मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सूचना आयोगले सूचना लुकायो

    -तारानाथ दाहाल-

    संविधानले सूचनाको हकको ग्यारेन्टी गरेको छ। सूचना लुकाउने अधिकारीलाई कारबाही समेत गर्ने प्रावधान अहिले रहेको छ। यो भयो कानुनको कुरा। व्यवहारमा यो कसरी लागू भइरहेको छ त ?

    फ्रिडम फोरमले संविधानसभाको निर्वाचनका क्रममा दाङ्ग र सुर्खेत जिल्लामा भएका दुई वटा चर्चित हिंसात्मक घटनाको जाँच गर्न गठित न्यायिक आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न र सो प्रतिवेदनको प्रतिलिपि उपलब्ध गराउन माग गरेको थियो। संविधान सभा निर्वाचनका क्रममा सुर्खेतमा एमाले उम्मेदवारको हत्या भएको थियो भने दाङमा माओवादी कार्यकर्ताहरुलाई गोली हानी मारिएको थियो। तर, सूचना आयोगले अपील खारेज गर्ने फैसला गरेर सूचना लुकाउने सरकारी प्रयासलाई नै बचाउ गरेको छ।

    सूचनाको हक प्रचलन गराउने दायित्व भएको राष्ट्रिय सूचना आयोगसमक्ष परेको पहिलो ‘अपिल’ खारेज गरेर आयोगले सूचना लुकाउने सरकारी प्रयासलाई नै बचाउ गरेको छ । यो आश्चर्यपूर्ण निर्णयबाट नेपालमा सूचनाको हकसम्बन्धी ऐनको धज्जी उडाइएको छ। र, यो ‘अपराध’ सूचना आयोग स्वयमबाट हुन पुगेको छ।

    सूचनाको हकसम्बन्धी ऐन-२०६४ बमोजिम सूचना माग्ने अभियानअन्तर्गत फ्रिडम फोरमले संविधानसभाको निर्वाचनका क्रममा दाङ्ग र सुर्खेत जिल्लामा भएका दुई वटा चर्चित हिंसात्मक घटनाको जाँच गर्न गठित न्यायिक आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न र सो प्रतिवेदनको प्रतिलिपि उपलब्ध गराउन मिति गत भदौ २० गते प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयसमक्ष माग गरिएको थियो।

    सो माग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग गरिएकोमा उक्त कार्यालयले माग गरिएको प्रतिवेदन गृह मन्त्रालयमा रहेकोले सोही मन्त्रालयबाट लिनु र सो मन्त्रालयलाई पनि सो सूचना दिनु भनी निवेदन गृह मन्त्रालयमा पठाइदिएको थियो । तर गृह मन्त्रालयले सो सूचना नदिएपछि फोरमका कानुन व्यवसायीद्वय कृष्ण पोख्रेल र ऋषिराम घिमिरेले मंसिर १ मा राष्ट्रिय सूचना आयोगसमक्ष ऐनको दफा १० बमोजिम सूचना दिलाई पाउन र सूचना नदिने गृह मन्त्रालयक प्रमुख तथा सूचना अधिकारीलाई कारवाही गर्न माग गर्दै निवेदन गरेका थिए।

    सूचना आयोगले निवेदनकर्तासँग कुनै सोधपूछ र सम्पर्क नै नगरी एकाएक सूचना नदिने गृह मन्त्रालयकै पक्षमा गएर अपील निवेदन खारेज गरेको फैसला गरेको जानकारी दिएको छ। उक्त अपीलमाथि ऐनबमोजिम सुनुवाईको कुनै पनि प्रक्रिया नै नअपनाई ठाडै सूचना मागकर्ता कै निवेदन खारेज गरेर राष्ट्रिय सूचना आयोगले ऐनले तोकेको कर्तव्य र दायित्व ठाडै उल्लंघन मात्र गरेको छैन, सूचना लुकाउने निरंकुशताको मतियारका रुपमा प्रस्तुत भएर गम्भीर अपराधसमेत गरेको छ। फ्रिडम फोरम सूचना आयोगको यो ऐतिहासिक गल्तीप्रति क्षोभ एवं दुःख प्रकट गर्दछ । र, सूचनाको हकको अभियानमा निर्रथक र बाधक बनेको आयोगका असक्षम एवं अयोग्य पदाधिकारीलाई तत्काल कारवाही गर्न संसद्समक्ष गुहार गर्दछ।

    No related posts.

    9 comments to सूचना आयोगले सूचना लुकायो

    • cRIS

      i suspect the ‘culprits’ want the information at the moment to escalate and to fuel the ‘voilence’ and unstability in the country. timing could be the issue here.

      all the journos and now so called lawmakers – they r trying to be ‘dud ko saachi biraalo’. well, in my opinion, when one tries to sweep the age old debris spotless clean, will certainly come across ‘craploads’ and this one of them.

      the ‘elements’ who want to distabilise the country, r working over-time, as it seems. this is definitely not a good omen for the future of nepal.

      my request to all is to be accountable for your actions, and not dash after the ‘kaag’. be a responsible citizen first.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Wanton Mainali

      Manchhe lukaune, bepatta parne desh, sarkar ma basera banduk uthaune manchhe haru bhako desh ma suchana lukako kura samachar bane ni tesko k aartha chha ra sathi khoi. Dash hazar manchhe marera ako lai PM banayara jun galti Nepali le gare tesko parinam ko barema sochna tira lagau aba… Sanket dekha parne thalisake….
      Mohan baidhya ra Jammar Kattel le Himal Media ma bhayako attack ko defend gardai thiye aasti BBC ma, tara aaj birod jata tata badera gaye pachhi tyo ta raja ka manchhe pasera bhako hamro party ma bhanera bhanna thaleka chhan. K tesko aartha Mohan Vaidhya ani Jammar pani darwar kai hun ta?? Prachanda ji kursi tikauna jasto ni kra garne bani le tapain ko party ani sarkar sabai lai dubauchha…
      Desh ta dubna lagi nai sakyo bela mai bichar garnu ramro hola.. Marisakeko “bhut” ko dar dekhayara afno kartut chhupaunu khojnu buddhi matta purna hoina..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bidrohi

      यस्तै हो साथीहरु के गर्ने त अब हिजोको निरन्कुश्तन्त्रमा पनि सुचनाको हक सर्बसाधारणका लागि हुँदैनथ्यो आजको प्रचन्डतन्त्रमा यही कुराले निरन्तरता पाइरहेको छ । हिजो भर्खर बुटवलको एउटा कार्यक्रममा प्रधानमन्त्री प्रचन्ड भन्दै थिए:- हाम्रो पार्टी भित्र राजाबादीहरुको प्रवेश भएकोले पार्टी बदनाम गराउनलाई यस्तो भएको हुनसक्छ ! थाहा हुँदा हुँदै किन सदस्यता दिएको त तिनिहरुलाई ? अब पार्टीको सदस्य बनाइ सकेपछी कि त छानबिन गरी हटाउनु पर्‍यो नत्र माओवादी मित्रहरुले लाज नमानी भन्न सक्नु पर्‍यो अब देखी हाम्रो पार्टी नेकपा माओवादी नभई नेकपा राजावादी हो। कि कसो काम्रेड प्रचन्ड?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अब नेपालमा अरू के के हेर्न बाकि नै छ, अनि नेपाली नेताहरूले के के देखाउन बाकि नै छ । यो त एउटा उदाहरण मात्र हो, तर पनि यस्‍तै हो भनेर चुप्‍प लागेर बस्‍नु चै हुदैन । किनकि अन्‍याय गर्ने भन्‍दा अन्‍याय गरेको सहने देशको शत्रु हुन् । अन्‍याय गर्नेले गर्‍यो भने सजाय दिने काम कानुनको हो र यदि कानुनले दिदैन भने जनताले दिनु पर्छ । त्‍यसैले हेर्ने, पढने, सोच्‍ने काम मात्र हैन अब केहि गर्ने बेला आएको छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gaju, USA

      Nepal ko kanun saitanle janu bhanchhan. Naya Nepal ko suruwat yesto chha bholi gayera ajhai k k hune hola. Hey Pushipatinath satbudhhi deu ho sabailai.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shilu

      सूचना आयोग ले सूचना लुकाउन खोजेको जून सन्दर्भ यहाँ ले उठाउनु भयो त्यों पनी सूचना कै लागी हो |सूचना भन्ने जान्दा जांदै सूचना लाइ लुकाउनु ले सूचना पर्खेर बसेका हरु लाइ बेलई माँ सूचना न पाउदा कत्तिको बोर हुन्छ एस कुराको बेब्कुफ़ हरुलाई सूचना सम्म पनी हुदैन |माई संसार ले सूचना हेतु स्थापना गरेको ब्लाग माँ ताराजी ले सूचना को प्रसंगल्यायेर हामी ला सूचना दिनु भएकोले उहा लाइ मेरो तरफ बाट पनी येक मुरी धन्यबाद दिएको सूचना गर्दछु |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhoj Gautam,USA

      Its Nepal sathi ,do not expect for any punishment.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mukesh, bermuda

      यो त नेपाली राजनीतिमा साधारण नै बनी सकेको छ् । यो साह्रै नै दु:ख पूर्ण खबर हो । एसका लागि लडिरहन म एश फ्रिदम फोरुम लाई हार्दिक आनुरोध गर्दछु किनकी म जस्ताइ बिशौ लाख नेपाली जो देश बहिर बस्दै छन जसको देशको परि घटनालाई जान्ने बूघ्ने आधार नै सुचना हो । एदी सरकारी आधिकारिहरु बाटनै एस्तो काम हुन्छ भने यो रेमिटान्स बाट चलेको देशको साशक र एशकको मतियर लाई धिक्कार् छ । तपाईंहरु ईशाको बिरुद्ध उुठ्नुस् हामी बिशौ लाख नेपाली जो बिदेश्मा बसेर सुचन को भरमा नेपाल को स्थिती बुझ्न प्रयास रत छौ धेरै को साथ तपाईं को साथमा हुने छ साथै करडौ नेपाली जो नेपालमै बसी बसी नयाँ नेपाल बनाउने सपना बोकी रहेछन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhoj Gautam,USA

      Nepal na ho karbahi kaha hun6.Jun joggi aayapani kanai chireka hun.Satta napaune bela samma bhuk6n,sattama pugepa6i lute kukur hun6n.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker