मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    खोक्रो औपचारिकता अर्थात् शहीद दिवस

    जसै फेरियो क्यालेन्डरको पातो, सामुन्नेमा आइपरेछ शहीद दिवसको तिथि। एउटा परम्परागत श्रद्धा पर्व न हो शहीद दिवस। शहीद जो हाँसीहाँसी मृत्यु शैय्यामा उभिए लखन थापादेखि दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा वा गंगालाल श्रेष्ठहरु वा यस पछिका क्रान्तिमा वीरगति प्राप्त गर्नेहरुलाई सच्चा देशभक्त भएर, शब्दश्रद्धा अर्पण गरिरहँदा पनि यथार्थ प्रष्ट्याउन निकै गाह्रो परिरहेको छ यतिबेला।

    के भन्नु नयाँ नेपाल बनाउन सपनामा जीवन बलिदान दिने ती योद्धाहरुको वीरगति केवल बचिरहेको छ वार्षिक सरकारी औपचारिकता। कवि भूपी शेरचनकै हरफ सापटी लिएर भन्नुपर्दा, ए मरेर जाने शहीद हो, बाँचेर त हेर बाँच्न कति गाह्रो छ भन्नु सिवाय केही छैन।


    २००७ सालदेखि २०६५ माघ १६ सम्ममा केवल फेरियो व्यवस्था, सत्ता, सरकार र थपियो नयाँ नयाँ मन्त्रीहरुको सूची। फरक फरक सरकारहरुको गह्रौं गह्रौ कार्यक्रमको ठेली। आश्वासनको पोको। तर दुःखद् विडम्बना अझै अधुरो छ शहीदको धोको, जनताको परिवर्तन र विकासको अतृप्त तृष्णा।

    राजा त्रिभुवन र ४ महान शहीद र जनताको संयुक्त संघर्षको प्रतिफल हो २००७ सालमा प्रजातन्त्रको उदय। तर आज मुलुक २००७ को सम्झनामा पट्यारलाग्दो भाषण सिवाय केही गर्नसक्दैन। एउटा मात्र शुभकर्मको सृजनात्मक थालनी गर्न सक्दैन। २०४६ को जनआन्दोलनको सफलता वा निरंकुश पंचायतको पतन राजा वीरेन्द्र र जनताको सहकार्यको उपज थियो। तर त्यसको यथार्थपरक स्मरण गर्न सक्दैन मुलुक यतिबेला। जगजाहेरै छ पृथ्वीनारायण शाहले एकीकृत गरेका थिए आधुनिक नेपाल। तर तिनै पृथ्वीको सम्झना गर्ने फुर्सद छैन अहिले उधारो संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई।
    कांग्रेसले गरेन, एमोलेले सकेन, पंचायतले डुबायो, राणा शासनले बिगार्‍यो। ती त सब भन्ने कुरा मात्र न हुन्। जनजनले छातिमा हात राखेर भनौं अहिले माओवादीले पनि आफूलाई शहीदको सपना पूरा गर्नसक्ने काममा आफूलाई अब्बल राख्यो त ?
    मलाई माफ गर्नुहोला ! जनयुद्धका बेला पटक पटक माओवादी हमलाबाट बचेका मेरा बाऊ र आफन्तको कारणले वा राजसंस्थाको निरन्तरताको पक्षपाति भएर भनेको होइन। तर, भन्नोस् त माओवादी वा प्रचण्डले यो वा त्यो बहानामा काम गर्न सकिएन भनेर अरण्य रोदन झार्दैमा इतिहासको जिम्मेवारी सम्पादनको असक्षमताबाट क्षमादान पाउँछन् ?

    जनताले सहिदेलान् रे शहीदको आत्माले नसराप्ला ? अरु शहीदको कुरा छोडेरै १४ हजार बढीको ज्यानमा होली खेलेर सिंहदरबार छिरेका प्रचण्डले अब त एक्सक्यूज माग्न मिल्दैन, पाउँदैनन् नि, पाउँछन् र ?

    माओवादी नेतृत्वको सरकारको म आलोचना यसकारण गर्दैछु त्यो पनि शहीद दिवसमा कि, यो सरकार त्यो गिरिजा, मनमोहन वा सुवथा र लोकेन्द्रहरुको सरकार होइन। राजा ज्ञानेन्द्रले राजगद्दी छोडेर प्रधानमन्त्री हुने दुस्साहस गरेजस्तै एउटा युगिन परिवर्तनको पहिलो बिहानीको सरकारले अब गिरिजा र सुवथाहरुसँग दाँजिएर अक्षमतालाई छोप्न मिल्छ ?

    नयाँ सडक बनाउनु नपर्ने, नयाँ विद्युत गृह बनाउनु नपर्ने, नयाँ स्कूल बनाउनु नपर्ने, नयाँ हेल्थपोष्ट नबनाइने, अनि नयाँ नेपाल आफै बनिदिनुपर्ने थुइक्क प्रचण्डपथ। शहीदलाई पनि लात मारेको भएन त ?

    यथास्थितिमा उभिएर अग्रगमनका चर्का कुरा गरेरै ५ महिना बिताएका प्रचण्ड अग्ला वा बलिया यतिबेला छन् भने गिरिजा, माकुने, सुबथा वा ज्ञानेन्द्रहरु कमजोर र होचा भएर मात्रै हो। आफैं चामत्कारिक युग रुपान्तरणका अभियन्ता भएर हैन नि हो र ?
    शहीदको सपना वा बलिदान जबसम्म एउटा राजनीतिक जोक बनिरहला तबसम्म शहीद दिवसको गीत गाएर हामी को के बन्छौं र ? एउटा महाबीर पुनलाई त चिन्दैन यो मुलुक। घरेलु डाँफे विमान बनाउने इन्जिनिर छात्रहरुलाई त अवसर दिँदैन यो देश। वीरेन्द्र शाहहरुको हत्यारा त पक्रदैन यो सरकार। उमा सिंहहरुको जीवनको ग्यारेन्टी गर्दैन यो सरकार भने गर्छ के सम्बोधन, भाषण र उदघाटन बाहेक ? त्यसैले शहीद दिवस मात्रै एउटा परम्पराको निरन्तरता र वाषिर्क सम्झना तिथि बाहेक के नै भो त ?

    राजा गए नयाँ राजा बन्ने होडमा छन् छोटे राजाहरु। तर्राई-मधेश फुटाउन चम्कनेहरु
    क्षत्रीय राजा बन्ने असफल दौडमा छन्। वर्गीय, जातीय, क्षेत्रीय आदि रुपमा आत्मनिर्णयको अधिकार सहितको स्वायत्तता खोज्नेहरु केबल मान्छेको मृत्युसँग पैसाको लेनदेन खेती सपार्न लागिरहँदा लाग्छ- शहीद दिवस अब एउटा व्यापार हो- हतियारको सट्टेबाजहरुको।

    फेरि माफ पाऊँ ती महान शहीदहरुसँग जसले जीवन दिए देश र जनताका लागि। धिक्कार छ जसले शहीदको बलिदानमाथि कुल्चेर विर्सिरहेछन् उनै सपुतको बलिदानका व्यथाहरु।

    No related posts.

    37 comments to खोक्रो औपचारिकता अर्थात् शहीद दिवस

    • पुष्प

      ज्ञानेन्द्रको नाउँ त तपाईंको जिब्रोमै झुन्दिएको रखेछ सूर्यजी ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • साथी राम्रो कुरालाई राम्रो हो भन्न् सिक्नुस्। तपाईं को आँखामा कमल्पित्त लगको कुरा जस्ले पनि बुझदछ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • एक पटक सबै जिउंदा नेपालिहरुलाई शहिद घोषणा गरेर १० लाख को दर ले पैसा दिये त सबै खुशी हुन्थे होलान।नेपालको चासो त बिदेश मा बस्ने नेपाली हरुलाई मात्रै भये ज्स्तो पो लाग्यो यो ज्वाँई साहेब लाई त ।।।तै पनि स्रदान्जली ति वीर शहिद हरु प्रती

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ab

      सुर्य जी धेरै राम्रो लेख्नु भयो
      सुर्य जी तपाईं ले लेख्नु भयो हामीले पडिम र राम्रो लागेर कत्तिले कमेन्ट पनि गर्नु भयो तर के हाम्रो देशको जनताले गर्नु सक्ने यती मात्रा हो त ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • PAWAN

      yestai ho yeha ko chalan!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yad Bar shing

      धन्न्याबद !सुर्य जि,
      तपाईं जस्ता वास्तविकता बुझेको लेखक हरुको आबसेक छ अहिले, नेपालमा|
      के को नयाँ नेपाल चहिन्छ!हामीलाई वास्तविक पुरनै नेपाल भए हुन्छ|काम गर्ने तरिक पूर्व पञ्च भन्दापनी पुरनो,भन्नि बेलामा नयाँ नेपाल|मुर्खले अरुलाई पनि मुर्खनै देख्छ भन्थे तेहिनै छ,पुष्पकमल दाहाल जि मा ! नाङ्लो ले घाम छेकेर नाटक देखाउन खोज्दैछ|
      जनयुद्ध को नाममा मर्न परेका नेपाली हरुको रगतले पोलेर एस्लाइ पनि अनेक तक्लित ले मर्न परेको तेही दीन सारा शान्ति प्रेमी मनबको लगी खुशीको एक दिन हुनेछ|सबैलाई याद भया!धन्याबाद ! याद बर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lnshikhar

      राज्य का लागि बलिदान गर्ने शाहीद हरुलाई स्राधान्जली !
      सुर्य जी को लेख राम्रोछ ! शाहीद हरुको मर्म अनुरुप राज्य सन्चालन हुन नसक्नुमा अहिले सम्मका कोही पनि सरकार अचुतोछैन ! कशैले पनि शाहीद को सपना पुरा गर्न सकेकाछैन ! मेरो खियल्मा त शाहीद को रेस्पेक्त भ्एकैछैन ! एक दिन भाषान र माला लगैदिएर केही हुनेबाला छैन ! मात्रा शाहीद दिवस को नाम्मा गरिएको देखौती नाटक मात्रा हो यो ! जुन सरकार आएपनी गर्ने तेतिनै हो ! यो त हाम्रो परम्परानै भाईस्कयोनी ! परम्पर बिगारन त मिलेन नि कसो चमत्कारीक सरकार प्रमुख जी ? उहा पनि नुन को सोझो गर्नु हुन्छ ! नाम फेरेर सेहिद को सपना पुरा हुनेकुरा मा विश्वाश गर्ने हाम्रा प्रच्नद जी ले कुन्दिन शाहीद गेट को नाम फेरेर वाइ शि यल गेट राख्नु हुनेछ ! अनी गोपाल जी ले लाइन लगाएर वाइ शि एल लाई फेरी एक्पतक सित्तैमा एक एक वटा राइफल हात हात मा दिनुहुनेछ ! बेस्ट अफ लक नेपाल सरकारलाई !
      धन्यवाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dev

      लेख धेरै राम्रो छ तर निष्पक्ष चाही छैन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • This is a nice article but also one sided. Let’s analyse positive and negative both parts of present politics.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ananda

      हुँदैन बिहान् मर्मिरमा तर झरेर नगय
      बन्दैन मुलुक दुई चार सपुत मरेर नगय
      हामी ले खाने प्रतेक गास मा छ रगत शाहीद को
      हामी ले फेर्ने प्रेतक सास मा छ रगत शाहीद को

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tara mgr

      अब नेताहरु को पालो शाहीद हुन सबै नेताहरुलाई शाहउद बनाउने अनी सबै जनता लुछाचुडी गर्दै शाहीद दिवस मनाउने।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nix

      शहीदको बेइज्जत गरी सके , कुन दिन बर्डफ्लु सर्छ भनेर मारेको कुखुराहरुलाई पनि शहिद भनेर भन्न बेर छैन !! अनी जस्ले साचिकै देशको लागि ज्यान दिएका छन उनीहरुको के नै महत्व रह्यो र ? शहिद दिवस मात्र धर्‍रामा मात्र सिमित भयो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash-mts- desh vakta

      This artical is very realistic.People supproted maoist because of nonsense activities and corruption of the other nepali parties,but prachand is following the same pathway of these failure parties and it’s now going to be more than enough for the peoples of Nepal and if the mr. prachand does stop his nonsense activities and doesnot think about the need of time and peoples will & requirement then his party and he will no longer remain in Nepal and Nepali peoples will be against of him (the time is not far a way).
      I think mr. prachanda and other leader of maoist and UML are misusing thier pawor for earning money(by corruption) for their 3/4 generations and the state is now so violent and if criminals doesnot get punished peoples will bein the road against this goverment pretty soon.
      Mr. prachand punish the criminals even they are your powerful leader and stop protecting the criminals and desolve and stop your YCL and otherwise the end point of your political is not far a way.
      peoples trust you that why think about the peoples too and if you do even a small change in NEPAL you can lenthen your rule for very long time. I want to request you try to provide the security first and try to be srusted by peoples.
      To make New Nepal you have to initiate to work. By speech and changing names , New Nepal will not aechieve.

      Desh vakta
      prakash-mts

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • इश्वरी भट्टराई

      सुर्य जि, तपाईंको लेख यथार्थ परक न छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nabin

      मलाई लाग्छ, देशको यो हालत हुनमा जतीपनी अरु राजनीतिक पार्टिहरुको हात छ तेती नै माओवादीहरुको पनि हात छ। ०५२ सालमै जनयुद्द्व को सुरुवात गरेर देश र अरु पार्टिहरुलाई असफल बनाउन त उनिहरु नै लागेका हुन। अहिले अरन्यरोदन गर्दैमा हुन्छ। १० बर्षे युद्वमा देशको यो हालत भयो, नयाँ सम्रचना त थपिने कुरा भएन भएन, भएका सम्रचना पनि माओवादीले सबै ध्वस्त पारेर नयाँ नेपाल बनाउने सुरुवात त पहिले नै गरी सक्या हुन। युद्वको SHOCKWAVE ईतिहासको अनन्त काल सम्म रहिरहने देखिन्छ। अहिलेका सबै तराइका OUTFIT हरु त सबै माओवादीका उत्पादन त हुन। एक्पटक निधार खुम्च्याएर सोचऔ त, कतै ईतिहासमा गल्ती त गरिएन ???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      सूर्य जी
      इतिहास संक्रमण काल माँ छ ,नेपाल आमा ले बुलंद छोरा प्रचंड भेट्टायेकी छन| हो ह्त्या र हिम्षा को दोष बोकेर उभिएका छन,जमीन रगत ले भिजेको छ ,तर धैर्य गर्नुस|नेपाल अब कबिता लिखने हरु बाट चल्दैन,दह्रो मुटु नै चाहिन्छ |तपाई नेपाल माँ कुनै दह्रो नेता देखाउनुस ?हार्ने हरु कायर हुन,सत्ता!! बीर हरुको रखौती हो ,तपाई को र मेरो आँशुले नालायक लाइ लायक बनाउन सक्दैन |इमानदार खोज्न कहा जाने,कुन चाई नेता इमानदार छ ?

      मओबाद तपाई हाम्रो डिसीजन होइन|समय को माग हो,समय ले चाहेको कुरा माग्दैन |250 बरस माँ धेरै गर्न सकिन्थ्यो ,खाली मोज्मजा र जनतालाई दास बनाउने काम मात्र भयो|घर बनैदियेर मात्र छोराले बाबू लाइ आदर गर्दैन ,उसलाई कर्म दिन सक्नु पर्छ |सम्झिनुस साह हरु नालायक थिए र सजिलै गए|यो माओबादी पानी उछित्तिएको मकै हो ,दीर्घ काल को समाधान दिन सक्दैन,तर आहिलेको लागी बेस्ट यही हो |र ढुक्क हुनुस हाल लाइ योग्य नेता प्रचंड नै हो |किन भने सबैलाई जितेर मैदान माँ उही खडा छ,हेर्नुस त ज्ञानेंद्र तेत्रो शक्ति भएर पनी यूज गर्न जानेंन |गिरिजा र माकुने लोभ ले पतन भये |तपाई हामी हिजो पनी जनता ,भोली पनी जनता जो आयेपनी हामी माथी नै साशन गर्ने हो ,तेसैले धेरै खोकी राख्नु केही आबस्यक छैन|
      राजनितिक ब्याखा गर्न चाहानु हुन्छ भने ,नेपाली राजनितिमा तराईको स्थान के हो,के हुनु पर्ने हो र के भई रहेछ र किन भई रहेछ त्यता तीर सोच्नुस,राजनीतिको स्विच कहा छ ?अन अफ कल्ले गर्छ ??कोठा माँ तपाई हामी झगडा गरेर बस्ने (तेल निभाईस ,तैले बालिस भनेर ?}

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SAGAR जापान

      अब त नेपाल मा सहीद हुने काम नगरेनी हुने भो नेपालीले कि कसो???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Thapa,Maryland,USA

      किन नेपाल असफल हुँदै गैइरहेछ ?
      किनकी सत्तामा रहने शक्ती सधै नै मुठ्ठीभर ब्यक्ति र बर्गको स्वार्थको लागि मात्र सन्चालित हुँनु \
      जनताको जिबन सँग सम्बन्धित सस्कार,रितिरिवाज,चाडपर्ब,शिक्षा,खानपान,रहनसहनमा रहेका अमिल्दा र घातक पक्षलाई सुधार गर्नमा ध्यान नदिनु(आम्दानी भन्दा बढी खर्च गर्नु पर्ने सस्कार,चाडपर्ब,जुवातास र मदिरापान,महिला र पुरुसमा रहेको भेद्भाब,छुवाछुत)\
      देशलाई आत्मनिर्भर गर्ने योजना,परियोजना सन्चालन र निर्माण नगरिनु,भएका पनि कौडिका भाउमा कमिशन को चक्करमा परी बेचनु,
      क्रान्ति,आन्दोलन सफलता पश्चात पुराना सत्ताका अपराधीहरुलाई सजाय र कार्यबाही नगरि आफ्नो पार्टी र स्वार्थमा समाबेश गरिनु \
      पद,सत्ता,पैसा नै मुख्य लक्ष्य बनाइनु,भस्टाचारतन्त्र,कमिसनतन्त्रलाई राजनैतीक जिबनशैली बनाइनु \
      सत्तामा जान र रहिरहन देशलाई बिर्शिएर बिदेशी गोटी र गुलाम हुनु \
      आफु पनि नगरने अरुलाई पनि गर्न नदिने राजनैतीक सस्कार सबै पार्टिमा हुनु \
      सदभाब,सहयोग,सामुहिक भाबना भन्दा गुटबन्दी,फुट्परस्त,परिबारबादमा राजा,नेताहरु लाग्नु \
      हो यस्तै यस्तै अनेक जन बैरी र देश द्रोही कृयाकलाप नै नेपाल र नेपाली शहिदको सपना चकनाचुर पार्ने कारणहरु हुन जब सम्म यि कुरा हरु
      हटाउन तिर लागिदैन \देशमा जती पटक क्रान्ति र आन्दोलन सफल भए पनि अनी जती धेरै शहिद भए पनि नेपाल र नेपाली जिबन असफल
      भइरहनेछ \

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hi suryaji k ti tapaika raja and thapaharule kati diwas manaye ra deshalai kun halatma puryaye ajhai pani uniharuprati gungan gardaihunuhunchha. yo naya sarkarlai two years poora garnadinus ani balla tapaika aakha khullan.wait and see plz, keep patent plz.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sapan Singh Gurung

      Though I do not like you Mr. Khadka as a person because of your ‘pro-mandale’association; you have written a very truth. The gang of terrorists that raped the country for years are now in the steering seat. Shame on them who did not allow the past governments to initiate/continue development initiatives with their terror acts across the country. The present electricity crises is the result of the acts of these terrorists which prevented any invester to invest in these sector!

      A leader should have ideology, so that he can be trusted. A leader should be tested in smaller jobs before you assign him a big job. That’s what democracy is about. Prachanda highjacked democracy by fooling inocent people. Now, he flip flops and we are now suffering from Stockholm syndrome. Prachanda is a monster, not a messiah. He is not a leader, he is cunning man. He is not a tested man, but he was man in large hiding one place to another: a coward. He does not have vision, and his vision is only to pretend like a new king of Republic Nepal: Sayapatri Phool ko Mala all around neck, and forehead full of Abir: surrogate Gyanendra. What else has he proved? Who can tell something he has done so great to make us proud of him? Am proud of him because he killed 15,000 people? I am sorry, I am not proud of him! I want to see him in international court and be liable for the death of 15,000 innocent Nepalis. Who thinks the raising of the issue of the 1950 treaty with India is a big deal. OK he raised this issue..so what? What is the outcome? What did a common Nepali get? Never forget, he is the guy nurtured by Indians to inflict the Indian interests in Nepal. Chabi Lal and India will be fooling us by some ‘Jhina Masiana’ drama to show how Naitionalist Chabi Lal is..

      PM Chabi Lal jee has already shown his real feudalism character by purchasing a ‘bed’ costing more than 1 lakh and Thai Suit costing more than 500 US$. The casting was already shown earlier with his expensive Rolex watch, use of a common people to carry him on back while crossing the river and staying in a well furnished flat with all the modern amenities in Deharadun in India during the days of so called peoples’ war. What can be expected from these gang of murderers!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lower00

      Maoists have won the election and got people’s mandate to do something different. Now they cannot run away from their responsibility to fulfill those sweet promises they made. They have already accused rival political parties for not supporting them. After few months, will they start accusing the people of Nepal for not helping the govt?

      If they really want people to actively get involved in development works, they must first devise REALISTIC plans. Just saying “HELP US, HELP US, LETS MAKE NEW NEPAL” is not a sign of good leadership. It is nothing more than a slogan and slogans alone cannot take us somewhere.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yo surya bhanne manchhe ko dimag ma kahile pani sakaratmak soch ko bikash bhayeko pahiyena. Usko praya sabai lekh haru negative parale lekhiyeko hunchha.Aru lai arti upadesh dine harule aafule pani kehi garera dekhaunu peryo ni? Patrakar ko khol odhera matra patrakar bheidaina, ramra kuraharulai protsahan ra kharab kuraharu ko samadhan matra sachha patrakarita ho.
      Pkapeed
      Sydney

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nishant

      क् भन्ने, के नभन्नु, आफ्नो देश पनि बिस्तारेइ बिरनो हुने बेला भएको छ सबै नेपालीहरुलाई।
      देशलाई आफ्नो भनेर धेरेइ नेपाली हरुले पसिना मात्र होइन रगत र जिन्दगी नै अर्पन गरे तर सरकार ले ति महान ब्यक्ती को अकान्छालाई कहिलेइ बुझ्न सकेन बरु ति महान ब्यक्ती को सम्मान लाई पटक पटक होचौने कोशीस गर्‍यो, हुल्मुल मा मारिने र कसै को रिसइब्बी ले मारिएक सबै लाई शाहीद बनाउने सस्तो परम्परा भित्त्राएर।
      शाहीदको सपना साच्चै साचो बनाउने काम कहिलेइ पनि भएन बरु त्यो शाहीद कुन पार्टी को हो भन्ने कुरा लाई हरेक सरकार ले ध्यान दिये जस्ले गर्द शाहीद को पारीभाश नै गलत हुन गयो।
      अबका दिन म शाहीद को अर्थ बुझ्ने र तिनिहरुको सम्मान मा तिनिहरु को मनोकान्छ्य पुरौने तर्फ सरकार र नागरिक समाज को ध्यान जावोस.
      श्री पशुपतिनाथ ले हामी सबै को कल्यान गरुन्!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • uhi harkamaan

      बलात्कारीलाई त शहिद घोषणा गर्ने माओबादी सरकार भए पछि

      अनि

      नेताको भाषणले जनताको पेट भरिने भए पछि बनेन त नयाँ नेपाल!!!

      यो नयाँ नेपालमा शहिद भन्ने शब्द नै शहिद भएको छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kiran

      ** A Failed Country **

      A sign of failed country in the air. We can only dream of better future without the solid foundation in the present time.

      What political parties have done – they built the country with house of cards.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • everest

      Nice piece Suryaji…

      तर, भन्नोस् त माओवादी वा प्रचण्डले यो वा त्यो बहानामा काम गर्न सकिएन भनेर अरण्य रोदन झार्दैमा इतिहासको जिम्मेवारी सम्पादनको असक्षमताबाट क्षमादान पाउँछन् ?

      No way…Paaudainan

      यो सरकार त्यो गिरिजा, मनमोहन वा सुवथा र लोकेन्द्रहरुको सरकार होइन। राजा ज्ञानेन्द्रले राजगद्दी छोडेर प्रधानमन्त्री हुने दुस्साहस गरेजस्तै एउटा युगिन परिवर्तनको पहिलो बिहानीको सरकारले अब गिरिजा र सुवथाहरुसँग दाँजिएर अक्षमतालाई छोप्न मिल्छ ?

      Mildaina…
      नयाँ सडक बनाउनु नपर्ने, नयाँ विद्युत गृह बनाउनु नपर्ने, नयाँ स्कूल बनाउनु नपर्ने, नयाँ हेल्थपोष्ट नबनाइने, अनि नयाँ नेपाल आफै बनिदिनुपर्ने थुइक्क प्रचण्डपथ। शहीदलाई पनि लात मारेको भएन त ?

      Bhayo

      They (Maoists) fought to make a New Nepal facing the new challanges. Challenges will always be there. A leader should drive the country facing the challenges.

      If everything is smooth, we do not need any leader. Do not blame others..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem Aryal

      शहीदहरु पर्ती हार्दिक समबेदना बाहेक अरु के वन्न शकिन्छ र नेपाल पृथ्वी नारायण शाहले यकिकरन गरे अब का डेमोक्राटिक राजाहरुले फेरी नेपाललाई २२-२४से राज्यहरु बनाउने त होलान नि कि कसो साथीहरुहो

      जय होस् नेपाल र नेपालीको

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rowan

      dherai sahi kura garnu bho…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rohit Kanchha

      अरुलाई गाली गर्नु को साटो आँफै गरेर देखौनु नि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Racket

      सुर्यजी मरेका सहिद्हरुको के कुरा गर्नुहुन्छ ? जिउदा सहिद्का कुरा गर्नुस्न | अधिकान्स नेपालीहरु जिउदा सहिद् त हुन नि केवल मर्न त बाँकी छ नि, मरेका सहिद् हुन |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सहीद हरू को रगत खेरा नजा ओस, यो ( नेता हरू को भाषणको ) नयाँ नेपालमा
      सहीद हरू अमर रहुन्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      एउटा पॉइंट छुटेछ
      पढ़न को लागी अमेरिका जाने हरु,उतै घरजम गरेर नेपाल न फर्कनु ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tara mgr

      वा क्या कमेन्ट दिनु भो …………. अब कसैलाई अरु केहीगर्न हेतु छैन एस्तै एकर्कालाई दोसारोपण गर्ने बस्ने, जय नेपाली जनता जिउदै सबै शाहीद हुन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mitra, UK

      kasto marmik comment !!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Thapa,Maryland,USA

      मदनजी,
      धन्यवाद !एक कारण थपिदिनु भएकोमा !
      मानिस नै हो उत्तरोत्तर प्रगतिको खोजी गर्ने,जब सम्म आफ्नो देशमा सही शिक्षा र रोजगारी पाइदैन तब सम्म अमेरिकाको त के कुरा भुटान र सोमालियामा पनि मानिस औसर पाउछन भने पढ्न र काम गर्न नेपालीहरु जान वाध्य हुन्छ्न \आदर्स र देशभक्तीले मात्र कहाँ जिबन बाच्दछ र ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sasang Lama

      सुर्य भाईको लेखन अनुसार नेपालका सबै नेताहरु खत्तम रहेछन। के अब देशलाई पूजारी नभएको पशुपतिको भरोसामा छोडने? कि सुर्य भाई नै बन्ने प्रधान मन्त्री? माओवादीलाई सत्ताच्युत गरेर आउने भनेको कांग्रेस र एमाले नै हो, तिनिहरुलाई नेपाली जनताले घाँटिमा आउँजेलसम्म भोगिसकेको छ। सुर्य भाई जस्तो कलमबाजले गहकिलो बिकल्प प्रस्तुत गरेर नेताहरुलाई झकझकाउनु पर्‍यो। भाईको गालीलाई पढेर बिरोधिहरुले ताली बजाउलान, तर यसबाट केही हुनेवाला छैन। नेपालका राजनीतिक पार्टिहरु अहिले हाम्रो लागि “खाए खा, नखाए घिच” भएको छ। रिस उठ्यो भन्दैमा नानी मैयाँ दाहाल जस्तालाई सत्ता सुम्पनु पनि त भएन। नेताले गु खायो भन्दैमा हामी चेतनशील नागरिकले धैर्य गुमाउनु भएन। हाम्रो देशमा केही त भएरै छाडछ, मलाई पूर्ण विश्वाश छ।

      शशांक लामा
      न्युयोर्क

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ThulaBaa

      ************************************

      Surya Ji, I am with you – Nice article
      Of course He has criticized Leaders bad attitude and current system…

      Dimaakh ta timro Phuskeko hunuparchha Mr Pkapeed from Sydney. Yo desko haalat yasto bhayako timiharu jasto kubichaar bhayko, Neta haru ko taluwa chatne harule garda ho,

      Kahile kahi ta swatantra bichar le comment gara ani dekhchhau desh ma ke bhai rakheko chha

      Saala Neta haru ko kaunai chhaina? Khaali Prithvi Narayan , Tribhuwan , Tini haruko stutue dhalauchhan. This is history, they can’t just change it by destroying all these things.

      Idiot Leaders, Focus on developing this country, Education, Electricity, Water system, Road and other infrastructure and of course Dual Citizen system would be advantage for this country…

      That was my opinion…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker