मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    पोइल जाँदै 'शान्ति' र पोइल गइसकेकी 'सुरक्षा'

    २०६५ माघ २७ सोमवारको सन्ध्या संभवतः संघर्षपूर्ण राजनीतिक जीवनको चोटिलो प्रहार बन्या होला संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई। माओवादी सुप्रिमो प्रचण्डका पीए शक्तिबहादुर बस्नेत आफ्नै घर कम्पाउण्डमा गोली खाएर अस्पतालमा छटपटाइरहँदा प्रचण्ड मनमा कति कुरा खेले होलान् ? तर एउटा क्रान्तिकारी भनाउँदो जनयुद्धकारी पार्टी स्थायी समिति सदस्य, र एउटा कार्यकारी सरकार प्रमुखका पी.ए. लोडसेडिङको छाँयामा गोलीका निशाना बनिरहँदा बोली फुट्न सक्या छैन उनै प्रचण्डको। प्यूठानमा ७५७५ नामक सशस्त्र दस्ताले स्याउलीवाङ प्रहरी बेसक्याम्प मुठ्ठीमा पारेर एक प्रहरीको इहलिला सिध्याइसक्दा पनि वामदेव गौतमको गृह प्रशासन, रामवहादुर थापा बादलको रक्षा संरचना वा प्रचण्डको पौरखी सरकार छिटफूट घटनाको विश्लेषण गर्दै होला। सेनाको नियमित पदपूर्ति रोक्का आदेश रुक्मांगत कटवालले एक कानबाट सुनेर अर्को कानबाट उडाइदिएपछि बल्ल रहस्य देख्दैछन् रक्षामन्त्री बादल। त्रिवि सभामा अघिल्लो महिना विद्यार्थीबाट ढुंगा खाँदा चेत नखुलेको प्रचण्ड सुरक्षा दस्ता शायद ब्रिफिङ, ब्रेकफास्ट, लञ्च र डिनरको मेलोबाट निस्कन सक्या छैन।

    प्यूठान हमला, शक्तिबहादुरमाथिको गोली प्रहार र सेनाको सकिएको नियमित भर्ती तीन प्रतिनिधि प्रवृत्ति हुन् जसले शान्ति सुरक्षा मध्ये शान्ति पोइल जाँदै गरेको सुरक्षा पोइल गइसकेको प्रतीत हुन्छ।

    एउटा संस्था हुन् प्रधानमन्त्री, छाँया संस्था हुन् उनका पीए र प्रहरी। अब एउटा बबुरो नागरिकलाई सुरक्षा र सामाजिक शान्ति त कठोर- कारुणिक ठट्टा सिवाय के भो त ? क्या फसाद जनमुक्ति सेनाको पछिल्लो झड्केलो भएका छन् – जयकृष्ण गोइत, ज्वाला सिंहदेखि थारुहट मुक्ति सेनादेखि राजधानीमा परेड देखाउने ताम्सालिङ सेनासम्म। शायद जे रोपेका थिए, प्रचण्ड दर्शनले त्यही फलिरहेछ सर्वत्र। उही क्या- प्रायशः विद्रोही असंख्य सामाजिक तप्काको दुस्साहस अर्थात् सैन्यकरणको फरक फरक आत्माघाती प्रयास। सबै नागरिकले अब बन्दुक बोक्नोस् भन्ने संदेश फर्माएर थाकेका छैनन् – संस्कृति तथा राज्य पुनःसंरचनामन्त्री गोपाल किराती। कठै, एउटा मन्त्रीको बौद्धिक दिवालियापन आफै नागरिकलाई बन्दुक बोक्न उक्साउँछन्। दर्जन बढी तराई-मधेशका भदौरे च्याउ सरहका सशस्त्र समूह हुन् वा अन्य जाति जनजातिका समूहहरु वा थारु वा ताम्सालिङ सेना बन्न खोज्दैछन् नयाँ जनमुक्ति सेना, यूएनको भत्ता आफ्नै शानको सत्ता।

    २०६५ को फागुन १ को जनमुक्ति दिवसका दिनसम्म मातृका यादवले पुनर्गठन गरिसक्ने छन् नेकपा माओवादी। प्रचण्डका गद्दार मणि थापाहरुदेखि मन्त्रीसम्मका प्रचण्ड पुरस्कारबाट चिक्त नबुझेका मातृका यादवहरुले रविन्द्र श्रेष्ठहरुदेखि प्रचण्डसम्मलाई लोप्पा खुवाउन के नै बाँकी राखे र ? जनयुद्धलाई न हार न जितमा बिसाएको माओवादीले प्रधानमन्त्रीमाथिको ढुंगा प्रहार रोक्न सक्दैन, प्रहरीको कवच जोगाउन सक्दैन, प्रमका पीएका जीवन जोगाउन सक्दैन, सेनालाई दिएका आदेश पालन गराउन सक्दैन भने अब शान्ति प्रक्रिया त के पुर्‍याउला र तार्किक निष्कर्षमा। जनता चाहन्थे प्रचण्ड नबनुन गिरिजा वा तुलसी गिरी। चाहन्थे कम्तीमा प्रचण्ड नबनुन् कोइराला जस्ता। तर खोई हामीले सकारात्मक खबर लेख्दैमा सत्य के लुक्ला र असरल्ल समस्यै समस्याको पहाडबीच। जनताले महंगी बढ्दा सहे, सीमा मिचिइरहँदा सहे, असुरक्षा हुँदा सही रहे, वाइसिएल ज्यादति सहे, युथफोर्स मण्डलेकरण सहे। भागशान्ति जयनेपालको तुहिएको सातदलीय एकतामुनिको तदर्थवादी सामूहिक राजनीतिक निरंकुशता सहे। तर खै अब त आफ्नै टाउकोको सुरक्षा गर्न नसक्नेसँग कति सहलान् र यी जनताले ? आखिर किन खुच्चिङ बजाउनु र अब प्रचण्ड पराजय यात्रामा। बाघ त बाघ हो हिजो ज्ञानेन्द्रलाई खायो भनी खुच्चिङ भन्दानभन्दै झम्टिन थाल्यो है स्याउलीवाङदेखि शक्तिबहादुरसम्म। तसर्थ अब त काल पल्केकोमा चिन्तन पो चाहियो कि। जनता जनार्दन हौ भने हातमा दही जमाउने कि विवेक बोल्ने ? छनौट अब क्रमशः जनताको हातमा आउदै छ नि हैन त ?
    final_destination2064@yahoo.com

    No related posts.

    51 comments to पोइल जाँदै 'शान्ति' र पोइल गइसकेकी 'सुरक्षा'

    • Prem Gurung

      SURYA KHADKA KO LEKH LE KE BUJHAUNCHHA BHANE, YATHASTHITIBADI HARULE YESARI NAI MAOBADI LE RAMRO KAM GARNE VO BHANERA BIRODH RA ASAFAL PARNU LAGI PARI RAHANE ANI TESMA SURYA KHADKA JASTO DUI PAISE CHAMCHA LEKHAK LE KHUCHING-KHUCHING MATRA GARNE. HOINA BHANE SURYA KHADKA KO KALAM LE YE KHUTTA TANNE HARU KO BAREMA NATAN BHANERA TINI HARU KO BIRODH MA LEKHERA DEKHAU TA? SAKINCHHA? YESTAI HARU LE YO DES LAI AGADI JANA DINDAINA. THAHA BHO. YI KHADKA JASTA KO PEN KO MASI SAKE BARU KASTO HUNTHIYO HOLA.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rishi pandey, Dubai

      Mr. surya Gi,
      We all the readers are not fool, Your article is not perfect. It can be your openion, but u have to care about that, what massage is giving you to others by u r articles?? are u happy to hear that some of rebels gang attack in police post in Peuthan??
      Are u happy to hear that somebody attack to Shakti Bdr. Basnet??
      U are telling that maoist had done wrong in past. But u are telling now those of things what is done by others are good??
      In fact we can’t learn anythings from your articles.
      Plz try to give good logic in any point even this is u r right to support or not in any things…..

      Rishi Pandey
      Dubai…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tilak Karki U.S.A.

      Chhanaut janatako hatma aaudai chha haina pahilenai aaisakeko sthiti ho yo, teti pani thaha napaunele k lekh lekheko ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nic

      Surya ji Lekh Ramro lagyo. Thik chha aba pani surakchhya aanga haru chup lagera basne ho bhane feri yi sana sana haru badera thulo holan ra feri pahila maobadi ko jasot hal hola…kehi ta samadhan gari halnu parchha jasto malai lagchha. Yi moists haru afu pani nagarne ra aru lai pani garna nadine pare. Ahile sena bahira jana nahune ra barek bata ani kasari santi surakchhya kayem hunchha.malai ta kahile kahi lagchha prachanda nai yo sab sana party ko command gari raheko chha. Aago lai sano jhilka ma nibhauna ramro hunchha feri thulo hola ra desh ma feri war nahos. Ram bahadur ji…dherai ego rakhera aafu ra desh lai barbad parne tira bhanda, desh lai kasari mathi lane sochnus.Sena ko sankhya kam garera ra ani afno sena halera….desh kabja garula bhan thaneko hola..teti bela hami jasto dherai sena haru nepal aauna naparos…hos purya.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • what the hell re those comment

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • robin sharma

      thanks surya ji for ur article..its truth n peple here dont like to accept truth..most of the comments are from members of ycl…hasiyar hunus hai..natra akal ma nai jiu jala

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Racket

      सुर्यजिको लेख र नेपाली भ्यागुता को काहानी एकै प्रकार को छ |
      एउटा ब्यापारीले नेपाल, चाइना, भारत र अन्य देशका भ्यागुताहरु बिदेश लगि रहेको रहेछ र उनिहरुले आपस्मा कुराहरु गर्दा यो भ्यागुता कहाँ लैजान लागेको भन्दा एउटाले यि भ्यागुता बिदेशमा लगेर रेस्तुरेन्टमा भुटेर खान लगेको कुरा गरेछ, त्यो कुरा सबै भ्यागुताहरुले पनि सुनेछन | भोलिपल्ट त्यो ठाउँमा पुगेर बक्साहरु खोली हेर्दा त अरु सबै देशका भ्यागुताहरु भागी सकेछन तर नेपालका भ्यागुताहरु चाँही सबै रहेछन बक्सामा | त्यस्तो कसरी भएछ भनी अनुसन्धान गर्दा यो कुरा थाहा भएछ | अरु सबै देशका भ्यागुताहरु एउटा माथि अर्को गर्दै बक्सा माथि पुगेछ र माथि पुग्नेले आफ्नो खुट्टा तल झारी अरुहरुलाई माथि तानी सबै भागेछन | नेपाली भ्यागुताहरु चाँही एउटा माथि पुग्यो ओहो यो त भागन लाग्यो भनेर तल तानेर झारेछ, त्यसरी तल झार्दा झार्दै कोही पनि बाहिर जान पाएनछन |
      भन्नु को मतलब एसो गर्नु पर्‍यो, यो गर्दा देश र समाजलाई यो फाईदा हुन्छ भनेर पोजिटिव बिचार म लेख लेख्ने गर्नुस् सुर्य जि एक्दिन तपाईं साचैनै सुर्य हुनुहुनेछ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रामु

      लुना दिदी आज कता हरौनु भयो ? सिर्सक कस्तो लाग्यो लुना दिदी ? नारी जाती को अपमान भयो जस्तो लाग्छ कि लाग्दैन ? साउन मा आँखा फुटेको गोरुले बाराइ मास हरियो देखछ भने झै सुर्य जि ले पनि सदै गुट उपगुट लाई प्रोत्सहान हुने गरी लेख पस्कदै हुनुहुन्छ । जुन सुकै देस मा पनि राम्रो अनी नराम्रो मान्छे हुन्छन तेस्लाई राम्रो लाई अज राम्रो अनी नराम्रो लाई राम्रो बनाउने कर्तब्य सुर्य जि को पनि होइन र ?सदै नराम्रो असान्ती नै हुन्छ भनेर ढोल् फुक्नु भन्दा राम्रो कसरी गर्न सकिन्छ भनेर सब्य नागरिक ले गर्नु पर्ने देस प्रती को भावनालाई समेटेर एउटा लेख लेखौ न सुर्य जि । अब पनि माइला दाई लाई कती पछौना नछोडेको ?तपै का माइला दाई अब मैला भैइसके भन्या कुरा बुज्दिनुस् न सुर्य जि । मैला लाई थैला मा हालेर फाल्नु पर्ने मा किन मल जल गरेर बिऊतौन खोज्दै हुनुहुन्छ ? सरकार ले दिएको आदेस नमान्ने रुक्माङ कटुवाल लाई सरकार ले कारबाही गर्नु पर्छ कि नै सुर्य जि ? सरकारले दिएको आदेस नमान्ने लाई सरकारी गुट भन्ने कि नभन्ने ?अनी आँफै सोच्नुस् कस्ले हान्यो गोली अनी कोस्को आदेस ले लुटियो पुलिस चौकी । १० जना को पुलिस चौकीमा लड्न अटोमेतिक् गन राईफल कहाँ बाट आउछ । यस्तो खोतलेर लेक्ने हिम्मत गर्नुस् न । खाली ओकालो मा गाडी ले तान्न नसके को जस्तो …….. ङ्यार ङ्यार किन असन्तुस्टि ? सिर्सक चयन् बाटनै छर्लङ भयो तपाईं को पत्रकारिता ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • PAWAN

      SURJE KO LEKH BAHEK SABAI RAMRO CHHA!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Baniya Chhetri

      यो माओबादी सरकारको रबैया जनचाहना अनुरूप को छैन, देशको रास्ट्रीय सेनामा र संपूर्ण सार्वजनिक निकायमा आरछण जातीय आधारमा ल्याउन जून कानून बनाउदै छ, त्यों एउटा साधारण मानिसले सोच्ने दिमागले सोचेभन्दा कम छ, धिक्कार छ तिमिहरुलाई, देशको हरेक कुना कन्द्ररामा पिछादिएको जाती जनजाति जो कोही छ तेस्तो समुदयेलाई कुनै सरकारी प्याकेज ल्याएर उशको शैछिक, आर्थिक , सामाजिक जीवनस्तर उकास्नु र उसलाई आँखा देखने बनाएर एउटा वे मा चल्न सिकाउनु मात्र राज्यको काम हो, तर कसैलाई पर्मानेन्ट जन्मसिद्ध सेना वा सरकारी निकायको हक़दार बनाउनु ठुलो गल्तिहुन जानि छ. देशको संपूर्ण नागरिक सामान हुनभने सुम्पूर्ण छेत्रमा पर्तिस्पर्धा सबैले गर्नपाउनु पर्छ, जो ब्यक्ति सक्छम छ त्यों सेवाको हक़दार हुनुपर्दछ. आरछ्ण को नाम मा सवलको भाग काटेर एउटा निश्चित समुदाएको खुट्टा बांगो भएको ब्याक्तिलाई जन्मसिद्ध त्यों अधिकार दिनु संपूर्ण हिमाल पहाड़ मा बसने नेपाली को लागी ठुलो धक्का भएको छ, बिशेष गरी छेत्री र ब्राहमण समुदाएको धरै सामान अधिकार कटौती हुदै छ, दुई चार जना यो समुदाएको ब्यक्ति बिशेष ले राज्यको र राजनीतिको शासन प्रक्रिया मा ग़लत काम्गरे भन्दैमा संपूर्ण मुलुक भारिका शोसित पीड़ित ब्राहमण छेत्री मा तेसको सजाये थोपरीदैछा, होसियार देशका सबै नागरिक हरुलाई सामान अधिकार दे जतिएताको नाम मा युद्ध को बीजारोपण गर्नी अधिकार माओबदिलाई छैन. जो सबल छ उश्ले देश हाक्नुपर्छ चाहे त्यों जून कुनै समुदाय र छेत्रको होस, सबैले बलैमा सोच्नु जरुरी छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Baniya Chhetri

      धन्यबाद सूर्य जी यो माओबादी सरकारको रबैया जनचाहना अनुरूप को छैन, देशको रास्ट्रीय सेनामा र संपूर्ण सार्वजनिक निकायमा आरछण जातीय आधारमा ल्याउन जून कानून बनाउदै छ, त्यों एउटा साधारण मानिसले सोच्ने दिमागले सोचेभन्दा कम छ, धिक्कार छ तिमिहरुलाई, देशको हरेक कुना कन्द्ररामा पिछादिएको जाती जनजाति जो कोही छ तेस्तो समुदयेलाई कुनै सरकारी प्याकेज ल्याएर उशको शैछिक, आर्थिक , सामाजिक जीवनस्तर उकास्नु र उसलाई आँखा देखने बनाएर एउटा वे मा चल्न सिकाउनु मात्र राज्यको काम हो, तर कसैलाई पर्मानेन्ट जन्मसिद्ध सेना वा सरकारी निकायको हक़दार बनाउनु ठुलो गल्तिहुन जानि छ. देशको संपूर्ण नागरिक सामान हुनभने सुम्पूर्ण छेत्रमा पर्तिस्पर्धा सबैले गर्नपाउनु पर्छ, जो ब्यक्ति सक्छम छ त्यों सेवाको हक़दार हुनुपर्दछ. आरछ्ण को नाम मा सवलको भाग काटेर एउटा निश्चित समुदाएको खुट्टा बांगो भएको ब्याक्तिलाई जन्मसिद्ध त्यों अधिकार दिनु संपूर्ण हिमाल पहाड़ मा बसने नेपाली को लागी ठुलो धक्का भएको छ, बिशेष गरी छेत्री र ब्राहमण समुदाएको धरै सामान अधिकार कटौती हुदै छ, दुई चार जना यो समुदाएको ब्यक्ति बिशेष ले राज्यको र राजनीतिको शासन प्रक्रिया मा ग़लत काम्गरे भन्दैमा संपूर्ण मुलुक भारिका शोसित पीड़ित ब्राहमण छेत्री मा तेसको सजाये थोपरीदैछा, होसियार देशका सबै नागरिक हरुलाई सामान अधिकार दे जतिएताको नाम मा युद्ध को बीजारोपण गर्नी अधिकार माओबदिलाई छैन. जो सबल छ उश्ले देश हाक्नुपर्छ चाहे त्यों जून कुनै समुदाय र छेत्रको होस, सबैले बलैमा सोच्नु जरुरी छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lokendra

      Although the topic of this article is non sence but the content is good. I would like to adivise the write to take care about the topic you want to write about.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ya1235_63

      ओ सूर्य ब्रो १-२ महिना पछि घर आऊ भनेको नआउने बनायेउ यार ! ब्रो आफु गएर कर्ण शाक्य ब्रो लाई भेट्नु तिम्रो गदिमा एकौरो पन लागेछ ! एस्तो समाचा लेख्नु बस्नु अगाडि हामीहरु को बारेमा पानी सोच्नुं, हामीहरु भित्र केकस्तो बित्ला भनेर !!
      अन्तामा: सूर्य ब्रो सादी बे भाको हो …..? पर्यवारिक्कि स्थिति त ठीक छ होइन..? की बुडा बुडी डाढु पनीऊ हना हान्नहुन्छ ?? नेताहरु को बारेमा येत्रो सँखागर्निले, घर परिवार खाई….. के भानु !!

      #रोशन GRG
      दोहा कातर
      ya1235_63@yahoo.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अलर्क शिरोमणि

      सूर्यजी लेख्‍न त लेख्‍नुभो तर शीर्षक दिने बेलामा के सोच्नुभयो थाहा हुन सकेन। त्यसो त मलाई कमेन्ट लेख्ने मन थिएन तर तपाईँ जस्तो नियमित स्तम्भकार र आफूलाई कलमजिवी भन्न रुचाउने मान्छेले यस्तो “असभ्य” शीर्षक दिएको पटक्कै सुहाएन। असभ्य किनभने यो शब्दमार्फत तपाईँको चिन्तन, विषेश गरेर महिला विषयक चिन्तन, प्रतिको घुर्मैलो र परम्परावादी पुरुषवादी हैकम प्रवृ्त्तिको छनक दिने खालको देखियो। तपाईँको लेखभित्रको तर्क वितर्कको बारेमा चाहिँ मलाई केही भन्नु छैन। तर “पोइला” भन्ने शब्दले तपाईँको लेखनीलाई शोभा दिएन। त्यसो त यो शब्द आफैमा झर्रो हो र रुपकीय दृष्टिले तपाईँका तर्कहरूलाई उजिल्याउन कामयाव पनि होला। तर मर्यादित भएन। लैङ्गिक दृष्टिले हेर्नुस् त तपाईँको शब्दले स्त्री जातिप्रति सम्मान गर्न सक्छ? “पोइला” भन्ने शब्द वास्तवमा प्रेम विवाहलाई दिइएको नाम हो। प्रेमको कारण जुन भागी विवाह हुन्छ त्यस्लाई पोइल जानु भन्ने चलन छ।

      थाहा छैन तपाईको वैवाहिक अवस्था र प्रेम सम्बन्ध। मानौ तपाईँले प्रेम विवाह गर्नुभएको रहेछ भने कसैले तपाईँको श्रीमतीलाई औँल्याएर “यो त सूर्यसँग पोइला गएकी/आएकी हो” भनेर भनेको सुन्नुभयो भने तपाईँलाई कत्तिको चित्त बुझ्छ? मैले अनुमान गर्न सकेसम्म तपाईँलाई पक्कै पनि झनक्क रिस उठ्छ। त्यसैले यो महिलावादी, नारीवादी वा लैङ्गिक अधिकारवादीको कुरा मात्र होइन, भाषामार्फत् मर्यादा, सि्ष्टाचार र सम्मान प्रकट गर्ने प्रवृत्तिको पनि कुरा हो। यहाँलाई स्मरण छ कि छैन, मुलुकी ऐनको (सायद दशौँ) संसोधन हुन लाग्दा साविकको ऐनमा भएको “पोइला” भन्ने शब्दलाई हटाउनको लागि ठूलै हङ्गामा गर्नुपरेको थियो। वास्तविक अर्थ त पोइको घर जानु नै हो। यस अर्थमा हरेक विवाह एक प्रकारको पोइला नै हो। तर पुरुषवादी सामाजिक मनोविज्ञान के हो भने पोइल जानु खराब हो। त्यसैले यो शब्द अपहेलित छ। परम्परावादी चिन्तनमा स्वेच्छिक विवाह वर्जित छ त्यसैले यो शब्द अमर्यादित ढङ्गबाट प्रयोग हुन्छ। तर किन महिलालाई मात्र यो शब्दले लक्षित गर्छ, त्यो कहिल्यै सोच्नुभएको छ? पोइल जानु खराब हो? तपाईँको लेखको शीर्षकमा शान्ति र सुरक्षा (अङ्ग्रजीमा पनि भनौँ न peace and security) पोइल गएर परिस्थिति बिग्रिएको भन्ने अर्थ लाग्छ। मैले लेख पढ्ने जाँगर र उत्साह गर्न सकिन। किन पनि भने सुरुवात भद्दा थियो, र निश्चित हदसम्म यसलाई अश्लिल सुरुवात भन्दा पनि हुन्छ। सकारात्मक आँखाले हेर्नुस् त यदि साँच्चै नै शान्ति र सुरक्षा पोइला जान पाएको भए राम्रो हुने थिएन? किनभने पोइला “जाने”/”लाने” त प्रेमको कारण हुन्छ स्नेह र आदर्शको वशिभूत भएर हुन्छ।

      लाक्षणिक रूपमा पोइला जानुलाई किन अपमानित रूपमा प्रयोग गरिएको हो भन्दा स्त्रीहरू कसैका सम्पत्ति हुन् भन्ने अचेतन विश्वास हामीमा छ। र त्यो सम्पत्ति कसैले हरण गर्यो। तर, यस अर्थमा पनि सम्पत्तिको दोष नहुनु पर्ने हो। यहाँनिर स्त्रैण यौनिकतालाई निच देखाउने परम्परागत अभ्यास हो यो। तपाईँकी श्रीमती (तपाईँ विवाहित हो भने) तपाईँसँग पोइल आउनु भएको हो, त्यसकारण कुरा नराम्रो भयो। हैनत?

      सारांशमा सूर्यजी, तपाईँ जस्तो सशक्त र आफूलाई जिम्मेवार ठान्ने व्यक्तिले शब्द चयनमा ठूलो विचार गर्नुपर्छ। यहाँलाई शुभकामना!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • vashir

      त्यो गोली हान्ने मान्छे पक्कै पनि पुलिसकै हो, निसाना ठिक ठाउँमा लागेन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj37

      सूर्याजी
      यथार्थ धेरैलाई पच्दैन देशमा केहिगर्न भन्दा कुनै पार्टी समातेर होस बा आफ्नो भयेभारको सम्पति धितो राखेर बिदेश पलायन भई अरुको लागी इमानदार मिलनसार तर आफ्नो लगी माहा अल्छि र भदुबा हरुको जमात्लाई तापैको कुरा पाचन धेरै गारो हुन्छ | Good piece of article please keep it up. thank you

      raj37

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • —–सूयजी तँपाइको घैटोमा घाम कहिले लाग्‍ने हो —-

      1) जे होस्, थाल ठटाउँदैमा हात्ती तर्सिने हो र ?

      2) राम्रो गर्छु भन्दा पनि गर्न नदिनेहरूका विरुद्ध खै कहिले लेख्नुहुन्छ ?

      3)सधैं निरसाजनक,नंकारात्‍मंक लेख लेखेर सबैलाई हतोत्साहित गर्नुहुने तपाईंको नाम परिबतन गरी बिरोध खड्‍का राखौ न ल ,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      सुर्यजी
      केटा केटी हो र भन्या गुलिदन्दा खेल्ने,लात्ती भकुन्दो खेल्ने ,कामरेड हरुले गोली हानि खेलेको नि |
      इंडिया ले माओबादी को बिकल्प को लागी मात्रिका यादब लाइ आर्को पार्टी खोल्न उक्सौदैछ,हेरौ प्रचंड ले चिनिया हरुलाई बिनाभिसा नेपाल आउने जाने ब्यबस्था गर्ने हुन की |यो शक्ति माथी को गोली प्रहार सांकेतिक हो प्रचंड माथी ,”र” ले सायद सोचेको होला आहिले प्रचंड लाइ सिध्याउने ,किनकी चिनिया राजदूत ले अब चाइनीज हरुलाई पानी बिना भिसा आउने जाने प्रस्ताब गरेछन |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rina

      yo surya ta pakka pani west bata jhulkane surya ho jasto chha? east bata jhulkane surya bhaye po ramro kura chhan bin garera lekhchha.je hos kohi2 ta ulto pani janminchhan thikei chha.baal matlab

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dewan Singh

      सूर्य जी, पोइला शब्द नेपाली नारी संग जोडिएको हुनाले नारिबादिहरू रीसाउन सक्छन. लेख राम्रो छ तर शीर्षक स्तरीय भएन है.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jaylal

      gaff ta ho ni surya g

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Spectra

      सर्बप्रथम चोटिला शब्दजालहरुको माकुरेजालोमा निराशाका केही अनुक्षेधहरुलाई पुनस्मरण गराएकोमा साधुबाद ।
      सबैलाई थाहा भएकै कुरा हो नेपाल धेरै समस्याहरुको साघुरो गल्लिहरुबाट अनिस्चित गन्तब्यमा बढीरहेकोछ।
      एस्को न कुनै दिशा छ न त कुनै चामत्कारीक सामर्थ्यथा । यो हाम्रो तितो वास्तविकता हो जुन स्विकार्न
      नसक्दा पनि स्विकारीएको छ। तपाईंको माथिको लेख राम्रो छ जस्ले ओराली लागेको बाछ्छो लाई अरु एक
      लात हान्न तम्सिन्छ न कि कुनै समाधानको बिकल्पको खोजी गरोस । सत्य हो मान्छेहरुले प्रचन्ड लाई
      तुल्सिगिरी वा गिरिजाको रुपमा देख्न चाहेका छैनन। एस्को मत्लब यो पनि हैन कि प्रचन्डका कमिकम्जोरी
      हरुलाई ताली बजाएर पुन तुल्सिगिरी लाई माला लगाउ। यो कठिन समयएमा असफलताका आफ्ना आफ्ना
      डम्फु बजाएर विश्वाश लाई ढाक्छोप गर्नु भनेको त्यो संकटबाट म आफु पनि मुक्त छैन भन्ने कुरालाई कागज् को
      पानालाई डुंगा बनाएर नदी तर्छु भन्नु जस्तै हो। तेसैले नकारत्मिकताले हामी आफुलाई पार्ने सम्भाबित कस्टलाई
      आत्मसाथ गर्दै हामी, मिलौ ,केही गरौ ,भन्ने सोचाई लाई प्राथमिकता नदिये देश त डुब्छ नै ……. हामी
      पनि अवस्यम्भाबी ………… ने छौ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhim

      अरौटे भरौटे राजनीतिग्य को कुरा नमानेर राम्रो काम गरेका छन कटुवाल ले

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SUMIT

      SURY JI TAPAI KO KURA KHALI BALI , KYA JHUR LEKHNU HUDO RAHECHH , SHANTI POILA GAIN HA..HA HA, MARLA NI SHANTI NAM GAREKI SABAI KETI LE , HOS GARNU HAI.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ruckist1

      वास्तवमा , सरकारमा रहेका पार्टीबाटै असहयोग भन्ने माओवादीको यो तुक्छ बिचारमाथी नै प्रश्न चिन्ह खडा गरेको छ !
      रोल्पाको स्याउलिबङमा आक्रमण हुनु , P.M. कै पिये माथि आक्रमण हुनु अनी आजै रोल्पाको एउटा बजारमा लुटपाट हुनुले
      माओवादीले रोपेको बिउको अन्कुरण हुँदै छ भन्ने बुझिन्छ !मार्क्स्बादका ठुला ठुला गफ हाँक्ने माओवादी नेता माथि नै प्रश्न
      चिन्ह खडा भएको छ , आज तिनै जनताले सिकाउदै छन जनयुध्यको फाईदा , अनी जनयुध्यबाट अदिनायकबाद लाद्न खोज्ने
      माओवादीका बिचारधाराहरुलाई , हेर्दै जानुस् प्रचन्ड जि अब तपाईंको गल्तीको सजायको भागेदार तपाईं आँफै बन्नु पर्नेछ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arjunbibash

      सधैं निरसाजनक लेख लेखेर सबैलाई हतोत्साहित गर्नुहुने तपाईं पनि कतै यस्तै कार्यमा धमला जस्तै सङ्लग्न त हुनुभएको छैन? सबैले सोच्ने बेला आएको छ अब।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      खै के बोल्नु भा हो के ? माइलाको नामचाहिँ नलिई लेखेको चित्त नबुझ्ने नै रहेछ तपाईंलाई । शक्तिबहादुरलाई गोली हान्न लगाउने माइला वा माइलाभक्तहरू हैनन् भनेर लेख्नुभएन नि ! जे होस्, थाल ठटाउँदैमा हात्ती तर्सिने हो र ? राम्रो गर्छु भन्दा पनि गर्न नदिनेहरूका विरुद्ध खै कहिले लेख्नुहुन्छ ? आफ्नो माथिल्लो निकायको आदेश नमान्ने सेनापतिका विरुद्ध लेख्नुपर्नेमा उल्टै सरकारलाई गाली गर्ने ? आज तपाईं सरकारले यस विषयमा केही गर्न सकेन भन्नुहुन्छ, भोलि सरकारले कडा कदम चालेर सेनापतिलाई घोक्रेठ्याक लगाएमा ३ हात बुरुक्क उफ्रेर लेख लेख्ने तपाईं नै पहिलो व्यक्ति हुनुहुन्छ । तपाईंजस्ता माइलाभक्तले अरूले गरेको केही राम्रो कुरोलाई उजागर नगरी खाली साना-तिना कमजोरी पत्ता लगाई-लगाई कट्टु तान्न तम्सिनुहुन्छ । यसरी कट्टु तानेर तपाईंले के देख्नुहुन्छ ? वादलाई मात्र सिरोपर गर्ने तपाईंजस्ता पत्रकार देखेर कुटुकुटु चित्त दुख्छ । सूर्यजी, सूर्यजस्तै सबैलाई बराबरी उज्यालो दिने हुनसिक्नुस् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ‘देशमा शान्ति नचाहने प्रतिगामीहरूको शृङ्खलाबद्ध घटनाक्रमको यो पछिल्लो कडी हो— यस घटनालाई नेतृत्वमाथि भएको आक्रमण भन्दै घोर निन्दा—–यस्ता अराजकता सिर्जना गर्ने घटना षड्यन्त्रप्रति चनाखो हुादै सरकारले यथोचित कदम चाल्न ढिलो गर्नुहुदैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jeevan

      khadka ji sarei chitta bujhdo kura lekhnu bhayechha.tara prachanda lai matra dosh dinu ali ramro lagena. esta sana tina kura haru bhai rahanchhan raajnitima.euta kura nischit chha jaba samma Girija (kanksa maharaj),makune, kp oli jasta jantu haru bhukna chaddainan prime minister ko kursi ma jo base pni kehi change lyauna sakdaina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • उहि हर्कमान

      सुर्यजी,

      “शान्ति” र “सुरक्षा” दुबै केटी मान्छेका नाम हुन! अनि उनिहरु पोईल गएको भन्दै नारीहरुको बेईज्जत गरेको जस्तो देखिएला है|

      समग्रमा भन्नु पर्दा यथार्थपरक, समय सापेक्ष र सन्तुलित लेख!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prabashi

      yeah, you are right

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole Dai

      पुष्पजी कै कुरामा सहमत !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bharat Pokharel

      Dear Puspaji,

      Let me summarise some of the things going through my mind after reading your comment.
      1. You are concentrating your thought in ‘Maila”. But please remember Prachanda had emphasised that there is no more ”maila” thing to blame on. When prachanda himself has moved on, you are stocked with past so that maoist govt would have everything to blame on maila.

      2. About ”ramro garchu vanne”. Has mr Surya ji in the post of prime minister and has got state power to blame on that. Your party’s prime minister Prachanda ji is in the most powerful post and your party has robust organisation, but still think you are not permitted to do goods to country. Rubbish!! The reality is you had masterplan of destruction but no planning for running the govt and doing good deeds. So you succeded in first thing but not in the second.

      3. About of sacking Army chief, you have funny opinion. So you think sacking has not been done coz journalist will write against it or so on. So becoz of birodh, it has not been done.

      4. About ”kattu tanne kura”. Do you think maoist wear kattu. I doubt. So do the Nepalese people. We see you as ”nanga” just arrived from jungle. Kattu nai nalaune ani afai nango hidne galat kam garne. How would expect us including Surya ji to comment on good deeds. What are the good deeds of maoist govt so far? Please let us know.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • DiplomaT-BosTon

      Puspa Ji sarai chittabujdo comment garnu bhayooo…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lokendra

      Attacking on the police station is not a small news, avoiding the public supremacy is not a small news, not working in the favor of people and accusing the public service is not a small news, so Mr Puspa can you say what is a big news and big things, do you think showing the ugly face on the TV is great work? its the same weapon which is already used by your so called Maila. do you want to react? if u then please.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suphi

      certainly pushpa ji,there are so many bad things taking place,but as a journalist too,this surya often writes so negatine,making reader hopelees .When i see him in my sansar,i am afraid oh what negative again.certainly,the situation is not so good in Nepal,but while writing so many negative of government,why surya can not mention that attack in syaulibang was by whom?As going through news,i have heard about khum badhadurs involvement.If surya can shout at Badal.why cant he shout at khumbadhadur.Why cant his journalistic eye see that the opposition in Nepal,be it party or king supporter,have done alot of kasarat to make the government a faliure.Certainly mawoist also killed many people,destroyed many infra structure,but now is the time to forget bad things and doing hatemalo in building Nation.iF we say khucchhing to mawoist in such incidents,then certainly we are saying kuchhing to our better future.I do not mean to say,only mawoist will do,alone no body can do,but if all step ahead now correcting the past ,that would be better.Not Tit for Tat.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      पुष्प जि !
      काडा घोच्ने गरी लेख्नु भो ।
      यस्तो घोचाइ लाई अकुपञ्चर पनि भनिन्छ ।
      लौ हाम्रो सूर्य जि को रोगको निदान होस् !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajbhanu

      उठाईएका सवालहरु आजको तीतो सत्य हो जसलाई नकार्न सकिन्न | तर खोज्ने हो भने हिरामा पनि थुप्रै खोटहरु भेटिन्छन् | माओवादी पनि सरकारमा रहेको बर्तमान परीप्रेक्ष्यमा सम्पूर्ण घटनाक्रमको पूर्ण दोष माओवादीलाई मात्र दिने हो भने जनक्रान्ती, जन्म र त्यस्पछिका सम्पूर्ण हत्या हिन्साको दोष पनि पूरानो सरकारलाई लगाईन पाईन्न र ? यो लेखकले आफ्नो हरेक लेखमा घिसार्ने कटुवालको बिषय र राजाको बिषयको तात्पर्य ठम्याउन नेसकिए पनि माओवादीको चुप्किलाई उस्को कम्जोरिको रङ दिन खोजीएको भान पक्कै हुन्छ | कटुवालको कदमको भर्त्सना गर्नु पर्ने जिम्मेवार नागरिक भएर उसको सम्झौता बिपरितको लज्जास्पद कदमलाई पुरुषार्थको तक्मा भीराउने प्रयास किन गरिरहेका छन् बुझ्न गार्हो छ | पुष्पले भनेझैँ सेनाको भर्नासँग सम्बन्धित दोषीलाई कार्वाही गर्ने हो भने त्यस बिरुद्ध आफ्नो सम्पूर्ण आगो ओकल्नमा को प्रथम हुने भनेर लाग्नेमा यी लेखक पनि पर्नेछन् | हालको सरकारलाई हिलो छ्यापेर, सम्पूर्ण नेपालीसामु बदनाम गरेर, हरेक तवरले असक्षम देखाएर आफ्नो दूनो सोझ्याउने कार्यमा कोही साम, साम, दण्ड, भेद आदी सबै लगाएर पछी परेको पक्कै छ र माओवादीहरुको कतिपय जन आकांक्षा बिरुद्दका कदमले कपटिहरुका कार्यलाई बल मिलिरहेको छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raaj

      Puspa ji kattu tanna naparne bho aba aafai nango hune bela bhaisakyo.Color Illusion hataunu parla jasto chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suphi

      yes you are 100%right.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suphi

      hats off to shiromani,you spoke my heart.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sushrut

      I know you have writing skills too Alarka ji,

      But here you have written only to prove that you can write. Else why would you find the selected words in Surya jee’s topic as BS? Its a normal Nepali jharro word..(which you have mentioned already) and just serves as an icon that peace and security have as if disappeared or ‘eloped’ to some unknown place. That’s it. I dont see no sexist attitude in it. Instead you trying desperately to prove it is sexist … out of nothing, proves you want to create a debate upon it. Which also implies that you want to enjoy that debate as you get more and more successful in fomenting turmoil amongst other commentors. Thes issue is about the gravity of the situation surya jee has described. The nation indeed is galloping towards becoming a failed state. Brainstorming and analysis on that is the intended matter here.

      I didn’t mean to offend you anyway.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna tiwari,uk

      Arlok shiromani ji,u r really good commenter,i respect u as a good commenter,u r 100 percent right,i m really a fan of yr comment rather than articals of any writter,keep it up

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem Aryal

      Yes you are right

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      अलर्क जि !
      मेरो पनि मनले सो चे को कुरा लेखिदिनु भो , धन्यवाद ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      ” चाइ ना द्बारा बिना भिसा आ ब त् – जा ब त् गर्न प्रस्ता ब ” –
      भन्ने सुनिन्छ नि ! खास कुरा के होला ? के साच्चि नै चाइ ना ले यस्तो प्रस्ता ब राख्दा नेपाल ले स्बिकार्नु हुन्छ कि हुँदैन ? लौन यस्तो सम्बेदनशील बिषय मा लेख राख्नु पर्‍यो माइसन्सार !
      साथीहरुले पनि आ- आफ्नो बिचार राख्नु हुन्थियो ।
      ( बिषय प्रसँग भन्दा पर को बिषय मा कमेन्ट लेख्न पुग्दा छेमा प्राथी छु तर यो अत्यन्तै सम्बेदनशील बिषय भएको ले हिर्दय देखी नै अनुरोध गरेकी छु )

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sasang Lama

      के को RIGHT ? सुर्य भाईको लेखको अर्को पाटो यस्तो हुन्छ: २४० बर्षसम्म नेपाली जनतालाई दास बनाउने राजतन्त्र, त्यही राजतन्त्रको छत्रछायाँमा देश लुटने पञ्चे,राजावादी, अनि यथास्थितिवादी कांग्रेस र एमाले, त्यसपछी मै खाउँ, मै लाउँ,बाँकी सबै मरुन भन्ने तत्वहरुलाई नेपालमा भएको यो परिवर्तन पचेको छैन। यि सबै शक्तिहरु एक भएर माओवादिलाई असफल पार्न उद्त छन। कांग्रेस र एमालेको जस्तो यथस्थितिवादी शासन नेपाली जनताले चाहेको छैन र जनताले निर्वाचन मार्फत तीन पार्टीलाइ जनादेश दिइसकेको छ। अहिलेको स्थितिमा माओवादी बिनाको सरकार सन्चालन नै हुन सक्दैन। कसैलाई मनपरे पनि,नपरे पनि यो ज्युँदो सत्य हो। सत्यलाई अनदेखा गर्नु नेपाललाइ असफल राज्यमा परिणत गराउनु हो। अब चाइना कार्ड, भारतीय कार्ड, कम्युनिष्ठ कार्ड सबै भुत्ते भैसकेका छन। तसर्थ नमिली धरै छैन। सुर्य भाईले पनि आफ्नो लेखमा राजनीतिक पार्टिहरुलाई मेलमिलापका फर्मुलाहरु सुझाउनु पर्‍यो।

      शशांक लामा
      न्युयोर्क

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sushrut

      wahiyat

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhim

      खासा को कुरा गरेको होला लुना जि
      अब भारत को लागि पनि भिसा लागु गर्नु पर्ने बेला मा कहाँ त्यस्तो प्रस्ताब स्विकार गर्ने
      जे भये पनि मलाई चै राम्रो लगेन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      मेरो दल ? कस्तो गलत धारणा बनाउनुभएछ भरतजी । एउटा आमनागरिकलाई कुनै दलको बिल्ला भिराइदिने जस्तो काइते काम गर्नेहरूबाटै आज नेपाल यो अवस्थामा आइपुगेको हो । नागरिकलाई नागरिक रहन दिनुस् भरतजी । तपाईंको कुरालाई हल्का विश्लेषण गरौं है त ।

      १. प्रमले दोष दिनलाई अब कुनै ‘माइला’ नरहेको कुरा गर्दैमा हुने हो र ? एउटा घाइते बाघ मरिसक्यो भनेर ठान्नु प्रमको भूल हुनेछ । यहाँ त घाइते बाघमात्र हैन सिने खान पल्केका ब्वाँसाहरू झन् बढी छन् । यो कुरालाई नकार्नुहुँदैन ।

      २. माओवादीले विध्वंश गर्यो भन्ने बुझ्नेले किन गर्यो भनेर पनि बुझ्नुपर्ने हो । तर तपाईंजस्ता माइला अनि गिरीजा मार्काहरूबाट यस्तो आश लिनु बेकार छ । माफ गर्नुहोला मैले पनि तपाईंलाई बिल्ला भिराइदिएँ ल जा । योजनाले मात्र देश बन्ने भए राष्ट्रिय योजना आयोग जानु्स र बुझ्नुस् कस्ता-कस्ता योजना बन्दा रहेछन्, तर कार्यान्वयन ? गिरीजाहरूलाई गएर सोध्नुस् । बाबुरामजस्ता दिग्गजहरूलाई योजनाविहीन भन्नु पहिले सोच्नुहोला ।

      ३. प्रधानसेनापतिलाई घोक्रेठ्याक लगाउन कानूनी बाधा अड्चन छन्, तर सरकारले चाहने हो भने यो असभ्भव छैन, अध्यादेश ल्याएरै भएपनि गर्न सक्छ । तर कानुनी राज्यको कल्पना गर्ने जनचाहनाविपरीत जानु राम्रो हैन; सूर्यजीजस्ता ‘निष्पक्ष’ पत्रकारहरूको ‘भावना’लाई पनि त ध्यानमा राख्नुपर्यो नि । यसकारण पनि हुनसक्छ माओवादीले कडा कदम नचालेको ।

      ४. हो आमजनता नाङ्गै छन्, भएभरका हसुर्नेहरूले जनताको नाङ्गो आङ देखेनन् । यस्तै अवस्थामा त नेकपा माओवादीको उदय भएको थियो । नाङ्गाहरूका नाइके पनि त नाङ्गै नै हुने भए । तर अहिलेको अवस्था बेल्लै छ भरतजी । माओवादीले अहिलेसम्म राम्रो कामै गरेको छैन भन्नेहरूको थुप्रै भेटेँ बा ! मसँग यस्ता कुराहरू केलाउने फुर्सद छैन । ल यो पढ्नुस् http://www.nepalplus.com/?p=1467 । केही चित्त बुझ्ला कि तपाईंलाई ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajbhanu

      Thanks a lot for the article link ! I think it should be posted here so that we could discuss over it !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    eXTReMe Tracker