
पोखरा माओवादीको अखिल क्रान्तिकारी र एमालेको अखिलको झडपले तनावमा छ। हिजो पीएन क्याम्पसमा झडप हुँदा दुवै पक्षका थुप्रै विद्यार्थी घाइते भए। कलेज जलाइयो, पार्किङमा राखिएका मोटरसाइकल जलाइयो। बुद्ध नेपालमा जन्मिएको भनेर मात्र के गर्ने, मनमा मैत्रि र करुणा जगाएर जगतमा सबैको कल्याण र मंगल हुने कामना गर्ने बुद्धले दिएको मुख्य उपदेश नै बिर्सेपछि ! यो हिंसाको कुराभन्दा पनि जाऔँ आज बौद्धनाथका केही फोटो हेरी मन शान्त पारौँ। आफ्नो देशमा भलो होस् भनी कामना गरौँ। भलो प्रार्थनाले भलो गर्छ, कुभलो चिताउनाले कुभलो निम्तिन्छ।
केही दिनअघि विश्वसम्पदा सूचिमा रहेको यो बौद्धनाथ स्तुपमा जाँदा यस्तो दृश्य देखिएको थियो। किन उनीहरु त्यहाँ चढेका हुन् त ? थाहा पाउन भित्र आउनुस्।
पहिला बौद्धनाथको यो मनै लोभ्याउने दृश्य हेरौँ न-


यो स्तुप विश्वकै सबैभन्दा ठूला स्तुपहरु मध्ये एकमा पर्छ। चीनको टाउको दुखाइको विषय पनि यहाँ छ। अर्थात् तिब्बती शरणार्थीहरुको मुख्य अखडा हो यहाँ। तिब्बत बाहिरको मुख्य बौद्ध सम्पदाका रुपमा बौद्धनाथलाई उनीहरु लिन्छन्। यसलाई उनीहरु CHORTEN CHEMPO भन्ने रहेछन् जसको अर्थ महान् स्तुप भन्ने हुँदो रहेछ।

पर्यटकहरुको पनि आकर्षणको ठाउँ हो यो।

सामान्यतया यस्ता स्तुपहरु उचाइमा अवस्थित हुन्छन्। तर यो स्तुप भने गाडीबाट झरेर यसो अलिकति भित्र जाने बित्तिकै देखिन्छ।

स्तुपमा चढ्नका लागि तयारी गरिँदै। यही रंग माथि चढेर फ्याँक्दै स्तुप रंगाउने रहेछन्। मलाई पनि पहिला थाहा थिएन।

स्तुप रंगाउँदै।

स्वयम्भू, बौद्ध वा यस्तै अन्य स्तुपमा देखिने अर्ध गोलाकारका पहेँला रंग त यसरी पो लगाइने रहेछ।

रंगाउन सकिपछि फर्कँदै। यी फोटोहरु ठूलो आकारमा हेर्न र डाउनलोड गर्न मेरो फोटो ब्लगमा जानुहोला यहाँ क्लिक गरी। यहाँका सबै फोटो प्रत्येक दिन एउटा एउटा गरी त्यहाँ अपलोड गरिनेछ। स्रोत उल्लेख गरी गैर व्यावसायिक जुनसुकै प्रयोजनमा तपाईँ यी फोटोको प्रयोग गर्न स्वतन्त्र हुनुहुन्छ।

No related posts.









In universal undersatanding let one and other live in peace.may this peace color spread all over the world.
मन परे हरियो, नपरे रातो
1
0
कम्सेकम बुद्ध मार्गि हरु आफ्नो कमएे ले यस्ता सुकर्मा गर्छन् धर्म को नाम म मन्दिर कोकम ले मोज गरेर धनी हुन्न ।
मन परे हरियो, नपरे रातो
0
0
that totally different news u r writing than your topic saying? can’t belive it. can u find right topic or right news with that topic.???????????
मन परे हरियो, नपरे रातो
0
0
om mane padme hum
मन परे हरियो, नपरे रातो
0
0
राम्रो काम गर्नु भो। धन्यवाद.
मन परे हरियो, नपरे रातो
1
0
BUDDAMA SARANAM GYACHHAMI,
DHAMMAMA SARANAM GYACHHAMI,
SANGAMA SARNAM GYACHHAMI.
मन परे हरियो, नपरे रातो
1
0
सुन्दर तस्बिर खिच्न सक्ने कलालाई सदुपयोग गर्दै तस्बिर मार्फत जानकारी मूलक लेख राख्नु भएकोमा धन्यवाद है ।
मन परे हरियो, नपरे रातो
1
0
सबै मिली शान्तिको कामना गरौ
मन परे हरियो, नपरे रातो
1
0
नेपालीहरु १ नम्बरको hypocrites हुन।
१) तिब्बती बोद्ध धर्मवलम्बीहरुलाई उनिहरुको तिब्बती स्वोतन्त्रता माग्दा हामी तिनिहरुको बिरोध गर्छौ। हामीहरु शान्ति प्रेमी तिब्बतिको स्वतन्त्रताको लागि चुइन्क पनि बोल्दैनौ। तर बुद्ध नेपालमा जन्मेको हो भनेर सबैभन्दा धेरै करौने हामी नै हून्छौ।
२) हामी बुद्ध नेपालमा जन्मेको भनेर भन्छौ। तर धेरै जस्तो नेपालीलाई बोद्ध धर्म के हो भनेर थाहा नै छैन।
३) हाम्रो बोद्ध धर्म बारे यति थाहा छ कि बुद्ध भगवान बिष्णुको अवतार हो। तर धेरै जसो बोद्ध धर्मवलम्बीहरु बुद्ध भगवान बिष्णुको अवतार भन्न मन
४) बुद्ध जन्मदा नेपाल देश नै थिएन। पृथ्वी नारायण शाहले लुम्बिनी अधीकरन् गरेरमात्र भगवान बुद्धको जन्मस्थल नेपालमा भएको हो।
मन परे हरियो, नपरे रातो
1
0
धन्य छ तिब्बती शरणार्थीहरुलाई जस्ले बुद्दको अस्तित्व बचाई राखेका छन्!धन्य छ बुद्दको ज्ञानलाई अनुसरण गरेर बुद्दको पहिचान बनाई राख्ने बिदेशी नागरिकहरुलाई! नेपालीहरुलेत बुद्दलाई बिर्सेकै हुन भन्दा केहि फरक् नपर्ला! अतिबादी हिन्दु चिन्तनका कतिपय मान्छेहरुले पुरानो बुद्द स्तुपाहरु भत्काएकानै हुन! बुद्दको नामोनिशान मेटाउन खोजेकै हुन। आफ्नो अगाडि बलेको हिरालाई नदेखेर लात मार्ने हाम्रो नेपाली परम्परा र सोचाईलाई सलाम् छ!!!
मन परे हरियो, नपरे रातो
1
0
बिजुलिको खम्बाहरुको बत्ती फेर्ने बेलामा प्रयोग गरिने क्रेन प्रायोग गरे त राम्रो सँग रङ लगाउन सकिन्थ्यो होलानी | त्यसरी फ्याकेर लगाउने गरेको हुनाले स्तुपा ताटे पाटे देखिएको रहेछ | राम्रो फोटोको लागि उमेशजीलाई धन्यवाद |
मन परे हरियो, नपरे रातो
0
0
यसै गरी शान्तीको रङ ले देश नै रङ्गाउ
मन परे हरियो, नपरे रातो
1
0
वास्तवमा मलाइ पनि थाहा थिएन
मन परे हरियो, नपरे रातो
0
1
वास्तवमा मलाइ पनि थाहा थिएन, यसरि पो स्तुपलाइ रंग लगाइदो रहेछ । जानकारीको लागी धन्यवाद अनि उत्कृष्ट फोटोको लागीप पनि ।
मन परे हरियो, नपरे रातो
1
0
परेटकिय क्षेत्र लुम्बिनीलाई बनाए र इन्टरनेश्नल एरपोट भैरवामा बनायो भने बिश्ले चिनिन्छ नेपाल लाई
नयाँ नेपालको नमुनाको रुपमा। अब बौद्व नाथ र काठमाण्डपमा रहेको पुरानो घरहरुको अस्तित्व जुनसुकै
बेला समाप्त हुनेछ ।बिस्वामा भूँकम्बाको खतरनाक रहेको छ नेपाल ।”यो बिस्वा को बैज्ञानिकहरु को भनाइ छ।”
नम्बर १ मा पर्छ नेपाल जोखिम पुर्णछ।
मान लामा
मन परे हरियो, नपरे रातो
1
0
i know that coz once i went to boudhanath i saw how they painted the stupa even i captured it in my camera but didn’t post anywhere
मन परे हरियो, नपरे रातो
0
0
मैले फोटो हेर्दा स्तुपमा कलर लगाउने मान्छेहरु शेर्प जस्तो छ।पोखरमा जदप पर्नेहारु सब्बै क्रन्तिकारीको मत्लब सब्बै नन्शेर्प हुनु पर्छ।फोतो बाट स्पस्त बएनर
मन परे हरियो, नपरे रातो
1
0
हाम्रा बुद्द बाजे थापक्क बसेर सबै घटना टुलू टुलू हेर्छन |हुन्छ हुन्छ सिंगारिदिनु पर्छ |
मन परे हरियो, नपरे रातो
0
0
buddam saranam gachami
मन परे हरियो, नपरे रातो
0
0
Sabai Nepali le Buddha lai afno chinarai banayara santi ko bato ma hidne behal bhayako chha.
मन परे हरियो, नपरे रातो
0
0
बुद्ध जन्मेको देशमा जनयुद्ध!!!
त्यस्तै:
डाईनामाईटको आविस्कारक अल्फ्रेड नोवलको नामबाट रेहेको छ नोवल शान्ति पुरस्कार !!!!
त्यस्तै:
बुशले भनेका थिए अमेरिकाले शान्तिको लागी युद्ध लडेको रे !!!
त्यस्तै:
नेपालको प्रधानमन्त्री प्रचण्ड सरकारमा बसेर सडक आन्दोलनको ध्वाँस दिन्छन्!!!
मन परे हरियो, नपरे रातो
0
0
** Let all living beings live in peace and hppiness **
मन परे हरियो, नपरे रातो
0
0
sabaile buddha ko upadesh birse hernush na..
मन परे हरियो, नपरे रातो
0
0
Buddam Saranam Gyachhami !!!!!!!!!!!!
Sundar
मन परे हरियो, नपरे रातो
0
0
मन परे हरियो, नपरे रातो
0
0
dhammam saranam gachchhami!
Sangham saranam gachchhami!!
मन परे हरियो, नपरे रातो
0
0
well said, i like it. thanks.
मन परे हरियो, नपरे रातो
0
0
ए त्यस्तो पो हो! म त छक्कपरे!
मन परे हरियो, नपरे रातो
0
0
Ma garchhu agra ko kura harke garchha gagra ko kura. hahhahahah
मन परे हरियो, नपरे रातो
0
0
ho timile matrai ke ke na samjhe jasto. la bhana ta euta upadesh ke ho ??
मन परे हरियो, नपरे रातो
0
0
buddha dharmako barema bhannu parda,hami bauddha dharmaolambi gautam buddhalai swayam buddha vandainau, gautam budhhale buddatwo prapta gareko ho,tes karanle matra bhagwan bhuddha maneko ho. buddha dharma anusar hal sammma 5 wata buddha harule buddatwo prapta gari sakeka chhan, ti namharu yes prakar chhan Hoipame,chhepame,chyomdande……… hun banki duiko maile nam birse. ti madde cyomdande chai gautam buddha ho.ani gautam buddha lumbinima janmeko kura itihans sachi chha paile jun rajya bhaye pani ahile lumbinii nepalko ho yeskaranle buddha nepalma janmekko ho,
मन परे हरियो, नपरे रातो
0
0
बुध्द जन्मदा मात्र हैन हाम्रा जिजुबाजेको पालासम्म भारत भन्ने देश थिएन । भारत विभिन्न राज्यमा विभाजित थियो । अंग्रेजहरूले भारतको एकिकरण गरेको हो । त्यसैले बुध्द भारतमा जन्मेको भन्ने तर्क कुनै पनि हिसाबले सहि छैन । हामी जतिसुकै हिंसक, पशु भएपनि बुध्द चै नेपालमा नै जन्मेका हुन । जबसम्म हामी बुध्दको नाम संझन्छैा नेपालमा शान्तिको आश गर्न सकिन्छ ।
मन परे हरियो, नपरे रातो
1
0