मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अब राष्ट्रपतीय प्रणाली कि प्रधानमन्त्रीय प्रणाली ?

    २०६७ जेठसम्म नयाँ संविधान बनाउका लागि अहिले कामहरु भइरहेका छन्। यतिबेला नयाँ संविधानको स्वरुप बनाउनका लागि राय, सुझावहरु संकलन गर्ने कार्य भइरहेको छ। आफ्नो संविधान आफैले बनाउन लागेको यो ऐतिहासिक अवसरमा तपाईँ पनि सुझाव दिन नछुटाउनुस् है। संविधान सभाको एउटा समिति राज्यको शासकीय स्वरुप निर्धारण समितिले अब बन्ने संविधानमा सरकारको स्वरुप कस्तो, निर्वाचन कसरी गर्ने लगायतका प्रश्नहरुमा स्वदेश तथा विदेशमा बस्ने सबै नेपालीको सुझाव मागेको छ। तपाईँ पनि आफ्ना सुझाव तल कमेन्टमार्फत् दिन सक्नुहुनेछ। तपाईँका सुझावहरुलाई माइसंसारले समितिसम्म पुर्‍याउने छ।

    समितिले राखेका केही प्रश्नहरु-

    नयाँ संविधानमा सरकारको स्वरुप कस्तो हुने ?
    संसदीय शासन प्रणाली/राष्ट्रपतीय शासन प्रणाली/प्रधानमन्त्रीय शासन प्रणाली/मिश्रित शासन प्रणाली/सहमतीय शासन प्रणाली कि अन्य कुनै ?
    निर्वाचन प्रणाली कस्तो हुने ?
    पहिलो हुने निर्वाचित हुने प्रणाली/समानुपातिक प्रणाली/ कि मिश्रित प्रणाली वा अरु कुनै ?

    समितिले राखेका थप प्रश्नहरु यहाँ क्लिक गरी हेर्नुस्। माइसंसारमार्फत् सुझाव नपठाई सीधै पठाउन चाहनुहुन्छ भने पनि यसमा सुझाव पठाउने ठेगाना लेखिएको छ। यहाँ क्लिक गरी हेर्नुस्-

    No related posts.

    82 comments to अब राष्ट्रपतीय प्रणाली कि प्रधानमन्त्रीय प्रणाली ?

    • pramila Pradhan

      हाम्ले चाहेको हाम्रो संबिधान:

      सानो देस को सानो सक्तिसाली सरकार जहाँ सक्तिशाली राष्ट्रपती जनताबाट चुनियर आओस। जनता कै पसिनाको कर बाट पाल्ने महँगो साम्सद पनि २०१ भन्दा बढी किन चाहियोर! जस्ले बहुमत ल्याउछ उसैले ५ बर्ष शासन चलएे भयो। खुबी, योग्यता भाका लाई जनताले चुन्न पाउन। कम खर्चिलो, सानो आकार्को मन्त्री मन्डल होस् जहाँ चुनाव हारेको, भ्रस्टचारी, योग्यता नभाको ब्यक्ती नहोस्।

      यसरी बनेको शक्तिसाली सरकारले रात दिन काममा खटोस , उद्घाटन भाषाण क् म् ग रोस। ठीक नियम कानुन बनाएर कडा पालन गर्न लगाओस। सेना र सशास्त्र लाई स ड क् खन्ने, कुलो बनाउने, बिजुली निकाल्ने काम मा लगाओस। जनता को कर् बाट यसरी तलब खाय् पछी श्रम शक्ती लाई सुताएर राख्न हुन्न। ज्यानमारा, अपहरण कारी लाई फासी बाकिलाई पनि श्रम सजएे दिने कानुन बनाउ। कामै नभए भिर पाखामा खिर् रो रोपे पनि बढी पैरो रोक्छ , बसेर खान कसैलाई नदेउ। अल्छिहरुको घर देस कहिलेइ बिकास हुँदैन रहेछ। जर्मन कोरिया जापान ले बिकास गरेको कामै गरेर रहेछ।
      बन्द नगरने कडा कानुन बनाउ। शान्ती सुरक्षा देउ। अरुको सम्पत्ति जग्गा खोसेर मन परेकालाई बाड्न हुन्न बरु सस्तोमा राज्यले किनेर सुकुम्बासिलाई कबुली एतिमा दिओस । बेच्न पायो भने सुकुम्बासी सधै सुकुम्बासी हुने रहेछ।
      उमेर पुगेका, पाकेका तराइ का साल का रुख समयमानै बेचेर रेल को बाटो बनाउ या त बिजुली निकाल । नत्र यि रुख हरुलाई बन कर्मचारी र तस्कारीले छिट्टै सिध्यौने छन। यसरी खाली भाको भु भागमा भिरालो पहाडमा बस्ने जनताको जगा सँग सट्टा देउ। पहाडमा बन तराइमा खेती! भोको पनि बस्न नपर्ने अर्को तिर बाताबरण् पनि राम्रो, पैरो पनि नजाने। भनेर पदेर्नी बीच कुरा हुँदा सुनेकिले मैले लेखिदेकि मात्र हुँ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • संबिधान सभाको राज्यको शासकीय स्वरुप निर्धारण समितीले संबिधान निर्माणमा जनमत संकलनको लागी यो सोधीएका केही प्रश्नहरुमा एक नजर लगाउँदा । मैले देशको संबिधानको पकिल्पना यसरी गरेका छु ।

      १. नेपाल संघिय लोकतान्त्रीक गणतन्त्र भएको ले सर्ब प्रथम नेपालको संघिय संरचनाको निर्माण होसियारी पूर्ण रुपमा हुनुपर्दछ । यदी यसमा लापर्बाही भएमा देशको बिखण्डन पनि हुन सक्छ । त्यसैले देशको संघिय संरचनाका निर्माण गर्दा जातिय आधार भन्दा भौगोलिक बनोटको आधारमा हुनु पर्दछ र प्रत्येक संघमा हिमाल पहाड र तराई पर्नु पर्दछ ।
      २. नं.१ मा भनीए झैं भौगोलिक आधारमा संघ निर्माण गर्दा पनि जनजाती आदीबासीमधेसीर पिछडीएका वर्गहरुको प्रतिनिधीत्व हुने गरी प्रान्तीय सभामा पूर्ण समानुपातीक निर्वाचन प्रणली बाट प्रान्तीय बिधायिकाको निर्माण हुनु पर्दछ । भने केन्द्रीय बिधायिकामा मिश्रित प्रणाली द्वारा केन्द्रिय बिधायिको निर्माण हुनु पर्दछ । केन्द्रिय बिधायीकामा बहुमत प्राप्त दलले केन्द्रिय सरकारको नेतृत्व गर्नु पर्दछ ।
      ३. राष्ट प्रमुखको रुपमा राष्टपति र कार्यकारी अधिकार सहितको प्रधान मन्त्री सरकार प्रमुख हुनु पर्ने छ । राष्टपतिको निर्वाचन प्रान्तीय र केन्द्रिय बिधायिकाका सदस्यहरु बाट हुनु पर्दछ । भने प्रधान मन्त्री केन्द्रिय बिधायिकामा बहुमत प्राप्त दलको संसदिय दलको नेता हुनु पर्ने छ ।
      ४. देशको कुटनितिक रक्षा गृह प्रशासनअर्थ र मौदि्रक नियन्त्रण केन्द्रिय सरकारको नियन्त्रणमा रहनु पर्दछ ।
      ५. प्रान्तीय सभामा समानुपातिक प्रतिनिधित्व हुने गरी प्रान्तीय सरकारको निर्माण हुनु पर्दछ । र यो सरकारले देशको मुल कानुन सँग नबाझिने गरी निती निर्माण गरी आन्तरीक सुरक्षा स्थानिय बिकाश प्रकृतिक साधन र श्रोतको जगेर्ना र आन्तरीक रुपमा परिचालन गर्न सक्नेछ ।
      ६. राष्टपति सेनाको सम्मानित संरक्षक रहनु पर्दछ । तर सेनाको प्रयोग र संचालन राष्टिय सुरक्षा परिषदको निर्णय बाट हुनु पर्दछ । त्यस परिषदमा प्रधान मन्त्री रक्षा मन्त्री प्रधान मन्त्री नै रक्षा मन्त्री भएको अवस्थामा बरिष्ठ एक मन्त्रीप्रधान सेनापति बिपक्षि दलको नेताप्रत्येक प्रान्तका प्रान्तीय सरकार प्रमुख रहनु पर्दछ ।

      ७. प्रत्येक प्रान्तमा एक मुख्य प्रशासक रहनु पर्दछ । र प्रान्तको प्रत्येक प्रशासनिक निकायको निगरानी र नियन्त्रण गर्ने जिम्मेवारी हुनु पर्दछ । यस्ता प्रशासको नियूत्ति लोकसेवा आयोग सिफारिसमा राष्टपतिबाट गरीनु पर्दछ । यस्ता प्रशासकले केन्द्र र प्रान्तीय सरकारको बिचमा पूलको काम गर्नु पर्दछ । हरेक जिल्लामा जिल्ला प्रशासकको ब्यवस्था हुनु पर्दछ जो प्रान्तीय प्रशासकको निर्देशनमा संचालित हुनु पर्दछ ।

      ८. मतदाताको उमेर २१ बर्ष पुरा भएको हुनु पर्नेछ । प्रत्येक जिल्लामा एक स्थानिय सरकारको निर्माण हुनु पर्दछ । र गाउँ तथा नगर क्षेत्रमा पनि त्यही अनुसारको स्थानिय निकाय गठन हुनु पर्दछ । र यस्ता निकायको निर्वाचन त्यस क्षेत्रका २१ बर्ष उमेर माथिका मतदाताले प्रत्यक्ष निर्वाचन द्वारा गर्नु पर्दछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sanjay

      मेरो विचारमा निम्न कुराहरु हुनु पर्दछ :

      १) मतदाताको उमेर १८ बर्ष पुरा भयको ।
      २) २ वटा सम्सद सभा । तल्लो सभामा १५० जना साम्सद हुने जो गोप्य मतदानबाट नागरीकहरुले निर्वाचित गर्ने र् माथिल्लो सभामा ५० जना साम्सद तल्लो सभाबाट निर्बाचित हुने । सरकारी नितिनियम पारीत गर्ने तथा कानुन बनाउने कार्य सम्सद्ले गर्ने ।
      ३) प्रधानमन्त्रिको प्रत्यक्च्य निर्वाचन हुने । र प्रधानमन्त्रित्व शासनप्रणाली हुने तथा प्रधानमन्त्रिले मन्त्रिहरुको मनोनयन गर्ने जो बढीमा १५ जना सम्म हुन सक्ने ।
      ४) मृत्‍युदन्डको ब्यबस्था गर्ने र यो दण्ड कर्तब्य ज्यानमार्ने ब्यक्तिहरु, बलत्कारीहरु, भ्रस्टचारीहरु, मानव तस्करी गर्नेहरु, देश द्रोह गर्नेहरुलाई दिने ।
      ५) देशमा हाल रहेको २ खाले शिक्षा प्रणालिको खारेज गर्ने अर्थात निजी स्कुल तथा कलेज हरुमा प्रतिबन्ध लगाउने र् सरकारी स्कुल लाई निसुल्क गरी शिक्षाको गुणस्तरमा बृदि गर्ने ।
      हस्पिटल, एअरपोर्ट, स्कुल तथा कलेज, पर्यटकिय उध्योगमा बन्द तथा हडताल गर्न नपाईने र् गरेमा गर्ने तथा गराउनेलाई १० बर्षको कारावासको ब्यबस्था गर्ने ।
      नेपाल बन्द गर्न नपाउने र गरेमा १५ बर्षको कारावासको ब्यबस्था गर्ने ।
      स्वतन्त्र न्यायपालिका र् प्रेसको ब्यब्स्था गर्ने । न्यायसम्पादनमा ढिलासुस्ती गर्ने तथा गलत कार्य गर्ने लाई मृत्‍युदण्ड दिने ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Biswo

      Every systems are good but not bad on themselves.Who impliments the system need to be good.So firstly, a person who hold authority needs to have good attitude.Nepal is suffering from cronic corruption,unhonesty and no responsibility.we know sometimes Nepal ko Kanun Pasupatinathle janun.Thats why every authorised person should take his respnibility. Even after we make a good constitution there needs good person to implement that.Looking back at our history, it is hard to belive any leaders would work for the best of the nation and nepalese people. Therfore scrutinizing the condition of Nepal, I think we need to have Presdient to check the power of the Prime-minister. But other executive powers should remain with the Prime minister.I mean our country needs to establish parliamentry system.
      I think ,The mixsystem election is useful of our country.we need to devide direct election is70%and proposational election is 30%.we need to take educated peoples.
      The federal system is very expensive and is not worth for a very small country like nepal.If we are going to make federal system there is not make more 7 to 10th state.The state should be create north to southern part of our countryland.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • janardan dahal

      राज्‍यको शासकिय स्‍वरुप निधार्रण समितिकोलागि थप सुझाव
      निरवाचन पणालि हाम्रो देशमा मिश्रित खालको उपयुक्त हुन्‍छ . ५०/५० को आधारमा गनु उपयुक्त हुन्‍छ .यसै गरनु पछ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • janardan dahal

      साशकिय प्रणाली निर्धारण समितिको लागी केही सुझाब
      हामीले इतिहासमा बिभिन्न खाले प्रयोग गर्दै आयको र अबको शासन प्रणालीको बारेमा संपूर्ण जनताको abhimatabat राज्यको शासकीय प्रणाली निर्धारण गर्दा जनताले आफ्नो भन्न सक्नेगरी र सुझाबहरु एकमुस्ट्मा दिन सक्न्ने गरी ब्यबस्था गर्नु राम्रो हुनेथियो . यसबारेमा मेरा मामूली सुझाब
      १) रास्ट्र प्रमुख र सरकार प्रमुखको निर्वाचन प्रणाली – रास्ट्र प्रमुख बिबीधता युक्त देशमा सबै जनताको एकताको प्रतिक हुनेगरी अप्रतक्क्ष निर्वाचन बाट हुनुपर्दछ . सरकार प्रमुखमा देश भरीबाट
      प्रतक्ष निर्वाचन बाट चुनिने ब्यबस्था हुनु आवस्यक छ . रास्ट्र प्रमुखको नाम रास्त्रपतिको सट्टा रास्ट्र प्रमुख हुनु राम्रो हुन्छ . सरकार प्रमुखमा भने प्रधान मंत्री रहनु पर्दछ .
      २) निर्वाचन, जन प्रतिनिधि सभाको केन्द्रमा र राज्य सभाको राज्यमा हुने ब्यबस्था आवश्यक छ . केन्द्रमा सानो जातीय सभा सहितको दुई सदनात्मक ब्यबस्था र राज्यमा एक सदनात्मक ब्य्बस्तापिका हुनु पर्दछ . र स्थानीय तहमा भने प्रमुख उप प्रमुख सहितको साना समूहबाट समेत प्रतिनिधित्व हुनेगरी केन्द्रकई ढान्चामा र थप न्याय पलिकाको समेत निर्वाचन गर्नेगरी अधिकार संपन्न स्थानीय निकायको ब्यबस्था हुनु पर्दछ . स्थानीय तहमा आबस्यकता अनुसार प्रमुख उप प्रमुख्ले बिभागहरू बनाई काम गर्ने गरी ब्यबस्था गर्नु उपयुक्त हुन्छ .
      ३) केन्द्रमा लोकसेवा आयोगले र राज्यमा लोकसेवा आयोगको राज्य तहको आयोगबात कर्मचारी ब्यबस्था गर्नु पर्दछ .
      ४) मतदाताको उमेर हालको जस्तै १८ वर्ष र परिचय पत्र सहितको मतदाता हुने ब्यबस्था गर्नु उपयुक्त हुन्छ .मतदाता परिचय को ब्यबस्था केन्द्र बाट हुने र ऍउटै परिचयपत्रबाट सरकार प्रमुख तथा अन्य तहको निर्वाचनमा भाग लींn सकने हुनु पर्दछ .
      जनार्दन दाहल, महांकाल-७, मंदिखातटार, kathmandu

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gurkha, London

      What about the Swiss system? Please follow the link for more information.

      http://www.all-about-switzerland.info/swiss-government-politics.html

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Vashir

      My (day)dream of Nepal:
      * a decentralized provincial neutral unitary state
      * a strong president (or elected monarch, whichever you think will suit our cultures)
      * no ministries (only departments), efficient and quick bureaucracy
      * a strong military (army, airforce, commando, elit force)
      * a strong paramilitary and border defense force
      * armed police (no Janapad)
      * English as the official language
      * Gregorian official calendar
      * Right Hand Drive
      * Capital Punishment (Mrityudanda)
      * Heavy fines
      * Social security (including health insurance, unemployment allowance)
      * Free education till PhD with degrees accepted in US
      * Strong law and enforcement
      * People’s status based on merit not on money or descent
      * No indian, chinese, un, us, uk, eu interference
      * Abrogation of all unequal treaties like 1950 Friendship treaty
      * Closed border
      * Visaless transit to and from SAARC countries
      * HEAVY taxes on foreign imports, and abrogation of WTO
      * HEAVY subsidies on domestic products, industries and commerce
      * No Hindi Channels including Astha, Sanskar, and definitely no Aaj Tak

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हामीले एक्पटक राष्ट्रपती प्रनाली ठिक्छ भनेर सुइकार गरिसkeपछी फेरी केगर्ने भनेर सोधनी गर्ने मुर्खकी हामी अर्कोकुरा केभने म एउटा नेपाली को नाताले के भन्न चाहन्छु भने आज सम्म जाती जनजाती भाषा जातिये मुक्ती मोर्चा को पोका पोका पारेर भोली पर्सी केलाउदाको हैरान दलित भनी बनाइएकोछ कोहो दलित जातिये दलित कि बर्गिये दलित आज ब्रामन बाउन छेत्री बैसे सुद्र सबैमा दलित देखिन्छ तर जस्लाई दलित भनिएको हो योसमाजले त्योबेक्तिको पहिचान गरेको छैन जोयोनेपालमा पीडित छ सर्बहारा तरउ बाउन मानिस होइन जस्लाई योसमाजले दलित बनायो उ सम्पन्न छ उस्लाई केभनिन्छ यहाँ आँखा फुटेका बेक्ती अन्तकाहि ठाउँनपाएर नेपालमा फोहोरी राजनीति गर्नेथलो भाकोछ यहाँ एउटा सानो कुरामा चित्तबुजेनकी पार्टिपरिवर्तन नयाँपार्टिको दर्ता संगठन जनताकोछोराको दोहोलो एउटै नेपाल ३ टुक्रा हिमाल पहाड तराइ तिम्राघर्का निएम स्वास्निका काणुण नेपालको दुइमात्रै सन्तान छोरो बिकास छोरी सान्ती ऐले तिदुबै यिनैपाखण्डिको कारन्ले गर्दाघर छैनन हामीनेपालीलाइ एस्तो संबिधान चाहिको छ कानुण चाहिएकोछ फेरीलडाइ हुनेगरी काम गरेउभने पार्टिसँग कुनै सरोकार छैन अब जनताले नरबली छानिछानीदिणेछण बिचार गर्नुहोला (ढुखी फुल्बारी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman Manandhar

      Presidential system is the best system.

      suman manandhar
      japan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dinesh

      Dear all
      for political stability, which is first pre-requisite for the development of nation, Presenditial system with powerfool system is necessary. THe president should have authority of selecting ministers from experties , not necessarily from parliment. So, that president can choose ministers based on qualification. The intelectual person can not be selected from election. THe election in our developing countries is based on power n proponda in which intectual person can not suceed.
      Parliament will not be for government, Legistative role should be given to parliament.
      If u prefer bargaining w/ government-want to be leader to barebure parti, then parlimentrian system is best for opertunist leader and kutta of leader.
      thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • akp

      I like to make a presidental system for 8 years so leader will be loyal for nepal. This system makes a leader loyal for public.Other is that that person should be clean and educated not like Giraja.He is great that reason nepal is gatting Loadsading.
      akp

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • brlamsa

      malai lagchha ceomonial monarch and exucative pm nai sarbokrist ho hamro lagi, ani election system first pass for post nai upaukta thanda chhu.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Baburam Rijal

      1. Ceremonial President who shall be elected by direct voting of people based on ‘adult-Frankie’,

      2. Prime minister the executive and gov. head who shall be elected by direct voting of people and win based on majority of electoral regions. He can be oust by two-third majority of parliament.He shall be loyal to People and Parliament.Minister can be any Nepali citizens regardless of election. any action and bill should be passed by Parliament.

      3. Multi-party-democratic parliament, member of which is not more than 150.
      4. Federal democratic, regionalization is strictly not on religion. Based on Geographic setting and making the resources almost equally distributed in all federal regions. 7-10 states would be fine extending from North to South. It would be helpful to exchange the resources from South-North and vice versa.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saradlama[doha qatar]

      PRESIDENT SYSTEM NAI RAMRO HO.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Subhash

      I think we should have Presidential system. No PM.The president should have a term of 4 years and they can only serve two-terms, if elected.

      And two houses, upper and lower. The upper house should have 75 members; one from each district. Lower house should have members on population proportional basis and it should be revised in every 5 years and our census should be done in every five years. Both house can initiate legislation.

      We should remove the system of ministers. The highest post in govt. should be secretaries appointed by the president which has to be approved by both the houses after confirmation hearings. In that way these stupid, idiot and mindless people would never get hold of our politics.

      The political parties should have primary election before general election. So that its fair. Like- anyone from that party can run for that party’s nomination and who ever wins primary should be able to run for general election. The best form of democracy.

      The federal governments should have the same structure. Governors should be elected on same fashion. But in federal level, considering the size and population of our nation, we should only have ONE house. And the new demarcation of districts should be done considering natural resources and populations. No naming of new division with certain castes and ethnic groups please. It will turn this country into chaos.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prabhat

      मेरो बिचारमा अली दर्हो राष्ट्रपती चुनौ जनताको भोटबाट। उपरास्ट्रपटीको पद तुरुन्त खारेज गरौ ताकी भोली कसैले भूमिकाको प्यासमा पत्रकार सामु रुदै हिंड्न नपरोस। प्रधानमन्त्री चहिदैन गरीब देसमा सेरेमोनिअल र कार्यकारीको नाममा देस लुट्ने प्रयास नगरौ। अनी जुन ठुलो पार्टीले ५१% मत प्राप्त गर्छ उसैले सरकार बनाओस तर कम्तीमा मन्त्री हुन चुनाव जित्नै पर्ने कानुन बनाउ ताकी भोली फेरी चुनाव हारेर गृह तथा उपप्रधानमन्त्री पड्काउने अबसर कसैले नपाओस।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem Aryal

      if we can make decision without India any kind of system good for Nepal,

      if we always depends on India let him direct rulling in nepal then all kind of problems will solve automatically

      if we are really eager to making our own SAMBIDHAN first of all should prove that we are independ, our politican should not depends in New Delhi, should stop Indian movement in Nepal

      If India want to stop supply salt and oil, its ok we will alive without that thing, there is many others country ready to help Nepal, main thing is that we must away from Indian (dhoti’s) movement in Nepal

      which system can do this?

      as far as Presidential system will good for new Nepal in my openion

      krishnaaryal@rediffmail.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepal ko samwidhan ma sabai bhanda main kura bhrastachar patta lagaune josukai manche hos ekdam ramro puraskar ra surachha ko gurantee hunuparcha. bharastachari lai boycotting garnu parcha. YCL ra Youth Forcema kam nabhayeko keta harulai lagayera netale bhane bamojim kam garauchan. testa kam napayera gunda gardi garne toli lai toilet safa garne kam ra gaun ma road banauna khanne kam ma lagaune gariyos. tini haru nepali ka santaan hun bhane tyo dar ra trash ma hul ka hul lyayera tarsaune kam nagaros. samwidhan ma kanun lai supreme ra netalai janta bhanda pani thulo sajaye ko bebasta hos.dokanma mattitel ma pani misaune lai 3 barsa sajaye bhaye bhane petrol pump ma misawat garne lai 10 barsa hunu parcha. ani mathi ko manchele ramro sanga kam garne dar paida huncha. neta huna pani niyem hunu paryo. neta banna ko lagi pahile sabai sampati deshko namma garnu paryo naki afanti ko. ani neta ra mantri harulai salary hataunu paryo. salary nakhai garne ramra netaharu Nepal ma tannai chan.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हुनत हामीले दे`को सुझाब कल्ले सुन्छ र !भारतियहरूले जे भन्छन त्यही हुन्छ।त्यै पनि बिचार ब्यक्त गर्ने र आफ्नो मत जाहेरी गर्ने मात्र भए नि गरौ । मेरो बिचार मा राष्ट्रपतिय शासन ब्यबस्था र मिश्रित चुनाव प्रणाली ठीक हो । नत्र के गणतान्त्रिक नेपाल भन्ने ?जनता को छोरोले शासन गर्ने प्रकृयालाई जनगणतन्त्र भनिन्छ । प्रधानमन्त्रिय शासन प्रणाली लाई त धेरै चोटि देखियो । राष्ट्रपतिय शासन ब्यबस्थालाई पनि हेरौ । सेरेमोनियल राष्ट्रपती बनाएर तलब खुवाउने काम मात्र नहोस् । नत्र राजा किन हटाउन पर्थ्यो र ?काम नगरि तलब खुवाउने प्रथा हटाइयोस । अझ भन्ने हो भने अर्ध-निरङ्कुस राष्ट्रपती को आवश्यकता छ । काम गर्न सकेन भने जनताले ५ बर्ष पछी हटाउन सक्छन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • om

      I go for US style presidentil system . Before that, I want US style ‘democratic process’- open debate. Only the nepali citizen by birth should be in the cabinet with the approval of the parliament. No one should be able to hold two positions at a same time such as (1)member of parliament (2)a position in the cabinet. Member of parliament,cabinet and president and vice-president must be a citizen of Nepal by birth. One language (spoken and understand by the majority of people) should be the language of government. Scrap all the traditions and cultures that may bring lethal foreign influences within the teritory of Nepal. Declare all the treaties with Dhotis and then British India null and void.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jhakkad singh

      ईन्डिया लाई नसोधी सिन्को पनि नभाच्ने को लागि के को सुझाब। सबै दिल्ली बाट नै बनेर आ आइ हाल्छनी। किन नेपाली को सुझाब चाहिन्छ र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Akash

      Samidhan ma Lekheko kura Goverment le nai fallow garena bhane Goverment lai nai Phasi dinu parchha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बामे

      नेपालमा राष्ट्रपतिय शासन नै उत्तम हुन छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gopal prasad

      संबिधान भनेको बाउ कानून्,माउ कानून जे भनेपनी मुलुक्को मूल कानून हो जस्को आधारमा ऐन बनाइन्छ, ऐन्मा आधारित् भै नियम,नियममा आधारित् भै बिनियम र बिनियम्मा आधारित् भै आदेश सर्कुलर्हरु जारी गरिने हुन्छ। सबै कुरा संबिधानमा लेख्न थालयो भने त सगरमाथा जत्रो ठेली बन्ला जो उपयुक्त हुन्न त्यसैले संबिधान बनाउदा अस्थिपन्जर मात्र बनाइन्छ। यो अस्थिपन्जर भित्र लेख्ने साना सम्छिप्त कुराहरुमध्येको शाशकिय प्रनालि,निर्वाचन प्रनालिको निर्क्योउल गर्दा सबै प्रनालिका राम्रा पक्षहरुलाई समेटेर मिश्रित प्रनालियुक्त संबिधान बनाइयोस। संसारको कान्छो संबिधान उत्क्रिस्थ संबिधान हुनेगरी बनाइयोस। भ्रस्टाचारी, दुराचारी,ब्यभिचारी, मानबधिकार हनन वा उल्लंघन्कारी, कुनैपनी अपराधी इत्यादी कसैले पनि मुलुक्को शाशकिय एबम निर्वाचन प्रनालीमा भाग लिननसक्ने, भाग लियिरहेको भये थप् कानूनी सजायको साथै अनिबार्यत पद मुक्त हुने कठोर् संबैधानिक ब्यबस्था हुनै पर्छ। बाँकी कुरा सम्बन्धित समिती , संबैधानिक समितीका सदस्यहरु( जो यसै काम्को लागि चुनिएर आएका छन, तलब भत्ता खायिरहेका छन)ले जिम्मेवारि बोध गरी तयार गरुन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Biran

      राष्ट्रपती प्रणलीनै ठीक होला। तेस्ता प्रधानमुन्त्री सुन्त्री फाल्दे पनि हुन्छ। परेको म बेहरुम्ला।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lesh-USA

      Presidential system will be good for Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हासो उठेर आयो, भन्छु म । कती न नेपाली जनताको इच्छा चाहना र आकङ्छ्या अनुसार देश चलाए झै सुझाब मागेको होला । खुरुक्क ठुल्दाइ को आँग्या माने त भईहाल्योनी , भन्छु म ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shiva shrestha

      We should have super presidential sytem like the USA. I don’t understand why our leaders chose photocopy of Indian System. No need of prime minister system for Nepalese people. We need a strong president who works with aspiration of Nepali people and is not dictated by foreign pressure. However, the president should be able to convince the Nepalese stand to the international communit. We really need an Obama like prime minister in Nepal.

      Shiva, USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sudip

      Presidential system, and FPTP system for election.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madhu acharya

      प्रधानमन्त्रीय ताल देखियी नै सकियो नि । अब पनि प्रधानमन्त्रिय प्रणाली बनाउने हो भने नेपाल कैले पनि उन्नत्ती हुँदैन। अब को संबिधानमा राष्ट्रपातिय प्रणालिमा जानु पर्छ। त्यो पनि राष्ट्रपतिको चुनाव दल को मान्छे होइन जनताले अलग्गै चुनाव गर्ने । कुनै पनि दल्को मान्छे मन्त्री हुन नपाउने ब्यबस्था हुने हो भने केही चेन्ज होला नत्र देश कै त भबिश्य छैन के को प्रणालिको कुरा। देश तुक्राउछु भन्ने लाइ त ए तिमीले यस्तो कुरा नगर भन्न नसकने सरकार को लागि केको सुजाभ?

      साचिकै ऐले को सरकार देश प्रती गम्भिर छ भने, आफ्नो ब्यक्तिगत स्वार्थको लागि वा औटा समुहको स्वार्थको लागि देश टुक्राउछु भन्नेलाई के मृत्‍युदंदको ब्यबस्था गर्न सक्छ ? देश को झन्डा जलिरहेको छ। यस्मा सरकार रमाएर बसेको छ। ऐले किन उसलाई नेपाली को सुजाभ चहियो। किन बिदेश्मा बस्ने नेपाली को सुजाभ चहियो। सच्चिकै नेपाली को सुजाभ खोजेको हो भने,
      संबिधानमा औटा अर्को साम्सोधन् तुरुन्त गरोस् कि , राजनीतिमा लडाईं, भिडइ, झगडा, लुछचुदी, सब चिज हुन्छ तर आफ्नो स्वार्थको लागि औता झुन्डको स्वार्थको लागि देश्लाई दाउमा राखाने ब्यक्ती, समुह वा जोसुकै लाई पनि देश द्रोह को आरोपमा मृत्‍यु दन्डको ब्यबस्था गरोस्, अनी यो सच्चिक्कै जनाताको सरकार हो भन्ने बुझिन्छ होइन भने कसैले कुनै सुझाब दिनु याइयात हुने छ। हामीलाई पनि नेपाली देखाने हो भने हरेक राष्ट्र बादी नेपाली को एउटै स्वर हुनेछ देश टुक्राउछु भन्नेलाई पहिले मृत्‍युदंदको कानून बनोस।

      मेरो सुझाब चाँही। “संघियता मा जानु भन्दा पहिले कुनै समुह, ब्यक्ती, वा जुनसुकै झुन्दले पनि देश तुक्राउने कुरा गरेमा वा तुक्रौने कृयाकलाप गरेमा त्यस्ता समुह ब्यक्ती जो सुकैलाई पनि म्रित्युदन्द को ब्यबस्था हुने छ।” भन्ने कुरालाई नछुटाउने ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • uttam

      president system hunuparchha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari singh

      ma lai rastpatiya pranali nai uchit lagchha ra pahilo nirbachan pranali nai thik lagchha hamro desh nepal ko lagi ra mero bichar sayad hami sabai nepali le yehi nai ra sathai hamro manniya sabha sad ji harule pani yesmai mai badi jod deeda uchai thanthiyo hola sampurna nepali harule .thank you

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • K Limbu

      आजसम्म नेताहरूको तौरतरिका हेर्दा कुनै पनि प्रणाली लागू भएपनि आशलाग्दो अवस्था देख्तिन। तैपनि राष्ट्रपतीय प्रणाली वा प्रधानमन्त्रीय प्रणाली बीच चयन गर्नुपर्दा म राष्ट्रपतीय प्रणाली रोज्छु।

      हाम्रा नेताहरू नयाँ प्रणालीमा पनि सम्भवतः “नेतृत्वदायी” भूमिका मै रहनेछन् र उनीहरू आजसम्म कुनै एक जनाको आदेश र अनुकम्पा बेगर शासन चलाएका छैनन्। राजाको प्रत्यक्ष शासनको कुरै नगरौं, राजा संवैधानिक रहँदासमेत दरबारको इशारा अनुसार अधिकांश समय प्रधानमन्त्रीले लुरु लुरु अभिनय गरेको तपाईं हामी साक्षी छौं। त्यो अवस्थाको ह्याङ्ओभर चाहियो नि होइन र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रधानमन्त्री प्रणाली नै ठीक हुन्छ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Didi

      मोहितजी ,धेरै धेरै धन्यवाद!!म पनि तपाईंको लेख सँग एकदमै सहमत छु। जनतालाई कहिले सम्म झुट्टो आश्वासन दिरहन्छन यि नेताहरु??जुन काम पुरा गर्न सक्दैनन त्यो कामको आसा जनतालाई किन देखाउनु? आज जनताको बिचार मागेर भोली धोतीको अगाडि घुन्डा टेक्नु छ भनी बरु यो बिसयलाई यही नै बन्द गर्दा राम्रो हुन्छ।
      आज भारतीय मिडियाले “हारगया नेपाली राजनीति ,जितगया भक्त”भनेर पशुपतिनाथ को बारेमा टिप्पणी दिदा यि नेताहरुलाई लाज भएन।
      रह्यो कुरा राष्ट्रपतिय या प्रधानमन्त्रिय शासनको ,नेताहरु जब सम्म भारतको ईशारामा नाचिरहन्छन तब सम्म देशमा जुनसुकै प्रणाली अपनाएपनी हुनी वाला केही छैन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bk

      सर्ब प्रथम म राष्ट्रपतिय प्रनली लाई समर्थन गर्छु जस्तो कि अमेरिका म छ र राष्ट्रपटी को कार्यअभधी पनि निर्धारण हुनु पर्‍यो जसतै अमेरिका मा
      कुनै पनि राष्ट्पती को कार्यअबधी ३ टर्म को हुन्छ अनी पुन :फर्केर आउन असमर्थ हुछ एक पटक चुनाव पराजित भये पुन उम्मेद्वर बण्न नपओस हाम्रो राष्ट्रमा पनि उक्त प्रणली को ब्यबस्थ हुन जरुरी छौ कि एउटै ब्यक्ती पटक पटक ८,९ पटक सम्मा राष्ट्रको प्रमुख पदमा रहिनरहोस् , कुनै पनि ब्यक्ती लाई जनतले चुनावमा पराजित गर्छ भने उक्त ब्यक्ती कुनै पनि राष्ट्रको जिम्मेवर पदमा बस्न नपओस जस्ताइ अहिले चुनाव हरेर पनि मन्त्री भाईरकेको छन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gautam bidur

      Presidential system with parliament oversight is best for country like Nepal.Meberer of parliament should have no right to be ministers(like in USA) but every decision taken by President should be approved by Parliament.If MP’s are banned from joining the government and restricted to parliament proceeding there are four main benefits.

      1.MP wont use their power to make and fail government.Thus the government will be more stable.
      2.MP can give more attention to their duties like formulation of la and oversight on government decision without any bias.
      3.President’s act will be well checked and balanced.
      4.President can choose Ministers(help)from all the experts available to make good governance.He wont have to rely inside Parliament which may not have good administrators.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SAGAR, japan

      मुख्य कुरा राष्ट्रपती , प्रधानमन्त्री प्रनालि को होइन संबिधानको पूर्ण पालना हो , नेपाली जनतलाई प्रनालि सँग भन्दा ठीक नेता को आवोस्यकता छ जस्तो लाग्छ साथी हो .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bidrohi

      गास, बास र कपास अनि समग्र नेपालको बिकास । शिक्षा, शान्ती र सदभाव अनि सम्पूर्ण नेपाली जात जाती बिच एक-आपसमा मधुर आदरभाव। मेरो विचारमा यही आधारभुत कुराहरुलाई समेटिनु पर्दछ अबको संबिधानमा। यी मुलभुत कुराहरुलाई सहि सम्बोधन हुन सकेमा प्रणाली जुन जस्तोसुकै बनाये पनि फरक पर्दैन होला ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bharat Subedi

      Jun system vaie pani.
      System ko follow ramro sanga garnu pareo.
      Jasto system pani farak pardaina.
      Harek nepali. President dekhi simple citizen sabaile rule ko ramro sanga follow garnu matra par6.
      teti matra ho…
      Teso ho vane sabai kura ko solution niskenchha ani kasailai samashaya pardaina…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aerose Sigane.

      in my view we should follow the british system because we ra following british system since long past. it should be primeminister system.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gorkhebaba

      हामी ले भनेर हुँदैन । नाथे पूजारी राख्न त ईन्डिया को सहयोग चाहिन्छ भने राष्ट्रपती ? हा हाहा ? बेकार म के बहस गर्नु बरु ईण्डियन हरु लाई सोधौन के सोच्नु भएको छ भनेर । हुन त नेपाली कांग्रेस लाई पनि सोद्दा थाहा होला ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • म त कार्यानवयन हुने खाले संविधानको पक्षमा छु। हाम्रो देशमा भएको नै कार्यानवयन नहुने हो। एउटै कुरो आफ्नालागि सहिहुँदा राम्रो र आफ्नालागि असहज भए नराम्रो भन्ने प्रवृत्ति त्याग्नु पर्यो।

      त्यसैले जस्तो संविधान भए पनि कार्यानवयन हुने खाले चाहियो। यो देशमा साना र ठूला भन्ने शब्दनै शब्दकोश बाट हटाउनु पर्छ र समान कानूनि व्यवस्था लागू गर्नु पर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prabit

      प्रधानमन्त्रीय प्रणाली /सहमतीय प्रणाली

      मिश्रित प्रणाली

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • In my opinion we need executive head should be Prime Minister. As well head of the State should be re-stablish the moanrchcial institution.Direct people have not got opportunity over monarchical institution. In this way 601 CA members has no right to abolished the monarchcial institution. If right it is only for people over monarchical institution. If monarchical institution was not existed in Nepal how 601 CA members could rule the country.In this way if Nepal is democractic country,as government and CA members are following the democractic norms and value, they must restablish the moanrchcial institution which should based on cultural and religious matters. If Prithvi Narayan Shah was not existed in Nepal how those New Nepal actors could run this country. That is why we need restablish monarchical institution.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gopal

      साथी हो हामीलाई यो संबिधान बनाउने कुरामा चासो लाग्नु स्वोभाबिकै हो तर हाम्रो चाहना अनुशार कहा बन्छ र यो ता एउटा नाटक मात्र हो भारतले जे चाहन्छ त्यों हुन्छ किन भने यो सरकार आउने बित्तिकै ३० लाख इंडियन लाई नागरिकता दियो सबै चुप छन भारतले सुस्ता देखि अब हुंदा हुंदा इलाम सम्म पनी जग्गा मिची सक्यो तै पनी भारत भक्ति गाउन पुगेको छैन हाम्रा नेता हरुलाई / देख्नु भयेन भारतको चाहना बिपरीत एउटा जाबो पुजारी सम्म राखन सक्दैनन हाम्रा क्रांतिकारी नेता हरु /तपाई नै भन्नुस त यो सब नाटक भन्दा केही होइन /हामी लूटी सकेका छौ र लुटने क्रम बढ्दो नै छ / हरेक बहानामा नेपालमा जनमत संग्रह हुने छ र त्यत्ति बेला सम्म पढेलेखेका जत्ती सबै बिदेशमा हुने छन अनि भारतियाको संख्या १ करोड़ हुने छ अनि मधेशका जनाताहरू अहिले नै १ करोड़ भन्दा बढ़ी छन पहादिहरुको संख्या १ करोड़ मात्र छ सजिलै संग भारत ले लिने छ नत्र पार्लियामेन्ट बात पास गरयारा भये पानी लिने छ भ्रममा नफ़सौ साथी हो अब रास्त्रबाद्को बिगुल फुकन ढिलो भई सक्यो त्यहि अन्दोलन्ले ग्रेटर नेपाल बन्ने छ जो पुर्ब माँ टीस्ता देखि पशीम्मा कांगडा सम्म थियो येदी हामीले यो भाबनाले आन्दोलन गर्यु भने भारत संग लीन सकने ता होइन तर बलेंस मा राखन लाई बार्गेनिंग चै हुने थियो र हाम्रो अस्तित्वों बच्न सकने थियो /सबैलाई चेतना भया /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shankar

      मलाई राष्ट्रपतिय शासन र पहिलो निर्बचित हुने प्रनाली ठीक होला जस्तो लाग्छ /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पारंगत राई

      अमेरिका, चीन, फ्रान्समा राष्ट्रपति प्रणाली र बेलायत, जापान, भारतमा प्रधानमन्त्री प्रणाली छ, सबैले प्रगति गरेकै छन्। मुख्य कुरो त्यो प्रणालीमा सबैले आ-आफ्नो काम राम्रोसँग गर्नुपर्‍यो। कर्मचारीहरु बिहान दश बजे नै जनताको काममा लाग्नुपर्‍यो, ‘ब्रेकफाष्ट’ खानुभएन, व्यापारीले ‘ब्रेकफाष्ट’ खुवाउनभएन, व्यापारीले Cartelling, Syndicate त्याग्नुपर्‍यो, श्रमिकले हडतालमा जोड दिनुभएन, विद्यार्थीले cheat गर्न भएन, राम्रो पढ्नु पर्‍यो, डाक्टरसा’बहरुले जनतालाई Guinea Pig ठान्नु भएन, ट्याक्सी ड्राइबरले मिटर बिगार्नु भएन, सवारी चालकले जथाभावी सवारी चलाउनु भएन, पेट्रोल-डिजल व्यापारीले मिसावट गर्नु भएन, NGO हरुले Dollar लाई मात्र अर्जुन-दृष्टि बनाउनु भएन, पढेलेखेकाहरु विदेश मात्र ताक्नु भएन, पत्रकारिता स्वच्छ हुनुपर्‍यो, पत्रकार कुटिनु भएन, पार्टीहरुले युवाहरुका League र Force बनाउनु भएन, सम्पत्तिको अधिकार सुनिश्चित हुनुपर्‍यो, जनताको सम्पत्ति हडप्नु भएन, सरकार चलाउने पार्टीले आफ्नो असक्षमताको दोष सामन्तवादका अवशेष र देशी-विदेशी तत्वलाई दिनु भएन, ‘Lead, Follow or Walk Out’ को सिद्धान्त अपनाउनुपर्‍यो, उपराष्ट्रपतिले नेपालीमै शपथ लिनुपर्‍यो, लोडशेडिङ् हुनु भएन, बन्द-हडताल हुनुभएन, UNICEF को भारी एउटा बालकले बोक्नु भएन, यी यस्ता यस्ता धेरै कुराहरु जुन प्रणालीमा समेटिन्छन्, मलाई त त्यही प्रणाली चाहियो।
      यसमा प्राविधिक कारणले छुट्न गएका अन्य कुराहरुप्रति खेद प्रकट गर्दै अन्य साथी-भाईहरुले राखिदिनु नै होला भन्ने आशा लिएको छु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jun Pranali aaye pani NEPAL tyastai nai ho jasto malai lagchah….tara pani maile vannu nai parda or Vote dinu nai parda im with 1st one.

      Ahile yasto pranali chahiyeko chha jasle Neta haru ko haina Nepali Janata haru ko Sath diyos. Neta haru ko Dhukuti haina nepali janata haru ko Ghas, Baas ani Kapas diyos n’ SANTI Chawas..

      tyo vanda dherai kehi pani chahidaina. Kaam garera basna sakne Watawaran Banawas.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रधानमन्त्रीय शासन प्रनाली नै उपयुक्त थान्दछु | तसैले के मेल तसैले नै उपक्तै थन्छु
      rajbabu
      rajbabu

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिद्याभुषण

      ब्यबस्था जे भए पनि मृत्यु दण्ड को ब्यबस्था चाँही हुनै पर्छ।
      खुन-डाँका, बलत्कार, मान्छे बेच्ने, ठुलो भ्रष्ट्राचार, लागु पदार्थको कारोबारी लाई टुँडीखेलमा गोलि हानि मार्ने कानुन आउनु पर्छ। अपराधीहरुलाई पालेर राख्‍न सक्ने स्रोत नेपालसँग छैन। बम पडकाउने बब्बन सिँह जस्तो मान्छे सभासद हुने र करोडौं कर ठग्ने राजेन्द्र खेतानजस्ता ( अरु पनि छन यस्ता नाम नकिटौं) सभासद ले यस्तो ब्यबस्था हुन देलान?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • roshan,tokyo

      काग लाई बेल पक्यो हर्ष न बिस्मत|
      पशुपतीको पूजारीको नियुक्ती त मित्र राष्ट्र को रुचीमा भर पर्छ|
      शासकिय स्वरुप को कुरामा त झन् के होला ?
      नेपालको शासकिय स्वरुपको ड्राफ्ट दिल्ली दरबारमा तयार भई सकेको छ |
      बस् त्यसलाई कपी गरेर यहाँ पेस्ट गर्ने काम बाँकी छ|
      धेरै नौटङगी किन गर्नु होला|ताली बजाउने ६०१ जना छदैछन् |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • npras

      Presidencial system who is a head of government power balanced by very strong judicary system as well as strong legistative bosy (comprise of representative from various region)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kapil

      म राष्ट्रपतिय शासन प्रनाली नै उपयुक्त थान्दछु र पहिलो हुने निर्वचित प्रानाली लाई रोज्दछु मलाई लाग्छ हाम्रो देश को लागि एहिनै उपयुक्त थान्दछु।

      Kapil
      sydney Australia.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mero bichar ma bhabisya ma rastrapatiya rupa ma sasan chalauda ramro hunchha jasto lagchha. hunata juna pranli bat chalayeni janata ko lagi ramro hune gari , pratek janata ko surachha kun pranali bat garna sajilo ani ramro huchha teshma nai jada ramro huncha. chunab ma chahi samanupatik rup ma janu ramro hunchha jaha sabai ko upasthiti hunchha. sabai jati, bhasa ani barga haru sametina sakchhan. samsadiya sasan pranalima bhane janu hudaina kinaki samsad le feri thula thula mahal banauchhan kathmandu ma gaunka janta lai birsane chhan . samsad ko kinabech hune chha . last ma rastrapatiya pratachha sasan pranila janu besh hune chha nepal ko lagi .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दामोदर नेपाल

      नयाँ सरकारको स्वरुप राष्ट्रपतीय र निर्वाचन प्रणाली चाहिँ पहिलो हुने विजयी हुने हुनुपर्छ। देखिहालियो नि समानुपातिकको दुर्दशा। ‘पार्टीलाई सहयोग गरेको समानुपातिकमा परेको’ भनेर त्यसै भनिएको होइन। आफै निर्वाचित भएको थाहा नपाउनेले के गर्लान् देशको लागि। अनि यत्रो वर्ष ‘सेतो हात्ती’ पालेका हामी नेपालीलाई फेरि अर्को सेतो हात्ती चाहिएन बरु राष्ट्रपतिले नै देश चलाओस् । राष्ट्रपति सरकारप्रमुख त्यसपछि सिधै मन्त्री, प्रधानमन्त्री ‘बाल मतलब’ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विस्मृती

      सही फरमाया आपने

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • narendra limbu,panchthar

      पारङत जि का कुराहरु ठीक छन।ती कुरा हरुलाई कार्यन्यन गराउन को लागि कडा नियम बनाउनु पर्‍यो।बिरोध हडताल गर्न त पाउनु पर्छ तर शन्तिपूर्बक हुनु पर्यो,त्यस्ता खाल्का बिरोध लाई सम्बधित निकायहरुले तोडफोडका बिरोध लाई भन्दा बढी प्राथमिकता दिनु पर्‍यो।
      भ्रस्टचरीहरु तथा अन्यायी अत्याचारी हरुलाई हदै सम्मा को सजय हुनु पर्यो। अनी अर्को सबै भन्दा नछुटाउनु पर्ने कुरा चाँही जस्ले ज्यान मरेको छ त्यस्को प्रक्रिती हेरेर फासी को सजाय हुनु पर्‍यो।जब सम्म नियमाको पालना हुन्न तबसम्म जतिसुकै राम्रो संबिधान बनये पनि देसमा उन्नती हुन सक्दैन। बाँकी कुरा अन्य साथी तथा बिद्दत समुदयबाट……………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • purushottam babu from usa

      rssn_samiti@can.gov.np
      अनी चिरिन्जिबी र खुम बहादुर जन्मिनुभएन जन्मेभने अदालतले सुन्पानिले नुहाउनु भएन , कुनैपनी ब्यक्तिले कानुन आफ्नो हात्मा लिनु भएन ,अपराधीहरुलाई चल्खेल गर्ने ठाउँ दिनु भएन , हरेक ब्यक्तिको ब्यक्तिगत अधिकारको हक खोसिनुभएन बाच्ने अधिकार , बोल्न पाउने अधिकार काम गर्न पाउने अधिकार आदी हनन हुनु भएन , राज्यले बिना कुनै ब्यक्तिले बेपत्ता गर्ने मुख्न र आँखामा पट्टी बाधेर अग्यात स्थाल तिर लग्नु भएन , देशको निर्माणमा लाग्न हरेक ब्यक्तिलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याउनु पर्‍यो ,लाख मुठी माटो एकैठाउमा थुपार्दा पहाड बन्छ भन्ने सिद्दान्त अनुसार काम हुनुपर्‍यो ,जिम्मेबारी अनुसार काम भएको नभएको अनुगमन तत्काल हुनु पर्‍यो र कारबाही हुनु पर्‍यो प्रतेक जिम्बेबार ब्यक्तिमा त्याग लुकेको हुनुपर्‍यो स्वार्थ पुर्ती र नाताबाद कृपाबाद भए अथबा कुनै पनि अपराधीक कृयाकलाप भएको सुचना मिलेमा वा कुनै नागरिकले उजुरी गरेमा प्राधानमन्त्री भए पनि वा राष्ट्रपती वा जो सुकै भएपनी तुरुन्तै अदालतमा उभिएर स्पष्टिकरण दिने ब्यबस्था हुनुपर्‍यो र दोशी भए कारबाही हुनुपर्‍यो यो ठुलो पद्को अथबा यो सानो पद्को भन्ने कानुन्ले कुनै छुट दिने ब्यबस्था हुनु भएन । भ्रस्टचारी लाई भ्रस्ट्रचर गरेको रकम्को सय गुणा जरिबाना हुनुपर्‍यो तिर्न नसके फासी अथबा आजन्म काराबास सजाय हुनुपर्‍यो । भ्रास्टाचार गरेको सुचना गर्ने ब्यक्तिलाई उचित पुरस्कार को ब्यबस्था हुनुपर्‍यो र ति ब्यक्तिहरु प्रसासन्ले नै परिचालित गर्नु पर्‍यो । यस्तो ब्यबस्था हुनुपर्‍यो कि कोहिपनी राज्य बिरुद्द अपराध गर्ने साहस नगरोस । हरेक ब्यक्तिले राज्यलाई कर तिर्ने ब्यबस्था हुनु पर्‍यो सरकारले रोज्गारी को अवसर र ब्यक्तिले रोज्गारी अनुसार कर तिर्ने ब्यबास्था हुनु पर्‍यो , बच्चा र ब्रिद्द को उचित सम्मान, अपाङ्गको र निर्धाको उचित सम्मान गर्दै उचित भत्ता र काम को पहिलो प्रायोरिटी हुनुपर्‍यो बच्चा लाई बाल भत्ता ब्रिद्दलाई ब्रिद्द भत्ता हुनु पर्‍यो , बाल स्रमदान लाई अपराध मान्दै सोर बर्ष मुनिकालाई काममा नलगाउने प्रतिबद्दाता हुनुपर्‍यो र त्यस्तो ब्यक्ती र सस्था लाई कानुनि दायरा मा ल्याउनु पर्‍यो ,देश्को कुनै पनि भागमा भएको सैन्य जथ्था लाई देशको निर्माणको काम मा आजै देखी लगाउने ब्यबस्था हुनु पर्‍यो र अपराधीक कृयाकलाप रोक्नु पर्‍यो वा देश को पैसा वा भात्ता खाएका कुनै पनि जथ्थालाई दिन्को अनिबार्य आठ घण्टा निर्माणको काम अनिबार्य गर्ने कडा ब्यबस्था हुनु पर्‍यो र ycl र youth force जस्ता गैर जिम्मेबार काम गर्नेलाई पनि समेट्नु पर्‍यो ,सानो बाट नै ठुलो काम को बिकास हुने हुँदा सानो काम गर्ने ब्यक्तिलाई बढी सम्मान गर्नु पर्‍यो र काम मा जस्ले जे काम गरेपनी हुन्छ भन्ने सिद्दान्तअको बिकास गर्नु पर्‍यो । देश बनाउने भए यि माथिका कुरालाई समेट्ने संबिधान बनाउनु पर्‍यो । मैले पारङ्गत राइ को कोमेन्ट्को सहमतिमा यि कुरा थपेको हुँ र बचेँका कुरा अरु साथीहरुले थप्दै जानु हुन्छ होला भन्ने आशा छ । धन्यवाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सार्थक, दोहा-कतार

      अरु धेरै नथपौं पारङ्गत जी । अहिलेलाई तपाईंले भने जती मात्रा भयो भने पनि पुग्यो ।

      तर एउटा कुरा हामी नेपाली जनताले त्यसो गर्नु पर्‍यो भनेको कि संबिधानमा त्यस्तो कुरा लेख्नु पर्‍यो भनेको? संबिधानमा त त्यस्तो कुरा लेख्न मिल्दैन होला नि ? जे होस् हामी नेपाली जनता नैतीकवान र जिम्मेवार भएर त्यती कुरा मात्र गर्न सक्यौं भने भयो हैन त ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bb

      I also agree with this comment.

      The main motto should be ‘how to serve the country in effecient and better way’. It doesn’t matter whether it is any ‘Tantra’, whether the country lead by Prime Minister or President. The most and foremost important thing is that the leaders should say NO to corruption and train others to say NO to corruption as well. Secondly, be honest to nation instead of dreaming of being rich by achieving the good political position and be wealthy though various means……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अत्यन्त सटीक कमेन्ट पारंगतजी! यत्तिको सूझबूझ र परिपक्वता हामी जनतादेखि नेतासम्मका हामी सबै नेपालीमा आईदिए जुन प्रणालीले पनि देश बनाउन सक्नेछ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mr राइ जी!!
      मलाई तपाईंको कुरा १००%सही लाग्यो।
      यहाँ हामीलाई कुन प्रणाली भन्दा पनि सही र सचा प्रतिनिधिको खाचो छ जस्ले निस्वार्थ भाबनाले आफ्नो जनताको सेवा गाह्रोश र अरु हरुको लागि पनि उदाणनीय बन्न पुगोश।
      अनी यती राम्रो comments को लागि धेरै-धेरै धन्यबात छ।
      Hangma

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      समर्थन …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu Adhikari

      the president have 2 term president not 3 term in USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bikash

      Bismriti Ji,

      You are the one who fuming about indian now…. ?? Don’t you know how to speak own langauge?? Definetely you know this is the way wether what ever you say there is an indian in you. any comment like to hear

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sagar

      यो बिस्म्रिती भन्ने लाई यहाँ coment लेख्न alow त छैन किन कि ऊ indiyan हो, यो place नेपालीको लागि मात्रै हो u understude?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saradlama[doha qatar]

      BISMRITI G,
      TAPAI LAI THAHA CHAINA? ASSI..PRESIDENT LE
      HINDIMA MA SAPATHA KHADA NEPAL MA KATI DHINA
      LAFADA BHAYO BHANERA.TAR KEHI CHAINA TAPAILE TA
      SAPATHA KHAYAKO HOINA NI TA.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem

      मेरो यस कुरामा सहमत १००%

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Purushottam जी
      मलाई तपाईंको कुरा पनि १००%सही लाग्यो।
      यहाँ हामीलाई कुन प्रणाली भन्दा पनि सही र सचा प्रतिनिधिको खाचो छ जस्ले निस्वार्थ भाबनाले आफ्नो जनताको सेवा गाह्रोश र अरु हरुको लागि पनि उदाणनीय बन्न पुगोश।
      अनी यती राम्रो comments को लागि धेरै-धेरै धन्यबात छ।
      माथि दिएको बिषयलाई यसरी बिचारीक र बौदिक comments दिनु पर्छ।
      हामीले देखी हालेको छौनि कुनै साथीहरु रमैलो को लागि कमेन्टस् गर्दै हुन्छ।
      Thanks
      Hangma

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khem

      I agree with Kapil. It is better to elect the president from the people’s vote rather than parliamentary election.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • i want to one time minister law now that is good me be?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sagar

      म पनि दमोदर जि का कुरा मा सहमत् छु, हो राष्ट्रपतीय शासन प्रणाली नै राम्रो, हाम्रो देशको लागि, sagar dhakal, Doha, Qatar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sasang Lama

      रोशनले भनेको ठीक हो। जस्तोसुकै प्रणाली आएपनि पञ्चायतकालिन मानसिकता बोकिरहने हो भने र चुत्था राजनीतिमा अल्मलिरहने हो भने केही हुँदैन। नाथे जाबो एउटा पुजारीको नियुक्तिमा बिदेशी भन्दा स्वदेशी नै बढी उफ्रेको देख्दा, यिनलाई के भन्ने? हरेक साना तिना कुराहरुमा दशौँजनाको अनुमती लिनु पर्‍यो भने त्यस्तो सरकारको के माने? सर्वप्रथमत: झन्डा चाहिँ तुरुन्त फेर्नु पर्‍यो। यो झन्डा नफेरेर पनि मानिसहरुले परिवर्तनको महसुस गर्न सकेको छैन। मेरो बिचारमा जनआन्दोलन फेरी गर्नु पर्छ भने गरौँ र सम्पूर्ण कुडा कडकट,दुष्छर मानसिकता, ब्यक्तिगत लाभका लागि गरिने राजनीतिक परम्परा, बेला बेला टाउको उचाल्ने भुतपुर्व राजा आदी इत्यादिलाई पूर्ण रुपले निरुत्साह गरी कहिल्यै उठन नसक्ने तुल्याउनु पर्छ। पशुपती काण्डमा रामचन्द्र र गगनहरु नाङ्गेकोमा हामीलाई दु:ख छ, कारण देश हांक्ने जिम्मा उनिहरुको कांधमा पनि छ।

      शशांक लामा
      न्युयोर्क

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      विडम्बना …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Thulabaa

      Dear Friends,

      Nepal ko Senario ma bhanne ho bhane Country lai Constitution le haina Manchhe le banaune ho ani Jabsamma Ahile ka neta haru government ma hunchhan taba samma Nepal ko Bikas hune chhana (that’s for sure), Nepalese (we) must get rid of all currupted Leaders from govt. otherwise any new law or constitution makes no different to our country.
      Country ko lagi ramro garne lai ahile ko Constitution and System le kaha rokeko chhara tara ke garnu hamro leaders ko Brain ma Aachi le bhariyako bhayapachhi.

      In Conclussion: Most of you(us) still support Party instead of supporting a good leader, Stop blaming Party because it’s not party does doddgy work it’s the leaders.

      ThulaBaa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • desh bandhu sharma

      KO ho yo jo pani maobadiko pitthu? maobadile khojeko rastrapatiya sasanko kura garne? Ke sable Pol Pot ra Fidel Castro chaheko ho?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shiva shrestha

      Sorry for some mistakes in above writing. I mean to say we really need an Obama like president for Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yagya murti timilsina palpa

      yo deshbandhu bhanne ko ha ? maobadiko pithyu bhanne ? afno mukh ainama hereko chha ? hamle hamro bichar deko ho ni arule pani tyehi khoje ta hamro k lagyo ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • janardan dahal

      sasank g ko chinta jayaj chh. jabo pujariko kuramat hamile ramrolai ramro bhanna sakenau. laj pachayar bhrasta bhandari harukai pachhi lagi partigat rajniti bhayo, gariyo. sambidhan banaune kurama hamile ke garoula khai? tar pani bhager bhayan. yanha kehi hudain bhaner sabai bidesh palayan hunpani sakido rahenchh. asabadi hundai sangharsh garneho, deshmai basne ho ra afno gachhele sakeko bhandai ra gardai jane ho . aru k garnet khai?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Vashir

      We should have a Nepali System, something that works for Nepal only. Period. No more copying of the British westminster system, definitely not even a drop of the indian system. Swiss system is TOO costly.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker