मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सगरमाथाको देशदेखि अन्टार्टिकासम्म

    विश्व अधिकारी/अन्टार्टिका


    मानव जातिको प्रभावबाट तुलनात्मक रुपमा निकै कम प्रभाव परेको यस महादेश को ९८% भाग हिउँले ढाकेको छ। विज्ञानले गरेको अहिलेसम्मको खोजले त्यहाँ मानव बस्तीको कुनै प्रमाण त भेट्टाउन सकेको छैन तर त्यहाँ पाइने केही जीवहरु भने उक्त ठाउँमा हजारौं वर्षदेखि रहेको प्रमाणहरु छन्। यसरी भन्नुपर्दा उक्त ठाउमा मानव जाति भन्दा पनि सूक्ष्म जीवहरु नै पहिले पुगेका थिए र शायद उनीहरुमा रहेको अति विषम परिस्थिति सहन गर्न सक्ने शक्तिले होला, अहिलेसम्म पनि अन्टार्क्टिकाको जुनसुकै अवस्थामा पनि जीवित नै रहेका छन।

    सर्वप्रथम मेरो पहिलो ब्लग पढेर प्रश्न तथा प्रतिक्रिया दिनु हुने सम्पूर्ण पाठकवर्गमा आभार व्यक्त गर्न चाहन्छु। तिनै प्रश्न तथा प्रतिकृयाका उत्तरहरुलाई समेटेर दोश्रो ब्लग तयार परेको छु। हुनत तपाईँहरुका असीमित कौतुहल तथा अन्टार्टिकाको बारेको लेखलाई एउटा ब्लग म समेट्न खोज्नु भनेको समुद्रको पानी बाल्टिनमा राख्‍न खोज्नु सरह नै होला। तर पनि मैले देखेका, जानेका र सुनेका कुराहरुलाई समेट्दै तपाईँहरुका कौतुहललाई मेटाउने प्रयास गर्नेछु।


    कतिपय पाठकहरुले सोध्नुभएका प्रश्नहरुको ठोस उत्तर विज्ञानले आजसम्म पनि दिनसकेको छैन। र त्यस्ता विषयहरुलाई मैले तपाईंहरुलाई नै अध्ययन गरेर प्रष्ट हुनको लागि छाडिदिएको छु। यसका अलावा अन्टार्टिकाको बारेमा तथा मेरो अनुसन्धानको बारेमा अझ बढी जानकारीको लागि हाम्रो कार्यक्रमले सन्चालन गरेको ब्लग, अन्टार्टिकासम्बन्धी लेखहरु तथा प्रेस विज्ञप्‍तिहरु अध्ययन गर्नुहोला।


    रकेट ट्वाइलेट।

    प्रथमत: म अन्टार्टिका कसरी पुगेँ, किन पुगेँ र कोसँग पुगेँ भन्ने कुरा प्रष्ट पार्न चाहन्छु। म संयुक्त राज्य अमेरिकाको युटाहा राज्यको एउटा युनिभर्सिटीमा विद्यावारिधी गर्दैछु र मेरो अनुसन्धानको विषय हो Nematode हरु कसरी प्रतिकूल वातावरण सहन सक्छन् र उक्त अवस्थामा बाँच्नको लागि कुन Gene ले कसरी सहयोग गर्दछन्। त्यस्तै साधारण अवस्थामा भन्दा विषम अवस्थामा बाँच्दा ती जीवहरुमा कस्ता किसिमका परिवर्तनहरु आउँछन् र ती परिवर्तनहरुले कसरी बाँच्नको लागि सहयोग गर्छन् भन्ने अनुसन्धान म गर्दैछु।


    मेरो Advisor गत १९ वर्षदेखि अन्टार्टिकाको सुख्खा उपत्यकामा सन्चालित एक पर्यावरणीय चक्र सम्बन्धी अनुसन्धानमा संलग्न छन्। अन्टार्टिकाको हिउँले नढाकेको २% भाग मध्य पर्ने उक्त ठाउँमा सञ्चालित अनुसन्धानको मुख्य उद्देश्य त्यस भागमा कस्तो किसिमको जैविक विविधता पाइन्छ, त्यो विविधता कसरी फैलिएको छ र हाल पृथ्वीमा भइरहेको परिवर्तनले त्यहाँको पर्यावरणलाई कसरी असर पारेको छ भन्ने रहेको छ।

    यसबाहेक कार्यक्रमले अहिले भइरहेको परिवर्तनलाई आँकलन गर्दै यस्तै हुँदै गएमा भविष्यमा कस्तो परिवर्तन र कति मात्रामा परिवर्तन होला भन्ने विषयमा पनि अध्ययन गर्नेछ। यो कार्यक्रम संयुक्त राज्य अमेरिका को अन्टार्क्टिक कार्यक्रम (युसेप) को सहयोगमा अन्टार्टिकाको मेक्मुर्डो स्टेसनबाट सन्चालित छ। यसरी युसेप अन्तर्गत सन्चालित भएको हुनाले हाम्रो सम्पूर्ण खर्च (यात्रादेखि लिएर खाने, बस्ने र अनुसन्धान गर्नेसम्म) उक्त कार्यक्रमले व्यहोरिरहेको छ।


    केही साथीहरुले त्यहाँ यात्रा गर्दा कति खर्च लाग्छ भनेर सोध्नुभएको रहेछ। म अहिले त्यसको सही उत्तर दिनसक्ने अवस्थामा छैन। तर मैले अन्टार्टिकाको यात्रामा गएर फर्केकाहरुसँग गरेको कुरा अनुसार कम्तिमा ८ देखि १० हजार डलरसम्म लाग्ने रहेछ। प्रायजसो त्यसरी यात्रामा जानेहरु दक्षिण अमेरिका भएर समुद्री मार्गबाट जाँदा रहेछन्।

    आजभन्दा अगाडि कति जना नेपाली त्यहाँ पुगेका छन् भन्ने कुनै आधिकारिक तथ्याङ्क त छैन। तर हामीले सामान्य ज्ञानमा पढे अनुसार एक जना नेपाली धेरै पहिले नै अन्टार्टिका पुगिसकेका थिए। अरु एक जना पनि ब्रिटिश आर्मी अन्तर्गत रहेर कुनै काम विशेषले त्यहाँ पुगेको सुनिन्छ। यसरी हेर्दा जो जति नेपालीहरु त्यहाँ पुगेका छन्, सबै कुनै विदेशी समूह तथा संघ सस्थामा संलग्न भएर गएका छन्। आशा गरौ, हामी पनि कुनै दिन नेपालीका घरेलु समस्याबाट माथि उठेर संसारमा के कस्ता परिवर्तन भएका छन् र तिनीहरुले हाम्रो पर्यावरणलाई कस्तो असर पर्न सक्छ भन्ने अध्ययन गर्न आफ्नै टोलीमा संलग्न भएर अन्टार्टिका पुग्न सक्नेछौ। विशेषत: अन्टार्टिकामा भएका परिवर्तनहरुबाट पाठ सिक्दै हामी हाम्रा सुन्दर हिमाली पर्यावरणलाई जोगाउनतर्फ पाइला चाल्न सक्छौ।


    मानव जातिको प्रभावबाट तुलनात्मक रुपमा निकै कम प्रभाव परेको यस महादेश को ९८% भाग हिउँले ढाकेको छ। विज्ञानले गरेको अहिलेसम्मको खोजले त्यहाँ मानव बस्तीको कुनै प्रमाण त भेट्टाउन सकेको छैन तर त्यहाँ पाइने केही जीवहरु भने उक्त ठाउँमा हजारौं वर्षदेखि रहेको प्रमाणहरु छन्। यसरी भन्नुपर्दा उक्त ठाउमा मानव जाति भन्दा पनि सूक्ष्म जीवहरु नै पहिले पुगेका थिए र शायद उनीहरुमा रहेको अति विषम परिस्थिति सहन गर्न सक्ने शक्तिले होला, अहिलेसम्म पनि अन्टार्क्टिकाको जुनसुकै अवस्थामा पनि जीवित नै रहेका छन।


    अति नै प्रतिकूल वातावरण भएकोले त्यहाँ कुनै किसिमका विकसित वनस्पतिहरु भने पाइदैन र वनस्पतिको नाममा Algae, Moss, तथा केही प्रकारका Fern हरु पाइन्छन्। त्यस्तै जमीनमा पाइने जीवहरुमा ठूला जीव त केही पनि पाइँदैनन्। तर सूक्ष्म जीवहरुमा पनि Nematode, Rotifer, Tardigrade तथा Springtail नै प्रमुख हुन्। त्यहाँ पाइने ठूला जीवजन्तुहरु भनेका समुद्री चरा Penguin र Seal तथा विभिन्न किसिमका माछाहरु नै हुन्। यसका अलावा केही प्रकारका चराहरु जस्तो स्कुवा, केही परेवा वर्गका चराहरु पनि पाइँदा रहेछन्। जहाँकहीँ पनि अन्टार्टिकाको कुरा गर्दा Penguin को नै चित्र अगाडि आउँछ। अन्टार्टिका को मुख्य आकर्षण को रुपमा रहेका यी चराहरु ठूलाठूला बथानमा बस्दा रहेछन् (लाखौं सम्मको) र जीवनको धेरैजस्तो भाग पानीमा र प्रजननको लागि जमिनमा जाँदा रहेछन्। यिनीहरुको संख्या कति छ भन्ने त यकिन गर्न गाह्रो छ (किनकी अन्टार्टिकाको धेरै भागमा अझै पनि के के छ र के भइरहेको छ भन्ने थाहा छैन) तर पनि वर्षौँदेखि यी चराहरुको अध्ययनमा संलग्न वैज्ञानिकहरुका अनुसार तिनीरुको संख्या भने बढ्दै गइरहेको छ। ती चराहरुको मुख्य शत्रु को रुपमा रहेको बलीन व्हेलको संख्यामा आएको कमिलाई यसको कारण मानिएको छ।


    अन्टार्टिकाको केही भाग चिसिने क्रम जारी छ भने कुनै भाग तातिँदै गएकोले Iceberg हरु पग्लिदै जाने समस्या देखिसकेको छ। सबैभन्दा कहालिलाग्दो त अन्टार्टिका माथि रहेको ओजोन तह मा भएको प्वाल अन्टार्टिका महदेश भन्दा ठूलो भएको पाइन्छ। हुनतः अनुसन्धानले देखाए अनुसार उक्त प्वाल पुरिने क्रम जारी छ। तर पूर्ण रुपमा पूर्वावस्थामा आउनको लागि भने वर्षौँ लाग्ने भने पक्का छ। यसरी यस्ता शीताधिक क्षेत्रहरुमा आएका परिवर्तनहरुले निश्चय पनि राम्रो कुराको संकेत गरिरहेको छैन। यी परिवर्तनहरुलाई हेर्दा के हामीले पनि अब हाम्रा हिमाली क्षेत्र, त्यहाँको पर्यावरण तथा त्यहाँ भएका सूक्ष्म परिवर्तनहरुलाई नियाल्ने बेला आएन र ?

    अन्टार्टिका जस्तो मानिसको निकै कम प्रभाव परेको ठाउँमा त त्यति धेरै असर परेको छ भने हाम्रा हिमाली भागमा के कस्तो असर परिसकेको होला ? त्यसैले अब त्यसतर्फ सतर्क हुनु पर्ने बेला आइसकेको छ।

    यसै प्रसंगमा मलाई मेक्मर्डो स्टेसनमा रहेको फोहोर व्यवस्थापन सम्बन्धी कार्यक्रमको बारेमा केही लेख्न मन लाग्यो, जसको सम्बन्ध, मलाई लाग्छ, हाम्रो हिमाली क्षेत्रहरुसँग केही न केही रुपमा छ। अन्टार्टिकाको सन्धि अनुसार त्यहाँ कुनै पनि चिज गाड्न तथा विसर्जन गर्न पाइँदैन। त्यसैले त्यहाँ निस्कने सबै फोहोर लाई कि त Recycle गरेर अरु कुनै रुपमा प्रयोग गर्नु पर्दछ या त महादेशबाहिर पठाउनु पर्दछ। त्यसैले फोहोर व्यवस्थापनको लागि त्यहाँ स्टेसनदेखि लिएर फिल्डका स्टेसनसम्म सबै ठाउँमा विभिन्न किसिमका फोहोर फाल्ने कन्टेनर तथा कसरी फोहोर छुट्याउने भन्ने जानकारी दिइएका हुन्छन्। त्यहाँ निस्कने सम्पूर्ण फोहोर मध्ये केहीलाई पुन: प्रयोग गर्ने तथा केही लाई ठूल्ठूला कन्टेनरहरुमा राखेर महादेश बाहिर पठाइँदो रहेछ, जुन पछि Recycle गरिन्छ। सबैभन्दा महत्वपूर्ण कुरा त फोहोर व्यवस्थापनको लागि बनाइएको पूर्वाधार, कार्यान्वयन पक्षको कडाइ र फोहोर फाल्नेहरुमा रहेको चेतना तथा इमान्दारिता नै रहेछ। साँच्चै भन्ने हो भने हामीले त्यहाँको त्यहाँको व्यवस्थापनबाट हाम्रो शहरी क्षेत्र तथा मानवसिर्जित फोहोर थुप्रिदै गइरहेको हिमाली भेगमा गर्न सकिने फोहोर विसर्जनबारे धेरै सिक्न सक्ने देखिन्छ। तर त्यसका लागि आवश्यक पूर्वधार तयार गरेर जनमानसमा सचेतना ल्याउने काम नगरी यो सफल हुनेछैन।

    यससम्बन्धी मबाट अझ बढी जानकारी पाउने इच्छ भएमा मलाई सम्पर्क गर्न सक्नु हुन्छ। adhikaribn@gmail.com

    No related posts.

    No comments yet to सगरमाथाको देशदेखि अन्टार्टिकासम्म

    • Baburam Neupane

      Thanks dada,

      It is really intestring.That research is very useful for nepal but…….This is great opportunity to recognize you throug out the world.I wish every success in future also.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • potaraj

      dharai khusi lagyo tapaiko anusndhannatmak lekh padher keep it up

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SK USA

      अन्टारटीका को जानकारी को लगी मुरी मुरी धन्यवाद !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Siru

      good job.. keep it up…
      I feel very happy to know about Antarctica..
      good luck for further works n investigation…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Asha Sharma

      hello bishwa…
      Its our pleasure to see one nepalese in Antarctica.. Really, my heart bounds up with happiness.. Thanks alot… for being cause of our happiness. Our wishes are always with you.. Wishing you get success in each and every steps of your life and may we nepalese feel proud ever and ever.
      Best of luck for your hard work and dazzling future..
      Best regards..
      Asha sharma
      Surkhet, Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dear Bishwa,

      I have seen just today morning your article and details in this blog. I have shared with my relatives and friends becuse we found that you are proud of us.I have shared your pictures with my colleague which were very happy to about the pictures.

      It is great pleasuer to all of us to got an opportunity to be there. Your hard workd and dedication has paid up. It is great job which you have done while you are student. We are expecting that you will stay on top.

      Wish you all the best in the days to come.
      Keep up the great work.

      Thansk
      Yamanand Tiwari

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • “Bisho will be a great scientist, one day”

      The blog appreciates him many of the time. Outstanding Job!

      Keep it up!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • om

      sari ramro kura dinu bhaya ko ma dhanabat

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Kulung, USA

      बिस्व जी, तपाईको लेख पढेर अन्टार्टिकाको बारेमा धेरै जान्ने मौका पाए / त्यसको लागि धन्यबाद / अनी तपाईको बिचार जुन हाम्रो हिमाली क्षेत्रमा हुने वातावरणीय संरक्षणको लागि हामी सचेत हुनुपर्ने कुरा पनि एकदम वास्तविक कुरा हो / तारा तपाईको पढाई सकेपछि त आफ्नो देश फर्केर यस्बारेमा तदारुक्ताकासाथ काम गर्नुहन्छ भन्ने कुराम बिस्वस्त छु / हाम्रो देशलाई यस्ता दक्ष जन्शाक्तिको खाचो छ, धेरै खांचो छ / धन्यबाद /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shankar

      nepal ma ta dherai le padhna paudainan coz there in no electricity

      but

      it’s such a nice topice yaar.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • i like it

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shankar

      It is such a intersting topic man. keep it up hai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dear Bishwo ji,

      Thank you very much again for the kind information regarding the far continent which is only the dream for us (specially those Nepali people who are just fighting for the day to day food) though I haven’t seen Antarctica even in my dream yet. Lolz! Nothing for any research for myself, but just being keen interested to know something about Antarctica (really not about your research because your research topic is kind of beyond of my knowledge – but I appreciate your topic and hard work and I hope this will help to explore something). I had gone through the web pages that you have mentioned above in the article from where I came to understand a lot. But still I want to know something more about Antarctica.

      I read in some articles in the websites that ‘seven countries have made territorial claims in Antarctica’. What does exactly this mean? Are they claiming some regions/areas of Antarctica to be their land? Isn’t the Antarctica itself an independent continent in the world? What does The Antarctic Treaty say about this? How can a country make territorial claims in a continent. Is that only because of they have discovered the continent? If some countries have claimed then in which country’s area you are in now?

      Though there are so many questions which cannot be found only by typing some keywords in the google search, this much for now. I am really sorry if I have asked too much and out of your scope. You can just post or send links where I can find the answers.

      Thank you very much in advance.

      Raju Gautam
      Kathmandu, Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hi dai congratulation yr visit ani ma bhanda pani hami chahanchau ki yastai anusandan gari pragatiko lamkai tira chairakhos hamro subha kmana take care lawyas thankssssssssssssss

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ukita

      Brother Biswo,
      really we proud that one of the IAAS, Rampur student on a successful academic career. Brilliant! keep it up.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Saroj Chapagain

      Biswo Dai
      Thank you very much for sharing the information among all of us. It is really interesting and informative. Wish you all the best for your ongoing research and hope to read much more in future.

      Regards

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahendra

      You have done something special, great job!!! For your information,as far as I remember the article I read probably a decade ago, a gentleman of Nepal working in Indian army had been to the Antarctica for some research expedition.Please keep on posting more pictures with more information. Thanks.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bishnu

      Thanx brother keep it up

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sankalpa

      Thanx for providing such a pleasant oppurtunity to know Antarctica from near.
      I wonder about a guy in the last pic stands in a halves in such a cold temperature what happen to him and it looks the cold didnt affect him at all amazing person!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manjil Gaunle

      Very interesting article broda. Keep it up. God bless u.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सूर्जे

      Congratulation ! we are proud of you. Best of luck for your Research

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Congratulation Bishwo Sir
      what a great job you are doing! Keep it up.
      God bless you.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cesar

      Interesting & adventuresome…Thanks a lot in deed.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • krishna Rijal

      thank you soooo much dai …. kamtima tpaijasto 10 jana matra yasto nepali bhayako bhaya aaja hamro desh kaha or kasto hunthiyo hola ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna Rijal

      thank you soooo much dai …. kamtima tpaijasto 10 jana matra yasto nepali bhayako bhaya aaja hamro desh kaha or kasto hunthiyo hola

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sunil, amsterdam

      very good news, i m really happy,,,

      i will also join you soon….see you in antartica

      bye

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jillabashi Baburam

      Congratulations Bishwaji for getting such a golden opportunity to be a candidate for PhD.

      Good luck ahead!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aakash

      Bishw ji, it is really nice to get oppertunity to read your nice article.You are doing great job and we hope,your knowledge, research work will helps our environments clean in the future.Best of luck.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gajendra Khanal

      well
      you r really hero of our nation. Yea this is true that at least one nepali have reached Antartica before through indian army. his name is Bhuwan Sing Biswokarma and he is resident of butwal now. Fortunately i have been to his house once before. and i have seen his foto with Late King Birendra awarding him with medal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dilip Magar

      तपै को लेख् पदन पौद धेरै खुसि लग्यो, तेस्को लगि धेरै धेरै धन्यबद्, मलायि एउता कुर सुध्न मन् लगेको थियो अन्टार्टिका को ओजोन तह मा प्वाल हुनुमा करक तत्तव के होलन किनकी त्यहाँ न कुनै मनिष को बास् छ न कुनै फोहर्, प्रदुसन नै छ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pukar

      At last after a long time, I am again reading the article from Mysansar. Thanks adhikari jee for your useful information. I really like it. Mysansar did a great job by posting such article. A drastic change in its blog posting. Otherwise only article of dirty politics of Nepal. Its my suggestion to mysansar team that if u want to promote your blog, then do post similar type of posting again. It was heart touching. Keep it up.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sila

      excellent job, mindblowing effort, proud to a nepali student reseraching in such difficult zone, himalayas are expecting you, congratulation…………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suren

      Tapai lai dherai dherai dhanyabaad ramro kura ko jankari diyeko ma.
      tara tapai haru jasta honhar manche haru bidesh bata farkine soch nai banaunu hunna tapai haru farkera auna samma hamro desh rahane ho ki haina sanka nai lagcha.

      Desh ko bare ma pani ali chinta linu paryo tapai bidhesh ma basne haru le $ ko pachadi kahele samma bhangne ho tapai haru desh nai sakina bela vai sakyo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ak Narayan Poudel

      Bishow Dai,
      Namaskar!

      Thank you very much for your kind information. We are very proud of you. All reader of Mysanser really proud of you. We hope you will do something special for our country-Nepal. Best of luck for your future. Thank you.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nishchit

      Great to know….Good job!!!!1

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नोगेन हांग

      फोटोहरु हेर्दै मन प्रफुल्ल भएर आउछ, कस्तो रमाईलो होला हगी बिश्व जी, specially म जस्तो बैरागीका लागी……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      धेरै धन्यवाद बिश्ब जि हामीलाई आफू सँगइ अन्ट्राटिकमा पुर्‍याउनु भएकोमा ।
      ( सबै फोटोहरु हेर्दा र सक्दो जानकारी पाउदा त्यही पुगे जस्ताइ लाग्यो ! )
      ” अन्ट्राटिका जस्तो मान्छेको निकै क म् प्रभाब परेको ठाउँ मा त त्यती धेरै अ सर परेको छ भने हाम्रा हिमालि भेगमा के कस्तो अ सर प रिसकेको होला ? ! त्यसैले अब त्यस तर्फ सतर्क हुनु पर्ने बेला आ ईसकेको छ —-”
      कत्ती चिन्ता प्रकट छन यि सोचाइ मा यि बैज्ञानिक युबक को ! एकदम नै आश लागेको छ तपाईं हरु जस्तो चिन्तन्शिल बिद्यार्थी हरुले पक्कै पनि भोली ( यो भोली छिट्टै नै होस् ! कामना गर्छु ! ) हाम्रो मुलुकको बातावरण को निम्ती ठुलो कसरत गर्नु हुने छ ।
      बिश्ब जि ! हाम्रो मुलुकलाई तपाईं हरु जस्तो बातावरण प्रती चिन्तित कर्णधार हरु को नितान्त खाचो छ ।
      आफ्नो उदेश्य ( पढाई – लछ्य ) पूरा भए पछी नेपाल फर्किनुस् है ! ( यसरी किन अनुरोध गरेकी भने नि , धेरै नेपाली बिद्दान – बैज्ञानीक -डाक्टर आदी आदी सानो छ दा नेपाल मै पढेर पछी चाँही बिदेश पढ्न जानु भए पछी उतै हराउनु भएको छ । तपाईं पनि त्यसरी नहराउनुस् है !
      उसो त उतै बसेर यता (नेपाल ) को लागि ठोस् योगदान हुन सक्छ भने त्यो पनि राम्रै हो ।
      अन्त मा , तपाईं बाट नेपाल आमाले धेरै आश गरेकी छि न् बिश्ब जि ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      तपाई ले नेपाली को नाम बिस्व माँ राख्ने हुनु भो|बधाई छ |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • मुरारी

      विश्व सर,
      फोहोरी राजनितिका लेखहरु पढेर दिक्क भैरहेको बेलामा, सबै नेपालीले गर्व गर्ने र अत्यन्तै इन्फर्मेटिभ कुरा पढ्न पाईयो। एकदम खुशिलागेको छ!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prashant Roshayra

      it’s really fascinating to read….thanks for ur kind information…….. keep it up……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • uttam, isreal

      really nice THANK YOU VERY MUCH.i hope i will get more information about your reserch.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Congratultions Bishwa ji and I wish you all the best. Keep up with good work and keep Nepali name shining.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • One of the Nepali I know who went to Antartic is Pramod Aryal and he lives in Adelaide, Australia. He works for some satelite/communication related organization.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dherai nai khusi lagyo yesto janakari mulak samachar padhna payekoma. Aasha chha agadi pani yestai janakari mulak lekha haru padhna paine chha. Biswo ji lai dherai dherai dhanyabad ko sathai yesai comment marfat tapailai HAPPY NEW YEAR 2066 vanna chahanchhu.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • annt

      I felt rally good when I saw what you and your team were doing in that blog (http://nemablog.wordpress.com/). Especially your way of celebrating spare time was iteresting. Anyway you are doing really a great job over there.

      I also agree with the view of your team members that you are going to be a great scientist.

      Someon’s quotation in the blog goes like this “Bishwo is an outstanding young scientist who we think will someday be a famous researcher. He is also a really funny guy, and he let us put colored tape all over him, and give him a bag for a hat, and then take his picture”

      Keep it up man and happy new year 2066.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sapana

      dheri ramro lakh lakhnu bhayako rahacha.tapai lae lakhako yo lakh phadda dherai khushi lago yo janara ki nepali ko mancha pani tasto thau ma pugara infofmation collect garara hami lai tyo bara ma knnowledge dinu bhayako ma thanks alot. n keep it up

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • D.P.Mainali

      Dear Adhikari Jee,

      Namaskar.It is very nice to hear that your doing research in antretica.Great.I am proud of you.But i am surprised to read that some piegen are found there? How is that possible? what is tha temperature of theat continent? Also I like to know more about possibilities of other life there? This is one topics for me to look.

      D.P.Mainali
      Nederland

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bmaya

      एउटा नेपालीको छोरा अन्टार्कटिका पुगेर हामीलाई एस्ता जानकारी पठाएको साच्चैं नै गौरबको कुरो हो. कहीं पढेको थिएं, हामी नेपालीहरु ब्यक्तिगत रुपमा संसारका सबै जाती, प्रजाति हरु भन्दा कहीं कम छैनौ, प्रतिभामा, कार्य दक्ष्यतामा रा प्रत्युत्पन्नमति मा. तर सामुहिक रुपमा चाहि अति नै घटिया छौं. हामी मिलेर हिडन सक्दैनौ. आफु नै अगाडी हुने कोशिसमा हुन्छौ. जे भये पनि बिश्वो जी को यो लेख ज्ञानाबर्धक छ, घरमै बसेर अन्टार्कटिका को भ्रमण गर्न सम्भब भयो , धन्यबाद …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Priyanka Gurung

      Good. I feel totally JOY. keep it up.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अलर्क शिरोमणि

      David Attenborough को Life in the freezer भन्ने ६ भागको डकुमेन्टरी (१९९३), केही पुरानो भए पनि, अन्टार्कटिकाको बारेको पपुलर डकुमेन्टरी छ। इन्टरनेटमा यताउता फ्रि पनि पाइन्छ सर्च गरेमा!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yadap

      Adhikari ji ,

      Bichko Photo Dherai ramro chha . Kanhako ho ????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • biswa ji tapai le hamile sochna nasakne thauma pugera tyasko barea jan kari dinu vayako ma tapai lai thanx somuch vanna bahek hami kehi garna sakdauna antama tapai lai HAPPY NEW YEAR 2066 |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajan rayamaghi

      finally something different keep it up
      great thanks for the information

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishol

      आफ्नो अनुभव सेयर गर्नु भएको मा मुरी मुरी धन्यबाद। भबिश्यमा पनि आफ्नो अनुभग सेयर गर्दै गर्नु होला।

      Guys, Dont miss this http://nemablog.wordpress.com , it’s really interesting to go thru… We can easily imagine, what he is doing there and you’ll fine most of your queries answer.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Netra

      wow wonderful, it is great to see your journey of Antertica and thabks for giving some knowledges about Antertica. keep it up.

      gurung budho
      maryland

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • विश्व अधिकारी जि !
      बिचको फोटो छ त्यो पनि अन्टार्टिकाको हो कि कही अरु ठाउको ?????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bibek Thapa

      It’s so nice to know abt Antarctica.. I am very interested in geology and astronomy… I went through your programs blog and found it quite informative.. Though, from any means or for any mission you are there.. But I salute you frm my heart to give such information about dead world (Antarctica)for us who can’t go personally there…

      Thnx bishow dai..

      Bibek

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yadav

      Interesting topic …. it was nice to read it.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sajan,Sydney

      Thanks 4 ur Useful information and adventurous Journey.
      Keep going to post like this types of Blogs.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Really wounderful news. Made me happy.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suryabansi,tokyo

      interesting chha la…keep it up…….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Evan, Australia

      Hami lai euta chhutai mahades sanga yesari parichaya garai dinu bhayeko ma dhanyabhad.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • subash

      good work bro keep it up

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhakta Gurung Boston US

      very good article,My sansar,should encourage such kind of articles.this really gives us knowledge and information us. You need to give some incentives or reinforcement.Or you need to manage to give some rewards such exploratory and discovery articles. I’d like to thanks and really appreciate of his hard work and dedication, also happy newyear to all, this happy newyear brings nepal in the process of complete peace,prosperity and happiness.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Samrat~

      !!!!!!!!!

      राम्रो काम ! राख्नु होला नेपाल को नाम ! एउटा नेपाल को झंडा लगनु भएको छ भने फर्फरायेरा आउनु सक्नु हुन्छ की ? sabai nepali lai garva hune thiyo ! Thanks.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • luna ji mali hajurko comment le garda aashu aayeo sachhi nai hajaur ko comment bhanu desh ko laghi kunai ramro sandesh nai kina nabhaneu hajurko lekhai ani desh partiko chaso ani aaphno kartbya lai sametera lekhnu vako ra bishwa ji lai dinu vako sujhawb atti nai ramrmro chha yadi negative ra kunai sanksoch mannu hunna bhne hajurko email add dinu la mero mail add ho khanal_tejraj@yahoo.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • samip

      I agree with luna ji but yo padai saga meil khane kam nepal ma hoa ta??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hello luna ji
      I found myself with full of tears after reading your comment even if i gave a fast look to your commet among a huge pile of comments. i think you did your commets in an appropriate time, place with good writing.

      i was flying with biswa along with reading his blog. others comments made by readers helped me to fly high, and in this situation, you stopped me using your brake (comments). then, i remained in the sky for a momment with full of tears. oh! it is a wonderful situation.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • माधव जी यहाँ राखिएका सबै तस्विर हरु अन्टार्क्टिका का नै हुन। बिचको भनेर कुन भन्न खोज्नु भाको हो प्रस्त पर्नु भये म केही बढी जानकारी दिने थिए।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna

      Antarctica nai ho… sathi

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak Ji,
      Do you have his email address. Could you pls forward that to me.

      Thanks,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dilip Ji,
      I got this from Wikipedia. Hope this will help you to understand why there is ozone hole in Antarctica.

      The Antarctic ozone hole is an area of the Antarctic stratosphere in which the recent ozone levels have dropped to as low as 33% of their pre-1975 values. The ozone hole occurs during the Antarctic spring, from September to early December, as strong westerly winds start to circulate around the continent and create an atmospheric container. Within this polar vortex, over 50% of the lower stratospheric ozone is destroyed during the Antarctic spring.[15]

      As explained above, the overall cause of ozone depletion is the presence of chlorine-containing source gases (primarily CFCs and related halocarbons). In the presence of UV light, these gases dissociate, releasing chlorine atoms, which then go on to catalyze ozone destruction. The Cl-catalyzed ozone depletion can take place in the gas phase, but it is dramatically enhanced in the presence of polar stratospheric clouds (PSCs).[16]

      These polar stratospheric clouds form during winter, in the extreme cold. Polar winters are dark, consisting of 3 months without solar radiation (sunlight). Not only lack of sunlight contributes to a decrease in temperature but also the polar vortex traps and chills air. Temperatures hover around or below -80 °C. These low temperatures form cloud particles and are composed of either nitric acid (Type I PSC) or ice (Type II PSC). Both types provide surfaces for chemical reactions that lead to ozone destruction.[citation needed]

      The photochemical processes involved are complex but well understood. The key observation is that, ordinarily, most of the chlorine in the stratosphere resides in stable “reservoir” compounds, primarily hydrochloric acid (HCl) and chlorine nitrate (ClONO2). During the Antarctic winter and spring, however, reactions on the surface of the polar stratospheric cloud particles convert these “reservoir” compounds into reactive free radicals (Cl and ClO). The clouds can also remove NO2 from the atmosphere by converting it to nitric acid, which prevents the newly formed ClO from being converted back into ClONO2.

      The role of sunlight in ozone depletion is the reason why the Antarctic ozone depletion is greatest during spring. During winter, even though PSCs are at their most abundant, there is no light over the pole to drive the chemical reactions. During the spring, however, the sun comes out, providing energy to drive photochemical reactions, and melt the polar stratospheric clouds, releasing the trapped compounds.[citation needed]

      Most of the ozone that is destroyed is in the lower stratosphere, in contrast to the much smaller ozone depletion through homogeneous gas phase reactions, which occurs primarily in the upper stratosphere.[citation needed]

      Warming temperatures near the end of spring break up the vortex around mid-December. As warm, ozone-rich air flows in from lower latitudes, the PSCs are destroyed, the ozone depletion process shuts down, and the ozone hole closes.

      (Source: http://en.wikipedia.org/wiki/Ozone_depletion)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      तेजराज जि !
      बिश्ब जि को लेख पढ्दा निचो ड मा बहाको हिर्दय -मन बिश्ब बातावरण प्रती चिन्तित हुँदै हाम्रो नेपाल को हिमाल भेग को लागि पनि चिन्तित हुनु भएको पाए ।
      बहा हरु जस्तो बिद्यार्थी हरु बाट साच्चै नै हाम्रो नेपाल ले धेरै नै आश गरेको छ । जती पनि मुलुकका सछ्यम योग्यता भएका हरु को योग्यता बिदेशी भूमिमा नै खर्चिएको पाएका छौ हामीले । ( धेरै नै अर्थात मुलुकको आवश्यकता को पूर्ती कहिल्यै हुन पाएन । हेर्नुस् न ! महाबिर पुन जि हरु कत्ती थोरै हुनुहुन्छ नेपाल मा । जब कि सुन्न मा आए अनुसार एक से एक नेपाली प्रतिभा बान हरु छन बिदेश मा । पैसाको कारण ले बिदेशिले बहाहरुको राम्रो सदुपयोग गरेको छसाथइ प्राबिधिक सामाग्री को कारण पनि होला , तर पनि गज्जब को उदा हरण त महाबिर पुन जि नै हुनुहुन्छ नि । मुलुक प्रती अत्यन्तै जिम्मेबार हुने हरु महाबिर पुन हुन सक्ने रहेछन त ! )
      यही पिर ले मैले पहिल्यै हाम्रो देश को गौरब यि बैज्ञानिक बिद्यार्थी बिश्ब जि लाई ‘ तपाईंको पढाई – उद्देश्य पूरा भए पछी नेपाल फर्किनुस् है ! ‘ भनेर अनुरोध गरेर लेखेकी ।
      यस्ता बैज्ञानीक बिद्दान हरु बाट बिकास को आश नेपाल आमाले गरेकी छि न् । हरेक प्रतिभा बान को आ- आफ्नो महत्ब्पूर्ण भूमिका हुन्छ मुलुक को हित को निम्ती । यि यस्ता बैज्ञानिक को पनि बातावरण को हित को लागि अत्यन्तै महत्बोपूर्ण भूमिका हुने छ हाम्रो नेपाल को लागि । ( बातावरण को कुरा त बिश्ब्-सन्सार कै लागि महत्बपूर्ण हुन्छ नै तथापी नेपाल को लागि नेपाली बातावरण बिद – बैज्ञानिक हरु को त्यही हिसाब ले महत्ब हुन्छ । )
      प्रतिभा बान ब्यक्तिहरुको अभाब मा मुलुक सधैं प छौ टे नै भ ई रहेको हुन्छ ।
      भारत – चाइ ना अगाडि बढेको प्रतिभा बान ब्यक्तिहरु ले गर्दा नै हो ।
      हाम्रो देश को प्रतिभा बान हरुले महाबिर पुन – कर्ण शाक्य हरु ले झै मुलुक लाई माया गरे मुलुक उभो लाग्न कती बेर लाग्छ र !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      Tej ji !
      here is my add -
      nepaliluna@gmail.com
      thank you .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      तेज जि !
      मैले मेरो ईमेल ठेगाना लेखेकी थिए यहाँ , तर अहिले देखिन !
      भोली आउछ कि !
      ( अग्रेजी मा लेखेकी थिए त्यो ठेगा ना , अब नेपाली मा लेख्छु है -
      नेपालीलुना आर्बास ( ए को पुछर घुम्छ नि माथि , त्यसलाई आर्बास भनेकी मैले ) जिमेल डट क म् )

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विश्वा जि जो माथि बाट दोस्रो अर्थात उपल्लो बाट तल्लो जसमा घरहरु कोन्टेनर हरु देखिएका छन यस बारेमा प्रस्ट पारीदिनु हुन्छ कि ??????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gajendra Khanal

      is that u Siru my bhatiji…means srirjana..???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker