मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    पारसले नेपाल फर्केर नयाँ पार्टी खोल्ने

    भन्छन्-अब ब्यालेट बक्सबाट सत्ता लिन्छु

    सिंगापुरको ‘द न्यु पेपर’ पत्रिकामा पारस आज लगातार तेस्रो दिन पनि छाएका छन्। सिंगापुरस्थित माइसंसारका पाठक उमेश खनालको सौजन्यमा प्राप्त आजको अङ्क हेर्दा उनले नेपाल फर्किएर नयाँ राजनीतिक पार्टी खोल्ने योजना सार्वजनिक गरेका रहेछन्। उनी भन्छन्, “नेपाल फर्कने नै मेरो योजना छ। नेपाललाई मेरो आवश्यकता छ। अपराध र हिंसा चुलिएको छ। सबै किसिमका अभावहरु छन्- पेट्रोल, डिजेल, मट्टितेल, ग्यास। मानिसहरु भोकै छन्। लोडसेडिङले दिनको चार घण्टा बत्ती पाउनु पनि भाग्य भएको छ। माजनतालाई राम्रो सरकार चाहिएको छ। त्यसैले जब उपयुक्त समय आउँछ, तब म फर्कनेछु र देशलाई नेतृत्व दिनेछु।”

    “तर यस पटक म ब्यालेट बक्सबाट सत्ता प्राप्त गर्नेछु। म एउटा नयाँ पार्टी बनाउनेछु युवाहरुको- ब्याङ्कर्स, प्रोफेसनल, देशका लागि भिजन भएका मानिसहरुको।”

    पूर्व युवराज पारसले त्यो ‘उपयुक्त समय’ कहिले आउने हो भन्ने चाहिँ अन्तर्वार्तामा खुलाएका छैनन्। साँच्चै, पारसले खोल्ने पार्टीको नाम चाहिँ के हुने होला ? अनि त्यसले निर्वाचन चिह्न पनि के पाउने होला चुनाव लडे ? यो अनुमानलाई एकछिन पर राख्‍नुस्, सरकारले चाहने हो भने नेपाली भूमि टेक्ने बित्तिकै उनलाई गिरफ्तार गर्न सकिन्छ। किन भनेर सोध्नुभएको ?

    किनभने उनले सोही अन्तर्वार्तामा संगीतकार प्रवीण गुरुङको हत्या भएको स्वीकारेका छन्। यसै आधारमा उनलाई ज्यान मुद्दा चलाउन सकिन्छ। सो मुद्दामा पैसाको लोभ देखाई फर्जी चालक सिर्जना गरी उनैलाई सजाय गराइएकोले पूर्व युवराज पारसमाथि जालसाजीको पनि मुद्दा चलाउन नसकिने हैन।

    यो पनि हेर्नुस्-
    पारसले बलिको बोका बनाएको व्यक्ति

    त्यस्तो के भनेका छन् त उनले अन्तर्वार्तामा ?

    अन्तर्वार्तामा पारसले भनेका छन्- अकस्मात् उनको अगाडि मोटरबाइक (गुरुङ चढेको) आइपुग्यो र आफूले ब्रेक हान्ने प्रयास गर्दागर्दै पनि सफल हुन सकेन।

    ‘म आफैले बिरामीलाई लिएर अस्पताल गएको हुँ तर अस्पताल पुग्दा उनलाई मृत घोषणा गरियो’, उनले अन्तर्वार्तामा भनेका छन्। जबकि त्यतिबेलाका समाचारमा गुरुङको दुर्घटना गरी पारस तीव्र गतिमा कार हुँइक्याएर निर्मल निवासतिर लागेको व्यहोरा छापिएको थियो।

    यसको विरोधमा विद्यार्थीहरुले तत्कालीन शाहज्यादा पारसलाई ‘शाहज्यादा’ पदबाट मुक्त गर्नुपर्ने माग गर्दै लाखौँको हस्ताक्षर बुझाएका थिए।

    “मैले (गुरुङकी) श्रीमतिलाई क्षतिपूर्ति दिएँ र उनका दुई छोराको जिम्मा लिँदै स्कूल भर्ना गराएँ”, पारसले थपेका छन्।

    यस्तै ‘निकै गल्तीहरु’ का कारण नेपालमा राजतन्त्र पुनर्स्थापना भए पनि (होला र भन्या!) आफू ‘राजा हुन उपयुक्त व्यक्ति नभएको’ ठहर पनि उनी आफैले गरेका छन्, जुन वास्तवमा अधिकांश नेपालीले पनि गर्दै आएका हुन्।

    “म विगतमा गरिएका गल्तीहरुलाई सुधार्न सक्दिनँ। राजा त कुनै खोट नभएको व्यक्ति हुनुपर्छ। अन्यथा त्यस्तो खोटले पदको प्रतिष्ठा नै धमिल्याउँछ”, यसो भनेर पारसले आफ्ना बाबुप्रति व्यङ्ग्य गर्न खोजे जस्तो देखिन्छ। किनभने उनले अन्तर्वार्तामा आफ्ना बुबाप्रतिको असन्तुष्टि पनि पोखेका छन्- उनी राजा हुँदा जहिले पनि आफ्ना सहयोगीहरुको कुरा सुने- सबै बूढाहरु। मैले बारम्बार उनलाई युवाहरुको आवाज सुन्न आग्रह गरेँ, जसले नेपाललाई अगाडि बढाउन सक्थ्यो”

    काठमाडौँमा बस्न असुरक्षित भएको र बाबुसँग र्‍याङठ्याङ नमिलेकोले नै आफू सिंगापुर आएको उनले बताएका छन्।

    अन्तर्वार्तामा नेपाली मिडियामा आए जस्तो पत्‍नी पूर्वयुवराज्ञी हिमानीसितको सम्बन्धमा आएको कटुताबारे केही उल्लेख छैन। तर उनले भनेका छन्, उनीहरु (पत्‍नी र सन्तानहरु) सिंगापुरमा सेटल हुन नसकेकोमा म निराश छु। सिंगापुर निकै राम्रो ठाउँ हो। तर मेरी श्रीमतिले बालबालिकाहरु यहाँको स्कूलमा राम्रोसँग सेटल हुन नसकेको अनुभव गरिन्।

    कसरी बित्दैछ त पारसको जीवन सिंगापुरमा ?

    ‘सहर देश’ सिंगापुरको रिभर भ्याली रोडमा र उनको दुई तले पेन्टहाउस अपार्टमेन्ट। काठ र शिशाका सामानले सजिए पनि खाली देखिन्छ कोठा।

    पत्रिकाको टिप्पणी छ- प्रष्टै देखिन्छ, त्यहाँ महिला स्पर्शको अभाव खटकिन्छ। भित्ताहरु नाङ्गै छन्, क्याबिनेटहरु पनि डीभीडी मुभी र खुकुरी बाहेक खाली नै छन्।

    म मूभी हेर्छु, पारसले भने, म अक्सर ग्रेट वर्ल्ड सहरमा सिनेमा हेर्न जान्छु। शुक्रबार राति म क्लार्क क्वेको डिस्कोमा जान्छु। म र मेरा साथीहरु सदस्यहरुका लागि रहेको विशेष स्थान माथिल्लो तल्लामा जान्छु। तल्लो तल्लामा हुने डान्स फ्लोरबाट म टाढै बस्छु, म त्यसका लागि बूढो भइसकेँ भन्दै पारस निर्लज्ज हाँसो हाँसेछन् अन्तर्वार्ता दिँदा।

    उनले सिंगापुरको आफ्नो बसाइलाई छुट्टी मनाए जस्तो रहेको बताए। उनले आफूलाई चाहने सामान आफै किन्छन्। भात, तरकारी र अलिकति मासु आफै पकाउँछन्। अधिकांश दिन उनी आफ्ना तीन सन्तानसित फोनमा कुरा गरेर बिताउँछन्। उनीहरुलाई निकै मिस गर्छन् रे पारस। अनि नेपालबाट साथीहरुलाई पनि सिंगापुरमा बोलाउँछन्।

    द न्यु पेपरले गत साता अन्तर्वार्ता लिँदा पनि उनको चार वटा गेस्टरुम भरी उनका कयौँ स्कूले साथीहरु रहेछन्। घरमा उनीहरु गीत बजाउँदै, तास खेल्दै समय बिताउँदा रहेछन्।

    सिंगापुर घुम्न उनले AudiA4 गाडी प्रयोग गर्छन्। उनको ग्यारेजमा महँगो Lamorghini Gallardo Superleggera कार पनि छ।

    यति महँगा कार उनीसित कसरी आए त ? पारसका अनुसार उनका नातेदारहरुले दिएको हो। अनि सिंगापुर बसाइको खर्च कसरी जुटिरहेको छ त ?

    फेरि निर्लज्ज हाँसो। उनले आफूसित बैङ्क खाता नभएको स्वीकारे। ‘मैले घरबाटै पैसा पाउँछु’, उनले भने।

    उनका केही नातेदारले सिंगापुरमा व्यापार सुरु गरेका छन्। उनले पनि त्यसै गर्ने सोच बनाएका छन्। अन्तर्वार्तामा उनले भनेका छन्, शायद अर्को महिनादेखि म केही पैसा लगानी गर्नेछु। मैले सुनेको छु, स्टक बजारमा निकै राम्रो खरिद हुन्छ रे।


    No related posts.

    102 comments to पारसले नेपाल फर्केर नयाँ पार्टी खोल्ने

    • Yogesh

      Guitar Quiz:

      First picture ma Paras le bajaudai gareko chord ko naam ke ho?

      A. Ab major
      B. G Minor
      C. A Major
      D. Asus4

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem

      हेर्दै गुन्दा जस्तो देखिने पारसलाइ नेपालमा पस्न पनि दिनु हुदैन,पारस जस्ता मान्छेले कहिल्यै देशको लागि राम्रो योगदान दिन सक्छन भनेर सोच्ने पनि देश द्रोहि हो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • bijita

      Goodluck buddy, welcome that is what u shoud be doing. We need a younger perspective to manage NEPAL.I SUPPORT YOU

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • रत्नाकर बाल्मीकी बन्न सक्छ । इतिहासले देखाएको सत्य हो । अब आँखा छोपेर र्सूय नकार्नेलाई त के भन्न सकिन्छ र !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • harilal

      Oh,another member in the street dogfight!He…Hi…hwa….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pramod, USA

      अरे आफ्नै बाऊको साईट जस्तो कती धेरै लेख्या त्यों माथिको hemraj paudel साथीले ..
      मेरो सुझाव … लेखक बन्नू यार बरु .. अन्यथा नालिनु होला ..

      जे भये पनी राम्रो कामको हामी सबैले प्रसंसा गर्नु पर्छ … बिगत हेरेर भबिष्य आंकलन गर्नु मुर्खता मात्र हुन्छ !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sammukh

      Regarding the masacre in Royal Palace in 2001, there were some people who always seems in power with the help of Durbar. For example, Bharat Keshar Singh, post commander in chief late Rukma Samser including one pannel might be the more greedy for power. When there was a conflict for the post of Chairmanship of Viswa Hindu Mahasang between late pandit Narayan Pokhrel and Bharat K. Singh, Narayan Pokhrel was killed. They might have played major role in killing royal family with the help of some foreign
      smuglers. May the Paras also be a part of it !!! Or may be, he did not know anything about it or may be he knew little bit about the comming accident from the some extra behaviour of prince Dipendra. Because, Dipendra also used to take drugs and drinks as some media disclosed such news in past. jay desh
      sammukh

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Disgusting

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shailen, china

      पारस ब्रो पनि त्यति ठट्यौलो होला भनेर सोचेकै थिएन। उहाँ पार्टि नेपालमा शुरु भएपछि सबै नेपालीले सँधै गितार बजाउँदै रक्सी धोक्दै तास खेल्दै बार घुम्दै दिन बिताउन पाउने। क्या मोज होला।

      जे होस् पारस ROCKS!!!!

      पारस JIA YOU!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hemraj paudel

      पारस शाहले दरबार हत्याकाण्ड छानविन समितिलाई दिएको बयान
      समितिः सरकार राजदरवारमा भएको १९ गते जुन पारिवारिक जमघट थियो त्यसमा सरकारको उपस्थिति छ भन्ने जानकारी हामीलाई प्राप्त भयो। त्यसबाट सरकारले के नजर गरिबक्स्यो के अनुभव गरिबक्स्यो त्यो सबै जानकारी भएको सुनेको कुराहरु चाहीँ हामीलाई प्राप्त भएमा रिपोर्ट दिन सजिलो पर्ने थियो?
      जवाफः अब हामी पुग्यौं त्यहाँ त्यस्तै अन्दाजी साँढे ७:०० भन्दा अलि ढिलो पुग्यौं । हामी त्यही …। ७ ।४० तिर पुग्यौं सबै जना आइसकेको थियो । मुमा म बहिनी हिमानी र हामी अलि ढिलो पुग्यौं । ७ ।४० तिर पुग्यौं पुग्दाखेरी अ… युवराजाधिराज अलिकति ककटेल ज्यूनार भैसक्या जस्तो थियो । अनि के खाने-मैले कोक मात्र खाने विचार गेरं । ए कोकमात्र खाने ! म त ह्विस्की खाएर बसेको छु हुकुम भयो । त्यो बेलासम्म ठिक्कै होइबक्सन्थ्यो एकदमै लागेको जस्तो गरिबक्सी राखेकोथ्यो । अ …॥ कुरा गर्दाखेरी के भो भन्दाखेरी हैन यहि विवाहको कुरा भइ राखेको छ । मेरो मुमासँग पनि कुरा गरें । आफूमुमासँग पनि कुरा गरें अनि दुवै जनाले हुन्न भन्नु भयो । अब आइतवार बुबासँग कुरा गर्छु हुकुम भयो । त्यति कुरा भइ राखेको थियो त्यत्ति हुँदा हुँदै आठ बज्यो । सबै जनालाई ड्रिंक्स सिंक्स टक्राइबक्स्यो । आठ बज्यो आफू मुमा बडामहारानी सवारी होइबक्स्यो फेरी सरकारबाटै सवारी चलाइबक्सेका फेरी …… डि्रंक्स दिइबक्स्यो अनि यस्तै साँढे आठतिर महाराजाधिराज सवारी होइबक्स्यो । अफिस सक्याएर सवारी होइबक्स्यो त्यो बेलामा दाई हामीसँग भित्र होइबक्सन्थ्यो । जहाँ घटना भयो त्यही कोठामा होइबक्सन्थ्यो । एकदमै लागेको जस्तो ढलिबक्स्यो बेहोसै होइबक्सेको जस्तो सुकला नै भयो त्यही भुइमा नै सुकला भयो म गोरख निराजन र राजिव भएर उठाएर लगेर सरकार यहाँ त मिलेन ठूलो बुबा सवारी होइबक्स्यो अब यसो यस्तो कति छ …… छ माथि सवारी चलाउँछौं भनेर हामी चार जना भएर माथि खोपीमा सवारी चलायौं त्यो खोपीमा लगेर गद्दीमा त सुकला गराउन पाइन । गद्दीको मुन्तिर सानो ओछ्यान छ नि त्यहीं नै सुताएर गयौं हामीले । करीव साँढे आठ जस्तो भाथ्यो साँढे आठ त्यस्तै ३१ ।३२ आठ ३१ ।३२ होला । हामी तल आयौं । वत्तिसत्ति निभाएर तल आयौं । तल आएपछि अब महाराजाधिराजको भित्रै मुमा बडामहारानी सरकार जहाँ राज होइबक्सेकोथ्यो त्यहीं नै हेलेà¤
      ¨ शाहसँग मिटिङ्ग भइ राखेको थियो । हामीले दर्शन गर्न पनि पाएको थिएन वाहिर कुरेर बसि राखेको थिएँ त्यहाँ भित्रको मिटिङ्ग आधा घण्टा जति चल्यो होला मेक्सीमम आधा घण्टाजति चल्यो होला । त्यसपछि हामी दर्शन गरेर यता आयौं । महाराजाधिराज सरकार र मुमा बडामहारानी सरकार पनि यतै सवारी भयो । त्यही कोठामा जहाँ यो घटना भयो त्यही कोठामा सवारी भयो । भर्खर डि्रंक्स लिई बक्सेको थियो महाराजाधिराज सरकारले । हामीले चियस्र पनि गरेको छैनौं भर्खर ड्रिंक्स लिई बक्सेको थियो यसै बीचमा अब हामीचाँही एतापट्टी कुनामा थियौं हजुर देखिएन युवराजधिराज सवारी भएको । अ…॥ हामीले युवराजधिराज सवारी भएको देखेनौं हामी कुनामा थियौं । मैले त यो …॥ ……॥ ………………।

      समितिः कुना भनेको त्यो बडामहारानी सरकार राज भएको कुर्सीतिर कि
      जवाफः होइन क्यारेमवोर्ड छ नी ।

      समितिः क्यारेमवोर्ड यो
      जवाफः क्यारमबोर्ड क्यारमबोर्ड छ नी ।

      समितिः त्यो वारको पछाडि
      जवाफः हो बारको पछाडि त्यो …… कुनामा हामी बस्ने कुना त्यही हो । हामी Youngs हरुको अब त्याहाँ उताबाट चुरोट सुरोट समाएको नदेखियोस् भनेर त्यो कुनामा हामी धेरै जस्तो वस्ने त्यही कुनामा हो । अनि त्यहाँ मैले सवारी भएको कोही देखेको थिइन मैले सवारी भएको भनेको थाहा पाएको पहिलो बन्दुक पड्केपछि थाहा पाएँ । गड्याङ्ग गर् यो त्यत्ति ३ राउण्ड जति फायर भएको छ । पहिले सवारी हुने वित्तिकै ३ फाएर भएको छ । एउटा माथि छ एउटा सिधा छ । त्यसरी दागि बक्सदाखेरी एउटा सिधै गएको छ एउटा माथि गएको छ । ३ राउण्ड जस्तो लाग्छ मलाई जहाँसम्म लाग्छ । अब त्यस्तो हुँदाखेरी ३ राउण्ड जस्तो लाग्छ First मैं त्यो पनि आवाज । महाराजाधिराजले के गरेको मात्र हुकुम भएको थियो ड्याङ्ग ड्याङ्ग एउटा यस्तोमा एउटा यस्तोमा । महाराजाधिराज ढलिबक्स्यो । म र डाक्टर राजीव सँग सँगै । दुइजना कुदेर गयौं । डा राजीव चाही महाराजाधिराज भएको ठाउँमा कुद्न भ्यायो हजुर मलाई चाहीं अधिराजकुमारी शोभाले जानै दिन बक्सेन तिमी त्यहीं बस हिड्ने होइन हुकुम भयो । त्यही नै मैले पछाडी फर्केर बहिनीहरु सबै जनालाई ढल्नलाई सुत तिमिहरु यहाँ भने । यहाँ वाङ्ग वाङ्ग पड्कन थालिसक्यो सबै जना सुत भनेर त्यो लाइन क्रोसियरमा सबैजनालाई राखें । उता दुई जना सिनियर मेम्वरहरु पनि महेशकुमार र रवी शम्शेर दुवै जना पनि मेरै छेउमा थियो । दुवै जनालाई पनि मैले लाइन क्रोसियरमा राखें । यत्तिमै यत्ति हुँदा हुँदै युवराजधिराज सरकार फेरी फर्केर सवारी भयो । मैले देखेको चाहीं हजुर महाराजाधिराजलाई हानिबक्सेको देखें । धिरेन्द्र सरकारलाई हानी बक्सेको देखें बाबा enough, you done enough damage भनेर second time फर्केर जाँदाखेरी धीरेन्द्र सरकारले के हुकुम भयो भने you done damage हुकुम भयो । त्यति हुकुम हुँदाखेरी ड्याङ्ग ड्याङ्ग अर्को एउटा यस्तोमा लागेको छ । एउटा होकी दुइटा त्यो पनि धीरेन्द्र सरकारलाई राम्रो सँग सम्झन सकेको छैन । ढलिबक्स्यो । धीरेन्द्र सरकार ढ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • THIK BHANNU BHO BARUN POKREL G.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • डिस्कोमा गोली पड्काउने र जांड खानेहरुको पार्टी खोल्न लाग्या जस्तो छ । ल ल छ पारसलाई..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Eric

      He has been spending money with cards and alcohal and he has even not started to earn a single money. How much money he has and how he is getting it??? Nobody is fool to give him money to enjoy afterall… the person who earns money came from money tree… Noway… He has a lot of money from beginning but how?????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jillabashi Baburam

      Developed or developing countries have strong law enforcement system. It is hard to escape after violating a law. It is strict. In Singapore, for example, there is a fine if you chew a gum, spit outside, etc. So it will be very hard for a hooligan like Paras to spend his days over there. He can buy cars and cognac, but he cannot buy the law!

      So, he is trying to make a comeback to the only safe heaven where everything is permitted, even to take people’s lives! Right friends? You had your turn already, Paras! Now it is some other Badi’s turn to experiment with Nepal. Not yours anymore! It will be a slippery slope for you.

      Paras, I liked one of your points, however: “Nepal needs a good government.” Yes, you are right, a GOOD one. Wish,you and your family had known that word “GOOD” for so many years before you had to force yourself out of your own country.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pradeep gurung

      ‘jaya ho sarkar’ jantalai aba pani ra batti ko kahilei abhav hune bhaena

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बरुण पोख्रेल

      प्राणमुक्ति(जनताको प्राण मुक्त गरेर स्वर्गबास गराउने) पार्टि नेपाल
      पारस- अध्यक्ष
      मिलन चक्रे- महासचिब
      दिपक मनाङ्गे-सचिब
      घैँटे- कोषाध्यक्ष
      ग्यानेन्द्र-बरिष्ठ सल्लाहाकार
      सदस्यको लागि सिट खालि छ है! इच्छा छ भने दर्खास्त दिनुस है!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Visjal

      Congratulation Parash Shahjaad!!!

      Very wise vision, Welcome back to home
      and we all needs to implement for your prospective Plan.

      We youngers will support you to fight with the poverty and anarchy and voilence and antheism of these politics culture here in Nepalsince so far, we are losing our Nationality by the activities of these Old rUg

      We are being the witness of these blody tense and violence in nepalese mind spreading like wildfire each day, by the sense of hummer we have to avoid these type of bad practice and to run the Our nation we have been threatened and we should release the pain sonest.

      our country is better and greater then S’pore if we start building the unity for prograssive Nepal today.I hope it’s an open book for you to learn how small is S’pore and how much developed.

      Thanks you have appologized yourself with known and unknown mistakes in the past, each person is not perfect except the God.
      we all learn by mistake and no one can say Pasas was a bad person. As you know here in Nepal no one has a good attitude towards nation, everyone looking power by gun and bolldshed.

      I respect your idea to take power by ballet and healthy compitition.

      Good luck.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SuRaBi

      “PARASH AAU DESH BACHU”
      This comment now has started gaining some place in blogs and in some place of nepalese sentiments..This reminds me of RAJA AAU DESH BACHAU…long before when people believed our moral-less NETA JI haru and finally need to call upon KING seeing no hope on these NETA JI haru…Who knows same situation could lead our NEPAL..because so far as I can predict no hope from these NETA JI haru…
      And definitely if PARAS SHAH comes upon with new vision and really creates new hope for us in very sincere initiation…at least I will give a big green signal..and join him..Just who cares about THE past..these neta ji ALSO KILLED MORE THAN 20 THOUSAND NEPALESE IN THE NAME OF NEW NEPAL….so in this context we can forgive PARAS SAHA ..
      BOTTOM LINE IS NEED A HEALTHIER NEPAL>>WHO EVER DOES SO>>

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anil

      I really appreciate what he thinks, everyone need one chance to recover .. if he thinks,, he can change the nepal, then why don’t we give him chance, we gave one chance to every party.. look at present government what they are doing.. we need some drastic change, we don’t need old politicians..we need young blood.. we dont need new nepal. we need old nepal with new opportunity, so neplese citizens dont have to run aways form be loving country.my best wishes are always with him..

      god bless you

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak Tripathi(deepsnroses@gmail.com)

      Welcome to Politics Parash.There are loads of people who will support you.If you just give up your wild behaviour after drinking,we still love you.We are with you.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binod

      o parash bro timi nai hau ekjana jasle tyo prachanda li thik garna sakchau. Baccha le jasto kura garera afno galti lukaune party li thik garne timi nai hou yr ,,so u r welcome

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • P. Gurung

      हो हो पारस दाई, नेपाल आउ । तिम्रो पाटीमा लाग्न धेरै जना तयार छन् । बरू कति पैसा पाउने हो ? कस्को छोरी बुहारीसँग कसले रासलिला गर्न पाउने हो ? भन्ने कुराहरूको चाहि पहिला नै छिनोफानो गर्नु पर्ला कि ? अनि तिम्रो सरकार भए पछि र म पनि तिम्रो पाटीको लागि योग्य भए पछि, मलाई पनि एकदुई जनालाई यसो गाडिले किचेर मार्ने सौंख छ ।

      त्यसैले पनि लौ पारस तिमी आऊ, तिमी नभईकन त मेरो सपना सबै अधुरो नै हुने भयो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RAM

      Go Ahead Yuvraj Paras we are always with you .If you join in politics it will be good for you and for us who always support you and the King.

      Thank you

      chhetriashish4u@gmail.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sujan manandhar

      ho paras dai yata ayara prachanda lai thik parnu paryo
      “paras au desh bachau”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suren

      You are well – come to Nepal if you want to do something good for Nepali people.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman

      राम्रो सोच्ने मान्छे लाई प्रोत्साहन गर्नु पर्छ , आफ्नो देश को लागि जस्ले पनि सोच्न पाउछ यदी पारस ले देश को लागि राम्रो सोचेर पार्टी खोल्न लागेको हो भने सबैले उस्लाई प्रोत्साहन गर्नु पर्छ पहिला हेरु न पारस को पार्टी को सिदान्त र भाबी कार्य योजना के कस्तो छ जस्ले भोलि भाबि नेपाल को लागि राजनितिक इस्थिरता ल्याउन सक्षम हुन्छ कि हुदैन ? शायद तपाईं हामी लाई मन पर्न पो सक्छ कि ? त्यसैले असिक्षीत र अदुर्दर्सी मानव जस्तो नसोची बोल्नु बेकार छ जस्तो लाग्छ मलाई, प्रोफेसनल र देशका लागि भिजन भएका मान्छेहरु यदी पार्टीमा हुने हो भने देश अबस्य नै राम्रो भन्न सक्छ त्यसैले हेरु भबिस्य मा के हुन्छ ……. सबैलाई चेतना भया!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bikaral

      Actually I don’t know who had killed the Royal family, but Prachanda told that he is going to investigate that and bring the right reasult infront of Nepali people, but when? We can not blame anyone without any probe. The man named as Prachanda who is a big killer himself, can not do anything. In the otherhand very old man GP Koirala is there who does not have the mind to do better for Nepal. And Pars is accused of Royal case.
      Now at this condition to whom can we trust? That is one and Only God Shiva, Lord Buddha, Jesus or Allah??
      We are totally foolish by all leaders and happy to support them. Think think think………. and try to do best for our country….. try try try….. untill die…….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RRS

      १४००० मानिस को हत्यरा प्रचन्द भन्दा त ४/५ जना को हत्यरा पारस कति हो कति राम्रो,आउ पारस दाइ हामि साथ दिनेछऔ .प्रचन्द लाइ ठिक पार्न तिमि नै चाहिन्छ्.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Parasle gumaisakeko sabai adhikar paune aasai nagarepani hunchha aba usle. He can’t do anything and just bluffing………. I never trust him.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nirmal

      malai ta paras ko kura, naya bichar, yathaarta barnan ani lifestyle khub mann paryo hai. badmaas bhayera matra ho. manche chai gajjab cha raicha hai yo!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shyam

      I think Singaporean Government has fade up of the guy named Paras:He had shown his own loosen characters even so far away from home country; the Great Drug Addict, the Great Drug Dealer, The Great Lady Killer and The Great Nepal-Palace Blood Bather. The Singaporean Government wants to get rid of this guy before he succeeds in another Nepal-like killing game take place there too.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pattabe

      I really appreciate this fellow. Well done !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nilesh

      O Mr. Asim raj vharaute banne shok malai chaina baru tio timro bansanugat gud hola, tai bhayera yeti chado baulayeu comment dina lai.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sadip Pandit, Sydney

      paras nepal farke bhane aaru chai hoina thamel chai rati samma khulauchan….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cesar

      Aba ta yesko News padna pani wakka lagna thali sako.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      कठै हामी नेपाली को भाग्य ! एउटा हत्यारा पार्टीलाई तह लगाउन सत्ता सुम्पेपनी हम्मे हम्मे परेको बेलामा फेरी अर्को !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rojina

      dipendra ji herum na bhanda bhanda twaaaaaaaaaaaaa parne bela bhayi sakyo aaba………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Asim Raj

      Nilesh bro timi chahi Prachanda ko varaute jasto chha ni ho?? ki Prakash ko??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nilesh

      “hami sadai khali negative kura matra kina sochau
      heru na k gardo rahecha usle”
      (This comment by: dipendra)

      Owe dipendra ta pani paras ko baraute jasto lagio malai tero address paras chor lai de aba ko pali ta pani singapore jana paulas, ki kaso sathi haru ho?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      भारतले ठूलै मन्त्र सिकाएजस्तो छ । आफू राजा नहुने कुने छाँट नदेखेपछि नेपाली जनताको ‘सेण्टिमेण्ट’ पाएर ‘बेबी किङ’को मार्ग खुला गर्ने पहिलो षड्यन्त्र । यो अन्तर्वार्ता प्रायोजितरूपमा प्रकाशित भएको कुरालाई नकारिहाल्न मिल्दैन । गिरिजा, ओली, माइला आदिको दिल्ली दौडको परिणाम बिस्तारै बाहिर आउँदैछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Biraj Sharma

      Prachanda putra Prakash Sanga milera party khole ho ki.Kina ki he is also ur follower ho ni ta paras g.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yo paras jasta daka le khole ko party pani ta daka grnalai nai hola hahahahahahahah kasle dine vote paras ko party lai sunda pani laj lagchha |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prativas

      yo report lekhene lai samatera Jail ma halnuparcha.
      Janatale latyayeko manche lai paisako bharma Highlighted
      garne?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kumar

      If he had killed 10 royal members and one Prabin Gurung. The sum is still 11.

      Think about our Prime Minister, he is responsible of 13000 death to acquire power. After Paras, the turn is of Prachanda.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sean D.

      baaafre.. Lamborghini chadne bhaisakechha ta.. kaha bata aayo tero paisa??? khaire haru le ta thulo position ma mari mari kaam garera ta tetro kindainan.. yo mula le chai kaha bata paisa lyayo?? sampati ta government le lageko haina.. khai k ho k ho…. feri nepal ma gyanendra part 2 aaune bho .. la thikk chha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh. denmark

      parash lay party kholni kura ramro ho kina ki mobadi lay jasto aru lay chunab ma uthna pauni tara jitna afai parni ho bhane ta kunni–tara democarcy maa sabai lai thau dinu parcha side lagauni kam ta janta haru chan nee ,hijo congress ra gynendra lai side lagako janta lay aba mobadi lai pani side lagauna janako chan daraunu pardina .jaslay party khole pani huncha janta haru lay ramro ra nramro chuttauna saknu parch .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gokul

      Paras seems to have already expanded his party’s members all around. Don’t you smell some of his supporters writing comments on this news with great joy? There should be, otherwise, no reason as to why one would be happy on his return!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mallika

      party ko naam- paras-prachanda hasya hatauda party
      goal- aajai manche marnu ani ajai des barbad parnu maoist sanga milera

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • The Raj,

      Bhutro jasto, kun neta choko ra Gunda gardi nagareko chha ra? you are most welcome to Nepal Bro. Majja le party kholne , jitne ani sadna lagi sakeko ko desh lai sandna baata bachaune. Huna ta jun Jogi aaye pani kanai chireko bhane jastai garne wala ta kasaile haina. country ko ahileko awstha lai chintan gareko dekhda Paras Bro lai Thanx..Keep it up

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kisan karki, Chicago, USA

      Dear Readers,
      From all this pomp and show what is clear is Paras is trying to hide the crime he committed long time ago. How would one believe that Dependra was the one who brought such a bloodshed in the Palace?

      In no time and history, in no place we ever see that kind of tragedy happening where all the members of one single guy get killed. Any shooting resulted from madness (either of drink, or of the sad end of a love story) cannot be constant, deliberate and designed. How could Dipendra do such a rational killing: that kill everybody except Paras and his family members.

      There are rumors that while all the darbar kanda was happening, King Gynendra was listless, going in and out, in and out in pokhara palace.

      Finally, ok imagine that Paras had done nothing wrong in the massacre, after all, he killed Mr Gurung, and one another guy, I believe. He should be brought to justice. Otherwise, it will be a mere irony at themselves, if the Maoist just say that there will be fair and free investigation on the killing, and do nothing.

      There are few days left for this ex-prince paras to be a free man, if our current govt makes a serious investigation

      Good luck paras jee for some time.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • चुनाव लडेर सत्तामा जाने कुरालाई नराम्रो भन्न नमिले पनि पासर जस्तो बिग्रेकको मति भएको मान्छेको लागि नेपालमा कुनै ठाँउ हुन सक्दैन । तर आँट छ भने आएर आऊ पारस नेपालमा तिमिलाई राजनिति गर्न स्वागत छ तर त्यो भन्दा पहिले तिमिले अहिले सम्म गरेका सबै नराम्रा कामको सजाय भोग अनि मात्र तिम्रो लागि ठाउँ दिन सकिन्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Vashir

      लौ, अब नेपालको राजनितीमा अर्को रक्तपिपासु थपिने भयो। आउनुस, आउनुस, यहाँ अझै धेरै ठाउँ छ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Aaba (Commentor)Chakre ra Parash Shah vayara Party kholi Desh bikash gari..Prachanda lai pani uadaediya vayonta goli le…13,000 manchhe mare bapat! Tara,13,000 Manchhe ta Yuddama mareka hoena ra Personal mamila ma hoena ni? Yudda ma marepani ta Yo dukhada etihansh nai ho tara….Junsukai byakti le desh nirman gare pani hamro lagi swagat yogya hunechha,tara banaunuko sato purai bidhomsa nai huna lagyoura barbadai vayo vanya!
      Megh Singh Adhikari!
      USA!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रकाश थापा, सिडनी बाट

      ल ल पारस ले नया पार्टी खोलने ?? त्यों नि राम्रै कुरा हो !!!!! हैन हो पारस लाइ यी सबै कुरा हरु सिंगापुर बाट नै खोक्नु पर्ने ?? पहिले नेपाल हुदै खोकेको भये हुन्न थयो र हो ???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Paras ko naya party “hatyaro jansakti party of Nepal”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lamjung

      दिमाग सद्दे भाको मान्छेले भनेको भएपो तर्क बितर्क गर्नु, फोकटमा mediaमा आउने प्रपञ्च हो अरु केही होइन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Surendra

      Hello Dipendra ji
      kukur ko puchar 12 barsa dhungro ma rakhe pani bhango ko bhango nai huncha…. tho ta tapali lai thaya cha hola ni

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • chakre

      Mulaharu timiharulai kasaile ramro garna khojeko wa kohi sudhrina khojeko pachdaina hai?
      13000 marne manchhe lai chahi timiharu khusi sath satta ma puryauchhu.ani paras le ma nepal farkera desh ko lagi kehi garchhu bhanda chahi je payo tehi bolne.laaj lagdaina.shameless people.
      aat chha bhane timiharu ni garera dekhao na.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Wow! Kati vote lyaula parash le….
      Crazy Parash lai jail chalan garnu parne hunchha,Manish ko jyan hatyako mudda banayara…
      Ajha Desh,Janata ra bikash ko kura garchha Ghamad Parash!
      Good Luck..Parash dai for your New party and Future Poltical
      line.
      Megh Singh Adhikari!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • dipendra

      hami sadai khali negative kura matra kina sochau
      heru na k gardo rahecha usle

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Sampurna

      पार्टीको नाम चाँही थाहा भएन, निर्वाचन चिन्ह चाँही बन्दुक बाहेक अरु हुनै सक्दैन ।।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Bijay

      His party’s name – Society de’ La’ murderer
      Flag – A red spot on white paper

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Lesh N Yadav-USA

      BIG FUN, HA… HA… HA…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • diwas

      hello sampurna
      drugs na khako ra club ma goli chalayeko pani haami le dekhi sakem .hami janta lai aaba desh lasle chalauchha bhanda pani kasle desh laiu ramro sanga chaluchha bhanne ma chha.paras aayera desh lai ramro kam garne chhan bhane haami janta tyeslai heart baata welcome garchhm. haamilai jasari pani yo desh banunu chha desh chalaune maanche hamilai banaunu parne haina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • uttam, mruttamjee@yahoo.com

      khoi malai ta pattyar lagena ? paras le kehi garchhan jasto lagdaina…. sakchhan bhane nepal ka news lai interview diun na… jhan ramro ta mysansar.com lai… comment lekna pani paine… herna padna pani sajilo….

      mruttamjee@yahoo.com

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Sampurna

      नेपालका ड्रग एदिक्टहरुले पनि अब नयाँ पार्टी पाउने भए । डिस्कोमा गोली पड्काउने र जांड खानेहरुको पार्टी खोल्न लाग्या जस्तो छ । ल ल छ पारसलाई..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Hikmat Bdr Damai

      Gundaraj Party of Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Mitra Devkota

      Thik chha ni ta, democratic process bata elected bhayera aayera country lai leadership dine kuro ta swagat yogya nai lagyo.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • TN

      Nepal Gundagardi dal – Parash Saha, President

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Bhoj Gautam,USA

      Aarko hangama

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bhoj Gautam,USA

      Aba kehi hola jasto 6……..Nepalma

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • यसै त देश को हालत एस्तो छ ; पारस(गुण्डागर्दी,हिन्श्रकको प्रतिक) ले के राजनीति गरोस् अनी के को समाजसेवा । पारसको नेपालमा एउटै मात्र ठाउँ छ सदर खोर डिल्लिबजार ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sammukh

      His thinking to fight ballot should be acceptable to Nepalese people. If he is wrong, he loose. If he is right, he oviously wins.
      But the interview he gave to the media might be true. The truth is always bitter. Dipendra killed his own father. Some of the people are not ready to accept it. But, some of the wise nepali people already accepted it. Who always eat rice on golden thali, who usually played with many beautiful girls, who always played with different different guns, who always enjoy fun with bullets, who was always surrounded with a battalian with automatic guns, who always disagree with multi parti democracy and who deals with the dealers of arms and ammunitions he was Dipendra who killed his own father. But, why paras never disclosed such news in time ? So, Paras also is not helpfull to Nepalese people.
      The recent government of Maoist are trying to get benifit from such news. The maoists government is more dangerous than Paras or Dipendra. Therefore, forget about the past. Nepalese people need to think about recent government who is trying to misguide the country towards wrong direction. So, we need to be carefull with the government of Maoist than think about past. Past is gone.
      Nepalese people are innocent. The people stay around city area or sadarmukam area are more dangerous. The come out of their house at street without any reason. They just try to mislead the mass of people with the help of political parties.

      Jay Desh
      sammukh

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shivahari Tiwari

      Mora kholis party!!!!!!!! …pati ma basne bela ma ..tehi pani deiye dekhi pati ma basne ta ho ni bichara…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lal grg

      nepali janata le herda herdai jiban bitauchha sathi dependra. jijubajele 104 barsha heryo baule 30 barsha heryo hamile 16 barsha hereau aba kati herne ho herne bani lageko parash ko leadership pani herne bichar gardaichau dhanyabad herirahau.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Vashir

      माफ गर्नुहोला, त्यो नाम त माओवादीको भैसक्यो। कृपया पुन: प्रयास गर्नुहोस।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Vashir

      नेपालमा सद्दे दिमाग भा’त तपाईं हामी मात्र हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Vashir

      I like it!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shyam

      GIRIJA ALSO CHOOSE GUN AS HIS FAVORITE SIGN WHILE TESTING HIS CAPACITY TO USE THE VOTING MACHINE.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • joshi

      aani girija prasad le tyo bandhuk ma aasti matrai biratnagar ma bhot hali sakeka chhan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पहिलो कुरा त पारसलाइ नेपाल पस्न दिनुहुँदैन । त्यो पस्नु भनेको कालो पदार्थको अायातमा वृदि हुनु हो । दोस्रो कुरा पसिहाले भने पनि त्यसले नै चढाएको गाडिबाट गायक प्रविण गुरूङको मृत्यू भएको स्विकारेकाले त्यसलाइ समातेर जेल चलान गर्नुपर्छ ।

      मलाइ त लाग्छ पारसले सिङ्गापुर बाटै राजनितिको सुरूवात गरिसकेका छन् । त्यसैले नेपाल सरकारले सिङ्गापुरमा पनि त्यसलाइ प्रतिबन्ध लगाउनु पर्छ । नभए त्यहीँ गिरफ्तार गरी सपुर्दगी गर्नुपर्छ नेपाली जेलमा ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Asha

      If trend of the political parties’ behaviour continue, Nepalese people have to choose better alternate that may be even accepatance to Paras as leader.
      I wish for fair politics…….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सुरज

      doesn’t quite make sense. Past plays a great role in nation’s direction of moving forward. If you were diagnosed with some serious disease, say TB , in future no matter how healthy you want to be , the effect of past disease will stay there.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash

      Feri nepal gayera prchandako naas garla ni hai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ganesh Thapa

      Oho…how come you know that dipendra killed his father…Maybe you were present there…or maybe you are god…to say such…who are you to give a verdict on a dead man’s act…Maybe its your imaginations only…you need to forward evidence before accusing anyone…dead or alive…just giving your is not fair… you have no right to tarnish the image of a man who is already dead…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • diwas

      y we cant belive dipendra can kill his family after all he is also a drug addict. he can do it. aft6er all its all about power to rule the country.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रीती

      कस्तो रमाएलो है पुष्प जी नेपाल भन्ने देशमा, भारतले जे चाहो तेही हुने है? किन होला ?

      प्रीती

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      मैले बुझे पुष्प जि !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Vashir

      पारस आऊ देश बचाऊ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shree ram chandra

      हो यार फ्रेंड तपाई को कुरा माँ १०० प्रतिशत सहमत छू, यो कुरा लाई त मैले पनी महशुस गरेको छु पारस दाई ले राम्रो काम गर्न लागेको मा म पनी ख़ुशी छु स्पेन का सबै नेपाली को तर्फ़ बाट पारस ले शुभकामना…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Wanton Mainali

      yo kun maobadi paryo? Nepal ma har kohi nepali aauna jana pauchha. Sathi, yo usko adhikar ho. Timi prachanda and company ko bharaute bhayau bhandaima yaso bhanna mildaina. Paras le rajniti garna pauchha. Janata le naruchaya usko jamanat jafat hunchha ruraya bholi timi le rastrapati ni maana parne hunchha. So, party bisesh ko chasma kura garna chhoda

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bideshi keto

      after killing 13000 people and terrorising the whole nation for 12 years if prachanda and baburam can be the government, why cant paras practice politics just because of few mistakes?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binod

      o chakre bor i like yr view yr

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binod

      hello taoain ta pakka maoist ho jasto cha ni

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सुरज

      हामी नेपालीहरु हाम्रो विगत राजनीति बाट यति हार खाइसकेछौं कि केही साथीहरुले पारस आउ देश बचाउ समेत भन्न थालिसके । पारस एउटा गुन्डा हो, र उ आँफैले पनि स्वीकार गरेको छ त्यो कुरा । राम्रो छबि भएको व्यक्ति नेपालमा नभएको हैन, पारसले आएर देश बनाइदिन परेको छैन भो, पारस सँग आफ्नो के नै बुद्धि छ र, त्यो फटाहा, छलकपट र गुन्डागर्दि गर्दै हिँड्नेलाई । देश हाँक्नलाई गफ चुटेर मात्र हुँदैन , दुरद्ष्टीता , अनुशासन , लगाब र निरन्तर परिश्रम चाहिन्छ । पारस जस्तो येश-आराम , वेश्या-वृति मात्रै गर्न जान्नेले देश चलाउने ? हाहा ..यो भन्दा ठूलो गाइजात्रा के हुन्छ ? अब देश अनुशासित युवाबर्गको हातमा जान जरुरी छ । मेरो नाम याद गरिरहनुहोला , देशको प्रथम अस्वार्थी लिडर बनेर देशलाई हाँक्ने योजना छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Santosh Nyaupane, Sydney

      What did you understand Luna jee, can you make clear to us as well.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I like your idea hahahahaaa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anjin

      ते रि मा ! पारसे हरु…. पख्लास् तलाईँ! तेसै छोड्छ भन्ठानेछस्!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anjin

      ते रि मा ! पारसे हरु…. पख्लास् तलाईँ! तेसै छोड्छ भन्ठानेछस्!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hemanta

      and you can’t believe that he also committed suicide to rule the country? what a clean lie?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बहादुर

      यो कटुवालाले पारसको कट्टु समात्‍ने निधो गर्‍यो जस्तो छ है भाइ हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yogesh

      Herada ta Prachanda pani ta Saddam Hussian jastai chani.. teslai chai ke garnu parla, kaliya?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker