ऋषि धमलालगायत तीन पत्रकारलाई गैर कानुनी थुनामा राखेको जिकिर गर्दै परेको बन्दी प्रत्यक्षीकरणको रिट अचम्मलाग्ने तरिकाले ढिला भइरहेको थियो। कानुनको नजरमा त सबै समान हुनुपर्ने तर यसमा चाहिँ धमला भएकै कारण फरक भएको जस्तो देखिएको थियो। भर्खरै न्यायाधीश नियुक्त भएका अवधेशकुमार यादव र भरतराज उप्रेतिको पहिलो इजलासमा यो मुद्दा परेको थियो। दुई दिनको सुनुवाईपछि सयुक्त इजलासले जटिल कानुनी सवैधानिक प्रश्न उठेको भन्दै यो मुद्दालाई विशेष इजलासतर्फ पठाइदिएको थियो। त्यसैको सुनुवाई आज हुँदैथियो। विशेष अदालत त्यसमा पनि मिनबहादुर रायमाझी जस्तो वरिष्ठ अनुभवी न्यायाधीशसहितको इजलासमा परेको सुनुवाई भएका कारण आजै निर्णय सुनाइने लगभग निश्चित थियो। कस्तो निर्णय होला भन्ने उत्सुकतावश पहिले अदालत कै बिट बनाएर रिपोर्टिङ गरिरहेका साथी कृष्णसित दिउँसो सर्वोच्चमा गएँ। कस्तो थियो बहस ? कस्तो थियो त्यहाँको वातावरण ? के के तर्क गरियो त्यहाँ ? अदालतभित्र फोटो र भिडियो खिच्न पाइन्न। तर हामी दिन्छौँ तपाईँहरुलाई पूर्ण विवरण अदालतभित्रको।
हामी सर्वोच्चमा पुग्दा लञ्च ब्रेक भइरहेको रहेछ। ब्रेकपछि इजलास नम्बर एकमा मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र गौरी ढकालको बेञ्चमा विशेष इजलास बस्यो। अदालत भन्ने बित्तिकै हाम्रो दिमागमा हिन्दी फिल्मको जस्तो फराकिलो ठाउँ भएको अदालतको चित्र आउँछ। तर त्यसको निकै विपरीत साँघुरो रहेछ अदालतको इजलास। तीन लहर दर्शक दीर्घा अनि पक्ष र विपक्षका वकीलहरु बस्ने ठाउँ अनि त्योमाथि सब कुरा लिपिवद्ध गर्न कम्प्युटर स्क्रिन अगाडि बसिरहेका एक कर्मचारी र अन्त्यमा न्यायाधीशहरु बस्ने ठाउँ।
सरकारी वकीलहरुको बहस जारी रहेछ। सरकारको तर्फबाट युवराज सुवेदी र कुमार चुडालले बहस गरेका थिए। बहस गर्दै सरकारी वकीलले भने राज्यले ill intention लिएको छ कि छैन भन्ने विषय यसमा हेरिनुपर्छ, राज्यले त्यसो गरेको छैन। उनले टेलिफोन सवादलाई प्रमाण भन्दै त्यो आवाज समेत प्रहरीसितको बयानमा आफ्नो भनेर सनाखत गरिसकेको बताए।
न्यायाधीश कल्याण श्रेष्ठले सोधे- तपाईँले कुरा पैसा फिरौतिको गरिरहनुभएको छ। मुद्दा हातहतियार तथा खरखजाना ऐन अन्तर्गत भनिएको छ। धमलाले विस्फोट गराएको हो कि अवैध रुपमा राखेको हो कि nexus बताइदिउँ न। हातहतियारसँग के सम्बन्ध छ ?
यसमा सरकारी वकीलको जवाफ अलि आलटाले खालको देखियो। उनले काठमाडौँका तीन ठाउँमा भएको विस्फोटका लागि धमलाको साँठगाँठ रहेको र बम पड्काएर आतकित बनाई फिरौति सकलन गर्न सजिलो हुने गरी वातावरण बनाएको जस्ता कुरा गरे।
न्यायाधीश कल्याण श्रेष्ठले फेरि प्रश्न गरे- यसमा यी गिरफ्तार भएकाहरुको रोल के त ? धमलाको के ? उसले अवैध रुपमा हतियार तथा विस्फोटक पदार्थ आफूसँग राख्यो कि विस्फोट गरायो कि आफूले गरायो कि अरुलाई गर्न लगायो कि। यी तीन जनाको भूमिका के ?
यसमा सरकारी वकीलले प्रमाणका रुपमा पेश गरिएको फोन रेकर्ड सरकार आफैले गरेको नभई अभियुक्तहरुले नै एकआपसमा शका उपशका भएकोले गरेको बताए। कसले रेकर्ड गरेको भन्ने बेञ्चको प्रश्नमा उनले मुख्यरुपमा रामशुभक महतो र वीरेन्द्र केएमले पनि गरेको बताए।
न्यायाधीश मीनबहादुर रायमाझीले फेरि प्रश्न गरे हातहतियार अनधिकृत रुपमा राख्यो भने हातहतियार तथा खरखजाना ऐन लागू हुने हो। तपाईँले भनिरहे जस्तो आतक मच्चाएवापत् कुन ऐनको दफाले गर्यो त ?
सरकारी वकीलले त्यो ऐनमा २०६५ मा सशोधन भई परिभाषालाई व्यापक बनाइएको बताए। न्यायाधीशले के सशोधन भएको रहेछ बताउनुस् भनेपछि उनले सशोधन भएको बूँदा पढेर सुनाए। यसमा विस्फोटक पदार्थ आफूसँग राख्न अरुलाई राख्न लगाउन नहुने उल्लेख गरिएको रहेछ।
विस्फोट गराउँदा यो ऐन आकर्षित हुन्छ कि हुन्न भन्ने बेञ्चको प्रश्नमा सरकारी वकिलले अहिले हातहतियार तथा खरखजाना ऐनमा अनुसन्धान भइरहेको र पछि अर्कै मुद्दा लगाउन पनि सकिन्छ भने। तत्काल प्राप्त प्रमाणका आधारमा हिरासतमा राख्न सकिन्छ भन्ने जिकिर सरकारी वकीलको रह्यो।
न्यायाधीशले फेरि सोधे हातहतियार ऐनको कुन दफा उल्लङ्घन गरेको हो र केमा अनुसन्धान भइहेको हो ? इजलासमा रहेका मध्ये रायमाझी र श्रेष्ठमात्रै प्रश्न गरिरहेका थिए। महिला श्रीमान् अर्थात् न्यायाधीश गौरी ढकालले भने प्रश्न गरेको देखिएन। सरकारी वकीलले अनुसन्धानपछि अर्को ऐन पनि प्रयोग हुनसक्छ यही हुनुपर्छ भन्ने छैन तर अहिले सो ऐनको दफा ३ र ४ प्रयोग हुनसक्छ भने।
न्यायाधीश श्रेष्ठले फेरि सोधे अपराध अनुसन्धान अघि कुन ऐन अन्तर्गतको हो थाहा हुनुपरयो। हाँगाबिँगा पछि लाग्ने कुरा हो। विस्फोट त भइसक्यो त्यसको दसि छैन। विस्फोट गराउनेमा तीन जनाको के भूमिका रह्यो ?
न्यायाधीश रायमाझीले पनि कसरी यो ऐन आकर्षित हुन्छ ? कुन दफा हुन्छ र सभावित सजाय कति हुन्छ ऐन नै हेरेर भन्नुस् भने।
सरकारी वकिलले ३ देखि सात वर्ष कैदको सजायको व्यवस्था भएको भन्दै अभियुक्त रामशुभक महतोको डेराबाट डेटोनेटर तीन थान र सेफ्टी फ्युज अनि मोबाइल बरामद भएको जानकारी दिए। न्यायाधीश रायमाझीले डेटोनेटर भनेको पड्कने चिज हो कि के हो भनेर सोध्दा प्राविधिक कुरा आफूलाई थाहा नभएकोले प्रहरीको सहायता लिउँ भनी अनुमति मागे। प्रहरीले १० मिटर सेफ्टी फ्युज बरामद भएको डेटोनेटरले आवाज धमाका गर्ने र ब्लास्ट गर्ने काम टीएनटीले गर्ने बताए। ब्लास्टै गर्ने टीएनटी बरामद भएको छ त भन्ने बेञ्चको प्रश्नमा प्रहरीले छैन भने।
सरकारी वकिलको फितलो बहस
यतिञ्जेल बहस सुन्दा सरकारी वकिलको बहस निकै फितलो देखियो। अझ उनी आफै कन्फ्युजनमा परे जस्तो पनि देखिन्थ्यो कतिपय समयमा। उनी तथ्य कुरामा बूँदागत रुपमा जान सकेका थिएनन्। उनले रिट निवेदन खारेज गर्नुपर्ने माग गर्दे यो मुद्दा सवैधानिक प्रश्न हो कि हैन ? अन्तरिम सविधानको धारा १०० र १६४ को उल्लङ्घन भएको छ कि छैन तथा सीडीओ न्यायिक निकाय हो कि हैन जस्ता प्रश्नको निरुपण ग्नुपर्ने माग गरे।
अर्का सरकारी वकिलको बहस
त्यसपछि मोर्चा सम्हाल्न तयार भए अर्का सरकारी वकिल। त्यतिबेला साढे तीन बजेको थियो। न्यायाधीश रायमाझीले सोधे- सकिन्छ ? भरसक सकाउँछु भन्दै उनले आफ्ना तर्कहरु राख्न थाले। यिनले भने अलि राम्रा तर्क गरे।
उनले ऐनमा खरखजानाको परिभाषामा फ्युजलाई पनि र डिटोनेटरलाई पनि समेटिएको बताए। तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा राखी कारबाही गरिने व्यवस्था ऐनमा भएको भन्दै रामशुभक महतोको डेरामा भेटिएको डिटोनेटर र फ्युजका आधारमा गिरफ्तार गर्न सकिने तर्क उनको थियो।
धमलाले अहिले यही पडकाउँ पछि अर्को मगाउँछु भनेछन् रे
सरकारी वकिलले मनोज महतोसँग लिएको बयानको मिसिल पनि पढेर सुनाए। त्यसमा महतोले धमलासित भेट्दा धमलाले रणवीरसित फोन गरी तपाईँको मान्छे मेरो सम्पर्क भयो भने रे। धमलाले महतोलाई तपाईँहरुसित विस्फोटक पदार्थ छ कि छैन भन्दा उनले यति छ भनेछन्। अनि धमलाले अहिलेलाई त्यही पडकाउँ पछि रणवीरसँग कुरा गरेर थप मगाउँला भने रे। कहाँ पडकाउने भन्दा सवेदनशील ठाउँमा पडकाउ भने रे। महतोले धमला कै निर्देशनमा पडकाएको भनेर भनेको ती वकिलले मिसिलबाट सुनाए।
यस अनुसार धमलामाथि ज्यान मार्ने, विस्फोटक पदार्थ र फिरौतिसम्बन्धी मुद्दा जोडिएको छ र यिनलाई सेग्रिग्रेट गर्न मिल्दैन-उनको तर्क थियो।
डिभिजन बेञ्चले विशेष इजलासमा यो रिट पठाउन गरेको आदेश गैरकानुनी भएको र संविधानको गलत व्याख्या गरेको तर्क उनले राखे।
धमला पक्षका वकीलहरुको बहस
त्यसपछि वादी पक्षका वकीलहरुको बहस सुरु भयो। समय ढिला भइसकेकोले न्यायाधीश मीनबहादुर रायमाझीले २० मिनेट मात्रै समय दिए। सुरुमा टीकाराम भट्टराईले बहस गर्दै सरकारी वकीलहरुको बहस सर्वोच्चको विशेष इजलासमा गर्ने खालको नभई सीडीओको अगाडि गर्ने खालको भएको भन्दै व्यङ्ग्य गरे। विपक्षी वकीलले यो यो दफा आकर्षित हुन्छ भनी ठ्याक्कै भन्न नसकेको तर्क उनको रह्यो। उनले पटक पटक यो कुरा मैले पहिले नै बताइसकेको छु अब दोहोर्याउन चाहन्नँ भन्दै पटक पटक दोहोर्याइरहे।
उनले धमलालाई दिइएको पक्राउ पूर्जीमा हातहतियार तथा खरखजाना भनी लेखिए पनि (ऐन नलेखिएको) रामशुभक महतोलाई दिइएको पूर्जीमा त त्यो पनि नभएको बताए। थुनामा राख्ने अनि कुन ऐन थाहा छैन कुन अभियोग थाहा छैन भनिएको छ तर ऐनमा कारणसहित थुनामा राख्नुपर्छ भनिएको छ भन्ने तर्क उनले गरे।
त्यसपछि अधिवक्ता देवेन्द्र त्रिपाठीले पक्राउ पूर्जीमा मिति छ तर समय उल्लेख छैन भन्दै विपक्षीको आपराधिक मनसाय देखिएको र सीडीओ न्यायिक निकायमा पर्दैन भन्ने तर्क गरे।
संविधानविद् भीमार्जुन आचार्यले कुन दफा र कुन ऐन भनी अहिले नखुलाइएको बताउँदै कुन प्रकारको detention थाहा भएन भने। कि preventive detention हुन्छ कि punitive हुन्छ। punitive भनेको घटना भइसकेपछि गरिने हुनाले कुन दफा कुन ऐन खुलाउनु पर्ने उनको तर्क रह्यो। उनीहरुको गिरफ्तारी punitive नभएको भन्ने छोटो तर्क उनको रह्यो।
यतिञ्जेल अपराह्न ४ बजेर १० मिनेट भइसकेको थियो। फेरि अर्का अधिवक्ता अघि सरे माधव बाँस्कोटा। उनले १ मिनेट मात्र गर्छु भन्दै अनुमति लिए। उनले थुनुवा पूर्जी रितपूर्वक भयो कि भएन र गैर कानुनी रुपमा दिएकोले यो थुना कानुनी हुन्न भन्ने तर्क गरे।
अपराह्न ४ बजेर ११ मिनेटमा बहस सकिएपछि न्यायाधीशहरु आफू बसेको कुर्सी पछाडिको ढोकाबाट निस्के। दुवैपक्षका वकीलहरु पनि आआफ्नो बाटो लागे। हामी निर्णय सुन्न आएकाहरु पनि एक छिन समय लाग्ने भएकोले तलतिर ओर्लियौँ।
कानुनबमोजिमको सूचना
आधा घण्टाजति पछि हामी फेरि इजलासमा फर्कियौँ। न्यायाधीशहरु आइसकेका थिएनन्। त्यसैले अदालत वरपरको वातावरण हेर्दै बस्यौँ। हाम्रा साथमा कान्तिपुर दैनिकमा कानुन बिट हेर्ने दाइ चेतबहादुर सिंह पनि थिए। एउटा कुनामा कानुनबमोजिमको यस्तो सूचना टाँसिएको थियो-
कृपया इजलासभित्र खैनी, सुर्ती, पानपराग सेवन गरी नथुकिदिनुहोला।
अदालत ठाउँ नै पर्यो शब्दशब्दलाई केलाउने ठाउँ। हामीलाई पनि अलि हावा लागेछ कि के हो। त्यसलाई व्याख्या गर्दै यसो भन्दै थियौँ- ए, अनि चुँइगम,आँप खाएर चाहिँ थुक्न मिल्ने ? केही नखाई त झन् थुक्न मिल्ने होला
हामी यसरी रमाइलो खासखुस गरेर समय कटाउँदै थियौँ अर्को सूचना पनि देखियो-
इजलासमा अनावश्यक कुराकानी गरी हल्ला नगरी दिनुहुन अनुरोध छ।
एक जना दाइको टिप्पणी गजबको थियो यसमा चाहिँ- अनावश्यक कुरो कसले गरिहिँड्छ ? बहुलाले मात्र गर्छ अनावश्यक कुरा। शब्द खेलाउने हो भने त अनावश्यक कुरा पो गर्न भएन आवश्यक कुरा चाहिँ गर्दा भो
र, निर्णय आयो
न्यायाधीश मीनबहादुर रायमाझीले दर्शक दीर्घातर्फ सम्बोधन गर्दै तपाईँहरु सबै पत्रकारै त हुनुहुन्छ होला नि। बहस तपाईँहरुले पनि सुन्नुभयो होला हामीले पनि सुन्यौँ, यसमा हामीले यस्तो फैसला गर्यौँ भन्दै गिरफ्तारी कानुनसम्मत भएकोले अदालतले हस्तक्षेप गर्नु पर्ने नदेखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट खारेज हुने निर्णय सुनाए।
No related posts.







Thanks for all informations that happened in the supreme court. I appreciate for that!!!
the truth should always come infront and criminal should be punished according to the crime that he has committed!!!
So Dhamala should be punished if he has committed that crime!!!!
Gyanendra Thapa
Australia- Melbourne
मन परे हरियो, नपरे रातो
0
0
Thanks for all informations that happened in the supreme court. I appreciate for that!!!
the truth should always come infront and criminal should be punished according to the crime that he has committed!!!
So Dhamala should be punished if he has committed that crime!!!!
मन परे हरियो, नपरे रातो
0
0
aba rajya le dhamala lai ke garchha, chodi dinchha ki kathor sajaya dinchha, tyesma bhar parchha haamro desh ma kanoon ajhai chha ki bikisakyo bhaera thaha pauna.
मन परे हरियो, नपरे रातो
0
0
धमला जस्ता देश द्रोही को के कुरा
गर्नी यार् साथी हो यस्ले सबै आफु
जस्ता चोर् लाई किनी सक्यको छ
ई राक्छस् लाई हामी सबै मिलेयर
बहिस्कार गर्नु पर्छ
उमाकान्त
मलेशिया
मन परे हरियो, नपरे रातो
0
0
Thanks always for your reporting.Supreme court le jun faisala gareko 6 Jayaj 6.Aparadhiharuko face to face phone barta bhanda Gahakilo Praman aru k chahiyo?Paisako lagi sara Nepali harulai Dukha diyara Nakkali Mukhada Bhayaka Risi jasta sabaile 1-1 gari Sajaya Paunu Parcha,taba matra Naya Nepal bancha.Anyatha Hamro Nepal Kahilyai bandaina.aba balla Nepali Janata ka Shanti sanga bachna paune din aya jasto 6 .Aparadhiharu bhetidaichan.
मन परे हरियो, नपरे रातो
0
0
डामाडोल कार्टुन/फोटो
Sisi Gamala
.
मन परे हरियो, नपरे रातो
0
0
सर्वप्रथम मिन बहादुर रायमाझी सर लाई मेरो शिर नुगाई प्रराम । नेपालको ईतिहासमै यो पहिलो रेकर्ड भएको छ । यतिखेर सबैमा खुशीको लहर छाएको छ । पुन एकपटक मुरी मुरी धन्यवाद मिन सर लाई ।
From – Iraq
मन परे हरियो, नपरे रातो
0
0
Excellent tapai ko blog sarai ramro chha ani tapai ko kalam chalai pani ramro chha keep it up. Yo chor dhamala lai chai j gari pani aajiwan jail halnu aprchha yo rastraghati ho.
मन परे हरियो, नपरे रातो
0
0
in my opinion there is no different between a popular journalist and civilion.
मन परे हरियो, नपरे रातो
0
0
अहिले खुशी भएर उफ्राने बेला अली भाको छैन साथी हरु जून दिन अदालत ले निजहरु कसूरवार हुन र येती बर्ष जेल सजाये भोजनु पर्ने देखिन्छ भनेर सुनौउछ तेस दिन म त लड्डू नै बांडने वाला छू खाने भए आउनु है, तर खै सरकारी वोकिलहरूको बहस सुन्दा चाहीं मेरो ईच्छा पुरा नहोलाकी भने डर पनि लागिराको छ
मन परे हरियो, नपरे रातो
0
0
यो फैसला ले ‘अडियो रेकडीङ्न’ लाई पनी आदलती प्रमाण का रुपमा लिएको हो ..? कसैलाई थाछ भने भनी दीनुस न !!
*रोशन GRG
*दोहा कतार
ya1235_63@yahoo.com
मन परे हरियो, नपरे रातो
0
0
Thank you very much. This is our supreme court. We proud with them. This is the true justice.
मन परे हरियो, नपरे रातो
0
0
madan bajracharya
we still have reasons to faith on our justice system; this is proved in this case of that ….. dhamala. we have to understand that why girija, bamdev and all those who are seemed to be more worried than Dhamala himself. Behind dhamala there are many more and very very possibly those whor are pleading no guilty of Dhamala are also involved in Dhamala’s racket.
lets not talk about those who are licenced to lie in the court. they may plead any for their pocket.we just can expect one day we will have a law that would penalize these who used to hide white clothes with the black coats for attempting to mislead the court.
मन परे हरियो, नपरे रातो
0
0
This is a couregious decesion made by hon RAYAMAJHI AND TEAM IN impelmenting rule of law.SAD SACK AND JOCKERS LIKE Giraja and Bam dev and sick politicans have sucked the country.they too,are equally responsibel for supporting this mis act done by Damala and group.Those supporting fraud Damala and gang are uqually responsibel and they should be punished in the same manner.
मन परे हरियो, नपरे रातो
0
0
bahash garera chaplusi garne ti okil haru gaddar bhayako le ini harulai aba ainda bahash garne bisayama nai parti bandha lagaunu parchha nepal sarkarle.
मन परे हरियो, नपरे रातो
0
0
This man is a TERRORIST. He should be PUNISHED. It’s the beginning to know that Nepal has COURT.
This terrorist should be executed. Bharatiya DALAL.
Nepali ko ENEMY. Yesta haru lai tyesai chodhyo vane, yeniharu le DESH bechchha. Punish this BASTARD, DALAL.
मन परे हरियो, नपरे रातो
0
0
सरकारी वोकिलको बहस सुन्दा त त्यो चोर धमला को पक्ष मा भयको जस्तै देखिन्छ नत्र भने किन यस्तो फितलो बहस|
त्यो साले चोर ले ति सरकारी वोकिल लाई पनि किनिसके को जस्तो छ |आसा गरौ कि अदालत ले जस्ले जे बहस गरे पनि त्यो चोर् लाई आजिबन जेल पठाओस् |
उही
हा्न्गु लामा
मन परे हरियो, नपरे रातो
0
0
This is the first time I got the names of that stupid advocates in Nepal who are inspiring the people to involve in criminal activities …..
thanks to Advocate Navaraj & Kumar
HO
NY usa
मन परे हरियो, नपरे रातो
0
0
Dhilo kina? Aba yestai gari yee neta bhanunda criminal lai pani courtma ubhyaune ra tinka looteko properties jafta garne.
Lalsalam chha sarkarlai!!
मन परे हरियो, नपरे रातो
0
0
kanuni chhetrama ramro kamko suruwat bhayo.
मन परे हरियो, नपरे रातो
0
0
Jun sukhai parti ko pani Neta jati kholti ma chhan vandi aafu lai kanoon vanda mati dhani paisa aauchha vanay jy jasto aparad garna pani thayar hune thayo phata dhamala lai balla supreme court ko adhesh lay hos ayho hola salay ko.
मन परे हरियो, नपरे रातो
0
0
न्यायप्रेमी जनता हो, यो सुनवइ नै हामीहरुको पक्षमा भएको पहिलो सङ्केतिक बिजय हो। सरकार को तर्फ बाट वकलात गर्ने श्री नवराज सुबेदी अनी कुमार चुडाल जी को फितलो बहस भये पनि वहाँहरुलाई हामी तमाम न्याय प्रेमी जनताहरुको अपार समर्थन छ है । यो न्याय र अन्याय को युधभुमिमा तपाईंहरु बाण चलाऊनु होस् हामी सारथी को काम गर्ने छौ।
उही साधुराम सुकुम्बासी
मन परे हरियो, नपरे रातो
0
0
Dhamalalai chhodeu bhane Sarvochcha nai udai dinchhu herdai jau.
मन परे हरियो, नपरे रातो
0
0
आशा गरौं धमला लगायत गिरफ्तार भएका सबै अपराधीहरु उम्कन पाउने छैनन् । धिक्कार छ यो मुद्दामा पत्रकारलाई गैर कानुनी थुनामा राखेको जिकिर गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्ने ति संविधानविद् लगायतका कानुनका ब्यापारीहरुलाई ।
मन परे हरियो, नपरे रातो
0
0
it is a good decision
मन परे हरियो, नपरे रातो
0
0
Ma kanunko student ko nata le k bhanna chanchu bhane: 90% of accused produced before the cort become innocent in Nepal.It showes poor investigation & procecution of criminal cases.Because Criminal Case is produced by government side & Bamdev being a home minister made a blonder remarks in favour of Dhamala he should be procecuted as well otherwise he will use his influence to weak this criminal case & Dhamala will be released very soon that’s for sure.
मन परे हरियो, नपरे रातो
0
0
Decision of the supreme court is appreciated. Thank you
मन परे हरियो, नपरे रातो
0
0
ॠषि धमला……..
नेता ईन्डिया पोइला गए
तिमी जेल सम्हाल
मन परे हरियो, नपरे रातो
0
0
HAMALA jasto aparadhi lai bhari sajaya diyo bhane matra nepali janata le naya nepal ko aasha garna sakinchha.
california
मन परे हरियो, नपरे रातो
0
0
nepalma pani adalat raichha! kehi matrama nirnayale khusi garaye pani, finalisation navayekoma ‘dhamala’ru jastako mrityu ajhai parkhanai parne dekhe! so bad! still bad!!
मन परे हरियो, नपरे रातो
0
0
Thukka UML party ra yaska supporter (Tikaram Bhattarai ra Bhimarjun Acharya) jasle afulai sambhidhan bid ra expert bhanchhan, dhamalako lagi bahas gareko dhekhda UML kati desh drohi rahechha thaha bhayo
मन परे हरियो, नपरे रातो
0
0
girija sabai jana marija bhanera sabai thula neta mrane le afu ahile marchha hola ta bro haru pani je hos ramara bhayako chha rastra ko gaddar haru birodhma aba nepali janta harule eak bhaya r desakko nimit ladnu parne beela aayako chha
any way dherai ramro nirnaya bhayako chha thanks
मन परे हरियो, नपरे रातो
0
0
हे…….. लौ न कमला, “धमला ले खाए अमला”
मन परे हरियो, नपरे रातो
0
0
rayamajhi ji dhanyabad
मन परे हरियो, नपरे रातो
0
0
मलाई त अदालत नै पुगे जस्तो भो।
मन परे हरियो, नपरे रातो
0
0
Definitely a good start for Nepalese judiciary !!! People like Dhamala who displays double standards by acting out Good guy at the front n very very bad evil person behind the door must be punished as per the rule of land. Only then all evil persons the like himself will take heed; not to harm nation n her citizens in future.
मन परे हरियो, नपरे रातो
0
0
हामी नेपाली हरु महान हौ कि स्वार्थी,नपुसक् समाज को एक हिस्सा ???
देस मा हाम्रै अगाडि रास्टिय झन्डा मा आगो लगाये ,हाम्रो देस को भुमी हरेक DIN भारत ले HATTAUDAI छ , हाम्रै आफ्नै केही दाजु भाई हरु हरेक जात को छुट्टा छुट्टै क्षेत्र हुनु पर्छ भनेर आण्दोलित छन , तराइ का केही भाते हरु हाम्रै देस को छ्त्र छाया मा बसेर नेपाल हाम्रो रास्टियता होइन भण्छन । १० क्लास मा ६ बिसये लागेर फैल हुने धमला जस्ता बेक्ती हरु हाम्रा देशका पत्रकार हरु का गुरु बनेर भित्र भित्रै आतंक बाद् को खेती गर्छन् र हाम्रा बुदिजिबि पत्रकार को एक जमात उस्को वोकालत गर्न तर्फ लाग्छ । मर्न लागेका गिरिजा फेरी प्रधान मण्त्री बण्ने सपना देख्छन , चुनाव मा धुलो चाटे को माकुने लाज्सर्म हराएर फेरी लिडर बण्न खोज्छ । हाम्रो रास्टिये पोसाक लाई तिर्स्कार गर्ने बेक्ति उप्रास्ट्रपती बन्छ । १४ हजार नेपाली को रगत मा हात धोये को मान्छे आज देस को प्रधान मण्त्री छ ।
यि एस्ता कुरा हरु हामी हासी हासी सहेर् बसेका छौ ,के हामी महान नेपाली जनता हौ …….?
मन परे हरियो, नपरे रातो
0
0
अलबिदा धमाला………………….
मन परे हरियो, नपरे रातो
0
0
malai biswas cha adalat le ramro decision garcha….
natra bhane ta nepal ma sabaile bomb patkaudai hidna suru gare huncha!
मन परे हरियो, नपरे रातो
0
0
Girija chai keee na na ma re ko a he leee sammma
मन परे हरियो, नपरे रातो
0
0
गिरिजा र बाम्देब दाहिने भएपछी धमला लाई कसैले हमला गरेर केही हुने वाला छैन ।
मन परे हरियो, नपरे रातो
0
0
Ramro Decision aatinai ramro decision we are very happy with Judge Min Rayamajhi…thanks brother you did awesome job this time….Hope,Girija,Bamdev will not big crazy after they hearing this kind decision about Dhamala-Ghamala!! Hope not, Yo decision le desh ko ra janata ko samman gareko chha! thanks again judgement group!
Megh Singh Adhikari
USA!
मन परे हरियो, नपरे रातो
0
0
बल्ल जनमुखी निर्णय सुन्न पाइयो। मोरो धमला-महतोहरुलाई जेलमै कुहाउनु पर्छ, सालेहरुलाई औँसा-कीराहरुले पनि घ्रिणा गारोस, नखावोस। धमलाले राज्यलाई चुनौती दिएको थियो, खुच्चिङ खाइस देशद्रोही धमला पाजी……….
मन परे हरियो, नपरे रातो
0
0
धमला दोसी नै देखिन्छ । एस्लाई हदै सम्म को कारबाही हुनुपर्यो न्यायधिस ज्यु । नत्र धमलालाई फसाउन खोज्ने को हो पत्ता लगायर कारबाही गर्नुपर्यो । जनता हदै सम्मको कारबाही चाहन्छ।
शिव हरी
मन परे हरियो, नपरे रातो
0
0
बल्ल पर्यो धमला कनुन्ko फन्दआ म । हामी लाई सर्बोछ अदालत राजनीति भन्दा माथि रहेछ भन्ने अनुभुती मिलेको छ
बिष्णु अधिकारि
यापलतन
मन परे हरियो, नपरे रातो
0
0
नेपालको कानुन आँफै आँफै जानुन ।
पापी धमल गरयो हमला ।
मन परे हरियो, नपरे रातो
0
0
Thanks for the reporting
मन परे हरियो, नपरे रातो
0
0
यो बिषयमा धमला, रामशुभक महतो र वीरेन्द्र केएम लगायतको अपराध प्रमाणित भयो भने अब राज्यको कानूनलाइ खेलौना बनाएर ग़लत अभिष्ठ पूरा गर्ने फ्रीडम फोरम र यिनिहरूको पक्षमा बहस गर्ने कालाकोटे संविधानविद् भीमार्जुन आचार्य, हरिहर दाहाल, बद्रीबहादुर कार्की, शेरबहादुर केसी, माधव बाँस्कोटा, रामकृष्ण निरौला, टीकाराम भट्टराई, दिनेश त्रिपाठी आदि लाइ पनी राज्यले कडा भन्दा कडा कारवाही गर्नु पर्छ होइन भने यिनीहरुको यो “आए आंप गए झटारो” परविर्तिले अपराधिहरूलाइ मनोबल पुग्ने छ र शान्ति सुरक्षा मा सधै वाधा उत्पन्न हुने छ !
मन परे हरियो, नपरे रातो
0
0
awesome
मन परे हरियो, नपरे रातो
0
0
Tkanks for the reporting.Its great!
Malai aaja matra po yesto feel bho ki nepal ma pani adalat chha, satya tathya kuro bahira aauchha bhanera.
Mathi arka sathi le bhanejastai, wagle, ani khume lagayat bhrastachari neta ko case ma pani yestai bhaidiyeko bhaye…
मन परे हरियो, नपरे रातो
0
0
सर्बोच अदालत भनेको लहड्को आधारमा कसैको पक्ष र कसैको बिपक्षमा निर्णय वा आदेश गर्ने निकाय होइन। संबिधान र कानून बाहिर गएर निर्णय गर्न सक्दैन न त अदालतले कानून बनाउने हो। प्रस्तुत बन्दिप्रत्यक्ष्यिकरण्को रिट्मा अधिकार प्राप्त अधिकारीले कनून बमोजिम गरी बन्दी बनाएको छ कि छैन अदालतले त्यही जाच्यो,संबिधान एबम कानून्को खिलाप देखेन, रिट खारेज गर्यो। यस्को अर्थ यो होइन कि अदालतले सरकारलाइ जितायो अनी धमला महतोहरुलाई हरायो।धमला,महतो लगायत्को मुद्धा अनुसन्धानको क्रममा छ।तत्काल प्राप्त प्रमाणहरु आनुसन्धानकोलागि पर्याप्त भएपनी भोली अभियोग प्रमाणित् गर्न पर्याप्त होलान नहोलान? राज्यले कसैलाई हिरासत्मा लिदैमा अपराधी हुँदैन। न्यायिक आदेशले दण्द सजाय नभएसम्म अभियुक्तलाई निर्दोश मानिन्छ। यदी धमला, महतोहरु आतंककारी एबम बिध्वन्सात्मक कृयाकलापमा लागेका हुन भने तत्तत्सम्बन्धी नेपाल कानून बमोजिम अभियोग लगाइयोस। अनुसन्धान अधिकारिले मेहनत गरुन, कसैको प्रभाभ्मा नपरुन र राज्य वा सरकारले पनि अनुसन्धानको लागि चाहिने सबै खाले सहयोग दिओस ता कि उनिहरु भोली न्ययिक निर्णयका क्रममा नऊम्कौन। होइन भने हात्ती आयो हात्ती आयो फुस्सा हुनेछ र केबल सरकारको पुर्वाग्रहले धमला,महतोहरुलाई केही दिन कानूनी परीबन्दमा पारी दु:ख दिन खोजेको रहेछ भन्ने मात्र देखिन जानेछ। नयाँ नेपालमा दुधको दुध पानीको पानी देखन सबैले पाउन ।
मन परे हरियो, नपरे रातो
0
0
Please let GIRIJA know about the SC decision and can someone ask him what is HIS relation with infamous Dhamala and also relation between her daughter and Dhamala. Did her husband know about their relation (whatever).
मन परे हरियो, नपरे रातो
0
0
I think SC gave a very great verdict based on evidence on record.But, I feel the Government Pleader/Government Lawyers argued very well. SC is not a place where they have to place all the materials and see whether Dhamala is guilty or not. The question is only to decide whether prima facie, there is any evidence against him to prosecute him under Arms Act. It has been satisfied as per evidence.
मन परे हरियो, नपरे रातो
0
0
Thank you Umesh Ji for the detailed information about today’s discussions in the Supreme Court in Nepal. It is truly appreciated.
Secondly, looks like the govt. advocates are really poor guys. Why don’t govt. hire a smart advocate?
Let us hope the judiciary will give justice to all.
Krishna
मन परे हरियो, नपरे रातो
0
0
आज बल्ल पो थाह भयो कि नेपालमा पनि आदलत रहेछ र कानुन आनुसार काम पनि हुदो रहेछ धन्य पशुपतिनाथ्………………………. तर खुम बहादुर खड्का र चिरिंजिबि वाग्ले माथि पनि येस्तो निर्णय भयको भय ……………………………….. देशमाथि गद्दारि गर्नेको मनोबल येस्तो हुदैनथो ढिलै भयपनि राम्रो काम बधाइ छ नेपालको इतिहासमा…………………………..
मन परे हरियो, नपरे रातो
0
0
I think the decision given by the supreme court is a symbol of some good changes in Nepal’s politics…Lets hope for the best…PEACE!!!
मन परे हरियो, नपरे रातो
0
0
dhamala aaba kanoon ko haat bata bachne chaine. thiyo ta abba lagcha pakka ho.
मन परे हरियो, नपरे रातो
0
0
The supreme court give the right decision about the Dhamal case. We are peoud that we can get the right justice.
Bishnu Adhikari
Sheboygan USA
मन परे हरियो, नपरे रातो
0
0
Thanks for the reporting of what happened in the court…
मन परे हरियो, नपरे रातो
0
0
यँहाले सरकारी वकीलको जुन फितलोपनाको प्रश्न उठाउनुभएको त्यो जायज छ।
प्राय:जसो मुद्दाहरुमा सरकारी वकीलको कमजोरीपन देखिन्छ। न्याय जस्तो अति गहन विषयमा सो मुददा माथि होमवर्क गरने चलन कमै छ। अध्ययन, अनुसन्धान र नजीरलाई राम्ररी नहेरी वहसमा उत्रेको थाहा पाएको छु। आफुले पनि
दुईचार वहस र मुद्दा सुनवाई हेर्ने अवसर पाईयो। यसो भएको कारणहरुमा सरकारी वकीलको अभियोजन असक्षमता, अकर्मण्यता, एकातिर ढल्कने
प्रवृत्ति वा भनौ अभियुक्तहरु प्रति वा व्यक्तिगत र राज्यका केही प्रभावशालीका स्वार्थरक्षा, र आफ्नो कामलाई त्यति गंभीर रुपमा नलिने। पचांयत व्यवस्थाले सबै तरिकाबाट न्यायपालिकालाई ध्वस्तँ पारेको साक्षात देख्दादेख्दै त्यसैलाई मलेर वा प्रभाव पारेर फायदा उठाईरहेका हरुले त्यो मान्न तयार छैनन। के हामी कहाँ स्वतंत्र न्यायपालिका छ त? यदि भए यसको सक्षमता र दक्ष जनशक्तिको प्रयोग भएको छ त? अदक्ष न्यायपालिकाले पस्केको न्यायमा निष्पक्ष नहुने आशंका रहिरन्छ। चेक एण्ड व्यालेन्स,प्राकृतिक न्याय सम्पादन र न्याय तुहेको पुनार्वलोकन हुने भन्नेमा शँकै शँका देखिन्छ।
सरकारी र एनजीओमा जागीर खाएर मै मात्र खाऊँ, मै कमाँऊ, छोराछोरी अमरिका, अस्ट्रेलिया र विदेशमा पढाऊ जसरी भए पनि भन्ने होड चलेको छ हामीकँहा अहिले। भ्रष्ट र घुस खाएकाहरुलाई हामी समाजमा प्रतिष्ठित ठान्छौ। धन कमाउने मात्र उदेश्य भए किन सरकारी जागिरमा ताकनुपरेको होला? व्यापार व्यवसाय गरे भईहाल्थ्यो। सर्वोच्च अदालतले समेत एन.जी.ओ. खोलेर मागीखाने भाँडा वेशर्म भएर विदेशीहरुका अघि तेर्साएका समाचार हालैमा पढेका छौ।
न्यायधीश जस्तो गरिमामय पदमा रहेर अदालतले औलो उठाएका व्यक्तिलाई
केही राजनैतिक दलहरुको धुलमिलमा उपराष्ट्रपति चुने, हाम्रा प्रवुद्ध नागरिक,
जनताको चेतना झकझकाउने प्रेसमेडियाले चटटै विर्रसिदिए दलहरुको यो
जिम्मेवारीहीन कार्य। श्री परमान्द झा वाहेक फोरमका अर्का योग्य व्यक्ति थिएनन? एमाले र काँग्रेसको के हो त जिम्मेवारी वहन? वहस हुन पर्रने यस्ता विषयमा। लक्ष्य हुनपर्ने ती दलहरुलाई जसले धुलमिलमा चुनाव गरे।
हाम्रा पत्रकार मित्रहरुले न्यायपालिकाको काम कार्वाहीमा पनि लेखलेखनी,
सुधार सुझाव र समाचार आलोचना निष्पक्ष रुपमा लेख्दै रहनुहोला। देश
यो सक्रमण कालमा गुज्रिरहेको वेला न्यायपालिकाले के भुमिका खेल्नपर्ने?
टायर बालने र जुनबेला पायो त्यहीबेला जथानाम बन्द र हडताल गर्नमा सर्वोच्चले
जनहितको नाममा कडा प्रतिवन्ध लगाउन र उलँघन गर्नेलाई सख्त सजाय
दिनसक्नपर्छ। त्यसको लागि व्यवस्थापिकाको मुख ताकनु पर्ने छैन। सविधान
प्रदत्त नागरिक हितको निम्ति सर्वोच्चले passive भएर होइन तर सक्रिय भएर
नागरिक हकको सुरक्षामा ध्यान दिनपर्छ।
नेपालको मुटु भनिने राजधानी काठमांडौ शहर फोहोर मैलाको पहाड बनिदा र
त्यसबाट फैलिने रोग बाट वचाउन सुप्रिम कोर्टले मुददा दायर कुरेर बसेका हुन
वा आफ्नो वृहततर रुपमा नागरिकको हितको सुरक्षा गर्ने सबैंधानिक कर्तव्यबाट
विमुखा भएका हुन ती रोवधारी न्यायपालकहरु नै जानुन। तर आशय के भने
न्यायपालिका अन्धो त भए भए, वहिरो र विकलाँग हुनभएन।
मन परे हरियो, नपरे रातो
0
0
We need rule of law. Without rule of law people have cannot get security. Now government has no right to release the Tarai or Pahadi teror groups. Everyone should get punishment. Now door is open past who had killed people they could also get punishment. We hope government has no right to give pardon whether t Tarai or Pahadi terrror groups. First should human rigths should investigate. Who is guilty that footprint should take in table.
मन परे हरियो, नपरे रातो
0
0
तर…. ब्रों यिनी हरुले ‘नजिर’ बनाउन त पाउछन्न नि हैन र …….?अनी त्यो नजिर पनी कानुन सरहँ अर्को फैसला मा लागु पनी गर्छन्, तपाई भनुहुन्छ सर्वोच्च अदालत र अन्ये… छोटे अदालत हरुले कानुन बनाउदैनन्न ! के भने को बुजेन हो मैले …….त !!
*रोशन GRG
*दोहा कतार
ya1235_63@yahoo.com
मन परे हरियो, नपरे रातो
0
0
त्यों मति भ्रष्ट प्रजातंत्र बादी भनाउदा नेता हवल्दार गिरिजा चोर प्रधान मंत्री भएको भए,ऋषि सीसी सब हनुमान ढोका नपुग्दै छाती फुलाउन पाईन्थ्यो होला,जे होश कही मात्रमा भए पनि न्यायालय ले जनताको आँखामा छारो हाल्ने र झारो टाल्ने प्रयाश चंही गरेको मान्नै पर्छ,की कसो हो?
मन परे हरियो, नपरे रातो
0
0
oookil haroo le dhamala ko paisa amla khaye jasto khaye.
मन परे हरियो, नपरे रातो
0
0
The questions should not be about whether the warrant was correct or not, the crux of the point should be that whether Dhamala had conducted the Crime. If so, he has to be nailed down, whoever he is. I think he has to be punished based on the proofs, but not on anyone’s ill intention. What the lawyers supporting Dhamala are not saying is that he is innocent, he didn’t involve in such activities; funny enough they are saying- the way he was kept in captive was wrong. Come on- for the criminal, particularly involving in bombing, killing and violence, I suggest even warrant shouldn’t be needed given that our police and securities are dutiful and true.
All the best, Rajan, Hamburg, Germany
मन परे हरियो, नपरे रातो
0
0
अब गिरिजा र बाम्देब लाई पनि जेल मा हाल्नु पर्छ धमला संगै।
मन परे हरियो, नपरे रातो
0
0
नेपालको वोकिलहरु पैसा पाय भने आफ्नै छोरी बेच्ने दलालको पक्षमा बहस गर्न पनि पछी हट्दैनन
मन परे हरियो, नपरे रातो
0
0
रामशुभक महतो र वीरेन्द्र केएम लगायतको अपराध प्रमाणित भयो भने अब राज्यको कानूनलाइ खेलौना बनाएर ग़लत अभिष्ठ पूरा गर्ने फ्रीडम फोरम र यिनिहरूको पक्षमा बहस गर्ने कालाकोटे संविधानविद् भीमार्जुन आचार्य, हरिहर दाहाल, बद्रीबहादुर कार्की, शेरबहादुर केसी, माधव बाँस्कोटा, रामकृष्ण निरौला, टीकाराम भट्टराई, दिनेश त्रिपाठी लगायत गिरिजा र बाम्देव आदि लाइ पनी राज्यले कडा भन्दा कडा कारवाही हुनै पर्छ। धमला को पक्षमा बोल्ने सबैलाई झुन्ड्यानुनु पर्छ। अहिले लाई यत्ती बुझ्नुस् !
मन परे हरियो, नपरे रातो
0
0
अ साच्ची नेपाल म झुन्ड्याउने कानुन छ कि छैन !?
मन परे हरियो, नपरे रातो
0
0
पुष्पराज जी
नेपालमा सिधै घाटिमा डोरी लगाई झुन्डाउने कानुन नभये पनि साले ति पखन्डी हरुलाई खुट्टामा डोरी लगाइ उल्टो झुन्डाउन त सकिन्छ होला नि।
अहिले लाई एतिनै बुझ्नु होस्।
उही साधुराम सुकुम्बासी
मन परे हरियो, नपरे रातो
0
0
मित्र, सुकुम्बासी नाम राख्दैमा अस्लील शब्द नै प्रयोग गर्नुपर्छ र ?
एही कुरा सभ्य भाषामा भने हजुरको के जान्छ र?
मन परे हरियो, नपरे रातो
0
0
are they really poor? or, pretend to be poor. coz there are people out there who want mr. Dhamala to be proved innocent.
मन परे हरियो, नपरे रातो
0
0
ठीक भन्नुभयो । नाम चलेका कालाकोटेहरुको नियत पनि बुझियो।
मन परे हरियो, नपरे रातो
0
0
I agree with Morakana,
let’s hope it will continue in the future too. I realize Nepal is going to be a real new nepal in legal aspect
Shyam
KTM
मन परे हरियो, नपरे रातो
0
0
झुन्ड्याएर मार्न पो पाइदैन, झुन्ड्याउन मात्र त पाईन्छ नि ।
मन परे हरियो, नपरे रातो
0
0
thik kuro ho mitra, laddu khanu parla
मन परे हरियो, नपरे रातो
0
0