-जय/सिड्नी-
(यो कथा काल्पनिक हो। यसका शृङ्खला म हरेक हप्ता प्रस्तुत गर्दै जानेछु। यस कथामा प्रयोग गरिएका भाषा र शब्दहरु कसैलाई असभ्य लागेमा क्षमाप्रार्थी छु। )
अध्याय एक
काले आज निदाउन सकिरहेको छैन। निदाओस् पनि कसरी, भोलि डोजर बाटो खन्दै तल्लो गाउँमा आइपुग्ने हल्ला छ। काले ओछ्यानमा उत्तानो पल्टियो अनि ध्वाँसोले आफ्नै अनुहार भन्दा पनि कालो बनाइदिएको दलिनतिर टोलाएर सोच्न थाल्यो,”भोलि त उठ्ने बित्तिकै डोजर हेर्न जान पर्छ बाबै पल्लो न्यार गाम्मा। झन् भोलि त शनिबार, क्या मज्जा!” हुन त काले आज दिउँसो नै स्कुलबाट भागेर साथीहरुसँग झन्डै एक कोश टाढाको बाटो डोजर हेर्न गएको थियो। “आम्मै! घराँ था’पा भे मार्थे।” कालेले ङ्याक्क पारेर जिब्रो टोक्यो। उसले त्यति ठूलो र रमाइलो चिज कहिल्यै देखेको थिएन। काले फेरी घोप्टियो ओछ्यानतिर, सिरानीमुनि टाउको जोत्यो अनी कल्पना गर्न थाल्यो। कालेको घर भएको कामीडाँडामा पनि डोजरले बाटो खन्दिएको रे, कालेका बाउले उसलाई सानो साइकिल किनिदिएका रे, अनी नयाँ लुगा लगाएर कालेले ओरलोमा गटट साइकिल कुदाउँदा ह्यान्डिलमा बाँधिएको रङ्गी-चङ्गी ध्वजा फर्फराएको रे, पछि पछि कालेका साथीहरु “ए काले! हाम्लाई नि एक्फेर चढ्न दे न” भन्दै दगुरेका रे। यस्तै सोच्दासोच्दै काले कतिबेला निदायो थाहा नै भएन।
“थुइक्क मुर्दार! अइले स’अ ओछ्याना रै’च, ह्वाँ सुङ्गुर भोकै छ, त उठ्चस् कि यै कुच्चोले हानम् तँलाई?” एक्कासी आमा च्याँट्ठिएको सुनेर झसँग भयो काले। तर अझै अल्छी गरेर नसुनेको झै गर्दै थियो। आमाले कानको जरा उख्लने गरेर जुरुक्क उचालिन्, “जा खुरुक्क कुँडो बनाउन।” उतापट्टी कालेको तीन वर्षकी बहिनी पुन्टी “आमै!!!” भनेर रुन थालेको सुनेर आमा गइन्। काले उठेर बाहिर लाग्यो। आँगनमा घाम लागिसकेको थियो। बाहिरको अगेनामा फू फू गर्दै आगो सल्काएर सकी नसकी खड्कुलो बसाल्यो। आँगनको डिलतिर गयो अनी तिनिक्क तन्किएर तल्लो गाउँतिर केही देखिन्छ कि भनेर आँखा च्यात्यो। बाटोमा माथितिर उक्लिदै गरेको जुठे काकालाई देखेर टाठो भयो काले। “ए काका! डोजर काँ’स’अ आयो?” टाढैबाट चिच्यायो अनी एकैचोटि उसको नजर काकाको हातमा तुर्लुङ्ग झुन्डिएको प्लास्टिकको झोलाको पोकोमा पनि पर्यो। “खै मलाई के था, इ म त मासु लेर आ, आज त मासु खानि हो।” झोला माथि उचाल्दै जुठे काका ङिच्च हाँसे, काकाले लगाएका पुरानो फाटेको ढाकाको टोपी पनि हाँसिरहेको थियो। काले मुख अमिलो बनाउदै फर्कियो। कुँडोलाई काठको लाम्चो अनी खाल्डो भएको आफुभन्दा जेठो भाँडोमा खन्याएर सुङ्गुरलाई दियो। कहिले काही कालेलाई आफू भन्दा त्यो सुङ्गुर बढी भाग्यमानी लाग्थ्यो, बसी बसी उसले बनाएको कुँडो मुख बजाउदै सुरुप्प सुरुप्प पारेको देख्दा।
“हैन ए कालको जुठो! त अझै याँ टोला’र बसी रा’चस्।”, पधेँरोबाट ल्याएको गाग्री पिढिमा राखेर फरिया सार्दै आइन् आमा। कालेलाई गाली गर्ने बेलामा नराम्रो भन्दा पनि नराम्रो शब्द छानी छानी हिर्काउनु भनेको कालेकी आमाको विशेषता हो। “जा एक खेप पानी ल्या” स्वर अली नरम पार्दै भनिन्,”मलाई भात बसाल्न ढिलो भो, पुन्टीलाई नि सन्चो छैन, तेरा बाउ नि एस्बेला स’अ नि आइपुगेनन्।” कालेका बाउ हिजै सर-सामान किन्न बजार पसेका थिए र आज आइपुग्ने कुरो थियो। “जान्न!” कुम उचाल्दै रुन्चे मुख बनायो। कालेले आमाको नरम स्वरको फाईदा उठाउन यसो गरेको थियो। “जा बा जा! म नय्याँ प्याट सिलाउन लाइदिन्छु बाउलाई भनेर।”, आमाले लोभ्याउन खोजिन्। कालेले लगाइराखेको कट्टु टाङ मुन्तिर उध्रिएको थियो। हुन त कालेलाई सजिलै भएको थियो, सु सु गर्नु पर्यो भने टुसुक्क बसेर सुलुल्ल छोडिदीन्थ्यो, खोलिरहनु पर्ने झन्झट पनि भएन। “हैन, मलाई त जिन्को प्याट चाइन्छ यस्पाली, भन्द्या छु।” कालेले भाउ अली बढायो।
कालेको घरदेखी पश्चिम-दक्षिणतर्फ पर्छ पँधेरो। जर्किन बोकेर फिलिली कुद्यो। बिस्तारै हिंडेको बेला चाँही घुँडाले जर्किनलाई ठ्याङ ठ्याङ हिर्काउदै हिड्न रमाइलो लाग्छ कालेलाई। “मरेस्! बल्ल बल्ल पानी थापेर ल्याएको, छोइदियो यो डाङ्ग्राले, आँखा हेरेर हिंड्नु पर्दैन बजिया?” पँधेरो पुग्ने बित्तिकै खरदार्नी आमैको स्वाद चाख्यो कालेले। “खै बज्यै, सुन्पानी हाल्दिनुस् त।” गाग्रिको पानी भुँइमा खोत्याएर खरदार्नी आमा कराइन्। काले चाँही छेउतिर नै पार्किङ गरेर बस्यो, सबैको पालो सकिएपछि आउने आफ्नो पालो कुरेर। हलो काँधमा बोकेर खेत जाँदै थिए सुकेदाइ, गोरुहरुलाई पानी खुवाउन पधेँरो छिरे। गोरुले लात्ती हान्ला भनेर काले पर भाग्यो। सुकेदाइले पानी खाँदा सुकेको घाँटिमा रुद्रघन्टी तल माथि सरेको देखिन्थ्यो अनी ‘कलक्क कलक्क’ आवाज पनि आउथ्यो। कालेले रमाइलोसँग हेर्यो।
जिउ देब्रेतिर ढल्काएर दाहिने हातमा गर्हुँगो जर्किन बोकेर काले घरनिर आइपुगेको थियो, जिरे र सिन्के ओरालो झर्दै गरेको देख्यो। “काले, हामी त डोजर हेर्न गएम् है, त नि छिटो आइजा।” जिरेले नाके स्वरमा भन्यो। एक हातले कट्टु अनी एक हातले जर्किन समातेर “ल ल” भन्दै काले घरभित्र लम्कियो। चुल्हा भित्र छिर्यो। चुल्हा पुरै धुँवाले रङ्गमङ्गिएको छ। दाउरा ओसिएर ढिलो भएकोले कालेकी आमा दाउरालाई सराप्तै थिइन्। आत्तुरी भएको बेलामा झन भात पाक्न ढिलो भएको देखेर कालेलाई छट्पटी भयो। एक मन त भात नै नखाइ दौडिन मन लागेको थियो तर आमाको डरले सोध्यो “आमा! म डोजर हेर्न जाम्?” “अब एक्छिन् पख् न, भात पाक्न लागो। पुन्टी निस्लोट छे, भुत्ले तर्सा पो हो कि, न बोक्सी पो लागो कि, म हेराउन लैजान्छु आज, म ढोका’आ साँचो ला’र जान्छु।” आमाले यसो भन्ने बित्तिकै काले एक्कासी आमाको कोठातिर दौडियो। पुन्टी सुतिरहेकी थिइ, हातमा आफ्नो टालोको पुतली समातेर। काले बिस्तारै सिरानीपट्टी गयो अनी पुन्टीको निधारमा हात राख्यो। निधार तातो थियो। पुन्टीले आँखा उघारी। “पुन्टी! ऐय्या भयो?” अरुबेला सधैं झगडा गर्न आउने कालेले यस्तो भनेको सुनेर हो कि किन हो पुन्टीले अनुहार न्याउरो पारेर आँखाबाट पिल पिल आँसु खसाली। कालेलाई झन नरमाइलो लाग्यो। अनी सोच्यो “हाम्रो पुन्टीलाई बिरामी बनाउने भुतलाई भेटे मैले जान्या थे।”
मूल ढोकामा साँचो लगाएर, पुन्टीलाई काखिमा बोकेर चप्पल पट्यास पट्यास पड्काउदै हिडिन् कालेकी आमा। काले पनि नाङ्गै खुट्टा “म नि आँउछु आमै!” भन्दै फुत्रु फुत्रु उफ्रदै पछी लाग्यो। “ऐया!” एक्कासी काले करायो। कालेको दाहिने खुट्टोको बुढीऔंला ढुङ्गामा ढेस लागेछ। रगत नै आयो। “मरेस!” कालेकी आमाले दारा किट्तै धारे हात लगाइन्। कालेले थुचुक्क बसेर घाउमा माटोको पाउडर छर्कियो। घर बन्द गरेर बाहिर निस्कदा कालेकी आमा ‘माथ्लो घर’अर्थात कालेको ठुलो बाउको घरमा साँचो छोड्थिन्। माथ्लो घर पुग्दा ठुली आमा पिंढीमा बसेर मकै छोडाउदै थिइन्। ठुलो बाउको घरमा पालेको पट्टु “काले! काले!!” भन्दै पिंजडाभित्र यता उती चल्न थाल्यो। “हैन ए कान्छी के भो? कता हिनेकी?” ठुली आमाले सोधिन्। “हेर्नु न, यो पुन्टीलाई रात्भरी जोरो आ’र, रोको रोइ छे। म हेरा’र आँउछु , कालेका बाउ आए भने यो साँचो दिनुस् है।” कालेकी आमाले यो कुरा सुनाउँदा, ठुली आमा “च्व च्व च्व बिचरी!” भन्दै थिइन्।
फट्टा फट हिड्यो भने पनि आइमाइ मान्छेलाई दुई घण्टा लाग्थ्यो कट्टेल गाउँ पुग्न। हरिहर कट्टेल नाम कहलिएका झारफुके डाक्टर थिए। उनी तेइस बर्षको छदै राती सपनामा भगवान आएर झारफुक गर्ने शक्ती पाएका रे। घाम चर्किएको थियो। बाटोमा पर्ने चौताराहरुमा बिश्राम लिदै उनिहरु कट्टेल गाउँ पुगे। लामो खुइया काढेर, पछ्यौराले पसिना पुछ्तै, “कट्टेल बाजे!!!” भनेर कालेकी आमा तगारो बाहिरबाट नै चिच्याइन्। कट्टेल्नी बज्यै बाहिर आइन्। “बाजे त खेत हेर्न गाका छन्, एक्छिन्’आ आउछन्” आँगनमा पुगेर बज्यैले भनिन्,”लौ याँ शित्तल’आ बस।” अनी सबैलाई एक एक गिलास चिसो मही लिएर आइन्। बारीमा सुन्तलाको बोटमा राताम्मे सुन्तला पाकेको देखेर कालेको मन पनि सुन्तला जस्तै रसिलो भएर आयो। बाजे छिटो आइपुग्ने छाँट देखिएन, कालेकी आमा र बज्यै भलाकुसारी गर्न थाले। धेरै सुन्तला नबिगार्ने शर्तमा कालेले बोटमा चढ्ने अनुमती पायो। कालेलाई के चहियो र, बोटमा चढ्न त खप्पिस छदै थियो।
बाजेको अगाडि पुन्टीलाई थपक्क राखेर, पटुकीमा जतनले पट्याएर राखेको पचासको नोट झिकिन् कालेकी आमाले। पचास या सयको नोट या त दशैमा नभए एकदम आपद परेको बेलामा मात्र खर्च गर्थिन्। कट्टेल बाजे आँखा चिम्लिएर छिटो छिटो बर्बराउन थाले, कालेले कान ठाडो पार्यो तर केही बुझेन। बिच बिचमा उनी कुचोलाई खरानीमा झोसेर पुन्टीको अनुहारमा कुचोले छोएर लामो “फू” गर्थे। कालेले कहिले पुन्टीको अनुहार त कहिले बाजेको अनुहार हेर्दै बस्यो। अन्तिममा बाजेले “चट्!” भनेर आँखा खोल्दै अब पुन्टीलाई निको हुने घोषणा गरे।
झमक्कै साँझ परिसकेको थियो घर फर्कदा। कालेका बा आज पनि नफर्केको समाचारले कालेकी आमाको मन दुई गुणा गर्हुङ्गो भएको थियो। टुकी बालेर कालेकी आमा चुल्हामा आगो सल्काउन पट्टी लागिन् ; काले चाँही पुन्टीलाई फकाउन थाल्यो। कालेकी आमाले कालेलाई बिहानको भात तताएर दिइन्, अनी पुन्टीलाई जाउलो बनाएर खुवाइन्। आफू केही पनि खाइनन्। बल्ल बल्ल पुन्टी निदाइ। रूँदा-रूँदा पुन्टीको गालाभरी आँसुको टाटा बसेको थियो। आज कालेलाई आमासँगै सुत्ने मौका मिलेको छ। पुन्टी जन्मिएदेखि प्रायः कालेले आमासँग सुत्ने मौका पाएको छैन। कालेकी आमाले ओछ्यानमा पल्टिएर टुकी निभाइन्। यही अवसर पारेर कालेले बिस्तारै भन्यो, “आमा! औटा कथा भन न।” क्रमशः
बाँकी अर्को हप्ता
No related posts.









that was cool and in the rocking style
मन परे हरियो, नपरे रातो
0
0
nepal ko katha ani nepali le bhognu pareko pida ko barema ta jati lekhe pani kam hunchha jasto lagchha kathakar le nepali gramin paribesh katha marphat chitran garne kosis garnu bhayakole uha dhannabadko patra ta bhannu nai bhayako chha katha ramro lagyo
uhako pragatiko kamana
मन परे हरियो, नपरे रातो
0
0
so nice artikal to write
मन परे हरियो, नपरे रातो
0
0
It is Kala
So nice name also Kala.H is very poor because he has no money.
HA!HA!HA!
Subhojit Ghimire
Address:9892369321
मन परे हरियो, नपरे रातो
0
0
Tapaiko katha ko suruwat dekhinai ma yesaima leen bhaye.aafailai katha bhitra ko patra mahasus gare.aakha maa aashu pani tilpil bhayo kata kata yo gaule jiwan ko sandharba maa bagdaa.yes katha ko harek hridayasparshi chhyan ra chitra mero maanaspatal maa korie sakeko cha,ra ma pani yesai ko euta anga bhaisake jasto anubhav bhayeko cha.ra yesko arko bhaagma ajha badhi nepalipan jhalkiyos ra hami nepali haru kolagi gyaanmulak hos bhanne aasha rakhdachhu.
U r brilliant !
मन परे हरियो, नपरे रातो
0
0
नेपाली ग्रामीण समाज को बेजोड चित्रण गर्न सफल हुनुहुन्छ लेखक
गाउले परिस्थिती र बोलीचाली जीबन्त रुपमा प्रस्तुत भएको छ
अर्को भाग को प्रतिक्षा मा
कथा ले गाउले जीवन का सुखद र रमाइला पक्ष हरु लाई पनि समेटोस है जय् जी
मन परे हरियो, नपरे रातो
0
0
हा हा हा हा, कमेन्टपनि गजब गजबका आउछन, अो निर्मल भन्ने मान्छे, लेखक तपाइको साथि होस कि तपाइको मित बा को छोरा होस कि, फूपुको नाति होस हामिलाइ के को लेना देना । अचम्म छ बा । वाहियात बाहियात मान्छे हुन्छन बा । कथा लेख्छ एउटा, यु क्यान मेल मि भन्छ अर्को । सन्तान थरि थरिका भनेको यहि रैछ ।
मन परे हरियो, नपरे रातो
0
0
yo story ko writer jaya baral jee ho.if so he is my old pal.mitra u can mail at nirmal.baral@gmail.com
मन परे हरियो, नपरे रातो
0
0
नमस्कार कथाकार जीउ!!
राम्रो कथाको लागि धन्यबात!बधाई!अझ प्रगतिको लागि सफलताको कामना पनि छ!!!!
मलाई पनि कथा एकदमै सरल,मिठो लाग्यो र यहाँ (यस कथामा)हाम्रोगाउघरको बोलिचालिको भाषा प्रयोग गरिएको भएर पनि होला कथा सरल र मन छुने बनेको छ.
हाम्रो गाउघरको वास्तविक चित्रण गरेको छ-गरिबी,अशिक्षा,अज्ञानता,छुवा-छुत् को हेपाहा प्रब्रिती(ठुला जाती भनौदाहरुले साना जाती लाई गरिने बबाहार)साची एकदमै मन पर्यो अर्को भाग को प्रतिक्ष्यामा म पनि छु है।
धन्यबात!!
Hangma
मन परे हरियो, नपरे रातो
0
0
स्टोरी को बारेमा कमेन्ट गर्न म सँग शब्द कम पढ्दै छ।
जब म यो स्टोरी को हरेक शब्द हरु म जाँदै थिञ, एस्तो लाग्दै थियो कि म रमेश बिकल को कुनै
कथा पद्दै छु।
एस्मा भएका हरेक गाउँले शब्दहरु झन उत्कृष्ट लाग्यो।
वास्तव मा एस्ता खाले कथा ले नै नेपाली साहित्य लाई रिडेबल बनाउछ।
कीप इत अप।
अर्को वीक को कथा को लागि ब्यग्रता का साथ् प्रतिकछ रअत
मन परे हरियो, नपरे रातो
0
0
ek chhihn ta aafnai gau ghar tir haraen.exclent story. keep it up..thanks
मन परे हरियो, नपरे रातो
0
0
शहर पसेका काले का बौ किन नफर्केका होलान? मलाई त पिर पो लाग्न थाल्यो गाठे ! कतै वाइस्याल क्यम्पा त पुगेनन? कि फोरस ले समातेर सदस्य त बनाएनन ? नयाँ नेपाल बनाउन पुरानो परिवार बिर्सिदेउ भन्ने उर्दी पो दिये कि चन्ड-मुन्डहरुले ?
जे होस अर्को हफ्ता सम्म कुर्न नै पर्ने भयो !
जय जी, कतै तपाईं पनि निरिह जीवन चक्र लेख्ने हाम्रो क्यानाडा का मित्र जस्तो कथा बिचैमा छोडेर नहराउनु होला !
जदौ !
मन परे हरियो, नपरे रातो
0
0
It is real story jaya jee. hamro nepal ko gaule bastabikata lai jasta ko tastai utarnu bhayeko chha. arko anka ko partichha ma chhu. Thanks………..
मन परे हरियो, नपरे रातो
0
0
Nice combination of Nepali tipical words…Nice Story…
मन परे हरियो, नपरे रातो
0
0
औंद्यी रमाईलो कथा। कुनै ग्रामिण भेगको परिवेशलाई चित्रण गर्न खोजिए जस्तो। लेखकको बस्तुपरक कथा आदर्शवान जस्तो देखिन्छ । अर्को भागको आशामा छु …
मन परे हरियो, नपरे रातो
0
0
it sounds Gulmeli man, is it?
मन परे हरियो, नपरे रातो
0
0
सन्पूर्ण रुपमा नेपाली शब्दहरु को प्रयोग एअक्दम राम्रो लाग्यो,
प्रसन्सानीय छ! राम्रो लाग्यो ……
Keep it up……..
Thanks…
मन परे हरियो, नपरे रातो
0
0
thanks for nice story.
मन परे हरियो, नपरे रातो
0
0
हाम्रा माथि कमेन्ट लेख्ने साथिहरुलाई नेपाली साहित्यबारे ग्यान रैनछ, दुख लाग्यो। कमेन्ट गर्न कथा सकिनु पर्दैन । कथाको प्रस्तुति कुनै साहित्यकारको भन्दा कमि छैन । हो साहित्यमा रम्न नसक्ने मान्छेलाई भिखारी नै छ माथि भनेजस्तै, कानो गोरुलाई अौसि के पुर्ने के । यो कथासगै गहिरिएर त्यसका क्षणहरुलाई सचित्र देख्नुपर्छ अनि था हुन्छ यो कथा कस्तो छ भन्ने । यो कथाले बास्तविक गाउले जीबनलाई सचित्र प्रस्तुत गरेको छ, कथाकारको कल्पनसीलता निकै सर्हानिय छ । कथाको सुरुवात बाटै प्रस्ट छ, यसको अन्त्य पनि यस्तै उत्क्रिस्टतामै हुनेछ । म चै कथाको अर्को भाग कुरेर बसेको छु ।
मन परे हरियो, नपरे रातो
0
0
nice starting…………..malai pani mero gaun ko yaad aayo……….lower caste bhanera chinenimanchyee haru ko typical wording ………ekdam ramro cha………lets see the remaining part as well.thank u.
मन परे हरियो, नपरे रातो
0
0
kathama maulikpan ramro chha. tra kahilehi nadekheko cycleko barema aadi -etyadi kalele kasari sochyo holara?
मन परे हरियो, नपरे रातो
0
0
Nice story.its represent our rural@remote area but reflects our country’s reality.Jai bro,r u from Chhahare,Gorkha?Because u remind me PATTU kami.
Harry Fusket
Kuhire vir,Gorkha
मन परे हरियो, नपरे रातो
0
0
Seems good story but some contents are unrealistic. for eg, noone allow the Dalit kid to get to orange tree to have oranges. Rs50 is still a lot and can buy lots of things which seems unrealistic to give to kattel baje.it would be better if you have mensioned Rs5
मन परे हरियो, नपरे रातो
0
0
katha pura nai bhayeko chhaina k comment lekhne? ma ta kehi comment lekhdina………
मन परे हरियो, नपरे रातो
0
0
!!!!!!!!!
Awesome man Awesome !! I felt like I am in Nepal ko typical dada pari ko gau ma..Waiting for 2nd part… Katai Punte ko bau lai YCL le ta…??
मन परे हरियो, नपरे रातो
0
0
कथा नै भिकारी रहेछ खै के लेख्नु होला।
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो मुलुकको गरीब – असिछित परिवार को यथार्त लाई कथा मार्फत बेजोड सँग प्रस्तुत गरिएको यस् कथाले मन छोयो – मुटु छोयो । निरन्तरताको शुभ कामना जय जि तपाईं लाई ।
मन परे हरियो, नपरे रातो
0
0
ll wait for it…good start..keep on…
मन परे हरियो, नपरे रातो
0
0
The story is touching me. I am waiting for the next episode, hoping everything will be alright in Kale’s family.
मन परे हरियो, नपरे रातो
0
0
very intersting story
मन परे हरियो, नपरे रातो
0
0
so good to read, its reality in some of our village.
मन परे हरियो, नपरे रातो
0
0
urfff aashu nai aayo
saharai nai ramro
ati ramro
मन परे हरियो, नपरे रातो
0
0
story nai poora bhaye ko chaina kcomment lekhne ra ahile
waiting till next week
मन परे हरियो, नपरे रातो
0
0
nice story
मन परे हरियो, नपरे रातो
0
0
yes pat murkha lai K bhanne…this is the best story I ever read !! keep it up jaya..I am sorry for this pat murkha commenter.
मन परे हरियो, नपरे रातो
0
0
yo khtha le basbik gramin nepali mahila,ketaketiharu,ra janjiban sagh ko yatharth kahani bokeko nice story ho.
ipkoirala
connecticut usa
मन परे हरियो, नपरे रातो
0
0
nice story …..
actually i’m in same business….
ma pani desh nirman ko mahan abbhiyan ma gau ma access road khandai chu….actually dozar hoina aaj kaal excavator le road khanncha….gaule boli ma vacu bhancha….its really fun to hear gaule haru ko comment about excavator.
kml
मन परे हरियो, नपरे रातो
0
0
Katha Dherai Ramro 6 sir dherai khushi lagyo, hamro gaunle Jiwanlai, Sydney ma pugera pani Nabhulnu Bhayeko ma Malai Aafno Nepali Ra Nepali Pan Prati Garv Lagyo. Sathai Doshro Bhag ko Pratikshhama
मन परे हरियो, नपरे रातो
0
0
हा हा हा हा, कमेन्टपनि गजब गजबका आउछन, अो निर्मल भन्ने मान्छे, लेखक तपाइको साथि होस कि तपाइको मित बा को छोरा होस कि, फूपुको नाति होस हामिलाइ के को लेना देना । अचम्म छ बा । वाहियात बाहियात मान्छे हुन्छन बा । कथा लेख्छ एउटा, यु क्यान मेल मि भन्छ अर्को । सन्तान थरि थरिका भनेको यहि रैछ ।
मन परे हरियो, नपरे रातो
0
0
हेल्लो सिड्नी तपाईं चै कस्तो मान्छे ह । निर्मल जि को यो लेखक सँग पुरानो सम्बन्ध होला । संपर्क गर्न मन लाग्यो होला । एती सार्हो गाली त न नगरउ न हौ ।
मन परे हरियो, नपरे रातो
0
0
दु:ख , पिर , बेदना , आखिर मा हामी नेपाली का साथी हरु यिनिहरु नै त रहेछन नि । तपाईं को कथा पढ्दा मेरो गाउँ को सुर्ये बि क को छोरा बेले को याद आयो मलाई ।
कथाकार मा कथाकार हुने गुन छ । लेखाइ माझिएको छ ।
कथा पनि राम्रो छ ।
मेरो बिमती
दु:ख नै भोग्दै छौ चाँहे जहाँ भये पनि । देश मा शान्ति को आकाश मा तुवालो लग्या छ । जहाँ पनि तल्लो लेवेल को काम गर्नु पर्या छ । तपाईं लाई मेरो अनुरोध बढी दु:ख का कुरा चै नलेख्नु है ।पिढा त बदौने काम नगरु ल …………
मन परे हरियो, नपरे रातो
0
0
तपाईपनि निर्मल बरालको नाता पर्नुहुन्छकि क्या हो मित्र?
मन परे हरियो, नपरे रातो
0
0