मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    पत्रकारको सम्पत्ति स्रोत खोज्न मिल्ने कि नमिल्ने ?

    मधु लम्साल

    ‘पत्रकार’ भन्ने बित्तिकै धेरैको बुझाइ उनीहरु हरेक क्षेत्रमा जाने बुझेको व्यक्ति हुन् भन्ने परेको हुन्छ। त्यसमाथि पनि हरेक किसिमका खबर पत्रकारले नै पहिला पाउँछन् भन्ने उनीहरुको बुझाइ वास्तवमा गलत होइन। यही कारणले पत्रकारलाई धेरैले महत्व दिएका हुन्छन्। तर, स्वयम् पत्रकारहरुले भने अरुको बुझाइमा आफूलाई कसरी प्रस्तुत गरिरहेका हुन्छन्, त्यो भने धेरैले चाल पाइसकेका छैनन्।

    हुनत पेशागत संघ/संगठन हुनैपर्छ। पेशागत हकहित एवम् सुरक्षाका लागि सबै पत्रकार एउटै छातामुनि आउनु लोकतान्त्रिक पद्धतिको मुख्य सूत्र नै हो। तर, यसो भन्दैमा आफ्नै पेशामाथि प्रश्नचिह्न खडा गराउने सहकर्मी या सहधर्मीका विवादास्पद कार्यकलापमाथि कुनै खबरदारी नगर्ने, उनीहरुबाट जस्तासुकै विवादास्पद एवम् पेशालाई नै धुमिल पार्ने खालका गतिविधि हुँदा समेत थाहा नपाएझैँ गरी चुप लागेर बस्नुका साथै उल्टो पत्रकारको मुखुण्डो भिरेर हिँड्ने त्यही विवादास्पद व्यक्तिलाई केही अप्ठ्यारो परेको खण्डमा उसकै स्वार्थअनुसार संघ/संगठन प्रयोगमा आउनु, उसकै संरक्षणका लागि विज्ञप्ति जारी गर्नु गराउनुजस्ता कामकारवाही कति जायज हो ? त्यो आजका दिनमा पत्रकारिता क्षेत्रमा आवद्ध सबैले बुझ्नु मात्रै होइन, उठाउनै पर्ने विषय बनेको छ।

    हतियारधारी आपराधिक मनोवृत्तिको व्यक्ति र हतियारधारी नै भए पनि जिम्मेदार अर्थात् त्यही क्षेत्रको व्यक्तिबीच कत्रो फरक हुन्छ ? त्यस्तै, पत्रकारिता क्षेत्रमा पनि आजका दिनमा त्यस्तै अवस्था आउन लागेजस्तो देखिन्छ। पत्रकारिता नै नबुझेका र नजानेका केही व्यक्तिहरुले पत्रिकालाई हात्तीको देखाउने दाँत बनाउँदै आएका कारण पछिल्ला दिनमा सिंगो पत्रकारिता क्षेत्र नै हतियार बोकेका अपराधिक मनोवृतिको व्यक्तिजस्तै ठान्नु पर्ने स्थिति आइपरेको छ। किनकि, त्यस्तै खाले प्रवृतिका व्यक्तिहरुको संख्या पत्रकारिता क्षेत्रमा दिनानुदिन बढ्दो छ।

    पत्रिकालाई प्रयोगमा ल्याएर धेरै किसिमका अपराध या गलत काममा लाग्नेहरु राजधानीमा मात्रै होइनन्, देशैभरी छन्। धेरैले सिंहदरवार छिरेर मन्त्री र सचिव भेट्नकै लागि पत्रकार पासको दुरुपयोग गरिरहेका छन्। तर, कयौं पत्रकारले पेशागत जिम्मेवारी पूरा गर्ने क्रममा ज्यान गुमाएका छन् भने कतिपय अंगभंग र कतिले डर, धम्कीकै कारण विस्थापित जिवन बिताउन बाध्य छन्। उनीहरु आफ्नो पेशा समेत त्यागेर बाध्यतावश अन्यत्रै अर्कै क्षेत्रतर्फ लाग्न विवश छन्। कहीँ आफूअनुकूल नलेखेकै कारण अज्ञात या आपराधिक मनोवृत्तिका व्यक्ति या समूहबाट पत्रकारले ‘थ्रेट’ सहनु परेको छ भने कहीँ कतै असल नियतका पत्रकारले समेत सत्य/तथ्य लेख्दा विभिन्न आरोप सहेर पनि बस्नु परेको घट्ना प्रशस्तै छन्। अझै भन्ने हो भने कतिपयले त पत्रकारलाई थाहा दिएर या नदिएर अथवा विवश तुल्याएर पनि आफू अनुकुल प्रयोग गर्ने गरेका जस्ता घट्नाहरु पनि बारम्बार सुन्नमा आइरहन्छन्।

    यहाँ उठान गर्न खोजिएको विषयवस्तु थोरै बेग्लै छ, सबैलाई सतर्क र सजग तुल्याउने भूमिकामा आफूलाई सक्रिय तुल्याउनु पर्ने पत्रकारिता जगत आज आफै किन अशुद्ध र विवादित बन्नेतर्फ लम्किरहेको छ। केही दिन यता पत्रकारिता क्षेत्रका खराबीहरुलाई लिएर सार्वजनिक रुपमै चर्चा परिचर्चा हुन थालेका छन्। केही पत्रकारले आफ्नो पेशाको बचाउका लागि सार्वजनिक रुपमै बहस चलाउन थालेको पाइएको छ। त्यसलाई कसैले सुधारको संकेत भनेका छन् भने पत्रकारितालाई कमाइ खाने धन्दा बनाएकाहरुले ‘आफ्नै खुट्टामा बञ्चरो हानेको’ टिप्पणी पनि गर्न थालेका छन्।

    यसै सिलसिलामा पत्रकारका लागि विगत एक दशकदेखि ‘समाचार कारखाना’ बन्दै आएका पत्रकार ऋषि धमलासहित अन्य दुई पत्रकारसहित चारजना यतिबेला हातहतियार तथा खरखजाना मुद्दामा थुनामा छन्। करिब दुई महिनादेखि थुनामा परेका हरेक क्षेत्रसँग परिचित पत्रकार धमलामाथि प्रहरीले लगाएको आरोप स्पष्ट भए पनि त्यसलाई मान्न न त आरोपित धमला नै तयार छन्, न पत्रकारहरु नै। तर, सर्वसाधारण भने यस प्रकरणलाई समेत जोडेर पत्रकारले जे पनि गर्न हुने, उनीहरुलाई जसो गर्दा पनि छुट दिइनु पर्ने भन्न थालेका छन्। यसो भन्नु पर्ने अवस्था कहाँबाट कसरी र किन सिर्जना भयो ? यो पत्रकारले नै खोजी गर्नुपर्ने विषय होइन र ?

    हुनत धमलाको प्रसंगलाई यहाँनेर अलग राखेर पत्रकारको आवरणमा विभिन्न धन्दामा सक्रिय रहेका केही अनुहारका दैनिकीलाई सामान्यरुपमा जान्न बुझ्न खोज्ने हो भने पत्रकारिता क्षेत्रलाई प्रयोग गरेर गरिने विभिन्नखाले अज्ञात धन्दाले कहालीलाग्दो अवस्थाको संकेत गर्दछ। हिजोसम्म एक छाक खानका लागि समेत ‘जदौ’ गर्ने, पढाइ, लेखाइ र बुझाइ शून्यसरी भएका पत्रकार रुपधारीहरु आज एकाएक चिल्ला गाडीमा गुड्ने, शानदार बंगलामा बस्ने उनीहरुको हैसियत एकाएक कसरी बदलियो ? छोटो समयमा आफूलाई आर्थिक रुपमा सम्पन्न मात्रै होइन, जीवन नै कायापलट गराउने थुप्रै पत्रकार रुपधारीको नाम लिन सकिन्छ र ती नाम आफूलाई पत्रकारिता क्षेत्रमा सक्रिय तुल्याउने प्रायः धेरैको नजरमा छाएको हुनु पर्दछ।

    एउटा सरकारी कार्यालयको खरिदार, मुखिया तथा पियनको समेत आवश्यकता परेको खण्डमा सम्पत्तिको स्रोत खोज्ने काम हुन्छ, उनीहरुमाथि कारवाही भएका घट्ना पनि थुप्रै छन्। तर, पत्रकारको चाहिँ किन खोजिन्न सम्पत्तिको स्रोत ? ‘अनुचित लाभ’ जसले लिए या दिए पनि त्यो आर्थिक अपराध होइन र ? पत्रकारिता मै सक्रिय कोही पत्रकार जुत्ताको तलुवा खिइने गरी दिनभर हिँड्दा र उसका औलामा कलमका डोब देखिँदा समेत उनीहरुलाई आफ्नो दैनिकी टार्नसमेत हम्मेहम्मे परिरहेको हुन्छ। ती पत्रकारका परिवारका आवश्यकता र उचित इच्छा/आकंक्षालाई सम्झौता गर्न विवश पारिन्छ। त्यसको विकल्प पनि छैन तर, तिनै पत्रकारलाई प्रयोगमा लिएर कसैले भने पत्रकारिताकै आवरणमा आफूलाई सुविधाभोगी जीवनशैलीमा रमाउन सफल भएका छन्। जसले पत्रकारिताको धर्मलाई पूर्णरुपमा निर्वाह मात्रै होइन, हरेक कोणबाट पालना गरिरहेको छ, उसलै पत्रकारिताको आवरणमा गर्नु नगर्नु गरेर हिँड्ने व्यक्तिलाई मालिक मान्नु परेको छ, उसैको आदेशमा चल्नु परेको तितो सत्यलाई बिर्सन मिल्दैन। यहाँ पत्रकारको आवरणमा हिँड्ने धेरै पत्रकार छन्, उनीहरु मध्ये थुप्रैबाट गलत धन्दा भइरहेको छ पत्रकार र पत्रकारिताका नाममा। बूढी मरी भनेर होइन, काल पल्क्यो भनेर चिन्ता गरिनु पर्नेमा एउटा कुनै पनि व्यक्ति पत्रकारको कुरा नगरौं, पत्रकारको सिंगो छाता संगठन नेपाल पत्रकार महासंघ र पत्रकारिता क्षेत्रसँग सम्वन्धित अन्य विभिन्न संघसंस्था र निकायले समेत त्यस्तो विकृति रोक्नेतर्फ पहल गरेको देखिन्न। यसले भविष्यका कुनै पनि दिनमा पत्रकारिता क्षेत्रमा ठूलै दुर्घटनाको संकेत गर्दछ। किनकि, नाम नै किन किटान गर्नु पर्‍यो र ? केही पत्रकार कै नेताहरु पनि कसैको आदेशमा दश-पाँच बजाउन सहमत भए, आफू र आफ्नो नाम ठाउँठाउँमा प्रयोग भएको चाल पाएपछि मात्रै उनीहरुले चेतेका घट्नाहरु पनि धेरै पत्रकारले थाहा नपाएका होइनन्।

    यसै प्रसङमा अलिकति थप्न मन लागेको विषय केही दिन अघि माओवादी नेतासमेत रहेका अर्थमन्त्री डा. बाबुराम भट्टराईले सम्पत्तिको स्रोत प्रकरण अघि सारेपछि केही काला व्यापारी, तस्कर, माफियाहरुको सात्तो उड्यो, अन्य धेरै पेशाधारीसँग पनि सम्पत्तिको स्रोत मागियो। जसमा डाक्टर इन्जिनियर र वकिलसमेत परेका थिए। तर, त्यो सूचिमा पत्रकार किन परेनन् ? यदि त्यो दायरामा पत्रकारलाई पनि ल्याएको भए धन कमाउन र सम्पत्ति जोड्न नसकेका पत्रकारलाई चिन्ताको विषय नै रहेन तर, पत्रकार र पत्रिकाको आवरणमा मनग्यै कमाउनेहरुको निन्द्रा र भोक त लुटिन्थ्यो !

    No related posts.

    No comments yet to पत्रकारको सम्पत्ति स्रोत खोज्न मिल्ने कि नमिल्ने ?

    • Abhaey

      totally agree with you, Lamshal ji.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • galat garne jo kohile pani sajha bhognu parchha chahe pm prachand kin nahun galti gareko athawa nagareko sahi tarikale chhan bin garna dinu parchha thulo kurchima base bhandai ma police lai badi phorce garer baljabasti garnu hudain police le pani chhan bin garer aparadhi lai badi banda kada bhanda kada sajha dinu parchha yadi risi damala aparadhi ho bhane tesalai pani badi banda badi sajha dinu parchha yadi tyo bhayo bhane arko patrakarle galti nagaros budi mori bhaner runu bhanda kal palkyo bhaner run bes hola

      kpsubedi(hansapure mailo)
      hal belgium

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रिशिता ढकाल

      Patrakaar ko pani income transparent hunu parchha.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Mohan Basnet, Norway

      good issue, i think everybody agrees with you Madhuji,lets see what government does on this issue.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prsuram

      The revelation that the government has not looked into the possibility of journalists amassing personal property through illegal and/or nefarious means is a real shocker. This act of overlooking journalists or any other professionals by the government in this respect raises more eyebrows than it assures.

      Regarding the dealing with bad guys in the profession, I think our way of “Tai chup, Mai chup” comes in the way and the usual reaction for most of us is to simply ignore as if nothing is wrong. This is one of the reasons why it is almost impossible to book the wrongdoers.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari nepali

      मिल्च मिल्च किन नमिल्नु, सम्पतिको श्रोत त सबैको खोज्न पर्च| तपै, म अनि सबै ऐरे गैरे को मित्र| अनि त्यो ४०,००० वैस्यलहरुलै दैनिक भत्ता, मसिक तलब् दिएर मओबदिको कम्पामा पाल्न कहा बात पैसा आउच त्यो पनि खोज्नु पर्च है, बाबुराम कम्रेद्लै भनेर| देखौनको लागि १०-१२ वोता बन्गुर् एक दुइ रोपनि जमिनमा तरकारि रोपेर त तेस्तो सुबिधा दिन पुग्दैन होला| कि बिगतमा जनता र रास्त्रबात लुतेको सम्पति ब्यन्कमा हाल्दै, ब्यान्कको ब्याजबात पाल्दैचन्| येस्को श्रोत पनि खोज्नु पर्च है मित्र

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • SAROJ

      यो त एक दमै थिक कुरा हो. उनिहरुले जे गरे पनि जायज भन्ने मन्यता बाट पत्रक़ारा हरु बहिर औनु पर्ने बेला भैसकेको छ् .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • saroj karki

      Madhu lamsal le uthayeko subject dherai ramro ra sandharvik chha. bastab ma patrakar chor nai jasta dekhiyeka chhan, khana kai lagi je pani bhanne ra garne gareko dekhiyeko chha. teo rishi dhamala le din rat 20-25 jana patrakar lai rauci ra masu ma bhulai rekhne kam gardai aayeko chha, Ahile 2 mahina dekhi khana napayera mukh sukayeka haru ushlai chhutauna daudhdhup ma lageka chhan, teslai kochnai parchha. akhir tesle yestai apradh nagareko bhaye kasari yetra patrakar lai teso garna sakeo ta ? debparkas tripati, kisor shrestha, jibendra simkhada, sambhu shrestha, harihar birahi, kabir rana lagyat dherai patrakar lai rauci ra nasu ko bebasta garni matrai hoina bela bela ma paisa ko bito pani dinchha ra uniharu bata lekh aphna nam ma chhapayera hiro huna khojchha. teo rishi chhor ho, tesko sampati chhanbin hunai parchha. yesle aru pani dherai apradh gareko hunu parchha. ushko barema patrakar kusum bhattarai le chhatachhula pardiyeka thiya ni ta, yeo naitik patit pani ho, arkaki srimati lai jagir lagaidinchhu bhanera karalaya ko sofa mai kachak kuchuk pareko ho, tesh pachi pani chelibeti bechabikhan ma pani pareko ho, yesta chhor lai teo girja daka le maile ramrasi chhineko chhu rishi dhamala nirdosh chhan bhanerar hunchha ? sarpa ko khutta sarpaile dekhchha bhane jhai yeo sabai desh bigarne under slc le ho, jasto girja testai hi rishi dhamala. nayalaya le chhadna hunna hai.

      yeo nepali ma haldinus hai sir

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Sapana Pun

      मधु जिले उठाउनु भएको सन्दर्भ समसामयिक हो यसलाई नेपाली प्रेसले गम्भिरताका साथ चर्चा गर्नुपर्ह .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shivapuri

      यो राम्रो कुरा उठाउनु भयो र उनिहरुलाई पनि यो दायरामा ल्याउन ढिलो गर्नु हुन्न .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Gokul

      सतप्रतिशत सहि बिचार…….
      गलत तरिकाले कसैले पनि सम्पति कमाउछ् र उसलाइ छुट दिइने हो भने सहि प्रब्रित्ति को कहिल्यै बिकास हुन पाउदैन . धन्यवाद लेखक लाइ, र प्रकासित गर्ने MySansar लाइ .

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • मधु जी ,
      धन्यवाद तपाईको बिचारको लागि / मलाई अचम्म लागेको कुरा त के भने अपराध जो कोहीले गर्न सक्छन पेशाले रोक्दैन तर पत्रकार जस्तो बौधिक जमात पेशागत संगठनको नाम मा एउटा अपराधी को पछाडी लाग्नु भनेको मुलुकको लागी चिंताको बिषय हो /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sila

      yo niyam lagoo garna dheri dhela vaisak kinaki naqab dhari dhamla rupi patrakarjan nepal vanne dhes ma dheri chann.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sadhuram sukumbasi

      अब त नेताहरुको सम्पति खोज्ने भन्दा पत्रकार बन्धुहरुको नै सम्पति खोज्ने बेला आइसक्यो नि/
      अब धमलाकै हेरौन, सोमले त्यो दुइ छाक भात खानलाइ तेत्रा रकम फिरौति मागे/

      उहि साधुराम सुकुम्बासि

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • राम गोर्खाली

      अब त्यो मनुज चौधरीको नामले पहिला पहिला राजावादी लेख लेख्ने मान्छे नेपालको गन्य मान्य सन्चार माध्यममा काम गर्छ र त्यसको पनि सम्पत्तीको स्रोत खोज्नुपर्छ है। त्यो अर्को रूपको ठ्याक्कै ऋषि धमला हो। बाबुराम भट्टराइले कहिले आफ्नो माहत्म्य लेख्ने कहिले जरो उदिन्ने यस्ता छद्म नामी चौधरी मनुवा को हुन् पत्ता लगाएर यि पत्रुकारहरूको सम्पत्तीको स्रोत खुलाउन सके सारै राम्रो हुनेथियो।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • कृष्ण बानिया

      मधु जी ले लेख्नुभएको कुरा सत्यहो, तर कालोलाई कालो र सेतो लाई सेतो भनेर भन्नसक्ने प्रबिर्तिको बिकास हुन सकेन, कडा रुपमा कानुनको प्रयोग गर्नलाई यो देशभित्रका संपूर्ण जातीय, राजनैतिक, छेत्रिय र कर्मचारी संघ संगठन लाई भंग गर्नुपर्छ,

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • उनिहरुलइ कसैले केहि गर्न सक्दैन किनकि यो समुह धेरै मजबुद च्ह/ जहा ८० प्रतिशत अशिच्हित, आभारा, मुर्ख,लफन्गा र फताहाहरु च्हन भने कस्को साहस कार्यबाहि गर्न??
      सज्जन पत्रकार ले उनिहरु को बिरोध गरेर केहि हुने वाला च्हैन है,
      त्यसैले आभाराहरु को पकद भयेको सन्गथन कुनै च्ह भने त्यो पत्रकार हरुको नै हो खास गरेर हाम्रो देशमा मात्र/यिनिहरु लाई पोस्ने, पाल्ने र यस्तो मज्बुद बनऔने हाम्रा नेता हरुनै हुन के गर्नु!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bibek Nepali, Israel

      मधु जीले उठाएको कुरा एकदम ठीक को। हुन त प्रेस लाई राज्य को चौथो अङ मनिछ र हो पनि। स्वन्तन्त्र प्रेस ले देश बिकासमा ठुलो असार गर्छ नै। तर पत्रकारिता स्वन्तन्त्र हुनु पर्छ भन्दैमा एस्मा काम गर्ने ऐरे गैरे सबै पत्रकार ठीक र उनिहरुले जे गरे पनि हुने जुन सोचाइको बिकास भएको छ त्यो साह्रै खतरानक छ। आज देशमा अपहरन का कत्रा कत्रा दर्लाग्दा जघन्य घटना भएका छन। हिजो मात्र हामीले सुन्यो पूर्व सिङपुरे लाहुरे को करौदौको घत्न। एस्तो अवस्थामा सबै छेत्रबाट पुलिस लाई शाहयोग गर्नु पर्ने म तार तात किन धमला लाई छोद धमाला लाई छोड् भनी रहिएको छ त्यो बुझ्न सकिएन। लेख्मा उल्लेख वये अनुसार सबैको चाहे त्यो पत्रकार किन नहोस् गैर कानुनी काम लाई अदालत को काठघरमा ल्याउनै पर्छ अनी मात्र नयाँ नेपालको लागि एक फद्को मारिएल हैन भने अहिले बन्न लगेको खुद्किला पनि पछी आउनेहरुले फल्ने छन।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Mingso Hang

      धर्मको मखुन्दो ओदेरा पापको थैलों भिर्नु भएन पत्रकार्हरूले !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • jasmine

      Good article . I support thought of Madhu Lamsal.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • पुष्प

      हो, सही कुरा हो ! सबै पत्रकारहरूमात्र के साँच्चिकै चोखा हुन्छन् ? यदि हुन्नन् भने किन छानबिन नहुनु ? हुनैपर्छ । वास्तवमा भन्ने हो भने नेपालको वर्तमान हविगत हुनुमा राष्ट्रको पत्रकारिताको खोल ओढेका माफियाहरूको ठूलो ‘हात’ छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • harish

      गोरखाली जी
      यो मनुज नाम बात लेख्ने नेपाल को नामूद मंडले बीबीसी माँ कार्यरत रविन्द्र मिश्र हो. येसको बाऊ मनुज बाबु मिश्र चित्रकार को काम गर्ने नंबर १ मंडले हो. ४६ साल को परिबर्तन पछि बहुदल नगएसम्म घर बात बाहिर नानिस्काने कसम खाएको थियो. मंडले रविन्द्र मिश्र ले एक छोटी बाबुराम भट्टराई को छोरी लाइ लन्दन को बिश्व बिध्यालय माँ पनी भेटेको भनेर बाबुराम को बदनाम गर्ने प्रयाश गरेको थियो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker