मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    पुलिस अङ्कल, आज चैँ पत्रकारको टाउको नफोर्नुस् ल

    -शुभेच्छा पन्त-

    लोकतान्त्रिक गणतन्त्रमा पनि सरकारमा सामेल दलका कार्यकर्ताहरुबाट समाचार छापिएको निहुँमा कुटाइ खानुपर्ने ‘चमत्कार’ भएको यो मुलुकमा यो ज्यादतिविरुद्ध सञ्चारकर्मीहरु एकजुट भएका छन्। आज सबै पत्रपत्रिकाहरुले सम्पादकीय लेख्‍ने ठाउँ खाली राखेका छन्। त्यसो त चुप बसेर भन्दा शब्दले नै ज्यादतिको विरोध गर्नुपर्ने हो। तर यहाँ लेखेर के नै पो हुन्छ र भन्ने मान्यताले जरो गाडे जस्तो छ। हातको बल देखाउन खोज्नेलाई नियममा बाँधिन बाध्य बनाउन र दोषीलाई कारबाही नभएसम्म रोकिनु हुन्न पटक्कै आन्दोलन। तर, एउटा गैरकानुनी कामको विरोधमा अर्को गैर कानुनी काम गर्न हुँदैन पत्रकारहरुले भनी मैले हिजो ब्लग लेखेँ। हिजो जुलुस निषेधित क्षेत्रमा जुलुस गरेको भन्दै पुलिसले टाउको फोर्ने गरी पत्रकारलाई पिटे।

    तर, आज पनि नेपाल पत्रकार महासंघले हिजो जस्तै जुलुस निषेधित क्षेत्रमा नै जुलुस र धर्ना गर्ने निधो गरेको छ। पत्रकार भएपछि पेल्नै पर्छ भन्ने मान्यता हो कि यो ? कि राजाको पालामा नि यस्तै गरेको, अहिले नै यस्तै गर्छौँ, भोलि नि यस्तै गर्नेछौँ भन्ने सोच ? कि वाईसीएललाई नियम लाग्दैन भने हाम्लाई पनि नियम लाग्नु हुँदैन भनेका हुन् ? जे होस्, पत्रकारहरुको छाता संघले आह्वान गरेपछि जानै पर्‍यो।

    आज त विरोध पनि सिंहदरबारअगाडि नै गर्ने भनिएको छ। त्यो त झन् निषेधित क्षेत्र हुँदै हो पहिलेदेखि। सिंहदरबारको दक्षिणी गेटमा धर्ना बस्ने कार्यक्रम छ अपराह्न ३ बजे। हिजो पत्रकारले पुलिसको लाठी खाएको खबर देशविदेशका सञ्चारमाध्यममा प्रसारण भएपछि आज चाहिँ पुलिस अङ्कलहरु नरम हुने र उनीहरुको डण्ठा पत्रकारको टाउकोतिर नसोझिने आशा गर्न सकिन्छ। त्यसो त कोही कोही पत्रकारहरु त निहुँखोजुवा पनि हुन्छन्। आफै झम्टिन जान बेर लाउँदैनन्।

    जेजस्तो भए पनि शान्तिपूर्ण विरोध गर्न आएकोलाई शान्तिपूर्वक नै फिर्ता पठाइदिनु है पुलिस अङ्कल ! क्यार्नु त नि, कसैले नियम नमानेको देशाँ हामी पत्रकारहरुले मात्र नियम मानेर बस्न त भएन। हामी पनि यस्सो तोडुम् न नियम। लौ म त गएँ जुलुस तिर।

    हेरौँ यहाँ-

    No related posts.

    28 comments to पुलिस अङ्कल, आज चैँ पत्रकारको टाउको नफोर्नुस् ल

    • SKJ

      सवतन्त्र प्रेसमाथि हस्तक्षेप भयो भन्नेबारे :

      विभिन्न उत्पीडित क्षेत्रमा कार्यरत मजदुरहरू सङ्गठित हुने क्रमसँगै सञ्चारक्षेत्रमा कार्यरत श्रमिकहरू पनि सङ्गठित हुने क्रम सुरु भयो । अखिल नेपाल टे्रड युनियन महासङ्घको पेसँगत सङ्गठनका रूपमा अखिल नेपाल सञ्चार, छापाखाना तथा प्रकाशन मजदुर सङ्घ गठन भयो । सङ्गठन निर्माणपछि विभिन्न सञ्चार गृहमा आन्दोलनहरू भए । देशभरिका प्रायः सम्पूर्ण एफएम रेडियोहरू, राष्ट्रिय दैनिक, साप्ताहिकहरू वितरण गरिएको छ । तर सबै ठाउँमा आन्दोलन भएका छैनन् । निश्चित ठाउँहरूमा त्यहाँ कार्यरत मजदुर कर्मचारीहरूले समयमा हकअधिकारका लागि आन्दोलन गरेका छन् । पछिल्लो समयमा आएर हिमाल मिडियामा कार्यरत मजदुर कर्मचारीहरूले अखिल नेपाल सञ्चार छापाखाना तथा प्रकाशन सङ्गठन निर्माण गरे । सङ्गठन निर्माण गर्नेबित्तिकै हिमाल मिडियाको व्यवस्थापकले १६ जना १०/१२ वर्ष काम गरेका कर्मचारीहरूलाई राजनीतिक पूर्वाग्रहको आधार निष्काशन गर्‍यो । युनियन दर्ता गर्न निवेदन दिएपछि युनियनको सचिवलाई हिमाल मिडियाको व्यवस्थापकले करिब १०/१२ दिन बेपत्ता पार्‍यो । सङ्गठन छोडेको नक्कली कागज गरायो । सङ्गठन दर्ता असफल पार्न हजारौं प्रयत्न गर्‍यो । निष्कासित मजदुरहरूलाई सूचना विभाग र श्रम कार्यालयले गैरकानुनी निष्काशन ठहर गर्दै पुनर्वहाली गर्न निर्णय दियो । त्यही कार्यान्वयन गर्ने प्रक्रियामा केही चरण वार्ता पनि भए तर निष्कर्षमा पुगेन । पुस ६ गते पनि त्यही निर्णय कार्यान्वयन गर्ने प्रक्रियामा वार्तामा बोलाएर हिमालय मिडियामाथि -माअेावादी)मजदुर सङ्गठनले आक्रमण गर्‍यो भनेर सञ्चार मिडियामा नाटकीय ढङ्गबाट समाचारहरू सम्प्रेषण गरियो । अहिलेको अवस्थामा करोडौंको लगानीमा व्यवसायका रूपमा शोषण गरिरहेका प्रकाशन गृहमाथि श्रम ऐन, श्रमजीवी पत्रकार ऐन लागु हुन्छ कि हुँदैन ? लोकतन्त्र र मानवअधिकारको दुहाई दिनेहरूले मजदुर कर्मचारीहरूले आफूले चाहेको सङ्गठन निर्माण गर्न दिनु पर्छ कि पर्दैन ? मालिकलाई विज्ञापन खोजेर ल्याई दिने, छापाखनामा छापिदिने, समाचार तयार पारिदिने, छापिसकेपछि बजारमा लगेर बेचिदिने पैसा उठाएर ल्याइदिने श्रमिकहरूको अधिकार हुन्छ कि हुँदैन ? मालिकसँग मजदुरहरूले अधिकार माग्दा प्रेस स्वतन्त्रताको हनन भएका देख्नेहरू मुठ्ठभिर दलाल पुँजीपतिका एजेन्ट हुन् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binu

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पर्बते

      पत्रकारिता निस्पक्ष हुनुपर्ने हो । तर, कुनै न कुनै पक्षसँग अन्जुली फैलाई सकेका हुन्छन। नगरुन पनि किन ? बिहान बेलुका हात मुख जोर्नु पर्‍यो नी ? पत्रकारहरुले स्वतन्त्र सन्देश दिन सक्ने भये आज आफ्नै टाउको फुटाउन पर्ने थिएन ।.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • moon

      साथी हरु यिनिहरु पत्रकारको प्रमाण पत्र धरी कङ्रेशी कार्यकर्ता र राजाका अनी भरत्का लगौतिय हुन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुर्बेली

      नियम कानुन को पालन नगरने जो सुकै होस सक्त कावाही हुनु पर्छ । चाहे त्यो पत्रकार, अलपत्रकार, डान्सकर जोसुकै हुन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arjun

      धेरै जस्ता मान्छे को आवरण मात्रै पत्रकार हो बास्तव माँ एकनाम्बर का पर्चाकार /पत्रुकार हुन. सूर्य खडका जस्तो हुकुमी शासन को हुन्दिवाल खेतला पनी आफु लाइ पत्रकार नै भन्छ नि.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • शायद जंगली राज चलायर सडक को आनुवब नभयर होल नि त

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Binod Dahal UK

      I think now no more day to stay on governent of those kind of people . Where is humanright , where is freedam ? Where is peace ? Nepal people always hoping these thing but no one can do that . Practandra , make a plane to make KRISHI army to all parties youth and ycl . If u do that all will get job and country will develop. Other wise always going down.
      Binod
      Annfsu

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nirjan

      नेपालमा किन एस्तो भो? जती परिवर्तन भएपनी सक्ती चाहि ठुला हरु कै हात्मा। ठुला हरुले जे भने पनि सत्य हुने। बिचरा मज्दुर पत्रकार हरु ले चैंहि कहिलेई न्याय नपाउने। खोइ नेपालमा कोही मज्दुर व गरीब जनता को बारेमा बोलेको? दीक्षित बन्धु हरु गरीब अनी न्याय नपाउने जनता हुन्की? बिचरा गरीब मज्दुर जस्को जीबनमा जागिर नभएपछी जोहो गर्न गाह्रो हुन्छ, उनी हरुको जिन्दगी को बारेमा गम्भिर भएर सोच्नु पर्ने हो होइन? एस बारेमा अल्ली सोच गर्ने हो कि? अनी बल्ल नयाँ नेपाल बन्थ्योकी? कम्तिमा सबै नेपाली ले राम्रो सँग खाने बस्ने सुभिड पाएमा त्यो नओ राम्रो होइन र? कि धनी हरु को निन्द्रा खराब हुनु नै सब्थोक हो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prabhat

      शुभेच्छा जि ! तपाईंको तटस्थताको आडम्बर भित्र लुकेर लेखिएका अत्यन्तै राम्रा लेखहरु केही दिन देखी माइसन्सार बाक्लै पढिदैछन। उमेश जि, शुभेच्छाका लेख भन्दा पनि कर्ण शाक्य, महाबिर पुन, जग्दिश घिमिरे जस्ता हस्ती हरुको लेख तथा जिबन गथाहरु माइसन्सारमा राख्ने प्रयास गर्ने गर्नुहोला।
      षुभेच्छा जि लाई केही प्रश्नहरु:
      नेपालमा अनेकौ मिडियाहरु छन तर हिमाल मिडिया मात्रै आक्रमण किन भयो? आक्रमण गर्नेलाई हदै सम्मको कारबाही हुनपर्छ तर आफ्नो मिडिया बाट कर्मचारीलाई जबर्जस्ती निलम्बन गर्ने मिडियाका मलिक साहेबहरुलाई कारबाही हुनुपर्छ कि पर्दैन? कानुन मिच्ने तपाईं र तपाईं जस्तै पत्रकार मित्रहरुलाई कारबाही हुन पर्छ कि पर्दैन? कि राज्यको चौथो अङ्ग भएर जहाँ प्रदर्शन गरेपनी हुन्छ? अनी आन्दोलन, तोड्फोड, कुनै कानुनको धारामा टेकेर हुँदैन । माओवादी हिन्सात्मक जन्युद्द, जनान्दोलन अनी राजतन्त्र फाल्न पाईन्छ भन्ने २०४७ सालको संबिधानको कुन धारामा थियो? त्यसैले सो आन्दोलनको अवस्था आउनुपुर्ब मिडियाका मालिकहरुले सोच्ने अनी बार्ताबाट समाधान गर्ने प्रयास गर्नु पर्छ कि पर्दैन?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ani nishedhit thau ma kina jana pareko ni? aru thau ma julush gare hudaina, timi haru ko tauko ma police le hane matra highlight huncha vanne cha, janu ni ta lathi khana,
      YCL ra timiharu ma k farak cha dubai le niyem todne ta ho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • You were telling different sectors of people getting trouble in Old Nepal but dramatically increasing the violation in New Nepal. especially monarchical period it was more secure but most of concerning personalities were agains ex-king as well 240 years old monarchical institution. Earier peopel could not open their mouth in good aspect of monarchical institution but only against. Still most of intellectual sectors do not praise the PN Shah, when he was not existed in Nepal how most of you could tell Nepali. What is the meaning of independence day nobody is ready to explore. That is so still concerning social actors are inside the cloud.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कानुन कुन चरा को नाम हो ???
      अझ, देश को चौथो अंग त, कानुन माथि हुन्छ कि क्या हो ???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lokendra BC

      जे होश सबै कुरा बुज्दा राजा भएको बेला त कम्सेकम एस्तो त हुँदैन थियो नि यार , जुन पनि राजा भएको देश मा कानुन राम्रो छ के सबै हेरियो यो नयाँ नेपालको नमुना पनि हेरिदैछ कस्तो फोहोरी राजनीति नेपालको साला चोर् हरु न परे । पत्रकार हरु राजाको पालामा के के न मानव अधिकार हनन भयो भन्थियो खाउ न नयाँ नेपाल को मिठो फल खाउ खाउ ।। तन्न खाउ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Maharjan taks,BELGIUM

      2-4 jana bom police haru lai thik garnu parchha,ghusya police haru lai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dev Raj Acharya

      एग्ग्रेसीव एबम पित पत्रकारिता-एग्ग्रेसीव राजनीति। नेपाल मा अहिले यै ”एग्ग्रेसीव” सिद्धन्त ले काम गर्छ भनेर फोरम, तमलोपा, माओवादी, एमाले र हाल आएर कङ्रेस्स ले पनि यसलाई फलो गरिरहेकछन। हेर्नुस् त पत्रकार ले नियम नमान्ने अनी राजनीतिग्य ले मान्छे नगन्ने। अरु लाई ”आदर” र आफ्नो ”जिम्मेवारी” के हो भन्ने कुरा नबुझे सम्म सबै को हबिगत सधैं यस्तै हुन्छ।
      जय देश र मात्र जय देश।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कानुन कुन चरा को नाम हो र।।।? हाम्रो नेपाल मा…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I hope you are not going there because your boss will fire you unless you go there..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      हाहाहा । आखिर तपाईं पनि उही ड्याङको मुला हुनुहुँदो रहेछ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अविशेक, Denmark

      हिजो अफ्फै ठुला ठुला गफ दिने अनी आजै आँफै कानून मिचदैछु भन्ने । Shame on you Ms.Pant

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yam sapkota

      शुभेच्छाको टाउको नफोरे पनि ढाड चै नछाड्नु है पुलिस अङ्कल । ड्याम ड्याम दिए हुन्छ । जानी जानी कानुन मिच्नेलाइ ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Janus Janus Shubhakamana chha tapain lai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pratik Rai (HK)

      Rajako palama ta manabadhikar hanana vayo vannai painthena lokendra ji, bhanyo ki ta jel chalan .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I fully support the argumenet of Lokendra BC. He is 100% right.These Nepal political parties as well government are vanishing the Nepal political history, nobdoy is ready to say. If Nepal was not existed how those actors could act in Nepal. Why you do not celebrate sthe Independence Day. Is not it PN Shah was founder of Nepal. This question should give answere by Dixit. What kind of freedom was in ex-king period and what kind of freedom he got from New Nepal. At that time he was not getting physical trouble and so on. In this way if we are good we should judge good or bad without any influencing.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रोजिन

      अहिले मानवअधिकार हनन् भयो भन्न पाएर मात्रै के लछारेका छौं र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • narendra limbu,panchthar

      moon ji tapai pani himal ka pramanpatra dhari harulai hanne ma hunu hunthiyo ki kya ho?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर ,लण्डन, यु. के.

      शुभेच्छा जि

      मुलुकमा ठुलै राजनीतिक परिवर्तन भएको छ |यसको अर्थ हामीहरु के के न भएको सम्झन्छौ तर राज्य संयन्त्रमा कुनै परिवर्तन भएको छैन |माओबादी त्यही पुरानो संयन्त्रमा आफुलाई फिट बनाउन खोज्दै छ |सुर्य बहादुर माओवादीको सल्लाहकार हो जुन २०४६ सालमा अञ्चलाधिस पदबाट आँफै सडकमा आन्दोलनकारी दबाउन आएको थियो |अनी रमेश नाथ कुरै नगरौ |टाउको जोगाउनुस् है
      .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • KG

      दुई सय चालीस बर्ष निरंकुश शाही शासान को अंत गरेर देशमा एतिहाँशिक परिवर्तन ल्याएको बहना गरी दुई सय चालीस बर्षे निरंकुश शाही शासन संगै हातेमालो गरेर हिंड्ने ब्राहुनबाद ले आदिबासी जनजातिहरुको आँखामा छारो हालेको स्पस्ट छ,र यो छुपएर छुपिने कुरो होईना!नेपाल बहु जाती,बहु भाषी,बहु धर्मी,बहु संस्कृति ले भरिएको राष्ट्र हो,त्यसैले दुई सय चालीस बर्षे निरंकुश राजतन्त्रको साथ हातेमालो गर्दै हिंड्ने बाहुनबाद्को अंत नभए सम्म आदिबासी जनजातिहरुको हक़ मा एतिहाँशिक परिवर्तन भएको ठहर हुन्दैन, जब सम्म देशका सम्पूर्ण नागरिकहरुले राजनितिक,सामाजिक,प्रशासनिक,धार्मिक क्षेत्रमा समान रुपमा स्थान र न्याय पाऊँदैनन तब सम्म ऐतिहाँशिक परिवर्तन भएको ठहर हुँदैन! यी सवालहरू अब बन्न लागेको देशको नयाँ संबिधानमा स्पस्ट उल्लेख हुना सकना भने राष्ट्रले फेरी अर्को संकट भोग्नु पर्ने अवस्थ आउँछ,र यो अवस्थ निम्त्याउने जिम्मेवारी सब बाहुनबादहरुको हुनेछ!बाहुनहरू कुरो एकातिर काम अर्कोतिर गरेर हिंडछन,
      ईतिहाँशको पाना पल्टाएर हेर्नुश आज राष्ट्रको त्यों गति पार्नेमा कुन समूह को हात छ,प्रधान मंत्री कुन जातको,मंत्रीहरू कुनजातको,सचिवहरू कुनजातको,सिडियोहरु कुनजातको,अन्तम भन्नु पर्दा मुखिया,खारदारहरु को,पनि हेर्नुश,लौ अब नढाँटी भन्नुस त देश कसले बिगारेको रहेछ ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker