मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    पशुपतिमा अब हाम्रै नेपाली पुजारी

    पशुपतिनाथको मन्दिरमा भारतीय पुजारीलाई हटाउनु पर्ने माग धेरै अघिदेखि उठिरहेको थियो। अब बल्ल त्यो पूरा भएको छ। पशुपति क्षेत्र विकास कोषले तीन जना भारतीय भट्टको राजीनामा स्वीकृत गरी दुई जना नेपाली पुजारी नियुक्त गरेपछि नेपालको हाम्रो मन्दिरमा हाम्रै पुजारीले पुजा गर्ने भएका हुन्। तर के पशुपतिको मन्दिरमा चढाइने ठूलो रकमको भेटी, दक्षिणा, चन्दा रकम पारदर्शी हुनुपर्ने र त्यसलाई सामाजिक कल्याणमा लगाइनु पर्ने माग पनि यसरी नै पूरा होला ?


    दायाँ राजीनामा दिएका भारतीय मूल पुजारी महाबलेश्वर भट्ट र बायाँ अबका नेपाली पुजारी डा. विष्णुप्रसाद दाहाल।

    त्यसो त पशुपतिमा धेरै पहिले नेपाली नै पुजारी हुने गर्थे रे। विसं. १८०४ बाट दक्षिण भारतबाट ब्राह्मण झिकाई पशुपतिनाथको पूजा गराउने चलन सुरु भएको इतिहास छ। राजा मर्दा सबै नेपालीलाई जुठो पर्ने भएकोले जुठो पर्दा नेपालीले पूजाआजा गर्न नहुने भएकोले भारतीय पूजारी ल्याइएको भन्ने सुनिन्छ। यो कुरा कतिको सत्य हो, त्यो पुष्टि हुन बाँकी छ। जे होस्, सुरुमा नेपाली नै पूजारी हुने गरेका भए पनि बीचमा भारतीय पूजारी ल्याउन थालिएको चैँ पक्का हो।

    तर अहिले नै भारतीय पुजारीहरु पूर्ण रुपमा हटिसकेका भने छैनन् है। पशुपतिको नित्य पूजा गर्दै आउनुभएका मूल पुजारी महाबलेश्वर भट्ट, उत्तर मुखका पुजारी कृष्णयोग भट्ट र बासुकीनाथ मन्दिरका पुजारी केपी रामचन्द्र भट्टले मात्रै राजीनामा दिएका हुन्। उनीहरु तीनै जना भारतीय हुन्।

    अहिले पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको उत्तर मुखको पुजारीमा नुवाकोट जिल्ला जिलिङ गाविसका स्थायी बासिन्दा डा. विष्णुप्रसाद दाहाल र बासुकीनाथको पुजारीमा सिन्धुपाल्चोक जिल्ला बाँसबारी गाविसका स्थायी बासिन्दा शालिग्राम ढकाललाई नियुक्त गरेको हो। उनीहरुले परम्परा अनुसारको शिक्षादीक्षा र मन्त्र ग्रहण गरी दुई/चार दिनपछि पूजाको काम थाल्ने छन्।

    नयाँ नेपाली पुजारीलाई दिइएको नियुक्ति पत्रमा के छ ?

    नेपालको कानुन र परम्परा अनुसार विधि पुर्‍याई नेपाल राष्ट्र र नेपाली जनताको भलो चिताइ धर्मनिष्ठ भई श्री पशुपतिनाथको पूजाअर्चना गर्ने र साविकका पुजारीको जिम्मामा रहेका जिन्सी, नगदी तथा कागजपत्रसमेत बुझी आˆनो जिम्मामा लिई मन्दिरको प्रतिष्ठा बढाउने कार्य गर्नुहुनेछ।
    नेपालीहरूको खोजी र चासोको रूपमा निक्कै चर्चामा रहेको भेटीघाटीलाई पारदर्शी र व्यवस्थितरूपले कोष दाखिला गराउने कार्यमा समेत नवनियुक्त पुजारी उद्यत रहनुहुने अपेक्षा गरिएको छ।
    तपाईँको तलब, भत्ता, सेवा, सुविधा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले तोकेबमोजिम हुनेछ ।

    पशुपतिनाथको पूर्व मुखका पुजारी गणेश भट्ट र रामकारन्त भट्ट पनि भारतीय नै हुन्। उनीहरुले राजीनामा दिइसकेका छैनन्।
    नयाँ मूलभट्ट (पुजारी) नियुक्त हुन बाँकी नै छ। महाबलेश्वर भट्टलाई नै नयाँ मूलभट्ट नियुक्त नभएसम्म साविकबमोजिम यथावत काम गर्न तोकिएको छ। नयाँ मूलभट्ट भारतीय नै नियुक्त हुने हो कि नेपाली, त्यो भने हेर्न बाँकी नै छ। मूलभट्ट पहिले राजाले नियुक्त गर्ने गर्थे। अब अहिले राजा नै नभएपछि त्यो व्यवस्था खारेज भइसकेको छ।

    पशुपतिका नयाँ पुजारी नियुक्त हुनका लागि संस्कृतमा शास्त्री गरेको हुनुपर्ने प्रावधान तोकिएको भनिए पनि कुन प्रक्रियाबाट दुई जना नेपाली पुजारी नियुक्त गरिएको भन्ने कुरा खुलाइएको छैन। नवनियुक्त पुजारीहरुको पुर्खाको पशुपतिको पूजामा कुनै सम्बन्ध नरहेको बताइएको छ। यसरी बिल्कुल नयाँ परिस्थितिमा ल्याइएका पुजारीहरुले पशुपतिको आम्दानीलाई राज्यकोषमा दाखिला गराउने यसअघिको असफल प्रयासलाई सफलतातर्फ लम्काउने आशा गरौँ।

    No related posts.

    102 comments to पशुपतिमा अब हाम्रै नेपाली पुजारी

    • bijay

      Uttam babu,

      Your thoughts are amezing. I do enjoy reading your work.

      Bijay

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dipendra

      Jo Jogi aya pani Kanai chireko.
      This new pujari must be relative of Prachanda Dahal.
      This is the only chance they have. Bharti gara sabai khandan lai prahande.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • तँपाइको यो लेख प्रति मलाइ गुनासो छ । र अर्कातिर अरु पाठकहरुको बुझाइ र लेखाइ प्रति पनि म चकित छु ।

      भारतिय पुजारीले पशुपतिनाथमा पुजा गर्नु एउटा परम्परा हो । यसमा परिवर्तन आउनुलाइ म ठिक मान्दिन । यदि सबै नेपाली पुजारी आयो भनेर मख्ख हुनुहुन्छ भने यो पनि थाहा पाइराख्नुहोस् कि भारतका धेरै मन्दिरहरुमा आजसम्म पनि नेपाली पुजारीहरुले मात्र पुजा गर्छन् । भारतियहरुले पनि हामीले जस्तै गरे सयौं पुजारीहरु बेरोजगार भएर नेपाल फर्किन्छन् । के यो बारे सोच्नु भएको छ ?

      मलाइ लाग्छ परम्परालाइ राजनितिले गर्दा परिवर्तन गर्नु हुँदैन न त यो देशको वा त्यो देशको भन्ने कुराले ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • baljit

      it is ok because this is our religion and our culture then why bring priest from other country it we do this we have to marriage from out of country because all our countrys ladys are realitives .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram

      What history ????

      We should think about future. Not only brahman, all should get the chance to become priest. Otherwise our hindu religion will shrink and other religions will grow.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • cRIS

      if u wanna scrutinise the “invasion of one particular race people” to whole nepal…u only need to analyse pashupati mandir, as wise old people used to say.

      as the myth goes, kirati created pashupati mandir at first and they had their own pujaris (possibly magar people). then after kirati came along lichchhabis and mallas and they installed ‘rajbhandari’ people as pujaris. now who do you see in and about?? yes…from gate to everywhere…bahuns have completely invaded the temple. they used south indian pujaris to accomplish this. no doubt. this sort of invasion from one group, on the name of reform should be stopped in new nepal. injustice can happen anywhere, everywhere in any forms. need to address this.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Byas

      नेपाली नागरिक मात्र हुनुपर्छ भन्ने कानून बन्नुपर्छ । धेरै पहिले हुनुपर्ने कुरा थियो अहिले आएर भयो । धेरै राम्रो भयो ।

      इतिहास पल्टाएर हेरौ इतिहासमा के छ बुझौ । शाहवंश भन्दा पहिले राजोपाध्याय ब्राम्हणले पूजा गर्ने चलन थियो भने त्यस अनुसार राजोपाध्याय ब्राम्हणहरू मध्येबाट पूजारी छानिनु पर्दछ योग्यताको आधारमा ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Manoj

      Is not there something fishy about this?

      Prime Minister appointed these positions in the capacity of being chief of the Pashupati Development trust. No wonder he appointed Dahal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अरु सबै कुराहरु बिर्सौ ईतिहास पल्ताएर हेरौ ईतिहासमा के छ तेही अनुसार हुनु पर्छ । शाहबन्स भन्दा पहिले राजोपढ्यय ब्राम्हान्ले पूजा गर्ने चलन रहेछ । तेस अनुसर अन्तिम राजोपाध्यय ब्राम्हन विश्वानन्द राजोपाध्यय छ । तेसैले उनै राजोपाध्यय हरु लाई पूजारी बनाउनु पर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Maharjan taks,BELGIUM

      हा हा हा ,एक दम हास्न मन् लाग्यो आज,साथी हरु ले माथि को फोटो त देखेकै होला एक भारती पन्दित र अर्को नेपाली बाहुन पन्दित,नेपालएे बाहुन पन्दित लाई हेर्नुस् त कती दुब्लो न दुब्लो च्यासे छ , हो अब १,२ बर्ष पछी के तपाईं अन्दाज गर्नु सक्नु हुन्छ त्यो बाहुन पन्दित को बजन कती होला ?, भुँडी कती ठुलो होला??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh cumar

      भारतीय पुजारी लाई निकाले पछि, पहाडे बाहुन चै कसरी नियुक्ति भयो के आधार मा भयो त्यसको कसैले खोजि गरेको देखिएन नि … त्या नेवार पुजारी को सत्ता अरु नै राखेको ले कुटिल छाल श्पस्थ देखिन्छ …

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • suphie

      Dherai din pachhi ramro samachaar padhna pauda khusi lagyo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Binaya

      It is a good thing to have Nepalese priest in Pashupatinath temple. But I think Mr. Chabbi Lal Dahal aka Prachanda should count his days as PM of Nepal because of this incident. I have heard that Indians are now more determined than ever to kick out Prachanda. If I am not mistaken in my prediction, Prachanda will be replaced by someone from UML party as next PM of Nepal within two months.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • NEWAR

      Pashupati pujari must be NEWAR.

      It is good to replace Indian pujari by Nepali however it is not good to replace by BAHUN pujari in place of Newar. There was history that Newar RAJOPADHYA used to be pujari in Pashupati. So it must be replace by NEWAR pujari not by BAHUN pujari.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • NEWAR

      Pashupati pujari must be NEWAR.

      It is good to replace Indian pujari by Nepali however it is not good to replace by BAHUN pujari in place of Newar. There was history that Newar RAJOPADHYA used to be pujari in Pashupati. So it must be replace by NEWAR pujari not by BAHUN pujari.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Mahesh

      परासर दाई किन र ?? चमार पूजारी हुनुहुन्न भन्ने कही लेखेको छ र ? नयाँ नेपालमा सबै बराबरि हो भने किन चमार पूजारी हुन नपाउने ?? अधिकार बराबरि हो भने त्यो त सबै क्षेत्रमा लगुहुनु पर्‍यो नि??? कि अजै हामी मा double standard बाँकी छ ???? कि चमार पूजारी भएको सहन सकिदैन???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kishan

      malie ta mahabaleswor ko chori ko bhoj ma ice cream khako yaad aayo sano bela ma……..masti gareyo ne teti khera

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manoj

      The priesthood needs to be given back to its traditional pujaris – Rajyopadhyas, the royal priest of Malla and Lichhawi kings. Who were the pujaris of Pashupati for centuries before bhattas lured the then king to change it.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Niroj Palpali mgr from DOHA

      नेपाली मुलुक मा नेपाली नागरिक पूजारी हुनु गर्व को कुरा
      यो पहिले नै हुनु पर्ने थियो अहिले मात्र आएर हुँदै
      र पनि यसको तरिफ सबैले गर्नै पर्छ तर
      तपाईं हामी हरुले कुनै धर्मको नाममा दिएको दानहरुको सहि तरिकाले सदुपयोग भएको छ त
      अनी हजुर को दान मार्फत पूजारिले दिएको आसिक बाट हजुर हामीलाई सन्तुस्ती मिलेको छ त?
      पूजाको नाममा दिने दान को पैसाले कुनै खाने कुरा किनेर पसुपतिमा खानु नपाएको बाँदरहरुलाई दिनुहोस् तेही नै हजुर को लागि धर्म हुनेछ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      राम्रो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Laxman Pokharel

      आज लूना जि निकै फुर्दद्मा hunu hunchha जस्तो छ नि, कमेन्ट हरु हेर्दाइ रिप्लाई गर्दै हुनु हुन्छ। रमाइलो लाग्यो है।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahesh

      अब हामीहरु के मा खुशी भएको ??? पन्डित बन्न बहुन नै हुने पर्ने भन्ने कुरालाई अजै पनि मान्नु पर्ने । अरु जातबाट किन नभएको ??? तेसैगरी भट्टको सहयोगी राजभण्डारी मात्र किन नि त्यो पनि सबैलाई खुला हुनु पर्छ । सरकारले खुला बिज्ञापन गरेर खाली पद्को पुर्ती गर्नु पर्छ न कि कुनै कोठाबाट।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jyoti chhetri

      हामी हरु देश भक्ति को नाम माँ अन्धो देश भक्ति पनी हुनु हुदैन!र कहिले काही देश भक्ति बाट अली अगाडी बढेर मानब हित को लागी पनी सोच्नु पर्ने हाम्रो पनी कर्तब्य हुन आउछ!याहा कुरा नेपाली पुजारी र बिदेशी पुजारी भनेर छुट्याउनु भन्दा पनी ठुलो कुरा के भने कुन ब्यक्ति अर्थात पुजारी माँ दक्छ्यता छ र एउटा सभ्य ढंग बाट नियम अनुसार र धर्म को पालना गरेर राम्रो तरिका बाट पशुपति को मूल्य र मान्यता लाइ ध्यान माँ राखेर पशुपति को महिमा अझ अगाडी बढोस!साथै पशुपति को सर सफाई होश!मन्दिर हरु माँ रंग रोगन गरेर शुन्दर बनाइयोस!ब्यबश्थित सफा आर्य घाट को इस्थापना होश!मन्दिर माँ आउने भक्त जन हरुको आदर सहयोग र सुरक्छ्या माँ ध्यान दियोस!साथ साथ मन्दिर वरीपरी बसने साधू संत माथी राम्रो ब्यबहार का साथै उनिहरुको राम्रो नियत को प्रसंशा र ग़लत नियत का साधू शन्त माथी बिशेष निगरानी होश!समग्र माँ भन्नु पर्दा;मन्दिर माँ जाऊ जाऊ लागने र बशौ बशौ लाग्ने एउटा शान्ति र शुन्दर बाताबरण को सिर्जना होश! यस्तो कुरा हरुमा सक्छ्यम ब्यक्ति लाइ त्याहाको जिम्मेवारी दिनु राम्रो होला!भारत माँ पनी लाखौ नेपाली जीबन बिताई रहेका छन अनी लाखौ नेपाली भारत बाट पालिएका पनी छन त्यस्कारण यस्तो कुरा लाइ पनी ध्यान माँ राखेर राष्ट्र बादी हुनु राम्रो होला की जस्तो मलाई लाग्छ!र समाचार छेत्र बाट पनी यस् बिषय माँ अर्थात पशुपति बिकाश कोष को बारेमा र याहाको बिकाश माँ के कती हुनुपर्ने हो र के कती भएको छ भन्ने कुरा लाइ अलीकती खोजतलाश गर्ने र पशुपति को फोहोर, अब्यबश्थित प्रथा,रंग उडेर खुइलिएको मन्दिर, अशुरक्छ्या र असभ्य ब्यबहार लाइ अलीकती फोकस गरेर त्याहाको राम्रो ब्यबस्था ल्याउनमाँ सहयोग गरीदिनु पर्यो भन्ने अनुरोध को साथ साथ धन्यबाद!
      ज्योति क्षेत्री-बेल्जियम,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हेम कुमार , Dubai

      ओ हो हेर त ! कस्तरी मोटाको ? उ पनि त तेस्ताइ हुने होलनी। आहा ! खुस खबरी।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hari Ram Sapkota

      राम्रो कुरा हो । धेरै पहिला हुनु पर्ने अहिले भयो । यो बिबाद को कुरै होइन । अहिले पनि इतिहास को कुनै कालखण्ड मा बनाएको चलन लाइ मान्नु पर्छ भन्ने छैन । यो पनि कुनै समय को भारतीय बिस्तारबाद को एउटा नमुना थियो र त्यो अन्त्य भयो । अचम्म मान्नु पर्ने कुरा त यो हो की नेपाली पुजारी हुदा पशुपति का भण्डारी हरुको टाउको चाहि किन दुख्यो ? कि उनिहरुले भारतीय भट्‍ट संग मिलेर त्याहाको भेटी लगाएतका सम्पती को दुरुपयोग गरेका त छैनन ? यदि उनिहरु यस कुरामा निस्कलंक छन भने भट्‍ट ले हिजो का दिनमा गरेका नराम्रा काम लाइ बाहिर ल्याइ नेपाली पुजारी कस्तो मान्छे लाइ राख्दा पारदर्शी हुन सक्छ भन्ने राय दिनु राम्रो हुन्छ । नत्र हामी ले अनुमान लगाउनु पर्छ कि दाल मे कुछ काला है ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hari Ram Sapkota

      राम्रो कुरा हो । धेरै पहिला हुनु पर्ने अहिले भयो । यो बिबाद को कुरै होइन । अहिले पनि इतिहास को कुनै कालखण्ड मा बनाएको चलन लाइ मान्नु पर्छ भन्ने छैन । यो पनि कुनै समय को भारतीय बिस्तारबाद को एउटा नमुना थियो र त्यो अन्त्य भयो । अचम्म मान्नु पर्ने कुरा त यो हो की नेपाली पुजारी हुदा पशुपति का भण्डारी हरुको टाउको चाहि किन दुख्यो ? कि उनिहरुले भारतीय भट्‍ट संग मिलेर त्याहाको भेटी लगाएतका सम्पती को दुरुपयोग गरेका त छैनन ? यदि उनिहरु यस कुरामा निस्कलंक छन भने भट्‍ट ले हिजो का दिनमा गरेका नराम्रा काम लाइ बाहिर ल्याइ नेपाली पुजारी कस्तो मान्छे लाइ राख्दा पारदर्शी हुन सक्छ भन्ने राय दिनु राम्रो हुन्छ । नत्र हामी ले अनुमान लगाउनु पर्छ कि दाल मे कुछ काला है ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • खै आफु चै पूजा नगर्ने मान्छे परियो
      जो आए पनि भ्रस्टचारी पूजारी चै नपरुन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh kumar

      यो गलत हो एक हजार वर्ष देखि चली अको सास्कृतिक परम्परा लाई यो सरकार त के कसै ले पनि क्रम भंग गर्नु घोर पाप हो , यो सब पहाडे बाहुन (खस बाहुन) कुटिल चाल हो यो. करीब दुई सय वर्ष अघि नेपाल पसेका हरु ले एक हजार वर्ष को परम्परा लाई आफ्नो बनाउने कुटिल चाल…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj.(U.S.A.)

      Now nepali priesters turn is to earn money.
      Pashupatinath is a big bank than Rastrya banijya bank.
      you all can see the poor management of pasupathinath Temple .
      This priesters are not a priest they are looters.
      This is a place where these priesters can get rich in week.
      They accumulate all the donation money in theirs pocket.
      They don’t do nothing good for Temle.
      leaders are corrupted, these priesters are more corrupted than those corrupted politicians.
      In the name of god ….they are getting more richer and richer.
      Happy New Year 2009 to this all priesters.
      may this new year brings theirs dreams comes true.
      Good luck.
      To become a Pashupatinath priest is like a Finance- minister post.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yagya murti timilsina palpa

      sayad aru kashai le nagareko kam pasupati nath bata suruwat hunu par6 palpa base pane pashupati nath parti niky chintit 6u. pashupati nath le saby ko kalyan garun .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dangol

      ख ख म पनि यो कुरामा 100% सहमत छु लौ तपाईंहमी आँफैले भोगेका र देखेका कुरा हो नि बाहुन्को चित्त माखाको पित्त भनेजस्तै यो बाहुन ले पनि भेतिको दुरुपायोग गर्छ, तपाईंहरुले इी बाहुन्को घान्ती र भुँडी हेर्नुस् जबदेखी उस्ले पूजा गर्न थालछ अनी ठुलो हुन्छ तेसैले साबधन रहुन है हामी र पशुपतिका बाअसिन्दहरु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • uttam

      dherai khusai lagyo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manik yakha

      pashupatinath ko mul pujari haru phayrenay bhaneko sundha atti nai khushi lagyo kina ki nepal ayeota afnai chinari ra afnai sanskar bhaye ko rastra ho ( there are so many nepalese who can do puja according to our nepalese culture) tara pani uniharu lai awasar deyeana kinaki hejoko samaya kunai eak bikek (buddhi) sunneya samrat ko chhatra chhaya ma hurkeyako manish ko nirdesenma huna gayo, nahunu parne thiyo ta bhayo aba bitayko kurama samaya khera nafalu (jay bhayo ramrai bhayo,jay hudai chha ramrai nai hudai chha, ra jay hunchha teyo pani ramrai nai hunchha…………..) ahelay hami haru yeo teyo bhanera kura katera basnu bhanda aba ko bhabi din haruma kasari pashupatinath ko sara kuraharulai par darshi banayera laijane bhanne kura ma chhalfal garera ramro system lay kam kuro haro garinu parchha……………………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nabin

      श्री पशुपतिनाथ ले हाम्रो रक्षा गरुन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जे भयो राम्रै भयो , अब जे हुन्छ त्यो पनि अबस्य राम्रै हुनेछ

      भारतीय पूजारिले झै नेपालका पूजारिले आफ्नो पोल्टो नभरुन
      श्री पशुपती नाथ ले सबै नेपालीको रक्षा गरुन
      सम्पूर्ण नेताहरुको बुद्धी फिरुन
      नेपालीहरुले नेपाल आमाले लगाएको दूध को रिन तिरुन
      सबैले सुख र शन्ती पाउन
      सबै नेपाली हरु सुख र शान्ती मा रमाउन्
      श्री पशुपती नाथ को जय
      हटाइदेउ प्रभु सम्पूर्ण नेपाली हरुको गरीबी र भय

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नबिन जी

      तलब छाही काति दिने रहेछ ति पन्डिट बाहुन हरुलाइ कुन्न्नी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • navaraj

      i think mysansar not getting any good uplabdhimulak information…jahile nai yastai yastai bekar ka topic haru…..aba ta waakka aauna thalyo……..ali ramra ramra kam lagne bichar haru flow garnu ni hai yo blog ma…..
      jahile ni jhyau kura haru……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Maharjan taks,BELGIUM

      luna, हो कि नालु हो ,खोइ के हो जिस्क्यये को जस्तो लाग्यो मलाई ,खल खल गरेर ,हासेको हो कि, कि नेपाली पूजारी राखेर खल खल पसिना आएको हो??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suyog dahal

      ramro bhayo nepal ma indian pujari le pasupati ma puja garna panena bhaye na pasupati ma ta nepali pujari nai hhunu par6

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • strange

      The Indian priest resembles with some hindi film Vilian or a crook who might have committed lots of financial crimes to support the Royals. Hope such thing will not repeat again.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram

      Good news…

      should be inclusive now…why only brahman in New Nepal ???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nimesh, BKK

      भारतीय मूल पुजारी महाबलेश्वर भट्ट पशुपतिनाथको भेटि कस्तरि मोताएछ । तर नेपाली पुजारी डा। विष्णुप्रसाद दाहाल भने कस्तो मरण च्यासे भने सायद पछि बिस्तारै पशुपतिनाथको भेटिले मोताइ दिन्छ होला हागि ।
      भारतीय पूजारी हताएको त ठिकै लाग्यो तर केही तयारी नै नगरि आफ्नो मनपरी ढंगले नियुक्त गर्नु चाँही ठीक लागेन ।
      अब बिस्तारै यस मन्दिरमा पनि राजनीति नियुक्ती गर्ने होला नि हैन र?
      यदी मन्दिरमा राजनीति नियुक्ती गरेर, राजनीति गर्ने हो भने न हताएको नै ठिकै छ ।
      यो मन्दिरा पनि टि यू तथा लुम्बिनी बिकास कोशको हालत नहोस ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tyo pani thakai ho!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Spike

      भारती पुजारी नै ठीक थियो, अब नेपाली बाहून राख्दा भोली येही कुरा माँ झगडा हुन्छ, किन बाहून मात्र पुजारी हुने, समाबेसी हुनु पर्यो भनेर सबै जाती ले माग राखी नेपाल बंद हूँ बेर छैन,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुर्बेली

      यो साह्रै राम्रो काम हो । श्री पशुपतिनाथ लाई मलाई जहाँ सम्म लाग्छ राम्रो योग्य पुजारि चहियेको हो कुनै भट्ट थर होएन होला भट्ट नै चहिने भये । गोर्खा जतीमा भये पनि भट्ट छन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tilak Karki U.S.A.

      MUL PUJARI PANI NEPALINAI NIUKTA GARINU PARCHHA.

      RAJANAI NAVAYE PACHHI JUTHO LAGNE KURO PANI VAYENA.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ससुरा बा

      अझै धेरै ठाउँबाट धोतीहरु लाई हटाउनु छ । यो त सुरुआत मात्र हो । जय शम्भो कैलाश पती

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sshakya

      श्याम कृष्ण राजभंडारी vs भारतीये भट्ट ??
      —————————–

      हामी टीनेज हुंदा भट्टहरुको बारेमा त्येतातिर गोसिप सुनने गरिन्थ्यो पशुपतिको मूल भट्ट महाबलेश्वोरको गोवामा पानी जहाज छ रे, ५ स्टार होटल छ रे आदि ! त्यों सत्य होला या नहोला तर यी भारती पंडितहरुले भक्कू धन कमायेका छन – नेपाली दर्शानार्थिले चढाएको भेटी र ध्याकहरुबाट !

      २०४६ को राजनितिक परिवर्तन अगाडी यि भट्टहरु निकै शक्तिशाली थिए किनकी सिधै दरबारबाट नियुक्ति हुन्थे ! पशुपतिको तोकियेको सिमाना भित्र अस्पतालमा जन्म नभएका घरमा नै जन्म भएका पशुपति एरियामा बसोबास गर्ने राज-भंडारी थर भएकाहरुको यि भट्टहरुको सहयोगी भइ पशुपति मन्दिर भित्र पुजारी भएर काम गर्ने पालो आउथ्यो ! केही भंडारीका छोराहरु मेरा बच्चा बेलाको साथिहरु थिए ! तिनीहरुको एकचोटी पशुपतिमा पालो पर्दा २- ३ महीना जति पर्थ्यो क्यारे ! त्येती बेला Bonjovi को गीतहरु एकदम पोपुलर थियो र त्येस मध्ये एउटा मेरो साथी थियो- दिनभर Bonjovi को गीत practice गर्थ्यो गिटार लिएर र बिहान पुजारी भएर पशुपति जान्थे त्येसैले हाम्रो साथीहरुले त्येसको नाम Bonjovi पुजारी राखिदियेका थिए !

      एकचोटी पालो पर्दा यि भंडारीहरुले प्रति ब्यक्ति ४-५ लाख रुपिया पाउछन रे बांकी सबै भारती भट्टहरुले लिएर जान्छन रे ! २०४६ साल भन्दा केही अगाडी तिरको कुरा हो भारती भट्टहरुको शोषणको बिरुद्धमा पहिलो चोटी आवाज उठाउने र भारती भट्टहरु हटाउनु पर्छ भनेर संघर्षको अगुवाई गर्ने ब्यक्ति श्याम कृष्ण राजभंडारी हुन ! भारती भट्टहरुसंगको मनमुटावले गर्दा यिनलाइ त्येती बेलाको माथिको शक्तिको दबाबमा पशुपतिको भंडारी पदबाट राजीनामा दिन लगाइएको थियो भन्ने कुरा सुनेको थिए !

      २०४६ सालपछि प्रजातंत्रको पुनर्बहाली पछिपनि भारती भट्टको शक्तिमा कुनै कमी आएको थिएन किनकी ति भारती भट्टहरुले वडा न ८ (पशुपति क्षेत्र) लगायेत काठमांडू भरी २०४७ को पहिलो चुनावमा नेपाली कांग्रेसको चुनाब प्रचारमा भारतीये नम्बर प्लेटको गाड़ीहरुले चुनाब प्रचार गरेर हिडेको येथार्थलाइ राम्ररी बुझेका थिए !

      २०४६ पछिको पहिलो स्थानीय चुनावमा श्याम कृष्ण भंडारीले येही भारत बिरोधी र भारती भट्टको सेंटिमेंटलाइ लिएर एमालेको टिकेटबाट वडा अधक्क्षको चुनाब जितेको थियो — नेपाली कांग्रेसको नरोतम बैद्ये र राप्रपाको सुबर्ण बैद्येलाइ पराजित गरेर !

      नेपाली कांग्रेसको सत्तामा बिरासत हुने संभावना कम हुनु र राजतंत्र समाप्त हुनु पछिको अवस्थामा भारतीये भट्टहरु लाचारीको साथमा राजीनामा दिनु बाहेक कुनै option थिएन !

      हालका ने बि संघका महामंत्री प्रतिमा गौतमको बाबूपनि पशुपतिको एक आगो बालने पुजारी हुन त्येसैले अग्निहोत्री बाजे भनेर चिनिन्छन ! भारती भट्टहरुसंग राम्रो साठ-गांठ भएको मानिन्छ ! पशुपतितिर त्येतीबेला हल्ला चल्थ्यो कम्युनिस्टहरुले बाबुको टुप्पी काटिदिन्छ भनेर प्रतिमा गौतम कम्युनिस्ट बिरोधी बनेका रे ! Stalin र Mao भुतले धेरैलाइ समाएको छ भन्ने कुराको यो पनि एउटा प्रमाण हो !

      अहिले भारती भट्टहरुलाइ हटाएको बिरोध गर्न उचाल्ने ब्यक्तिहरु कट्टर पञ्च र कान्ग्रेस्सीहरु नै देखिन आएको छ !
      १) शिवशरण राजभंडारी (पूर्व पञ्च र पूर्व सदस्य सचिब पशुपति क्षेत्र बिकाश कोष )
      २) नरोतम बैधे (वडा अध्क्क्षे वडा ८ र प्रतिमा गौतमको शुरूका दिनहरुको राजनीतक गुरु )

      नरोतम बैधेको बारेमा एउटा जोक छ पशुपति क्षेत्रमा ! २०४६ सालको आन्दोलनको बेला पुलिशले सबै राजनितिक दलको कार्यकर्तालाइ घर घरमा आएर थुन्न लिएर गयो रे तर यिनलाइ चाहि लिन कोही पनि आयेन रे ! अनि आन्दोलन सफल हुन्छ भन्ने पक्का भये पछि अन्तिम दिनहरु तिर “एक्लै” गएर गौशाला पुलिश थाना अगाडी नारा लगाए रे ! त्येसपछि पुलिश ले समात्यो रे तरपनि सामान्य सोधपूछ पछि केही छिनमा नै छोड़ने भयो रे ! अनि यिनले पुलिशलाइ केही दिन आफुलाई थुनेर राखन अनुरोध गरेका थिए रे !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suryamani

      It is a nice job, but because of this incident Indians will not stop until they kick out Prachanda from the PM position.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • govind

      india ma bhikha dina chadeko dharai bhyo ni nepali le dan ra vikchya dinchan bhanera phahad ukalo lagekathaya.abata nepali pani jagechan achama preka holan.dhoti vikhari hru hi…………………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem Aryal

      Thank for good news, slowly we should remove all Indian from Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      “कहिले त मदेश कहिले त लेक डुलिमा उढ्ने हलेसो
      नेपालीले नेपालीकै खान्छ है मुटु कलेजो”
      प्रकृया नपुर्याइ वा छनौट प्रकृया सार्वजनिक नगरिकनै नियुक्त गरिएको पूजारिहरुबाट कस्तो कार्य सम्पादनको आश गर्ने हो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sanjiv

      aaphno deshko bhagabaanlaai aaphaile pujaa garnu parchha.aaphno karma aaphaile garnu parchha, ani po banna sakchha nayaa nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हजारौ बर्षादेखी पुर्खाले चलाऊदै आएको चलन यसरी जोशमा भत्काउन हुन्न। यो पूजारी शोषक भए निकालेर अर्को भट्ट ल्याउन सकिन्छ। महिनाको तिस हजार दिए जती भने पनि भट्ट हरु पाइन्छन साउथ इण्डियामा। यती पुराना ट्रेडिसन हरु यसरी च्वाट्ट छोड्न हुँदैन। कहिले जात्रा चलाऊने पैसा दिन्न भन्ने, कहिले सेकुलर भन्ने, कहिले दसैं टिका लाउन्न भन्ने, यस्तो भज्याहा बानीले कहाँ पुगिने हो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RK sharma

      कुरा खुशीकै हो तर नेपाली पूजारी भनेर मात्र हुँदैन कुन प्रकृयाको आधारमा ति दुई जना नेपालीलाई पूजारी बनैयो र मुल पूजारिलाई नियुक्त गर्न किन धिला गरियो ? यस् कुरामा चाँही सोच्नै पर्ला जस्तो छ है नेपाली जनताहरु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • VERY GOOD NEWS .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर ,लण्डन, यु. के.

      धर्मको संमरचना र तात्कालिन समयलाई अनुमान गर्ने हो भने यो मानब समाजको निम्ती ठुलो उपलब्धी हो |यसलाई संरक्षण र हरेक युगले सबोधन गर्नु पर्छ |यसअर्थ धर्म मानब समाजको अंमुल्य सम्पत्ति एबं गहना हो |खुसीको कुरा नेपाली पूजारी पायो हिन्दूहरुको पवित्र धार्मिक स्थल नेपाली धर्मपिठले |अब यसधर्मपिठ लाई यस्को आम्दानिलाई बैज्ञानिकरण गरिदिए हुन्थ्यो यथार्थमा |
      .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अविशेक, Denmark

      आफ्नै देश नेपालमा नेपाली नियुक्ती हुँदा पनि खुशी मान्नु पर्ने है? यो त अत्ती नै भयो । त्यो ईण्डियन पूजारीहरुलाई पशुपती को दर्शन मात्र गर्न गर्न दिनु पर्छ, पूजा हैन । जे भयो ठीक भएछ । अब त्यो बाँकी indian पूजारी हरु लाई पनि धन्यवाद दिदै भारत तिर बिदा गरी दिहल्नु पर्छ। तर तिनी हरु लाई पनि एदी रकम हिना मिना गरेका छन भने तेसै छोड्नु हुँदैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jillabashi Baburam

      यो धेरै पहिले हुनुपर्ने कुरा थियो अहिले आएर भयो!
      धेरै राम्रो कुरा हो! नेपाली नागरिक हुनु पर्थ्यो, जो भए पनि।
      दाहाल देख्दा प्रचन्डको नाताबाद भयो कि भन्ने कुरा त उठ्नु त
      स्वभाविक हो तर बिदेशी आएर भाले हुन नपाउने भएपछि
      यलाई राम्रै खबर मान्नु पर्छ!

      पशुपति जस्तो राष्ट्रिय पहिचान भएको मन्दिरमा दर्शन गर्न जाँदा
      पूजारिले नेपाली भाषा नै बोल्दैन! मलाई त थाहै थिएन काठमाडौं बसेको थुप्रै
      बर्षसम्म पनि! अझ मलाई त चन्दन माग्दा पनि दिदैन बा यो हिन्दी बोल्ने मान्छे ले त! बल्ल बल्ल कति लामो लाइन पार गरेर पुगेकोत!

      धेरै टाढाबाट आउनु भाको उहाँ बुढाबुढीको लागि चन्दन, फूलपाती भनेर फेरी अनुरोध गर्दा पनि “चन्दन चाहिये बाहिर पुलिसले लेर गाछ, उसैलाई खोजेर माग” पो भन्छ बा भारतीय भाषामा! बुढाबुढी पनि मेरै पछाडि थिए; धेरै भिड भएकोले मैले डोर्याइरहेको थिए। पूजारिले म भन्दा पछाडिको सिमा पारीबाट आएको ग्रुपलाई
      अगाडि बोलाई रहेको थियो तर म उसले चन्दन, फूलपाती न दिएसम्म डग्ने वाला थीइन! म पनि के कम, त्यो बेला क्याम्पस पढ्दै गरेको ठिटो,मेरो तातो रगत उम्ली हाल्यो! दुइटा हात साइड तिर फैलाएर भनेँ, “मलाई फूल चन्दन न मिलुन्ज्याल कोही पनि अगाडि बढ्ने छैन!” अनी पूजारिको केही न लागे पछी तल भुइ जम्मा भएका एक मुठो बेल्पत्र उठाएर मेरो हातमा थमाइ दियो! एती धेरै पात कि एउटा झोला भरिन्थ्यो होला! धार्मिक स्थान भएकोले अतिनै सम्यमित हुने कोशीस गरे! जब हात्मा पातको भारी बोकेर म हुल छिचोल्दै बहिर निस्की रहेको थिए, उता पूजारी मन्त्र पढ्दै पानी छर्कदै गरी रहेको थियो आफ्नो स्पेसल् ग्राहक हरुलाई!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pashupati ma pahile pahile newar bahun haru hunne garthe bhanne sthaniya basinda haruko bhanai chha. Tesaile Newar Bahun lai niyukti garnu parne thiyo, Khas Bahun hoina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lax, USA

      Very positive change.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Maharjan taks,BELGIUM

      अत्ती रामो , तर नेपाली बाहुन ,पन्दित देखी पनि होसियार ,नेपालएे बाहुन हरु पनि हामी चिन्छौ ,भेती चधाएको रकम हिना मिना गरिस कि मरिस ,का खलाकी मखु ??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kaka

      बल्ल गएर नेपाली नेता हरु को घैटा मा घाम लागे छ
      आफ्नो मन्दिर को स्वदेशीकरण गर्न सफल भएका सम्बंधित सबै बधाई का पात्र छन
      मुरी मुरी बधाई
      अब अझ एउटा मुख्य काम बांकी छ त्यों पनी गरे हुनि थियो चार्कोशे झाडी मा मेची देखि महाकाली सम्म कांडे तार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      राम्रो समाचार सुन्नु पायो ।
      पशुपतिको मन्दिरामा च् ढाइने भेटी – दछी णा – चन्दा रकम पारदर्शी हुनु पर्छ र त्यसलाई सामाजिक कल्याण मा लगाइनु पर्छ । यस्को लागि मुलुक का सबै जिम्मेबार ब्यक्ती – नेता – पार्टी – संघ -सस्था- सबैले चर्को दबाब दिनु पर्छ ।
      जनताले चुन्नु भएका नेताहरु सरकार मा हुनुहुन्छ । बहाहरुले यस् गहन कार्यमा तु पहल गर्नु पर्छ । नत्र सरकार हुनु को के औचित्य ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • keshab adhikari now in israel

      wow aab nepalma nepali pujari pherer aandolan hudaina ki ta

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • keshab adhikari now in israel

      very good je bhayo good

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mitra lal dahal

      kasto tuchchha sochai ho silu ji ? k prachanda dahal bhayo bhanera sabai dahal usaika relatives bhanthaane?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      बिष्णु प्रशाद दाहाल प्रचन्ड जि को नातेदार पर्नु हुन्छ र ?
      कि दाहाल भएकाइ कारण ले यसो भन्नु भो ? यदी त्यसो हो भने तपाईं गलत हुनु भो है ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      मुख्य कुरा त लेख्नै भुलेछु । यस्मा पत्रकार बर्ग ले जिम्मेबारी भूमिका खेल्नु पर्छ्–

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sashi

      ramro vayecha pujari ferera tara kina fereko gathi kuro bujda ekajan dahallai kaam chaiyeko thyo????????? mero prasna prachandalai ho.ekjana bandhulai job diyechan valo gare prachandale. yesari nai gardai desko bikas garnechan hamra netale malai pura biswas cha.pahila aafna natagota ani tespachi ko ko …line sakina ra dherai time lagcha.mero matlab prachandalai desko hit sochana euta lifele napugala..arko choti ni hami primminster banaula chinta nagara hamra neta..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      it is joke or what ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      Saathi, Nepali ta Ramrai lekhdo rahechhau, bolchhau pani hola.Bro timi IC ki NC huh? Bada traditional bachaunu paryo BHATT haru rakhera..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ashok

      kasto bakamfuse kura gareko HAKUDI timile. yestai soch le ta ho ni indian le pasupati ma hamlai peleka. Mero bichar ma inidan bhatta haru lai hatayera sarkar le ramro garyo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      खल खल ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dangol

      ख ख म पनि यो कुरामा 100% सहमत छु लौ तपाईंहमी आँफैले भोगेका र देखेका कुरा हो नि बाहुन्को चित्त माखाको पित्त भनेजस्तै यो बाहुन ले पनि भेतिको दुरुपायोग गर्छ, तपाईंहरुले इी बाहुन्को घान्ती र भुँडी हेर्नुस् जबदेखी उस्ले पूजा गर्न थालछ अनी ठुलो हुन्छ तेसैले साबधन रहुन है हामी र पशुपतिका बाअसिन्दहरु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      यस्तो सम्म है !!!
      स हनु सम्म स हे का छन नेपालीले ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • man lama

      डा.पडेर त पुजारी पो भएछ नेपालमा काम नपाए पछि के गर्ने पुजारी नभएर ।सहि बुद्वी लगाएछ कतै पैसा

      छाप्‍न त हैन डा. जी……….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rishi prasad rijal

      ल अब भने यी माओले के हि चै गर्लान जस्तो छ | अब हिन्दू राष्ट्रको नेपाली पुरानो उपाधि पनि चाडै नै फर्कन्छ कि जस्तो छ | आषा गरौ है …. |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राजेन्द्र

      yo bhale pothi ko kura hoian, sabai miler kam garnu ta bideshi lai hatayer nepali lai tyo thauma lyaunu nai ramro maninichha. je hos tapai ko b4 ko lagi dhanyabat

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      well said .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      आशा गरौ सका रात्मक को । पत्रपत्रीका मा पनि यस् बिषय लाई महत्ब दिएर लेखी दिए सरकार ले पार्दर्शिता अपनाउन वाध्य पार्ने थियो ।
      हेरु कतिको दुरदर्शिता अपना उछ सरकारले !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sunil Poudyal, Texas

      गीत प्रकाश श्रेष्टले गाउनु भएको हो र रचना चै धनेन्द्र बिमलको हो कि !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rame

      shilu ji lai nai po dine hoki auta post chai?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shilu जीलाई आफ्नो कमेन्ट प्रकाशित नभएकोमा उमेशजी सँग सार्है रीस उठे जस्तो छ। यसरी रीसको आबेगमा कसैको जातनै फेरी दीन
      पाईन्छ र ? ल है shilu जी,कही उमेश्जिले मान हानीको मुद्दा लगाउने त होइन? (ठट्टा मात्रै गरेको अन्यथा नलिनु होला)

      ठुले

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पशुपतिमा वर्षौदेखिको भारतीय पुजारीको हालिमुहाली रोकिइ आफ्नै नेपाली पुजारी राखेको ऐतिहासिक घटना त यसलाई उपलब्धिमूलक लागेन रे अनि बेकारको टपिक रे ।
      तिम्रो राम्रा राम्रा काम लाग्ने विचारहरु भनेको कस्तो हो ? यसो हामीलाई नि बुझाम् न भाइ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हैन, धर्म र राष्ट्रियता भनेको फरक कुरा हुन। धर्म पनि नेपाली, भारतीय भन्ने हुन्छ र? त्यसैले पशुपतिनाथ हाम्रो मात्र नभएर सबै भारतीयहरुको पनि हो। जगन्नाथपुरिमा पहिले (शायद अहिले पनि) नेपाली राजालाई मात्र पस्न दिने चलन थियो, मेरो बिचारमा काशी विश्वनाथ मन्दिरमा पनि तेस्तइ केही चलन छ क्यारे। पूजारीको लेखा जाँच गर्न सकिएन भनेर पूजारीनै हटाउने भन्ने हुँदैन। नियम कानून ल्याएर पास गरेपछी सबैले तेसमा काम गरिहाल्नु पर्थ्यो। यो पूजारीले नमाने ठीक्क तलब दिए जत्ती भनेपनी भट्ट पाईन्छन दक्षिण भारतमा, पशुपतिमा आएर पूजारी काम गर्न। फेरी भोली मनपरेन भनेर लुम्बिनिका गुम्बाका जापानी पूजारीपनी निकाल्ने? कती मोनस्टरीमा तिब्बती, श्रीलंकाली भिक्षुहरु पनि छन तिनलाई पनि निकाल्ने हो कि? यो अन्धराष्ट्रबादले देश, संस्कृतिको भलो गर्दैन साथी हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हेम कुमार , Dubai

      सबै डाक्टर ,डाक्टर हुँदैनन , सबै मास्टर , मास्टर हुन्नन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हेम कुमार , Dubai

      means??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prakash

      You are stupid. 1000 years ago there was no Pashupati mandir then why they made this mandir which was not there? 10000 years ago we used to be naked then why you stupid wear clothes then? Every year at least some million rupees is going back to india. The bhatta has his own 5 star hotel as he invested from these money. You look a perfect indian dalal. All money should stay inside Nepal. If money stay inside Nepal we nepali can buy things and our internal production will rise. More oppportunity for the job. Don’t you understand? See thats why these “kutil” are smart and not like you.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Parasar

      ए उसो भए महेश भाई तराइ तिर चमार जाती हरु छन ति पिछडिएका जातिमा पर्छन हातमा दाम पर्ने बित्तिकै धेरै जसोले जाड – रक्सी पनि धोक्छन नुहाउनु त उनिहरुको मासिक कार्य तालिका मा पर्छ त्यसैले तिनिहरु बाटै पूजारी को छनोट गर्नु पर्छ भनेर आन्दोलन गर्नेकी त ? अझै अरु मठ- मन्दिर भत्काइ आन्दोलन गर्नेकी त ? मुखा हानु जस्तो , अझ बाहुन लाई पूजारी बनाउन भएन रे । हे बाँदर हो बादरै हुन्छौ भने पशुपती क्षेत्र को वारी पारी नै बस तैपनी केही आस्तिक हुन्थौकी ????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      neans – Yes :)
      what maharjan ji say is truth .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      महर्जन जि !
      तपाईं किन यस्तो टेडो ! मैले तपाईंको कुरा चित्त बुझेर त्यो तपाईंले खल कि मखु भन्नु हुँदा मैले खल अर्थात ख भनेकी छु । छु जुल ? सुल्टो कुरा लाई उल्टो नसोच्नुस् न भन्या !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      भिम जि !
      क्या बा त् ! जनता को मनले यही सोची राख्या छ अहिले जुन तपाईंले सोची रहनु भा’ छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      कस्तो अल्छि मान्छे !
      ‘ राम्रो ‘ मात्रै पो भन्नु हुदो रहेछ ! यसो बिचार पनि पस्कनुस् न !
      कस्तो मिठो लाग्छ तपाईंको बिचार । कहिले काही खुब पिरो हुन्छ र पनि मिठो नै हुन्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      पोख्रेल जि ! तपाईं को रमाइलो देखेर मलाई पनि झन रमाइलो लाग्यो :)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chamar

      Hello Mr. Para sar

      I think you need to keep away “Para sar!” Your mentality is that of bahuns. You are not respecting other cast. You are the “Kalanka” of the country. You have no right to speak of such nonsense. Improve yourselves, if you are educated. If not, read books and keep yourselves literate.

      Let me tell you one thing. Why not Chamar? Why bahuns only? Who is bahuns? Do you think all bahuns are cleaner? Don’t you think bahuns dont drink rakshi? By the way these are bahuns that are most drunker now. I have seen many bahuns who need drinks the most. At home they are pure, but outside the worst. You know one thing. “Dinvar Bahun, ratvar down”. This is 100% true. This is Naya Nepal. Every one has eqaul chance to serve any post including priest. If chamar or any cast can read and write and is capable of serving priest, why not? If bahun can be priminister, why not chamar or any person? This is the problem of bahuns. I am sure we can not make Naya Nepal unless we change the mentality of these so proclaimed ‘super cast bahuns’. From this time, dont try to under estimate any cast.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Parasar Ji,
      K ek lota panile nuhaudaima safa, chokho bhainchha ? Bahun bhanauda haru ta testai garchhan ni hoinara ? ani dinbhar Janai dekhayera ma bahun bhane rat parepachhi bhatti pasalma jane hoina ta ? Katai tapai pani uhi dyang ko mula ta parnu bhayena?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • देशरुप

      रामबाबु श्रेष्ठजी,

      इतिहास त हेर्नुपर्छ, त्यसबाट शिक्षा पनि लिनुपर्छ यसमा म सहमत छु तर इतिहासमा भएजस्तै हरेक कुरा, वस्तु उही पुरानो अवस्थामा हुनुपर्छ भन्नु त उचित भएन। यसरी त कसरी विकास गर्ने नि? बरु वर्तमान अवस्था हेरेर सोही अनुसार चलन चलाउँदा समय सापेक्ष हुनेछ। पशुपतिनाथ मन्दिरको पुजारी उचित योग्यता पुगेको कुनै नेपाली राखे हुन्न र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Parasar

      चमार र सुनिता बैनी के पूजारी फूल ,अक्षता मात्र फाल्न सक्ने भए हुन्छकी मन्त्र हरु पनि पढ्न र अर्थ्याउन सक्नु पर्छ । बाहुन जाती बाहेक अरु कुनै जाती होला त्यो सस्क्रित मन्त्रहरु उच्चारण गर्न सक्ने , सप्ताहा , नवाहा , पारायण लगाउन सक्ने ,शायद तपाईं तेही समुह पर्नु भो होला जस्ले सस्क्रित शिक्षा लाई निर्मुल गर्नु पर्छ भनेर टि यु मा तोड- फोड समेत गरेका थिए निकै पहिले।
      अनी तपाईंहरु हाम्रो हिन्दू धर्म , ग्रन्थ हरुले परीभासित गरेका चलन र प्रथाहरु तोड्ने पक्ष मा हुनुहुन्छ भने लौन त तपाईंहरु बाटै सुरु होस मलाई लेख्ने मन त थिएन तर तपाईंहरुले वाध्य बनाउनु भो , नरिसाउनु होला ” के तपाईं चमार भाई “आफ्नै बहिनी या दिदी सँग बिहे गर्न सक्नु हुन्छ ? ” अनी बहिनी सुनिता नि ? छ कोही यो हाम्रो बैबाहिक चलन र प्रथा जुन हाम्रो धर्म सँग जोडीएको छ लाई तोड्न सक्ने ? के तपाईं चमार जाती बाट हाम्रो यो बहुजातिक समाजमा सप्ताहा लगाउन सक्नु हुन्छ अनी उनको प्रबचन मा कती जना श्रद्दालु भक्तजन हरु ले भाग लेलान त ? अन्दाज लगाउन सक्नु हुन्छ ? कि जाती जातिमा फरक फरक गर्ने ? परापुर्ब काल देखी सर्ब जातिले मानि आएका परम्परा , रिती – रिवाज र धार्मिक सहिस्णुता लाई बचाइ समयानुकुल परिमार्जित गर्दै लग्ने कि जरै बाट निर्मुल गर्ने ? बाहुन बाद को बिरोधमा ।
      अर्को कुरा सबै बाहुन हरु रक्सी खाँदैनन , जो बिशेष पण्डित बन्न भनी सस्क्रित पढेका हुन्छन उनिहरु लाई आक्षेप नलगाउ ।
      र फेरी अर्को कुरा तपाईंहरुले मान्नै पर्छ नेपालमा सर्ब प्रथम शिक्षा – दिक्षा दिने नै बाहुन हरु थिए , गुरुकुल को सुरुवात नै ब्राम्मण हरुले गरेका हुन । र हाम्रो मुलुकमा साक्षर दर सबै भन्दा बढी बाहुन कै छ । अहिले त्यही बाहुन जसले अन्य जातिहरुलाई क ख चिनायो , यतिको जान्ने – सुन्ने बनायो , उसैलाई खेदो । हो राज्य सन्चालन गर्नका लागि पढे- लेखेका मान्छे चाहिन्थे त्यो बेला अन्य जातिका मान्छे कमै थिए पढे लेखेका हो त्यो कालमा धेरै बाहुन हरु माथिल्लो पद देखी तल्लो पद सम्म बाहुनै हुने भए , र उनिहरुले पनि आफ्ना सन्तान हरुलाई शिक्षा को महत्व बारे जानकारी दिए पढाए टाठा – बाठा बनाए उनी हरुले नै सरकारी जागिर पाए यही निरन्तर चली रह्यो , अन्य जाती किन पछाडि परेत ? यो त दौड हो जो दौडन सक्छ उसैको जित हुन्छ
      हो मान्छु त्यो पढे -लेखेका हुल हरुमा केही फटाहा बाहुनहरु पनि छन तिनी हरुलाई चिनौ , सामाजिक बहिस्कार गरौ , कानुनी कारबाही गरौ , किन हामी त्यो फटाहा , ब्यभिचारी को दोस सबै बाहुन जातिमा पोख्ने ?
      साथीहो एउटा उखान छनि ” रिसले खा आफुलाई”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sunita

      परसरजी, तपाईं ब्राम्हणहरुले मेरो गोरुको बार्है तक्का भन्ने हठ त्याग्नुस्, समय अनुसार आफ्नो सोचाइमा परिवर्तन गर्नुस् । एक पटक दलित हरुलाई पनि मौका दिएर हेर्नुस् दलित, गैर ब्रम्हन्हरुले सप्ताह, नवाह्, रुद्री, चन्डी पाठ् गर्न नसक्ने होइन । तपाईंले शायद तराइ तिर एक जना दलित्ले ब्रम्हन, छेत्री सबै जतिको घरमा गैइे पुरेत्याइको काम गरेको साथै आजको अन्नपूर्ण पोस्ट पत्रीकामा छपिएक्को सिन्धुपाल्चोकका दुइे महिलाले सप्ताह लगाउदै आएको समाचार सुन्नु पढ्नु भएकै होला । हिन्दू धर्ममा त दलित, माहिला अदीले पुराण पाठ गर्नु पाप हो यदी त्यो पप हो भने ती पन्डिट्ले किन आफ्न छोरीहरुलाई पुराण वाचन गर्न अभिप्रेरित गरे अनी किन तराइका ति हिन्दूहरुले दलितको हातबाट आफ्नो कर्मकान्द गराएे, आफ्नो कुल धर्म, परम्परा, सस्क्रीतीको सन्राक्षण गर्नकै निम्ती हो । तेसैले तपाईं जस्ता आजको युवावर्गले त्यस्तो सन्क्रिन सोचाइ राख्नु भएन ।

      तपाईंले ब्रम्हणहरु शिक्षा क्षेत्रमा बढी छ भनेर कुन आधारमा भन्नु भएको हो? अहिले त ब्रम्हण भन्दा गैर ब्राम्हणनै अगाडि छन । साथै हिन्दू पम्परालाई तपाईं हिन्दूहरुले पो मान्न कर छ, गैर हिन्दू लाई केको कर? उनिहरुले आफ्नो धर्म, परम्परमा जस्तो छ तेस्तै किसिमबाट बिहे गर्छ, तेही अनुसार कर्मकान्द गर्छ । पहिले तपाईंले आफ्नो सन्किर्न सोचैलाई परिवर्तन गर्नु पर्‍यो । तपाईंले एक तर्फी ब्रम्हन्वादी नजरले मात्र होइन समान नजरले हेर्नुस्।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Parasar

      महेश भाई पूजारिले पढ्नु परेन , पाठ गर्नु पर्दैन अनी त्यो सस्क्रित कसरी उचारण गर्नेनी जो सस्क्रित पढेका छैनन ले । आफ्नो आचरण मा सुद्दी गर्नु पर्‍यो नि ? जो जस्ले ब्रम्ह कर्म गर्न सक्छ वा जो सँग ब्रम्हत्व छ उस्ले मात्र गर्नु पर्छ ” भगवान को मन्दिर र मंदिरमा पूजा पाठ , होम -होमादी कार्य गर्ने पण्डित , हाम्रो नेपालको सम्सद भवन र सभा सद जस्तो होइनन भाई ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sunita

      परासरजी,
      तपाईंलाई नेपाली उखान थाहै होला “मनिस ठुलो दिलले हुन्छ, जातले हुँदैन” कोही मानिस बाहुणको छोरा हुँदैमा त्यो ब्राम्हन हुँदैन । ब्राम्हण, जस्ले ब्रम्हत्व पलना गर्दछ या ब्रम्ह कर्म गर्न सक्छ । यदी दलित वा गैर ब्राम्हणलाई सस्क्रित पढ्ने, पूजा पाठको विधी सिक्ने अवशर दिने हो भने उस्ले अवश्य पनि त्यो कार्य गर्न सक्छ।

      सधैं मन्दिर, पूजा पाठमा मात्रै सिमित रहने मान्छे, तपाईं आफुलाई आजको IT को युगसम्म त पुर्‍याउनु भयो अब सन्क्रिन सोचएेमा पनि परिवर्तन गर्नु पर्‍यो। धन्यवाद ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker