सुषमा मानन्धर
ती दुई जनाको बीचमा बोलचाल नभएको पनि चार पाँच दिन भैसक्यो। दुबैले पहिले अर्कोले बोलोस् र बोलुँला भनी बाटो कुरेका छन् तर बोल्न पहल भने कसैले गरिरहेका छैनन्।
पहिले यो घर दुई जनाले नै भरिएको हुन्थ्यो। एकातिर रेडियो बजेको हुन्थ्यो, अर्कोतिर टिभी अनि दुबै जनाको कहिल्यै नटुँगिने वार्तालाप। कोठा मानौं जिउँदो महसूस हुन्थ्यो र रमाइलो पनि लाग्थ्यो। जहिलेदेखि यिनीहरुमा ठाकठूक परेको छ, घरै उदास देखिन्छ। सँधै गीत घन्किरहने रेडियो पनि प्रायः बन्दै हुन्छ। टिभी कहिलेकाहीँ समाचार सुन्नका लागि मात्र खोलिन्छन्। त्यो मानौँ वर्षौदेखिको अँध्यारो र चिसो कोठा अनि उनीहरु त्यहाँ राखिएका दुई स्वचालित यन्त्रमानवहरु जस्ता। सिर्फ घरमा आउने जाने, पकाउने, खाने अनि सुत्ने बस् त्यत्तिमै सीमित रहेका। बोलचाल नभएकोले उनीहरुमध्ये एक जना भान्छामा हुँदा अर्को बैठक कोठामा हुन्थे, एक जना बरण्डामा आउँदा अर्का चोकमा पुग्थे। उनीहरु दुवै सँगै हुने भनेको ओछ्यानमा निदाउँदा मात्र हो। एउटै खाटमा सँगै पल्टिँदा पनि उनीहरुबीचका ती केही इन्चका दूरी समेत दुईबीच बढेको चिसोले धेरै तन्किएको छ। विपरित दिशातिर मुख फर्काई हरेक रात ती दुबैले मन अमिलो बनाई निदाउने असफल प्रयास गरिरहेका हुन्छन्। बन्द आँखाभित्र, दोस्रोले के के गर्दैछ भन्ने अनुमान साँचेर टुक्रा टुक्रामा निदाउँदै बिहान अधकल्चा आँखामा उठ्नु पर्दा दुबैको टाउको भारी भएको हुन्छ।
बताउनलाई कुरा खासै ठूलो पनि छैन। उनीहरुमा त्यस्तो नराम्रोसँग झगडा भएको पनि हैन। सुन्ने जो कोहीलाई पनि यसको कारण निराधार एउटा मूर्खता जस्तो मात्र पनि लाग्न सक्छ। मान्छेहरु हाँस्दा होलान् यति सानो विषयलाई पनि झगडाको निहुँ बनाइयो भनेर तर सानो विषय भनेर के गर्ने, जोइपोइमा महाभारत गराउन कहिलेकाहीँ यति सानै कारण पनि प्रशस्तै हुँदो रहेछ।
केही दिन अघि दुबै जना खाना खाएर कोठामा टिभी हेर्दै थिए। टिभीमा समाचारपछि सधैँ एउटा सानो प्रोग्राम आउँथ्यो र त्यो प्रोग्राम दर्शकहरुमाझ निकै लोकप्रिय पनि थियो। उसका श्रीमानले कार्यक्रमकी एकजना सहभागीलाई लक्षित गर्दै उसलाई सुनाएका थिए, “यिनले आज दिउँसो ढिलो भयो भनी मसँग बाइकमा लिफ्ट मागेकी थिई, यहाँ टिभीमा इन्टरभ्यु दिन आउन पो रहेछ। ” उसले कुनै जवाफ नफर्काई श्रीमानलाई छड्के आँखाले हेरी। उनले थपे, “कस्ती राम्री केटी,कति स्मार्ट ! हैन,बन्न पनि कत्ति जानेकी यिनले !” कुनै पराई महिलाको बारेमा निसन्कोच यसरी आफ्नो श्रीमानले खुलेर टिप्पणी गरेको उसलाई मन परेन। चालिस बयालिस जति उमेरकी ती मोटी महिलालाई उसका श्रीमान, “केटी” र “राम्री ” को उपमा भिराउँदै थिए। प्रत्यक्ष बोलचाल नभए पनि समारोहहरुमा दुईचार चोटी उसले पनि ती महिलालाई भेटेकी थिई। पोतिएर आधुनिक फेशनमा ठाँटिएर आउने उनी जोसँग पनि निसन्कोच बोल्न तम्सन्थिन्। “त्यस्तो गहना र फेशन गर्न पाए त हामी पनि राम्री देखिन्छौ नि।” नचाहँदा नचाहँदै पनि ऊभित्रको जलन स्पष्टरुपमा निस्कियो।
“तिमी अनि राम्री ? यो पनि राम्रो जोक भयो। खुटीमाथि जति राम्रो लुगा झुण्ड्याए पनि खुटीको खुटी नै त हो।” अनि उसका श्रीमान धेरै बेरसम्म होहो गर्दै हाँसेका थिए। “खाली अर्काकी श्रीमतीको कुरा गर्याछन्। हैन तपाईँ मलाई चैं मान्छे नै गन्नु हुन्न कि के हो,जत्तिबेला पनि यस्तो कुरा। “उसले खिन्न हुँदै भनी। “मैले नभाको कुरा गरेको छु र ?” उसका श्रीमान अझै पनि हाँस्दै थिए। यद्यपि उसको श्रीमानको भनाइमा ऊप्रति कुनै दुराशय वा श्रीमतीलाई चोट पुर्याउने मनसाय थिएन तर उनका सहजरुपमै भनिएका कुराले पनि उसको मुटुभित्रसम्म गड्यो। आफूलाई कहिल्यै कुनै प्रशंसा नगरेकोमा भन्दा पनि आफ्नै अगाडि अर्की महिलाको प्रशंसा, आफ्नो श्रीमानको मुखबाट सुन्नु, उसलाई अप्रिय लाग्यो। एक त अरुको बखान, उसमाथि त्यस्ती नक्कलीलाई दिउँसो बाइकमा समेत राखी लगेका,अब के चाहियो र ? रिसले उसले कार्यक्रम पूरा पनि हेरिन। बोल्दै नबोली कार्यक्रमको आधैमा उठेर बेडमा गई पल्टी। उसका श्रीमानले टिभी हेर्न घरिघरि बोलाउँदा पनि उसले कुनै जवाफ फर्काइन। ऊ ठुस्स परेर पल्टी नै रही।
थप कुरा यहाँनिर बिग्रियो कि,उसका श्रीमानले पनि आएर उसप्रति कुनै चासो देखाएनन्। टिभीमा प्रोग्राम हेर्न सकाएर कोठामा आई अर्कोतिर फर्केर निद्रामा डुबिहाले। यसले गर्दा पनि उसको रिसको आगोमा झन् घिउ थपे जस्तै भयो। उसले अपेक्षा गरेकी थिई, कोठामा आएपछि उसको श्रीमान ऊ निदाएको ठाउँनिर उभिनेछन् अनि उसको मुखसम्म छोपिएको सिरक हटाएर ऊसँग कार्यक्रमको बीचैमा उठेर आउनुको कारण सोध्नेछन् त्यसपछि रिसाएको थाहा पाएपछि मनाउने प्रयास गर्नेछन्। अलिकति नाइँनास्ती र गुनासोपछि उसले पनि मानिहाल्नेछिन्। तर उसका श्रीमानले त्यस्तो केही गरेनन्। “अरुका ह्वाँ श्रीमतीका निधार खुम्चन पाएको हुन्न,तिनका श्रीमानमा भुँइचालो जान्छ। रिसाएकी श्रीमतीलाई मनाउन के के विधि जुक्ति गर्छन् गर्छन्। आफ्नो भने स्वास्नी रिसाएको पनि मतलब नराख्ने, कस्ता निर्मोही बुढा हुन् ! ” उसले चित्त दुखाउँदै रात काटी।
भोलिपल्ट अफिस जान ब्याग बोक्न लाग्दा त्यसको फिता चुँडेको कुरा बल्ल सम्झेर उसले हतार हतार सिउन थाली। “के हो तिमी त, जहाँ गाह्रो त्यहीँ साह्रो। यो हतारमा त्यही थोत्रो ब्याग सिलाई बस्नुपर्छ ? दुई पैसा काम नलाग्ने ब्याग भिरेर हिंडेकी छौ। फाल्देऊ त्यो, नत्र म हिँडें।” श्रीमानलाई हतार थियो क्यार,उसलाई नपर्खी हिँडिहाले। उसले जाबो एउटा ब्याग पनि किन्न नसक्ने थिएन तर उसकी दिदीले उपहार दिएकी त्यो ब्यागमा उसका भावनात्मक लगावहरु थिए। त्यसो त ब्याग पुरानो पनि भैसकेको थियो तैपनि ऊ त्यसलाई टालटुल पार्दै प्रयोग गर्दै थिई। ब्यागको कुरा निहुँ मात्र भयो,मनभित्र तुस त हिजैको बाँकी थियो। उसको मन झन आहत भयो। गहभरी आँसु टल्पलाउँदै ऊ अफिस हिँडी। उसको मनभित्र रिस निकै हुँडलिरह्यो।
त्यो साँझ अफिसबाट फर्केर उसका श्रीमान चियै नपिई फुत्त फेरि निस्किहाले। उसका श्रीमानले कहाँ जान्छु भनी बताएनन् न त उसैले सोधी। रात छिप्पेपछि आइपुगेका श्रीमानमा ड्रिन्कको हल्का गन्ध उसले चाल पाइहाली। शायद उसले उधुम गर्छे भनेर हो कि उनी केही नबोली खाटमा पल्टिए। उसले पनि खाइन। एक त दुखेको मन उसमाथि खाली पेट,ऊ रातभरि सुत्न सकिन।
त्यस दिनदेखि दुबैको मौन व्रत शुरु भयो। दुबै जना घरमा हुँदा पनि त्यो घर कोही नभएको झैँ उजाड लाग्न थाल्यो। कोही कसैभन्दा कम्ति थिएनन्। ऊ बिहानै उठेर आफ्नो दैनिक गर्नु पर्ने काम गर्थी। श्रीमान कोठामा टिभी हेर्दै पत्रिका पढिरहन्थे। मनभित्र दुबै बेग्लाबेग्लै टापुमा, नबोलेर चुपचाप, बोल्नै बिर्सेकाहरु जस्तो खाना खाई छुट्टाछुट्टै अफिस निस्कन्थे। साँझ फर्केर ऊ श्रीमानको लागि कोठामै चिया पुर्याइदिन्थी। अरुबेला भए उसका श्रीमान “खै त तिम्रो चिया ? कोठैमा ल्याउ न,टिभी हेर्दै चिया खाउँला।” भन्थे। अहिले त एक वचन हुन्न। चिया ल्याइदेऊ भन्नु पनि छैन,किन ल्याइनौ पनि भन्दैनन्। ल्याइदिएको चिया खुरुखुरु पिएर बसिरहन्छन्। भरेङमा तलमाथि गर्दा आमुन्ने सामुन्ने हुँदा पनि ऊ आफू पनि बोल्दिनथी,उसका श्रीमानले पनि बोल्न पहल गरेनन्। शुरुशुरुमा त उसलाई पनि आफ्नो चित्त दुखाएकोमा श्रीमानसँग खुबै रिस उठिरहेको थियो। श्रीमानले नबोल्दैमा आत्तिएर बोलाइहाल्नु पर्ने उसले ठानिन। घरका कामकाजहरु दुवैले आफ्नै हिसाबले गर्दै थिए। एक हिसाबले त उसलाई केही हदसम्म हाइसन्चो पनि भएकोथ्यो,न कुनै नपुगेको गुनासो न कुनै तीतो टिप्पणी सुन्नुपर्यो। तर निरर्थक झगडाले लम्ब्याइरहेको मौनतामा अब दुवै जना निस्सासिन थालेका थिए। दुबैलाई लाग्थ्यो अब त कसैले बोले हुन्छ तर पहिला आफैले बोल्न शुरु गर्नको लागि दुबैभित्रको अहमले तगारो हाल्थ्यो। लोग्नेस्वास्नीको झगडा परालको आगो भन्छन् तर उनीहरुको झगडा साम्य हुनुभन्दा दिनपरदिन सल्किँदै गएकोथ्यो।
अफिसबाट फर्केर ऊ रातको खाना पकाउने सुरसार गर्दै थिई। तल कोठामा टिभी हेर्दै गरेका उसका श्रीमानले लगातार पाँचसात पटक हाछ्युँ गरे। बिहान चिसो हुँदाहुँदै पनि बिना बाक्लो ज्याकेटमा अफिस हिँडेका थिए,चिसो त लाग्ने नै भयो। उसको आफ्नै मन पनि अलिकति चिसो भयो। खाना खानेबेला भैसक्दा पनि श्रीमान माथि नउक्लेका हुँदा उसले खाना पस्केर तल कोठैमा लगिदिई। ऊ भान्छामा नपुग्दै उसका श्रीमानले सर्के झैँ गरी एकनास खोक्न थालेपछि अत्तालिँदै गिलासमा पानी भरेर ऊ दौडदै तल गई। उसका श्रीमान मुख रातो पारी गाँस निल्नु न ओकल्नु पारिरहेका थिए। श्रीमानप्रतिको उसको रिस कहाँ मर्यो कहाँ !
“के भयो ?” उसले पानीको गिलास अगाडि राख्दै आत्तिँदै सोधी। उनले केही नभनी पानी पिउन थाले। श्रीमानले केही नभनी खाना खाइरहँदा उसले स्नेहमिश्रित आँखाले हेरिरही उनलाई। अघिपछि खाना खाँदा यसरी चुप लागी कहाँ खान्थे र ? कहिले नून बढी कहिले कम, कहिले भात गिलो, कहिले सुख्खा, यो मीठो भएन,त्यो मीठो भएन ,एक न एक थोक भनेर छेड नहानेको दिनै हुँदैनथ्यो। तर आज उनले केही नभनी लुसुलसु खाँदा पनि उसलाई नरमाइलो लाग्यो। सन्चो नभएर हो कि कुन्नि उनले खाना पनि अपुरै छाडे। अरुबेला हुँदो त, ऊ रिसाउँथी “यस्तो महँगो चामलको भात,कहाँ फालेको ?” ऊ उनलाई सबै खान बाध्य पार्थी। कदाचित उनले खान नसके आफै भए पनि लिएर खान्थिन्। आज उनले खाना छोड्दा पनि ऊ केही बोलिन। मुखै मीठो नभएर होला, के गरुन् बिचरा !
भान्छाको काम सकाई कोठामा आउँदा श्रीमान् बैठक कोठामा थिएनन्। उनी बेडरुममा खाटमाथि टुसुक्क बसेर ढोकातिर आँखा लाउँदै थिए। ऊ आएकी देखेर श्रीमान खाटमा अर्कोतिर फर्केर पल्टिए। उनी निदाएका पक्कै होइनन् तर आँखा चिम्लिरहेका देखिन्थे। टेबुल ल्याम्प निभाएर ऊ पनि पल्टी। मनभित्र अनेक तर्कनाहरु चलिरहेका थिए। सानो कुरालाई उसले व्यर्थ ठूलो बनाई। तर उनका श्रीमान पनि त के भा का ? श्रीमानले पनि उसको मन बुझेर मान राखिदिएका भए कुरा यति लामो जाँदैजाँदैनथ्यो।
बिहानीपखतिर एक्कासी चिसो बढेर होला, सुत्दासुत्दै श्रीमान फेरि खोक्न थाले। अलि बढी चिसो भयो कि उनलाई स्याँस्याँ हुन्छ,दमको बिमारी ,उसलाई थाहा छ। उसले उठेर हेरी,झ्याल अलिकति खुलेकै रहेछ,उसले झ्याल बन्द गरेर आफूले ओढेको सिरक पनि श्रीमानमाथि खप्टाइ दिई।
बिहान उठेर ऊ सँधै झैँ आफ्नो काम भ्याउन थाली। उसका श्रीमान चिया खाइवरी बजार गएका थिए फर्कँदा उसलाई मनपर्ने च्याउ किनी ल्याए। प्रफुल्ल मुद्रामा बिहान उसले च्याउ कै तरकारी पकाई। धेरै दिनपछि उसले भान्छामा राखिएको रेडियो खोली,मीठो गीत बजिरहेको थियो। झ्याल खोली। बाहिरबाट ताजा हावाको झोँक्का आयो। भान्छाभित्रको उकुसमुकुस र धुँवा सबै झ्यालबाट बाहिर उड्यो।
धेरै दिनदेखि सोचिरहेकी थिई,आज समय मिलेमा बाटो छेउका पसलमा लागेका सेल हेर्दै जानु पर्ला भनी। त्यही सोचेर उसले छिटो काम सकाई। उसका श्रीमान तयार हुँदै थिए,उसले स्वीटर निकालेर अगाडि राखिदिई,”चिसो लागेको मान्छे त्यत्तिकै जाने हैन।” लुगा लाउँदालाउँदै उनले पनि ऊतिर हेर्दै भने, “आज पनि त्यही थोत्रो ब्याग सिलाउन बस्ने हैन। छिट्टै तयार भैहाल,सँगै निस्कौँला। ” उसलाई श्रीमानले बस स्टपमा ओरालेर आफू अफिस लागे।
बाटो छेउका दुबैतिर पसलहरुमा विभिन्न सामानका सेल लागेका थिए। अफिसको समय भैसकेको थिएन। सजाइएका सामानहरु नियाल्दै उसले सोची,पैसा भए त किन्नु हुन्थ्यो। पर्समा दुई सय बाहेक अर्को नोट थिएन,उसले पर्स खोली। त्यहाँ दुई सयको नोटसँगै हजारको सिंगो नोट पनि थियो। सम्भवतः श्रीमानले बिहान कुनै बेला राखिदिएका होलान्। उसको मनमा श्रीमानप्रति थुप्रै माया रसायो। धेरै अगाडिदेखि व्याग पुरानो भयो अर्को किन्नु भन्दै थिए,उसैले किन्न आलटाल गर्दै थिई। उसको आँखाभित्र केही पग्लियो। पसलेले नौसय पचहत्तर भन्दै थियो उसलाई मन परेको व्यागलाई,उसले मोलमोलाई गरी आठ सयमा किनी। त्यो दिनभरी अफिसमा उसलाई श्रीमानको बढी याद आइरह्यो। बिचराले अस्ति सहजरुपमा कुरा बताउँदा आफू रिसाउनु हुन्नथ्यो। मनभित्र पाप भएका भए त शायद उनले बताउँदैनथे होला। आफूहरुबीच चलिरहेको झगडामा उसले आफैलाई दोषी ठानी। हिजो राति पनि खोक्दै थिए,अहिले कत्तिको बिसेक भएको हो, खाजा राम्रो खाए खाएनन्…उसको मनमा अनेक कुरा खेलिरहृयो। श्रीमानलाई खुवाउनु पर्ला भनी साँझ अफिसबाट घर फर्कँदा उसले तयारी सूपका दुई तीन प्याकेट किनी। मेनगेटको ताला खोलेर चोकभित्र पसेकी मात्र थिई,उसका श्रीमान पनि आइपुगे। दुबैले एकअर्कालाई हेराहेर गरे। ऊ हाँसी,उसले देखी उसका श्रीमानमा पनि तनावरहित खुकुलोपना थियो। ढोका खोलेर भर्याङ चढ्ने काम दुबैको एकैचाटी भयो। “लडुँला नि” उसले विस्तारै भनी। “लड्दिनौ, म समाती हाल्छु नि। अस्ति तिम्रो मन साह्रै दुखाएछु,सरी है !”उसका श्रीमानले भर्याङ उक्लँदै उसलाई आफ्नो अँगालोमा बेरे। उसले लाडिंदै भनी,”मैले पनि यसरी रिसाउनु हुन्नथ्यो,यस्तो मायालुसँग। मन नदुखाउनुस् है ! अहिले सूप पकाउँछु, टन्न पिउनुपर्छ। जिउ तातो भएपछि अनि सन्चो हुन्छ मेरो हजुरलाई।” “…अनि जिऊ तातो भएपछि के हुन्छ नि लाटी ?” श्रीमानको अर्थपूर्ण प्रश्नमा उसले श्रीमानको गालामा मायाले प्याट्ट हान्दै मादक स्वरमा भनी, “छिः कस्तो मात्तेको मान्छे !”
No related posts.









I like this story, thanks sushma!!! for giving us a pleasure to read wonderful story.
मन परे हरियो, नपरे रातो
0
0
very good
मन परे हरियो, नपरे रातो
0
0
शुस्मजिको कथा पढ्दा साह्रै राम्रो लाग्यो । प्रय पुरुश्हरु महिलाको नक्कली मायामा परे पछी सबै रिस बिर्सिएर भुल्ल्न थालदछ। शायद पुरुस्को ठुलो कमजोरी यही लाग्द्छ। यो लेख्मा पनि सोही कुरालाई स्पस्त्त पारीएको पाए। लेख साह्रै राम्रो छ। भबिस्यमा यश्तै राम्रो लेख्को प्रतिछ्यमा रहने छु। उहको उज्ज्वल भबिस्यको काम्ना गर्दछु।
मन परे हरियो, नपरे रातो
0
0
शुस्मजिको कथा पढ्दा साह्रै राम्रो लाग्यो । प्रय पुरुश्हरु महिलाको नक्कली मायामा परे पछी सबै रिस बिर्सिएर भुल्ल्न थालदछ। शुस्माजिले यो लेख्मा पनि सोही कुरालाई स्पस्६ पारीएको पाए। लेख साह्रै राम्रो छ। भबिस्यमा यश्तै राम्रो लेख्को प्रतिछ्यमा रहने छु। उहको उज्ज्वल भबिस्यको काम्ना गर्दछु।
मन परे हरियो, नपरे रातो
0
0
शुस्मजिको कथा पढ्दा साह्रै राम्रो लाग्यो । प्रय पुरुश्हरु महिलाको नक्कली मायामा परे पछी सबै रिस बिर्सिएर भुल्ल्न थालदछ। शुस्माजिले यो लेख्मा पनि सोही कुरालाई स्पस्६ पारीएको पाए। लेख साह्रै राम्रो छ। भबिस्यमा यश्तै राम्रो लेख्को प्रतिछ्यमा रहने छु। उहको उज्ज्वल भबिस्यको काम्ना गर्दछु।
मन परे हरियो, नपरे रातो
0
0
susmaji katha is very excellent and systematic also.asal cheli ko asaal kam. I hope that you will be famous writer
bed
मन परे हरियो, नपरे रातो
0
0
Sis, excellent story! Keep it up.
This is one of your best article I have ever read.
We are proud of you!
From New York.
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो कथा सुश्माजी
मन परे हरियो, नपरे रातो
0
0
Dear Madam,
Excellent job done this time too please go ahead with the next sensational articles.
This time you have felt the problem of married life.
मन परे हरियो, नपरे रातो
0
0
really good story, heart touching.thanks alot shusma ji
keep on writing
मन परे हरियो, नपरे रातो
0
0
Excellent !
मन परे हरियो, नपरे रातो
0
0
Excellent !
मन परे हरियो, नपरे रातो
0
0
wah!!! Sushma Didi Wah!!!!
मन परे हरियो, नपरे रातो
0
0
सुशमा जी,
तीतो औषधी खाए पछीको मीठो जीवनको कथा जस्तो लाग्यो
प्रतिसरा सायमि ,
दुबइ, संयुक्त अरब एमिरेट्स
मन परे हरियो, नपरे रातो
0
0
Soup khaye pachi ke garey, tyo pani lekhnu parne, jhan daami hunthyo katha.
मन परे हरियो, नपरे रातो
0
0
Nice story
मन परे हरियो, नपरे रातो
0
0
Nice story. I can guarantee Sushma ji is also married. Otherwise how can she feel the problem of married life
मन परे हरियो, नपरे रातो
0
0
“झ्याल खोले पछी निस्सासिएको उकुस मुकुस धुवा बहिर निस्क्यो ………….” अनी अन्तिम अनुछेद “जिउ तातो भएपछी के हुन्छ ?” को उत्तर “जिउ तातो भए पछी सर्दिले लागेको रुघा ठीक हुन्छ नि” होइन, सुश्मा जि यो सन्योगान्तक कथाले निस्चय नै दाम्पत्ती जिबन को मनमुताबलाई परालको आगोको सङ्या दिनु भएको छ। सिर्जन्सिल शुस्मा दिजु को हातहरुलाई सफलताको सलाम गर्दै आगामी अंक हरुमा पनि एस्तै सन्योगान्तक लेखहरु निरन्तर पढ्न पाउने आशा गरिरहने पाठक ……………. fraom UAE
मन परे हरियो, नपरे रातो
0
0
कुनै पनि दम्पतिमा झगडा सानो कुराबाटै हुन्छ र त्यसको निबार नको सुरुबाट पनि सानो कुरैबाट गर्नुपर्ने हुन्छ ।कुनै पनि दम्पति एक अर्काका पारी पुरक हुन । मिलेर काम गरे कुनै पनि समस्याको समाधान गर्न सक्छन । कुनै पनि पत्नी आफ्ना पतिबाट आत्मियताको मायाको र आफ्ना अगाडी अरुको खास गरी कुनै महिलाको तारिफ सुन्न चाहादैनन ।
चन्द्रकान्त पाण्डेय
मन परे हरियो, नपरे रातो
0
0
सुष्माजी!! नेपाली समाजमा घटिरहने वास्तविक्ता समेटिएको एस्तो कथा सांचैनै यथार्थवादी छ ।आशा छ कि नेपाली लाई यस्तै खुराकले सधैं माया गरिरहनु नै हुनेछ भन्ने
धन्यवाद
निरज
परदेश बाट
मन परे हरियो, नपरे रातो
0
0
thank you very much sushma ji keep it up.nice story
मन परे हरियो, नपरे रातो
0
0
ammma houuu….. haina ye aaimai le sadhaai katti milayera lekhna jane ki ni….. jaile ni kasto manai chusukka chune ka…….
haina sabbi kuro yinle aafai le bhogeki ni hainan holi feri …? katti gahirai ma pugera paristhiti ko kasto saral ra sobhavik ani samasamik rup le paskeki…..!!!
keep it up sushma g, u r d great…….n i really mean it.
HAPPY NEW YEAR TO YOU ALL………….
मन परे हरियो, नपरे रातो
0
0
अन्तिम अनुच्छेद साह्रै सटिक छ ।
मन परे हरियो, नपरे रातो
0
0
thank you very much susma jee, tapaiko fiction sarai ramro laagyo,tapaile lekheko fiction chaahi ma kunai haalatma ni mis gardina,yekdam gahirera padhchhu,ra dherai aanana pani laagchha,…yestai yestai fiction haru lakhdai garnu hola vanne aasa laageko chha,bye see u…again thanks
मन परे हरियो, नपरे रातो
0
0
शुस्मा जी
धेरै धन्यवाद तपाइ को कथा त मेरो आफ्नै जस्तो लाग्यो हिजो आस्ती देखी नै मेरो घरमा सेम समस्याछ । आज मेरो श्रीमान लाई पनि यही कथा पढन लगाउनु पर्ला । एस्तै कथाहरु दिदै जानु होस् हामीलाई राहत मिल्ने छ ।
कुशुम आमेरिका
मन परे हरियो, नपरे रातो
0
0
लुना जी तपाईं जस्तै म पनि उकुश मुकुश भयको
थिए । तर अंतिम मा रमाइलो लाग्यो।
सुश्मा जी साँच्ची हाम्रो पनि कैले काही तेस्तै हुन्छ, तर तपाईं
को कथा को पात्र को जती लामो समय सम्म चाँही होइन है ।
हाहा …..
मन परे हरियो, नपरे रातो
0
0
Thanx sushma je
its the real story of my with the incident happen with my beloved wife……. really sushma jee you make me cry with this story and i missed my wife as i’m now out of country… sushma je yastai yastai story lekhe rahanu hai ke garu dherai nai padhan man lagcha ke yasto story haru……. anyway thanks from the buttom of my heart
take care
मन परे हरियो, नपरे रातो
0
0
Wow, Sushmaji, you rock, really nice story…hope to get more such stories from you
मन परे हरियो, नपरे रातो
0
0
कथा पढ्दै जा दा उकुश मुकुश भएकी थिए । अन्त मा त मज्जाले लामो स्बास फेरे !
मन परे हरियो, नपरे रातो
0
0
शुषमा जी,सारै राम्रो लाग्यो हजुरको यस्पालाको कथा पनि|धन्यवाद छ,हजुरलाई मीठो कथाको लागि|
मन परे हरियो, नपरे रातो
0
0
कथा साह्रै राम्रो लाग्यो। यो सबै विवाहित जोडीको यथार्थता हो। त्यसैले होला यो कथा पढ्दा मलाई मेरै घटना को याद आयो। आगामी दिनहरुम्मा पनि यस्तै मन छुने कथाहरु पढ्न पाइयोस्।
-अमेरिकाबाट।
मन परे हरियो, नपरे रातो
0
0
Thanks Shusma ji for nice story.
मन परे हरियो, नपरे रातो
0
0
सर्बोत्तम! तपाईंका सिर्जनाहरुमध्ये सबैभन्दा राम्रो कथा। सबै विवाहित जोडीको साझा यथार्थ हो यो। यो कथा पढेर त मेरी मायालु अब झगडा गर्दिनन् जस्तो लाग्यो म सँग। झगडा नै परेछ भने यही कथा फेरी सुनाइदिन्छु। शब्दचयन साह्रै राम्रो। सलाम तपाईंका सिर्जनात्मक हातहरुलाई।
- अमेरिकाबाट।
मन परे हरियो, नपरे रातो
0
0
कथा राम्रो छ । प्रस्तुती पनि ठीक छ , मन छोयो आँखा रसाये, यस्तै हो जिन्दगी ।
मन परे हरियो, नपरे रातो
0
0
afnai love story ta hoina
मन परे हरियो, नपरे रातो
0
0
afnai loe story ta hoina
मन परे हरियो, नपरे रातो
0
0
nice story
मन परे हरियो, नपरे रातो
0
0
Dear Sushma
I feel It is one of the best story among your story. It is happen in real life of most of the coule. I think you express your real life as the means of story but other guy donot.Thank for your writing
मन परे हरियो, नपरे रातो
0
0
अन्तिम मा साह्रै मिठो लाग्यो । सुश्मा जि, कथा आसाधैइ राम्रो छ ।
मन परे हरियो, नपरे रातो
0
0
miss understanding
मन परे हरियो, नपरे रातो
0
0
nice story. thanks
मन परे हरियो, नपरे रातो
0
0
wow nice story. The end of the story is very heart-touching.
मन परे हरियो, नपरे रातो
0
0
Very nice n sweet story. really heart touching…. some what happened on my past.. heheehheh
Thanks sushamaa jee, keep it up…..
मन परे हरियो, नपरे रातो
0
0
Soooooo Sweet Story, it really touched my heart…in these days i’m facing same situation here, Lets see what happen to us. she will forgive me or not ??? i’m waiting…
soldierofgod_105@yahoo.com
मन परे हरियो, नपरे रातो
0
0
Hi, finally i can read your story. i’ll comment you after i finish the story…
मन परे हरियो, नपरे रातो
0
0
नमस्ते सुषमा जी !!
नया बर्ष २००९ को सुभ-कामना!र यो बर्ष देखि सारा जगत भरी नै सुख शान्ति को बाताबरण सिर्जना होस भन्ने आशा सहित भगवान संग प्रार्थना!धेरै राम्रो लेख्नु भयो सुषमा जी !तपाई को लेख एकपटक पढ़ी हालौ जस्तो लाग्छ !र हाम्रो समाजको लागी तपाईको लेख हरु धेरै नै उपयोगी छन जस्तो मलाई लाग्यो!यसरी नै र यस्तै किसिमको मिठो अनी अर्थ युक्त र ज्ञान बर्दक भाबनात्मक लेख हरु लेख्दै गर्नु हुने छ भन्ने आशा र तपाईको सुभ को लागी कामना गर्दछु!
ज्योति क्षेत्री-बेल्जियम
मन परे हरियो, नपरे रातो
0
0
very good
keep it up
aasish
swiss
मन परे हरियो, नपरे रातो
0
0
मेरो आफ्नै कथा जस्तो लाग्यो, यो घटना मेरो जिबन मा पनि घतेको थियो, मेरो मन छोयो, धन्यवाद शुस्मा जि तपाईं लाई .
Doha
मन परे हरियो, नपरे रातो
0
0
very good story….
मन परे हरियो, नपरे रातो
0
0
nice story…
realistic & touching article.
keep going Shushma ji.
BOL
मन परे हरियो, नपरे रातो
0
0
I found it very nice and realistic.. anyway thank you very much for it and hope more such articles in Future
Tufan
CAU
Kiel
मन परे हरियो, नपरे रातो
0
0
Is this ur own STORY? If it is, just say it, everyone even loves more. Anyway I love it. Keep it up.
Logne swasni ko Jhagada, Paral ko aago.
मन परे हरियो, नपरे रातो
0
0
Nice writing skill. keep it up
मन परे हरियो, नपरे रातो
0
0
भाग्यमानी रहेछन सुस्मा जी तपाईंको कथाका अनाम पात्रहरु ! तपाईका कथाहरु प्राय आशाबादी हुने गर्छन्, तेस्तै यो पनि !
मन परे हरियो, नपरे रातो
0
0
I Liked this article very much
मन परे हरियो, नपरे रातो
0
0
shusma ji,
as always, a great story…….! sandhai jastai..ati uttam.
abhibhahit bhayeko le hola sayad.jhan rochak ani mitho lagyo..salala bageko ‘shriman-shrimati’ko sambandha ani tesh ko mithas sangai anjan mai aune ‘paral ka aga’ haru ko bardan le….
as always..great story !
lekhdai janu..mysandar ma tashdai garnu..hami padhne ta chandai chau ni..
jay nepal
मन परे हरियो, नपरे रातो
0
0
woouuuuuuuuu i liked it.excellent story!!
मन परे हरियो, नपरे रातो
0
0
सुसमाजी,अन्तिम अनुच्छेदमा मेरो पनि आँखा रसायो, सम्झेर ।
मन परे हरियो, नपरे रातो
0
0
couple not coule
मन परे हरियो, नपरे रातो
0
0
yo po ta story………..Thank u Susma ji..
मन परे हरियो, नपरे रातो
0
0
gopal jee, mero ta aakha matra hoina k k rasaayo rasaayo,vanna chaahi navanu hai,feri ghara mrs thaha paaye feri mero pani taal uhi hunchha, malai ta bidesh bata ghara jaau jaau vayo mrs lai samjhera,ahile ta jaado sijan yo belama jaana paayeta jiyan tataauna hunethiye,yeuta kaam galti gariyechha bidesh aaune belama hitar gharma nai chhadera aaiyechha, ahile sarai pachhuto laageko chha,
मन परे हरियो, नपरे रातो
0
0
कस्तो नबिन जि पनि,शुप खाए पछी सर्दी लगेको ठीक हुन्छ नि तपाईंले सर्दी हुँदा खेरीके खानु हुन्छ नि? भाउजुले तपाईंलाई सर्दी लाग्द के गर्म-गरम सुप खुवाउनु हुन्न त ?? नभए आँफै बनाएर पिउनु न जबो सर्दी ……………..
मन परे हरियो, नपरे रातो
0
0
कुसुम दिजु अमेरिका जस्तो अहिले को जाडो मौसममा भेनाजुलाई गर्मा-गरम शुप खुवाउनु भएन होला अनी त एस्तै हुन्छ नि। होइन भने भेनाजुलाई नि छिट्टै सर्दी लगोस, अनी सबै बिमार खतम …………..
मन परे हरियो, नपरे रातो
0
0