Users Stat

Users Online.
BuddhiSagar Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

पत्रकार भएर नि हाइवे रोक्छन्, कति लाजमर्दो !

-शुभेच्छा पन्त-

हिमाल मिडियामा भएको घटनाविरुद्ध अहिले आन्दोलन चर्कँदै छ। दोषी भनिएकाहरुले प्रहरीसमक्ष आत्समर्पण गरिसक्दा पनि विरोध कार्यक्रम रोकिएको छैन। एकातिर, यो आन्दोलन ‘मालिकहरुको आन्दोलन’ मात्र हो भन्ने असन्तुष्टि पनि आन्दोलनमा सहभागी पत्रकारहरुले नै व्यक्त गरिरहेको स्थिति पनि छ। श्रम गर्ने पत्रकार मर्कामा पर्दा चाहिँ पत्रकार महासंघले किन सडक तताउँदैन भन्ने प्रश्न पत्रकारहरुले मात्र हैन, सुरेश आचार्य जस्ता पत्रकार महासंघ कै भूपू सभापतिले समेत उठाउन थालेका छन्। जे होस्, प्रेस स्वतन्त्रताका लागि आन्दोलन भइरहेको छ। स्वतन्त्र प्रेस समाजका लागि जरुरी छ। पत्रिकामा छापिएका कुराको कानुन अनुसार विरोध नगरी कुट्ने पिट्ने र पत्रिका जलाउने गर्न थाल्यो भने विरोध त गर्नुपर्छ नै।

यस्तै विरोधका क्रममा काठमाडौँका ठूलाठाला पत्रकारहरुले अस्ति नै निषेधित क्षेत्र लगातार दुई दिन तोडेर प्रदर्शन गर्दै कानुनको खिल्ली उडाएका थिए। आज त झन् एक हुल पत्रकारले हाइवे नै रोकेको समाचार आयो। अरुलाई बाटो देखाउनु पर्ने जिम्मा बोकेको पत्रकारको जात भएर हाइवे रोक्ने ? छि, कति लाजमर्दो !

घटना डडेल्धुराको हो। त्यहाँका सञ्चारकर्मीहरुले सञ्चार उपकरणसहित एक घन्टा भीमदत्त राजमार्ग अवरुद्ध गरेका थिए।

नेपाल पत्रकार महासङ्घ, डडेल्धुराको आयोजनामा गरिएको विरोध प्रदर्शनमा सञ्चारकर्मीहरुले स्थानीय पत्रपत्रिकाको कार्यालयका कम्प्युटर, फोन, क्यामरा, डायरी, कलमलगायतका सञ्चार उपकरणहरु सडकमा राखेर विरोध जनाएका थिए ।

प्रेस स्वतन्त्रताको माग राख्दै सडकमा उत्रिएका सञ्चारकर्मीहरुको विरोध प्रदर्शनका कारण भीमदत्त राजमार्गको यातायात आज एक घन्टा ठप्प भएको थियो ।

ठीक छ, विरोधको कारण जायज छ। विरोध गर्नुपर्ने नै हो। तर विरोधका अन्य रचनात्मक उपाय छैनन् र ? त्यसरी हाइवे नै रोकेर पनि आन्दोलन गर्ने हो र ? आफ्नो अधिकारका लागि अरुको अधिकार हनन् गर्नु हुँदैन भन्ने सामान्य ज्ञान पनि छैन ती पत्रकार भनाउँदाहरुलाई ? अब अरु समूहहरुले गर्ने हाइवे बन्दलाई गलत भन्ने कुन नैतिक आधार हुन्छ त उनीहरुलाई ? हैन, पत्रकार महासंघले आफ्ना शाखाहरुलाई त्यसरी सर्वसाधारणलाई अप्ठेरो पर्ने विरोध नगर्नु भनेर निर्देशन दिनु पर्दैन र ?

Related posts:

  1. नि:शब्द भएर के नै लेख्‍नु र
  2. सेनाको निम्तो, पत्रकार महासंघलाई होइन पत्रकार संघलाई
  3. आम्मै नि, कति लामो ?
  4. "हामी गरिब भएर भ्रष्ट भएको हैन, भ्रष्ट भएर गरिब भएको"
  5. श्री (कति हो कति) को दर्शनभेट जारी

38 comments to पत्रकार भएर नि हाइवे रोक्छन्, कति लाजमर्दो !

  • bhaashaa PM

    हा…. हा…… हा—— हा……हा यदी नेपाली हरु कै लगानी भएको पत्रीका भये पो नेपाली जनताहरुको पिर मर्का लाई बुझ्थ्यो । यहाँ त धेरै जसो भारतीय लगानी को पत्रीका हरु र बिकिने पत्रकार हरु छन साथीहो । नेपाल टुक्र्याउने कुरा गर्ने को बिरोध गर्न नसक्ने र नेपाल को उतथान को लागि केही लेखन नसक्ने पत्रीका हरुबाट यस्तै कुरा बाहेक अरु के नै अपेक्षा गर्न सकिन्थ्यो र? कि कसो????????

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Nigam Adhikari

    I could not resist the temptation to comment on the subject. In fact, I was planning to write in appreciation of the journalists who demonstrated in Kathmandu very decently. It was, in fact, exemplary. Subhechha is absolutely correct on her balanced and calculated analysis of the issue. But please tell me all the blogger friends, which sector of Nepal is “the perfect”? You will find darker side in every issue which, in my opinion, is universal.
    I am not a journalist, but I have a great appreciation for this profession. Can you tag everybody with the same code? How can you say that all the journalists of Nepal are incompetent? Corrupt? Cheater? What is the parameter of judgment?
    Please tell me friends, where do you find a place where everything is absolutely perfect? Is it US? Europe? No. No place in this earth is absolutely and universally perfect. Neither the people nor the professionals nor the government nor the activists. Its your outlook how you see it, whether its a half empty glass or the half full glass.
    Mysansar has given a forum of discussion. Let us not use it for very cheap comments. Rather, lets give something which is very informative, innovative, original and realistic.
    Journalism in Nepal is just taking its shape. Lets not expect “The Perfect” so early. But most of them are trying to shape themselves very well and its really commendable.

    Maharajganj, Kathmandu

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • all of nepali 2009 it well be good do your job

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • harish

    नेपाल को पत्रकार, पत्रकार होइनन, यिनी हरू पर्चाकार र पत्रुकर हूँ. सर्ब साधारण लाइ ब्ल्याक मेलिंग गर्यो सत्ता को चकादी गर्यो र खलती भर्यो.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • In Nepal, gun is more effective than pen. That is why media is not affective in Nepali land. lack of public awareness as well public committement everything is making a mess. If any community put some demand to government without violence, it could hardly listen by government but forcefully it is always in act. In same way, media people might be particiapte in street protest.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • bishwa

    k garnu nackklai card holder patrakar vaya pachi testai hoo. ghati ma kukur ko damlo jasto card ghundya pachi sabai patrakar, ani chinise camara k lata ko des ma gado tandari

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Vashir

    I think this is a stupid title. If all journalist were that virtous, why do we have the term “yellow journalism”?
    Besides, I believe you have forgotten Nepali journalists are NEPALI. The single=most distinguishing characteristic of a Nepali is being anarchist.

    So these journalists were being true sons/daughters of mother nepal.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Vibek

    Patrakar ni ta Akhir chorai na ta ho!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sushil

    this is a real hell out in Naya Nepal…Prachande le pani ladai ladera 14000 manche ko bali diyeko Nepali kai lagi re…aani YCL pani Nepali kai lagi banako re…Congress pani Nepali kai lagi..hoina sabai le Nepali janata ko lagi ladirako bhaye pidit chahi Nepali janata nai kina hunchan…hoina…hamro kei kaam chaina..hami sadhai laata le papa here jasto gari kati samma basne

    hijo kunai nihu ma road banda..aaja pratakar re..bholi k parsi k…Janata ko bare kosaile sochdaina bhane paachi hami bheda haru jasto kina gardaichow bhanya…koi pani chaina yaha josle des ra janata ko naam ma kaam gari rako cha..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • s p pasman

    Nepal jasto muluk ma kahi kaam nalagne hunchan patrakar. Maile 2034 saal dekhi herdai aayeko bhogeko anubhav ho. Nepal ma………..Nyadhis, wokil, patrkar, sena, prahari, doctor, vidhayala ka principle (khasgari pyabson) netaharuko ta kurai bhayena……..muluk ko gati dekhi halnu bho…..itihaas hernus na……….sadhai uhi chala……kohi chha ta gatilo………..??? hare siva……mero matribhumi………..pasupatinath le pani aaba kehi garna sakdainanan jasto lagchha……

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Dev from Qatar

    बास्ताब माँ नेपाल माँ राम्रो भये पनि नराम्रो भये पनि सिकाउने चाही माओबादी नै हुन . माओबादी YCL को गठन गरे अनी YCL को बिरोध गरेर नथाकने UML ले फेरी YCL को सिको गर्दै यूथ फोर्स को गठन गरे त्यस्तै अरु पार्टी हरु ले पनि लड़न को लागी युबा दस्ता खड़ा गरेका छन . अब पत्रकार भानाउदा हरु को बिरोध गर्ने सैली भनेको उही जनता लाई दुख दिने बाहेक अरु छैन. यसको मतलब अरुको आलोचना मज्जा ले गर्ने तर आफ्नो प्रबिर्ती सबै का भन्दा नीच भएको कुरा थाहा नपाउने . यो बिरोध गर्ने सैली पनि माओबादी ले नै सिकाएको हो . तर सबै माओबादी सैली भन्दा फरक हुन नसके पछि किन माओबादी को बिरोध गर्नु नि .

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • वाइ सी एल र युथ फोर्स्ले कानुन हातमा लियो भनेर कहिलै नथाक्ने पत्रकार मित्रहरु हो,आज आफैले कानुनको उपहास गर्दा हामी जस्ता सामान्य नागरिकले
    तपाईंहरुलाई कुरी कुरी भन्ने की नभन्ने? रहयो हक र अधिकारको कुरा, आफ्नो हक अधिकारको सुनिश्चतता ग्र्दा अर्काको अधिकारको पनि ख्याल गर्नु पर्ने होइुन र?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • rabbins

    कुरा हरु सबै सुनिये , तपाईं का पनि कुरा पढिये । एसमा मलाई एउटा मात्र एक्जामप्ल दिनुहोस् कि यहाँ कुन पत्रकार ले देश र जनता को लागि कलम चलाएका छन । हाम्रो प्रेस जगत ॠषि धमला प्रब्रिती ले हाबी छ । न त रघु पन्त नत तारानाथ दाहाल कोही पनि चोखा छैनन । यिनिहरु चोखा हुन सक्दैनन किनकी यो समाज कै उपज त हुन नि यिनिहरु पनि …………

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • suresh

    sadak chap sarkarlea bhujnea bhasa tehi ho tesailea gareko hola. feri nepali janata sansarkai sabbhanda gyani ra dhiryea mijas ka chan. la la aba chai chadainai sadakchap naya Nepal bannea bho sadakchap partyko netritoma.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • मेरो आज गलफ्रेन्ड सघ झगडा भो , अब म पनि सोचिराछु कि सडक बन्ध गरेर एस्को बिरोध गरु ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • पीडीमा बसेर
    मेरै बाटो हेरेर
    मेरी आमा रुदिहुन
    मलाई सम्झेर…

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sherpa

    एडमिनिस्टर र लेख रचना लेख्नु हुने लेखकहरुले सच्च,निस्वार्थ,निसंकोच र ईमानदारीका साथ कुनै राजनितिक पार्टी वा संस्थाहरुको पक्षमा नरही कालोलाई कालै र सेतोलाई सेतै छुट्याई सत्यत्तालाई अंगालेर जनमानसमा सही सूचना प्रबाह गर्ने गरिएमा मलाई लाग्छ मेरो संसार ले सारा नेपालीको मन जीतन सक्छ,यस्मा कुनै शंका मान्नु पर्ने ठाऊँ नै देखिंदैना,यदि सत्य र साँचो लेख्दा कसैलाई आपत्ति हुन्छ भने पक्कै पनि आपत्ति लिनेको पर्दा पछाडी केही कुरा छुपेको हुनै पर्छ!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • कृष्णसेन इच्छुकको हत्यारो पार्टी नेपाली कङ्ग्रेससमेतलाई बखेडाको नयाँ निहुँ बनेको छ,

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

  • gopi chandra

    पन्त जि मलाई पनि यो कुरा त मन परेन ,जो अगुवा उही बाटो हगुवा जस्तो भयन र । पत्रकार भनेका त चौथो अग हो नि। बिरोध गर्न पर्छ ,बिरोध भयको पनि छ ,यो राम्रै पक्ष हो। तर बिरोधका पनि अरु सैली पनि त अप्नौन सकिन्छ पत्रकारले पनि फेरी उही सडक नै जम गर्ने कुर ले राम्रो गर्ला ।कानुन त सबैले पालना गर्नै पर्छ ।यो बर्गले पनि कनुन्लाई खिल्ली गरे कानुन अब कस्ले पलना गर्ला ? मज्दुरहरुको पनि जज मग्को बारेमा पनि छलफल त हुनुनै पर्छ। नयानेपाल बनाउने भन्ने नायकुराको सुरुआत कोहिबाट नहुने भो ।सब्बैको उही पुरानै मनसिकता भयपछी जनताले नयानेपाल को कसरी अनुभब गर्ने ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Anuska

    In Nepali, we have saying that if best thing start to become decay it will produce more bad smell. So these journalists are sometime break the rule of government and demonstrate where the demonstration is banded and somewhere they obstruct the highway. I think no body has forgot their worse behaviours during the last press conference of then King Gyanendra. LAJ LAGYO MALAI TA YINI HARU KO BUDDHI DEKHERA

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Surya Khatri

    Subechchha jee

    First of all I would like to suggest you to give alternative (constructive) way of protesting rather than commenting on journalists protests. I would like to ask you some questions. If possible please try to give me some insights into the field of Nepalese journalism through your answers.
    1. What percentage of journalists in Nepal are literate ENOUGH?
    2. Why becoming journalists (4th consitutional body, I guess) is so easy in Nepal?
    3. Why we as a public can see journalists blackmailing different key persons of the society for a mere NRs. 1000 or so in different parts of the country?
    4. Does this signify the importance of journalists as a 4th consitutional body?
    5. What are the norms of the journalism in Nepal?
    6. How many neutral journalists are there in the country working for the nation, not for the parties?

    And finally regarding your article, what can a person do when he is victimised by a group aligned to the most powerful party handling the government apart from protesting on the road?
    I would be more than happy to get your answers. Thank you.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Is there anything surprising in new Nepal?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • arjun

    I agree with Subhechha Panta and Biran

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Prem Aryal

    आन्दोलन गर्नु पर्छ तर शान्ति पूर्ण हुनपरो नेपालमा हाल सन्क्र्मर्ण् काल छ, मन परि गर्नु हुँदेन्, एस्तो गरे पत्र्कार र YCL मा के फरक?

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Biran

    Desh Bigareko nai ee patrukar le hun. bhram ko kheti garne haru iniharunai hun.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Luna

    what a hell !

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Kamal

    Lat ko bhut lai lat nai ho yo

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • J.B.Sherpa

    पत्रकार हूँ म !!! भन्दै सोझासिधा लाइ Blackmail गर्दै ठगने अनि पहुँच वाला भेट्यो भने लाजै पचाएर चाकडी गर्ने अधिकांस पितपत्रकार हरुनै राजनितिक स्वार्थको लागी टाउको फुटाइ माग्न अघि सरेका देखिन्छन नकी देश र जनताको लागी !!!
    –त्यस्ता हरु लाइ त टाउको मात्र फुटाउने हैन की दिमाग नै बिग्रने गरि Electric Shock दिनु उचित देखिन्छ !!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • It is far better to organise protest rally without blocking the roads and highways.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • hoina aandolan garna sadak nai jaam garnu parchha ra bhanya…? kasto achamma?? Highway ta patrakaar le matra hoina, kasaile pani banda garnu hunna ni……

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • पुर्बेली

    यो त पत्रकार हरु ले अती गरे । यो आन्दोलन पत्रकार हरुको हक हीतको लागि
    हैन मालिक को हीत को लागी गर्दै छन । हुन त नुन को शोजो पनि गर्नु पर्‍योनी बिचरा पत्रकार । यो आन्दोलनमा पछाडि बाट कङ्रेशले उचालेको छ । एस्मा दुई मत छैन । हिजो पाच् थरको बिरोध कार्यक्रम मा जिल्लाको कग्रेस सभापनी नै स हभागीइ थिएे । एस्बाट स्पस्त हुन्छ यो आन्दोलन स्रमजिबी पत्रकारको लाजी होएन मालिक को हित को लागि हो।
    जय पित पत्रकरिता

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Prakash / San Diego

    Subhechhya jee namaskar…….news padhe khusi lagyo aafno adhikar ko lagi aruko adhikar hanan garna hunna. tapai akdam sahi hunuhunchha.
    Hamro desh ma press swotantrata dinanu din kunthit hundai gayako chha. adi patrakar harule aafno swotantratako lagi baliyo aawaj uthauna sakena bhane bholiko din ko tapai jasta patrakarko vabisya ko kalpana garnuhola.ahile bhairaheko aandolanma tapaiko^pani sakriya sahabhagita huna jaruri chha adi haina bhane arule garidiyako aandolanko fal khana matra jannu bhayako chha ki kyaho ?
    katai mutu kamjor ta chhaina tapai ko ?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • shilu

    म लाइ त लागी रहेछ ,कतै तपाईको मुटु त कामी रहेको छैन|बिरोध को कुरा पानी गर्ने ,फेरी के बाजा बजौदै मारुनी नाच गर्दै बिरोध गरियोस भन्न खोजेको हो की??
    ”आमा !,आमा! म लाइ चीची मन पर्छ,तर खसी काटेको मन पर्दैन ?????????????”

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • yorajan

    सबै लाई एउटै खाल्डो मा ज्याक्नु पर्छ अनी थाहा हुन्छ । सब उस्तै हुन ।पत्रकार न YCL
    yorajan
    usa

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Surya Thapa Magar, kansas,USA

    I think all the journalists in Nepal have no caliber to be journalists because they have neither sufficient education nor capacity to investigate impartially what the ritht or wrong is. Why didn’t they give proper attention to the cause of Chitwan school bus mishap? Because they are taking unfair advantage out of this. They have no ethics which a journalist should have. Few of them like Kanak Mani, Sihohiya to name few are the agents of some political parties and and try to spread anarchy, unrest in the society by publishing unrealistic and unproved articles. They cann’t have absolute freedom in the name of free press. Before demanding own rights, they have to think what they have to fulfil their duties. Definitely, the recent attact on the himal media is condemnable. More, the voilent activities demonstrated by them like breaking state rule are more condemnable. So it is higly suggested that all journalists be impartial in covering the news. Because this is the most fragile, transitional period that you all know.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • yam sapkota

    हैन जे भएपनि सडक बन्द गर्नुपर्ने , त्यो गाडी चड्नेहरुको के दोष ह ? उनिहरुपनि वार्षिक सरकारलाइ सडक कर तिर्छन । यि पत्रकारहरुले पनि अलि वढिनै हल्ला गरेको जस्तो लाग्दैछ मलाइ ।

    हन काँग्रसको हात पो छ कि क्या हो , सत्ता ढाल्ने कुरा पनि गर्थ्यो ? सङकै लाग्छ बा , राजनितीका कुरा !!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • kaka

    नेपाल देश को २००९ को कार्य योजना

    चाड-पर्व ,शनिवार ,दिवस ,इत्यादि बिदा—-4 महिना
    नेपाल बंद इत्यादि — 5 महिना
    मंत्रालय, सचिव ,नेताहरुको अकर्मण्यता —2 महिना
    बिदेश भ्रमण ,गोष्ठी —-2 महिना
    ——————
    13 महिना
    अपुग १ महिना अर्को बर्ष को कार्ययोजना बाट भरपाई गरिने
    प्रधान -मंत्री कार्यालय
    भोजना मंत्रालय
    अपुग दरबार

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • rabbins

    कुरा हरु सबै सुनिये , तपाईं का पनि कुरा पढिये । एसमा मलाई एउटा मात्र एक्जामप्ल दिनुहोस् कि यहाँ कुन पत्रकार ले देश र जनता को लागि कलम चलाएका छन । हाम्रो प्रेस जगत ॠषि धमला प्रब्रिती ले हाबी छ । न त रघु पन्त नत तारानाथ दाहाल कोही पनि चोखा छैनन । यिनिहरु चोखा हुन सक्दैनन किनकी यो समाज कै उपज त हुन नि यिनिहरु पनि …………

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes