-जय, सिड्नी-
पछिल्लो पटक म नेपाल जाँदा हामी बैंककबाट काठमाडौंतर्फ जाँदै थियौ। छेवैमा भएकोले परिचारिकाले मलाई सोधिन्,
“तपाईं नेपाली हो?”
“हजुर! हो।”
“अङ्रेजी बोल्नुहुन्छ?”
“ज्यू, बोल्छु।”
“नेपाली लेख्नुहुन्छ?”
“लेख्छु, किन र ?”
” तपाईं मेरो लागि ‘ट्वाइलेट गरेपछि कृपया फ्लस गरिदिनुहोला’ भनेर नेपालीमा लेखिदिनुहुन्छ कि?”
मैले लेखिदिएँ। मसँगै बस्नु भएको महाशय (नेपाली नै) चिढिँदै कराउन थाल्नुभयो,
“नेपालीहरु जहाँ गए पनि यस्तै हो। बेइज्जत नै गर्छन्। ट्वाइलेटसम्म प्रयोग गर्न जान्दैनन्।”
आज हाम्रो एउटा साझा रोगको बारेमा चर्चा गर्न मन लाग्यो- “आफ्नो आङमा भैंसी पनि नदेख्ने, अर्काको आङमा जुम्रा पनि देख्ने। कसैको, कुनै ठाउँको, केही चिजको वा कुनै पनि कुराको बारेमा सुरुवात हामी नकारात्मक दृष्टिबाट गर्छौँ। नपत्याए यहाँ ब्लगपोस्टहरुमा देखिने प्रतिकृयाहरु नै हेर्नुहोस् न।
हामीहरु मध्ये धेरै राजनीति, घर-व्यवहार, राष्ट्रिय-अन्तराष्ट्रिय, खेलकुद, वित्तीय जस्ता धेरै क्षेत्रका समस्याको बारे बडो दिलचस्पी राख्छौँ, जोसिएर आफ्नो विचार अगाडि राख्न पनि पछि पर्दैनौँ। जब हामीलाई केही कुरा चित्त बुझ्दैन, हामी जुर्मुराउँछौ। तर त्यसले समाधान तर्फ केही फलदायी योगदान दिइराखेको हुँदैन। मौलिक मूल्याङ्कन र सन्तुलित समालोचना गर्नेहरुको कमि छ। एउटै समस्याको भकुन्डोलाई सबैले ओल्टाइपल्टाइ हेर्छन, अनि आफ्नै सुरमा लात हान्छन्। मेरो दिमागमा खट्किएको कुरा के भने, किन हामी समस्या मात्र देख्छौँ? हुन त समस्या नै नदेख्ने हो भने समाधान कसरी खोज्न सकिएला? तर मेरो भनाई के भने आफ्नो शक्ति, समय र मन केमा खर्च गर्न चाहनुहुन्छ? मात्र समस्या औँल्याउनुमा? फलानोको यस्तो भएन, फलानो चिज उस्तो भएन, फलानो ठाउँमा यस्तो भएन ….. घरमा, साथीहरुसँग, कार्यालयमा, भेटघाटमा, चिया पिउँदा, रक्सी पिउँदा हामी आम नेपालीहरु यसरी नै त कुरा गरिरहेका हुन्छौँ नि। यस्तो भएन उस्तो भएन भनेर चाहे हामी जतिसुकै फलाकौँ, त्यसले एउटा चामलको गेडोलाई भातको सिता पनि बनाउन सक्दैन भने दोहोर्याइ- तेहेर्याइ समस्याको मात्र किन कुरा गर्ने? या त समाधानतर्फ योगदान दिऔँ, होइन भने चुप लागौँ।
समस्या त आफ्नो ठाउँमा छँदै छ, त्यसप्रतिको हाम्रो नकारात्मक दृष्टिकोण र प्रतिकृयाले झन् अन्यौल र विकार थपिन्छ। अझ दु:ख लाग्दो कुरा त यो छ कि नकारात्मक कुराको लागि हामीसँग यतिविधि फूर्सद छ। एउटै घटना वा वस्तुप्रति हाम्रो फरक-फरक प्रतिकृया हुने गर्छ। मेरो एउटा साथी लामखुट्टेले टोक्दा पनि चिढिएर रिसाउने गर्थ्यो भने उसलाई देखेर अर्को साथी पेट मिचिमिची हाँस्ने गर्थ्यो। म त्यो साथीलाई धेरै हाँसो लागेकोमा भाग्यमानी सम्झन्थेँ। पसिना, खकार, सिङ्गान जस्तै रिस, द्वेष, वैरीभाव, इर्श्या, घृणा जस्ता नकारात्मक प्रतिकृयाहरु हामी भित्र उत्पादन हुने विकारहरु हुन्। यदि यस्ता विकार तपाईंभित्र धेरै उत्पादन हुन्छ भने, रोग तपाईं भित्र नै छ; या त तपाईंसँग वातावरणलाई थेग्न सक्ने आन्तरिक शक्ति वा सहनशिलताको कमि छ।
भनिन्छ विजयको सुरुवात आँफैलाई जितेर गर्नुपर्छ। आखिर समस्या र कमजोरी त हामी आफू भित्र पनि छँदैछ। त्यसैले सबैले अरुलाई भन्दा पहिले आफैलाई सुधार्न थालौ। सबैले आ-आफ्नो ठाउँमा बसेर आफ्नो कर्म र कर्तव्य खुरुखुरु पालना गरे यो संसार कस्तो होला? म आफूलाई सुधार्छु, तपाईं आफूलाई सुधार्नुहोस्, यसरी हाम्रो घर र समाज सुध्रिनेछ। त्यसपछी देश र संसार अझ सुन्दर हुनेछ। अब प्रण गरौँ हाम्रो मुखबाट अरुको बारेमा नकारात्मक कुरा निस्कनुभन्दा पहिले हामी आफैभित्र त्यो कमजोरी छ कि छैन केलाउने छौँ। आफूभित्रको सम्पूर्ण नकारात्मक शक्तिलाई माया, सेवा, सदभावना, सहयोग जस्ता सकारात्मक उर्जामा बदलौँ। “म अब उप्रान्त कसैको कुरा काट्दिन, किनभने म आँफै सर्वगुण-सम्पन्न मानिस होइन।”, यो मन्त्र बारम्बार याद गरौँ।
jaya_sth@yahoo.com
No related posts.









really i am very glad to read like this articals and commetment. But we have to identify what is the major problem for it? you guys know the main problem of all this things is education. In south Asia most of the people are uneducated so due to the lack of education the peoples are being like this. So my all dear friend we have to contribute from ourself for an Education. There are lots of things which helps to increase the ration of an educated person for ie in the contest of nepal lots of company providing the prizes if we pressure it and try to change in schoolarship to the student for abrod or even in the nation it will also helps to it… similaryl we have lots of options so please try to contribute from yourself and ur side. Ashish Rai Kingdom of Saudi Arabia
मन परे हरियो, नपरे रातो
0
0
nepali haru ko tyhi bani la t garda t bidesi haru la nepali lai maan parudinani anu sasan vanko ni 6ina van 6an sabi bidesi haru la ali anu sasan ma chahi dhayna dinu paryo hi sabi nepaliharo la ……………….
मन परे हरियो, नपरे रातो
0
0
जयजी को लेख सटिक र सान्केतिक लाग्यो । यस्ता कुराहरु सानैदेखी नानीदेखी लागेको बानी ले गर्दा हो । बानीमा बिस्तारै सुधार हुँदै जाला नी ।
मन परे हरियो, नपरे रातो
0
0
This is just a matter of waiting the time. Such case rarely happens. I seen most of the guys have put their comments on a lengthy way this is nothing.
The major factor has brought up here is that we have to be in line with the modern age. So no need to exaggerate the articles. In short will do…
मन परे हरियो, नपरे रातो
0
0
लेखक ज्यूँ म त लाग६ तपैले भन्नु भये जस्तै छू तर सबै भन्दा पाहिले यो कुरो सरकारी कर्मचारी र सरकारमा बसेका हरुले बुज्नु पर्छ . जब सम्म सरकार र सरकार का नोकरहरुले यो कुरो पालना गर्दैनन तब सम्म हाम्रो देश नेपाल बिकास हुने चान्स नै छैन . तेसैले यो कुरो को पालना सरकार वाला ले बिचार गर्दा कसो होला ?
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो देशमा नब्बे प्रतिसत गाउँ । धेरै जसो गाउँमा चर्पी हुँदैनन । मनिसहरु नजिक्को जङ्गल वा भिर वा खोलाको किनर्मा आका गर्न जान्छन । जाहा आका गरेर फ्लस गर्नु पर्दैन । यो कुनै आनौठो कुरा होइन । २-४ जना शहरका मनिस्हरुलाई आनौठो लागेनी हामी ९०% गाउँलेको लागि साधारण कुरा हो है साथी हो ।
मन परे हरियो, नपरे रातो
0
0
जय जि ले उठाउनु भएको कुरा शही छ तर कपोकल्पित जस्तो लाग्यो मलाई त। जय जि तपाईंले किन नेपाली हरुलाई बुझाउनु कस्ट गर्नु पर्यो त्यो त तेही एअर होस्टेस्स को नै काम हो नि होइन र । उनी आफ्नो काम र कर्तब्य बाट टाढा भाग्नु पाउन्नन जस्तो मलाई लाग्छ । यो तेती ठुलो big deal हो जस्तो मलाई त लागेन है।
मन परे हरियो, नपरे रातो
0
0
मलाई तपाईंको लेख साह्रै मन पर्यो | साचैनै संसार बदल्नु छ भने आँफै बाट सुरु गर्नु पर्छ |
त्यसइ ले त भनिन्छ नि —–
Winners don’t do different things.
They do things Differently.
मन परे हरियो, नपरे रातो
0
0
good comment!!!Can Airlines train or provide instructions before flying?????
मन परे हरियो, नपरे रातो
0
0
kuro thik thikai ho tara kati kuroharu ma jastai manavta, madath ganu, samaan garnu adhima hamro pani parsansa suneko chu maile
मन परे हरियो, नपरे रातो
0
0
Hello Jaya Ji,
Thanks for nice article!!
Yea, that’s absolutely true, foremost we need to change ourselves. Rather than spending time about complaining others, we can build our inner moral attitudes toward others and respect them. Then only we can change this whole world!!!
I don’t think Nepalese people are that much uncivilized and careless!! Even somehow it happens, it is not the matter of they intentionally did it!! It is the matter of; some people may not know where the flush button (or let’s say cleaning device) is located exactly!! Even they see it,they may not have exact idea about how to use it!! So,it might happen that way!!
A person coming from remote village of Nepal and traveling a long journey in airplane, of course things might be uncomfortable and unknown for a while!!
So, instead of writing that poor statement in Nepali language, I would suggest them (airline staffs) to figure out how to find the solution, such as where the device is located and methods to use it!!!
I think writing that statement, it’s not the solution at all. Again see, it is just complaining others!!!
So, let’s go to find out the solution, solve it and respect others(innocent).
If we can, also let’s not forget to share the ‘Compassion and Care’ each other, rather than HATE and Conflict all the time!!
I think that is only “ONE SINGLE WAY” to prevail the peace even on this whole planet!!!
-Yuba Raj Paudel, New York
मन परे हरियो, नपरे रातो
0
0
Article bhanda comments haru padna ramilo lagyo malai ta!!!!
मन परे हरियो, नपरे रातो
0
0
यो समस्या बिशेष अङ्रेजी नबुझ्नु र आधुनिक सौचलय को प्रयोग को बानी नहुनु ले गर्दा हो | गरिबि र अज्ञानता दाजुभाइ हुन | यो नेपाली मात्र को नभै हरेक गरीब देश को कथा हो |
मन परे हरियो, नपरे रातो
0
0
Jaya:
I really liked the theme of your article, but you could have done a lot better than that. Some how the body structure didn’t get organized, and thats how readers are confused. My constructive criticism. But i really encourage you to write more in this form. You are going toward right direction in terms of writing subject, thats for sure.
मन परे हरियो, नपरे रातो
0
0
अलर्कज्यू,
लामो अन्तराल पछी तपाईंको खुराक पढ्न पाउँदा खुशी छु। उपरोक्त लेख सच्याइन खोज्दा केही तल माथि भएको रहेछ, त्यसैले भ्रम पैदा हुन गएको जस्तो लाग्यो। मेरो आशय फ्लश गर्न नजान्नेलाई दोश दिनु होइन कि उक्त घटना पछी कोही सामान्य रूपमा चुप थिए तर कोही चिढिएर रिसाउनुभयो भनेर उहाँको प्रतिकृया प्रती ध्यान आकर्शण गराउनु थियो। त्यहाँ पक्का पनि एक जना होइन धेरै जनाले ढोकाको चुकुल लगाउन नजानेको र फ्लश गर्न नजानेको जस्तो देखिन्थ्यो। यती सम्म कि नजाने सोध्नु पर्छ भन्ने आँट र तरिका पनि थाहा थिएन। मलाई उहाँहरुको माया लागेको थियो। त्यो घटना मेरो मनमा गढेकोले यहाँ उध्रित गरेको मात्र हुँ। एक जना मित्रले “तपाइले फ्लश गर्न सिकाइदिनु भएको भए हुन्थ्यो” भनेर सुझाव दिनुभएको रहेछ, उहाँलाई धन्यवाद। जे होस् लेखको यो मूल बिषय होइन।
मन परे हरियो, नपरे रातो
0
0
We grew in hierachical caste system society. It means , I am superior and other are inferior.
We unnecesarily think and talk about others behaviour, personal life, money, social status.
We nepalese , indian, pakistan, bangaladeshi always talk about other nepalese, relative, friend’s personal life. It is our culture where we grew up.
I have my personal experience.
When I go to nepalese soceity in foreign country that Nepalese engineer, doctor, charter accountant, professor are always hero there and they start talking about nepalese politics , Nepal. they always talk about nepal is worst place to live, society is bad. other members listen their talking and HASO HASO>….
and clearly , we can see doctors,engineers groups in one corner of room and other status are in other corner.
especially women wear jwellary who are rich that is the time of showing their status.
in kathmandu, when marriage ceremony that time showing jwelary by women….
मन परे हरियो, नपरे रातो
0
0
खै, भन्न खोज्नु भा कुरा त एकदम ठीक हो, तर खै पढ्दा खेरी चाँही फुस्सा झैँ भो …
मन परे हरियो, नपरे रातो
0
0
! Alark Ji, Tapaiko Bichar,Bhabana ra Dharana Yek dum Ramro chha.I wish Every Nepali should be like you !keep it up
मन परे हरियो, नपरे रातो
0
0
! Alark Ji, Tapaiko Bichar,Bhabana ra Dharana Yek dum Ramro chha.I wish Every Nepali should be like you !
मन परे हरियो, नपरे रातो
0
0
जय जी ले उठाउनु भएको सन्दर्भ निकै उचित लाग्यो।
My sansar’s comments are all evidence of what you have claimed to be common Nepalese characteristics. Would expect such discussion from all readers in days to come.
Happy Women’s Day to all!!!
मन परे हरियो, नपरे रातो
0
0
nepali bhayera nepali ko ninda nagrun we are human being dont make difference i really hate that nepali do this nepali do that it is human nature u can see around the world even european american whyyyyy hate ur self love ur self peopleeeeeeeeeeeeee be proud to be nepali “म अब उप्रान्त कसैको कुरा काट्दिन, किनभने म आँफै सर्वगुण-सम्पन्न मानिस होइन। why this please look at front of articale u have done same flushing the toilet afai aru ko kura katne aru lai na kata bahne
मन परे हरियो, नपरे रातो
0
0
जयजीले उठाउनुभएको कुरा एकदम राम्रो छ। लेखनशैली आकर्षक छ। तर मलाई लागेको कुरा के हो भने लेखको आशय नेपाली यात्रुको अज्ञानताभन्दा पनि लापर्वाही र फोहोरी जीवन हो भन्ने जस्तो देखिन आयो। त्यसकारण जयजीले सुध्रिने सल्लाह दिनुभयो। कुरा जायज छ, जसको लागि जयजीलाई धन्यवाद दिनुपर्दछ।
तर मलाई लाग्छ, नेपालीहरू फोहोरी भएका हुनाले नै फ्लस नथिचेको होइन। त्यो प्लेनभित्र फ्लसको बटन कहाँ छ भनेर थाहा पाउनै गाह्रो हुन्छ। वास्तवमा त्यस्तो, त्यसो त त्यो सामान्य प्रविधि हो, प्रविधिको प्रयोग नगरेको हुनाले केही गल्ती पक्कै पनि हुन सक्छ। काठमाडौँतिर जान लागेको प्लेन भनेको हुनाले अनुभव त पक्कै पनि भएको हुन पर्ने हो यात्रुलाई। मुख्य कुरा हाम्रो अज्ञानता हो, प्रयोग नगरेको कुरा थाहा नपाउनु कसैको पनि कमजोरी होइन। यो सँगसँगै हाम्रो अर्को कमजोरी चाहिँ सोधेर जान्न नखोज्ने। “कसले थाहा पाउँछ र मैले गरेको हो भनेर” भन्ने जस्तो गरेर लापर्वाही गर्ने प्रवृत्ति चाहिँ सुधार्नु पर्ने देखिन्छ। प्लेन नै चढेको अनुभव भए पनि नेपालको लोकल प्लेनमा ट्वाइलेट हुँदैन।
बरु मलाई के लाग्छ भने पहिलो पल्ट विदेश जान लागेको व्यक्ति छ भने ट्राभल एजेन्सीले काउन्सिलिङको व्यवस्था गरिदिनुपर्छ प्लेनभित्रको सामान्य व्यवहारको लागि। अनि कुनै म्यानपावर कम्पनीमार्फत् कामदार भिषामा जान लागेकोलाई कम्पनीले नै सामायन्य जानकारी गराउनु राम्रो हुन्छ। समस्या जानकारी र ज्ञानको हो। हाम्रो कमजोरी चाहिँ जान्न नखोज्नु, नजानेको देखिँदा हीनताबोधको अनुभूति गर्नु हो।
केही कमेन्टमा नेपालीहरू संसारमा जहाँ गए पनि खराब बानी लिएर जान्छन् भन्ने लखेको देखेर आश्चर्य लाग्यो। मतलब कि संसारमा खराब नेपाली मात्र हुन्, दक्षिण एसियाली मात्र हुन्। गोराहरू, पश्चिमीहरूलाई “असल” देख्ने दृष्टिदोष हो भन्छु म। हो निश्चितै रूपमा केही नेपालीको व्यवहार शोषण गर्ने होला। यसको मतलब यो होइन कि नेपालीहरू मात्र हुन्। संसारका हरेक कुनामा हरेक जाति र रङमा मान्छेमा यो प्रवृत्ति पाइन्छ। कोही नेपालीलाई खराब देख्ने “नेपाली” टिप्पणीकर्ताले आफूलाई “असल” प्रमाणित गर्ने आन्तरिक मनसाय त पक्कै पनि राखेकै होला। त्यो नै प्रमाण भो नि होइन र नेपालीहरू असल पनि हुन्छन्, र प्लेनको फ्लस प्रयोग गर्न पनि जान्छन् भन्ने? एउटा उदाहरणको सहायता लिएर समग्र समूहलाई, जसमा आफू पनि परेको हुन्छ भन्ने बिर्सेर, चोर औँला ठड्याउने प्रवृत्ति झन् खराब होइन र? यो त एउटा masochistic प्रवृत्ति हो – आफूलाई गाली गरेर आनन्द लिने।
प्लेनको फ्लस त एउटा उदाहरण हो। यस्ता सयौँ उदाहरण फेला पर्न सक्छ। जस्तो – १. वासिङ मसिन चलाउने नेपालमा कति छन्? पहिलो चोटी वासिङ मसिन चलाउन, र त्यसमा अझ क्वाइन छिराएर अनि तापक्रम, समय आदि मिलाउनुपर्नेमा समस्या हुन सक्छ। त्यस्तै माइक्रोवेभ ओभन पनि। २. विद्यार्थी भिसामा बाहिर जानेले पुस्तकालयमा पुस्तक खोज्न सिक्न कति समय लागेको होला? सबैको पक्कै पनि राम्रै अनुभव छ होला। कीर्तिपुरको पुस्तकालय पनि नदेखेको मान्छेले तीन चार तलाको पुस्तकालय भवनमा कम्प्युटराइज्ड क्याटालगमा सर्च गरेर पुस्तकसम्म पुग्नु पक्कै पनि सजिलो छैन। विद्यावारिधि गर्दै गरेको दुई वर्ष भैसकेको एकजना महाशयलाई एउटा लेखको लागि मैले अनुरोध गरेको थिएँ, विचरालाई पुस्तकालयको डाटावेसमा सर्च गर्न आएन! ३. प्लास्टिक मनीको प्रयोग। अहिले पो नेपालमा एटिएम अलि प्रयोग हुन थाल्यो, त्यसो त काठमाडौमा मात्र हो। तरै पनि त्यो त्यति व्यापक छैन। कार्ड पेमेन्ट नेपालमा कति प्रयोग हुन्छ। एकैचोटी कार्ड पेमेन्ट गर्नुपर्दा पक्कै पनि समस्या परेको होला।
मेरो एउटा रमाइलो अनुभव। डेट्रोइटबाट न्युयोर्क जान लागेको बेला डेट्रोइट एयरपोर्टको बाथरुममा हात धुन लाग्दा धारोमा पानी आएन। धारो बन्द गर्ने, खोल्ने ठाउँ छैन। हात थापेपछि पानी आउनु पर्ने, आउँदैन। अरू सबै मजाले हात धोइराखेका छन्। तीन चारवटा धारोमा प्रयास गर्दा पनि पानी आएन। तर फर्कदाँ फेरि कोशिस गरेँ। यो पटक पानी आयो। भरे, हात थाप्न नमिलेको रहेछ – पानी थाप्न त हात कुप्रुक्क पार्नु पर्यो नि!
अर्को घटना पेरिसमा। एक हप्ताको अनलिमिटेड मेट्रो टिकट थियो। चार्ल्स डे गाल एयरपोर्टसम्म आउने मेट्रोमा त्यो टीकट काम नलाग्ने रहेछ। चढ्न र ओर्लन त पाइयो तर रेलवे प्लेटफर्मबाट बाहिर आउने छेकवारमा त्यो टीकट काम लागेन। बाटो खुलेन। अब के गर्नु रिपोर्टिङ टाइम भइसक्यो, आफू जान पाएको होइन। एउटै उपाय – जम्पिङ। त्यहाँ अरू मान्छे पनि जम्पिङ गर्दै थिए। परबाट पुलिसले हेरिराखेको थियो। त्यो त्यहाँ चल्दो रहेछ भन्ने लाग्यो मलाई।
यस्ता उदाहरण हरेकको आफ्नै आफ्नै हुन्छन्। र मलाई लाग्छ नेपालीको मात्र होइन, विकसित भनिएका देशको पनि हुन्छ। नेपालीले त प्रविधि सिनेमामा मात्र देखेका हुन्छन् भने नजान्नु कुनै ठूलो कुरा भएन। अब रह्यो सुधार गर्ने। यो निश्चितै सिकेर जान्ने कुरा हो। सिक्ने, सिकाउने बानी गर्नु राम्रो हो, न कि “नेपालीहरू” भनेर नाक खुम्च्याउने। नाक खुम्च्याउने आफैले पहिले ऐनामा हेर्नुपर्यो। एकाध खराब व्यक्तिलाई प्रवृत्तिको रूपमा लिनु किमार्थ राम्रो होइन। त्यसै पनि पश्चिमाहरूको एउटा समूहमा दक्षिण एसियालीप्रतिको नकरात्मक धारणा छ। त्यसमा लाइन लागेर आफूलाई सभ्य देखाएर भित्रको मैलो पक्कै पनि सफा हुँदैन।
मन परे हरियो, नपरे रातो
0
0
We are not born hypocrite but made because the society we live in is where only hypocrites can survive. I think QUALITY Education and Ethics are what we lack . We can gain that .. how ?? Go abroad ,mingle with societies of different countries. Absorb the good ones and don’t try to stay exclusive thinking we are Nepalese and our culture is what we cannot change.
Another way I think is to stop watching only bollywood coz Though better than Nepal, India also lacks a lot when it comes about manners. We get sattelite channels from around the world in Nepal for so cheap which costs 10times more in the west or in any developed country. Watch discovery,HBO,Star movies .. those that really gives u more knowledge about the intl standard of living not the one which tells u abt how we should compete to live the Indian standard..
Aim for the sky u will get above the clouds.
मन परे हरियो, नपरे रातो
0
0
One of my friend told me that he knows so many people in society who looks
1.Great
2.Honest
3.good speaker
4.civil servant and many more..but at the end
when things come to do by he or she own then he or she acts
1.like criminal
2.like gready bastered
3.like Dalal
like many things that we can not imige…
This is real picture of Nepalese Society
What I belive is who does not speak 1.much
2.who does not looks good
3.Who does not belongs NGO or other civil society
that Nepalese will act the best for our society and these people are not known to many nepalese people
not a big name
not a politician
not a writer or reporter
he or she is simpley a nepalese…
he or she a simply a person whole day seems in Farm
He or she simply a selling goods on footpath
he or she simply a carrying BHARI on the road or mountains
If we all belive we have to like the above simple nepali mind or actor then Nepal will be the wonderful Nepal…..
मन परे हरियो, नपरे रातो
0
0
Jayajee,
Toilet ko FLUSH tapailenai garna birsanu bho ki kyahoo? Natra Tapailainai Lekhna lagaunu parne kina ni?
Jay Sambho
Sandarbha
मन परे हरियो, नपरे रातो
0
0
I really appreciate your way of writing or sharing the feelings or experience or knowledge in so simple and effective way.. After reading I just don wanna say much but let me make you sure dat i will try my best to search out good in me.
मन परे हरियो, नपरे रातो
0
0
couldn’t understand what this writer is trying to say……………..????????!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
जयजी ज्यादै उत्तम मन्त्र,दिनु भो लेखेर
सुध्रिन खोजौं समस्त हामी,यो लेख पढेर
साकारात्मकताको सोचाइ भए,बिश्व नै सुध्रिन्छ
नेगेटिभ सोचाइ बोकेर हिडे,सम्पूर्ण बिग्रिन्छ
@@@@@@@@@@@@@@@@@@@@@@@@@@@
पहिला आँफै सुध्रिनु पर्छ,अरुलाई सुधार्न
सुधारौ बानी सफल हून्छौ,बिक्रीती उधार्न
नकाटौ कुरा कसैको पनि, नेगेटिभ भएर
हरेक घटना शिक्षाप्रद हुन्छन,सम्हालौं रहेर
@@@@@@@@@@@@@@@@@@@@@@@@@@
मन परे हरियो, नपरे रातो
0
0
म त फेरी पनि भन्छु र अनी बारम्बार भन्छु कि, “फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार” ।
कुनै जमाना थियो, हामी नेपालीलाई संसारले आँखा चिम्लेर विश्वाश गर्न सकिने जातिको रुपमा लिन्थ्यो, हेरिन्थ्यो । हाम्रो नेपाल सुन्दर शान्त राष्ट्रको रूपमा चिनिन्थ्यो । भलै त्यो बेला पनि शोषण, दमन अत्याचार पनि प्रशस्त मात्रमा थियो । त्यसका बावजुद पनि बांकी संसारसँग हाम्रो बारेमा प्रसंशा गर्न लायकका धेरै कुराहरू थिए । अहिले हामीसँग हामीले चाहेको लोकतन्त्र, गणतन्त्र सबैथोक छ । हामीले नचाहेको राजतन्त्र, पञ्चायती व्यवस्था आदी इत्यादी केही पनि छैन । तर हेरौं अनी हामी आँफै हिसाब-किताब गरौ हामीले के पायौं के गुमायौं ?
मलाई लाग्छ त्यो पुरानो हाम्रो साख जो संसार माझ थियो गुमायौं र जे कुरालाई पनि नकारात्मक रुपमा हेर्ने प्रतिकृया जनाउने जो बानी हामीमा छ त्यो कमायौं । धेरै आदर्शमय गफ गर्ने जानौ तर व्यवहारमा सिन्को पनि नभाच्ने बानी कमायौं । अझ भन्नु पर्दा मैले जे गरे पनि ठीक अरुले गरे त्यै बेठिक भन्ने सोंच र प्रविती कामायौं ।
मन परे हरियो, नपरे रातो
0
0
Arule J jasto bhane pani malai Moral mann paryo..But kura k bhane ni…hamile jati positive sochna khoje pani naramro kura mann ma ai halcha ra criticize garna mann lagi halcha….criticize garnu naramro kura pani hoina coz they will learn their mistake and improve in upcoming future.At last ma k bhanna chahanchu bhane People of Nepal need Good education and good moral science.Without it we not gonna improve.
मन परे हरियो, नपरे रातो
0
0
There is a “BUJHAKKAD” class people in Nepal.Well,in other countries too,but we have very big class of BUJHAKKAD.
These people talk much listen less,think ‘I am perfect/good,others dont know so many things.
This article hit to those people.
Excellent writing.
मन परे हरियो, नपरे रातो
0
0
जयजी, तपाईंको लेख राम्रो लाग्यो। सबैमा positive thinking हुनु पर्छ र positive comment गर्नु पर्छ भन्ने कुरामा। तर समय, परिस्थिती र अबस्ता अनुसार negative comment पनि आबस्यक हुँदै न र? आफ्नो जिम्बेबरी पुरा नगरने लाई पनि positive thinking बाट हेरेने र positive comment दिनी हो भने झन उसको ग्लत मनोब्रितीलाई बल पुगदैन र? जस्तइ – केही दिन पहिले Naya Patrika मा खबर पढियो। एक महिला बलत्कृत भय पछी police station मा report लेखाउन जादा – Police ले नै ति mahila लाई गोरु धुलाई गर्यो। एस्तोमा पनि के positive comment गरेर गलत मान्छेको मनोबल बढाउने?
मन परे हरियो, नपरे रातो
0
0
sathi…………..yo lekh ko hi gyan gun bisaya ma nibandha…….
मन परे हरियो, नपरे रातो
0
0
नोगेन हांग jee!
lekhko sirsak-सुरुवात आफैबाट गरौँ
lekhko niskarsh-त्यसैले सबैले अरुलाई भन्दा पहिले आफैलाई सुधार्न थालौ। सबैले आ-आफ्नो ठाउँमा बसेर आफ्नो कर्म र कर्तव्य खुरुखुरु पालना गरे यो संसार कस्तो होला? म आफूलाई सुधार्छु, तपाईं आफूलाई सुधार्नुहोस्, यसरी हाम्रो घर र समाज सुध्रिनेछ। त्यसपछी देश र संसार अझ सुन्दर हुनेछ। अब प्रण गरौँ हाम्रो मुखबाट अरुको बारेमा नकारात्मक कुरा निस्कनुभन्दा पहिले हामी आफैभित्र त्यो कमजोरी छ कि छैन केलाउने छौँ। आफूभित्रको सम्पूर्ण नकारात्मक शक्तिलाई माया, सेवा, सदभावना, सहयोग जस्ता सकारात्मक उर्जामा बदलौँ। “म अब उप्रान्त कसैको कुरा काट्दिन, किनभने म आँफै सर्वगुण-सम्पन्न मानिस होइन।”, यो मन्त्र बारम्बार याद गरौँ।
kin mel khandain. ramro sag padhnu bhaen ki
मन परे हरियो, नपरे रातो
0
0
लेखाइको सैली जता तिर गय पनि “सुरुआत आँफैबाट गरौ ” भन्ने जुन अर्ती लेखक्ले दिनुभयको छ सबैले मनन गर्नुपर्ने देख्छु !हो हामी आफुले सुरु गर्यौ भने अरुले पनि हाम्रो देखेर त्यसै गरने प्रेरणा मिल्छ !भगवान बुद्धले दिनुभयको उपदेश “अप्प दीपो भब: “को अर्थ पनि आफ्नो बत्ती आँफै बन अर्थात जे तिमीलाई पाउन पाय हुन्थ्यो जस्तो लाग्छ त्यो तिमी बाट सुरु गर !एदी तपाईं कसैलाई मुस्कान दिनुहुन्छ भने उस्ले पनि तपाईंलाई मुस्कान नै दिन्छ !क्रोध दिनुहुन्छ त्यही फर्केर आउछ !लेखक्को भनाइ पनि एही हो जस्तो लाग्छ कि अरुमा मात्र दोश देख्नु भन्दा आफ्नो दोश्पनी देख्ने गरौ !सकरात्मक सोचाइ राखौ भन्ने होला !
मन परे हरियो, नपरे रातो
0
0
शिर्षक र लेख फरक फरक धारमा छन……. लेखको कुनै तेस्तो आसय पाईन मैले, जुन शिर्षकले दिन खोजेको छ छेवैका नेपाली महाशयको रोल ष्पस्ट छैन….. यध्यपी यस लेखको सर्न्दर्भमा लेखन सुन्दर छ…..
मन परे हरियो, नपरे रातो
0
0
Very nice article. The theme should be- think positive, be positive and do positive. For example if we smile with someone we will get smile back. In other words, give respect, take respect. Lets try to analyse everything in
positive aspect, then we will get positive result more.
Each and everything in the world has both positive and
negative effects, lets always utilize their positive
effects but we never should not forget what negative
effect could be before implementing it. So for us nepali
people this is the time to be united to address all the
problems facing by our great nation. Remember all nepalese
are equal, they have equal right to access each and every resources of the country. We not upper caste nepali, not
lower caste nepali, we not madhesi nepali not pahadi Nepali, we not congress nepali not communist Nepali.
So first we all eaual Nepali then individual nepali. Lets
generate positiveness in our people, lets them use to do
the positive thing what they can do for our great nation.
So plase dont divide people into individuality but unite
them in solidity. its only possible when we start to respect each other as a human being, as a fellow Nepali.
R. Paudel
Baltimore, USA
मन परे हरियो, नपरे रातो
0
0
Very nice article. Hope all will think positively and start doing something from their own field.
Suman Manandhar
(Japan)
मन परे हरियो, नपरे रातो
0
0
जय जी राम्रो लेख लेखनु भो। समय सान्द्रविक छ। केही साथीहरुको कमेन्त मा यो ह्युमन नेचर् हो भन्ने पनि देखियो तर मेरो विचारमा ह्युमन नेचर भये पनि हामी नेपालीहरुमा चाँही बढीनै भको हो। मलाई लाग्छ एदी हामीले नयाँ नेपाल बनाउने हो भने हामी आफुबाट नै थालनु पर्छ। हामी आफुचही जे छ तेस्लाई सछौन नचाहने अनी सबै काम अरुले मात्र गरी दिये हुने ठान्ने जुन प्रबिती छ यो साह्रै खराब हो। एसरी कहिल्यै पनी नयाँ नेपाल बन्ने छैन। ल हेरौ त स्थिती एउटा घटना वा दुर्घटना भये पछी हामीले के गरेनौ अस्पातल भनेउ कि? कुनै सार्वजनिक सम्पत्ति भनेउ। आफ्नु बच्चा को माया गर्ने हामिले अरुको बच्चालाई माया गर्न कहिले सिक्ने। आफ्नो घर बनाउन चाहने हामीले अरुको घर भातकौन कहिले चाडने। हामीमा कमी भएको अर्को कुरा के भने हामी आफुले नजनेको कुरा पनि अरु बाट सिक्न चाहदैनौ। हामी राम्रो जो बाट सिके पनि हुन्छ भन्ने कुरा कहिले सिक्छौ थाहा भएन।
चापा
मन परे हरियो, नपरे रातो
0
0
मानिस नै मानिसको पथप्रदर्सक हो भने एस्ता साना मसिना कुराहरुले के नै फरक पर्छ र!
तरपनी जे भये पनि जीवन जिउन त गार्हो नै हुन्छ नि त हैन त
आखिर किन हामी जीवन अन्योल म छ बुझ्नु नै पर्छ नै
मन परे हरियो, नपरे रातो
0
0
CHANGE YOUR MIND?????????
मन परे हरियो, नपरे रातो
0
0
Thanks for article. I realized same you experienced. The Aircraft was heading to Doha from Kathmandu. I was in the line for Toilet. There was green signal over the door of toilet but no body was going inside. I asked to a lady, she was in the first row of our line, to go inside, when she opened the door, one Nepali was inside not closing the door. The lady later said, the flush was not used. I guessed, He did not know, how to close the door and how to use flush. I think, it is common problem of almost Nepali. BCZ, the airplane was not our production.
मन परे हरियो, नपरे रातो
0
0
It is a verry nice artical,I am agree with Jaya ji.We must have to improve ourself first and should have always positive thinker.
मन परे हरियो, नपरे रातो
0
0
thiki chha ,,,,vanepachi aba nepalai lai aba toilet gyapachi flush kasari garne vanne talim dinuparne vo hoina ,,,tyo pani sarkari tabar le.
मन परे हरियो, नपरे रातो
0
0
जबसम्म मानिसले हामी भन्ने भावनाको आत्मासाथ गर्दैन तब सम्म अरुको आङ्गमा जुम्रा हिडेको देखि रहन्छ । मान्छेको चरित्र नै अनौठो बुझेर बुझि नसक्नु । जहिले “म पहिले आउने अनि मात्र हामी त्यसैले आफ्नो गल्ती भन्दा अरुको बढी दोष देख्दछ । यस्तो लाग्छ है मलाई त ।
मन परे हरियो, नपरे रातो
0
0
Very good article..
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो कुरा उठाउनुभएछ । बिश्व को जुनसुकै ठाउँ म गये पनि नेपाली (साउथ एसियन) हरु लाई हेप्ने कारण भनेको उनिहरुको व्यबहार ले गर्दा नै हो । यहाँ सिड्नी आएका नेपाली हरुले पनि आफ्नो आचरण बदल्नु को सट्टा यहाँ को ठाउँ, व्यबहार, शिष्टता लाई नेपालीकरण गर्न खोज्दैछन । यि म्याकडोनाल्ड र हङ्ग्रीज्याक्स मा म्यानेजर भएका १-२ जनाले पहिलो २ हप्ता को पैसा दिने हो भने जागिर मिलाइदिन्छु भन्ने रहेछन । आफु लाई सुधार गरे पनि अरु हरुको व्यबहार को कारण ले ‘स्टेरिओटाईप’ भित्रै परीन्छ ।
मन परे हरियो, नपरे रातो
0
0
तर यहाँनेर……. हामी जन्मिए देखि नै हरेक पाठशालामा राम्रो कुरा वा सकारात्मक कुरालाई सिक्नु पर्छ, पछ्याउनु पर्छ भन्ने कुरा हरेक अभिभावक, गुरु, वा पथ प्रर््दर्शक हरुले भन्दै आएका छन, सिकाउँदै आएका, देखाउँदै आएका छन आज सम्म …..प्रतिफल त उल्टो पो आईरा छ…. तेसैले अबदेखी अभिभावक, गुरु, वा पथपर््रदर्शकले उल्टो सिकाए, देखाएमा पो बरु सुन्दर समाजको निर्ार्माण हुन्छ कि???? suruuuu…. garne ki?
मन परे हरियो, नपरे रातो
0
0
article dherai ramro chha phari phari pani padhana paune aasa garchhu.
मन परे हरियो, नपरे रातो
0
0
मैले त तपाईं ले तपाईं भन्न खोजेको कुरा नै बुझिन,हेर्नुस् प्रतिकृया त दिने अधिकार जस्लाई पनि छ नि अब समय खेर जान्छ भनेर आफु लाई चित्त नबुजेको कुरा लाई त स्विकार्न सकिन्न नि जय सुर्य जि, जहाँ सम्म प्लेन मा टोइलेट प्रयोग गर्ने तरिका को कुरा छ् तेस्मा चाँही तपाईं ले लेखिदिने हैन कि बरु सिकाउने कोशीस गर्नु उचित हुने छ किन कि आम नेपाली तपाईं जसरी पटकौ प्लेन यात्रा गर्न सक्छम हुँदैनन,र रहयो थाइल्यान्ड बाट भन्ने कुरा म पनि यात्रा गरेको छु बैंककक-कठ्मन्दु तर सबै सब्य नेपाली नै यात्रा गर्छन् जस्तो लाग्यो त्यो रूट मा ।।।।।।।।।।।।।।। विश्वाराज शर्मा
मन परे हरियो, नपरे रातो
0
0
तपाईंको सका रात्मक भाबनाको हिर्दय देखी नै सम्मान गर्छु ।
मन परे हरियो, नपरे रातो
0
0
लेखको अभिब्यक्ति राम्रो छ, तर प्रारम्भ र body language अलि मेल नखाए जस्तो लाग्यो। लेखन शैली राम्रो छ।
मन परे हरियो, नपरे रातो
0
0
Completly Worthless Article.
मन परे हरियो, नपरे रातो
0
0
जय जि ! राम्रो लेख्नु भो तपाईंले ।
तपाईंको सका रात्मक भाबनाको हिर्दय देखी नै सम्मान गर्छु ।
( लेखन शैली ले निक्कै मन छोयो , निरन्तर पढ्न पाइयोस तपाईंको लेख हरु । )
मन परे हरियो, नपरे रातो
0
0
भन्न खोजेकोकुरा बुजेन शिर्षक एउटा छ ब्याख्या अर्को छ। म आफैले नबुजेको जस्तोछ।
मन परे हरियो, नपरे रातो
0
0
i like your article but we have to live in reality base.
मन परे हरियो, नपरे रातो
0
0
ok better article. we should have to follow the rules than teach to others. very very nice.
मन परे हरियो, नपरे रातो
0
0
Very Wise !
मन परे हरियो, नपरे रातो
0
0
I liked your idea.
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो लाग्यो । यी कुरा त नेपाली नेताहरू अनी नेपाली राजनैतीक बिचार राख्ने सबै युबा हरू । नेपाली पत्रकारहरू ! नेपाली कर्मचारीहरू लगायता नेपाली जनताले बुजिदिये कती राम्रो । बिदम्बना नकरात्मक बिचार मात्रै सोच्ने नेपाली हरू ।।।। @@@@@@@@@ अनुशासन बिहिन मान्छेलाई एउता पशु सँग तुलना गर्दा पशु माथि नै अन्याय हुन जान्छ @@@@@@@@@@@@@ यस्तै एस् यहाँको चलन !! देख्नु भो धमाल जि को कर्मा कान्द !!!! मिहिनेत र उपलब्धी मुलक काम गर्नु छैन सबै कुरा चैहिएको छ नेपालीहरूलाई !!!! धन्यवाद तपाईंलाई यो लेख लेख्नु भएकोमा !!! धेरै धेरै धन्यवाद जो जो नेपालीहरूले यो लेख पढ्नुभयो.
मन परे हरियो, नपरे रातो
0
0
sing na puchhar ko lekh jasto lagyo malai
मन परे हरियो, नपरे रातो
0
0
रोग को निदान के हो जान्न रोग चिन्न पर्छ,तेसैले सही समस्या के हो,त्यों बुझ्न स्वस्थ बाद बिबाद को आबस्यकता पर्छ |तपाइले लेख्नु भएको पनी सारै राम्रो कुरा हो,|सकारात्मक सोच ,बधाई छ तपाईलाई !!
मन परे हरियो, नपरे रातो
0
0
लेखाईमा भन्न खोज्नु भएको कुरा राम्रो हो । तर यहाँ गरिने कमेन्टहरूलाई यसरी सारो नकारात्कम तरिकाले सोच्न पनि मिल्दैन् कि ? सबैले आफ्नो सोच दिने हो । अनि यहाँ लेख्ने कमेन्टहरूलाई पछाडि कुरा काटेको भनेर पनि भन्न मिल्दैन जस्तो लाग्छ । वास्तवमा कमेन्टहरू तार्किक र शिष्ट भए बेश वा हुनु पर्यो ।
मन परे हरियो, नपरे रातो
0
0
I’m impressed by today’s article. That’s the things which we wasn’t changed, isn’t changed and perhaps not get changed in coming future also. Not only in Nepali but also in abroad Nepali’s habit hasn’t been changed yet.
मन परे हरियो, नपरे रातो
0
0
When will this end??
मन परे हरियो, नपरे रातो
0
0
This is a human nature that no body wants to hear own criticize
मन परे हरियो, नपरे रातो
0
0
‘सोच’बाट प्रभावित लेख । राम्रै प्रभाव पारेछ ।
“सबैले आ-आफ्नो ठाउँमा बसेर आफ्नो कर्म र कर्तव्य खुरुखुरु पालना गरे यो संसार कस्तो होला ?” – एकदमै राम्रो हुनेछ नि जयजी, सोध्नैपर्दैन नि ।
मन परे हरियो, नपरे रातो
0
0
……….but bro,its very long way for many nepalese..hope who read this artical understand your concept………….
मन परे हरियो, नपरे रातो
0
0
साह्रै सटिक। यही ब्लगका कमेण्ट काफि छन्। कुतर्क, कुबिचार, ठोक्नुपर्छ, गद्दार, दलाल, मृत्युदण्ड ”” यस्तै शब्दले नेपाली युबाका शब्दकोश भरिएका छन् अहिले। आफ्ना पनि केहि कमी छन् की, अरूका पनि केहि राम्रा छन् कि भन्ने तिर ध्यान दिने कुरा त आकाशको फल बनेको छ। आफुलाइ चित्त नबुझेको कुरा पनि सकारात्मक ढङ्गले राख्न सकिन्छ नि हैन र? प्रचण्ड देखि खगेन्द्र सम्म, खगेन्द्र देखि कुमार लामा (माफ गर्नुहोला है, मलाइ तपाईको तरीका प्रबृति भन्दा ब्यक्तिकेन्द्रित लाग्छ) सम्म, हामी सबैले जानेको साहित्यको स्वरुप (genre)भनेको गाली बनेको छ। बास्तबमा एक भियतनामी भिक्षुको भनाइमा: गाली भनेको मादक पदार्थ सेवन गरेको, दिमाग बिग्रेको, दुनियाबाट हार खाइसकेको, द्वन्दको दुनियामा बांचेको, संभावना खोज्न नजान्ने, र स्वार्थि मान्छेको जङ्गली भाषाहो। माफ गर्नु होला यदी मेरो कमेण्टले कसैको मनलाई चस्स पारेको भए।
मन परे हरियो, नपरे रातो
0
0
sorry Knowing ho hai
मन परे हरियो, नपरे रातो
0
0
There is a big difference in kowing and doing.
मन परे हरियो, नपरे रातो
0
0
I like this articalby Jaya,thanks a lot for Jaya because he wrote about our reality.We must have moderate our behaviour first by ourself.
मन परे हरियो, नपरे रातो
0
0
I like this articalby Jaya,thanks a lot for Jaya because he wrote about our reality.We must have moderate our behaviour first by ourself. Ram l Shrestha, U.S.A.
मन परे हरियो, नपरे रातो
0
0
I like this articalby Jaya,thanks a lot for Jaya because he wrote about our reality.We must have moderate our behaviour first by ourself. Comment by Ram.
मन परे हरियो, नपरे रातो
0
0
If it is any consolation…
three of us lived with a dorm full of Americans for a year…
they don’t flush either….
trust me I’ve heard “civilized” calling us well-mannered.
मन परे हरियो, नपरे रातो
0
0
mr. Bhim actually you are going to be worthless by yourself.
मन परे हरियो, नपरे रातो
0
0
राम्रो कुरा किन पच्थ्यो र? औषधी र राम्रो कुरा सधैं तितो नै हुन्छ होइन र
भिम जिलाई यस्तो कुरा नपच्नेजस्तो छ ।
मन परे हरियो, नपरे रातो
0
0
म अब उप्रान्त कसैको कुरा काट्दिन, किनभने म आँफै सर्वगुण-सम्पन्न मानिस होइन।”, यो मन्त्र बारम्बार याद गरौँ।
HA HA HA Yogesh Ji,Did u Forget to read these Lines ?
अब योगेश जि,आब मेरो कोम्मेट माथि कमेन्ट गर्ने फुर्सद चै नानीकल्नुस् है !
कुरा गर्ने भन्दा काम गर्ने बनी बसालौ ,हुन्न र ?
मन परे हरियो, नपरे रातो
0
0
तपाई आफु चाही सिंग न पुच्छर भएको प्राणी हो जस्तो लाग्यो मलाई ता कुकुरको पुच्छर देखेर हसने उमेरको होकी?
मन परे हरियो, नपरे रातो
0
0
I agree wot anjal has to say.
पढ्यो पढ्यो पाठ सोह्र दुना आठ।
where is the plot??
तल को feedback प्रस्न जय जि लाई.
“तपाईं नेपाली हो?” (yo prasna ta jaya ji lai angreji bhasa ma sodheko hola)
“हजुर! हो।” (Jaya ji ho reply – doesn’ matter jun sukai bhasa hos)
“अङ्रेजी बोल्नुहुन्छ?” (yo prasna chai bankok ma jaya ji lai kun bhasa ma sodheko? Thai bhasa ma??)
lol
मन परे हरियो, नपरे रातो
0
0
Yeah. U r right Mr/Mrs P. Gurung.
This is all comment. poke/joke, positive/negative j pani huna sakcha. comment mathi comment dinu, thats fine, tara comment lai kura kateko kahile ni nabhannu.
मन परे हरियो, नपरे रातो
0
0
प्लस अरू कुराहरू जायज छन् जयजीले उठाउनुभएको।
मन परे हरियो, नपरे रातो
0
0
“अङ्रेजी बोल्नुहुन्छ?” भनेर चाँही औपचारिकताको लागि सोध्नुभएको जस्तो लागेको थियो। “तपाइले यो अङ्रेजी प्रश्न कुन भाषामा सोध्नु भएको?” भनेर सोध्न बिर्सिएछु प्रभो! जे होस् मेरो ढाडको जुम्रा केलाइदिनुभएकोमा धन्यवाद!
मन परे हरियो, नपरे रातो
0
0
कल्पित जी तपाईंले भन्नु भएको कुरा साँचो हो । यसलाई यसरी पनि बिश्लेशण गर्न सकिन्छ: KAP GAP
1. Gap between K= Knowledge and A= Attitude.
2. Gap between A= Attitude and P= Practice
3. Gap between K= Knowledge and P= practice
अर्थात कुनै मान्छेसँग कुनै बिषयको ज्ञान छ, त्यो ज्ञानलाई व्यवहारमा उतार्ने सोंच छैन । ज्ञान पनि छ, सोंच पनि छ तर व्यवहारमा उतार्न कहिले तत्पर रहदैन । अनी कुनै मान्छेसँग सोंच पनि छ र उ व्यवहारमा उतार्न तत्पर पनि छ तर मूख्य कुरा उसँग त्यस बिषयको ज्ञानकै कमी छ । जब कुनै मनिसमा ज्ञान, सोंच र त्यसलाई व्यवहारमा उतार्ने तत्परता तिनै कुराको सँगम हुन्छ तव मात्र उसले जाने बुझेको कुराको सार्थकता रहन्छ ।
हामी नेपालीको मूख्य रोग भनेकै यही CAP GAP हो ।
मन परे हरियो, नपरे रातो
0
0
मैले यो लेख पुरै त पढिन तर सुरुको सम्बाद र नेपालीले मात्र टोइलेट फ्लश गर्दैनन भन्ने चाँही अली होइन हैन। यसरी एक दुई जनाले गरेनन भनेर समग्र नेपाली जाती लाई नै generalize चै नगरौ हो। म अहिले अमेरिका को एउटा युनिभर्सिटीमा छु र थुप्रै restroom हरु प्रयोग गरेर फ्लश नगरेको देखिन्छ, तेसो भनेर सबै अमेरिकनहरुले फ्लश गर्दैनन भन्ने त।
मन परे हरियो, नपरे रातो
0
0
perfect question and answer. i liked it.
मन परे हरियो, नपरे रातो
0
0
I like this article Mr. Jaya keep it up……….
thanks
Hem Sagar Dahal
मन परे हरियो, नपरे रातो
0
0
ए कान्छा पहिले सबै article पढ अनी बल्ल comment गर्ने गर्नु । त्यो flush गर्ने कुरा त एउटा example मात्र हो। कल्पित जि तपाईंले भन्नु भएको एकदम साचो हो तर हामी धेरै नेपालीलाई एस्तो कुरा हरु पच्दैन ।
मन परे हरियो, नपरे रातो
0
0
good very good articals . i hope u wiil keep on your way
let them think how they accept positively or negatively
मन परे हरियो, नपरे रातो
0
0