उमेशजी, अफसोचको यो घडीमा लेख्नु त केही नै छैन। तपाईंमाथि आइलागेको प्राकृतिक बज्रपात तपाईंले कत्ति कठोरतापूर्वक सहिराख्नु भएको होला। धन्न, तपाईंले आफ्ना आँखामा आँसु लुकाउन सक्नुहुँदो रहेछ। आर्यघाटमा आफ्नै सामुन्ने आफ्ना पितालाई अन्तिम विदाइ गरिरहँदा पनि तपाईं अरुका अगाडि रुनु भएन। पक्कै मन त भक्कानो छोडेर रोइरहेको भए पनि आँसु देखाउनु भएन। बडो मुस्किलसँग तपाईंले आफ्ना वियोग र वेदनाहरुबीच आफूलाई सम्हालिरहनुभएको छ। लाग्छ, तपाईं सबकुछ ठीकठाक पार्नसक्नुहुन्छ। यति कामना गरौं, अब पनि होस नगुमाउनुहोस्, शोकलाई शक्तिमा बदल्नुहोस्, जसरी बदलिरहनुभएको छ। मेरो व्यक्तिगत सामिप्यता थिएन, तपाईंहरुको प्रिय पितासँग र पनि त्यो सम्बन्ध जो तपाईँहरुको थियो, म मनन् गर्न सक्छु, भित्रभित्रै विरक्तिन्छु। मैले दिने श्रद्धाञ्जलि वा समवेदना फगत एउटा परम्परा हो, चोट तपाईंको, तपाईंहरुको सहनुभा’को छ।
मलाई लाग्छ, तपाईं जे देखिनुहुन्छ आवरणमा, त्यही हुनुहुन्न। वास्तवमै तपाईंको क्रिएटिभनेस, निष्पक्षता, निडरता र स्वाभिमान मैले स्पेसटाइमको पानादेखि जोडिएको नाता र एटिभीको पर्दासम्म देखिएको उठबसमा जुन अनुभूत गरें, त्यही फेरि प्रमाणित गर्नुभो, यो शोकको घडीमा। सायद तपाईंसँग गुमाउनलाई योभन्दा उच्च अरु के नै होला र ! जब तपाईंको बाबा नै रहनु भएन भने तर पनि के गर्नु, यही दुनियाँमा हामीले दैनिकी चलाउनै पर्छ। तपाईंले हरेस नखाइकन आफूलाई सम्हालिरहनुहोस्। बाबाका बाँकी सपनाहरु सधैं सफल तुल्याउने ध्येय गरिरहनुहोस्।
तपाईँ शाही शासनकालको तानाशाहीविरुद्ध जसरी सतिसालझैं ठिङ्ग उभिनु भो त्यसले तपाईंप्रतिको मेरो सम्मान अरु बढेको थियो। अहिले तपाईंलाई अकस्मात आर्यघाटमा भेट्दादेखिको यो बेलासम्म तपाईंको धैर्यता देख्दा लाग्छ, तपाईं आफू त सम्हालिनुहुन्छ नै अरु आफन्तलाई पनि राम्रैसँग सम्हाल्न सक्नुहुनेछ। मेरो सल्लाह अब कोरिया उडेको भाइलाई पनि यथार्थ बताइदिनुहोस्, आखिर ऊ पनि त तपाईंको बाबाको कान्छो छोरो हो नि। त्यो मृत्यु तपाईंको बाबाको मात्र होइन, भोलि हाम्रै हुन्छ, के बेर तत्कालै पनि हुनसक्छ। धन्य सम्झनुहोस्, तपाईंको बाबा त साह्रै असल पो हुनुहुँदो रहेछ। कुनै पीडा बिना सिधै स्वर्गवास हुनुभो। तपाईंको उपचार र अन्तिम भलाकुसारी जसरी हुन पाएन, त्यसलाई जुनीभरको नासो सम्झनुहोस्। त्यो अरु पीडा हो तपाईंलाई र पनि सहनुहोस्।
यस घडीमा अब फगत परम्परा मात्रमा होइन, तपाईंको वास्तविक क्रिएटिभनेसमा बाबाका अधुरा सपनाहरु फुल्न सकून्। तपाईंले अबका दिनमा पनि अभिभावक बिनाको पात्रका रुपमा आफूलाई विचलित कहिल्यै नबनाउनुहोस्, प्रण गर्नुहोस् पक्का, बाबा बन्न, अभिभावक बन्न। बस, यसपटकलाई अरु केही लेख्ने जाँगरै छैन। हार्दिक समवेदना तपाईं र तपाईंको परिवारलाई। हार्दिक श्रद्धाञ्जलि बाबाको त्यो आत्मालाई- उही प्रतिपक्षको।
No related posts.









माफ गर्नोस् उमेशजी । माई संसार नहेरेको एक साता नै बितेछ । साथी कृष्ण ढुंगानासित भेटेपछि थाहा भयो, तपाईं गहिरो शोकमा हुनुहुन्छ । यस घडीमा तपाईं र तपाईंको शोकाकूल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छु । साथै दिवंगत पिताजीप्रति श्रद्धाञ्जलि !
राजकुमार बानियाँ
मन परे हरियो, नपरे रातो
1
0
हार्दिक समवेदना तपाईं र तपाईंको परिवारलाई .
मन परे हरियो, नपरे रातो
1
0
Khada Jee,
Kati ramro Manabata Rupi Vawanale variyako Lekh lekhera Yethartata (reality) Chharalanga paridinu vayako,yes lekh ko lagi Surya jee lai muri muri dhanyabad dinai parne hunchha….thanks again khadka jee,Can’t wait your other writting!
Megh Singh Adhikari!
Minneapolis,MN
मन परे हरियो, नपरे रातो
1
0
यस घडीमा अब फगत परम्परा मात्रमा होइन, तपाईंको वास्तविक बाबाका अधुरा सपनाहरु फुल्न सकून्। तपाईंले अबका दिनमा पनि आफूलाई विचलित कहिल्यै नबनाउनुहोस्, प्रण गर्नुहोस् पक्का, अभिभावक बन्न।। हार्दिक समवेदना तपाईं र तपाईंको परिवारलाई। हार्दिक श्रद्धाञ्जलि बाबाको त्यो आत्मालाई-
मन परे हरियो, नपरे रातो
1
0
umesh ji
yo dukhako ghadi ma chir aatmako shanti re tapai re tapaiko pariwarlai dharya dharan garne shakti milos.hardik sardanjali prakat garna chanchhu.
मन परे हरियो, नपरे रातो
1
0
हेलो उमेशजी,
म यस् माइ संसार को नियमित पाठक हुँ बिगत २ बर्षादेखी( स्पेन आयदेखी)। तर मैले कमेन्ट त खाशै लेख्दिन। तर पनि तपाईंको यस् दु:खद घडीमा एउटा पाठक को नाताले तपाईंले नचिने पनि हार्दिक समबेदना ब्यक्त गर्नुक साथै र तपाईंको पिताको म्रित आत्माको चिर शान्तिको कामना गर्न चाहन्छु।
केशव सापकोटा
बार्सिलोना, स्पेन
मन परे हरियो, नपरे रातो
1
0
“भेट्नु छुट्नु त के होर संसार को रित हो ।” सुन्दा नमीठो लागे पनी हामी सबैको अन्तिम गन्तब्य त्यही हो । शाश्वत सत्यलाई धैर्यतापूर्बक स्विकार्ने शक्ती उमेश जी मा जागोस, हार्दिक समवेदना ।
मन परे हरियो, नपरे रातो
1
0
good write up.
मन परे हरियो, नपरे रातो
1
0
सूर्येजी
यही त हो लिने दिने कुरो|अली कती माया,तसल्ली,आस्वासशन ,सम बेदना |आह कती राम्रो संसार हुन्थ्यो ,सबै तपाईजस्तो भैदिये !!
मन परे हरियो, नपरे रातो
1
0
……………हार्दिक समबेदना तपाईं र तपाईंको परिवारलाई । हार्दिक स्र्द्दान्जली बाबा को त्यो आत्मालाई …..उही म निएमित पाठक को।
मन परे हरियो, नपरे रातो
1
0
खड्काजी,
हामी सम्पूर्ण पाठक हरु उमेशजी को पिडा र बियोग सँग एकसाथ छौ। स्रदान्जली भन्दा अरुथोक के नै छ र यस् दु:खद घडीमा दिनको
निम्ती
मन परे हरियो, नपरे रातो
1
0
Oh, Surya Khadaka can write some posive writing.Thanks for that.
मन परे हरियो, नपरे रातो
1
0