एक नम्बरमा- राजनीतिक भिडन्त शहीद ।
दुई नम्बरमा- कार्यकर्ता शहीद ।
तेस्रो नम्बरमा- नातागोता इष्टमित्र शहीद ।
चौथो नम्बरमा- जिल्ला र क्षेत्र शहीद ।
पाँचौं नम्बरमा- दुर्घटना शहीद ।
सब शहीदलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको व्यवस्था गरिनेछ। बिक्री भइसकेको माल फिर्ता हुने छैन भने जस्तै घोषणा भइसकेको शहीद फिर्ता लिइने छैन।
शहीद दिवसको तामझाम हेर्दाहेर्दै दङ्ग परेका दीपक खरेलको व्यङ्ग्य ब्लग-
नयाँ नेपालका नयाँ शहीद
-दीपक खरेल-
यो नयाँ नेपाल हो । त्यसैले यहाँ सबै थोक नयाँ हुनुपर्छ । त्यसैले त राजनीतिक व्यवस्था नयाँ । काम गर्ने तौरतरिका नयाँ । देश हाँक्ने नीति नयाँ, जनता बाँच्ने रीति नयाँ । सब थोक नयाँ, नयाँ नेपालमा ।
हिजोसम्म संसदमा खसीको टाउको देखाएर कुकुरको मासु बेचिन्छ भन्दै संसदबाट टाढा रहेको माओवादी आज संसदीय अभ्यासमा मख्ख छ, दंग छ ।
एमालेको राजनीतिक जग जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद ठान्ने एमाले नेतृत्वपंक्ति त्यही जनताको बहुदलीय जनवादमा संशोधन गर्ने भन्दैछ ।
सँधै कांग्रेस सत्तामा हुने राजनीतिक सत्यता उपर कुठाराघात भयो भन्छ कांग्रेस। आज कांग्रेस प्रतिपक्षमा छ ।
विकास र अधिकारका लागि सम्पूर्ण मधेश एक प्रदेश अनिवार्य भन्दै सडक र सदनमा कुर्लंदैछ, मधेशवादी दल।
जनताका लागि भन्दै जनयुद्ध लड्ने माओवादी नेतृत्व अहिले चिल्ला चार पांग्रे र सुटबुटमा ठाँटिएका छन् । यो पनि त नयाँ नै हो नि।
जनता उज्यालोमा बस्लान केही पढ्लान्, केही देख्लान र केही बुझिहाल्लान भन्या जस्तै गरी अधिकांश समय देश अँध्यारो पारेका छन् । राजस्व संकलन गर्ने र त्यसले देश विकास गर्ने भन्दै नुनदेखि सुनसम्म, इच्छादेखि शिक्षासम्म कर थोपरेका छन्।
सबथोक नयाँ, नयाँ नेपालमा ।
अब तपाईंहरु आफै भन्नुहोस् । यो नयाँको चक्करमा आफै घनचक्कर भएका माननीय नेतागणले शहीदमा पनि केही नयाँ त थप्नै पर्यो नि । परेन र – आजकाल शहीदको परिभाषा पनि नयाँ ।
गजबकै व्यवस्था छ । नयाँ नेपालमा नयाँ शहीदको । कालगतिले मरेका बाहेक सबै शहीद । र, हाम्रा माननीय नेतागणले शहीद वर्गीकरण पनि गजब कै गरेका रहेछन् । सुन्नुहोस् है शहीद वर्गीकरण हाम्रो प्रचण्ड परिषद्ले गरेको।
एक नम्बरमा- राजनीतिक भिडन्त शहीद ।
दुई नम्बरमा- कार्यकर्ता शहीद ।
तेस्रो नम्बरमा- नातागोता इष्टमित्र शहीद ।
चौथो नम्बरमा- जिल्ला र क्षेत्र शहीद ।
पाँचौं नम्बरमा- दुर्घटना शहीद ।
सब शहीदलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको व्यवस्था गरिनेछ। बिक्री भइसकेको माल फिर्ता हुने छैन भने जस्तै घोषणा भइसकेको शहीद फिर्ता लिइने छैन।
यी शहीद वर्गीकरणका केही नमूना मात्र । थप वर्गीकरण प्रचण्ड परिषद्ले गरिरहेको र छिट्टै र्सार्वजनिक हुनेछ।
छैन त गजब ?
सब थोक नयाँ, नयाँ नेपालमा ।
No related posts.









बुधबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकले दलको विधानमा अन्तर्राष्ट्रिय सर्वहारा धुनलाई पार्टीको धुन भनी समावेश गरेपछि राजाका पूर्व हितैषीहरु सूर्यबहादुर सेन ओली र इन्द्रजित राईहरुले पनि मुठ्ठी उठाएर लालसलाम गर्ने भएका हुन्। माओवादी दलको विधानमा संसदीय दलको बैठक सुरुमा सो धुन बजाउनुपर्ने र धुन बज्दा पार्टीको चुनावचिन्ह लिएर जितेका र पार्टीको सिफारिसमा सभासद भएकाहरुले उठेर मुठ्ठी कस्नु पर्ने उल्लेख छ।
संसदीय राजनीतिमा आइसकेपछि माओवादीले समानुपातिक र मनोनित कोटामा पार्टीको तर्फबाट पूर्व राजाका हितैषी, पञ्चायतकालीन अञ्चलाधीश र मण्डलेहरुको ठूलै समूहलाई सांसद बनाएको छ। पूर्वपञ्च र मण्डलेहरुबाट सांसद बन्न सफल सो समूहले अन्तर्राष्ट्रिय सर्वहारा धुनमा लालसलाम गर्नेदेखि लिएर लेबी उठाएर माओवादीलाई पाल्नेसम्मको जिम्मेवारी पाउने भएको छ।
पञ्चायतकालमा नमिता सुमिता हत्याकाण्डका साक्षी सूर्यबहादुर सेन ओलीहरुले ‘उठ जाग हे भोका नांगा’ भन्ने अन्तर्राष्ट्रिय सर्वहारा गीत गाउने भएपछि माओवादी भित्रैका सर्वहारा भने नयाँ पार्टी गठनतिर लागेका छन्। माओवादी संसदीय दलले सभासदहरुबाट लेबी संकलन गर्ने सम्बन्धी नियमलाई पनि दलको विधानमा समावेश गरेको छ।
- सम्वोधन
Duplicate comment detected; it looks as though you’ve already said that!
मन परे हरियो, नपरे रातो
0
0
दिपक खरेल जि !
तपाईंको रचन मन्पर्यो !
नेपालमा जबसम्मा पुष्पकमल दाहाल जि ! दुर्घतना शाहीद बन्दैनन, तबसम्म शाहीदको सङ्ख्या बढीनै रहन्छ|
सबैलाई थाहा भया ! यद बर !
मन परे हरियो, नपरे रातो
0
0
मलाई त भीमजी को कुरा सारै मान पर्यो / यस्तो ब्यबस्था भय म पानी आज नै घर फर्कन्थे कतारबाट /
मन परे हरियो, नपरे रातो
0
0
Add one more as follows
6. Future Potential Sahid.
मन परे हरियो, नपरे रातो
0
0
एउटा कुरा बिर्सेछ नयाँ नेपाल परिकलपना गर्नेहरुले जनयुद्वको क्रम्मा नेपाली आर्मीले प्रयोग गरेका कुकुरहरु ले
पनि ज्यान गुमाएकाछन्।ती कुकुरलाई पनि सहिद घोसना गरे नयाँ नेपाल को सुनिश्चित भबिश्या परिबर्तण हुने
थियो।
मन परे हरियो, नपरे रातो
0
0
ye murkh manuwa!
kaha bat lyaaune tyo paisa?
मन परे हरियो, नपरे रातो
0
0
सबै नेपाली लाई शाहीद घोषणा गरेर दस दस लाख दिये कसो होला ?
मन परे हरियो, नपरे रातो
0
0
“मैले पिएको मा एक पटक रिस गर्ने हरु हो , एक पटक पिएर त हेर , यहाँ पिउन कती गाह्रो छ , मरेर शाहीद हुने हरु हो एक पटक जिएर त हेर यहाँ जिउन कती गाह्रो छ ” साचै भुपी का यि पन्क्ती हरु अहिले सार्थक भएका छन । यो सरकारले सच्चा शाहीदहरुलाई शाहीद बनाएको छ । देश को लागि प्राण आहुती गर्ने ति योद्धाका परिवार जन हरु रोएर बसेका छन , उनिहरु को बलिदानीको अबमुल्यन भएको छ । अनी माओवादी को सदस्याता लिने हरु लडेर मर्दा पनि शाहीद म दर्जा गर्दै १० लाख दिन लागिएको छ । माओवादी को जिल्ला समिती ले शाहीद को लिस्ट तयार पार्ने हैसियत राखेको छ । मङगोल अनुहार को , मधेसी , कालो कोट लगएको भनेर शाहीद को नाम थपिएको छ । प्रचन्ड सगौरब शाहीद को लिस्ट घोषणा गर्छन् , उत्तम बाबु हरु चकडी म थापाडी बजाउछन । अनी लाग्छ , लखन देखिका शाहीद हरु आफ्नो मृत्यु मा आत्मा ग्लानी गर्दै छन ।
जै प्रचन्ड देब ।।।।
मन परे हरियो, नपरे रातो
0
0
This new Nepal governemnt is worst than Royal region or international countries about status of martyr and giving the state fund for victims family.But monarchical institution was more better than this New Nepal government. They are only destroying everything and prolong the constitutional writing as well prolong to governmen ages. That is why government is not serious to solve the Tarai conflict. This government and political parties of Nepal do not like to see Old Nepal, that is why they are making grand design like 22/24 states before PN Shah.Even this government has no right to dismantling the PN Shah statue. But people cannot expraise their dissatisfaction over government because some of political parties have gun and bullet. That is why it this new Nepal government is more costlhy than Rana autocracy in Nepal.
मन परे हरियो, नपरे रातो
0
0
Aba bidesh ma marne haru lai pani Sahid declare garda kaso hola….
मन परे हरियो, नपरे रातो
0
0
हिजोसम्म आफुले खान नपाएर पो “खसीको टाउको देखाएर कुकुरको मासु बेचिन्छ भनेको” अब त त्यहि कुकुरको मासु खाएर पल्केपछि मख्ख अनि दङ नहुनु त कुरै भएन हो । त्यसैले त नेता प्रचन्डको दिमाग बेला-बेलामा रन्थनिन्छ अनि भुक्ने गरिन्छ सत्ता कब्जा गरिनेछ भनेर ।
जसरि आफ्नो प्रतिबद्धता अनि जनतासङ भावुक हुन्दै माफि माग्ने आदिलाइ सस्तो बनाए छ त्यसरि नै यो शहिद सब्दलाइ पनि सस्तो बनाउदै छ यो प्रचन्द परिषदले ।
तर !!!! जे जस्तो भएपनि १३००० नेपालिहरुको रगतको होलिमा खेलेर आएको प्रचन्दले त्यसको औचित्य पुस्ति गर्नु पर्छ । नेपालि जनताले चादै नै ढिलो या छिटो त्यस्को ब्याज सहित जवाफ मागिने छ ।
मन परे हरियो, नपरे रातो
0
0
मदन जी,
यतिका राक्षसहरुको नाम लेख्नु भयो “चण्ड र मुण्ड” चाँही छुटेछ नि !
अहिलेको दु:खको एउटा करण त परको (टाढाको) “चण्ड” राक्षस पनि हो नि !
मन परे हरियो, नपरे रातो
0
0
मंत्री हरु गाड़ी चढ़े,,सूट लाये,घड़ी लाये ,पलंग माँ सुते यो इस्सू भएँन ,कुनै काम,रचनात्मक सुधार गरे की गरेनन ,प्रयास मात्र पनी गरेकी गरेनन त्यों महत्त्व को कुरा हो,र हाल सम्म यी कुरा हेर्दा निराशा मात्र हात लागिरहेछ |तैपनी माओबादी नेताहरु र अरु नेताहरु माँ फरक छ,अरु असफल हुदा त्यति प्रश्न उठ्दैन तर माओबादी नेता हरुले गद्दारी गरे ,जनता र उनकै कार्य कर्ता बा प्रतिशोध लिने तत्त्व ले उनको संहार गर्नेछन ,जसरी महिसासुर ,भस्मासुर ,त्रिपुरासुर,तारकासुर,बकासुर,महोदर,धुर्मुस,दुर्मुख ,अकम्पन,अहिराबन,सुम्भ,निसुम्भ,रक्तबीज,बेरी बेरी,सुबाहु,मारीच,बिराज,राबन,कंश,सिसुपाल,कुम्भ कर्ण,मेघनाद,अहिराबन,द्विबिध,घंटाकर्ण,खर ,दूषण,जरासंध,पूतना ,
मधु ,कैटभ,हीदम्बा,घटोज्काज आदि नाम गरिएका दैत्य मारिये |
मन परे हरियो, नपरे रातो
0
0
Is anything left apart from “Naya Nepal”?
People still do not realize that by just talking and twisting leaders’ tongue is not going to happen a “New Nepal” things happen when some one starts working, doing things, building structures. The architects of New Nepal seemed to destruction architects and they are only capable of destryoing be it our culture, religion, hisotry, way of life, industrial base, education policy and you name them.
Jaya Naya Nepal.
मन परे हरियो, नपरे रातो
0
0
गज्जब र अज्जब दुबै छ !
वाइ स्याल, फोरश वा अरू तेस्तैले नयाँ नेपाल बनाउने नाममा “तपाईं-हामीलाई” अकालमा नमारिदिये एस्ता गज्जब अरू पनि देख्न पाईन्छ !
मन परे हरियो, नपरे रातो
0
0
aba nepal ma kukur ke tokera maryo bhane pani sahid goshana garnu parcha
मन परे हरियो, नपरे रातो
0
0
First we should give title of alive martyer to our present government leaders. then they could make good arrangement for dead martyr. It will be good for leading to executive head of government.Present government is destroying everthing but still they are telling we are representative of people. Now we aslo appeal to new government it will be also good to take a chairman of martyr.
मन परे हरियो, नपरे रातो
0
0
“चण्ड, मुण्ड, प्रचंड ” ला जा त ….
मन परे हरियो, नपरे रातो
0
0