मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    जोड्नका लागि टुटाउनु पर्ने चलन

    -विक्रम श्रेष्ठ-

    पृष्ठभूमिः माइसंसारका पाठकहरुका लागि म नयाँ नाम हुँ। मलाई ब्लगसम्बन्धी कुनै जानकारी छैन। साथी उमेशको आग्रहमा ऊ अहिले १३ दिने किरियामा शोकमग्न हुनाले जानी नजानी केही लेख्‍न तम्सिएको हुँ। उमेशको परिवारमा यो घटना हुनु दुई दिन मात्रै अगाडि ऊ पोखरा आएको थियो- एउटा विवाह समारोहमा सहभागी हुन। एउटा फरक परम्पराको बिहे हेर्न पाएकोमा ऊ दङ्ग थियो र निकै फोटो समेत खिचेको थियो। हामी दुवैको साथी हाल क्यानाडामा पीएचडी गर्दै गरेका सन्देश आचार्यको विवाह समारोह थियो त्यो। सन्देशसित फोटो माइसंसारमा राख्‍नका लागि अनुमति समेत लिएको थियो उसले, अनि फोटोहरु समेत अपलोड गरिसकेको थियो। तर बीचैमा यस्तो दुःखद घटना हुन पुग्यो। अहिले उसैको आग्रहमा सम्झिएसम्म उसले त्यतिबेला भनेका कुराहरुका साथ यो फोटो फिचर लिएर उपस्थित भएको छु।


    भनिन्छ, विवाह सात जन्मको बन्धन हो। तर यो बन्धनमा बाँधिन अगाडि केही चिज टुटाउनु पर्ने रहेछ। हेर्नुस् त दुलाहा र दुलहीले कुस समातेका छन्। एकैछिनमा दुलहीका बुबाले यसलाई टुक्र्याउने छन्। यसरी


    सात जन्मभित्र आफ्नै गोत्रका कुनैसँग नाता जोडिएको भए टुटाउने भन्दै कन्यादानअघि यसरी कुस टुक्र्याउने रहेछन्। हाम्रोमा नहुने यस्तो नौलो चलन बाहुनको बिहेमा हेरेर उमेश दंग पर्दै थियो।

    दुलाहाको घरबाट यसरी सुपारी लाने चलन भने हाम्रोमा पनि हुन्छ।

    थप फोटो र भिडियो तल क्लिक गरी हेर्न सक्नुहुन्छ-


    मलाई हेर्दा सबैभन्दा अप्ठ्यारो भने यो चलन लाग्यो- ज्वाइँको खुट्टा धोएर पानी पिउनु पर्ने। अझ त्यति मात्र हो र, नपिइकन पिएको जस्तो मात्रै गरे भने त्यसरी हुन्न, राम्रोसँग पिउनु पर्छ भनी त्यहाँ उभिएकाहरुले पिउन बाध्य पार्ने !


    ज्वाईँको खुट्टा गन्हाउने भइदियो भने के गर्ने होलान् ! खुट्टा कै पानी पिउनु पर्ने यो त अति भयो है भनी मैले उमेशलाई खुसुक्क कानमा भनेको थिएँ। तर उसले भन्यो, कसैको पनि परम्परालाई आलोचना गर्नुहुन्न। त्यो परम्पराभित्र उसका आफ्ना मूल्यमान्यता गाँसिएका हुन्छन्। हामी त्यो परम्पराबाहिरका मान्छेहरुलाई त्यो नराम्रो, अनौठो लाग्ला, तर पनि त्यसको सम्मान गर्नुपर्छ। अमुक परम्परा राम्रो कि नराम्रो भनी निर्णय गर्ने अधिकार त्यही परम्परा अंगालिरहनेहरुलाई नै हुन्छ। कसैले हाम्रो बेलसित विवाह गर्ने परम्परालाई वाहियात भन्यो भने हाम्रो चित्त दुख्दैन ? मलाई पनि उमेशको कुरा ठीकै लाग्यो।


    तर पनि देख्‍दा सार्‍है अनौठो र अप्ठेरो लाग्ने के।


    नजिकका आफन्तले मात्र यसरी गोडा धोएर पानी पिउने रैछन्। पानी नि हैन, जल भन्नु पर्छ रे। अनि त्यसरी जल सेवन गर्दा चाहिँ पण्डित बाजेले यसबाट मन्त्र पढ्ने रहेछन्।


    दुलाहा त मख्ख पर्ने नै भए। डब्लुआरसी पोखरामा डिप्लोमा, पुल्चोक क्याम्पसमा बीई र थाइल्यान्डमा एमई सकाएपछि जापान छाडेर क्यानडामा पीएचडी गर्न पुगेका सन्देश परिवारबाट टाढा हुने भयो भनी दाजुहरु चिन्ता गर्ने गर्थे।


    तर पढाइमा जस्तै व्यवहारमा पनि ज्ञानी साबित भए सन्देश र नेपालै फर्केर मागी विवाह गरे मेडिकल डक्टर दुलहीसित।


    पोखरामा रहेछ दुलाहा र दुलही दुवैको हालको घर।


    नाम पनि कस्तो जुरेको, दुवैको एसबाट आउने।


    काठमाडौँतिर भलै ब्यान्डबाजाको प्रचलन होस्, यहाँ त यस्तै बाजा चल्छ विवाहमा।


    मलाई याद छ- माइसंसारका लागि पोज देऊ न भन्दै उमेशले यो फोटो खिचेको थियो।


    आम्मै, केको भीड हो यो ?


    यो कन्यादान गर्ने काम रहेछ। हाम्रोमा बाबुले मात्रै कन्यादान गर्ने गर्छन्। तर बाहुनहरुको बिहेमा भने यसरी पूरै आफन्तले हात छोएर ज्वाइँलाई कन्यादान गर्ने रहेछन्।


    अनि यो भीडमा किचिने रहेछन् युवतीहरु…..


    ….र बूढीहरु पनि। बिचरीहरुलाई कति सास्ती ! तर परम्परा न पर्‍यो, गर्नै पर्‍यो।


    ज्वाईँ नारानका लागि घडी।


    अनि सुटकेश। लौ है सुटकेश पनि आईएसओ मान्यताप्राप्त रैछ भनी हामीले दुलाहालाई जिस्क्याएका थियौँ।


    विवाहको बेला दुलहीको घरको वातावरण उदास नै हुन्छ। दुलहीका पिता सम्हालिएकै थिए, उनकी एक छोरी हो कि को होले सम्झाउन आएपछि उनी जंगिएका थिए अंग्रेजीमा- आईम अल राइट, डन्ट मेक न्वाइज।


    तर यिनी भने अलराइट थिइनन्।


    र त आँसु यसरी लुकाउँदैछिन्।


    सबै उदास।


    उदास म पनि।


    दुलहीका बुबा पनि।


    सलाद राख्‍ने फर्सीको नेचुरल भाँडो देखेर पनि उमेश दंग पर्दै थियो।


    दुलही पट्टीका फोटो खिच्ने मान्छेको क्यामेराको यस्तो हालत समेत खिच्न भ्याएछ उमेशले।


    म, उमेश र दुलाहा।


    No related posts.

    73 comments to जोड्नका लागि टुटाउनु पर्ने चलन

    • Kal

      It’s my sister as bride………She is the Best……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shambhu Kandel

      Sandesh jee, la dherai Badhai chha bihe attend garna napaye pani. Wish you all the best.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sanjaya didi wish u both a happy married life.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kal

      I am YoUr……..Bro……Musha……….Forget me …..After getting Buddha…………No Phones

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BP

      hello chemjong manoj, arka ko parampara lai wahiyat vanne timi ta nakcharopo rahe6u ta. timro jatma pahile keti vagayer nani paye pa6i bihe garne chalan chahi ekdam ramro hola haina? wahiyat man6e.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aastha

      “तर पढाईमा जस्तै व्यबहारमा पनि ज्ञानी साबित भए शन्देस र नेपालै फर्केर मागी विवाह गरे….. “, बिक्रम जी यो वाक्य चाँही अलिक हजम भएन है । यसो भए प्रेम विवाह गर्ने चाँही सबै अज्ञानी ??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Great work Bikram ji. Wish very happy married life for new couple.
      We shouldn’t forget our culture and rituals.
      Thanks ideed !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • NB

      बिषय बस्तु ठीक्कइ भयपनी समय ठीक जस्तो लागेन बिक्रम जि लाई थाहा हुनु पर्ने उमेश जि को बुवा बितेको 13 दिन पनि भयको छैन
      केवल मेरो बिचार मात्र अन्यथा नलिनु होला है।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      सन्देश जि को दाम्पत्य जिबन लाई बधाई छ ( नचिने पनि माइ संसार को नाता बाट )

      बिक्रम जि लाई धेरै धन्यवाद सन्देश जि को विवाह सम्बन्धी सक्दो जानकारी दिनु भएकोमा । यो जानकारीले हाम्रो देश को विवाह सम्बन्धी सस्क्रिती को बारेमा धेरै थोरै किन नहोस् जानकारी दिएको छ । यो सजिब बर्णन हो ।
      ———–
      - —- —–

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manoj

      Congratulations Sandesh Dai!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nir

      NEPALICHHORI,,,,,timi lai man pardaina bhane timi aru lai khana nadeu na kina yasari chichyaki? aaba bihe garne ritiriwaaj ma pani timi lai loktantra chaiyo?
      aaba dekhi timi timro naam nepali chhori haina,,,lalau prasad yadav ki chhori rakha…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepalichori

      My hats off to them who attempted to avoid the bad practice of drinking water from feet and kannyadan.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepalichori

      SHAME ON ALL EDUCATED NEPALESE WHO WOULD LIKE TO PRESERVE KANNYADAN AND GODA KO PANI KHANE CHALAN. I like the marriage ceremony of Nepal. We have our own identiy because of this culture and tradition. I am proud of being Nepali and proud of my cultures too. However, I hate ‘KANNYADAAN’ and ‘KHUTTAKO PANI DHOYERA KHANE’part. It’s not hygenic to drink water from washing feet. Moreover, we GIRLS are not ‘AN OBJECT’ to give as a donation on boy’s hand, who, later try to dominate her and just gives tear ( not all boys but most of them do). This is the reality of nepal but I wonder, why parents of girl pretend it and keep embracing this bad tradition? Women have their own value and identity. So we new generation who are well educated should bring evolution to get rid of these kind of bad practices. I came to know that the writer’s friend, who got marry, is doing PHD in the developed country like Canada- which is the highest education level- but what is the meaning of earning this edcuation for him? SHAME ON ALL EDUCATED NEPALESE GUYS Who attempted to write the long pages essay about female rights just to achieve degree in education but never attempt to return rights of females in reality. Let’s go back to the significance of education. I believe education is to change your unconscious mind in conscious mind with the fact and reasons. I accept that there are many Nepalese, who are still illeterate and obliged to embrace same tradition and are not capable enough to distinguish bad and good part of tradition.I don’t blame them and their unconscious practice. But being an educated person, isn’t it our responsibility to filter those bad and good part of traditions and culture and to take initiation for changes for good reason?

      -Nepalichori

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ajaya

      शादी का लड्डू जो खावे खावे वो पछुताए, जो ना खावे वो भी पछुताए :)

      बधाई छ है संदेश जी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Santosh Bhattarai

      Congratulations Sandesh!!!Happy to see your marriage pictures on this blog. Wish you a very happy married life… Best wishes for prosperous life ahead !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dhiru

      Bikram Dai.first of all very good job even if you are first time in this blog…and Congratulation to Mr. Sandesh..
      all the pictures are awesome..dherai khusee lagyo…mero biheko yaad aayo yar..
      very nice…….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahesh

      मलाई पनि सबैभन्दा मन नपर्ने चलन भनेको खुट्टा धोएर पानी खाने हो । एक बर्ष अगाडि बिहे गर्दा मैले त आँफैले कसैले मेरो खुट्टाको पानी खानु पर्दैन भनेको थिए तर उहाहरु मन्नु भएन । त्यो चलन भरी लाज मात्रा लागि रह्यो । खुट्टा धोएर टिका मात्र लगये कती राम्रो देखिने थियो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hari Ram Sapkota

      समय अनुसार यस्ता गलत परम्पराहरु लाइ हटाउदै लानु राम्रो हुन्छ । म पनि बाहुन हो तर मलाइपनि यस्तो गोडा धुने चलन मन पर्दैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh

      भउते मेरो तर्फबाट पनि फेरि एक पटक विवाहको बधाई तथा सफल दाम्पत्य जीवनको शुभकामना!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • CoolKancho

      lau bhauteko bihe pani media sensation bhayecha. badhai cha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • alpha

      यो त हाम्री चेली सञ्जयाको विवाह जस्तो देखिन्छ। ल सञ्जया बधाई छ है सुखद दम्पत्य जीवन को।
      अनन्त \एटलान्टा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jitu

      a Bikram dai, aru ko biha ko photo rakhna ta khappis hunuhundo rahechha, afno biha ko phota kahile rakhne ho, j hos tapainko prayas ramro lagyo.

      j b Usa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shima B. Rai

      The warter they have to drink is awkward & yuck though nice pictures. I’ve never seen live.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suyog

      kasto achama ko kura ayo doro bane ho ki chudalne ha tai pani dukaha ko babu le

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shubha

      Hi Sandesh Bhahi,
      Congratulations to the newly married couple. It was pleasure to see your pictures and it made us that we were with you in your marriage event. Convey our regards to Bhuhari. We are waiting to see you with couple in Hamilton soon.
      Shubha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Arati

      congratulation!!!! sanjaya didi
      nice to see ur picture of wedding

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • High thinker

      common yar ..chhetri pani yasari nai biwaha garcha !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tinkari

      it is good to preserve our culture and tradition but it is better to change it for better.

      It seems disgusting to drink the water that way..simply disgusting.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • supari laneharuko foto haru dherai rakheko bhaye po hunthyo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Uma

      Sandesh dai,
      Congrats! Wish you a happy married life.
      Uma
      Perth

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Tanka(America)

      congratulation on your weeding .could you tell me please where r u going for honeymoon .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kiran

      Hi! Sandesh,

      Congratulations!Its nice to see you after a long time after we met you in AIT, Bangkok.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Himj

      Ramailo lagyo.congratulation to all concerned.Photo bat thaha bhayo Mahendraji M.A. Padhada ko 2032 B.S. ko sathi po hunudo rahecha.Chalan afno,bihe kati ramro.Writer lai pani dhanyabad,hai……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Thaneshwar

      कुनै पनि जाती वा धर्म विशेष भित्र रहेका गलत परम्परा वा प्रचलनलाई हटाउंदै जानु पर्छ। नेपालमा बाहुन जातिमा प्रचलनमा रहेको यो गोडा धुने परप्परा पनि हटाउनु पर्छ। शिक्षित बेहुला बेहुलि भएको यो बिहेमा पनि यस्तो परम्परा हटाएको भए राम्रो हुन्थ्यो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rudra kc

      Bikram ji first ta tapaiko name dekhera maile yo side dere ko hu, but tapaiko kahile ho ta bihe garne na yesari umesh ji je photo blog tyar garne, so dont mis ok.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deshroop

      Congratulations to the newly married couple.

      Regarding the title of this blog I was enlightened to know its ceremonial as well as symbolic significance from the write up. As for the sipping/drinking of water running of the feet of bridegroom, why can’t it be represented/replaced by some other symbolic gesture(s)?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ritesh

      malaai ni bihe garau garau po laagyo baa kohi cha ma sanga bihe garne lol

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tara mgr palpali

      नव दाम्पत्तिलाई हार्दक शुभकामना र बधाई अनी फोटो फिचरका लागि बिक्रम जि र उमेश जिलाई नि हार्दिक धन्यवाद। प्राय बिदेश्मा रहने मित्रहरुले यो ब्लग प्रयोग गरेको देखिन्छ। आफ्नो देशको माहोल र प्रश्थिती बाट उथलपुथल र ब्यकुल्तालाई चिरेर राजनैतीक धारबाट बहिर रहदै आफ्नो सस्क्रितिलाई तस्बिरका साथ प्रस्तुत गर्नु भएकोमा म बिदेशी आभार बेक्त गर्दै…………………. अनी यो पनि एउत अनुरोध रख्दै देशको लागि निस्वार्थ भवनामा आफ्नो कलाको माद्धेमबाट देशको जल्दो बल्दो परिस्थिती र जनचेतना मुलक कार्यक्रमहरु प्रस्तुत गर्दै आएक बारीस्थ हस्स्य कलाकारहरु मह जोडी तथा एस्तै प्रयबाची कलाकार तथा महान समाज सेबिहरु सँगको अन्तरङ् र अन्तर्वाता हरुलाई पनि प्रस्तुत गर्दै जान सकियोस यो माइसन्सार मा भन्ने अनुरोध र सुझाब ………………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kiran Thapa/Melbourne

      Sandesh dai,

      Congrats ! Wish you all the best for your conjugal life.

      Kiran Thapa
      Melbourne

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RRS

      सन्देश भाई लाई धेरै धेरै बधाई । अनी PHD भन्ने त मलाई थाहा नै थियन । तिम्रो ईमेल पाउन पयदेखी सजिलो हुने थियो
      राम राज शर्मा
      हाल UK
      rrsharma@engineer.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipak chhettri,

      खै त बेहुलिको अनुहार नै प्रस्त देखिएन नि त
      कुनै पनि फोटोहरुमा देख्न पैएन, जे होस् बेहुला
      त हेन्दसोम नै लागो, जे होस् खुशी लागो
      हेप्पी फ्युचर लाईफ को कामना गर्छु,जोदी मिलेकै
      देखिन्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • छ त्र पौडेल कतार बाट

      khusi lagyo dampatya jiban sukhamaya rahos yahi kamana

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Binod

      Congratulations Sandesh ji! Wish you have a very happy married life ahead! Enjoy!!

      Binod
      Hamilton, Canada

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jj

      N B Niraula ji,
      There are not 1 trillion bacteria on each feet but there are 1 Trillion and 521 hundred thousands bacteria on fully grown adult male foot assuming average age of 25,colour- brown range, height-5 ft 5 inches and foot size of 9.81 inches.

      K garne scientific research bahenko yestai ho…kuro ra kulo….

      jadau
      Bacteria specialist
      London

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna

      Sandesh dai,

      Congratulations for your wedding! Nice to see your wedding pictures in this blog. Although I had received your invitation, I could not join you because of physical distance.

      Wish you a happy and prosperous married life!

      Ok, talk to you more later in email.

      Krishna
      (Singapore)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • NB Niraula

      There are about one trillion bacteria on each of our feet.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishol

      बिक्रम जि,
      लेखको लागी धेरै धेरै धन्यबाद। मेरो धर पनि पोखरानै हो तर म अहिले देश बाहिर छु।
      यस्तो बिहेमा जन्त नगएको पनि बर्षौ भयो। तर तपाईको लेखले त जन्तै गको जस्तो बनाईदियो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • JP

      होइन यो दुलही को बाबु झट्ट हेर्दा त हरिबँशले मुख बिगारेर बोलेको बेलाको झस्को आयो। तर पनि पोखरा भने पछी महेन्द्र पौडेल हुन कि जस्तो लाग्यो। साथी सँग ६-७ बर्ष अगाडि पोखरामा जागिर खादा जि. बि. स . बैठकमा निकै भेट हुन्थ्यो, ल सम्धी भए जस्तो छ। बधाई छ ।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • भउते, फेरि एकपटक पनि बधाई र सुखद दाम्पत्य जीबनको शुभकामना!
      ————–
      आफू पनि बाहुनै भएपनि मलाई यो गोडाको पानी खुवाउने चलनचाहिं अनावश्यक र गलतै लाग्छ। पहिला थिएन होला, बिहेको तामझामका प्रकृयाहरु थपिँदै जाँदा कुनै समयमा पलाएको ‘गाँड’ होला यो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sandesh and Sanjaya jee,

      Congratualtions!!!! Wish you a very very happy married life.

      AnilBigya, Canada

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna

      LA good khusi lago !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bijay

      Wonderful !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SOLDIER

      Soooooooooo Sweet!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ।।।। हे फुल चुदेर लाने हो , , , यहाँ माली रोयको देख्छु ,….
      प्रीती मिलन मा लाउने हो यहाँ बिछोड भयको देख्छु,,,,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सफर

      बाहुन भनेर सबै ठाउँमा एउटै चलन हुदैन । त्यो परम्परा ठाउँ अनुसार केही फरक पनि हुन्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bastaab

      congratulation for newly couple and all the best for future.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhoj Raj Pantha

      बिक्रम जी अनि उमेश जी दुबैलाई धेरै धन्यवाद लेख अनि फोटोको लागी !
      सन्देश जी अनि नयाँ भाउजुलाई बधाई अनि नब-दामपत्य जीबनको शुभकामना !
      सन्देश जीले बिबाहाको निमन्त्रण कार्ड त पठाउनु भएको थियो तर म आफै नेपाल बाहिर रहेकोले जन्ति जाना भने सकेको थिइन ! बिबाहको फोटोहरु हेरेपछी आफु उपस्थित हुननसकेको पनि साथिको बिहेमा गये जस्तै भयो !

      भोज राज

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • AGGIE,TX

      Cool!! has been a long time i haven’t enjoyed such traditions.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhusan, chicago, USA

      Sandesh, congrates,,,timto bihe ko photo yaha herna payera bihe ma nai gaye jasto lago….wish you very happy life ahead….la badhai chha hai feri pani…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kumar Gurung

      Congrat Sandesh!
      Wish U guys a very very happy married life.
      Glad to see ur wedding pictures. Thanks to Bikram.
      Hey man! when is the party for us. Anyway wishing u all the best.
      Kumar
      Newyork

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tilak Karki U.S.A.

      Bahun bachchya paral kush
      jajiman bachchya dachhchhina bhush.

      yestai ho chhetri, bahunko parampara.bahunle padhera kush tutayepachhi 7 janma sammako hadnata parne bhaye pani hadnata chhuttchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bidur

      dherai ramro. badai cha married couple .
      we all must preserve our culture and respect others too

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • thikai ho ta ani .jannay lay yasari garchan ani yo hamro parampara ho hai,kasailaye kehi bhannu chha bhanay malai lekhnus hai ,samjhaidinchhu,padaylekhaka manchhe ley yasari garchan..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anuska

      I like PANCHE BAJA very much. We should promote our culture and tradition.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • चेम्जोंङ मनोज,Middle East

      सब बकवास,अर्काको गोडा धुएर पानी पिउने पनि कुनै चलन,परम्परा र संस्कृती हुन्छ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari

      yaso bhani na hale ko bhaye ramro hunthiyo ki? kina ta tapaiharu le chai dashai maa seto tika lagaunu huncha ni ke yo tapai haruko paramoara hoina ra?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krish

      आहो मनोज जी तपाई ता गजब को कुरा गर्नु भो नि
      तपिको संस्कृति आरुलाई आनुठो लागला आरुको तपी लाइ तारा सस्कृति नै होइना भनेर भन्ना ता पैयानानी
      तपी लाई थहनै होला की यो संसार माँ कती फरक ढंगा ले मानिसहरु आफ्नो कार्य गर६न
      याक पटक बिस्वो को अणि नेपाल को पानी सबै ठौ को संस्कृत को बारेमा बुज्ने प्रयास गर्नु
      तपी को सैली मलाई ता मन परेण

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Parasar

      ठिकै हो महेशजी तपाईंको कुरो , गोडा धुने चलन त नहट्ला तर गोडाको पानी खाने चलन चाँही हटाउनु नै पर्छ ,मैले पनि मेरो बिहेमा नखान अनुरोध गरेको थिए बुडा-पाका ले मानेनन तर जेठान – साला हरुले चाँही माने । मेरो आफ्नो अनुभबमा यस्तो पानी खाने चलन निर्मुल हुन अरु एक पुस्ता कुर्नु पर्छ , तपाईं हामीले हाम्रा छोरीको बिहेमा पक्कै पनि गोडाको पानी खाँदैनौ हो त्यो बेला सम्म हामीले कुर्नु पर्‍यो होइनर । र अर्को कुरा हामी हाम्रो बा आमा लाई यस्तो नगर्न अनुरोध मात्र गर्न सक्छौ वाध्य गर्न सक्दैनौ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      एक बार एक युरोपिएन हिन्दूस्थान घुम्ने गया , उस्ने भारत के हर रोड का साइड पर देखा लाल लाल -पहेल रङकी पोटाटो ( आलु दम ) , तो पूछा ए क्या है ? तो आलु दम बेच्ने बाले ने कहाँ ” खाय गा भि पछुताएगा – नही खाए गा भि तो पछुताए गा ” तो युरोपिएन ने ट्राइ कर लिया अर्थात खाया तो १ इन्च के आँखा ४ इन्च होगए अर्थात चौक गए – और बो सम ज गए ” खाए गा भि तो प छ ताए गा – नही खाए गा भि तो प छ ताए गा – - का अर्थ तो ए है –
      ( खुर्सानी मै पकाएको आलु खाए पछी बिचरा पसिनाले लुछुर्पै ! :) )

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nabin

      म पनि बावन नै हो मैले पनि बिहे गरी सके तर मैले त godaa को पनि खान दिएन। किन यहाँ केटा तेती बुजेका भये र पनि नरम्रो चलन लाई रोक्न न सकेका ह ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nepali cheli

      aru ta ramri ho..tara khuta ko pani khane chalan chai yaiyat ho..haat ko pani khaye bhaihalcha ni..hami haruli sayad hepna ra hepai khane bani pari sakeko cha ..tesile yesto chalan tyagna sakdinau…ma yehi culture ko manche bhaye pani yesto chalan lai bahiskar garchu..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tara mgr palpali

      होइन लुना दिजु तपाईं नि विवाह पछी पछुतो लागिरएको जस्तो लाग्यो है मलाई त। भेनजु ले थाहा पाउनु होलa के । हुन त म अझ सम्मा नि सिङल छु है। कसैले भन्छ जिबनको सार्थ्क्त नै विवाह हो भन्छ जो जिन्दगीको मजा यसैमा छ भन्छन फेरी तपाईं तथा अरु मित्र हरुले उदाहरण सहितको यो भनाइ…..? खोइ के हो के ? विवाह गरौ कि नगरौ ………….??????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saroj

      hi jitu
      happy newyear2009.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker