हिजो संविधान सभामा एमालेका पूर्व महासचिव माधवकुमार नेपाल रातारात सभासद बने। नेपाललाई हिजै संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले शपथ ग्रहण गराएका थिए। नेपालसँगै टाइ सुटमा ठाँटिएर एक जना अर्को व्यक्ति पनि शपथ ग्रहण गर्दै थिए। माइरिपब्लिकाबाट साभार गरिएको यो फोटो हेर्नुस् त यहाँ क्लिक गरी। उनी थिए बब्बन सिंह। बब्बन सिंह र माधव नेपाललाई सँगै शपथ ग्रहण गराउने कस्तो साइत जुरेको रैछ त ! बब्बन सिंह- काठमाडौँ बम विस्फोट काण्डमा प्रहरीले पहिले मुख्य अभियुक्त ठहर्याएका व्यक्ति। पछि सरकारले उनको मुद्दा फिर्ता लियो। ठीक छ, यहाँसम्म पनि ठीकै छ भन्नुपर्यो। तर चासो चाहिँ संविधान बनाउनु पर्ने, अरुका लागि नियम बनाउनु पर्ने संविधान सभा आफै बेनियममा बस्नुहुन्छ ? हिजो बब्बन सिंहले शपथ ग्रहण गरेपछि बल्ल पो थाहा भयो, उनले त शपथ ग्रहणै गरेका रहेनछन्। अनि शपथ ग्रहणै नगरेका व्यक्ति हिजोअस्तिसम्म केको हैसियतमा संविधान सभाको बैठकमा सहभागी भइरहेका थिए त ? अनि कसरी शपथ ग्रहणै नगरेका व्यक्तिले अस्ति नै राष्ट्रपतिको चुनावमा भाग लिए त ?
हेर्नुस् त, राष्ट्रपतिको निर्वाचनमा कसरी मतदान गर्न लाइन लागिरहेका थिए उनी (फोटो सौजन्यः नेपालन्युज)

अझ शपथ ग्रहणै नगरी शानका साथ मतदान गर्न गएका बब्बन सिंहले सञ्चारकर्मीहरुसित कुरा पनि गरेका थिए। हेर्ने हो त बब्बन सिंहको फूर्ति ? भिडियो हेर्नलाई तल क्लिक गर्नुस्
अझ उनले सबै सभासदले शपथ ग्रहण गरेकै बेला आफूले पनि सुटुक्क शपथ ग्रहण गरिसकेको वक्तव्य सञ्चार माध्यमहरुमा पठाएका थिए। जुन झूठो रहेछ भन्ने त हिजो उनले शपथ ग्रहण गरेरै पुष्टि गरिसकेका छन्। अब तपाईँ नै भन्नुस्, यस्तो मान्छेले अरुका लागि नियम बनाउने ?
हैन, शपथ ग्रहणै नगरी संविधान सभामा मतदान गर्न, बोल्न अनि अझ अस्ति त रोष्ट्रम समेत घेर्न गएका थिए उनी, यस्ता सबै काम गर्न पाइन्छ ? संविधान सभा भनेको ठट्टा गर्ने ठाउँ हो र भन्या ? अनि किन माधव नेपालसँगै शपथ ग्रहण गराएका उनलाई। हामी नागरिकहरुको ध्यान माधव नेपालप्रति मात्रै जाओस्, बब्बन सिंहप्रति नजाओस् भनेर हो ? हामीलाई अझै भेडै ठान्ने रहेछन् कि के हो हँ यी नेताहरुले ??
बबन सिंहमाथि कम्तीमा ३० जनाको हत्या गरेको अभियोग प्रहरीले लगाएको थियो त्यसमा गौर हत्याकान्डका २७ जना, काठमाडौँ बमकाण्डका दुई जना र रौतहटको ब्रम्हपुरी हत्याकान्डका एक जना रहेका छन्। यी बाहेक बम विस्फोट, लुटपाट र हिंसाका छुट्टाछुट्टै ८ अभियोग पनि उनीमाथि नेपाल प्रहरीले लगाएको छ। सीमावर्ती क्षेत्रमा बसेर नेपाल र भारत दुवै देशमा आपराधिक क्रियाकलापमा उनी संलग्न भएका तथ्यहरु फेला परेका छन्। नेपालमा मात्र हैन, भारतीय प्रहरीको पनि मोस्ट वान्टेड सूचिमा उनको नाम रहेको छ।
दुई तिरै मोस्ट वान्टेडको सूचिमा रहेकै बेला भूमिगत अवस्थामै वारेसमार्फत् उम्मेदवारी दर्ता गराई रौतहट क्षेत्र नम्बर १ बाट उनी हाँस चिह्नका साथ स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका थिए। उनको परिवारले गलामा फाँसीको फन्दा पर्न आँटेको फोटो सहित मलाई बचाउनुस् लेखी पर्चा प्रकाशित गरी भोट मागेको थियो।
यो पनि हेर्नुस्-
बब्बन सिंहलाई संविधान सभामा छिराउन एनजीओको पहल
No related posts.









nepal ma khai k bhayeko ho? sambidhan sava ko chunab garera kina yeti dherai paisa kharcha gareko ha? jaha mat ko vallu nai hudaina janata ko kadar nai hudaina bhane. 2/2 thaubat janata le nachaheka manchhelai ahile sambidhan sabha sadasya banaye. chunab kina gareko? aaunu parne neta madhab matra hoina dherai neta haru aaunu parthhyo sambidhan sava ma tar janata le chahenana. madhab nepal bhanda arko bekti thiyenana sambidhan sabha ko samyojok banna sakne khalko? nepal ma neta haru ko kami ho? janata ko kadar garna sik . tehi janata le mathi purayeka chhan tinai janata le tal dharti muni puraulan .
मन परे हरियो, नपरे रातो
0
1
Nepali Janata ko lagi yo lajmardo kuro ho. haina ra ? Kanuni sasan ko khilap gareko ho. Danda hinta ko anta bhayako ho.
मन परे हरियो, नपरे रातो
0
0
Baban sing lai jitaune kasta chhan thaha chha Mr.Alupande?yek cup chiya piuna diyeko ma Vote garne haru chhan.Sabai janatale bujhera yeha Voting bhayeko chaina.kasailai Chiya khana dine, kasailai raksi khana dine,kasailai Chiken tandoori ra beer khana dine, kasailai Jagir lagaidine,kasailai paisa dine etc. karan harule garda yi chor Neta harule Chunab Jiteka hun.Praye Nepali haru Uneaducated chhan, uniharulai jasari murkha banauna sakinchha tesaigari alikati janne harule murkha banaunchhan.bhayeka eaducated haru sabai afnai afnai party kholeka chhan. yi sabai chor , Gadha harule garda Nepal Andhakar ma pari raheko chha
मन परे हरियो, नपरे रातो
0
0
नेपाली जनतालाई किन सधैं दोस के चुनाव धाधली रहित थियो होला र? यस्ता बब्बन सिङ्ले त आँफै भोट् हाल्छन आँफै जित्छन। जनता त खाली नाम मात्र हो .
मन परे हरियो, नपरे रातो
0
0
नेपालकै ईतिहासमा सब्भन्दा ठुलो गल्ती त Young Criminal Leaugue का नाइके प्रचन्ड लाई सत्ता दिएर नै नेपाली जनताले गरिसकेका छन। म बबनको supporter त होइन तर एसो तुलना गर्दा माओवादी नेताहरु भन्दा बबन धेरै शान्त र भलद्मी देखिन्छन, र तथ्यहरु हेर्दा पनि बबन भन्दा प्रचन्ड र बाबुराम ले नै धेरै मान्छे मारेका छन। तसर्थ, नेपाली जनताले अहिले सम्मा नेता नचिनेर नै धोका खाँदै अैरहेका छन।
श्री पशुपतिनाथले नेपाली जनताको रक्षा गरुन।
मन परे हरियो, नपरे रातो
0
0
उमेश जि वास्तवमा भन्नु पर्दा बब्बनसिङ् जस्ता अपराधी हरुलाई संबिधान सभा सम्म पुर्याउने कुरामा हामी जनाताको पनि धेरै ठुलो गल्ती छ। यसकुरामा त दुबिधा छैन। किन भने बाघले बाख्रो किनखायो भन्ने प्रश्न हैन बाघ कहाँ बाट कसरी आयो प्रश्न यो हो? अब यस्ता अपराधी,हत्यारा सभासत भएपछी जनाताको संबिधान कस्तो बन्ला अनी नेपाली जनताले चाहेको नयाँ नेपाल कस्तो बन्ला?
मन परे हरियो, नपरे रातो
0
0
……………………Baban SIng le Nepali Prasasan lai Paisako bito diyeko chha,tesaile uslai kasaile pani samatdainan.yo Criminal ho.tara yeha yo bhanda badhi criminal Nepal polish chha. jo parti Goverment ma aunchha tyo sabai Criminal nai hun.yiniharule janata ko bhalo ko lagi kahilei sochdainan baru uniharu afnu lagi tehi janatalai marchhan !!! aba ta murkha Nepali haru Sachet bhaye hunthyo ……………………
मन परे हरियो, नपरे रातो
0
0
Janatako dhan lugne, comission khane, Nihatta lai khuda ra khukuri le katdai hidne YCL kanha chha? timrai Karya Karta marne Babansing Sambhidhan savama chha? K chala ho YCL ko???
YCL comission khana, janata lai dukha dina stablish vako Young Criminal LOG sanstha ho?
मन परे हरियो, नपरे रातो
0
0
मन ले माने न !!! शुद्ध हुन अझै बांकी नै रहेछ
मन परे हरियो, नपरे रातो
0
0
एक जना साधू ले दिन भरी को भिक्षाटन पछि रोटी पकौँदै रहेछन मात्र एउटा रोटी !!त्यों पनी एउटा कुकुर ले टीपी दौडिए छ साधू ले आफ्नो भोक बिर्सेर कुकुर को पछाडी घिउ को कचौरा लिएर दौडिदै भने छन प्रभु सुक्खा रोटी किन खानुहुन्छ यो घिउ पनी खानुस साधू ले तेस कुकुर मा इश्वर को रूप देखे छन
हामी नेपाली जनता पनी तेहि साधू झै हौं अनी त्यों कुकुर (हाम्रा नेताजी ) जसमा हामी पनी इश्वर को रूप देख्दै छौं !!!!अनी यो सब इश्वर को लीला हो भनेर चित्त बुझायेका छौं
एक चोटी एक जना संत महात्मा ले इश्वर प्रति येसतो भन्नु भाको थियो
लाली तेरे लाल की ,जित देखूं तित लाल !!
लाली देखन मै गई ,मै भी होगई लाल !!
हाम्रो नेपाल मा जो माथि जान्छ येस्तई किसिम ले लाल हुन्छ
सेतो गयेको थियो रातो -कालो भयो
मन परे हरियो, नपरे रातो
0
0
बब्बन सिंहलार्इ कसले भोट दिएर जिताएको । हामीले हैन । जनता नै चोर डाँका फताहा । किन सधैं नेतालार्इ मात्र गाली गर्ने । जबसम्म भोट पाए। यस्ता नेता जित्छन् तबसम्म यसको जिम्मेवारी जनताले लिनुपर्छ । अस्तु ।।
मन परे हरियो, नपरे रातो
0
0
मुर्ख देखि दैब डरौंछ नेपाल देखि सबै नियम ,कानून ,देउता सबै डराउछ !!
म संग अब नेपाल का नेता हरु लागी न गाली छ न कुनै कड़ा शब्द !!
सही माने माँ म नेपाल का नेता हरू प्रति आभारी छू उहा हरु ले मेरो गाली को पोको रित्याई दिनु भो
अब बास्तव मा म बचन ले शुद्ध भये इने नेपाली नेता हरु का कृपा ले !!!!!!
कुनै दिन मन र कर्म ले पनी मलाई शुद्ध बने दिनुहुनेनैछ त्यों दिन मेरो जीवन को सबै भन्दा ठुलो घटना हुने छ अनि म मन -बचन – कर्म ले पवित्र हुने छू
प्रभु मेरा इष्ट देव नेपाल का नेता जी हरु हजूर हरु प्रति म कृतग्य छू
पुनः मलाई गाली रहित बनाएर यो असल जीवन प्रदान गरेको म कोटि कोटि धन्यबाद
म निरीह
जनता
मन परे हरियो, नपरे रातो
0
0
qustion garne partrakar pani bihari nai hunki kyaho hindi ma qustion sodhirheka chhan hahha…nepali language ….
arjun
मन परे हरियो, नपरे रातो
0
0
rishi dhamala kag…kauwa..chor..fata
taile kina hindi ma boleko..bharat embassy bata paisa leko chas ko ho? ani babban sambidhan sabha ma kun bhasa ma sapath khanu bhayo?
मन परे हरियो, नपरे रातो
0
0
ani dui tham ma chunab hareko MaKuNe chai pheri sambdhan sabha sadayshya. what is the value of election.
मन परे हरियो, नपरे रातो
0
0
yesto hatyara lai sabasad banayera nepali janatako kasari surakshya hola.
मन परे हरियो, नपरे रातो
0
0
अपराधी लाई नै कानून बनाउन लगेपछि देश को हालत के हुन्छ ? हुन त यी धेरै नेता हरु अपराधी नै हुन, नेपाली जनताले धेरै को सासन देखि सके . हामी पनि तेस्तै त हौ हामी माँ पनि चेतना को कमी छ नत्र त्यों अपराधी लाई कीन हामी ले जितायौ त ?
मन परे हरियो, नपरे रातो
0
0
madhab le 2 2 patak haarera pani bhetyo kursi, laajai pache pachhi k garne ra.
Suru tira ta laaj laagera hola kursi chahiyena bahaneko. ahile ta paia pani sakiyo laaj pani pachi sakyo………… bas euta kursi liyera.
Jhuppe
मन परे हरियो, नपरे रातो
0
0
नयाँ नेपाल को नयाँ संबिधान लेख्ने अपराधी हरु भय पछी त चोर् डाँका हरु को फुर्ती त बड नेनै भयो नि ।किन भने अब त यिनी हरु ले पनि अब त राजनीति मा घुस्ने License पाउने भय ।।।।क्या गजब …
मन परे हरियो, नपरे रातो
0
0
म त कन्फुसे भये। केहो सचो खबर भनेर कोइ के भन्छ कोइ के अनी एत्रो कूमेन्त्स पदेर पनि म्य्सन्सर ले किन क्लरिफी न गरेको होल : चित्तै केही सुन्न पाईन्छ कि साँच्ची के हो भनेर अनी साथी हरु न हास्नुस् है मेरो नेपाली टाईप देखेरे। सिक्दै छु यो बुदेशकाल्मा अनी लुन जि लाई धेरै धनवद बरु सचौने कसरी हाइ कसैले भनिदिन्छ कि। मेरो टाईप त नेपाल जस्ताइ भद्रगोल भो तर मज्ज औने रहेछ मोद्द ओफ्फ भएको बेला पढ्न त। अनी माधव जि लाई बधाई छ है अनी मओवदी ले अली न भुजेको के भने माधव नेपाल लाई मेम्बर बनएपछी पप्रधानमन्त्री को पोस्ट पनि खुल भो अनी गिरिज ले भोली माधव नेपालजी जीवन म एक पटक त प्रधानमन्त्री बन्नु पर्छ भनेर उचल्छ अनी प्रचन्ड रुन थालछ। नेपाल भनेको लोवी पपी ko द्एश हो सो अब प्रचन्ड को दिन गन्ती सुरु भो जस्तो लाग्यो कसो साथी हो ।
मन परे हरियो, नपरे रातो
0
0
hoina tyo tv ma sabbhanda badhi manchhe ta yaha mysansar ko vedio ma ni po agadi nai chha ta . teslai chahin video bhanne bittikai agadi aaihaalnu parne rog lageko chha ki kya ho
मन परे हरियो, नपरे रातो
0
0
News like these seriously make me think – Am I really proud to be Nepali??? I really doubt it now.
Thanks to PRAJATANTRA or GANATANTRA whatever its called.
मन परे हरियो, नपरे रातो
0
0
मित्रहरु, यो बब्बन सिंहले सफथग्रहण कहिले गर्यो भन्ने कुरा गौण हो। उ कस्तो मान्छे हो भन्ने कुरा यस समाचारको उद्देश्य हो। भारतको तलको उदाहरण हाम्रो नेपालिहरुको हकमा पनि लागु हुन्छ। हामी पनि मुख्य समस्या नै बुझ्दैनौं, झिना मसिना कुरा तिर मोडिन्छौ। भारतका एक बिद्वान ( प्रोफेसर ईन्द्रिसानी) ले यउटा लेक्चरमा भारतको उदाहरण दिएका थिए। लठ्ठिमा बेरेको मिठाई बेच्नेलाई त्यस मिठाईलाई ढपक्कै ढाकेको झिंगा देखाउँदा मिठाई बेच्नेले भनेछ- वो कितना खाएगा साहब! (त्यसले कतिनै खाला र हजुर !) प्रश्नकर्ता को उद्देश्य बिचराले बुझेन कि झिंगाले रोग ल्याउँछ, नकि झिंगाले कति खान्छ भन्ने हो। माथी केहि साथिहरुले बब्बनले कहिले सफथ गर्यो भन्ने कुरामा बिवाद गरेको पनि यस्तै हो।
मन परे हरियो, नपरे रातो
0
0
मेरो बिचारमा माधव नेपाल भन्दा बबन सिंह को हैसियत ठुलो छ यो संबिधान शावामा किन भने उ निर्बाचित हो
माधव नेपाल होइनन र फेरी बबन सिंह लाइ प्रहरीले मुद्दा लगाय पनि प्रूफ़ गर्न सकेको छैन र फेरी नेपालका प्रहरीको आरोप लाइ सत्य साबित गर्न पनि सकिन्न र बिस्वास गर्न पनि त गर्हो छ नि त्यसैले उसले कान्तिपुरमा दिएको अन्तर्बार्ता हेर्दा निर्दोष नै छ जस्तो लाग्यो हो मलाई ता भगवान नै जानुन /
मन परे हरियो, नपरे रातो
0
0
Talk about the people’s representatives accountable to people! Some know how to cling to the power even if people do not elect them – by hook or crook. And these people will also decide about Nepali’s fate through the constitution. Several other nominated MPs have made to it by donating money, lobbying, or just by the virtue of being relatives or pet goons of some politicians.
Is it people’s empowerment or otherwise, I wonder? It is nothing but a process of marginalizing the Nepali populace, such that there would remain only two classes: the ‘ruled’ and the ‘ruler’ (not even accountable to the ‘ruled’). ‘Rajaa’ and ‘Prajaa’- sounds familiar? We can observe this polarized disempowering process in all sectors, including the bureaucracy and judiciary.
And who cares about the human rights?
मन परे हरियो, नपरे रातो
0
0
हामी साँच्ची नै सोमालिया पथ वा मुगाबे पथ तिर जाँदै छौ जस्तो आभास हुन थालेको छ। छ।राज्यले सबै नागरिको को सुरक्षा गर्दैन भने राज्यको आबस्यकता नै किन चाहियो र ! यदि कुनै राजनितिक दलका कार्यकर्ताले मान्छे मार्दा, बलत्कार गर्दा र डाँका मार्दा पनि सजायँ माफ हुन्छ भने संबिधानमा ब्यबस्था गरेको मौलिक हक भन्ने कुरा बिदेशीलाई देखाउन मात्र हो त?? यो त हाल सोमालियामा भईरहेको जस्तै त भयो नि, बन्दुक बोक्नेले जे गरे पनि हुने। अपराध भनेको अपराध नै हो, राजनितिक अपराध को खोल ओढाएर मुलुकलाई दण्डहिनता तर्फ जानु हामी असभ्यता तिर लम्कदैँछौँ भन्ने प्रमाण हो। अपराधमा आधारित राजनिति ले मुलुकको भलो गर्दैन। यदि राजनितिक उद्देश्यले गरेको रहेछ भने पनि त्यो अपराधीले सजायँ बाट उन्मुक्ति पाउन हुँदैन।पुर्ब जर्मन चान्सलर हेल्मुट कोल ले राजनितिक पार्टिको लागी गलत तरिकाले चन्दा लिएको प्रमाणीत हुँदा जेल सजाएँ भोग्नु पर्यो, चाहे जर्मनीको एकिकरणमा उन्ले ठुलो योगदान दिएका किन नहुन!!!!
मन परे हरियो, नपरे रातो
0
0
aba ta hamile pani sabhasad banne sapana dekhe hunu bhayo hai katai hamlai pani kasaile sapana ma dekhera sabhasad banauna pahal gar6n ki.
मन परे हरियो, नपरे रातो
0
0
हरे शिब, अहिले सम्म बबन सिहंले सफत खा’को रहेनछ?? अहिले सम्म सफत नखादा पनि बैधानिकता पाएकै थियो क्यारे, अब अहिले आएर किन सफत खानु पर्यो त्यो पनि मा.कु.ने संग, यो त अतिनै हो भन्या।
हैन, माओबादी सरकारले देशलाई नाटक मंच सोचेको छ कि क्या हो। पहिला जंगलमा हुने बेलामा गाउ गाउमा गएर सास्क्रितिक कार्यक्रम भन्दै नाच्ने गाउने अनि नाटक देखाउने गर्दथ्यो, अहिले संम्बेधानिक कार्यक्रम भन्दै संबिधानसभामा नाटक देखाउन थाल्यो।
मन परे हरियो, नपरे रातो
0
0
It is interesting thing. In our Nepal there is rule and regulation but there there is no compulsion to follow. It is our New Nepal government political culture. New Nepal actors are everything. People should accept and civil society and human right should support to them.
Same time I would like to citing of Kirati (cultural minister)speech, he was telling every Nepali ciitzen needs a weapon. From 1996 to 2006 Maoists war at least 13 thousands people got killed. When Maoists product their militia as well terror groups and other are establishing their miliita groups day by day.Why Kirati did not got time or do not want to study non-violence method Mahatma Gandhi? it is very sad for us. Maoists got power from gun and bullet. We people do not want to make our Nepal any more KURUCHHETRA.
That is why terror Tarai groups are/were killing people and same time they are getting pardon from government by name of negotiation table. It is New Nepal’s government and political parties faishion. We people need we do not need any gun and bullet sounds. We need peace and security.
मन परे हरियो, नपरे रातो
0
0
It is interesting thing. In our Nepal there is rule and regulation but there there is no compulsion to follow. It is our New Nepal government political culture. New Nepal actors are everything. People should accept and civil society and human right should support to them.
Same time I would like to citing of Kirati (cultural minister)speech, he was telling every Nepali ciitzen needs a weapon. From 1996 to 2006 Maoists war at least 13 thousands people got killed. When Maoists product their militia as well terror groups and other are establishing their miliita groups day by day.Why Kirati did not got time or do not want to study non-violence method Mahatma Gandhi? it is very sad for us. Maoists got power from gun and bullet. We people do not want to make our Nepal any more KURUCHHETRA.
That is why terror Tarai groups are/were killing people and same time they are getting pardon from government by name of negotiation table. It is New Nepal’s government and political parties faishion. We people need we do not need any gun and bullet sounds. We need peace and security.
मन परे हरियो, नपरे रातो
0
0
!!!!!!!!!!
लाथालुंग देस को
भता भुंग चाला
जस जस ले लुटला
उस उस ले खाला !!!
मन परे हरियो, नपरे रातो
0
0
निचता को पराकास्ट । नेपाली जनता को खिल्ली उडाएको एउटा सानो उदाहरण ।
मन परे हरियो, नपरे रातो
0
0
aruta kehi hoina yo bati nayera dimag ma tension badi sakyo ke bhaho
मन परे हरियो, नपरे रातो
0
0
Maowadi le aba chai kehi garcha bhanne Nepali haru maaj thulo aasha tiyo…
aba arko bato bhaneko yo sabai chor haru lai goli nathoke aru kunai upaya chaina Nepal bachauna…
मन परे हरियो, नपरे रातो
0
0
yo sarasar galat ho
nepal lai kunai gangstar ko madhyam bata sambidhan banaunu jaruri chhaina hola
niraj
aboard
मन परे हरियो, नपरे रातो
0
0
स्वागत छ नयाँ नेपाल मा
गनतान्त्रिक नेपाल
प्रचन्ड को नौलो नेपाल
मन परे हरियो, नपरे रातो
0
0
यो त कुनै बिहारी च्यानलमा बिहारी नेता को interview जस्तो पो लाग्यो त मलाई ।।।। अनी साचैं त्यो टि.भी को समाचारमा सबैभन्दा बढी देखापर्ने मान्छे त Mysansar को भिडियोमा पनि अगाडि नै रहेछ नि त।।।
मन परे हरियो, नपरे रातो
0
0
एस्तै हो नयाँ नेपाल को संबिधान बनाउन
बबन पनि मादब जस्तै एक सभासद हुन नि ।।।।।
अपराधीक संबिधान पनि त बन्नु परो नत्र अपराधी ले कसरी छुट पाउलन नयाँ नेपाल मा होएन त …………..
sydney
मन परे हरियो, नपरे रातो
0
0
Yesta Criminal lai legislator banayera k garnu pravu….Desh Dubaune bhayeee…
मन परे हरियो, नपरे रातो
1
0
लेखक ज्यु ,,, बबन सिंह ले संबिधान सभा सदस्य को सपथ ग्रहण पहिला नै गरेका हुन, यो हिजो को सपथ गरहण संबिधान सभा संबैधानिक समिती को सदस्य को लागि मात्र हो । तपाईं को यो समाचार अली मिलेन जास्तो छ।
कृपया एक पटक बिचार गर्नुस् त। म पनि गल्ती हुन सक्छु तर मलाई यो समाचार गल्ती जस्तो लाग्यो।
मन परे हरियो, नपरे रातो
0
0
शपथ नाथे त जे को / जसरी खाए पनि हुन्छ (नखाए पनि हुन्छ ।) तर मुख्य कुरा शथप खाएको कुरा ब्यवहारमा लागु हुन्छ कि हुन्न भन्ने हो । कुन चाँही सभासदले राष्ट्र / जनताको लागी केहि गर्छु भन्ने आशयले शपथ खाएको हुन्न र ? तर ख्वै केहि गरेका ?? शपथ अनुसार को काम नहुने भए पछी शपथ खानु नखानु को कुनै मुल्य नै रहेन नी !! ख्वै कुरा वुझेको ।मन परे हरियो, नपरे रातो
0
0
महेश जि !
म त फूलेल भए नि
मन परे हरियो, नपरे रातो
0
0
महेश जि ! अरु बढी राम्रो नेपाली मा कमेन्ट लेख्नु हुन यही माइ संसार को बाँया साइड मा ” नेपालीमा कमेन्ट लेख्नु हुन्छ ? ” भनेको मा क्लिक गर्नुस् । शायद तपाईंलाई अझै मद्द्त होला ।
मन परे हरियो, नपरे रातो
0
0
संविधान सभाका समितिहरुको निर्वाचन त पुस २९ गते बल्ल हुने हो
कहाँ बब्बन सिंह सदस्य हुन्छन् त्यसको अनि अहिले नै शपथ ग्रहण गर्छन्
फेरि बब्बन सिंहलाई कसले समितिको सदस्य निर्वाचित गर्लान् र !
मन परे हरियो, नपरे रातो
0
0
काका !
रुबाउदै हसाइ दिनु भो !
( क्बा क्बा रोएकी त छैन – मन चाँही दुखेको छ )
मन परे हरियो, नपरे रातो
0
0
व्यास जि !
बबन सिह लाई जनता ले होइन नेताले जि’ ता को क्या !
हामी नेपाली जनता सोझा भेडा जस्ताइ छौ , त्यसको फाईदा नेता जि ले लिनु हुन्छ , अनी त्यो फाईदा लिएर नेता जि ले बबन सिह लाई जि ‘ ता को क्या !
मन परे हरियो, नपरे रातो
0
0
Ke garnu ta byas ji,sarkaar le surakshyaa dina sakdain,chunab ma utheka harule malaai najitaema ramro chal hune chhaina bhanne dhamki dinchhan,ani ta jyan ta pyaro hunchha nai sabailaai,vote ta ti neta harulai pani hamile nai dieko ho,jo pahila bharat birodhi thula thula kura garthe ahile dekhi halnu bhayo,ke garnu dosh ajhai janatalaai,yenha yastai chha.
मन परे हरियो, नपरे रातो
0
0
The date mentioned is for President election date of commeettes,the members have been alredy selected and Baban singh was added on that commeettee just before 3/4 days.Some independent and fringe party member Gherau the rostam to add the Muslima and independent members in commeette and he got the chance.
मन परे हरियो, नपरे रातो
0
0
kaka hasaunu bhayo.dukheka man harulaia .
मन परे हरियो, नपरे रातो
0
0