अपडेटः मंगलबार साँझ पुतलिसडकबाट गिरफ्तार पत्रकार ऋषि धमलालाई अनुसन्धानका लागि हिरासतमा राखिएको र अनुसन्धान सकिएलगत्तै सार्वजनिक गर्ने प्रहरीले बताएको छ। हिन्दू राजतन्त्रवादी रणवीर सेना, जसले संविधान सभा भवनदेखि विमानस्थल र सुन्धारासम्म भएका विस्फोटहरुको जिम्मा लिएको थियो, त्यसैसँग संलग्न रहेको आशंकामा धमलालाई गिरफ्तार गरिएको अनौपचारिक सूत्रहरुले बताए पनि अनुसन्धान भइरहेको भन्दै यस विषयमा औपचारिक रुपमा प्रहरीले केही बताउन मानेको छैन। सूत्र भन्छ, धमलाले रणवीर सेनालाई विस्फोटन र हातहतियार कारोबारमा समेत सघाउँदै आएको तथ्यमा अनुसन्धान भइरहेको छ। धमला र रणवीर सेनाका सदस्यहरुबीच पटकपटक फोनवार्ता हुने गरेको र त्यस्तो फोनलाई ‘ट्याप’ पनि गरिएको सूत्र बताउँछ। अनुसन्धान सकिए मात्र उनलाई आज सार्वजनिक गर्ने भनिएको छ। धमलालाई सञ्चार सम्पर्क विच्छेद गरी हनुमानढोकामा राखिएको छ। उनलाई कसैले भेट्न पाएका छैनन्। नेपाल पत्रकार महासंघका पदाधिकारीहरुले यस विषयमा आजै छलफल गर्दैछन्।
अपडेटः हनुमानढोका प्रहरी परिसरमा थुनिएका ऋषि धमलालाई पत्रकारहरुसँग भेट्न दिइएको छैन। उनलाई गिरफ्तार किन गरियो भन्ने बारे बुधबार मात्रै बताउने गृह प्रवक्ताले बताएका छन्। प्रहरीले केही बताउन मानिरहेको छैन। तर नाम बताउन नचाहने प्रहरी स्रोतलाई उदधृत गर्दै आएको समाचारमा तराईमा सशस्त्र संघर्ष गरिरहेको रणवीर सेनाको आपराधिक गतिविधिमा धमलाको सम्बन्ध रहेकोले उनलाई गिरफ्तार गरिएको बताइएको छ। केही अघि काठमाडौँका विभिन्न स्थानमा पडकिएका बमहरुको जिम्मा यही रणवीर सेनाले नै लिएको थियो। रणवीर सेनाले हिन्दु राजतन्त्रको वकालत गर्ने गर्छ। गृह प्रवक्ताले धमलालाई पक्राउ गर्दा आउने दबाबप्रति सचेत छौँ भनेका छन्। हुन पनि धमलाको पहुँच सीधै भारतीय दूतावाससित र नेताहरुसित रहेको छ। प्रहरीले के कुरा पत्ता लगाएर उनलाई गिरफ्तार गरेको हो, त्यो पत्ता लगाउन भने बुधबारसम्म कुर्नै पर्ने हुन्छ।
अपडेटः हामीलाई प्राप्त जानकारी अनुसार मधेस राष्ट्रिय पार्टीका नेता प्रमोद यादवलाई धमलासित भेट गराउन लाने क्रममा पत्रकार शुभक महतो र वीरेन्द्र केएमलाई प्रहरीले गिरफ्तार गरेको रहेछ र यही प्रकरणमा सोधपूछका लागि ऋषि धमलालाई गिरफ्तार गरेको काठमाडौं प्रहरी परिसर हनुमानढोकाका प्रमुख नवराज सिलवालले बताएछन्।
राज्यले अहिले यो विषयमा सञ्चारकर्मीमाथि अपनाएको हस्तक्षेपको शैलि निन्दनीय छ। विद्रोही नेतालाई सञ्चारकर्मीले भेट्नै नपाउने भन्ने कुरा हुँदैन। अहिले सरकारमा रहेका नेताहरुको टाउकोको मोल तोकिएका बेला पनि समाचारलाई सन्तुलित बनाउन दुवै पक्षका कुरा राख्न सञ्चारकर्मीहरुले उनीहरुका समाचार, लेख र अन्तर्वार्तालाई पनि स्थान दिएकै थिए। शाही शासन कै झल्को आउने गरी दुई जना पत्रकारलाई गिरफ्तार गरेको तीन तीन दिनसम्म अवस्था पनि सार्वजनिक नगरी बेपत्ताको अवस्थामा राख्नु कानुनी शासनको उपहास हो। ठीक छ, अपराध गरेको भए पत्रकारहरुले पनि उन्मुक्ति पाउनु हुँदैन भन्ने कुरामा कसैको दुई मत हुँदैन। धमला रणवीर सेनाका आपराधिक कार्यमा संलग्न हो भने उनलाई कडाभन्दा कडा कारबाही हुनै पर्छ। तर सबै कुरा कानुनी प्रक्रिया मिलाएर हुनुपर्छ। यदि आज पूर्वाग्रहका कारण ऋषि धमला गिरफ्तार भए भनेर काखी बजाउने हो भने भोलि यही शैलिमा कुनै पनि पत्रकारलाई पक्रेर बेपत्ता बनाउन राज्यको हौसला बढ्नेछ। प्रहरीले यस विषयमा सबै कुरा सार्वजनिक नगरेसम्म अहिले नै केही भन्न सकिने स्थिति छैन। सत्य, तथ्य तुरुन्त सार्वजनिक गर्नुपर्छ।
*********

चानचुने मान्छे हैनन् ऋषि, भारतीय राजदूत सुद कार्यभार सम्हाल्न नेपाल आउँदा उनलाई विमानस्थलबाटै धमलाले एस्कोर्ट गरेका थिए।
मूल ब्लगः रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई पनि आज साँझ प्रहरीले गिरफ्तार गरेको छ। क्लबबाटै साँझ छ बजेतिर सादा पोशाकमा आएका प्रहरीले उनलाई गिरफ्तार गरी हनुमानढोका पुर्याएका थिए। तराईका विषयमा विशेष दख्खल राख्ने अनलाइन पत्रकार शुभक महतो र ऋषि क्लब कै एक जना पत्रकारलाई प्रहरीले पक्रेर बेपत्ता बनाएको तेस्रो दिनमा उनलाई गिरफ्तार गरिएको हो। अन्य दुई पत्रकारलाई गिरफ्तार गरेको प्रहरीले औपचारिक रुपमा नस्वीकारे पनि धमलालाई गिरफ्तार गरेको भने प्रहरीले औपचारिक रुपमा नै स्वीकारिसकेको छ। उनलाई किन गिरफ्तार गरियो, त्यो भने खुलाइएको छैन। जसले गर्दा यो प्रकरण अझै रहस्यमय बन्दै गएको छ।
माइसंसारका लागि समेत विशेष रिपोर्टिङ गर्ने पत्रकार शुभक महतो तीन दिनदेखि बेपत्ता भएपछि हामीले सोधखोज गर्दा यो प्रकरण ऋषि धमलासित पनि जोडिएको संकेत पाएका थियौँ। बिहान यस विषयमा धमलासित माइसंसारले प्रश्न गर्दा उनले आफू यो प्रकरणमा संलग्न नभएको भन्दै उनीहरुलाई छुटाउन गृहमन्त्री र आईजीसँग कुरा गरिरहेको बताएका थिए।
दिउँसो ऋषि धमलाले क्लबबाट ती पत्रकारहरुलाई पक्रिएकोमा निन्दा गर्दै एउटा वक्तव्य पनि जारी गरेका थिए।
सूत्रहरुका अनुसार धमलालाई मधेस राष्ट्रिय पार्टीका नेता प्रमोद यादवसित भेट गराउन लाने क्रममा पत्रकार महतो र अर्का पत्रकार वीरेन्द्र केएमलाई प्रहरीले गिरफ्तार गरेको हो। प्रहरीले महतोलाई गिरफ्तार गरेपछि हातमा हत्कडी लगाउँदै ल्याएर माघ १९ गते राति उनको कोठामा समेत छापा मारेका थिए।
उनीहरु कुन प्रकरणमा गिरफ्तार भएका हुन् र प्रहरीले कुन ठूलो कुरा पत्ता लगाएको छ ? अहिलेलाई यो रहस्य मै रहेको छ। तर एउटा कुरा चाहिँ के प्रष्ट हो भने कुनै विशेष कुरा नभई धमलालाई प्रहरीले गिरफ्तार गरिहाल्दैन थियो। हेरौँ, केही समयमा यो रहस्य पनि खुल्नेछ नै।

चानचुने मान्छे हैनन ऋषि, तत्कालीन सञ्चार राज्यमन्त्री दिलेन्द्रप्रसाद बडुलाई समेत यसरी थर्काउँथे उनी।
No related posts.










hi i read the news and i listen about dhamal i thought he is nice he can not do that always when i was nepal i am also reporter i meet many times with him he alwsays doing programme and think about peace nepal he never can not do that
kamal kharel
poland
मन परे हरियो, नपरे रातो
0
4
in context of rishi dhamala case, i recall one like him Bini sharma. he was also a journalist not like other journalist but like rishi dhamala typed journalist. we all know india never wants peace in Nepal and blame nepal for their fault.
these rishis and binis typed jaurnalists must be exposed and penalyzed. i had then told that bini sharma typed person cannot be a Nepali and even if he holds nepali citizen ship that might be a fake through sandhya times arrangement exposing with proves that india and their indian airlines were responsiblefor indian airlines plane then being hyjacked from nepal. later, bini sharma’s nepali citizen ship was found to have been fake.
similarly, we need to find out all back grounds and contacts of rishi dhamala. there may be a big racket.
मन परे हरियो, नपरे रातो
3
0
नेपाल प्रहरी लाई धन्यवाद ……………. किन एनकोउनटोर गर्न नसकेको …… न त छान्बिन् न त डिउटी बस्नु पर्ने तेस्ता देस्द्रोही को । जे होस् पत्रकार को नाम को माफिया पक्डियेको छ उचित छान्बिन् भैइ कारबाही गर्न लाई प्रचन्डे सरकार ले खुट्टा नकमाओस । योग्यता नभये को मफिया को सर्तिफिकेट् मित्र राष्ट्र धोतीया को आसिरबादले चुरी फुरी गरेको ………… अब देखछ दिउसै तारा । २४० बर्ष शासन चलायेको ज्ञानेन्द्र त कर्कालो गले झै गलेर पुर्पुरो मा हात राखेर खुइया गरेर झिङा मार्दैछ नागारजुन मा ……. यो नाथे माफिया । छान्बिन् गरी हदै सम्मा को सजाये दिनु पर्छ यो मफिया लाई तेसै छोड्नु हुन्न ।
मन परे हरियो, नपरे रातो
4
0
hami sojo manche lai ke thaha yesto kura
मन परे हरियो, नपरे रातो
0
0
मलाईत यो धमला पहिले देखी नै अली सन्कास्पद लाग्थ्यो, यो मान्छे पक्कै पनि खतरनाक छ है होसियार !!!
मन परे हरियो, नपरे रातो
3
0
Rishi is not a good person and he is not a real journalist too.
मन परे हरियो, नपरे रातो
3
0
ॠषि धमला वास्तवमा नेपाल र नेपाली मात्र को एउटा कलङ्क हो जुन कुरा अहिले आएर मात्र प्रमाणीत भएको छ, जुन आज सम्म धेरै नेपाली लाई थाहा थियन र उस्को बिरुद्दमा बोल्ने शाहस कसैले पनि गर्दैनथे, म स्वम पनि डर्दथे कि मैले उनको बिरुद्दमा केही बोले भने मेरो लागि आर्को दिन नै आउन्न थियो कि ! तर बिधिको बिधान कसैले टारेर टर्नेवला छैन, त्यो साबित भयो आज । उ आज गिर्फ्तार भएको छ र साँच्चीकै सरकारमा दम छ भने उसले सजाय पनि पाउनैपर्छ। यो अपराधी भन्दा पनि देश द्रोही हो जस्ले Divide and rule को सुत्र use गरिरहेको छ । यस्लाई यदी कारबाही हुन सकेन भने, जनता को पसिनामा नचरी लगाउनेहरुले सरकारबाट राजिनामा दिएर नयाँ बिकल्प को खोजी गर्नु पर्छ ।
देवराज लामिछाने
अस्ट्रेलिया
मन परे हरियो, नपरे रातो
4
0
ॠषि धमल को नाटक धेरै भो अब यस्को दिन सकिय जस्तो छ । यो पतककी राष्ट्र घती लाई फसी दिनु पर्छ पहिलो पटक पुलिस बाट राम्रो काम हुँदैछ ।
मन परे हरियो, नपरे रातो
3
0
mayo badi ta biralo ho kohinabhaya patbhari khaula bhanna ho sala jagngali . dash nee adhharo banyo jangel jastee. apradi lae karbae garni apradhee nee sattama gay pachhi k ko santi hun6 ra patra kar harul abholi bata paper chhapna banda garnu parchha ani thaha pau6 jangle la.
मन परे हरियो, नपरे रातो
0
0
yesle dui din camera nadekhne bho, malai ta बाच्छ jasto lagena, pakkai pani atmahatya garchha hola. Camera ra TV sita ko dui dine biyog yo asapti le sahana sakla ra?
मन परे हरियो, नपरे रातो
0
0
Yo ta bhayankar khaate manchhe honi. Patrakarita ta yasko dekhaune dant matrai ho khane dant ta arkai chha. Yo RAW ko agent ho. Yasle Putali sadakko fruit pasalma pieko juiceko paisa pani tirya chhaina.
मन परे हरियो, नपरे रातो
1
0
Rishi Dhama lai Publicity chaiyako chha yo ta ramro mauka bhayo uslai ,,,,,,,,,,,,,,,chaya ramro chaya naramro>>>>>
Sundar
मन परे हरियो, नपरे रातो
0
0
अब देश को नेताहरु सचेत हुँदै छन यो राम्रो सुरुवात हो साथी हो।।।
मन परे हरियो, नपरे रातो
0
0
मलाई त २ दिन टिभिमा ॠषि धमलाको अनुहार देख्न नपाको कस्तो आनन्द लागिरहेछ । खुब जान्ने सुन्ने पत्रकार भएर सधैं टेलिभिजनमा देखिनु पर्ने? जे भए पनि पत्रकारको खोल ओढेर देशमा आतंक फैलाउन चाहनेहरुलाई नाङ्गे झार पार्नु नै पर्ने थियो त्यो गरेकोमा धन्य छ पुलिसहरुलाई !
मन परे हरियो, नपरे रातो
2
0
dhamala na samala…, if he had involved in such type of terrorist outfit, he should be kept in jail for his whole life. Dame Rishi dhamala.
Yedu
मन परे हरियो, नपरे रातो
0
0
Yo pani nepal sarkarko naatak matra ta hola. Kinaki Yesto kandaa dharai hunchhan nepalma aaja jel bholi riha. Yestai ho nepal ko kaanun tesaile Rishi Dhamala pani bholi mukta bhayo bhanne sunna naparos. Yesta Deshka kalanka harulai Jeevan bhar jelko chiso chidima rakhanu parchha.
मन परे हरियो, नपरे रातो
0
0
We have to discourage Indian agent. Any kind of agent. Nepal Police did their job. If he is guilty he has punished as gard as possible. As a Nepalese rule and regulation. Do not let them arogant. Like a Buifutta guys.
Sherpa
मन परे हरियो, नपरे रातो
0
0
मेरो दिमागमा त एउटा कुरा आयो: अब नेताहरुको पछाडि कस्को फोटो आउने होला? आजसम्म त सधैं ॠषि धमलाको बर्चश्व थियो !!!
मन परे हरियो, नपरे रातो
1
0
के अचम्म हो त “जय हिन्द” पनि खोरमा? प्रचन्ड सरकारको आयु नाप्ने दिन आए जस्तो छ।
मन परे हरियो, नपरे रातो
0
0
I’M so happy to hear this news. Rishi Dhamala jastai aru kera haru pani chan jasle hamro des lai bestari bestari kayeraheka chan. Yo ta yak number ko chomcho ho yeslai ta thedi launoo nai parcha. By the way this is the good staring for all of us. Thank you so much merosansar to publish this news for us. Jay Nepal
मन परे हरियो, नपरे रातो
0
0
Sala Patrakar ko Nam ma kalanka lai Thik gayo Police le. as well i agree with Prakash
Thanks
मन परे हरियो, नपरे रातो
0
0
kanai pabitra bhayo samachar suner…
मन परे हरियो, नपरे रातो
0
0
पत्रकार को नाम मा जे गरे पनि हुन्छ भन्ने हो भनेत मेरो भन्नु केही छैन । धमला कस्तो पत्रकार हो भन्ने कुरा त सबै लाई थाहा छ नि हैन र तर पनि भोली पत्रकार लाई पक्रन पाइदैन भनेर पत्रकार महासँघ ले बिरोध गर्छ। किनकी पत्रकार महासघको नियममा पत्रकार ले जे पनि गर्न सक्छ भन्ने छ। उमेश जि तपाईं ले पनि पत्रकार ले गल्ती गर्छ भने तेस्लाई पनि कानुन सम्मत कारबाही गर्नु पर्छ भन्ने सन्देश दिनु पर्छ जेस्तो लाग्छ। चाहे पत्रकार होस् अथवा मन्त्री सबैले गल्ती गरेमा सजाय पाउनु पर्छ।
thanks
prakash
मन परे हरियो, नपरे रातो
1
0
वास्तवमै माओवादीले अब YCL भङ्ग गरेर यस्तै राम्रो काम गर्दै , सु+शासनको काम गर्दै जावोस भन्ने कामना गर्दछु ….
मेरो परिवार पुस्तोउ देखी काङ्रग्रेश हो तर अब हामी नयाँ पुस्ताले हाम्रो पुस्ता जे थियो तेस्मै आस्ता नराखी देश र जनता प्रती इमान्दार प्रतिनिदी
लाई विश्वाश अनी सहयोग गर्दै जाओस…
र तेस्को थालनी यो सरकारले गरेको जस्तो अनुभुती भको छ …..
तपाईंहरु राम्रो काम गर्दै जानुहोस् हामी युवाहरु तपाईंहरुको साथ् दिन्छौ ….
हामी अन्धकारमा निसासीएका नेपालीहरुलाई शान्ति अनी असल सरकार चाहीएको छ ..
तपाईंहरु हामी लाई तेस्को प्रत्यभुती दिनुहोस् सारा नेपालीको तपाईंहरु लाई साथ छ र हुन्छ पनि ….
एदी राम्रो काममा कसैले दखल गर्छ भने सबैलाई ॠसी धमलाकै हालत गरे हुन्छ ….
केही पाउन केही गुमाउनै पर्छ , त्यसैले एदी हाम्रो देशले साचैनै कोल्टे फेर्छ भने ….
हामी यो देशका गद्दारहरुलाई गुमौन पछी नपरौ …..
चाहे त्यो ठुलै ओहोदाको मान्छे अनी मन्त्रीनै किन नहोस् …….
सुमन भाई
मन परे हरियो, नपरे रातो
0
0
thik garechha prasasanle weldone,tara tesai chhodni hoki?
मन परे हरियो, नपरे रातो
0
0
गिरफ्तार गर्नु त सामान्य नै भा छ आजकल । यो त ठुलो कुरो भएन । तर जड् भनेको कहिलेयै कसैलाई कारबाही भएन । ॠषि धमला पनि कारबाही गर्नु पर्ने ब्यक्ती हो । धमला जस्तो ब्यक्ती कुनी पनि हालतमा पत्रकार हुनै सक्दैन। धमला त पत्रकार को खोल ओधेर अरु काम गर्ने मान्छे हो ।कानुनी राज्य को उपहास नहोस्!!!
नेपाल प्रहरी ले दबाब खेप्न नपर्ने हो भने, अपराधी पत्ता लगाउन सछ्यम् छ भन्ने कुरा त थानकोट् हत्या कान्ड का दोसी पत्ता लगएर देखाएको छ।
यस् पाला भने बडो जोखिम उठाएको छ नेपाल प्रहरी ले ,भारतिय दबाब को बाबजुद दोसी लाई कारबाही दिलाउन सकोस; अग्रिम शुभकामना!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
2
0
उनी भारतीय दुताबास मा दिनानु दिन चक्कर काटेक समाचार आइरहेका बेला यो पक्रउ पर्नु ले केही राम्रो सन्केत गर्छ। सरकार को कदम ठीक लाग्यो ।
मन परे हरियो, नपरे रातो
1
0
Yo mathi comment garne Bijaya kumar pani bharat ko dalal ho ki ke ho? Sara nepali le tyo rishi dhamala dalal ho bhanera bhanirahada, yo andho Bijaya kumar ta ulto kura garcha hau sathi ho. yo ta je gare pani birodh garne manche ho ki sahi kura garda sahi ho bhanne manche ho? esta dalal haru dherai huda sara nepali le dukhha paye hau sathi ho. esta dalal lai tundhikel ma jhundaune ho bhane balla nepal le sukh pauthyo. Natra yenha patrakar ko khol oddai desh ko masu khanchan inle ani democracy, human rights ko khol odhera sara nepali ko pasina chusne ii dalal lai sarkarle karbahi garena bhane janata le milera jhundaunu parcha.
sabailai chetana bhaya
मन परे हरियो, नपरे रातो
0
0
He is Indian agent. Now it will be interesting to see how india reacts to this incident. It might be troublesome for Prachanda’s government. In that case, it might similar to Pashupati incident. But its great job this government has done. People who take money from other embassy and leak out the confidentiality of nation should be behind the bar and treated per se. Looking at the comment above, it is clear that he is agent. He takes big sum of money not only from various political leaders, businessman and embassy but also from people.
He forgot his base. He struggled his way to reach this position but he forgot his base. He might come out as winner because Indian influence is big in this small country but culprit should be behind the bar no matter what.
Great Job Prachanda! Dont hesitate to do good work. Nepali people are with you.
मन परे हरियो, नपरे रातो
0
0
ऋषि धमला भन्ने मान्छे भारतको दलाल हो, उसले भारतीय र को कर्मचारीको रुपमा भारतिय दुतावासबाट तलब खान्छ र नेपालको अस्मिता माथी खलल पुग्ने गरी नेपालका गोप्य खबर भारतलाई बेच्छ यस्तालाई कडा भन्दा कडा कारवाही हुनु पर्दछ। त्यो पत्रकार होइन पत्रकारको खोल ओडेको नेपाली ब्वासो हो। त्यसलाई पत्रकारीता प पनि आउदैन
कपुर
मन परे हरियो, नपरे रातो
0
0
J bhaio Ramro bhao J ahuncha Ramro huncha Kina ki Rish dhamal jasta manche Real ma paisa ka agadi hidne RA rastraghati manche huna. Aja jun kadam Sarkar le chalako cha to Kadam ramro cha. ABa mali lagcha auda din haru ajhai yesti ramra kura haru suna ra dhekna paiyos.
मन परे हरियो, नपरे रातो
0
0
ज्यादै राम्रो कामको शुरुवात भयो । पत्रकारको खोल ओढेर अराजक्ता मच्चाउने देश द्रोहिलाई कम्सेकम कुनै कारबाही नभएपनी उसको चरित्र कस्तो छ भन्ने त सबैले थाहा भयो । येसैमा मत खुशी छु। नेपाल प्रहरिलाई धन्यवाद।
मन परे हरियो, नपरे रातो
0
0
Rishi Dhamala and Gopal siwakoti Chintan (Human Right Activist/Lawyer) both seem to be the “wolf in the sheeps skin”. Surely the truth will gbe out.
मन परे हरियो, नपरे रातो
0
0
के पत्रकार लाई चाँही जे जस्तो गरे पनि प्रहरी ले कहिले पक्रिन न हुने हो?
आफ्नो हक अधिकार को लागि संगथित हुनु एक्क्दम राम्रो कुराहो तर तपाईं पत्रकार बन्धु हरु लाई रिशी धमला को बिगत र बर्तमान को स्थिती राम्रो सँग थाहा छ। कृपया निस्पकचिये पत्रकारिता को धर्म निर्बाहा गरी बेक्ती समाज र राष्ट्र को बिकास गर्न तर्फ लागौ ,,,,, सबै नेता चोर हुन हामी लाई कसैकोनी भरोस लाग्दैन,डन्द हिनता को मुलुक नबनोस। बल्ल बल्ल यो सरकार ले सिंह को खाल वोदेको बिरालो पत्ता लगाएको छ निस्पक्चिये चान्बिन हुन दिउ। अब यो देस का जनता लाई सचेत गराउन सक्ने मेन सक्ती भनेकै तपाईं पत्रकार हरु हुनुहुन्छ ,,,, हामीलाई निरास नबनाउनुस् .
मन परे हरियो, नपरे रातो
0
0
यो पनि नयाँ नेपालको नयाँ सरकारको नयाँ प्रबिर्ती हो । प्रधानमन्त्रिको देशबासीको लागि दिनु भएको भाषनको पहिलो भाग हो कि दोर्स्रो भनु । पहिला एउता कुरा बोल्नु हुन्छ अनी पछी माफि माग्नु हुन्छ । रिसी धमलालाई समातियो भनेर कसैले पनि गुनासो नगर्नु किनकी यो गिरफ्तारी गरेको जस्तो गरेको हो । भोलिनै ईन्डियाले हाइ प्रचन्ड भनी दियो भने धमलालाई सुवोगत्को साथ जहाबाट लगेको थियो तेही मर्सेडिश् कारमा राखेर पुराइदिने छ तेसैले हामीले कुनै दु:ख मानु पर्ने कुरा छ जस्तो लाग्दैन मलाईत । अस्तिको पसुपति मन्दिरको गतनालाई सम्जनुस्त भारतीये नेताले के बोलेको थियो भोली पल्ट मन्दिरको पूजारी परिवर्तनलाई बदर् गराएको कुरा तपाईंहरुले बिर्सिनु भयोत । यदी भारतीये बिसतार्बाद भनेर यो अहिलेको सरकारमा जाने हरुले आहिले देखिनै भन्दै आएको होइननी त । भारतीये बिसतार्बाद र अमेरिका साम्राज्येबाद भनेर गाली गर्ने बानी परेको छ । सरकारमा आउनु भन्दा पहिले देशको माफिया भनेर कती जनाको नाम लिस्त कती थाउमा थसेको थियो खोइ आज कहाँ गयो तियो लिस्ट आज कस्को सरकार छ त कस्ले रोकेर हो कार्बाइ गर्न नदिएको लाचारी पन देखाएर एउटा देशको चौथो अङ मानिने पत्रकारलाई मार्ने र अपहरन गर्ने बानी परेको छ यो नयाँ नेपालमा आरुत गर्न सकेको गरओस । केबल हामीले जानेको थिएन थाहा थिएन र आनुभब थिएन भनेर जनतलाई मुखमा बुजो लगाउन सिपालु छदै छ । यो पनि एउटा नाटक गरेको हो ।सहि ढंगले करबाही गर्ने हो भने किन तियो सानो पत्रकारबाट सुरु गरेको आट र साहास् छ भने तियो गंगाबुको चोक्कमा टासिएको बोर्डमा भएको ब्यक्तिलाई कारबाही गरेर देखावोस्नत । आज भारतीये बिस्तार्बाद भनेर हिरासत मा राखाने भोली चिल्लो कर्मा राखेर छादी दिने त होला नि किन लाचारिको खोल ओदेको बरु सुटुक्क छादी दिएको भये हुने थियो । कलम चलाऊने हातहरुलाई रोकेर कहिले पनि भन्दा गर्न सक्ने छैन । अहिले दुनियाँमा हतियार चलाऊनेको दिन भलियो भएको छैन । हतियार त छेदिक हो भनेर बुजनु हो कसैले पनि त्यसैले कलमको शक्तिलाई रोकेर आघी बदने कोशीस कहिले पनि नगर्नु । बिचार को लडाईं लदने गर्नु । नेपाल पुलिस को यो नयाँ नेपालको दोर्शो लाचारी पन हुने छ । धमलालाई भोलिनै छाडि दिने छ ।
शुभ चिन्तक
श्रेष्ठ बि के
मन परे हरियो, नपरे रातो
0
0
कानुनी राज्य को उपहास नहोस्!!!
नेपाल प्रहरी ले दबाब खेप्न नपर्ने हो भने, अपराधी पत्ता लगाउन सछ्यम् छ भन्ने कुरा त थानकोट् हत्या कान्ड का दोसी पत्ता लगएर देखाएको छ।
यस् पाला भने बडो जोखिम उठाएको छ नेपाल प्रहरी ले ,भारतिय दबाब को बाबजुद दोसी लाई कारबाही दिलाउन सकोस; अग्रिम शुभकामना!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
हैन रीशी धमला को पछाडि किन यात्राो coment मएले भुझन सकिन हामी आफु पनि गर्न नसकने अनी अरुलेगरेको मा पनि रिश गर्ने ह्हा नेपालीको बानी
मन परे हरियो, नपरे रातो
0
0
यो ॠषि धमला को अस्लियत के रहेछ त ? I think Nepalese Police are making bold moves these days. Good Initiative. They should not be let Rishi Dhamala go scot free if he is really betraying the country.
मन परे हरियो, नपरे रातो
0
0
बिष्णु जी सायद मेरो संसार को नया पाठक हुनुहुन्छ जस्तो लाग्यो कृपया पुराना ब्लॉग हरु पनि पढ्नु भएमा यहाँ को जिगसा पुरा हुन्छ की
मन परे हरियो, नपरे रातो
0
0
लुना दिदी ॠषि धमला तपाईं लाई के लाग्छ ? तपाईं ले के सोच्नु भएको छ । तपाईं को मनमा कस्तो सकरात्मक आसा पलायो भन्न खोज्नु भएको के इस्पस्ट भन्न सक्नु हुन्छ ? के के थाहा छ ॠषि धमलाको बारेमा तपाईं लाई ? नेपालमा हेर्नु होस् दिदी कहिले पनि शान्ति र सु ख हुन्न कसैको धन जनको सुरक्षा छैन, तपाईंले यहाँ ५,००० ( पाच हजार ) साथमा लिएर हिंड्नुस् कतै ९५% तपाईं लुटिन सक्नु हुन्छ साथै तपाईंको ज्यान पनि जान सक्छ ! ॠषि धमला लाई पक्रिन्दैमा के नेपाल सरकारको यो सबल पक्ष हो कसरी भन्न सक्नु हुन्छ ? धमला र महतो जस्ता धरै नै छन पत्रकारितामा लागेका सबैका राम्रा पक्ष हुन्छ नै भन्ने छैन कती नराम्रा काम पनि गरी रहेको हुन्छ नि होइन र ! तर यि सबै को पर्दा फास चाडै नै गरियोस भन्ने म पनि चाहन्छु । म माइ संसार प्रती म धरै नै आभारी छु । यो कुरामा चाँही म पनि लुना दिदी सँग (सहमती हुन ) हातमा हात मिलाउन चाहान्छु ।
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो काम! तर अब पत्रकार महाशयहरुले र कान्ग्रेशी जनहरुले छुट्याउनकोलागी फेरी आन्दोलन गर्ने होलन !
मन परे हरियो, नपरे रातो
0
0
पत्रकारिताको नाममा आम नागरिकलाई गुमराहमा राख्दै राजनीतिक दलको भजन गाउने चोर तस्कर फटाहा हरुको पैसा कुम्ल्यार शुद्धिकरण गर्ने यी र यस्ता पत्रकार भनाउदा भास्टहरुलाई तीन करोड नेपालीलाई घात गरेको साबित भएमा सजाय स्वरुप बिच सडकमा आम नागरिकहरु सामु फासी दिनुपर्छ । पत्रकारलाई हरेक कुरा छुट हुन्छ भन्ने छैन ।
मन परे हरियो, नपरे रातो
0
0
कुनै बेला उनको नाम चेलीबेटी बेचबिखनमा समेत तानियो। कार्यशैली, अनपत्यारिलो प्रभाव र आफू तानिने घटनाका प्रकृतिले उनी सन्देहको कारक नबनेका होइनन्। रोचक कुरा, यावत कारणले यति जनतामाझ चिनिने भए कि उनीमाथि नै टेलिफिल्मका कथा समेत बनेका छन्।
जनआन्दोलनताका रामचन्द्र भट्टराईका सम्पादकत्वमा प्रकाशित समालोचना दैनिकसँग ऋषि जोडिएर आए। उनी त्यो पत्रिकाका हकर थिए। उनलाई त्यहाँ पत्रकारितामै संलग्न एक आफन्तले जागिर दिलाएका थिए।
मन परे हरियो, नपरे रातो
0
0
पावरमा छदा ताली र खोर भित्र हुँदा गाली दिने यो प्रब्रिती चाँही मलाई मन परेन । हुन त ॠषि धमला सँग मेरो साईनो छैन त्एसैले उस्को राम्रो नराम्रो ईतिहाससँग पनि पारीचित छैन । तर मेरो भन्नुको तत्पर्य के हो भने आज यसरी कमेन्ट गर्नेले हिजो कस्को के हेरेर बसेको त ? हिजो हामीले किन भन्दाफोर गर्न नसकेको? के यि कमेन्ट गर्ने जती सबै (हामी) आज बाट मात्र सचेत नागरिक भाका हौ त? कि अरु को प्रगती सहन नसक्नेहरुकै जमात हौ त हामी सबै? अघीपछी उस्को चुर्तिफुर्ती देखेर थुक निलिनिली पारीक्रमा गर्ने हरु फेरी भोली जेल बाट छुटे पछी उस्कै गुणगान गाउने त होउनोउ ? यस्तै कमेन्ट गर्ने साहस् गर्लान त पछी पछी पनी?
मन परे हरियो, नपरे रातो
0
0
great job by police!
मन परे हरियो, नपरे रातो
0
0
पशुपती को पूजारी र बबन सिन्ह को गिरफ्तारी जस्तो मात्रै नहोस्, राम्रो कार्य को शुभारम्भ हुन लगेको हो कि कुनै अर्को नाटक हो खै बुझ्न सकिएन, कहिले काही त हाम्रो देश मा पनि हजार मुशा हरु को शासन भन्दा youta सिँह को शासन पनि आबस्यक छ, देश भ्र्स्टचारि र ढोगी नेता हरुले सखापै पार्न लागेका छन, नेता भएर देश खान कोही तराइ को मुद्दा झिक्छन त को हि लिम्बुवान ,को हि थरुवान के के के के ,उनिहरुलाई बहाना प्रसस्त छन ,हाम्रो सबैको योउटा नेपाल हो भन्ने हरु पिसिएको पिसिए छन, हिजो पशुपती को समाचार मा खुशी हुनु मात्रै भयो, त्यो पनि बिच्मै तुहियो, फेरी बबन सिँह को गिरफ्तारी मा ताली पद्कौनु मात्रै भयो,त्यो पनि तुहियो, अब धमला को के हुने हो ,खुसी हुन के हि दिन पर्खनु पर्यो।
मन परे हरियो, नपरे रातो
0
0
Surya jee ko comment ati nai jayaj lagyo.
aba chai malai pani maobadi ko sarkar sanga kehi aasha palauna thalyo. hijo chhadke ko khabar aaja yasta kalanka lai samateko khabar.
ramro kam gare pachhi jo sukai ko sarkar hos. ma la khushi lageko chha. ma ta maobadi namanne manchhe thiye.
aba chai nyaya milchha ki ta ?
DS
मन परे हरियो, नपरे रातो
0
0
Umeshji, was Mr. Dhamala arrested because he is involved with a terrorist outfit or because he was a journalist???
मन परे हरियो, नपरे रातो
0
0
साबधान साबधान ।।।
साबधान
भारतीए दालल हो यो धमला तेशैले
साबधान !!!!
यो मान्छेलाई तेतीकै बहिर आउन दिनुहुन्दैन।
तर के गर्ने यो धमल पर्यो ईण्डियन दलाल and सबै नेताहरु पर्यो भारतको
टि.भी प्रिवते टि.भी चनेल। जस्लाई ईण्डियन नेताहरुले ईण्डियन म बसेर चलाऊछ।
so sad auf nepepali people..
yo dhamala lai ta thukkna pani gheen laagcha…
मन परे हरियो, नपरे रातो
0
0
Now we’ll have one more person qualified as a Neta. But most probably, he’ll be released tomorrow before we get to know why he was arrested. A call from delhi will force prachanda release the guy anyway.
मन परे हरियो, नपरे रातो
0
0
patrakar bhayo bhandai ma ramro
kura pani lekhne, naramro kura pani
lekhne, ramro manche sanga pani
sangata garne naramro sanga pani
sangata garne,
testo patrakar lai nasamater ke
puja garer rakhne ta?
मन परे हरियो, नपरे रातो
0
0
नेपाल प्रहरीले कुनै पनि आपराधिक कामहरुको पत्ता लगाएरै यो पक्र्ाउ गरेको हुनुपर्छ। यदी कुनै ब्यक्तिगत मामिलको हिसाबले कसैको कुरा सुनेर कुनै पत्रकारको पक्राउ गरेको हो भने यो सरासर गल्ती देखिन्छ। यसको छानबिन गरी जनता सामु ल्याउनै पर्ने हुन्छ।
मन परे हरियो, नपरे रातो
0
0
पावरमा छदा ताली र खोर भित्र हुँदा गाली दिने यो प्रब्रिती चाँही मलाई मन परेन । हुन त ॠषि धमला सँग मेरो साईनो छैन त्एसैले उस्को राम्रो नराम्रो ईतिहाससँग पनि पारीचित छैन । तर मेरो भन्नुको तत्पर्य के हो भने आज यसरी कमेन्ट गर्नेले हिजो कस्को के हेरेर बसेको त ? हिजो हामीले किन भन्दाफोर गर्न नसकेको? के यि कमेन्ट गर्ने जती सबै (हामी) आज बाट मात्र सचेत नागरिक भाका हौ त? कि अरु को प्रगती सहन नसक्नेहरुकै जमात हौ त हामी सबै? अघीपछी उस्को चुर्तिफुर्ती देखेर थुक निलिनिली पारीक्रमा गर्ने हरु फेरी भोली जेल बाट छुटे पछी उस्कै गुणगान गाउने त होउनोउ ? यस्तै कमेन्ट गर्ने साहस् गर्लान त पछी पछी पनी?
मन परे हरियो, नपरे रातो
0
0
मि. पोषण के.सी. संपूर्ण पत्रकार तथा नागरिक समाज ………..
अब अति भो तपाईहरुको बिरोधको नाटक पनि ….. के सधै तपाइहरुले आफ्नो स्वार्थ भन्दा माथि उठेर काम पनि नगर्ने र नेता हरु ले जस्तै अपराधी संरक्षण गर्न धर्ना,जुलुस बंद हड़ताल गर्ने ? दल हरुले आफ्नो नांगो चरित्र को पराकास्ठा प्रस्तुत गर्दै आफै राज्य संचालन को जिम्मा पनि लिने तर आफ्नै मातहतमा रहेको सेना र प्रहरी माथि बिस्वास गर्न नसकेर लड़ाकू दस्ता ( राजनीती इतिहास नभएका गुंडा हरुको झुंड ) पालेर जनताको बांचने अधिकार खोसेका छन ! प्रत्यक पात-पात सम्म दलीय स्वार्थ पूरा गर्न संगठन खोलेर आज ति संगठन को हैसियत राज्यको कानून भन्दा माथि छ कसैको ग़लत कार्यको प्रमाण हुंदा हुँदै पनि कारवाही गर्न खोजे टायर बाल्ने,यातायात बंद गर्ने जथाभावी तोड़फोड़ गर्ने कार्यालय बंद गर्ने जस्ता काम हुन्छन् के अब हाम्रो देश मा कुनै पनि ब्यक्ति लाइ पक्रेर सोधापुछ गर्न पनि नपाइने हो ? कसरी दंड हिनताको अन्त्य गर्ने त ? अब तपाइहरुले निष्पक्ष छानबिन हुन नदिने हो र भोली देखि कुनै बिरोध का कार्यक्रम घोषणा गर्ने हो भने अब यो युवा पुस्ता सड़क मा ओर्लिनेछ ………… ख्याल गर्नोस हामी जनताको धैर्य को बाँध फुटाउने काम अब नगर्नोस किनकी सबैलाई थाहा छ ऋषि धमला भनेको हाम्रो देशमा अस्थिरता उत्पन्न गर्ने प्रमुख देश भारतको दलाल हो उ ………. उसले राज्य संग कुठाराघात गरेको छ त्यों ब्यक्ति ले सजाय पाउनै पर्छ ………… यो कुरा माथि को समाचार का केही अंशले प्रमाणित गरिसकेको छ ! र नेपाल प्रहरीले बिना प्रमाण पक्रेको छैन ! नेपाल प्रहरी आजको बदनाम स्थिति आउनु मा हाम्रा ६०१ जना मध्येका अधिकांश बब्बन सिंह हरुको कारण हो जून कुरा पुष्टि गर्न धमला नामको भाइरसले बिहान भनेको कुरा नै काफी छ ‘ ‘शुभकलाई छुटाउन गृहमन्त्री र आईजीसँग कुरा गर्दैछु। आजतिर छुट्छ होला।’ यो भन्ने उ को हो ? के हैसियत हो उसको ? के यो राज्य भारतीय दलाल हरुको पेवा हो ? के यहाँ संगठन हुनेहरु लाइ पक्रनै नपाउने हो ? होइन भने अब सम्पूर्ण युवा शक्ति जागौ यी सधै संगठनका नाममा कानुनको उपहास गर्ने हरु को अब हामी बिरोध गर्नै पर्छ ….सधै यी नेता रूपी ब्वांसाहरुले वा बब्बन सिंह ले कानून बनाउलान र शान्ति को आगमन होला भनेर कुर्ने अवस्था छैन अब …………हाम्रो बांचने अधिकार माथी खेलवाड़ गर्ने अधिकार कुनै ‘बाद’ का बादी हरुलाई छैन अब ……………..
मन परे हरियो, नपरे रातो
1
0
जितेन्द्र शाह लाई पनि पक्रिनु पर्छ। [http://www.kantipuronline.com/nepali/kolnepalinews.php?&nid=178302]
एस्तो समाचार को अर्थ के हो? के यस्बाट शाह को लिङ्क यो हतियार बेच्ने गिरोह सँग रहेको छनक हुन्छ ! पुरा समाचारको लागि माथिको लिङ्क म क्लिक गर्नुहोस्। त्यस समाचारको लास्ट पाराग्राफमा >>> >>>
‘सुरुमा भुक्तानी गर्नुपर्छ, गोप्य स्थलमा हतियार राखिदिन्छौं, फरक पर्दैन,’ बालाजुमा आइतबार एक समूहका सदस्यले भने, ‘यो विश्वासको काम हो, त्यही भएर मेरो सम्पर्क नम्बर र परिचय नमाग्नुस् ।’ सुईको पाएर प्रहरीले आएर कारबाही गरिहालेमा पनि भाग्न सजिलो हुने भएकाले बसपार्क जस्तो खुल्ला क्षेत्रलाई कारोबारका लागि रोजेको उनले बताए ।
मन परे हरियो, नपरे रातो
0
0
it sounds good.now Nepal police did great job.thats whyall Nepalese should coperate police to make sound environment in the country.best of luck to Nepal police.
मन परे हरियो, नपरे रातो
0
0
आज भने धेरै राम्रो समाचार हेर्न पाइयो ।अब यो ब्वासोलाई पनि नेपाल प्रहरिले कारबाही गर्यो भने पक्का पनि केही गर्नसक्छ जस्तो लागे को छ। बधाई छ नेपाल प्रहरिलाई।
मन परे हरियो, नपरे रातो
0
0
पुलिश को काम हान्ने बान्ने अनी साब ले भनेको मान्ने हो। भोली साब ले छोड् भन्छ मुसो भएर छोड्छ के गर्नु बाबै।
बिर्खे हली
मन परे हरियो, नपरे रातो
0
0
well done NEPAL POLICE………..FOR the first time in your history for decades you have done something which made public that you are somewhere there in a corner.it would be icing on cake if he is punished by court
मन परे हरियो, नपरे रातो
0
0
जुनसुकै संस्थाको पगेरि गुथे पनि यदी देश र जनता बिरुध काम गरेको छ भने त छोड्नुभएन नि कि कसो साथी हो ? अनी प्रहरी ले कस्तो राम्रो काम गर्न थालेको छ है आजकल !सच्चा देश्भक्त पत्रकार महोदय हरु प्रहरी को साकारत्मक कार्यको निन्दा गर्नेछैनन भन्ने आशा राखौं कि !!!
मन परे हरियो, नपरे रातो
0
0
let’s see
khasai fact kura aako chaina
koi pani believeble rahenan
मन परे हरियो, नपरे रातो
0
0
धरै राम्रो काम गरेको छ सरकार ले कारबाही गरेर सत्य कुर जनत को अगाडि पर्दफस गर्नुपर्छ सबै देश्ध्रोही काम को बारेमा अनी मात्र जनत ले त्यहाँ पौअने छन पत्रकार को खोल ओधेर कसरे देशद्रोही काम गरेको छ भनेर ।सर्कर को शाही काम लाई साकारमक रुप्मा लिउन पर्छ सबै nepale ले
जय नयाँ सरकार .
मन परे हरियो, नपरे रातो
0
0
Very good job Nepal police.
मन परे हरियो, नपरे रातो
1
0
anusandhan ko lagi bhaye thikai 6 rajnitik pratisodh bhaye yo thulo aparadh ho astha kai adhar ma pratisodh sarkar le linu hudaina.
मन परे हरियो, नपरे रातो
0
0
Very good. All faires were waiting for this day. Such person should be punished. Well done. But what about Shuvak Mahato? Please try to find out information about him. Thanks.
मन परे हरियो, नपरे रातो
0
0
I agree he is journalist. But it doesn’t mean that he can take part in activities that is against our country.So, I think we should salut nepal police steps.
मन परे हरियो, नपरे रातो
0
0
NOW PRESSURE FROM HIS MASTER RAKESH SUD COMES AND REALEASE HIM EVEN IF HE IS REPSONSIBLE FOR BLAST, ROBBERY OR RAPE.
MAY BE INDIAN FOREIGN MINISTRY WILL RELEASE A PRESS STATEMENT ON THE ARREST OF THIER FAITHFULL AGENT.
MERA BHARAT MAHAN!
मन परे हरियो, नपरे रातो
0
0
बल्ल! पर्र्यो “ऋशी” बाबु पुलिसको खोरैमा \:d/…………………|
मन परे हरियो, नपरे रातो
1
0
Dhamala Patrakar lai samaunu ramro kura ho…Ua Jnata ko patrakaar navae…antarastiya Mafiya type ko manish ho ra,Girija Prasd,Makune ani Prachada vanda pai mathlo darja ko thanchha ua afulai….Teti thorai Education vayako manish kasari Patrakaar huna layaak ko chha ua…just he does always bad poltical in the country and jornalizum feild.It is really happy matter He has arrested now, Hope He will get big punishment from Neplease Goverment and Neplease police if He has something wrong thing doing for the people and country..
Megh Singh Adhikari
Dhading,
now-USA!
मन परे हरियो, नपरे रातो
1
0
Rishi Dhamalako barema desh birodhi gatibidhi pahile pani padhdai aayeko thiyein. Uchit Chhanbin sahit unlai pesha ra maryada biparit raheko paayiyema karbahi garinuparchha. Yeso garda patrakarita mathiko aakraman bhnainu hunna kinabhane deshko akhandatamathi prashna uthne kuralai kunai peshsanga jodera uchalanu sampurna rashtrakai laagi ghatak huna sakchha.
मन परे हरियो, नपरे रातो
0
0
जे जस्तो योग्यता र नियत भएपनी ॠषि धमलाले पत्रकारको पगरी लगाएको छ। अपराधी जो सुकै भएपनी उसलाई कारबाही हुनै पर्छ। प्रहरिले उस्लाई पक्रेको छ। प्रहरिलाई निस्पक्ष रूपमा छनबिन गर्न दिनु पर्छ। अब भोलिबाट मानब अधिकारबादी तथा पत्रकार हरु सडकमा निस्केर उस्को गिरफ्तारीको बिरोध गर्न थाल्ने निस्चय छ, जुन कार्यले छनबिन कार्यलाई निस्चय नै प्रभाब पार्छ। प्रबुद्द पत्रकार मित्रहरुले कदापी यसो गर्नु हुन्न। हो, उस्लाई पक्रेको छ्, यस्लाई नजिक बाट वाच गरी राख्नु पर्छ। उ एउटा सन्कास्पद ब्यक्ती हो र उस्को बारेमा निस्पक्ष छनबिन अबस्य हुनुपर्छ।
मन परे हरियो, नपरे रातो
1
0
If he has just gone to take interview with revel leaders, then may be police will let him go after after conducting interrogation. It is the right of the state to conduct such interrogation. In the name of interview with revel leaders, some newspapers are spreading terrorism. It is very bad for the country..
मन परे हरियो, नपरे रातो
0
0
गिरफ्तार गर्नु त सामान्य नै भा छ आजकल । यो त ठुलो कुरो भएन । तर जड् भनेको कहिलेयै कसैलाई कारबाही भएन । ॠषि धमला पनि कारबाही गर्नु पर्ने ब्यक्ती हो । धमला जस्तो ब्यक्ती कुनी पनि हालतमा पत्रकार हुनै सक्दैन। धमला त पत्रकार को खोल ओधेर अरु काम गर्ने मान्छे हो ।
THAKUR DILIP DHAREL,SWEDEN
मन परे हरियो, नपरे रातो
1
0
good news. This guys is a deadly Disease and need to be Eradicated.
मन परे हरियो, नपरे रातो
1
0
अब फेरी हुने भयो धमलाको धमाल अब उन्लाई पनि जिउदो शाहीद घोषणा गर्ने हो कि ………? के छ नेता हरुको बिचार…
विक्षुब्ध
मन परे हरियो, नपरे रातो
0
0
यो साह्रै राम्रो खबर हो । एस्लाई राष्ट्र द्रोह को आरोप लगाएर कार्वाही गर्नु पर्छ । देश को जानकारी भारतीय लाई दिने यो भारतीय दलाल हो एस्लाई सक्त कार्वाही होस । जय नेपाल
मन परे हरियो, नपरे रातो
2
0
एस्ता लाई भाटा कारबाही हानेको भये त उल्कै राम्रो हुने थियो। खैर पक्रेर जुत्ता कारबाही हाने पनि कुरो उस्तै हो।
तर शुभक महतो जी लाई छुटाउने तिर लाग्नु पर्यो पत्रकार र नागरिक समाज। खोइ अस्ती एउटा प्रकाशन संस्था लाई आक्रमण गर्दा त आकाश नै खसे जस्तो पो गरेका थिए त। आज त चाइचुइ छैन त। कि पैसा को बिटो हुने को मात्रै जय गान गाउँने हो? हामी हली हरु सँग त छैन। के गर्ने हो?
बिर्खे हली
मन परे हरियो, नपरे रातो
0
0
पत्रकार हुने योग्यता नपुगेका भारतीय दलाल धमला को सान क्लब मा निकै चर्को थियो। अब येस्को सबै कालो कर्तुतहरु कर्मठ हुँं भन्ने पुलिश भनौंदाहरु खोलिदिये बेस हुन्थ्यो। कतै फेरी ति पुलिशहरुले दबाब् को भर् मा छाड्ने पो हो कि त घुस खाएर छाड्ने हुन्। येही कुरामा ज्वाँई साहेबलाई साह्रै पिर लागेको छ।।।।।
मन परे हरियो, नपरे रातो
1
0
waoo……..great job…anyway he went hanumandhoka …hats off to the Nepal police…should be sent to Nakhhu jail for 25 years…
मन परे हरियो, नपरे रातो
1
0
its very good news coz hamro desh ko patrkar lai nationlity religion aani aafno introuductin taha chaina..good huncha yadi bhairav nath gaad ma lagyo bhane
मन परे हरियो, नपरे रातो
0
0
This is very good news.He have to be caught before.
Anyway we have to know why he had caught?
After this all dalal will caught .I read Pm speech that all dalaal from all government office should remove.So this is nice start.In the pyeramid govenment should start from top not bottom.
Thanks parchnda and Bamdev jee.
Rishi
Denmark.
मन परे हरियो, नपरे रातो
1
0
Please do not publish any statement against the arrest. We have to respect our laws so please make sound environment to police and administration to follow their duties. Otherwise tomorrow any group may arise to give such kind of person.
jay Aama
मन परे हरियो, नपरे रातो
0
0
Aaja my sansar batta nepali fataha dalal Rishi dhamala ko geraftar ko khabar pawouda khusi lageko cha.Aja bhanda 5 barsa pahelay mali Rishi lay koria pathaideenchu bhanera rs 300000 leeyo ane mayro tes beela behal banayo,sayad pachi kura bugaypachi ma jasto beedes janee haru ta Rishi ko fanda ma dheri pareko raheycha,mailay paisa deeyako tamsuk lekna parcha bhanda mayro bishwas lagdaina bhai ma pattrakar ho kasaiko paisa khadaina bhanee nachainee ghutha kura garyo,ahelay ko naya sarkhar lay tes fatahalai karbai gareyos pap dhuri bata karawoucha bhanee satya raheycha thanks god.
BIKAS GURUNG
NEDERLAND(HOLLEN)
मन परे हरियो, नपरे रातो
2
0
good job, i hope police have strong evidence against that culprit.
मन परे हरियो, नपरे रातो
2
0
{oh} यो खबर सुन्दा साह्रै खुशी लाग्यो है। Pranchandji ले एक महिना भित्र जनतलाई परिवर्तनको अनुभुती गरायन्छ भन्दै हुनुहुन्थ्यो र आजदेखी भटाभट कारबाही सुरु हुँदै छ। देशका corrupted कर्मचारी र rishi Dhamala जस्ता देश ढोरहि जस्ले देशको confidential information Embassy मा लगेर दिन्छ।(ref. blog published by Ms. Kusum of RR Campus in My संसार) आसा छ यस्तालाई कडा भन्दा कडा कारबै हुने छ।
मन परे हरियो, नपरे रातो
1
0
Good initiation by the Nepal Government. Though it is too late it is good
मन परे हरियो, नपरे रातो
0
0
It is great that Nepal goverment has initiated good job by arresting such kind of people who are Dalaal of India. These kind of people need to be interrogated in detail who are the main conspirator for disturbances in the Terai. Thikkai bhayo Bharati Dalaal Lai.
मन परे हरियो, नपरे रातो
1
0
किन पत्रकारलाई गिरफ्तार गर्नु गल्ती हो ? श् के पत्रकारले चाहि उन्मुक्ति पाउनर्ुपर्छ भन्ने हो जे गरेपनि ?
मन परे हरियो, नपरे रातो
0
2
गिरफ्तार गर्नु त सामान्य नै भा छ आजकल । यो त ठुलो कुरो भएन । तर जड् भनेको कहिलेयै कसैलाई कारबाही भएन । ॠषि धमला पनि कारबाही गर्नु पर्ने ब्यक्ती हो । धमला जस्तो ब्यक्ती कुनी पनि हालतमा पत्रकार हुनै सक्दैन। धमला त पत्रकार को खोल ओधेर अरु काम गर्ने मान्छे हो ।
मन परे हरियो, नपरे रातो
2
1
काठमाडौं, माघ २१ (दैनिकी)- रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमला मंगलबार साँझ गिरफ्तार भएका छन्। नेपाल प्रहरीले उनलाई साँझ ५:४५ मा रिपोर्टर्स क्लबबाट गिरफ्तार गरेको काठमाडौं प्रहरी परिसर हनुमानढोकाले जनाएको छ।
सरकारवादी मुद्दामा उनलाई गिरफ्तार गरिएको परिसर प्रमुख नवराज सिलवालले जानकारी दिएका छन्। उनको कुन घटनामा संलग्नता हो भन्नेमा प्रहरीले खुलाउन चाहेको छैन।
उनलाई अनुसन्धानका लागि हिरासतमा राखिएको सिलवालले बताएका छन्। दुईजना अनलाइन पत्रकार समातिएको पर्सिपल्ट उनी पक्राउ परेका हुन्। उनलाई अनुसन्धानका लागि हिरासतमा राखिएको सिलवालले बताएका छन्।
ऋषिलाई भेट्न हनुमानढोका पुगेका पत्रकारलाई भेट गर्न दिइएको छैन। सँधै पत्रकारको पहुँच हुने हनुमानढोकामा यतिबेला कसैलाई पस्न दिइएको छैन भने पत्रकारसँग प्रहरीले कुनै प्रतिक्रिया दिन चाहेका छैनन्।
उनलाई अनुसन्धानको क्रममा पक्राउ गरिएको र मंगलबार राति रिहा गर्ने संभावना नरहेको गृह प्रवक्ता नविन घिमिरेले दैनिकीडटकमसँग बताए छन्। प्रवक्ता घिमिरेका अनुसार उनलाई गिरफ्तार गर्दा आउने दवावप्रति सुरक्षा संयन्त्र सचेत रहेको छ।
यसैबीच एक प्रहरी उच्च अधिकृतले धमलाको गिरफ्तारीबारे विभिन्न पक्षबाट जानकारी माग भइरहे पनि कारण बुधबार मात्र बताउन सकिने जानकारी दिए ।
राजधानीमा पटक-पटक वम विष्फोट गराउने रणवीर सेनाका आपराधिक गतिविधिमा धमला संलग्न रहेकोले गिरफ्तार गरिएको जानकारी प्रहरी स्रोतले दिएको छ। स्रोतले दुई चार दिन देखि प्रहरीद्वारा धमलाको गतिविधि निगरानी गरिरहेको र तथ्य भेटेपछि पक्राउ गरिएको दावी गरेको छ।
´धमलाको फोनमा आएका नम्बरलाई केही दिनदेखि अनुमगन गरिएको थियो´, स्रोतले भन्यो, ´रणवीर सेनाका ठमेलका गिरफ्तार गरिएका केही व्यक्तिले धमलालाई आफ्नो राजधानीको सम्पर्क भनेका थिए । उनलाई आएका फोनका आधारमा प्रहरीले शंका गरेको हो।´
उनलाई पक्राउ गर्न ४/५ जना प्रहरी सिभिल ड्रेसमा आएका थिए। प्रहरीले तपाईंको विषयमा हामीलाई सबै थाहा छ, तपाई जाने कि जब्बरजस्ती गर्ने भनेका थिए। धमलाले पक्राउ गर्न आएका प्रहरीसँग जान अस्वीकार गरेपछि परिसरका प्रमुख सिलवाल आँफै आएका थिए। उनलाई ट्याक्सीमा राखेर प्रहरी कार्यालय पुर्याइएको हो।
नेपाल पत्रकार महासंघले धमलाको गिरफ्तारीबाट महासंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका महासचिव पोषण केसीले दिनैपिच्छे प्रेस स्वतन्त्रताका उल्लघंनमा अग्रसर गणतान्त्रिक सरकारको यो पछिल्लो हस्तक्षेपबाट प्रेस जगत थप सशंकित बनेको उल्लेख गरेका छन्।
विज्ञप्तिमा धमलालाई पक्राऊ गर्नुको कारणसहित तत्काल सार्वजनिक गरी रिहा गर्न माग पनि गरिएको छ। ´पत्रकारहरुको भौतिक र पेशागत सुरक्षाका लागि आन्दोलनरत महासंघ सरकारको यस्ता रवैयाप्रति भर्तसना गर्दछ´ विज्ञप्तिमा उल्लेख छ -´ सरकारले बारम्बार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्धता जनाए पनि त्यसको कार्यन्वयन नभएकोमा महासंघ खेद व्यक्त गर्दछ।´
तराईका विषयमा विशेष दख्खल राख्ने अनलाइन पत्रकार शुभक महतो र क्लब कै एक जना पत्रकारलाई प्रहरीले पक्रेर बेपत्ता बनाएको तेस्रो दिनमा उनलाई गिरफ्तार गरिएको हो। अन्य दुई पत्रकारलाई गिरफ्तार गरेको प्रहरीले औपचारिक रुपमा नस्वीकारे पनि धमलालाई गिरफ्तार गरेको भने प्रहरीले औपचारिक रुपमा नै स्वीकारिसकेको छ।
पत्रकार महतो तीन दिनदेखि बेपत्ता भएपछि माइसंसारडटकमले धमलासँग त्यस विषयमा सोधेको सो अनलाइनले जनाएको छ। ´दुई जना पत्रकार वेपत्ताका विषयमा धमलासित पनि जोडिएको संकेत पाएका थियौँ´ उक्त अनलाइनले जनाएको छ। माइसंसारले लेखेको छ, ´बिहान यस विषयमा धमलासित माइसंसारले प्रश्न गर्दा उनले आफू यो प्रकरणमा संलग्न नभएको भन्दै उनीहरुलाई छुटाउन गृहमन्त्री र आईजीसँग कुरा गरिरहेको बताएका थिए।´
रिपोर्टर्स क्लबले मंगलबार मात्र क्लबको सुनसरी शाखाका अध्यक्ष वीरेन्द्र केएमलाई प्रहरीको पक्राऊ गरी वेपत्ता पारेको जनाएको थियो। पूर्वाञ्चलमा सशस्त्र समूहको गतिविधिको समाचार संकलन गर्दै आएका केएमलाई प्रहरीले वेपत्ता पारेको घटनाको क्लबले घोरभर्त्सना एवं निन्दा गरेको अध्यक्ष धमलाद्वारा जारी विज्ञप्तिमा उल्लेख थियो।
विज्ञप्तिमार्फत धमलाले भनेको थिए,´सुनसरीमा सक्रिय निडर पत्रकार केएमले सशस्त्र समूहको गतिविधिको खोजमूलक समाचार लेख्दै आएका थिए। उनलाई पक्राउ गर्नुलाई षड्यन्त्रमूलक ठहर गर्दै राज्यले पत्रकारमाथि गरेको दुर्व्यवहारको निन्दा गर्दछ।´ स्रोतः दैनिकी डट कम
मन परे हरियो, नपरे रातो
0
1
Dhamala le khub saan jharthyoo….aba dekhne bhayoo bau ko bihee….Tesko kartut haru sabai pardafaas huna jaruri chha….herum k hunchha aba..
मन परे हरियो, नपरे रातो
2
0
गिरफ्तार गर्नु त सामान्य नै भा छ आजकल । यो त ठुलो कुरो भएन । तर जड् भनेको कहिलेयै कसैलाई कारबाही भएन । ॠषि धमला पनि कारबाही गर्नु पर्ने ब्यक्ती हो । धमला जस्तो ब्यक्ती कुनी पनि हालतमा पत्रकार हुनै सक्दैन। धमला त पत्रकार को खोल ओधेर अरु काम गर्ने मान्छे हो ।
Arjun
Nepal
मन परे हरियो, नपरे रातो
3
0
Lau ke ke hune ho aba. Rishi dhamalako pani kei pol khule po ho ki..??
मन परे हरियो, नपरे रातो
0
0
रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमला मंगलबार साँझ गिरफ्तार भएका छन्। नेपाल प्रहरीले उनलाई साँझ ५:४५ मा रिपोर्टर्स क्लबबाट गिरफ्तार गरेको काठमाडौं प्रहरी परिसर हनुमानढोकाले जनाएको छ।
सरकारवादी मुद्दामा उनलाई गिरफ्तार गरिएको परिसरका प्रमुख प्रहरी नवराज सिलवालले जानकारी दिएका छन्। उनको कुन घटनामा संलग्न हो भन्ने विषयमा प्रहरीले बताइसकेको छैन।
उनलाई अनुसन्धानका लागि हिरासतमा राखिएको सिलवालले बताएका छन्। दुई जना अनलाइन पत्रकार समातिएका पर्सीपल्ट उनी पक्राउ परेका हुन्। उनलाई अनुसन्धानका लागि हिरासतमा राखिएको सिलवालले बताएका छन्। दुई जना अनलाइन पत्रकार समातिएका पर्सीपल्ट उनी पक्राउ परेका हुन्।
ऋषिलाई भेट्न हनुमानढोका पुगेका पत्रकारहरूलाई उनीसँग भेट गर्न दिइएको छैन। सँधै पत्रकारहरुको पहुँच हुने हनुमानढोकामा यतिबेला पत्रकारहरूलाई पस्न दिइएको छैन भने पत्रकारहरूसँग प्रहरीहरूले कुनै प्रतिक्रिया दिन पनि चाहेका छैनन्।
उनलाई अनुसन्धानको क्रममा पक्राउ गरिएको र मंगलबार राति रिहा गर्ने संभावना नरहेको गृह प्रवक्ता नविन घिमिरेले दैनिकीडटकमसँग बताए छन्। प्रवक्ता घिमिरेका अनुसार उनलाई गिरफ्तार गर्दा आउने दवाव प्रति सुरक्षा संयन्त्र सचेत रहेको छ।
यसैबीच एक प्रहरी उच्च अधिकृतले धमलाको गिरफ्तारीको विषयमा विभिन्न पक्षबाट जानकारी माग भइरहे पनि गिरफ्तारीको कारण बुधबार मात्र बताउन सक्ने बताएका छन्।
राजधानीमा पटक पटक वम विष्फोट गराउने रणवीर सेनाको आपराधिक गतिविधिमा धमलाको सम्बन्ध रहेकाले उनलाई गिरफ्तार गरिएको जानकारी प्रहरी स्रोतले दिएको छ। स्रोतले दुई चार दिन देखि प्रहरीद्वारा धमलाको गतिविधि निगरानी गरिरहेको र तथ्य भेटेपछि पक्राउ गरिएको दावी गरेको छ।
´धमलाको फोन केही दिनदेखि ट्याप गरिएको थियो´ समाचार स्रोतले भन्यो, ´रणवीर सेनाका ठमेलका गिरफ्तार गरिएका केही व्यक्तिले धमलालाई आफ्नो राजधानीको मुख्य स्रोत भनेको थियो। ट्याप गरिएका फोनबाट पनि उनको सलग्नता देखियो।´
उनलाई पक्राउ गर्न ४/५ जना प्रहरी सिभिल ड्रेसमा आएका थिए। सादा पोशाकमा आएका प्रहरीले तपाईंको विषयमा हामीलाई सबै थाहा छ, तपाई जाने की जब्बरजस्ति गर्ने भनेका थिए। धमलाले पक्राउ गर्न आएका प्रहरीसँग जान अस्वीकार गरेपछि परिसरका प्रमुख सिलवाल आँफै आएका थिए। उनलाई ट्याक्सीमा राखेर प्रहरी कार्यालय पुर्याइएको हो।
रिपोर्टर्स क्लबले मंगलबार मात्र क्लबको सुनसरी शाखाका अध्यक्ष एवं वीरेन्द्र केएमलाई प्रहरीको पक्राऊ गरी वेपत्ता पारेको जनाएको थियो। पूर्वाञ्चलमा सशस्त्र समूहको गतिविधिको समाचार संकलन गर्दै आएका वीरेन्द्र केएमलाई प्रहरीले वेपत्ता पारेको घटनाको क्लबले घोरभर्त्सना एवं निन्दा गरेको अध्यक्ष धमलाद्वारा जारी विज्ञप्तिमा उल्लेख थियो।
विज्ञप्तिमार्फत धमलाले भनेको थिए,´सुनसरीमा सक्रिय निडर पत्रकार केएमले सशस्त्र समूहको गतिविधिको खोजमूलक समाचार लेख्दै आएका थिए। उनलाई पक्राउ गर्नुलाई षड्यन्त्रमूलक ठहर गर्दै राज्यले पत्रकारमाथि गरेको दुर्व्यवहारको निन्दा गर्दछ।´
यतिबेला रिपोर्टस क्लबमा नेपाल पत्रकार महासंघका महासचिव पोषण के सीसहितका पत्रकारहरु क्लबमा पुगेका छन्।
साभार दैनिकी
मन परे हरियो, नपरे रातो
2
0
पत्रकार ॠषि धमला जि लाई पनि सरकार ले पक्रियो ( पक्रिन सक्यो ! ) भने पछी मेरो मनमा भने अब साकारआत्मक आशा पलाएको छ । कतै हाम्रो सरकार सबल भएको त हैन ???!!!
बरु पत्रकार महतो जि लाई चाँही किन पक्रिएछन ! ? उन्ले त राम्रै काम गरेका थिए । हामीले उन्को राम्रो काम मात्रै पो सुनेका हौ कि ! अरु नराम्रो काम को कारण पो उनी पनि पक्राउ परेका हुन कि !
हामी रहस्य म य समाचार को जालो भित्र छौ , माइसन्सार ले यो जालो को पर्दा हटाइ दिएर वास्तविक द्रिश्य को अबलोकन गराइदिनु पर्यो !
मन परे हरियो, नपरे रातो
0
0
subhak mahatto lai chai kina MYSANSAR ma report gareko bhayera nai chhutaune bhaneko ho? usko pani ta galti bhayera nai pakreko hola tesaile aahile nai koslai chodne koslai nachhodne nabhanu sathi herau kina pakreko rechha yedi yiniharu doshi hun bhane sabailai kada bhanda kada karbahai hunuparchha.
मन परे हरियो, नपरे रातो
0
0
बब्बन सिंह पक्डिए जस्तै त होलानी , नेपाल प्रहरी ले फेरी अर्को बेइजती खप्न बेर छैन
तै पनि शुभकार्य को शुभरम्भ गरेको मा नेपाल प्रहरी लाई बधाई
मन परे हरियो, नपरे रातो
0
0
सही कुरा गर्नु भो Luna जी, सिलवाल प्रमुख भएपछी अली राम्रै हुन थाल्या जस्तो पनि देखिन्छ । राम्रो काम गर्यो भने पनि टिक्न दिदैनन, हेरौं नयाँ जोगीले बढी खरानी घस्या मात्र हो कि । पत्रकारको आवरणमा यिन्ले घुस्पैठ गर्या रहेछन भने यिन्लाई बाँकी राख्न चै हुन्न ।
मन परे हरियो, नपरे रातो
0
0
धमला’जी’?
मन परे हरियो, नपरे रातो
0
0
हलो जोत्दा जोत्दै मुख नफोरौ भनेको सकिएन। यो ब्लग मा ॠषि को गुणगान कहिले गाइएको थियो र गुरु? प्रचन्ड को त बिरोध गरिएको छ यहाँ। सचेत त हामी पहिलेइ भाको हो तर तपाईं लाई थाहा नै होला माड को मेसो मिलाउन हलो नजोती पनि नहुने। पहिला का ब्लग पढिहेर्ने हो कि गुरु? कुनै ठाम मा ॠषि को गुणगान भेट्नु भो भने लौ आज का मिती बाट अनौ मात्रै समाउछु किबोर्ड छुदिन।
बिर्खे हली
मन परे हरियो, नपरे रातो
0
0
teso haina sathi he is a guy who loves puplicity so nobody try to make issue – guess
मन परे हरियो, नपरे रातो
0
0
Bishnu jee,
We have one saying ” ORALO LAGEKO MIRGA LAI BACHHO LAI SAMET KHEDCHHA”.
This saying is valid from Raja, Raite and Daite also.
मन परे हरियो, नपरे रातो
0
0
बिष्णु जि जुलाई ३१ को माइ संसार पढ्नु हुन अनुरोध गर्दछु!!!!
मन परे हरियो, नपरे रातो
0
0
यो बिष्णु हो कि बाबु हो धमला को हन्डी खाएर बचेँको जस्तो छ तेसैले फरक फरक नाम ले कमेन्ट पठाएर उस्को पक्छ
मा बचाउ गर्ने कोशीश गर्दै छ। होश गर बाबु तिमी पनि सलङ्न छौ भने चाडै नै धमला को नियती भोग्नु पर्ने हुन्छ।
मन परे हरियो, नपरे रातो
0
0
माइसंसारका पुराना ब्लग र प्रतिक्रियाहरूतिर आँखा लगाउनुस्, उनको ‘कस्तो’ गुणगान हुँदो रहेछ थाहा हुन्छ ।
मन परे हरियो, नपरे रातो
0
0
यो भारतीय दलाल हो,यसलाई छुट्याउन भारत एम्बेसी टुप्पी कसेर लागी पर्छन यस्मा कुनै शंका छैन,पक्रिनु पर्थ्यो,पक्रियो तर कुरोको चुरो टुंगो नलागी छोडियो भने त्यसको कुनै औचित्य हुन्न,यस्ता राष्ट्रघाती पत्रकार
भानाउदाहरुलाई साँच्चिकै भन्नु पर्दा सत्य र तथ्य प्रमाण भेटिएको खण्डमा ठोकी दिए पनि केही फरक नपर्ने देखिन्छ, भन्ने बेला राष्ट्रको चौथो अंग भन्ने गर्ने बेला राष्ट्रघाती क्रियाकलापमा सरिक भई मनपरी गर्ने,पत्रकार मात्र होंईनन,यस्ता क्रियाकलाप र दलाली गर्नेहरुमा राजनितिक पार्टीका नेता भनाउदाहरु पनि छन, यिनीहरुलाई पनि वास्तव मा भन्ने हो भने ठोक्नु पर्ने,
मन परे हरियो, नपरे रातो
0
0
U don’t have a valid logic. Nobody becomes bad just because he, as a journalist, meets a bad person. A journalist, by profession, is and should be free to meet anybody for good purpose (news). I am not backing Dhamala, however.
Take a case for consideration. A journalist interviews a criminal. The interview helps police to nab the criminal. What do u say in that case? A journalist promoting crime by taking interview of a criminal? Or a journalist helping the society??
Do u think all journalists who interviewed Maoists in the past were terrorists and criminals? For me, no group in Nepal is so far a bigger criminal and terrorist group than the Maoists.
So poor and degrading comments, which lack a sense, research and understanding of the profession, about journalists are the reflection of “Mai janne, Mai thulo” attitude of Nepalis. Rishi is, however, the best icon of that attitude.
Rishi cannot be arrested just because he wants to show his face on TV and pictures, on the side of big people, and just because somebody does not like his face and voice, and just because he has links to Indian embassy or GPK or PKD. Rishi cannot be arrested just because he was meeting some person no matter whether that person is criminal or gyanendra or prachanda for that matter during his underground days. If he is found involved in crime, he, however cannot be let free.
And, police/govt must provide info the public, journalists or anybody wanting info about the arrests no matter whether the arrested person is Rishi, a commoner, you, me, or Birkhe Hali or even a convicted felon. The arrested must be produced before the judicial body within 24 hours as per the law. If the government has evidences, the court obviously punishes the criminals.
Who granted this government the right to arrest a person and keep him in custody for three/more days without providing info on his condition?? Yo ta Gyane ko bhanda pani achakli bhayo ni. Hoina ra???
मन परे हरियो, नपरे रातो
0
0
Does not the govt need a base to arrest anybody, forget about the Dhamala. No matter who is arrested must follow laws.
Journalists ko birodh ma sadak ma utarnchhuu bhanne mitra, have u ever taken to street for some other good reason.
If there is a base for arrest, can’t it be made public? Forget about, Dhamala or Mahato, the govt must make public the reasons for arrest of anybody, no matter he is a journalist or a commoner.
By the way, I also doubt Dhamala’s roles and links. But I strongly believe in proper legal procedure while arresting anybody even if he is a killer. If he is a killer, why can’t govt say it? Govt must say it ki he was arrested coz he killed this person. THAT’S ALL.
मन परे हरियो, नपरे रातो
0
0
हलीजी ले त किबोर्ड चलाएकै जाती है । गोरु जोत्दै यता कमेन्ट गर्न पनि कती भ्याको? बरु गोरुलाई पाखा तिर चर्न पठाए बरोबर कमेन्ट देख्न पाइँदो हो ।
मन परे हरियो, नपरे रातो
0
0
Suman jee, I strongly support yout thoughts. we new generation must unite and should not hesitate to give hand to built new Nepal. Danny USA
मन परे हरियो, नपरे रातो
0
0
के भर !
मन परे हरियो, नपरे रातो
0
0
We have to punish any country’s agent. He is benifitted from the Indian Embassy. Is really shame for us. Police shoud take a action as hard as possible.
मन परे हरियो, नपरे रातो
0
0
Sathi sasto ma netherland puryako raicha matra 3 lakhs. malai ta 5 lakh liyo yaar.
मन परे हरियो, नपरे रातो
0
0