आज धेरैको कार्यक्रम अकस्मात् बिहान बिहानै परिवर्तन भएको छ। कतिले आज कतै केही काम गर्ने योजना बनाएका थिए होलान्। सरकारी कार्यालयहरुमा, बैङ्कहरुमा काम भएको भए आज त्यो नहुने भयो। समावेशीकरणको लहर चलेकोले सार्वजनिक विदाको संख्या ह्वात्तै बढेको छ। तर यसले अन्यौल पनि बढाएको छ। सरकारले विदाको घोषणा ढिला गरिदिने हुनाले कतिले चालै पाएका हुन्नन्। एक जना साथी बिहान बिहानै कलेज पुगेपछि पो बल्ल आज त सार्वजनिक विदा भनेर चाल पाएछन्। कति विद्यार्थीहरुले स्कूल जाने तयारी गर्दागर्दै बल्ल विदा भनेर थाहा पाए।
आज विदा रहेछ ल्होसारको। ल्होसार विभिन्न जातिको विभिन्न समयमा हुने गर्छ- गुरुङको, तामाङको र आज चाहिँ हिमाली शेर्पाको। एउटामा विदा दिने अर्कोमा विदा नदिने गर्न भएन। यसलाई ग्याल्पो ल्होसार भन्दा रहेछन्। विशेष गरी हिमाली आदिवासीहरुले मनाउँदा रहेछन् यो ल्होसार। पात्रोहरुमा भोलि बिहीबार ग्याल्पो ल्होसार लेखिएको छ तर मनाउने चाहिँ आज रहेछन्। त्यसैले पनि अन्यौल भएको रहेछ।
गृह मन्त्रालयले पनि विदाको घोषणा हिजो राति मात्र गरेको थियो। गृह मन्त्रालयको सूचनामा भनिएको थियो-
गृह मन्त्रालयको सूचना
नेपाल सरकारले हिमाली आदिवासीहरूले मनाउने गरेको ग्याल्पो ल्होसार भोलि परेकाले उक्त दिन मुलुकभर तथा विदेशस्थित नेपाली कुटनीतिक नियोगमा समेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
लोडसेडिङका कारण रेडियो सुन्न, टिभी हेर्न नपाउनेहरुले त्यो खबर नपाएका हुनाले पनि आज अन्यौल भएको रहेछ। जो जसले मनाउँछन्, उनीहरुलाई ह्यापी ग्याल्पो ल्होसार। नमनाउनेलाई ह्यापी होली डे। मनाउनेहरुले आफ्नो यो चाड कसरी मनाउने हुन्, त्यो पनि लेखिदिनुभए थाहा नभएकाहरुले पनि थाहा पाउने थिए कि। एकअर्काको परम्परा र संस्कृतिको सम्मानले नै वास्तविक अर्थमा राष्ट्रिय एकतालाई बलियो बनाउँछ।
अपडेटः हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत विभिन्न जातिहरूको संयुक्त पर्वको रुपमा रहेछ यो ल्होसार। आज र भोलि दुई दिन राजधानीमा पनि धुमधामले मनाउने तयारी भएको रहेछ। पूर्वमा ताप्लेजुङदेखि पश्चिममा हुम्ला-बाजुरा क्षेत्रमा नेपालको १८ पहाडी जिल्लामा हिमाली आदिवासी जातिहरूले हरेक वर्ष महान् चाडको रुपमा मनाउने रहेछन् यो पर्व।
यो अवसरमा आज टुँडिखेलमा बुद्ध संस्कारअनुसार विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको रहेछ। सातौँ शताब्दीभन्दा पनि पहिलेदेखि मनाउन सुरु गरिएको रे यो पर्व।
No related posts.









Kaglai, gorulai,kukurlai,jogilai chhutti pauchha bhane mahan itihaa*s bokeko himali adibasiharulai kina bida nadine ? Je hos bigatko sarkarle garna nasakeko kam yo sarkarle gareko chha.
Dhanya chha naya nepalko naya sarkaarlai.
मन परे हरियो, नपरे रातो
0
0
i heard that communist believed on work not on vacation and religion but here in nepal DOGLA COMMUNIST WANT vote by using the name ofg maxism and doing the work like capitalism
मन परे हरियो, नपरे रातो
0
0
देशमा त हरेक दिन लोडसेडिङले गर्दा बिदा जस्तै त छ नि। बिना कारण बिदामा बस्नुभन्दा बहाना पाएको बेला बिदा मनाउँदा के फरक पर्छ र? अव हरेक दिन बिदा मनाउँदै बसौ। ढुंगेयुगमा बाँच्न थालिहालेका छौ क्यारे।
मन परे हरियो, नपरे रातो
0
0
मेरो comment i heartly agree with Karam, passa
and P. Gurung हुनु पर्नेमा अन्यथा भएकोमा सच्चाइको छ ।
मन परे हरियो, नपरे रातो
0
0
अब दशैको बिदा कटौति गरेर १ दिन मात्रै बिदा दिनुपर्छ। अनि तिहारको पनि कटौति गरेर १ दिन मात्रै बिदा दिनुपर्छ किनकी नेपाल हिन्दुहरुको अधिराज्य रहेन अब।
अहिले सबैको समावेशी राज्य हो। सबै धर्मको देशहो तर हिन्दुहरुको पेवा हैन नेपाल। त्यसर्थ दशै र तिहारको १ दिन बाहेक सबै बिदा कटौति गर्यो भने पहिलेकोझै सबै बिदाहरु बराबर हुन्छ अर्थात दशै बिदाको ३० दिन मा १ दिन कटायो भने २९ दिन हुन्छ भने तिहारको १५ दिन बिदा कटाएर १४ दिन हुन्छ। यि बाँकी २९ र १४ दिन मा अरु जनजातीहरुको चाडपर्वको बिदा दियो भने सबै मिल्छ।
तर यहा भएको मित्रहरुको किन टाउको दुखेको होला अरु जनजातीहरुको बिदा दिन्दा चाही। हिन्दुहरुको चाडमा बिदा दिन्दा चाही मख्ख। यो त भएन नी समाबेशी।
अस्तु!!!!!!!!!!!!!!!!!!!!॥।।।।।।।।।।।।।।।।
मन परे हरियो, नपरे रातो
0
2
ल्होछरको अर्थ नबुजी कमेटहरु किन लेख्नु भयो होला हाम्रो मित्र साथीहरु यो चाहि मलाई मन परेन। तामाङ र
गुरुङ जातीहरुको मात्र हैन चाहे यो ल्होछर नेपालमा रहेका हरेक जात जातीकामित्रहरुले मनाउसकिन्छ।यो ल्होसर
हैन यो ल्होछर हो। यसमा नयाँ सालको शुरुवत हुने दिनलाई ल्होछर मानिन्छ।
मान लामा
मन परे हरियो, नपरे रातो
0
0
हामीले कहिल्यै पनि दसैं,तिहार,शिवरात्री,रामनवमी,कुशेऔसी आदि आदि चाडहरुमा बिदा बढी भयो र सम्बन्धित धर्मवलम्बिहरुले मात्र बिदा पाउनु
पर्छ भनेका छैनौ । छठ,बक्रिद,इद ,सकेवा,लोसर आदि आदिमा बिदा हुँदा किन यस्तो ङ्यार ङ्यार ? नेपाल अब धर्म निरपेछ्य राज्य भइसक्यो । एकातन्त्रात्मकबाद राज्य होइन ।
मन परे हरियो, नपरे रातो
1
0
हैन यो लोसर पनि हरेक महिना मा एउटा पर्छ कि क्या हो
मन परे हरियो, नपरे रातो
1
0
सबैको चाँड बराबर । बरू बिदा बढि नै हुने भए, अनावश्यक बढि बिदा दिई राखेको चाँडहरूको बिदा घटाउने हो कि ? सबैको चाँडलाई एकदिन मात्र बिदा गर्ने नि । आखिर सबैको चाँड बराबर ।
मन परे हरियो, नपरे रातो
0
1
जनजाती र अन्न्यलाई एक दिन छुट्टी दिदा सबैलाई येती टाउको दुखाइ अब दसैं तिहारको को पनि १५ दिन हैन १ दिन बिदा दिदा के होला हो मित्र हरु ,एस्को बिसएमा केही सोचौ पहिले अनी सबैलाई चेतना भये राम्रो ।
करम गुरुङ ,बेलायत
मन परे हरियो, नपरे रातो
0
1
नेपाल सरकारलाई मेरो अनि सम्पूर्ण ग्याल्पो लोसार मान्ने नेपालीहरुको तर्फबाट हार्दिक धन्यवाद
मन परे हरियो, नपरे रातो
1
0
नेपालको बिदा को बारेमा अब आउने समिधान मा हेर्फेर गर्नु अबस्यक देखुछु किनकी नेपाल बहु जतिय धर्मा बर्न बासिय देस् हो अहिले सम्मा हिन्दू धर्मा र तेही सोसक व्रसुताचार हरु जो देस् चलाएर बसेक थिए तीनइहरुको पछेमा सार्वजनिक बिदा वएको जस्तो लाग्छ तेसैले अबको सार्वजनिक बिदा सबै नेपाली हरु लाई समेतिएर बनाउनु अबसेक छ एसुको मत्लब जाती पिछे बिदा धर्मा पिछे बिदा ब्राणा लिङगा पिछे बिदा भनेको चाँही होइन एदि एसो गर्ने हो भने बर्षम ३६५ दिन्ले पनि पुग्दैन
जोगी गुरुङु जापान
मन परे हरियो, नपरे रातो
0
0
निजी क्षेत्र मा वा स्वरोजगार वा व्यापार मा मेहनत गर्ने अनी सरकार लाई कर बुझाउने, त्यो कर चाँही सरकारी कर्मचारी लाई यही विदा मनाउन लाई खुवाउने। यही हो नयाँ नेपाल।
मन परे हरियो, नपरे रातो
0
0
कही नभएको जात्रा हाडी गाउँमा,
जुन देश संसार को सबै भन्दा गरीब छ, त्यसइमा सबै भन्दा बढी बिदा
जुन ठाउँ म ५०% भन्दा बढी जुन धर्मावलि छन, त्यस् ठाउममा, नभये जस्ले मनाउने हो त्यसइलाई मात्र पो दिनु पर्छ नि।
ठुक्क हाम्रो देशको चलन, समवेशी को नाम मा भित्रिएको बिजोग।
Nishant Sharma
USA
मन परे हरियो, नपरे रातो
0
0
Yi Nepali sarkari karmacharya haru kaam garne haru bhaye po.
sabai aalchi mora haru ta honi…
मन परे हरियो, नपरे रातो
0
0
Aru lai HAPPY LOADSHEEDING
मन परे हरियो, नपरे रातो
0
0
नेपाल सरकारलाई मेरो अनि सम्पूर्ण ग्याल्पो लोसार मान्ने नेपालीहरुको तर्फबाट हार्दिक धन्यवाद ।
मन परे हरियो, नपरे रातो
0
0
“Hoina yeso ganda ta Nepalma Barsha bharima bidako din 366 Pugne bhoki kaso?”Hahahaha..
मन परे हरियो, नपरे रातो
0
0
sabai ko lagi euta rastriya chad ko byabastah garau ani kam garau naya nepal ko lagi
tapai hami lenai kam gare matra desh banchha
मन परे हरियो, नपरे रातो
0
0
हामी भट्टराईहरुको पनि देवाली (कुलको पूजा) आउँदै छ , बोका काटेर खाने ठुलो चाड हामी लाई पनि नयाँ नेपाल मा १ दिन त सार्वजनिक बिदा चहियो चहियो !!!
मन परे हरियो, नपरे रातो
0
0
सम्पूर्ण नेपालीलाई ग्याल्पो ल्होसार को शुभकामना /
मन परे हरियो, नपरे रातो
1
0
यसरी सबै मान्छे र जात तै पिछे बिदा दिन थाली यो भने त नेपाल मा ३६५ दिन मा ३६५ दिन नै बिदा दिनु पर्ने हुन्छ त त्यसरी पनि मुलुक उकालो तिर जान्छ त ? तेसो गर्नु भयन हाम्रा नेपाल का दिमाग नभयका नेता हरुले मुख्य मुख्य चाड हरुमा मात्रै सार्वजनिक बिदा राख्न पर्छ । यस्तो गती मा त यक दिन किताब को पन्ना मा मात्रै नयाँ नेपाल को नाम बाँकी हुन्छ। अरु हुने केही होइन जे होस् बिदा पाउने हरु लाई बिदा को शुभकामना आफु त सरकारी कर्मचारी पनि पारियन स्टुडेन्ट पनि पारियन बीदा न सिदा।
मन परे हरियो, नपरे रातो
0
0
मेरो नि ल्होसारको शुभकामना
मन परे हरियो, नपरे रातो
0
0
जनजाति सबै लाई बिदा मा लोभ्याएर, ठूला लाभ को पद सबै पहाड बौन को | नया नेपाल हा हा हा …..
मन परे हरियो, नपरे रातो
0
0
गणतन्त्र नेपालको सरकार चलाऊने “गरीब देशका धनी नेताहरुलाई” लाज लाग्नु पर्ने हो – अमेरिका, रुस जस्ता बिकसित राष्ट्रहरुमा पनि क्रिस्मस्, थ्याँक्सगिविङ इन्दिपेन्देन्स डे अनि नयाँ बर्षको बिदा गरेर जम्मा बर्षभरीमा धेरैमा ५ देखी सात दिनसम्म बिद हुन्छ। नेपाल,असक्छम र अनुभवहिन नेत्रित्वका कारण, झन्नै झन्नै असफल राष्ट्रको सुचिमा पर्न खोज्दैछ त्यस देशमा चाँही बर्षमा करिब १८० दिन बिदा!!!….. अब छेत्री को लागि भिन्नै बिदा, ब्रह्मन को लागि भिन्नै, गुरुङ को भिन्नै, फलानो को लागि भिन्नै, ६९ जनजाती को भिन्न भिन्नै बिदा …… हुँदै ३६५ दिननै बिदा भये त हाम्रा नेता हरु लाई कार्यालय जानै नपर्ने थियो, तेसो गरे कसो होला।।।।।।।।।।….. ?????
मन परे हरियो, नपरे रातो
0
0
ए साच्चै, ती १६४ जना कुसुन्डाहरु (शुद्द कुसुन्डा त एकजना मात्र बांकी छन क्यारे) ले पनि नयाँ वर्ष अथवा चाड मनाउंछन होला । त्यो दिनमा पनि बिदा हुन्छ होला नि हगि? एकजनाको चाडमा पूरा नेपाल बिदा !!!
मन परे हरियो, नपरे रातो
0
0
Only total six days vacation in US in a year. Did you believe ? But in Nepal…
मन परे हरियो, नपरे रातो
0
0
सम्पूर्ण नेपालीलाई ग्याल्पो ल्होसार को शुभकामना
मन परे हरियो, नपरे रातो
0
0
thik cha bida gai jatra ma ktm matra huncha bhane, ani tij ma nari lai matra ho ani. dasai kina sabai lai ani tihar kina sabai lai ni hindu lai matra chuttai diye hunthiyo ni ta hoina ra sathi.
ani afno chahi thulo chad ani aru ko chahi ke ni?
मन परे हरियो, नपरे रातो
0
0
local bida haru ghataunu paryo. Local parba ra emergency ko lagi ta 12 days “Kya-bi. ra Pa-bi.” chhandai chha ni. Local bida dine ho bhane yo 12 days bida hataunu paryo.
मन परे हरियो, नपरे रातो
0
0
hahahaha kahi nabhayeko jatra haadi gaau ma
मन परे हरियो, नपरे रातो
0
0
मैले पनि यो समाचार आज बिहान इन्टनेट बाट थाहा पाएको!!!! आफु त निजामती कर्मचारी पारीएन, त्यसैले सरकारी बिदासिदाको केही मतलब नै राखिदैन, तर कहिलेकाही बैङ्कमा जाँदा बिदा परेको ले केही गाह्रोपिरो चाँही अवश्य नै परेको हुन्छ ।
मन परे हरियो, नपरे रातो
0
0
ए एस्तो पो रहेछ नयाँ नेपाल भनेको त!
यस्तै बिदै-बिदाको लागी नै हो त १५००० नेपालीलाई सधैंको लागि संसारबाटै बिदा हुनुपरेको ?
मन परे हरियो, नपरे रातो
0
0
तीज मा महिला लाई मात्र बिदा, ईन्द्र जात्र मा काठमाडौं मात्रा बिदा , ……….तर यो लोसर म घल्पो लोसर मान्ने हिमिली area मा मात्रा न दियर सबै लाई बिदा किन होला ?
मन परे हरियो, नपरे रातो
0
0
Its a big JOKE for entire world. Nepal has the biggest records around the world in many aspects. This kind of holidays makes the nepali people more lazy and helps the country to be worse than ever. May god bless nepali lawmakers and so called political leaders.
मन परे हरियो, नपरे रातो
0
0
घल्पो लोसर मान्ने हिमिली area मा मात्रा न दियर सबै लाई बिदा किन होला ?
मन परे हरियो, नपरे रातो
0
0
bida dine ho bhane sabai lai samman tarikale dine ho natra kina dashai ani kina tihar lai dine ni teyo pani kya-bi ra pa-bi mai milauda huncha.
yek apas lai samman garnu siknu parcha afno chahi thulo chad ani aru ko chahi sano kahile na sune ko ho ka?
tapai lai dashai bhne zai malai pani mero chad ma sabai le bida payos huncha, sabai lai mero chad bare thaha bhye hunthiyo, mero chad pani aru le manai diye jasto huncha.
ke hami le tapai ko dashai, tihar ma kina chutti diye ko bhnera kahile bhne ka chau?
ki yo bida kasai pani na dine with respect with the chad and parba.
मन परे हरियो, नपरे रातो
0
0
ke tapai bahun bhnera ya kunai thulo jat bhane ra aru lai hepe ko ho?
yehi pabirti le ta raja gaye ko thaha cha hola sathi lai?
bannai parda ko po nepal ma suddha cha ra?
bahun ta aba raksi ra masule down baye ko thaha cha hola ni sathi lai?
ki teyo suddha ho tapai ko lai?
suddhata bhane ko man,mastik ma huncha hoina ra?
ki name ra surname ma huncha?
yesto kura garnu bhane ko desh ma jat ra dharma dhuribikaran launu ho sathi?
yek apas lai yijat dinu sika natra pheri desh ko map nai sansar bata harau la ki arko ethopia hola hamro paro desh
मन परे हरियो, नपरे रातो
0
0
ani ke aru jat ko astito nai chaina ka ha?desh timi haru ko matrai ho ka ha?
main chad bhanna le ke ni?
dashai timro lai main chad hola tara mero ta hoina ni?
khoi ta mero chad lai bida?
malai khoi ta bida? mero chad mero lai ta main ho ni tapai lai po na hola?
ani kina tapaile,tapai ko ma bida khojne tehi pani 1 hafta ko ani malai 1 din bida dina pani yesto tension kina?
teso bhye ra ki bida bhanne calander mai hunu hudaina baru chutti ko din ko sankha badau ne ani afu khusi line bida dashai ma linu man cha bhane hindu le line, christmax ma christan le line etc ani bhai hal yo ni kasai lai pani tension bhye na hamile sarkari karyalaye 365days nai upayog garnu payou hoina ra kam pani chado hune bhyo ani bikash pani chado hola ni bida na bhye pachi ta,hoina ra?
मन परे हरियो, नपरे रातो
0
0
G9 जि !
हजुरले भन्नु भएको कुरामा म पनि सहमत नजाउछु । किन कि हाम्रो जस्तो चार जात छत्तिस बर्णले सिँगारिएको देशमा सबै जात जाती र धर्म पिच्छे यसरी सार्वजनिक बिदा दिन थालियो भने ३६५ दिनले पनि नपुग्ने हुनेछ । हरेक धर्म समुदायले आ- आफ्नु मुल्य मान्यता अनुसारअको बिदा पाउनु पर्छ तर यसरी हरेक महिनामा २,३ वोटा सार्वजनिक बिदाले हामी सबैको जिबन स्थरमा प्रतछ्य असर पारेको छ । यस्तो अवस्थामा हरेक धर्म र समुदाय अनुसार नै बिदाको दिन छुट्याउनु राम्रो हुन्छ जस्तो लाग्छ मलाई । बिकासित देशहरुमा राष्ट्रिय बिदा बाहेर अरु सार्वजनिक बिदाहरुले कुनै पनि संघ सन्था ,सरकारी कार्यालयहरु बिदा भएको देखिदैन । इजरायको नै कुरा गर्नु पर्दा पनि मुस्लिम समुदायमा चार्ड पर्ब पर्दा जुइस धर्मावालम्बिहरुले काम गर्छन् अनी जुइस धर्म मान्नेहरुमा चार्ड पर्ब पर्दा मुस्लिम धर्मावालम्बीहरुले काम गर्छन् जस्ले गर्दा कुनै पनि सरकारी काम काजहरु थप्पै भएर रोकिन पाउदैन र देश र जनताको जिबन स्थरमा कुनै पनि असार पर्दैन । त्यसैले हाम्रो देशमा पनि यस्तो नियम लाग्नु हुने हो भने देश बिकासमा केही राहत मिल्छ होला जस्तो लाग्छ ।
मन परे हरियो, नपरे रातो
0
0
Harke jee, I do agree with you. Very good comment.
Rajendra
मन परे हरियो, नपरे रातो
0
0
हिमा लि भेगका सेर्पा समुदाय ले मनाउने पर्ब ” ग्याल्पो ल्होसार ” को उपलछ्यमा सार्वजनिक बिदा दिनु उचित लाग्छ । ( आबश्यक छ – न्याय संगत हुने छ ) । किनकी संसार कै अग्लो हिमाल हरु नेपाल मा रहेको र त्यही हिमाल को नाममा नेपाल ले नाक ठाडो पारेर आय आर्जन पनि गरी राख्या छ । जती तराइ भेग या काठमान्दौ कै मुख्य चाड को महत्ब हुन्छ त्यती नै हिमा लि भेग को मुख्य चाड को पनि महत्ब हुनै पर्छ ।
” ग्याल्पो ल्होसार ” को उपलछ्यमा शुभ कामना सबै नेपाली लाई ।
मन परे हरियो, नपरे रातो
0
0
damiiiiiiiiiiiiiiiiii dialouge
मन परे हरियो, नपरे रातो
0
0
इश्वरी जि
चिन्ता नगरनुस् हजुर लाई नि मिल्छ बिदा |
आखिर नयाँ नेपाल त बनाउनु नै परो नि !
भोली का दिन हरु मा यिनी हरुले उनी हरुको
जन्मदिनमा नि सार्वजानिक बीदा घोषना गर्ने छन
मन परे हरियो, नपरे रातो
0
0
फर्सी खानुहोस् किन बोका animal right ले समत्ला है
मन परे हरियो, नपरे रातो
0
0
चन Bro
मनाउ न तिमी ३६५ दिन नै मनये पनि कसैको टाउको दु:खइ छैन ,अनी दशै भने को बहुन को हैन होला,हिन्दू धर्म मन्ने को हैन र यो चाड ?
मन परे हरियो, नपरे रातो
0
0
aba ta mero birthday ma pani sarkari bida paunu paryo sabaile.
मन परे हरियो, नपरे रातो
0
0
Raj ji,
Think about total public holidays also.
Your thinking will be reversed.
Do you know public holidays in Nepal are less than in USA.
मन परे हरियो, नपरे रातो
0
0
Raj ji,
Think oi broad you will be turned to reverse.
You will be surprised that total days of official holidays are higher in USA than in Nepal.
Anyway, my opinion is to reduce public holidays in local festivals.
Asha from Nepal
मन परे हरियो, नपरे रातो
0
0
The answer is simple dude coz dashain and tihar is celebrated by more than 80 percent of Nepalese.So they are obviously the biggest festials of nepal.I am not being racist but just simply think if we keep on giving holidays in every single occasion how many days will the offices be open in nepal?There are more than 100s of different ethinic groups in Nepal.Its not possible to give national holiday in every single festival.The holiday should be limited to those who actually belong to that group and celebrate.Do you know any muslim countries giving national holiday in dashain or deepawali,christian countries giving holiday in eid or diwali?No they dont, although they claim themselves a mixed culture country.If they start giving holiday on all religions festival,their economy wouldnt be like they are today.So the best idea would be to give holiday to those people who celebrate rather than to all.
At last wish you a Happy loshar.
मन परे हरियो, नपरे रातो
0
0
हो त मित्र यो भनेको असक्छय्म राष्ट्रको सुचिमा नाम लेखाउन तैयार गर्दैछन हाम्रा सरकारले राष्ट्रिय दिबसहरु दसैं र तिहार र नयाँ बर्ष बैशाखमा बाहेक अरुदिन बिदाको जरुरत नै छैन, “बिनाश काले बुद्धी…….” मात्रै हो यो, तेसै त कर्मछरिहरु काम को समयमा नि सही ढ्ङले कामा कर्तब्य पालना नगरने घुस्याहा हरुलाई क्या आन्न्द छ त । यिनीहरुलाई कतारको ५० डिग्रिको घाम मा केही समय जोताउनु पर्ने …..
मन परे हरियो, नपरे रातो
0
0
yes there are two dashains too.
मन परे हरियो, नपरे रातो
0
0
u r absolutely right !
मन परे हरियो, नपरे रातो
0
0
Asha you are right. Here is the list:
USA
STAT Holiday about 6 days/year
SAT-SUN Off about 104 days/year
Casual Off 10 days/year
Family Sick 10 days/year
Vacation 4 to 7 wk 30 days/year (lets say average)
===========================
Total 160 days/year
Nepal
STAT Holiday about 15 days/year
SAT Off about 52 days/year
Casual Off 10 days/year
Family Sick/Other 10 days/year
Vacation about 25 days/year
===========================
Total 112 days/year
Net Different in days off USA 160 – Nepal 102 = 48
We work 48 days less than Nepal
Plus There are Working hours difference
USA Government Working Hours 36.25 (Private 40 hours)
Nepal Government Working Hours 42 hours (average in winter and summer)
Hours Different in a week about 6 hours which is about 40 days in a year
So in USA 160+40=200 days holiday out of 365 days in a year
In Nepal 112 days holiday out of 365 days in a year.
So Nepali works about 90 days (3 months) more than US and Canada employee.
Besides, US and Canada there are Flex days where you can take half hour lunch break instead of 1 hours and you can take 1 to 2 days off each months not so popular only few ministries and agencies are practicing this flex days options.
Prakash Canada
मन परे हरियो, नपरे रातो
0
0
लुनाजी ! धेरै धन्यवाद तपाईंलाई यो चाड र हिमाली बेगका बासिन्दाहरुको पछमा बोलिदिनुभएकोमा ।
मन परे हरियो, नपरे रातो
0
0
what ever prakash give the usa working hours is wrong he is counting two times same hours means casual leave and vacation there is not such thing here in usa either vacation or casual one you can take another things he mention on his comments that people can only take vacation not more than 21 days so here he counting both weeken and days so this math is wrong
मन परे हरियो, नपरे रातो
0
0
yo bidroho banne manuwa lai ganti garna pani audaina ki kyaho ?………………
मन परे हरियो, नपरे रातो
0
0
वास्तवमा चार जात छत्तीस वर्ण महावाणी वास्तवमा सुन्दर छ, यस हिसाबले धर्म निरपेक्ष राष्ट्र हुनु राम्रो हो । झन् अहिले त झन् वृहत् छ । जनतन्त्र (डेमोक्रेसी – लोकतन्त्र भन्दा भारतीय गन्ध आउने र प्रजातन्त्रभन्दा राजतन्त्रको गन्ध आउने भएकोले जनतन्त्र भनेको) मा यस हिसाबले हरेक जातजातिको पहिचान गरिनु/गराइनु राम्रो हो । अन्य देशहरूमा हरेक जातजातिको चाडपर्वमा सार्वजनिक विदा दिने व्यवस्था कस्तो छ थाहा भएन, तर नेपालमा यस्तो प्रचलनको विकास हुनु मौलिकता भन्दा फरक नपर्ला । तर, यसरी हरेक जातजातिलाई चाडपर्वलाई सार्वजनिक विदा दिने हो भने, हाम्रोजस्तो अल्पविकसित देशले कहिले गति लिने होला ? यो गम्भीर प्रश्न हो । जनतन्त्र भन्दैमा जथाभावी गरिनुहुन्न, हरेक निर्णय लिनुपूर्व सरकारले गहिरो अध्ययन गर्नुपर्छ । अहिले नै नेपालमा सार्वजनिक विदा गन्ने हो भने हाँसो उठ्छ । सबै जातजातिले यसरी नै माग राख्दै सरकारले माग पूरा गर्दै जाने हो भने त ३६५ दिनै विदा दिनुपर्ने अवस्था नआउला भन्न सकिँदैन । बरु दशैं, तिहारलगायत अन्य चाडपर्वहरूमा विदा कटौती गरेर केही चाडपर्वलाई राष्ट्रिय चाडपर्वको रूपमा घोषणा गरेर सार्वजनिक विदा दिनेतर्फ लाग्नु उचित हुन्छ ।
मन परे हरियो, नपरे रातो
0
0
Well, it is true where I worked and where I am working, but some ministries do not have any flex days provision, rest are correct based on my area.
Prakash Canada
मन परे हरियो, नपरे रातो
0
0
Hey guyz, what are u talikin? Are u guyz talkin about personal holidays or pubic holidays?
मन परे हरियो, नपरे रातो
0
0