मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    शनिबार साहित्यः फोटो हेर्नुस्, कविता लेख्‍नुस्


    फोटो हेरी फोटोलाई सुहाउने कविता लेख्‍नुहोला। कविता बाहेकका कमेन्ट यसमा नगरिदिनुहोला। कमेन्ट तत्काल प्रकाशित नभएमा केही घण्टासम्म कुर्नुपर्ने हुनसक्छ। दोहोर्‍याएर पठाउन जरुरी छैन।

    विविध कारणले नतिजा सार्वजनिक हुन बाँकी विगतका प्रतियोगिताको नतिजा चाँडै नै गर्ने प्रयास गर्दैछौँ- निर्णायकहरु, माइसंसार कविता प्रतियोगिता

    No related posts.

    25 comments to शनिबार साहित्यः फोटो हेर्नुस्, कविता लेख्‍नुस्

    • सन्दिप सागर ,लण्डन, यु. के.

      ——-सृस्‍टिको आस्था —–

      निरस एकान्त निर्जन
      तर ठुलो आस्था श्रिस्टीको
      थुप्रै आधी हुरी कठाङ्ग्रिने चिसो
      अह झुकेन सिर
      किनकी म आस्था हुँ
      अफ्ठारोमा उभिन सक्छु
      तर खै बुझेको
      मानिसहरु आस्थाहरु
      निर्भय हुन्छन निडर
      कैद गर तिम्रा क्यामराहरुमा
      खल्बलिन्न अटल
      किनकी सृस्‍टिको जिम्मेबारी छ
      अक्सिजन
      हो अक्सिजन तिम्रो प्राण
      अनी म आस्था हुँ
      त्यसैले प्राण

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Basanta Thapa,Maryland,USA

      आउ न एउटा यस्तो बस्ती बसाउ जहाँ
      म जस्तो निरस र एक्लो जिबन कसैको नहोस
      आउ न एउटा यस्तो बाटो बनाउ जहाँ
      म भन्दा फरक ब्यक्ती पनि निसङ्कोच हिड्न सकोस

      आउ न एउटा यस्तो रिती बनाउ जस्ले
      आफु जस्तैलाई घिटिघिटी नपारोस
      आउ न एउटा यस्तो कानुन बनाउ जस्ले
      फरक बोल्यो भन्दैमा रेटी रेटी नमारोस

      धेरै रङगको फुल,धेरै जातको मानिस
      भिन्न धर्म,भिन्न बिचार,एक साथ रमाउने
      ढिला नगर है अब सबै मिलीजुली
      एउटा सुन्दर परिपाटी बसाउने

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suraj Baral

      आकाश छुन खोज्दा एकलीएे यसरी
      तारासँग चन्द्र, एकलीनछ सुर्य जसरी
      उचायीमा पुग्न कती बैसी भ्एछु म
      न सफलनै भये न कसैको हुन सके म

      आज एअक्लाई ठिङ्रिङ्ग खडा छु
      आशु भित्र भित्रै peeyera gadya छु
      जाउ त कता जाउ सबैले छाडी सके
      रुनु छ एक्लै अब आरु गरु म के

      उचाइे चढदा देखेन मैले आँखा
      आज हेर छु एक्लै म सुन्सान पाख
      खान पनि मन छैन अब त मलाई
      मर्चू एही अब आफ्नो तन जलाई

      कस्का लागि बाचु अब एक्लै परेछु
      घमण्ड गरे मान्छे गनेन,ठुलो भुल गरेछु
      बिस्तार् बिस्तार् नस्ट हुँदै छु अब
      सुखै सुखको आश्मा भातभुङ सब

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Saroj, Aus.

      तिम्रोप्रतिक्षामा

      पवित्र नाता लाई पुर्ण गर्न
      आफुलाई तिमी प्रती समर्पित गर्दै
      उजाड जिन्दगीमा पनि
      आसाका दिप जलाउदै छु
      तिमी आउने बाटोहरुनाप्दै
      आफुलाई अझै बैसालुपार्दैछु
      तिमी आउ
      तिमी आउ
      तिमी आउ
      मेरो अस्मिता बचाउ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • purushottam babu from usa

      **तपस्वी म**
      **********
      चटारो गर्मिको खल खल पसिना छ सिरमा
      खुशी बुन्ने मेरो हरघडी सुसेली छ उरमा
      कोही आए हुन्थ्यो सितल म दिने छु तनमा
      कुरी बस्छु यही अटल छु मनको यो प्रणमा
      *
      धुलो मैलो धुँवाहरु सब गरी पान मुखले
      सबै लाई सान्ती हरघडी बटुली गजबले
      यही मार्ग खोल्ने ढ्रिढ गरी साहस मनमा
      कुरी बस्छु यही अटल छु मनको यो प्रणमा
      *

      आहा अाइ बस्छन चरीहरु तनमा हर घडी
      खुशी को सिमा त्यो बखत रहन्न बल बडी
      मलाई छ आश सब बीच एकता हुने यहाँ
      कुरी बस्छु यही अटल छु मनको यो प्रणमा
      *
      डर कत्ती छैन रात पनि बिताउछु तप गरी
      उखाल्छन कहिले त अङ्ग पनि मेरा हुरी चली
      तर डग्ने मेरो नियम पनि कही छैन नीतिमा
      कुरी बस्छु यही अटल छु मनको यो प्रणमा
      *
      बिहान भो लाली चढि सुरज ले गम दिए
      बसन्त भो साथी पालुवा बनी यि पात थपिए
      सबै इच्chhaa फुल्ने गरी गरी तपस्या कठिनमा
      कुरी बस्छु यही अटल छु मनको यो प्रणमा
      *
      म जान्न कहिनै मरण पनि बरु यँही होओस
      यही माटो खाइ बरु जीबन् मेरो उखलियोस
      तपस्यामा मेरो कतिपनी बाधा छैन मनमा
      कुरी बस्छु यही अटल छु मनको यो प्रणमा
      *
      माता मेरी धर्ती जनम गराइन यही धुलोमा
      म खेली हुर्केको बयब पनि मेरो जतनमा
      तपस्या को रङ्गले सब गरी सितल जनमा
      कुरी बस्छु यही अटल छु मनको यो प्रणमा
      ******************************

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suphie

      खै ,किन किन म फुल्नै सकेन
      हरियाली ले म ,झुल्नै सकेन,
      साथी हरु खै , गए कता कता,
      अस्तित्व मेरो ,एकलै परे मता,

      वोरी परि ,छैन कतै हरियो ,
      यो सुन्यता मा ,एकलै परियो,
      सुशाउछु सुन्छ ,कि कोइ भनेर,
      चल्दछु फेर्, देख्छ कि कोइ भनेर,

      उचाइ आफ्नै पो ,थपी रहेछु,
      छहारि मैले ,दिनै सकेन,
      छोडेर गएछन ,बट ब्रीक्छ्य सारा
      यो उच्चता , खै नाप्नै सकेन ,

      कती घना बस्ती थियो अगाडि,
      गयो सबै जंगलै ,त्यो उजाडि ,
      चरा हरु खेल्दथे ,खुब रमाइ
      रबी पनि लुक्दथे ,यन्ही अाइ
      फेरी झरी आउन्थ्यो ,सब रुझाइ,
      म्रिग हरु खेल्दथे ,खुब रमाइ,
      हामी पनि झुल्दथ्योउ , बायु सँग
      कती मीठा दिन भर्थे उमङ ग
      कथा जस्तै लाग्दछ ,आज सारा
      मेरै जमिन्मा ,ma छु बेसहारा,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Baldev Bhatta

      लोलाक्ष जीवनको मानसपटलसँग
      स्थिरताको प्रतीक उ,
      मेरो आगनी को किनार जिस्क्याउछ,
      थकीत सन्ध्या सँग उत्तेजनपूर्ण रमझम गर्न थालेपछी
      आजको बिहानी उ राताम्य छ।

      सिस्नेलेकतिर का सल्ला सँग पल्कीएको मन
      पूर्वको लालिमा सँग पनी मस्किन्छ
      घामका पाईला क्षितिज पारी पुग्दा
      ईतिहास स्थिरताको प्रतिक उ
      चाटुको भाकामा मौनता को आवाजसँग
      अन्धकारपूर्ण रात छिचोल्दछ। ।
      Baldev Bhatta
      Singapore

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • निलो आकाश,
      नाँगो डाँडा,
      अनी एक्लो सिर्फ एक्लो म,

      सुन्य बिचार,
      थाकेका आँखा,
      अफ्नै थाउंमा हरएको म,

      हद्दै नाघ्यो,
      मनै फाट्यो,
      कसैको प्रतिक्षामा तद्पीएको म,

      सुकेको शरीर,
      मरेको आशा
      एउटा जिउन्दो लाश म,

      घिरिक्क भाई
      छुट्न लाको
      अन्तिम अन्तिम शाश म,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अस्ती जस्तो हिजो भयो
      हिजो जस्तै आज,
      चहेर नि मैले कहिले
      पाइन कुनै साथ्,

      कुर्दा कुर्दै जिन्दगी यो
      एशै बिटने होकि,
      काकाकुल को प्यस्ह सरह,
      जीवन रुने हो कि,

      आँखा मेरा थाकी सके,
      हेर्दा हेर्दै बाटो
      रोएर नि नमेटिणे,
      यो भग्येको टाटो,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bijaya kumar shrestha

      एकल्कटी रहेछ जीवन

      सर्लक्क परि हलक्क हुर्केकी म मोरी
      यो जुनिमा कोही छैन साथ दिने जीवनभरी ।।

      जहाँ हेरे पनि उजाड र सुखखा देखछु सधैं भरी
      आँफैले आँफैलाई धिकर्छु बेसहरा जुनि पाएको भनी ।।

      के गर्नु एकलो भएर दिन कटनु परेको छ यो जुनि भरी
      संसारलाई सितल दिन सक्छु भन्ने उजागर जाग्छ मन भरी ।।

      सबैले हेला गर्छन् एकल काते अलछिना हौ भनी
      साथ दिलाई दिने कोही भएन ककलाउदो यो जुनि भरी ।।

      ठुलो साहस् बोकेको छु सितलता छाइदिन्छु भनी
      मनसुनको बतास लियाइ पानीको बर्षा झारी दिन्छु भनी ।।

      हतास कहिले खाएको छैन एकलै बसेको छु भनी
      साहासि बनेर बसेको छु सुखा डाँडा हरियाली पार्छु भनी । ।

      बिजय कुमार श्रेष्ठ,धदिङ ,नेपाल हल ईराक

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दोहा कतार (झापाली )

      निलो आकाशको छहारि भित्र नितान्त एक्लो छु म
      सबै दाजु भाई नसिए मारिए कतिलाई काटिमारे ।।
      चारै तिर सुख्खा भुमी बाँच्नलाई कती कठिन छ यहाँ ।
      भन्छन जनवरलाई पशु तर भएछन मनिस नै पशु ,
      कसैको छैन कोमल मन कसैले दिदैनन पानी
      सबैलाई दिन्छु फेर्नलाई स्वास म एक्लिए पनि
      नेपालको बन हरियो धन आज कहाँ पुगिसक्यो ।
      बर्ष नै पिच्छे पहिरो जान्छ डाडा कडा सबै नागिए पछी
      म पनि एक दिन जवान हुने छु शायद मलाई पनि लने छन ।
      मेरा शरीरका हरेक भाग काटी काटी सबै लाई बड्ने छन ।
      हे मानब कहीले नबिर्स म बिना तिमी अधुरो छौ ?
      सधैं आफ्नो बारेमा मात्र होइन एक मिनेट आरुको बारेमा सोच्ने गर ।
      कती काठिन छ यहाँ बाँच्नलाई यो मरुभुमी जस्तो जमिनमा
      तिमीलाई घाम हुँदा आउछौ मेरै छहारी मुनी सितलमा बस्न ।
      अनी अली अली सुस्ताउदै मेरै काखमा मिठो सपना देख्छौ ।
      त्यसैले, आजै अहिलेनै आफ्ना खाली पाखामा बिरुवा रोप हरियाली बनाउ
      नितान्त यो एक्लोको वरिपरी बाहर छाइदेउ
      आफु बाच र सबै लाई बाँच्न देउ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu Khadka

      what’s beautiful whats pecs thats is dreem of haven you cant buy you cant find every where that is only in nepal .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gokarna Rai

      निकै ताम झामका साथ
      मन्त्रिको हातबाट रोपिएको यो बिरुवा
      चिसो रातको सडक पेटिमा सुतिरहेको
      तिनै मन्त्रिको बतासे बालक
      खाते जस्तो लाग्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sarmin

      आज म एक्लै

      रित्तो आकाश अनी धर्तीमा एक्लै उभिएको छु म
      प्रतिक्षारत छु म कसैको आगमनमा
      मेरो यो रिक्तता अनी सुन्यतालाई
      पारीपूर्ण गर्नेगरी, मलाई साथ दिनलाई
      कोई त आऊनु पर्ने हो, मेरो बाचावट गर्न लाई

      उफ्`म कती धानौ यो अन्त्य हुन लागेको शरीरलाई
      अबत बांकि रहेका हाढहरु पनि टुट्न लागिसके
      कतिन्जेल् थामौ म यो एक्लो ज्यान्
      आऊ न साथीहो आऊ मेरो नगिच आऊ
      मेरा घऊहरुमा मल्हम लगाऊ

      अलिकति मलजल अनी नयां विरुवाहरु लियेर आऊ
      पानीका फोहराहरु लियेर आऊ
      मलाइ एक्लो हुनबाट बचाऊ
      नया बसन्तको पालुवासंगै
      म पनि तिमीलाई नया हरियाली प्रदान गरौंला।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      प्रथम पटक झागिएको थिंए १५ सालमा
      महेन्द्र आए हाङा जरा कटिदिये !

      ३० सौं बसन्तमा फेरी झाङिएं
      घरजा प्रशादले उखेलेर घरमा लगे !

      बामदेबको मलले पाँचै बर्षमा फेरी झाङिएं
      उफ, प्रचन्ड आए, ऐँजेरु सल्कैदिये !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नाङो डाँडा माथि एकलैइ ठिङ्ग उभिएर
      निलो आकाशलाई चियाइ रहे झै लाग्दछ
      नव बन्धुको प्रतिक्षामा सुस्ताउदै थकाईमारेर
      अतितको सम्झना गर्दै भबिस्यालाई पर्खेझै लाग्दछ
      हरियो वन नेपालको धन भन्ने नारालाई
      अब नेपालीहरुले कुन हदबाट हेर्ने खै?
      अधिकाम्स ठाउहरुमा यस्तैछ हालत!
      एकलै रुखका पोथ्रहरुले त्यसको प्रतिनिधित्वो गर्न पारीरहेछ
      यो नाङो पखामा हरियालिछाउने क्रम हो भने
      यो क्रमको लहरले देश भरका सबै यस्ता पाखाहरुमा
      येउटा लहर नै ल्याउनु पर्दछ
      जसले प्रकृतिको नियमलाई सार्थक बनाउन सकोस
      होइन यो काम नलाअग्ने रुखका पोथ्रा भएर
      छाढियको हो भने,
      यो स्वार्थिहरुबाट उब्जिएको पारीद्रिश्या मात्र हो
      यो प्रक्रिती बिरोधएे बहुरुपिहरुको चर्तिकला हो
      यस्तो क्रियाकलापको बिरोध सबै तिरबाट हुन पर्दछ
      र रुख बिरुवा जोगाउने अभियानमा सबै लाग्नु पर्दछ
      अस्तु!!!
      Base Camp, Kabul

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • man lama

      हरियो आकाश सुर्यको प्रकाश बिहनी पाखाको
      राम्रो छ दृश्‍या हेरिरौ जस्‍तो लजालु आँखाको

      बसन्‍त ऋतुले छोडेर गयो आउनेछ बर्षा त
      लुकेको छैन छ ओटा ऋतु मनको हर्ष त

      देखेन मैले हरियो घाँसपात तेजिलो आखाँले
      सुकेछ बिरुवा लुकेछ पन्‍छी समाजको माझले

      मान लामा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kishor, canada

      बिदेसी माटो
      एक्लो ज्यान,
      जेन्तेन धनीएको छ यहाँ प्राण !

      न कसैको भर
      न कसैको टेवा
      सदै को गुलामी र डल्लरको मेवा !

      न कसै लाई छहारी
      न कसै लाई छाया
      धानु छ आफ्नै एक्लो काया !

      कहिले हुरन्डी
      त कहिले बतास
      झुकयो शिर सदै मन हतास !

      कता को फुल
      कहिले लग्ने फल
      योबन गयो जीवन बिफल !

      कहिले तोडिने यो तार बार ?
      एक मुठी सास
      रहुन्जेल छोडेको छैन आस !

      न साथी न सङी
      न जीवन सङिनी
      न आफन्त न परिवार
      बिदेशी माटो
      एक्लो ज्यान,
      जेनतन धनीएको छ यहाँ प्राण !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • samaya,tokyo

      प्रेमिको बिछोड @पची निरस जिबन जस्तो
      उदास उदास आईतवार पर्खे जस्तो
      आफ्नो आफन्त ले कही कतै छोडेर गय जस्तो
      जिन्दगीन हो।।। ,,,,
      मृत्‍यु पर्खेर बसे जस्तो ।।।
      खै।।।। कस्तो कस्तो ,,,,,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कुसुम

      आकाशको छानोमुनि
      सिंगो सबल बृक्ष
      मेरी बृद्धा आमा जस्तो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      हामीलाई जिबन दिने ” रुखको आत्मा बोल्छ ” –
      ———————————
      एक्लै एक्लै उदास छु म
      सा हारा बिहिन टुहुरो हुँ म
      जता हेर्छु चारैतिर खडेरी देख्छु म
      भित्र भित्रै थर्थराएर जमिन टेक्छु म
      °
      बारीपारी दिन दिनै जादै छ पहिरो
      तलाउ सुक्दै पुरिदै छ गहिरो
      जर्जर भूमी फाट्न था ले चिरा प रि प रि
      प्रिथिबी काप्दै छि न् घ रि घ रि
      °
      रुखको शिकार गर्ने धेरै छन शिकारी
      अ मूक म सुनाउ कसरी दिक्दारी
      पिडा बुझी लेखी देउ कोही बिचा रि
      बनको कल्याण सोच बन उपकारी
      °
      म बिना मानब बा चे को
      मानब बिना मेरो आत्मा हासेको
      बिकल्प देख्दिन -यही हो ध्रुब सत्य
      ” हरियो बन बातावरण को धन ” यही हो तथ्य ।
      °
      रुख हरण गर्ने लाई
      तिरस्कार गरौ
      रुख रोपण गर्ने लाई
      पुरस्कार दिउ ।
      °

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Samrat~

      !!!!!!!!

      एक्लो छु म बिरानो थाउ माँ
      तेहि पानी झक्मक्क फूलेको छु
      कसै लाइ छाहारी दिने आशा माँ
      सधै बिराजमान भएको छु !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jyoti chhetri

      रमाइलो मौसम अनी खुल्ला आकाश मुनि,!
      शान्त र यकान्त यही रुख को छहारी मुनि,!!
      बिर्सिन सकेको छैन मैले त्यों दिन आजसम्म,!!!
      लज्जाई लज्जाई म प्रति प्रेम दर्साएकी उनी!!!! ,

      खुल्ला ठाउमा ठिंग उभिएर मेरो प्रेम को साछी बसे जस्तो,!
      रमाइलो मौसम माँ चारै तीर बाट मेरो प्रेम को पहरा गरे जस्तो!! ,
      रुख त रुख नै हो तर यौबन ले सजिएको म र उनी जस्तो!!!
      हाम्रो अबिश्मरनिय प्रेमको इमानदारी साछी जस्तो !!!! धन्यबाद,
      ज्योति क्षेत्री-बेल्जियम

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • माथि माथि धेरै माथि निलो छ आकाश,
      उडी छुने मेरो सपना हुनेछ साकार ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Surya,japan

      हरियोबन नेपल्को धन
      —————

      चकमगन आकाशको मुनी
      मैले वायु प्रोसोदन गर्ने प्रयतन गर्दैछु।

      मेरो सामिपैयमा बस्न चाहनेलाई
      म स्वस्थ बायु दिन चाहन्छु।

      यस्तो खाली खुला जगामा
      अरु बोत बिरुवा पनि रोपिदिए
      अझ बदी राम्रो हुने थियो।

      सनसारमा वायु प्रदुसनको समस्या
      बदी रहेको छ।
      किन हामी हाम्रो देशको
      उखानलाई बिर्सने,
      हरियो बन नेपालको धन
      यही महान बानिलाई सार्थक बनाउ।
      धन्यवाद।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker