अपडेटः विद्यार्थीहरुबीच भएको झडपका कारण काठमाडौँका आरआर, ल र विश्वभाषा क्याम्पस तथा पद्यकन्यामा मतदान स्थगित भएको छ। स्थगित मतदान कहिले हुने हो, टुंगो छैन। यसअघि सरस्वती क्याम्पसको पनि मतदान स्थगित भइसकेको छ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६० वटा आङ्गिक क्याम्पस, १५० वटा सम्बन्धनप्राप्त क्याम्पस, १३ वटा संस्कृत क्याम्पस गरी करिब तीन सय क्याम्पसमा आज बिहीबार स्ववियु निर्वाचन हुँदैछ। पहिले भए काँग्रेस भ्रातृ संगठन नेविसंघ र एमाले भ्रातृ संगठन अनेरास्ववियुबीच मुख्य प्रतिस्पर्धा हुने गर्थ्यो। यसपालि भने विगतको स्ववियु निर्वाचनमा भाग नलिएको माओवादी भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले पनि भाग लिएपछि धेरैजसो क्याम्पसमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। बिहान आठ बजेदेखि मतदान सुरु हुँदैछ। विद्यार्थीहरुबीच तनाव हुनसक्ने भएकोले सुरक्षा व्यवस्था एकदमै कडा पारिएको छ। तामझाम र प्रभाव सबै हिसाबले यो मिनी संसदीय निर्वाचन सरह देखिन्छ। निर्वाचन बिथोल्न आदिवासी जनजाति विद्यार्थी संगठनले आज बन्दको पनि घोषणा गरेको छ। तर निर्वाचनमा उत्रिएका विद्यार्थी संगठनका विद्यार्थीहरुले भेट्टाए भने तिनीहरुलाई चुट्न बेर लाउने छैनन्।

फोटोः नवराज न्यौपाने
आरआर क्याम्पसमा टाँसिएको सूचनामा अनिश्चितकालका लागि पठनपाठनसमेत बन्द गरिएको उल्लेख छ।
यता, राजधानीकै अर्को क्याम्पस पद्मकन्यामा धाँधलीरहित चुनाव हुने वातावरण नभएको भन्दै अखिल संयुक्तको प्यानलले चुनावमा भाग नलिने घोषणा गरेको कारण अवस्था तनावग्रस्त छ। त्यहाँ अखिलको प्यानललाई सहयोग गर्न आएका क्रान्तिकारीका पुरुष विद्यार्थी र प्रहरीबीच बिहान दश बजे दोहोरो झडप भएको छ। त्यहाँ चुनाव गर्ने कि स्थगित गर्ने साढे १० बजेसम्म निर्णय हुन सकेको थिएन।
यता, राजधानीकै बाल्मिकी, शंकरदेव, त्रिचन्द्र, अस्कल, ललितकलामा भने शान्तिपूर्ण चुनाव भइरहेको छ।

अखिल संयुक्तले पीके क्याम्पसमा टाँसेको सूचना। फोटोः नवराज न्यौपाने
नेपालमा स्ववियुले २०२४ सालमा मान्यता पाएको थियो। तर तत्कालीन पञ्चायत सरकारले २०२९ सालमा स्ववियु खारेज गरेको थियो । वि.सं. २०३६ सालको विद्यार्थी आन्दोलनपछि स्ववियु पुनःस्थापना गर्न तत्कालीन पञ्चायत सरकार बाध्य भएको थियो । त्यसयता स्ववियुको यो १४औँ निर्वाचन हो।
वि.सं. २०३६ मा बनेको स्ववियु निर्वाचनको नियमावली परिवर्तन गरी समानुपातिक स्ववियु हुनुपर्ने माग पनि अहिले उठिरहेको छ । पूर्वाञ्चलमा किराँती विद्यार्थी र पश्चिममा थारु विद्यार्थीले समानुपातिक स्ववियुको माग गर्दै स्ववियु चुनाव बिथोल्ने चेतावनी दिइरहेका छन्। धरानमा समानुपातिक निर्वाचन गराउने सहमति पनि भइसकेको छ।
नेपालमा पहिलो स्ववियु स्थापना त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएपनि कानुनी मान्यता भने २०२४ सालमा मात्रै पाएको थियो ।
आज हुने स्ववियु निर्वाचनमा विद्यार्थी सङ्गठनहरुबीच हुनसक्ने झडप रोक्न उपत्यकामा एक हजार २५५ प्रहरी परिचालन गरिएको छ। हिजै साँझ ५ बजेदेखि नै स्ववियु निर्वाचन हुने सबै क्याम्पस प्रहरीको नियन्त्रणमा राखिएको छ।
क्याम्पसको अवस्था हेरी तीन चरणमा क्याम्पसको सुरक्षा व्यवस्था मिलाइएको छ। सोअनुसार बढी संवेदनशील क्याम्पसमा प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको प्रहरी टोली, सामान्य संवेदनशील क्याम्पसमा १५ जना र अन्य क्याम्पसमा १० जनाको टोली खटाइने छ। आज विद्यार्थीको परिचयपत्र हेरेर मात्रै क्याम्पस प्रवेश गर्न दिइने व्यवस्था मिलाइएको छ।
इलाममा कर्फ्यु लगाउनु पर्यो
महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा पूर्ण समानुपातिक स्ववियु निर्वाचनको माग गर्दै सङ्घीय विद्यार्थी परिषद् र लिम्बु परिषद्ले गरेको आन्दोलनका कारण इलामको वातावरण आन्दोलित बनेको छ।
सो आन्दोलनलाई ध्यानमा राखेर स्थानीय जिल्ला प्रशासन कार्यालयले हिजो बेलुका ८ बजेदेखि आज बिहान ७ बजेसम्मका लागि इलाम नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
चितवनमा तनाव
चितवनमा नेपाली काँग्रेसले स्ववियु निर्वाचनको मिति सार्न माग गरेको छ। तर एमाले र माओवादी भने नेविसंघ चुनावबाट डराएर भाग्न खोजेको आरोप लगाउँदै जसरी पनि चुनाव गराउने पक्षमा छन्। मतदान बिथोल्न नेविसंघले आज चितवन बन्दको आह्वान गरेको छ।
आफ्नै कलेजमा आगजनी
मंगलबार राति आरआर कलेजमा अज्ञात समूहले आगो लगाइदिएछन्। तर निर्वाचन सामाग्रीमा आगो नलागेकोले धन्न आज हुने निर्वाचन स्थगित नहुने जानकारी सुरुमा क्याम्पस प्रशासनले दिएको थियो। तर मध्यरातमा सूचना टाँसेर निर्वाचन स्थगित भएको घोषणा गरिएको छ। आगो कसले लगाएको हो थाहा हुन सकेको छैन। दुई अखिलले भने एकअर्कालाई त्यसको दोष लगाएका छन्। आज म पनि आफ्नो मताधिकारको प्रयोग गर्न जाने विचारमा थिएँ। बौद्ध अध्ययन पीजीडी कोर्समा अस्ति भर्खर भर्ना गरेकोले त्रिविवि कीर्तिपुरको पनि मतदाता हुँ म। तर त्यहाँ भोट खसाउन जान्छु कि जान्नँ निश्चित भने छैन।
No related posts.










Students are the most educated and first class citizen of a country. After seeing this drama, what else can we expect from normal citizen ? poor nepal heading towards devastation.
STOP THIS DRAMA! COLLEGES ARE FOR STUDY!
मन परे हरियो, नपरे रातो
0
0
Thanks gopal dai.
मन परे हरियो, नपरे रातो
0
0
U r 100% right shushmita bahini.
मन परे हरियो, नपरे रातो
0
0
Mahesh,
You are 100% right.
मन परे हरियो, नपरे रातो
0
0
Ye Neta ka chaura haru lai campus bata bahera laat hanera nikalnu parcha college ma admision nai dinu hunna afu ta bigrekai chan aru padhne student haru lai yeni haru le bigare ra cha.
मन परे हरियो, नपरे रातो
0
0
धनि बौ का गरिब चोर
मन परे हरियो, नपरे रातो
0
0
Mr. Mahesh Kumar Jee,
I am 90% agree with you but not 100% . Yes, it is very necessary to shift governement colleges from urban area and shift in to out of Ringroad; but not like Karnali, Jumla. There are so many benifit of this action
1. Colleges will get good rent of thier buliding which they can use for thier expenses. For example, if trichandra college shifted, they will get more that 10 Lakh rent per month from thier building but they can get same types of building within 1 lalh in out of ringroad.
2. It is help to make kathmandu traffic less
3. It is help to make Kathmandu political strike less.
4. Students will save money by getting low house rent charge in out of ringroad area
5. Peaceful and good educational envirnmeent aviaiaable in out out ringroad
6. this is also one of decetetilization step which help country development.
7. Out of Ringroad area will develop.
8. Last but not the least, it help to expansion for internation business like tourism, IT etc.
hoping for feedback from all
Berina Tamu
मन परे हरियो, नपरे रातो
0
0
स्ववियु चुनावका परिणाम आउन थाले
सुर्खेतस्थित जनता बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल बिजयी
पालुङ क्याम्पस मकवानपुर, महालक्ष्मी क्याम्पस ललितपुर र प्रभा क्याम्पस काभ्रेमा क्रान्तिकारीको प्यानल विजयी
माण्डब्य क्याम्पस पाल्पामा एमाले अखिलको प्यानल नै बिजयी
काभ्रेको कानपुर क्याम्पसमा नेविसंघ र अनेरास्वीयुको संयुक्त प्यानल बिजयी
मन परे हरियो, नपरे रातो
0
0
काठमाण्डु सहर मुख्य भाग कहि कलेज हरु हताऊन अत्यन्त जरुरी भै सकेको छ
त्रि-चन्द्र कलेज
शंकर देव कलेज
अमृत कलेज
तहाचल क्याम्पस
रत्न राज्य क्याम्पस
ल क्याम्पस
सरस्वति क्याम्पस
आदि
यि सहर को मध्य भाग मा रहेका बदि दंगा गर्ने कलेज हरु लाई देश को अरु भाग जहा शिक्षा पुगेको छैन जस्तो कि कर्णाली, जुम्ला,आदि क्षेत्र मा सार्नु पर्छ| काठमाण्डु मा सबै को नीद हराम गर्ने यि कलेज चाहेको छैन| काठमाण्डु वासि लाई धेरै सताएका छन यिनि हरुले | अब भयो बाहिरै लग साला हरु लै
मन परे हरियो, नपरे रातो
0
0
bad news, hope everything will be normal soon
मन परे हरियो, नपरे रातो
0
0
किन jagada ह????????????????????
shanti ko desh ma
election garne ho tara manche ko man jitera vote hashil garne ho dar ra trash le hoina.
bachha dekhi nai yesto prabiti le dhoti rajniti layo bhane
desh kaha pugla
dhoti ko prabitile yahile le desh yo isthiti ma puge ko cha ke timi harule yeti pani ahile samma bujeka chainau?
na buje ko bhaye ke ko pad chau napade pani huncha?
ani netagiri nagare pani huncha gunda bhyera bache huncha kina neta hune?
मन परे हरियो, नपरे रातो
0
0
It is better to stop the politics in education, ki kaso?
मन परे हरियो, नपरे रातो
0
0
long live ANNFSU !!!
मन परे हरियो, नपरे रातो
0
0
Worst students ever in the world are born in Nepal and they are the most destructive force in Nepal. They are more or less resposible for Nepal destruction.
Have one ever seen putting their own libraries and classrooms on fire anywhere in the world but in Nepal.
मन परे हरियो, नपरे रातो
0
0
Why don’t you let these guys to involve in World War IV? An extinction of these creatures would probably be better for the nation.
मन परे हरियो, नपरे रातो
0
0
More dramas are being played.
मन परे हरियो, नपरे रातो
0
0
के गर्नु ? आगजनी, तोदफोड, मारपिटभन्दा अरु के जानेका छन र हाम्रो नेपालका कलेजका विद्यार्थीले !! राजनीतिक नेताका पुछर भएर पार्टिका लागि नै काम गर्ने बानी बसी सकेको छ । यो एउटा ठुलो रोग हो । यो रोगको कुनै औषधी नै छैन । तर यि विद्यार्थीहरुका कारण हामी सबै नेपालीहरुले अपजस शहनु परिरहेको छ । विद्यार्थी हक हितका लागि कुनै पनि विद्यार्थी संगठनले कुनै ठोस् सहयोग पुर्याउन सकी रहेका छैनन । जती नै राम्रो कुरा गरे पनि यिनिहरुले गर्ने केही होइन । चिप्ला कुराले सबैलाई चिप्ल्याउने बाहेक केही गर्न सक्दैन । टलक्क टल्कने र चिप्लो सबै राम्रो हुन्छ भन्ने छैन । लिम्बुआन, खुम्बुआन वाइ सि एल, युथ फोर्स भन्दा कुनै पनि कुरामा यि फरक छैनन । सबै ठुलो भाग खान अरुको मासु खान र रगत पिउन पछी पर्दैनन । किनकी कसैको पनि सोचाइ नै राम्रो छैन । सबै संगठनका कार्यकर्ताहरुका मनमा चोर लुकेको छ । डाँका लुकेको छ । सबै आफ्नु स्वार्थका लागि लुट्न र मार्न अगाडि पर्ने हून ।जस्ले अरुको भलो चिताउदैन, अरु र आफुमा कुनै फरक देख्दैन, सबैलाई समान देख्छ, त्यो नै राम्रो मानिन्छ । यो कुरा सबैलाई थाहा छ । तर थाहा पाएको नपाएको झै गर्छ । बुझ पचाउछ । बिना सुझबुझ अरूको बिरोध गर्छ । बिरूध गर्नु नराम्रो त होइन, तर तोडफोड शहितको बिरोध गर्नु यि विद्यार्थी संगठनका बिशेषता नै हो । सरकारी सम्पत्ति तोडफोड गर्नु भनेको राज्य ले त्यो बराबर गर्न करमा ब्रिद्धी गर्छ । त्यो भार सबै नेपालीका टाउकामा आउछ । तर यो कुराको चेतना तिनिहरुलाई कहिले आउँदैन । तर कुरा भने ठुल्ठुला गर्छन । यो कुरा सबैलाई चेतना भया । ++++ सम्मुख
मन परे हरियो, नपरे रातो
0
0
कलेजमा राजनिति बन्द गर् .
राजनिति गर्नु च्ह भने थानकोट पारि जा .
मन परे हरियो, नपरे रातो
0
0
raajnitiko laagi bibhinna dalharu bhaisake pachhi universitymaa bidhyaarthi dalharuko kina jaruri paryo?bidhyaarthi hakheetko laagi maatra swatantra bidhyaarthi sangathan chalaaune byabasthaa gari gyaanko mandir bhtra raajniti garna,banda-hadtaal garna napaaine gari ptatibanda lagaaune tarfa sabai sakaaraatmak huna sakun,nayaa nepalmaa.yaso gare kaso holaa?Na rahe baans na baje baansuri.
मन परे हरियो, नपरे रातो
0
0
Hope fully election wille be finished peace environment .
Ramesh
मन परे हरियो, नपरे रातो
0
0
la la lada neta ho timiharu pani pachi des haknu cha
purkha ko bido ta tham na paro ni haina……..
मन परे हरियो, नपरे रातो
0
0
akhil lay jitchha vanera yo sabae kam karantikari ko ho,,,j hos chunab hune vaya chha ,khusi lagyo,rai lay chunab sajilo sanga jitnu hunchha kina ki basnet bichara bachara ho kina chunab ma ticket paudin vanera pahilay nae kartikari ma gaya ka hun,tin ko personality pani chhena ra poela jane ko future ramro hudaena,hami haru bidesh ma bsera pani chunab ma kasko situation k ho herdae chhau,tara pani Nepal ko student ko chunab sathi haru bidesh aya pachhi developing coutry ma k hunchha,ma pani pahila student politcs ma union ko secratry vayya ko theya ,but ahilay nikae paschatap lage ko chha,nepal ma leder haru lay hami lae bali ko boka banauda rahichhan,neta haru sanga yeta aya ko bela ma kura garda uniharu pani badhayata vayya ko suekarchhan,j hos rai ji congratulation chha,tapae lae.jasari hunchha chunab garnu hola,,,,,,,,from norway karki
मन परे हरियो, नपरे रातो
0
0
ok……bhot halna dubai thau ma janus tar NSU lai jitaunus hai…..
मन परे हरियो, नपरे रातो
0
0
hope,everythings will be fine and peacefull!
मन परे हरियो, नपरे रातो
0
0
साचै हो,नेबा स्वायत्त प्रदेश भित्र का मानिस जागे भने यो होहल्ला बाट पुरै देश्का मानिस्ले मुक्ति पाउथे !!
मन परे हरियो, नपरे रातो
0
0
yess ANNFSU
मन परे हरियो, नपरे रातो
0
0
शिक्षालाई राजनीतिमुक्त गरिनुपर्छ । विद्यार्थीले राजनीति गरुन्, तर शिक्षालयपरिषर बाहिर । यस्तो अस्तव्यस्त तालले देशले कुन गति लिने र देशको हविगत के हुने ? समयमै सबै सचेत होऔं । यस्ता दल-दलका संघ-संगठनहरूको मुठभेडले नै हाम्रो सरकारी शिक्षाक्षेत्रलाई भताभुंग पारेको हो । अबको संविधानमा कुनै पनि संस्थामा राजनीतिक संघ-संगठनहरू खोल्न नपाइने व्यवस्था गरिनुपर्छ । अमूकवर्गको हितमा लाग्ने एउटा तटस्थ र स्वतन्त्र संगठन भए भइहाल्यो नि !
मन परे हरियो, नपरे रातो
0
0