मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    शनिबार साहित्यः फोटो हेर्नुस्, कविता लेख्‍नुस्

    यो साताका लागि चुनौतिका रुपमा फोटो-
    nepali young girl
    कृपया कविताबाहेक अरु कमेन्ट यसमा नगरिदिनुहोला। कविताका साथमा शीर्षक पनि लेख्‍न नछुटाउनु होला।

    No related posts.

    18 comments to शनिबार साहित्यः फोटो हेर्नुस्, कविता लेख्‍नुस्

    • Gole Dai

      समयको शुभकामना
      ______________

      अझै अफसोसहरु
      गुम्स्याएर छातीभित्र
      वस्तीहरु ढाकेको यो कुहिरो
      पन्साउन नसकेर भोली पनि
      गहिरो सुस्केरासँग
      उच्छवास छोड्नु नपरोस्
      शुभ दिनको शुभ घडीमा
      उभिएका छौ तिमी
      यही बिहानीमा सुरु गरोस्
      तिम्रा हातहरुले
      शुभ चिन्तन सहित
      नयाँ युगको क्षितिज उघार्न
      यो तयारीको निमित्त
      तिम्रै साथमा छ
      समयको शुभकामना ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shree

      Nepal ko aakash dhamilidai chha

      Nirbodh ti balikalai k thaha, nepalko aakas kina dhamilidaichha?
      uni ta chhin chanchale bani ma masta, tara aakas aajhai dhamilidaichha.
      sok na surta bhok na bhakariko yo bela, kati ramailo hunchha ni ufrida
      tara tinai balika chhi chhi dur dur garchhin, sadakma phohor thuprida

      katai neta haruko ku-kritya bata lukna khojeko po ho suryale.
      katai phohor mathiko phohori rajnitibata ojhelina khojeko ho suryale.
      sundar Nepal ko drisya aaba dhamiliyara badal pareko chha
      jun chamak thiyo kantipuri nagari ma, khoi kina haraudai po gayeko chha

      kati sundar hunthyo hola aabodh bhai ti balikale jhai khelna paye
      kati khusi chhauthyo hola, pir bata banchit bhaiee khutta uchalna paye
      tara k garnu, soche jasto kaha hunchha ra jeevan, nirasale chhayeko chha
      asanti, abhab, aarajakata le garda hola bhitra bhitrai man darayeko chha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      मेरो पुकार

      गगन चुम्ने पाइला मेरा
      रोक्ने कोई छैकी
      कदम चाल्दा सफ़लतामा
      छेक्ने कोई छैकी
      न सम्जनु अबोद मलाई
      संकल्प छ अगी बड्ने
      नारी पुरुस भेढ्भाब यो
      ततो यसको मैले मेटने
      मेटिदैन त्रिस्णा यसको
      न भेटाई लक्ष्य मेरो
      चुडाउंनेछु एक दिन मैले
      नारी पुरुस बिच को डोरो
      भबिश्य लाई मैले जस्तै
      सोच्ने कोई छैकी
      ऋदयको मेरो पुकार
      बोल्नी कोई छैकी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bideshi

      म उठे, नत्र मेरा बाउ ले मारछन्
      मैले खुट्टा तन्काए, नत्र रामदेव बाबा को के काम
      लुगा किन्न कती गाह्रो ।। जिन्स तन्काउन झनै गाह्रो ।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suphi

      कुहिरो

      एका बिहानै कुहिरो ले बस्ती छोपी दियो,
      रबी रश्मी मा न्यानो खोज्ने ,मनै रोकिदियो,
      बिहानी मा घुम्टो खोल्ने बस्ती हरु मेरा,
      धुवा संगै फेर्दै छन रे ,आफ्ना ति सुश्केरा।

      सिर्सिरे यो पवन सँग ,सुगन्ध नि छैन,
      नियाल्दछु पारी पाखा, हरियाली छैन,
      जता पनि देख्छु म त घर माथि घर ,
      सिङो देश नै एही भित्र ,लाग्छ मलाई डर।

      उचाल्ने छु पाइला मेरा कुहिरो हटाउन,
      मेरो बस्ती ,हामी आँफै सफा गराउन,
      मन भित्र का कुहिरो हरु पखालेर फेरि,
      हातेमालो गरौ लौन, देश लाई घेरि ।

      तिम्रो पनि मेरो पनि, एही एउटै घर,
      मिली जुली बनाउन ,झगदा नगर,
      चियो गर्छ छिमेकी त्यो, हामी फुटाउन
      नगरौ न ढिलो अब कुहिरो हटाउन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • studentInBerlin

      —– साङ्केतिक ब्यायाम —–

      के हो यो साङ्केतिक भाषा?
      बुझिन्छकी यसलाई लाग्दै छ आशा ।
      आँखाले गर्छ यसको अबलोकन
      छलफल गर्छन् मस्तिस्क र मन ।।

      मस्तिस्कका तन्तु सोध्छन मुटुलाई
      के भन्छ तस्बिर बुझाईदेउ हामीलाई ।
      उत्तर मुटुको फरक फरक हुन्छ
      प्रत्यक मानब अनुभुती फरक नै गर्छ ।।

      आजको तस्बिर झलक्क हेर्दा
      मस्तिस्कले बिभिन्न झलकहरु फेर्दा ।
      झलकको संजालमा म अल्मलिन्छु
      बिलखबन्द** जो म हल गर्न खोज्छु ।।

      (** बिलखबन्द = puzzle)

      सामाजिक मुल्य मान्यतामा कैद छु म मानब
      नबनाउन यिनले मानबलाई दानब ।
      कैद थिए नेपाली नारी भान्साको जेलमा
      तल्लीन ति तस्बिरकि नारी कुन चाँहीं खेलमा ?

      उठेको त्यो पाउ के भन्छ कुन्नी
      साबधान ! होइन यो समय सड्यन्त्र बुन्नी ।
      तनक्क तन्काएको गोडा जो हेर
      साकारात्मक कार्य गर्न कहि्ल्यै हुन्न बेर ।।

      बिहानको कुहिरोमा ब्यायाम गर्दै
      आफ्नो शरीरलाई स्फुर्तिले भर्दै ।
      ठन्दा दिमागले समाजको रुप फेर्न
      पर्छ सबैले सामाजिक हितको कार्य अङ्गिकार गर्न ।।

      स्वस्थ्य नागरिक त देस पनि स्वस्थ्य
      पारौं पीडित नेपाल आमा आश्वस्त ।
      कुहिरोले प्यारो घामलाई छेक्छ
      आसावादिले जटिलतामा मौका पो देख्छ ।।

      आहा क्या सुन्दर चुल्ठो त्यो बाटिएको
      क्या राम्रो अकर्मण्यता कर्मसिलतासँग साटिएको ।
      तन्दुरुस्त पार्नु छ ब्यायामले अंग
      उठाउनुछ देस माथि पार्नु छ संसार दङग ।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      इच्छा मेरो किशोर बयको उड्नखोज्छ गगनमा
      क्रित्य मेरो अन्तह्रिदयको बिज्नसक्छ नजरमा !
      सुर्ता छैन खाना औ नानाको आज मेरो मगजमा
      केबल हुन्छ कठिन आभास सत्रुको समिपमा !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • स्वदेशको खवर
      ———————————
      पस्चिमको हावा आज शहरमा आछ!
      गाउँ पनि शहरकै पछि पछि लाछ !!

      कपाल हेर्दा केटी जस्तो,एक्सन देख्दा केटा
      छुट्याउन गार्है पर्यो, हाई भन्नु पर्ला
      कुट्नु लुट्नु चोर्नु मार्नु साधारण नै लाग्छन्
      फिल्मी शैली जताततै पपुलर भाछन्
      पस्चिमको हावा आज शहरमा आछ!
      गाउँ पनि शहरकै पछि पछि लाछ!!

      सारी चोलो धोती कुर्ता,लाउनै लाज लाग्ने
      दौरा सुरुवाल टोपी वुर्का,पाखेहरुले लाउने
      डिस्को वार रेस्टुरेन्ट,तीर्थाश्रम झै लाग्ने
      केहिदिन् मात्रै विराउँदा,मन देवता जाग्ने
      पस्चिमको हावा आज शहरमा आछ!
      गाउँ पनि शहरकै पछि पछि लाछ!!

      पाईन्ट लाउनु छोरीहरुको,रहर हैन वाध्यता
      कुर्ता सुरुवाल लगाई भने,झ्याउ मान्छन् ठिटा
      डिंगो वुट र झ्याप्ले कपाल,युवाहरुको फेसन
      मिनिस्कट युवतीलाई, कम्पलसरी भाछन्
      पस्चिमको हावा आज शहरमा आछ!
      गाउँ पनि शहरकै पछि पछि लाछ!!

      पस्चिमको हावा आज शहरमा आछ!
      गाउँ पनि शहरकै पछि पछि लाछ!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahesh

      फड्को

      ठुला ठुला पार्टी नेताको तलब पनि खाइने
      दादागिरी देखाएर मान्छे कुट्न पाइने
      घुस्खोरीबाट मोटाएकाले सम्रक्षण दिने
      वाइ सि एल र युथ फोर्सलाई राम्रै सँग चिनेँ

      बाबु आमाको छोरो सपार्ने दिन रातको जपना
      नेताको बुइ चढि माथि पुग्ने तिन्का पनि सपना
      अण्डा दिंदा सम्म तिन्ले दुध भात खुवाइ पाल्छन
      बुढा भए पछी तिमीलाई खाल्डो खानि फाल्छन

      राजनितीको गनाउने कथा बुझ्ने भएँ सब
      हजार थरी फोहरले देशै बिग्र्यो अब
      ठुलै फड्को मार्नु छ देशले आजै पाइला चाल्छु
      माथि पुगी दैत्यहरुलाई डाँडा पारी फाल्छु

      ( फेरी कोही पनि नयाँ दस्ता जन्माउन नलागुन भन्ने सपना । )

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BHIM YONGHANG

      हेर साथी छितिज मा उड्न प्रयासमा छु ।
      तर
      मेरा यी पाउहरु एक पछी अर्को अनाएसै उथ्न असमर्थ छ।
      किन एस्तो हुन्छ, मेरा हरेक सत्-प्रयास हरु
      एक पछी अर्को असफल हुँदै जाने क्रम मा छ।
      उही साधुराम सुकुम्बासी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • झापाली

      सुरक्षा

      तन मन दुबै लगाइ ध्यान लीलामा बसी
      आफ्नो सुरक्षाको निम्ती एक कदम पाउ माथि उठाइ ।।

      सारा शरीर तिनैमा सुम्पी दिन दिनै गर्दछिन
      आपत कलिन परिस्थितीमा आफ्नो सुरक्षा आँफै गर्ने छिन ।।

      शारिरिक ब्यामले शरीर फुर्तिलो पार्दछ
      एक दिन ति नारीको कोमल पाउले सफलताको सिर छुदछ ।।

      नसोच्नु है कसैले नारी कमजोर हुँदछे
      मौका मिलेमा नारी जे पनि गर्न सक्दछे ।।

      गगन चुम्ने तिनका उत्साहा अझै त्यसै बाँकी छ
      देश बिकासका कार्य गर्ने जागर आझै त्यसै थाती छ ।।

      अनुरोध छ तपाईंहरुलाई एक पटक मौका दिनुहोस्
      उनको हातमा हात मिलाई तपाईंहरुले साथ दिनुहोस् ।।

      अनी तपाईंहरुले चिन्नु हुने छ नारी के हो ? नारिमा के कम छ ?
      हरेक बाधा अड्चनलाई झेल्दै उनले आफ्नो कर्तब्य पुरा गर्द छ ।।

      बर्तमानको यो परिस्थितीमा उनको गोडा काप्ने छैन
      पूर्ण तयारीमा बसेकी यो छोरी कहिल्यै पछी हट्ने छैन ।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajbhanu

      युवा जोश, तातो रगत, लातको चोटीलो हनाइ
      समसमयीक परिस्थिती होस् कबिताको भनाइ
      चित्र मेची भए के भो महाकाली कबिको भनाइ
      लात्ले हानौं देशी मुद्दा तानौँ सबै को हेराई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bijoou

      “शन्कल्प”

      म अब उठेकी छु
      म अब जागेकी छु
      किनकी,
      मेरा आश मरी सके
      मेरा आस्था जली सके

      मेरा कोमल् मन हरु
      मेरा त्याग् तपस्या र बलिदान हरु
      तिमिले कहि लै जानेनौ

      म उठ्नु को अर्थ केवल म होइन
      म नारि को प्रतिक हुनेछु
      म नारि को श्रेस्ठा हुनेछु

      म तिम्रा लगि कठोर हुनेछु
      म जननि का लागि बज्र हुनेछु
      मेरा यि हात र पाउ
      आकाश झै फैलने छ
      केवल् सन्ति क लगि
      मात्रि भुमि का लागि!!

      Bijay, Canada

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanjeev

      keep your confidence

      We are critical in nature
      With derogatory thoughts
      Belittling one another
      By indicating faults

      Ruthless determination
      To restrain our confidence
      Manipulate t o dominate
      It doesn’t make much sense

      Why do th is to each other?
      Why aboli sh our self worth?
      Why modify our character
      Why adjust gods plan? Our birth

      We are put here for a reason
      It’s why we are so unique
      Each has his own to offer
      His very own technique

      Confidence is essential
      To complete the task at hand
      With out it you deprive us all
      Please try t o understand

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      ” आत्मबल ”
      ________________
      हेर त ! यी मेरा पाउ
      सगरमाथा नाप्ने यिनको दाउ ।।
      °
      यी पाउमा छन् साहसी दम
      अविरल यात्रा गर्छ हरदम ।।
      °
      नसोच ! कोमल हुन्छ छोरीका पाउ
      कमजोर सोचाइ मनको हो घाऊ ।।
      °
      पासाङ्ग हुन सक्छे यो
      भृकुटी हुन सक्छे त्यो ।।
      °
      काँधमा काँध मिलाउँदै होस्टे गर्छे जब
      आमा! तिम्री छोरी विरङ्गाना हुन्छे तब ।।
      °
      चुरा र पाउजेबमा हामी अल्झिनु हुँदैन
      हामीलाई हेर्ने कुदृष्टिमा हामी बल्झिनु हुँदैन ।।
      °
      हटाउँछु मेरो हितविपरीतका अवरुद्ध
      ब्यायाम गर्छु लड्छु म तिनको विरुद्ध ।।
      °
      ब्रिस्टी हिन कुहिरो देखी म काप्दिन
      दृष्‍टि हिन धुइरो सँग म भाग्दिन — ।।
      °
      थाक्न दिन्न म मेरा यी गोडालाई
      हार्न दिन्न म मेरो मनको घोडालाई ।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bideshi

      गगन चुम्ने तिम्रो पाउ किन आज शान्त छन
      कतै ती बादल तिम्रा बाधक बनेर बाटो छेकेकोले होकी
      चन्चल चुल्बुल चल्ने रमाउने सुन्दर तिम्रो मन
      आज मौन देख्छु, शायद थाकेको छ अपार पिडा बोकी

      तीनै धमीला बादल पारी कतै बिलिन छौ
      सँगसंगै कौसी मा खेली हुर्की स्नेह साटेर बडेका साथी
      नयन मेरा आस्त ब्यस्त छन् आज तिमीलाई बादलमा खोज्न
      गगन चुम्ने मेरा पाउ ब्यग्र छन आज तीनै गगन मा फर्काउन लात्ती।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ekendra

      मन लाग्यो

      हेर! तिम्रो कोमल पाउ ले गगन चुम्न लाग्यो
      धर्ती र आकाश जोड्न सक्ने तिम्रो कला को तारिफ गर्न मन लाग्यो
      कहिले डर लाग्न थाल्यो कहिले सिटी बजैदिउकी जस्तो पनि लाग्यो
      खै तिम्लाई भात लाग्यो कि मात लाग्यो
      मलाई त तिम्रो तस्बिर देखेर बेस्सरी हासो पो लाग्यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      Title: उमेरको माग

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker