मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    नेपाल चुप बसेकोले नै सीमा मिचिएको

    नेपालको पूर्वी भागमा भारतले धमाधम सीमा मिचेको मिच्यै छ। किन त्यसरी सीमा मिचेको होला त ? सीमा निरीक्षण गर्न गएका सभासद्‍हरुले फर्केर एउटा निश्कर्ष निकालेका छन्- नेपाल चुप बसेकोले ! सीमा दिनदिनै अतिक्रमण हुँदा पनि नेपालको प्रतिवाद गर्ने क्षमता कमजोर भएकोले नै भारतको मनोबल बढेको उनीहरुको ठहर छ। राष्ट्रिय सरोकार समाजले आयोजना गरेको नेपालको पूर्वी सिमाना अतिक्रमण र निरीक्षण विषयको कार्यक्रममा सभासदहरूले भने, विगत एक दशकदेखि नै भारतले नेपाली सीमा अतिक्रमण गर्न थालेको हो। तर नेपाल मौन रह्यो। यसैबाट भारतीय सरकारको मनोबल बढेको हो।

    कार्यक्रममा सभासद् सावित्रीकुमार काफ्लेले भारतीय पक्षबाट सीमास्तम्भभन्दा दुई मिटर परको नेपाली भूमिमा भारतीय चेकपोस्ट बनाइनु, नेपाली भूमिमा भलिबल मैदानलगायत भारतीय जनताको बासस्थानसमेत बनाएर नेपालको सीमा अतिक्रमण गरिरहँदा समेत सरकार चुप लागेर टुलुटुलु हेरिमात्र बसेको बताए।

    सभासद् कमला थापाले निरीक्षणका क्रममा सीमाक्षेत्रका नेपालीहरुले गरेको सङ्घर्ष हेर्दा हामी राजधानीमा रहेका जनताभन्दा त्यहाँका जनता नै सच्चा नेपाली भएको भान हुने बताइन्। उनका अनुसार सीमाक्षेत्रमा रहेका नेपाली जनतालाई भारतीय सेनाले पटक-पटक कुट्ने पिट्ने गरी त्यो क्षेत्र छाड्न दबाब दिइरहेका रहेछन्।

    अर्का सभासद् सन्तबहादुर नेपालीले सीमास्तम्भ क्षेत्रको २० मिटरसम्मको भूमि दुवै देशले उपभोग गर्न नपाउने नियम भएपनि भारतले सो नियमको उल्लङ्घन गर्दा पनि नेपाल सरकारले आपत्ति नजनाउनु नै सीमा अतिक्रमणको मुख्य कारण भएको बताए।

    गत साता संविधान सभाको एउटा समितिको बैठकमा सभासदहरुले दिनदिनै सीमा मिचिँदा सेना के हेरिरहेको भन्दै प्रधानसेनापति रुक्माङ्गद कटवालसित प्रश्‍न राख्‍दा उनले भनेका थिए- अहिले नेपालमा सैनिक सरकार छैन। त्यसैले सेना आफै खुकुरी लिएर उत्रने हैन, सरकारले आदेश दिएपछि बल्ल काम गर्छ।

    सरकारको त के कुरा, बालुवाटारभित्र जोसुकै प्रधानमन्त्री बसून्, चुँ गर्न सक्ने हैन यो विषयमा। एकअर्कालाई गाली नगरी ठण्डा दिमागले सोचौँ त, कसरी समाधान होला यो समस्या ?

    No related posts.

    61 comments to नेपाल चुप बसेकोले नै सीमा मिचिएको

    • Mr. Katuwal if you are loyal to Nation then what you are doing? What is your comment for this news?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • यज्ञमुर्ति तिमिल्सिना पाल्पा

      के गर्ने त सर्बैलाई आआफ्नै चिन्ता छ कुर्सीको पिर छ , पैसा कति कमाउने सदा चिन्ता छ कसलाई पो यहा फुर्सद छ र देशको बारेमा सोच्ने यहाको सिमाको बारेमा चिन्ता गर्ने र नेतृत्वलाई घच्घच्याउने।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • mountain

      Pilitical leader should be unite for attacking Nepal like in India, USA and other countries.

      Try to talk with Indian governemnt by bilateral means.

      You all political leader should have one voice in our country border line..

      otherwise no meaning ,
      It was Bhastered and non sense question to ask Katuwal ( nepal army cheif) about our boarder line with india. Katuwal and Nepal army can not fight with India. You political leader has the responsibility to talk with india in peaceful manner. We can not war with any country.

      At least you political leader has to talk to India first rather than asking to Katuwa…

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • man lama

      देश

      ‘हाम्रो राष्ट्रियता नेपाली होइन’

      अन्य समाचार
      - सिकारी हतियारसहित पक्राउ
      - ‘नेपाली भूमि एक इन्च पनि भारतले मिच्न पाउँदैन’
      - जले दिदी-बहिनी
      - सरकार ढल्न सक्छ : सुशील
      - स्थानीयवासीले थुने नगरपालिकाका कर्मचारी
      - पाठ्यपुस्तक अभावमा साक्षरता कक्षा प्रभावित
      - युवकलाई गोली प्रहार
      - नौ गोश्वारा कार्यालय खारेज हुने
      - पूर्णकालीन कार्यकर्ता व्यवस्थित गर्न प्रस्ताव
      - मातृकाको पार्टीमा मणि पनि
      - प्रहरीले मेरीस्टोप्स् प्रमुखलाई बयानका लागि बोलायो
      - ‘हाम्रो राष्ट्रियता नेपाली होइन’
      - बोक्सी आरोपमा निकालिएकी महिला पुनस्र्थापित
      - सुरक्षा माग्दै विद्यालय बन्द

      पुरानो अंक
      - ‘अपहरणबाट आएको एक लाख रुपैयाँ तिरुपति बालाजीमा चढाएँ’
      - ‘बम पड्काउनेसँग वार्ता हुँदैन’
      - मातृका यादव निष्कासित

      2009-02-16,Monday

      विराटनगर/ संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका वार्ताटोली संयोजक कौटिल्य शर्माले आफूहरूको राष्ट्रियता नेपाली नभएको बताएका छन् । विराटनगरमा आइतबार भएको अन्तर्त्रिया कार्यक्रममा बिआर०६एन ३२६५ नम्बरको भारतीय नम्बर प्लेटको बोलेरो चढेर आएका शर्माले भने, ‘हाम्रो राष्ट्रियता नेपाली होइन, तराइयन हो ।’

      मधेसी जनताको नाममा मधेसी नेताले गद्दारी गरेको आरोप लगाउँदै नामै किटेर उनले भने, ‘उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुर देशका गद्दार हुन् ।’ उनले सरकारसँगको वार्ता असफल भएमा तराईमा युद्ध चर्किनेसमेत धम्की दिए । आफूहरूले अहिलेसम्म युद्ध नगरेको र अब नेपाली सरकारको विरुद्धमा युद्ध गर्ने उनको भनाइ छ ।

      मधेसी गैरसरकारी संस्था महासंघ मोरङले गरेको कार्यक्रममा शर्माले मानवअधिकारवादी र पत्रकारलाई आफ्नो कार्यक्रमस्थलमा बस्ने कुनै अधिकार नभएको भन्दै अपशब्दसमेत प्रयोग गरेका थिए ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Karki

      Most of government of Nepal is look like a BHARATKO KATHPUTALI.We people were hoping Maoists was only capable to protect the Nepali land.But when she is now government but same position look like a JUN JOGI AYAPAN KANAI CHIRREKO. People have no hope government could protect our land. That is why people themselve should raise their voice over our land issue. One day Nepali government and political party will handover our sovereignty over India. Some of Nepali CA members’ voice cannot meterialise in government because government is always have deaf ear about national issue.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • सार्थक, दोहा-कतार

      यो मामालामा त सरकार, सबै राजनीतिक पार्टी, संघ सस्था र हामी सम्पूर्ण नेपाली एक ढिक्का भएर लाग्नु पर्‍यो । भारतको बिरोध गर्ने निउँमा आफ्नै सम्पत्ति तोड्फोड गर्ने, हामी नेपाली आफैलाई दु:ख हुने अनी हाम्रै नोक्सानी हुने काम गर्नु भएन ।

      बरु यो मुद्दालाई संयुक्त राष्ट्र संघ वा अन्तरराष्ट्रिय अदालतमा लैजानु पर्‍यो । कत्ती भारतको थिचोमिचो सही बस्नु हो अझै ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • chandra

      Haina hamro netaharu k gardai chan? huna ta netaharu le ni k nai bolna sakchha ra?k nai garna sakchan ra yo netaharu bhanaudaharule pani balla-balla Dhoti haruko ashirbadle kurchi ma basna payeka chan kehi boli halyo bhane feri kurchi nai khuskiyela bhanne dar pani hola,yo bhanda agadiko sarkar ma baseka baristha bhanauda haru le ta kehi garenan,aba ta Nepal ma pahilo patak Nepal lai switzerland banauchu bhanne haru ayeka chan pakkai pani kehi change ta holaki bhaneko ta tetro sima michi rahda pani latale kera hereko herei garera basi raheka chan yo po dukha ko kura bhayo ta…he bhagawan………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yasare ta chup lagera basyo bhane ta. lasta. ma india ra pakistan jastae nepal lae pane udhran ma aunu sakcha yasko samadan garne koesang pane chaya mata na hola hamro nepal ma !!!!!!!!!!!!!!!cha tara kurse ma basne chayma ta bhako matrae chan nepal ko janta marne ra nepal lae sano bhae pane pugcha tae bhaera yasko bechar pache garnu parla bhane ra message aucha mathe gayo bhane pane

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सुकुम्बासी , York ,UK

      यो पोलपोटे प्रचन्डहरुले जनयुद्ध गर्दा भारत बिस्तारबाद, १९५० असमान सन्धि भनेर खुब झ्याली पिट्नु पिटे, यही माओवादीको जनयुद्धले १४००० नेपालीको अनाहकमा ज्यान गयो। ल अब तिमीहरुले नै सरकार हाँक्याछौ, अरुले सरकार चलाउँदा खुब उफ्रेयौ, अब तिमीहरुले के गर्न सक्छौ देखाउने मौका यही हो। ल हेरौ के मात्र गर्दो रहेछ, धोतीको अगाडि लुरुक्क त हुने होला।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole Dai

      अझै पनि सबैले चासो राखेर सरकारलाई सिमा समस्या सल्ट्याउन दवाव दिने हो भने र राष्ट्रिय स्तरमा सिमा बिबाद सुल्झाउनु पर्छ भनेर एकै आवाज बनाउने हो भने भारतको बाउको राज्य बन्दैन नेपाल तर समस्या सँधै सत्तामाथी घोडा चढ्नलाई भारतलाई खुसी पार्ने चलनले नै थाँती राख्ने गरेको छ । घैंटोमा घाम लागोस सरकारहरुको ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gorkhali

      doshi hami nai ho nepali janta haru………bhagya hamro nai naramro ho natra bhaye ta hamile aauta ta deshbhakti neta painthyo hola ni ………..

      Aaba aru bhanneko testai ho …….hamile nai khukuri bokera nepal ko sima ma basnu parla jasto cha

      kathmandu wata pahila sabai joitingre neta haru lai marne ani bistara border tira gayera dhoti haru lai marne

      ki kaso ????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kumar

      DOWN WITH THE INDIAN EXPANSIONISM!!!!!!!!!!!

      This is why the attack like Mumbai takes place in India. But, poeple of India never realises that how wrong their rulers are. They are happy that their rulers are robbing their neighbour.

      INDIA YOU HAVE TO FACE VERY DIRE CONSEQUENCES. DONT MAKE NEPALEASE TALEBAN TO DESTROY YOU.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dhiraj

      Did Mao badi Forgot that demand paper? which they presented to Sher Bhadur Goverment in past and started 15000.
      In past when they were outside the govt and they said a lot of things, A Sweet promise with people
      If u cannot do any more creative things ,then at least protect the land from foreign occupancy,
      This is the true face of prachanda and his cabinet neglecting the Nation.

      And where is that Defence Minister Ram Bhadur Thapa.Is he still arguing with CNC.

      Bhagh lagyo gheechauna Radi lagi cheechaunaa…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipesh chhettri

      साथीहरु हो यो भारतीय दलाल भनिने कौतिल्य शर्माले
      के भनेको छ ,साला नेपाली नै होइन भन्छ यार, ल
      पढौ है,हुन त यो प्रसँग बहिरको बिषय भएकोमा सरी ल।
      http://www.nayapatrika.com/newsdetail.php?id=902150930049910&n_id=24

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • उहि हर्कमान

      ४० बुँदे माग सम्झेर पेट मिची मिची हाँस्नु सिवाय केहि बाँकि रहेन यो माओबादीबाट!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      he laj navayeka girija ra uska matiyar ra sata ma matra basna paye vartiye harulai aafno bhagya bidhata samjhane tathakathit partiharu ra teska netaharuho, deshma ta timiharule lute mare tara kamsekam vartiye harulai sima ta michna nade.

      he girija, timi rishi dhamala jasto kaputko barema prasta sunine ra bughine praman chanda chandai pani bolchhau ki uslai fasayo bhani, ke nepal ko simana tero malik vartiye harule din dinai michda nepal lai vartiye fasayo vannu tero aant chhaina?

      nadi timi ra timra kaput bhaiharule varatlai diye, timi chup, ti bharatiye daka harule sima pari din dinai nepali luteko lute chhan timi taipani chup, kalapani miche, susta miche hamra nadi ma bandh banayer deshai dubaye, timi chup, aba pani sima michdai chan ti daka vartiye harule timi chup, nepal birodhi tatwo haruko varat ta susurali jastai vaye timi chup khali nathe ra jhuto bolchhau bolihale pani rishi ko lagi bolchhau, chiranjiwi ra govinde ko lagi bolchhau. timi ta ab chupai vaija, boladai nabol hamilai ab varatite dalal haru ko boli sunnai man lagdain.

      prachandra, kam se kam timi ta girija navai deu. hamro sima michne tyo vartiye lai kehi gar, yedi timi pani vartiye dalal hoina bhane.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yadav Sharma

      यो त आफुँलाई वीर गोर्खाली भन्नेहरुको ईज्यतको घोर बेईज्यत हो |
      कुनै पनि काल खन्डमा कसैको अधिनमा नपरेको देश नेपालको दुर्भाग्य हो |

      यो देशको ठुलो दुर्भाग्य हो कि यहाँ कुनै नेताले देशको लागि केही गर्ने बाला छैनन् |
      सत्ता बाहिर हुँदा ठुलो कुरा गर्छन् र सत्ता पाउने बित्तिकै लुत्रक रुझेको बिरालो जस्तो हुन्छन् |

      अब जे गर्नु पर्छ नेपाली जनतालेनै गर्नु पर्छ र नेताको भर पर्नु हुँदैन |
      गाउँ-गाउँबाट, बस्ती-बस्तीबाट उठेर आफ्नो जन्म भुमि नेपालको रक्षा गर्नु पर्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • som basnet

      Friends,

      Not only land and borders, India has captured several other things which our cheap political leaders need to fight against;

      1. India says that Sidhartha Gautam (Lord Buddha) was burn in India.
      2. India says that Sagarmatha (Mt. Everest) falls under their territory.
      3. Our Government actually runs by Indian agents and they decide what next step is.
      4. Soon or later India will come up and say that Nepal is one of their state.

      Som R. Basnet
      Liberty, Victory

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सिमा मामाला मा ठुलो ले साना लाई मिच्न खोज्नु स्वाभाविक हो
      घर- जग्गा को मामिला मा पनि ठुलो घरधनी ले साना लाई मिच्ने गरेको हुन्छ

      अरे बाबा , घर-जग्गा को मिचाइ हो र यो?

      एक्दिन होइन दुई दिन होइन
      सधैं को मिचाइ
      अब त अती नै भो
      साना हरेक को कम्जोरी को फाईदा ठुलो ले लिन नदिन सानो मुलुक एकजुट हुनु पर्छ प्रतिबाद गर्नु पर्छ

      - प्रकाश पौडेल
      त्रिची, ईन्डिया

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • R.K.Pradhan

      Thats because the previous gov was of GIRIJA. Born in India ,faithful to India and bows to India

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dev from Doha

      गफ मात्र धेरै गर्न जानेका नेता भएपछि के गर्ने, काम कसरी गर्ने भन्ने थाहा नभएपछि. सीमा मिचिनु जस्तो समबेन्दंसिल कुरा माँ चुप रहे पछि यी गद्दार हरु को के आश गर्ने . देश को लागी बलिदान दिन तैयार छू भन्ने हरु ले आफै सक्ति माँ हुंदा आफ्नो देश बचाउन नसके पछि के का लागी बलिदान दिने हुन त ? बिस्तारबाद र साम्राज्यबाद भनेर कहिल्यै नथाक्ने तर उनिहरु बातै हमला हुंदा चू: नबोल्ने ? अनी पशुपति माँ पुजारी नियुक्ति गर्दा दिल्ली का सड़क हरु माँ भारतीय हरु ले बिरोध गरिरहदा नेपाल माँ पनि अलीकती ढिलो भयो की बिरोध गर्न भनेर संसद भबन बाट सिधै नेता गण हरु नै बिरोध को नेत्रितो गर्दै हिडन सकिन्छ भने सीमा मिचिदा कीन एक पटक पनि बोल्न सकिदैन ? त्यसैले यी राजनैतिक पार्टी सबै दलाली हुन यिनिहरू ले केही गर्ने वाला छैनन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajbhanu

      This is the greatest gift of CONGRESS to us Nepalese during their 12 years of governance ! Something that has happened over such a long course of time will definitely take time to be corrected. I think lice in our head may develop a feeling that it is their home and would not give up easily. Because of the incompetence, greed and strong predilection towards flagged cars, Indians are constantly marching into our lands ! But still I can’t figure it out how the fagots like Girija, Sher Bahadur, Ram Chandra Poudel, KP Oli boast to be thinking about the nation and Nepalese !! The pity is that they still have followers !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cesar

      Dherai neta haru Indian ko puchar ho ani k ko sima samasya, bikas ko kam garun ta……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      सही कुरा हो, सरकारको लाचारीपनकै परिणाम हो यो । त्यसभन्दामाथि भारतीय हेपाहाप्रवृत्तिलाई पनि हामीले बिर्सनुहुन्न र जबसम्म हामी काठमाडौंमा बस्ने जनताले सशक्तरूपमा भारतको विरोध गर्दैनौं यो क्रमलाई सरकारले पनि रोक्न सक्दैन ।

      हुन त कसरी विरोध गर्नु है हामी शहरियाले ! हामी भारतीय चलचित्र, संगीत अनि सहयोगमा रम्ने बानी परेपछि उनीहरूले हाम्रो कोठामा आएर आचि गरेपनि रिसाउँदैनौं होला सीमाको त के कुरा गर्नु र हाम्रो अगाडि ? हामी शहरियाले बुझेको भारत र सीमामा बस्नेहरूले बुझेको भारत राम र रावणजस्तो हो । तर विस्तारै सबैले आफ्ना छिमेको देशहरूप्रतिको भारतको नीति विस्तारै उजागर हुँदैछ । श्रीलंका, बंगलादेश, पाकिस्तान होस् वा भूटान भारतीय नीति शत्रु र मित्रको छ । भारतको नेपालप्रतिको गिद्धेदृष्टि अहिलेको हैन । तर चीनको उपस्थितिमा सीधै केही गर्ने आँटमात्र गर्न नसकेको हो । हैन भने आज नेपाल पनि श्रीलंका हुनेथियो । हुन कति नै फरक पो बनाएका छन् र ! हामी जनता जागरुक हुनैपर्छ अब । सरकारमा बस्नेहरू पनि समयमै जाग ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • man lama

      भौगोलिक वाताबरणको हिसाबकिताब नेताहरुले गरेकै छैन्‌।नेताहरुले भारत सिमाछेत्रमा जग्‍गा खुल्‍यो भनेर चुरे भाबरमा
      बसेका नेपालीहरुको मर्म बुजेर सो क्षेत्रमा नेपालीहरु लाई जति सक्‍दो फाडेर उब्‍जनि गरेर बस भनेका भए। ती भारतका नेताहरु
      नेपाल ले सिमा मिच्‍यो भनेका खबर सुन्‍न पाउथ्‍यो।नेताहरुले देशको समस्‍या भन्‍दा ब्‍याक्‍तिगत समस्‍याले गर्दा नेपाल
      खोक्रो हुने भयो।

      मान लामा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • होइन रक्षा मन्त्री के रुक्माङत सेनाको मात्रा बिरोध गर्नु हुन्छ????? कहिले काही त देशको सुरक्षा तर्फ पनि त ध्यान देउ बाबु! भारत दिन प्रती दिन सिमाना मिचिरहेको छ। ब्यर्थ तिमीलाई मन्त्री बनाए प्रचन्ड ले । बेकारमा तलब लिएका छौ। देशको नुक्सान र देशको ढुकुटी रित्यौने काम नगर बाबु ! गत साता संविधान सभाको एउटा समितिको बैठकमा सभासदहरुले दिनदिनै सीमा मिचिँदा सेना के हेरिरहेको भन्दै प्रधानसेनापति रुक्माङ्गद कटवालसित प्रश्‍न राख्‍दा उनले भनेका थिए- अहिले नेपालमा सैनिक सरकार छैन। त्यसैले सेना आफै खुकुरी लिएर उत्रने हैन, सरकारले आदेश दिएपछि बल्ल काम गर्छ। आदेश त दिनु परेयो नि राम बाबु भर्ती रोक्न त आदेश दिन्छौ तर देशको रक्षा गर्ना किन पछी छौ त ? कि कही भारतसँग मिलेका छौ कि कसो ?????? नत्र किन लाटाले केरा हे रे झै हेरेका छौ?????? केही त गर ???? काम गर्न नसके रजिनामा देउ यार ! नेपाल धर्तिलाई किन बोझ भएका छौ???? कथनी और करनिमा कती फर्क हुन्छ भन्ने थाहा पायौ होला ????

      उही माधव पाण्डे “टाइगर”
      बङलुरु ईन्डियाबाट

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ganesh Magar, Perth

      Governement to tarphabata aawaz uthauna saknu paryo. Janatale pratirodh garejastai Nepal ko PM le sima michiyepachhi turunta India ko PM lai phone garera diplomatic protest janaunu paryo. Athawa sima michiyekop yathestha praman bhayepachhi PM le India ko rajdoot lai aafno office ma bolayera protest janaunu paryo. harek bharatiya netalai Nepali Netale bhetda yautai boli bolnu paryo: hamro sima michnu bhayena. Yasle bharat ma mahaul banauna sajilo hunchha. tyaspachhi diplomatic chanel bata nirantar pressure dinu pacrhha. Yati garda bhayena bhane antarastriya manch ma aawaj uthaunu paryo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • biju

      जति गाली गरे नि नेपालका नेताहरूको बुद्धि पलाउने हैन क्‍यारे ! जति भने नि भारतले टेर्ने हैन क्‍यारे !
      त्‍यसैले अब नेपालली जनताहरूले नै अगाडि बढ्नु पर्छ, आर या पार, DO & DIE गर्नु पर्छ ||||

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanjay uk

      i am not soport to any poltical party but the things all this hapen becose of our X pr minister then moust just inter to the govertment hope somthing they do for us but ………………All nepali leader is basted

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • niru

      hami nepaliharu ma khoe ta nepalipan???sabai ma nepali vanchaan tara aapno nepalko bhumi arule chupchap laejada pani hami tulu tulu herera baschau? kaha basne ho khoe hami nepalai narahe? ek patak sochau sabai ra ek jut banau aaapno bhumi jogauna

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sarkar jasko bhaya pani desh ko maya nabhaya pachi yastai hoo.kusrhi paisa mahal ra pajero paya pachi pugchha hamro desh maa aaba sasakta aabaj outhaunu parchha sima sambandha maa…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bastaav

      I agree with Nishant comment.Ecactly,Day by day India crossing border and government seeing just drama.No leader can speak against this issue while in government,its very unfortunate to all nepalase.Its nice to hear that representative sabatry raised issue.Go ahead, all nepalase people support you.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mani

      यो पनि माओवादीको सरकार भएर हो कि कसो मित्र हो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bisu

      Dear all friends,

      We all nepalese people must give the presure to Govt. Otherwise we”ll lose our country nepal and one day we”ll also lose our citizenship too. This is very serious condition now. Are you guys agree about this?

      Bisu(MA, USA)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Priyanka Gurung

      Exactly.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nishant has nicely put it and explained.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kishan

      मन्दिर को पूजारी त ईन्डिया को ईशारा मा नियुक्त गर्नु पर्ने भा को छ प्रचन्ड लाई अब कसरी सिमा को आवाज सदन म निकल्न सक्छ प्रचन्ड ले तेसैले साथी हो तेसैले जुन जोगी आय पनि कनै चिरेको भनेको नि। देश बिकास त गर्न सकेनौ चोर हरु देश त जोगाउ चोर हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tilak Karki U.S.A.

      jaba samma bharatko aashirbad bina kunai pani parti wa neta sarkarma pugna sakdaina taba samma yo samasya samdhan hunna.

      Aam nepali janta soyem bharatko biruddama utriye pachhi matra yes bishayele antarashtriya charcha pauchha ra baddhya bhayer nepal sarkarle bharat sanga yo kura uthauchha ra antarashtriya badnambat bachna bharatle nepal birudda michaha,hepaha prabirti rokna sakchha. Natra bhane kag karaudai garchha pina sukdai garchha bhane jastai ho…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yo rastriy case lai nepalimajor party harule swadhinta raswatantra sag khelbad gareko dekhta hami prabasi nepali haru lai pida bodha bhayako chha.tyaseile major party ka yuwa haru aagrasar hunuparyo.
      ipkoirala
      ct.usa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kishpou

      माथि निशान्त ले भने जस्ताइ आफ्नो कुर्शी बाचाउनुको लागि भारतीय ढोङी पाईलट बाबाको खुट्टा ढोग्ने नेताबाट के आश गर्न सकिन्छ, नामले कम्युनिष्ट तर आफ्नो कुर्सी को लागि ती ढोङीको खुटा ढोगेको हामी सबै जनताले देखेकै हो तेस्ता को के विश्वाश गर्नु, रुन मन लाग्छ।। के गर्ने ?? जनतालाई झुक्याउन लामा भाषान गर्ने के के न गर्छु तर भारत को अगाडि कुकुरले पुछर लुकाये जस्ताइ लुकाउने।।।

      साथीहरु आफ्नो देशको नेता लाई एस्तो भननु पर्छ।। के गर्ने तेस्ताइ छन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BHIM YONGHANG

      सभासढ् साबिट्री काफ्ले को मात्र सिमा रेखा सम्बन्धी आवाज आएको छ अन्य काफ्ले साथीहरु कता बेपत्ता भएनी? अब सरकारले रुक्माङत लाई सिमा सुरक्षामा बाँदर उफ्रे झै उफ्रने अनुमती दिनु पर्‍यो है।
      उही साधुराम सुकुम्बासी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna

      सबै लाई आफ्नो सम्पत्ति को मात्र चिन्ता छ। अब कसरी आफ्नो सेना समयओजन गर्ने भन्ने मात्र चिन्ता छ त्यो समयओजन भन्दा पनि तिनी हरु लाई सिमा सुरक्षा मा लगाउने बारे मा सोच्नु राम्रो तर आफ्नो आफ्नो धन को पोको भर्नु मात्र परेको छ सबै लाई। जुन जोगी आय पनि कानै चिरेको।।।।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nishant

      हामी नेपाली हुनुको पिडा हो यो,
      हाम्रा नेताजी हरुले दसैंमा बुवा आमा को टिकाथापेर आशिर्बाद लिदैनन तर भारतीय नेता देखी पाइलट् बाबा, बाल्टिन बाबा को आशिर्बाद लिन बाँकी छाडेका छैनन। सत्तामा बस्दा सम्मा भारतीयहरुको चाकदी गर्छन् अनी प्रतिपक्ष भएपछी सत्तोसराप। आफ्नो देशको हकहित को लागि अदिग भएर राष्ट्रिय मुद्दामा सबै नेता एक्पत हुनेहो भने यस्ता समस्या झेल्नु पर्ने थिएन। आशा गरौ अबका दिनमा राजनीतिक दलहरुको बुद्दि फिरोस र सबैले रचनात्मक् काम मा प्रतिश्पर्धा गरुन। सबै बिदेश मा बस्ने नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई आफ्नो देश भित्र नै काम गर्ने बतवरण् मिलोश।
      श्री पशुपतिनाथ ले सबैको कल्याण् गरुन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      उत्तर तीर पानी बिना भिसा आवत जावत ब्यबस्था गर्नु नै सर्बोत्तम उपाय हुने छ |डू अर डाई !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Santosh

      Bhim jee, tapai ko comment bhnada ni, साधुराम सुकुम्बासी dami lagyo. hahahaha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manoj gurung

      यस्तो सम्बेदनसिल बिसयमा पनि राजनीति घुसौछउ ओइे लोताराम सुकुम्बासी ! तेरो नेता रक्षा मुन्त्री चै सिमा रक्षा गर्न आदेश नदिइे छीमेकिको ल्यन्ड दर्शन गर्दै छ कि क्याहो ? जनता लाई लुटेर मोज गर्नमै बिजी छ क्यार ? ओ लूतराम सुकुम्बासी !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Risheeta

      100% support

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BHIM YONGHANG

      ओ बाघ ब्रो
      किन यसरी गर्जिएको नि? उस्लाई मात्रै किन दोस दिन्छौ। अन्य पार्टी का नेता हरु पनि यस्मा दोशी छन। तिमीले भनेका कुरा ठिकै हो, एुटा नेपाली जो भारत मा बसेर पनि नेपालको सिमा सम्बन्धी कुरालाई उजागर गरी रहेको छ, तिम्रो रास्ट्रियता देश भक्ती प्रती मेरो लागायेत् पूर्व मेची देखी पश्चिम महाकाली सम्मको नेपाली हरुको सलाम ।
      उही साधुराम सुकुम्बासी
      स्कोत्ल्यान्डअ, यु के

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BHIM YONGHANG

      हेल्लो हर्के
      ४० बुदे माग सम्झेर त पेट मिची मिची हास्न पाएका छौ। अर्को सरकार आयो भने ४० बुद पानी पनि खान नपाई भोक भोकै मर्ने छौ।
      उही साधुराम सुकुम्बासी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BHIM YONGHANG

      हेलो सन्तोष जि
      भिम उर्फ साधुराम एउटै हो नि। तर केही छैन मेरो कमेन्ट लाई प्रोत्साहन दिनु भएकोमा साधुबाद तिमीलाई। तिमी बाट यस्तै प्रेरणा पाउने आशा मा छु।
      उही साधुराम सुकुम्बासी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BHIM YONGHANG

      गुरुङ्जी लाई मुख फर्काउने हैन, मुक्कानै फर्काउनु पर्ला जस्तो छ। सिमाछेत्र को बिषय राजनीति नभएर के भारत र नेपाल बिच इलु इलु चलेको भन्ने त, फ्यानतुस मुल्ला।
      उही साधुराम सुकुम्बासी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gopal gc

      भिम सुकुमबासी भाई जहापनी माओवादीको अन्ध भक्ती देखै हाल्चउ । कतै प्रधान मन्त्रीका सोकिए सल्लाहकार उहाकै पुत्र प्रकाश दाहालबाट यस्टो काम गर्न भत्ता पो पौनु हुन्छ कि क्याहो ? नाम मात्र सुकुम्बासी भनेको त काम पनि सुकुम्बासी नै रइछ । एउटा गीत भिम सुकुम्बसिको नाममा हो …… हो …..
      कती भुक्छउ मौबादी भुकैमा ? मौबादी भुकैमा ?
      लाग्ला आँखा जनताबाट लुटेको सम्पत्तिमा ,
      जनताले के गरुन ?
      ओ सुकुम्बासी चुप लागछउ कि ?
      अर्कै कुकुर ल्याउ ?
      सुकुम्बासी चुप लागछउ कि ?
      अर्कै कुकुर ल्याउ ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kumar

      Mr/Mrs. Sukumbasi,

      What a saying ? If Prachanda has any feeling of responsibility, he would have committe suicide with your scold. Unfortunately, he will not do that. His goal is to have power with new issue so called ‘Feudalistic Society’. He had it. Now, praying to his master INDIA to protect his power.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BHIM YONGHANG

      हेलो जि सि जी
      म दाई हो कि भाई हो त्यो त भेटे पछी मात्रा थाहा हुनेछ। दोस्रो कुरो मैले भात्ता खान लाई होइन सत्ता बजाउनलाई हो। जि,सी, को नाम मा पनि यो लोकप्रिय गीत है। हे,,,,,,,हे,,,,, हे,,,,,,,
      कती लेख्छौ मेरो बिपछी मा
      के लुट्नु छ र जनता को सम्पत्तिमा
      मैले के भनौ, तिम्रै पहिले को सरकारले बनाएको नाङो झार जनताकोमा
      तिमी पनि लुसुक्कै आउछौ कि हाम्रो पार्टी म।
      उही साधुराम सुकुम्बासी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • truth

      एदी नेता हरु भारत को खुट्टा ढोग्न गएन भने भोली देखी दिन रात चाइने आबसेक्ता का सामन हरु बन्द गर्दिन्छ , अनी कुर्ची जाने डर हुन्छ । वास्तविकता एही हो । अब ईन्डिया सँग जोरी खोज्ने नै हो भने चाइना सँग हात मिलाउनु पर्छ । एदी कुनै हिम्मत वाला नेता एस्तो कदम उठौछ भने जनता हरु सबै उस्को साथ मा हुने छन । अब धेरै सहेर् बसी सकियो , बिस्तारै धैरेता को बान्ध futtdai छ । ईन्डिया ले बुज्नु पर्छ , उनिहरुको गल्ली गल्ली म पसेर नेपाली का छोरा हरुले आन्तन्क मचाउने दिन न आवोस । देस को माया जती उनी हरु लाई छ , हामी हरु नेपाली लाई पनि छ । सानो देस छ भन्दै मा चुप लगेर बस्ने वाला छैनउ । कुरा कुरा मै सिमित रहयो होला अहिले सम्म तर अब गरेर देखौने बेला आए को छ आउँदै छ । थाकेका ए हाम्रा नेता हरु समय लाई बेलै मा बुज ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • KG

      जनता गहकिला भएको कारण ले गर्दा नै नेताहरु पनि यस्ता गहकिला जन्मेका छन,
      भ्रष्टचार गर्ने मनस्थिति बोकेर घोकेको पि.एच.डी.,एम.डी.एम बीबीएस.मास्टर डिग्री.एमएससी,बीएस्सी,.ईन्जिनिएर,जस्ता थोत्रे डिग्री लिएका कुलंगारहरुको जमात ले गर्दा नै देशले आज यो स्थिति भोग्नु परेको हो,अनपढ़ नागरिकहरुलाई के दोष दिनु बिचराहरुलाई बिहान र बेलुकीको समस्यले नै झेली रहेको हुन्छ,त्यसैले जून सुकै जस्तो सुकै ब्यबस्था आए पनि तिनै फटहा डांकाहरुले नै राज गर्ने त हुन,देश बिदेशमा रहेका भ्रष्टचारीहरुको संतान,आरौटे भरौटेहरु पनि तिनै फटाहाहरुको पक्षमा भुकेर हिंडे को पनि त नदेखेको होईन नि,
      अब देशको सीमा सुरक्ष नागरिक ले नै गर्नु पर्ने अवस्था आएको छ,त्यसैले नै गोपाल किराती ले भनेको कुरा पनि सही नै हो जस्तो लागी रहेछ,सबैले हतियार बोक्नु पर्ने,आफ्नो सुरक्ष पनि हुने देशको सुरक्ष पनि हुने,जब शैनिक ले राष्ट्रको सुरक्षको बारेमा सोंचिंदैनन भने जनता यानेकी देशको नागरिक ले सोंच्नु पर्ने बाध्य हुन्छ,सिमानामा देशका नागरिक ले नै सीमा सुरक्ष गर्ने छन, शेन को काम के देशको प्रत्येक सिमानामा सीमा सुरक्ष को लागी शैनिक क्याम्प खडा गर्नु पर्दछ,सेनाको काम राजधानी मात्र दुकेर बस्ने काम होईन,र राजधानी दुकेर बस्नु अब कुनै औचित्य छैन,देशको शेनाको काम सीमा को सुरक्षा गर्ने की ब्यक्तिको शुरक्षा गर्ने,यदि ब्यक्तिको शुरक्षा को लागी मात्र देशम शेन खड़ा गरिएको हो भने त्यों पूर्ण रुपमा खारिज गारी जनता लाई सीमा शुरक्षा को अधिकार दिनु पर्दछ! .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Samrat~

      !!!!!!!!!!!!!!!!!!!

      कांग्रेस , एमाले माओ जो आए पानी भारत को चाकादी नगरेर पि ऍम हुन पाइदैन. खासम ख़ास कुरो गर्ने हो भने उनिहरु ले एस बिसाए माँ भारत संग कुरो उठायो की कुर्सी जाने डर अनि भई रहेको छ यो काम हाम्रा हात माँ चुडा लगाएर बसेको हिजडा नेता हरु ले गर्दा. त्यों YCL त्यों यूथ फोर्स तो तरुण दल हिजडा हरु नि ह्त्या नेपाली हरु लाइ दुख दिनु भन्दा देश को सीमा SURAKHCHAYA गरेर देखा नत्र पौडर लिपिस्टिक लगाएर बसेश साला हरु.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • hang nembang limbu scotland

      I VERY MUCH AGREE WITH KUMAR’S VIEW.BY THE TIME WE NEPALESE START TAKING ACTIONS,IT WIL BE TOO LATE FOR INDIANS TO SEEK FORGIVENESS.SO U ALL INDIANS THINK TWICE BEFORE WAHT U DO.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • रेशम पन्थी

      यो साथीको कुरा चाहिँ कता कता ठिकै हो जस्तो लाग्यो है मलाई त

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • top bahadur

      भिम योङ्हङ लाई सचेत !
      एदी माओवादी सचिकै भारतपरस्त हैन भने किन माओवादी रक्षामन्त्री राम बहादुर थापामगर उर्फ बादल महोदयले नेपालको सिमा रक्षा गर्न नेपाली सेनालाई आदेश दिन्दैन ?
      चउबिसै घण्टा मओबाद्को तर्कहीन हावादारी गफ गर्न भिम योङ्हङलाई कस्ले भत्ता दिन्छ ?
      सुकुम्बसी बस्तिमा चोउबिसै घण्टा बत्तित आउँदैन कतै मुन्त्री क्वातरमा त बस्नु हुन्न ?
      साची सुकुम्बसी हो भने कुन चै सुकुम्बसी बस्तिमा बस्छउ ?
      नत्र वास्तविक सुकुम्बासी को उपहास गर्न साधुराम सुकुम्बसी भन्ने भिम योङ्हङ ले ‘सुकुम्बसी’ को प्रतिनिधितो गर्न पोउदैन, सुकुम्बसिको नाममा थग्ने, लुत्पत गर्ने, चेली बेती बेच्ने, हत्या गर्ने अधिकार छैन ।

      तोप बहादुर ल्हो
      सुकुम्बसी बस्ती,
      सामाखुशी, काठमाडौं, नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Sonam

      It’s sad that all those Indian puppet Koirala lives on selling our Nepali citizenships to Bihari thugs Madheshi people and yet talk about democracy in Nepal. We should round them up along with all those Rana Shahas including Gyane Paras Daka and seize all their properties and lands which they stole for 240 years. From now on all matwali Nepali has to become leader of Nepal. Not that theives and jackle like Bahuns, because they don’t know how to give and serve our country, but all they do is just take take from Nepali. It’s the pivotal time that we have to wake up and run our country,so, we can take care of our border too. Down with fashist Indian Bahun!
      Long live Matwali and protect our country.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker