मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    आफ्नो भकारी दर्‍हो पारे अरुलाई किन दोष दिनुपर्थ्यो र

    -सूर्य खड्का-

    तनखामा ठगिएका छन् मजदुरहरु, पत्रकारहरु, कर्मचारीहरु। यो तथ्य कान्तिपुर पब्लिकेशनमा नदेखिएको होइन। आप्का हाउसमा नबल्झेको हैन। हिमाल खबरपत्रिका त्यसबाट अछुतो भएपनि उसले मजदुरका समस्यालाई पूर्ण रुपले सम्बोधन गर्न नसकेको चाँहि देखिएकै हो।एउटा पत्रकारको आर्थिक स्तर दशौं वर्षसम्म समान हुँदा एउटा मालिकको आर्थिक अवस्था करोड-करोडमा लेनदेन गर्ने स्तरको हुन्छ। यसको उदाहरण त केही समयअघि विभक्त कान्तिपुर पब्लिकेशनले प्रष्ट पारिसकेको छ।

    सबैलाई थाहा छ नि मजदुर, पत्रकार, कर्मचारीलाई विभक्त बनाएर मिडियाहरुलाई आक्रमण गरिरहन्छ कुनै पनि तत्वले भने आफ्ना अंगहरुलाई आफै संयमित र व्यवस्थित र सन्तुष्ट बनाउन सक्नु निजी क्षेत्रको नेपाली प्रेसको गम्भीर चुनौति त हुँदै हो नि, होइन र ? आफ्नो भकारी दह्रो पार्ने, अरुलाई दोष नदिने ज्ञान त आखिर किन पो नहोला र निजी संचार जगतका सञ्चालकहरुलाई।

    शब्दविहीन सम्पादकीयहरु। हेडलाइन विहीन टेलिभिजनका खबरहरु।

    हो, अक्षरहरु छापिने छापामा अक्षरहरु नलेखिकन सम्पादकीय स्वतन्त्रता उपायोग गरे, नेपालका सम्पादकहरुले। प्रायः सवै राष्ट्रिय अखवारका सम्पादकहरुले सम्पादकीय कोलममा लेख्‍ने शब्द भेटेनन्। टेलिभिजनका पर्दाहरुमा मुख्य खबर भन्न गाह्रो पर्‍यो खबर सम्प्रेषकहरुलाई खबर प्रस्तोतालाई।

    शायद अक्षरविहीन खबरहरु खबर बन्नेछन् अब छापामा। टेलिभिजनका पर्दामा वा रेडियोका आवाजहरुमा।
    चौतर्फी आक्रमणको निशानामा परेको नेपाली प्रेसको पछिल्लो तस्वीर हो यो। थुप्रै चुनौतिहरुकाबीच उभिएको छ नेपाली प्रेस संघीय लोकतान्त्रिक गणतन्त्र घोषित मुलुकमा। विभिन्न तगारा, अप्ठ्यारा र व्यवधानहरुसँग पौँठैजोरी खेल्दै नेपाली प्रेस लम्किरहेको छ-व्यवसायिक, पारदर्शी र जवाफदेही पत्रकारिताको धर्ममा।

    यही बीचमा उभिएको छ, मजदुरको समस्या। सबैलाई थाहा छ मजदुर कर्मचारी, पत्रकार, व्यवस्थापन एउटा पूर्ण मिडिया हाउसका अभिन्न अंग हुन्। २००६ को ऐतिहासिक राजनीतिक परिवर्तनपछि नेपाली प्रेस निकै फड्को मार्न सफल भयो। त्यही भएर त पहिले पहिले पत्रकारलाई छोरी दिन हिच्किचाउने नेपाली नागरिक समाज अहिले पत्रकार भनेपछि हेयको दृष्टिकोण होइन, सम्मानको दृष्टिले हेर्न थालेको छ। कुनै पनि पत्रकार भनेपछि पटक्कै नगल्ने सरकारी अधिकारीहरु अहिले ए, पत्रकारलाई पनि छुटाउन हुँदैन है भन्न थालेका छन्।

    सधैं अरुको खबर बनाउने मेलो हुन्छ, पत्रकारको, प्रेसको। तर, यतिबेला आफै खबरको पात्र बन्नु परेको छ, पत्रकारले, नेपाली प्रेसले।

    यो गम्भीर चुनौतिपूर्ण घडी हो नेपाली प्रेसका लागि। नेपाली प्रेसले जति वकालत गर्‍यो स्वतन्त्रता र प्रजातन्त्रको उति नै संघर्ष गरिरहनु परेको छ यसको बचाउको, यसका निरन्तताको लागि। राज्यस्रोतसँग निर्भर नभइकन आफ्नै मिलिभगतमा, आफ्नै पहल र प्रयासमा निजी क्षेत्रको नेपाली प्रेस जनता र राष्ट्रको पक्षमा लागिरहेको छ। यसमा कसैको शायद दुई मत नहोला। तथापि, नेपाली प्रेस खासगरी निजी क्षेत्रबाट सञ्चालित प्रेस जगतले अब एउटा गम्भीर समस्यालाई आफैले समाधान गर्नुपर्ने गम्भीर चुनौति पनि आइलागेको छ। त्यो हो मजदुर व्यवस्थापनबीचको, पत्रकार र व्यवस्थापनबीच बेला-बेलामा आइरहने झन्झट।

    नेकपा माओवादी समर्थित मजदुर युनियनले आक्रमणको निशानामा पार्‍यो निजी क्षेत्रको ठूलो पब्लिकेशन हाउस कान्तिपुर पब्लिकेशनलाई। उसले बाँकी राखेन आप्का हाउसको अन्नपूर्ण पोष्ट र दि हिमालयन टाइम्सलाई पनि। उसले बाँकी राखेन हिमाल मिडियाको हिमाल खबरपत्रिकालाई पनि। एचबीसी एफएमदेखि मोफसलका धेरै एफएमहरु माओवादीसमर्थित मजदुर युनियनका निशाना बने। निजी क्षेत्रका अन्य प्रकाशन गृह तथा प्रसारण संस्थाहरु छन्, जो माऔवादी निगरानीमुक्त छैनन् अझै।

    यसमा प्रमुख सत्तारुढ घटक माओवादीको राज्य नियन्त्रित मिडिया सञ्चालन गर्ने मिसन त लुकेकै छ। त्यस बाहेक यो चुनौतिलाई सामना गर्ने दायित्व पनि अब शायद अब निजी क्षेत्रको मिडियाको व्यवस्थापनको काँधमै आइलागेको छ।

    एउटा पत्रकारलाई उत्कृष्ट समाचार लेख्‍न जागृत बनाउने कर्मचारीको सहयोगले एउटा अखबार अथवा प्रकाशन गृहको प्रसारण संस्था लोकप्रियताको शिखरमा चढ्छ। एउटा मजदुरको सानो सहयोगले एउटा प्रकाशन गृह अथवा एउटा प्रसारण संस्थाको घोषित लक्ष्य प्राप्तिका महत्वपूर्ण योगदान दिन्छ।

    यो यथार्थका बीच अब निजी क्षेत्रको प्रकाशन, प्रसारण संस्थाले खासगरी व्यवस्थापनले आफैंले सरकारलाई पनि नमूना हुनेगरी मिलाइदिनु पर्ला।

    मजदुरका कुरा, पत्रकारका कुरा, कर्मचारीका कुरा। अझ बढी भन्ने हो भने समस्याका कुरा। तनखामा ठगिएका छन् मजदुरहरु, पत्रकारहरु, कर्मचारीहरु। यो तथ्य कान्तिपुर पब्लिकेशनमा नदेखिएको होइन। आप्का हाउसमा नबल्झेको हैन। हिमाल खबरपत्रिका त्यसबाट अछुतो भएपनि उसले मजदुरका समस्यालाई पूर्ण रुपले सम्बोधन गर्न नसकेको चाँहि देखिएकै हो।

    एउटा पत्रकारको आर्थिक स्तर दशौं वर्षसम्म समान हुँदा एउटा मालिकको आर्थिक अवस्था करोड-करोडमा लेनदेन गर्ने स्तरको हुन्छ। यसको उदाहरण त केही समयअघि विभक्त कान्तिपुर पब्लिकेशनले प्रष्ट पारिसकेको छ।

    अब आफैं निजी क्षेत्रका सञ्चार माध्यमहरुले, सञ्चार गृहहरुले, प्रसारण संस्थाहरुले तिनका सञ्चालकहरुले सरकारलाई समेत नमूना हुने गरी मजदुरका समस्या, कर्मचारीका समस्या, पत्रकारका समस्या अनि आफ्नै चुनौतिहरुलाई बृहत् हानी बनाएर सम्बोधन गरिदिए नेपाली प्रेसले सरकार समर्थित मजदुरहरुको आक्रमणको निशानाकाबीच पनि आफूलाई अब्बल बनाउन सक्थे कि त । आखिर मालिक मात्रै नमोटाउने, पत्रकार पनि नदुब्लाउने, कर्मचारी पनि नजिङ्ग्रिने, मजदुर पनि नठगिने एउटा त्यस्तो सम्बोधन, एउटा त्यस्तो समाधान किन नदिन सक्दैनन् निजी क्षेत्रका प्रकाशन गृहहरुले, प्रसारण संस्थाहरुले। यो पाटोतिर पनि अब निजी क्षेत्रका मिडिया सञ्चालकहरुले अलिकति भने पनि ध्यान त पुर्‍याउनु पर्ला नि।

    आखिर समयको चुनौति सबैले सामना गर्नु नै छ भने आफ्ना आन्तरिक समस्याहरु आफै समधान गर्न सफल उदाहरण बन्न सक्नुपर्छ नि निजी क्षेत्रको नेपाली मिडियाले।

    सबैलाई थाहा छ नि मजदुर, पत्रकार, कर्मचारीलाई विभक्त बनाएर मिडियाहरुलाई आक्रमण गरिरहन्छ कुनै पनि तत्वले भने आफ्ना अंगहरुलाई आफै संयमित र व्यवस्थित र सन्तुष्ट बनाउन सक्नु निजी क्षेत्रको नेपाली प्रेसको गम्भीर चुनौति त हुँदै हो नि होइन र ? आफ्नो भकारी दह्रो पार्ने अरुलाई दोष नदिने ज्ञान त आखिर किन पो नहोला र निजी सञ्चार जगतका सञ्चालकहरुलाई।

    त्यसैले खबरदारीका आवाजहरु आफैभित्र पनि किन बुलन्द नगर्ने ? जब हामी स्वतन्त्र प्रेसका लागि लडिरहन्छौं, लडिरहन्छौं भने।

    No related posts.

    25 comments to आफ्नो भकारी दर्‍हो पारे अरुलाई किन दोष दिनुपर्थ्यो र

    • —- मिडिया ,मजदुर, मालिक र राजनीतिक आस्था—-

      1)मजदुरहरूलाई राजनीतिक आस्थाका आधारमा निकालिनु, दुर्गम ठाउँमा पठाउनु राजनीतिक पूर्वाग्रह हो । राजतन्त्रको समाप्ती अगाडिसम्म हिमालको भूमिका के थियो र अहिले के छ त्यो बुझ्नु जरुरी छ । माओवादी मजदुरहरूको विषय त सतह मात्रै हो, त्यसको गहिराइमा पुग्ने हो भने त्यस संस्थाका मालिकहरूको वर्गस्वार्थ बुझ्न सकिन्छ ।

      2) हिमाल मिडियाले माओवादी जनयुद्धको बेलादेखि संविधानसभाको निर्वाचन अगाडिसम्म राजतन्त्रको घुमाउरो समर्थन गर्दै आएको यथार्थ हो । हिमालमा छापिने समाचार, विश्लेषण र लेखहरूले निरन्तर यथास्थितिको वकालत गरिरहेका थिए । कणकमणि दिक्षितले ‘उकालो लाग्दुँ को माध्यमबाट प्रचण्डलाई विस्थापित गरेर पुष्पकमलका रूपमा चित्रित गर्नेदेखि लिएर संविधानसभा निर्वाचनमा माओवादीले ३० सिट ल्याउने प्रचार गर्दै हिँडे । त्यस मिडियाका जे.बी पुन मगरका स्टोरीहरू, अन्तर्वार्ताहरू पत्रकारिताको सामान्य भाषासमेत भुले माओवादीलाई गुण्डा, अपराधीजस्ता शब्द प्रयोग गर्दै पार्टीभित्र फुट ल्याउन उद्धत देखिन्थे । माओवादी राष्ट्रिय भेलाले हिमाल मिडियाको फुटको सपना ध्वस्त पारेपछि उनी र उनको मिडिया माओवादीविरुद्ध नयाँ-नयाँ अत्तोसहित देखापरेको छ ।

      3)शालिकराम जम्कट्टेलका केही व्यक्तिगत स्वभावहरूलाई लिएर समग्र मजदुर आन्दोलनको सैद्धान्तिक पाटोलाई तोडमरोड गर्नु भनेको माओवादीविरुद्ध अर्को तरिकाले खनिनु हो । कार्यशैलीगत कमजोरीहरूको विषयमा बोल्नुहुँदैन भन्न खोजिएको होइन । माओवादीले गरेका गलत कार्यहरूको विरुद्ध लेख्नुपर्छ तर त्यहीा संस्थाका मालिकहरू विगतमा राजपरिवारको अपुताली सम्पत्ति कुम्ल्याएर निरन्तर उसको चाकडी गर्दै आजसम्म आएका छन् । अरूका विषयमा बोल्नुभन्दा पहिला आफ्नो नियतमा सुधार गर्नु जरुरी छ । अहिले जसरी यो घटना अतिरञ्जित तरिकाले अगाडि बढिरहेको छ, त्यसले के निहुँ पाउँ कनिका बुकाउँ भनेर पर्खिरहेका प्रतिगामीहरू माओवादी प्रेस स्वतन्त्रताविरोधी भनेर ठूलो स्वरमा कराउन थालेका छन्

      4)पत्रकारहरू आन्दोलनमा आउन त स्वभाविक हो तर कृष्णसेन इच्छुकको हत्यारो पार्टी नेपाली कङ्ग्रेससमेतलाई बखेडाको नयाँ निहुँ बनेको छ, पत्रकारहरूको आन्दोलन । यही घटनालाई ठूलो बनाएर सरकारका विरुद्ध कसरी जाइलाग्न सकिन्छ ? नयाँनयाँ कसरत गरिरहेछन् प्रतिगामीहरू पनि । आक्रमण गर्ने मजदुरमाथि कारबाही गर्नुभन्दा पहिला दीक्षित परिवारले राजपरिवारको अपुताली सम्पत्ति राज्यलाई तुरुन्त फिर्ता गर्नुपर्छ, कनकमणि दीक्षितले साल्ट ट्रेडिङ कर्पोरेसनको एक करोड पैसा तिर्नुपर्छ र निकालिएका मजदुरहरूलाई पुनर्वहाली गर्नुपर्दछ । समस्या समाधानको उत्तम विकल्प यो भन्दा अरू केही हुनैसक्दैन ।

      ——–प्रेस स्वतन्त्रता र मजदुर शोषण,अन्याय ——

      5)विचारको प्रतिकार विचारबाटै गर्नुपर्दछ, भौतिक आक्रमणको माध्यमबाट होइन । मजदुर र मालिकबीचको सङ्घर्षको अभिव्यक्तिस्वरूप त्यो घटना भएको हो भने यथाशीघ्र समस्या समाधानको बाटो पहिल्याउनुपर्दछ । प्रेस स्वतन्त्रताको आवरणभित्र मजदुरमाथि अन्याय गर्दै जाने र प्रतिकारका रूपमा मजदुरहरू प्रस्तुत हुँदा ‘स्वतन्त्र प्रेसमाथिको आक्रमण्ुँ भनेर कराउने प्रवृत्ति ठीक होइन । वर्गीय समाजमा सबै कुरा वर्गीय हुने भएकाले मिडिया पनि वर्ग पक्षधरताभन्दा टाढा रहनै सक्दैन । प्रेस पूर्वाग्रहरहित रहनुपर्छ भन्ने सैद्धान्तिक मान्यता रहे पनि त्यो कहीाकतै देखिादैन र आजको विश्वमा त्यो सम्भव पनि छैन । तसर्थ ः पुँजीपतिहरू मिडियामा किन लगानी गर्छन् भन्ने कुरा बुझ्नु जरुरी छ

      6)कुनै पनि मिडियामा काम गर्ने पत्रकारहरूको मिसन हुँदैन । मिसन त त्यसको हुन्छ, जसको त्यसमाथि निजी स्वामित्व हुन्छ । यो भनिरहँदा पत्रकारहरू विचारविहीन हुन्छन् भन्न खोजिएको होइन । मुलतः उनीहरूको कलम मालिकको निर्देशनअनुसार नै चलेको हुन्छ । पुँजीवादी मिडियाहरूको मुलत ः दुईवटा मिसन हुने गर्दछन् । एउटा विज्ञापनका हरेक क्षेत्रमा कब्जा जमाएर नाफा कमाउने र अर्को स्वतन्त्रताको आवरणभित्र पुँजीपति वर्गको स्वार्थको पक्षमा लेख्ने । मिडिया बिग हाउसहरूमा पनि मालिकहरू मजदुरहरूका आवश्यकतालाई लात हानेर निरन्तर नाफा कमाउने उद्देश्य राख्छन् । मिडियामा लगानी गर्ने पुँजीपतिहरू दिनदिनै करोडौंको नाफा आर्जन गरिरहेका हुन्छन् । तर त्यहीा काम गर्ने मजदुरहरूको स्थिति जहाँको तहीा रहन्छ । जब मजदुरहरू आफ्नो अधिकारकारका निम्ति सङ्गठित हुन्छन्, त्यतिबेला उनीहरूमाथि विभिन्न बहानामा अझ शोषण गर्ने, कामबाट अलग गर्नेलगायत शोषणका विविध तरिकाहरू अपनाइन्छ । त्यस्तो संस्थाभित्र मालिकहरूले लगानीगर्दा आर्जन गरेको करोडौंको सम्पत्तिका रूपमा ठूला-ठूला महलहरू खडा हुँदै जान्छन् र ती महलहरू अन्तत ः मालिकहरूकै हुन्, जुन तरिकाले आर्जन गरेपनि । त्यसो त्ा मिडियाहरूमा बहुराष्ट्रिय कम्पनी र पुँजीपतिहरूले सक्दो लगानी गर्छन्, जुन नाफा आर्जनका निम्ति उपयुक्त बाटो हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikram

      फटहा पार्टिहरूको कुरा छोडिदिउ तर
      भैइरहेका पत्रकार वा मजदूरहरूलाई कुनै पनि पत्रीका वा मिडीया मालिकले तलब, भत्ता वा सुबिधा नबढाउने र त्यस्तो आवाज निकाले तिनिहरूलाई धेरै पैसा दिने ठाँउमा काम गर्न जाउ भनेर निकाल्ने अनी फ्री प्रेस को आडमा आन्दोलन गर्ने? क्या गजब यार!
      यदी ति पत्रकार वा मजदूरहरूलाई राख्दा तिनिहरूलाई घाटा पर्छभने तिनिहरूले पो आफ्नो ब्यापार बन्द गर्नु पर्ने होइन र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arjun

      हुकुमी शासन को हुन्दिवाल खेताला, पत्रकार को भेष को पत्रुकार अपराधी, यो सूर्य खडका लाइ कहिले बाट प्रेस स्वतन्त्रता को चिन्ता लाग्न थालेछ? ओई सूर्य खडका, तेरो मालिक ज्ञाने, जून शासन माँ हुंडी खाएर त जनता बिरुद्द अपराध माँ सामेल थिस, भन के तेती बेला प्रेस स्वतन्त्रता थियो? तेती बेला किन बोलिनस? की कम थापा र तुलसी गिरी को ट्वोइलेट सफा गर्दै थिस?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रामकृष्ण

      khai ke khai ke.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रामकृष्ण

      khai ke khai ke.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sshakya

      ऐडम स्मिथको Invisible Hand र नेपालका नव मीडिया TYCOONS
      ————————————————-

      आधुनिक अर्थशास्त्रका र खुला बजारका (free market) पिता Adam Smith को सन १७७६ मा प्रकाशित बहु-चर्चित र classic पुस्तक Wealth of Nation (देशको धन)मा उनले खुला बजारको आर्थिक नितिको समर्थन र प्रवर्दनमा अदृश्य हात (Invisible hand) को concept लाइ प्रस्तुत गरेका थिए ! उनको जोड़ थियो बजारलाई सरकारले आफ्नो नियेंत्रण बिना खुल्ला छोड़ी दिनु पर्छ ! उनको भनाई के थियो भने एउटा ब्यक्ति वा उद्योगको अधिक नाफा कमाउने वा आय बढाउने ब्याक्तिगत स्वार्थको पछाडी यस्तो एउटा अदृश्य हात (invisible hand) ले काम गरी रहेको हुन्छ जसले अन्तात्व्गोत्वा पूरा समाज वा राष्ट्रको आय अधिक हुन जान्छ ! अर्को शब्दमा प्रत्येक ब्यक्ति वा उद्योगले जम्मा गरेको अधिक नाफाको जोड़ राष्ट्रको कुल नाफा वा आय हुन्छ भन्ने उनको बिचार थियो !

      तर सन २००१ का अर्थशास्त्रका नोबेल पुरस्कार बिजेता अमेरिकी Joseph Estiglitz ले आफ्नो सन २००६ को पुस्तक (Making Globalization Work) मा ऐडम स्मिथको अदृश्य हातको खंडन गरेर भनेका छन की जब एउटा ब्यक्ति वा उद्योगको अधिक नाफा कमाउने स्वार्थले अर्को ब्यक्तिको जीवनमा नकारात्मक प्रभाव पारी रहेको हुन्छ र त्येस ब्याक्तिले त्यों खेप्नु परेको हानिको बापतमा क्षतिपूर्ति पाई रहेको हुदैन त्यसबेला ऐडम स्मिथको अदृश्य हातले काम गरी रहेको हुदैन र खुल्ला बजारले (free market) समाजको हित गरी रहेको हुदैन ! उदाहरणको लागी, बजारले उत्पादन गरेको अत्याधिक प्रदुषणले गर्ने हानिको क्षतिपूर्ति नहुनु, बजारले बिज्ञान तथा प्रबिधिको बिकासमा पर्याप्त खर्च गर्न कन्जुस्याई गर्नु (जस्तै:- संसारको सबैभन्दा पूंजीबादी (खुल्ला बजारबादी) अमेरिकामा इन्टरनेटको, Telegraph को, रेलवेको र Bio-technology को बिकाश बजारबाट नभई सरकारबाट हुनु !) etc..

      अझ अगाडी गएर एक प्रख्यात अमेरिकी दार्शनिक र बैज्ञानिक Noam Chomosky भन्छन – “सबै आफुलाई, अरुलाई केही छैन” को नितिको परिणाम एकदिन भयावह हुनेछ ! उनी थपछन, ऐडम स्मिथको अदृश्य हात (Invisible hand) ले कुनै दिन भबिश्यमा मानवजातिको अस्तित्वलाइ नै शाखाप पार्नेछ र यसले समाजलाई ध्वस्त पार्नेछ, बातावरणलाइ ख़तम गर्नेछ र मान्छे हुनुको मूल्यलाइ नष्ट गर्नेछ !

      नेपालका नव मीडिया tycoon हरु र यसका आधुनिक बड़ा-गुरुज्युहरु (जस्तै हार्वर्डबाट ऐडम स्मिथको अर्थशास्त्रमा B.A गरेका हिमाल मीडियाका CEO आशुतोष तिवारी ) ले ‘All for ourselves and nothing for other people seems, in every age of the world , to have been the vile maxim of the masters of mankind’ भन्ने ऐडम स्मिथको अवलोकनलाइ त्याग्न नसक्दा प्रेस मालिक-ब्यवस्थापन र मजदूरको समस्या हात हाला-हालको स्थितिमा पुगेको हो की ????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SAGAR, japan

      खबरदारीका आवाजहरु आफैभित्र पनि किन बुलन्द नगर्ने ? जब हामी स्वतन्त्र प्रेसका लागि लडिरहन्छौं, लडिरहन्छौं भने।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • puru

      what the hell r u writing?
      ya, go ahead and fight but brother until when………….

      lets work together for free education for all in our country than everythign u think will b possible

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shankar, Sydney

      Surya Ji First of all thanks for your positive writing. I read your journal most of the time you wrote negative way. Congratulation for your positive thinking. Keep going, don’t stop. Just think positive and be positive. Good luck.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hillman

      नेपाल र नेपालीको सब भन्दा ठुलो रोग आफु लाई मर्का परे पहाड नै भात्काउला जसरी कुर्लने। आफुलाई मर्का न् पर्ने भये कानमा तेल हालेरा बस्ने हो भन्नुमा अतियुक्ती न होला।

      शाह् वंशकै शासनकालमा आधुनिक् नेपाल् भनिये तापनि नेपाल गरीब र् पिछडियेको त् छदै थियो त्यस माथि पनि ३० वर्ष सम्म सामन्ती राजा र यस्का हिमायती मण्ड्ले हरुले गरीब र मज्दुरी गरेर खाने लाई टाउको उठाउन दिएनन्।

      ४६ साल मा प्रजातंत्र आयो त् भनियो। तर “हात्ती आयो हात्ती आयो फुस्सा” भने झै हुने खाने लाई सबै थोक आयो न् हुने लाई के न के। गरिब् निमुखा हरुको दैनिकिमा त् कुनै फरक् परेन तर पत्र पत्रिका का मालिक् देखि व्यापारी, कर्मचारी देखी एन् जि ओ, अाई एन् जि ओ मा आबद्द हरु चांहि सुङ्गुर् जसरि धनले मोटायेर् रातरात् धन कुबेर् भये। तर यिनिहरुका निमित्त काम् गर्ने श्रमजिवी हरुको हकमा हितमा भने श्रम् नियमावलि, श्रम् मंन्त्रालय हुंदा हुदै पनि न कुनै सुन्वाइ भयो न कुनै उपलब्धी नैइ। कसैले विरोध् गरे नियम् मिचेर जागिर् चवाट्ट।

      यस्तो स्थिति निम्त्यौने को जिम्मेवर् को??? पत्रकार् र पबलिसर् भनेर हुन्छ??? सबैले बिचार् गरौकि।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gopal

      Haami sabai tyahi nepali samaajkaa sadasya haun,dudhle dhoiekaa kohipani chhainan,sabailaai sunpaani chharkanaparne sthiti chha.ko jyaada badmaas ra ko kamtaa badmaas bhanne maatra. yo haamro nepali jiwan paddatiko ek bimaari jastai banisakeko chha.sabai maagne maatra,dine-puryaaune kasle?sabai bhokaa-pyaasaa je garepani aafno poltaa maatra daro banaauna khojne.Haamro sochne,bichaar garne granthi nai galat maatra sochna thaalisakeko chha.kinaki ekle sahi socheko-bichaareko kuraa aarkole sahi dekhdaina.raajnitik,aarthik,saamaajik,saanskritik samagra chhetramaa rogee/bimaari parekaa haami mepaliko praathamik upachaarko laagi khadaa gariyeko 601 doctorharuko jammbo clinic samaya simaa bhitrai praathamik upachaar dina safal bhayemaa sabai kuraako sthaaee upachaar kramasa hundaijaanechha bhani aasaabaadi hunu baahek tatkaallaai kehi dehkinna.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • होइण हो हजुर यो आक्रमण पत्रकारको हक हिटको लागि भको हो य प्रेस माथि कुणै महानउभबले प्रस्ट्स पर्णे पर्यस गर्णु हुण्ठ्यो कि मलाई भुज्ण गाह्रो भो किण्की यो ट पट्र्कर मजडुर को लागि भको हो होइण र ????????????????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Byas

      यहाँ म राम्ररी संज्न्छु कसरी उमेश जस्तेा कर्मठ पत्रकारलाइ छीनमै जागिरबाट निकालेकेा थियेा भनेर । खासै ठीक नभए पनि यदि मालिकलाइ एक दुइ मुक्का हानेकेा रछ भने सहि गर्रयेा कि?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shilu

      तथ्य परक समाचार न पस्कने र तथ्य परक समाचार ले आफ्नो बिरोध गरिदिए भौतिक आक्रमण गर्ने परम्परा पंचायत काल देखि कै रोग हो नेपाली प्रेस जगत माँ |आर्को , रोग आफ्नो घर माँ आगोलाग्यो भने चिच्याउने अरुको घर माँ आगो लागे खुच्हिंग भन्ने सहरिया तथाकथित सीक्षित समाज माँ प्रचलित रोग हो |गिरिजा को कट्टु भित्र लाऊडा देखने पत्रकार हरु कहिले काही प्रचंड को घर छेउ कै सेतो हात्ती पानी न देखेझई गरिदिन्थे, अब आएर लेख्नै पर्ने भयेपछि,अली अली जिउ मालिश गराउदै लेख्दै छन|अजिंगर संग दोस्ती गरेर आफुलाई निश्चिंत ठान्ने हरुलाई के भन्नु र कती भन्नु ?भैगो भंदीन !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • R. Paudel

      Kahile kanhin ta Suryaji le pani sahi kura garda rahechhan.
      Yadi hami nepaliharu yak arkama biswash garna ra adar(respect) garna sakeun bhane nishchayanai sabai samasyaharu aphain samdhan garna sakchhauna. Ajako awashyakata bhneko nai sabai byakti haru apno kamprati anushasit (disciplined) hunu ho. Jabasamma hamiharu thik
      ra bethik nachhutyaikana aruharuko isharama hidchhaun taba
      samma yi samasyaharubata nepalle mukti paune chhainau.

      Baltimore, USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bidur

      The problem of media house is not with their own labors.The problem is with people outside their organization.Why dont people follow law if there is any problem?Why should they take law into their hand when there is any problem?You cannot justify lawlessness with labor problem.If the publication is not paying them well, they can either go to court or resign.Why all this fuss.You want job in your term!!!Why would somebody invest his fortune to give all to labors?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Murkha

      supply of patrakar overall in Nepal = high
      demand for patrakar overall = low
      therefore, salaries for ordinary patrakar = low

      supply of talented, well-known, expert patrakar = low
      demand for talented, expert patrakar = high
      therefore, salaries for such expert patrakar = high

      patrakars are not majdoor.
      majdoors are not patrakar.

      To Maoists, everyone is a majdoor, except the maliks.
      Every Maoist majdoor = additional source of income for the Maoist party through monthly levy.

      Maoists are not interested in majdoor hak-heet.

      Maoist are interested in getting their unions, and their members and in raising their monthly money collections, in every business house in the name of majdoor hak-heet.

      Until the Maoists get what they want, they will create jhagada in the name of the unions in businesses.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suresh bhattarai

      verry good

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lachchu, IL, USA

      Free Press ?????
      no human right
      no free press
      no humanity
      just keep your finger crossed, that we are not treated like animal one day.
      country is ruled by the butchers

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna

      Surya Ji:

      I like your writing style and the thoughts. Yes, you are right that media owners will be billionaire within a couple of years once they start business but the conditions of writers and media workders are the same even after decades and decades.

      Go ahead and keep writing good news in blogs.

      Krishna

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • KG

      जंहानिय निरंकुश राणा शासनको समयमा देशमा बिकाशको नाममा एउटा सिन्को सम्म भॉचेनन,राणाहरू आफ्नो भुंडी भर्ने तर्फ मात्र जोड़ दिन थाले फलस्वरूप राणाहरुको आफ्नै खिचातानीले गर्द उनीहरुको शासन अंत भएको सर्वबिदितै भएको कुरा लेखी रहन्नु अवश्यक न होला,तत्पस्यत देशमा जनताको आँखामा छारो हाल्न प्रजातन्त्रको नारा दिई तिनै निरंकुश शासक संग हातेमालो गर्दै हिड़ने नेपाली कांग्रेस ले केही बर्ष निरंकुश राजतंत्र कै छत्र छायाँमा बर्तमान माओबादी का जस्ता चरित्र अप्नाएर प्रजातंत्र को नाम मा चोरी डकैती जस्ता नीच कार्यमा बढ़ी
      प्रोत्सहान दिई सर्वसाधारण नेपाली नागरिकहरुमा त्रासितको अवस्था शृंजना गरएको बारे पनि यहाँ उल्लेख गरी रहनु पर्ने त्यति आवश्यक न होला, उता महेंद्र के निहू पाँऊ भनी दाऊ हेरी राखेको समयमा कांग्रेसको करतूत ले गर्दा महेंद्रले जबरजस्ती निरंकुश पंचायत लादिन,तिनै निरंकुश पंचायतलाई ढाल्न निरंकुश प्रजातंत्रबादी भनाउदा नेताहरूले बिद्यार्थीहरुलाई हतियार बनाएर प्रयोग गरी निरंकुश पचायतलाई खाल्डोमा पुरेर देशमा नौलो निरंकुश प्रजातंत्र को उदय भयो,तर देश बिकाशको नाममा आख़िर चारै तिर भ्रष्ट्चारको जालो फिन्जाएर प्रजतान्त्रको नाममा भ्रष्टचार गरी पुस्तौ पुस्ता सम्म पुग्ने हिसाबले बिदेशी बैंकमा जम्म गरे,यी जाली फटाहा निरंकुश प्रजातंत्र बादी भनाउदा डांका नेता र कामचारीहरुले खेलेको फोहोरी खेललाई , किन यी बिबेकशील,चेतनशील बिद्दयार्थीहरुले बुझी राखेका छैनन, किन यिनै जाली फटाहाहरुको पिच्छ लागेर हिंडछन र समर्थन गर्छन केही बुझ्न सकी राखेका छैनन!
      जुनसुकै ब्यबस्था आए पनि देश बिकाशको नाममा आख़िर नेता र कर्मचारीहरु मोटाएका मोटाएकै छ,किन तलव ब्रिद्दी गर्नु परयो,जनताको पसीना पनि तिनै कर्मचारी र नेताको बैंक ब्यालेंसमा,बिदेशिको सहयोग र ऋण पनि तिनै नेता र कर्मचारीको बैंक ब्यालेंसमा किन चाहियो र केलाई चाहियो तलव ब्रिद्दि,भएको अर्थ नै सब गिचेर अझै पुगेन,कति सम्म को अन्य र अत्याचार हो यो, यस्तो लेखहरु लेखनलाई लाज लाग्दैन,कतिन्ज्यल सम्म जनताको आँखामा छारो हाल्छस, दुख गरेर जीविका चलाउनेहरुको हकमा मजदुरहरुको सम्मानका साथ उचित तलब को ब्यबस्था हुनु पर्छ, भ्रष्टचारी र कमिसन खोर कुर्शिमा हल्लिएर बस्ने र कालो गाड़ी चढ़नेहरुको बढाउने हैन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • AS

      Totally agree with Murkha. If journlalists and laborers are not getting paid enough, they can always go work for someone else. Just because media entrepreneur made millions does not mean that employees need to be paid a lot either. The entreprenuers are getting paid for taking the risk. Many entrepreneurs lose millions of rupees as well. Do the unions pay them back?

      When Repulica and Dainikee split from Kantipur, we heard how well the good journalists were getting paid due to competition. If you are not a good journalist, you do not deserve to get paid more. Same with other employees.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rohini Dhakal

      प्रेस स्वतन्त्रताको आन्दोलन र हिमाल मिडिया-जनध्वनि
      नेपालमा यतिखेर पत्रकारहरू आन्दोलित छन्, माओवादी सम्वद्ध टे्रड युनियनका सदस्यले आफ्ना मागको सुनुवाइ नभएको, व्यवस्थापन पक्षबाट पटक-पटक धोका दिएको भन्दै हिमाल मिडियामा आक्रमण गरेका थिए। सो आक्रमणमा केही पत्रकार र व्यवस्थापन पक्षका केही व्यक्ति घाइते पनि भए। सो आक्रमणको प्रकृति र घटनाक्रम हर्ेदा व्यवस्थापन पक्षको कमजोरी र मजदुरमाथिको थिचोमिचो हेपाहा प्रवृत्ति र आस्थाको आधारमा भएको प्रतिशोध देखिन्छ। करिब ६ महिना पहिले आफूहरूले ट्रेड युनियन खोल्न पाउनुर्पर्छ भन्दै उनीहरूले निवेदन दिएका थिए, सोको आधारमा व्यवस्थापन पक्षले उनीहरूलाई कामबाट बर्खास्त गरेपछि यो स्थिति आएको हो। हिमालमाथिको आक्रमण निश्चय नै स्वतन्त्र प्रेसप्रतिको आक्रमण हो, यो निन्दनीय छ। सो घटनाको विरोध गर्दा पत्रकारहरूलाई प्रहरीले लाठ्ठी प्रहार गरी घाइते बनाएपछि उनीहरूको आन्दोलन चर्किएको हो। यसरी सरर्सर्ती हर्ेदा कलमजीवी वर्गमाथि त्यसरी आक्रमण गर्नु वा प्रहरीले लाठ्ठी बर्सर्ााु लोकतन्त्रकै उपहास हो। लोकतन्त्र प्राप्तिको लागि लडेका पत्रकारलाई विरोध गरेकै भरमा कुट्नु, पिट्नु निन्दनीय कार्य हो। यसमा राज्य पक्षको गल्ती देखिन्छ तर स्वतन्त्र पत्रकार वा प्रेसले यसमा पनि माओवादीको गल्ती भनेर प्रचार गर्नुचाहिं कतै उनीहरूमा माओवादी फोविया भएको त हैन – प्रश्न गर्ने ठाउँ रहन्छ। कुनै एउटा पार्टर्ीीे भ्रातृ संगठनले केही गल्ती गर्‍यो भने त्यो दोष माउपार्टर्ीीई दिन मिल्दैन तर यहाँ त उल्टो भइरहन्छ जब बाख्राले गल्ती गर्छ भेडाको कान काट्ने भनेजस्तै भइरहेछ यो सरासर गल्ती हो, यसो गर्नु भनेको स्वतन्त्रता भनेका मिडिया पनि बदनाम हुनु हो।
      हिमाल मिडियाको कुरामा मजदुर पक्षले आफूले टे्रड युनियन खोल्न पाउनुपर्ने माग गरेपछि उनीहरूलाई व्यवस्थापन पक्षले निश्कासन गर्‍यो, यो श्रमजीवी पत्रकार ऐनविपरीत छु, हिजोसम्म आफ्नै प्रकाशन गृहमा काम गरेका कर्मचारीलाई र्सार्वजनिक सूचना निकालेर अपराधीको संज्ञा दिन्छ भने त्यस्तो व्यवस्थापन पक्षलाई के भन्ने – आस्थाकै आधारमा कसैलाई निस्काशन गर्नु, कामबाटै बर्खास्त गर्नु भनेको हदैसम्मको निँच र स्वार्थीपन हो। कुनै कर्मचारीलाई आस्थाकै आधारमा विभिन्न पत्रपत्रिकामा नाम र फोटो छापेर चरित्र हत्या गर्नु भनेको हिमाल मिडियाले उसको स-सम्मान बाँच्न पाउने अधिकारलाई बञ्चित गरेको हो। कुनै पनि मजदुर जुनसुकै टे्रड युनियनमा आबद्ध हुन पाउँछ यो उसको अधिकार हो। विगत सात-आठ वर्षेखि काम गर्दै आएको कर्मचारीलाई अपमानजनक ढंगले निष्काशन गर्नु भनेको हिमाल मिडियाले मजदुरलाई गरेको चरम शोषण हो, अपमान हो, तानाशाही प्रवृत्ति हो। यसरी प्रेस स्वतन्त्रताको डंका पिट्ने सञ्चारमाध्यमले आफ्नो कर्मचारीमाथि थिचोमिचो गर्छ भने उसको नियतमाथि पनि शंका गर्नुपर्छ, ऊ कताबाट परिचालित छ। अहिलेको पत्रकारहरूको आन्दोलन हर्ेदा प्रेस स्वतन्त्रताको लागि होइन कि माओवादी विरुद्धको आन्दोलनजस्तो देखिन्छ। उनीहरूले हिमालको नाम विकाएर देशमा ववण्डर र मच्चाउन र माओवादी सिंगो पार्टर्ीीे चरित्र हत्या गर्न लागिरहेछन्। माओवादी सम्बद्ध पत्रकार मारिँदा, कुटिँदा, एउटा विज्ञप्ति मात्र निकाल्ने तर पत्रकार कुटिँदा भने देशै उचाल्ने आन्दोलन गर्ने यो के नियत हो – यसमा पनि घूसपैठ भएको छ। हिमालमा भएका मजदुरका बारेमा एक शब्द पनि नबोल्ने तर पत्रकार कुटिँदा आन्दोलन नै गर्नुपर्ने कुन स्वतन्त्रता हो – मजदुरका बारेमा बोल्नुपर्दैन – कि मजदुर मानिस होइनन् – पत्रकार भन्दैमा सबै राम्रा नियतका पनि त हुँदैनन् – फेरि राज्यले उनीहरूलाई छुट्टै स्थान दिनुपर्ने किन – अन्तमा जसरी हिमाल मिडियामा भएको आक्रमण निन्दनीय छ जो हुनुहुँदैनथ्यो। तर भयो अब यस्ता घटना दोहोरिनेमा सजग हुनु राम्रो हुन्छ। मजदुरको हकहित र आवाजविहीन ती मजदुरको पक्षमा पनि कलम र आवाज उठाउनु स्वतन्त्र पत्रकारको कर्तव्य हुनेछ।
      -रोहिणी ढकाल
      बोर्लाङ-६, गोरखा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shilu

      ल हेर स्याल ले कुखुरा लाग्यो भन्दै ,आफुले झन मोटो कुखुरा लाने हरुलाई न चिन्ने र लिखित दस्ताबेज र रेडिमेड कुरा बाहेक आफ्नो गिधि लाइ नेता हरुको मोजा मुनि लुकायेर बसने हरुलाई पनी भनेर के नै फरक पर्छ ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bimal Pokharel

      Dhakal Jee…

      Maobadi ko patrakar lai maobadi kai manchhe le mareka hun… maobadi nai tyo hatya ka doshi lai chhutauna lageka chhan kasari… Aru le boleko sunuwai hunchha..?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker