मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    धमलाको पक्षमा 'पापड' पनि

    काठमाडौँ लगायत देशका विभिन्न स्थानमा विस्फोट गराउने भूमिगत सशस्त्र समूह रणवीर सेनासँग साँठगाँठ भएको आरोपमा प्रहरीले हिरासतमा राखी अनुसन्धान गरिरहेका रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाको पक्षमा शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले आज एउटा वक्तव्य जारी गरेको छ। हिजो मात्रै धमलालाई कानुन अनुसार नै हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतको विशेष इजलासले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्ने फैसला गरेको थियो।

    पापडको वक्तव्यमा धमलालाई षड्यन्त्रपूर्वक ढंगबाट फँसाउने प्रयास भइरहेको आभास भएको भन्दै धमलामाथिको सुनुवाई
    प्रक्रिया जतिसक्दो छिटो पूरा गर्न सरकारसँग आग्रह गरिएको छ। पापड ज्ञानेन्द्रको शासनकालमा सक्रिय रुपमा आन्दोलनमा उत्रिएको वकील, चिकित्सक, प्राध्यापक, इञ्जीनियर, पत्रकार आदि पेशागत संघसंस्थाहरुको सञ्जाल हो। वक्तव्य जस्ताको तस्तै पढ्न भित्र आउनुस्।

    संयुक्त प्रेस विज्ञप्ति

    मितिः २०६५ फाल्गुन ९

    पछिल्ला दिनमा मुलुकका विभिन्न भागमा प्रेस स्वतन्त्रता हननका घटना बढिरहेका छन्। प्रेस स्वतन्त्रता हननका विषयलाई लिएर सिंगो नेपाली सञ्चार जगत र नागरिक समाज आन्दोलनमा उत्रिएको छ । प्रेस स्वतन्त्रताको आन्दोलन जारी रहेकै बेला
    अपराधिक गतिविधिमा संलग्न भएको आरोप लगाउँदै प्रहरी प्रशासनले रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई गिरफ्तार गरेको आज १८ दिन बितिसकेको छ । अनुसन्धान प्रक्रिया पूरा नभएको बहानामा पत्रकार धमलालाई हालसम्म पनि थुनामै राखिएको छ ।
    प्रमाण जुटाएर गिरफ्तार नगरी प्रहरीले पत्रकार धमलालाई गिरफ्तार गरेर प्रमाण जुटाउने प्रयास गरिरहेको छ । स्वतन्त्र पत्रकारितामाथि हुने हस्तक्षेप हाम्रा लागि कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन । हामी कानूनी राज्यको पक्षमा छौं । कानुन प्रतिकूल हुने गरी कसैले काम गर्छ भने कसैले निश्चय नै ऊ सजायको भागि बन्नुपर्छ । तर पत्रकार षड्यन्त्रपूर्वक ढंगबाट फसाउने प्रयास
    भइरहेको आभास हामीलाई भएको छ । हामी पत्रकार धमलामाथीको सुनुवाई प्रक्रिया जतिसक्दो छिटो पुरा गर्न सरकारसंग आग्रह गर्दछौं ।

    अन्तमा, हामी शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सम्बद्ध संस्थाका प्रतिनिधिहरुको तर्फबाट धमलामाथिको सुनुवाई प्रकृया चाडो गर्न र अनुसन्धान प्रकृयामा कुनै द्वविधा उत्पन्न हुने काम नगर्न हामी जोडदार माग गर्दछौं ।

    चोपलाल भूषाल अध्यक्ष नेपाल चिकित्सक संघ
    धर्मेन्द्र झा सभापति नेपाल पत्रकार महासंघ
    हरिप्रसाद उप्रेती उपाध्यक्ष नेपाल बार एशोसियसनर्
    इ.किशोरकुमार शाक्य अध्यक्ष नेपाल इञ्जिनियर्स एशोसियसन
    रामेश्वर उपाध्याय महासचिव नेपाल प्राध्यापक संघ
    केशवप्रसाद भट्टराई अध्यक्ष नेपाल शिक्षक संघ

    No related posts.

    42 comments to धमलाको पक्षमा 'पापड' पनि

    • yo dhamala ko news ma comment lekne jati 41 jana le nai gaali garechhan ba!!!
      Dhamala ta paapi nai rahechha jasto chha …

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bibash

      if mr dhamala is really crimer give him sentence bcs in nepal any government , cannt do anythings. so give him strong punish. u have to show the nations true rules & regulations with the helps of law & orders. otherwise why you are going to interrupt to investigate for police. give him fair investigate. and i think mr dhamala is not real journalist. he only follow the political leaders , un necessary propogandial news in magazines. so plz give gair investigations to the police….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Mitra

      This PAPAD is just a gang of congressi owls. After all Dhamala was being groomed by congress to fight next election to the assembly.

      Actually, most of the journalists now say that everybody knew Dhamala to be doing some shady deals. now he is caught.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sani

      Hare PAPAD DHAMALA lai JHAPAD hannuko satta ajha uskai favor namildo baktabya nikalchau.?? dhanya timiharu DHAMALA ka DUPLIKET HARULAI………??DHIKKAR 6 timiharulai…….??
      PAPAD,kahile ,kasko paula timiharule JHAPAD??
      Ani matra hamro deshma shanti authyo ki????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Himal

      को-को हुन त पापडका सद्स्यहरु जसले धमला जस्तो खुलेआम अपराधीलाई राज्य / सरकारले फसाएको देख्छन ?

      चोपलाल भूषाल अध्यक्ष नेपाल चिकित्सक संघ – यी व्यक्ती काङ्रेसी नेत्री पुष्पा भुसाल जो अर्घाखाँची 2 बाट सभासद छिन का आफ्नै पति परमेश्वर हुन र काङ्रेसका वफादार कार्यकर्ता तथा नेता पनि ।

      धर्मेन्द्र झा सभापति नेपाल पत्रकार महासंघ – काङ्रेसी पत्रकार महोदय ।

      हरिप्रसाद उप्रेती उपाध्यक्ष नेपाल बार एशोसियसनर् – यी पनि कङ्रेसी वकिल साब हुनुपर्छ ।

      इ.किशोरकुमार शाक्य अध्यक्ष नेपाल इञ्जिनियर्स एशोसियसन – कङ्रेसी ईन्जिनियर जस्ले आफुलाई डेमोक्रात भन्न रुचाउछन ।
      रामेश्वर उपाध्याय महासचिव नेपाल प्राध्यापक संघ – कङ्रेसी प्रोफेसर साब ।
      केशवप्रसाद भट्टराई अध्यक्ष नेपाल शिक्षक संघ – काङ्रेसी संघ

      पापड भनेको काङ्रेस पार्टीलाई सहयोग गर्ने भात्री संघ-संस्थाहरुको सन्जाल हो भनेर चिन्न पाठक साथीहरुलाई अब गाह्रो नपर्ला । गिरीजाले “धमलालाई फसाएको” अभिव्यक्ती दिनु र त्यसको केही दिनपछी पापड लगायतका समुहहरुद्वारा प्रेस वक्तव्य आउनुले पक्कै पनि दालमा कालो देखिन्छ ।
      हिमाल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nidesh

      कुनै एक दिन धमला को पक्ष मा mysansar भयो भने पनि मलाई शायद अचम्म नलग्ला । अदालत हुँदा हुँदै किन अरु जान्ने हुन्छन यो देश मा । शायद द्न्द हिन्ता को कारण ले होला ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Radhe Shyam Duwadi

      जो जस्ले जे बोले पनि उच्च ओहोदामा रहेकाले छुटाउनको लागि साथ दिन्छन भने कस्को के लाग्छ र? यस्तै छ नेपाल। बेलामा नेतालाई गुन लगाइयो भने अपराधी पनि निर्दोसी ठ्हर्छन भन्ने उदाहरणहरु धेरै देखिएकाछन्।स्याम्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जुन चोर उशको ठुलो सोर । कुते चोर हरु बाचाउन लागि परेको हेर ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Basanta Thapa,Maryland,USA

      चोरको खुट्टा काट भन्दा खुट्टा उचाले है देश मारा चोर,डाका,छेपारेहरुले लहरो कहाँ सम्म पुग्या छ् हेदै र पर्खदै गर्नुस अनी निसाना लगाउन सजिलो पर्छ \

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • साना

      चोरहरुको सञ्जाल रहेछ यो पापड भन्ने संस्था । तिमीहरु पदकै दुरुपयोग गरी जनतलाई भ्रमित पार्दैछौं । भन ए चोरहरु, तिमीहरुले धमलाले उठाएको हप्ताको रकमको कति प्रतिशत लिने गरेका छौं ? तिमीहरुको यो कर्तुत सार्वजनिक भयो भने सावधान, तिमीहरुलाई जनताले ठेगान लगाउने छन् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • buddha

      श्री……….,
      म यस् मेरो संसारको नियमित पाठक हुँ। तपाईंका हरेक समग्रीहरु मलाई एकदम मन पर्छन। आज केही लेखु जस्तो लागेर मात्र।
      जहाँ सम्म प्रेस स्वतन्त्रताको कुरा यहाँ आएको छ। त्यो प्रेस स्वतन्त्रता नभएर होड्बाजी मात्र हो। किनकी यहाँ कसले के बिगार्छ र कसलाई कसरी के भन्ने भन्ने कुराको सधै होड्बजी चली रहन्छ। नेपाली जनताको स्वतन्त्रता स्वभिमान प्रती र मातृभूमीलाई घात गर्ने मुद्दा लागेको मान्छेलाई मुद्दाको टूङो नलाग्दै हरेक क्षेत्रबाट निर्दोसको कामना गरिनुले प्रस्ट हुन्छ कि यसमा प्रतछ्य वा अप्रत्छ्य हरेक सँघ सस्था पनि सन्लग्न रहेको आभस हुन जान्छ। बल्ल नेपाली जनताको प्रहरी प्रतिको विश्वाश पलाएको बेलामा यस्ता अनेकन अड्चनहरु पैदा हुनुले प्रहरी मात्र नेताहरुको र सम्भ्रान्तहरुको खेलौना भएको प्रस्ट हुन्छ। निर्णय गर्नेकाम अधालतको हो। राष्ट्रघाती प्रमाणित भएमा ति नेताहरु, संघ संस्थाहरुलाई कसरी हेर्ने नि? बिकासको र राम्रा खबरहरु पनि त छन् नि तर कसको चासो जान्छ र अनी तेस्ता खबरहरुको मुल्य पनित कम होलान नि हैन? सबै पत्रकारहरु मिडियाका प्रतेक सन्जालहरु ति तेस्ता बिसएको पछी लाग्छन अनी समाचारको दुनियाँमा होड्बजी गर्छन्। प्रहरी तथा राष्ट्रको गोपनियता हुनु जरुरी छ तर तिनै …… हरुले गर्दा देशका महत्वपूर्ण सुचनाहरु अन्तरराष्ट्रिय स्तरमा नाङो बनाउने काम गर्छन्। प्रेस स्तन्त्रता हुनु जरुरी छ तर राष्ट्रघात हुनु भएन। नेपालमा जती प्रेस स्तन्त्रता अन्एत्र पाउन निकै कठिन छ। सदुपयोग हुनु पर्‍यो दुरुपायोग हैन। “नेपालको कनुन दैबले जानुन” हैनकी सबलाई बराबर छ भन्ने विश्वाश हुनु पर्छ। प्रहरिलाई मज्बुत र सबको विश्वाशको अङग बनाउनु पर्छ अनी प्रहरिले पनि जनताको विश्वाश जितेर देखाउन सकेमा बल्ल सन्तिको सास फेर्न सकिन्छ। तर के गर्नु प्रहरी भनेका मात्र नाटकका पात्र हुन। “निर्देसक अनी सम्पादक त कोइ अरु नै छन।”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh babu shrestha

      वोहो हाम्रा बुद्दी जिबी भनाउदा हरु को ताल्।।।।।।

      ल ल गिरिजा ले जता जुन ताल मा बजायो तेही ताल
      मा मच्ची मच्ची बज्नुस् एसै गरी तपाई हरुको अस्तितो
      रहनेछ र भोली का कर्णधार हरु लाई पनि एस्ले सुमार्गमै
      लग्ने निस्चित छ।
      छ्या ,,,,,,,,,,,,,,,,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BHIM YONGHANG

      हे पापड्का नाइके हो , त्यो देश द्रोही धमलाको पछी नलाग है, जनता को झापाड पाउला नि। हिजो अस्ती भर्खरै धमला लाई कानुनी मुक्का पाएको बिर्सियो कि क्या हो । अब पनि तेस्को वकालत गर्दै हिडिस भने अब चाँही जनताले हात मा दही जमाएर बसेको छैन भनी अहिलेलाई यती नै भुज्नु पर्‍यो ।
      उही साधुराम सुकुम्बासी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dhamal hos ya jo hos papad jasto maryadit sasta le pani damal lai sath dinu bhaneko nepal ma kasilai pani punishment dinu hudina bhaneko ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saroj

      यो देश यस्तै कुकुर हरु ले चलेको छ । तेसै ले त सामान्ने जनता कोही पनि यहाँ बस्न सक्दैन र रुचाउदैन पनि। यि पापड अनी तो बहस गर्ने वोकिल हरु को झुन्ड जो आफू लाई महान भनेर चिनाउन खोज्छन वास्तव म यो देश लाई चुडेर खाने स्याल हुन । अपराधी सँग बयान लिदा पनि को को उकुस मुकुस हो यिनी हरु लाई । यि पनि तेही जस्ता राष्ट्र का अपराधी हरु हुन मात्र फरक यो हो कि यिनिहरु को पोक्था सबुद फेल परेको छैन। तेही भएर एस्तो झुन्ड बनाएर एक आपस को बाचाव गरी रहेक छन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bnay rajbhandari

      ‘PAPAD’ lai ‘JHAPAD’ pugena ki kya ho?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राजु, अष्ट्रेलिया

      आज पापडले, भोली रोटीले अनी पर्सी तरकारीले गर्दै सबै अन्नले सपोर्ट गरुन, तर अदालतले गरेन के रे !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Binod

      हे बुद्धिजिबी भनौदाहो आफ्नो सोबिबेक प्रयोग गरेर बोल्ने गर । सधैं मतीभ्रस्ट र यो देश लाई रसातल्मा पुर्याउने हरुको सेबक बन्ने कोशीश नगर.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सोच्‍नेले नसोचे पछि, बुझ्‍नेले नबुझे पछि, गर्नेले नगरे पछि कसको के लाग्‍छ र ।

      तर गल्‍ति हाम्राे पनि छ। सालेहरू सबैलाइ भुट्नु पर्ने ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • भक्तपुरे

      पापड जस्तो महामानवहरुको सन्जाल संस्थालाई “आभाष” लाग्नु काफी छ । त्यसैले धमला महोदय लाई वाईज्जत थुना मुक्त गर्नु पर्छ । त्यस पछी उनले राज्य विरुद्ध क्षतिपुर्तीको मुद्दा हाल्नु पर्छ अनी भराउनु पनि पर्छ ।

      - वहाँहरुले भने झैं, पछी प्रमाण जुटाउनै हुँदैन । गिरफ्तार गर्ने बित्तिकै – ठ्याक्कै – प्रमाण जुटाउने काम रोकी हाल्नु पर्छ । जुन प्रमाणको आधारमा गिरफ्तार गरिएको हो “तँ बम पड्का म जिम्मा लिन्छु” भन्ने जस्ता बोलिहरु कदापी काफी छैनन ।

      - हो दुविधा उत्पन्न गर्नै पाईदैन, प्रमाण नष्ट गरी हाल्नु पर्छ ।

      - धमला महोदयको मुद्दामा दुई दिन मै मुद्दा किनारा लगाइहाल्नु पर्छ । किनकी यो २ – ४ जना मारेको र २ – ४ वटा बम पड्काएको मुद्दा न हो । फेरी तेत्रा ठुला वकिलहरुले धमलाका पक्षमा बहस नै गरिसकेका छन ।

      - बडो महान अनी क्रान्तिकारी वाक्यहरु फुर्दो रहेछ, बार समेतको सहकार्यमा ।
      - वहाँहरुलाई बल्ल कानुनी शासनको याद आएछ । यि सबै महामानवहरु कान चिरेकै छन जस्तो छ, धमलाको जस्तै ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • धमला लाई पापद होइन कडा झापाद दिनुपर्छ ताकी पछी कसैले पनि पत्रकारको नाउमा एस्तो देश्द्रोही काम नगरोस/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नोगेन हांग

      उमेश जी,
      यसरी प्रेष बक्तब्यहरु ब्लगमा राख्दा संगसंगै, उक्त बक्तब्य संग सम्बन्धित फोन, फ्याक्स नम्बरहरु पनि जुटाएर राखी दिए कसो होला, ता की देश बिदेशमा रहेका इच्छुक सज्जनहरुले आफ्नो सल्लाह ,सुझाब, बिरोध, र्समर्थन ,दबाब हरु ठेली पठाउन सकुन…….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • MD

      पापड पनि गिरिजा कै हनुमान हो। स्वोतन्त्र संगठन होइन यो आस्चर्य ठान्नु पर्दैन। तर पढेलेखेका मान्छे को हुल हुनाले यस्ता बक्तबे निकाल्नुभन्दा पहिले दश पटक सोच्नु पर्ने हो।
      महेश देबकोटा
      यू.के
      mr_devkota@hotmail.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मेरो बिचार मा “पापद” को कुरा तेती असान्दर्भिक त होइन तर,अलिकती समर्थन को गन्ध चाँही छ है। साथी हरु ले यो कुरा लाई कसरी बुझ्नु भये को छ कुन्नि???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kanuni prakriya ma nyayadhis le ghus khanu vaena dudh ko dudh pani ko pani chtyau hai judge mahodaya haru la
      ani arko kura nepal ma nyayapalika lai prabhab parne kam kunai byakti sangathan party paisa le nagaros

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kishan

      पापद लाई पनि हान झापाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • niru kharel

      गिरिजा देखी बाम्देब गौतम सम्म
      पापड देखी भिजेलान्ते पत्रकार सम्म
      धमला देखी महतो सम्म
      बम कान्ड देखी फिरौती सम्म
      आखिर के पो रह्यो र नहुने अचम्म ?

      खुम बहादुर देखी चिरिन्जिबी सम्म
      फोरमानन्द देखी चरेस कान्ड सम्म
      बबन सिन्ह देखी हत्या आतंक सम्म
      आखिर हामी जानेहो अब कहाँ सम्म?

      अरुपनी कोहिछौ यस्ता परिचय हरु ?
      नामै सुन्दा लाजलाग्ने यस्ता नाम्हरु ?
      कालो सुचिमा दर्ता हुने छौ अरुहरु
      जो छौ देशका तिखा तिखा काडाहरु

      बाच्ने तिमीहरुको अधिकार छैन यो भुमिमा
      कती आहाल खेल्छौ हो सहिद्को रगत्मा ?

      जागौ नेपालीहो अब कोरौ एक ईतिहास
      मेटाउ यस्ता घ्रिनित नामहरु अबसेस पनि नरहने गरी
      हामी फहराउ अब यो देशको झन्डा हिमाल छुने गरी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      उमेश जी,
      “प्रमाण जुटाएर मात्र गिरफ्तार गर” भन्ने माग सभ्य समाजको माग हो !
      सरकारको वा प्रहरिको ढिला-सुस्तिको बिपक्षमा उभिदैमा त्यो समुह धमलाको पक्षमा गयो भन्नु युक्तिसंगत हुँदैन!
      तेसो त ९९% नेपालीलाई अपराधीलाई हिरासतमा मात्र होइन कारगारमा नै हेर्ने इच्छा छ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jit Man Basnet

      Dear friends,
      The supreme court has given his verdict over this issue. The investigation process is going on. Whover has done any crimes or there is possibilities of his involvement, he has to bring in to the trial. As per the existing laws, the police has rights to arrests him giveng reason. The CDO office is right jurisdiction regarding this case in which Supreme Court has spoken.
      Now a days, in Nepal, we have bad system being imposed in the name of so called “Press” sometimes. Yes, there should be press freedom but crime and criminal activities have to stopped happened under the cover of press. Now a days, it seems, every one is taking shelter to the press after carried out crimes. Yes, we believe, Mr Dhamala, he will release, if he was not involved in the shown case.
      As far as PAPAD, it should not have better to speak infavour of a person and legal persucation, which is going on according to the law. We respect to rule of law. Not only a ordinary person, If there are President or Preme Minister or others known to have involved, they have to bring in to the trial according to the law. It is really strange that same guys sopeaking against the culture of impunity and on the other hand, same guys speaking in favor of this. If we look at the Press release of PAPAD, FNJ and voice of GP Koirala, we have some questions roaming in our mind.

      1. what is impunity?
      2. what is state mechanism?
      3. what is press?
      4. what is rule of law?
      5. who are people?
      6. what is the role of civil soceity?
      7. what do we need?

      The lady, who was injured at the Tribhuwan Airport on the Bomb Blast incident carried out by Ran Vir Sena, I think, she is looking for answer from the state and people of Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ghimire

      प्रजातान्त्रिक खोल ओढेका स्यालहरू को स्यालहुया हो यो| अब, धमाला माथी षडयंत्र भएको आभाष भएको छ रे पापाड लाइ|
      अदालतलाइ प्रभाव पार्ने अभिस्ट प्रयाश गरेर हाम्रा तथा कथित बुद्दीजीबीहरु ले किन आफ्नो सामूहिक बेइजेत गर्न खोजेका हुन कुन्नी|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • PUSPA KAFLE

      of course,he should only be kept in prison when police have adequate proof……keeping in custody and searching the proof is somewhat doubtful and suspicious whether it’s the conspiracy against Dhamala or not???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kishor, canada

      नेपालमा आफ्नो दस औंला खयार खाने भन्दा राजनीतिक दलको हन्डी खाएर बाच्ने मान्छे धेरै राहेचन, पापड ले पनि त्य्स्तो बिग्यप्ती निकल्नु भनेको नालाएकी पन भन्दा केही होइन, यो बिग्यप्तिले त्य्ही कुरा पुषती गर्छ । लौ हामी त स्वतन्त्र सँग बाँच्नइ नसकेर बिदेशिएको मान्छे, अबका दिन बिना राजनीतिक दलको सदस्यताको ब्यक्ती नेपालमा नजन्मनु नै बेस ! अझै कती नेपाल आमाका सपुतहरु चाएर वा नचाएर बिदेशिने हुन र जो जान सक्दैनन कती तिनी हरु को मन पोल्दो हो यो राजनीतिक दलको हरेक क्षेत्रमा हस्त्चेप अनी तिनका पहरेदारहरुको जुन सुकै कुरामा दलको ईशारामा औने बिग्यप्ती देखेर । मन त हाम्रो पनि बिदेश मै बसेर पनि पोलेको छ, तर गास बास र कपासको लागि लडाईं गर्दैमा फुर्सद छैन । कुन ठीक कुन बेठिक भन्दा पनि उन्का नाइकेले के भन्चन, त्यो नै ध्रुब सत्य, थुक्क पेशागत सन्जाल, नाम नै फाल्यउे नि तिम्रा मालिक को ईशारामा गुन्द्रुकको झोलमा ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • balak

      At that moment if anybody support to Dhamala or try to check realesing him they all are ‘BHARATIYA DALAL’. Be care of them.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • N. Sharma

      ढमला लाई पापडले भनोस कि थापाड ले भनोस केही फरक पर्दैन । यदी धमलाको यस केशमा सम्लगनता छ भने यमराज आए पनि बच्चाउन सक्दैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kancha

      sala sab chor haru… supreme court le decide garisakda pani feri yo chor harule kina bakheda jhikirako hola…aba yo press baktabya nikalyo bhandai ma court ko decide feridaina hola ta…feri tyo mahato le dhamala ko direction ma bomb haneko bhanisakepachi ani tyo phone record pani tiniharukai ho bhanne prove bhaisake pachi ta ali dherai yrs. jail ma koche po ta…aba ta paicha hola ni kochna lai..sab chor haru..desh lai kahile aghi jana nadine bho sala harule..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sante

      Not bad. “PAAPAD” didn’t say Dhamala is innocent. They are just saying everything should be under the boundries of LAW, which is not bad.

      However, whatever the police is doing is appreciating!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • 'रात'

      राम्रो कुरा हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anil k.Shrestha

      wa wa niru sahi kuro ho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gopal

      yes i also support u niru ji .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dahal

      नयाँ केही होइन ‘र’ का एजेन्टहरुले आफ्नो साथी जोगाउन खोजेका मात्र हुन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Resham Panthi, Arghakhanchi

      It is fact that all people who are leading the organizations in nepal, papad or whatever the organization is, are co-related and they wanna save eachother and papad is also doing the same thing.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ravi Rauniyar,Duhabi

      Dahal ji,
      u r absolutely right…these all Papad Sapad are RAW agents…Dhamal is a culprit…he must be booked under the law…we must give a strong message to such dalal….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker