-ब्रजेश
एउटा आह्वान सुनियो। ग्लोवल वार्मिंगको विरोधमा अब हामीले पनि आज, शनिवार राति ८:३० बजेदेखि ९:३० बजेसम्म बत्ती निभाउनु पर्ने रे। यो आह्वान गर्नेहरुको बुद्धि देखेर मलाई खित्का छोडेर हाँस्ने हो कि क्वाँ क्वाँ रुने हो भन्ने थाहा भएन।
सन् २००७ मा सिड्नीका २२ लाख घर तथा व्यापारिक प्रतिष्ठानहरुले एक घण्टा बत्ती निभाएर शुरु गरेको र अर्थ आवर नाम दिइएको यो अभियानमा २००८ मा ५ करोड बत्ती निभे रे। त्यस पटक अमेरिकाका बिभिन्न शहर पनि यसमा सहभागी भएका रहेछन्। अब २००९ मा यो संख्या १ अरब बनाउने अभियान छ रे। त्यसै क्रममा केही उपबुज्रुगहरुले नेपालीहरुलाई पनि यो ऐक्यबद्धताको संजालमा उन्नका लागि पहल गरेका छन्। आफूलाई सम्भवतः ग्लोबल सिटिजनको दर्जामा राख्ने मानसिकताको यो उपज हाम्रो लागि चाहिँ कति बकवास आह्वान हो भन्ने शायद तिनीहरुले सोचेनन् जस्तो छ।
राम्रै कामका लागि कहिलेकहीं जनजागरण फैलाउन उटुग्याँहा कामहरु गर्नुपर्छ, त्यसमा कुनै शंका छैन। बढी भन्दा बढी मानिसहरु सार्थक उद्देश्यका लागि जागरुक हुन् र एकजूट बनून् भनेर ध्यान तान्ने किसिमका सामूहिक कार्यहरु संसारमा बेलाबेलामा नहुने होइनन्। तर सबै समाज, संस्कार, परिवेश र परिस्थितिमा सबै तरिका कार्यान्वयन गर्न सकिन्न र गर्नु पनि हुँदैन। पश्चिमा मुलुकहरुमा कहिलेकहीं यस्ता कार्यका लागि सयौं हजारौंको संख्यामा युवायुवतीहरु नग्न भएर पनि प्रदर्शन गर्ने गर्दछन्। वेलायतमा जनावर अधिकारका लागि एक जना शाकाहारी कलाकारले बकुल्ला चराको मासु खाएर पनि त्यस्तो जनसमर्तन जुटाउन खोजेका थिए। सिलमाछाको शिकार बन्द गर्नका लागि भनेर स्पेनको मेडिरुडमा सयभन्दा बढी मान्छेहरुले नग्न प्रदर्शन गरेका थिए। बूढा बूढी, तरुना तरुनी सबै त्यसमा सहभागी भएका थिए। क्यालिफोर्नियामा रंगशालाको निर्माण गर्नका लागि थुप्रै रुखहरु काटिन लागेको बेला पनि व्यावसायिक फोटोग्राफर र मोडलहरु मिलेर नग्न प्रदर्शन गरेका थिए। त्यसो भन्दैमा के हामीले पनि बसन्तपुर अथवा टुंडिखेलमा चाहे जतिसुकै राम्रो कारणका लागि किन नहोस्, तर नग्नप्रदर्शनका लागि आह्वान गर्न मिल्छ?
ग्लोवल वार्मिंगको हामीले विरोध गर्नुहुँदैन भनेर त कुनै मूर्खले भन्दैन तर त्यसको लागि यो तरिका अपनाउने भन्ने चाहिँ कुनै पटमूर्खले मात्र सोच्न सक्ने कुरा हो। यसै पनि लिनको १६ घण्टा बत्ती निभेर हाम्रो जनजीवन अस्तव्यस्त भैसकेको छ। हामी कुन दिन कुन बेला चाहिँ चार घण्टा बत्ती आउँछ र त्यो बेला कसरी अत्यावश्यक कामहरु सकाउने भनेर बसेका हुन्छौं। यस्तो बेलामा एउटा मदिरा उपादक संस्थाले आफ्नो सामाजिक चेतना र जागरुकता स्थापित गर्नका लागि उज्यालोको अभावमा पिल्सिरहेका नेपालीहरुलार्ई बत्ती निभाउन र अरु अँध्यारोमा जाक्न अनुरोध गर्छ। माफ गर्नुस् महाशयहरु, यहाँहरुलाई शायद लोडशेडिंगले फरक परेको छैन होला। किनभने जेनेरेटर र इन्भर्टर जस्ता वैकल्पिक स्रोत जुटाएर यहाँहरु झलमल्लमै बाँच्नुभएको छ होला। तपाईंहरुलाई न त इन्धनको अभावले फरक पर्छ, न त महँगीले केही असर गर्छ, त्यो थाहा भएकै कुरा हो। तर हामी जस्ता साधारण जनताका बारेमा पनि यहाँहरुले एकपटक सोच्नुभएको छ?
सबैथोकले पुगिसरि आएका मान्छेहरुले सनकाहा कामहरुगर्न सक्छन् जसलाई अँग्रेजीमा इडियोसिंक्र्यासी भनिन्छ तर हामी जस्ता आम जनता त्यस्तो इडियोसिंक्र्यासी चाहेर पनि गर्न सक्दैनौं। त्यसैले चाहे जेसुकैका लागि होस् बत्ती निभाउने आह्वान अहिलेको अवस्थामा आम नागरिकप्रति असम्वेदनशील आह्वान हो।
ग्लोवल वार्मिंगको विरोध त्यही दिन गर्नुपर्छ भने जनतालाई बत्ती निभाउन होइन, विद्युत प्राधिकरणलाई त्यो दिन एक घण्टा कतै बत्ती ननिभाएर ऐक्यवद्धता देखाउन अनुरोध किन नगर्ने? त्यो हुन सकेन भने बरु सबैले मैनबत्ती बालेर उज्यालो गर्ने अनुरोध किन नगर्ने? विकसित मुलुकका मानिसहरुलाई एक घण्टा बत्ती निभाउने भनेको रमाइलो अनुभव पनि हो। तर हाम्रो लागि त्यो थप एक घण्टाको पीडा हो। सारा संसारलाई पिरोलेको यो समस्या प्रति हामी पनि सम्वेदनशील हुनुपर्छ, ऐक्यवद्धता जनाउनुपर्छ तर त्यसको लागि हामीले अरु उपाय अपनाउन सक्छौं। अर्काले हात्ती चढेको देखेर आफूसंग हात्ती भए पनि नभए पनि धुरी चढ्नाले के फाइदा हुन्छ कुन्नि। अरुले गरेकै प्रथालाई अन्धो भएर पच्छ्याउनुको साटो अरुले पच्छ्याउने कुनै प्रथा किन हामी शुरु गर्दैनौं?
ब्रजेश आफ्नो ब्लग “मेरो खेस्रा” मा लेख्ने गर्छन्।
brazesh@gmail.com
brazesh.wordpress.com
No related posts.









मलाइ यो लेख अति मन पर्यो . ग्लोबल सिटिजनको दर्जामा राख्ने मानसिकताको यो उपज भन्ने बाक्यान्श निकै घत लाग्यो
मन परे हरियो, नपरे रातो
0
0
मलाई त यो सुनेर रुन पो मन लाग्यो ब्रजेश जि,हरे उनिहरुको बुद्धि!
मन परे हरियो, नपरे रातो
0
0
Really,Brajesh ji is 100% right.why we nepali always try to follow others without thinking our context?
Global warming will be a problem to Nepal too,if the on going actions are not stopped in time.Kathmandu is already turning in to a concrete jungle with lots of buildings and no trees around.Woods are often cut down illegally.Forest is decreasing,water sources are drying ,but so called expert and big people who seem aware of global warming, are calling for one hour loadshedding which is already and every day 16 hours,what a funny!There are so many other ways to make people aware about it.
मन परे हरियो, नपरे रातो
0
0
barshako 1 ghanta bati nibhayer sachet garne harulai hamile dinko 16 ghanta nibhayyer sachet garaudai chhu bhannu parchha.Ani uniharuko sekkhi jharchha.
मन परे हरियो, नपरे रातो
0
0
यो विश्वलाई नेपालले कति योगदान दियेको छ कसलाई के थाहा . सारा विश्वले बर्सको एक चोटि गर्ने काम हामिले १२ महिना गर्नु परया छ. त्येसैले ग्लोबल वार्मिन्ग सम्बन्धि पुरस्कार को हक्दार कोहि छ भने त्यो सिर्फ नेपाल हो.
पशुपतिनाथले हामिसबैको रक्षा गरुन .
मन परे हरियो, नपरे रातो
0
0
ब्राजेश जी म चै तपाईं को लेख सँग असहमत छु। ग्लोबल वोर्मिङ तिनिहरु को मात्र समस्या हैन हाम्रो पनि हो। त्यस् माथि त्यस्को असर्लाई नुइनिकरन गर्ने उपाय पनि निकल्नु सक्छन उनिहरु। बरु ज्यादा असर त हामीलाई नै पर्छ। हामी त्यसइ त मार म परेका छौ १ घण्टा अरु दु:ख गर्द कै पनि हुँदैन तर कुनै पनि राम्रो कुरमा सानो भये पनि योग्दान गर्नु भनेको ठुलो कुर हो।
मन परे हरियो, नपरे रातो
0
0
महेश जी !!!
धन्यबाद !
मन परे हरियो, नपरे रातो
0
0
ल ठिकै छ . पुगेकालाई जे गरे नि भो. हामेीलाई त न्युनतम आवश्यकता पनि पुगेकोच्हैन. के गर्ने.
मन परे हरियो, नपरे रातो
0
0
Dear Brajesh Bhai
I agree with your version, I really appreciate.
Thanks.
Tara Pun
मन परे हरियो, नपरे रातो
0
0
यदि नेपलमा पनि २४ सै घन्ता बत्ति भयको भय १ घन्ता निभउनु भनेको राम्रै हो जस्तो लाग्यो मलाइ त साथि हो.
मन परे हरियो, नपरे रातो
0
0
अरुको कुरा पछ्यउने बानि लागिसकेको छ हामि नेपालि लाइ …..
मन परे हरियो, नपरे रातो
0
0
तेसैले सुकुम्बासी सोचबाट मुक्त हुनु पर्यो नेपालीले । यो नराम्रो रोग हो – सुकुम्बासी सोच । बरु केही नभए जोगी बनेर माग्नु राम्रो । सुकुम्बासी सोच धेरै नराम्रो । भएर पनि कङगाल बताउने सोच कसरी राम्रो हुन्छ ???!!!!
सम्मुख
मन परे हरियो, नपरे रातो
0
0
समस्या त ज्यु का त्यु छ नेपालीका जीवनमा । चाहे राजा बिरेन्द्रका पालामा होस् चाहे प्रचन्डका पालामा होस् । अरुका सिको गर्ने प्रब्रित्तीले आकाश छोइसकेको छ हाम्रो जीवन्मा । उटपट्याङ कुरा मात्रा सिक्ने बानिले हाम्रो जीवन परजिवी भाईसकेको छ । तर एउटा कुरा हाम्रो कसैसँग मिल्दैन । हामीले कसैसँग पनि नसिकेको कुरामा गर्व गर्ने कि नगरने । म त समस्यामा परे । त्यो यो सुकुम्बासी समस्या ।
नेपालीहरुका मनसिकता सुकुमबासी छ । आफ्नो सय रोपनिको जग्गा छोडेर दुई आनाको टुक्रा च्याप्न कती हतार हुन्छ हामीलाई । टन्न जग्गा जमीन भएर पनि आफुलाई सुकुम्बासी बताउन कती पनि लाज लाग्दैन हामीलाई । खाली जग्गा देख्नै हुँदैन । स्थानीय क्षेत्रकै जनताका पुर्खाले जोगाएर राखेको बाझो जग्गा अर्को स्थानिय क्षेत्रबाट आएकाहरुले सुकुम्बासिका नाममा ओगटेर बस्ने प्रब्रित्ती कसैबाट सिकेका होइनौ । अर्का सम्पत्ती देख्नै नहुने हामीलाई । अहिले ग्लोवल वार्मिङ्को कुरा चलिरहेको बेलामा खाली जग्गामा हरियाली बनाउने र उद्यान निर्माण गर्ने सोच कहिले आउने हामी नेपालीहरुमा । अरुका जग्गा हडपेर छाप्रो हालिहाल्ने लोभी बानी कहिले जाने हामी नेपालीहरुबाट । बरु आफ्नो निकायमा बाटो निर्माण गर्ने, बजार बिस्तार गर्ने, स्कुल बनाउने, मन्दीर निर्माण गर्ने र धार्मिक रुपले लोकप्रिया रुखहरु पीपल, बयर, चाप, आप, नारन्पाती, बेल, पैयु, धुपी आदी रोप्ने बानी कहिले आउने हो नेपालीहरुमा । हुन त नेपालीहरुमा धार्मिक भावना हटेर गैसकेको छ । आँफैलाई ईश्वर मान्ने घमन्ड पलाएको छ । निती ज्ञानका कुरा हराएर गएसके । सबैभन्दा जान्ने सुन्ने आफु नै हुँ भन्ने सोचको बिकास भएको छ नेपालीहरुमा । तर के गर्नु, देश बाहिर दुई चार बर्ष काम गरेर बिताउनु परे पछी बुद्धी पलाए पछी चेतने गरेका छन । तर सबैलाई यो मौका त कहाँ मिल्छ र । ।।।। sammukh
मन परे हरियो, नपरे रातो
0
0
बज्रेस जी को कुरा ठीक हो! १ घन्टा बत्ती निभाउने नारा पनी एकदमै अशल हो तर बज्रेस जी ले भने जस्तै कती पय काम राम्रै को लागी भएपनि आफ्नो अबस्था अनुसार त्यसमा हातेमालो गर्न सकिदैन!सायद बिदेशीहरु लाइ नेपाली ले १ घन्टा को सट्टा १६ घन्टा बत्ती निभाएका छन भन्ने पूर्ण ज्ञान नहुन पनी सक्छ!त्यसकारण यो नारा लिएर आउने लाइ २४ घन्टा नेपाल माँ बिताएर जानू होला भनेर आग्रह गर्नु पर्छ की जस्तो मलाई लाग्छ!बरु १ घन्टा जथाभाबी नथुकौ,जथाभाबी गाडीको हर्न नबजाऊ,जथाभाबी फोहोर नफालौ,जथाभाबी नबोलौ,जथाभाबी राजनीति नगरौ!बरु यदि सकिन्छ भने……..,घर सफाई गरेर सानो भैदैन,टोल गल्ली,गाऊ,सहर र मठ मन्दिर देखि पबित्र गंगा को सफाई तीर ध्यान दिनु र लाग्नु पाए कस्तो हुने थियो होला??????????धन्यबाद!
ज्योति क्षेत्री,
मन परे हरियो, नपरे रातो
0
0
बर्जेस् दाइ एक्दम सान्दर्विक लेख लेख्नु भो
तपैन क ब्लग हप्ता मा एक्चोति पद्न पाये राम्रो हुन्थ्यो
मन परे हरियो, नपरे रातो
0
0
इ अम तोतल्ल्य अग्रेीद्विथ योउ.इ फेील अस लिके तह्त योउ तेल्ल थे थिन्ग्स तह्त इ वन्तेद
मन परे हरियो, नपरे रातो
0
0
सामान्य अर्थमा ग्लोबल वार्मिन्ग, हामिले घरमा बालेको बत्ति (जल बिद्ध्युत)बाट भन्दा हाम्रो सवारि साधनको धुवा बाट हुने हुदा कसै ले सवारि साधन नचलौने आवहन गरे बेश / सरकारले राज्धनि मा निजि सवारि साधन को ब्रिद्धि रोक्ने निति कार्यन्वयन गरे ले कस्तो राम्रो….
मन परे हरियो, नपरे रातो
0
0
ब्रजेशि जेी,
सान्धर्विक लेख को लागि धेरै धेरै धन्यबाद्!
सायद म मा पनि लेख्ने समर्थ्य भयेको भये येहि लेख येसरि नै लेक्थेहुला. हिजो ईक जना बन्गालि मित्र र मेरो पनि येस बिसय मा कुरा भयेको थियो.ग्लोबल वार्मिन्ग चिन्ता को बिसय हो तर हामिले येस्मा यो one hour बत्ति निभऔने नौतन्कि नगर्दा नै उत्तम हुन्६.किनकि हमिले ग्लोबल वर्मिन्ग मा न तेत्रो contribution नै गरेको हमिले निभायेर केहि हुन्छ.तैपनि हाम्रो १६ को त के कुरा धेरै थाममा त २४ सै घण्टाबत्ति हुदैन. म पनि त्यो one hour मेरो room मा चाहि बत्ति बालेर बिरोध गर्छउ “तपाईले भने जस्तै”.
“ग्लोवल वार्मिंगको विरोध त्यही दिन गर्नुपर्छ भने जनतालाई बत्ती निभाउन होइन, विद्युत प्राधिकरणलाई त्यो दिन एक घण्टा कतै बत्ती ननिभाएर ऐक्यवद्धता देखाउन अनुरोध किन नगर्ने? त्यो हुन सकेन भने बरु सबैले मैनबत्ती बालेर उज्यालो गर्ने अनुरोध किन नगर्ने?” सहि कुरा ……………
मन परे हरियो, नपरे रातो
0
0
Hahahah u r so damn right,damn funny with great impact. Hahahaha
)
मन परे हरियो, नपरे रातो
0
0
बत्ति भे पो निभाउने!
मन परे हरियो, नपरे रातो
0
0
बत्ती भए पो निभाउने त मूर्खहरु!
मन परे हरियो, नपरे रातो
0
0
बत्ती भए पो निभाउने त मूर्खहरु! जति बत्ती आउँछ, त्यो बेला काम नगरे के तिम्रा बाउले बत्ति दिन्छन?
मैनबत्ती, टुकी, लालटेनले त झन Global Warming मा मद्दत गराउँछ। हेर न बुद्धि। Dollar कुम्ल्याउन जे भने नी हुन्छ? क्याबात!
मन परे हरियो, नपरे रातो
0
0
Nepal and its politicians/beaurocrats are the best examples for controlling global warming. Please take them(politicians and beaurocrates) away from Nepal and use them for controlling the global warming as they are best examles for working in the dark.
मन परे हरियो, नपरे रातो
0
0
ब्रजेश जि नमस्कार
सारै घत लाक्दो लेख लेखेर पढ्ने मौका दिनु भयको मा धन्यबात । कुरा तपाईले सारै ठिक लेख्नु भयो तर हामिले सोच्ने चाहि कहिले त ? किनकि हाम्रो बानि छ कौवाले कान लग्यो भनेर करायो भने कौवा को पछि पछि दौडेने जेहोस् तपाई को लेख पढेर ति मित्रहरुको दिमाखमा बत्ती बलोस अनि अर्को तपाईको लेखमा नेपालिले गरेको कामको पछि बिदेशिले पछायछन भन्ने लेख पढ्न पाईयोस सुभ-मेरो कामना
नारायण-हङकङ
मन परे हरियो, नपरे रातो
0
0
यो कुरा नेपालको लोड शेडिंग ले गर्दा असंधार्भिक लागे पनि बास्ताब्मा निकै नै सराहनीय छ है. यौटा सानो कदमले पनि त राम्रै काम गरेक छ नि होइन र ? हामी सधै अर्काको खेदो खन्ने काम मात्र किन गर्छ गर्छौ.यो कामले कही कतै राम्रै प्रभाब त अबस्य पर्छ नि होइन र?
मन परे हरियो, नपरे रातो
0
0
दाईको कुरामा चित्त बुझ्यो..
मन परे हरियो, नपरे रातो
0
0
यो कुरामा मैले केही नराम्रो खोजेको देखिन। हाम्रो देशमा १६ घण्टा बत्ति छैन त के बत्ति निभाउने नाटक गर्नु पर्यो। त्यसबाहेक नेपालको बत्ति पानीबाट निकालेको हरियो शक्ति(Green Energy) हो। नेपालमा बल्ल बल्ल आएको बत्ति निभाउनुको कुनै तुक छैन।
मन परे हरियो, नपरे रातो
0
0
ब्रजेश जी
चित्त बुझ्यो ,सधे बत्ती निभने कंट्री माँ ,बरु त्यों दिन बत्ती पुरै बालेर किन एक्यबद्दता न जनाउने ?
मन परे हरियो, नपरे रातो
0
0
हो ब्रजेशजी, चित्त बुझ्यो !
के गर्नु ! हाम्रो देश नै अचम्मको छ ! यहाँ चुरोट, रक्सी, बियर र चिसो पेय पदार्थ आदि कम्पनीहरू नै समाजसेवा गर्ने ढोंग रच्छन् । ख्याल गर्नुभयो होला नि, हाम्रा अधिकांश स्थानीय होस् वा राष्ट्रिय खेलकूदमा यिनै उत्पादकहरूको प्रायोजन हुन्छ । विशेषगरी बालबच्चाहरूका लागि चाउचाउ राम्रो हैन भनेर कतिपय विद्यालयहरूले समेत आफ्नो विद्यालय परिषरमा चाउचाउ बन्देज गर्छन् भने केही संस्था यिनै चाउचाउ कम्पनीहरूबाट बालबालिकाका कार्यक्रमहरू प्रायोजित गराउँछन् । कान्तिपुरमा प्रशारित राजेश हमालकै हाजिरीजवाफ कार्यक्रम यसको उदाहरण हो । हुन पनि हाम्रो देशमा प्रमुख उद्योग भनेकै यिनै चुरोट, रक्सी, बियर र चिसो पेय पदार्थ नै बाँकी राखेका छन् । कपडा, जुत्ता, यातायात, सिमेण्ट आदिजस्ता ठूला र राम्रा-राम्रा उद्योग त सबै खाइसके । के गर्नु ब्रजेशजी, जहाँ पनि पैसाकै बोलबाला छ, पैसा भएपछि केही चाहिँदैन । कुनै संस्थाले आफ्नो उद्देश्यविपरीत नै काम गर्नु किन नपरोस्, पैसाको अगाडि त्यस्ता उद्देश्यको केही अर्थ रहँदैन ।
अचेल समाजसेवाका नाउँमा खुलेका बग्रेल्ती संस्थाहरू र उनीहरूको हाँस्यास्पद क्रियाकलापहरू देख्दा हाँसो हैन ब्रजेशजी आफू पनि तिनीहरूजस्तै नेपाली भएकोमा टीठ मान्दै क्वाँ-क्वाँ रुन मन लाग्छ । शान्तिका लागि भनेर हजारौं दीप बाल्ने; शान्तिका लागि भनेर मोटरसाइकल र्याली निकाल्ने; शान्तिका लागि भनेर सार्वजनिक रक-कन्सर्ट प्रस्तुत गर्ने, त्यो पनि विश्व सम्पदा सूचीमा परेको र यस्ता कार्य निषेधित गरिएको क्षेत्रमा । हैन आखिर यस्ता कार्यहरू गरेर शान्ति आउने हो र भन्या ? अनि शान्तिका लागि भनेर गरिने यस्ता कार्यक्रमले कुन वर्गका नेपालीमा शान्ति ल्याउने हो कुन्नि ?
मन परे हरियो, नपरे रातो
0
0
HELLO JYOTI JEE!!!!!
Tapaile bhaneko kura ekdum sorhai anna thik cha. Tapaiko idea saabai nepali citizen le practically lagu gare po global warming control garna nepalko bhumika dekhinthyo ta, tara nepal jasto 16 hours loadsheeding hune desh ma ajah loadshedding thapne kaam garnu ta lageko ghauma nun charkanu jasto hoo.
SO ALL NEPALESE BATIBALERA YASKO BIRODH GARDA UTTAM HOLA.
MAHESH SUBEDI
DENMARK
मन परे हरियो, नपरे रातो
0
0
M appreciated : kya sahi baat garnoo vo yar. Chaina chiana buddee vako ve hamro des ko yo habigat hunthyoo.
मन परे हरियो, नपरे रातो
0
0
Battee vako vaye ta honi batee nai chaina ani kaha kun nepal ko kura gareko. At the spot kura garana ho Hari. Nam chai hari leknee chai manpari; k ho yestoo mulla ko sag.
मन परे हरियो, नपरे रातो
0
0
मिठो लाग्यो है कुरा.
मन परे हरियो, नपरे रातो
0
0
गज्जब को कमेन्ट !
मन पर्यो !
मन परे हरियो, नपरे रातो
0
0
धन्यवाद सन्तोश जी
मन परे हरियो, नपरे रातो
0
0
JYOTI JEE YOU ARE WELCOME!!!
BASTAB MA TAPAIKO SOCHLAI DHELAI BHAYE PANI DHANYABAD DINA CHAHANCHU, HOPE WE ALL GET LOTS OF MORE IDEAS FROM YOU IN COMING DAYS.
MAHESH SUBEDI
DENMARK
मन परे हरियो, नपरे रातो
0
0
धन्यबाद लुना जी
मन परे हरियो, नपरे रातो
0
0