मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    कृषि विश्वविद्यालय र वास्तविकता

    -प्रभात खनाल/हेब्रु युनिभर्सिटी, इजरायल-

    चार-चार वर्षसम्म रामपुरको कृषि क्याम्पस पढेको कृषि विद्यार्थीलाई भारतीय तथा अरु देशका मकैका जातहरु कन्ठ गर्न बाध्य पारिन्छ तर करिब १०० मिटर दूरीमा रहेको राष्ट्रिय मकै बाली अनुसन्धान केन्द्रमा भइरहेका अनुसन्धानात्मक कृयाकलापहरुको बारेमा जानकारी दिइँदैन। अनुसन्धान केन्द्रहरुमा अनुसन्धानकर्ताहरु सरकारले अनुसन्धानको लागि पैसा उपलब्ध नगराएको निहुँमा घाम तापेर तलब खाने परम्पराको अन्त हुन जरुरी छ। त्यसैगरी क्याम्पसमा पनि अध्यापनको साथ साथै प्राध्यापकहरुको लागि खोजमूलक कार्यमा लाग्नै पर्ने नियम बनाउन जरुरी छ। कृषि क्याम्पसले अहिलेसम्म राज्य प्रमुखदेखि देश विदेशमा प्रतिस्पर्धा गर्नसक्ने धेरै प्राविधिकहरु जन्माइसकेको छ, तर हामीलाई नेपाली माटोसँग खेल्नसक्ने, गरीब कृषकका समस्यासँग आफ्नो अनुसन्धानमुलक समाधान साट्नसक्ने र नेपाली कृषकका खेतबारीलाई आफ्नो अध्ययन तथा अनुसन्धानको कर्मथलो बनाउने जनशक्ति चाहिएको छ।

    संयोग नै भन्नुपर्छ रामपुर कृषि क्याम्पसका कुनै बेलाका विद्यार्थी पुष्पकमल दाहाल लामो सशस्त्र विद्रोहपछि अहिले नेपालको केन्द्रीय सत्ताको बाग्डोर सम्हलिरहेका छन्। हालै उनैको नेतृत्वको सरकारले रामपुरको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान सहित वन क्याम्पसलाई समेटेर विश्वविद्यालय बनाउने घोषणा गरेको छ। वपगत जस्तै अनेक योजनाहरु घोषणा गर्ने तर कार्वान्नय गर्न नसक्ने सरकारको चरित्रको निरन्तरतामा क्रमभङग गर्न सकियो भने यो योजना ढिलो छिटो लागू हुनेछ। ढिलै भये पनि उचित कार्यान्वयन गर्न सकेको खन्डमा यस योजनाले नेपालको समग्र कृषि विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ। तर यदि हामीले नाममात्र परिवर्तन गर्‍यौँ र काम गर्ने शैली र व्यवहार उस्तै रहयो भने विश्वविद्यालय त के महाविश्वविद्यालय नाम दिए पनि त्यसले केही लछारपाटो लाउने छैन।

    हामीले बुझिसकेका छौँ, यदि हाम्रो सोच र काम गर्ने शैलि गणतान्त्रिक भएन भने साइनबोर्डको गणतन्त्रले मात्र केही काम गर्दो रहेनछ। कृषि क्षेत्रमा रहेको वर्तमान गतिहीनता निम्त्याउन राज्यका कृषि नीती नियमहरु अवस्य पनि जिम्मेवार छन् र कृषि विश्वविद्यालय स्थापना सँगसँगै ती नीति नियममा परिवर्तन गर्न सकियो भने मात्रै कृषि क्षेत्रमा एउटा राम्रो परिणाम हासिल गर्न सकिन्छ। तर अब समस्या नीती नियममा मात्रै होइन, हामीभित्र रहेको पुरानो कार्यशैली, योग्यता, दक्षता कृषि क्षेत्रको वर्तमान परिस्थितिका लागि कति जिम्मेवार छन् समीक्षा गर्ने र त्यसलाई पनि सच्याउने बेला आएको छ। किनकि एउटा जड्याहा ड्राइभरले हाँकेको गाडी कुनै पनि बेला दुर्घटना हुनसक्छ- चाहे गाडीको इन्जिन र बाटो जतिसुकै राम्रो र नयाँ नै किन नहोस्।

    कृषि विश्वविद्यालयसँगै देशका अन्य विकट ठाउँहरुमा पनि कृषि कलेज तथा अनुसन्धान केन्द्रहरु खोली कृषि शिक्षा, कृषि प्रसार र कृषि अनुसन्धानलाई सँगै लैजानु जरुरी हुन्छ। तर दु:खको कुरा नेपालमा कृषि क्षेत्रका यी तीन प्रमुख खम्बाहरु कृषि शिक्षा, कृषि प्रसार र कृषि अनुसन्धान तीनतिर फर्केका छन्। एउटा सानो उदाहरणको लागि चार-चार वर्षसम्म रामपुरको कृषि क्याम्पस पढेको कृषि विद्यार्थीलाई भारतीय तथा अरु देशका मकैका जातहरु कन्ठ गर्न बाध्य पारिन्छ तर करिब १०० मिटर दूरीमा रहेको राष्ट्रिय मकै बाली अनुसन्धान केन्द्रमा भइरहेका अनुसन्धानात्मक कृयाकलापहरुको बारेमा जानकारी दिइँदैन। खासगरी कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई देशको कुनै पनि अनुसन्धान केन्द्रमा अनुसन्धान गर्ने अवसर दिइनुपर्छ। त्यसैगरी योग्य अनुसन्धानकर्ताहरुलाई आवश्यकता अनुसार कृषि क्याम्पसमा अध्यापन गर्ने अवसर दिइनुपर्छ। यसो गरेमा केही हदसम्म अनुसन्धान केन्द्र र क्यम्पसको बीचमा सहकार्यको वातावरण बन्नसक्छ र जानकारी आदानप्रदान हुनसक्छ। अनुसन्धान केन्द्रहरुमा अनुसन्धानकर्ताहरु सरकारले अनुसन्धानको लागि पैसा उपलब्ध नगराएको निहुँमा घाम तापेर तलब खाने परम्पराको अन्त हुन जरुरी छ। त्यसैगरी क्याम्पसमा पनि अध्यापनको साथ साथै प्राध्यापकहरुको लागि खोजमूलक कार्यमा लाग्नै पर्ने नियम बनाउन जरुरी छ।

    नेपाली अर्थतन्त्रको एक महत्त्वपूर्ण मेरुदन्ड कृषि क्षेत्र एउटा ब्यवसाय वा उद्योगको रुपमा होइन बाबुबाजेका पालादेखि चलिआएको परम्पराको रुपमा अगाडि बढिरहेको छ। कृषकका समस्या जहाँको त्यहीँ छ, नेपालको अर्थतन्त्र अहिले आईसीयूमा छ र विगत ५० वर्षमा नेपालको आर्थिक वृद्धि दर २ % भन्दा कम देखाइएको छ (हेर्नुस् नेपालको बजेट अर्थिक बर्ष २०६५/६६)। अबको कृषि शिक्षा र अनुसन्धानको गति नेपाली कृषकले भोगिरहेका वास्तविक समस्याहरुप्रति उन्मुख हुनुपर्छ र नेपाली विद्यार्थीहरुले बुझाउने थेसिसहरुमा तिनै समस्याहरुको समाधानको पोको भेटिनुपर्छ। अहिले कृषि क्षेत्रसँग सम्बन्धित धेरै नेपालीहरु विदेशिएका छन् र केही समयअगाडि अर्थमन्त्री डा बाबुराम भट्टराईले विदेश जान खोज्ने नेपाली विद्यार्थीबाट कर लिनुपर्ने भनाइ अगाडि आएको छ। प्राविधिक रुपमा उनी सही छन् र भनाई सम्मानयोग्य छ। किनकि नेपाल प्यारो छ भनेर मात्रै हुँदैन देशलाई वास्तविक योगदान गर्नसक्नुपर्छ। तर एउटा कुरा सबैले बुझ्नुपर्छ कि धेरैजसो नेपाली विद्यार्थी रहरले बाहिर गएका छैनन् र विदेशमा नेपाली विद्यार्थीले जिउने जीवन नेपालको विद्यार्थी जीवनभन्दा कयौँ गुणा कठिन र संघर्षपूर्ण छ। यदि कुनै चप्सुली र घुसपैठ बिना आफ्नो क्षमता र योग्यताअनुसार गरेर खान सकिने दिन आयो भने जुनसुकै क्षेत्रका मान्छेको पनि नेपाल फर्किने क्रम सुरु हुनेछ।

    सरकारको कृषि विश्वविद्यालय बनाउने योजना लागू गर्न सकियो भने कृषि, वन र पशु क्षेत्रलाई एक अर्काको परिपूरक क्षेत्रको रूपमा विकास गर्दै तीनवटै क्षेत्रलाई अगाडि बढाउन सकिन्छ। कृषि क्याम्पसले अहिलेसम्म राज्य प्रमुखदेखि देश विदेशमा प्रतिस्पर्धा गर्नसक्ने धेरै प्राविधिकहरु जन्माइसकेको छ, तर हामीलाई नेपाली माटोसँग खेल्नसक्ने, गरीब कृषकका समस्यासँग आफ्नो अनुसन्धानमुलक समाधान साट्नसक्ने र नेपाली कृषकका खेतबारीलाई आफ्नो अध्ययन तथा अनुसन्धानको कर्मथलो बनाउने जनशक्ति चाहिएको छ। के कृषि विश्वविद्यालय त्यस्को लागि सक्षम होला त ?

    No related posts.

    38 comments to कृषि विश्वविद्यालय र वास्तविकता

    • ujwol poudel

      मान्छेहरु बाँच्नको लागि संघर्ष गर्दैछन म भने मर्नको लागि प्रयास गर्दैछु उनिहरु आँसु पिएर हाँस्न खोज्दैछन म भने हाँसो थम्न नसकेर आँसु झर्दैछु अरु भने सुनौलो भविस्य खोतल्दैछन म भने आफुलाई जलाउने दाउरा बटुल्दै छु

      कोही भन्छ्न् जिन्दगी
      कर्कला को पानी हो
      कोही भन्छ्न् जिन्दगी
      पिरतीको खानी हो
      तर म त भन्छु
      जिन्दगी कर्कला को पानी पनि होइन
      पिरती को खानि पनि होइन
      जिन्दगी त एुटा दिन्
      सुरु हुन लागेको शुभ बिहानी हो।

      बैगुनिको चाल रहेछ दोबाटोमा कुरी बस्यौ
      मेरो गुनको बदलामा पछाडिबाट छुरी धस्यौ

      नचाहेरै बस्दा पनि उतिबेला हत्ते गर्ने
      आफ्नो स्वार्थ पुरा हुँदा मलाई कालो मोसो घस्यौ

      हरेक पटक भेट हुँदा छुट्ने बेला आशु झार्थ्यौ
      घात गर्नु थियो भने किन मुटु भित्र पस्यौ

      गरीब को पारीभाषा दिन नखोज् मलाई
      किनकी म गरीब पारीवार् हुर्केको मान्छे हु ।

      प्रेम् को बयान् गर्न नखोज् मसँग किनकी
      म प्रेम् मा धोका खाएर बचेँको मान्छे हु ।

      शहरको महिमा न सुनाउ मलाई किनकी
      म गाउको शान्त बातावरणमा जन्मिएको मान्छे ह

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • प्रबल , अष्ट्रेलिया

      Very good article ! I appreciate your view and hope you’ll do as you should in some how to serve our great Country NEPAL from your field !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • प्रबल , अष्ट्रेलिया

      तर एउटा कुरा सबैले बुझ्नुपर्छ कि धेरैजसो नेपाली विद्यार्थी रहरले बाहिर गएका छैनन् र विदेशमा नेपाली विद्यार्थीले जिउने जीवन नेपालको विद्यार्थी जीवनभन्दा कयौँ गुणा कठिन र संघर्षपूर्ण छ। यदि कुनै चप्सुली र घुसपैठ बिना आफ्नो क्षमता र योग्यताअनुसार गरेर खान सकिने दिन आयो भने जुनसुकै क्षेत्रका मान्छेको पनि नेपाल फर्किने क्रम सुरु हुनेछ।
      I am also 100% agree with your this artical.

      प्रबल , अष्ट्रेलिया

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Chiranjibi Gautam

      K garne ta sthi ho nepal ma jaileni banda hadtal matra hunchha.padne thauma rajniti matra haina kukuri hanahan hunchha.job ma chapleshi ra hulami hunchha.ani bides nagaye k garne ta jasari bhaye ni januta parchha tara parkanachai parchha akir matribhumi bane ko nepal taho ni yar hainara.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Khanalg, Your article is very absolutely very nice and we should to that in our country who are involved. It is really necessary for our country. Thank you very much.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pokhareli

      It is a timely article, I acknowledge your timely selection of the topic and presentation of the issue for review and discussion. However, it is a hard reality that that like the country, Rampur college is also run by hardline politically motivated teachers and student leaders. I do not see any positive change to come by in the near future. The hope you and many others have expressed is a distant reality (more precisely a dream than a reality!). Because if you look at the history of teacher recruitment of the past 8 or 9 years within the college, not a single topper of a batch has been offered a place in the college. Only, the laggers who had spent much time in running after one or the other political party during their student time have been encouraged to join the faculty position in the college.
      Those student politicians affiliated to prominent political parties had sought job in the college then. Now it is the time for Maobad affiliated student politicians students to secure their job in the college/university.
      Congrats to you fellas!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Munesh

      Dear Khanal Ji,
      Nice article on current issue.
      Governement and lecturers as well as students should take lesson from your article.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Racket

      I read all comments througly, all the people who is strugling in abroad wants to come back to Nepal. I am surprised who is stopping them to come back. Everybody shows the problems only no one shows solutions. Like Prabhat ji also showing problem by his writing and he didn’t try to find solutions. Writing, talking and showings are not enough for national feeling. If there is a problem go and try to establish what you want that could be national feeling. Otherwise stop barking, all the nepalese can bark to show the problem, we dont want anymore.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sagar

      कृषि क्याम्पसले अहिलेसम्म राज्य प्रमुखदेखि देश विदेशमा प्रतिस्पर्धा गर्नसक्ने धेरै प्राविधिकहरु जन्माइसकेको छ, तर हामीलाई नेपाली माटोसँग खेल्नसक्ने, गरीब कृषकका समस्यासँग आफ्नो अनुसन्धानमुलक समाधान साट्नसक्ने र नेपाली कृषकका खेतबारीलाई आफ्नो अध्ययन तथा अनुसन्धानको कर्मथलो बनाउने जनशक्ति चाहिएको छ।
      यो कुरो राम्रो लाग्यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pramod Dhakal

      Prabhat….
      You could have lightened your article with some things related to animals too! As for “Garibi Niwaran” animals are contributing a lot to nation…!
      Anyway salute to your writing! Keep on!!
      Hatiyar ko khel hune hamro desh ma yo krishi lai kalle futeko akha laulan…comradeharuka fusra guff…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dpoudel

      Good, it’s a seasonal article. It would be better to mention about lecturers and professors who have been absent since a long time but still getting salary. Furthermore, academic and adminstrative environment must be strengthen to achieve the forseen goal in the article.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu Bhandari

      Good Job !!!! Pravat bhai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sani,Japan

      धेरै राम्रो कुरा हाम्रो अगाडि आयको छ तर सुरुवात जसबाट गरिनु पर्ने हो उस्को अवस्था ,देशको अवस्था तपाईंले भने जस्तै –एउटा जड्याहा ड्राइभरले हाँकेको गाडी कुनै पनि बेला दुर्घटना हुनसक्छ- चाहे गाडीको इन्जिन र बाटो जतिसुकै राम्रो र नयाँ नै किन नहोस्।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kunsang

      Good job Prabhat!
      Keep it up! hope to read more articles from you again.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sagar

      खनाल जी, धेरै धेरै धन्यवाद। तपाईंको लेख सार्है समय अनुकुल लाग्यो । म पनि कृषि, बन र पसु क्याम्पस मध्ये एउटा मा बि एस्सी गरेर हाल युरोपेली सरकारको छात्रब्रितिमा यूरोपमा अध्ययन गर्दै छु ।

      सर्ब प्रथम त ति क्याम्पस हरुमा बिद्यामन राजनीति दाउ पेचको अन्त्यै गर्नु पर्छ, जुन धेरै नै गाह्रो छ । विद्यार्थी भर्ना हुनु भन्दा अगाडि कुन दल को समर्थकमा कती भोट् आउछ भन्ने हिसाब किताब हुन्छ ।

      अनी शिक्षक हरु म पनि दल गत खाल्डो बिध्य्मान छ, एउटा दल को शिक्षक को रिशमा अर्को दल को शिक्षकले आफ्नो दलको विद्यार्थीहरु उचाल्ने । परिक्षामा पनि(प्रमुख गरेर प्राक्टिकल) आफ्नोदलका विद्यार्थीहरु लाई काखी च्यापी अन्य दल का विद्यार्थी लाई सके फेल नै गर्ने, न सके थोरै नम्बर दिने पर्याप्त उदाहरण (अनुभव) हरु छन् ।

      यहाँ आए पछी, पढाईको सन्धर्भमा सुरु सुरु मा कुहिरो को काग भये पनि, बिस्तारै बुझदै जांदा, राजनीति लाई हटाउन सके र अनुसन्धान मुलक केन्द्रहरुका अनुभव र नतिजाहरु लाई शैक्षीक कार्यक्रममा जोडेर देश को हावा, पानी, र माटो सुहाउदो बनाउन सके हाम्रो देश को पढाई पनि निकै राम्रो छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jay

      नेपाल बन्द, हडताल, चक्काजाम निषेध राज्य घोषणा
      भ्रष्टाचार, हत्या, अपहरणमा संलग्न हुने तथा देशद्रोही र विखण्डनकारीलाई देश निकाला र मृत्युदण्डको प्रावधान
      एउटै व्यक्ति एकपटकभन्दा धेरै राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री हुन नपाउने व्यवस्था
      सांसद, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति कम्तीमा पनि स्नातक तह उत्तीर्ण
      एक व्यक्तिले एकभन्दा बढी क्षेत्रबाट चुनाव लड्न नपाउने
      पदमा आसीन नेताको बराबरीकै औषधोपचारको सुविधा सर्वसाधारणलाई पनि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Adhikari

      Dear khanal jee,
      It is very intresting article.we are more focussed on political issues rather then economic issues.Untill and unless economic prosperity can not achieve ,political problem always exist in different model.
      Hence,leaders of different political party should think seriously about this matter ,otherwise another economic revolution is underway in our country which will bring havoc situation in the country if we are unable to think right now.
      In this situation,your article is very intresting.

      thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shruti

      sahi ho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bina

      I like this article very much. yes,we agriculturist should focus all researches and curriculum based on your geography,crops and animal diversity and climate.unfortunately, we do not have our Nepalese writer book and course material in university so some lecturer and good scientist also involve in book writing activities. Another point is that most of graduated students who has good knowledge and new ideas have not get good opportunities in country. So i suggest to government to give the plate form for newly graduated student and scientist in country so we can help to make new Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लगभग २५% जमीन मात्र खेती योग्य भएपनि नेपाल कृषिप्रधान देश हो र ७१% जनसँख्या यसैमा निर्भर रहेको यो परिस्थितीमा नेपालको हवापानी र माटो सुहाउदो आधुनिक कृषि प्रणाली अपनाउने वा कृषि क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिएर अघि बढने पर्छ, यसको विकल्प छैन ।

      सुन फलाउने कुरामा मनसुनले हामीलाइ सधै धोका दिईरहन्छ, यस्तो अवस्थामा प्रभातजीहरु जस्तै विदेशमा पढेका विज्ञ नेपाल गएर इजरायलको जस्तै थोपा सिचाई वा अन्य उपयुक्त प्रणालीको खोजी गर्नु पर्यो नि हैन र? जसरी इजरायलले यसको फोस्रो माटोमा अनेकौ प्राविधि अपनाएर अपार कृषि उत्पादन गर्छ ।

      कृष्ण थापा
      तेल अभिभ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Parashuram Bhantana

      Pravat Sir,

      It is the reality. Many people know it and try to raise it but the main problem is no one wants to follow it. Actually your writings looks like speech given by a veteran politician. Because many people know what you are talking about and no one actually deserve for it.

      Anyway thanks for article emphasizing the depth of the problem.

      Keep it up!
      Parashuram, Israel.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • amit neupane From Scotland, UK

      Hi agriculture specialist Pravat, You have nicely presented the real problems of agricultural Institute, Rampur. Keep up Good writings..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramu paudel

      parvat ji le jasari kura uthaunu vayeko chha tesari nai paribesh tayar parnako lagi ra kehi garne mauka upalabdi ko lagi yek phera nepali mato lae nai samjauta?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dhanwantari

      As the author said, we should focus on our prospective and probability. Agricultural sector needs reform to develop more pragmatic approach with concern on our geographical location, soil quality, crops and animals diversity. We need result that is purely authentic, more productive. Industrialization and market identification are utmost need for todays farmer to survive and excel. Government and all other organization should be streamlined to create solid infrastructure where our agriculture sector will stood firm, thrive well and compete with other. I like to thank the author for pointing our attention to much needed field and arising questions that is absolutely genuine.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ६५ %
      नेपालीहरु यती अल्छि छन कि दु:ख र रिक्सको काम गर्न चाहन्नन आफ्नो देशमा प्रसस्त जमिन हुँदा हुँदैपनी बिदेशमा गएर झुठा भाडा माझ्ने, चौकिदार , कोठिमा खान बनाउने , जस्ता थर्ड क्लास का काम गर्न मन पराउछन तर आफ्नो देशमा खेती गर्न लाज लाग्छ। उधारण को लागि हेर्नुस न बिहार बाट नेपालमा गएर रेख्सा चलाएर पनि बर्ष मा करौडौ रुपया भारत मा भित्र्एको सबैलाई थाहा छ् । त्यसतै भारतको राजास्थान बाट आएका अधिकाश मारवाडी हरुले हाम्रो देशमा उद्योग कल्-कारखाना खोलेर नेपाली लाई भन्दा भारतीय हरुलाई रोज्गार दिएका छन। यसमा भारतीय नै मुख्य-मुख्य पोस्ट मा छन।यसबाट मारवाडी हरुले अरौबौ रुपया भारत भित्र्याएका छ्न । यस तर्फ कसले आवाज उठएको छ त????? यदी भारतीय मजदुर नेपालबाट हटने हो भनी पुरा नेपालीलाई बिदेशिको गुलाम गर्ने आबस्यक्ता पर्दन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem Aryal

      we hv to create system then everything will be fine, for which goverment must sacrifice strikely

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Good news I am also feeling like that and i am at abroad now if goverment will support like this people i am really ready to come back nepal and want to start to work at agriculture field which is the base of economy of nepal

      thanks prabat ji keep in touch ;

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh

      I agree with mayagrg

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh

      cultivable lands are concretized and there is no specific scheme for the farmers,the government and the society should be aware of this fact that if this process goes on then one day Nepal won’t be named as “Rich in agriculture”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mayagrg

      नेपालमा तलब खाइ खाइ पढाई सकाएपछी नेपाल नफर्की अमेरिका लगायत पस्चीमि मुलुकमा बस्ने कृषि पढेका धेरै छन। फर्केर कृषि केन्द्रमा बसिदिये पनि देशको लगानी त केही फर्किन्थ्यो। अरु ईतिहास, मनोबिज्ञान या अर्थशास्त्र पढेका नेपालमै बसे बेरोज्गरी हुन सक्छ, तर राम्रो काम पनि पाउने मान पनि हुने डक्टर र कृषि पढेका बिदेशिनु पक्का देशलाई घात् गर्नु हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna

      Dear Khanal ji:

      I totally agree with your view points. I am also IAAS Alumn and see that:

      1. There is total lack of coordination between Teaching-Research-Extension.

      2. Some teachers are obsolete, they should be given respectful retirement and (Why should Makai Budho, Prof. Mishra be continued there in contract?)

      3. Students must be engaged in action research projects for their theses works.

      Krishna

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anupama

      Thank you prakash jee!
      Pracanda and maoist leaders have main role to guide the country in present day, however we must be aware that each citizens who got birth in Nepal have equal role to dvelop our country. If we all citizens work together to the favour of our country, thee is no doubt that with n 10 years we will be ahead in Asia ( except Japan and Singpore).

      BG

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kushum USA

      तर एउटा कुरा सबैले बुझ्नुपर्छ कि धेरैजसो नेपाली विद्यार्थी रहरले बाहिर गएका छैनन् र विदेशमा नेपाली विद्यार्थीले जिउने जीवन नेपालको विद्यार्थी जीवनभन्दा कयौँ गुणा कठिन र संघर्षपूर्ण छ। यदि कुनै चप्सुली र घुसपैठ बिना आफ्नो क्षमता र योग्यताअनुसार गरेर खान सकिने दिन आयो भने जुनसुकै क्षेत्रका मान्छेको पनि नेपाल फर्किने क्रम सुरु हुनेछ।
      I am 100% agree with your this artical.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Preeti

      There is no boundary for labor whether mental or physical. So until and unless establishment of “MERITOCRACY” in University/government system, brain drain will continue and it seems to be more in context of so call reservations based on sex, ethnicity and so on public service sectors in Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Babu Ram Pandey

      Hey friend! You are right. I am a researcher at National maize research program, Rampur and now studying M Sc in South Korea. I agree with you. I also want we (research station and university) have mutual collaboration in researches and teaching. This is the best method to produce best manpower. Unfortunately, this collaboratin is not possible at emplyees level. It must be from the organization level. I hope we will have this kind of mutual understanding in future.

      Thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रभात जी,
      यस लेखलाइ बास्तबिक्ता मान्नैपर्छ तर तपाइ अनि अर्का यसै लेखमा कमेन्ट लेख्ने कृषीकै बिधार्थी मीत्र र अन्य प्रबाशमा माथील्ला तहमा अध्धयनरत नेपालीहरूले यस बास्तबिक्तालाइ जान्दा जान्दै र सहमत हुदाँहुदै पनि यस्ता गलत प्रबृधिलाइ कलेजबाट हटाउन प्रयत्न गर्नुका सट्टा स्वयं परदेशीय पछि यति ढीला यी बास्तबिक्ताका बारेमा पाठकबृन्दलाइ ज्ञान गराएर स्वयं तर्कने र नेपालमा रहनेहरूलाइ तम्स्याउने वा चेतना गराउने मनसाय त हैन ? यस बाहेक सक्षम तपाइ बिधार्थीहरू प्रबाशमा नै उच्च शिक्षा हासिल गरी नेपालमा फर्की कमैले मात्र यस्ता बास्बिकतालाइ सुधारचेतनाका अभियानका रूपमा ब्यबहारमा उतार्ने प्रयास गरेका देखिन्छन् न कि ति कलेजका गलत प्रबृतिका बिरूद्दमा एक कदम उठाउन तत्पर भएका छन् । यसैका उद्दाहरण त यसै लेखमा उद्दहरण गरे झै बर्तमान प्र.म. ज्यू ले नै तदारूकता देखाएनन् भने…………तपाइ हामी ???।धन्यबाद ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sabnam

      How can you imagine 63%of Nepalese people are lazy.There is not good environment and good opportunity to work in Nepal,That’s why they must have to go to the foreign country,like me.If you provide such a big loan and good markets for Nepalese farmer, they r ready to work in Nepal.and how can you say third class work? Nepalese people discriminate works in class system.This is one of the bad thinking of Nepalese.pls study nepalese language and comment in mysansar.your language is not good.Better to study naitikshikchhya.There is not big work n small work.Work is work.Bhada namajhi kasari use garnuhunchha ta palpali ji plates ki sadai taparima khaera,use n throw garnuhunchha dishes haru.made, Indian and third class work .just idiot thinking of you.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Thank you khanal sir , i agree with you . if you comeback in nepal you have to do something for nepalies people .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker