
एउटा त्यस्तो ठाउँ,
जहाँ अहिले २४ सै घण्टा उज्यालो हुन्छ, रात कहिले पर्दैन
जुन ठाउँ कसैको स्वामित्वमा छैन, न इतिहासमा कसैको उपनिवेश थियो
जुन ठाउँमा स्थायी बासिन्दाहरु नै छैनन्
जहाँ हिउँबाहेक अरु देख्न सकिँदैन
पृथ्वीको सुदूर दक्षिणमा रहेको सातौँ महादेश अन्टार्कटिकामा सगरमाथाको देश नेपालबाट पुगेका एक नेपाली अनुसन्धानकर्ता विश्वनाथ अधिकारी आफ्नो रोमाञ्चक अनुभव सुनाउँदै छन्, विशेष रुपमा माइसंसारका पाठकहरुका लागि। उनीसँगै अन्टार्कटिका घुम्न भित्र आउनुस्।
-विश्वनाथ अधिकारी-
मक्मुर्डो स्टेसन, अन्टार्कटिकाबाट
साथीहरु राजनीति, मारपिट, बन्द अनि लोडसेडिङका धेरै कुरा सुनियो। आज मलाई यी सबै कुरा भन्दा केही भिन्न विषयमा लेख्न मन लगेर तपाईँहरुलाई यो पृथ्वीको सबैभन्दा दक्षिणमा रहेको, संसारको सबैभन्दा चीसो महादेशमा लैजाँदैछु। त्यस्तो विरानो महादेश, जुन न कसैको स्वामित्वमा रहेको छ, न त्यहाँ बस्ने कुनै बासिन्दा नै छन्। हुन त यो महादेश हो तर उसलाई आफ्नो भन्ने नागरिक छैनन्। लामो समयसम्म मानव जातिका लागि कौतूहल र मानव सभ्यता अनि आधुनिक विकासको प्रभावबाट टाढा रहेर एउटा प्रिस्टिन (Pristine) वस्तुको रुपमा रहँदै आएको महादेश हो अन्टार्कटिका (Antarctica) अर्थात सातौ महादेश। अहिले म आफ्नो अध्ययनको सिलसिलामा विगत चार हप्तादेखि अन्टार्कटिका महादेशको पूर्वी भाग रोस महाद्वीपमा रहेको संयुक्त राज्य अमेरिकाको अन्टार्कटिक अनुसन्धान केन्द्रमा अनुसन्धान गर्ने एउटा टोलीमा सम्मिलित छु।
गुगल म्यापबाट हेर्दाः अहिले हामी यहाँ छौँ।
करिव १८ वर्षदेखि चल्दै आएको यो अनुसन्धान कार्यक्रमले मुख्यतया त्यस महादेशमा रहेको जैविक विविधता तथा भूमन्डडलीय परिवर्तनले त्यहाँका जीव तथा अन्टार्कटिकाको वातावरणमा पार्ने प्रभाव सम्बन्धी खोज गरिरहेको छ। यसै सिलसिलामा मैले यहाँ देखेका, भोगेका कुराहरुलाई समेटने प्रयास गरेको छु |
मेरो अन्टार्कटिकाको यात्रा न्युजिल्यान्डको क्राइस्टचर्च भन्ने ठाउँबाट सुरु हुन्छ। यहाँबाट अन्टार्कटिकाको हामी अहिले भएको ठाउँमा पुग्न चारदेखि आठ घन्टासम्म लाग्ने रहेछ। जहाज हिँड्ने गति अनुसार समय घटबढ हुने रहेछ। पहिलो पटक अन्टार्कटिकाको यात्रा गर्दा मनमा केही कौतूहल तथा नजानिँदो डर पनि नलागेको होइन। तर जहाजबाट उत्रिनासाथ देखिएका हिउँका थुप्रा जस्ता लाग्ने ठूलाठूला पहाड़हरु तथा आँखाले भ्याएसम्म देखिने ठाउँमा हिउँको सेताम्मे दृश्यले रंगले मनलाई केही सान्त्वना तथा रोमाञ्च पनि दियो।
दिन होस् कि रात, जुनसुकै समयमा पनि चीसो हावा चलिरहने, जति बादल लगे पनि पानी चाहिँ नपर्ने, अति नै चम्किलो सूर्यको प्रकाश, अनि २४ सै घण्टा उज्यालो हुने (म अहिले डिसेम्बरदेखि जनवरी महिनाको कुरा गर्दैछु। बाँकी छ महिना त यहाँ २४ सै घण्टा अन्धकार हुन्छ) यस ठाउँको विशेषता नै यही हो।
जब हामी माक्मर्दो (McMurdo station) (संयुक्त राज्य अमेरिका को अंटार्क्टिक कार्यक्रम केन्द्र) पुग्यौँ, त्यहाँको भौतिक संरचना तथा त्यहाँ सञ्चालित कार्यक्रमहरुले मलाई निकै रोमाञ्चित अनि अरु धेरै कौतूहल पनि बनायो | अन्टार्कटिका न कुनै देश को स्वामित्वमा छ, न त कुनै देशको उपनिवेश नै हो। यो महादेश पहिले १२ देशको हस्ताक्षरबाट सुरु भएर अहिलेसम्म ४६ देशद्वारा हस्ताक्षरित सन्धिद्वारा सञ्चालित छ। उक्त सन्धि अनुसार जुनसुकै देशले पनि यहाँ भौतिक तथा वातावरणीय प्रभाव नपर्ने र जैविक विविधतालाईलाई आँच नपुर्याउने खालका अनुसन्धान कार्यक्रमहरु सञ्चालन गर्न पाउँछन्।
आज म तपाईँहरुलाई यसै रोमाञ्चक ठाउँमा मैले देखेका र अनुभव गरेका कुराहरुलाई फोटोको माध्यमबाट प्रस्तुत गर्दैछु।

मक्मुर्डो स्टेसन (McMurdo Station) (संयुक्त राज्य अमेरिकाको अन्टार्क्टिक कार्यक्रम केन्द्र) को आकाशबाट खिचिएको तस्बिर। रोस महाद्विपमा रहेको यो स्टेसन अन्टार्कटिकाको सबैभन्दा धेरै अनुसन्धानकर्ता तथा स्टेसनका कर्मचारीहरु बस्ने ठाउँ हो।

अन्टार्कटिकामा पाइला टेकेदेखि रात भन्ने कुरा को अनुभव भएको छैन। नयाँ वर्ष २००९ लाई स्वागत गर्न गरिएको यो कार्यक्रम (Ice Stock) रातिको १० बजेदेखि बिहान को १ बजेसम्म चलेको थियो। घडीमा रात त आयो, तर उज्यालोले कहिले पनि छाडेन।

हिउँको संसार, जहाँ आँखाले देख्न सकेसम्म सबै कुरा (पहाडदेखि समुद्रसम्म) हिउँले ढाकिएको छ।

पहिलो पटक अन्टार्कटिका जानेहरु सबैलाई कसरी क्याम्पिङ गर्ने, हिउँमा कसरी सुरक्षित रहने तथा हिउँमा रहँदा अपनाउनु पर्ने होसियारीको बारेमा दुई दिने तालिम दिने चलन रहेछ। तालिमका सहभागीहरु (मैले पनि यसै समूहमा तालिम लिएको थिएँ) रात बिताउने ठाउँतर्फ लाग्दै।

अन्टार्कटिकाको मौसम निकै अप्रत्याशित तरिकाले परिवर्तन हुँदो रहेछ। स्टेसन बाहिर समय बिताउनु पर्दा यस्तो हिउँको गुफा जस्तोमा बस्दा निकै सुरक्षित भइने रहेछ। प्रतिकूल मौसममा कसरी सुरक्षित रहने भन्ने तालिमको सिलसिलामा बनाइएको हिउँको गुफा।

रोस समुद्रमा देखिएको हिउँको पहाड। समुद्र पनि पूर्ण रुपमा कडा हिउँको सतहले ढाकिएको छ। भनिन्छ संसार म चलिरेहेको भुमन्डलीय परिवर्तनले गर्दा यस्ता हिउँका थुप्राहरु पग्लँदै गएका छन्।

अन्टार्क्टिकाको सुख्खा उपत्यका (Antarctic Dry Valleys) जहाँ संसारमा सबैभन्दा बढी सुख्खा अवस्थामा बाँच्न सक्ने जीवहरु (जस्तैः Nematode, Tardigrade, Rotifers) पाइन्छन्। हेर्दा निकै हिउँले ढाकिएको जस्तो देखिए पनि यहाँको बलौटे धुङ्यानयुक्त माटोमा पानीको मात्रा निकै कम र केही भएको पानीको मात्रा पनि हिउँ को रुपमा नै रहन्छ।

भाले एडिले पेंगुइन्। यहाँ मुख्य गरी दुई थरीका पेंगुइन् पाइँदो रहेछ, एडिले र एम्पेरर। एम्पेरर पेङुइन एडिले भन्दा निकै ठूला हुँदा रहेछन्।

यहाँ रहेका धेरै हिमतालमध्ये एक।
(प्रश्न तथा जिज्ञासाहरु भएमा कमेन्टमा राख्न नभुल्नु होला। म अर्को लेखमा समेट्ने प्रयास गर्नेछु)
No related posts.








Wow! Great. inspiring. keep it up.
TEK
मन परे हरियो, नपरे रातो
1
0
अधिकारी जी मेरो नमस्कार
येहा नेपाली हरु को सबै कुरा नेगेटिव नै लिने बानी नै छ
EXCEPT HIV POSSITIVE
अधकारी जी म त तपाई बात अरु पानी बढ़ी आश गर्दै छू
शिव
C-BAY
मन परे हरियो, नपरे रातो
1
0
great job but as you said we all have to be aware about the global warming.nepalka himsrinkhala haru pani global warming ko karanle paglandai gairaheka chan.it’s time to do something.
मन परे हरियो, नपरे रातो
1
0
विश्वानाथ जि नम्स्कार
खुशी लाग्यो तपाईंको यात्राा देखी ,निस्चयपनी रमाइलो कुरा हो यो हाम्रो लागि र कौतौहलपूर्ण पनि
अनी विश्वानाथ जि म सामान्यतया तपाईं सँग यि जिज्ञासा राख्छु हैत
१,त्यो माहादेश्मा यि penguin को सन्ख्या कती छ ? र यि जिब्को अस्तित्व कस्तो छ ? यस्को रगत चिसो छ कि तातो ? अनी यस्ले के खान्छ ? बनस्पती पाईन्छ कि पाइन्दैन ?
२, मानिसले त्याहा बस्ता चाहिने अतिआयस्यक बस्तुहरु जस्तै पानी , खानेकुरा फल फुल त पाइन्दैन होला पाईन्छ भने कस्तो चिज पाईन्छ ?
३, बिसेस गरी यात्राुहरु के उदेस्यकालागी जान्छन ? खाली मनोरन्जन गर्न कि केही खोज गर्न ? खोज को लागि ऐले सम्म पत्तालागेका महत्वपूर्ण कुरा के के हुन ?
४, अनी आस्चार्य लाग्ने कुराहरु पनि पाईन्छन कि ? पाईन्छन भने ति के हुन ?
५, बिशेषगरी भोउतिक सम्रचना मा पहाड धेरै छकी तराइ धेर छ ? खोला नाला प्राय बग्दैनन होइनत ? आस्चार्य अनी तिनिहरुको अस्तित्व कस्तो अवस्थामा छ हिउ नै भए पनि बग्छ होला नि होइन ? चित्रमा हिम नदी देखाउनु भएको छ यस्को आकार प्रकार र अस्तित्वा कस्तो अवस्थामा छ ? हिउ भित्र बस्ने जल्चर जस्तो प्राणी पाईन्छकी पाइन्दैन ?
६ , २४ घण्टा उजियालो हुने कारण के हो ? सुर्य नअस्ताउदात हिउ पल्गिनु पर्ने होइन र ? सामान्यतया सुर्यको ताप कती हुन्छनी त ?
७,तपाइँ कुन क्षेत्र को भ्रमण गर्नु हुँदैछ ? वा जम्मै अन्टर्कटिका को हो कि कुनै निस्चित पार्ट्को ?
८, अनी त्याहाँ कुनै देश्ले घर हरुको निर्माण पनि गरेको छकी छैन ? बिशेष गरी भरमण टोली बस्ने हिउको गुफामा मात्रै हो त ? हुनत हिउको फुफा भित्र तातो हुन्छ भन्ने सुनेको हो मैले तर अनुभब्को आधारमा कस्तो हुँदो रहेछत ?
९, त्याहाको भु गर्भामा कुनै खनिज जन्य पदार्थ अर्थत ग्यास धातु वा अन्य केही पदार्थ पाईन्छ कि पाइन्दैन ? वा खोज को क्रम मा छ ? र अरु देश को बिशेष गरे बेलायत र अमेरिकाको अनुभब पनि सुनाउनु हुन्छ कि सर्ले ? बिशेष गरी यि देश्ले भबिस्यमा कस्तो फाईदा लिना सक्छन त ?
१०, बातावरण त एकदम सफा होलानी होइन र ?
११,र अन्तमा तपाईंले पत्ता लगाउनु भएको अनौठो चिज के हो ? र त्याहा हामीले के गर्न सकिन्छ होला जस्तो लाग्यो तपाईंलाई अनी मानब जगत्का लागि तपाईंले देखेको फाईदा के हो ? र यो महादेश्ले भबिस्यमा कस्तो रुप लेला ?
१२,अनी बिशेष गरेर तपाईंले गर्ने अनुसन्धान के बिषय वा उदेस्यमा पर्छ ? बैज्ञानीक उदेस्यको नै होलानी होइन ?
१३,समुन्द्रहरु कती गहिराइ का होलान ? हिउ मात्रनै भए पनि निस्चित गहिराइ होलानी होइन ? बिशेष गरी समुन्द्रको यात्राा गर्दा कसरी र कुन बिधी अपाईन्छ ? र कसरी गरिन्छ ?
१४ यस्ले छिमेकी महादेश्लाई तपाईंको अनुभब्मा कस्तो प्रभाब पारेको जस्तो लाग्छ ? र यस्का रहस्यहरु के हुन ?
१६, करडौ बर्ष अघी मानब बस्ती थियो होला यहाँ ? बिज्ञान के भन्छ ?अनी यहाँ पaiने जिब पेइङुइन को औसत आयु कती हो ? यो स्तन धारी हो कि होइन ?
मन परे हरियो, नपरे रातो
1
0
Great job Bishwo brother !!!!!!
मन परे हरियो, नपरे रातो
1
0
great!!!
मन परे हरियो, नपरे रातो
1
0
हो यो फिल्म मा बुद्द लाई भरत म जन्मेको भनेको छ, मैले पनी नेट बाट हेरदा साह्रै रीस उथो तर कहाँ कसरी कम्प्लैन गर्ने। यो त आती नि भो है साथी हो,मेरो बीचर मा तो शब्द परिवर्तन नगरन्जल नेपाल मा तो फिल्म बन्द गर्नु पर्छ अनी चेन्ज को लगी जोड दबाब देनु पर्छ।
मन परे हरियो, नपरे रातो
1
0
Thanks for sharing your experiences. These are really interesting for me.
मन परे हरियो, नपरे रातो
1
0
hi uncle great picture of antartica i like the picture of the penguin it was cool and great artical too.
मन परे हरियो, नपरे रातो
2
0
Nepali napugeko thaun biswoko kunai kuna kapcha pani banki rahenachha. sarai khushi lagyo.
मन परे हरियो, नपरे रातो
1
0
आफूले नदेखेको तर कितावमा पढिएको बिषयबस्तुलाई खुलस्तरुपमा नेटको सञ्जालबाट देख्न पाउँदा औंद्यी रमाईलो लाग्यो । अधिकारी ज्यूलाई धन्यवाद नदिईरहन सकिन्न । अर्को भाग र त्यहाँको अन्य थप जानकारीहरु थाहापाउनको लागी कौंतुहलमा रहेको छु ।
मन परे हरियो, नपरे रातो
1
0
its great man,
we are waiting your next article yaar
मन परे हरियो, नपरे रातो
1
0
Great article! Thank you Bishwojee!
मन परे हरियो, नपरे रातो
1
0
Frivolous and motivating work. Keep on going mate. Please do keep on posting about your research work too and let us know is there any tour possible for general people like us?
मन परे हरियो, नपरे रातो
1
0
Thank you so much Mr.Adhikari. willing to see and read
more facts about Antarctica. best of luck Mr.Adh.
for your next research. Really you did a great job.
Keep it up.
sydney, Australia.
मन परे हरियो, नपरे रातो
1
0
i am totally agrre with sameer
मन परे हरियो, नपरे रातो
1
0
हेल्लो बिश्वो दाई,
तपाईंको आर्टिकल mysansar.com मा पढ्न पाउदा नीकै खुशी लाग्यो।
Ramchandra Adhikari , Denver {COLORADO}
मन परे हरियो, नपरे रातो
1
0
Badhai cha Bishwonath ji, You are our proud. You are Nepal’s proud. We all wish your great achievement.
मन परे हरियो, नपरे रातो
1
0
i always had dream to reach this place. I may not be able to be there but thank you very much to take me there via computer…….good work
मन परे हरियो, नपरे रातो
1
0
Congratulations Adhikari ji and keep up Nepali name high. We have Pramod Aryal here in Adelaide and he was there in Antartic few years ago and we had a chance of viewing his photographs. He was working on assembling satelite antenas for British Defence (army) I think. You might know him.
मन परे हरियो, नपरे रातो
0
0
U did great job
can u write something about your research ? what kind of research u are doing there.
मन परे हरियो, नपरे रातो
2
0
Nice job keep going on for further research…
मन परे हरियो, नपरे रातो
1
0
great Biswa
Its nice to see your article. You are brilliant from your school, campus life to your study in Belgium. It made me more happy to see your present nice introduction of your reserach area about Antartica. Great Very Few people have this great opportunity. Congratulation. Wish you good luck to uncover great finding over there so that we the nepali reader can be able to hear more about you with your scientific achievement.
Good luck and great job. Hope you will disclose all querries asked by all reader. Very happy to reda your article and picture few time to recall you.
मन परे हरियो, नपरे रातो
1
0
badhai chha vishwanath jyu lai. May God continue to bless you and trip.
karuna
मन परे हरियो, नपरे रातो
1
0
It is very nice and different flavours for the readers of My Sansar. Thanks alot for your photos and nice article.
मन परे हरियो, नपरे रातो
1
0
Thanks for your information about antartica. I have one question for you. I hope you will give information about IGLOOSE and ISKIMOS ?
मन परे हरियो, नपरे रातो
1
0
B.N.Adhikari g,
very-very nice article.
thank you very much.
best of luck.
मन परे हरियो, नपरे रातो
0
0
जीवन जि,
नेपालमै पनि सारिरिक् काम गर्नेहरु जहान गये पनि त सारिरिक् काम गर्छन् नि होइन र ? खोजी पस्नुस् त नेपालीहरु कती छन कती राम्रा राम्रा काम गरी बस्नेहरू | हो सुरुमै औने बितिकै नेपालमा ज्वाँई आयो भन्ने जस्तो गरी कस्ले राम्रो काम पौन्छ र, अझ विद्यार्थी भएर आउँदाको स्थिती अर्कै कुर हो | नेपालमा मात्र हो जीवन जि प्रधानमन्त्री को गार्ड भएर काम गर्ने छोरा बिदेस आएपछी कम्प्युटर बीसेसग्य हुने त, अमेरिकामा पनि त्य्सरी हुन पौने भये तपाईंलाई खुशी लग्थ्यो होला |
मन परे हरियो, नपरे रातो
1
0
माईसंसारका पाठकहरुलाई एकदमै नौलो स्वाद पस्किनु भएकोमा अधिकारीजीलाई हृदय देखि धन्यवाद! ६ महिना दिन र ६ महिना रात हुने अन्टार्कटिकामा पुग्ने सायद् तपाईनै पहिलो नेपाली हुनुहुन्छ।बधाई छ तपाईलाई।
मन परे हरियो, नपरे रातो
1
0
ज्ञानबर्दक लेखका लागि अधिकारिजी लाई हार्दिक धन्यवाद दिदै अध्ययनको पूर्ण सफलताको कामना गर्दछु ।
मन परे हरियो, नपरे रातो
1
0
Very good to see Biswa on this blog, my regular surfing web. though he was updating his pictures and activities on facebook network as he promised to do before leaving his university.I request not to doubt his work (as some post reflect the kind of suspect) and hope to read/see next article very soon considering all the comments/questions.
Wishing your stay safe and warm.
TPK
मन परे हरियो, नपरे रातो
0
0
Adhikari Jee,
I Guess, you are the first person who went to Antartica.
Congratulation.
Let’s give him big hand everybody.
मन परे हरियो, नपरे रातो
1
0
Excellent job…. Keep up the sprit of IAAS,Rampur.
मन परे हरियो, नपरे रातो
1
0
Intersitng. Thanks for sharing
मन परे हरियो, नपरे रातो
1
0
आज मलाई कमेन्टहरु पढ्दा एउटा पनि कमेन्टमा भाडा माझ्न नेपालीहरु अमेरिका जान्छन भन्ने कुरा उल्लेख नभएकोले अचम्म लगेको छ |
आफु अमेरिका जान नपाएकोमा रिस पोखने दरिद्र मनसिक्ताबाट माथि उठेर हेर्नुस्, नेपालीहरु बिदेसमा आएर कस्तो कस्तो राम्रो कामहरु पनि गरेका रहेछन भनेर गर्ब गर्नुस् | अधिकारिज्युलाई धन्यवाद राम्रो काम अनी राम्रो सुचना को लागि |
मन परे हरियो, नपरे रातो
1
0
Guys,
Its really great that some one from Nepal went to Antarctica. But you know i have found similar photos in Google. Another thing is I could not find any thing about Mr Bishow Nath Adhikari in google, that is giving me to think about this article twice. I am not saying that it is not real person, butif he is real then why i am not getting any thing about him in google? Why i found same picture in google?
Pls provide some link where we can go and find some more info.
thanks.
मन परे हरियो, नपरे रातो
1
0
Biswanath ji,
Great job, nice pics, I think your research is really exciting. My Qs–
6 mahina samma ujyalo huda ra 6 mahinai adhyaro huda manche haruko kaam garne tarika ra behavioral pattern ma kasto change hune hola?
what is the main food of the people who live there?
thanks
CB
मन परे हरियो, नपरे रातो
1
0
thanks for nice photo and articles n hope for next article also …..
मन परे हरियो, नपरे रातो
1
0
Thanks a lot for the amazing information.Mr.Adhikari! u did a good job.Wish u all best.
मन परे हरियो, नपरे रातो
1
0
wow its really good place bro.
keep it up. enjoyyyyyyyyyyyyyyyyy
मन परे हरियो, नपरे रातो
1
0
अधिकारी जी
मन छोयो मुटु छोयो सप्पै शरीर छोयो
फेरि गर्छु अनुरोध अरु के-के भयो?
हाम्रा लागि आश्चर्य र अनौठाका कुरा
शब्दसँगै फोटो राखी गर्दिनुस् है पूरा।
१
पुग्ने बाटो कसरी हो? काँ-काँ हुँदै जाने?
समयले कति लिन्छ?त्यहाँ के -के खाने?
फोहोर् पनि हुन्छ होला!कस्तो छ-पद्धति?
काम ऐले के गर्दै हो?कस्तो छ उन्नति?
२
भ्याए देखि समयमा उत्तर दिनु होला
अझ भनूँ,रोमाञ्चक वर्णन् गर्नु होला
यति ठूलो साहसको गर्छु म सलाम
वीरताको वर्णन् गर्न सक्तैन कलम।
मन परे हरियो, नपरे रातो
1
0
excellent tour, jealous with d writer..! enjoy n give knowledgeable information to nepal.
मन परे हरियो, नपरे रातो
1
0
Thanx for your presentation of your experience and identity of world and nature.
hope you will more
मन परे हरियो, नपरे रातो
1
0
I m proud of u thanx. . . .
मन परे हरियो, नपरे रातो
1
0
sarai ramro lagyo……jwain saaheb
मन परे हरियो, नपरे रातो
1
0
धेरै राम्रो बिषयमा कुरा उठाउनु भो आज तपाईंले । सधैंको राजनीतिक कुरा, मान्छेहरु मारिएका खबरहरु मात्र अनी लोड्सेदिङ्को जगजगी भएको वर्तमान नेपालबाट धेरै टाढा पुगेर हामीलाई नयाँ बिषयमा बहस गर्ने मौका दिनु भो
मन परे हरियो, नपरे रातो
1
0
सुन्दर अती सुन्दर!
मन परे हरियो, नपरे रातो
1
0
nice photo haru yarrrrrrrrrr
मन परे हरियो, नपरे रातो
1
0
nice picture
मन परे हरियो, नपरे रातो
1
0
कहाँ पर्ने रहेछ कृपया झर्को नमानी कन बताइ दिनहुन्छकी बताइ दिनुभयमा म पर्देशी अती आभरी हुनेथियोउ
comment by man bahadur syangta
मन परे हरियो, नपरे रातो
1
0
त्यहाँ किन ६ महिना उज्यालो र ६ महिना अँध्यारो हुने रहेछ ? यसको भौगोलिक कारण के हो, कसैलाई थाहा भए लेखिदिनुहोला ।
फोटोहरू धेरै नै सुन्दर छ । लेखको लागि धेरै धन्यवाद ।
मन परे हरियो, नपरे रातो
1
0
तपाईं त्यहा अनुसन्धान को लागि जानु भएको रहेछ मलाई साह्रै खुशी लाग्यो। र तपाईंले त्यहादेखेका र भोगेका कुर हरु हामीलाई पनि जान्ने अवसर दिनु भयो यसरीनै अरु पनि तपाईं का अनुभव हरु हामीलाई जान्ने बुज्ने अवसर मिल्ने छ भन्ने आसा राख्दछु
मन परे हरियो, नपरे रातो
1
0
बिश्बनाथ जि !
धेरै धन्यवाद यसरी आफ्नो अनुभब हामी सँग बाड्नु भएकोमा ।
तपाईं त्यहा कुन उद्देश्य ले पुग्नु भएको थियो ? ( यहाँ अनुसन्धान गर्नको लागि भनेर लेख्नु भएको छ , अनुसन्धान भन्ने त बुझे तर कस्तो अनुसन्धान त्यो चाँही बुझिन । )
तपाईं बिज्ञान को बिद्यार्थी भएर जानु भएको हो कि ?
तपाईं त्यहा नेपाल सरकार को प्रतिनिधि भएर जानु भएको हो कि अमेरिका को तर्फ बाट प्रतिनिधि भएर जानु भएको हो ?
त्यसरी जा दा प्रती ब्यक्ती खर्च कती लाग्दो रहेछ ? त्यो तपाईंले ब्यहोर्ने हो कि कुनै सस्थाले ?
असाध्यै अनौठो ठाउँ मा पुग्नु भएको हुनाले यसरी जिज्ञासा राख्न पुगे है ।
त्यहा कती दिन बस्नु पर्दो रहेछ ? अनी मान्छे कती दिन सम्म बस्न सक्छन ? सामान्य तया मान्छे हरु त्यहा कती दिन बस्दा रहेछन ?
आफ्नै मुलुकको नेपाली त्यहा पुग्नु भएको खबर पढ्दा त आँफै त्यहा पुगे जस्तो खुशी र गर्ब लाग्ने रहेछ ।
त्यस्तो ठाउँ मा यो भन्दा अघी कुनै नेपाली पुग्नु भएको थाहा छ ?
धेरै कुरा पो सोधे त मैले !
अर्को कुरा पनि ,
त्यहा जाने हरुले प्रयोग गरेका टि न् – पलास्टिक आदी इत्यादी बातावरण प्रदुसित गर्ने समान हरु त रित्ते पछी लैजाने ले नै ल्याउछ्न होला नि आफ्नो साथ मा ? कि हाम्रो पहाड र हिमाल च् ढ्दा जसरी जथाभाबी फालिएको हुन्छ त्यहा पनि फोहोर ? हुन त अहिले आएर हाम्रो तिर पनि फोहोर जथाभबी नफाल्नु त भनेको हुन्छ तर पहाड तिर हेर्यो भने शहर बाट जाने शिछित हरुले नै नियम पालना गरेको देखिदैन , जहाँ तही टि न् , सिसा , प्लास्टिक भेटिन्छ । त्यहा त्यस्तो देखिन्छ कि देखिदैन ?
मन परे हरियो, नपरे रातो
1
0
aha kati ramro thau teha jana payeta yo nepalko babal bata mukti paintheyo ho la hai …sathi haru ki kaso jane ho ta…la jane vaye aunus masagy..afuta hidiyo..
मन परे हरियो, नपरे रातो
1
0
It is real but realistic as well as unique natural scene which is very very charmful and attractive.Thanks for your giving information and writing about it and always look forward to seeing such article
मन परे हरियो, नपरे रातो
1
0
very nice article and thanks for bringing it to us.
मन परे हरियो, नपरे रातो
1
0
Great work…
thanx alot for sharing with us…
मन परे हरियो, नपरे रातो
1
0
We are hang to listen the news of politics and same news about Our coutry Nepal but this articles(From Sagarmatha to Antartica) gave me different taste and I liked so much.we are proud of you.
मन परे हरियो, नपरे रातो
1
0
त्यो फिल्म नेपालमा Ban गर्न पर्छ। हैन, सिनेमा देखाउनु भन्दा पहिला त्यस को certification ( चलाऊन मिल्ने वा नमिल्ने ) पहिला त हुन्त्यो , अब माओवादी को सरकार आए पछी त्यो पनि बन्द भयो कि के हो। Greater Nepal चाँही देखाउन नदिने अनी ” चाद्ननी चोक टू चाइना ” चाँही दिने। यस्को बारेमा आर्टिकल मेरो संसार मा आउन पर्यो । Producer Warner Brothers ले गल्ती को माफि माग्नु पर्छ।
मन परे हरियो, नपरे रातो
1
0
Its great news to hear in life route the son of Nepal reached in Antarkatika Mahadesh…..Anyway strive more and more continuing and update news again…
Finally save journey and in own job place !
Thats all
DBGurung ( Japan )
मन परे हरियो, नपरे रातो
1
0
Bishow Nath ji, nice trip. Its almost similar to North pole Island Savalbard environment. We saw polar bear at savalbard, is there any polar bear in this area?
मन परे हरियो, नपरे रातो
1
0
अधिकारिजि,
तपाँइको लेख पढेर अनि यि फोटाहरु हेरेर भित्रैबाट खुसि लाग्यो । अनुसन्धान,खोज,यात्राहरु सबै शिक्ष्याकै पाटाहरु हुन । हामिलाइ शिक्ष्याको खाँचो छ । तपाँइको अनुसन्धानले नेपाल र बिश्वका लागि सकारात्मक योगदान दिनेछ । एउटा नेपालि त्यो ठाँउमा पुग्नुलाइपनि म उपलब्धि मान्छु । तपाँइको प्रगतिको कामनाका साथ अर्को लेखको प्रतिक्ष्यामा ।
स्याटेलाइट
मन परे हरियो, नपरे रातो
1
0
Great! I love to go to there but….. Well, you are in the world of frozen water and rite now i am writing from the world of water. I am on the way to Hawaii from Costa Rica across the Pacific Ocean through out the equator. If you like to see where I am, clickwww.whoi.edu/page.do?pid=8581
I will try to share my experiences later in this blog.
मन परे हरियो, नपरे रातो
1
0
Mr. Adhikari,
Keep inform us. Good job.
Sonam
मन परे हरियो, नपरे रातो
1
0
The world society should preserve such kind of place without polluting. Decreasing the environment day by day ice is going to melting. That is why it will be big problem in future. Any way the nature is wonderful. We should learn to keep nature in right track. but everyone should care whether to any countries of the world.
मन परे हरियो, नपरे रातो
1
0
Good job Mr. Vishwonath ji. Keep it up. I felt very glad that one Nepali person is conducted such research. Good wishes for your Every steps. Go ahead you will be success to catchup your aim. thanks.
मन परे हरियो, नपरे रातो
1
0
CORRECTION FOR WRONG INFORMATION,
IT IS SUMMER IN SOUTH POLE, SO THERE IS NO NIGHT THESE DAYS.
BUT IN WINTER IT WILL ALL NIGHT NO DAY.
IT IS NOT WISE TO SAY THAT THERE WILL BE NO NIGHT IN ANTARTICA. BUT, IN NORTH POLE OR ARTIC ITS ALL NIGHT NO DAY IS GOING ON AS WINTER IS THERE.
UMESH JEE, IT WILL BE WISE TO CORRECT SOME INFORAMTION BEFORE PUTTING TO BLOG. IT IS SOMETIE REDICULOUS TO SEE SUCH A ARTICLE.
मन परे हरियो, नपरे रातो
1
0
oh kya daami thanks maile pani sayer garne mauka paye
मन परे हरियो, नपरे रातो
1
0
I wish to hear more about it…
मन परे हरियो, नपरे रातो
1
0
I want to support Sameer jee,
चादनी चोक टु चाइना। मा बुद्ध जन्मिएको देश भारत भनिएको छ। खै कोहि पनि बोल्दैनन किन हो। साबी थकिसके जस्तो छ । नेता हरु त बोल्दैनन तर पत्रकार हरु कता गये । उमेश जि ले केही गर्नु हुन्छ कि ?
thanks
prakash
मन परे हरियो, नपरे रातो
1
0
बिश्वनाथ जी,
रोचक लेखको लागी धन्यबाद!
मेरा केही जिज्ञासाहरू यस प्रकार छन्:
१. अन्टार्कटिकामा हरिया बनस्पतिहरू उपलब्ध छन् की छैनन्?
२. पेन्गुईन बाहेक अरू स्थल प्राणीहरू पाईन्छन की पाईदैनन्?
३. क्याम्प बाहीर बस्नुपर्दा हिऊँको गुफामा बस्नाले सुरक्षीत हुने कुरा बताउनु भयो, किन होला?
४. मानविय प्रयोग बाट उत्पन्न फोहोर को ब्यबस्थापन कस्तो छ?
मलाई आशा छ, यहाँले नझर्कीकन मेरा जिज्ञासाहरूको उत्तर दिनुहुनेछ।
धन्यबाद!
ज्ञान, दोहा-कतार
मन परे हरियो, नपरे रातो
1
0
अधिकारी जु लाई धेरै धेरै हार्दिक धन्यवाद र आभार प्रकट गर्दछु यो नौलो जानकारीकालगी, नेपाल जस्तो अती गरीब मुलुक बाट सहभागीता जनाउदै यो महादेश सम्म पुग्न सफल तपाईंको यात्रा निरन्तर अगाडि बढीरहोस्, तपाईंको यो फोटोसहितको प्रस्तुती साहारै सर्हानिय र मनमोहक छ, एस्तै अरु नौलो जानकारीहरु यसरीनै पस्किदै जानु म मेरो तर्फ बाट फेरी एकपटक सलाम गर्दछु,पूर्ण सफलताको शुभकामना सहित ल ।
मन परे हरियो, नपरे रातो
1
0
सुन्दर अती सुन्दर!
मन परे हरियो, नपरे रातो
1
0
बिश्वनाथ जी तपाईको यो साहसिक यात्राले हरेक नेपालीको छाती गर्वले फुल्ने छ , संभव हुन्छ भने तपाई र त्यहा हुने गरेको अनुसन्धानको बिषयमा थाप जानकारी दिनुहुन्छ कि
मन परे हरियो, नपरे रातो
1
0
Great job!
We want more pictures and more info about your research. I am proud of you. Can you please give us some details about your team, your specific work on the team, your university or institute affiliation, etc. Make sure that some people don’t suspect you of being another Sherpa guide here!!! Hehehe I am kidding but I’d be proud to know more about you and your research so people would have no questions about you.
Best of luck!
मन परे हरियो, नपरे रातो
0
0
thankx hami le pani antartica sayer garne maoka paayeu
मन परे हरियो, नपरे रातो
1
0
Hi bro,
Malai ta mathika photo ma sangka lagyo, sathi gayeko bhaye , yeuta aphno photo ta khichnu parthiyo ni.Yo sathile hamilai chiting gareko ho sathiho.
Kopila
UK
मन परे हरियो, नपरे रातो
1
0
Thank you very much for nice article.
मन परे हरियो, नपरे रातो
1
0
I am also agree with sameer jee,
“Chadani chok to China” is also released from Nepal so they give wrong information about the birth place of Buddha. May be Umesh jee can do someting about it.
thanks,
prakash
मन परे हरियो, नपरे रातो
1
0
adhikari ji tapai ta swarga manai pugnu bhaye6 ni. aaha kasto ramro thau. tapai jasari tyo sundar thauma pugnu bhayo tesari nai tapai ko grouplai anusandhanma purna safalata prapta hos bhanne agrim shuvakamana.
मन परे हरियो, नपरे रातो
1
0
Bishow Nath jee,
thank you very much.
I feel i am also in that place.
So interesting.
If possible please provide more photos and detail information of that place.
thank you again
thanks
prakash
मन परे हरियो, नपरे रातो
1
0
yaha kaka ramro thu po rahe chha!!
thanks for photos
मन परे हरियो, नपरे रातो
1
0
thnx for sharing. good luck with ur research.
मन परे हरियो, नपरे रातो
1
0
आहा क्या राम्रो द्रिश्य साह्रै रमाइलो लाग्यो
शायद हाम्रो देश मा पनि यस्तै राम्राा राम्रा
द्रिश्य पकै छन् तेती मात्रही फरक छ कि
हाम्रो देश मा रात दिन = हुन्६ हिमाल
पहाड हिम सिरिन्खला त छन् भयर के
गर्नी हाम्रो देश का राक्छेस रुपी नेता हरु
ले बेचेर खाईसक्य अरुको देश हेरेर भयपनी
रमाउन पर्नी रयछ हस्त नमस्कार
उमाकान्त सापकोटा
मलेशिया ताइपिङ्
नेपाल गैंडाकोट थुम्सी चोक नौ
फोन नो ०१२ ३९८२७६०
मन परे हरियो, नपरे रातो
1
0
बिश्वनाथ जि,
Hat’s off for you and all the best for your futures.
एउटा नेपाली आमाको छोरो त्यस्तो ठाउमा पुगेर अनुसन्धान गर्न पाउनु नेपालको लागीनै गर्बको कुरा हो।
तपाई संग जिज्ञासा राख्नको लागी हामीलाई त के नै थाहा छ र त्यहाको बारेमा, तपाईको जे जे अनुभब छ, ब्रिस्तित रुपमा अर्को लेख लेख्नु होला। बरु फोटोहरुको लागी अलि धेरै राख्नु भए हुन्यो।
मन परे हरियो, नपरे रातो
1
0
फरक प्रसँग ,
‘चाडनी चोक तो चाइना ‘भन्ने फिल्म मा गौतम बुद्द लाई भारत मा जन्मेको भनिएको छ । भारत को हेपहा प्रबिती झन्झन तिब्र हुँदैछ । नेपाल को आन्तरिक मामिला मा त हस्तछेप गर्छ गर्छ अन्तरराष्ट्रिय स्तर मा पनि नेपाल को अस्तिस्व समाप्त पार्न खोजिन्दै छ । गौतम बुद्द नेपाल को अस्तिस्व सँग सम्बन्धित बिषय हो । सो फिल्म बिदेसी लगानी (Warner Brothers) को हिन्दी फिल्म हो । फिल्मी क्षेत्र भनेको जनमानस लाई तुरुन्तै प्रभाब पर्ने साधन हो । तसर्थ नेपाल को सम्बन्धित पक्ष लाई जानकारी दीइ तुरुन्तै सो वाक्य सेन्सर गराउन दवाब दिनुहुन म माइ संसार लाई आग्रह गर्छु ।
समीर
जापान
मन परे हरियो, नपरे रातो
1
0
lucky guy:P
मन परे हरियो, नपरे रातो
1
0
it is really interesting article. Thanks keep it up.
मन परे हरियो, नपरे रातो
1
0
कति राम्रो लाग्यो मलाई त आहा सिन पनी कति राम्रो !म त खुशिले गदगद भये .
सार्है मनमोहक दृश्य .
मन परे हरियो, नपरे रातो
1
0
grate job dude,
sometimes this types of artical will be refresh for viewers
मन परे हरियो, नपरे रातो
0
0
thnx for giving wonderful diet. should nepali leaders be as white as that ICE?
मन परे हरियो, नपरे रातो
1
0
great job u made all of us proud ,best of luck for your further research,
मन परे हरियो, नपरे रातो
1
0
लेख को लागि धेरै धेरै धन्यवाद। ज्यादै रमाइलो कुराहरु रहेछ है !!!!
मन परे हरियो, नपरे रातो
1
0
i wish i would also be there
मन परे हरियो, नपरे रातो
1
0
आहा! कत्ती रमाइलो द्रिश्य.
साथै जानकारी-मुलक लेख तथा फोटोको लागि धेरै-धेरै धन्यवाद तपाईंलाई।।
मन परे हरियो, नपरे रातो
1
0
Wowowoww……
thankx Biswanatha Ji,
Afu napugne Yo mahadesh ghumaidiyeko ma.
मन परे हरियो, नपरे रातो
1
0
Mr. Adhikari,
Wow.great.
Thank you so very much for the article. Loved it.
मन परे हरियो, नपरे रातो
1
0
Great Auta Nepali ko chora pani aaj antratica mahadesh ma pugan sakeko ma ra sathai yo ramro information hami sang share gareko ma.
मन परे हरियो, नपरे रातो
1
0
nice article brother keep it up! I cheked the other pics u uploaded in ur FaceBook. u used to be a brilliant guy in IAAS and i know, u surely would make urself shine in the future.
मन परे हरियो, नपरे रातो
1
0
kasto ramaelo thau rahicha kas!!biswanatha sir ko thau ma ma vaeta…………………….???????
मन परे हरियो, नपरे रातो
1
0
I felt great that you as a Nepali conducting great research with research team in order to explore new findings. I hope you will come in Nepal with new experience and we will wait your explorative research’s conclusion. Thanks
मन परे हरियो, नपरे रातो
1
0
i agree with you sameer .Just Boycott that movie just like we boycott other hindi movies who doesn’t respect our country.Indians are the most fools in this world . people of every countries bordering hate india because of their such type of behaviour.
मन परे हरियो, नपरे रातो
1
0
यदि यसो हो भने मेरो पनि समर्थन छ, उमेशजी तु लेख्नुपर्यो ।
मन परे हरियो, नपरे रातो
1
0
श्री बिश्वोनाथ जि तपाईं ले गर्नु भयको कामको सरहान गरदै तपाईं ले गर्द हाम्रो सिर उठेको छ we are proud of you तर india ले गर्दा हामीहरु सबै दिन दिनै रोइ रहेक छौ । समिर जि म पनि तपाईं सँग समत छु मैले पनि त्यो फिल्म हेर्दा त्यो कुरा गर्ने बितिकै मैले फिल्म बन्द गरे यहाँ पनि हामीहरु दुई चार परिवार ले त्यो फिल्म नहेर्न अरुहरु लाई पनि आगर्ह गरे तेसैले तपाईं ले भनु भए जस्तै नेपाल को सम्बन्धित पक्ष लाई जानकारी दइे यो फिल्म नेपाल मा बन्द को साथ् साथै अन्तरराष्ट्रिय स्तर मा पनि एस्को बिरोध गर्नु पर्छ एस्को लागि म उमेश जि लाई यस बारेमा केही लेखी यो कुरा सम्बन्धित निकाय मा पुरैदिनु हुन्न बिनम्र अनुरोध गर्द्छु हामीहरु दुई चार जना मिलेर आकोर्स पोखे तर यसले केही हुँदैन सो उमेश जि तपाईं बाट धेरै आशा लिदै छु हाम्रो मन साह्रै दुखेको छ उमेश जि ।
लण्डन बाट
anila
मन परे हरियो, नपरे रातो
1
0
फेरी आन्दोलन र बिरोध का कुरा गरेर रगत तातो नपारौ होला साथी हो, यस्ता झिना मसिना कुरा मा ठुलो स्वोर गर्नु बेकार छ। सक्नुहुन्छ भने सुस्ता मिचिएका कुरा गर्नु, त्यो पनि अझै नसके आफ्नै तराइ का नेता हरु लाई हेर्नोस, तराइ लाई देश ले सधैं उपेक्ष्य गर्यो रे, तेसैले अब तराइ स्वयत्त मदेश प्रदेश बनाउने रे, सरकार ले बात् ले नमाने लात ले मान्छ रे ,नेता भएका कटुवाल को भनाइ थियो त्यो बि.बि.सी मा । आफ्नै देश भित्र दाजु भाई हरु खस र मधेश भनेर आरोप प्रत्यरोप गरिरहेको बेला, त्यो जबो फिल्म को कुर, नहेरे भाईहाल्यो नि हिन्दी मुभि हरु, पहिला आफ्नो देश बनोस, बुद्ध लाई पछी चिनौदै गरुला, बुद्ध जन्मेको हाम्रो देश मा हो भने फेरी किन आन्दोलन को अबुद्धता देखौने, तातो रिस गरेर के हि हुने वाला छैन, लड्ने नै हो भने आफ्नै देश भित्र समस्या हरु प्रसस्त छन, मन भित्र देश हुने हरु अब मन भित्र देश नहुने सँग शान्ति पूर्ण संघर्स छेद्नु पर्छ, होइन भने बुद्ध को देश भन्नु को के अर्थ, भो भो भयो ,रगत धेरै नऊमालौ जस्ट ignore गरौ .upachar गर्नु पर्ने घाऊ पहिलो कुन हो ,तेता लागौ। तराइ हेर्नु आज ,दिउसै पनि त्रस्त छ, सर्ब्साधारण हरु मन मा लगेको कुरा बोल्दा पनि मृत्यु को आभाश बाट daraera मौन छन। नेता हरु अधिकार भन्छन, जनता हरु पिसिन्छन, तेसैले मित्र हरु देश भित्र हेरौ, बहिर तेस्पछी।
मन परे हरियो, नपरे रातो
1
0
समीर जि
मैले पनी आज त्यो फिल्म हेरेको थिए। सो शब्दले मेरो पनि मन खिन्न भएको छ। यो सम्बन्धमा हामी सबैले मिलेर बिदेस्मै बसेर पनि संगथीत भएर बिरोध को स्रिन्खला सुरु गर्नु पर्छ जस्तो लाग्छ। अहिले ईन्टरनेट को जमना मा यो सम्भब छ। प्रतिकृया लेख्नु होला।
durga
va usa
durga2001@hotmail.com
मन परे हरियो, नपरे रातो
1
0
अब नेपाली युवा हरु मरे जस्तोछ । यो फिल्म नेपाल मा चलाऊन दिनु हुन्न । जुन हल ले चलाऊछ त्योहल जलाउनु पर्छ।
जय देश
जय नेपाल
मन परे हरियो, नपरे रातो
1
0
यस्तो देख्दा त भन्न मन लाग्छ, “नेपाल बिग्रेको नेताले मात्र गर्दा होईन, जनताले गर्दा पनि हो”। हैन फिल्म हल चाहि किन जलाउने????? त्यो फिल्ममा त्यसो भन्यो भनेर हाम्रै नेपाली दाजुभाईको पसिनाले बनाएको हल चाहि किन जलाउने। बिगार्ने भत्काउने बाहेक अरु बिरोधका उपाय छैनन्। सुरेस जि, सक्नुहुन्छ भने ईन्डियन एम्बिसीको अगाडी गएर धर्ना बस्नोस न तपाईको कदमलाई सबै नेपालीले सम्मन तथा सहयोग गर्ने छन्।
हैन हामी नेपालीको दिमागमा आफ्नै संरचना बिगार्ने भत्काउने बाहेक अरु उपाय आउदैन कि क्या हो?
Administrator ज्यु, आफ्नो देशको संरचना नबिगारी अनि नभत्काईकन, अर्काको अधिकारलाई पनि सम्मान गरी बिरोध गर्ने बिषयमा पनि २-४ वटा लेख लेख्नु पर्यो।
यो कमेन्टबाट मलाई यो आरोप नलागोस् कि, म भारत भक्त हुँ। म पनि धोतिहरुको बिरोधीनै हु, तर “सासुको रिस सैता माथी” गर्नु चाहि भएन।
मन परे हरियो, नपरे रातो
1
0
Krishol जि को भनाइसँग म सहमत छु । जलाउने, भत्काउने, टोड्ने र फोड्नेजस्तो अराजक संस्कृतिको मात्रै किन हामि पक्ष्यपोषण गर्छौँ ? सुरेशजि कमेन्टमा मैले उहाँमा रहेको किशोरवयको महशुस गरेँ । त्यो जुझारुपन निकै उत्साहपुर्ण छ भट्टराइजि तर त्यसलाइ टोडफोड र जलाउने,बाल्नेमा लगाउन भयन । भारत नेपालको कहिले मित्र थियन । नेपालका धेरैजसो स्वघोषित बुद्विजिवि,लेखक, पत्रकारहरु यो तथ्यलाइ जान्दाजान्दैपनि डर,त्रास र लोभको मोहमा लेख्दैनन अनि बिशेष सम्बन्धको खोल ओडाइदिन्छन आफ्ना लेखहरुमा ।
भारत भनेको कुनै मान्छेको नाम होइन । भारतमा बस्ने भारतियहरु नै भारत शब्दभित्र पर्छन । भारतियहरुले नेपाल र नेपालिलाइमात्र होइन उसँग साँध जोडियका समग्र दक्षिण एशियालि देशहरुप्रति हेपाहा,मिचाहा प्रवृत्ति जारि राखेको छ । भारतसँग लडेर जितिन्न भन्ने काइते तर्क गर्नु उचित होइन । एकजना कमेन्टरले केहिदिन अघिको एउटा लेखमा यस्तो भावको उदाहरण दिनुभयको थियो ‘ठुलो माछाले सानो माछालाइ खानु संसारको नियम हो भने हामि साना माछा नै सहि, बिषले भरियको सानो माछालाइ ठुलो माछाले कसरि खाँदो रहेछ, हेरौँ अनि बिषले भरियको सानो माछालाइ खाँदा ठुलो माछाकै अस्तित्वचाहिँ कहाँ पुदोरहेछ ?’
मलाइ निकै चित्त बुझ्यो यो तर्क ।
भट्टराइजिको जस्तो युवा जुझारुपनलाइ नेतृत्वतहमा बसेकाहरुले ‘क्याश’ गर्न जान्ने हो भने, देशको सिमा नियन्त्रणतिर लाग्नुपर्छ र भारततिरको परनिर्भरतालाइ घटाउँदै जानुपर्छ अनि भारत नेपालको मित्र हो भन्ने भ्रमबाट जनता र स्वयँलाइ निकाल्नसक्नुपर्छ ।
भरतिय चलचित्रहरुले बिगतमापनि नेपालको मानमर्दन बारम्बार गरेका छन । तोडफोडमा लाग्नुभन्दा भारतिय दुतावास अगाडि शान्तिपुर्ण धर्ना दिने र दुतावासलाइ यससम्बन्धि बिरोध जानकारि दियर समस्या समाधानतिर लाग्नुपर्छ तर दिर्घकालिन समाधान भनेको भारतसँगको सम्बन्धलाइ पारदर्शि बनाउने र बिशेष सम्बन्ध भनिने कुटिल जालबाट नेपाललाइ उम्काउनुपर्छ ।
स्याटेलाइट
मन परे हरियो, नपरे रातो
1
0
क्या अचम्म हाम्रो देश युबा हरु को बुद्दी देख्दा । अब फिल्म को कुरा लिएर प्रदसन गर्ने कुरा गर्छन्।
Please don’t be an idiot and do the same mistake that we did a decade ago, when we protested against hritik. Due to our foolishness we killed three Nepalese people and made foreigners laughed at us.
Lets say Mr. Bob is ignorant and he thinks Mt. everest is in India. He makes a video on mt. everest and uploads it to youtube, in that case are you going to burn tires in Nepal to protest against ignorant mr. Bob? Common guys… There is nothing wrong if some ignorant director thinks Buddha was burn in India. At least we don’t have to go for Nepal bandh, or burning tires, and demolishing our property.
My advice, If you like Hindi movie then watch it, have fun, feel sorry for director’s general knowledge and forget about that movie. Anyways that movie is BAKWAS.
मन परे हरियो, नपरे रातो
1
0
very wise comment by deepak. एकदम राम्रो comment लेख्नु भयो तपाईंले। धेरै नेपाली अफ्फै म हिन भावना छ। सद्दै अरुले राम्रो भन्दिये द्ङ पर्ने अनी नराम्रा्ओ भनेदिये रुने। एउटा हिन्दी मुभि लाई एत्ती धेरै एम्फसिस। who are indians that you need to be acknowledged all the time from them?? Only reason is that people are too obsessed with indian movies and getting more are more hunted by these industries. Why do you always harvest some inferior complexties …………… really ridiculous. It’s in the UNESCO site that has well stated where the Buddha’s birth place is.
मन परे हरियो, नपरे रातो
1
0
exciting, adventurous, reminds me the movie ” the day after tomorrow”…
thanks for good job.
मन परे हरियो, नपरे रातो
1
0
Bidhwo ji, I read your writing with photoes. Thanks a lot to My Sansar Managing Board for publishing this material in Web as well as writer Bishwo. Like your name, Bishwo,it is tremendous opportunty to visit and do reserch in the ice world for a Nepali one. Your experiance will be highly significant for every Nepali,therefore, I am proud for that. I found that your experiance from Antarkatika is very much pecular, perhaps very few personnels are getting to step Antarkatika, but i enjoyed with your dew world feeling and hope still to add some knowledge about other wilderness areas, climate change status and other diverse feeling.
Regards,
Thaneshwar Bhandari
International Master of Science in Rural Development Ghent University
Belgium
!!!sorry for typing in English!!!!
मन परे हरियो, नपरे रातो
1
0
ho ho yo chadani chok to china film ko birodh garnu paryo.
Huna ta india le Budhha janmeko nepal ma ho vanera khallye pani vaneko chaina, tei pani dhoti le hepeko ramro hoina, yini haru ko birodh garnai parcha
मन परे हरियो, नपरे रातो
1
0
He is really in Antarctica , he used to teach me lab class
in BYU. we should be really proud of him.
मन परे हरियो, नपरे रातो
1
0
Use your common scene which is very very uncommon (to all)Mr./Dr. Kumar- use your head before writing such nonsense comments on such a great article and info. You can say the same thing nicely.
मन परे हरियो, नपरे रातो
1
0
Just read it carefully before you write coments, kUmar jee
मन परे हरियो, नपरे रातो
1
0
read the blog carefully first and comment it kumar g there is word ahile not ever and more depth inside the whole blog.
मन परे हरियो, नपरे रातो
1
0
I READ IT MR. ARYAL AND BYASS,
THIS IS WHY I WROTE THE COMMENT BECAUSE I AM CURRETLY LIVIVING NEXT TO ARTIC CIRCLE ON NORTH POLE. THE ARTICLE IS ABOUT SOUTH POLE. IT COULD BE SAY LIKE MIDNIGHT SON, BUT THE PLACE WHERE SUNSHINE THROUGHOUT THE YEAR. THIS WILL COMPLETLY MISLEAD.
THE ARTICLE IS GOOD, BUT THAT INFORMATION WHICH I MENTIONED MISLEAD ALL. ARE YOU SATISFIED NOW?
मन परे हरियो, नपरे रातो
1
0
ए मूर्ख कुमार,
तिमीलाई नेपाली पढ्न आउँछ ?
आउँछ भने त्यहाँ राम्रोसँग हेर के लेखेको छ
दिन होस् कि रात, जुनसुकै समयमा पनि चीसो हावा चलिरहने, जति बादल लगे पनि पानी चाहिँ नपर्ने, अति नै चम्किलो सूर्यको प्रकाश, अनि २४ सै घण्टा उज्यालो हुने (म अहिले डिसेम्बरदेखि जनवरी महिनाको कुरा गर्दैछु। बाँकी छ महिना त यहाँ २४ सै घण्टा अन्धकार हुन्छ) यस ठाउँको विशेषता नै यही हो।
के कमेन्ट ठोक्नुअघि एकचोटी ब्लग राम्रोसँग पढेका छौ ? हावा तालमा कमेन्ट ठोक्ने ? त्यो पनि कत्ति न अंग्रेजी जान्या जस्तो अलक्याप्समा ?
सूर्य (sun) लाई छोरा (son) लेखेबाट नै यसको हैसियत देखिसकिएको छ। अंग्रेजीको त कुरै छाडौँ, यसलाई नेपाली पनि राम्रोसँग पढ्न नआउने रहेछ। यस्तै बकवास पाठकहरुको कमेन्ट फिल्टर नगरी राख्नुभयो भने तपाईँको ब्लग डुब्ने निश्चित छ उमेश जी। यस्ताहरुले पाठकहरुको समयमात्र नष्ट गर्छन् ।
मन परे हरियो, नपरे रातो
1
0
साथीहरु क्रिपया सभ्य भाषामा कमेन्ट गर्नोस न। कस्तो अल्लारे पारा देखाउनु भएको। कमेन्ट अलि राम्रो भाषामा पनि लेख्नु मिल्थ्यो होला नि है।
आफ्नो ब्यक्तित्व आफैले बिकास गर्ने हो साथी।
मन परे हरियो, नपरे रातो
1
0
biswo ko naksaa hernos tyo kaha parchha ani tapai aafai thaha hunchha kina 6 mahina ujyalo bhanera,prithibi ghumda surya ko prakash tesai gari parchha,north ra south pole najik.
मन परे हरियो, नपरे रातो
1
0
naksa hernuhola tyo south pole najik parchha ,tesaile testo bhaeko ho
मन परे हरियो, नपरे रातो
1
0
मैले स्कूलमा पढेको त त्यहि हो स्पस्ट जवाफको लागि त सूर्य भगवानलार्इ र्इमेल गरेर सोधम्ला ।
मन परे हरियो, नपरे रातो
1
0
Racket जी एक दुई जना को राम्रो उदाहरणलाई प्रस्तुत गरेर सबै अमेरिका मा हुनेहरु राम्रो कामगर्न जान्छन भनेर प्रमाणित गर्न नखोज्नुहोस् । अध्ययन तथा शैक्षिक (academic) नोकारीको भिसा बाहेक अन्य हरु प्राय physical labor गर्नेहरु नै बढी छन । धन्यवाद !
मन परे हरियो, नपरे रातो
1
0
very interesting questions by luna. Answers to these questions would definitely make another nice article.
मन परे हरियो, नपरे रातो
1
0
तपाईंको जिज्ञासा प्रती मेरो पनि समर्थन |अती काम लाग्ने जिज्ञासा राख्नु भो लुना जि
.
मन परे हरियो, नपरे रातो
1
0
mera prashna haru pani lunaji kai sabdama.
मन परे हरियो, नपरे रातो
1
0
Hey Kopila dude,
You got some problem. This shows nepali attitude “Pulling other people’s leg”. Lets appreciate and encourage what Bishwo dai is doing.
BishwoDaiFan
-Provo,UT
मन परे हरियो, नपरे रातो
1
0
see
the following link
http://www.facebook.com/home.php?#/album.php?profile&id=732096189
You can be a friend of him in face book. he has photos in Antractica.
Dipak
मन परे हरियो, नपरे रातो
1
0
Follow this link,
http://mmbio.byu.edu/faculty/bja43/people/adhikari_bishwo.html
मन परे हरियो, नपरे रातो
1
0
दिपक, राम्रो उत्तर । हैन हामी नेपालीलाई के भएको हो कुन्नी जे कुरा पनि नकारात्मक नै गर्ने ।
मन परे हरियो, नपरे रातो
1
0
rk जि बिदेसी हरु धेरै पहिलेइ देखी antartica मा पुगेका हुन। अनी antartica पुग्ने पहिलो नेपाली पनि बिशोव्कर्मा थरका बाग्लुङनिवासी ब्यक्ती हुन, मैले अहिले नाम बिर्सिय, शायद उनी भारतीय सेनामा थिय क्यारे
मन परे हरियो, नपरे रातो
1
0
ho. bishokarma surname (thar) ka hun…….aaile chai gayeka bisho Name (naam) kaa raheechhan………..
naam waa thar Bisho hunu parchhha ki kya ho Antartica pugna lai…….????
मन परे हरियो, नपरे रातो
1
0
bhadai majhera khae ta ke tauko dukhai bhayo ra,desh ko sampati ma bhrastachar ta gareko hoina,saathi ho sram ko puja garna siknos,ko hi padhna sakchhan,antartica pani puglaan,ko hi padhna sakdainan,dhatera ra chorera nakhae ta bhayo ni hainara,bhada majhnu laai kati tallo dekheko saathi ho,buddha janmeko desh ka timi,sabai manish ishworka rachana hun,ko hi danab paltidinchhan,bhada majhera hera ta saathi,tyo pani kaamai ho.
मन परे हरियो, नपरे रातो
1
0
अमेरिकामा जस्ले जे काम गरे पनि तिमी जस्तालाई किन टाउको दुक्छ ह ब्यर्थमा ।
ठुला
मन परे हरियो, नपरे रातो
1
0
Pls check his FB there are lots of pictures from his trip to Antarctica. Just type Bishwo Adhikari.
मन परे हरियो, नपरे रातो
1
0
बिश्वो नाथजी
तपाइलाई धेरै धेरै धन्येबाद |बिश्वोमा येस्तो महादेस पनि छ भन्ने आज मात्र थाहा पाएे|
जानकारीको लागि तपाईं प्रती धेरै नै आभारी | एस्ता अचम्मका नौला जानकारीहरु फेरी फेरी
पनि दिनु हुने छ भन्ने आशा गर्दछु |
केशब महर्जन
(चिन)
मन परे हरियो, नपरे रातो
1
0
विश्व जि
सगरमाथाको प्रतिनिधिको रुपमा तपाईंको अन्टार्टिका यात्रा अनी अनुसन्धानलाई मेरो सलाम !!
मन परे हरियो, नपरे रातो
1
0