नेपालका सरकारी कर्मचारीलाई जस्तो विदा अरु कुन देशकालाई हुन्छ होला र ? नयाँ व्यवस्था लागू भएपछि विदाहरु अझै थपिएका छन्। अझ अब विद्युत संकट घोषणा भएपछि त वैशाखदेखि हप्ताको दुई दिन सरकारी विदा हुने रे।
तर पनि अर्को खालको विदा पनि चाहियो रे भन्ने माग उठेको छ। नेपाल पर्यटन बोर्डले नेपाल सरकारका निजामतीलगायत सम्पूर्ण कर्मचारीहरूलाई वर्षमा केही दिन पर्यटन छुट्टी दिन सरकारसँग आग्रह गरेको छ। बेतलबी विदा हैन, उचित पारिश्रमिकसहितको विदा रे।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्न र नेपालका जीवन्त कला, संस्कृति र धार्मिक एवम् पर्यटकीय स्थलहरूको चिन्नका लागि बिदा दिन बोर्डले सो आग्रह गरेको हो।
बोर्डका कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठले यसै साता आयोजित एउटा कार्यक्रममा सो आग्रह गर्दै भन्नुभयो- “यस्तो छुट्टीले सरकार र कर्मचारीलगायत सबै क्षेत्रलाई फाइदा पुग्छ ।”
हुन त हो, नेपालमा विदाको बेला यसो फूर्सद मिलाएर देश घुम्ने भन्ने चलन नै छैन। खाली कोठामा बस्यो, तास खेल्यो, जाँड खायो- यस्तैको संख्या बढी छ। विकसित देशहरूले आफ्नो देशमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न कर्मचारीहरूलाई पर्यटन छुट्टी दिने गरेको बताइन्छ।
तर, त्यस्तो छुट्टीको के काम, जसको उपयोग नै हुँदैन ? कर्मचारीहरुलाई अहिले नै पनि पर्याप्त विदाहरु छन्, यदि त्यसरी उपयोग गर्ने हो भने। हप्तामा दुई दिन विदा हुँदा नै चाहने हो भने मजाले आन्तरिक पर्यटनलाई बढावा दिन सकिन्छ नि। अब तीन हप्ता लाग्ने ट्रेकिङ रुटमा नै जान चाहन्छन् भने त कुरा बेग्लै भो। त्यसका लागि चाहिँ विदा मिलान गर्ने व्यवस्था गरे ठीक होला। नत्र त्यसै त विदा नै विदा भएको देशमा थप विदाको भार भने नबोकाएकै राम्रो।
No related posts.









Ho ni …. at least saturday ra sunday ta bida chahiyo ni … hoina ta sathi haru …
मन परे हरियो, नपरे रातो
0
0
Utilizing leave of office in recreation is a good idea. This will in the long run promote domestic tourism. However, the tourism industry has to do a lot of homework to develop domestic tourism.
Currently, our tourism industry is geared towards foreign tourists and the costs are fixed based on dollars. This really puts a dampener on potential Nepali tourists. If the costs are suitably fixed for domestic tourists, I am sure, there will be significant domestic tourists lining and lapping up the services from the tourism industry. This might also reduce the number of people playing cards and gambling.
I do not think it is prudent to provide additional holidays to the “karmacharis”. They already have casual leave, home leave (ghar bida), sick leave, and public holidays. Managing these diverse types of leave and holidays, one can take some time off from work once a year. Of course, the boss has to sanction the leave and you have to present your case thoroughly.
मन परे हरियो, नपरे रातो
0
0
माग र पुर्तिका नियम जानेका यी प्रकाश पौडेलजिले त्यही पुरानो अर्थशास्त्र रटेको जस्तो छ। बिकसित् मुलुक्को दुई दिने बिदाको कुरालाई आधार बनाउदै बिदेशी चस्मा लगाएर बिकासोन्मूख् समाजलाई हेर्ने आदत परेको जस्तो छ। ग्राणीण अर्थशास्त्र,गरीबको अर्थशास्त्रको पनि ज्ञान लिन सुझाब छ।
मन परे हरियो, नपरे रातो
0
0
भन्सार, मालपोत कार्यालयहरुका कर्मचारीहरुलाई पनि सोधौं न, कस्तो सुझाब आऊला ?
मन परे हरियो, नपरे रातो
0
0
काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिर । यो सबै एक्काइसौ शताब्दिमा अल्छि र फताहहरुको योजना हो ।
मन परे हरियो, नपरे रातो
0
0
पुर्व राजा ज्ञानेन्द्रले गरेको एउटा राम्रो काम भनेको आइतबारे बीदा कटौती थियो । किनकी नेपाली फुर्सदले बिग्रिएका हुन यिन्लाई जोताउनै पर्छ भन्ने नत्र गर्ने भनेको उही तास, जाँड, राजनीतिक गफ आदी अनी राजनीति गर्न समय । अब पैसै दिएर घुम्न पठाये त अर्कै कुरा । तलव कत्ती न छ र घुम्न जानै पुग्ने? पैसा न सैसा टिकी टाँस टाँस भने झैं ।
सरकारलाई फाईदा र राम्रो हुन्छ भने हप्ता मा २ ४ दिन नै कार्यालय बन्द गरे भैगो नि ।
मन परे हरियो, नपरे रातो
0
0
विदेश्मा के छ छैन भन्दा पनि हामी नेपाली र नेपाल सुहाउन्दो हो की होइन भनेर बिदा सम्बन्धी कुरालाई हेर्नु बुद्धिमानी होला। बेतन्भोगी कर्मचारीको तलबी बिदा बढाउने निर्णय गर्नु पूर्व दश नङ्ग्रा बारै माश खियाउन्दा पनि पेट्भरी खोलेफाडो खान नपुग्ने,आङ ढाक्न एक्सरो कपडा हाल्न चाडबाड आउनुपर्ने गैर्बेतन्भोगी नेपालीहरुको स्थितीलाई छातीमा हात राखी सोचिनु पर्ला। हामी बिकासको कुन स्तर्मा छौं?न्युनतम आधारभुत आवश्यकताका कुराहरु कसरी छिटो भन्दा छिटो पुरा गर्ने?सर्बसाधारण नेपाली जनाताको आकाङ्क्ष्याहरु कसरी शिघ्र पुरा गर्ने?पाखा पखेरा ,कुना कन्दरा एबम ग्रामीन ईलाकाहरुको शहरसङगको दूरिलाई कसरी चाडै कम् गर्ने? यता तर्फ सोचीनु पर्छ। बिदा बढाउने होइन बरु घटाऊने वा सकिन्छ भने चोउबिसै घण्टा काम गर्ने अवस्था सिर्जना गर्नु पर्ला। तबमात्र हाम्रा असन्ख्य आवश्यकताहरु शिघ्र पुरा गर्दै बाहिरी दुनियाँ सँग शिर ठाडो पारी हिंड्ने,गर्व गर्ने दिन आऊलान। रचनात्मक काम् नगरि सिर्जना वा बिकास हुँदैन।बिदा बढाउनु भनेको काम् घटाऊनु हो, काम् घटाएर सिर्जना वा बिकासले गती लिदैन। नेपालको बिकास हामी नेपालीलेनै गर्नुपर्छ। पराइले त उस्को मतलव सिद्ध गर्न सहयोग सम्म गर्ने हो,जो दिगो रहन्दैन। गणतान्त्रिक नेपालको मुहार फेर्ने हो भने सबैले अहोरात्र बिकास निर्माणका काम्मा खत्न सक्ने अवस्थाको सिर्जना गरौ। आजको यस् पिडिको बलिदान भोलिका हाम्रा संततिको भबिस्य हो। कमाउने कर्मचारीले त कमाएको केही छुट्याएर बेतलबी बिदा स्विक्रित गराएर पनि घुम्न फिर्न सक्छ तर कहिलेपनी फुर्सद नमिल्ने अहोरात्र काम् गर्दा पनि बचत् गर्न नसक्ने असन्ख्य नेपालीले कसरी घुम्ने फिर्ने? आन्तरिक पर्यटन् के कर्मचारीको लागि मात्र हो? सिमित अनी सुबिधा भोगी जमात्लाई मात्र लाभ पुर्याउने राज्यका काम्कारबाहीले (नया)नेपाल बन्दैन।
मन परे हरियो, नपरे रातो
0
0
यस सन्दर्भमा म के भन्छु भने हाम्रो नेपालमा सरकारले दुईवटा सुचना
निकाल्नपर्यो।
१. काम गर्ने दिनहरुको (अब विदा धेरै भईसकेपछि विदाको सुचीको के काम?)
र,
२. विजुली बलने दिनहरुको
हाम्रो प्रशासनतत्र नँया युग र नँया नेपाललाई समेटन असक्षम छन। मुलत: भ्रष्ट
र सामर्थ्यहीन छन।पचाँयती कुनियत, जातपात र आफ्नोमान्छे मानसिकताले
ब्याप्त छन। यो मेरो आधारहीन लान्छना होईन, अनुभवको भर हो। प्रशासनमा
लुटेराहरु छन, माथिदेखि तलसम्म। जसरी तसरी घर बनाऊ, छोराछोरी विदेशमा
पढाँऊ भन्ने मात्र छन। जनता र सरकार भाँडमा जाए ‘रे। त्यस्ताले ब्यवसायमा
लाग्नपर्ने, सरकारी जागिर हैन। जनताको सेवा गर्छु भनेर जनताको पैसा लुटनेलाई झुण्डाउनपरने भनेर सबै कराउँछन र हराउछन। तर कार्वाही गर्ने कोहि नाहि। राजनीतिवालाहरुको त के कुरा, पैसाको कुमलो कसने, घर बनाउने र छोराछोरीलाई विदेश पढाऊने न हो। वस पुगो यति भे। माओवादीले
आमुल परिवर्तन ल्याऊला भनेर सोचेको थिए, त्यो भ्रम रहेछ। उनीहरु स्वयँ
विलासिता र रसमा भुलेपछि जनताले लोभीका पराकाष्ठामा विराजमान ज्ञानेन्द्रको
कुलटा राजको अर्को कालो पाटा पाऊने भयो। बुझने र भोगेकाहरु भन्छन, “ने.काँ र एमाले त कुईया दलहरु हुन”। जातपात र परिवारमा रमेका। खालि आफ्नै मात्र हेर्ने। सं.स. को चुनावमा यी दलहरुलाई जनादेश दिएनन। हारेकाले लाजै पचाएर मंत्री खाएका छन।
यस्तै ताल हो भने माओवादीले जति धन खर्च गरे पनि अर्को चुनावमा उनीहरुलाई जरै उखेलेर फालिदिनेछन। जगँलको बोली र सिँहदरवारको बोलीमा फरक त हुने नै भो, तर खोई कुन माओवादी नेताले उदाहरणको रुपमा आफुलाई प्रस्तुत गरेका छन, सबै सँधै विरोधाभास, विलासिता र सुविधाभोगी र आफ्नामान्छेलाई जागिर दिनमा लागेका छन। यस्तो अवस्थामा जनताले कसरी राहत पाऊने? देश भौतिक रुपमा र आर्थिकरुपमा पनि अधँकारतिर गईरहेछ। प्रचण्ड चारो छरेर माधव कुमार नेपाललाई पद सँगै सुविधा र पावरको लोभ देखाएर आ..आ…आ..भनेर बोलाइरहेका छन। माकुने चाँहि झक्कुले हराएको सपना हो, रौतहटमा माओवादीले जालझेलखेल गरेर हराए भनेर केपी ओलीको रिस आलाप दोहोराईरहेका छन; चाल हो भनेर नियालेर हेरिरहेका छन। आऊट अफ पावर हुदाको बिजोग अर्कै रहेछ भनेर रोईरहेका छन। विचरा कोईराला
बाज्ये स्टेटसम्यान भएर बस्नु सटटा क्लान्सम्यानमा नै अल्झिरहेका छन
परिवारजनको जोताइमा। माओवादी हो, जगँलबाट शहर पस्यौ, सबै नभए पनि सकेका हतियार बुझायौ, गंणतत्र मान्यौ।यी सब राम्रा कुरा हुन।सं.स. मा एकल वहुमत हुनसकेन, सायद दु:ख होला, तर खोई ऊदाहरणीय काम गरेर देखाएका?
देश चलाउन सक्षमशीलता र भिजन चाहिन्छ, त्याग र तपस्या चाहिन्छ। होला त ती?
हो यसबेला टुटाउन हैन, जुटाउन परेको छ, तर हिम्मत र ताकत भए
पहिला रायमाझी आयोग अनुसार कार्वाही गर्नपर्यो, भ्रष्टचार एकैचोट खतम
खलास पार्न नसके पनि सो घटाउन पाइला चाल्नपर्यो। आईडोलजी र चन्दा
भनेर जबर्जस्त मागेको पैसाले सधै पेट भरेर भएन, जनताको पेट कसले
भरिदिने? त्यो वादी र यो वादी ल भनौ ठीकै होला तर मुख्य कुरो हुन परो
यथार्थवादी, यथास्थितिवादी होईन। विजुली अडडाले सिस्टम लस वा चुहावट मात्र रोक्न सके पनि यतिको लोडशेडिगँ नहुन पर्ने भन्छन। दशैँमा र चाडमा आशिरवाद दिँदा पनि धन कमाओ भन्ने आशयले “भ्रष्ट भव” भन्ने सकेत गरेका हुन्छन। दिँनहु पशुपति र सिमभुको टीको र प्रसादको के मतलब? भ्रष्ट भव।
भोट लिनु छ भने देशलाई सही दिशामा लगेको सँकेत हुनपर्यो।
प्रगति देखाउनपर्यो। कहिलेसम्म दलदलमा रहने?
मतपेटी मार्फत नत्र दिनपर्यो भ्रष्ट र असक्षमी नेता र नेतृत्वलाई वि…दा…।
मन परे हरियो, नपरे रातो
0
0
नेपालीहरुलाई हप्ताको सातै दिन बिदा भए पनि पुग्दैन अझै अरु पनि चाहियो भन्ने छन्।त्यसैत सरकारी काम कहिले जाला घाम् भनेर गफ् गर्दै समय बर्बाद गर्छन।बरु सरकारले कडा निती अपनाएर यि हल्लिएर खाने कर्मचारीहरुलाई ठिक ठाँउमा ल्याउनु पर्यो।
मन परे हरियो, नपरे रातो
0
0
Thats right corruption money 4 expense then Nation economic grow little up…..In Panche time they had the job like HA-TA
its mean hajir garyo , tap kasyou but get salary….thats why ! Nepal is always begger nation in the World…because of those kind Hungers Leaders, Corruption Responsible chairs and dirty carelessness management government policy…..still alive the former virus of Nepal…..So still take more time to come Nepal in systematic
World class process for nation and its Janatas……
Thats all
मन परे हरियो, नपरे रातो
0
0
BIDDA MORE?
BIDDA HOINNA (CHAKK MA BASS LAY HANDAI KAMM GARAUNNU PARCHA MORE.)
Have to increase more official hour.
clock-in & out system ma salary pay garnu parcha VATT MARRA HARULAI.
8 hours work ma 4 hours tea shop ra pann pasal ma.
2 hours guff gaff ma.
kamm only 2 hours hardly.
मन परे हरियो, नपरे रातो
0
0
जे सुकै भने पनि नेपालको विकासका लागि हप्तामा २ दिन बिदा निश्चित रूपमा जरुरी छ । सन्सारका अधिकाम्स देशहरुमा शनिवार र आईतवार विदा हुने गरेको कुरालाई वर्तमान सरकारले मनन गर्नै पर्छ । अरु चाहिँ तपसिलका कुरा मात्र हुन ।
मन परे हरियो, नपरे रातो
0
0
बिदा नै बिदा भएको देशमा घुम्नका लागि बिदा थप गर्नुपर्छ भन्ने मलाई लाग्दैन । गोष्ठि, सेमिनारलगायत फोगटमा पाएर घुम्न जानेहरुलाई छोडिदिने हो भने आफ्नै खर्चमा घुम्न जाने आन्तरिक पर्यटकको संख्या कति छन र हो नेपालमा ? आफ्नो खल्तीको पैसा खर्च नगरी फोगटमा घुम्न जाने कर्मचारीहरुलाई त न पहिला नै बिदा चाहिएको थियो, न त पछि नै चाहिन्छ ।
मन परे हरियो, नपरे रातो
0
0
The idea of having some vacation for recreation trip is not a bad idea, if you utilise it propoerly it can increase the working efficiency. Definately, in Nepal there is many holidays and showing itself more inclusive, it has added so many religious holidays of minor commnities. I also say minorities should get holidays to celebrate their festivals but there is no practical use of making it a national holiday. 10 % celebrates the festival and rest 90% kill their time and it is a loss of productivity of the nation.
Even in the democratic countries, there is no such national holidays. May be nepal wants to keep a record of having maximum national holidays in a year. Otherwise my suggestion is keep the national holidays for major festivals which are celebrated by majority of the population at least 60%. And then have regional festival holidays for celebrating regional festivals. Besides make provision of rights on holidays for specific ethinical festival, new years to those who are from that ethinical groups or religions.
Otherwise, in the name of becaming a popular government, we are hampering the national productivity. Yes, one can argue,there are so many other factors that are hampering the productivity. I also agree on that but this is also a part of it.
मन परे हरियो, नपरे रातो
0
0
Nepal should celebrate and declare national holiday all the religions practiced in the world.
And also all the republic days in the world should be declared national holidays in Nepal. If not enough Nepal should declare all the leaders’ birthdays of the world and in particular leftists/communists/anarchist. This should be enough holidays for lazy Nepali people.
मन परे हरियो, नपरे रातो
0
0
जम्मा ४७.२/४.८ = १०.१७ % बिदा र थप बर्षमा ८ देखी १० दिन पनि सार्बजनिक बिदाहरू बेलायतमा दिएको तथ्य यो लिन्कद्वारा प्रष्ट देखिन्छ ।
http://www.direct.gov.uk/en/Employment/Employees/Timeoffandholidays/DG_10034642
मन परे हरियो, नपरे रातो
0
0
But i don’t agree with this news or article. There should be vacation for travel. Actually Nepalese people are not getting enough money if their hard work should be considered.
मन परे हरियो, नपरे रातो
0
0
एउटा उदाहरण बेलायतको; कुनैपनि (सरकारी वा निजी) कर्मचारीलाई जम्मा बर्षको ५२ हप्ता मध्ये ४७.२ हप्ता काम गरेपछि ४.८ हप्ता बिदा पाईन्छ,(अर्को सालदेखि त्यो ५.६ हप्ता हुनेवाला छ!)
त्यो बिदामा घरमा सुते पनि भो वा सगरमाथाको टुप्पोमा हनिमून माने पनि हुन्छ!
बिना काम जबरजस्त कहि पनि कर्मचारीहरू हुँदैनन्।
तर हाम्रो देशमा हा. टा. गर्ने कर्मचारीहरूलाई यो भन्दा कम भएको नै राम्रो होला ।
मन परे हरियो, नपरे रातो
0
0
नेपालको वास्तविक समस्या बिदा बढी भएर भएको हो भन्ने कुरा सबैले महसुश गर्नु पर्यो ।
बिभिन्न जातिय चाढ्हरुमा बिदा दिनु पर्ने स्थिति भएको छ। अब हाम्रो देश हिन्दू राष्ट्र होइन, त्यसकारण दसैं र तिहारको बिदा काटिनु पर्छ । दशमीको दिन एक्दिन बिदा गरे पुग्छ। हिन्दूहरुको संख्या बढी भएको कुरालाई मध्य नजर राखेर सोंच्ने हो भने तिहारमा भाई टिकाको दिन एक दिन अरु बिदा गरे पर्याप्त पुग्छ। नेपालीहरुले त्यती सम्म अन्डर्स्ट्यान्ड गर्लान।
गुरुङ्को ल्होछार, तामाङ/शेर्पा जातिको ल्होसार, मुस्लिम्हरुको छड् , रामाडान किन हेला गर्ने । अब ठुलो हृदयले बाँडचुंड पनि गर्नु पर्यो।
आन्तरिक पर्यटन प्रबर्द्दन्को लागि अहिलेको बिदाले पर्याप्त हुन्छ। आन्तरिक पर्यटनका लागि आवश्यक संरचनाहरुको केही ब्यबस्था नै नभएको स्थितिमा बिदा दिनु एउटै मात्र उपाय अवस्य होइन जस्तो लाग्छ। प्रचन्डजी, यमिजी , अरु उपायले देशको पर्यटन प्रबर्द्दन गरौँ । यो उचित भएन।
कती आराम मात्रै गर्ने ? सरकारी कर्मचारीहरुले पाउने बिदा अती बढी भयो। बिरामी नै नभै पाउने बिरामी बिदा देखी लिएर बिदै बिदा । बिदा जम्मा गरेर हरेक गर्छन्। देशको परिस्थितीलाई बिचार गरेर हाम्रा देशका सरकारी कर्मचारीहरुले १०-१५ बर्ष मात्रै अरु प्रतिक्ष्या गरिदिनु पर्यो । हाम्रो देशको प्रती ब्यक्ती आय १०,००० डलर पुग्ने बेला सम्म मात्रा पर्खिदिनु पर्यो ।
बिकसित देशहरुको केस पनि हेर्नु पर्यो। नेपालमा जती बिदा संसारको कुनै पनि देशमा छैन । दिन्का दिन बन्द गरेर आराम टनाटन गरे पछी अब काम पनि त गर्नु पर्यो नि? होइन र? हत्तेरिका कस्तो कुरा नबुझेको ?
राजु
मन परे हरियो, नपरे रातो
0
0
waiyat bida.
मन परे हरियो, नपरे रातो
0
0
बरु अरु बिदा कतौती गरेर शनिबार र आईतवार बिद दिन चाँही हुन्छ जस्तो लाग्छ मलाई ।
मन परे हरियो, नपरे रातो
0
0
सबै जात र सबै थरलाई आ-आफ्नो स्वायत्त राज्य छहिएको छ अनि आ-आफ्नो पर्वमा राष्ट्रिय विदा चाहिएको छ। सबैभन्दा बढी जातजाती भएको देश, सबैभन्दा बढी स्वायत्त राज्य भएको देश, सबै भन्दा बढी लोड्शेडिङ हुने देश अनि सबै भन्दा बढी बिदा हुने देश; यही हो नयाँ नेपाल। बधाई छ सबैलाई।
मन परे हरियो, नपरे रातो
0
0
Only saturday, Dashain & Tihar’s vacation enough in nepal
मन परे हरियो, नपरे रातो
0
0
mooj garau mooj garau…
मन परे हरियो, नपरे रातो
0
0
It is not a bad idea to promote internal tourism. But i think it will increase corruption as well. yesto mahangai ma salary le khana basna ra aafna kehi aabasyekta pura garna matra thikka hunchha. ghumna jana ko laagi dherai paisa chahiyo. ani dherai paisa pauna ta yeutai matra upaye chha. dat is corruption.
मन परे हरियो, नपरे रातो
0
0
यसै त नेपालमा बिदा धेरै भाईरहेको बेलामा फेरी किन बिदा थप्नु पर्यो? ५०-५२ वता शनिबार, अनी दशैको तेत्रो लामो बिदा, फेरी तिहारको तेस्ताइ बिदा, अनी अरु दिवस, अनी जयन्ती त कती हो कती, बर्षाभरिमा काम गर्ने दिन कती नै हुन्चा र भन्या? सरकारले व्यवस्थापन गर्न सक्यो भने अहिले भएकै बिदा नै काफी हुन्छ । बिदेश्मा त कती थोरै बिदा ले काम चलिरहेकै छ के रे, बरु अरु बिदा कतौती गरेर शनिबार र आईतवार बिद दिन चाँही हुन्छ जस्तो लाग्छ मलाई । अष्ट्रेलियामा सर्वजनिक बिदा कती थोरै हुदोरहेछ भन्ने मैले पनि थाहा पए, तेस्कारन अरु बिदा त थप्नु नै हुन्न ।
मन परे हरियो, नपरे रातो
0
0
The person who really want to promote the internal tourism no need the day off s/he can manage out of their leave but who want to spend the day off only for drinking and playing cards that is use less for them. So I think the extra day off is not needed
Bishnu
Appleton
मन परे हरियो, नपरे रातो
0
0
आन्तरिक पर्यटक प्रबर्धन को लागि यो नराम्रो सोचाइ होइन । एस्लाई सकारात्मक रुपमा लिनु राम्रो हुन्छ ।
मन परे हरियो, नपरे रातो
0
0
its seems good to provide vacation to promote domestic tourism,definately the decision will be encouraging to government staff.Also there is no doubt that government staff enjoying more vacation in compare other countries,Government must cut unnecessary vacation.
मन परे हरियो, नपरे रातो
0
0
sarkari karmachari lai office ka kam ghar mai garne bhanera bhanideya bhai halyo ni ,,,,,
मन परे हरियो, नपरे रातो
0
0
यहाँ बेलायेतमा २०-२५ दिन बार्षिक बिदा र ८-९ वोटा बैंक होलीडे गरेर लगभग ३०-३५ दिनको छुट्टी पाईन्छ जसमा बिदा लिदा बिच मा पर्ने शनिबार र आइतबार गरेर ४५ दिन जति एक मुस्त बिदा लिन पाउछ बाकी दिनत न घोटी सुख छैन अरु देश को चाहि मलाई थाहा भयेन |
मन परे हरियो, नपरे रातो
0
0
baroo 11 mahina bida diyera 1 mahina matra raarmo sanga kaam gare kaso hola bhandinuu paryo boardlai. mero tarfa bata bidaa parit bhayo
मन परे हरियो, नपरे रातो
0
0
kai nabha jatra hadi gau ma bhaneko yei ho. Alikati laj lagnu ni j payo tei kura garna.
मन परे हरियो, नपरे रातो
0
0
थप बिदाको मतलब नै छैन |
मन परे हरियो, नपरे रातो
0
0
Nepal ma jasle j garepani huncha, aba bida ko maag garechan, pura nabhaye pheri banda ta hola ni.
मन परे हरियो, नपरे रातो
0
1
Nepal government is very good. people have no right to comment. Government has no knowledge what is the meaning of matyr as well civil society has not got time to explore about the definition and norms of matyr. Lack of security situation most of people victimized they could also including in matyrs status. What kind of handicapped government in Nepal.Tarai terror groups are killing people day by day, they also including the political motivated and give pardon to those killers. What kind of New Nepal’s strategy. This government is more corrupted than Royal Region. Because Terror groups would not be put in political motive. They are terror government should give sever punsishment not to give them pardon. people should conscious but ordinary people have no gun and bullet that is why they could not do but they have only non-violence way.
मन परे हरियो, नपरे रातो
0
0
हो नी बिदा भये पैसा हुने हरु घुम्न जान्छन। बजार चल्छ।
मन परे हरियो, नपरे रातो
0
0
मेरो पनि समर्थन छ तपाईंको कुरामा पुर्बेली जि ।
अब अरु बेलामा बिदा दिदा जस्तो कि शनिबार – आईतवार आदी , त्यती बेला त जम्मा थोरै बिदा हुन्छ हप्ता भरी को थकाई मार्नु पर्यो – परिवार सँग बस्नु पर्ह्यो- घर कै लागि पनि यता उता गर्नै पर्यो । अब चाड पर्ब को बेलामा बिदा हुन्छ – चाड पर्ब मनाउनै पर्यो ।
त्यसैले आन्तरिक पर्यटक प्रबर्दन को लागि छुट्तै छुट्टी दिनु आबश्यक छ ।
यसो हुँदा एकातिर देश को आन्तरिक पर्यटन मा बृदि पनि हुने – मान्छे लाई आफ्नो मुलुक घुम्न बानी पनि पर्ने – यसो हुँदा आफ्नो मुलुक को माया पनि बढ्छ मनमा ।
साथइ घुमेर मुड फ्रेस भएको कर्मचारीले अफिसियल कार्य पनि चङ्गा भएर गर्नुहुन्छ ।
मन चङ्गा भएर गरेको कार्य छिट्तो छरितो राम्रो हुन्छ ।
जता बाट हेर्दा पनि फाईदै फाईदा । फाईदा हुने काम गर्न ढिलो गर्नु हुँदैन । छिट्तो लागू गरिहाल्नु पर्छ ।
मन परे हरियो, नपरे रातो
0
0
मन परे हरियो, नपरे रातो
0
0
bida bhayo bhane 1 din ko thau ma 2 din juwa khelne, rakshi khane huncha jhan 2 din jhyap office jada pani hang garaula hai
मन परे हरियो, नपरे रातो
0
0
English ramrari bolna aaundaina bhane english ma comment nalekhaun na sathi…
By the way Janardan Ji, what the hell are you talking about….
मन परे हरियो, नपरे रातो
0
0
I think you don’t understand the economy. If we provide 2 days off each week people tend to use their time and money. When they spend money it creates demand and when demand is created it created more job and evantually people becomes more richer than having 1 day off per week. That’s why developed countries have 2 days off in a week.
मन परे हरियो, नपरे रातो
0
0
म लुना दिद तथा पुर्बेली साथो को कुरालाई बिरोध जनाउदछु । नेपाली कर्मचारीहरुलाई यो भएको बिदा नि बढी भएको छ। रास्ट्रिय चाड दशै र तिहार बहेक अरु बिदा कटौटी गर्नु पर्ने देख्दछु म त। वास्तवमा नेपालीहरु बिग्रिएको कारण बढी फुर्सदिलो भएर पनि हो कि जस्तो लाग्छ मलाई त। अहिलेको बर्षदिन भरिको बिदाको हिसाब गर्दानी छ महिना भन्दा कम्ती बिदा हुँदैन। अरु राष्ट्रहरुमा यसरी हाम्रो मुलुक्मा जस्तो बिदा दिएको देखिदैन तब हेर्नोस बिदेशी राष्ट्रहरु कहाँ पुगिसके । -from uae
मन परे हरियो, नपरे रातो
0
0
तारा जि !
हाम्रो देशमा सास्कृतिक पर्बमा बिदा हुने भएकोले धेरै बिदा जस्तो लागेको हो । अब हामी सस्क्रिती जोगाउनु पर्छ भन्छौ भने ( जोगाउनु पर्छ है हरेक सस्क्रिती मानब सभ्यताको गहना हो ) सास्कृतिक पर्बमा बिदा त हुनै पर्यो ।
बिदा भए पछी आ- आफ्नो सस्कार रिती अनुसार बिदा मनाउनै पर्यो ।
रह्यो हप्ताको अन्तिम डेढ – दुई दिन पाउने बिदाको कुरा । त्यती त आफ्नै घर व्यबहार र थोरै आराम को लागि खर्चिनै पर्यो । अब कुरा आयो आन्तरिक पर्यतन को लागि चाहिने बिदाको कुरा -अब त्यो त सरकारी पक्ष बाट दिए न जाने हो !
कुरा के भने नि कर्मचारी मान्छे हरु गधा त हुनुहुन्न्न नि जो जोतिएर मात्रै काममा लागिरहनु हुन्छ !
यो मरेर जाने दुई दिन को जिन्दगी – यो कर्कलाको पात मा अडेको पानी को थोपा जस्तो जिन्दगी – यो पानीको फोका जुन जती खेर जहिले पनि फुट्न सक्ने – नाश हुने जिन्दगी मा राष्ट्र को लागि सेबा गर्ने कर्मा चारी ले बर्ष को १ हप्ता-१० दिन -२ हप्ता यसो आफ्नै मुलुक मायाले घुम्न पाउनु त मानब अधिकार को कुरा जती कै हो ।
यहाँ साथीहरु कर्मचारी ले यस्तो बिदा पाउने भन्दा समर्थन नजानाउनुको कारण हाम्रो देशका प्रशास निक कर्मचारीको व्यबहार देखी आजित भएर हो ;त्यो त बहाहरुको व्यबहार लाई त ह लगाउने जिम्मा जनताले चुनेर पथाएको सरकार को हो । कर्मचारी बाट यथेस्ट काम लिना सक्नु पर्छ र उनिहरुलाई सोही अनुरुप सुबिधा पनि दिन सक्नु पर्छ । दुर दृष्टि कोण ले हेर्दा यस् बाट सबैलाई फाईदा नै फाईदा छ । ( यहाँ फाईदा को बर्ण न् गरेर साध्य भएन – यो बैज्ञानिक सोच मा आधा रित छ – )
मन परे हरियो, नपरे रातो
0
0
Bro Sansar.
German ma basera Nepal lai german samjeko ho?
They use to work before more than us.They worked hard together to develop their country.
When country developed and got rich than they got 2 days holiday.
Don’t compare nepal with German bro.And stop giving rubbish ideas in mysansar.
Ani bro.afulay kati hours hannu huncha ta German ma?
I think bro .work saturday and sunday too?
Am I right?
मन परे हरियो, नपरे रातो
0
0
ओहो! मरी मरी काम गर्नु भएर २२ औ शताब्दी सम्म बाच्छु भन्ने सोच्नु भएको छ ?
मन परे हरियो, नपरे रातो
0
0
sarbajanik bida vanda pani karmachhariko bida jati kharai hun6 ni khatala bida lagayat biha bartabanda bida pani garearabarsa ma 8mahina bida huna vayo. aba yo chhahi karmachhari lai sodnuhos
मन परे हरियो, नपरे रातो
0
0