मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    समाज बनाउने कि भताभुंग पार्ने ?

    -पुष्प

    एउटा सानो समाचार अनि ४५० भन्दा बढी प्रतिक्रिया ! यौन कति गहन विषय रहेछ भन्ने कुरा पनि यसबाट प्रष्टिन्छ । झन् नेपाली समाजको त कुरै बेग्लै । “पति विदेशमा, पत्‍नी अर्कैतिर, बिजोग लालाबालाको” भन्ने ब्लगमा व्यक्त धारणाहरूमा मुख्यतया दुइधारणा बाहिर आएको पाइयो ।

    शिक्षाको कमि
    हो, गाउँघरतिर यौनविषयक शिक्षाको कमि छ । यस्ता गैरसामाजिक सम्बन्ध राख्नेहरूको ठूलै जमात छ हाम्रो गाउँघरतिर । प्रस्तुत घटना उजागर हुनुमा समाजले दिएको सजाय नै हो; अन्यथा यस्तो घटना त्यतिकै हराउनेथियो । यौनइच्छालाई व्यक्तिगत ठानेर जथाभावी गर्नेहरूले बिर्सनुहुन्न, यसले सामाजिक संरचना खलल पुर्याइरहेको हुन्छ । यस हिसाबले यौनलाई निजी कुरा भनेर कुर्लनु बेकार छ । गाउँघरतिरमात्र हैन शहरमा समेत यस्तो सोचाइ राख्नेहरू दिनानुदिन बढ्दैछन्; दु;खदायी कुरो यही हो । अचम्मको कुरा के छ भने यौनलाई निजी विषय पनि भन्ने अनि खुलेआम यौनक्रियाकलप गर्नेहरू अचेल यौनलाई खानेकुरासँग तुलना गर्छन् । यस्तो प्रवृत्ति अहिले पढेलेखेकाहरूमा बढी पाइन्छ । गल्ती भएकै कारण त यस्ता कुकृत्यहरूलाई लुकाउँछन् शहरमा बस्नेहरू । शहरकाले गर्न हुने अनि गाउँकाले किन गर्न नहुने भन्ने मानसिकता पाल्ने हो भने एक दिन हाम्रो देश पनि अफ्रिका हुन बेर लाग्दैन ।

    लैंगिक विभेद
    अचेल हाम्रा दिदीबहिनीहरूमा पुरुषविरुद्ध बदलाको भावनाको विकास हुँदै गएको छ । चाहे यौन विषयमा होस्, चाहे मादकपदार्थ सेवन वा अरु नै, हाम्रा दिदी-बहिनीहरू पुरुषले गर्न हुने हामीले किन गर्न नहुने सोच राख्छन् । के यो न्यायोचित छ ? सबै नारी समाज नभएझैं सबै पुरुष पनि समान हुँदैनन् भन्ने कुरा बुझ्नुपर्छ । पुरुषले गरेको गल्तीलाई पछ्याउनु कहाँसम्मको विवेकपूर्ण कार्य हो ? पुरुषको समकक्षी भएर हिँड्नुपर्नेमा पुरुषको पिछलग्गु भएर हिँड्नुहुन्छ ? पुरुषले गल्ती गरे नारीले सच्याउन लगाउनुपर्छ, नारीले गल्ती गरे पुरुषले । अनि पो बन्छ समाज !

    हिन्दु, बुद्ध, इसाई जुनसुकै धर्मले पनि परस्त्री/पुरुषगमन निषेध गरेको छ । यौनका कारण नै पश्चिमा देशहरूमा आएको व्यापक पारिवारिक/सामाजिक विचलनबाट हामीले शिक्षा लिनुपर्दैन ? उनीहरूले हाम्रो पूर्वीय संस्कृति अनि संस्कारको वाहवाही गरेको हामीले चाल नपाएकै हो त ? विश्वमा कस्ता-कस्ता हस्तीहरू यौनकै कारण पतन हुनुपरेको उदाहरण हाम्रो अगाडि छ; तैपनि हामी यौनलाई भोक र तीर्खासँग तुलना गर्छौं । के हामी अब बोल्न नसक्ने पशुजस्तै मनलाग्यो भन्दैमा जोपायो त्यहीसँग यौन सम्बन्ध राख्दै हिँड्ने ? यदि पशुजस्तै हुने हो भने त उनीहरूजस्तै मौसमी यौन सम्बन्ध राख्ने सामर्थ्य पनि त हुनुपर्यो नि !

    एउटा गाउँलेले गरुन् वा शहरियाले; प्रेमका नाउँ होस्, निजी विषयका नाउँमा होस् वा बाध्यताका नाउँमा, यस्ता गल्तीहरू स्वीकार्य हुँदैनन् । हामी युवावर्गले नै यस्ता कुकृत्यको पक्षमा बोल्न थाल्यौं भने हाम्रो सामाजिक संरचना कस्तो हुनेछ, विचार गरौं त । हामीले हाम्रो भावीपुस्तालाई स्वस्थ यौनसंसार दिने कि छाडा ? हामीले हाम्रो समाज बनाउने कि भताभुंग पार्ने ?

    No related posts.

    62 comments to समाज बनाउने कि भताभुंग पार्ने ?

    • chandra

      PUSPA JI,tapaile dubai choti lekhnu bhako lekh haru ekdam ramro chha ma 100 percent tapai sanga sahamat chhu.Harek byakti ko afno chuttai sochai hunchha tara tyo soch-bichar nai ramro jun sabailai swikar hunchha haina ta?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tara mgr

      यो बिषयले निकै होइन ठुलै हल्ला पिट्यो, तर यो माइसन्सारमा मात्रा पिट्यो, समाजले र बुद्धीजिबी नारिकहरुले महिला लाई दोषी बनाइ सजाएपनी दीहाले। रामु दाई उफ्रेर नि भएन लुना दिजु रोएर नि भएन, संगिता दिजु कराएर नि भएन अब कसो गरौ? अब एसो सोचिल्याउदा,यो केश हाम्रो देशमा ठुला भनेकाइ तिनै राष्ट्रपती नै हुन अब यिनैको हातमा राखिदिउ है उन्ले जे निणय गर्छ तेसैलाई मानु पर्छ कि क्या हो। एसो गरे कसो होला ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gaurab

      common guys what you after? times goin ahead and ur thinkin stil in old ages. sex is natural thing why one should let die her sexual feelings within the ages. learn somthing from westerners..you know what thats why they are bit forward then us.youd dont need to be proud for your culture which is indeed weird.one should be free from all cultural barriers and can allow to do anything dat makes him happy.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • seti

      के भन्नु हुन्छ त राम अनी अरु पुरुष बादी ब्यक्तिहरु यो कमेन्ट को बारेमा ? लुना या संगिता ले लेखेको भये के उत्तर हुन्थियो यहाँ ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर ,लण्डन, यु. के.

      पुरुष प्रधान समाजका उत्पादन हामी नारीलाई एक तह तल राखेर धेरै कमेन्ट लेखिएको देखेर अचम्म लाग्यो |हुन त के अचम्म मान्नु जो सग जे छ त्यही दिने हो |धर्म शास्त्रका दुहाइ पनि देखियो तर कृष्णकी प्रेमिका राधा र १६०० गोपिनीको बारेमा सुनिएन |महाभारतमा कुन्तीको बारेमा पनि चुप नै देखियो |स्वर्गका राजा भनिने ईन्द्रको अप्सरा मोह केका लागि थियो भन्ने पनि धर्मको दुहाइमा देखियन |समाज बनाउने कुरा पनि सुनियो तर समाजका दुई रथ मध्ये एक रथ महिलालाई होच्याएर कसरी रथ गूड्ला अड्कल काट्न मुस्किल पर्‍यो |बेश्यालयहरु सचालन गर्ने समाज बेस्यालय कस्को लागि हुन पुरुष कि महिला बुझ्नै गाह्रो भो |केही समय अगाडि काठमाडौंमा डिस्को ,नाइट क्लब ,आदीमा बेस्याब्रिती फस्टायो भन्दै बन्द गर्नु पर्‍यो बेस्या ब्रितिमा महिला मात्र हुन्छ कि पुरुष पनि चाहिन्छ सबैले बिर्सें क्यारे ?ती महिला जो कुनै पुरुष सग समागमको अवस्थामा फेला पारीएको बारे यत्रो बहस भो के समाज बिग्रनेनै हो भने ति पुरुष जिमेवार होइनन ?खाली महिला मात्र दोशी यो कुन कानुन हो खाडीको मुस्लिम त हैन ?अनी त्यही समाज जहा श्रीमतीको मृत्‍यु हुना साथ अर्को विवाह गर्न समाजको अनुमती हुन्छ तर श्रीमानको मृत्‍यु पछी श्रीमती आजीवन बिना यौनसम्पर्ग बस्नु पर्छ |के यही हो समाज निर्माण भनेको ?एकोहोरो नारीलाई कुनै अप्राक्रितिक बस्तु जस्तो बन्न वाध्य पार्नु ?अनी त्यही समाजको पक्षमा हामी खम्बा भएर उभिने ?किन हामी बिधवा विवाहको बारेमा कलम चलाउन सक्दैनौ ?किन हामी काठमाण्डौका अघोसित बेस्यालयको बिरुद्द लेख्न सक्दैनौ ?या अन्य मानब समाजका कानुनी बेस्यालय बन्द गराउन क्याम्पिङ गर्न सक्दैनौ ?सभ्य समाजको निर्माण सेक्सलाई कुण्ठित राखेर गर्न सकिन्छ र ?यी कुराहरुको अर्थ यो होइन कि सेक्स खुल्ला या हातैमा लियर हिंड्ने कुरा हो |अर्को कुरा समाजको काम को सग को सुतेको छ भनेर ढोका हान्दै हिंड्ने होइन |सम्भोग भावना हो प्रक्रितिक उत्पादन हो श्रीमान श्रीमती सामाजिक उत्पादन हो प्राक्रितिक कुराहरुलाई अबरोध पुर्याउन सकिन्छ नामेट पार्न सकिदैन व्यबस्थित गर्न सकिन्छ |प्रतिबन्ध लगाएर सम्भब हुँदैन |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गगने

      शिक्षाको कमी!
      यो त यहाँ कमेन्ट गर्ने हरुमापो रहेको र शिक्षा
      दिन आबश्यक देख्छु त म ।अनी केही मात्रमा लेख लेख्नेमा पनि हो कि जस्तो
      लाग्छ।
      हरेक लाई आबश्यक छ (मलाई समेत)समाजमा रहनलाई सामाजिक शिक्षा (हरेकनागरिक र ब्याक्ती, ब्याक्तीलाई)अनी समाजलाई पनि ! हरेक ब्याक्तिको लागि नैतीक शिक्षा को अतिनै आबश्यक छ। एउटा समाजमा र समाजको सामाजिक सिमा, मर्यादा, अधिकार कती हो र हुनु पर्छ भन्ने शिक्षा (यो घटनामा)दिनु अतिनै जरुरी देखिछ ।
      हरेक ब्याक्तिहरुलाई उनिहरुको मर्यादा, सिमा,अधिकार, ब्यक्तिगत(नैतीकता समेत)कती हो र हुनु पर्ने अनी सामाजिक रुपमा र समाजमा कती छ्,हो,र हुनुपर्छ भन्ने शिक्षाको जरुरी छ। तेस्ताइ गरी पारिवारिक जीवन बिताउने लाई पारिवारिक शिक्षा को पनि अतिनै जरुरी छ। यि र यस्ता शिक्षा हरु मुख्यागरी दशकक्षा सम्म अत्यान्त गहन जरुरिका साथ र तत पस्चात योजनाबद आवश्यकता अनुसार दिनुपर्ने छ।
      यहाँ यात्रो कमेन्ट आउनेगरी जुन बिबाद आयो तेस्मा महिलाले आफ्नो नैतीकता बिर्सेंकी छिन् या गुमायाकी छिन्, उ संग लाग्ने पुरुष ले आफ्नो सामाजिक र ब्यक्तिगत अधिकार सिमा, र नैतीकअता गुमायाको जान सकिन्छ। समाजअले सामाजिक नैतीकता र अधिकारको सिमा नाघेको वा दुरुपायोग गरेको मान्नु पर्ने हुन्छ। समाजलाई अधिकार एउटा ब्यक्तिको नितान्त ब्याक्तिगत र पारिवारिक जीवन मा,गुहार नमागेसम्म वा प्रत्यक्ष सामाजिक दखल नपुर्याय सम्म,कसैलाई दखल दिने अधिकार छ जस्तो लाग्दइन यो गगनेलाई (यहाँ कानुनत वा राज्यको आदेश बेग्लाई हो)यस् घटनामा दुई जनाको मन मिल्यो,सहमती,सम्झौता (???) भयो समाजलाई प्रत्यक्ष असर नगरनेगरी आफ्नो नितान्त निजी जीवनअको सिमाभित्र रहेर समपर्क गरेको बुझिन्छ। त्याहा कसैको आपत्ति
      नहुन्जेल सम्म र सामाजिक मर्यादामा प्रत्यास्क्ष असार नपरुन्जेल यहाँ समाज पस्नु जरुरी नहुनु पर्ने थियो । यती भय पछी समाजले आफ्नो सजाय वा निर्णय लाद्नु वा सुनाउनु अगाडि उनिहरुसंग सत्य तथ्या बुझेर उनिहरु र तिनिहरुको जिअनमा प्रत्यक्ष सम्बन्ध राख्ने हरुसंग राय बिचर राख्नु दिनु पर्ने वा माग्नु पर्ने थियो। तेसैले यहाँ समाजले आफ्नो तानाशाही निर्णय लादने दुस्शाहस गरेको बुझिन्छ। गरेको छ। ति महिलाको श्रीमानले परिस्थितीको नाजुकतालाई बुझेर आफ्नो श्रीमतीको एक आध खत माफि गर्न पो सक्थेकि। तेस्ताइ केही सम्झौता पो थियो कि।
      अब यहाँ शिक्षाको अभाब नै हो भनेर मान्ने हो भने को संग बढी अभाब राइछ र कस्लाई बढी कस्तो किसिमको र कसरी शिक्षा दिनु पर्ने देखिन्छ त। यहाँ त ति महिला लाई भन्दा समाजलाई र सबै समाजबासीलाई बेक्तिगत स्वोतन्त्रता, निजी जीवन, सामाजिक कार्यधिकार र क्षेत्र आदी कुराहरु बढी शिक्षा दिनु पर्ने बुझ्दछ गगने।
      अनाहक मा एउटा पारिवारिक र मानबिय अनी ब्याक्तिगत स्वोतन्त्रतामा हस्तक्षेप गर्नु नहुने हो।
      अब कुरोको चुरो अन्तै मोडियको भय गगनेलाई थाहा भयन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Akash

      Nepali samaj is Murkha Samaj!!! Nepali people are Maha Murkha too!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Akash

      Nepali haru uneaducated chhan.I mean Health ko barema,life ko barema, rajnitima ta Nepali haru yek se yek chhan ni pheri,arulai pech hannu,aruko daha garnu, love garnu,Jhuto bolnu, thagnu, adi kura haruta Nepalilai lagekai bani ho Kahile sudrine hun Murkha haru?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ann

      पुष्प जी कुरा ठिकै हो तर विवाह बन्दन भन्ने कुरमा श्रीमान श्रीमती को पनि हक र अधिकार हुन्छ। कसै को श्वासनी कुनै परपुरुस सँग सुत्यो भन्दै मा उन्को श्रीमान्को मन्जुरी बिना दिवोर्से गराउने यो समाज कती सम्मा दुस्सहसी ? त्यो आईमाईले गल्ती गरी, सम्बन्ध बिछेद को कुर पहिल उन्को श्रीमन बाट आउनु पर्छ अनी मात्र समाजले हेर्ने हो । तर सबै कुरमा समाज भन्दैमा सोजो हस्तछेप गर्न पैदाइन भोली सौतेनी आमा आए पछी त्यो बच्चा हरुको के बिजोग हुन्छ ? त्यो पनि समाजले हेर्नु पर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jyoti chhetri

      पुष्प जी ले राम्रो कुरा गर्नु भयो!र मेरो बिचार माँ पनी यस्तै नै लाग्छ!आजकल नेता देखि जान्ने बुझ्ने सबै ले तर्क लाइ हतियार बनाएर ग़लत कुरालाई पनी हुने नहुने तर्क दिएर आफुले आफुलाई बाठो र जान्ने बुझ्ने भनाउन अर्थात ग़लत कुरा र बिकृति लाइ पनी राम्रो देखाएर परिभाषित गर्न खोज्ने बिद्वान धेरै नै बढे जस्तो लाग्न थाल्यो!कुइरे(गोरा)ले जे गरेपनी राम्रो देख्ने र राम्रो लाग्ने हाम्रो नजर र हाम्रो बिश्वास कतै अस्तित्व हिन भईरहेको र हुन लागी रहेको त छैन?सोच्नु पर्ने भैरहेको छ!यदि जे कुरा लाइ पनी एउरोप र अमेरिकाको तरिका बाट बुझेर त्यही अनुशार चल्न खोज्ने हो भने किन नेपाली झंडा लहराउनु पर्यो र किन नेपाली हुनु पर्यो र?गोरा हरुको लल्लू पिठ्ठू भएर हिडे भैहाल्यो नि!किन आफ्नो संस्कार र पहिचान खोज्नु पर्यो र?यदि हामी नेपाली हौ भने हाम्रो आफ्नै मूल्य र मान्यता पनी त छन र त्यसलाई पनी त मान्नु पर्यो अनी त्यसको पनी त आदर गर्नु पर्यो नि त!हो हाम्रो ग़लत संस्कार लाइ बदल्नु पर्छ र राम्रो कुरा गोरा संस्कार बाट पनी सिक्नु पर्छ तर यसको मतलब यो होइन की आफ्नो संस्कार लाइ इज्जत नै नगर्ने र अर्काको उत्ताउलो संस्कार लाइ ग्रहण गर्ने!त्यही मायाले र त्यही परिवार को खुशी का लागी श्रीमान श्रीमती छुटिएर सुनौला भबिस्यको आशा गरेर केही समयको लागी पर हुनु पर्ने बाध्यता हुन्छ!त्यसलाई दुबैले स्वीकार गरेर बस्नु पर्ने पनी हुन्छ र बसेका पनी छन अनी बस्न पनी सकिन्छ यदि पक्का प्रेम छ र हो भने!यौन भन्ने कुरा जति ध्यान दियो उती नै चाहिन्छ र जति बेवास्ता गर्यो अर्थात जति दबायो उती नै दबाउन पनी सकिन्छ! सक्कली प्रेम माँ बलिदान को जरुरत पनी पर्छ यदि जथाभाबी यौन सम्बन्ध हुन्छ भने त्यों प्रेम हुनसक्दैन!त्यों त केबल नशा हो!आजसम्म खोई खाना नपाएर मरेको भन्ने सुनिएको छ तर यौन नपाएर मरेको भन्ने चाहि सुनिएको छैन!त्यसकारण,यौन लाइ आफ्नो नियंत्रण माँ राख्नु जरुरी छ र राख्नु पर्छ अनी नियंत्रण गर्न पनी सकिन्छ! उत्ताउलो तरिकाबाट सार्बजनिक रुपमा प्रेम देखाउदा र यौन सम्बन्ध राख्दा आफुले आफुलाई केकनै सम्झिने ब्यक्ति हरु सायद प्रेम को महत्तो नबुझेका र प्रेम कहिलेई नगरेका हुनसक्छन!जीबन माँ कतिपय कुरा हरु हुन्छन् जून पर्दा भित्र गर्दा शोभा दिने र कती पर्दा बाहिर!त्यसैले,हामीले जे गरे पनी हाम्रो संस्कार हाम्रो पहिचान र आफ्नो अस्तित्व लाइ ध्यान दियौं र गर्न खोजेको गतिबिधि ले आफुलाई शोभा दिन्छ या दिदैन भनेर राम्रो संग बुझेर गरेमा अबस्य भलाई नै हुने छ!धन्यबाद! ज्योति क्षेत्री-बेल्जियम बाट,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rh

      कामबाट घर फर्केका श्रीमान श्रीमती घरमा कुराकानी हुन्छ ।

      आजभोली को यथार्थ –

      श्रीमती – किन ढिला नि आज पनि ।
      श्रीमान – काम थियो । तलाई के चासो पर्‍यो र ।
      श्रीमती – त्यही केटीसँग गएर त आएको होला नि । दुई वटा छोराछोरी को बाउ भएर लाज लाग्दैन ?
      श्रीमान – नचाहिने कुर नगर है । त्यस्तो केही होइन ।
      श्रीमती – सब थाहा छ मलाई । मेरो आफ्नै आँखाले काठमाडौं मलमा टास्सिदै हिंडेको देखे आज ।
      श्रीमान – हो त के भो त । बढी कराउने हैन है । तलाई जे मन लाग्छ गर ।
      श्रीमती चुप भईन । केही उपाय छैन । छोरा छोरीको माया लाग्छ छोडेर जाउ भने पनि । जाने पनि कहाँ । सम्पत्तिमा पनि अधिकार छैन । अदालत गए पनि जाली वकिलहरुको बोलवाला । रोएर बस्ने अनी आफ्नै पुर्पुरो लाई सराप्ने बाहेक ।

      केही साथीहरु को सुझाब अनुसार हुने भए भबिश्यमा हुने सम्बाद –

      श्रीमती – आज मैले दिउसो बोससँग संपर्क गरे नि ।
      श्रीमान – हो र ? कस्तो रह्यो त ?
      श्रीमती – साह्रै मजा भयो नि । गजबको मान्छे रहेछ ।
      श्रीमान – ल बधाई छ ।
      श्रीमती – अनी तिम्रो सुनाउन त केही छैन तिम्रो ?
      श्रीमान – त्यस्तो सुनाउन लायक रहेन आज, त्यही तिम्रो पुरानो साथीसँग संपर्क भयो । ठिकै भयो भनौ न ।
      श्रीमती – ल म थकेको छु मेरो कोठामा सुत्न गए है , तिमी पनि थाकेको होलाउ आफ्नो कोठा म सुत्न जाउ त ।
      श्रीमान – ओके डार्लिङ गूड् नाइट । सी यू टुमरो ।

      पहिलो सम्बाद त पक्कै राम्रो छैन । तर दोश्रो सम्बाद पनि सुखद छैन मेरो बिचारमा । छोराछोरीलाई कस्तो समाज सुम्पनी हो त्यो यो पुस्ताले गर्ने निर्णय गर्ने हो । सोचौ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna

      VERY GOOD ARTICLE i loved it. Thanks to writer, there is limitation for every thing if any one tries to cross the limitation he will be destroyed. Thanks again

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      yo topic le atro coments payo yasto gatana ta lakou gateko chha aru sahar gaun ma pani herna jane ki.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Let’s stop this topic now

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिर्खे हलीको कमेन्ट अचेल आउनै Chadyo भनेको ।।।।।बिर्खेजी गोरु थला परेकी कसो …
      धामी लगाइ हल्नुस्है अनी कमेन्ट लेख्न चै नबिर्सनु है

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rishi pandey, Dubai

      well ……
      people are very intreasting with the topic of sex……

      why we are giving so important for this topic??
      This is the demand of age, this is the important part of life…..we know that we have to use it by safely.
      where there is not negetive things??
      everywhere….if we try to walk with close eye then of course we will fell down……we should be safe, we whould be understand about the out comes….then it can be easy….
      take care….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole Dai

      पुष्प जी ,

      वैचारिक वहस ठिकै हो यो विषयमा तर अघिल्लो पटक ब्याक्तिगत रुपमा लाञ्छना लगाउन साथीहरु उत्रिएको देख्दा दुख लाग्यो । हरेक विषयमा सबैको आफ्नो आफ्नो विचार र मान्यता हुन्छ पक्कै । भन्नु नै पर्दा तपाईंको यो लेख समेत तेस्रो पटक त्यही विषयमा कुरा आउँदा कुनै गहिरो चोट परेको मान्छेले सम्झि सम्झि हिक्का छोडेको झैं लाग्यो । त्यसो त तपाईंलाई गलत भन्न खोजेको होइन है ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • G9

      नेपाल मा बहुदल् आको छ त्यो पनि लोक्तान्त्रिक बहुदल् जस्लाई जे गर्न पनि छुट छ के को काम नपायर कमेन्ट लेखेर बसिराको सडक को खल्टो पुर्न जाउ न भन्दा फुर्सद नहुने हरु अर्का ले के गर्दै छ भन्दै कन्सुत्ली लागेर किन हिंड्न पर्‍यो सबैले आफ्नो आफ्नो भुँडी भर्नु बस्नु नि दुनियाँको चासो किन गर्न पर्‍यो राम्रो गरे मैले गर्दा नराम्रो गरे फलानोले भनेर किन दोस थोपर्ने आरुको टाउकोमा काम छैन भने थुपुक्क सिरक ओढेर सुत्नु नि खुरुक्क नत्र भने मैदान् मा उत्रिनु पर्‍यो क्षिशा को ज्योति बाल्न लाई छ कसैसग हिम्मत? काम पाइन पाडाको कनडो कनाइ भनेको यही हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jay

      NO COMMENT , KHALI YAHI SUBJECT MA KATI LEKHNU , PUSPA JI NAYA KURA LEKHNUS CHHAD DINUS SEX KO PACHHADI DODINA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • niru kharel

      महिलाहरु अब उदाउदैछन चेतना लिएर
      हेरिरहेकाछन यहाँ सबैले ध्यान दिएर
      कर्तब्य सबैको के हो भन्ने मुल मन्त्र लिएर
      अब नारी उदाउनेछन आकाशका तारा बनेर

      नारिको बेदनामा सल्बलाएका ति हातहरुले
      अब लेख्ने छन भ्रिकुटिका र सिताका कथाहरु
      अब उल्लास्ले उदाउनेछन प्रेम र माया हरु
      छरपस्ट हुनेछैनन यि हाम्रा अस्मिताहरु
      समाजमा आदणिय हुनेछन अब यि नारिहरु

      बिदेश्को तन्तलापुर घाम्मा हाम्रो माया गासिरहेका ति श्रीमाहरुले
      अब आत्तालिनु पर्नेछैन सुनेर खबर कहालीलाग्दा अत्याशहरुको
      दन दन दन बलिरहेछ हाम्रो हृदय समाजमा भएको ग्लानिले
      अब हुनेछैन कहिलेइ गल्ती यस्तो खाल्को भोक र तिर्खाको

      हामीत पुरुश्मा पनि अनुसान ल्याउन सक्ने ईतिहास बनाउछौ
      अब हामी समाज मा पुरुश्लाई पनि जिबन को गोरेटो सिकाउछौ
      अनी बल्ने छन समाजमा नारिका पनि आदरका दिपहरु
      यही फुल्नेछन पुरुश्हरुमापनी सुन्दर सिप र कलाहरु

      नारिहरुको अधिकारको रक्षाको लागि
      हामी फेरी गल्ती गर्ने छैनौ बेचेर अस्मिताहरु
      हामी आफु अनुशासन मा नबसे सम्म
      कहिलेइ हुनेछैन बिकास समाजको युग युग सम्म पनि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shrijana

      Well, then, How many westerners followed and accepted eastern philosophy and religion so called Hindism, Buddhism and what so ever…And, how many easterns(including Nepali) have accepted easterns? every body knows this and still following westerns because they are bad!? or they put money to be converted!?
      Now, I think this author gets big fund for advocacy of private sexual affairs and for oppression like “Ram sena” or many “sena groups” in India.

      The most important thing that Nepali people (I am also Nepali) can do is they can create a problem but never give the solution. It’s like people like to suffering others. Why you people care and insult and interfere others private matter to make “society civilized”, to make society “disciplined” or to make yourself “commander of the God”. I mean what you people want to prove by making such decision against couples, children, home and character? what solution do you want to prescribe? Then, why do not you bring “Islamic law” “sariya Kanoon” and implement in the society?

      Most of commenter put the examples of “murder” or “killings” to debate with private sexual affair, sex is not killings and no body loss anything. Why you have given examples of murder is similar as private sex.

      We are talking about private sex and right of protection and privacy then if somebody thinks extra sexual relationship is immoral then do not do that’s all but if some body does don’t use your moral and religious weapon. And, think about life of poor children. I never mean one who has extra sex, her children should have right to stay with mother or not and I also do not mean that who has children they should be free for extra sex but what I am saying is why people make decision and blame others as “Goddess commander”.

      Murder is end of life of one’s or more but sex is neither ends or anything else so it can’t be compared.
      She said “यस्ता गल्तीहरू स्वीकार्य हुँदैनन् ,हामीले हाम्रो समाज बनाउने कि भताभुंग पार्ने ?” Well then what you want to do you want to insult and blame millions people and damage the character and life of millions of people. Then ok,create several groups and send everywhere if some body is having sex and identify and then send a girl and woman to man. hah1 very simple, nothing to do. can we create a campaign and begin the job this is right time because we have long time load shedding.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • keshav

      मेरो बिचारमा
      धेरैको प्रतिक्रियामा के भेटियो भने, “शिक्षाको कमी” अति नै राम्म्रो विषये उठाउनु भएको छ ! शिक्षाको कमी त हो, तर कस्तो शिक्षाको कमी भन्ने कुरा कसैले पनी लेख्नु भएन ! ब्याभारिक शिक्षाको कमी हो ! नेपालको शिक्षाको निति नै ठीक छैना ! किनकी, सबै मान्छे डाक्टर, इन्जनियर,पाइलट र शिक्षक बन्दैनन ! ब्याभारिक शिक्षा त उनीहरुलाई छ जो माथि लेखियेको पोस्टमा हुन्छन् र आफुले ज्ञान हासिल गरेका, जानेका, र बुझेका कुराहरुको प्रतक्छे प्रयोग गर्छन ! हुन त शिक्षकहरुले पनी अर्कका श्रीमति लिएर हिडेको देखीएको छ, त्येस्लाई शिक्षाको कमी भन्ने की के भन्ने तर म भन्छु ब्याभारिक शिक्षाको कमी ! तर पनी इ पोस्ट बाहेक आरुमा ब्याभारिक शिक्षा भएको देखिदैना ! अहिले सरकारले सम्पूर्ण जन्ता शाक्षेर हुन भन्ने लक्ष लिएको छ ! तर अहिले बाट नै सरकारले नि. माँ. बी. तहबाट ब्याभारिक शिक्षा जस्तै : सिपमुलक र सेक्सका बारेमा छुट्टै पुस्तक बनाएर अधिकतम फाइदा र बेफाईदाका ज्ञान दिना सक्यो भने, येस्ता समस्याका समाधान आफै हुन्छ जस्तो मलाई लग्छ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुरुषहरुको मात्र comment छ त , खोइ एस्तो कुरामा महिलाको पनि त आवाज चहियो नि, होइन र साथीहरु हो?
      खोइ त फ्री सेक्स भनेर कराउने महिला मित्रहरु कुन दुलो भित्र हुनुहुन्छ? आफ्नो राय त राखिदिनुस्। समस्या त छलफल गरेपछी पो समाधान हुन्छ नि।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Problem nahuna ho bana,all best huntha.
      Ra manko icha pura garnu pani,kunai pro
      blem hoina,Tar j garchoue hasi-kusi satha
      gara, tar tasko effct chie kasilie naprose.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash

      i don’t understand why this topics got in priority? just not to tolerate individuality.even though she had sex with some one in the secured place not in public and what ever the so called society made decision with out asking with her husband,that is ridiculous.
      if my wife had sex with some one who i never seen but is society told me that we saw i will tell them they are trying to ruined my dignity and my wife’s reputation. so dont try with my wife if she needed she can do it in private not in public that is my thought and ideology .
      dame care

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पत्रकार जि को अरु good topic मिलेनकी कसो ????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh kumar

      भन्ने हो भने यौन लाई दैनिक खाजा/नास्ता कै रूप मा लिनु भए छ पछिल्लो ४०० भन्दा बड़ी कमेन्ट पढेर| यसै बाट स्पष्ट हुन्छ यौन शिक्षा को मामला मा नेपाली हरु निकै पछाडी रहेछ| यौन पुरूष ले स्त्री को शरीर स्पर्ष गर्नु सुम्सुम्याउनु अनि को आफ्नो लिंगो स्त्री लिंग मा छिराउनु अनि घर्सन गर्नु त बाहिर बाट देखिने कुरो भयो| यसको मनोबैज्ञानी , सामाजिक, नैतिक अनि spiritual पक्ष आदि ले यो बिषय निकै जटिल बनौछ| मुख्य कुरा त्यो स्त्री को यौन कुंठा , चाहना वा जे सुकै भनुन त्यसमा मेरो सहनुभूति छ तर परिवार नियोजन का साधन को बारे मा त्यो स्त्री लाई बिल्कुल था नभएको जस्तो लाग्यो| पुरूष त सन्तान कै खोजी मा थियो| यहाँ निर महिलावादी हरु लाई के भन्न चाहन्छु भने खोई त यो बिषयमा कुरा उठाको? महिला हरु लाई ढाल आदि कुरा मा सकउनु महिलावादी अधि सरेको खै?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sameer

      पुष्प जि नमस्कार

      यदी सेक्स बेक्तिगत हुन्छ भने त्यो श्रीमन श्रीमती बिच हुनु पर्छ अन्यथा त्यो ब्यक्तिगत हुन सक्दैन| गर्न मन लाग्दै मा जो सँग पनि गर्ने अनी मरो ब्यक्तिगत मामाल हो भन्ने जस्ता दुस्ट हरु पनि यो समाज म छन | जे भय पनि हाम्रो भबी सन्तान लाई स्वस्थ अनी राम्रो सस्कार दिनु पर्छ चहे जस्ले जे सुकै भनोस अनी गरोस|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Saru

      Oh! my god! this “sexual relation” topic is still continuing???? I think people have nothing to do these days. When Umeshji put one topic on the table, you all keep on going and going and going, and most of them time you all keep going with blames and attacks to one another.
      Guys! get over with it. STOP!! watch your mouth and, put limits to yourself. When talking too much, it turns out to be negetive even when it was meant to be positive in the beginning. So be aware!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      हिजो आज केटा केटी हरु रेडियो,टी बी ,फेसन शो,पथ्य भोजन ,अश्लील चलचित्र आदि ले गर्दा असमय मई मैथुन प्रति लालायित हुनु स्वाभाबिक हो|फेसन सो को नाम माँ र मोडलिंग को नाम माँ जब कुनै जबान युबती आफ्नो सुंदर नितम्ब र योनी समेत देखाउन पछि पर्दिनन,तेस्तै जबान युबक आफ्नो सुंदर ,बलिस्ट सरीर(जिम गरेको)लाइ नांगो प्रदर्शन गर्छन अनी यौबन को तरंग हरुलाई तरंगित भयो भनेर माई संसार का पंडितहरु जबरजस्ती बचन बाण हरुले रोक्न खोज्ने ध्रिस्तता गर्नु हुन्छ ,यो कसरी सम्ब्हब छ ,,मलाई उदेक लाग्छ |
      मैथुन को परिभासा र आबस्यकता ,येसको बिस्लेषण उपादेयता र समय सापेक्ष्य अपरिहार्यता आदि समेत लाइ नजर अंदाज गर्दै हाल सम्म मैथुन के हो भन्ने न थाह पाएका र अनुभब पनी नगरेका हरुको दुधे कम्मेंट हरुले माई संसार का पाना भरिएको देख्दा नेपाल का सेक्सी नेता हरु कृष्ण प्रसाद,बल्बाहादुर(पर्खाल नागेर आर्का को स्वास्नी —??),केशर जंग र बिसेस्वर प्रसाद ले उनका जनता जनार्दन लाइ अझै उदाहरण देखाउन कम भएको हो की भन्ने भान हुन्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • देवराज जोशी, कैलाली

      Stop this nonsense topic

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • smspkr

      होइन तपाइ हरु को अरु काम नै छैन कि क्याहो? अस्ति बाट तेहि कुरा मा दिस्कस गरेको छ गरेको छ. ज जस्ले जेसुकै गरोस, तिमीहरु लाइ के मत्लब?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिजयकुमार श्रेष्ठ हाल ईराकबाट

      पुष्प जि नमस्कार
      समाज बनाउने कि भाताभुङ पर्ने भन्ने सवालमा भन्नु पर्दा समाजलाई नबनाइकन कसरी ब्रमान्डको सिर्जना गर्ने त । यो बिसयलाई लिएर कुरा गर्नु पर्दा सबै भन्दा पहिला समाजलाई सतर्कता दिनु नै उत्तम लाग्दछ । हामी युवा बर्ग अगाडि सर्यो भने सामाजिक बिचलनको पर्दामा लुकी छिपी बसेका हाम्रा पुखाहरुले केही हदसम्मा सुख पाउने छ । हाम्रो समाजमा पस्सिमेलि मुलुकको सिको सिकेर सेक्स भनेको एकाअर्काको त्रीस्ना मेटाउने खेल हो भन्नेहरुको जमातले बाहुल्लेता बढी पाएको करणले पनि यो समाजमा सामाजिक बिचलनले जरो गाडेको हो । आफुले गर्ने नसक्ने र अर्काले गरेको पनि देखन नसक्ने हाम्रो समाजमा ठुला बडा भनौदाहरुले सिको छाडेको छैन । आहेस आराम र शारिरीक र मानसिक सुख भोग गर्न पल्केका ति कानुन हातमा लिएर जनातलाई फोर्स्रो भाषण दिएर आफु नाङो नाच नाचन पल्केकाहरुको फन्दामा परेर साधारण जनताहरुले दु:ख भोगनु परी रहेको छ हाम्रो समाजमा । गल्ती भन्ने कुरा नजानेकोले र नबुजेकोले कसैको लालाइ फकाइमा र जबर्जस्ती मा परेर मात्र गरेका हुन्छन । ठुला ठुला गल्ती भनेको जानेको बुजेको मानिस बाटनै सुरुवत हुन जान्छ किन कि उसको त्यहा बोलिको आवाज र थर्काइ बिढंगको हुन्छ । सामन्ती शासनले जरा गाडेको हुन्छ र उसको लवजहरुको लागि प्रतिकार गर्ने मानिस कोही हुँदैन र त्यहा मनपरी तन्त्रले प्रसय पाएको हुन्छ ।
      तेसैले तेसको प्रतिकार गर्नको लागि हामीले हाम्रो समाजलाई बलियो भन्दा बलियो कानुनले बाधनु पर्नेछ । भाताभुङा बनाउने तिर होइन नयाँ नौलो कानुन ल्याएर समान तरिकाले अपराध र अपराधीलाई सहज तरिकाबाट दण्द सजाएको भागीदार बनाउनु पर्दछ न कि तेती बेला सानो र ठुलोको नाता लगाउने सम्भावना अाइ नपरोस । नाता बाद र किर्पाबादको लहराले अपराधी उम्कन नपावोस । त्यसै करणले समाजलाई बलियो बनायो भने देश बनाउनको लागि बलियो खम्बाको रुपमा उदाहरण साबित हुन आउछ । समाजलाई भाताभुङ हुनुबाट बचायर एउटा नमुना समाजको सिर्जना गर्न जरुरी देखदछु । भगवान ले दिएको बारादान भनेर जथा भाबी जती खेर मनलाग्यो त्यती खेर उपभोग गर्ने बातावरण हटाउन अहिले को युबा बर्ग कम्मर कसेर लागनु पर्‍यो भन्ने मलाई लाग्दछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नोगेन हांग

      सेक्स आफैमा यति गहन र चाखपुर्ण छ….. तेस्तै संबेदनशिल कुरा पनि हो यो। यहाँ अर्को पाटातिर हेर्दा … यदि सेक्स नहुनुहो भने संसारका कुनै पनि कुराहरुको सौर्न्दर्यको अर्थ नै रहदैन, गिदीमा नियोकर्टेक्सको मात्रा रहेका कुनै पनि प्राणीहरुका निम्ती…. तपाई हामी परदेश जानु…. पैषाकमाउनु…. राम्रो घर बनाउनु… यो सब किन त … यदि सेक्स भन्ने चिज नभएको भए यी सब सायदै गर्नेथ्यौं हामीले। र छोरी मान्छेले यत्तिका सिंगारपटार गर्नु…. आखिर पुरुषकै आँखा लोभ्याउन त हो नी… त्यसैले सेक्स प्रतिको यो मानब चासोलाई त्यति अनौठो मान्नु पर्दैन। सेक्सका कुरा लुकाई राख्न आबस्यक ठान्दीन म, ता कि खुल्ला रुपले बातचित हुनु पर्छ जसको कारण हुन सक्ने खतरा बाट बचियोस। तर यहा पढेलेखेका केहि बुद्धिजिबी पाठकका प्रतिक्रियाहरु हेर्दा दुख लाग्छ….’समष्टिमा मन मिलेको जो जो संग पनि सम्बन्ध राखे हुन्छ’- भन्ने बिचारहरु आए। यो एउटा ब्यक्तिगत स्वार्थ हो जस्तो लाग्छ। यहाँ त हामी हरेकले अर्काको निम्ती पो बाँचिरहेका छौं त समग्रमा समाजको निम्ती…. जे भए पनि सेक्स बाट पाईने आनन्द नै चाहि त्यति ठुलो कुरा होईन, समाजले दिएको इज्जत भन्दा.. र मलाई लाग्छ धेरै संग सेक्सुअल सम्बन्ध राख्दै हिंड्ने काम थर्ड क्लास सोच भएका मान्छेले मात्र गर्छन। सेक्स शारिरीक भन्दा बेशी भावनात्मक कुरा हो… र यसरी बुझिए उचित होला|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Comments are the reflection of our national pshyche. Obviously, this is what concerns most Nepali people or at those who visit merosansar.
      Badhai chha Nepali lai.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deecps

      more then 450 comment, it is great. vastab ma bhannda yo nepali haru ko true story ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BHIM YONGHANG

      पुष्प जी
      प्रनाम ।
      गत् अंकमा लोग्ने बिदेश मा श्वासनी अर्कै तिर बिजोक लालाबालाको, अनी एस्मा दोसी को ? भन्ने सवाल मा नेपाली समाजमा सिक्छा को नै कमी देखिन्छ भनी मैले प्रतिकृया दिएको थिए। र वास्तवमा तेही हो। जब सम्म प्राथमिक बिद्यालय देखी नै सेक्स सम्बन्धी पठन पठान हुँदैन तब सम्म एस्मा अझै बिक्रिती अौने पक्का छ। मानिस सामाजिक प्राणी हो भन्नेमा कुनै दुई मत छैन ।तेसैले मानब बाटनै समाज बनाउने हो, भात्काउने त कुरै अौँदैन। तर इज्जत वाला भनौदाहरु नै एस्का नाइके हुने भएकोले अब लोक तान्त्रिक सरकारले तेस्ताको पाता कस्नु जरुरी भाईसक्यो ।
      उही साधुराम सुकुम्बासी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • तपाईको कुरामा सहमत भन्न कर लाग्छ मलाई, ४५० प्रतिकृया पायो प्रस्तुत लेखले ! लेखक महोदय ले किन महिलालाई बढि प्राथमिकता दिएर लेखे , प्रश्न गर्न मन लाग्छ । त्यस घटना मा एउटा पुरुष, परस्त्री संग लागेको कुरा किन लेखिएन , किन एउटी महिला परपुरुष संग लागेको कुरा लेखियो ?
      सर्वपर्थमा पुरुषबादी मानसिकता हामीले त्याग्न सक्नु पर्छ । किन हाम्रा दाजुभाईहरुले परस्त्री राखेको कुरा समाजमा आउदैन, किन समाचार बन्दैन । किन महिलाले गर्दा मात्र समाचार बन्छ ? मलाई थाह छ , खाढि मुलुक मा जाने हाम्रा केहि दाजु भाई(माफ गर्नु होला “केहि” मात्र भनेको छु) हरु फिलिपिनो महिला हरु संग यौन संम्वन्ध राख्छन, के त्यसलाई पनि हाम्रो समाजले सझाय दिन सक्छ । किन यो समाचार बन्न सक्दैन ? मैले देखेको छु, एक भन्दा बदी स्त्री संग संम्वन्ध राख्ने पुरुष मित्र हरु गर्ब गरेको ।
      सबै भन्दा पहिला सोचाई अनि मानसिकता को परिवर्तन हुन आवश्यक छ । यदी पुरुष लाई गैर चरित्र का काम गर्न छुट हुन्छ भने महिला लाई पनि छुट हुन पर्छ, तर हामी चाहदैनौ हाम्रा महिला हरु हामि बराबर भएको ! हामी पुरष हरु अरुको आलिङ्गन बस्न रुचाउछौं तर आफ्ना महिला अरु माथि पर-ढृष्टि देख्न सक्दैनौ । मैले यो भनेर यस्ता गैर नैतिक पश्चिमा संस्कृति लाई टेवा दिन खोजेको होईन , यहा निर ।
      केहि मित्र हरुले यौन आफ्नो नितान्त ब्यक्तिगत मामला भन्न छुटाउनु भएको छ , उहा हरुले के कुरा मा ध्यान दिन जरुरी छ भने मानव जीवन नितान्त ब्यक्तिगत छैन , समाज छ, परिवार छ , त्यस्तै यौन जीवन मा पनि समाज र परिवार आउछन , यो कुरा मा ध्यान दिनु पर्छ । हामी संम्पुर्ण मानव जाती पशुबाट फरक, यौन क्रियाकलापमा छौ भन्दा फरक नपर्ला । यदि यस्लाई अनुशासित नबनाउने हो भने, मानव र पशु मा के नै फरक रह्यो र !
      समग्रमा भन्दा, महिला या पुरुष जो कोहि पनि सामाजिक बन्धन मा बस्नु पर्छ । यदि पुरुष सामाजिक बन्धन बाट बाहिरन पाउछ भने महिला पनि पाउछन् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Priyanka Gurung

      Its true but its undebatable. It has a wide range.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ujwol_poudel

      एउटा गाउँलेले गरुन् वा शहरियाले; प्रेमका नाउँ होस्, निजी विषयका नाउँमा होस् वा बाध्यताका नाउँमा, यस्ता गल्तीहरू स्वीकार्य हुँदैनन् । हामी युवावर्गले नै यस्ता कुकृत्यको पक्षमा बोल्न थाल्यौं भने हाम्रो सामाजिक संरचना कस्तो हुनेछ, विचार गरौं त । हामीले हाम्रो भावीपुस्तालाई स्वस्थ यौनसंसार दिने कि छाडा ? हामीले हाम्रो समाज बनाउने कि भताभुंग पार्ने ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arjun

      ब्यक्तिगत भन्नले श्रीमानले श्रीमती सँग को यौन मा बाहिरी मान्छे को चासो रहनु हुँदैन भन्न खोजिएको हो कि?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arjun

      पुष्प जि तपाईंको कुर शाही छ। यौन तब सम्म ब्यक्तिगत कुरा हो जबसम्म यो ब्यक्तिगत रुप मै गरिन्छ। जब यो सार्वजनिक रुपमा हुन थालछ यस्मा सार्वजनिक चासो त शुरु हुन्छ नै। ब्यक्तिगत पनि भन्ने अनी अरुले चासो पनि नराखुन भन्न थालने हो भने सडक गल्ली म भेतिने चार खुत्ते घुम्रे पुछ्रे को यौन जस्तो भाई हाल्छ नि मान्छे ko यौन पनि। अनी हालसालाई UK मा भएको घटना जस्ताइ। आमाको दुध चुस्न छाडेको केही बर्ष मै दुध चुसाउन के बेर हाम्रा समाजका नानी हरुले पनि। त्यो भन्दा पनि उदेक लाग्दो कुरा त महिला पुरुष हरुले लुकाउने कुरै पो के रहन्छ र त्यस पछी। अनी समाजको उल्यख्य मात्रा म सिर्जन्शिल उर्जा सेक्स्मै बित्ला।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • महेश्वर श्रेष्ठ

      मिस्टर साधुराम
      उसो भए अब आँफैले सुरुगर्ने हो कि
      प्राथमिक शिक्षा भनेर आफ्नो दुढे बालक लाई यौन शिक्षा दिने हो कि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नोगेन हांग

      सपनासंसार जी,
      यहा कुनै पनि नया किसीमका काम तथा घटनाहरु प्रति मान्छेहरुको जिग्यासहरु छिट्टै तानिन्छन् र चाखलाग्दा हुन्छन….. पुरुषहरुले त उहिले भगवानको पाला देखी अभद्र गर्दै आएका छन…. के समाचार बनाई राख्नु …. जे होस त्यो २ वटा नानीको आमा लाई मान्नु पर्छ… पुरुषहरुको हावी भएको क्षेत्रमा क्रमभंग गर्ने साहस देखाएकोमा… अरु अरु नारीहरुले पनि हातमा हात , काँधमा काँध मिलाएर एकबद्ध भई अघि बढ्नु होला….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • चेम्जोङ मनोज Middle East

      सपनासंसर जी,
      यहाँ यस्तो कु-कार्य गर्ने जो कोहिलाई पनि छुट हुनुहुदैन त्यों चाहे महिला हुन या पुरूष,हामी मान्छे हौ,त्यसैले हाम्रो समाजसंग गहिरो सम्बन्ध गासिएको हुन्छ| तसर्थ जो समाजको परिधि भन्दा बाहिर गएर यस्तो काम गर्छ,उसलाई सजाय त पाउनु नै पर्छ| तर यहाँ मैले नबुझेको कुरा के भने अधिकांश कमेन्ट गर्ने मित्रहरूले पश्चिमी संस्क्रितीलाई उदाहरण दिएर यो कुरालाई जायज र यस्तै कु-कार्य गर्नेहरुको मनोबल बढाउने कु-चेष्टा गर्नु खोजेका छन भने कोही कसैले “भोक” र “तिर्खा” संग तुलना गरेर यस्तो नाजायज कुरालाई प्रशय दिन खोजेका छन| आख़िर किन यस्तो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ani chaso nabhako manchhe le k khana ko lagi comment lekheko ta
      kya gajab chaa ba
      vijay

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • robin kaale

      महेशोर जि , खान पायो भने जे पायो तेही नखानु , बोल्न पायो भने प्यच जे पायो त्यो नबोल्नु ल । पुष्प जी ले मात्र किन ?तपाईं आँफै पनि आज बाट होइन अहिले नै बालक मात्र किन सबै लाई यौन शिक्षा दिन सक्नु हुने छ .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BHIM YONGHANG

      महेस्वोर को कत्रो ठुलो सोर नि ! ईश्वर को पनि ईश्वर महेस्वोर भनेको त यो त भस्मेस्वोर पो निस्कियो बा। नेपाल को सन्धर्भमा यौन सिक्छा तोते देखी थोथे सम्म लाईचाहिने भाईसकेको छ। अब भस्मेस्वोर पनि तेस्मा पर्नु भयो कि ?
      उही साधुराम सुकुम्बासी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rhs

      hamro lunga ko kuro chitta bujhyo hou malai ta.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nakul Gautam

      नमस्ते, धेरै राम्रो !!

      यो अन्तिम हरफ

      “हामी आफु अनुशासन मा नबसे सम्म
      कहिलेइ हुनेछैन बिकास समाजको युग युग सम्म पनि ”

      यसैमा आधारित भई अत्यन्त बोध गर्नु पर्छ सबै समाधान हुन्छ, किनकी समस्या यसको ज्ञानको ख्याल नभयर भयको हो।

      जाग्ने जगाउने कुरा पनि प्रशँसनिय नै छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Thapa,Maryland,USA

      निरुजी,
      यो कबिता,यो विश्वाश,यो इमान्दारिता,यो चेतना,यो उदेस्यले हर नेपाली घर,परिबार,समाज र राष्ट्रलाई जगजगाउन पर्छ है !सार्है सान्दर्भिक,यथार्थ र मन छुने कबिताको लागि धन्यवाद !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो अल्ली भएन है कमेन्ट लेख्ने ठाउँ मा कबिता लेख्ने कबिता लेख्ने ठाउँ मा कमेन्ट लेख्ने कि यो साता को कबिता भन्दा बित्तिकै मान्छे हरु भित्र पस्दैनन भनेर हो र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • man bahadur syangtan hal maldives

      कै लाग्यो तर भनाइ र लेखै एकतिर काम र ब्यभर्ले एकतिर चहिनगरदिनु होल तपाईं को सोचै पनि ठिकै हो महिला हरुले समाजमा दिभ्बल्नु भनेको धेरै राम्रो कुर हो सर्बप्रथम मेरो तर्फजि लाई तपाईंको सोचै र भनाइ मलाई ठिसमाजमा दिभ्बल्नकोसत्ट उल्तै बलबच्चा लगायेत् बिदेश्मा पसिना बगै रहेका पतिको मन जलाएर खरानी बनाउने होकी भन्ने सन्ख पनि छ हस्त कुनै गल्ती र त्रुती हरु भएमा फेरी कम्मेन्स गर्नु होला !!!!!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tara mgr

      यहाँ तपाईंले तर्क गर्नु भएको कुरा सहिनै हो, तेसो भए उन्लाई समाजले के उचित सजाए दिए त ? यहाँ कुनै महिला दिफ्दी बहिनीहरुले तिनी महिलालाई दयाभाब झल्काए कारण उन्को पछाडि ३ जनाको जिन्दगी थियो, लुना दिजु तथा सागिता दिजुहरुले भन्न खोजेको कुरा यो एसैमा थियो, हो तिन्ले गल्ती त गरिहालिन तर समाजले दिएको त्यो सजय ले ३ नजानो जिन्दगी बर्बाद हुने देखेपछी महिला साथी हरु तथा मैले पनि त्यो सजयको बिरोध जनाए, अब एस्मा अन्य साथीहरुले खुल्ला योन को बारेमा प्रचार गर्न खोजे भनेर उत्ताउला पाराका छाडा शब्दहरुले प्रहार गर्ने कमेन्टहरु आए, तेसैले ओहाहरु ठुलो तनाबक करण अहिले सम्म प्रस्तुत हुनु भएको छैन, खोइ अरु त म क् भनु र ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tara mgr

      एस्तो दुइवटै सम्बाद जस्तो नहोस् भनेर त आगोलाई साची राखेर सात्फेरा लगाएर हिन्दू धर्म को बिधिअनुसार सिता जस्ती चरित्र जोइ र राम जस्तो आदर्श पुरुष बनोस भनेर बिहे गरिदिने हुन नि आमा बुवा र समाजले। अब भोली फेरी तिन्का सन्ततिलाई पनि यही सस्कार सिकौने हो नि, तर के गर्नु आज भोली का सबै सन्ततिहरु जती युरोप छिरे अनी तेसैको नक्कल गर्दै बिक्रितिलाई फेसनको रुपमा भित्र्याए, यहि त हो नि बिदेश पढ्न गएका छोराहरुले भाबी सन्ततिलाई सिकाउने सस्कार,जस्को उदाहरणमा ४५० कमेन्ट लोड भयो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manav

      i do completely agree with Mr. Arjun. Miss Puspaji, U r pulling out this topic as a discrimination of man and woman. Let me clarify this about the earlier post, Nepal and very few country are the only country which is still having differentiation in man and woman. This is good until it comes to the word ‘sex’. These are the things which are keeping Nepal a culturally proud country. Like arjun ji said, ” tyo bhanda pani udek lagdo kura ta mahinla purush harule lukaune kura nai po k hunchha ra”. and about sexual discrimination things comes up. Do you guys want to walk in 2 pieces like in foreign countries. I am in foreign country but i dont like the women and the culture they posses. The cultural dress and the traditional way of husband wife love are much fascinating than these naked world outside Nepal. So its doubtful to say a husband may be enjoying in foreign country so why not women. why are they inside the house as they were given hell of loads. If a husband is out for the family, there must be something both the parties should sacrifice and the sacrifice does not mean his wife be hanging around with another lad for man and vice-versa. I would request u all not to compare any Nepali system of living with the foreign things. Foreign things are never been good and never will.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर ,लण्डन, यु. के.

      मृत्‍यु पछी श्रीमती आजीवन बिना यौनसम्पर्ग बस्नु पर्छ |के यही हो समाज निर्माण भनेको ?एकोहोरो नारीलाई कुनै अप्राक्रितिक बस्तु जस्तो बन्न वाध्य पार्नु ?अनी त्यही समाजको पक्षमा हामी खम्बा भएर उभिने ?किन हामी बिधवा विवाहको बारेमा कलम चलाउन सक्दैनौ ?किन हामी काठमाण्डौका अघोसित बेस्यालयको बिरुद्द लेख्न सक्दैनौ ?या अन्य मानब समाजका कानुनी बेस्यालय बन्द गराउन क्याम्पिङ गर्न सक्दैनौ ?सभ्य समाजको निर्माण सेक्सलाई कुण्ठित राखेर गर्न सकिन्छ र ?यी कुराहरुको अर्थ यो होइन कि सेक्स खुल्ला या हातैमा लियर हिंड्ने कुरा हो |अर्को कुरा समाजको काम को सग को सुतेको छ भनेर ढोका हान्दै हिंड्ने होइन |सम्भोग भावना हो प्रक्रितिक उत्पादन हो श्रीमान श्रीमती सामाजिक उत्पादन हो प्राक्रितिक कुराहरुलाई अबरोध पुर्याउन सकिन्छ नामेट पार्न सकिदैन व्यबस्थित गर्न सकिन्छ |

      र यो समाचार साभार् पनि हेरौ समाज कस्तो छ ?

      प्रतिबन्ध लगाएर सम्भब हुँदैन |उपचारको बहानामा दुई बालिकालाई बलात्कार गर्ने अहेव प्रहरी खोरमा परेका छन् । छिन्ताङ उपस्वास्थ्य चौकीमा कार्यरत बलात्कारी अहेव मोहमम्द नासिर हुसेनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनकुटामा सोमबार बुझाएका हुन् । स्थानीय माविमा अध्यनरत छात्राद्वय सीता राई र अनिता राई (दुवै नाम परिर्वतन) लाई बलात्कार गर्ने अहेव हुसेनलाई कारबाहीका लागि थुनामा राखिएको प्रहरी नायब उपरीक्षक गणेश ऐरले जानकारी दिए । छिन्ताङका बासिन्दाले बालिका बलात्कारीलाई विनाकारबाही नछोड्न प्रहरी प्रशासनसँग आग्रह गरेका छन् ।

      स्थानीय बासिन्दाका अनुसार उपचारका लागि स्वास्थ्य-चौकीमा गएका वेला अहेव हुसेनले दुवैलाई बलात्कार गरेका हुन् । पीडित बालिकाहरूका अनुसार रजस्वला गडबढी भएर परीक्षणका लागि चौकीमा गएपछि अहेवले अँध्यारो कोठामा लगेर जबर्जस्ती गरेका थिए । ‘पेट र योनी चेक गनुपर्छ’ भन्दै अहेवले अँध्यारो कोठामा पालैपालो लगेर बलात्कार गरेको उनीहरूले बताए । ‘मलाई पहिला पेट र योनी चेक गर्नुपर्छ भनेर अँध्यारो कोठामा लग्यो, त्यसपछि जबर्जस्ती गर्‍यो । कराउँदा मुख छोपिदियो,’ आफू भागेपछि हुसेनले साथीलाई पनि त्यसै गरेको बताउँदै सीताले भनिन्, ‘म त भागिहालेँ, पछि साथीलाई पनि त्यसै गरेछ ।’

      घटना बिहीबार अपराह्न घटेको पीडितले बताएका छन् । तर, गाउँलेले शनिबार मात्र घटनाका बारेमा जानकारी पाएको उपस्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष राम राईले बताए । घटना थाहा पाएपछि अहेवलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा बुझाएको अध्यक्ष रामले बताए ।

      हुसेनमाथि यसअघि पनि बलात्कार गर्न खोजेको आरोप लागेको थियो । ६ महिनाअघि मुढेबास उपस्वास्थ्य चौकीमा कार्यरत रहेका वेला स्थानीय महिलालाई बलात्कार गर्न खोजेको भन्दै उनलाई गाउँलेले जुत्ताको माला र कालो मोसो दलेर गाउँनिकाला गरेका थिए । त्यसपछि जिल्ला स्वास्थ्य कार्यालयले उनलाई छिन्ताङमा सरुवा गरेको हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर ,लण्डन, यु. के.

      माफ गर्नु होला पेस्ट गर्दा कमेन्ट्को अगाडिको भाग छुटेछ शुरु यहाँबाट हुन्छ

      पुरुष प्रधान समाजका उत्पादन हामी नारीलाई एक तह तल राखेर धेरै कमेन्ट लेखिएको देखेर अचम्म लाग्यो |हुन त के अचम्म मान्नु जो सग जे छ त्यही दिने हो |धर्म शास्त्रका दुहाइ पनि देखियो तर कृष्णकी प्रेमिका राधा र १६०० गोपिनीको बारेमा सुनिएन |महाभारतमा कुन्तीको बारेमा पनि चुप नै देखियो |स्वर्गका राजा भनिने ईन्द्रको अप्सरा मोह केका लागि थियो भन्ने पनि धर्मको दुहाइमा देखियन |समाज बनाउने कुरा पनि सुनियो तर समाजका दुई रथ मध्ये एक रथ महिलालाई होच्याएर कसरी रथ गूड्ला अड्कल काट्न मुस्किल पर्यो |बेश्यालयहरु सचालन गर्ने समाज बेस्यालय कस्को लागि हुन पुरुष कि महिला बुझ्नै गाह्रो भो |केही समय अगाडि काठमाडौंमा डिस्को ,नाइट क्लब ,आदीमा बेस्याब्रिती फस्टायो भन्दै बन्द गर्नु पर्यो बेस्या ब्रितिमा महिला मात्र हुन्छ कि पुरुष पनि चाहिन्छ सबैले बिर्सें क्यारे ?ती महिला जो कुनै पुरुष सग समागमको अवस्थामा फेला पारीएको बारे यत्रो बहस भो के समाज बिग्रनेनै हो भने ति पुरुष जिमेवार होइनन ?खाली महिला मात्र दोशी यो कुन कानुन हो खाडीको मुस्लिम त हैन ?अनी त्यही समाज जहा श्रीमतीको मृत्यु हुना साथ अर्को विवाह गर्न समाजको अनुमती हुन्छ तर श्रीमानको मृत्यु पछी श्रीमती आजीवन बिना यौनसम्पर्ग बस्नु पर्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर ,लण्डन, यु. के.

      here is not my full comment please publish all

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर ,लण्डन, यु. के.

      With out full comment please don’t reply on this comment. Thank you.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रामु

      तारा मगर जि
      यो कुनै हार जित को खेल होइन बहस को सार्वजनिक ब्लोक्क हो । आफ्नो मन को भावना सबै ले राखन लाई पौनु पर्छ । मैले भनेको नै सही हो अनी तेही हुनु पर्छ भनेर मैले भनेको पनि छैन । पक्ष बिपक्ष भन्ने कुरा मा हुने हो बहस तेस्करन ले यहाँ कोही उफ्रेको छैन कोइ रोएको छैन कोही कराएको पनि छैन ……… तिमी आँफै उफ्रियोउ किन कि घटना अर्को लाई घटेको छ , लुना दिज्यु रोएको होइन तिम्रो दिमाक रोयो अनी संगीता दिदी कराएको होइन तिमी जस्ता ले करौने बाद्यता बनाएउ । म पनि नेपथ्या मा बसेर माइ संसारडट्कम् लाई पहिलेको भन्दा अजै माया गर्छु तर कमेन्ट लेखने बाद्याता नाम जोडेर नपरिदिनुस् म यसै मा खुशी छु । तारा मगर प्रगती को शुभकामना । तपाईं को कमेन्ट पडी रहन पाइयोस ल । म हराये पनि तपाईं नहरौनु होला ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sangita ghimire

      रामु जि
      यहाँ सन्दीप जि ले लेख्नु भएको कमेन्टमा हजुरको केही भन्नु छैन र ?? यदी यो मेरो (संगिता घिमिरेको ) कमेन्ट थियो भने हजुरको उत्तर के आउथियो होला । यसो मुल्याङ्कन गरी दिनु हुन्छ कि ???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker