||||||||||||||||
मन परे हरियो, नपरे रातो
0
0
The best article ever in my sansar. Hats off dude
मन परे हरियो, नपरे रातो
0
0
लेख राम्रो छ। माओवादीहरुले देशमा शब्द क्रान्ति भन्दा अरु केही गर्लान जस्तो छैन /
मन परे हरियो, नपरे रातो
0
0
लेख अली नबुझिने कारण अली ब्यँग पूर्ण भएर हो यस्मा मावोबादिलाई ब्यङ्ग गरिएको छ र ठुलो पार्टी ठुलो बिचार यानेकी बिचार यतिछकी नेपाललाई एकैछिन्मा स्विजर्ल्यान्ड बनाउने हाँक भेट्न सकिन्छ अनी देशमा देखिएको अस्तव्यस्थतालाई र दुर्गान्ध लाई अनी गरीबी लाई भने नेताले नाक थुनेको भर्मा पचाउन खोज्दैछन , उनले केही गर्ननसकेको भान् हुन्छ तर जनतालाई भुल्याउन जताततै बाट मिठा मिठा शब्द पस्किन्छन यानेकी उन्को गोजी बाट ,आँखाबाट हात बाट मुठी बाट सबै अङ्ग अङ्ग बाट शब्दका pokaa झरिरहेका chhan जस्तै : गौरबमाया क्रान्ति ,महान क्रान्ति ,जनबाद ,नेपाली मौलिक क्रान्ति ,फ्युजन ,क्रान्तिकारी स्प्रिट आदी आदी अनी विश्व क्रान्तिमा भएका अनेक ठुला क्रान्तिका गीत हरुपनी गायका देखिन्छन मानौ कि उनी स्रस्टा हुन हेरेक कुरा एकै छिन मा दिन सक्छन । भर्खरै अधिबेसन सकेर निस्केका उनी पार्टी एक ढिका भएकोमा गर्बगर्दै र आफुले जितेकोमा खुशीयालीमा यस्ता अनेकौ शब्द पस्किन्छन पत्रकारको सामु र जनाताको सामु उन्को ठुलो जित भएको छ बाफ्रेबा तर उनिले देशको लागि केही गर्दैनन भन्ने कुरा लेख्मा देखाउन खोजिएको छ र केही अनुभुतिपनी छैन अनी सिद्दान्त फोस्रो छ अनी देश र प्रकिती सुहाउदो छैन भनिएको छ । सिद्दान्त माटो सुहाउदो भएको भए के गरेत ? प्रश्न लेखमा जटिल छ । यो लेख नेता ज्यु ले बुझ्छन कि बुझ्दैन तर नाक नै थुनेर पचाउलान कस्को के लाग्chhara ?
मन परे हरियो, नपरे रातो
0
0
प्रकाश आस्था जी,
तपाईंको यो लेखले पनि माइ संसारमा “नियमितताको क्रमभङ्ग” गरेको छ । उत्कृष्ट लेखको लागि धेरै धेरै धन्यवाद ।
मन परे हरियो, नपरे रातो
0
0
maile ni bujina lol
मन परे हरियो, नपरे रातो
0
0
It impressive, it’s touchy. it’s a qualitative work, like to extend my thanks for providing us this article, and wish to have continuation on it.
मन परे हरियो, नपरे रातो
0
0
प्रकाशजी,
मैले माने । यो चै खूब गजपको लेख लेख्नुभो । साह्रै चित्त बुझ्यो । काम्रेडहरुले सय दिनसम्म सर्खाराँ बसेर हनिमून मनाएको २-४ हप्ता भैसक्यो, अब तेस्को प्रगती विवरण भा’को एउटा “घच्चीको” लेख पनि पढ्न पाए मेरो घैटोमा घाम लाग्ने थियो। लौ न ।
मन परे हरियो, नपरे रातो
0
0
प्रकाशजीको लेख अतिनै उत्तम लाग्यो। केही साथीहरुले नबुझेको कुरा गर्नु भयो यहाँ कमेन्ट बक्स मा। तेस्ले नै प्रकाशजी को लेख् को औचित्य स्थापना गरे जस्तो लाग्यो मलाई त। आखिर ‘महान शब्दक्रन्ती’को बारेमा लेखेको लेख सजिलै बुझियो भने त ति सारा शब्दहरुको ‘फ्युजन’ को कुनै औचित्यनै रहेननी, कि कसो हो साथीहरु?
मन परे हरियो, नपरे रातो
0
0
बुझ्नै कस्तो गार्हो गरेर लेख्नु भनेको होला बन्धु ले, म राजनितीको र पनि थाहा नभएको मान्छे भएर पनि होला।
मन परे हरियो, नपरे रातो
0
0
मावोबदी le जानेको नै क् छ र बरा। यही खेती नै त हो। खान लुटेर पाएको नै छ। खेती यही शब्दको नै त गर्न पर्यो।
पत्रकार भए भन्दै मा अरुको भित्री कुरा हेरु त लेख्न पायिएन है।
मन परे हरियो, नपरे रातो
0
0
अली राम्रो सँग बुज्ने भाषामा लेखेको भये राम्रो हुन्थ्यो नि प्रकाश जी । अली घुमौरो भयो तपाईं को लेख ।
मन परे हरियो, नपरे रातो
0
0
Maile pani bhujhina ke bhanna khojeko ho Prakash Le.
मन परे हरियो, नपरे रातो
0
0
maile pani bujhena hai.
मन परे हरियो, नपरे रातो
0
0
प्रकाशजी,
मैले माने । यो चै खूब गजपको लेख लेख्नुभो । साह्रै चित्त बुझ्यो । काम्रेडहरुले सय दिनसम्म सर्खाराँ बसेर हनिमून मनाएको २-४ हप्ता भैसक्यो, अब तेस्को प्रगती विवरण भा’को एउटा “घच्चीको” लेख पनि पढ्न पाए मेरो घैटोमा घाम लाग्ने थियो। लौ न ।
मन परे हरियो, नपरे रातो
0
0
मैले त केही बुझिन ।
मन परे हरियो, नपरे रातो
0
0
You are right.
Article should have thesis or some sort of message for the readers and I don’t see any message or proper meaning in this article. Looks like abstract art you can sense whatever you want or you can.
Prakash Canada
मन परे हरियो, नपरे रातो
0
0
बुज्नु भएन साथी? रातो शब्द कोश पढेर कोशीस गर्नु हुन्छ कि? खै मैले पनि राम्ररी बुझिन, तर बहुमत नेपाली ले त बुज्दा रहेछन रातो शब्द कोश का शब्द हरु। कमरेड जी हरु लाई सुझाब, शब्द कोश का शब्द हरु भाट्यौन नछोड्नुस् नत्र फेरी जंगल जान पर्ला । अनी फिउसन चै गर्दी जानुस्, कैले महँगो पलङ र साम्यवाद को फिउसन, अनी कैले मौका मा चौका को फिउसन, याने कि कम्प्युटर ओपरेटर अनी कैले भ्एगुता को कन्ला मुनी को उफ्राइ को फिउसन।
लेख मा के के छुटेको जस्तो लगे पनि, राम्रो छ।
प्रशान्त , जर्मनी
मन परे हरियो, नपरे रातो
0
0
यो लेखक लाई राजनीति ले पागल बनाइ सकेछ यार
मन परे हरियो, नपरे रातो
0
0
मैले पनी केहि बुझिन यार
मन परे हरियो, नपरे रातो
0
0
देख्नु भएन – त्यहीँ छ नि त्यस्तो मजाले लेखेको छ — कि सँधै निलो आकाश पढ्ने बानी छ? यस्तो मजाले लेखि रा छ यार – के नदेखेको भन्या।
धेरै लामो समय पछि को राम्रो गजबको पढाई भयो। लेखकलाई मुरि मुरि धन्यबाद॥
मन परे हरियो, नपरे रातो
0
0
बुझ्ने कुरा लेखे पो बुझ्नु, जानी जानी नबुझिने गरी लेखे पछी कसरी बुझुनु ? ल ल बुझ्नेहरुले हामी नबुझनेहरुलाई बुझाई दिनुहोस् न कृपया ।
मन परे हरियो, नपरे रातो
0
0
रोहितजी,
तपाईंले कुरा बुझ्नुभएन साथी यो लेखकको भनाइ अलिक शाहीत्एक पाराको छ तर उन्ले शब्दको बानले माओवादीलाई गजब्ले हानेका छन माओवादीको बोली र गराइमा देखिएको बिरोधआभाशको उजागर गर्न खोजेका छन उन्ले । यिन्ले आफ्नो लेखमा माओवादीलाई अलिक सजग गराउन खोजे जस्तो पनि छ । यस् लेख्मा लुइ चौधौको भाषा बोल्ने काङ्रेसी नेता भनौदा गिरिजा कोइराला जो आफुलाई प्रजातन्त्रको सेनानी सोच्ने गर्छ जस्को पार्टीमा प्रजातन्त्रको “प्र” पनि देखिदैन फेरिपनि उस्ले प्रजातन्त्रको रट लगाउछ त्यस्तै माओवादीलाई पनि ब्यंगबाण हानेका छन
मन परे हरियो, नपरे रातो
0
0
गाइजात्रामा लेखेको होला यता छापिन गएछ।
मन परे हरियो, नपरे रातो
0
0
प्रकाशजी तपाईं आर्ट गर्नुस् , अमुर्त कला, लेख नलेखौ होला,
मन परे हरियो, नपरे रातो
0
0
u should have atleast common sense to get this article.the writer mean to say is maowist are briliant in cultivation of word which is difficult to get by the commom people & that is all they are doing these days.got it?
मन परे हरियो, नपरे रातो
0
0
I dont think so about u all because i m in confusion…okey
मन परे हरियो, नपरे रातो
0
0
सेटर नहान्न बैमान्!!!
मन परे हरियो, नपरे रातो
0
0
PAD NE BELAMA TARUNE KO PACHI LAGYA PACHI KASARI BUJNUU TA SATHII. THI MATHI MAHAN PERSONALITY KA LEKH.. school gana thalay k hoo la..
मन परे हरियो, नपरे रातो
0
0
k hoo sathi lay pani comrade ko dhulai vetya jasto chh nee…k garnu sathi gaau ma manpari garne ani karbai ma parya pachi j payo tey lekhne…
bani ta aajai sudreyako chhena jasto chh ne hoo…
मन परे हरियो, नपरे रातो
0
0
Very Good comment. malai pani testai lagyo. Dherai le nabujhnu nai yo lekh ko mahanata ho. YCL mentality le kasari bujhchha yesto lekh?
मन परे हरियो, नपरे रातो
0
0
मन परे हरियो, नपरे रातो
0
0
मैले त तपाईंको कुरा पो बुझे
मन परे हरियो, नपरे रातो
0
0