मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सन्तोषको सास

    लुना

    लक्ष्यविहीन यात्रा झैँ लाग्ने सँधैको हतारो, सँधैको हतारो जिन्दगीबाट उसले प्राप्त गर्ने भनेको अपार्टमेन्ट हुँदै घर, त्यसपछि भौतिक सामाग्रीहरु हुनेछन्। यसको लागि प्रताप सँधै व्यस्त हुन बाध्य हुनुपर्नेछ , ऊ आफै पनि व्यस्त हुनु पर्नेछ। २-३ वर्षपछि सन्तान जन्माउने योजना छ उनीहरुको। दूधे बच्चालाई ‘ शिशु स्याहार केन्द्र’ मा राखेर आमा मान्छे काममा खट्नु परेको उसले देखेकी छ। शायद उसलाई पनि यसै गर्नुपर्ने होला। हुर्कँदै गएका सन्तान र मातापिताबीचको सम्बन्धमा कटुता आएको उसले प्रशस्तै सुनेकी, देखेकी छे। त्यो मातापिताले सन्तानलाई पर्याप्त समय दिन नसक्नुको परिणाम थियो। उसका भोलि बच्चा जन्मिएपछि प्रताप र उसले पर्याप्त मात्रामा समय दिन नसके त्यस्तै कटुता नहोला भन्न सकिँदैन। समाज उही हो, वातावरण उही हो, जीवन उही हो।

    अमेरिकामा एक से एक प्रतिभावान नेपालीहरु पनि नभएका होइनन्। उनीहरु एकछिनको सञ्चार माध्यममा बाहेक साँच्चैको नेपाली मनमा लेखिएका छैनन्। पाथी धानभित्र गहुँको गेडा हराए झैँ हराएका छन् ती विदेशमा। यस्तो सोच्दा उसले आफू र प्रतापको योग्यता, क्षमता, सपनाहरु अपार्टमेन्ट, घर, गाडी, भौतिक सामाग्रीको लागि मात्र प्रयोग भइरहेको महशुस गरी।

    ‘ अहँ, यतिको लागि मात्र म प्रताप र मेरो योग्यता, सपनालाई यो शहरमा बिलाउन दिन्नँ’ ऊ दृढ सोचमा पुगी।


    **************************

    सन्तोषको सास

    लुना

    ‘प्रताप ! लौ तिम्ले त सपिङ्ग नै गरेनौ छ नि। आज साँझ पाहुना बोलाएका छौ, खाना तयार गर्नुछ। अस्तिदेखिको हरियो सिमीबाहेक केही पनि छैन। सपिङ्ग लिस्ट त यहीँ पो छ त। ‘ उषाले कराउँदै फ्रिजभित्रको सिमीलाई टेबलमा राखी।

    फेरि कराई, ‘ प्रताप !!!!!!!!!!’

    प्रताप नुहाउँदै थियो बाथरुममा। जिउको पानी नपुछ्दै तौलिया हातमा लिएर दौडिदै आयो किचनमा।

    ‘ कस्तो लुगा नलाई आ’ को !!! लुगा ला’ र त आऊ !’ झस्किएर बोली उषा।

    ‘ लौ कता के नै भो झै गरी चिच्यायौ होस गुमाइ दियौ मेरो ! ‘ ऊ हाँस्दै लुगा लगाउन गयो र एकै छिनमा किचनमा आयो।

    टेबलमाथिको सिमी र लिस्ट देखाउँदै भनी ‘ आज को साँझ के खाना बनाउँ म ? मैले हिजै सिद्धिएका सामानहरुको लिस्ट बनाथेँ नि। अदुवा, खुर्सानी, कागती, गाजर, गोल्भेडा, पालुङ्ग, तिल, मुला, हरियो केराउ लेराउ भन्या होइन ? खोइ त, ‘ चिया कपमा खन्याउँदै उसले एकै सासमा भनी।

    ‘ ओ! म त सिधै टेनिस गए। सपिङ्ग जानै भुलेछु ! सरी!!! म्यानेज गर है जसरी सक्छौ। प्लिज !!!!!!!!!!!! अँ बरु, तयारी खाना मगाउ न त। हामी दुबैको ओटी पर्‍याथ्यो भन न है। उसले हतार मै चिया पियो र फेरि स्पोर्टस् सेन्टर गयो।

    ऊ त्यहाँको गेम टिचर थियो।
    ~~

    आज आइतबारको दिन नजिकतिरका पसल सुपरमार्केट बन्द थियो। सपिङ जानलाई सजिलो भएन उषालाई।

    हिजो शनिबार उषा ‘प्रौढ सेवा गृह’ बाट काम सिध्याएर अपार्टमेन्ट आइपुग्दा रातको ८ बजिसकेको थियो। प्रताप टेनिसबाट फर्केको थिएन। हप्ताको अन्तिमतिरको खेलमा रातको १-२ नबजी फर्किदैन थियो। त्यसैले एक्लै कच्याककुचुक खाएर निदाइ ऊ।

    आज चाँही छुट्टी थियो उसको, तर प्रतापको थिएन।

    अमेरिका जस्तो बेरोजगारको कमी नभएको ठाउँमा उनीहरुले बेमेलको कार्यतालिकासँग परिस्थिति अनुसार सम्झौता गरेका थिए।
    ~~

    धेरै दिन भएको थियो नेपाली खानाको सुगन्ध छरिएको थिएन किचनमा। आज उसलाई नेपाली खाना बनाउने मूड चलेको थियो। झन् त्यसमाथि पाहुना आउने भएपछि मूड त्यसै अन भइहाल्थ्यो। तर के गर्नु ! आज भने उसको मूड अफ भएको थियो- किचनमा केही पनि पकाउने सामाग्री नदेखेर।

    उसले टेबलमाथिको सिमीलाई हेरिरही। सिमी हेर्दाहेर्दै उसले टेबलभर उसको नेपालको बारीको ताजा तरकारीहरु थुप्रिएको कल्पना गरी। ऊ अतितमा डुबी।

    ~~
    नेपालमा रहेको उसको गाउँले घर वातावरणसँग मेल खाने हिसाबको थियो। अर्थात् ढुङ्गा, माटो, काठबाट बनेको। ढुङ्गैको खपेटाको छानो। घरअगाडि माटे बरन्डा (पिँढी) अनि बरन्डाअगाडि फराकिलो आँगन। आँगनको छेउमा तुलसीको मठ। मठ नजिकै बार्‍हैमास फूल्ने रातो घन्टी फूलको बुट्यान। आँगनको डिल-डिलमा चमेली, गोदावरी फूलहरु। अलि पर चौपाया गोठ। गोठमा आटी (काठको तला) थियो। केटाकेटी छँदा लुकामारी खेल्थी ऊ त्यहाँ साथीहरुसँग। गोठभन्दा पर मेवा, कागती, निबुवा, भोगटे, अम्बा, आँप, भुँइकटहर र अलि पर डुम्रेको बूढो रुख आदि थियो। टर्रो, गुलियो डुम्रेको गेडामा ऊ कति भूलेकी हुन्थी। डुम्रेको रुख अगाडि केटाकेटी जम्मा भएर एक खुट्टे खेल्थे।

    गोठ नजिकै बडेमाको पराले टबा थियो।

    ओहो ! टबा ! १०-११ वर्ष छँदाको कुरा सम्झी उसले। त्यतिखेर ऊ, उसकी मितिनी साबित्रा , मितिनीका दाइ, बाबु दाइ, कालिका, बट्टै भएर परालको टुप्पोमा को पहिला पुग्ने भन्दै टबामाथि खेल्थे। बाबु दाइ माथि पुग्थे। अनि त्यो दिन चाँही कसोकसो उषा टबाको टुप्पो नजिक पुगी। तल ओर्लने बेलामा पराल समातेको हात फुत्किएर ऊ उँधो मुन्टो भएर कस्तरी पछारिएकी थिइ ! बेहोशै भएर फुस्रै आँखा पल्टाएकी थिइ !

    उसकी आमा नजिकै धारामा लुगा धुँदै थिइन् र पो दौड्दै आएर चिसो पानी तालुमा थप्थपाएर होशमा ल्याएकी थिइन्। त्यसपछि हाहाकार मच्चिएको थियो ! बाबुदाइ भागेर लुक्न गएको थियो परको मिलपछाडिको काफल बगैँचामा। ऊ दिनभर लुकेर बसेको थियो।

    बाल्यकाल सम्झिएर उषा फिस्स हाँसी।

    निशा टबाबाट अब तरकारी बारीतिर पुगी स्‍मृतिसँगै

    अहा ! उसको बारीमा के हुँदैन थियो ?

    आलु, पिँडालु, तरुल, कर्कला
    बोडी, सिमी थरिथरिका
    घिरौला, चिचिन्डो, फर्सी, लौका
    रायो, तोरी, मुला, गान्टेमुला
    चिप्ले भेन्डी, बरेला, तिते करेला
    गोल्भेडा, भेन्टा, काउली, ब्रोकाउली
    बेसार, अदुवा, लसुन, धनियाँ
    प्याज, डल्ले खुर्सानी, जिरे खुर्सानी !!
    आदि इत्यादी- तिनका लोकल स्बाद !!!!!!!!!

    टेबलमाथिको छिसिक्क परेको सिमीले उसलाई गिज्याए झैँ लाग्यो। ‘ तँलाई पख’ भन्दै उसले सिमीलाई फ्रिजभित्र हुत्याइ दिइ।

    आज बिहानको खाना उसले स्यान्डविच तयार गरेकी थिइ आफैले। पर्लक्क पर्लक्क पाउरोटी पल्टाउँदै हेरिरही- मायोनेस, चिज, सलाद आदि।

    हेर्दाहेर्दै नेपालको घरको भान्सामा पुगी।

    घरपछाडि पट्टी छुट्टै थियो भान्सा घर। सानो खपटे टायलको छानो थियो। भान्सा घरभित्र छिर्दा टाउकोलाई जसरी हाम्रा नेताहरु निहुरिन्छन् नि सुदहरुको अगाडि, हो त्यसैगरी निहुरिएर जानु पर्ने खालको थियो। भो ! भान्साको ढोकालाई त्यस्तो के उदाहरण दिनु ! धत ! यसो भन्दा होला बरु, चाडपर्वमा मान्यजनले आशिष दिँदा टाउको निहुराएर आदर प्रकट गरे झैँ निहुराउनु पर्ने खालको अर्थात् होचो ढोका।

    दक्षिण मोहडा फर्किएको ढोका भएको भान्साको दक्षिण, पूर्व, पश्चिम भितामा काठे झ्याल (सिसा नभएको) थियो भने उत्तरतिर पूरै भित्तै मात्र थियो।

    भान्साको भूँइ सँधै रातो माटोले लिपिएको हुन्थ्यो। अझ चाडपर्वको बेलामा त उषाका फुपूहरु आउँदा उनीहरु सबै मिलेर घर पोत्थे। उषा चाँहि फूलबुट्टा भर्थी। उषाका थुप्रै थारु, दरै साथीहरु पनि थिए। ऊ तिनको सिको गरेर खुब कलात्मक बुट्टा भर्थी, भित्ता र झ्यालको छेउ छेउमा।

    सेतो, कालो, पहेँलो, रातो माटो लिन उषा साथीहरुसँग मिलेर पर-परको जंगलमा पुग्थे।
    जंगलका बडे बडे रुखहरु। तिनका थरिथरि आकार र रङ्गका पातहरु। झन् सालको पातको त के कुरा ! शनिबार छुट्टीमा माटो लिन जान निस्कियो कि ‘सालका पात ल्याएस् है उषा टपरी गाँस्नलाई’ भन्दै उषाकी हजुरआमाले २ रुपैयाँ हातमा थमाइदिन्थिन्। त्यतिखेर को २ रुप्पेले ५-७ जना साथीहरुलाई चट्पटे खुवाउन पुग्थ्यो।

    ओहो! चट्पटेको कुरा! उषा र उसका साथीहरु मिलेर चटपटे भैयालाई कागजको सुलीभरी थपुवा भर्देउ’ भन्दै कति सताउँथे। उसले थपुवा भरुन्जेल केही बदामहरु चुना लागिसकेको हुन्थ्यो। हेहे !

    माटोका रङ्ग सँगै उषाको स्‍मृति पुन: भान्सा मै पुगिरहेछ।

    रातो-सेतो माटोले सजिएको भान्साभित्र एक हातमाथि उठाएर बनाइएको ५ मुखे दाउरे चुलो थियो। चुलाको अगाडि सानो फलामे ओदान पनि थियो।

    ओदानको कुरामा पनि उषाको स्‍मृति एकछिन हजुरआमा र उसको गन्थनतिर पुग्दैछ। यो यस्तै ४४-४५ सालतिरको कुरा हो। ऊ सानै थिइ, त्यतिखेर ऊभन्दा अल्लिक उमेर पुगेका साथीहरु र र तिनका दिदीहरुले पाख्रिन (तामाङ) काकाको (उषा उनलाई काका भन्थी) क्रान्तिकारी गीतहरु गाउँथे। विभिन्न सांस्कृतिक कार्यक्रम र तिहारको बेलामा पनि उसले चेतनामूलक क्रान्तिकारी गीतहरु निक्कै सुनेकी थिइ। शायद यिनैको प्रभाव थियो उसको बाल मस्तिष्कमा। ऊ सानैदेखि छोइछिटो कुराको विरोधमा थिइ।

    एकदिन उषाकी साथी चन्द्रिका (उनी जातले कामी थिइन्) उषाको घरमा उषासँगै खेल्दै थिइन् भान्साअगाडिको सानो आँगनमा। खेल्दाखेल्दै सानी बालिका चन्द्रिकाले नाङ्लोमा सुकाएको आलो गुन्द्रुक छोइदिइन्। उषाकी हजुरआमाले देखिन् र बेस्मारी गाली गर्दै नाङ्लो सुत्तैको गुन्द्रुक मलखादमा हुर्‍याइन्। चन्द्रिका रुँदै घर गइन्। उषाको बाला मनले क्रान्ति गर्‍यो हजुरआमासँग। ऊ आफ्नी साथी रुँदै गएकीले आफू पनि रोएकी थिइ। उषाले रुँदै भनी- ‘बूढी माउ ! चन्द्रिकाका बाले बनाको ओदानाँ मकै पोलेर खान्चेउ ! उल्ले छुएको हुन्द्रुक-गुन्द्रुक फाल्चेउ ! ‘

    ‘यल्ले नाक फाल्छे ! जात फाल्छे ! संगत गुनाँ फल,’ हजुरआमाले तीतो गाली वर्षाइन्।
    अहिले उषा सोच्दैछे , ‘ हाम्रो सामाजिक संस्कृतिभित्र यस्ता कुरितिले कति गहिरो जरा गाडेर बसेको छ। यसलाई निर्मूल पार्न शिक्षा र जनचेतनाबाट नै सम्भव छ।’

    २-४ कक्षा पढ्दै गर्दा जनचेतनात्मक सांस्कृतिक कार्यक्रमहरुले उषालाई त्यति सानैमा धेरै चेतना जगाइसकेको थियो। बिचरी हजुरआमाले न त अक्षर चिन्न पाइन्, न त कहिल्यै यस्ता कार्यक्रम सुनेर नै हिँडिन। उनी कुवाको भ्यागुतो हुनु स्वभाविक थियो। तर शिक्षाको उज्यालो पाएकी उषा सानैदेखि समाजको अँध्यारो र उज्यालोलाई छुट्ट्याउने भइसकेकी थिइ।

    त्यति बाला अवस्थामा त्यसरी हजुरआमासँग मानवताको लागि विवाद गर्नसक्नु शिक्षा र चेतनामूलक कार्यक्रमको असर थियो।

    – फेरि भान्साकै प्रसंग –

    पाँचमुखे चुलोमा सँधै पछाडिपट्टी खरानीले पोतेको बाक्लो कसौडीमा भात, मकैको आटा या कोदोको ढिडो हुन्थ्यो। त्यसपछि पानीको केट्ली हुन्थ्यो। बीचको भागमा दाल र दाँयाबाँया छेउछेउमा तरकारी राख्‍ने कराही र दूध राख्‍ने कराही हुन्थ्यो। चुलाअगाडिको ओदानमा चाँही कहिले रोटी सेकाइएको हुन्थ्यो त कहिले मकै पोलिएको हुन्थ्यो।

    भान्साको पूर्वपट्टीको झ्यालमुनि बडेमानको ढुङ्गाको सिलौटा थियो , त्यो उषाको जिजुबाको पालादेखिको रे। पिँध्दापिँध्दै सिलौटा खिएर गहिरो खाल्टो परेको थियो। सिलौटाको माथिपट्टी २-३ बाट कोदोले पोतिएको नाङ्ग्लो झुन्डाइएको थियो। दक्षिण मोहडाको झ्यालनजिक दही मोथ्ने ठेकी र मदानी थियो। उत्तर मोहडाको भित्तामा ध्वाँसोले कालाम्मे भएको काठे (सिसा नभएको) पुरानो दराज थियो। दराजभित्र घ्यु हुन्थ्यो। उषाले दिउँसो सुख्खा रोटीमा घ्यु चोरेर खान्थी (घ्यु दिनदिनै खान पाइँदैन थियो, मोही मोथ्ने दिन मात्र सबैले घ्यु खान पाउँथे) पश्चिमपट्टीको झ्याल छेउमा माटो र तामाको गाग्री थियो। पानी सार्दासार्दा गाग्री राख्‍ने ठाउँमा गोलो खोपिल्टो परेको थियो। चुला नजिकै कुच्चिएको ध्वाँसे डालोमा सुकेका घोगाहरु र चिर्पट दाउराको टुक्रा भरिभराउ हुन्थ्यो।

    ~~~

    भान्साबाहिरको बारीको छेउमा मरौटी (डल्लो मखमल फूलको आकार जत्रो पहेलो रङ्गको फूल, जुन अचार-तरकारीमा प्रयोग गरिन्छ-गाउँले मसला) को बुट्ट्यान थियो।

    उषाले मरौटी टिपेर सिलौटामा नुन-जिरे खुर्सानीसँग पिँधेर अनि त्यसपछि त्यसैमा बारीको मूला थ्याच-थ्याच थिच्दै बनाएको अचारमा कागती या निबुवा निचोरेर मोलेपछि हात धुन जाँदा हातामा टाँसिएको अचार कस्तरी चाट्थी ! उसलाई त्यो मरौटीको परपर पर्पराउने स्वादमा बनाएको अचार खुब मिठो लाग्थ्यो।

    त्यति मात्रै ???

    उसकी आमाले मसमस ओडालेको कोदोको ढिँडो !

    अनि ?

    कराइमा फटक्क्क गलाएर बनाएको कर्कलो !

    त्यति मात्रै ?
    घ्युमा लतक्क पारेर पकाइएको कालो मास र पिँडालुको दाल !

    अरु पनि बाँकी छ कि ?

    छ नि , बाक्लो मोही !

    अनि ? अनि अरु ???

    योभन्दा अरु के चाहियो ???!!!

    उसको आफ्नै मनले उसलाई चचहुइ चचहुइ गरायो।

    यतिका सम्झपसकेपछि उसको पेटमा मुसा दौडिसकेको थियो।

    चुपचाप अघि ओल्टाइपल्टाइ गरेको स्यान्डविच चपाइ उसले पानी पिउँदै।

    ~~~~

    खाइ सिद्धिएपछि उठेर झ्यालबाहिर हेरी। सडकमा गाडीहरु हुँइकिरहेका थिए।
    उषा र प्रताप अमेरिका आएको ५ वर्ष भइसकेको थियो। यी ५ वर्षदेखि नै यी सडकहरुको व्यस्ततासँग राम्रै परिचित छे। आफ्नो झ्यालबाट देखिने परको घरहरुको भित्ताहरु, तिनमा टाँसिएका झ्यालहरु र झ्यालमा लगाइएका पर्दाका रङ्गहरुसँग पनि ऊ परिचित छे। त्यो परको क्रिम कलर सेतो घरको पर्दा आज फेरिएको छ सेतै रङ्गमा। हिजोसम्म को त्यो निलो पर्दा कता पुगेछ! आज त सेतो पर्दा गजधुम्म परेर बसेको छ। उसलाई त्यो सेतो पर्दा उसैसँग निक्कै गम्केको लाग्यो। उसो त उसलाई सेतो रङ खुब मन पर्छ। शायद पर्दाले उसको मनपर्दो रङ बुझेकोले होला आफू उसको आँखामा प्रस्तुत छु भनेर गमक्क परेको। उसलाई यस्तै लाग्यो। ऊ पनि के कम, आँखा हटाइ सेतो पर्दाबाट।

    फेरि मनमनै सोची ‘पर्दा, सिमी, घरका भित्ताहरु, सडक, सडकमा गुड्ने गाडीहरु, ऊ त्यो परको पार्कको रुखहरु, यिनैसँग भाव पोख्दै जिन्दगी बित्‍ने त होइन ?

    केही दिनअघि प्रतापले लोन लिएर अपार्टमेन्ट किन्ने कुरा गरेको थियो। उसका केही अग्रज साथीहरुले अपार्टमेन्ट किनेर केही वर्षपछि त्यो अपार्टमेन्टलाई बेची पुन: घर किनेको कुरा उसले सुनाएको थियो।

    उषालाई भने नेपाल फर्किन मन लागिसकेको छ। आफ्नै गाउँमा गएर केही गर्न मन लागेको छ। प्रतापले कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट छात्रवृत्तिमार्फत् पशु विज्ञानमा डिग्री गरेको थियो। उसले चाँही बीएड सिध्याएकी थिइ। उसको रहर शिक्षिका बन्ने थियो सानैदेखि। त्योभन्दा महत्त्वाकांक्षी रहर उसले कहिल्यै पालिन। अहिले अमेरिकामा आएर ‘ प्रौढगृह’ मा काम गर्दा एक किसिमको सन्तोष नै लागेको छ उसलाई सेवाको सम्बन्धमा चाँही। उता भए बालबालिकाको सेवा गर्थी, यता प्रौढको गर्नुपर्‍या छ।

    प्रौढहरुको सेवा गर्दागर्दै उसले धेरै कुरा बुझिसकेकी थिइ पश्चिमी समाजको बारेमा। बूढी मान्छेहरुले आफ्नो जीवन कथा भन्थे उसलाई। धेरै बूढी मान्छेहरुको जीवन कथा सँगालेकी छ उसले।

    त्यस्तै अमेरिका मै स्थायी बस्ने धेरै नेपालीहरुको दिक्दार लाग्दो व्यथा नसुनेकी होइन उसले।
    पुगेर पनि कहिल्यै नपुग्ने सँधै एक किसिमको अभाव खट्‍‍किरहने शहरिया जिन्दगीदेखि ऊ वाक्क हुनै लागिसकी।

    लक्ष्यविहीन यात्रा झैँ लाग्ने सँधैको हतारो, सँधैको हतारो जिन्दगीबाट उसले प्राप्त गर्ने भनेको अपार्टमेन्ट हुँदै घर, त्यसपछि भौतिक सामाग्रीहरु हुनेछन्।

    यसको लागि प्रताप सँधै व्यस्त हुन बाध्य हुनुपर्ने छ , ऊ आँफै पनि व्यस्त हुनु पर्नेछ। २-३ वर्षपछि सन्तान जन्माउने योजना छ उनीहरुको। दूधे बच्चालाई ‘ शिशु स्याहार केन्द्र’ मा राखेर आमा मान्छे काममा खट्नु परेको उसले देखेकी छ। शायद उसलाई पनि यसै गर्नुपर्ने होला।
    हुर्कँदै गएका सन्तान र मातापिताबीचको सम्बन्धमा कटुता आएको उसले प्रशस्तै सुनेकी, देखेकी छे। त्यो मातापिताले सन्तानलाई पर्याप्त समय दिन नसक्नुको परिणाम थियो।
    उसका भोलि बच्चा जन्मिएपछि प्रताप र उसले पर्याप्त मात्रामा समय दिन नसके त्यस्तै कटुता नहोला भन्न सकिँदैन। समाज उही हो, वातावरण उही हो, जीवन उही हो।
    अत्यन्तै न्यून भाग्यशाली भित्र परे त ठीकै छ, नत्र त धेरैको असन्तोषजनक स्थिति देखेकै हो उसले।

    अमेरिकामा एक से एक प्रतिभावान नेपालीहरु पनि नभएका होइनन्। उनीहरु एकछिनको सञ्चार माध्यममा बाहेक साँच्चैको नेपाली मनमा लेखिएका छैनन्।

    पाथी धानभित्र गहुँको गेडा हराए झैँ हराएका छन् ती विदेशमा।

    यस्तो सोच्दा उसले आफू र प्रतापको योग्यता, क्षमता, सपनाहरु अपार्टमेन्ट, घर, गाडी, भौतिक सामाग्रीको लागि मात्र प्रयोग भइरहेको महशुस गरी।

    ‘ अहँ, यतिको लागि मात्र म प्रताप र मेरो योग्यता, सपनालाई यो शहरमा बिलाउन दिन्नँ’ ऊ दृढ सोचमा पुगी।

    प्रतापको योग्यतामा उर्जा थपेर त्यो उर्जालाई नेपाली माटोमा फलाउने सोचमा डुब्दैछे ऊ।
    गाउँलेहरुसँग मिलेर अर्गानिक खेतिपाति तथा पशुपालन केन्द्र खोल्ने योजना बुन्दै चिया बनाउन थाली उषा।

    योजनामा दङ्ग हुँदै ऊ सोफामा पुगी। टेबुलमाथि “सोच्” किताब थियो। नेपाल बाट उसकी साथी मायाले पठाइ दिएकी थिइ। उषाले एक हप्ताअघि पढेर सिध्याएकी थिइ “सोच” किताब। तैपनि के मन लाग्यो किताब हातमा लिएर फररर पाना पल्टाइ।

    परिच्छेद १२ – “नेपाल खत्तम छैन” पेज नं १७७ मा मयुरको प्वाँख थियो। प्रतापले पढ्दै यहाँ सम्म पुर्‍याएछ।

    ” सोच” को असर सकारात्मक पर्नेछ प्रतापमा पनि। ‘

    उसले लामो मिठो सन्तोषको सास फेरी।

    -समाप्त-

    No related posts.

    55 comments to सन्तोषको सास

    • Luna

      हिर्दय देखी नै मुरी मुरी धन्यवाद कथा पढि दिनु भएर उर्जात्मक -हौसलात्मक प्रतिकृया दिनु भएकोमा ।
      ( यहाँ केही साथी हरुले उशा नै लुना हो कि भनेर सोध्नु भएको सबाल मा उशा पात्र लुना होइन । कथामा केही सामाजिक यर्थात मिसाइेको छ , जस्तो कि पाख्रिन जि को चेतनामूलक गीत – ” सोच ” किताब को प्रसँग – सन्दर्भ । यो सबै हाम्राइ समाजको हिस्सा हो । यही हिस्सामा मैले आशाबादी सोच लिएर काल्पनिक कथा लेख्ने कोशीस गरेकी हुँ । )
      पुन : एक पटक हिर्दय देखी नै मुरी मुरी धन्यवाद है सबै साथीहरुलाई तपाईंहरुको मूल्याबान उर्जात्मक प्रतिकृया को लागि ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Thulo Kanchho

      Luna Jee,

      Thanks for your nice article. Katai Chitwan ko Mangalpur/Rampur serophero ko katha ta hoina ho? Malai tyestai lagchha. Pakhrin dai, tharu, darai sathiharu aadhi sabdaharule. Ho bhane bhannus hai. Yestai birano lagchha desh chhodera bhanera ta ma Nepal ma nai chhu.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      उत्तम छ तर सर्बोत्तम चै होइन है !
      सर्बोत्तम लेख्ने प्रयास जारी राख्नुहोला !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nic, Australia

      Thank you for reality of every people staying abroad. Every time we have nepalese gathering we talked about going back to Nepal and do something for nation.But no one can come ahead with that gots that they can fight against the Moist’s CHANDA AATANKA and Natabada to get every opportunities once they go back to Nepal. I believe almost all people in abroad go for nepalese sites to see what is happening in Nepal. Sometimes i give news of nepal to my Dad who is there in Nepal and he starts asking me how come you know this.We love nepal.Though i am physically here, my heart and mind is roaming around the corner of Nepal. I wish one day Nepal will be better country(I request all to help Nepal from abroad for this) and we will go back there and live a peaceful live.My pride my Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajbhanu

      I knew you were up to something. I am quite amazed by your ease with words literally expressing every situation as and would germinate inside oneself. Your writing is commendable and hope to read more from you.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jyapoo

      luna, in this short story, you have perfectly captured the current reality of nepali diaspora and their longings for ‘karesa bari grown’ produces. you are such a literary asset in sajha, and hope you keep this up.

      j

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suphi

      बिदेसिएका नेपाली हरु को यथार्थता ,एक दिन नेपाल फर्कने सकारात्मक् सोच ले झुन्डिएको जिबन, लुना जि ,कथा राम्रो छ, म त उनिहरुको पाहुना लाई पनि हेर्न कुरिरहेकी थिए, कथा त सिद्दिएछ, फेरी आउँलान नि हैन त, ? जती नै सोच का पना हरु पल्टाए पनि ,नेपाल टाढा रहदा को यो खडेरि मा पानी बर्षाउन ठुलै आट पो चाहिन्छ त, मन्दी ले नै खेद्यो भने त्यो अर्कै कुरा, घर छ कोदो ओडल्ने ठाउँ मा ,सेमी हरु पनि तेतै लटरम्मै, काठमाडौं मा त फेरी तेही छुसे सेमी थन्क्यौने फ्रिज किन्ने हैसियत पनि छैन, अमेरिकामा पो अपर्ट्मेन्त् सँगइ freeze पनि आउछ, जिन्दगी freeze नभए पनि ,फ्रीज खोजी हिद्दो रहेछ, एस्त्तै छन कथा हरु ,कथा भित्र का एथर्थता हरु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santosh

      very nice story.
      heart touching ;-)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Milan Bagale

      Luna Ji, sas nai naroke pade tapaiko story, lau na yeslai ramro mattrai vanyo vane ta tapailai aannaya huncha jasto lagyo. It’s not a frozen story, it has organic test. Really nice, keep it up.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      welcome back लुनाजी । साह्रै खुशी लाग्यो । कथा पढ्न पाउँदाको हर्षको बयान कसरी गरूँ ! धन्यवाद यति राम्रो कथाको लागि ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Thulabaa

      Luna Ji,

      Excellent imagination & writing….

      It’s real, I remember everything you have mentioned on this story about that village house and surrounding….

      I have

      (: Touch Down :)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sojho

      लुनाजी तपाईंको कबिताहरु जस्ताइ कथा पनि साह्रै उत्कृष्ट लाग्यो । यो कथाको उशा कतै तपाईं नै त हैन ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सुनगाभा

      लुनाजी, कथाको लागी धेरै धेरै धन्यबाद। कथा पढदा नेपालको सम्झनाले सतायो। फ्रोजन तरकारी खाँदा वाक्क भएको बेलामा तपाईंको कथाले त मलाई फेरी उही करेसाबारीमै पुर्यायो। अतीतको यादमा डुबेँ म त। निरन्तरताको शुभकामना।

      -केन्ट, अमेरिकाबाट।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aman

      Nice story
      keep writing
      Thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अनु

      लुना जि,
      के के लेख्ने बिचार आ’थ्यो, यसो हेरे लग्भग सबै साथीहरुले लेखी सक्नु भ|’छ, त्यसैले केही नलेखु है?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole Dai

      सुन्दर प्रस्तुती । परदेशीएका मनहरुमा स-सन्देश गहिरो छाप छोड्न सफल । उषाकि आमाले मसमस ओडालेको ढिँडो जस्तै स्वादिलो ।

      धन्यवादको साथमा निरन्तरताको शुभकामना कथाकार(लुनाजी)लाई !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लुना जि
      नमस्कार
      शनिबारको मिठो नास्ता दर्शक सामु पस्कनु भएकोमा धेरै धेरै धन्यवाद ।
      नेपाली खाना र पाहुना भन्ने बितिकै हाम्रो समाजमा धेरै ठुलो कुरा सोचदछौ । आफुसँग नभये पनि सर सापत गरेर पाहुनालाई मिठो भोजन गराउन पाये मान खुशी हुने थियो भन्ने हाम्रो सोचैलाई पनि देश अनुसारको भेस, कपाल गुनाको केस भन्ने ततपर्येलाइ तताउनु भएको रहेछ । आहा कती मिठोसँग पकाउनु भएको रहेछ जिब्रोमा नै झुन्दियो भन्ने उक्तिले माथ नपौने गरी कती सुवादिलो तरिकासँग पकाएर सबै कुरा मिलाएर पस्कनु भएको रहेछ । हो नित तियो देसी भाईयालाई दु:ख दिएको चनाचतपट चोरेर खाएको , नौनी घिउ चोरेर खाएको । ततो दुधमा लागेको तर कातेर खाएको अहिले नै जस्तो लाग्छ । तियो दिनको सम्झनालाई तपाईंले कती नजिकै अस्ती भर्खर खाएको जसरी पस्कनु भएको रहेछ यो सन्तोषको सास फेरनुको लागि ति प्रदेशमा सिलप्यग गरेको कतियोउ बर्षको बासी क्यान पुड खानको दिकदारिमा पिल्सिएर बसेकाहरुलाई तिखर चतनीले नाक कान ओठ राता राता पारेर खाएको सम्झनामा रियल्नै चुहाइदिनु भएको रहेछ । ति हरिया तर्ल्यन तुर्लुङ झुन्दिएको तरकारीको बखान्ले त झन मानै लोभियो परदेशमा बासि र भितामिन रहित तरकारी रोगी खाना खानु पर्दा त ?
      हाम्रो पारीवेस सुहाउने कथालाई कुत्थियाउनु भएको रहेछ । धेरै राम्रो छ । नेपाली समाज परीबेसले रुचाउने र नेपालीले भौतारिएर हिडी रहेको परिस्थितीलाई आफनो पुर्खौली पारीबेसलाई आधुनिकतामा परिवर्तन गरेर ति समय आफनो पौरखी सिपको र योग्गेताको अबहेलना गरी अभाबै अभाबको सास फेर्न जाना जान नसिहत भोगी पैसा कमाउने सपना पालेका परदेशएका मानलाई मिठो चटनी स्वोरुप जानकारी गराउनु भएको रहेछ । हो हाम्रो परिस्रमि हातहरु कहिले थाकदैन आफनो रचछायान्मा हरियालीको सगर्मी ल्यएर बटुवाको मन लोभाउन सफल छन भन्ने कुराको पाठलाई पस्किनु भएको रहेछ । स्वोदेशी स्वोद र प्रदेशी मनलाई शनिबारको दिनमा नै खुवाउनु भएको रहेछ । फेरी पनि सन्तोषको सास फेर्ने तरिका देखाउनु भएकोमा लुना जिलाई धन्यवाद छ मेरो । साचिकै जिबन्मा लुनाजी को हातले पकाएको खाना खानु पायेत झन् कती मिठो हुने थियो होला जस्तो लागेको छ त हो । होईनत लुना जि ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nYn 'uk'

      ‘katha’ ko ‘byatha’ sunera ‘athaha’ ‘shradda’ lagyo ‘Loona’ ma. aafai bideshiera, gharelu environmentma chutney jastai piro-mitho ‘taste’ paskekima ma ‘pani’ khusichhu. tyahinera maile mero ‘bigat’ vete, mero bichhodiyeko ‘nepalipan’ dekhe. continutyko lagi mero kamanako vag timi(Loona)lai pani..!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dev

      LUNA JE KO KATHA YEKDAM RAMRO LAGYO….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रन्जन शर्मा, जर्मनी

      लुना जी को लेख मन पर्यो ….फेरी पनी यस्तै लेखको असमा छौ..!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • निरज शर्मा

      लुना जि राम्रो कथा रहेछ!!!!
      यो कथा पात्रकी उशा चै तपाईं आँफै हो कि जस्तो लाग्यो है मलाई त
      निरज शर्मा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dilman, iraq

      Luna jee,
      Its a great article. I liked it very much. You have remined us a real Nepal and also the memories of our childhood.I think you might have been stying in abroad also right?keep it up! Thanks!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नोगेन हांग

      Quite beautiful story…….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • je bhay ni yo man ta nepali ho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Thapa,Maryland,USA

      लुनाजी,
      पुगेर पनि नपुग्ने यो वाक्यले सार्है मन छुयो \मानब प्रगती भनौ या असन्तोष या भनौ अरुको औसर,सुख खोस्नु यो पुगेर पनि नपुग्ने व्यबहार,बानी मानब जातिमा छ् \अनी ठीक समय आफ्नो परिवारलाई दिन नसक्नुको ब्यथा पनि सायद यही पुगेर पनि नपुग्ने बानी भित्रै पो पर्छ कि !आफ्नो लागि,सन्तानको लागि अनी परेको बेला नेपालमा रहेका आफ्न्तको लागि पैसा जुटाउनु पर्ने,अनी महँगो घर भाडा महँगो हरेक कुराले गर्दा समय आफ्नो सन्तान र जिबन साथीलाई दिन नसक्नु जस्ता ब्यथा,कथा हर परदेशी नेपाली जिबनमा छ् \यो दु:ख र सुख दुबै बनेको छ् \
      कथाले जिबन छोएको छ्,नेपाली पन,नेपाली सस्कार बोकेको छ् \जिबन का हर पलको याद आउने कथा बनेको छ् \
      धन्यवाद !मुरी मुरी धन्यवाद !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      Very nice story,excellent one!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Som Basent

      Gopal jee,

      Namasker…

      I am totally agreed with what you’ve said. She has simply tried to spell out the reality of life which we have been facing almost every moment. The article has contained what we are exactly enduring on daily basis either.

      Besides, I have been reading her comments, poems and bla…bla…, the way she expresses her opinions have always been superb, brilliantly composed, heart touching and truly pathfinder. But this one was not one of her best posts… “I add” and wasn’t reach to her level somehow.

      She has been one of the favorite writers of mine all the time. Wish her to continue…

      “God bless”

      Som R. Basnet
      Liberty,Victory

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ng

      देश फरक, नाम फरक तर कथा सबैको उस्तै, व्यथा सबैको उही नै,हो एही सपनाको संसार खोज्दा खोज्दै आफूले आफुलाई हराउछु की भन्ने त्रास को कारण आफ्नै देश फर्किदैछु. सुख, दुःख जे परे नि संतोस मानेर बस्नेछु.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ramesh babu shrestha

      nice one !
      thanks…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रोशन GRG

      मन्न मरि मरि विदेशिनु किन…?
      यो कथाको पात्र हरु नेपलि भाषि हुन्न तर…नेपलि होइन्न येस्सप्ररका पात्र हरु आफ्नु गाउको धान खेत बेचेर बिदेसशिन्नछन् अनि टाउकोमा हात राखेर त्येइधान बारि सम्मझन्छन! कठइ यिनिहरुको कन्त बिजोक्क,योकथा पढेपछि झन्न तिनिहरुको आवस्था माँ …. मेरो आँखाबाट त आँसु आयो!

      *रोशन
      *दोहा कतार
      ya1235_63@yahoo.com

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • subba Vishwakarma

      Thanks Luna ji,
      For your story which is based on reality of Nepali culture,life and food.
      Hope will be continued in future too.
      with best regards,
      Subba

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu

      Thanks giving real nepalese based story to everyone who read mysansar.This story will awake all of us and be back to own country where we can across all these आलु, पिँडालु, तरुल, कर्कला
      बोडी, सिमी थरिथरिका
      घिरौला, चिचिन्डो, फर्सी, लौका
      रायो, तोरी, मुला, गान्टेमुला
      चिप्ले भेन्डी, बरेला, तिते करेला
      गोल्भेडा, भेन्टा, काउली, ब्रोकाउली
      बेसार, अदुवा, लसुन, धनियाँ
      प्याज, डल्ले खुर्सानी, जिरे खुर्सानी !!
      आदि इत्यादी- तिनका लोकल स्बाद !!!!!!!!!
      भान्साको पूर्वपट्टीको झ्यालमुनि बडेमानको ढुङ्गाको सिलौटा थियो , त्यो उषाको जिजुबाको पालादेखिको रे। पिँध्दापिँध्दै सिलौटा खिएर गहिरो खाल्टो परेको थियो। सिलौटाको माथिपट्टी २-३ बाट कोदोले पोतिएको नाङ्ग्लो झुन्डाइएको थियो। दक्षिण मोहडाको झ्यालनजिक दही मोथ्ने ठेकी र मदानी थियो। उत्तर मोहडाको भित्तामा ध्वाँसोले कालाम्मे भएको काठे (सिसा नभएको) पुरानो दराज थियो। दराजभित्र घ्यु हुन्थ्यो। उषाले दिउँसो सुख्खा रोटीमा घ्यु चोरेर खान्थी (घ्यु दिनदिनै खान पाइँदैन थियो, मोही मोथ्ने दिन मात्र सबैले घ्यु खान पाउँथे) पश्चिमपट्टीको झ्याल छेउमा माटो र तामाको गाग्री थियो। पानी सार्दासार्दा गाग्री राख्‍ने ठाउँमा गोलो खोपिल्टो परेको थियो। चुला नजिकै कुच्चिएको ध्वाँसे डालोमा सुकेका घोगाहरु र चिर्पट दाउराको टुक्रा भरिभराउ हुन्थ्यो।

      They will forget all buying apartment,driving,shopping and working on abroad.This story really help to encourage us Nepali talking about Nepal and thinking about Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yubraj Bhattarai

      लुना जी ,

      साहित्यकारहरु किन मेरै बिगत लेख्छन ? लुना जी तपाईंले पनि मेरै बिगत सम्झाउनु भयो धेरै धेरै धन्यवाद , आउँदा दिनहरु निकै आश लाग्दो देखिएको छ keep it up
      Yubraj

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Asha

      good story based on reality.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • उषाले मरौटी टिपेर सिलौटामा नुन-जिरे खुर्सानीसँग पिँधेर अनि त्यसपछि त्यसैमा बारीको मूला थ्याच-थ्याच थिच्दै बनाएको अचारमा कागती या निबुवा निचोरेर मोलेपछि हात धुन जाँदा हातामा टाँसिएको अचार कस्तरी चाट्थी ! उसलाई त्यो मरौटीको परपर पर्पराउने स्वादमा बनाएको अचार खुब मिठो लाग्थ्यो
      mero ta mukh bata nai paani aai sakyo yaar yosamjhera tara k garnu thuk nildai basdai ta honi yo narkama….!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      Akhira yoo maan ta nepali nai hoo, i miss my nepal very much. thanks for giving feelings of nepali life.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santosh -Macou

      It a storry of all Nepali who are working in abroad.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sangita ghimire

      लुना जि !!
      यो लेख पढे पछी मलाई पनि मेरो बाल्यकालको अनी मेरो गाउघरको धेरै नै याद आयो । त्यो करेसा बारी , अगाडिको सानु फुलबारी अनी घर भन्दा अलिकती तल रहेको ठुलो ओखर्को रुख अनी रुख मुनी रहेको नाग देबताको सानु मन्दिर । अनी पत्कर भित्र ओखर खोज्दै जादा झुक्किएर सिस्नु समाउन पुग्दा झ्वास्स सिस्नुले पोल्न पुग्दा पिडाले सबै ओखर पोखिएको याद आज मेरो आँखा अगाडि आइपुग्यो । मिठो लेखको लागि धन्यवाद !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • narendra,panchthar

      हैन हौ लुना जि,सोच किताब त तपाईंले लानु भा हैन र नेपाल बाट जदा ??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Not bad keep it up.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kapil, adelaide, australia

      बिदेसी कल्चर म बहकिदै गरेको मन लाई नेपालको झझल्को दियेको मा धन्यवाद। एस्ले बेस्ट जिबन बाट आज नेपाललाई सम्जिन बाद्ये बनाइदियो । थ्यांक यू एक पटक फेरी ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anil k.Shrestha

      dherai pata haru sametnu vako keep it up.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राजु, अष्ट्रेलिया

      सन्तोष को सास मा धेरै को आश ! मिहिनेत राम्रो छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • चेम्जोङ मनोज Middle East

      Ramro chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gopal

      yes it is a good view to find our culture and our fact social and live on hand but there are some problem to continue our life , it is an uneducated people and bad government are reason to protect power of our country, due to state they are hiding in another country as above topics .
      thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Som Basnet

      SORRY.. THERE IS A TYPE MISTAKE. IT IS wasn’t INSTEAD OF hasn’t.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Som Basnet

      Luna Sis,

      Thanks a lot for presenting the current situation and the complications in overseas life. I think almost every reader in MY SANSAR have been badly staring at you to bring something which touches the bottom of heart. It is nice to read such creation from you after a long time.

      god try, uphill effort on writing but it was not one of the best performance of yours… may be bacause we expect more and it hasn’t on your level.

      Som R. Basnet
      Liberty, Victory

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shishir

      माइ संसारको आफ्नै साहित्यिक जमात भईसक्यो अब ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sonalulu

      nice one…bhavana ma dubnu ramailo nai huncha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bijoou

      Thank you Luna jee for Saturday fiction, in fact very close to the reality of Nepalis living far away from home. Bijay, SK

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sundar

      Luna Ji !!

      Ramro chha ,,,, keep it up.

      Sundar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gopal

      yes some ji you are right in one way but above topic is also one thing to create our country .it was some fact thing by somebody but it is use less ,nobody listed that thing but same situation in front of us because every body can read but nobody touch it because government can bring such power on right way but they are doing their on speech only what can we do ? only cry and cry but nothing on hand that’s it . The government people know this types of situation amd they can do everything but they are stupid view .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गोज्याङ्रो

      नरेन्द्र जि! यो लुनाजिको कथा होइन। लुनाजिले सोच लिएर जानुभो इजरायल! तर यहाँ कथा छ अमेरिका बस्ने उषाको!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर ,लण्डन, यु. के.

      लुना जि
      राम्रो छ |कथामा गहिराइ खोज्ने निकै ठुलो प्रयास गर्नु भएको छ |तपाइको भावनालाई चाहिने शब्दहरु किबोर्डमा औंला राख्ने बित्तिकै आउन |
      .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Maheswor

      लुना जी

      उत्कृष्ट शब्दहरुको प्रयोग अनी मनै छुने कथा मात्र नभै तपाईंको मुल उध्येश्य नेपाल फर्कौ भन्न तपाईं सफल हुनु भएको छ मेरो मन जित्नु भएको छ मेरो हृदय देखिको शुभकामना तपाईंको सफल जिग्दगीको लागि धन्यवाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker