माइसंसारले बुधबार दिउँसो नेपाल प्रहरी क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनको सम्मेलन स्थलबाटै Live अपडेट गरेको थियो। हामीले संभव भएसम्म भिडियोबाटै लाइभ अपडेट गर्ने प्रयास गरेका थियौँ। तर प्राविधिक रुपमा नमिलेसम्म टेक्स्टबाट मात्रै लाइभ अपडेट गरेका थियौँ। कार्यक्रममा प्रहरी अधिकारीले बोल्दै गर्दा र प्रमाणका रुपमा भिडियो बयान देखाइँदै गर्दा तत्काल त्यससम्बन्धी जानकारी टाइप गरेर हामीले यहाँहरु समक्ष पुर्याएका थियौँ। त्यसैको अभिलेख तल राखिएको हो-
अपडेट (दिउँसो 4): भिडियो बयानहरु सकिएको छ। फेरि प्रहरी अधिकारी बोल्दैछन्। यो रणवीर सेनाले घटाएका घटनाहरु ज्यादै संवेदनशील र गम्भीर प्रकृतिको भएकोले अहिले यी व्यक्तिहरुसित अझै सोधपूछ गर्न बाँकी छ। हिरासतमा रहेकाहरुलाई केही दिनभित्रै उपस्थित गराउने तपाईँहरु सामु। यो सामान्य खुकुरी हान्ने हत्या अपहरण जस्ता अपराधीहरु हैनन्, गम्भीर प्रकृतिका हुन् भन्ने बुझ्नुहोला भनी उनले आग्रह गरे। थप अनुसन्धान गर्नुपर्ने भएकोले केही दिनपछि अभियुक्तहरुलाई सार्वजनिक गर्ने पत्रकार सम्मेलन सकिएको छ। उपत्यका आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक रमेशकुमार श्रेष्ठले कानुनी प्रक्रिया अघि बढिसकेको छ, त्यतिकै छाड्ने भन्ने कुरै आउँदैन भनेका छन्।
अपडेट (दिउँसो 356): अहिले वीरेन्द्र केएमको भिडियो बयान सुरु भएको छ। उनले पनि ऋषि धमलालाई पोलेका छन्। सबैले व्यापारीहरुसित चन्दा उठाएको पैसा धमलालाई बाँडफाँड गर्ने र रणवीरले समेत धमला विश्वासिलो पत्रकार हो, उसैलाई पैसा दिनुस् भनेर भनेको उनी बताउँदैछन्। नेपाल जापान डट कममा कार्यरत शुभक महतो भनिने पत्रकार त प्रदीप उपनाममा सो पार्टीको उपत्यका इञ्चार्ज रहेको उनले बताउँदैछन्।
अपडेट (दिउँसो 344): त्यो टेलिफोन संवाद उनले ऋषि धमलासित कुरा गरेको बताएका छन्। अब अर्को अभियुक्तको भिडियो बयान सुरु भएको छ। उनी मनोजकुमार महतो रहेछन्। उनले पहिला आफू मधेश राष्ट्रिय जनतान्त्रिक पार्टीसित सम्वद्ध रहेको र अहिले उपत्यका हेर्ने मान्छे भएको बताउँदैछन्। उनले व्यापारीसित असुलेको रकम ऋषि धमलालाई पनि दिनुपर्ने त्यसो गर्दा सुरक्षित हुने बताएका छन्। १० लाख मध्यस्थता गरेकोले धमलालाई दिने बाँकी ३ जना शुभक, उनी र अर्का एकले बाँडेर लिने १० १० लाख। १० लाख पार्टीलाई दिने। उनले केही अघि काठमाडौँमा भएको विस्फोट पनि उनीहरुले नै गरेको स्वीकार गरेका छन्। रामशुभक महतोको टेबलको घर्राबाट विस्फोटक पदार्थ प्रहरीले बरामद भएको उनले बताए। उनका अनुसार काठमाडौँमा विस्फोट गर्न ती पदार्थ ल्याइएका रहेछन्।
अपडेट (दिउँसो 344):अभियुक्तले पटक पटक रिपोर्टर्स क्लब र ऋषि धमलालाई पोलेका छन्। उनका अनुसार धमलाले व्यापारीसित चन्दा उठाएका रहेछन्। अहिले एउटा टेलिफोन संवाद सुनाइँदैछ।
अपडेट (दिउँसो 337):अहिले अभियुक्तहरुको भिडियो बयान सुनाइँदैछ
एक अभियुक्त आफू मधेस राष्ट्रिय मोर्चाका उपत्यका इञ्चार्ज रहेको बताउँदैछन् उनी रामशुभक महतो रहेछन्
उनले ऋषि धमलासित पैसाका बारेमा चन्दा लिने बारेमा वीरेन्द्र केएमसित कुरा गरेको बताउँदैछन्।
ऋषि धमला र वीरेन्द्र केएमले व्यापारीसित चन्दा उठाएको उनी बताउँदैछन्
पत्रकारहरुको यहाँ ठूलो संख्यामा उपस्थिति छ। सबैको ध्यान पर्दामा रहेको छ। पर्दामा अभियुक्त बोल्दैछन्।
अपडेट (दिउँसो 332): कार्यक्रम सुरु भएको छ। रानीपोखरी प्रहरी आयुक्त रमेशकुमार श्रेष्ठले स्वागत गर्दैछन्।
विगतमा राजधानीका विमानस्थल र सुन्धारा लगायतका स्थानमा भएका विस्फोटनका घटनाको छानबिन जारी रहेको जानकारी
अनुसन्धानका लागि कानुनी रुपमा हिरासतमा राखिएको जानकारी
प्रारम्भिक बयान लिइएको
पक्राउ परिएका व्यक्तिको जानकारी
रामशुभक महतो जसलाई प्रदीप नामले चिनिन्छ सिराहा
मनोज महतो सिराहाका
वीरेन्द्र केएम
उनीहरुकै बयानका आधारमा ऋषि धमलालाई अनुसनधानका लागि हिरासतमा राखिएका
पेशाका हिसाबले सबै पत्रकार
अपडेट (दिउँसो 330): पत्रकार सम्मेलन सुरु हुन लागेको छ। प्रहरी अधिकारीहरु उपस्थित भइसकेका छन्। यहाँ करिब दुई सय जनाको उपस्थिति रहेको छ।
अपडेट (दिउँसो 320): पत्रकार सम्मेलन ३ बजे सुरु हुने भनिए पनि ऋषि धमलालाई हिरासतको म्याद थप्न जिलला अदालत लगेर यहाँ ल्याउनु पर्ने भएकोले ढिला भइरहेको बुझिएको छ।
अपडेट (दिउँसो 310): अहिले माइसंसारको टिम नेपाल प्रहरी क्लब, भृकुटी मण्डपमा छ। यहाँ नेपाल प्रहरीले ऋषि धमलालाई किन पक्राउ गरियो भन्ने सम्बन्धमा पहिलो पटक औपचारिक जानकारी दिनका लागि पत्रकार सम्मेलनको आयोजना गर्दैछ। यो हलमा करिब सय पत्रकार उपस्थित भइसकेका छन्। प्रहरी अधिकारीहरुको उपस्थिति भने अहिले भइसकेको छैन। हामी यहाँबाट संभव भएसम्म भिडियो, नभए टेक्स्टबाटै भए पनि लाइभ अपडेट गर्नेछौँ।
Related posts:









Dhamala ko churiphuri aba dekhna paine vaya. Desh Drohi, patrakar ko naam ma kalanka, indian broker ho rishi dhamala. patrakar association le yesta patrakar ko press freedom ko naam ma dhakchhop hoina, bhandaphor garnu parch. well-done nepal police.
मन परे हरियो, नपरे रातो
5
1
धन्यवाद माई संसार टिमलाई । यसरी तत्काल हामीसम्म जानकारी पुर्याएकोमा ।
मन परे हरियो, नपरे रातो
8
0
Dr Kidney ko jasto hatti aayo hatti aayo phussa hune ho ki??
मन परे हरियो, नपरे रातो
2
0
खै के हुने हो ! उत्सुकता छ है !
मन परे हरियो, नपरे रातो
2
0
camera bhane pachi dekhnai na[payeko jasto garera sadhai agadi ayera nigcha hasne manche tyesto po rahecha………..
मन परे हरियो, नपरे रातो
7
0
अहो! रिशी दाई तपाईं लाई प्रहरी ले किन पक्रियो ? तपाईं जस्तो देश भक्त पत्रकार लाई पनि ? पक्कै तपाईंले केही बिठयै गर्नु भएको हुनु पर्छ नत्र किन बिथैमा प्रहरी ले झ्याल खाना म किन जाग्थे! अब के हामी ले तपाईं लाई हरेक दिन टि.भी म देख्न नपाईने भाईयो त ? टाईम मै बिहे गर्नुस् दाई भन्दा मान्नु भएन। के गर्नु दाई मान्छे को भाग्य यस्तै हो जे पनि देख्नु पर्ने जे पनि भोग्नु पर्ने।
मन परे हरियो, नपरे रातो
4
1
we r curiously waiting to hear about further news about this
मन परे हरियो, नपरे रातो
3
0
Thanks. great job. we are excited.
मन परे हरियो, नपरे रातो
1
0
ऋषि धमला एक नेपाली तालिबान हो । ऋषि धमलालाई आजिबन काराबासको सजा दिनुपर्छ।
मन परे हरियो, नपरे रातो
10
1
not so important person, leave him
मन परे हरियो, नपरे रातो
1
4
how is it possible to say terrorist for Rishi Dhamala.This Government is doing worse
मन परे हरियो, नपरे रातो
3
7
okay….hurry up!!! we r waiting…..
मन परे हरियो, नपरे रातो
5
0
यो धमला लाई फताह नै हो ,कृपया पत्रकार साथीहरु प्रहरी लाई सहयोग गर्नु होला ,जथाभाबी बिरोद नगरनु होला है .
मन परे हरियो, नपरे रातो
10
0
oh i m also curious about the press conference.Live!live!!live!!!!
मन परे हरियो, नपरे रातो
3
0
Thanks we are hurry to heard hot updates regarding terrorist Dhamala.
मन परे हरियो, नपरे रातो
3
0
yes! yes! friend i’m also waiting for truth about this idiot dhamala.
मन परे हरियो, नपरे रातो
3
0