मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    शनिबार साहित्यः फोटो हेर्नुस् कविता लेख्‍नुस्

    यो साताका लागि चुनौतिका रुपमा फोटो-

    कोशीपीडितहरुलाई राहत बाँड्न पूर्व गएको बेला यो फोटो खिचिएको हो। सूर्योदय हो कि सूर्यास्तको दृश्य हो, कविता लेख्‍नेले आफै छुट्याउनु होला है ! शीर्षकसहितको कविता बाहेक अन्य कमेन्ट यसमा नगरिदिनुहोला।

    2009-04-04 13:18:36
    बिहानी, भोली फेरी
    तिमी शान्तिको नया सरगम लिएर आऊ,
    तिम्रा जादूगरी हातहरुले अशांति को कालो बादल लाई हटाऊ,
    तिम्रो प्रतीक्ष्य मा यहाँ बसिरहेछ्न अनगिनती काख रित्तिएका आमाहरू
    अतृप्त सपनाहरु को बोकेका ‘फुलमाया’ हरु,
    त्यसैले,
    तिमी बहार बनेर छाउ,
    हरेक नेपालीका चीसा चीसा चुला हरुमा,
    चुइयेका खरका छानाहरुमा,
    अनि पीर दर्दको राप्ले पोलेका
    नेपाली मन/मुटुका पाना हरुमा .
    Tilak, Sanfrancisco, USA

    Comment by anupam
    2009-04-04 14:53:47
    तिमी आज फेरी जादै छौ
    तर आज फेरी मलाई नरमाइलो लाग्दै छ
    भोली को त मलाई बिस्वास नै लाग्दैन
    त्यही भएर तिमी जांदा मलाई सधै नरमाइलो लाग्छ

    येदि भोली पनि आज जस्तै दिन हुन्छ भने
    येदि भोली पनि आज जस्तै नीरस बित्छ भने
    तिमी उदाउनुको कारण देख्दिन म
    बिन्ति सूर्य तिमीसंग, नउदाउनू भोलि तिमी

    येदि तिमी भोली आउछौ भने
    भोका हरु को पेट को खाना भएर आउ
    गरीब हरु को रहर पूरा गर्न आउ
    अनि हामी नेपाली हरु को लागि
    एउटा नौलो बिहानी लिएर आउ

    Comment by arjun
    2009-04-04 16:03:12
    बगाएरै गयो सन्ध्या

    हरेक दिन जसो भएन यो आज
    समयसँगै अनेकन आस्था पनि गयो
    सबेरै झै म पनि उठेको थिए आज
    तर,सबै हेर्दा देर्दै भत्किएर गयो।

    बिहानमा कुन्नी किन धोबिनी कराएन आज
    न त सूर्यदयसँगै चन्द्रमा नै गयो
    सधैं झै म पनि खुशी थिए आज
    तर, सबै हेर्दा देर्दै रित्तिएर गयो।।

    मध्यरातबाटै सूर्य नउदाउने तयारीनै रहेछ आज
    बिधीको नियमयो, उदाएरै छाड्यी गयो
    सधैं झै मेरो पनि आशा थियो आज
    तर,सबै हेर्दा देर्दै डलेरनै गयो।।।

    सुन्सान समयमै तयारी थियो मेरो पनि आज
    खेत र खलियान नखनेरै गयो
    खनौला र बचौला भन्ने आशा मेरो पनि थियो आज
    तर,सबै हेर्दा देर्दै पौडिएरै गयो।।।।

    मनलेनै नसोचेको बौरुपी बाढी फेरी आयो आज
    सधैं थियो पीर मेरो फेरी थोपरेर गयो
    कता कता अझै सानो आशा थियो आज
    तर,सबै हेर्दा देर्दै डुबाएरै गयो।।।।।

    पीडै पीडासँग यो दिन, फेरी नफर्कने गरी गयो आज
    आशा सँगै निराशाको भूमरीमा रुवाएरै गयो
    रुदा रुदै पनि पलपलको आशा बचाएको थिए आज
    तर,सबै हेर्दा देर्दै बगाएरै गयो।।।।।।

    Related posts:

    1. यसरी सकियो १० महिना लामो ‘नाटक’

    No comments yet to शनिबार साहित्यः फोटो हेर्नुस् कविता लेख्‍नुस्

    • baldev jee dherai dherai thanks tapaile dekhnu bhayako surya asta sanchikai astaune smbhawana chha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • NIKITA

      ढल्यो दिन आज पनि कही नयापना को अवश्
      चै छैन जाऊ घर टालनु पर्छा नत्र गोलीहरु पसछान,
      प्रकतिले रोयर लात हांछान भोली त नया सूर्या उदाउ छान
      पकै बनदुकमाँ खिया लागनेछान प्रकति ले हासेर मिठास भर्न सक्छें,
      ओ सबै हांसौ आज को रात्त लाई जिबन्त बनाऊ मट्टीतेल को टुकी निभाऊ
      ठूला देश ले घर ऊजलो बनाऊ ,निरासा भगाऊ,मीठा सपना देखन थाग्नाको ओछांन बेछाउ.,
      तार को लागी खम्बा गाडाऊ नया सपना बुनू आज जस्तो अलची नबनौ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Baldev Bhatta

      सूर्यास्तको संभावना
      ______________________

      पुष्पशाक टीप्न खाराबाट दुनै हनिएपछि
      भालुवांग का भोको बजार
      राप्तिको किनार लाइ दोषारोपण गर्छ
      मध्य दिनको बादलमाथि आगलागी भएपछि
      मैले,
      मेरो देशमा सूर्यास्तको संभावना देखेको छु !!

      सुस्ता तीरबाट पिडाएको मेरो बस्ती
      काली र सेतीसंगै बेचिएर पश्चिमतीर बग्छ
      दार्चुलाको उकालिबाट चिढीएको कालापानी
      भरियाहरुसंग युद्ध गर्न थालेपछि
      मैले,
      मेरो देशमा सूर्यास्तको संभावना देखेको छु !!

      घर दलिनको भागवन्डा गरि
      हजार नेपाल बनाउन तम्सिएका दिन
      आकाशको रातो सूर्य लजाएर
      पश्चिमतीर रातो मुख फर्काएपछि
      मैले,
      मेरो देशमा सूर्यास्तको संभावना देखेको छु !!

      राज्यारोहणको दिन मेरो मालिकले
      कुन अलंकारमा सपथ लिए ?
      मौनातामा मेरो देशको साहित्य
      राती राती तिनैसंग पोइला गएपछि
      मैले,
      मेरो देशमा सूर्यास्तको संभावना देखेको छु !!

      डडेलधुरा देखि ढल्केबर सम्मको बाटो
      ववै किनारतीर बाट अलग हुन थाल्छ
      पहाड़को पटुकी खुस्काई यौवन लुटिएको दिन
      मैले,
      मेरो देशमा सूर्यास्तको संभावना देखेको छु !!

      नेपाली पनको चौरास्तमा
      देशको लीलाम बिक्री हुन लाग्दा
      मेरो सम्रिद्द छिमेकी लीलाम बढा बढ़ गर्दैछ
      गरहुंगो मुल्यमा तराईको पाटो नुहिएपछि
      मैले,
      मेरो देशमा सूर्यास्तको संभावना देखेको छु !!
      अस्थित्व बिलाएनमा झरेका आशु देखेको छु !!

      बलदेव भट्ट “बिहानी”
      सिंगापुर

      baldevbihani@yahoo.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • - टेकेन्द्र अधिकारी, विराटनगर

      गोधुली क्षितिज र डायनोसर नियति
      ========================
      हामी जहां छौं
      हामीले पाइला टेकेको धर्ती यही हो
      हामी लडेको माटो यही हो
      पूर्खाले प्राणको बाजी लगाएर
      जोगाएको अस्तित्व पनि यही हो
      सुदूर क्षितिजमा चम्केको जून देखेर
      आशाको तन्द्रामा जीवन काट्दै
      हामीले हेरेको क्षितिज त्यही हो
      मुटुभन्दा प्यारो माटो हुन्छ
      माटोको अस्तित्व खोज्दै भौतारिंदा
      मान्छेले आफ्नोपन गुमाउंछ
      मान्छेभित्रको सच्चा मान्छे हराउंछ
      देश दुखेको बेला, आत्मा रोएको बेला
      क्षितिजपारिबाट भविष्यले गिज्याउंछ
      तर, देशको क्यानभास कोर्ने यो घडीमा
      क्षितिजको आवाज सुन्दैनन् कसैले
      भीडमा, बस्तीमा, गाउंमा, सहरमा
      बुझ पचाउनेहरूकै भीड सक्रिय छ
      भागबण्डाको चर्चासंगै मुलुकमा
      तेरो-मेरोको अस्तित्व खोज्ने होड छ
      मनले मनसंगै प्रश्न गर्छ-
      कतै हाम्रै क्षितिजको अन्तिम भोजको
      संकेत त होइन यो ?
      राजीति लासमाथि बसेर अट्हास र्छर्दै
      अस्तित्वको क्षितिज च्यात्ने घोषणा गर्छ
      तैपनि क्षितिज चुपचाप छ
      आकृति बनाउ“दै टुक्रिएका बादलले
      डायनोसरको नियति सम्झाउंछन्
      तर पनि आशाको धरहरा जीवित छ
      धर्ती दुखेको बेला, क्षितिज फाटेको बेला
      सुन्दर भविष्यको कल्पना हुंदैन रहेछ
      रूखका हांगाबाट छिरेका प्रकाशपुञ्जले
      छिद्रछिद्रमा देशको नियति बोलिहेछन्
      सांच्चै हामीले खोजेको, हामीले रोजेको
      यो मुलुकको क्षितिज यस्तै हो त ?
      अंहं होइन, कदापि होइन
      अन्योलको घुम्टोले बेरिएर
      आशाभन्दा बढी निरासाको थुक निल्दै
      सुन्दर भविष्यको कल्पना असम्भव छ
      ए ! क्षितिजका रक्षकहरू हो !
      जाग ! अब मुठ्ठी कसेर उठ !
      त्रि्रो क्षितिजको रक्षाका लागि
      धर्ती र माटोको अस्तित्वका लागि
      किनकि कालो रातसंग डराउंदै
      क्षितिज र माटोको अस्तित्व मेटाएर
      भोको पेट र नाङ्गो आङ देखाएर
      फगत राजनीति हेर्न सक्दैनौ हामी
      न राष्ट्रिय अस्मिता साट्न सक्छौं
      न त सुदूर क्षितिज नै बेच्न सक्छौं

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      प्रकृतिको सुन्दर क्यानभासमा ,
      युद्द बिभिसिका को रंग घोप्टाई दियेऊ ,
      सीतल ,शांत यी रात हरुलाई ,
      ,काल रात्री बनाई दियेऊ ,

      पूर्ब क्षितिज च्यातेर हेरिरहेछ
      महाभारत !!को यो अंतिम साझ,
      दुर्योधन को कलाकारिता ,
      धर्ती र आकाश को माझ |

      रात नागार्जुन माँ पर्दे छ ,
      सुस्केरा हरु नागार्जुन माँ फुट्दैछ ,
      मुनाफा को बदनामी ,
      नागार्जुन ले भोग्दैछ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • फेरी घाम उदायो

      फेरी घाम उदायो
      अनाहकमा
      मेरो वस्तीको नग्नता
      उदाङो हुने भो ।

      रात ओढेर
      बल्ल बल्ल निदाएको वस्ती
      जाग्ने भो फेरी
      अब कता लुक्ला यो ?
      अब के मात्र छोप्ला यो ?

      धुजा धुजा पारेर
      वस्त्र च्यात्यो
      टुक्रा टुक्रा पारेर
      कपाल लुछ्यो
      छातीभरीको वक्ष
      मरुथल पर्‍यो
      दैव पापिले
      यस्को यौवन लुट्यो ।

      हेर्नेहरुले लाज पचाएर हेरे
      नहेर्नेहरु वस्ती छाडेर हिंडे
      मेरो वस्तिलाई पछ्यौरी ओढाउने
      अर्को कुनै मसिहा आएन
      मेरो वस्तिलाई न्यानो अङाल्ने
      अर्को कुनै मर्द आएन ।

      आज
      फेरी घाम उदायो
      रात ओढेर निदाएको
      मेरो वस्तिको नग्नता
      अनाहकमा फेरी
      उदाङो हुने भो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kundan raj pandey

      nepal mero mata lai banayau nautanki
      hey neta aba bijuli hoina ,ghaam chahi zulkiyos aba dekhi

      44 islam desh haroo chan tara chaina afno pahichan
      afnai khutta ma bancharo haaney pidit(politicians) ko saan

      thiyo autai rajya bhaninthiyo hindu ko saan
      aba gaai(aama) lai kateyara diyo baleedan

      janani janma bhoomisch swargadapi gari yasi
      tukrinay bhayo desh raja bina cheya cheya bhaee

      badlinay bho zanda,garva ra astitwa
      pagalgaroo(rajnitigya) aaja ko kavita kramasha..

      kundan
      finland

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      ” सन्ध्या सा झ् ”
      _______________
      कसरी बयान गरु यो सन्ध्या सा झ् को !
      कुन रुपमा उतारु !
      म भित्रको अर्को मन केही थाकेको छ यती बेला
      पिठ्यु भरी कर्तब्यको भारी बोकेर
      मस्तिस्क सुछ्म कोस कोस मा नेपाल लाई सजाउदै
      त्यो अनबरत पाइला
      सन्ध्या सा झ् मै त रोकिन्छ
      अनी
      टाढा टाढा छितिज देखी
      गोधुली सा झ् मा
      उस्ले चियाएर हेरिरहेको नेपाल
      उु झै थाक्दै गरेको लाग्छ उस्लाई
      यो सन्ध्या !
      मेरो मन भित्रको अर्को मन
      म त्यो मनलाई महशुस गरिरहेकी छु
      धर्ती ओठ
      आकाश आँखा
      ब्राम्हान्ड मन
      दिन भर को उतार च् ढाब ले
      थाक्दै छ बि स्तारै
      उु लतमान्न छ
      म चुम्न झुक्दै छु धर्ती
      हेर्दा हेर्दाइ हराइ रहेकी छु अनन्त आकाश
      ब्र्म्हान्ड मन मा लि न् हुँदै
      भोलिको उशा को किरण सँगइ बिउझन लाई —- ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kg

      मित्र बलदेव जी,धन्यबाद, चेतना जगाउदै जानुस,
      किनकी नेपालमा पढ़े लेखेकाहरु अन्धा लाटा बैरा भएका छन,
      तपाईको लेख सत्यत्तामा परिणत हुन धेरै समय लाग्ल जस्तो छैन
      किनकी यी नेता भनाउदा पाखांडीहरुको चरित्र ले दर्शाई रहेको छ
      यी दलालहरू ले स्वाभिमानी नेपालीहरुलाई बेला बेला तर्शाई रहेको छ
      कोशी बेचे,गण्डक बेचे, महाकाली बेचे,बेचे कर्णाली पनि,
      बिचार पुर्याउन सकेनौं भने नेपाल र नेपाली मेटिन सक्छनी,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker