मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    शनिबार साहित्यः फोटो हेर्नुस् कविता लेख्‍नुस्

    यस साताको लागि चुनौतिका रुपमा फोटो-

    कृपया कविता बाहेक यसमा अरु कमेन्ट नगरिदिनु होला। बिहीबार बिहानसम्म आएका कवितालाई मात्र प्रतियोगितामा समावेश गरिनेछ।

    No related posts.

    57 comments to शनिबार साहित्यः फोटो हेर्नुस् कविता लेख्‍नुस्

    • suphie

      यो धिप्धिपे प्रकाश मा ,म भबिस्य नियाल्दछु,
      फुल्ने अनी फलाउने ,म योजना बनाउछु,
      मेरो यो देश को मुहार, म फेर्नु छ धेरै गरी,
      भनु कसोरी साथी हो ,बिकास ल्याउ कसो गरी?

      छोडेर तिम्रो देश लाई ,चटक्क त्या नजाउन,
      तिमी र मिलिकन ,यो देश छ बनाउन,
      गरे के छैन ह्य हेर ,जताततै सुरम्य छ ,
      छोएर माटो यो हेर ,कती कती छ उर्वोर।

      ठुलो तिमी पढेर भै, के टिप्न गै गयो भनी,
      धुरु धुरु कती गरु,यो बत्ती सँग मै पनि,
      म बुझ्दछु के हि कतै, उडेर चन्द्रमा छुने ,
      त्यो तिम्रो कल्पना थियो ,तिमी पनि ठुलो हुने।

      फर्केर हेर आज ह्य ,यो धर्ती को आवाज हो,
      नजाउ भो त चन्द्र त्यो, हीरा यतै छुटिरह्यो,
      उठेर माथि त्यो तिमी ,यो देश लाई बनाउन,
      छोरी नेपाल कि तिमी,मन भित्र तिमी गुन।

      फैलाउ सोँच यो तिम्रो ,नजाउ चन्द्रमा छुन,
      पुकार गर्दछिन आमा ,येही स्वोर्ग बनाउ न।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • राम कुमार बुढाथोकी

      बलिरहेको मैनसँगै
      जलिरहेको मन भित्रका
      भाव पोखिरहेकी….
      बन्द ढोका र सुनसान कोठा
      अनी मैनको साथमा
      सायद पत्र लेखिरहेकी होलिन
      प्रेमीको यादमा ।।

      बन्द कोठामा छ्यौ
      पत्र लेखिरहेकी उनको यादमा होला
      हाँसीहाँसी मैन जलिरहेछ
      अनुहार देखिन्न यहाँ
      कपाल झरीरहेछ ।।

      पत्र लेखिरहेकी शान्त
      त्यो कोठा भित्र
      भाबना कपीमा बगिरहेछन्
      गंगा जस्तै प्रवित्र ।।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bidur

      * लेखी रहेछु म कलम् समाई *
      *** *** *** *** ***

      मैन् बत्ती बाली म पढी रहेछु|
      फुर्सद् निकाली म पढी रहेछु||
      एकान्त कोठा खुब ध्यान् लगाई|
      लेखी रहेछु म कलम् समाई||
      ********************
      शिक्षा बिना जीवन अन्धकार|
      हुनेछ बुझ्नु गर है बिचार||
      स्कुलको पाठ् कन गर्नलाई|
      लेखी रहेछु म कलम् समाई||
      ********************
      स्कुलबाट घरमा म आएँ|
      सकेर काम तव लेख्न पाएँ||
      पढ्नु छ धेरै भनी चाल पाई|
      लेखी रहेछु म कलम् समाई||
      ********************
      घरमा जड्या छन् बिजुलिका तार|
      बिद्युत नहुँदा भई अन्धकार||
      धिप् धिप् बत्ति नजिकै बलाई|
      लेखी रहेछु म कलम् समाई
      *******************
      जल् श्रोतको भब्य भएनि देश|
      बिकासको छैन कुनै प्रबेश||
      भन्छन् गुरुले गर खूब् पढाई|
      लेखी रहेछु म कलम् समाई||
      *******************
      सिकी रहेछु गुरुबाट ज्ञान |
      शिक्षा बिना जीबन हो मसान||
      लिएर लक्षै छुन चन्द्रलाई|
      लेखी रहेछु म कलम् समाई||
      ********************
      माथिको कबितामा लेखिएका शब्दको अर्थ
      जड्या -जडेको ,वाइरिङ्ग गरिएको
      भब्य-बिशाल
      भएनि-भए पनि

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • भिम बहादुर थापा

      नियति
      —-
      व्यस्त संसार,खुल्ला निश्वास,पेवा होइन कसैको यो।
      आनन्दको सर्वोच्चता,सर्वव्यापी फुल्दैन यो।।
      सजिव इच्छा छेकिंदो छ,रोचक कथा जिन्दगी यो।
      विवेकको वशभित्र,झुल्दो छैन नियति यो।।
      ++++
      समस्याको खडेरीमा,अठोटहरु छिपेपछी
      पौरखीको मझेरीमा,जिउँदो वाचा झुकेपछी,
      फुलेल हुने झिनो आशा,ओईली झर्छ बलेनीमा
      उमंगको भित्री संसार,रुझिदिन्छ परेलीमा,
      ++++
      बाध्यताको भुमरीले,जिजीविषा च्यापेपछी
      सम्पन्नता सिर्जनाको,जन्मशत्रु निस्केपछी,
      सास्ती बीच संकल्प यो,चेतनाको चुली भा’छ
      मात्र संझे परिवर्तन,जागृतिको गीत गा’छ,
      ++++
      शताव्दीको शिखर यो,सुस्तताले भिजे पछी
      असमेल यो संभावना,नेपथ्यमा डुबेपछि,
      संयमता सँगेलेर,आक्रोश आशा बन्दोरेछ
      आवेश छाडी संघर्षले,जिउँदो कर्म बुन्दोरेछ,
      ++++
      औकातमुनी निमुखाको,फुल्दो आशा फाटेपछी
      मर्स्याङ्दी र कुलेखानी,टाढा नाता गाँसेपछी,
      सुकुल माथि धुलो-धुवाँ,मोहको यो मुकाम भा’छ
      जल्दो,ज्यूँदो,मैनवत्ती,दिलको मेरो चन्द्र भा’छ,
      ++++
      जिउने चोला एकान्तमा,अभ्यस्तता बढे पछी
      अभाव नैं दैनिकीको,पर्याय यो भएपछी,
      व्यग्रतामा प्रतिक्षा यो,मार्ग स्वयं भईदिन्छ
      संभावना,यथार्थमा,आत्मसात यो गरिदिन्छ,
      ++++
      व्यस्त संसार,खुल्ला निश्वास,पेवा होइन कसैको यो।
      आनन्दको सर्वोच्चता,सर्वव्यापी फुल्दैन यो।।
      सजिव इच्छा छेकिंदो छ,रोचक कथा जिन्दगी यो।
      विवेकको वशभित्र,झुल्दो छैन नियति यो।।
      ++++ ++++

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • purushottam babu

      नव प्रतिभा
      >>>>>>>>>>>>>>>>>>>
      लाली फुलेकी नव प्रतिभा यी
      यो ध्यान यिन्को छ सालीन जाती
      लेखिरहेछिन कती माधुर्यतामा
      त्यो शान्त टुकी अनी सन्नाटामा
      *
      बोलाई रहेछिन नव युगलाई
      धारी रहेकी ज्ञान प्रकाशलाई
      एक्नाश बल्ने यो ज्वाला समिप
      राखेर साक्षी सुमधुर दिप
      *
      हतास केही पनि पो देखिन्न
      छिन मग्न उतै तिर यि प्रसन्न
      जहाँ ति पल्लब कुरिरहेछन
      मुहान उन्कै यि बनिरहेछिन
      *
      हेरेर हासी रहेको छ प्याला
      देखेको उस्ले छ कि त्यो मुहार ?
      आँखा रसिलो छकी ओठ जाती ?
      त्यही लक्ष्य हो पुग्ने हिमाल माथि ।
      *
      चँ चँ गरी चम्किने यो तमाम
      एकान्त नै ज्ञान भनेर जान
      पर्दा बनी देखिने केश जाती
      सिपाही हो देशको कस्ट माथि
      *
      छोरी हुँ म पालुवा फुल जाती
      चुड्ने र फाल्ने नगरे नजाती
      चाहन्छु मल्जल र रेखदेख
      यै खातिर गर्दछु बिन्ती एक

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Balkrishna

      ~लोडशेडिङ मुक्त नेपाल बनाउ~

      अनगिन्ती बाधा र अडचन्को बिचबाट
      सुन्दर भबिश्यको गोरेटो खन्नु छ
      अहिलेका नानी कलीला हामी
      भोलीको देशका कर्णधार बन्नु छ।

      मनग्ये जलश्रोतका धनी हामी
      हप्तै भरी लोडशेडिङ खेप्नु छ
      मैन बत्तिकै धिप् धिपे उज्यालोमा पनि
      भोलिको लागि गृह कार्य सक्नु छ ।

      लोडशेडिङ हुने दिनहरु भन्दा
      नहुने दिन सम्झन सजिलो भयो
      कती दिन भयो टोम एन जेरी नहेरेको
      तितो सत्य पनि हेर्न नपाईने भयो ।

      कोही साथी भन्छन डाक्टर बन्छु
      कसैको इक्छ्या इन्जीनियर बन्ने
      भेट्दिन मैले राज्नेता बनी
      देशको सेवा गर्ने छु भन्ने ।

      प्रचन्ड भय प्रधान मन्तरी
      गणतन्त्र पनि ल्यायौं भन्छन
      पढ्ने बेला मा नै बिजुली जान्छ
      विद्यार्थी का समस्या खै कहिले बुझ्छन ?

      स्विट्जर्ल्यान्ड अझै चाहियको छैन
      शान्ती क्षेत्र नेपाल बनाउ
      क्रमभङ्गता नै अझै गर्दै छौ भने
      लोडशेडिङ मुक्त नेपाल बनाउ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aapar

      निरन्कुस शासनको शिकार बनेर,
      तिमी पलायन भएपछी,
      बिरक्त भएर क्रान्तिको बाटो लम्किदा,
      मैले थाती राखेका कुराहरुको,
      केही निरन्तरता, केही सुरुवात गरेकी छु।
      हिजो जनमुक्तीकालागि हतियारको सहायता लिएँ,
      अब यही मधुरो प्रकाशको,कलमको,
      अनि खाली कागजको सहायताले नयाँ समाजको,
      नक्सा निर्माण गर्न तम्सिएकी छु।
      मेरो जीवनमा, देशमा अनि समाजमा,
      धेरै परिवर्तन आउँदापनी,
      तिम्रो बुर्जुवा मगजमा,
      सोचमा, विचारमा केही उतारचडाब देखिन।
      हिजोको मेरो लडाईं, संघर्सका आस्त्रहरुले,
      रक्तिम हातहरुले,
      तिमीलाई छुन नसकेपनी,
      अबप्रान्त मेरा शब्दजालले,
      तिमीलाई टमक्क कसेर,
      तिम्रो मुटु,कलेजो छेड्ने अनि,
      जोडन तिमीलाई तिम्री बुदी आमाको,
      फुलिसकेको केशको जरुरीको खाचो छ भन्ने,
      सन्देश दिननै मेरो यो प्रयास जारी रहनेछ,
      तिखार्दैजानेछु यो बिद्याको बाण र,
      बुन्दैजानेछु शब्दका डोरिहरु।
      कमजोर नठान त्यो दिब्य ज्योति,
      कलम, कापी र,
      पौरखी हातहरुलाई।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shilu

      चेली को कलम बाट
      ——————————–
      माया ले आज घोच्यो मलाई !
      फुल हरुले थप्पड़ हान्यो ,
      जून चियाई रहेछ मलाई!
      रात नियाली रहेछ ,
      एक दर्जन सुसेली हरु,
      छार्पस्ट अक्ष्यर हरु ,
      हिम्स्रख आँखा हरु,
      दीदी
      भालाद्मी हरु पीछा गर्दैछन मलाई !
      नैतिकबान हरु मौका खोज्दैछन,
      मलाई पनी तिमी संग लैजाउन ,
      गुमनाम हराउन चाहन्छु म,
      उज्यालो ले बलात्कार गर्न खोज्दैछ !
      अध्यारो मई हराउन चाहन्छु म !!!\

      यो कोलाहल र चीत्कार हरु,
      आगो झै पोल्ने आश्स्वासन र तसल्ली हरु,
      दीदी !!!
      हिमाल पनी बल्दों रहेछ यहाँ |
      मन को अंगार सल्के पछि,
      आगो पनी पग्लादो रहेछ यहाँ ,
      कुंठा को जहर परेपछि !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suprabh

      “बत्ती छैन रातमा त्यही पनि पढ्न मन लाग्छ”

      कसैल भन्छन पढेर डक्टर बन्छु, त कसैले म्यानेजर
      जे बन्न पनि त पढ्नु पर्‍यो, चाहे नर्स वा इन्जिनियर
      जे जस्तो भए पनि, महान बन्न मन लाग्छ
      बत्ती छैन रातमा त्यही पनि पढ्न मन लाग्छ ।

      कती ले पढे धेरै धेरै, बिदेसिए निस्फिक्री बनी
      कमाएका होलान पैसा धेरै, डलरमा गनी गनी
      जती गरीब भएपनी, इमान्दार बन्न मन लाग्छ,
      बत्ती छैन रातमा त्यही पनि पढ्न मन लाग्छ ।

      कोही लागे बिदेश तिर, यही शिक्षा कमजोर ठानी
      कोही लागे कठै जङल तिर,शिक्षालाइनै बुजुर्वा मानि
      जे जस्तो भएपनी, आफ्नै स्कुल राम्रो लाग्छ
      बत्ती छैन रातमा त्यही पनि पढ्न मन लाग्छ ।

      कोही भन्छन, हाम्रो देश धनी बिजुली बत्ती निकाल्नमा
      अरुण लाई रोकेर हरे , भन्छन दश हजार दश बर्षमा
      भरोसा छैन कत्ती तिनको, आँफैले केही गर्न मन लाग्छ
      बत्ती छैन रातमा त्यही पनि पढ्न मन लाग्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aringal

      वतासे सपना कोरलेर
      निभ्छ भरोसाको मैनबत्ती।।।

      Please disregard the first one.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kaanchha

      निस्स्पत्त अन्धकार
      कतै कुनामा
      बलेको छु सानो बत्ती
      सक्छु कि देखौन
      उज्यालो सुन्दर सन्सार्

      आँफैलाई सिध्यौनुमा
      आँफैलाई रित्याउनुमा
      छैन रत्तिभर पनि पिडा
      किनकी
      चिर्नुछ मलाई यो अन्धकर
      देखौनछ छ मलाई
      ज्ञान को एउटा सुन्दर संसार

      सब्थोक दिय तिमीलाई
      शायद अब रहन्न कि धेरै
      तर गुनासो छैन मेरो
      दिनुमा त छ आनन्द
      मेटायरै दिय आँफैलाई

      पायौ जो उर्जा मबाट तिमीले
      छर है अगाडि टाढा टाढा सम्म
      किनकी अझै छ अधयरो सन्सार्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • म बालिका

      थाहाछैन तर भन्छन जलस्रोतको दोस्रो धनि देशकि बालिका हुं रे म
      तर मैले थाहा पाएको चांहि हप्ताको ४५ घण्टे लोडसेडिङ भोग्ने बालिका हुं म!

      सुन्छु नेपाललाई स्विजरल्याण्ड र के के ल्याण्ड बनाउने कुरा
      तर किन सुन्दिन नेपाललाइ उज्यालो ल्याण्ड बनाउने कुरा!

      मत अझै धन्य हुं रे मैन बत्ति पाएकि बालिका
      कत्ति छन रे मट्टितेल पनि नपाउने मेरा उमेरका अरु बालिका।

      गुरुआमा अरु देशका रमाइला रमाइला कुरा सुनाउनु हुन्छ
      तर हाम्रो लोडसेडिङ बारे सोध्यो भने टाउको मात्र हल्लाउनु हुन्छ।

      १० बर्षकि बालिका म १० केजिकै छ मेरो झोला
      उज्यालोमा रमाइ रमाइ पढने मेरो रहर कहिले पुग्ने होला?

      त्यसैले,
      ठुला ठुला सपना होइन पहिले मेरो शान्त नेपाल फर्काइदेउ
      यदि तिमि सक्छौ भने अरु होइन पहिले उज्यालो नेपाल बनाइदेउ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कमल भण्डारी

      नेपाल आमाको दुध चुसी हुर्केका नेपाली

      मधेशी भन पहाडी भन या भन हिमाली

      भ्रष्टाचार गर्ने घुस खाने बेइमानी नबन

      लुट्ने, मानेर्, तर्साउनेलाई नेपाली नभन

      बाटो, शिक्षा, कृषिको विकाश सरकार थाल

      इमानी बन देशको अर्थमा नझार है राल

      प्रशासन हो देशको नसा भविष्य हो स्कूल

      स्वच्छ नै राख राजनीतिले बाँध्ने नगर भुल

      हामी मिलौं उचाली नेपालको झण्डा फरर

      चिरायु हुन्छौं जगत भरी शिर ठाडो गरेर

      *कमल भण्डारी- दमक ७ (झापा)*

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shyam acharya

      यो आकाश
      अनी
      धर्ती का काला काला धब्बा हरुमा
      यो अज्ञान
      अनी
      यो हिमखन्ड का कलुसित बिचार हरुमा
      परिवर्तन
      मुक्त्ती
      अस्तित्वो
      चिनारी
      कसले दिन सक्छ ?

      बिबस्ता मा जकडिएका मस्तिस्क का ज्वार्भाटा हरु
      अनी
      प्रकृति का हेपाइ बिच चुनौती बनेका कार्य कर्मी का सिर्जना हरु
      बिच
      लगन र गाठो
      भाले र पोथी
      दुना र टपरी
      चौका र चदुवा
      कुन चिज बन्न सक्छ ?

      तुवालो ले त बस्ती ढाकेकै थियो नि
      सगरमाथा मा त कहिले पो रातो हिउ परेको थियो र ?
      एसै को अभाब छ
      जुन बन्दा नि हुन्न
      सुन भन्दा नि महँगो छ
      हो
      एही चाहिएको छ
      बस्ती मा
      चोटामा
      गोठमा
      लालीमा
      उज्यालो मात्र उज्यालो
      उज्यालो मात्र उज्यालो

      एसैले जोड्छ सबै का चाहना लाई
      एसैले फोड्छ बिचारका पथर हरु
      तेस्मा मेरो तिम्रो
      अनी
      हाम्रो र राम्रो भबिश्य
      कोर्ने ताकत र शाहस हुन्छ ।
      बिहानि को सुनौलो उज्यालो मात्र उज्यालो
      एसै का शहरा मा पोकली ले भन्नेछे
      कपुरी क
      खरायो ख ……..
      सुयोग ले भन्छ
      ए फोर एप्पल
      बि फोर बल ……….
      शिङ दरबार ले भन्छ
      बन्यो हाम्रो देश हाम्रै ताकतले
      नेपाल आमा ले बन्छिन
      बने मा मेरै रगत ले
      मेरै रगत ले ……………….

      श्याम आचार्य
      स्नातकोत्तर तह दित्तिय बर्ष
      जनप्रशासन क्याम्पस जमल काठमाडौं

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कृष्ण राज तिमल्सिना ,मलेसिया

      म गर्दैछु
      आज यो बर्तमान सँग भबिश्यको लागि संघर्श गर्दै छु
      यो मधुर मैन बत्ती को प्रकाश सँग सिसाकलम ले मेरो भबिश्य कोर्दै छु

      कोशीश गर्दै छु यो अशिक्षा को अन्धकार लाई छिचोल्न
      मलाई त्यहाँ छ म एक दिन सफल हुनेछु सबै रुढिबादी लाई निकाल्न

      अाओस गणतन्त्र अाओस लोकतन्त्र छैन मलाई कुनै सरोकर
      जो आय पनि सक्दैनन हटाउन सक्दैनन यो मेरो आन्धकर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Thapa,Maryland,USA

      मेरो कबिताको शिर्शक “पाकेको समय ” हो \

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Thapa,Maryland,USA

      ———-

      हिजोले आज नचिन्दा भोलिले रुनु पर्छ
      हामीले आज नगरे सन्ततिले दु:ख भोग्नु पर्छ
      पुर्खाले आफु मात्र भनेको भए नेपाल कहाँ हुन्थ्यो र !
      त्याग,तपस्या,बलिदान बिना देश कहाँ बन्छ र !

      अभाबले चारै तिर परेड खेले पनि
      भोलिको लागि मेहेनत गर्दैछु एक मुठ्ठी उज्यालोमा पनि
      गन्तब्य कहाँ भेटिन्छ र उज्यालो पर्खि बसे
      सुख कहाँ भेटिन्छ र दु:खको आधार नफेरे

      देशलाई समुन्नत बनाउन तोड सबै पर्खालहरु
      जिबन सफल बनाउन जोड धेरै भर्र्याङ्हरु
      माया नगर अब जिबनसँग मेल नखाने रितीहरुको
      पछी नलाग अन्धो बनी जिबन जलाउने धर्महरुको

      फेर्ने बेला भयो अब पुरानो सबै लुगाहरु
      मार्ने बेला भयो अब जिबन खाने जुगाहरु
      छोड अब मानिस बिच फुट ल्याउने बिचारहरु
      तोड अब अमानिस ठान्ने सबै खाले भेद्भभाबहरु

      फेर अब तिमी पनि नमिल्दा ति जिबन शैली
      देशको लागि केही कोर्दै छु सम्झी तिमी यो बैनी
      केही त गरौ भेदभाब छोडि जिबन फुल्ने सुकाम
      समय यही हो पाकेको भोलिको जिबन सपार्न

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahesh

      भबिस्यको उज्यालो आँखा भरी पोती
      पढ्ने लेख्ने शहरा छ मैनबत्तीको ज्योति

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • studentInBerlin

      एउटा चिसो कोठाको कुनामा
      बसिरहेकी छु म
      शब्दले ब्याख्या गर्न नसक्ने
      सगरमाथा भन्दा अग्लो
      ब्रम्हान्ड भन्दा बिशाल छ
      त्यो म भित्रको चाहना
      भित्ताको चिसोले मेरो ध्यानलाई
      भङग पार्न खोज्छ
      आफ्नै लामो केस तगारो बन्न खोज्छ
      म र मेरो चाहनाको बिच
      सफल हुँदैनौ तिमीहरु
      म र मेरो चाहनाको बिच आउने कुचेस्टा नगर
      मलाई चरा झैं स्व्तन्त्र हुन देउ
      मेरो बाटोमा छेक्बार हाल्न नखोज
      बिन्ती छ मलाई मेरो गन्तब्यमा पुग्न देउ
      मलाई उज्यालो भेट्न देउ

      कल्पना गर्ने मेरो क्षमता मैले नापेकी छैन
      तर अल्बर्ट आइन्सटाइनको नाम सुनेकी छु
      भानुभक्त अनी लक्ष्मीप्रसादका
      साहित्यिक देनका बारेमा पढेकी छु
      नारायण गोपालको सुरिलो स्वर रेडियोमा
      घन्किंदा मग्नमस्त भइ सुनेकि छु
      तर यो संसार ठुलो छ
      मेरो अगाडि बलेको मैन बत्तिले
      मलाई एक्कासी झस्क्यौँछ
      प्रश्न सोध्न वाध्य तुल्याउँछ
      म किन मैन बत्तीमा पढ्न वाध्य छु ?
      म नेपाली अल्बर्ट आइन्सटाइनलाई खोज्छु
      मलाई आँफु अन्धकारमा रहेको महसुश हुन्छ
      मन्मनै खुल्दुली हुन्छ
      म प्रस्नै प्रश्नको भुमरीमा जाकिन्छु
      मलाई देवकोटा जस्तै कबी बन्नुछ
      मलाई एउटै गन्तब्यमा पुग्नु छ
      मलाई उज्यालो भेट्नु छ

      गन्तब्यबिहिन छ मेरो देस
      इतिहाँसको बाटोमा पछारिंदै अनी फेरी उठ्दै
      एउटा चौबाटोमा आईपुगेको छ
      अगाडिको दिसा प्रस्ट छैन
      रावणले रामको मुकुट लगाएकाछन
      द्वन्द जारी छ
      राम र रावणलाई छु्ट्याउन जनतालाई
      धौ धौ पारीरहेको छ
      तर पनि धैर्यता बिजयी छ
      मलाई राम र रावण छु्ट्याउनु छ
      मलाई एउटै गन्तब्यमा पुग्नु छ
      मलाई उज्यालो भेट्नु छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हेम कुमार

      आज ,मेरी सानी टुकी छैन
      साना कथाका किताब छैनन
      मेरो आज स्कुल छैन
      मैले बोक्ने टिफिन छैन
      मेरो सानो ब्याग छैन
      मेरा साना साथी छैनन
      मेरो बाल्यकाल मसँग छैन
      ओहो ! म त कहाँ हो ?
      कतै! म सपनामा त हैन?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahesh

      अन्धकार रात,
      बलिरहेको बत्ती,
      भबिश्य को खोजी .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      निश्चल शान्त माधुर्य साझ
      जीवन निर्माणको समय
      थुप्रो गृहकार्य
      एउटा सानो परिक्षा
      प्रकाश जीवन पुन्ज हो
      उसको समुचित ओहोरदोहोरमा
      जीवन निर्माणका भाव र भावना
      उसैको आचलमा गुनगुनाउछन
      मेरो देश कहिले सिङ्गापुर बन्छ
      कहिले महाकाली त कहिले टनकपुर
      अनी हामी बिजुली बेच्छौ संसारलाई
      धनी छौ रे हामी बिजुलिमा
      फेरी अहिले हामी अर्कै देश बन्दै छौ रे
      स्विजरल्याण्ड उस्तै झिलीमिली
      थुप्रै हजार मेधावाट बिजुली रे
      उफ ,
      छोड यि झुट्टा आस्वसनका सिरिज बाड्न
      बरु सक्छौ भने म र म जस्तै अरुको
      यती अधिकार निश्चित गर
      जस्ले यस्तै मधुरो प्रकाशमै भएपनी
      ढुक्कसग गृहकार्य गर्न पाउन
      तिमीलाई थाहा छ मेरो गृहकार्य आज
      वाल निबन्ध र शिर्सक अचम्मको छ
      जलस्रोतको धनी देश नेपाल
      र यो पनि देख्दै छौ त्यो निवन्ध
      ममबत्तीको प्रकाशमा मुस्किलले
      अक्षरबाट शब्द निर्माण गर्दै छु

      यो लेख्नु पर्छ पाठ्यक्रम अनुसार
      हामी धनी छौ बिजुलिमा
      नत्र मेरो यो मधुरो प्रकाशसगको संघर्श
      खेर जान सक्छ गोलो लगाइन सक्छ निवन्धमा
      या पानाभरिको रातो मसीको क्रस
      र म निरास हुनु पर्छ साथीहरु माझ
      नजान्ने भएर या उल्टो लेख्ने भएर
      यही भयछ दसकौ देखी
      तिमी पनि त्यही भएछौ
      भाषण गर्न धनी छौ
      तर कर्म गर्न गरीब होइन
      कङ्गाल छौ माहाकङ्गाल
      …………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shyam

      IN THIS COUNTRY OF MINE
      THERE IS SUFFICIENT SUPPLY OF WINE
      TO BURN THE HUTS OF THE POORS
      AND TO DRAG THE RICH TO THE GRAVES
      WATER AND KEROSENE IS IN SHORT SUPPLY
      ONLY WAX AND PARAFIN IS SUFFICIENT
      AFTER ALL WE ARE ALL LABOURS LIKE BEES
      SO WE CAN HIRE OUR OWN SUNS FOR THE NIGHTS
      THIS HUT OF SOMEBODY SOMEWHERE IS LUCKY ENOUGH
      THAT NO ONE HAVE COME TO PUT OF THE CANDLE
      IN THIS TORNADO HIT COUNTRY OF MINE

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Baldev Bhatta

      जीवनको बगरबाट
      एकमुठ्ठी रछ्यान लिएर आकाश जोड्ने
      पूल बनाउने दौरानमा
      मेरो उर्जाशक्ती खत्तम भएपछी
      मैनबत्ती पग्लिदै जान्छ । । ।

      भोटेओडारबाट सपनाको ताती बोकी
      भोटेकोशी भएर बिहेभोजको निम्ती हिड्दा
      समयानुकुल मौनताको पहाडमुनी
      मेरो उर्जाशक्ती खत्तम भएपछी
      मैनबत्ती पग्लिदै जान्छ । । ।

      नयाँ नेपालको हुङकार लिएर
      एकहुल असफलताको बिचतिर पसे
      बिस्कुनबाट बारुदहरु उठाउने लहरमा
      सिरानीबाट बन्दुकहरु पर सारे,
      यथार्थका हारहरुसँगको यस्तै संघर्शहरुमा
      मेरो उर्जाशक्ती खत्तम भएपछी
      मैनबत्ती पग्लिदै जान्छ । । ।
      आशाका छानोमुनी
      भोकमरी को लप्का ले ज्वाला ओकल्दा
      मैनबत्ती पग्लदै जान्छ । । ।

      बलदेव भट्ट
      सिङ्गापुर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram Tamu Australia

      कुलेखानी र काली गन्दकीको सपना बान्देका नेताहरुलाई हो यो मैन्बत्तीको प्रहार ,
      नयाँ नेपाल बनाउन्छू भन्ने नेताहरुको लागी हो यो प्रतिकार ,,
      भोक भोकाइ बाल बच्चा च्यापेर यूद्दमा होमिएका आमाहरूको हो यो प्रहार,
      जनयूद्दमा बाबु आमा गूमाएका तुहूरा तुहूरिहरूको हो यो प्रतिकार ,,

      त्यसैले होला नयाँ नेपाल लाई सेतो र खाली पानामा कोर्दाइ गरेकी ,
      धन्या छ नेताजी हरूलाई भनेर अन्ध्यरो कोठालाई भन्दै गरेकी ,,
      देश बिदेश घुम्न निस्केका नेताहरुलाई हो यो मैन्बत्ती को सन्देश,
      परिवार नातागोतामात्रा होइन साथमा मैन्बत्ती पनि लिएर जानु भन्ने हो सन्देश ,,

      जम्बो सम्शद भवन्लाई हो यो मैन्बत्ती को प्रहार ,
      जनताको कर खान गएका छसये पाँच सम्साद्लाई हो यो प्रतिकार ,,
      नेपाललाई स्वित्गेर्ल्यान्ड बनाउन्चू भन्नेहरूलाई हो यो मैन्बत्ती को उज्यालो ,
      स्वित्गेर्ल्यान्ड नदेखेका नेताजी हरूलाई हो यो मैन्बत्तिको प्रकाश …..

      ( यो कुनै कथा कबित नभएर भावनामात्रा पोखिएको लेख हो अन्यथा नलिनू होला )

      राम डिबि तमु (पर्बत्) अष्ट्रेलिया

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramchandra

      मलाई त एकोहोरो हेरी राख्दा त्यो
      लाग्छ कतै जिन्दगी सँग नै मेल हुन्छ
      लाग्छ कतै समय सन्दर्भ झै त्यो
      त्यो कुनामा मधुर उज्यालो

      हिमाल पहाड तराइ देखी
      लाग्छ छत्तिस जातको फुलबरिमा,,,
      बसन्त ॠतु बिहिन जस्तो
      लाग्छ नेपाली राजनीतिमा
      एक महान नेता वाक्य बिहिन भये जस्तो
      अनी लाग्छ समुन्द्रमा एक गाग्रो पानी मिसाए जस्तो

      अनी कहिले त यो महान नेता बिनाको देशमा
      लाग्छ फेरी गंगालाल अनी पुष्पलाल जन्मिउन
      अनी अन्धकार बिजुली बेगर को बस्ती बस्तिमा
      लाग्छ यस्तै यस्तै दियो बली रहुन
      लाग्छ एक होइन हजारौं हजर बलिरहुन…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मैनबत्तिको थोरै उज्यालोमा आँखा तानितानी पढिरहेछु
      सफलताको शिखरमा उक्लने अटल प्रयास गरिरहेछु
      आज म अन्धकारमा रुमलिएपनी
      भोलीको सुन्दर भबिस्यको कल्पना गरिरहेछु

      अबत गाउँमा बिजुली आउछ रे भन्छन
      तर आफुलायित सधैं येहि मैनबत्तीको भर
      बिजुली बत्तिको उज्यलोमा बसेर धेरै पढ्ने
      मलाई सधैं हुनेभयो रहर,सधैं हुनेभयो रहर

      आज म संघर्स गर्दैछु निब्नलागेको बत्तिमा
      तर मेरो ज्ञानको ज्योति बलिरहनेछ
      धेरै पढि ठुलो मान्छे बन्ने मेरो सपना
      एकदिन अबस्य बिपनामा परिनत हुनेछ

      मैनबत्ती निभेर जान्छ एकैछिनमा
      तर निभ्नेछैन मेरो अन्तर आत्माको बिश्वास
      काचुली फेर्नेछ मेरो देशले एकदिन
      ज्ञानको उज्यालो ज्योति सँगै गर्नेछु देशको बिकास
      ज्ञानको उज्यालो ज्योति सँगै गर्नेछु देशको बिकास

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamal bhandari

      काटमार कसले रोज्यो रगतको मूल भयो
      आँशुधारा बग्नै पर्ने यी आँखाको रूल भयो
      बम बारूद गोलीले सयौं लाश रास हुँदा
      निर्दयीका हड्डी हाँसे देश शोकाकुल भयो
      चारो हाली पासो थाप्ने निम्ठो दिई झुसी भर्ने
      दिनरात सडकमा सामन्तिको हुल भयो
      गरिवका पसिनाले ढुकुटीनै भर्न थाले
      ढलेका ति झुप्रामाथी चर्को महशुल भयो
      ममताको छत्र छाँया तातो रापमा परेपछी
      मुस्काउने ओठहरू मुर्झाएको फूल भयो
      ***कमल भण्डारी***(दोहा कतार )

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • चारैतिर हिंशा हत्या र अत्याचार छ
      वीर सपुत त्रि्रो धर्ति आज लाचार छ खै कस्को नजर लाग्यो तिमीलाई
      इज्जत लुकाउनपनि हम्मे भएको छ किन आफनै संतान आज लाचार छ-
      त्रि्रो विरतामा विश्व नतमस्तक हुन्छभने तिमीले देखाएको वाटोमा विश्व हिडछभने अहिंशाको पुजारी तिमीनै हौ भन्छ भने
      आज किन त्रि्रो आंगन रक्ताम्मे छ – किन आफनै संतान आज लाचार छ- चारैतिर हिंशा हत्या र अत्याचार छ ।
      सधै अहि­­ंश्ााको ज्याति र ज्ञानफैलाउनेले किन आफनै घरमा ज्योति वाल्न सकिनौ किन हर घरमा शान्ति ल्याउन सकिनौै
      यहा त हर मोडमा भ्रस्टाचार छ चारैतिर हिंशा हत्या र अत्याचार छ । के पाउछौ तिमीले आपसमा लढाएर अव त शान्ति ल्याउ सदवुद्धी पढाएर हेर त त्रि्रो धिर्ति आज कत्ति लाचार छ –(कमल भण्डारी दोहा कातर)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shilu

      मैन बत्ती को मधुरो दीप,
      जून तारा तिम्रो समीप,
      भन न लुना! के लेख्देई छेउ ,
      आत्मीयता को गीत,
      या ,
      अकेलोपन को पीडा !!

      असारे गीत माँ भाका भर्दै छेउ की,
      तीज को गीत माँ पीडा पोख्दै छेउ की ?
      बिग्रेको देश को भत्केको चाला ,
      माई संसार माँ अक्ष्यरहरु बुन्दै छेउ की !!
      लुना !
      एउटा चिट्ठी आमा लाइ लेख ,
      एकांत माँ आउने बाचा गर्दै ,
      एउटा चिट्ठी बा लाइ लेख ,
      होस्टे माँ हैसे गर्ने कसम खाँदै ,
      भाई तिम्रो बाटो हेरिरहेछ !!
      एक पोका माया पठाई देउन,
      देश !
      तिमीलाई नै पर्खि बसेको छ !
      छिट्टै आउने आश्स्वासन देऊन !
      रात न पर्दे आउछु भंदेऊ न !~!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kesari

      ##### तीन हाइकु ######

      बर्तमानमा
      रमाउँदै बसेकी
      कोपिला फूल
      ########

      मैनबत्तीको
      धिपधिप उज्यालो
      पढाई तेज
      ##########

      मैनबत्ती झैं
      पग्लिरहेको देख्यौं
      हाम्रो जीबन
      ########

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • जूनले पनी देख्दैनथ्यो
      घामले पनी देख्दैनथ्यो
      सुटुक्क तिमी आउथ्यौ
      बोझिला शब्द
      रसीला भाव लिएर
      रिमरिमे साँझ मा
      यो कविमन लाई भेट्न
      तिमी आउथ्यौ
      न देख्थे ताराहरू
      न भेटथे जुनकिरीले
      प्रत्येक साँझको तिम्रो उमंग
      जून ले पनी देख्दैनथ्यो
      घामले पनी देख्दैनथ्यो
      यिनै मैंन बत्ती का शिखाहरु मा
      म कविता कोरिरहेको हुन्थें
      भावनालाई शब्द जालमा बेरीरहेको हुन्थें
      जो जून ले पनी देख्दैनथ्यो
      घामले पनी देख्दैनथ्यो
      तिम्रो आगमनलाई म एक्लै नियाली रहेको हुन्थें ||

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      मैन बत्तिको धिप धिपे मा धान्दै छु रित
      मनको बह पोखु को सित
      २ १ औ शताब्दिसँग कसरी लगाउ मित !
      ‘अध्यारो को काम खोला को गीत ‘ ।
      °
      महाबिर पुनहरुलाई खोज्दैनन
      तिनका प्रतिभा चिन्दैनन
      सरकार माग्छ बिदेश सँग बिकास
      ‘ अर्का को आश , नित्य उपबास ‘ ।
      °
      सुकेको भुँडी फुकेको देखिदा
      जनता को बिश्बास बालुबामा पोखिदा
      भन्न् मन लाग्यो नेतालाई
      ‘ चामल पैसा धामी लाई ब्यथा जती हामीलाई ‘ ।
      °
      जनता ले देश को लागि नेतालाई जि’ताको
      किन फूल्दैन सपना जनताले चि’ ताको !
      कस्ले हल्लाउछ माथिङ्गल हाम्रो नेताको ?
      किन भए नेता यता न उता को !
      °
      नेताहरुका धेरै राम्रा कोट र टाइ
      दौड धूप कुर्ची को लागि भ्याइ न भ्याइ
      सिह दरबार मा दिन दिनै र् याइ झ् याइ
      ‘हास्ने दात धेरै भए , खाने दात नाइ ‘ ।
      °
      देश लाई भि छ्या पात्रो बनाउछन
      भि छ्या को कात्रो आँफै लगाउछन
      देश अध्यारो ले हुने भो बिरुप
      ‘ हात्ती को देखाउने दात ‘ नेताको रुप ।
      °
      जल स्रोत को धनी देश
      सम्पत्ती हो हाम्रो ‘बिजुली ‘ बिशेष
      झिली मिली हुनु पर्थियो देश को प रिबेश
      सम्पन्न हुनु पर्थियो देश ।
      °
      २ १ औ शताब्दिको लोड्सेडिङ सिह दरबार ले देख्दैन
      ‘ अचानो को पिर खुकुरी ले बुझ्दैन ‘
      धिप धिपे उज्यालोमा लेख्न पुग्दैन
      देश को भबिस्य मैन बत्तिले थेग्दैन ।
      °
      देश भर छन हाइड्रो पाबर खानि
      जनता को हुनु पर्‍यो लगानी
      सरकार ले गर्नु पर्‍यो सुरक्षा निगरानी
      उज्यालोले ल्याउछ बिकास को बिहानी ।
      °

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • surya thapa(tanahun)

      बत्ती नभएनी,
      मलाई पढ्नु परेकोछ।
      किताब नभएनी,
      परिक्षा दिनु परेकोछ।
      हत्त्याको धम्की आएनी,
      बाच्नु परेकोछ।
      मनमा पिडा भएनी,
      हास्नु परेकोछ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prahlad Lamichhane

      लेख फेरी एउटा कबिता
      =====================

      देश झल्लमल्ल हुने सपना को,
      लेख फेरी एउटा कबिता!

      कबिता गण्डकिको लेख,
      कबिता कर्णालिको लेख,
      नपुगेको आशा जोखेर, अलिकती सोचेर,
      कुलेखनिकै भएपनी,
      झाप् झाप् हुने लोड्सेडिङ सम्झेर,
      लेख एउटा कबिता।

      देश झल्लमल्ल हुने सपना को,
      लेख फेरी एउटा कबिता!
      ———————

      लेख एउटा कबिता,
      जलश्रोत को लेखे पनि हुन्छ, घाम श्रोतको लेखे पनि हुन्छ,
      के फरक पर्छ? मुस्ताङ कै हावाको लेखे पनि हुन्छ।
      मैन बत्तिमै भएपनी,
      उज्ज्यालो कल्पनाको लेख एउटा कबिता।

      देश झल्लमल्ल हुने सपनाको,
      लेख फेरी एउटा कबिता!

      छिटो छिटो लेख एउटा कबिता,
      मैन बत्ती नसकिदै,
      रेबिजको सुइ नभाको स्वस्थ चौकिमा, बितेका साथी लाई सम्झेर,
      नरमैलो नै भएपनी,
      सोलर प्यानल र फ्रिजको आशामा,
      लेख एउटा कबिता।

      देश झल्लमल्ल हुने सपना को,
      लेख फेरी एउटा कबिता!
      ———————

      आखिर सपना नै त हो,
      कबितामा मज्जाले लेख,
      कर्णालीमा केबुल्करको कबिता लेख,
      पूर्व पश्चिम जोड्ने,
      हाई स्पीड ट्रैनको लेख,
      सपनामा देखे जती लेख।

      मनै लाग्छ भने,
      रोपेवेको लथालिङे कबिता लेखेपनी हुन्छ,
      नरोइ कन,
      ट्रोल्ली बस सम्झना कोरेपनी हुन्छ,

      देश झल्लमल्ल हुने सपनाको,
      लेख फेरी एउटा कबिता!
      ———————

      सक्छौ भने,
      केही गर्ने योजनाको कबिता लेख,
      हैन भने,
      फेरी एउटा कबिता लेख सपनिमा,
      किन भने,
      तिम्रो मैन बत्तीको साथ पनि सकिन लगिसकेको छ।
      =====================

      प्रह्लाद
      एस्बोर्न, जर्मनी

      (गोप्पे कुरा:- कबिता लेखुम लेखुम लगेर मात्रै। मेरी जीबन साथी भागछिन मेरो कबिता सुनौन लाग्दा। जे पनि पचIउने हस्मुला तपाईं सबै सँग छ भन्ने आशा गरेको छु।)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sohan Cardiff UK

      तीन हाइकु

      लक्छ्य
      मैन्बत्ती
      जीबन
      ——–

      अन्धकार
      प्रकाश
      संघर्स
      ——-

      रहर
      पसिना
      भबिस्य
      ——-

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • मेरा हरेक कुमारी रात यसै गरी पग्लिन्छन्
      जसरी पग्लिरहे छ यो मैनबत्ति
      मेरा सपनाहरु जलिरहेको देखेर रोइरहेछ यो मैनबत्ति
      वा निकालेर विद्रोहको अग्नि ज्वाला
      आफैमा गलिरहेको छ यो मैनबत्ती
      मैले निर्क्योल गर्न पढिरहेकी छु
      मेरो देशको आदिम इतिहासका पुराना अन्तिम पानाहरु

      मलाइ पोल्न मनलाग्छ यी अक्षरहरु
      मलाइ खरानी पार्न मनलाग्छ
      समयका वेगहरुले पुराना सावित गरीसकेका
      यी धर्मशास्त्र जस्ता पुराना पुस्तकहरु
      वा बुढा मास्टर साबको त्रासद धम्की
      मलाइ जबरजस्ति थुनिएको स्कुल
      र लेख्न मनलाग्छ पग्लिएको मैनले
      चिसो समयको निधारमा
      किरिङमिरिङ एबस्ट्रक्ट भाग्यकारेखाहरु

      अव धेरै बाँकी छैन सकिन यो आशाको मैनबत्ति
      निभे पछि एउटा समयको धिपधिपे ज्योति
      निद्राबाट ब्युँझिए झै भोली बिहान
      नबयूगको लालिमा सौगात लिएर आउने छु म

      मेरा प्यारा दाइ
      तिमी खाडिको कुनै कठोर भे‌डिगोठबाट फर्क
      पुज्य बाबा
      तिमी उपहासको बहादुर नबनेर फर्क
      म यो बिरानो बस्तीको अध्यारो रातमा
      एकपल्ट यो अन्तिम पत्र लेखिरहेछु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ashutosh Koirala

      दुनियाँमा ज्योति नभएर के भो ?
      यो घरको बत्ती नबलेर के भो ?
      दुनियाँको अध्यारो म नै हटाउछु।
      मैन्बत्ती बाली जीवन जगाउछु।

      एउटा बत्तीले दुनियाँ नजगौला,
      आर्को बत्तीको आगो म बन्छु,
      धेरै प्रकाश दिन नसके नि,
      टाडैबाट म आफुलाई चिनाउछु।

      बत्ती नभएनी आज म पड्छु,
      जीवन रहस्य राम्ररी बुज्छु,
      धेरै कुराको ज्ञान म लिन्छु,
      मेरो जीवनलाई सार्थक् बनाउछु।

      मेरो अठोटलाई केइले रोक्दैन,
      हृदयको ज्योति कहिले निभ्दैन,
      बत्ती निभाउ या शिक्षा नदीलाउ,
      मेरो पाइलालाई कसैले छेक्दैन।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • अध्यारो रातमा, केबल तिम्रो कल्पनामा
      मैंन बत्तीको साथमा, केबल तिम्रो सम्झनामा
      तिम्रो निन्द्रामा आई दिउला, सपनि बनेर
      तिम्रो दिलमा अैई बसुला,चोखो माया बनेर,
      तिम्रो आखामा सजिदिउला, गाजलु बनेर
      यसलाई साँच्ने गर है,यसलाई सजाउने गर है
      तिम्रो दु:ख मा आसु भै अैईदिउला, सुखमा हाँसो भै
      यसलाई संगाल है, यसलाई अँगाल है, अँगाल है .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bipin

      ####### भबिस्य #######

      कोठामा एक्लै खुब् ध्यान दिई,मैन् बत्ती बालेर
      पढ्दैछिन नानी क्या राम्रो बानी,खुब् मन लाएर
      त्यो लोडसेडिङ् भए नि बत्ती,बालेर पढ्दै छिन्
      सुन्दर देश भबिस्य आफ्नो,बनाउन लेख्दै छिन्
      ###############################
      शिक्षाको दियो बालेर स्वयम्,बिस्व भर् फैलाउन
      पढेर आफू भएर ज्ञानी,सबैलाई बुझाउन
      स्कुल् को पाठ बुझाउन भोली,कर्तब्य ठान्दै छिन्
      सुन्दर देश भबिस्य आफ्नो,बनाउन लेख्दै छिन्
      ###############################
      देशको सच्चा कर्णधार् बन्ने,सदिक्षा बोकेर
      घरको काम सकेर राती,बस्या छिन् लेखेर
      पढेर भोली डक्टर बन्ने,सपना देख्दै छिन्
      सुन्दर देश भबिस्य आफ्नो,बनाउन लेख्दै छिन्
      ###############################
      गीलासमाथि त्यो ममबत्ती, कस्तरी बल्दै छ
      भ्रिकुटी जस्तै भएर तिमी, चम्क है भन्दै छ
      अनुहार झुकाई पढ्नलाई भनी,तल्लीन हुँदै छिन्
      सुन्दर देश भबिस्य आफ्नो,बनाउन लेख्दै छिन्
      ################################
      सरल भेश फैलेको केश, एकाग्र भएर
      मधुरो बत्ती नबोली कत्ति,एक् धून लाएर
      गए नि लाइन् मम् बत्ती बाल्दै,किताब हेर्दै छिन्
      सुन्दर देश भबिस्य आफ्नो,बनाउन लेख्दै छिन्
      ################################

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bipin

      ########### भबिस्य #############

      कोठामा एक्लै खुब् ध्यान दिई,मैन् बत्ती बालेर
      पढ्दैछिन नानी क्या राम्रो बानी,खुब् मन लाएर
      त्यो लोडसेडिङ् भए नि बत्ती,बालेर पढ्दै छिन्
      सुन्दर देश भबिस्य आफ्नो,बनाउन लेख्दै छिन्
      ###############################
      शिक्षाको दियो बालेर स्वयम्,बिस्व भर् फैलाउन
      पढेर आफू भएर ज्ञानी,सबैलाई बुझाउन
      स्कुल् को पाठ बुझाउन भोली,कर्तब्य ठान्दै छिन्
      सुन्दर देश भबिस्य आफ्नो,बनाउन लेख्दै छिन्
      ###############################
      देशको सच्चा कर्णधार् बन्ने,सदिक्षा बोकेर
      घरको काम सकेर राती,बस्या छिन् लेखेर
      पढेर भोली डक्टर बन्ने,सपना देख्दै छिन्
      सुन्दर देश भबिस्य आफ्नो,बनाउन लेख्दै छिन्
      ###############################
      गीलासमाथि त्यो ममबत्ती, कस्तरी बल्दै छ
      भ्रिकुटी जस्तै भएर तिमी, चम्क है भन्दै छ
      अनुहार झुकाई पढ्नलाई भनी,तल्लीन हुँदै छिन्
      सुन्दर देश भबिस्य आफ्नो,बनाउन लेख्दै छिन्
      ################################
      सरल भेश फैलेको केश, एकाग्र भएर
      मधुरो बत्ती नबोली कत्ति,एक् धून लाएर
      गए नि लाइन् मम् बत्ती बाल्दै,किताब हेर्दै छिन्
      सुन्दर देश भबिस्य आफ्नो,बनाउन लेख्दै छिन्
      ################################

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जब हर रात्मा तिम्रो याद्ले
      सतऔछ पोल्छ यो मुतुमा
      अनी निर्जिब तेही कपि र
      कलम्को शहरअले तिम्रो
      याद मेटाउने पर्यस्मा.
      अदरोले छेक्दैन तिम्रो
      तिम्रो तस्बिर मैले देख्नलाई
      मेरो अत्मले राखेको छ तिमीलाई मुटुको माझमा
      श्री शर्मा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shirshak

      कोठाभित्र एउटा मैनबत्ति
      एकनाश सिरेटोको सामना गर्दै
      सम्पुर्ण आशाहरु हराए झैं
      धिपधिप बलिरहेको छ
      शायद उसले बुझेको छ
      केहि बेरमा उसको समाप्ति हुँदैछ
      उ केवल निशानीमा सिमित रहनेछ,
      जब उ पीडाले छट्पटाउँदै
      तिव्र बतासको सहारामा
      एकै छिन सुस्ताउन खोज्छ
      अनायसै तिमी आइपुग्छ्यौ
      अनि झ्यालहरु बन्द गर्दै
      निष्ठुरतापुर्वक फेरि जलाउँछ्यौ,
      मौनतामा आँसु पोख्दै
      बिन्ती त उसले गरेकै थियो
      भो मलाइ नजलाउ भनेर
      तर तिम्रो कठोर हृदयले
      आँसुको मुल्य नै कसरी बुझ्थ्यो र?
      विद्रोह गर्ने सामर्थ्यको संकटमा
      अर्तनादमा पिल्सिएरै
      जलि नै रह्यो विवशतापुर्वक
      फगत रोशनी चाहिएको तिमीलाई
      उसको तड्पाइको के पर्वाह हुन्थ्यो र?
      तर भुलहरुको प्रायश्चितमा तिमी
      शीतल पवन बनेर नआउ
      जलन झनझन् बढ्न सक्छ
      पीडाहरुमा आफन्तको
      मलहम बोकेर नआउ
      तातो स्पर्शले उसलाइ
      छताछुल्ल पार्न सक्छ
      उ कसैसँग सहानुभुतिको भीख माग्दैन
      कतैबाट आत्मियताको आशा गर्दैन
      तैपनि कसैलाई उज्यालो बाँड्नको निम्ती
      आफैलाइ नै मेटाइरहन्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ukita, japan

      जिन्दगी रात भएको बेला
      हुलका हुल सपनाहरु जन्मिएका छन ।

      अन्दोलित सपनाहरुको माझमा
      फगत म निरिह मान्छे
      मैनबत्तीको केही प्रकाश उधारो मागेर
      सपनाहरु बाच्ने प्रयास गर्दैछु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jyoti chhetri

      गहिराइ मा नपुगेकालाई के थाहा,गहिराइ को सुन्दरता कस्तो हुन्छ भनेर!
      भाबुकता नभएको लाई के थाहा,भाबनात्मक जिन्दगी कती सुन्दर हुन्छ भनेर!!
      त्यसैले,
      बिजुलीलाइ के थाहा,दियो र मैन को उज्यालोले भाबुक को मन छुन्छ भनेर!!!
      नभै नहुने तर उत्ताउलो हुन्छ बिजुलिको उज्यालो,कस्तो कस्तो स्वाद बिहिन जस्तो!
      मैन को उज्यालो मा भाबुक भएर कलम हात्मा लिएकी नारि, साच्चिनै लाग्यो भाबना कि रानी जस्तो!!
      सितल शान्ता मधुर छ उज्यालो मैन को,सरल र साधारण मा नै छ जिबन चै न को,यसै कारन् ले मलाइ लाग्छ् मैन् को उज्यालो मा रमाउने भाबनाकि रानि जस्तो!!! त्यसैले,
      गहिराइ मा नपुगेकालाई के थाहा,गहिराइ को सुन्दरता कस्तो हुन्छ भनेर!
      भाबुकता नभएको लाई के थाहा,भाबनात्मक जिन्दगी कती सुन्दर हुन्छ भनेर!!
      बिजुलीलाइ के थाहा,दियो र मैन को उज्यालोले भाबुक को मन छुन्छ भनेर!!!
      धन्यवाद!
      jyoti chhetri-belgium

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gobinda thapa

      सानो बन्‍द कोामको ाधेरो कुनामा
      मैन बत्‍तीको मधुरो प्रकाश सगै
      ाज्‍योल भबिश्‍याको कल्‍पना गरदै
      खालिपानामा सृजनसिल शब्‍दहरु भरदै
      बौदिक क्ष्रमता बडाउन तल्‍लिन छिन सानी नानी
      क्ष्‍ामतालाा स्‍कूलको गृहकाया मानेर
      क्षमताको टुप्‍पो ाझै तिखारेर
      भोलिगै कक्षा कोामा
      शिक्षकको राम्रो प्रतिकृया पााने ासामा
      भबिश्‍याको ाज्‍यालो गोरेटो तिर बड्‍दैछिन सानी नानी
      मेहनतको यो ाभिब्‍याक्‍तिलाा देखेर
      गाा गााका नानीहरुलाा भेटेर
      नया जागरणको संदेश ानी
      भनिदीकि सबैलाा तिम्रो यो कहानी
      बौदिकताको पाना भित्र बस्‍तबिकता खोज्‍दैछिन सानी नानी
      तिम्रो यो स्‍फुत् परिस्रमलाा देखेर
      भाबुक भै भोलिका दिनहरुमा
      प्रसंसा सहितको प्रतिफलदिन
      खोज्‍दै ाउनेछन भबिश्‍या तिम्रो सामुन्‍ने
      यो ासल बानीलाा ाझै सुधार गरदै लागेहै सानी नानी

      gobinda thapa
      base camp kabul

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rubi

      तिम्रो यही प्रकाशमा
      म मेरो भबिश्य कोर्छू ,
      तिमीले देखाएको पथमा लागी
      म देशको ‘भोली’ लेख्छु ,

      मेरो सामू आउने हरेक
      काडाहरु कुल्ची हिडछु ,
      तिम्रो यही प्रकाशमा
      म मेरो भबिश्य कोर्छू .

      लेख्छु आज भोलिका निम्ति
      भोली पक्कै काम आउला ,
      तिमीले देखाएको पथमा लागी
      म देशको ‘भोली’ लेख्छु .

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • सुन्सान चकमन्न रातमा मेरो मनमा भेल बनेर
      उठेका अनगिन्ती रहर हरुलाई सेतो सफा कगज्रुपी
      मुटु मा सजाएर कोर्दै छु , न उज्यालो छ झलमल्ल
      बाहीर पाटनगीनीमा या पुरै सुन्सान कालरात्री छ ,
      मधुर दीयो बालेको छु शान्त मन जस्तै अनी
      उन्कै सम्झनामा आफ्नै मन्लाई सोध्दै छु
      कीन ? कीन सताउन्छौ एसरी मलाई
      हररात हरदीन झझल्को दीन्छौ , मेरो नींद्रा
      मेरो भोक मेरा हर तीर्खा र चाहना हरु लुटेर
      लगेउ , फेरी पनी तीम्रै अभाव तीम्रै खांचो
      तीम्रै चाहत कीन उठ्छ यो अधर्मा म जवाफ खोज्दै छु
      आँफै सँग आँफ्नै मन सँग तर खोइ पाउन गाह्रो भो जवाफ
      मत्लब सहि जवाफ जस्को खोजिमा म अझै असरल्लै छु
      शायद नीयती ले मलाई एसरी नै भौतारीन भनेको छ
      र म भौतारी रहेको छु हरपल हर्घडी नीरन्तर ……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Surya,japan

      सपना मेरो अन्नगिन्ती छ
      त्यही मेरा सपनालाई,
      लिपी बद्ध गर्न खोज्दै छु !

      मलाई अहिलेसम्म
      कुनै कसैको चिन्ता अनी दर पनि छैन,
      मेरो सिसाकलमले सुन्दर अक्षर कोर्न मलाई
      यो मैन बतिको ज्योतिले साथ दिएको छ !

      सचै मलाई पनि,
      सहरका बालबच्चाहरुको जस्तै सुबिधा हुने भए
      मेरो पढाईमा कती सहज हुने थियो
      बती मुनी अन्धेरो भने झै लागि रहेको छ।

      यहि मैन बतिको सहाराले
      मेरो पदाईलाई निरन्तर्ता दिनु छ,
      शिक्षाको ज्योति फैलाउनु छ !

      धनेबाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sandesh koirala

      भबिस्य सँग संघर्स गर्दै छु म
      बत्ती न भएर के भो त टुकि बालेरै भये पनि पढ्दै छु म
      ज्ञान को सगर मेरो किताब
      नबुझे पनि रत्डै छु म

      नेपालमै बसेर केइ गर्ने सोच बोक्दै छु म
      आँखा च्यती चय्ती भये पनि पढ्दै छु म
      सरकार र प्राधिकरण ले बिदुह्त न दिये के भो त
      टुकि बालेरै भये पनि पढ्दै छु म

      ज्ञान को सगर मेरो किताब खोल्दै छु म
      अन्धकार म पनि उज्यालो खोज्दै छु म
      भन्छन सास रहे सम्मा आस हुन्छ रे त्यसैले
      टुकि बालेरै भये पनि पढ्दै छु म

      सानो भएर के भो त ठुलो सोच रख्दै छु म
      ज्ञान को सगर रुपी अमृत पिउदै छु म
      रक्सी खाको हैन भोली को पाठ पढ्दै छु म
      बत्ती न भएर के भो त टुकि बालेरै भये पनि पढ्दै छु म

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • अध्यारो नै अध्यारो छ सबै तिर
      तर मलाई अघी बढन मन छ .
      सुबिधा र सहयोग त केही छैन यहाँ
      तर मलाई धेरै पढ्न मन छ

      पढि धेरै, ज्ञान धेरै आर्जन गर्ने छु
      देश, समाज र सबै को लागि काम गर्नेछु
      बाधा, ब्यवधान, समस्या र चुनौती छन धेरै
      शायद पर्खि बसेको छ समाज ले बाटो मेरै

      हामी सबै मिले पछी, देश अघी बद्छ
      तेस्का लागि हामी सबै ले धेरै पढ्नु पर्छ

      सजिलो छैन पढ्न यहाँ, समस्या छन धेरै
      कापी छैनन, कलम छैनन, उज्यालो छैनन कठै
      समस्या सित लढ्छु, धेरै पढ्छु, धेरै गर्छु काम
      मैले नै राख्नु छ, नेपाल कै नाम

      आमा, बाबा, दिदी, दाजु हामीलाई गर्नु भर
      सक्दैनो तिमीले गर्न केही भनी नदिनु है डर
      हामीले नै गर्ने हो, गर्दैनन अरु कोही
      ज्ञान मर्दछ हसेर, बिज्ञान मर्ने हो रोही

      बत्ती नहोस्, बल नहोस्, बस्ने नहोस् छानो
      कलम नहोस्, चामल नहोस्, नहोस् केही पनि
      तर पनि रोकिने छैनन मेरा इच्छा र आकन्क्षा
      पढि ठुलो बनी गर्छु देशको सेवा, गर्नु भरोसा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिक्रम

      राम्राे छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna

      kaha bata copy and paste gareko jasto chha ramchndre

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      भाई लाई चिट्ठी लेखेकी थिए ,
      लोड्सेडिङ्ग ले उस्का माथिङल का पुर्जा हरु
      क्रमश : खियाउदै
      धन्नै धन्नै उपयोग हिन बनाउन खोजिरहेछ
      उु ढुङ्गे युगमा झै
      यो २ १ औ शताब्दिको युगमा
      ढुङ्गा मा आफूलाई ताछिरहेछ –
      त्यो पिडा मेरो भाई को मा त्र होइन
      सम्पूर्ण नेपाली हरुको हो ।
      बा लाई चिट्ठी लेखेकी थिए ,
      त्यो बूढेश कालमा अहिले पनि
      हड्डी घोटीरहेको छ
      बिहानको सात बजे देखी सा झ् सात बजे सम्म
      प्राइभेट कम्पनी ३० बर्से जागिर
      म अनुरोध गर्छु ‘रा जिनामा दिनुस् ! ‘
      बा भन्नु हुन्छ ,
      ‘मेरो अनुभब कम्पनी लाई आ बश्यकता छ ‘
      इमान्दारिताको त्यो पराकास्टा !
      आमालाई चिट्ठी लेखेकी थिए ,
      मेरी आमा !
      नेपाल आमा !
      उनी सधैं मेरो पर्खाइ मा –
      भो ! यहाँ भन्दा बढी लेख्न सक्तिन म –
      °

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      छ्यमा प्राथी छु यसरी कबितामा कमेन्ट लेख्नु पर्दा ।
      माथि कबिताको शिर्सक ” मैन बत्ती , लोड्सेडिङ्ग र हाम्रो देश को भबिस्य ” भएको जानकारी गराउन चाहन्छु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binod,dharan

      कविता कती मन छुने लेखे छन सिलु र लुनाले
      बिजुली सट्टा घरमा हाम्रो मैन बत्ती हुनाले !

      -विनोद, धरान

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रदिप स्रि

      अन्तिम पत्र

      हे ! भगवान !
      तिमीलाई सलाम मेरो मनको
      तिमीलाई अभिबादन मेरो कलमको
      के गर्ने-
      लेख्ने त रहर थियो
      खुशीहरु साटेका अक्षरहरु जिबनका
      हासिरहने सपनाहरु यि मनका
      तर जुन छिर्न सकेन मेरो बस्तिमा
      न त घामको शाहस नै भयो
      केबल अन्धकार अनी शुन्यता ……!
      त्यसैले आज यो मैनको साहरा लिएर
      तिमी सामु पोखिदै छु, स्विकार ल ….

      हो !! येशु !!
      मैले धेरै भोगिसकेकी छु जिबनमा
      सयौ बर्षा काल कोठरिमा बिताए
      तिसौ बर्ष बन्धकिमा बेचिए
      कती लात खाए, कती बात चपाए
      आफु तिर्खाएर अरुको प्यास मेटाए
      कतिले भोटको उँन ल्याउछु भने
      कतिले ल्हशाको सुन ल्याउछु भने
      भोकमा नुन ल्याउछु भन्ने पनि आए
      दिनमा जुन उदाउछु भन्ने पनि आए
      तर पनि,
      मनको ब्यथा उस्तै भयो
      त्यतिबेला तिमीलाई पुकारेकी पनि थिए
      तिमीले धैर्य गर भन्यौ …
      अनी म रोकिए आँफै भित्र बगिरहन
      मेरो शहनसिलतालाई कमजोर ठानी
      फेरी ब्वासोहरु नङ्र तिखार्न थाले
      अनी त एकाएक जाइलागे म माथि
      कसैले लतारे सकेजती
      कसैले चिथोरे भेट्टाएजती
      जती धेरै अघाए यहाँ
      उती धेरै भोकाइरहे
      कसैले सुनेनन मेरो चित्कार,
      सिर्फ जल्लादहरुको प्यासमा नाङिरहे म
      साच्चिकै म मरेर बाचे
      फेरी बाचेर पनि मरे
      कहिले तलबारमा काटिए
      कहिले दरबारमा मारिए
      कहिले जङ्गलमा पड्किए
      कहिले सदनमा कड्किए
      थाहै नपाई मर्दै बाच्दै गरेकोपनी १२ बर्षा बितेछ ।
      र यतिबेला पनि -
      आगो बलेको छैन चिसो चुलोहरुमा
      चन्द्रमा उदाएको छैन कहाली लाग्दो रातमा
      न त सेलाउन सकेको छ पिडाका ज्वालाहरु
      अझैपनी,
      मलाई चिथोर्नेको कमी छैन यहाँ
      मलाई निचोर्नेको पनि कमी छैन
      कहिले धादिङ्गमा रुवाउछन
      कहिले कोशीमा बगाउछन
      कहिले धनकुटामा लडाउछन
      कहिले चितवनमा पल्टाउछन
      कोहिले स्विजरल्यान्ड बनाउछन
      कोहिले पोइजन्ल्यान्ड बनाउछन ……

      त्यसैले !!! हे !!! अल्लाहा !!!
      अब म यो कातर मैन जस्तै
      अफु पग्लिएर, आफु रित्तिएर
      अरुलाई भरी बनाउन सक्दिन
      थुनिएकी छु पिडाको जन्जिरभित्र
      मक्का मदिना पुग्ने सपना देख्दिन
      तिमी बुझ या नबुझ ;;;;;;
      केही गर या नगर ;;;;;;;
      शायद ! यो मेरो अन्तिम पत्र हो तिमीलाई
      किनकी……
      मेरो भोली होला
      या नहोला ।।।

      प्रदिप स्रि
      दोहा कतार
      संपर्क sp.sapani@gmail.com

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker