-रामकुमार श्रेष्ठ केण्ट, बेलायत-
महामहिम रास्ट्रपति रामवरण यादवज्यू,
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यू,
c/c माननीय अर्थमन्त्री डा. बाबुराम भट्टराईज्यू,
माननीय विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहज्यू,
संभवत नेपालको इतिहासमा मात्र नभएर विश्वकै इतिहासमा यो पहिलो घटना होला राष्ट्र प्रमुख र सरकार प्रमुख दुवै प्राविधिक क्षेत्रबाट पर्न गएको। यति मात्र नभएर वर्तमान सरकारमा सहभागी कतिपय मन्त्रीहरु समेत प्राविधिक क्षेत्रबाट परेका छन । जनमानसमा एउटा भनाइ ब्याप्त छ कि पढाइमा अब्बल दर्जामा पर्नेहरु डाक्टर, इन्जिनियर वन्छन, दोश्रो दर्जाका विद्यार्थीहरु प्रशासक बनी तिनै अब्बल दर्जाका साथीहरुलाई खटनपटन गर्छन् र तेश्रो दर्जाका विद्यार्थीहरु राजनीतिज्ञ बनी देश चलाउँछन् त देश कसरी अगाडि बढोस ? के त्यसो भए अब साँच्चै देश अगाडि बढ्ला त ? तहसनहस नै भैसकेको हाम्रो देश के अब सम्हालिएला त ? वर्तमान सरकारले ध्यान दिनु पर्ने मूलभूत कुराहरुप्रति परिलक्षित हुनेछ यो लेख यस किसिमको भनाइको सम्बन्धमा तर्क वितर्क र विश्लेषण गर्नुभन्दा पनि ।
जे होस एउटा इतिहास त बनाउनु भयो तर अत्यन्त कठिन अवस्थामा अनि अधिकाधिक जनताद्वारा राम्रै चिनिए तापनि सो थाहा पाउन नसकेका अथवा थाहा पाएर पनि थाहा नपाए झैं गर्न पर्ने बिवसतालाई स्वीकार्न वाध्य भएका र बिगतका गल्ती र कमी कमजोरीलाई लुकाउनका खातिर यथास्थितिलाई निरन्तरता दिन सक्ता मात्र आफ्नो पेशागत निरन्तरताको संभावना हुने भएको कारण त्यस किसिमको बातावरण तयार गर्न बुताले भ्याएसम्म लाग्न बिवसहरुको प्राचुर्यताले गर्दा सामना गर्न पर्ने अनेकन अप्ठेराहरुको बेलामा । तर पनि बिद्यमान जटील चुनौतिपूर्ण परिस्थितीलाई यहाँहरुको लागि सुवर्ण अवसरको रुपमा लिएकोछु मैले । सामान्य घिटिघिटिको अवस्थामा नै त देश चलिरहेकै थियो र त्यसरी नै चलाऊन त प्रमाणित भैसकेका अनगिन्ति वग्रेल्ती माहिर नेताहरु छदै छन । महानता भनेकै जटीलतालाई सरलतामा परिणत गर्न सक्नु हो न कि सरलतालाई जटीलतामा । वर्तमान अत्यन्त जटील असहज परिस्थितीलाई क्रमश: सहजतामा परिणत गर्न के कति हदसम्म के कसरी सक्षम हुनुहुनेछ तदनुरुप नै तपाईंहरुको महानता र सफलता प्रमाणित हुनेछ । जीवनको सवभन्दा महत्वपूर्ण यात्रा तय गरेको यदि ठान्नु हुन्छ भने त्यो तपाईंहरुको ठूलो गल्ती हुनेछ किनकि वास्तबिक महत्वपूर्ण यात्रा त भर्खर शुरु हुँदैछ तपाईंहरुको लागि । गणतन्त्र नेपालको पहिलो रास्ट्रपति र पहिलो प्रधानमन्त्रीमा नै चित्त बुझाउने हो भने त तपाईंहरुको यात्राको अन्त्य भएको भन्नुमा अतिशयोक्ति नहोला, तर अत्यन्त जटील र कठीन परीस्थितिलाई पार गर्दै सफल नेताको रुपमा स्थापित हुने नै हो भने त सामना गर्न पर्ने चुनौतिको ठूलो पहाड सामुन्ने भएकोले तपाईंहरुको यात्रा शुरु हुँदैछ । साँच्चै नै कर्तब्यपरायणता दर्शाउने हो भने अव त तपाईँहरुको निन्द्रा र भोक हराउनु पर्छ जसरी कि संयुक्त राष्ट्र संघको एउटा महासचिव दिनमा दुई घण्टा मात्र सुत्दथे । मुखले राष्ट्रिय स्वार्थको मन्त्र जप्ने तर दलगत स्वार्थ र ब्यक्तिगत स्वार्थभन्दा माथि कहिल्यै उठन नसक्नेहरुबाट आजित भैसकेका जनताहरुलाई तपाईंहरु साच्चै राष्ट्रिय स्वार्थको पक्षपाती हुनुहुन्छ भन्ने बिस्वास दिलाउन सक्नु भयो भने राष्ट्रिय स्वार्थका लागि गर्न खोजिएका कुनै पनि कामको बिरोध भलै पशुपतिको पूजारी प्रकारणभन्दा ठूलो भै निर्णय पुन: फिर्ता लिन वाध्य नै किन नगराइयोस, कालान्तरमा इतिहासले प्रमाणित गराइदिने छन कि को सही हो र को गलत, को राष्ट्रबादी हो र को अवसरबादी । नि:स्वार्थ तवरबाट कर्म गर्दै जानु पर्छ, फल यथोचित समयमा यथोचित तवरले प्राप्त हुँदै जानेछ नै। बाँकी फोहोर कसिंगरहरु समय सापेक्ष आउने हुरीले उडाउने नै छ – त्यसमा शंका छैन र त्यो देखिदै आएको छ पनि । अव लागौं वर्तमान सरकारले गर्नै पर्ने केही मूलभूत बुँदहरुतर्फ ।
१. संबिधान निर्माण: बिगतको चुनाव नै संबिधान सभाको चुनाव भएकोले निसन्देह नै नयाँ संबिधान निर्माण गरी शान्ति प्रकृयालाई तार्किक निस्कर्षमा पुर्याउनु वर्तमान सरकारको प्रमुख जिम्मेवारी हुने कुरामा सन्देह छैन भलै आ-आफ्नो धर्म अनुरुप आ-आफ्नो डम्फू वजाउने काम सबै पक्षबाट के कस्तो तवरबाट भैरहेको छ भन्ने कुरा भने जग जाहेरै छ ।
२. भ्रस्टाचार नियन्त्रण : बिगत चुनाव परिणामले स्पस्ट रुपमा दुई कुराको संकेत गरेको छ – भ्रस्टाचारीमाथिको सख्त कारबाहीको माग पहिलो र दोश्रो राजनीतिक पार्टीहरुको मिलिमतोको आवश्यकता । गणतन्त्र स्थापनार्थ दोश्रो पक्ष अति महत्वपूर्ण थियो भने पहिलो पक्ष गणतन्त्र प्राप्तीपस्चात देशको आवश्यकता र जन भावनाको कदरका खातिर लगत्तै चालिनु पर्ने सर्बाधिक महत्वको कदम र पनि गणतन्त्र घोषणा गर्ने बेलामा अनपेक्षित चुनाव परिणामका कारण अत्तालिएको ठुलो समूहले गरेका चलखेलले गणतन्त्र स्थापनामा भन्दा अन्य दुई कुरामा जोड दिएको देखिन्छ: उल्लेखित पहिलो पक्षले साँच्चै नै मूर्त रुप लिएको खण्डमा आफ्नो राजनैतिक भबिष्यको अन्त्य हुने भएकोले त्यसो हुन नदिन गतिरोध खडा गरिदिनको लागि सान्दर्भिक र आवस्यकभन्दा असान्दर्भिक र अनावस्यक मुद्धाहरु वढी उठाउने पहिलो र दोश्रो सो पक्षलाई मूर्त रुप दिन सक्ने संभाबित संयन्त्रलाई सवल हुन नदिने बातावरण तयार गर्ने । हरेक ठाउँमा समझदारी र सहमतिलाई बेवास्ता गर्न नसकिने वस्तुगत यथार्थताले गर्दा जे जस्तो तवरबाट जे जस्ता ब्यक्तिहरुको सरकारमा संलग्नता भएको देखिन्छ त्यसबाट जनचाहना अनुरुपको ठूला ठूला भ्रष्टाचारहरु माथिको कार्यबाहीको संभावना करीव करीव टरेको ठान्दा हुन्छ र अव नेपाली जनताले आशा गर्न सक्ने एउटै संभावना छ परंपरागत भ्रष्टाचारको सन्जाललाई तोडेर भ्रष्टाचार नियन्त्रण गर्ने संयन्त्रको सिर्जना । यो उद्धेश्य परिपूर्ति गर्नु पनि सहज त छैन नै घटनाक्रम र बिद्यमान वस्तुस्थितिको बिश्लेषण गर्दा तर पनि यही आशामा पनि तुषारापात पर्नु भनेको बिद्यमान अवस्था जे जस्तो भए तापनि त्यस्को बिश्लेषण गर्नभन्दा “जुन जोगी आए पनि कानै चिरेको” भन्ने भनाइलाई नेपाली जनताले लगभग लगभग पुन: संस्मरण गर्नतिरै लाग्नेछन ।
भ्रस्टाचार नियन्त्रण गर्ने संयन्त्रको बिकास नभएसम्म सानालाई ऐन ठूलालाई चैनको संस्कार तोडिने संभावना न्यून रहन्छ, नहुन पर्ने काम भैरहेको हुन्छ भने हुन पर्ने काम भैरहेको हुन्न, नगरिनु पर्ने काम गरिएको हुन्छ भने गरिनु पर्ने काम गरिएको हुन्न, सीधा साधा र इमान्दारको कुनै गुन्जायस रहन्न भने टठयाइं वठयाइं गर्न सक्नेको बोलाबाल देखिन्छ – संक्षेपमा भन्ने हो भने कानुनी राज्यको अनुभूती गर्न सक्ने संभावना ज्यादै न्यून रहन्छ । यस्तो अवस्थामा देशको राजनीतिक, आर्थिक र सामाजिक अवस्था मात्र नभएर जनताको मानसिक अवस्था समेत गिर्दो अवस्थामा हुन्छ जुन यथार्तता सबैको सामू छ । अत: देशको सर्बतोमुखी बिकासको लागि भ्रस्टाचार नियन्त्रण गर्ने संयन्त्रको अपरिहार्यतालाई नकार्न सकिन्न ।
३. बिज्ञान र प्रबिधि बिकास: बिकास गर्ने क्रममा समय, परिस्थिति र अवस्थानुरुप यथोचित कुराहरुमा ध्यान दिन नसक्ता कहिलेकांही बिकासले बिनास निम्त्याउँछ भन्ने कुराहरुको यथेस्ट प्रमाणहरु हुँदहुँदै पनि बिकासलाई आत्मसात गर्न बिज्ञान र प्रबिधिको बिकासको नीतिलाई अंगीकार नगरी धरै छैन भन्ने कुराको प्रमाण बिकासको दृष्टिकोणले अग्रिम पंक्तिमा उभिएका र उभिने तर्खरमा लागेका देशहरुमा भएको र हुँदै गरेको बिज्ञान र प्रबिधिको बिकासले प्रमाणित गर्छ । झन हाम्रो जस्तो बिकासका आधारभूत संरचनाहरुको निर्माणलाई नै प्राथमिकतामा पार्न पर्ने देशको लागि यस्ले पाउनु पर्ने महत्व अझ उच्च हुनुपर्ने हो, तर अफसोच त्यस्तो भैरहेको पाइन्न । अन्तरीक्ष यात्रापछि बिस्वले सामना गर्न पर्ने संभाबित उर्जा समस्याको बिकल्पमा केही बैज्ञानिक शून्यबाट उर्जा निकाल्ने प्रबिधि, जुन प्रबिधिको बिकास गर्न सकिएको खण्डमा सो कार्यमा संलग्न अमेरिकी भौतिकशास्त्रीहरु फेनवर्ग र ह्विलरको अनुसार एउटा बिजुलीको चिमको आयतनभित्र वन्द उर्जा क्षमता बिस्वका सबै महासागरलाई उमाल्न पर्याप्त हुनेछ, बिकास गर्नतिर अग्रसर भैसके भने हामी भने बाँदरको घर, भ्यागुते संसार र काम नपाएकी बुढी जस्ता उखानलाई नै चरितार्थ वनाउन ब्यस्त हुन्छौं त सतिको श्राप परेको देश भनेर चित्त बुझाउने बिकल्पभन्दा अरु के रहन्छ त ? अत: वर्तमान सरकारको एउटा प्रमुख दायित्व देशमा बिज्ञान र प्रबिधिको समुचित बिकासको लागि यथाशीघ्र उपयुक्त नीति तथा कार्यक्रम ल्याउनु पनि हो भन्ने कुरामा सन्देह छैन देशलाई द्रूततर गतिमा अगाडि वढाउने नै हो भने ।
४. ‘ब्रेन ड्रेन’ को उपयोगिता: कुनै दिन डा बाबुराम भट्टराईले जसरी माओबादी समस्या नभएर समाधान हो भन्नु भएको थियो ठीक त्यसरी नै ‘ब्रेन ड्रेन’ लाई म समस्या नभएर समाधानको रुपमा देख्छु । बिभिन्न बिकसित देशमा गएर आ-आफ्नो पेशागत कार्यमा संलग्न हुने नेपालीहरु पनि धेरै छन र उनीहरुले ती देशमा बिद्यमान उच्च प्रबिधिहरुलाई बुझ्ने अवसर पाएका छन । प्रत्येक नेपाली संसारको कुनै पनि कुनामा किन नहुन नेपालमा नै वसेर भाषण र वक्तब्यबाजीमा खोक्रो माया ममता दर्शाउनेहरुले भन्दा धेरै वढी माया गर्नेहरु प्रशस्त छन भन्ने कुरा उनीहरु कल्पना पनि गर्न सक्तैनन । यदि साँच्चै देश फर्केर सुनिस्चित भबिस्यका साथ ढुक्कसंग काम गर्ने उपयुक्त बातावरणको सिर्जना हुन्छ भने धेरै नेपाली देश फर्कन हिचकिचाउने छैनन । अत: सामान्य जीवन यापनको लागि धौ धौ पर्ने जागीर खाएर लखपती करोडपती हुनेको अनावस्यक र कस्टदायी चक्करमा पर्न नपर्ने गरी त्यस किसिमको उपयुक्त बातावरण तयार गर्न सकिएको खण्डमा बिभिन्न बिकसित देशमा सिकेको प्रबिधि सहज, सरल र मितब्ययी तवरले भित्र्याउन सकिने संभावना प्रवल रहेको कुरामा सन्देह छैन ।
संधै अनगिन्ती मागहरु लेख्न र पढन अभ्यस्त तपाईंहरुलाई यो चार बुँदे प्रस्तुति आछ्यूँ खाएँ बाछ्यूँ झुसे बारुलो लाग्न सक्ला, तर त्यही चार बुँदेमा पनि बिना शर्त अग्रिम २५% छुट दिंदै पहिलो तीन बुँदा मात्र पूर्ण रुपले पुरा गर्नु भयो भने चौथो त स्वतस्फूर्त रुपमा हुन सक्ने कुरा भएकोले त्यसमा मेरो कुनै आपत्ति हुनेछैन अथबा अझ स्पस्ट शब्दमा भन्ने हो भने अरुले झैं अरुको मतिको बिरोध गर्दै आफ्नै मति र देशको संपतिको तोडफोड गरी खति गर्ने र टायर बाली स्वास्थ्य खस्काउने र बातावरण धस्काउने जस्ता जघन्य आपराधिक काम गर्ने छैन भन्ने कुरामा पूर्ण विश्वाश दिलाउन चाहन्छु । तपाईंहरुले जस्तो गणतन्त्र नेपालको प्रथम राष्ट्रपति र प्रधानमन्त्री वन्ने सुवर्ण अवसर अव अरु कस्ले पाउँछ र ? त्यसैले जान्नु हुन्छ भने मौकामा चौका हान्न जान्नुहोस र पार्टी त तपाईं र तपाईंका कार्यकर्ताको मात्र हो भने देश त सबैको भएकोले आजका मितिदेखि पार्टीलाई प्रधान र देशलाई गौंण नभएर देशलाई प्रधान र पार्टीलाई गौंण ठानी इतिहासमा नाम सुनौलो अक्षरले लेख्न मरेको भोलिपल्ट दुई दिन हुने यथार्ततालाई संस्मरण गर्दै राष्ट्रिय हितको लागि एकापसमा मिलेर काम गर्ने अठोट गर्नुमा नै सबैको भलो देखिन्छ ।
बोधार्थ तथा कार्यार्थ: माननीय बिज्ञान तथा प्रबिधि मन्त्री गणेश शाह – बिज्ञान र प्रबिधिको क्षेत्रमा उपर्युक्त कुराहरुमा दिइनु पर्ने यथोचित कार्यतत्परताका साथै हजारौं प्राबिधिक अप्राबिधिकहरुको साझा छाता मित्रकुन्जलाई पनि यथोचित ध्यान दिन सकिएको खण्डमा यसले पनि बिभिन्न तवरले देश बिकासमा महत्वपूर्ण भूमिका निर्बाह गर्न सक्ने कुरामा सन्देह छैन, तर यस्को संगठनात्मक अवस्था गिर्दो अवस्थामा भएकोले डा केशर जंग रायमाझी, निलाम्बर आचार्य, हरि वहादुर थापा, तपाईं स्वयं, के कुवर, डा शरद वन्त जस्ता ब्यक्तिहरु केही समय संस्थामा वसी सबै सदस्यहरुलाई बिभिन्न उपायद्धारा गोलवन्द गर्दै राष्ट्रिय एबं अन्तरराष्ट्रिय संस्थाहरुसंग सम्बन्ध स्थापित गराइदिएर भाषण र आसन जस्ता कार्यक्रमहरुमा भन्दा उपलब्धिमूलक एबं अनुसन्धानमूलक ठोस कार्यक्रमहरुमा काम हुने किसिमले संयन्त्र वनाएर नयाँ पुस्तालाई हस्तान्तरण गरिदिनु भयो भने देशको लागि ठूलो योगदान दिएकै ठहर्छ भन्ने ठहर हो मेरो – कोही कोही झैं आफू पनि केही नगर्ने अरुलाई पनि केही गर्न नदिने किसिमले कुर्सीमा लिसो टाँसिए झैं टासिने प्रब्रित्ति पो उचित होइन त ।
No related posts.









यस्ता सन्देशहरु पत्रकारहरुले नेताहरुको घर घरमै पुर्याइदिनु पर्यो अनी मात्र पढ्छन होला होइन भने यस्तो महत्वपूर्ण लेखको कस्ले वास्ता गर्ने ,भासण र भ्रस्टाचारमै लिप्त छन नेताहरु, धन्य हो //////// ज्वाँई साहेब बेल्जियमबाट
मन परे हरियो, नपरे रातो
1
0
के बकबास पत्र हो यो। लेख्न खोज्य के हो, एक त भाषाको स्मार्ट प्रयोग गर्न खोजेको बाट लेखाइ ताइ न तुइ भयको छ, अर्को अधिक जाने भयर लख्न खोज्दा पत्र बकम्फुस बनेको शायद लेखक, सिकरु लाग्छ, लाई पत्तो भयनकी के हो।
यस्तो ताइ न तुइ पड्दा हामी जस्ताको त समय नस्ट लाग्छ भने अब सम्बोधन गरियको हरुले बेकारमा किन बर्दाद गरुन पढेर।
एकत तपाईंले पत्र लेखेर कुनै नौलो कुर सुझाउनु भयको जस्तो कदापी लाग्दइन अर्को कुरा यो पत्र नै छेउ न टुप्पाको हुंदा बढी के कुरा गरी रम हो ।
मन परे हरियो, नपरे रातो
1
0
एदी कुनै अली पढेका नेताले यो मेरो संसार ‘नागरिक ब्लग’ को कमेन्टहरु पढ्ने गरेको छ भने अनुभब गर्नु पर्ने हो कि नेपाली जनताहरु कती निराश हुँदै गएका छन भन्ने कुरा । हरेक क्षेत्र मा जनताको भावनाको खिल्ली उडाइएको छ । कती असन्तुस्टी छ जनता मा । जनता को चाहना धेरै छ, देश पन्ध्रौ सताब्दी मा छ । जनताको आवस्यकता लाई सम्बोधन गर्नेमा कसैको ध्यान छैन । यस्तै बेवास्ता गरिदै जाने हो भने आफ्नो अस्तीत्वको लागि जस्को बिरुद्दमा पनि जे पनि गर्न तयार हुँदैछन नेपाली जनता भन्ने थोरै अभास माथिका कमेन्टहरु बाटै पनि पाउनु पर्ने हो ।
मन परे हरियो, नपरे रातो
1
0
I couldn’t agree more in Ram Kumar’s view.
What we needed in the new government was completely new faces and new doctrine, if we look at the structure of Govt. it seems like a joke. Bamdev Gautam, (ha..ha..ha..) he should never been in the govt and he showed what he’s worth, a useless character.
Going back to 4 points raised by Ram Kumar, what i really think will change the way we think in Nepal is change in the Inheredity law (i mean Anshabanda sambandhi kanoon), there should be no law that allows a son to fight for his share just because he feels like it, it should be upto the father what he wants to do with his property, more like a ‘will’ system in the West. If this happens, a son will do what he needs to do for his living insted of fighting for his share and god knows what he does with his that! If the law is reviewed and new ‘will’ system arises, youth mentality will change, perhaps for the better!
Also, a massive land reform is required in the country, by this what I am trying to say is, there should be a green belt, brown belt system in land. People shouldn’t be allowed to build a house or building in green belt, which should only be for the purpose of farming, brown belt purely for the purpose of building. For this perhaps, government should take responsibility in creating some flat system, and make peoples life easy for their housing need. At the moment what is happening is, they have to buy a piece of land (ghaderi) with their life time income and where does the money come for building house? By this the land price will stay where it should be, does anyone think the land price in Nepal should grow the way it is growing these days? and what for?
मन परे हरियो, नपरे रातो
1
0
जब सम्म जनता शिक्षित भएर १ पटक गल्ती गर्ने पार्टिलाई दोश्रो पटक नजीताउने नजिर बस्दैन येस्ता लेखहरुले केही पनि हुँदैन जस्तो लाग्छ मलाई राम कुमार जि तर पनि लेख अती सान्दर्भिक छ लेखको लागि धन्यवाद
मन परे हरियो, नपरे रातो
1
0
General awareness exist but leaders failed to coordinate them. When the genearl awareness gets wasted or ignored, the anyarchy borns and thatswhere the 55 parties participate to build the nation.
Plotical mess starts and survival of cruliest rule the nation:
by creating”
more chaos
fear and skillfull conflict
brain washing
propoganda
Mass Threat
Bhandas,
Killing,
Supression
Nepotism
Allience with preselected
Greed Profit and control
Therefore, one individual can have better idea then the 55 mushroom parties of nepal.We are in the state of conflict skillfully created by Maoist to decide whether to follow or discard for new outlet.
Choices are clear: eiher to kill or be killed
Maoist are pendulam, they are acting in such a way, they cannt walk very far due to the feal of both, so they are trying to be as close as possible with all the intruders and critics.
This is the fruit of creation of conflict!!it gives both-the emotional fear and psychological fear. Now it seems the Maoist are the victim of their own fear from emotion to psychological now.
Because human always progress from the state of irrationality to state of rationality.
I hope this is time all 55 parties usees this theory and progress, otherwise, we need to start treating them into mental hospital.
Thank You
Ashok karki
मन परे हरियो, नपरे रातो
1
0
Dude,
Why do you address them with Honorable and Respected. What have they done to gain your respect. They are ordinary citizens of Nepal. Just say Mr President, Mr Prime Minister and Ministers. Like this:
श्रीमान् प्रधान मन्त्री
श्रीमान् राष्ट्रपति
श्रीमान् मन्त्री
मन परे हरियो, नपरे रातो
1
0
सर्ब प्रथम नमस्कार
नेपाली मा एउटा उखान छ नि भुक्ने कुक्कुर ले टोक्दैन र उचलेको बाछो ले म्रिग मर्दैन तेस्तइ हो हाम्रो नेपाल का नेता हरुको चाला माला पनि इनिहरु लाई जती भनेपनी केही हुने वला छैन। मुख बाट पेट मा जान लागेको भात् घांटी मा अड्केपो तेस्लाई कसरि पेट मा पुर्यौने भन्ने बारे मा सोच्थ्य होलान अब सुलुसुलु निल्न पायका छन् त किन सोच्न पर्यो देस र जनता को बारेमा।
G9-Pardesh Bata
मन परे हरियो, नपरे रातो
0
0
रामकुमारजी,
मैले गल्ती गरेको छैन भने मित्रकुञ्ज भन्ने तपाईंहरूको संस्थामा सदस्य रहेका नेपालका ठूला संस्थानहरूका भ्रष्ट हाकिमहरूलाई कारवाही गर्नुस् अनि बल्ल मित्रकुञ्जको विज्ञापन गर्दा राम्रो हुनेथियो । कि तपाईं पनि उनीहरूमध्ये एक पर्नुभो, जो जागिरमा रहुञ्जेल खानुसम्म खान्छन्, अनि जागिर सकिनासाथ उही संस्थालाई गाली गर्छन् र भन्छन्, अमूक संस्थामा व्याप्त भ्रष्टाचार नहटाई, अमूक संस्था माथि उठ्न सक्दैन । उनीहरू नै यस्ता चिल्ला चेप्रा लेख लेख्न माहिर हुन्छ । किन ? तपाईंलाई थाहा भएकै हुनुपर्छ । थाहा नभए सुन्नुस्, उनीहरू ती अमूक संस्थाबाट अवकाश पाएपश्चात् व्यक्तिगत व्यवसायमा लाग्छन् । उनीहरूले आफ्नो व्यवसाय फलाउन-फुलाउन आफूले टाट पल्टाएको संस्थालाई नै दोष दिन्छन् र आफूअनुकुल नीति निर्माण गर्न सरकारलाई दबाब दिन्छन् । यसको ज्वलन्त उदाहरण अहिलेको लोडशेडिङ हो । बुझ्नुभो होला नि !
मन परे हरियो, नपरे रातो
0
0
राम सर,
गहन, मार्मिक, सान्दर्भिक, यथार्थपरक लेखको लागि मुरी मुरी धन्यवाद। केही हुने, नहुने, सम्बन्धित ब्यक्तिहरुले सुन्ने, नसुन्ने, महसूस गर्ने नगरने कुरा त आफ्नो ठाउँमा छदै छ, तर बेला बेलामा झस्काउने, थर्काउने त गर्नै पर्छ नि हैन र ।
देबराज
मन परे हरियो, नपरे रातो
0
0
जबसम्म पार्टी भन्दा माथि गएर देशको बारेमा सोचिदैन तबसम्म नेपालको बिकास सम्भब छैन । आज सम्म कुनै त्यस्तो नेता छैन जेस्ले देस लाई पहिलो प्रर्थमिकता दिएको होस् । मैले २,४ जना माओवादी, कांग्रेस र एमाले नेता को कुरा सुनेको छु तिनिहरु भन्छन । पार्टी भनेको देस हो, तेसैले पार्टी बन्यो भने देस तेत्तिकै बन्छ । एस्ता बुज्रुक नेता हरु बाट देशको बिकास हुन्छ भनेर कसरी विश्वाश गर्ने साथी हरु। मैले धरी पटक भनेको छु, नेपालमा राज नेता को एक्दमै खाचो छ। तर आहिले सम्म कुनै पार्टी मा त्यस्तो ब्यक्तीत्व कसैले देख्नु भएको छ ? मैले त देखेको छैन । तेसैले बिकास हुन्छ भन्ने आश पनि छैन । समय अनुसार हुने बिकास त जहाँ र जहिले पनि हुन्छ। तेस्लाई कसैले पनि रोक्न सक्दैन जेस्तो लाग्छ। तर पनि के गर्नु नेपाली मन हो आशा त गर्नु नै पर्यो । बिकास को चाहना राख्नुनु नै पर्यो ।
thanks
Prakash
मन परे हरियो, नपरे रातो
0
0
Good. Amazing. Keep it up.
Do they Listen???
मन परे हरियो, नपरे रातो
0
0
banduke haru le k kalam ko bhasa bujhchhan ra ram bhai
मन परे हरियो, नपरे रातो
0
0
लेख उत्तम छ। यो राम्रो सुरुवात हो कि बुद्धिजिबीहरु अनी डिग्री प्राप्त मान्छेहरु ले सरकार चलाऊनु भयको छ। आसा गर्ने प्रसस्तै ठाउँ छ। समय लाग्छ भत्कि सकेको घर बनाउन को लागि। पहिले का सरकार चलाउनेहरु यू पी र बिहार का किनेका प्रमाणपत्र अनी अनपढ गबारहरु ले २० बर्ष भताभुङग पारेको हाम्रो देश।
देबकोटा
mr_devkota@hotmail.com
यू के
मन परे हरियो, नपरे रातो
0
0
राम कुमार ज्यु
नमस्कार
तपाईंको खुलापत्र बाट हाम्रा नेताहरुलाई आफ्नो कर्तब्यको बोध होस्।
तपाईंको लेखको पूर्ण समर्थन गर्दछु।
मेरो भनाइ निम्न अनुसार को छ:
१) माओवादी ले नयाँ सम्बिधान बनाउने सरकारको गहन नेत्रित्व पाएको छ। येस् एतिहासिक जिम्मेबारी नेपालको सबै पार्टी, समुह, जात जाती हरु सँग मिलेर पुरा गर्नको लागि शुभकामना छ।
२) संघिय शब्द ले प्रधानता पाएकोले नेपालमा अब एक पार्टी वा एउता सिद्धान्तले मात्र सबै नेपालीको हित हुनेगरी देशको परिचालन् गर्न असम्भव भएको बीदितै छ। सबैलाई समेतेर् देशलाई अगाडि लैजान अनुरोध छ ।
३) नेपालीको भुराजनैतीक, आर्थिक, बहुजातिय अवस्था हेरी राजनैतीक तथा आर्थिक दर्शन हुनु पर्दछ । बिदेशिको नक्कल नगर्नु हुन अनुरोध छ।
४) ब्रेन द्रेन देशको लागि घातक हो ।
५) अन्तमा समस्त देशबासीहरु – नेपाली ले नेपालीलाई स्विकार्न सिकुन ।
जय नयाँ नेपाल !
किशन
बेलायत
मन परे हरियो, नपरे रातो
0
0
सर हुनु पर्ने म सिर भएछ । माफ गर्नु होला ।
मन परे हरियो, नपरे रातो
0
0
राम कुमार सिर,
नमस्कार ।
तपाईं को खुल्ला पत्र ले साह्रै मन छोयो, धन्न्यबद। तपाईं लाई एउटा रिक्वेस्ट छ कि यस्तै खुल्ला पत्र त्यो गिरिजा बाजे, ओली दाई अनी माकुने मित्र हरु लाई पनि बिगत मा जे जे भयो अब सचिएर आउने दिन हरुमा नेपाली जनता को हित हुने काम गर्नु भन्नु पर्यो। तेसो गरे कसो होला। तै पनि तपाईं को खुल्ला पत्र को तिर लाग्लकी ! लौन सिर। त्यो पनि पढ्न पाउ ।
Premraj Gurung (London, UK)
मन परे हरियो, नपरे रातो
0
0
Any updates on Dhamala scandal???
मन परे हरियो, नपरे रातो
0
0
सम्बन्धित निकायले यस बिषयमा ध्यान दिनेछ । यस लेख लाई कम्सेकम एक पटक ध्यान दिएर अध्ययन गरी सबै मिली छलफल सम्म गर्नेछन।
मन परे हरियो, नपरे रातो
0
0
I liked this Kula patra. Neta haruko sadbuddi palaaos.
मन परे हरियो, नपरे रातो
0
0
ओ राम कुमार जी
एसो हेर्दा तपाई राजनीतिक हिसाब किताब ले यो लेख लखनु भएको छ ,……..कृपया स्वंतंत्र भएर लेख लिखने गर्नुस ………
थारू बड़का
मन परे हरियो, नपरे रातो
0
0
रामजी नमस्ते!
सर्बप्रथम त तपाईंकासोचलाई सम्मान गर्दछु । तपाईंले धेरै नेपालीहरु को मन को कुरा उठाउनु भएको छ । तपाईं-हम्रा पनि धेरै कम्जोरी रहेको कुरा हामीले स्विकार गर्न सकेनौ भने हामी पनि अरुलाई कुरी कुरी भन्दै आफु नाङ्गै हिंडे झै हुन्छौ । वस्तबमा तपाईं-हामीले पनि आफ्नो दयित्व पुर गरेका छैनौ । के हामी संसार भरी छरिएर रहेका एबम सकारात्मक सोचाइ भएका हरुको एउटा सन्जाल(Network) निर्माण गरेर आफ्नो योगदान पुर्याउन सकिन्न? सकिन्छ भने सुरु गरुँ न , हुन्न? शायद हाम्रो सोचाइ र थालनि पो पर्खि रहेको हो कि देश ले ।
जगन्नाथ काफ्ले(jagannathkafle@yahoo.com)
फिन्ल्यान्ड
मन परे हरियो, नपरे रातो
0
0
very good
मन परे हरियो, नपरे रातो
0
0
राम कुमार जि, तपाईंको कुरो त ठीक छ , तर तपाईंले कनूनी राज्यको कुरा गर्नु भाको छ नि। त्यो त नेपाल कानूनी राज्य रहेछ कि रहेनछ त गिरिजा प्रसाद ले ॠषि धमला को केश्मा बोलेको मा थाहा भाई हाल्यो। नेपाल कसरी चलेको रहेछ भन्ने त? फेरी रमाइलो कुरो गृह मन्त्री जो कानून को पालना गराउने मान्छे बैंकक बाट फर्कन पाको छैन ॠषि धमला को समर्थन्मा नै बोले को त तपाईं हामी सबैले देखी रहेकै कुरो हो। गृह मन्त्री गौतम् को त्यो अभिब्यक्तिले तपाइनै भन्नुस् नेपाल मा कानूनी राज्य छ कि छैन? कनूनी राज्यमा सुरक्षा सन्यन्त्रले गरेको प्रयासलाई गृह मन्त्रिले प्रसम्सा गर्ने कि ॠषि धमला को समर्थन मा बोल्ने हो? तपाईं ले यहिबाट बुझ्नुस् कि नेपालमा कानून को कत्तिक्को पालना हुदो रहेछ?
त्यसैले जब सम्म नेपाल प्रहरिले गरेको तहकिकात्मा जस्ले प्रभाब पर्छ त्यस्लाई पनि अपराधी सरह मानिने कानून बन्दैन नि यहाँ सयौ गिरिजा र बाम्देव जन्मिरहन्छन।
कुनै पनि अपराधीलाई छुत दिने र दन्द दिने त निकाय हरु छदै छ नि तर पनि सब पङु रहेछन भन्ने त थाहा भाईगो नि। हेर्नुस् त्यै बाम देव को अन्तर्गत्का प्रहरी को कती मनोबल गिरिसक्यो। तपाईं आँफै भन्नुस् औता बिभागीय मन्त्रिले प्रमाण शहित पक्रेको अप्राधिलाई छुतौन खोजी रहेको छ र उसैको पक्ष मा मन्त्री बोलेको छ भने तपाईं को सल्लाहा कसैले मान्ला यो देश मा।
मन परे हरियो, नपरे रातो
0
0
लेख सान्दर्भिक छ तर साह्रै नै लामो भयो । लेखकले भन्न खोजेको कुरा अलिक छोटो बनाएर लेखेको भए पढ्न सजिलो हुने थियो । सार यस्तो बुझे मैले
१ पढाईमा अब्बल दर्जामा पर्नेहरु डाक्टर, इन्जिनियर बन्छन , अहिले सरकारमा डाक्टर, इन्जिनियर तथा अन्य प्राबिधिकहरुको भिड भएकोले यो सरकार राम्रो हुनु पर्ने हो ।
२ नयाँ संबिधान निर्माण गरी शान्ति प्रकृयालाई तार्किक निस्कर्षमा पुर्याउनु पर्यो ।
३ भ्रस्टाचारीमाथिको सख्त कारबाही गरी भ्रस्टाचार नियन्त्रण गर्नुपर्यो ।
४ बिज्ञान र प्रबिधि बिकासमा ध्यान दिनु पर्यो ।
५ बाहिर काम गरिरहेका ब्यक्तीहरुलाई देश भित्र अटाउने बातावरण तयार गर्नु पर्यो ।
तपाईका अरु माग अथवा सल्लाहरु एकदम सही हुन । कसैको दुई मत नहोला । तर तपाइका केही कुराहरुमा भने मेरो भिन्न बिचार रह्यो ।
पहिलो कुरा त के भने जसले ISc मा राम्रो गर्छ त्यो डाक्टर, इन्जिनियर बन्छ । त्यत्तीले कोही अब्बल दिमाग र कोही सानो दिमागको भन्न सकिन्न । फेरी नेपालको पढाई र Entrance exam हरु हेर्नु भयो भने थाहा हुन्छ त्यो डाक्टर वा इन्जिनियर बन्नको लागि रट्न सक्ने धैर्यता बाहेक केही चाहिन्न त्यसैले ति ब्यक्तिहरु अब्बल दिमाग भन्दा रट्न सक्ने धैर्यता भएका ब्यक्तीहरु भने हुन्छ ।
अब्बल दिमाग त त्यस्ता ब्यक्तीहरुलाई भन्नु पर्छ जो आफुले यो संसारलाई केही दिनु पर्छ भन्ने सोच्छ । एउटा भर्खर एमबिबिएस पास गरेको ब्यक्ती काठमाण्डौमा दश हजारको जागिर को लागि दौडिन्छ तर टाढाको कुरा छोडिदिउ लम्जुङको सदर्मुकाममा साठि हजारको जागिरमा जान रुचाउदैन किन भने उस्लाई USMLE जाच दिएर चाडै अम्रिका उड्नु छ। उता इन्जिनियर जिल्ला जान सम्म त जान्छ तर उसको ध्यान अष्ट्रेलिया, canda र UK को PR लिने मात्रै ध्यान हुन्छ। एक दुई बर्ष बसेपछी टाप दिन इमिग्रेसन मा apply गरिसकेको हुन्छ । उनिहरुमा सोच त एउटै दौडेको हुन्छ लाहुरे बन्ने अनी कसरी फरक दिमाग भयो । उनिहरुसँग पैसा धेरै हुन्छ, हाम्रो समाजले पैसा नै ठुलो देख्छ त्यत्तीले हो उनिहरु ठुलो देखिने । पैसामा तल माथि हुँदैमा मात्रै कोही अब्बल दिमागको हुँदैन ।
दोश्रो बिज्ञान र प्रबिधि बिकासमा ध्यान यो सरकारले ठुलो नै काम गर्ने भयो भनेर Scinece पत्रीका मा समेत निस्केकै हो । यसै ब्लगमा समेत त्यो खबरको बारेमा चर्चा भएकै हो । खोइ त केही मेसो देखिन्न । तपाईं हामीले माग र सुझाब राखेर के गर्ने । जती सुकै अब्बल दिमाग भएकाहरु भने पनि गफ मात्रै दिएपछी त के लाग्छ र हौ ।
अर्को बाहिर काम गरिरहेका ब्यक्तीहरुलाई देश भित्र अटाउने बातावरण तयार गर्नु पर्यो भन्नु मा पनि मेरो कुनै बिमती छैन तर पहिले देश भित्रकालाई नै बाहिर जाउ जाउ नलाग्ने बातावरण बनाउनु पर्छ होला । जानेहरुलाई सोध्नुस् त उनिहरुको माग कस्तो हुन्छ । जस्तो कोही नासामा काम गर्ने रहेछ अथवा माईक्रोसफ्टमा काम गर्ने रहेछ भने यहाँको जस्तो बातावरण छैन के काम गर्ने नेपालमा भन्छन । डाक्टरहरु के बिरामी जाँच्न नै नपाएर गएका हुन त ? पक्कै होइन । इन्जिनियरहरु काम नै नपाएर बिदेश गएका हुन त ? पक्कै होइन । अहिले ३ वर्श hydropower मा अनुभव भएको इन्जिनियर नेपालमा नपाउने अवस्था छ । सबै पैसाको लागि गएका हुन । पैसा नै सबैभन्दा ठुलो देखेर गएका हुन । तिनिहरु लाई फर्काएर फर्किने वाला छैनन । नेपाल मै भएकालाई र अब अर्को पुश्ता लाई रोक्न सकियो भने मात्रै पनि ठुलो कुरो हो ।
मन परे हरियो, नपरे रातो
0
0
Ram kumar ji tapai lai dherai dherai dhandabad! tapai ko 1dam ramro lekh ma !
मन परे हरियो, नपरे रातो
0
0
राम कुमार जी, तपाईं को प्रयासको समर्थन गर्दछु । तर अब यी नेता हरुले यो लेख पढे पछी मन मनै के सोच्लान त्य्स्को बुदगत उत्तर दिने प्रयास गर्दैछु ।
१) सम्सद बसेकै छ, भत्ता पकेकै छ, पार्टीले उथएको मुद्दामा घरी टेबल थोक्ने घरी रोस्तम घेर्ने काम गरेकै छु, संबिधान समयमा बने बन्ला नबने भुत्रै सिती । अन्त्यमा दिल्ली ले draft पठाउन्छ त्य्सैलाई टेबल थोकौला, फेरी जिल्ला जानु परे अर्कै को पार्टी ले काम गर्न दिएन वनेर बोल्ने बाटो अनेक निकलिन्छ नि ।
२) बल्ल बल्ल अफु सरकारमा आएको बेला भुत्राको भर्स्तचर नियन्त्रण ? बरु पये सम्म कमैइ हुने ठाउँ र पदहरुमा आफ्नो पार्टी को मान्छे खडा गर्ने हो सकेको बतुल्ने हो, २ बर्ष पछीको भविस्य कस्ले देखेको छ र ?
३) के हो यो बिज्ञान प्रबिधी ? मेडिकल डाक्टर राष्ट्रपती, कृषि ग्र्याजुएट प्राधान्मन्त्री, Ph.D डाक्टर अर्थमन्त्री हुँदा केही हुन सकेन, पुरै सम्सद को एक चौथै अन्पद को हुल्ले के पो गर्ने हो र?
४) brain drain त नभएको भन्दा भएकै बेस, यही पदेलेखेका सबै जाना नेपाल मै बसेर खुरापात गर्नु भन्दा त पलायन भ्एर सजिलो छ हामीलाई राज्य चलाऊन । ति बिदेशिएका सबै यहाँ आएर काम को लागि आन्दोलन गर्न थाले भने हामी नेता हरुको खैर छैन, बरु ति दिमाग भएका हरु यहाँ हुनु भन्दा नवय्कै बेस्स, बरु जो यहाँ नेपालमै चन दिमाग हुने हरु तिनी हरु पनि चाडै कतै पलएन भये अरुलाई त त्य्सै घुमएर २० बर्ष जती त मोज गरिन्थ्यो होला ।
बाँकी अरु केही छ भने साथी हरुले थपी दिनु होल बुदगत रुपमा
अस्तु !
मन परे हरियो, नपरे रातो
0
0
I am hopeful that your suggestions represent majority of us. It was indeed a golden opportunity for the newly elected party and although they have been able to disclose the real color of the old parties much remains the same. I think rather than chanting “we are not able to work due to the pratikriyabaadi” the government should be presenting their works and the so called pratikriyabaadis to the general public. The one and the foremost thing we would like to know is who are the pratikriyabaadis and what have they been doing so as to obstruct the government ? what are your goals, how have you designed plans to achieve your goals and who are opposing it ? But it is not in paper that we want to know your goals. We have had enough of manifesto and real work is what we intend to comply with. Hiding your incompetence behind your cheap slogans and continuous threat of revolt is not helping improve your image among us. It is a matter of great concern that once this government fails, we will have to see the same corrupt wolves again and the sentiment of the historic election together with the blood of our latest martyrs would go in vain !
मन परे हरियो, नपरे रातो
0
0
Suteko lai biujhaunda po biujhanchhan
Sute Jasto Garelai biuhaunda biujhauna ta sakindaina ta
No use of yours letter. So far these leaders use people’s life to get political status. If other rebellent such as military coup takes place then they have to be killed also. So far with lost of 15000 innocent life of Nepali, but they and their relatives remain in good health, safe and sound to enjoy present power.
Once they know that they are also to be killed, then they will wake up, but not by yours letter or article.
Dont waste your time.
मन परे हरियो, नपरे रातो
0
0
समय सान्दर्भिक लेख लेख्नुभएको छ राम कुमार जि
राष्ट्रिय स्वार्थ लाई केन्द्रबिन्दु म राखेर दलगत स्वार्थ र ब्यक्तिगत स्वार्थ बाट माथि उठेर राष्ट्र र राष्ट्रियता को पक्षमा कसैसँग सम्झउता नागरिकन जन पक्ष र बिकासशिल कदम चाल्दा जस्तो सुकै कठिनाई य चुनौती अै नपरोस त्यस्लाई सजिलै पाखा लगाउन सक्ने ए उटा समब्रिद नेपाल को सबल राज नेता को रुप मा देख्न चाहन्छन नेपाली जनता हरु ले र मलाई लाग्छ त्यस्ले सपना ले अब मुर्त रुप पनि लिन्छ !!शुभकामना गनतान्त्रिक नेपाल क पहिला राष्ट्रपती र प्रधानमन्त्री लाई ……….
मन परे हरियो, नपरे रातो
1
0
Ram sir,
Prachanda and blah blah..do have already forget the promise that they did with people during their jungle war.So far now, Prachanda comrade is in quite hurry to recruit his relatives and cadres as well as supporters in higher posts.Furthermore, he is waiting to ride a Japanese toyota (Costing around 10million NRs).As we did have read the law of Marshall regarding the needs, he has been following the kin annd kith system and esteem and ego, that might be lifelong desire of comrade Prachanda since couple of years.Eventually, he is also a political leader of Nepal.
Prakash from UK
मन परे हरियो, नपरे रातो
0
0
Hi mitra haru,
yo bhaneko amm nepali haru ko desh banaune kuro ho yesh ma sabi bargaka sachet baudhik nagarik haru bata afna afna tarka huru jasbata desh bikash garchu bhani jantalai jhutto assowasan dine neta haruko akha khulos.
astiko lekh ma (pati bidesh ,patni arkai tira lalabalako bichalli)ma jastai 459 or more comment ko asha garinchha.
Bishnu Khadka
U S A
TX.
मन परे हरियो, नपरे रातो
0
0
you can post your letter directly on http://www.baburambhattarai.com/QandA.php?
rather than here to get straight answer.
मन परे हरियो, नपरे रातो
0
0
Dear Ram Ji
your article is good with true ,so leader must be doing like that in our country.
मन परे हरियो, नपरे रातो
0
0
Hamra netaharule pahila kehi cheeseharu kinna paryo (kaha kinna paincha malai chaina thaha bhayena). Ti hun nimna likhit:
1. Anushashan
2. Imadarita
मन परे हरियो, नपरे रातो
0
0
Do you think that our leaders have enough time to read this open letter ? they are busy in serving their party politics ,To work for our Country is not on their minds.
their heads are full of rubish even though at past they were brillants ……..but now all Technocracts are Useless
मन परे हरियो, नपरे रातो
0
0
लेख त धेरै राम्रो छ तर के गर्ने संबधित पक्ष्य ले यी तार्किक कुरा हरु सुन्ने फुर्सद नै हुदैन.
मन परे हरियो, नपरे रातो
0
0
माओवादी ले आफ्नै ४० बुदे माघ लाई त धोती लाई दिये भने तपाईं को बकम्फुसे खुला पत्र ले कस्लाई के हुने, यो पत्र ले अर्को नयाँ एउटा धोती को काम गर्ला अरु आशा
नगरनुस् मित्र
मन परे हरियो, नपरे रातो
0
1
yo desh ma ma0 badi le kehi garcha banera vot deko ho yadi kehi garnra sakdaina bhane aba ram janminu parcha haina bhane rawan bhaye ni huncha.
मन परे हरियो, नपरे रातो
0
0
Yo Khula patra nikai ramro lagyo. Neta haruko sadbuddi firos.
मन परे हरियो, नपरे रातो
0
0
Very nice yaar
मन परे हरियो, नपरे रातो
0
0
रामकुमार जि नम्स्कार
वास्तव मा तपाईं को लेख ले मुटु नै छोयो , कहिले त्यो दिन आउँला जुन दिन निर्धक्क का साथ्
नेपाल मा नै केही गर्न सकिएला । तपाईं को लेख बाबुराम , राष्ट्रपती , प्रधानमन्त्री , गणेश जि ले
पनि पढुन , र देश लाई सहि दिशा मा लगुन भनी शुभ्कामना टक्र्यौछु
मन परे हरियो, नपरे रातो
1
0
DearRam,
Lekh sarai ramro ra sandarbhik lagyo dhanyabad tapainlai. Sambandhit thaunma ra sambandhit byaktiharule padhidiye.
Indra Chhetri
मन परे हरियो, नपरे रातो
0
0
राम कुमार जि
सर्बप्रथम नमस्कार
एन कानुन को किताब थेली का थेली चियामा भिजाएर खुवाउदा त ततो न छारो हुने हरुलाई तपाईंको खुला पत्रले केही हुनेवाला छैन। यीनिहरुले हाम्रो कल्यान गरे पनि नगरे पनि श्री पशुपती नाथ ले हामी सबैको कल्यान गरुन।
उही साधुराम सुकुम्बासी
मन परे हरियो, नपरे रातो
0
0
रामकुमार सर,
लेख अति चाखलाग्दो, मन छुने र उत्तम लाग्यो । एउटै लेखले रमाइलो पाराले धेरैतिर झटारो हान्न भ्याउनु भएको छ । गहन लेखको लागि मुरी मुरी धन्यवाद छ ।
रुपक
मन परे हरियो, नपरे रातो
0
0
राम कुमार सर,
अभिबादन !
बिग्रेको देश अनी दु:ख र पिडा पाएका नेपाली दाजु भाई दिदी बहिनी को मुहार साथै सुख पाउन आफ्नो भन्ने सबै छाडेर अर्काको देशमा रहन बाध्य नेपालीलाई सम्झेर मन रुने मानिसले मात्र यस्तो लेख्न,बोल्न र सही समाधान दिन सक्छ \देश र जनताको हित को लागि लडेको भन्दै आफ्नो र आफन्तको सुख जुटाउन अनी देश र जनता फुटाउन कम्मर कसेर तछाड मछाड गरिरहेका आजका नेताहरुलाई खुला पत्र र देश र जनताको पक्षमा काम गरेर देखाउन खुला च्यालेन्ज दिनुभएकोमा मुरिमुरी धन्यवाद !अनी अटुट समर्थन \
मन परे हरियो, नपरे रातो
1
0
kuraharu thikai lekhnu vaako jasto laagyo tara laamaa laamaa bakyaharuko atyacheek prayogle garda bujhna chahi ma jasta alpabudhi vayekalai garho hune po jasto chha vanne mero rahaar haina thahhaar chha!! hai.
j vayepani raamro patra ho ra tapaile sambodhan gareka maanchhele ekpatak manann garnai parne kura jasto lagchha!!
मन परे हरियो, नपरे रातो
1
0
राम कुमार जि
सर्बप्रथम नमस्कार है
एन कानुन को किताब को थेली का थेली चियामा भिजाइ खुवाउदा त तातो न छारो हुने हरुलाई तपाईं को त्यो खुला पत्रले केही हुने वाला छैन। श्री पशुपती नाथ ले सबैको कल्यान गरुन, बस ।
उही साधुराम सुकुम्बासी
मन परे हरियो, नपरे रातो
1
1
ओ राज ब्रो
राम जन्मिएर राष्ट्रपती निवास मा गजक्क परेर बसेको छ नि, रावन चाँही गिरिजा लाई बनाउनु पर्ला कि कसो?
उही साधुराम सुकुम्बासी
मन परे हरियो, नपरे रातो
1
0
चियामा कानुन भिजाएर खुवाएको कि टन्न चिनी हालेर खुवाएको ए सासु (साधुराम सुकुम्बासी) जी?
राकुशे जी,
हाफ प्राबिधिक कामरेड राम बहादुर थापालाई पनि केहि भन्ने हो कि? उहाँ त केमिकल ईन्जिनियरिङ्ग पढ्न नसकेर बिचैमा टाप दिएर आ’को भन्छन्!!!
मन परे हरियो, नपरे रातो
1
0
हाम्रो समाज माँ जबसम्मा भ्रटाचार बिरुद्ध करवाई हुन्न , भ्रस्त लाई राजनीतिज्ञ को रुपमा बहिस्कार गरिदैना तबसम्म जति राम्रा कुरा बोले पनी त्यों जनता झुक्कौने ‘भासन’ ब्हयेक केहि हुन्न |
अहिले भर्खर आइ जी पि नियुती माँ बामदेव संगै उपचार गर्ने गयेकी unki श्रीमती लाई बंगकाक माँ थिप(सुन पसल) र अन्य स्तान माँ शौपिंग गराएर एक जन भट्ट भन्ने ब्यापारी(जो पुलिस को राशन ठेकदार हो)
ले यो नियुक्ति लाई प्रभावित पारे ! येस्तई प्रचंडा लाई परिवारी प्रयोजान का लागी ८० लाख को गाड़ी
उपहार दियेरा अजय सुमार्गी ( पुर्ब राजा गनेंद्र का जवाई को ब्यापारी partner ) अहिले प्रचंडा सरकार को
धेरै नियुक्ति , लाइसेंस र अन्य काम गरौना औपचारिक कमीशन एजेंट हुन |
एस्तो परिपाटी भएको मुलुक फर्कियेरा के गर्ने जहा भ्रस्त ब्यक्ति को पूजा हुन्छ र आफ्ना छेत्र माँ योगदान दिएका होनहार प्रतिभा जसले कुनै राजनितिक दल को नेता हरुको चाकरी गर्दैनान tyesta सीधा साधा लाई किरा फत्यांग्र भनी किनारा लगायिन्छा ( भर्खर को प्राज्ञ हरु को नियुक्ति ) |
मन परे हरियो, नपरे रातो
1
0
Dear Ram jee,
thanks for scientific and research oriented article.The only most importent thing is mobilisation of people to achieve the target ojective with integrated approach of sustainable development .Moreover,we have to make wholestic approach of development i;e infrastructure sector,Service provided sector,Productive sector,Environment secor.
With this approach,we can overcome the poverty of the country and I think poverty is the main agenda to be addressed to forward the nation a head .
thanks
Jhapali Adhikar ,Europe
मन परे हरियो, नपरे रातो
1
0
सासु जी!!!
प्रचण्डलाई चाँहि महिषासुर बनाउन न है !!!
मन परे हरियो, नपरे रातो
1
0
Not necessarily!!!
Maoist have shown their true color. What happened to those 40 points submitted to then deuba government before armed struggle?
Now, I think Prachanda is counting his days. Other parties aliance can easliy topple this useless government.
In democracy, majority wins!!!
मन परे हरियो, नपरे रातो
1
0
ओ ब्रो
कसैले माने पनि नमाने पनि आँफै हर्कामान्
धन्न मैले त चियामा भिजाएर लेखेछु चुक मा भिजाएर लेख्नु पर्ने रहेछ।
उहि साधुराम् सुकुम्बासि
मन परे हरियो, नपरे रातो
1
0
पुष्पजी,
संधैं नकारात्मक सोंच मात्र राख्ने हो भने त संभाबित उपयुक्त बिकल्पहरुको खोजी र प्रयासको संभाबनाहरु समाप्त प्राय: हुन्छन ।प्रकृतिको नियम नै हो कि हरेक ठाउँमा राम्रा पनि हुन्छन र नराम्रा पनि । बिभिन्न कारणले गर्दा जहाँ पनि राम्राको तुलनामा नराम्राकै बाहुल्यता देखिन्छ र ब्यबहारमा असत्यमाथि सत्यको जीत धार्मिक ग्रन्थ, कथा, र चलचित्रहरुमा मात्र सीमित भएको पाईन्छ । यसो भन्दैमा फटाहा र मूर्खहरुसंग पनि सकिन्छ र, फटाहा र मूर्खहरुको पनि सदबुद्धि आउँछ र जस्ता मात्र सोंच लिने हो भने त झन अवस्था कस्तो हुन्छ होला – कल्पना गर्नोस त ।
उच्च शिक्षा हासिल गर्ने हजारौं नेपालीको संस्था भएको र केही सन्दर्भ पनि मिल्ने भएकोले मित्रकुन्जको प्रसंग निकालेको हुँ , अन्य कुन्जहरुको प्रसंग पनि त्यत्तिकै सान्दर्भिक हुन्छ गर्न सकिएको खण्डमा । र यस किसिमका संस्थाहरुलाई राम्ररी संस्थागत गरी केही कामहरु नियमित रुपमा गर्ने किसिमको बातावरण तयार गर्न सकिएको खण्डमा देश बिकासको कुनै हिस्सामा यस्को योगदान पुग्न सक्ने वास्तबिकतालाई नकार्न सकिन्न । के भयो त ती संस्थाभित्र थुप्रै भ्रस्टाचारी छन भने उनीहरुसंग ठूलो ठूलो रकम चन्दाको रुपमा लिएर देश बिकास गर्ने काममा पछि पो किन पर्ने?
जहांसम्म तपाईंको म आफू पनि भ्रस्ट नै हुँ कि भन्ने शंकाको सवाल छ , नचाहंदा नचाहंदै पनि त्यस किसिमको काम गर्नु पर्छ भनेर नै इन्जिनियर भएर कहिल्यै सरकारी जागीरतिर लागिन, त्यस्तो नगर्ने नै हो भने त मेहनत गरेपछि त्यहाभन्दा बढी कमाउन सकिन्छ भनेर । सन २००१ को पूर्वर्धमा म र मेरी श्रीमती भएर मासिक झन्डै १ लाख कमाउँथ्यौं भने त्यसपछि अस्ट्रेलिया गएर ३ बर्षपछि आउँदा मासिक २ लाखको हाराहारीमा कमाउंथ्यौं र पनि जीबन निर्बाह गर्न धौ धौ पर्ने जागीर खाने कतिपयकोभन्दा जीबन सामान्य नै थियो – हामीलाई राम्ररी चिन्ने सबैलाई थाहा छ यो वास्तबिकता । र पनि कतिपय कारणले गर्दा देश छाडियो । त्यस्कै परीणामस्वरुप बेलायतमा आफ्नै पेशागत काम गर्न धेरै जुत्ताको तलुवा खियाउन परेन र अस्ट्रेलियामा बरिष्ठ इन्जिनियरको कामको लागि १ चोटीभन्दा २ चोटी अन्तर्वाता दिन परेन पनि । बिदेशमा जसरी खटिएर काम गरिएको छ त्यो आफ्नै देशमा गर्न पाए त्यसबाट पाइने आनन्दानुभूतिको कल्पना मात्र छ अहिले हामीसंग । तपाईंले भने जस्तै भ्रस्टाचार गरेर कलम चलाउने पनि प्रशस्तै भेटिन्छन् नभेटिने होइन । जे होस साकारात्मक सोंचको बिकास गर्न सकियो भने त्यस्ले मानसिक तनाबलाई कमी गर्ने भएकोले त्यस्ले स्वास्थ्य, अरुसंग गरिने व्यबहार आदिमा धेरै नै फरक पार्ने भएकोले त्यस्को अभ्यास गर्न सकियो भने परीणाम साकारात्मक हुने कुरामा शंका छैन ।
रामकुमार
मन परे हरियो, नपरे रातो
1
0
MAOST JUST SHOWN THEIR ONE COLOR, IF THEY SHOW THEIR ANOTHER SIX COLOR THEN YOU WILL SEE THE RAINBOW. AT THE MEANTIME DO NOT POINTED WITH YOUR INDEX FINGER OTHERWISE YOU WILL DIE SOON.
PRACHAND NOT COUNTING HIS DAYS,HONESTLY G.P.POLITICAL CARRIER IS FINISHED FOR EVER, FOR EVER.
UHI SADHURAM SUKUMBASI
मन परे हरियो, नपरे रातो
1
0