मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    नयाँ वर्ष- जून ओर्लिएको रात

    -लारा राई-

    रिपल्स वे, साउथ चाईना समुद्रको किनारमा भखर्र जूनको छाँया ओर्लिएको छ। नरिवलका पातजस्तै भएका वृक्षहरु अर्ध ढल्किएका छन् यो समुद्री किनारै, किनार। ती वृक्षहरुका लामा, लामा पातहरुसँग लुकामारी खेल्दै जूनको त्यो छाँया मेरो काखसम्म फैलिन आइपुग्यो। म औधी प्रेम गरिरहेकी छु यो छाँयालाई।

    दिनभरको व्यस्ततापश्चात् समद्रको यो किनारमा साँझपख, क्षितिजमा डुब्दै गरेको घामको लालिमा हेर्दै रमाउनुको आनन्द नै बेग्लै हुन्छ। अहिलेभने, रात्री-बीबीक्यु भोजमा छौं हामी। समुद्री किनार नजिकैरहेको ब्यस्त विविक्यु स्पटमा। नयाँ वर्षको आगमनलाई स्वागत गर्दै। सँगै छन् साथीहरु। सँगै छ मन। हावा चलिरहेको छ। समुद्री हावा। हावासँगै बीबीक्युको गन्ध। बीबीक्युको गन्धसँगै छुट्दै गइरहेका छन् समय, साथ र उमेरहरु। नयाँ वर्षको आगमनसँगै वास्तवमा हामी आफैंले, आफ्नो मृत्युका दिनहरु कुरिरहेका हुन्छौं। हेक्का राख्दैनौं यद्यपि सामान्यतया अनदेखा यथार्थहरु। जे होस्-

    सबै बिर्सिए पनि अरु दिन विशेषतः चाडपर्व/नयाँ वर्षहरुमा आफन्त र साथीहरुलाई शुभकामना सम्झेसम्म पठाउने गर्थें। केही वर्ष यतादेखि भने, निक्कै निष्कृय बन्दै गइरहेकी छु। उमेरसँगै सायद जाँगरहरु पनि सेलाउँछन् सम्पर्कमा रहिरहन। यद्यपि, सञ्जालले हिजोआज सहज बनाउँदै लगेका छन् मान्छेका दिनचर्याहरुलाई। भ्याउने कतिबेला। जिम्मेवारी, व्यस्तता पनि संभवतः थप पक्षहरु हुन्। साथीहरु धेरै छन् मेरा। तीमध्ये स्कूले जीवनदेखि नै हांगफरी लिम्बू, -हिउँकी रानी अरे नामको अर्थ लिम्बूभाषामा) यस्तै केही भनेकी थिई। असाध्यै गोरी छे हरि। बज्यैले त्यसैले हिउँजस्ती सेती भनेर राख्नुभएको रे त्यो नाम। हाम्रो मित्रता आजपर्यंत आत्मीय र न्यानो रहँदै आएको छ। हांगफरी तर, साथी संगाती र सबैले माया गरेर “हरि” भनेर बोलाउँछौं उसलाई। उनीसँग पनि सम्पर्क टुटेको निक्कै भएछ। करिब तीन वर्षपश्चात्, कुन झोंकमा हो अस्ति नयाँ वर्षको शुभकामना पठाएँ।

    साथी,
    धेरै मित्रहरुका हुलमा ल है मिसिन आइपुगें लामो अन्तरालपश्चात् म पनि, भन्नलाई-”नयाँ वर्ष २०६६ सालको हार्दिक शुभकामना। ”

    मलाई रुचाउनेहरुको हुलमा मिसिन आएछौ, स्वागत छ साथी। थप लेना, देना त्यस्तै हो तर यतिका समयसम्म “गुमनामी” का कारणहरु धरानमा छु यतिबेला। तिम्रो मेलको कुरा गरेकी थिएँ चिनारुहरुसँग। सबैले सोध्या छन् तिमीलाई। भेडेटार क्याम्पिङ जाँदैछौं हामी नयाँ वर्षको पिकनिकको अवसरमा। बहानामात्रै हो नयाँ वर्ष पनि। भेडेटारको पिकनिक। उमेर पनि ढल्कँदै गएन र यार -धरानमा प्रायः निकट साथीहरुसँग यार भनेर बोलिने चलन छ) तिम्रो के छ नि हङकङमा नेपाली नयाँ वर्षको तयारी ?

    तिम्रो लंगौटी मित्र।

    मेल लामै लेखेकी रहिछे-

    भेडेंटारको पिकनिकको प्रसंगसँगै किशोरावस्थाका स्मृतिका पानाहरु फर्ररर एकपटक पल्टाएकी रहिछे। हरिलाई राम्ररी थाहा छ, फागुनी मौसम र आरुका फूलहरुप्रतिको मेरो मोह। नोष्टाल्जिक अनुभूतिहरु पनि अनौठो हुँदो रहेछ बल्झिरहने। हरिसँग गाँसिएका सम्झनाहरु बल्झिए…………खुशी एवं दुखी दुवै हुँदाका क्षणहरु। नेपाल छोडेयता भुसुक्कै बिर्सिएकी थिएँ। उपलब्धि बिनाको ब्यस्तता आफ्नै पनि पत्याई नसक्नु छ। केही वर्षयता ठ्याम्मै सम्पर्कविहीन हरिलाई अस्ति खै कुन्नि Û कुन झोंकमा मेल गरें।

    विदेश बसेर स्वदेशका साथीहरुलाई माया मारेको भन्ने आरोप लगाएकी रहिछे।

    सकरात्मक सोचसँगै जुझारु एवं स्वावलम्बी ब्यक्तित्वकी हरिको मित्रतालाई मैले सधैं गर्व गरेकी छु। मुलुकमा विद्यमान तमाम समस्याका वावजूद पनि नेपालमा केही गर्न सकिन्छ भन्ने उसको प्रवल धारणाप्रति मेरो सदैव समर्थन रहँदै आएको छ। नेपालको भविष्य सम्झेर त्यति हतोत्साही नबनेकी तर दक्षशिल्पीहरु मुलुकदेखि पलायन हुँदै गएको अवस्थाप्रति चिन्ता ब्यक्त गर्छे। उसको चिन्तालाई म के भनेर सम्झाउन सक्छु र ! म आफैं विदेशमा बस्छु। मुलुकमा बसेर भोग्नेहरुलाई नै थाहा हुन्छ यथार्थका आँकडाहरु।
    हरि, म समिक्षक होइन। न त राजनैतिक बहस मेरा बशका विषयहरु हुन्। कयौं प्रतिभा र शैक्षिक ब्यक्तित्वहरु नेपालमा बस्न र केही गर्न चाँहदाचाँहदै पनि प्रवास पलायन भएका छन्। बस् राजनैतिक धारणा एवं वर्तमान अवस्था जस्तै रहेको होस् समग्रमा, जात, धर्म एवं इलाकाको आधारमा मुलुक विभाजित हुनुहुँदैन। सुन्या छु, धरान लिम्बूवान प्रदेश भा छ रे आफ्नै झण्डा पनि देखेकी थिएँ एउटा वेबन्यूजमा। हार्दिक श्रद्धा छ मेरो भिन्दाभिन्दै हरेक जनजातिहरुका आ-आफ्नै कला, धर्म-संस्कृति, धारणा इत्यादीप्रति। धरानको त्यो आँगन, जहाँ छमछम नाचेर म ठूली भएँ कथंकदाचित् साथी Û तिमीलाई भेट्न धरान (लिम्बुवान) आउँदा “भिसा” लिनुपर्ने नियति मैले भोग्नु पर्‍यो भने ? पाइलाहरुसँगै मेरो मुटु कति बोझिलो हुन्छ होला हगि ! यस्ता धेरै अप्ठेरा तथ्यहरु जेलिन सक्छन् हाम्रा अघिल्तिर जातीय पहिचान, धर्म-संस्कृति आदि/आदि। तर्क र अड्कलबारे यो भन्दा बढी बोल्न चाहान्न म।

    टुप्लुक्क कहाँबाट आइपुग्यो फैलिएर जूनको यो छाँया मेरो काखसम्म ? हरिपनि आई सँगै अदृश्य। भौगोलिक भिन्नता न हो जूनको उपस्थिति। भेडेंटारको त्यो पठार जमिनमा पनि ओर्लिएको हुनुपर्छ यतिबेला जूनको यो छाँया। हरिले तर मलाई सम्झेकी छ कि, छैन होला कुन्नि ! म भने सबै, सबै सम्झन्दैछु-

    किशोरावस्था हुँदै वितेका हाम्रा यौवना क्षणहरु।

    मधेश, तराई हुँदै धरान अनि काठमाडौँसँगैको बसाई सराईक्रमको क्रममा सबै प्रकारको जनजीवनप्रति म परिचित छु भन्ने हेक्का हरिलाई राम्ररी थाहा छ तसर्थ, मेरो जिब्रो शौक र स्वादप्रति हरि दंगपर्दै औंला टोक्थी। मधेशको झालमुरीदेखि, धरानको कालो बंगुरको मःमः काठमाण्डौंको छोयला सबै, बनाएर चखाएकी छु मैले। अनेकन शौक र सपनाभित्र बाँच्ने जिद्दी केटी म। हरिले सँधै मेरो उट्पटयांग ब्यवहारलाई साथ दिएकी थिई तर कुकिंङको सन्दर्भमा, उ भन्थी-भाँडा माझ्न सघाउँछु, कुकिंङ ? नो वे प्लिज ! काठमाडौँ कलेज पढ्न बस्दाका नितान्त निजी दैनिक उतार-चढावहरु।

    वास्तवमा, तीन नमुना सँगै बस्थ्यौं हामी। राजधानीको एउटै डेरामा। सिरियस हरि। विन्दास लारा। रोमाण्टिक भारती। शालिन एवं भद्र ब्यक्तित्वकी धनी हरि। पारिजातको कृतिको प्रशंसिका एवं पाठक। हिउँदको पारिलो घाममा घरको छतमा सुकुलमा पल्टिएर सुन्तला खाँदै बच्चाजस्तै “कमिक्स” पढ्ने शौक मेरो। टाढा बाट हेर्नेले खुस्किएको दिमागजस्तो देखिने, एक्लै हाँस्दै कमिक्स पढिरहेकी हुँन्थें म। भारती, ढाड फर्काएर “मिल्स एण्ड वुन” को रोमाण्टिक उपन्यास रोमाञ्चकासाथ पढ्दै गरेकी हुन्थी। अंग्रेजी बोल्नु पर्ने ढर्रा उसको अन्ततः अंग्रेजी मुलुक नै पलायन भई। अमेरिका बस्छे हिजोआज। म कमिक्स पढ्थें। त्यही पनि हिन्दी भाषामा। हाँसो लाग्छ, हिन्दी गतिलै सिकिएछ। बोलिन्छ मज्जैले। कण्ठै आउँछन् कमिक्सका पात्रहरुका नाम अझै पनि। हिन्दी प्रभावित भएर होइन। जानी, नजानी अम्मली भइयो कलेज पढ्दासम्म हिन्दी कमिक्स पढ्ने। मान्छेका रुचि, स्वभावहरु पनि कस्ता, कस्ता। अलिक उट्पटयाङे विन्दास स्वभावकी थिएँ म क्यार !

    कतिसम्म भने, एकताका क्याम्पसमा केटीहरुको कपालको मेहन्दीको चमक कस्को गाढा बन्ने फेशन चलेको थियो। उक्साउने बदमास म थिएँ। भारतीले लगाई। फैशनेबल जो थिई। राति लगाई। सुत्ने बेलासम्म सुक्ने कुरा भएन हिउँदको चिसोमा। जति लामो समय लगायो उति गाढा। मेरो अर्को थप बदमासी सल्लाह। टाउको बाँधेर त्यतिकै सुतिई बिचरी। के हुन्थ्यो ! तकियाको सेतो खोलसँगै स्वास्थ्य पनि बिगारी। अनि, तीन दिनसम्म चिसोले ज्वरो आएर ईन्तु न चिन्तु भएर ढलेकी थिई। मेरो उट्पट्यांग उक्साहटलाई कम्ती गाली गरेनन् दुवै साथीले। हरिले सिरियली नै चिन्ता ब्यक्त गरि-भारती साँच्चै साह्रै नै बिमार भइदिएकी भए ? संभव नहोला भन्न सकिंदैन। काठमाडौँको जाडो अनि प्रदूषित पानीको कमाल। चार दिनपश्चात् भारती दुरस्त/तन्दुरस्त भई। मैले हल्का अनुभव गरें।

    सिरियस हरि। विन्दास लारा। रोमाण्टिक भारती। तीन अलग नमुनाहरु शहरका। अब सँगै छैनन् तीन जना। अलग, अलग मुलुकमा बस्छन्। जूनलाई साक्षी राखेर फूलसित प्रेम गर्नेहरुजस्तै हाम्रो मित्रता, प्रेम जहींरहे पनि आ-आफ्नै ढंगले सम्झिरहेका हुनेछौं भन्ने तय आफ्नै प्रकारको थियो हाम्रो।

    जूनको छाँया ओर्लिएको नयाँ वर्षको यो सुखद रात। मध्यरातमा, ओर्लिएर आएका छन् जूनका छाँयासागै मेरा अभिन्न मित्रका यादहरु पनि। साउथ चाईनाको यो समुद्री किनारसम्म। त्यसैले, मैले औधी प्रेम गरेकी हुँ, मेरो काखसम्म फैलिन आइपुगेको जूनको यो छाँयालाई। वातावरणमा नरिवलका पातजस्तै लामा पातहरु हल्लिरहेका छन्। अनवरत् समुद्री हावाको झोंकाले। आउँछन्/जान्छन्। ओहोर/दोहोर गरिरहन्छन् सम्झनाहरु पनि पोलेको पखेटा, रिब्स चपाउँदै गर्दा। बल्झिन्छन् एकैचोटि शिव झट्टा, शेरा खोला, भेडेंटारमा साथीहरुसँग मनाएका/खाएका नयाँ वर्षका वनभोजहरु।

    प्रिय पाठकहरु !
    दिक्क लाग्ला तपाईहरुलाई। नोष्टाल्जियाको बखान गर्छे सधैं लारा। प्रवासमा जो बस्छन्। उनीहरुका लागि नोष्टाल्जिय एक मिठो प्रेम र अनुभूति हो। लाग्छ, जीवन आफैंमा एक “नोष्टाल्जिया” हो। नोष्टाल्जियाका त्यहि अनुभूतिहरु यसरी बल्झिन्छन् त कस्को के लाग्छ ?
    लमतन्न यो समुद्री बगर। रेडवाइन पिएर झुमिरहेको नयाँ वर्षको रात। विगतका ह्यांगओवरसँगै मदहोश लाग्दैछन्। किनारसम्म आउँदै/फर्कँदै जिस्किरहेका छन् समुद्रका छालहरु। लाग्छ, समुद्री संगीतका धुनहरु हुन् छालका ती लहरहरु पनि। थोरै वाइनको नशा, थोरै लहरका धुन तर धेरै यादहरु बाँचेर साथी, आफन्त तथा परिवारहरुका, गुन्गुनाइरहेकी छु म यतिबेला- “जसो गर जे भन जतासुकै लैजाउ मलाई ………..यो मन त मेरो नेपाली हो…………..।”

    समयसँगै बुढ्यौली उक्लंदै गरेका हाम्रा उमेरहरु, फर्केर आउने अब कुनै गुञ्जायस रहने छैनन्। समयसँगै पैंयु फुलेजस्तै सेताम्मे क्रमशः फुल्नेछन् हाम्रा कपालहरु अनि उमेरसँगै चाउरिएका गालाहरुभित्र किंवदन्ती बन्ने छन् एकदिन हाम्रा मित्रताका कथाहरु पनि। मात्रै यसरी फर्कंदो रहेछ-सम्झनाहरु भने बारम्बार। नयाँ वर्ष- जून ओर्लिएको रात।

    No related posts.

    No comments yet to नयाँ वर्ष- जून ओर्लिएको रात

    • Yayaber-Alkapuri

      Dear Lara,

      You really exhibited an expression of your internal feelings through your external talent.Perhaps these are also two sides of life. This inherence lift you up as a person and proves you as a rising literati!

      Well done and congratulations!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • kiran

      Laraaaaaaaaaaaa rocks!

      Yahooooooooooooooo!

      Go Lara, Go Lara, Go Lara!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhunte

      Lara jee,
      I really appreciate your literary writing.
      Ma ta bhabana ma dubulki marne khalko manchhe bhayera hola, yesta khal ka sahityik lekh mera lagi sarai pyara hunchhan, copy paste garera rakhna milne rahechha bhane save garera rakhnu parla.
      I really admire the way you wrote.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • patriot

      hi lara ji,
      i ‘ve had read your couple or article before as well which was brilliant and once again with this article you have touched my heart. i’ve been living in england almost since 10 yrs and went back in nepal once in 2008 after almost 9 years.as you can see as my name, i love my country ,homeland pokhara. when i was teenage we used to have new years party and etc etc celebration but now all of my childhood friends are separated.most of them are in abroad and haven’t seen them more than 14 years and even haven’t heard about them. your article memorised my childhood and my friends, anyway lets get to the point, your article is such a great article.you have got skill to give a life in your article. as everyone said all individual person has got their own talent to write but your article just touched my heart and i’m melted. great article, keep writing, hope will get pleasure to read another article soon. keep it up, my best regards to you and happy new year to you and all nepaleese!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SB PANDEY,korea

      Lara Baini,Nice Article,Pls.keepit-up,HAPPY NEW YEAR-2066.
      sb pandey

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ganesh bahadur limbu

      Lara ji
      Tapaiko Lekhan Sailiko Bhablai Mulyankan hoina Garba matry Garna Sakchhu . Prabashi Hunu, janma bhumi ko maya
      Abismarniya yaad sangai bibad rahit bartaman ra bhabima huna sakne chunautiko khaka dekhaune jadu mayi kala Ullekhaniya chha.
      Yasari nai Har pal Bibad rshit man chhune lekhliyara sabaiko abismaraniya maya ko nirantarata paskanu hune chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • What a realistic piece! laraji.
      Thanks alot.Hope with next piece.
      Happy new year.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dear Lara Dida,
      Aansu nai jharchhani ta, aafno-aafno Atit lai Barambaar Samjinda!!! Tara Yestai Jeevan,Aakhir Jeevan ni Ta, Past ra present time ko Ramjham nai ta honi,Kunai vaar pani ta chhaina ni harek byakti ko Future ta,kasari aaune ho,ke hune ho? It is totally uncertain!
      Your writting is totally true and Awesome for me so I always read your such great articles.Harek kuraharoo–Chharanlga parera lekhi dinu hunchha ra po padna aatinai aanada aaunchhani!
      La ta puna Writting ko partichhyama chhu!
      Megh Singh Adhikari

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बुढाथोकी रामहरि, जापान

      लारा जी,
      अत्तिनै उत्तम लेखन सैलीको साथ मेरो संसारका पाठक सामु पस्कनु भएको तपाईं को यो लेख ज्यादै नै प्रसंसनिय छ।अतीतका मीठा यादहरुलाई बर्तमानमा जस्ताको तस्तै उतार्दै बिदेशमा रहेका संपूर्ण पाठकहरुको मन एक चोटी फेरी आफ्नै जन्मभूमि माथि पुऱ्याउन सक्षम हुनुभएको छ तपाईं। आशा गरौं नयाँ वषॅले तपाईंको लेखन सैलीलाई अझ मजबुत बनाउने छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Thapa,Maryland,USA

      मुखमा पानी सलबलाउने,दिमागमा याद बल्झाउने हैन कती मिठो लेख हो लाराजी !
      खई म त के भनु के भनु उमेर त बिस्तारै चिपलिदै छ तर मन भने पचिसै छ \

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhim

      Thumbs Up Lara Ji
      I admire ur writing style.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सार्थक, दोहा-कतार

      लारा जी, तपाईंको लेखन शैली एकदमै राम्रो र स्तरिय छ, कुनै पनि स्थापित लेखककोभन्दा कम छैन । मैले पहिले पनि भन्दै आएको हुँ । लेख्ने कामलाई कुनै पनि बहानामा छोड्नु हुने छैन मेरो विश्वास छ ।

      तपाईंको धरान-भेडेटार अनी कालो बङगुरको मासुको प्रसंङगले करीब १८-१९ बर्ष अघिको धरान बसाइको याद आयो । त्यो बेला म महेन्द्र बहुमुखी क्याम्पस (अहिले पनि त्यही नाम छ कि फेरियो थाहा छैन?)मा पढ्थे अनी बाँझोगरा बस्थे साथीहरुसँग । प्राय: हाफ छुट्टिको दिन (शुक्रबार) दाल-चामल अनी खर्च लिन घर जानु पर्ने । तर जुन दिन घर गईदैन्थ्यो त्यो हप्ताको शनिबार dry picnic भन्दै या त भेडेटार, नाम्जे डांडा घुम्न गइन्थो या त बुढासुब्बा, पिण्डेस्वर, पञ्चकन्याको जङ्गल घुम्न गइन्थो । त्यस्तै कहिले सर्दुको बगर तिर बिना उद्देश्य भौतारिन्थौ त कहिले फुश्रे माथिको डांडामा गएर धरान लगायत कोशी नदी अनी तराइ (धरानमा धरान उधोँ सबै ठाउँलाई मधेश भन्ने चलन थियो त्यो बेला)को फाँटलाई हेर्दै रमाउथ्यौं । घरबाट कलेज फी, किताब-कापी र अलिकती खाजा नास्ताको लागि मात्रै बजेट बिनियोजन हुन्थ्यो तर पनि त्यहीबाट त्यो सबै गर्न पुर्याइन्थ्यो त्यो बेला मिलाएर । त्यो गर्न नसक्दा “Student Life is Poor Life ” भन्दै बिनसित्तिमा धरान बजार घुमिन्थ्यो वा कोठामै पढ्दै बसेर चित बुझाइन्थ्यो ।

      ओहो धरानको कालो बङ्गुरको मासुको कुरा त सम्झदै मात्रा पनि जिब्रो रसाउँछ । हप्तामा २ या ३ छाक त जसरी भए पनि पाक्नै पर्ने हाम्रो चुलोमा । आफूसँग त्यती पाक कला त थिएन तरै पनि तिमीले पकाएको बङ्गुरको मासु त साह्रै स्वादिलो हुन्छ भन्दै ओल्लो-पल्लो कोठाका साथीहरु आउथे अनी हातमै थापेर खाँदा म त साँच्चै राम्रो पकाउछु कि जस्तो लाग्थ्यो अनी फुरुङग पर्दै हौसिन्थे अनी अरु एक दुई पिस खाउन यार भन्दै थपिदिन्थे । मेरो बहिनीको रूम-म्याट कौशिला बहिनी त झन दाजुले पकाएको बङुगुरको मासु त मेरो आमाले पकाएको भन्दा मीठो भन्दै कलेज छोडेर गए पनि पछीसम्म त्यो मिस गरेको कुरा गरी रहन्थिन भनेको सुन्थे । (सायद अहिले उनी पनि हङकङग तिरै बस्छिन क्यारे)। अरु त अरु हाम्रो घरबेटी दाई (शंकर दाई, जो जातमा बाहुन भएकोले भन्सामा बङ्गुर पाक्दैनथ्यो तर उहाँ भने त्यसको पारखी) पनि हैन हो यता भाईहरुकोमा त मीठो पाकेको वासना आयो नि हौ भन्दै भन्सामा छिरेर २-४ पिस चाखेरै जानु हुन्थ्यो ।

      यस्तै यस्तै गरेर त्यो बेलाको हाम्रो धरान बसाइ साह्रै रमाइलो थियो, जो साह्रै अबिस्मरणिय छ । तर अहिले सुन्छु “धरान धरान जस्तो छैन” अरे भनेर । त्यो बेला सदन-निकेतनमा मेला लागेको बेला भने राती हिड्दा अलिक डर हुन्थो तर अरु बेला निश्फिक्री हिड्डुल/घुमफिर गर्न सकिन्थ्यो । अहिले यहाँबाट धरानको बारेमा सुन्दा डरभन्दा पनि प्रतिकुल बातावरण भएको सुन्दा अलिक चित्त दुखेर आउँछ । सामाजिक सदभाव, जनसभागिता अनी कला सँस्कृतिको नमूना धरानको यो फेरिएको रुपको बारेमा सुन्दा “हैन यो कुरा मिथ्या झुट हो” र कसैले अप्रिल फुल मनाइरहेको हो कि जस्तो लाग्छ । आर्थिक, सामाजिक, राजनितीक, सबै जात-जातिको भाषा-साहित्य, संस्क्रिती, कलाको बिकासमा धरानले सगरमाथाको शिखर चुमोस तर हिजोको मौलिकता, पहिचान र सामाजिक सदभावलाई नभूलोस । बुडासुब्बा, दन्तकाली अनी पिण्डेश्वरसँग मेरो कामना छ ।
      (लारा जी, यदी मेरो पनि लेखन कला तपाईंकै जस्तो उत्तम भएको भए म पनि मेरा भावनाहरुलाई अझै राम्ररी र आकर्षक शैलीमा व्यक्त गर्न सक्थे होला ।)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gajen

      Lara Ji, your articles give me always different test and feeling, moreove nostalgea.Now I to work south china,that is macau,if I could I would have to write my nostalgia as like u,though I sink,disapeared with your feeling.Pls keep writing ahead. Gajen,Macau

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • चेम्जोङ् मनोज,Middle East

      लारा जी,
      सेवारो!(नमस्कार)!!
      हजुरको लेख भित्र,छिर्दा त मेरा आफ्नै अतितहरु पो पाएँ| साँच्चै नै अबिश्मरनीय हुन्छन् बीगतका ती पलहरु,तर पनि हामी यहाँ के नै गर्न सक्दो रहेछौँ र,त्यही अतीतको हरेक पलहरुलाई सम्झेर दुईथोपा आशुँ खसाउन बाहेक|आखिर हामी मान्छे पर्यौ, समय,काल र परिस्थिती संगै आफुलाई परिवर्तन गर्न सिक्नु पर्दों रहेछ, सायद यसैलाई नै भनिन्छ क्यार जीबन|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • James Dean

      ए लारा बहिनी, गन्ध होइन बासना पो हो की हौऊ! की कसो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bastaab

      thanks for nice article.. u have reminded my teenage days.i also used to red comics.i still remember characher of comics.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bipin bhurtel

      Dear lara,
      very great nostalgic pehenomena.Since iam also from that part of nepal. u made me very nosalgic too.nicely written.Say my hi to hari and bharati.
      bipin
      arlington va

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • cRIS

      tasty!

      thnx for sharing.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bibek Thapa

      Nice article… I memorized my sweet sixteen n some stupidity with frens… by the way u r absolutely correct.. Life itself is a nostalgia..

      thnx lara diiii….. for the sweet article..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • K Limbu

      तपाईंले गन्ध र बासनाको कुरा कोट्याउँदा मलाई स्कूले जीवनको याद आयो। सरले विज्ञानको कक्षामा डिस्टिलेशनको बारेमा पढाउँदै गर्दा रक्सीको चर्चा निस्कियो। चर्चाकै क्रममा रक्सीको स्वाद, गन्ध बारे पनि छलफल भयो। स्वादको बारेमा त सरले खासै भन्नुभएन तर गन्धको विषयमा चाहिँ ‘रक्सीको गन्ध होइन रक्सीको बासना हो’ भन्नुहुँदा हामी सबै मुसुमुसु हाँसेका थियौं।

      लाराजीको लेखन शैली धाराप्रवाह पाउँदै आएको छु। पाठकको मनलाई सँगसँगै बगाउन सक्नु कुनै पनि लेखले पाठकको मन जितेको स्पष्ट संकेत हो।

      आउँदा दिनहरूमा पनि लाराजीका सिर्जनाहरूको स्वाद लिन पाइयोस्।

      ढिलै भएपनि स्वीकार्नुहोस् नयाँ वर्ष २०६६ को शुभकामना।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shekhar

      aafoo lai james dean bhanne saathi. pahile aafoo ra afnoobare sochne ho ki comparision garnu bhanda pahile. kaha raja bhoaj kaha gangu teli.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lara

      Dear Sarthakji,

      It’s absolutely awesome! I loved the way you have written. I am pleased to seeing your beautiful style of writing. And, would like to add: “Every individual has thier own Style” and it is! you too have your own, believe in your self!

      Love to read from you as well.

      Sincerely,
      Lara

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      लारा जि !
      सधैं झै यस् पटक पनि असाध्यै मिठो सँग आफ्नो सम्झना पस्कनु भयो ।
      सार्थक जि !
      तपाईं पनि कम्ती राम्रो लेख्नु हुदो रहेनछ !
      ( बरु अल्ली छिट्टै लेख्नु हुदो रहेछ ! मेरो मत्लब ठाडै । लाराजी ले प्रक्रिती लाई समाहित गर्नु भएर एउटा कूचिकार को प्रक्रिती मोह झै गरी लेख्नु भएको छ भने तपाईं चाँही सिधै फटाफट त्यहा ( सम्झना ) मा पुग्नु हुदो रहेछ )
      यधपी तपाईंको स्‍मृति पनि रमाइलो लाग्यो ।
      ( उसो त हामी पढ्ने लाई यसो र उसो भन्न् त सजिलै हुन्छ नि मज्जाले :) ) लेख्ने लाई पो गार्हो हुदो हो त ! पस्किएर दिनु भएको खाना खाँदै कता नुन धेरै भो कता थोरै भन्न् त सजिलो हुन्छ नि है ! )
      सधैं सधैं यस्तै मिठो लेख पढ्न पाइरहु लारा जि , निरन्तरताको शुभ कामना हिर्दय देखी नै ।
      सार्थक जि !
      अब तपाईंले पनि लेख्नु पर्छ है !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सार्थक, दोहा-कतार

      Dear Lara jee,

      I really thank you for your inspiration.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सार्थक, दोहा-कतार

      लुना जी,

      लेख्ने आग्रह र पेरणा दुबैको लागि धन्यवाद ! धेरै चोटि लेख्दै अनी च्यादै फालेको छु आँफैलाई मन नपरेर । अझ एक पटक चाँही कोशीस गर्नु पर्ला कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लारा

      सार्थकजी,

      तैपनि,यदाकदा लाग्छ-

      काश:
      स्वेत पृष्ठ हुँदो हो जिन्दगी
      सारा सपनाहरु कोरिदिन्थे
      बिरक्ति र बेदनामा भने
      केवल पृष्ठ न हो जिन्दगी
      धुंजा, धुंजा च्याति दिन्थे

      -लारा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • चेम्जोङ् मनोज,Middle East

      लारा,लुना अनि सार्थक जी,
      हजूरहरु किन एक-अर्काको बढाई-चढाई गर्नु हुन्छ? को संग कति लेख्नखूबी छ,भनेर छुट्याउन मलाई जज राख्नुस न,यदि मैले जज गर्दा हुन्छ भने मेरो फैसला यस्तो हुनेछ ” लारा,लुना नम्बर एक लेखिका अनि सार्थक जी………… सार्थक जी को त अझ सम्म लेख पढने सौभाग्य मिलेको छैन तर पनि कमेन्ट्लाई आधार मानेर फैशाला गर्ने हो भने वहा पनि लेखन मा निक्कै खप्पिस हुनुहुन्छ झै लाग्यो आशा छ,छिट्टै नै वहाको लेख पनि माईसन्सार मा पढन पाईने छ|उसो त “Every individual has thier own Style” According to (Lara).

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      सार्थक जि ! यि हरफ कोरे है तपाईंको कमेन्ट पढे पछी —
      ———————————————————————–
      कोरिसकेका शब्द हरु
      च्यातेर नफाल !
      अत्तालिएका हुन्छन ति शब्दहरुका मन —-
      कहिले खुशीमा हुदो हो —
      कोरेर मेटिदा
      त्यो खुशी के खुशी हुदो हो —
      कहिले पिर मा रुदो हो —
      कोरेर मेटिदा
      त्यो कती भक्कानिदो हो —
      बरु मलाई देउ
      ( हामीलाई देउ )
      म भिज्न सकू ति खुशीमा तिमी सँगइ –
      बरु मलाई देउ
      म रुझ्न सकू ति बेदनामा तिमी सँगइ –
      जिबन आखिर के नै छ र अजम्बरी —
      छ्यण भर को माया पारीजातकी सकम्बरी —।
      ( मनोज जि ! तपाईं त माया दिन सिपालु हुनु हुदो रहेछ —कताको मलाई पनि लेखिका भनिदिनु भएको लौ ! म त पाठक नै हुँ माइसन्सार मा कमेन्ट लेख्ने । जानी नजानी मनमा लागेको २-४ हरफ लेख्दै मा अहिल्यै लेखिका कसरी हुन सकुला ! लेखिका हुन लाई धेरै कसरत गर्नु पर्छ मैले । अब तपाईं हरुको आशिर्बाद ले एक दिन लेखिका नै भएछु भने मुरी मुरी धन्यवाद दिउला है । )

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lara

      Respected SB Dai,

      Namaskar!

      Wow! Dai, pleased to seeing your comment!
      Thank you sooooooooo much. Will call u!!!

      Pyari Bahini
      Lara

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker