मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अलपत्र शहीद गेट


    नाम छ शहीदगेट तर न यो गेट हो, न यसमा शहीदको मात्र शालिक छ। शहीदभन्दा माथि राजा त्रिभुवन विराजमान छन्, जो कालगतिले मरेका थिए। के त्रिभुवन शहीद हुन् त ? फोटो सौजन्य: 鱼眼

    शहीदगेटमा शहीदको मात्रै शालिक राख्‍नुपर्छ भन्दै पछिल्लो जनआन्दोलनका घाइतेहरुले आज प्रदर्शन गरे। उनीहरुको विरोध पनि त्यसैमा थियो- अर्थात् शहीद तल पारी माथि राजा राखेको। त्यसो त यो आवाज धेरै पहिलेदेखि नै उठिरहेको थियो। त्यसैले यहाँ पुष्पगुच्छा चढाएर शहीद दिवस मनाउने परम्परा पनि जनआन्दोलनपछि तोडिसकिएको छ। तर आज भने जनआन्दोलनका घाइतेहरुले अलि फरक खालकै विरोध गरे। उनीहरुले शहीद गेटमा चढेर तत्कालीन राजा त्रिभुवनको शालिकमा कालो पट्टी बाँध्न खोजेछन्। अनि त के छ र, प्रहरीले हस्तक्षेप गरिहाल्यो।

    जनआन्दोलनका ती घाइते प्रदर्शनकारीहरुलाई प्रहरीले भ्यानमा कोच्दै लग्यो।

    प्रदर्शनकारीहरुले त्यहाँ त्रिभुवनको शालिक हटाएर पछिल्लो जनआन्दोलनमा ज्यान गुमाएका २५ जना शहीदको शालिक राख्‍नुपर्ने माग गरेका छन्। आजको प्रदर्शनमा हस्तक्षेप भएपछि रिसाएका प्रदर्शनकारीहरुले आफ्नो माग पूरा नभए अनिश्चितकालीन बन्दको समेत चेतावनी दिएका छन्।

    त्यसो त शहीदको परिभाषा नै फेर्ने बेला भएको छ अहिले। शहीदको संख्या यति बढेको छ कि लेखाजोखा गृह मन्त्रालय बाहेक शायदै अरु कसैले राखेको होला। देशका लागि बलिदान दिने वीरलाई मात्र शहीद भन्ने बुझेका थियौँ हामीले। तर यहाँ त व्यक्तिगत दुश्मनीमा हत्या गरिएकालाई पनि शहीद बनाउन आन्दोलन हुन्छ, टायर बालिन्छ। कुनै राजनीतिक पार्टीको सिफारिसमा ऐरैगैरेलाई समेत शहीद बनाउने प्रयास हुन्छ। कतै यही कालगतिले मर्दा पनि शहीद भनेर गेटमा राख्‍ने परम्परालाई त पछ्याएका हैनन् ?

    अब के गर्नुपर्ला ?
    शहीद गेट निश्चय पनि शहीदको सम्मान गर्नका लागि बनाइएको हो। तर यो शहीद गेटमा सुरुदेखि नै गलत परम्परा बसाइएको छ। यो बनाउँदैदेखि शहीद नभएकालाई शहीदभन्दा उच्च सम्मान दिएर राखिएको छ।

    त्यसो भन्दैमा अब शहीद गेटको संरचना नै बिगार्नुपर्छ त ? शहीद नभएका व्यक्तिको शालिक त्यहाँबाट हटाउनु पर्छ कि पर्दैन ? त्रिभुवनको शालिक भएको कारण सरकारले यो स्थानमा औपचारिक सरकारी कार्यक्रम गर्न छाड्दा बाँकी चार शहीदको शालिकको अपमान भएको छ कि छैन ? जनआन्दोलनका घाइतेहरुले भने जस्तो २५ जना शहीदको शालिक त्यहाँ राख्‍नु उचित हुन्छ कि हुन्न ? कि अहिले जस्तै यो शहीद गेटलाई अलपत्रै छाड्ने हो ? तपाईँको के विचार छ ?

    No related posts.

    49 comments to अलपत्र शहीद गेट

    • monarchicals were more contributed than New Nepal’s government and political parties. One day political parties and government leaders will outcast their parents from their homes and services. because they might old and sick. Same thing these new actors are only destroying the unified Nepal and would like to see 22/24 states before PN Shah.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem Aryal

      शहिद गेट राजाका पाला मा बनेको हुनाले र राजा पनि प्रजातन्त्र पछधर थिए भन्ने आभास जनतालाई दिलाउन राजा त्रिभुवनको मुर्ती राखेको जस्तो लाग्छ मलाई त तर अब भने त्यो हताएर पुराना चार सहीद मुर्ती मात्र राख्नु पर्छ। पार्तीका सशिद र पत्रकार शहिद को विवरण त्त्यस् सँग सम्बन्धित निकायमा राख्नु पर्छ र सरकारले त्त्यसको सम्रच्यन गर्नु पर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem

      Tribhuvan lai hataera Prachanda wa Girija ko salik rakhne ki?? Hoina yo history lai nai kina mitaune bhanya…kunai jamana ma nepal ma raja haru thiye banne kura bhabi santan harule thaha pauna parena???aba 100 barsha pachi america le nepal khaidiyo bhane ke yi 25 jana naya sahid lai pani birsidine???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nepali haru kam na sam je payo tehi garne kasto nepali jabo teha k chha ra kasari desh mathi lane ko teha tera pa dan dine tesai le ta neta haru le faida leraheko chha waiyat

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rawbeans

      haina…kina todnu paryo
      j cha…ramrai cha ni
      tribhuvan le pani ta rana rule hatauna lai thulo prayas garekai hun
      pheri ganga lal, dharma bhakta jasta tyo bela ko shahid haru ladeko pani ta tribhuvan ko lagi ho (euta hisab le herda pheri hai)…
      tesaile mero bichar ma j cha thikai cha

      hami nepali harulai shahid haru ko lagi kehi banauna manlageko cha bhane…paisa jamma garau ani arkai euta shahid ko yaad dine kura banam…bhayeko kina bhatkaune?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh

      umesh jee.
      ahile samma ko itihaas ma herda ta tribhuwan lai taha rakheko ma kunai appati nahunu parne bhaye ka le nai rajako salik rakhiye ko ho. ra aaru sahid laai taala rakhiye ko cha. tara ma k bhana chahanchu desh ko lagi sabai sahid haaru ko yog daan utinai cha chaye jeudai huda gareko yogdaan hos ya marera. aaja ko paribartit samaye chakra aanu sar sabai ko chitta bujhaune ho taala mathi hoina sahid gate ko aagadi auta plate form banaune ra sabai lai autai level ma rakhda ramro huncha.barta maan ma raaja ko aphnai koo buddhile garda aphno astito samet meeti sakeko balama sabaiko sammananiye sahid haruko salik laai gate ko tala autai plate form ma rakhe ma huncha ki. pharak naparla rajalai bichma rakhda; yesle aaba sabai lai ramro sandesh nai sincha chye tyo rajanai hos ya praja nai hos; sabai autai hun taala maathi rakhda 4 sahid ko kata kata aapamaan gareko hooki bhanne bhaan hudo rahecha. thulai platform banauda ramro aajha kinaki prachanda le deshma jaadu garera desh lai bikash gare bhane ta thulo salik ta unko pani banaunu parlani hoinara?samayeko khel ho prachanda lai tyaha rakhna sajilo chaina unko naaya soch cha yo bujhna garho cha. haami sabai ko saath aani yesto auta system baanos bilkulai naaya ki desh ko aachuli pheriyos.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tribhuwan pani jiuda sahid hun

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sarad(qatar)

      yo nepal desh ma ashanti lyaune tarika matra
      ho.yasto andolan garne sabailai nakhkhu jelama
      lager kochnu parcha.natra bhane andolan garne
      lai nai shahit bhanayar teha rakhnu parcha.kama
      chaina sano kurama pani andolan gareko cha yasto
      sabai lai sajai dinu parcha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गगने

      आजकाल गगने लाई धेरै कुराहरु बेकार हुन जस्तो लाग्छ र सबै कुरा र कर्ता लाई उनिहरुकै स्वोइच्छमा छोडेर चुप बस्नुनै उचित ठानेर चुप बस्न मन लाग्छ तर कहिले काही के गर्नु लागेको बानी घ्यु खानि भनेको जस्तो चुप बस्न पनि सकिन्दैन र भन्न मन लाग्छ।
      अब यही शहीद हरुकै बारेमा कुरोगर्ने हो भने पनि कुरो लामो हुन्छ केगर्नु।
      शहीद शब्दकै अपमान भयको जस्तो लाग्छ देशमा, अरुलाई कस्तो लाग्छ कुन्नी। म्रितक र मृत्‍यु माथिको सम्मान भन्दा आशा बढी गर्ने प्रब्रित्ती बसेको छ।
      देशमा सरकार र सरोकार वाला पार्टी पंक्ती राजनीतिग्य अनी हरुले शहीद र शहीद शब्दको जत्ती खिल्ली उदयअको छ त्यो भन्दा काम यो शाहीद गेटले उडायको छैन।
      शहीद गेट भन्ने शब्द आँफैमा खिचडी हो, शहीद ढोका या शहीद चोक या यस्तै अथवा मोर्तियर गेट हुनुपर्ने हो या हुँदा उचित हुनेथियो ।
      ढोका भन्नले छिरेर आवात जावात गरिने वा भित्र भाहिर गरिने लाई भनिन्छ तर यहाँ दाँया बांया बाट घुमेर जानुपर्ने हुन्छ के यो उचित छ त ।
      तेस्माथी शहीदहरुलाई शहीद बनाइदिने को प्रतिनिधित्वो गरेकोले होकी त्रिभुवन शिर मा सवार, यस्तो लाग्छ मनौ शहीद राजा र राजातन्त्रको घोडा हो र उनिहरुको बग्गी तान्नु नै शहीदहरुको यथार्थहो।
      यस्तै यस्तै आदी इत्यादी कुराहरुको कारणले गर्दा गगने लाई लाग्छ र भन्छ यो शहीद गेट आँफैमा एउटा खिचडीवाला भ्रम हो तेसैले यो हटाउनु पर्छ बरु शहीदको सम्मनमा बनाउने नै हो भने अर्थ र तरिका युक्त अर्को बनाउ। यो शहीद गेटले तेसैपनी कठमान्डुको यातायात ब्याबस्थापनालाई अबेबस्थित बनाउने कामपनी जोड तोडका साथ गरेको छ तेसैले यो हटाउदनै उचित होला।
      बरु टुडिंखेलको (बिचमा चांही होइन) चौघेरो मा देशले मान्यतादियको शहीदहरुको सालीक राखेर वार्षिक सम्मान दिनु राम्रो होला। वा तेस्ताइ अर्को उचित र मान्य कुरा जस्ले देश र समाजलाई ब्याबस्थित पनि गर्छ र शहीद र उनिहरुको बलिदानलाई सम्मन पनि गर्ने कुनै उपाय खोज्नु राम्रो होला ।
      तेसैले गगने लाई लाग्छ यो शहीद गेटको सट्टा टुंडिखेल लाई घेरेर शहीदहरुको बलेदान उजागर हुनेगरी उनिहरुको प्रतिमा स्थापना गरेमा, मनाउ टुडिखेल नेपाल हो र नेपाललाई सबैतिर बाट शहीदहरुले र उनिहरुको बलिदानले सुरक्षित गरी रहेको छ। यही उचित होला। तेसो गरेमा पछी शाहीद हरुको संख्या बढेमा पनि थप्न गाहारो नहुने (यस्लाई अन्यथा नसोचिदिंनुहोला है)।
      कि कसो साथी हरु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gurung

      Tribhuvan ko Salik hatayar Gyane ko halnu parla jasto cha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • vikshubdh

      हामीले पहिला के बुज्नु पर्छ भने शाहीद भनेको के हो । अनी यो सरकार लाई बुजानु पर्छ । यो शाहीद गेट माथि रहेका तत्कालिन राजा त्रिभुवन को सालीकले केही असर पारला जस्तो लागदैन । हामीले ईतिहासलाई मेटाउने हैन कि तेसबाट शिक्षा लिनु पर्छ । सालीक भात्कायर मात्र शाहीद को रगत बलिदान ले सार्थकता पाउला जस्तो लाग्दैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aashsih

      Gyanendra shahle badmashi garyo vanera uska purkhale gareko yogdaanlai abamulyan garera, uniharuko salik todne, uniharuko sammanma diyiyeko diwas ani thauko naam paribartan garne karya kati jayaz chha? K hamile Raja Tribhuwanle gareko tetro yogdaanlai birsinu hunchha? Ho mathi ek jana sathile vane jastai, ti 4 shahid ra jana-aandolan belaka shahidko yogdaan farak khalko ho,farak prakiti ra farak awasthama uniharu shahid vayeka hun.

      Jaba samma aafna purkhako samman garna janinna, taba samma desh ubho lagdaina. Raja Tribhuwanle jati sukai naramro kaam garepani(yedi kunai thiyo vane pani) unko 2007 belako yogdaanle ti sab naramro kaamlai pakhalidiyeko chha. Janta ra netale bigatlai kadapi bhulnu hunna. Americako Presidentle karib 150 yrs agadiko Abraham Lincolnlai anusaran garn hunchha, k Nepali netale vane 50 yrs agadiko itihashlai pani metaunu parne.

      Shahid gatelai jhan uddhar garnu parchha, itihashlai bhulnu hunna, shahid prati shraddhale sir nihurannu parchha, desh bikash garnu awashyak chha, aandolan garnu hoina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BG

      ईतिहास मेट्दैमा नयाँ ईतिहास बन्छ जस्तो चै मलाई लागदैन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sujan

      Sawadhan, Itihas metnae dusahas bhaira cha, yo khatarnak huna sakcha….Pariram chittai nai dekhene cha..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sujan

      Youta lamo stambha thadyaunu paryo ani, tyes ma sabai sahid haru ko nam kundnu paryo, ani khali space pani rakhnu jaruri cha, bholi feri sahid haru thapiyo bhane nam rakhna lai. Yeti sasto bhaisakyo yo “SAHID’” bhanne sabda. Kohi jyudo sahid bhanna ruchauncha bhane kohi mareka sahid, Bhane, NEPAL lai SAHID haru ko Des ghosana gare kaso hola…Dhat..Des bikas garnu kata kata, na-na thari ko rajniti garera…akhir ma sabaiko pet palne thau na bhayo, satta ra rajniti…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pratibha

      मलाई पनि लाग्थ्यो , जब हाम्रो देशका शाहीदहरु ४ जना हुन भनेर पढियो तर शाहीद गेटमा त्रिभुवन को सालीक देखदा अचममा पर्थे। तेसैले आज topic राख्दा मलाई पनि लाग्छ कि शाहीद गेट मा शाहीदहरुकै सालीक हुनु पर्छ तर तोड्पोड गरेर होइन कि सभ्ये भएर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gorkhe

      ज्युदो शाहीद भनेर राखेको होलन नि त्रिभुवनको सालीक चाँही तेती बेला। वारी अप्ना अप्ना भनेको तेही होला एक
      दुई सय बर्ष पछाडि अर्कै सासक आएर अहिलेको सासक लाई पनि तान शाह, भ्रस्त घुस्खोरी भन्ला अनि सालीक उखेलेर फालिदेलन
      यो समयएको चक्र हो चलिरहन्छ। तेतिबेला राणा शासन निर्मुल गर्न नेत्रित्वो गर्ने नेता भनेर खुबै मान्थे। स्कुल, कलेज तिर घोक्न लगाउथे, राष्ट्रपीता भन्थे अहिले तेही राष्ट्र पीता राष्ट्र पतित भये । अब के भन्ने ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • swajan

      sab bakabash kura kam kura eakatira kumlo boki thimi tira

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhishma ghimire,CT

      umesh ji lai ali gaaro bhayo jasto chha tribhubhan ko salik dekhera. tyo thauna ma hamro 12000 sahid haruko salik rakhnu parchha ni asi barkhar sahid bhako patrakar ko pani rakhnu paryo. maile ISC padda kheri ritik roshan kanda ma gahiyte bhayeka mera sathi haru jiyunda sahid haru chhan uniharuko pani rakhnu paryo.

      Waiyat haru kaam chhaina salik bhatkaundai hideka chhan. ke ho itihas nai badalna khojne aba kaam garnu chhaina nepali a

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram hari

      hainaho yee maobadilea afno duskarma ra asamarthata chopna k k kanda gardai cha? k murti bhatkaudaima desh bancha? aba balatkari ta sahid bhanera ghosana garnea party ka karya kartalea bhanyo bhandaima Nepalko itihasai metaunea? thukka buddi yee jungali waisyal haruko ! bou ko chora bhayea kehi bikas nirman garera dekhounu, bhutro bhasan baji gardai hidnea !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sahid gate ma matra sahid haru ko salik hunu parcha tyo pani pahile ko charwata sahid not others nowadays jo marepani sahid ghosana garne nepali neta haruko bani bani sakeko cha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राजा भन्दैमा सबै एकै हन्नान त्रिभुबन रा तनका प्रसाद दुबई ज्युदा शहीद हूँ यो कुरा इतिहास ले स्वीकारी सकेको छ/ त्रिभुबनले प्रजतान्त्रको लगी राणाहरुको बिरुद्धमा नेपाली कांग्रेस संग मिलेर प्रजातान्त्रको लागी लदेका थिय भागेर इंडियन एम्बेस्सिमा नगयेको भये सायेद राणाहरूले मारथे पो होलान की ? टंक प्रसाद लाइ चै बाहुन भनेर राणाहरूले नमारेका हुन सबैलाई चेतना भया /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      सहीद गेट माँ भएको कुनै सालिक पानी हटाउनु पर्दैन,यो इतिहास हो|बरु सहीद को स्राद्दांजलि को लागी छुट्टै ठाउमा गर्ने ब्यबस्था मिलाउनु पर्यो,भएका सबै सहीद (१०००–१२०० जती)को नाम माँ शिलालेख राख्ने र तेसैमा सबैले फूलमाला चढाउने,मौन धारण गर्ने|नात्र कोई सहीद लाइ रास्ट्रीय सम्मान कोइलाई हेला ??
      देश माँ गणतंत्र ल्याउन लड्ने गरीब गाउले हरु सहीद न हुने ?काठमांडू का काजी हरु मरे मात्र सहीद हुने???र उनिहरुको चै सालिक राख्नु पर्ने ??
      तेसैले भएको लाइ यथाब्त राखेर बरु सहीद दिवस छुट्टै ठौ माँ ,शिलालेख राखेर ,सबै सहीद हरुको नाम सर र एक चोटी पढेर ,फुल माला अर्पेर ,मौन धारण गरेर ,एक दिन बिदादियेर मनाउनु पर्यो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • biswaraj sarma

      खाली नचहिदा काम गर्न लाई त हामी नेपाली साह्रै अगाडि है,अब के को टाउको दु:खइ गारिर होला त्यहाँ राजा को सालीक हताउनु पर्छ भनेर.
      अस्ती म नेपाल म हुँदा काठमाडौं बाट बिराटनगर जदा चालक ले एक बेक्ती लाई घन्दै ठक्कर दिएन बाल् बाल बाचो त्यो मान्छे तेस पछी के वन्यो चालक ले थाहा छ ?”
      झन्डै एक शाहीद को नाम सार्वजनिक गरेन सरकार ले” तेही भएर अब सबै शाहीद त हो नि झाडा ले मरेपनी त्यो शाहीद है ह ह ह

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • In my opinion, the statue of king Tribhuvan should be immediately removed. The statues of four primary martyrs(Sukra Raj Shastri, Dhramabhakta Mathema, DasharathChand Thakur, Gangalal Shrestha) should be placed in the place of Tribhuvan Statue. And if possible, all proclaimed martyrs’ statues should be placed under the statues of primary martyrs. Actually, i am in favor of their demands and the government should have an strong eye for their demands.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kiran P. Acharya

      I think things should not be changed. I realize that Tribhuvan is not a SAHID but he was in favour of what SAHID demanded and he acted in favour of them and against RANA regime. At the time of construction, Tribhuvan was respected by all, even by Prachanda and Baburam, I guess. So, the SAHID GATE symbolizes the history at a point of time.

      But, as the issue is concerned, SAHID do not have ranking and neither they sacrifice themself for a rank. So, putting them up and down won’t affect their value if you really know the value of a SAHID. Better lets start SAHID DIWAS next time on the same place, why to recall Tribhuvan if it is SAHID DIWAS by heart?

      Please correct me if I am being biased.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gopal prasad

      जनाअन्दोलन्का घाइते भनेका जिवित शहिदहरु हुन। तिनका मागलाइ ,चाहनालाई त पुरा गर्न राज्यले सक्दैन भने अरु ज्ञात-अग्यात शहिद्को नाम पुकारेर चर्को स्वरमा चिच्याउन अनी आफ्नो कुर्सी बचाउन मात्र जानेका हाम्रा राज्नेताहरुले शाहीद्का सपना पुरा गर्लान वा राष्ट्रका लागि केही गर्दै छन भनेर आशा भरोशा गर्ने दिन गैसके जस्तो लाग्छ। जिवित राजालाई फ्यकिसकेउ भने त्यो मरेको राजाको मुर्ती (त्यो पनि शहीद्का सालीक माथि )लाई मिल्काउन के ले मिलेन? जिउदालाई मार्दै रहने उन्को आवाज नसुन्ने तर मरेका,मारेका तर्फ आसु बहाउने पाजी नेताहरु र तिन्ले बनाएको काले काले मिलेर खाउ भाले सरकारलाई धिक्कार छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sabin

      tribhuvan ko salik ta rakhna nahune ho…tara yo bhandai ma tribhuvan ko salikko apaman ni garnu bhayena ni…hamile birsana hunna ni tribhuvan le desh ko lagi ke gareka thiye.. haina ta…sabai ko aa-afno thauma mulya maryada hunchha. Euta ko mulya ra maryada lai kayam rakhna aarkako aapman garnu pani ramro haina ni.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • cRIS

      शहिद गेटमा सबै शहिदहरुको शालीक राख्नु भन्दा, ईतिहासलाई दीशा दिदै वर्तमान सम्म ल्याउन बलिदान दिने “सबैको” नाममा एउटा “स्तम्भ” ठडाएर छाडि राख्दा बेश हुनेछ।

      राष्ट्रिय शहिद कार्यक्रमलाई पनि निरन्तरता दिनु पर्दछ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • DIPU

      शहीद गेटमा राजाको शालिक चित्त बुझ्दो भने छैन, त्यस्लाई हटाउनु पर्छ । अनी “शहीद” को सही परिभाषा अनुसार वस्तविक शहीदहरुको पहिचान गरेर उनीहरुको सम्मन गर्नुपर्छ। उनीहरुको सम्झनाको लागी शालिक बनाएर महत्वपूर्ण स्थानमा राख्नु उचित हो तर शहीदको सम्मान भन्दै बर्षको एक दिन फुलमाला पहिर्याएर बाँकी ३६४ दिन त्यसको बेवास्ता गर्नु शहीदको सम्मन होइन अपमान हो । शहीदले देखाएको बाटोमा हिंड्नु र देशको निम्ती आफ्नो तर्फबाट जे-जती गर्न सकिन्छ गर्नु नै शहीदको वस्तविक सम्मन हो।
      जय शहीद ।।।
      जय नेपाल ।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • loke

      tyo gate nai kaha ho ra?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hem kumar

      sahid gate bastab ma saguro thauma 6 teslai bewasthit garera aru bastabik sahid pahichan gari sahid ko ismarak rakhinu parchha jasto malai lagchha.
      rastra ko lagi niswortha bali dan dine matra sahid kahalinchha.
      raja ko murti tyaha bata hataunu parchha ra sahaid ko matra murti rakhnu parchha malai lagchhha mathi jaya raja tribhuwan ko murti chha tyaha pratham sahid lakhan thapa ko ismarak banaunu parchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kalpit

      त्यसो त पशुपती नाथका टुडालहरुमा कुदिएका बिभिन्न खाले पोजमा राखियका मुर्ती हरु पनि त शिवजी होइनन नि के मन्दिरमा अश्लीलता भयो भनेर मन्दिरनै भत्काउनु? हामी नेपालीको भत्काउने बुद्धी। शाहीद गेट पनि नभत्काइ ब्यबस्थित गर्नु पर्छ। किनभने त्यसले पनि हाम्रो ईतिहास बोकेको छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • शाहीद गेटको सबै भन्दा माथि त्रिभुवनको सालीक देख्दा मन नदुख्ने नेपाली शायदै होलान यो समयमा त्यो सालीकलाई हटाउनु पर्ने माग उठ्नु स्वाभाबिक नै हो। तर एस्को अर्थ यो होइन कि हाल बिद्यमान शाहीद गेट लाई नै भत्काएर नयाँ बनाउनु पर्ने? तेसो गर्नु को साटो त्रिभुवन को सालीक तत्काल हटाउनु पर्छ अनी अन्य शाहीद हरु कस्कस्को सालीक स्थापना गर्ने भन्ने बहस चलाई बिस्तारै राख्न सकिनिछ। तर त्रिभुवन लाई गेट आउट गर्नु नै पर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • G Sharma, CA

      सबैलाई थाहा भएकै कुर हो कि नेपालमा कुनै पनि राजामहाराजा (प्रचन्डको शब्दमा) शहिद छैनन, हैनन र थिएनन पनि । यदी छ भनेर कसैले भनेछन भने त्यो ज्ञानेन्द्र नै होलान । अब ज्ञानेन्द्र को बर्तमान हालत लाई शाहीद मानेर त्रिभुवन को शालिक लाई निरन्तरता दिएको हो भने धन्यवाद प्रचन्ड लाई र जनताले बुझछन हिजो भूमिगत हुँदाखेरी को प्रचन्ड सँग ज्ञानेन्द्रको साथ गाथ लाई र एकपल्त फेरी आँफैलाई धिक्कार्छन कि किन हामीले पटक पटक देशको परिवर्तनको लागि आँफैलाई शहीद बनाएछौ र गलत निर्णय गरेछौ भनेर । अझै पनि उही पुरानै धङ्धङिमै शासन गर्न खोजेका हौ भने अब चाँही ठाउँ छैन है । कि जे गर्छु भनेर आएक थियौ त्यो गर कि यस्तो गर्न खोजेको तर गर्न सकेनौ भनेर माफ माग र ध्यान तपस्या को लागि राम बहादुर बम्जन सँग एकता गर । आखिरिमा तिमीहरुको पनि नियती त तुत्नु,फुत्नु र एकता गर्नुनै त रहेछ नी । गणेश ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bidurmarasini

      鱼眼 yu yan ( fish eye ) who is he/ she ?

      nepali ko pani chinese name ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajesh Lamsal

      The four great martyar who never compromised with rana regime for their individual benifit and they had no fear of death so, they died being pleased hoping for freedom nepal from Rana’s tyranny regime. Hence, these great martyr should not be compared with any martyer although other martyr have their own value in their place. It doesnot mean that we should not respect other martyrs rather should regard in their place.
      In addition to it, Late King Tribhuvan can not be greater than our great martyr. so, it is not proper keeping the king’s status over our greater martyrs.It insulted upon martyrs and whole nepali people.
      latest martyrs too, should not be kept over four martyrs but can be kept wit their status. At last i salute all martys.
      may god help to be ur dream true.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • keshav

      sahid haruko samjhana gardi !
      mero bicharma,
      jasle deshlai parivartan (new nepal) banauchhu bhanera duniyako ragat ko kholi bagayo, katilai bidhava banayo, katilai tuhura banayo,ahile tinai netaharule bibhinna bahana banayera soche jasto kam garna nasakeko bhandai chhan. if, yo sarkarle sahidharuko namma ra aam jantako samunne new nepal ko anubhuti dina sakena bhane, sampurna janta milera netaharulai hattkadi lagayera tudikhelma lyai phasi dinu pardachha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Santo

      यो आन्दोलन गर्नु नै बेकार छ किनकी तपाईं ले भनेजस्तै भोली कसैले आत्महत्य गर्ला अनी के उस्लाई पनि शाहीद भन्ने। हामीले यो कस्तो सँस्क्रिति अपनाइेराछौ। सचो शाहीद भनेको त देशको लागि मर्ने ब्यक्ती हो जस्तो कि गंगालाल, धर्मभक्त, सुक्रराज, र दसरथ चन्द हुन। कोही मान्छे आफ्नो पार्टी को लागि मर्छ भने त्यो देश को नभै पार्टी को मात्र शाहीद हुन्छ। वीर शाहीदहरु लाई सर्दान्जलि। जय नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cesar

      K ho k ho hamro des ma. Des bikas garum ta kasaley pani bhandaina yar…………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Daya

      Before breaking the statue think about what to do in there after breaking it. Cuz this sub conscious state of mind in our nepalese brothers and sisters are just breaking the physical infrastructures not fixing them.
      Respect will not be shown by organising the crowded programme in front of them but by marching towards the way which martyrs wanted our country to go through
      The contributions of 4 martyrs and 25 martyrs are different in different conditions so, 4 martyrs cannot be compared with 25 martyrs.so 25 martyrs should be placed in a different place but with same respect.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • शाहीद गेटको सबै भन्दा माथि त्रिभुवनको सालीक देख्दा मन नदुख्ने नेपाली शायदै होलान यो समयमा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rahul

      ekdamai thik!
      Jay Nepal!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kreepa

      what ever u said its absolutely right santo ji. i support u

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सुबास दाहाल, प्रतिक पौडेल

      किन पो? किन पो मन दुख्ननू मित्र??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर ,लण्डन, यु. के.

      त्रिभुवनले नै यि चार शहिदलाई फासी दिने निर्णयमा हस्ताक्षर गरेको ईतिहास छ |त्यसैले सबै भन्दा माथि उनको सालीक राखिएको हो |यस्तै त भइरहेछ यहाँ चोरलाई चौतारी साधुलाई सुली |गेटको संरक्षण हुनु पर्छ |त्रिभुवन नगरपालिकाको नाम परिवर्तन गर्ने सरकार त्रिभुवनलाई शहिदनै मान्दो रहेछ कि कसो हो ?नत्र सिहदरवार अगाडिकै त्रिभुवन देखेनछन ?
      .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bibash

      Babu Gopal Sahid bhagera jyan ra pariwar jogaudaina. Pariwar ra aafno parbaha nagari chhati ma goli thapchha samasta des ka lagi ajha bhanaun satya ka lagi. Tribhuvan sahid huna sakne kurai chhaina ra unko kriyakalap sahid ko paribhasa antargat pardaina. Rana biruddha sadayantra gare holan satta prapti ka lagi jo pachhi desbasi ka lagi pani sahayogi bhaye hola kehi had samma tara unlai sahid manna mildaina. Yo ta bas Rana bata Saha ma transfer of power matrai thiyo. Tanka Prasad lai jiundi sahid manna sakinchha kinabhane uni afno ideology ka lagi Rana sanga darayeka thiyenan, baru Rana haru uni bahun hunu sanga darayera marenan. Je hosh Tribhuvan lai kunai pani halat ma sahid manna mildaina babu. Yasto kutarka garne bani chhoda ba!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • paradox

      do you see tribhuvan infront of singhdarbar? that is not tribhuvan, but he is the founder of nepal “Prithvi Narayan Shah”. by the way we should not underestimate the contribution of our ancestor whatever and whoever he was.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर ,लण्डन, यु. के.

      शाहीद गेट हाल कतै नसारिएको भए उक्त शहिद गेट सिहदरबार अगाडि नै छ पछाडि छैन र शहीद गेटमा त्रिभुवनको सालीक छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker