यस साताको लागि चुनौतिका रुपमा फोटो-

(यो फोटो यस ब्लगका ब्लगर उत्तम बाबु श्रेष्ठले खिच्नु भएको हो)
कृपया कविता बाहेक यसमा अरु कमेन्ट नगरिदिनु होला। बिहीबार बिहानसम्म आएका कवितालाई मात्र प्रतियोगितामा समावेश गरिनेछ।
No related posts.
|
|||
शनिबार साहित्यः फोटो हेर्नुस् कविता लेख्नुस्यस साताको लागि चुनौतिका रुपमा फोटो- No related posts. 29 comments to शनिबार साहित्यः फोटो हेर्नुस् कविता लेख्नुस् |
|||
|
Copyright © 2012 Mysansar - Most Rights Reserved. |
|||
**** म माहुरी ****
******************
म माहुरी हुँ फूल मेरी रानी |
भेट्छु म नित्यै रसकी छे खानी||
फक्री रहेको फूल यो चुमेर |
बसी रहेछु रसमा भुलेर ||
@@@@@@@@@@@@@@@@
पिताम्बरै रङ्ग भएकी आफु|
नछोइ बस्दा मन हुन्न काबु||
खोजेर पाएँ रन-बन् डुलेर |
बसी रहेछु रसमा भुलेर ||
@@@@@@@@@@@@@@@@@
बिशाल खुल्ला दिलले पुकार्छिन्|
सुगन्ध दिई मन मुग्ध पार्छिन्||
निस्फिक्री त्यो यौवनमा डुबेर|
बसि रहेछु रसमा भुलेर ||
@@@@@@@@@@@@@@@@@@@
लुटी रहेछु उनलाई मैले |
नाची रहेछु उनीमाथि ऐले||
आनन्दको भोग महा झुलेर|
बसी रहेछु रसमा भुलेर ||
@@@@@@@@@@@@@@@@@@@
भूँ भूँ कराई जब उड्न थालछु|
छोडी नजाउ तिमी भन्न थाल्छिन्||
सक्दिन छोड्नै दिलले खुलेर|
बसी रहेछु रसमा भुलेर ||
@@@@@@@@@@@@@@@@@@@@
खुला दिलैकी रही छिन् कुमारी|
म प्रेम प्याला यिनको पूजारी||
कोमल् अधर् को मधुरस् पिएर|
बसी रहेछु रसमा भुलेर |
@@@@@@@@@@@@@@@@
बिदुर
मन परे हरियो, नपरे रातो
1
0
पराइको छाउनीमा सेन्ट्री बसे जस्तै
वा सोकेसका मिठाइहरु जस्तै
वा फार्म हाउसका पाल्तु कुखुरा जस्तै
हामी साच्ची हाम्रालागि होइनौँ
मह बनाउन मान्छेकालागी मौरीहरु बटुलिरहेछन पुष्परस
सजाउन मान्छेका महल फुलिरहेछन फुलहरु
हामी गोटी हौ समयका चलाइन्छौ मान्छेका इसाराहरुमा
सपनाका कुरा गरेर फुलबारीमा
हामी डेटिङ् जान पाउँदैनौ
हामीले लेख्न पाउन्नौ प्रेमील इकार्डहरु
हामीले पठाउन पाउन्नौ प्रेमोन्मत्त यस यम यस
हाम्रा कविता लेखेर फुर्सदिला मान्छेहरुले
मनाइरहेका छन प्रेम दिवश
हामी दिक्क छौ पढेर सदियौ देखी
तिनै फुल र भमराको मिलनको कथा
फक्रिएका बैशालु चाहना बेचेर
हामीले किनिरहेका छौ तिम्रोलागी
नयाँ गाडि नयाँ कुर्ची र नयाँ खैरोकोट
बटुलेर फुल फुलहरु वाट स्वच्छिक चन्दा
हामीले किनीदिएका छौ तिमीलाइ
सपरिवार बिदेश भ्रमणको हवाइ टिकट
वा लाखौको पलङ्
बस हामी फुलीरहन्छौ यसैगरी
बस हामी झुलिरहन्छौ यसैगरी
मान्छेका डरलाग्दा प्रेमका प्रतिकहरुमा
तर हामी फुल र भमराको ब्यथा भिन्नै छ
छुट्टै छ
उस्तै छ
मन परे हरियो, नपरे रातो
0
0
—–प्रेम र इस्वर ——
पखेटावाल जिब तर म लिन हुन चाहन्छु
हराउन चाहन्छु तिम्रो रसमा ,प्रेमरसमा
तिम्रो अबर्णित सौन्दर्यमा ,प्राक्रित यौवनमा
हो मलाई समाधिस्थ हुन देउ ,तिमिमा
तिमी मलाई सोच्दैछौ ,मेरो चाह रस हो
हैन म प्रेमकोदास हुँ तिम्रो प्रेमको
प्रकृतिले मलाई तिम्रो प्रेममा कैदी बनायो
एउटा जिम्मेवारी पनि तिम्रो लागि ,हाम्रो लागि
तिमी जस्तै फुलहरु फुलाउने म जस्तैलाई
तिम्रो अन्तस्करणको आवाज म बुझ्छु
अनी तिमी मेरो पनि त्यसैले हामी छौ
र हाम्रो प्रेम सदियौ देखी
तर उसलाई मान्य हुँदैन रे !इस्वरलाई
तिम्रो इस्वरलाई ,मेरो इस्वरलाई
हाम्रो निरन्तर पराजित प्रेम ,तर अमर प्रेम
अनौठो लाग्छ होला मान्छेहरुलाई
बिना घरवारको प्रेम ,हारेको प्रेम
माहुरी आफ्नै घारमा ,फुल बगैचामा
फेरी बिहानै सुर्योदयसगै शुरुभो प्रेम क्रिडा
माहुरी र फुलको ,हो अत्यन्त मिठो प्रेम
थुप्रै कबीहरु लोभिएका छन यो प्रेममा
प्रक्रिती आँफै लजाउछ र धिक्कार्छ पनि
आफ्नो सिर्जना अपुरो लाग्छ उस्लाई
आखिर किन उसले यो जोडीलाई
घारमा या बगैचामा जोड्न सकेन
.
मन परे हरियो, नपरे रातो
0
0
फुलको जवानी फक्रेको देख्दा
मौरी आफै डसी रहेछ
हाँसेर बाच्न जान्दछ फल
डसेपनी आफु हाँसी रहेछ ।।
पीडीत जस्तै लाग्ने मौरी
रस सँग वीन्ती गरीरहेछ
फुल सँग गल्ती भएको जस्तो
निउरेर शरण परिरहेछ ।।
फुलेर संसार सजाउनु छ
धर्तीको यो काँखमा
निष्ठुर कहिले हुन्नन् फुल
दुनियाँ को आँखामा ।।
मन परे हरियो, नपरे रातो
0
0
आत्मकथा
——-
कन्दरा संझेर
विगतलाई जोख्दिन,
सहारा खोजेर
शिखर म चढ्दीन,
सयपत्री छटाको
म एक थुँगा फूल।
++++
जवानीले मदहोश
ईर्ष्या केही साँच्दिन,
स्वार्थ बीच भुलेर
द्वेष म छर्दिन,
विशुध्द बान्कीको
म एक थुँगा फूल।
++++
वैंशमा दाँजिदा
उपमा देख्दिन,
आभामा मस्किंदा
गति म रोज्दिन,
अस्तित्व यौवनको
म एक थुँगा फूल।
++++
थालनी,कार्यको
म अग्र-सारथी,
प्रेम र विछोडमा
म बोल्छु आरती,
अब्बल यो चिनोको
म एक थुँगा फूल।
++++
पारखी बनेर
गन्तव्य खोज्दिन,
बिदाईमा बोकिंदा
नीरस म पर्दिन,
फक्रिंदो गौरवको
म एक थुँगा फूल।
++++
द्वारमा सजिंदा
म नीच पर्दिन,
शिरमा लगाउँदा
म नसा छर्दिन,
सौन्दर्य साँच्चीको
म एक थुँगा फूल।
++++
आशालाई छेकेर
मोहनी भर्दिन,
कल्पना साँचेर
म भर पर्दिन,
अतुल्य वासनाको
म एक थुँगा फूल।
++++
प्रकृति जितेर
भरोसा म बोक्दिन,
वैंश नझरोस्
कामना म गर्दिन,
अनुपम कलाको
म एक थुँगा फूल।
++++
नियती मिचेर
ईच्छा म बाँच्दिन,
ओइलिन नपरोस्
विनय म गर्दिन,
भमरा भुल्दैको
म एक थुँगा फूल।
++++
भईदियोस् रोजेको
श्रृंगार भर्दिन,
झुल्कियोस् सोचेको
निखार खोज्दिन,
षोडशी आशाको
म एक थुँगा फूल।
++++ ++++
मन परे हरियो, नपरे रातो
0
0
बिहानी को सुर्य सँगै म उदाउछु
आफ्नो मधुर बस्ना लियर
आफु सुकेर भयपनी
अरुलाई सन्तुस्ट बनाउछु
अरुको खुशी को लागि म सधैं फुलिरहने छु
अरुको दु:ख मा साथ दिदै रोइरहनेछु
म भित्र पनि छ कोमल भावना
मलाई पनि छ धेरै बर्ष बाच्ने चाहना
सबै ले देक्छन मेरो यो बहिरी सुन्दर्ता
तर कसैले बुझदैन यो मेरो अन्तर आत्मा
मलाई थाहा छ एक दिन म जानेनै छु
म आफु सुकेर भयपनी अरुलाई बाचाउदै छु
मन परे हरियो, नपरे रातो
0
0
आज राधा बैशालु छीन,
माहुरी संग प्रेमालाप गर्दैछिन,
१९६० को दसक,
रत्न दास दाई गुन्गुनाउछन|
‘म माहुरी हूँ राधा तिमी आप मंजरी हौ”
कहिले मैया मोरी में नही माखन खायो |
कहिले राधिके तुने बंसरी चुराई ,
हाम्रो त आफ्नै रेडियो नेपाल ,
आफ्नै मास्टर रत्नदास,
उनकै सुशेली हरु,
”म माहुरी हूँ राधा ,तिमी धारी खँजरी हौ ”
यता नागेन्द्र श्रेष्ठ गुन्गुनाउछन ,
‘येशोधा तिम्रो चितचोर’,
उताबाट आवाज आउछ ,
शाम तेरी बंसी पुकारे राधा नाम |
लंडन माँ इस्कोन चिच्याई रहेछ ,
हरे राम हरे कृष्ण ,
बेल्जियम बाट लुना लेख्छिन,
फुल प्रकिती को ब्यथा बुझ ,
अमेरिका बाट मदन लेख्छ ‘फुल महिमा’
माई संसार कई टाइटल चोर्न मन लाग्छ |
राधा ,फुल, कृष्ण ,उस्तै उस्तै हो नानू |
मन परे हरियो, नपरे रातो
0
0
आह कति राम्रो फूल्
मनै लोभ्याउने, मनमोहक्
सायद् आखालाइ पनि सकुन् मिल्न पर्छ
अनि मिल्न पर्छ मस्तिक्स्लाइ राहात्
बिहानिको सूर्य उदाय झै
झरी पछीको आकाश् खुले झै
ह्रिदयलाइ पनि मिलेको हुनु पर्छ् खुसी
मनसिक भावना भएकोछ स्फुर्त्
तर, तर मलाइ द्रिश्टिभ्रम् भएको महसुस् भैरहेकोछ
कारण्; फूलमा मौरी हो कि झिङा?
फूलमा मौरी बस्नु र मौरीले रस चुस्नु
स्वाभाविक् हो र प्रक्रितिको नियम् पनि
यसो भयेमा कसैले आसार्य मान्दैनन्
र म पनि यो प्रक्रियालाइ स्वाभाविक् ठान्दछु
तर,
दुर्गन्धित् ठाउमा रमाउने झिङा
यदि त्यो फूलमा बसेको भए
अस्वाभाबिक् र नियम् बिपरित् हुन्छ
अनि हेर्ने आखाहरु तर्सिन थाल्दछ
कतै नेपली समाजमा र सस्कारमा
फोहरी मात्र हैन घ्रिनित् सहित्को
रज्नीतिक् सोच् हावी भए जस्तै
स्वाच्, सुन्दर् अनि सुगन्धित् फूलमा पनि
त्यो फोहरी झिङाको रजाइ भएको त होइन
अस्तु!!!
Base Camp- Kabul
मन परे हरियो, नपरे रातो
0
0
बगैचामा आज फेरी एउटा फूल फक्रियो,
प्रेमको उत्कर्शमा आलिङनमा बाधियो,
आफुलाई रित्याउन तम्सिएको छ आज,
हेर कस्तो नियती ! यो उसको समर्पण,
फक्रिनुको सार्थकता यही बुझेको छ,
अनी बुझेको छ, भोली त उसले झर्नु नै छ!
मन परे हरियो, नपरे रातो
0
0
” फूल प्रकृतिको ब्यथा बुझ — माहुरिको कथा बुझ –”
(बाली बिरुबामा छरिने किट्नाशक औषधी ले बिस्तारइ बिस्तारइ प्रकृतिका सुन्दर फूल्हरुको सन्ख्यामा ह्रास हुँदै गैरहेको छ र माहुरी जस्तो अत्यन्तै गुण कारी किराको स्न्ख्या दिन प्रतिदिन घट्दै गैरहेको छ , जुन अत्यन्तै चिन्ता को बिषय –)
——————
पराग सेचनको
आतुर्यतामा
उुन्मत्त बैश फूलेर
सुगन्ध छर्दै
प्रेमी माहुरिलाई
आमन्त्रित गरिरहन्छे सुन्दर फूल ।
यो हरेक फूलहरुको बैश को कथा हो
यो प्रकृतिको सृस्टि हो
यही सृस्टि नै प्रक्रिती हो
हजारौ हजार बर्ष देखि को यो परम्परा
यो सुमधुर सम्बन्ध
कठै ! माहुरी बिना
फूल अत्रिप्त हुन्छे सधैं–
फूललाई माहुरिको चुम्बन
उस्को स्पर्श
सबै भन्दा प्यारो –
हरेक चुम्बन र स्पर्श मा
प्रत्यक पटक उु गर्बबती हुन्छे
अर्थात अनगिन्ती सन्तान जन्माइरहन्छे
अर्थात पराग कणिका मार्फत कयौ फूल जन्माउछे
बिज्ञानले यस्लाई
फूल र माहुरी बिचको मधुर सम्बन्ध लाई
“पराग सेचन ” प्रकृया नाम दिएको छ
यही हो माहुरी र फूलको प्रेम कथा
फूल सुन्दर्य कि रानी
माहुरी मेहनत को राजा
माहुरी
जस्ले स्बस्थ्य बर्धक मह बनाउछ
मानब को सेबा गर्छ
आज मान्छे
दिन प्रतिदिन
धेरै लोभ लालच मा
जानेर नजानेर
प्रक्रिती को बिनाश मा उद्द्त छ
उत्पादन को नाममा छरिएका किट्नाशक औषधीले
दिन प्रती दिन
माहुरिको सन्ख्या लाई घटाऊदै छ –
के यो सद्दे मान्छेको धर्म हो ??
बातावरण प्रती सचेत हुने
बातावरण बिद हरुले
यो अपराध रोक्न पहल गर्नु पर्यो
आबाज उठाउनु पर्यो
कानून बनाउनु पर्यो
आफ्नो यौन कामना पुरा गर्ने
मान्छेको जा त ले
माहुरिको कथा बुझ्नु पर्यो –
फूल प्रकृतिको ब्यथा बुझ्नु पर्यो –
समाप्त ।
मन परे हरियो, नपरे रातो
2
1
गुन्गुने मौरी
रस संकलन गर्ने
कामुक खेल
भुं भुं भमरा
रस मात्रै चुस्ने
संधै जालझेल
सर्यमुखी फूल
बेमौसममा
भयो रनभुल
जता रस
उतै निरमाया
जवानीको दोष
अपार साईनो
मौरी र फूल
संसार रसैरस
रस नशालु
विष बिषालु
उलर्दो बैशालु
पुर्छण उदासी
मन परे हरियो, नपरे रातो
0
0
~~“~~“~~“~~“~~“~~
~“~~ फक्रिएको फुल ~~“~~
~~“~~“~~“~~“~~“~~“~~“~~“
हासिरहेको कुनै सुन्दरी को अनुहार हो यो
सम्पूर्ण पोखेर स्वादहरु बर्सी रहेको मेघ हो यो
एकान्तको भावना हो यो कुनै प्रेमिकाको
मुटु घोप्ट्याउन आतुर बनेर हेरिरहेको
सम्पूर्ण सुम्पिने अभिलासाले
छटपट छट्पट चटपट चटपट
सम्पूर्ण यौनाङ्गहरु चलीरहेझैँ ,
रातो सेतो अनी गुलाबी बस्त्रमा सजिएर
कुनै बालक काखमा बोक्ने अभिलाषामा
उन्मुक्त आमा झैँ ,पर्खाइ को अभिलाषामा
दुधको धारा हरु बगे झैँ बत्सल्यताले
टोलाईरहेकी कुनै नव प्रतिभाहो यो
मानब्ताको धर्म के हो ? प्रेम के हो ?
सिकाउने लक्ष्य लिएर
स्वर्ग बाट झेरेकी परिको रुप हो यो
शान्ती ,सद्भाब ,दया ,उपकार चार रुप्ले सजिएकी,
हडबड हड्बड हडबड हड्बड चन्चल्तामा
केही केही नपुगेर छट्पटिएझैँ
सुइय सुइय हावाले झोका दिंदा आउने तरङ्गमा
गुन गुन गुन गुन गीत गाहिरहेकी प्रेमिकाकै रुप हो यो,
के के के के बोकिरहेकी छातीमा कसैलाई दिन बाँकी रहेझैँ
सम्पूर्णता आफुमा हुँदा हुँदै कसैले नबुझेझैँ
चन्चल चन्चल नेत्रहरु कोमल कोमल ओठ हरु
आशाहरु फालिरहेछन बेतोड सङ्ग
कोमल कोमल हातहरु बढी रहेछन अघिल्तिर
मुलायम अरु हातहरु पाउने आशामा ,
मग मग मग मग बास्नाहरु फ्याकेर
कस्तुरिले आफ्नै बास्ना खोजे झैँ
कसैलाई खोजिरहेको प्रेम्को बर्षा हो यो
फलेका फल हरु पाकेर झरेझैँ
झरिरहेछन मुस्कानहरु
शान्ती ,सद्भाब ,दया ,उपकार हरु
लाल लाल नेत्रहरु ,पर्खाइको उन्माद्मा
छरप्रस्ट फक्रीएको गुलाब हो यो
प्रेमी भेटे पछीको मुस्कान झै
सम्पूर्ण माया गासेपछीको माला हो यो
चन्द्रमाको किरण जस्तै सितलताको बिज हो यो
बिहान्को लाली जस्तै आँखाहरुको कला हो यो ,
धिप धिप धिप मधुर प्रकाशको ज्वाला झैँ
शान्त अनी सफा सँग फुलिरहेको
सम्पूर्ण kaसैको लागि भेटी चढाउन
काखमा लुटुपुटु पारेर खेलाउन
सम्पूर्णता उसैको लागि खन्याउन
बगिरहेको नदी झै हिडिरहेको शान्तिकै रुप हो यो
मन परे हरियो, नपरे रातो
0
0
(यो कबितामा प्रयोग गरिएका शब्दहरू वैश्यक नभैसकेकाहरूलाई उपयुक्त नहुन सक्छन्)
आशाका पलहरू
त्यो कोमल नितम्बको स्पर्शमा
ती अथाह मायाका चुम्बनमा
आँखा खोल्छु
उनका लामा केशहरू मुखभरि आउँछन् ।
उनको सजीब मायाको रूपमा
म कसिन्छु, बाँधिन्छु
र
ती केशहरू सुम्सुमाउँदै
म उनको अनुहार नियाल्छु
ती यौवनले भरिएका आँखामा
ती हिमालझैँ नागबेली लाएर उठेका स्तनमा
म चुम्बन गर्छु
खेलाउँछु
र उनको ओठमा आएर अडिन्छु
हात लम्काउछु
आई-फोनको सहारामा म कैद गर्ने प्रयास गर्छु
त्यो समयलाई
त्यो मायालाई
सम्झन्छु, म त्यो मायाबाट अर्को सप्तान्तसम्म बिमुख हुनु पर्नेछ।
उनी मेरो हातबाट फोन तान्छिन्
म अँगालो बेस्करि कस्छु
सायद
म त्यो क्षण त्यो पलमा नै जिउन चहान्छु
सायद
त्यो नै मेरो अन्तिम लक्ष्य हो।
अचानक,
झल्याँस्स बिउझन्छु -
मेरो सिरानी मेरो अँगालोमा बाँधिएको हुन्छ
टकिला र कोरोना बियरको बोतल भुँईमा लडिराखेको छ
अस्तव्यस्त छ कोठा
लाग्छ, यो कुनै अभागी ईराकीको घर हो -
जहाँ,
जहाँ -
भर्खर खानतलासी गरिएको छ
मेरा आधा किताब – बुक सेल्फमा छैनन्
भुँई पूरै मैला कपडाको बशमा छ -
ल्यापटपमाथी फ्रोजन पिज्जाका बट्टा बसेका छन
क्षतबिक्षत छ ढोकाको उनको फोटो
आधा जसो फोटो च्यातिएको छ
बाँकि पनि झर्नै लागेको छ
भित्तामा झुण्डिएको नेपालको झण्डा पनि
बिबश र पीडादायी अनुहार लिएर मलाई हेरि रहेको छ
नेपालबाट आमाको फोन आँउछ,
आमा मेरो भन्दा पनि पहिले
उनको खबर सोध्नु हुन्छ
म नाजवाफ हुन्छु – सबै ठीक भएको नाटक गर्छु
कुरा गर्दै – म त्यो पर्दाको डोरी तान्न पुग्छु
सूर्य रोसनीले मलाई आँगालो हाल्छ
र म मुस्काउँछु॥॥॥॥॥॥॥॥॥॥॥॥॥॥॥॥॥॥॥॥॥॥॥॥॥॥॥.
मन परे हरियो, नपरे रातो
0
0
फुल महिमा (मालिनी छंद )
-०-०-०-०-०-०-०-०-०-०-०
(((१)))
तिमी उजेली जून झै धराकी |
सौन्दर्य छर्ने मणि कन्दराकी |
स्वरुप तिम्रो जग माँ अपूर्ब|
फुल्छेऊ तिमी ,गर्दछ माली गर्ब ||१||
(((२)))
छैनन कुनै रत्न तिमी समान |
माया अपूरो तिमी छैन,जान |
देखि तिमी झुक्दछ स्वाभीमान |
छैनन कुनै शब्द गरु बयान ||२||
(((३)))
माता पिता बैरी सबै समेट्छेऊ|
सुगंधी रस्वासन माँ लपेट्छेऊ|
पिई मधु मस्त बुडा ज़बान |
छैनन कुनै ड्रिंक तिमी समान ||३||
(((४)))
चुसेर तिम्रो रस रित्ति इन्न|
साक्षी भू भू गर्दछ ,बैरी हुन्न|
तिम्रो समर्पण ,छ यहाँ नमूना |
छरी रहू कीर्ति यो त्रिभुबनमाँ ||४||
मन परे हरियो, नपरे रातो
0
0
पहिलोले प्रश्न गर्छ:
सत्तामा आशिन को हो ? ठम्याउन गाह्रो भो ।
दोस्रो बोल्छ:
सरकार्नै हुनुपर्छ : पखेटा देख्छु , अन्तीना छन, थोरक्स अब्दोमेन सब का सब ।
नेपाली नै देखिन्छ । हुबहु ।
सरकारै हो। मख्ख पर्छ आफ्नो ठम्याइमा ।
—————-
जिजिबिशामा कोरस सुनिन्छ,
हेर त !
कस्तो उज्ज्यालो ,
सुर्यको पहेलो किरण झै प्रकाश छ ।
यो ज्ञान को ज्योति हो ,
यो बिकास को मोती हो ।
यसकै आशामा, हामी हलो जोती राखौ
पहाड फोडी राखौ ,
अन्नहरु फल्ने छन, बाट हरु खुल्नेछन । ।
दोस्रो सोच मा डुब्छ,
स्कुल खुल्नेछन , छोरानाती पढ्नेछन,
हो गाठे,
यो त माहुरी हो मह दिन्छ ।
——–
खै कहाँ छ ज्योति? अन्धकार बाट पिडायुक्त आक्रोश पोखिन्छ ।
खै कहाँ छ मोती ?
हामी त अन्धकारमा छौं : युगौ देखी अज्ञानताको ।
ए! अहिलेत बत्ती पनि आउँदैनरे, साचै हो र ?
होइन भनिदेउन , मलाई डर लाग्छ ।
हत्या हिङ्सा चोरी डाँकैती घुस्पेठ बलत्कार उफ !!
मेरो स्कुले छोराछोरी छन : अपहरन मा पर्न सक्छन ।
आशामा धेरै जियौ , टुक्रिये ।
त्यसैले ,
होइन भनिदेउन : भोलिसम्म निराशालाई धकेल्न सके,
आजरात निद्र पर्ने सम्भाबना बढ्छ ।
दोस्रो धेरै बेर घोरिन्छ; निधार मा हात राख्दै ….
हो त ! अन्धकार छ , सुरक्षा छैन , सहयोग छैन ।
त्रास छ, सन्त्रास छ ….
—–
फेरी पहिलो बोल्छ ,
तर यो सत्ताशिन को हो?
दोस्रो बोल्छ
यो त झिङा जस्तो देखिदै छ गाठे । रोग दिन्छ ।
पहिलो बोल्छ, होर ?
अन्धकार छ: ठम्याउन गाह्रो भो ।
माहुरी रुपी झिङा कि झिङा रुपी माहुरी ।
ए बाबु! टुकी लेउ त बा देखिन्छ कि …
-AP
मन परे हरियो, नपरे रातो
0
0
bhamara fulko rasima ahaaaaaaa kati ramro drisya yo ta naya yougal jodi ko sansar sanga related 6 yar.
मन परे हरियो, नपरे रातो
0
0
न रस छ फूलमा
न होस छ भमरामा
केवल भ्रम छ सुन्दरतामा
तर पनि
टुट्नु हुन्न सम्बन्धहरु ।
मन परे हरियो, नपरे रातो
0
0
फुलेर फुल बगैचा राम्रो माउरी घुमेर
ईन्द्रनै लठ्ह पर्दछन होला तिमीलाई देखेर
अप्सरा तिमी सोर्गकी रानी धर्ती मा झरेर
आएछन ईन्द्र तिमीलाई चुस्न माउरी बनेर
दिएर रस मदिरा पान माउरी भुलाउनी
सहेर कस्ट बोकेर भारी आँफैलाई लुटौनि
कस्तो हो त्यो जवानी तिम्रो ढुङ्गा नै रसाउनी
बर्षाको झरी पियर तिमी संसार चलाऊनी
आकाश झै गर्जी सर्प झै फन्की फुललाई डसेको
झारेर बिश लियर रस आकाशमा उडेको
पहाडको नदी सम्ममा झरी सुस्तरी बगेको
धर्ती मा तिमी फुलेर फुल बासना छरेको ।
मन परे हरियो, नपरे रातो
1
0
फूल को बिहान
रचनाका पर्खालहरु सँग
सुन्दर बगानहरुका लहर बिलाएपछी
मेरो सम्रिद्दीका कामनाहरु हराएछन्,
बुवा मेरो बगैचाको निम्ती
मालीहरुको जोहो गरीराख्नु होला है !!
पलासका सुन्दरतामा
यौवनका आँखा लट्ठीएपछी
बारीहरुको हरियाली सखाफ हुनथालेछ,
डढेलो लागेको हिमालको रक्षार्थ
बुवा एकहुल अग्नीरक्षकहरुको जोहो गरी राख्नुहोला है !!
रसबिहिन रुपका कालेटीहरुमा
आजको सुर्य लट्ठीएपछी
अलमल्ल दिनका पाइला एतै बरालिएछन्,
बुवा जीवन प्रयायी मेरा कामनाहरुको निम्ती
एकहुल बुलन्द गीतहरु को जोहो गरी राख्नुहोला है !!
ओईलाईएका पुष्पशाकको खोजी गर्न
आज गर्खा-गर्खाले राको बाल्न थालेपछी
मेरो सल्लाघारी उजाडीन थाल्यो,
सुदुर क्षितिजका डाँडाहरुमा फूलको जीवन कायम राख्न
बुवा मेरो बगैचाको निम्ती
एक हुल माहुरीको जोहो गरीराख्नु होला है !!
बलदेव भट्ट
सिङ्गापुर
मन परे हरियो, नपरे रातो
0
0
हो ,सत्ये यही हो कि तिमी लाई मैले पान गरिरहेको छु .
दुनियाँको नजरमा म शोषक हुँ , शायद तिम्रो नजरमा पनि
तेसैले त मलाई मेरो यो जिन्दगीको तितो यथाथ मन पारीरहेको छैन
तिमी लाई चुस्ने मेरो रहर होइन, तिमी माथि बसेर तिम्रो सुन्दरताको खिल्ली उडाउने पनि मेरो चाह होइन
तर , तर के गरु म ,तिमी बिना मेरो जीवन सम्भव छैन
तिमी बिनाको जीवन को कल्पना म कसरी गरु
बलुवाको पानी सरी ,आस्तितो बिहिन् हुन मलाई मन छैन
भला तिम्रो चित्त ढुखेको नै किन नहोस्
बगरको माछी सरी छटपटिएर बाच्ने मेरो मन छैन
भला तिमीले मलाई सत्वोसराप नै किन नगर
प्रिये , मेरो वाध्यता बुझिदिने प्रयास गर
मेरो वाध्यता ,आज मेरो चाहना सरी भएको छ
तेसैले माफ गर , म तिमी लाई येसरी नै चुसिरहन वाध्य छु ,
र चुसिरहनेछु
तब सम्म ,जब सम्म यो धर्तिमा चन्द सुय रहनेछन
जब सम्म म रहनेछु अनी ,
अनी जबसम्म तिम्रो त्यो कल्कलाउदो बैस रहनेछ ….
मन परे हरियो, नपरे रातो
0
0
पारेर बस्मा लियर रस बसेछ तिम्रो काखैमा
पाएर मिठो जवानी रस राखी छौ उस्लाई आचलमा
भुलेर आफु बिर्सेंर संसार पसिना काडेर
चुस्दै छ तिम्रो जवानी फुल लुटेरा बनेर
अमृत समान नसालु रस जिब्रोले काडेर
खोज्दै छ अन्तिम स्वाद पत्ता पत्ता चुमेर
दङ छेउ तिमी नदी खोज्दा समुन्द्र पाएर
मन परे हरियो, नपरे रातो
0
0
मौन फूलहरु
———
आहा कति सौम्य
अनी कति सुन्दर
एउटा मनोहर फूल
म टोलाईरहन्छु एकनाश
उसका कोमल पत्रहरुको
अनुपम सुन्दरतामा,
अनायसै एउटा माहुरी
फूलको समीपमा आउँछ
अनि पत्र-पत्र केलाउँदै
निस्फिक्री रस चुस्छ
जब नीरस बन्छ फूल
पुन: अर्को फूलतर्फ
नि:संकोच उड्दछ उ,
नतमस्तक हेरीरहन्छु म
बेसहारा त्यो फूललाई
पुर्ण बन्ने चाहनासँगै
कति चाँडै रित्तियो उ
सुन्दरताको आगमनसँगै
कति छिट्टै लुटियो उ,
तैपनि उ विद्रोह गर्दैन
बस् फूलिरहन्छ
लुटिइरहन्छ
अनि सकिइरहन्छ
मानौं पोखिनुमा नै उ
अनौठो गौरव गर्दछ
सकिनुमा नै उ
आत्मसन्तुष्टि पाउँछ,
म भावविव्हल हुन्छु
कति निरिह छ त्यो फूल
जो आफ्नै जवानी लुटीईरहँदा
मौन भई फक्रिरहेछ,
अफशोस स्वार्थी माहुरीहरु
मौनतालाइ समर्थन ठान्दै
सगौरव लुटिरहेछन्
सुकोमल ती फूलहरुलाई
आँसुलाई मधु-रस मान्दै
निर्लज्ज चुसिरहेछन्
अबोध ती फूलहरुलाई ।
मन परे हरियो, नपरे रातो
0
0
पारेर बस्मा लियर रस बसेछ तिम्रो काखैमा
पाएर मिठो जवानी रस राखी छौ उस्लाई आचलमा
भुलेर आफु बिर्सेंर संसार पसिना काडेर
चुस्दै छ तिम्रो जवानी फुल लुटेरा बनेर
अमृत समान नसालु रस जिब्रोले काडेर
खोज्दै छ अन्तिम स्वाद पत्ता पत्ता चुमेर
दङ छेउ तिमी नदी खोज्दा समुन्द्र पाएर
मन परे हरियो, नपरे रातो
0
0
आगो दंदनी बलिरहेछ
पात फुल सबै मुर्झाईसके
म एक्लो फुल हरे
कसरी बनू तिम्रो आहारा
मात्र एक रंग बाचिरेहेछ म संग
बाकी सब भाव मात्र छन
तिमी नै भन कसरी बनू म तिम्रो सहारा
यो दुखित जगत मा
भोको तिमी लाई देख्न म सक्दिन
आहुति बरु आफ्नै दिन्छु
र सुम्पिन्छु यो रंग पनि तिमी लाई
मेरो मात्री रस ले प्यास मेटियोस
गर्दछु कामना सब लाई
म फुल जस्तै मेटाई आफै लाई
हसाउने सब भए यो जगत मा
आउदो हो कस्तो त्यों युग
बनुन सबै म एक फुल जस्तै
सुबास छरी पोषित गरी
छर्ने त्यों कोमलता जुग जुग !!!!
मन परे हरियो, नपरे रातो
0
0
—–माओवादीको सरकार, फूल र माहुरी——-
मँ माहुरी—–
तिमी माओबादी—
एउटा कुरा भन्छु
तिमी निर्वाचनबाट सबैभन्दा ठूलो पार्टी
पूर्ण प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति प्रतिबद्ध छौं
तर पनि
प्रतिगमनकारीहरूको षड्यन्त्र जारी छ
माओवादीले सरकार छोड्छ
र
आफू सत्तामा जाउँला भन्ने सपना
कसैले देखेका छन् भने त्यो व्यर्थ हो ।
‘र्झछ र खाउँला भन्ने आस कसैले नगरे हुन्छ,
त्यसैले जोडजोडले फेरि पनि भन्छु
अन्ततः
अन्यायलाई संस्थागत गर्न बोकिएको बन्दुकको हार हुन्छ
न्याय स्थापना गर्न बोकिएको बन्दुकको जित हुन्छ
मन परे हरियो, नपरे रातो
0
0
ऐ मौरी फूलको रस चुस्दै मह बनाचौ
कती महेनती रहेचौ तिमी त
यो देश को मंत्री पानी यस्तो भाए
यो देश कती चीतों बिकास हुन्थ्यो होला
मन परे हरियो, नपरे रातो
0
0
AAHA KATI RAMRO PRAKRITI
MAHURI RA FULKO MAYA PRITI,
JAWANI LUTNE RA LUTAUNE DUBAI MAKKHA
RASPAN GARAUNA BHANI FULEKI DHAKAMAKKA,
KOPILA FAKRIEKO RAMRO WOILIEPACHHI KE KAM
JOSMA HOS GUMDA KATI TA HUNCHHAN BADNAM,
YAUBAN RA SAMAYA AAUCHHA JANCHHA FARKIDAINA
BELAIMA UPYOG NAGARE YI DUBAILE KASAILAI PARKHADAINA,
MAUKA YEHI HO MAHURI CHUSNA SAMMA CHUS
DUI DINKO JINDAGI HUNCHHA FASFUS.
मन परे हरियो, नपरे रातो
0
0
अरु कमेण्ट नगरने अनुरोध हुँदा हुँदै पनि नलेखी मन मानेन। कविता लेख्न कस्सिने कविजी लाई नेपाली युनिकोड थाहा रहेनछ त। युनिकोड converter मा कपी पेस्ट मात्रा गर्दा पनि अली पढ्न सकिने हुन्छ, त्यती त गरौं न हो मित्र । एक त रोमन, उसै माथि सबै Upper Case, किन दु:ख दिनुहुन्छ पाठकलाई?
तपाईंको कविता:
—————-
आह कती राम्रो प्रक्रिती
महुरी र फुल्को माया प्रिती,
जवानी लुट्ने र लुटौने दुबइ मक्ख
रसपान गराउन भनी फुलेकी ढकमक्क,
कोपिला फक्रिएको राम्रो वोइलिएपछी के काम
जोशमा होश गुम्दा कती त हुन्छन बद्नाम,
यौबन र समय आउछ जान्छ फर्किदैन
बेलाइमा उपयोग नगरे यि दुबइले कसैलाई पर्खदैन,
मौका यही हो माहुरी चुस्न सम्म चुस
दुई दिनको जिन्दगी हुन्छ फास्स-फुस।
मन परे हरियो, नपरे रातो
0
0
luna ji i dont know who you are but every word u tricle there in i love it u just now taught me the world flourishes in the form of differnt flower…. i love you
मन परे हरियो, नपरे रातो
0
0