पाकिस्तानमा श्रीलंकाली क्रिकेट खेलाडीहरुमाथि आज आतंकवादी आक्रमण भएपछि श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षेको नेपाल भ्रमण छोट्टिएको छ। उनी बुधबार बिहान पौने नौ बजे बुद्ध जन्मथलो लुम्बिनीका लागि सोल्टी होटलबाट विमानस्थल जाने कार्यक्रम रहेको थियो। त्यहाँबाट काठमाडौँ फर्किएर भोलि मात्रै श्रीलंका फर्किने कार्यक्रम भए पनि विशेष परिस्थितिका कारण आजै साँझ उनी स्वदेश फर्कँदैछन्। पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाली क्रिकेट टोलीमाथि लाहौरमा अज्ञात समूहले आक्रमण गर्दा कम्तिमा पाँच खेलाडी घाइते भएका छन् भने एस्कोर्टिङमा रहेका पाँच प्रहरी मारिएका छन्। आक्रमण पाकिस्तान कै मुस्लिम उग्रवादीहरुले गरेका हुन् कि श्रीलंकाका तमिल विद्रोहीहरुले गरेका हुन्, यकिन हुनसकेको छैन। आक्रमणको भिडियो हेर्न यहाँ क्लिक गर्नुस्। श्रीलंकाली राष्ट्रपतिको नेपाल भ्रमण छोट्टिने भएपछि सबैभन्दा खुसी काठमाडौँका बासिन्दा भएका छन्। हुन पनि हिजो र आज यहाँका बासिन्दाले उनको भ्रमणका क्रममा कम्ता दुःख पाएनन्। तर यदि समाचारमा आए जस्तो आगामी सार्क शिखर सम्मेलन माल्दिभ्सले काठमाडौँलाई आयोजना गर्न गरेको आग्रह नेपालले औपचारिक रुपमा स्वीकार गरे अझै योभन्दा दुःख पाउने निश्चित छ। नेपालबाहेक सात देशका त्यसमाथि आतंकवादग्रस्त अफगानिस्तान, पाकिस्तान, भारत, श्रीलंका जस्ता देशका राष्ट्रप्रमुखहरु एकै ठाउँमा भेला हुने भएपछि सुरक्षा पनि त्यही स्तरको हुनै पर्यो।

सुरक्षा संवेदनशीलताका कारण राजापाक्षेलाई नेपालमा उपलब्ध सबैभन्दा उच्च स्तरको सुरक्षा दिइएको थियो। बाटो, चोक जताततै जनपद र सशस्त्र प्रहरी हुलका हुल देखिन्थे। एक त राष्ट्रप्रमुख त्यसमाथि युद्धमा रहेको देशको राष्ट्रप्रमुख। युद्ध पनि फेरि आत्मघाती आक्रमणका लागि विश्व मै कुख्यात लिट्टेसितको। त्यसैले त सुरक्षा एकदमै कडा थियो।
त्यसो त हाम्रो राष्ट्रपतिको कार्यालयले उनको भ्रमणको अघिल्लो दिन नै सूचना निकालेर विशिष्ट अतिथिको भ्रमणका क्रममा सर्वसाधारणलाई हुनसक्ने दुःख कष्टप्रति क्षमा याचना गरिसकेको थियो र यात्रुहरुलाई वैकल्पिक रुट अपनाउन आग्रह गरेको थियो।
तलको फोटो हेर्दा कुनै बन्द वा चक्काजामको जस्तो देखिन्छ। तर हैन, यो त आज बिहान श्रीलंकाली राष्ट्रपति सिंहदबारमा प्रधानमन्त्रीलाई भेट्न जाँदा सुरक्षाकर्मीले खाली बनाएको सुन्धारा क्षेत्रको फोटो हो।


हरेक ठाउँ, हरेक चोकमा प्रहरी नै प्रहरी। आकाशे पुलमा पनि हतियारधारी प्रहरी, सवारी रुटमा पर्ने नदीमाथिको पुलमा पनि प्रहरी। संभावित हुलदंगालाई ध्यानमा राख्दै अश्रुग्यासका सेल बोकेका प्रहरी पनि सडकमा देखिन्थे।

दशरथ रंगशालाअगाडिको बाटोमा एकतर्फी सवारी साधनमात्र चलाउन दिइएको थियो। कतिपय ठाउँमा त सवारी चलेको बेला एक साइडबाट पैदल हिँड्नसमेत प्रतिबन्ध लगाइएको थियो।

सवारी चल्ने मुख्य बाटोलाई पूरै खाली गराइने भएकोले त्यो बाटोमा गुड्ने गाडीहरुको गन्तव्य जतासुकै होस्, त्यसमा जोडिने सहायक बाटोतिर पठाइन्थ्यो। अनि त्यस्तो बाटोमा हुन्थ्यो लामो जाम। गणतन्त्र नेपालका पहिला विशिष्ट अतिथिको यो भ्रमणका कारण मंगलबार स्कूल बसहरु समेत प्रभावित भएका थिए र अपराह्न ३ साढे ३ बजे घर आइपुग्ने विद्यार्थीहरु ५/६ बजे पुगेका थिए।

थापाथलीबाट त्रिपुरेश्वरतिर आउन लागेका सवारी साधनहरुलाई शालिकनिर डोरी बाँधेर सिमाना तोकी अगाडि बढ्न रोकिएको थियो।

काठमाडौँका सडकमा राजापाक्षेको सवारी चल्दै गर्दा पाकिस्तानमा श्रीलंकाली खेलाडीमाथि आक्रमण भएको थियो। राजापाक्षेले काठमाडौँबाटै आक्रमणको निन्दा गर्दै तुरुन्त खेलाडीहरुलाई घर फर्कन निर्देशन दिएका थिए।

राजापाक्षे आउनु दुई दिनअघिदेखि नै काठमाडौँका सडकहरुमा रहेका सिमेन्टका डिभाइडरहरु हटाउन थालिएका थिए। विशेष गरी फराकिलो बनाइएको कलंकी-सोल्टीमोडको केही समयअघि मात्रै हप्तौँ लगाएर राखिएका गर्हुँगा सिमेन्टका डिभाइडरहरु सकिनसकी हटाइरहेको देख्दा किन त्यसो गर्नुपरेको होला भन्ने लागेको थियो। आज सवारी चलेको देख्दा पो थाहा भयो- यसरी सडकै ढाकिने गरी चारतिरबाट मोटरसाइकलले घेरेर राजकीय सम्मानसहित एस्कर्टिङ गर्नुपर्ने रहेछ र पो।


केही भइहाल्यो भने के गर्ने ? एउटा सैनिक एम्बुलेन्स त्यही भएर पछि पछि कुद्छ सवारी चल्दा।

सुनसानै बनाइन्छ सडक सवारी चल्नु आधा/एक घण्टाअघिदेखि।

पहिले सार्क सम्मेलन हुँदा त यसरी छतबाट र झ्यालबाट समेत हेर्न दिइन्न थियो। यसपालि भने हेरिरहेका देखिए। सुरक्षाकर्मीहरुको ध्यान त्यसमा नगएको देखियो।

सडक खाली गराउन ट्राफिकलाई टेन्सन।

सोल्टी होटलबाट सिंहदरबार सवारी चल्न लागेको बेला कालिमाटीको सडक यसरी खाली बनाइएको थियो।
हैन आज किन यस्तो सुनसान ? एक बालक दंग पर्दै-

No related posts.









the news about the pakistan is so sad for all cricket lovers…
मन परे हरियो, नपरे रातो
1
0
Don’t you guys think, it could also be the work of self proclaimed dada of south Asia. Who would benefit most from this incident?? This would also be there revenge against last months Mumbai blast.
मन परे हरियो, नपरे रातो
0
0
अतिथि देवो भव:
मन परे हरियो, नपरे रातो
0
0
Aru je bhae pani aphno deshko jantalai kehi bhaeko khandama turunta desh pharkanu mahan neta ho. He is a popular leader.
“Bhawatu sarwa Mangalam”
मन परे हरियो, नपरे रातो
0
0
पाकिस्तान द्रुत गतिमा Terrorist state मा परिणत हुँदै गएको देखिन्छ। SRai ले भने जस्तै अती राष्ट्रबादी बन्न खोज्दा हामी पाकिस्तानको पक्ष लिन्छौं, जुन गलत हो । तर निकै धेरै नेपाली मुस्लिमहरु सहिश्णु छन्। त्यसैले आशा गरौं हाम्रो मा यो social harmony कायमै रहने छ। बाँच र बाँच्न देउ भन्ने भनाइको आदर गरौं।
मन परे हरियो, नपरे रातो
0
0
The topic of the news is not so subtle but crude. We should learn to use some diplomatic norms, when the honourable guest cuts his visit short due to unwarranted sad news. Teerorist no matter where they are nuisance to human civilization regardless of their causes.
मन परे हरियो, नपरे रातो
0
0
अतिथी देबो भब;अति अती भब!अती अती अती भब ! जए सम्भो -जए सम्भो !!
मन परे हरियो, नपरे रातो
0
0
अन्य देसका राष्ट्रप्रमुख औपचारिक भ्रमणमा नेपाल आउँदा सुरक्षादिने जिम्मा नेपाल सरकार र सम्पूर्ण देसबासिको हो । सुरक्षा घेरा राम्रो भएन भने पाकिस्तानमा जस्तै दुर्घटना नेपालमा पनि घट्न सक्छ, आखिर बन्दुके हरुको नेपालमा पनि अभाव छैन । अप्रिय घटनाले गर्दा अतिथी भ्रमण छोट्ट्यर घर फर्कन लाग्दा नेपालीहरु ‘दङ’ हैन ‘निराश’ र ‘दुखी’ छन । लेखको टाइटलले काठमाडौंको ट्राफिकलाई सँकेत गरे पनि ‘दङ’ शब्दको प्रयोग अहिलेको परिस्थितीमा उचित भएन भन्ने मेरो ठहर छ ।
प्रयास ।
मन परे हरियो, नपरे रातो
0
0
jun jun desh ma baguwan Buddha ko salik toreko cha teo teo desh lai thulo dasha lagdai cha
मन परे हरियो, नपरे रातो
0
0
This incident could have been done either by Pakistani or by LTTE. Right now we cannot say that. This incident would definitely hamper the Pakistani cricket. This is really very very sad incident..
मन परे हरियो, नपरे रातो
0
0
“छिमेकी देश पाकिस्तान को दुर्भाग्य देख्दा दिक्क लाग्छ”
यो आतंक श्रीलन्कालि हरु बुद्धिस्ट भएकाले कट्टरपन्थी मुसलमान हरु ले गरेका हुन
मुसलमान हरु ले हिन्दू, बुद्धिस्ट, बोन, किराती आदी सबै मुर्ती पूजा गर्ने लाई “काफिर” भन्दछन र काफिर लाई मार्यो भने जान्नत (स्वर्ग ) गइन्छ भन्ने विश्वाश गर्दछन
नेपाल मा माओबादी हरु जनताको हक हित को नारा लिएर जसरी शक्तीमा आए मुसलमान कट्टरपन्थी हरु त्यसरी नै “अल्ला” पैगम्बर मुहम्मद को नारा लिएर देश का युवा हरु लाई आन्दोलित गरी रहेका छन
उनिहरु गाउ का स्कुलका सारा का सारा स्कुल हरु मा “कोरान” अनिवार्य गरेर घोकाउने, बालक हरु लाई सैनिक र जिहादी तालिम दिने, बैज्ञानीक शिक्षा बन्देज गर्ने आदी काम गर्दै आएका छन, जस्मा अरु धार्मावलम्बी हरु (काफिर)लाई कसरी मार्नु पर्छ भन्ने अभ्यास हुन्छ
उनिहरु को एकै मात्रा माग कट्टर्पन्थी मुसलमान साम्राज्य को माग हो
उनिहरु शरिया कानुन मा पाकिस्तान लाई पारीणत गर्न चाहन्छन
जस्ले मान्दछ त्यसले जीवन भोग गर्न पाउदछ जस्ले मान्दैन त्यसको शरीर र धड अलग हुन्छ
आ आफ्नो संसार को आ आफ्नै गती र मार्ग हुन्छ
यो मुसलमान कट्टरस्पन्थी को जरा संसार भरी गाडीएको छर संसार अहिले आतन्कित छ
पाकिस्तान अहिले अती नै सम्बेदन शिल मोड मा उभिएको छ
कट्टरपन्थी मुसलमान हरु ले देशका युवा शक्ती लाई जिहादी बनाउदै गएका छन; उनिहरु आणविक शक्तिभएको पाकिस्तान लाई पूर्णरुपले कब्जा गर्न चाहन्चन र यदी यो भयो भने दक्षिण पुर्व एशियाको लागि अत्यन्त दुर्भाग्य हुन्छ
उनिहरु को शरिया कानुन मा पुरुष ले दारी पाल्ने र महिला ले बुर्का लगाउने कानुनी वाध्यत्मकता छ, बैज्ञानीक शिक्षा को स्थान मा कोरान मात्र घोकाइन्छ र महिला हरु माथि जघन्य अपराध गरिन्छ, मुसलमान बाहेक अन्य कुनै पनि धर्म को नामोनिशान मेटाइन्छ; मनिस हरु ले मृत्यु र मुसलमान धर्म मा एउटा चयन गर्नु नै पर्ने हुन्छ
यस्ता यस्ता कुरा हुन्छन कि हामी नेपाली कल्पना समेत गर्न सक्दैनौ
पहिलो प्रहार अब पाकिस्तान पछी भारत माथि हुँदैछ, (भारत मुसलमान कट्टरपन्थी हरु को हात मा गयो भने हामी नेपाली हरु एक छिन त रमाउछौ पनि होला र कुच्चिङ पनि भन्छौ होला तर त्यसपछी पालो हाम्रो हो)
यि मुसल्मनान कट्टपन्थी हरु नेपाल मा पनि छद्म भेषमा फैलिदै छन किनकी हामी नेपाली हरु भारत बिरोधी छौ तर माउ खाने ले बाच्छो पनि बाँकी राख्दैन
मुसलमान कट्टरपन्थी को हामी सबै मिलेर समय मै सामुहिक प्रतिकार गर्नै पर्छ नत्र यो आजको सुकरात र अल्बर्ट आइन्सटाइन ले जन्माएको बैज्ञानीक संसार धराशयी भएर अन्धकार मा फन्स्छ
मन परे हरियो, नपरे रातो
0
0
“छिमेकी देश पाकिस्तान को दुर्भाग्य देख्दा दिक्क लाग्छ”
मन परे हरियो, नपरे रातो
0
0
“छिमेकी देश पाकिस्तान को दुर्भाग्य देख्दा दिक्क लाग्छ”
यो आतंक श्रीलन्कालि हरु बुद्धिस्ट भएकाले कट्टरपन्थी मुसलमान हरु ले गरेका हुन
मुसलमान हरु ले हिन्दू, बुद्धिस्ट, बोन, किराती आदी सबै मुर्ती पूजा गर्ने लाई “काफिर” भन्दछन र काफिर लाई मार्यो भने जान्नत (स्वर्ग ) गइन्छ भन्ने विश्वाश गर्दछन
आज भन्दा १४ शय बर्ष पुर्व संसारको पाकिस्तान र अफ्घानिस्तान एक सम्ब्रिद्ध सन्स्क्रिती भएका देश थिए, दुबै देश बुद्धिस्ट धर्मअवलम्बिका देश थिए; शान्ती को पराकास्टा मा जनता सुखमय आध्यात्म को अभ्यास गर्दथे बुद्ध का बिशाल बिशाल मन्दिर, गुम्बा र स्मारक हरु थिए; धार्मिक शाहीष्णुता को पराकास्ठा थियो किनकी बुद्ध र हिन्दू धर्म शाहीष्णुता मा आधारित धर्म हुन
मुलत आदीबासी, बोन, किराती र हिन्दू सभ्यताको उद्गम भएको अफ्गानिस्तान र पाकिस्तान मा सम्राट अशोक ले बिजय प्राप्त गरे पछी बुद्ध धर्म स्थापित भएको थियो
पछी ८ र ९ शताब्दी मा अरब बाट मुसलमानहरु को तुफान आयो, बुद्धिस्ट, हिन्दू, बोन किराती सबै पुरुष हरु मारिए, स्त्री र बालक हरु दास बनाइये मन्दिर र गुम्बा हरु नस्ट पारीये, अफ्गानिस्तान मा त बुद्ध धर्म को नामोनिशान मेटियो, त्यो तरवार र घोडा मा निपूर्ण मुसलमानशक्ती ले भारत समेत खायो र भारत मा शयौ बर्षा शासन गर्यो
मुसलमान हरु बाट भागेका केही बुद्ध, हिन्दू र बोन धर्मावलम्बी हरु नेपाल पनि पसे र आफ्नो धर्म को झिनो अभ्यास लाई जारी राखे
अहिले पाकिस्तान को सरकार भ्रस्ट र बिदेशी को ईशारा मा सन्चालित छ र यही मौकामा मुसलमान कट्टरपन्थी हरु को बिगबिगी बढ्दै गएको छ
नेपाल मा माओबादी हरु जनताको हक हित को नारा लिएर जसरी शक्तीमा आए मुसलमान कट्टरपन्थी हरु त्यसरी नै “अल्ला” पैगम्बर मुहम्मद को नारा लिएर देश का युवा हरु लाई आन्दोलित गरी रहेका छन
उनिहरु गाउ का स्कुलका सारा का सारा स्कुल हरु मा “कोरान” अनिवार्य गरेर घोकाउने, बालक हरु लाई सैनिक र जिहादी तालिम दिने, बैज्ञानीक शिक्षा बन्देज गर्ने आदी काम गर्दै आएका छन, जस्मा अरु धार्मावलम्बी हरु (काफिर)लाई कसरी मार्नु पर्छ भन्ने अभ्यास हुन्छ
उनिहरु को एकै मात्रा माग कट्टर्पन्थी मुसलमान साम्राज्य को माग हो
उनिहरु शरिया कानुन मा पाकिस्तान लाई पारीणत गर्न चाहन्छन
जस्ले मान्दछ त्यसले जीवन भोग गर्न पाउदछ जस्ले मान्दैन त्यसको शरीर र धड अलग हुन्छ
आ आफ्नो संसार को आ आफ्नै गती र मार्ग हुन्छ
यो मुसलमान कट्टरस्पन्थी को जरा संसार भरी गाडीएको छर संसार अहिले आतन्कित छ
पाकिस्तान अहिले अती नै सम्बेदन शिल मोड मा उभिएको छ
कट्टरपन्थी मुसलमान हरु ले देशका युवा शक्ती लाई जिहादी बनाउदै गएका छन; उनिहरु आणविक शक्तिभएको पाकिस्तान लाई पूर्णरुपले कब्जा गर्न चाहन्चन र यदी यो भयो भने दक्षिण पुर्व एशियाको लागि अत्यन्त दुर्भाग्य हुन्छ
उनिहरु को शरिया कानुन मा पुरुष ले दारी पाल्ने र महिला ले बुर्का लगाउने कानुनी वाध्यत्मकता छ, बैज्ञानीक शिक्षा को स्थान मा कोरान मात्र घोकाइन्छ र महिला हरु माथि जघन्य अपराध गरिन्छ, मुसलमान बाहेक अन्य कुनै पनि धर्म को नामोनिशान मेटाइन्छ; मनिस हरु ले मृत्यु र मुसलमान धर्म मा एउटा चयन गर्नु नै पर्ने हुन्छ
यस्ता यस्ता कुरा हुन्छन कि हामी नेपाली कल्पना समेत गर्न सक्दैनौ
पहिलो प्रहार अब पाकिस्तान पछी भारत माथि हुँदैछ, (भारत मुसलमान कट्टरपन्थी हरु को हात मा गयो भने हामी नेपाली हरु एक छिन त रमाउछौ पनि होला र कुच्चिङ पनि भन्छौ होला तर त्यसपछी पालो हाम्रो हो)
यि मुसल्मनान कट्टपन्थी हरु नेपाल मा पनि छद्म भेषमा फैलिदै छन किनकी हामी नेपाली हरु भारत बिरोधी छौ तर माउ खाने ले बाच्छो पनि बाँकी राख्दैन
मुसलमान कट्टरपन्थी को हामी सबै मिलेर समय मै सामुहिक प्रतिकार गर्नै पर्छ नत्र यो आजको सुकरात र अल्बर्ट आइन्सटाइन ले जन्माएको बैज्ञानीक संसार धराशयी भएर अन्धकार मा फन्स्छ
मन परे हरियो, नपरे रातो
0
0
sad to hear the news
मन परे हरियो, नपरे रातो
0
0
यस्तो सुरक्षा प्रबन्ध नेपालमा मात्रै होईन की संसार भरीको देशमा कडा सुरक्षा को ब्यवस्था गरेकै हुन्छ। अमेरिकामा पनि राष्ट्रपतिको आफ्नै देशमा कार्यक्रम भयो भने कडा सुरक्षाको घेरामा राष्ट्रपतिको सवारी गरिन्छ त्यो पनि जेटकारको प्रयोग गरेर तर चक्काजाम चाँही हुन्दैन। किन हुन्दैन त चक्काजाम??? किन की धेरै फराकिलो सडक भएर । कडा सुरक्षाको लागि २ देखी ३ लेनसम्म खाली गराइन्छ र त्यो लेनभित्र अरु कुनै सवारी साधनको प्रवेश गर्न पाउदैन। तर नेपालमा सडक त पुग नपुग २ लेन छ त अनि कसरी खाली बाटो होस त अरु सर्वसाधारणको लागी बाटो।
निकट भविष्यमा बन्दैगरेको तिनकुने सुर्यविनायकको ६ लेनको सकडमा त यस्तो सास्ती त भोग्नु त पर्दैन होला नी।
जेहोस नेपाल सरकारले उपलब्ध गराएको कडा सुरक्षालाई सर्हनिय कार्य गरेजस्तो लाग्छ, जहा हेर्यो त्यही सशस्त्र जवान हरु, जहा पनि ट्राफिक प्रहरी हरु हाई एलर्टमा थिए। तर यो ब्यवस्था बिशेष व्यक्तिहरुको सवारी मात्र नभई अरु सामान्य दिनहरुमा पनि गरेको भए धमलाहरुको ग्याङहरुले बम पड्काउन सक्थेन होला।
अस्तु!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
pakistan lai aba atankabad le ganji sakyo
biswas garaun tyas bata mukti pakistan le chadai paos
मन परे हरियो, नपरे रातो
0
0
Sabai thik nai cha, that we should give security and that’s our honour too. But at least goverment le hamlai yeti baje dekhi yeti baje samma yo bato bhanda huncha vanera samaya toki diye ko bhaye ta janatale dhuka ta paune thiyenan ni. Hoina ta ??? Yeuta ko lagi sabai lai dhuka pani ta dina mildaina ni ??
मन परे हरियो, नपरे रातो
0
0
“सर्बे भबन्तु सूखिन ! “
मन परे हरियो, नपरे रातो
0
0
” अतिथी देबो भब : ”
झन कुट्नैतीक दृष्टिकोण ले त झनै महत्बपूर्ण ।
मन परे हरियो, नपरे रातो
0
0
That’s RUDE!
Umesh, this is wrong. Do you want not to see any foreign diplomat visiting Nepal? or Do you want them to visit and have no security?
It’s always happen, no matter where in the world, the traffic are always disturbed, the only difference is being for how long and to what extend. The traffic should pre-inform or have the alternative plan ready.
मन परे हरियो, नपरे रातो
0
0
Yo ta sempel hone hame haru huru kati laml bandata haru ta khadi yaka thayu balaba ktm ma lamu samaya pachi katako 2-3 ghanta banda vayako yataro halla …..kana yo ta naya sarko kam ho k ramro vayanara ?
मन परे हरियो, नपरे रातो
0
0
this news tells that the world is insecure and especially Muslim county are . they attack on innocent common people and player .this is the threat to world not only to south Asia or Muslim county. so every one must be unite to eradicate the terrorism.
मन परे हरियो, नपरे रातो
0
0
Narendra Shaswat(Neupane)india
it is very sad to learn about to SL president’s early return from the Nepal to all the Nepalis because its the very 1st time that any president from other county has arrived in Nepal after Maoist led the government and it was the chance to Maoist to show the world who they are and especially to U.S who has not removed Maoist from terrorist list yet.
मन परे हरियो, नपरे रातो
0
0
we should give security to the high profile visit from the the country where the internal war is in peak.
मन परे हरियो, नपरे रातो
0
0
The players who went to show solidarity to the country Called Pakistan because it was getting alienated from rest of the world and there you try to kill these players. They went there to give a bit of relief from the tense life. They have nothing to do with the politics so why target players. I think with this incident Pakistan is now a terrorist country as they see nothing when they have gun. Gun without issues.
मन परे हरियो, नपरे रातो
0
0
rajapachhe jam le ta jhandai exam chhuteko
bichar gare ra micro bata utrera hide thikka time ma puge
ra xm pani diye
मन परे हरियो, नपरे रातो
0
0
It’s extremly trouble evidence in srilanka.Those who done it they have to punished in international high criminal court.Good by rajapaxe and handle this problem
मन परे हरियो, नपरे रातो
0
0
सडक खाली गरियो त्यो ठुलो कुरा हैन। सडक खाली किन गरिन्छ त्यो ठुलो कुरा जबसम्मा संसार बाट आतंकबाद हत्दैन
तब सम्म यो इकुराले ठाउँ पाइरहन्छ। तेसैले हामीसबैले आतंकबाद बिरुध्ध एकजुत हुनुपर्छ।
मन परे हरियो, नपरे रातो
0
0
सीधै दंगा मच्चाउन खोजेको दुष्प्रयास बुझिन्छ सतहीबाट हेर्दा यस घटनालाई ।
मन परे हरियो, नपरे रातो
0
0
This is the reason behind the withdrawal of indian cricket team’s planned match against Pakistan last year.Srilankan team paid the price of their reluctance.They should not have traveled to pakistan at all.
Terrorists have different game to play in pakistan other than cricket .
मन परे हरियो, नपरे रातो
0
0
bye rajpaxe uncle.
मन परे हरियो, नपरे रातो
0
0
नेपाल ३दिन सम्मा बन्दाले केहि असर पर्दैन्न भने ३ घण्टा सडक जाम हुदा के फरक हुन्छ र?त्यो पनि बिदेशी
-हरुको लागि नेपालको सरकारलाई मान्नै पर्छ ।
मान लामा
मन परे हरियो, नपरे रातो
0
0
I agree with RS. pahuna ko lagi afu bhokai basera pani khuwaune hamro sanskar ho.
मन परे हरियो, नपरे रातो
0
0
पाकिस्तानले किन निउ खोजेको होला,इन्डियामा बम काण्ड लगतै किन यो दुषप्रया गर्यो श्रेलंका प्रति ?
पाकिसतान पनि अप्गानिस्तान जस्तो भएमा कुनै पनि एसिन देशहरुले हेर्ने छैन।”मुर्खा देशको मुर्खा शासन”
मान लामा
मन परे हरियो, नपरे रातो
0
0
काठमाण्डुका जनताले दुख पाए वा अव खुशी भए भनि लेख्नु त्यति उपयुत्त लागेन । किनभने कुनै पनि पाहुनाको स्वागत सत्कार सुरक्षा गर्नु हाम्रो कर्तब्य हो । यसमा दुख मान्नु राम्रो होईन । हाम्रो संस्कार नै छ अतिथि देवो भव: ।
मन परे हरियो, नपरे रातो
0
0
shocked news to sports lover. pakistan aafai le khaneko khaaldo ma aafai fasdai chha.
मन परे हरियो, नपरे रातो
0
0
Aba Khalidi pani surakshit rahenan….
मन परे हरियो, नपरे रातो
0
0
It is sad news to listen.
मन परे हरियो, नपरे रातो
0
0
I agree with RS
Teti thulo guest and from the country where is war. I think it is not good to criticize for his security. He is high profile guest why we always look at negative side. Try to be positive.
मन परे हरियो, नपरे रातो
0
0
हो हो हजुरले भोग्नु परेको भए थाहा हुन्थ्यो
१० बजे कुपन्डोल पुग्नु पर्ने मान्छे पाँच बजे पुग्नुपर्ने अवस्था आएको भए पनि तपाईँ त्यसै भन्नुहुन्थ्यो ?
मुला आफू विदेशमा मोजले बस्ने अनि यो लेखे हुन्थ्यो त्यो नलेखे हुन्थ्यो भन्ने
जनताले पाएको दुःख किन नलेख्ने ? लेख्दैमा के बिग्रन्छ ?
फेरि यो लेखे हुन्छ यो नलेखे हुन्छ भन्ने तिमी को ????
मन परे हरियो, नपरे रातो
0
1
, vandaima , bat ma janata lai ek ganta samma rokera rakhna ta hunna ni, ani u know ktm ko bato ek tira jam vaye pachi sabai tira jaam, ambulance pani pass huna paaudaina ani? janata berami pani pahunalai swagat grera pashupati gane?
मन परे हरियो, नपरे रातो
0
1
The security that our government has provided to SL PM is subject to appreciate. Now a days, its very dangerous for SL PM to go elsewhere because of the problem going on in SL. So we should be very careful so that nothing wrong happens to the head person of any state or country!
Good Job Nepal Government!
मन परे हरियो, नपरे रातो
1
0
दिमागै नेगेटिभ छ अनि जे पनि नेगेटिभ देख्छ
कसले सेक्युरिटीको आलोचना गरेको छ ? बुझ्नुवर्नु छैन यस्तो छ सेक्युरिटी भनेर फोटो देखाउनु र यस्तो भोगे जनताले भनेर लेख्नु पनि क्रिटिसाइज हुन्छ ? वाहियात ! यस्तै यस्तै पाठकको कमेन्ट राख्नुभयो भने तपाईँको ब्लग फलप हुन्छ उमेस जी
मन परे हरियो, नपरे रातो
0
0
That’s RUDE!
Ujjwal, तिमीले कता देख्यौ उमेशले विरोध गरेको ? उसले त तिमीहरुलाई सेक्युरिटी यस्तो थियो र यस्तो असर पर्यो भनेर inform पो गरेको
दिमागबाट नेगेटिभ कुरा हटाउ मित्र
मन परे हरियो, नपरे रातो
0
0
true true
i agree with bidhrohi
मन परे हरियो, नपरे रातो
0
0
Ranjan Ji
I don’t agree with you. Even if you walk there is no place inside the KTM that takes more than 7 hours as you mentioned. KTM valley is about 7 km in radious, ring road is 27 KM. It takes only 5 hours to circle ring road by foot.
If something was happened due to the poor security you would be the first person to burn the tire.
Prakash Canada
मन परे हरियो, नपरे रातो
1
0
ya i fully agree with u.
मन परे हरियो, नपरे रातो
0
0
pakistan le hane ko nahuna pani sakchha, Atankakaari ko akraman hola ni!! LTTE ko kaam
मन परे हरियो, नपरे रातो
0
0
प्रकाश क्यानडा जी
नेपालमा बस्ने सबैले टायर जलाउँछन् र विदेशमा बस्ने सबैले भाडा माझ्छन् भन्ने सोच सबैले हटाउनु पर्छ
बाँकी कुरा रह्यो सात घण्टा कि आठ घण्टा
प्रत्येक कुरामा त्यसको भाव बुझ्नु पर्छ, शाब्दिक अर्थ हैन
यहाँ भन्न खोजिएको सवारीका कारण घण्टौँ जाममा फँस्नु भनेको हो
तर्कका लागि कूतर्क गरेर समय खेर फाल्नुभन्दा क्यानाडामा गतिलो काम गर्ुनुहोला
मन परे हरियो, नपरे रातो
0
0
हो हो विदेशमा लचकदार कुर्सीमा बसेर अनलाइनमा न्युज सर्फ गर्ने नेपालीहरु मात्र दुःखी भएको र घण्टौँ जाममा फँसेर दिक्क बनेका काठमाडौँवासीहरु चाहिँ दङ्ग भएको मेरो पनि ठहर छ
मन परे हरियो, नपरे रातो
0
0
!!!!!
How true is this?
http://www.telegraphnepal.com/news_det.php?news_id=4937&PHPSESSID=fa24d77a68b60fa66bd099833ae933e4
‘Ex-King awaits arrest upon his Nepal return’
TGW
A vernacular weekly in Kathmandu dated March 2, 2009, quotes sources close to the Prime Minister’s official residence in Kathmandu that the Government is planning to put Nepal’s last monarch Gyanendra Shah behind the bars the moment he lands in Kathmandu from his India sojourn.
The Sanghu Weekly further states that as the last monarch returns home after his private trip to India, the government will officially summon the former monarch over his presumed involvement in the Royal Palace massacre that took place on June 1, 2001.
The weekly further states, “currently in India, Gyanendra, during the day-time is visiting several Hindu Temples whereas in the night, the former King, is continuing political parleys with the Indian leaders who count in Indian politics”.
“An annoyed India, with Nepal’s excessive hobnob with the northern neighbor, China, could well use Gyanendra to destabilize the country” the report states adding, “The Government is planning to summon the last king over his decisions to demolish the Tribhuwan Sadan in the Narayanhiti Royal Place where the members of royalties were brutally murdered on that fateful evening”.
“The Government is all set to institute a high-level committee to investigate the Royal massacre” the report further reveals”.
“Including the former monarch, the then prime minister Girija Prasad Koirala will also be summoned by the committee”.
Nepal’s Prime Minister Pushpa Kamal Dahal had recently said that the former monarch was conspiring against the nascent republican order while being in India. The PM had said so quoting his sources in India.
2009-03-02 16:11:10
मन परे हरियो, नपरे रातो
0
0
this is good.
मन परे हरियो, नपरे रातो
0
0