मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    आमा विदेशिए बच्चाको विजोग

    -आनन्द राई

    रोजगारीको लागि विदेश जाने होडबाजीमा आमाहरु समेत लाइन लाग्न थालेपछि नाबालकहरु जिउँदो टुहुरा हुन थालेका छन्। पहिला पहाडे मंगोल मूलका केही जातिमा सीमित यो समस्या अहिले नेपालका सबै जात र क्षेत्रमा डढेलो झैँ सल्किएको छ। शिशु अवस्थामा आमाबाबुबाट प्राप्त हुने माया नानीहरुको नैसर्गिक अधिकार हो। तर ग्रीन कार्डको चक्कर एवं वैदेशिक रोजगारीको अधिक मोहले आमाहरु विदेशिन थालेपछि नेपालमा हुर्किंदै गरेका तिनका बालबालिकामा मनोवैज्ञानिक विचलनका डरलाग्दा समस्याहरु देखिन थालेका छन्।

    -पाटनको एउटा स्कूलको गर्ल्स होस्टलमा रहेकी एक किशोरी आधारातमा केटाहरुको सेक्सनमा फेला परिन्। त्यो क्रम लामो समयदेखि चल्दै आएको थाहा पाएपछि स्कूल प्रशासनले ब्रुनाइमा रहेका अविभावकलाई खबर गर्यो। व्रिटिश गोर्खामा रहेका अभिवकले उल्टै याचना गर्दै भने- आउँदो अप्रिलसम्म जसरी पनि राखिदिनोस् न प्लिज।

    -बौद्धको महँगो स्कूलमा राखिएका सुमन हाल क्यालिफोर्नियाबाट डलर पठाउने आमा पूर्णमाया र बाबु राम घलेलाई सम्झेर नरोएको दिन हुँदैन। स्कूल होस्टेलमा ‘घाँडो’ बनेका अवोध समुनले आमाबाबुलाई सम्झेर रोएको ‘अपराध’मा पटक पटक वार्डेनको पिटाइ खाइरहेका छन्।

    माथिका घटनाहरु रोजगारका लागि आमाहरु बच्चा छाडेर मुगलान पस्न थालेपछि उत्पन्न विचलनका प्रतिनिधि नमुना हुन्। यस्ता खबरहरु टोल छिमेक र मिडियामा बढ्दो क्रममा देखिन थालेका छन्। आमाबाबु छाडेर गएका नानीहरुलाई पढाइरहनुभएकी भीमसेनगोलास्थित रिलायन्स स्कूलकी एक शिक्षिका त्यस्ता बालबालिकाहरुले अवर्णनीय मानसिक वेदना खेपिरहेको बताउँछिन्। नवजात अवस्थामा आमाबाबुको नियमित स्पर्श मुख्य खुराकको काम गर्छ। काउन्सिलिङमा विद्यावारिधि गर्दै गरेका मनोविज्ञ गं‍गा पाठक भन्छन्- ‘आमाबाबुको सोही स्पर्शले उनीहरुको शारीरिक र मानसिक विकासमा ठूलो भूमिका निर्वाह गरेको हुन्छ।’ उनीहरुले स्पर्शलाई नै खुशी वा रिस व्यक्त गर्ने अभिव्यक्तिको माध्यम पनि ठान्छन्।

    आमा विदेशिँदा नानीहरुलाई कि बोर्डिङ स्कूलमा कि आफन्तहरु कहाँ छाडिन्छ। बच्चा छाडेर विदेश जाने श्रीमतीका श्रीमान्हरु पहिल्यै विदेश पुगिसकेका हुन्छन् वा जाने लाममा बसेका हुन्छन्। नेपालमै रहे पनि नानीका निम्ति बाबुको माया आमाको जस्तो हुँदैन। काठमाडौंका महँगा स्कूलहरु विदेश पसेका आमाबाबुका सन्तानहरु राख्ने थलो बन्दै गएका छन्। आमाबाबु महँगा स्कूलमा छोराछोरी राख्न पाएकोमा दङ्ग छन्। तर अनुशासनको लौरो देखाएर बोर्डिङ स्कूलमा राखिएका बालबालिकाहरु आमाबाबुको तिर्सनाले छटपटाउँदा धितमरुन्जेल रुन समेत पाउँदैनन्। यस्ता मानसिक दबावले बालबालिकाहरुमा मनोवैज्ञानिक विचलन पैदा गराउँदैछ। ‘आमाबाबुको प्रत्यक्ष हेरचाहको अभावमा नानीहरुको मन मष्तिस्क डर र अनिश्चितताले भरिन्छ। यस्तो अवस्थामा तत्काल भावनात्मक उपचार वा आमाबाबुको माया नपाए उनीहरुको संवेगात्मक पक्ष ध्वस्त भएर जान्छ’- पाठक भन्छन्।

    मनोविज्ञान विज्ञहरु किशोरावस्था नकाटेसम्म बालबालिकालाई आफूँसँगै राख्नु यो समस्याको समाधान हो भन्छन्। तर पैसाप्रतिको अति मोह त्याग्ने र सन्तानप्रति बढी मानवीय भावना एवं मातृवात्शल्यता आमाहरुमा पैदा नभएसम्म यो समस्या घट्ने देखिँदैन।

    (पत्रकार राईको ‘मुगलान’मा प्रकाशित लामो रिपोर्टको संक्षेप उदृतांश)

    No related posts.

    70 comments to आमा विदेशिए बच्चाको विजोग

    • Arjun/Doha

      Mumn…I really enjoy reading the comments on this platform of Nepalese diaspora. Worth visiting, indeed.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • सार्थक, दोहा-कतार

      यस्तो अवस्थाको सिर्जना कसैको जिविकोपार्जन गर्न पैसा कमाउनै पर्ने बाध्यताले र कसैको भने धेरै धन कमाउने महत्वकाङ्क्षाले भएको हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • kamala belgium

      बिदेस लाग्नु रहर मात्र होएन हामी नेपाली हरु को बाध्यता पनि हो।मेरो विचारमा बच्चा बाबु आमा दुबइको समिप मा राख्न नसके पनि बाबु आमा मध्यए यक जना को काख मा हुनु पर्छ। सानो म बाबु आमा को माया मामाता नै बच्चा लाए ठुलो कुरा हो। बच्चा समिप मा राख्ने अनुकुल बनाएर बच्चा जन्मौनु बुद्दिमत्ता जस्तो लाग्छ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bb

      Here not only the people who are leaving their child back home, the parents who are taking the child along with them to foreign land is also treating in the same way. Money is playing a great factor in life than the care for their children. This became one of the very challenging role for parents.

      It is a fact that one should earn money to live but the question is HOW MUCH???? I can see people working from early morning to night leaving their child with neighbour, housemate etc.. (not even with relatives… where can you find relatives in foreign land like in your own country??) and both parents goes for work though the income is sufficient to live. The wish to earn more money is the wish of everyone but if you have a child who still need your care then, in such circumstances, the parents should be able to sacrifice a bit of wealth for the sake of their child/children’s happiness.

      In fact, this is all upto the parents. Who really does think for their child can manage the situation but the parents who only wish to earn money and make a big deposit in bank will one day end up in great regret for not being able to take care of their child on the right time when their child needed them the most.

      Reality bites but reality is the bitter truth!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bidrohi

      I appreciate your reply, Mr. Avishek, because MAN IS A BUNDLE OF MISTAKES: but we have to take a lesson from our mistake by committing not to repeat it again in future. Thanks.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yo chai ho hai i have also seen many nepali mothers who are working here and are away from their family touch, they damn care their family, husband,…………?????????!!!!!!!1

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tilak Karki U.S.A.

      HERERA MARNU BHANDA CHHEREA MARNU BES,RAHAR HOINA BADDHETA HO.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • ajay

      Its a serious issue. Lets keep it up more discussion.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Durga uk

      khai k vanu
      afno sano chhoripani nepal chha
      yo work permite ko tensionle full time kam garnu parne vayo
      hamilai school and collage ma very basic need matra pura vayakole chhorachoorilai testo naparosh jasto lagera yaso gardai chhu
      iam doing this things just to see my daughter’s future very best–nothing else-in this situation god and daughter will forgive me.
      –ki kaso sathiharu—————

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Durga uk

      khai k vanu
      afno sano chhoripani nepal chha
      yo work permite ko tensionle full time kam garnu parne vayo
      hamilai school and collage ma very basic need matra pura vayakole chhorachoorilai testo naparosh jasto lagera yaso gardai chhu
      iam doing this things just to see my daughter’s future very best–nothing else-in this situation god and daughter will forgive me.
      –ki kaso sathiharu—————

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shishir

      oh, poor Luna. kabita internet le khaai diyo ki?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      स न्ताप
      ————
      क ठ्याङ्रिएका मनहरु
      च्बास्स पोल्ने ‘प्रचन्ड ‘ राप देख्दा
      बत्तिको तापमा झुम्मिएका पुतली झुम्मिए झै
      झुम्मिएर –
      घन घोर अघोर घन श्याम बादल टुक्राहरु
      गजुर भरी –
      गगन भरी –
      नेपाल भरी –
      भयन्कर को आक्रिती मुनी
      गरुडको छायामा
      सर्प गुट्मुटिए झै -
      त्यस्तै
      मान्छे काप्दै
      थ र् र र् रर
      एक डल्लो भएर
      डराउदै –
      अनी ,
      आश पनि गर्दै
      आश ! फगत आश –
      बादल को परिवर्तन बर्षामा
      प्रचन्ड तापको परिवर्तन उर्जामा–
      फगत आश –
      पेट भर्ने आश -
      सपना भर्ने आश –
      सब ब्यर्थ हुँदै छ
      न प्रचन्ड ताप भो उर्जा
      न बादल भो बर्षा
      न मेट्न सक्यो स न्ताप
      न भेट्न् सक्यो प्रताप -
      बरु झन थपियो अभिसाप -
      देखिदै छ भबिस्य अध्यारो को
      बिश्बास क म् उज्यालो को
      भौतारिदै छ ज्योति ‘पाला’ को
      बिजोग हुँदै छ ‘लालाबाला’ को –!
      °

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bijita

      every coin has its two side. There is a question of overall development and personal development. Rome was not built on a day likewise Nepal have to be built tara but kintu parantu it takes time. Nowadays people are walikng away from home but have to compromise there is a new dawn. the economic progress and naturally the day is near kids of today and the future kids will be enjoying their parents sacrifice. harek kuralai negatively naherau.samjhauta garna jaroori cha. gharmai basera dhido ra saag khayera yo sansar ma astitwa joginna have to move out and see the world for better.Good luck big hearted parents.
      Bijita

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      all i know is nepali people do not know how to talk,they think they know every thing,but they really do not,and they do not want to know anywat specially who is liveing out of Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manoj

      I tried to post my comments many times before but never showed up. Any reason?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      where is my commente in poem ?
      i send but it lost -

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      ” सन्तान को बिजोग ”
      ——————-
      क ठ्याङ्रिएका मनहरु –
      च्बास्स पोल्ने ‘प्रचन्ड ‘ राप देख्दा
      बत्तिको तापमा झुम्मिएका पुतली झै
      झुम्मिए –
      घन घोर घनश्याम बादल टुक्राहरु
      गजुर भरी –
      गगन भरी –
      नेपाल भरी –
      भयन्कर को आक्रिती मुनी
      गरुडको छायामा
      सर्प गुट्मुटिन्छ –
      त्यस्तै –
      मान्छे काप्दै
      थ र् र् र् –
      एक डल्लो भएर
      डराउदै –
      अनी ,
      आश पनि गर्दै
      आश ! फगत आश –
      बादल को परिवर्तन बर्षात मा –
      प्रचन्ड तापको परिवर्तन उर्जामा –
      फगत आश –
      बाझो जमिन भिज्न
      खेती बालिको आश -
      पेट भर्ने आश
      सपना भर्ने आश –
      सब ब्यर्थ हुँदै छ
      न प्रचन्ड ताप भो उर्जा
      न बादल भो बर्षा –
      न मेट्न सक्यो स न्ताप -
      न भेट्न् सक्यो प्रताप
      बरु झन थपियो अभिसाप –
      देखिदै छ भबिस्य अध्यारो को
      बिश्बास क म् उज्यालोको
      भौतारिदै छ ‘पाला ‘ ज्योति को –
      बिजोग हुँदै छ ‘लालाबाला’ को — !
      °

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      ” सन्तान को बिजोग ”
      ——————-
      क ठ्याङ्रिएका मनहरु –
      च्बास्स पोल्ने ‘प्रचन्ड ‘ राप देख्दा
      बत्तिको तापमा झुम्मिएका पुतली झै
      झुम्मिए –
      घन घोर घनश्याम बादल टुक्राहरु
      गजुर भरी –
      गगन भरी –
      नेपाल भरी –
      भयन्कर को आक्रिती मुनी
      गरुडको छायामा
      सर्प गुट्मुटिन्छ –
      त्यस्तै –
      मान्छे काप्दै
      थ र् र् र् –
      एक डल्लो भएर
      डराउदै –
      अनी ,
      आश पनि गर्दै
      आश ! फगत आश –
      बादल को परिवर्तन बर्षात मा –
      प्रचन्ड तापको परिवर्तन उर्जामा –
      फगत आश –
      बाझो जमिन भिज्न
      खेती बालिको आश -
      पेट भर्ने आश
      सपना भर्ने आश –
      सब ब्यर्थ हुँदै छ
      न प्रचन्ड ताप भो उर्जा
      न बादल भो बर्षा –
      न मेट्न सक्यो स न्ताप -
      न भेट्न् सक्यो प्रताप
      बरु झन थपियो अभिसाप –
      देखिदै छ भबिस्य अध्यारो को
      बिश्बास क म् उज्यालोको
      भौतारिदै छ ‘पाला ‘ ज्योति को –
      बिजोग हुँदै छ ‘लालाबाला’ को — !
      °

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      ” सन्तान को बिजोग ”
      ——————-
      क ठ्याङ्रिएका मनहरु –
      च्बास्स पोल्ने ‘प्रचन्ड ‘ राप देख्दा
      बत्तिको तापमा झुम्मिएका पुतली झै
      झुम्मिए –
      घन घोर घनश्याम बादल टुक्राहरु
      गजुर भरी –
      गगन भरी –
      नेपाल भरी –
      भयन्कर को आक्रिती मुनी
      गरुडको छायामा
      सर्प गुट्मुटिन्छ –
      त्यस्तै –
      मान्छे काप्दै
      थ र् र् र् –
      एक डल्लो भएर
      डराउदै –
      अनी ,
      आश पनि गर्दै
      आश ! फगत आश –
      बादल को परिवर्तन बर्षात मा –
      प्रचन्ड तापको परिवर्तन उर्जामा –
      फगत आश –
      बाझो जमिन भिज्न
      खेती बालिको आश -
      पेट भर्ने आश
      सपना भर्ने आश –
      सब ब्यर्थ हुँदै छ
      न प्रचन्ड ताप भो उर्जा
      न बादल भो बर्षा –
      न मेट्न सक्यो स न्ताप -
      न भेट्न् सक्यो प्रताप
      बरु झन थपियो अभिसाप –
      देखिदै छ भबिस्य अध्यारो को
      बिश्बास क म् उज्यालोको
      भौतारिदै छ ‘पाला ‘ ज्योति को –
      बिजोग हुँदै छ ‘लालाबाला’ को — !
      °

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bimal adhikari

      सबै मान्छे हरु को समस्या एकै हुदैना / हवादारी कमेन्ट नालेख्दा राम्रो हुन्थियो / हाम्रो समाजमा आफु मात्रै जान्ने बुझने अरु लाई कही आउदैन भन्ने मानसिकता बोकेर बिषय को गहिराई नबुझी बिद्धुत्ता नादेखौदा राम्रो हुन्छ /

      बिमल अधिकारी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रतिक शंकरनगर

      के बिदेशिनु सबै को रहर होला र ? बाध्यता पनि त होला नि साथी हरु बरु देशैलाई मायामारेर नफर्कनु चाँही हुँदैन है /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Satya

      चीची (पैसा) र माम (पारिवारिक सुख) दुबै त पाएको पाई भो. चाहे देशमा बस्नुस अथवा बिदेशमा, पैसा को पछाडी दौडे पछि, कही मतलब हुदैन. येती सम्म हो की, बच्चाहरु आफ्नो अगडी भयो भने मन मा आनंद हुन्छ, तर पैसा को पछाडी दौड़ने लाई त त्यो पनि मतलब हुदैन. फेरी आमा, बुबा साथै हुने बितिकै बच्चा हरुको upbringing राम्रो हुन्छ भन्ने पनि त छैन नि. बिशेस गरी बिदेश मा नेपाली परिवार मा आमा, बुबा सबै काम गर्छन, अनी सांचो रूप मा भन्ने हो भने, आफ्नो बच्चा ले के गर्दै छ, के पढ्दै छ, संगत कस्तो छ, त्यो सोध्ने फुर्सत पनि हुदैन. तेसैले चाहे देश मा बस्नुस वा बिदेश मा आफ्नो बच्चा लाई टाइम दिनु नै महत्वपूर्ण कुरा हो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lalit Thapa

      Hi buddies I really enjoyed your comments. In fact, I read comments rather than articles.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Santosh Poudel

      Yes, I can feel the depth of the above articles. I have seen many childrens who had lost their way and the circumstances they are facing on. It’s the right of childrens to get proper care from parents however the situation is found to be different in practical. However let’s wish every child in our society should not suffer from the above reasons.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पौडेल

      हुन त म अहिले एक्लो छु तर जब म मेरो त्यो बेलाको कल्पना गर्छु, टेन्सन भएर आउछ। त्यसैले आफ्नो परिवारलाई पनि आफ्नो साथमा राख्न सक्ने अबस्था नभउन्जेल सम्म बिहे पनि नगरु जस्तो लागि रहेको छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram Tamu

      आदर्णीय कमेन्त्मा पाल्नु भएका महानउभाबहरू हो ,

      पर्देशिनू कसैको रहर होइन त्यो त सबैको बाध्यता हो !
      आफ्न कलीला बाल्बच्चाका सुन्दर अनी सफल भबिश्यको खोजी गर्दै आमा बाबु पर्देशिनु त कर्तब्य हो ! तमु पर्बत् हाल अष्ट्रेलिया

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हामी नेपालीहरुलाई खाली किन अरुको गल्तीलाई मात्रै नियाल्ने बानी लाग्छ । एउटा comment को कुरा होस या अरु कुनै । वास्तविकता बुझ्ने प्रयास गरे राम्रो हुन्न र ? के यहाँ ईंग्लिश अनी नेपाली कम्जोर बोल्नेले एउटा खिल्लिको पात्र नै बन्नु पर्छ ? सबैको आ- आफ्नै कम्जोरी हुन्छ । हामी हाम्रै कम्जोरिलाई नियाल्ने तर्फ लाग्ने पो हो कि ??

      Israel

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • देश भरी नै आर्थिक संरचनामा आएको यस्तो परिवर्तन हरेक गरीब देशमा देखा परेको छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • तेस्ता बाबा आमा लाई धिकार होइन
      हजुर बरु धन्दे भन्नु होस् तिनै बाबा,
      आमा ले कमायाको पैसा ले देश को
      अर्थ तन्त्र चलेयको छ हजुर नत्र देश
      ऐले सम्म यो अवस्था मा पनि हुनी
      थ्यन हजुर
      उमाकान्त
      मलेशिया

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Avishek, Denmark

      एस्ता बौ आमा लाई धिक्कर छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • it is the serious problem spreading througout the country .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • tara mgr palpali

      अब क् गर्न सकिन्छ र यो सब देशको परिस्थिती र माहोलले श्रीजना गरेको स्थिती हो नेपाली समाज अहिले डोलर कमाउने खेतिको कम्पिटिसनमा छ। गरीब मुलुक भएर के गर्ने पश्चिमी मुलुक हरुको दाजो र् सिको गर्दै आफ्नो रितिरिवाज्लाई थन्क्यएर बिदेशी सस्कृतिको नक्कल गर्न नसके पाखे भइन्छ यो समाजमा। सबैलाई आफ्नो देशमा पेरिस्रम गर्न लाज लगिरहेको छ अथवा पेरिस्रम गरेजसो आम्दानी र कामको मुल्ल्यङ्कन हुन सकेको छैन। सबैभन्दा ठुलो लगानी पढाईका निम्ती गरेपनी तेसै अनुसारको सिप र उपयोगी छैन। अर्को पट्टी शिक्षाण सस्थाहरु पनि उचित,सुहाउदो र ब्यहरिक शिक्षा दिन सकिरहेको छैन। देशको एस्तो सम्बेदनशील संस्थाहरु पनि ब्यापारइक करणले ग्रस्थ छन। उस्लाई नि पैसा नै सोहोर्ने ध्यौन्नमा छ।मलाई लाग्छ भौगोलिक दृष्‍टिकोणले सुहाउदो सिपमुलक र ब्यवहरिक शिक्षा लाई बदवा दिने हो भने र यो सबै सिप र श्रमलाई आफ्नै भुमिमा उपयोग गराउन सक्ने महोल श्रीजना गर्ने हो भने मात्र देशले कचुली फेर्दै यिसबै समस्याको समाधान हुँदै जाला। तर यो सब मिलाउने जिम्मा देश हाक्ने नेताहरुमा भर पर्छ। नेपाली नेताहरु कस्ता छन त ,,,,,,,,,,,,,,,,,,,,,???????
      from UAE

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Prabin

      के गर्ने त ? जीवन चलाऊन $ चाहियो नि ! अनी बच्चाहरुलाई एकलैइ नछोधी धर नै छैन । कि सरकारले प्रयाप्त रुपमा रोजगारको ब्यबस्था गरिदिनु पर्‍यो । अनी को जाओस त बिदेश !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • चेम्जोंङ मनोज,Middle East

      खोई कस्तो कुबुद्दी भएका बाऊ-आमाहरू हुन कुन्नी?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Sharma

      कृष्णजी ,
      नेपाली मा लेख्ननुस्न ,
      नजानी नजानी अङ्रिजी मा किन लेख्न प्रर्यो ?
      कती लाज नलाग्नी ?
      शर्मा

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • kalu bhai

      yestai ho afnu desh ma kunai pani asha nabhayeko le garda nai paristhiti pareko ho yo.chor raai chor le bhariyeko hamra neta nepali le pashina ko pashina nai maridine bhaye.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Krishna Pant New York

      this is absolutlty correct. It happend because of unemplyoment,unstable countery situation and so on. children are along. parents too .they are serious about children but they can’t do anything. Now I am in america my children are with my my wife in nepal. I am seroius. Like me other too. Most of parents are in abroad children are along. I don’t think so it has easy solution. We must have oppertunity there.
      If again country’s coundition does not go better children situation will be again more terrible. Our children will be parentless. It is sure. Unless political leader don’t think for sustainable solution we alwayes suffer.
      pls Do in time. Tomarrow never come.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • The Aavas

      आफ्नो सन्तान को हेर्चाह नगरने त्य्स्त्त बाबु आमा लाई बच्चा जन्मौने अधिकार पनि चाइना जस्ले आफ्नो सन्तान को हेर्बिचरा गर्न सक्दिननन उनी हरु लाई माया को जरुरत हुन्छ जुन कुर उनी हरु ले पौदैनन। पैसा सबै कुर होएन भने कुर उनी हरु को दिमागमा कहिले आउचाह कुन्नी तेर तेती बेला सम्मम धिल भाईसकेको हुन्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • krishna shrestha

      dollar is sometimes becomes hanging rope so think it on time PARDESHI AAMAA BABA HARU

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Lal Kumari

      “tare Jamin par” film dekhaidiuna yi dollar premi ba-amaharulai.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • विस्मृती

      शर्माजी अमेरिका वसेको मान्छेलाई अंग्रेजी बोल्दा बोल्दा लेख्न पनि मन लाग्यो होला त्यसैले लेख्नु भएको होला । उहाँको आफ्नो रहर पुरा गर्न दिनुस न । तपाँईले उहाँको आशय बुझ्नु भयो भने ठिकै छ नी । लाज भन्ने कुरा त्यस्तै हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Purna

      तपाईं पहिला आँफै नेपाली शुद्ध सँग लेख्न सिक्नुस शर्मा जी !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • The Aavas

      हाहाहाहाहाहा कुरा त राम्रै हो तर पनि भन्न खोजेको कुरा बुझे त भ्यो नि कि कसो ????

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • चेम्जोंङ मनोज,Middle East

      हो,यस्तोलाई पो गल्ती भनिन्छ त,बेकारमा तिमिहरू टाइपिङ मिस्टेकलाई पनि “कालो” र “सेतो” को उदाहरण दिदै गल्ती औलाउछाउ| साँच्चै कृष्ण जी,यदि हजुरलाई अंग्रेजी पुरा थाहा छैन भने रोमन मै हान्दिनुस न के जान्छ र,तपाईको? न्यूयोर्कमा बसेँ भन्दैमा इंग्लिश मै लेख्नु पर्छ भन्ने के छ र? तपाईको कमेन्ट त मैले पनि राम्ररी बुझिन भनेको|

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Tilak Karki U.S.A.

      Bismriti ji mind your language.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Avishek, Denmark

      तपाईं को ईंग्लिश stand up comedies haru भन्दा कम छैन । vey funny.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sunil(qatar)

      kura english ko hoina baby. kurata comment ko ho.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • vijaya

      what do you think your r the only one who knows the way of communication in english.my friend try to understand the feelings in the comment.
      krishna jee i like your comment.
      thank you
      vijay

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bidrohi

      धिक्कार गर्नु छ भने गर्नुस न १० बर्षे जनयुध्ह गर्नेलाई, आज हाम्रो देशको यो स्थिती उनिहरुले नै गर्दा भएको हो । देशमा सन्चालित उध्योग धन्दा, योजना परीयोजना सबै धारासाही भएपछी रोजगारिको कुनै अवसर नपाएपछी, आफ्नो ज्युज्यान जोगाउन, मुखमा माड लगाउनकालागी धेरैका बाध्यता भये होलान बिदेशिने, नत्र कस्लाई रहर छ र आफ्नु देश, आफन्त, परिवार, बालबच्चा छोडेर अर्काको देशमा दु:ख गर्न। अब त उनिहरुको युध्ह पनि सकियो शायद ! सरकारमा पनि छन अब देश र जनतालाई राहत मिल्ने कार्यमा इमान्दरिक्ताकासाथ लाग्नु पर्‍यो मात्र बिकासे गफ हाँक्नु भएन गरेर पनि देखाउदै जानु पर्‍यो बिगतमा धारासाही भएका उद्योग धन्दा सन्चालनमा ल्याउनु पर्‍यो, रोजगारिको बातावरण स्रिजना गर्न सक्नु पर्‍यो अनि मात्र बिदेशिएका शिक्षित जमात बिस्वस्त हुनेछन देश बिकासमा हातेमालो गर्न स्वदेश फिर्ने छन। होइन भने फेरी उही अन्ध्यारो कुना रोदन र क्रन्दन ! बचाउ ! बचाउ ! मलाई र मेरो यो देशलाई बचाउ !!! अनि मुर्दा शान्ती ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ye hajur!! Easy to say but hard to do. try to be urself “GOOD FATHER”. don’t shout others,it might back to you.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • deep

      k ko dhhikar bhanchhai timi timi yek jana sampanna bhayera hunchha sara nepali yaha sampanna chaina nepal sahi rojgar napayera nai hami jasto manchhe bidesh janu pare ko aapnao nani haru lai chhodera aapnao mutu ko yukra lai chodera kaslai bidesina mann chha ra yaha sabai ko aa-aaphnao majburi hunchha hami yaha marubhumi basera kuanai aaiyasy gardai chaina hami yaha ragat pasina bagai rakhe ko chhao ta tehi santan klo lagi ho.Ho aapnao chora chori k kasto halat ma basi rakhe ko chha tyo hernu aawasyek ta chha aapnao bachha lai bidesh ma basera pani care garna sakinchha hami uni haru ko lagi aapnao desh ra pariwar bata tadha basnu pare ko chha tara timi le tesari bahira baseko hare babu aama la gali garna mildiana kahile kahi yo pani sochne gara ki hami kina bidesiye ko chhoa bhane ra comment lekhna payo bhane ra yesari j payo tehi lekh ne hai Mr. abhishek

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ke ko dhikkar,pahila bau-aama bhayera garibi ma bachera hernus mitra ,pet le pahila maya khojchha ki khana,bidesh rahar hona, badheta ho.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • la hai tara jee!! bhanna khojeko kura chai ramro chha. man paryo hai malai pani. rastra le ubjayeko samasya rastra le nai behornu parchha ni hoina?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • बी.एड., बी.कम., बी.एस्सी. गरेर मात्रै शिक्षक वा वार्डेन हुने परिपाटी फेरिनु पर्‍यो। अनि एउटा राष्ट्रियस्तरको संस्थाबाट शिक्षक र वार्डेनले मायालु अभिभावकको जस्तो व्यवहार गर्नु पर्ने तालीम दिनु पर्‍यो। अनि मात्र शिक्षक हुन पाईने नियम बनाईनु पर्‍यो। होइन भने, पारंपरिकरुपमा पिटेरै अनुशासन आउँछ भन्ने मानसिकतामा परिवर्तन ल्याईनुपर्‍यो।

      शिक्षक वा विद्यालयबाट शारीरिक यातना दिईने घटनालाई गंभीरतापूर्वक हेरी प्रष्ट कार्यवाही गर्नु पर्‍यो। विद्यार्थीले विद्यालयको हाता भित्र र बाहिर पनि शारीरिक दण्ड नपाउने कुरा सुनिश्चित गर्नु पर्‍यो देश भरि। यस्तो जंगली पारा कहिले सम्म?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Aerose Sigane.

      because avisek is not perfect in english so he said so i think its ok
      not funny

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Avishek, Denmark

      ओए सिगाने , huna त् मेरो पनि तेती राम्रो छैन। तर त्यस्तो हसाउने गरी लेख्नु भन्दा त बरु नेपाली नै ब्लग साईट हो क्यारे नेपाली मै लेखै भाईहाल्छ।
      तै पनि मेरो ईंग्लिश ISO मन्यता प्राप्त नै छ। अनी मलाई त्यो सब्बै ले नेपाली नै बोल्ने र बुज्ने ठाउँमा flaunt गर्नु पनि छैन।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • विस्मृती

      रिसानी भए माफ गर्नुस तर ISO मान्यता प्राप्त अ‌ग्रेजी चाँही कस्तो अग्रेजी हो नी अलि प्रष्ट् पारी दिनु भए हुन्थ्यो।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bb

      Yes people leave the homeland due to some circumstances whether its for the money, for the betterment of lifestyle or better future for their children. Regarding the case of children, if people go abroad to bring the better future to their children then rather than leaving the child with other relatives or in hostel, wouldn’t it be a good idea to stay either a mother or father with a child if they can’t take the child with them along?

      As it is stated in the article, the first and foremost, children should feel the warm feeling by their parents. When they grew up and become a teenager or when they will be independent then they wouldn’t prefer to be with parents even you wanted to. So, before the time gets late, we should learn to share the quality moment with our children rather than chasing for money, money and money…..

      In my point of view, though you have to leave the child back home, at least one parent should be able to stay with the child. I am sure everyone can manage this if they are unable to take the child with them for the sake of their childrens’ happiness.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • विस्मृती

      मध्यपुर्व पुगेका मान्छे तपाँई मात्र हैन अरुको पनि कमेन्टको आशय वुझ्दैन । त्यसैले लेख्दै गर्नुस एक दिन सवैले वुझ्छन ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • dream

      tapai lai middle east parti teti ghirna ki ho?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bidur

      ya. completely understandable . .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • I agree with you. Teachers in Nepal are so unqualified. Even I went through that stage of education under unqualified teachers. They need separate teacher’s licence which requires knowledge from every field. They become teacher right after SLC. Just think about it, what do they know about Child psycology?

      Tesai teacher bandaima hunchha?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Avishek, Denmark

      sorry again.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Avishek, Denmark

      मैले हतार म कमेन्ट गरेछु। माफ गर्न सक्नु हुन्छ भने तपाईं सँग पनि माफ माग्दै छु। अब देखी कमेन्ट गर्द अली सोचेर गर्ने गर्छु।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Avishek, Denmark

      तपाईं सँग पनि माफ माग्दै छु। i m sorry

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • टुना

      हजुरको कबिता पनि विदेशियो जस्तो छ, आमा बा को खोजीमा

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • suphie

      mitra rajendra ji tapaaika bishakta sabda haru yo my sansar ko pabitra canvas ma aaunu purba tapaaisangai raakhnu bes hola,malaai testo laagyo.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Tilak Karki U.S.A.

      RAJENDRA JI GIRJAKO BHAUJUKO NAM PANI LUNA HO K 6 B 4?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Aastha

      अभिशेक जी,
      तपाईंको काम चाँही सबै सँग माफि माग्ने मात्र हो ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bb

      Romanji,

      Staying in USA, you still have the narrow mind. Does the family should be taken care by the mother only? What about fathers? If a mother can work and earn sufficiently, father should also be equally involve in taking care of family and wife………There was a time when father goes to earn money and mother take care of baby. Now the time has changed. A child doesn’t only belong to mother… child belong to both parents so let’s not forget that father’s role in equally important in upbringing the family and child.

      There are fathers going abroad to earn money for the family but there are fathers who are making merry out of family as well living a double life. What do you say for such fathers?????

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker