मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    मैले माया नगर्ने ऊ

    -राधा अजबी-

    वास्तवमा मैले चिनेकै छैन ऊ को हो भनेर। नाम, थर, ठेगाना, केही थाहा छैन। ऊ जो भए पनि मलाई के सरोकार। मलाई त निदाउने बेलामा उसको बोली चाहिन्छ। उसको सुमधुर हाँसो चाहिन्छ, जसले मलाई आनन्द दिन सहयोग गर्छ। उसको परिचय थाहा नभए पनि फोनमा गफ गर्न थालेको वर्षै भएछ। कहिलेकाहीँ भेट्ने आशक्ति बढेर आउँथ्यो, देख्‍ने इच्छा चुलिन्यो। तर हामीहरु पृथ्वीको दुई ध्रुवमा विभाजित थियौँ।

    ऊ आफ्नै दुनियामा त म आफ्नै संसारमा थिएँ। खै कसरी उसले मेरो नम्बर पायो, म भन्न सक्दिनँ। तर जुन दिन आत्मीय भावको बोली सुनेँ, त्यसपछि मेरो मन चाहीँ ऊतर्फ दौडिन थाल्यो। राजधानीमा बसेर फोन, बाइक, पैसा, कम्प्युटरसँगै दौडिने उसको दैनिकी क्रमशः मसँग घण्टौ गफेर सन्तुष्टि लुट्न अभ्यस्त बनेको थियो। सम्पन्न परिवारको ऊ संभवतः मबाट के पाउने सोचमा थियो, म अनभिज्ञ थिएँ। तर जब रात छिप्पिँदै जान्थ्यो, म उसको फोनको प्रतीक्षामा आत्तिएकी हुन्थे।

    शुरुवातका दिनमा उसले गर्ने सम्बोधन अप्ठ्यारो लागे पनि बिस्तारै उसको प्रिय बोलीमा डुब्दै गएकी थिएँ। दिन बित्यो, महिना बित्यो, वर्षौँ बित्यो, उसको नाम सोध्ने आवश्यकता समेत ठानेकी थिइनँ। न त उसले नै सोधेको थियो। मात्र सानुको सम्बोधन गर्थ्यो। आफैलाई नढाँटी भन्नुपर्दा मनले माया गर्ने ऊ कदापि हैन, मात्र बोलीमा अल्झिएकी थिएँ।

    मौसम बदलियो, जाडो याम सकिएर बसन्त ऋतुको आगमन भयो। लेकमा राताम्मे लालिगुराँस, बेसीमा प्याउली, सुनगाभा र गुलाब फक्रिन थाले। प्रकृतिले नयाँ रुप फेर्दै थियो। हाम्रो सम्बन्ध पनि अझ कस्सिँदै थियो। म विवाहित हो भन्ने थाहा पाउँदापाउँदै पनि उसले मलाई माया गर्ने र नपाए मर्ने कुरा समेत गर्न थाल्यो। साथमा मलाई जे जस्तो अवस्थामा पनि स्वीकार्ने बतायो।

    यसबारे म केही बोलेकी थिइनँ। सबै कुरा भेटेर बताउने सुरमा थिएँ। घरमा सानी छोरी थिई। श्रीमान विदेशमा हुनुहुन्थ्यो। सबै कुरा भेटेरै बताउँछु भन्ने सुरमा थिएँ। वास्तवमा एक्लोपनको सहारा बनेको थियो उसको फोन। उता श्रीमानसँग पनि बेलाबेलामा टेलिफोन वार्ता भैरहन्थ्यो। अचानक उसले भेट्ने कुरा बतायो। नयाँ वर्षको दिन सिद्घबाबा मन्दिर अगाडि भेट्ने निधो भो। साथमा मैले साथी पनि लान पाउने भएँ।
    ऊ कस्तो छ ? के भन्छ होला ?मेरो साथमा छोरी देख्दा के गर्ला ? यी र यस्तै प्रश्नसँगै समय बितेको पत्तै भएन। जब पहिलो पटक ऊसँग देखादेख भो, सेतो सर्ट, कालो पाइन्ट र कालो चस्मामा निकै सुन्दर देखिन्थ्यो। साथमा दुई जना साथी पनि थिए। जब उसले हेलमेट फुकालेर निकै सहज रुपमा आत्मीय भावले काखमा लियो, म बोल्नै सकिनँ। हल्का हाँसो सँगै बोल्यो —अञ्जु, अझै मलाई चिनिनौ ? म उही अनिल, जसलाई तिमीले कहिल्यै माया गरिनौ। मेरो मुटुले ठाउँ छोड्यो। संसार भासिए जस्तो भो। शरीर काँपेर थचक्कै बसेँ। छोरीलाई हेरेँ, अंकल अंकल भन्दै खेलिरहेकी थिई। विगत सम्झिएँ —एउटै कक्षामा पढ्ने अनिल, सदा पछि लाग्ने गर्थ्यो। उसले पठाएका अनेकौँ प्रेमपत्र मैले बिहेको अघिल्लो दिन च्यातेर फालेकी थिएँ। वास्तवमा मैले उसलाई कहिल्यै माया गरिनँ। चिठी पठाएको बहानामा स्कूलको मन्चमा लगेर सरबाट पिटाएकी थिएँ। फोनमा कहिलेकाहीँ श्रीमान्, घर परिवारका गल्ती र कमजोरी पनि उसलाई सुनाउने गर्थेँ। फोनमा गफ गर्ने अनिल यही नै हो भनेर विश्वास गर्न सकिरहेकी थिइनँ।

    केही बेरपछि ऊ बोल्यो —अञ्जु, धेरै प्रयास गरेँ। तर तिमी बिना बाँच्नै सकिनँ। त्यसैले यो सब गरेँ। आज त तिमी तयार छौ हैन ? म तिम्रो सिउँदो अहिले तत्कालै भर्न चाहन्छु बिन्ती आज हुन्छ भन है। तिम्रो छोरीलाई तिमीले भन्दा माया गर्नेछु। आज पनि तिमीले नाइँनास्ती गर्‍यौ भने अब फेरि अनिललाई कहिल्यै देख्‍न पाउने छैनौँ। म केही बोल्न सकेकी थिइनँ। उसलाई सीधा नजरले हेर्ने साहस पनि थिएन। छोरीलाई समाएर आफ्नो बाटो लागेँ। अनिल रोक्ने प्रयास गर्दै थियो। म केही नबोली घर फर्केँ। उसलाई जवाफ दिन केही शब्द बाँकी थिएन मसँग। साँझ मोबाइलमा फोन गरेँ। स्वीच अफ थियो। आफूले चाहेको कुरा पाउनको लागि उसले गरेको चलाखिपन वास्तव मै तारिफयोग्य थियो। त्यस दिनदेखि अफ भएको उसको मोबाइल अहिलेसम्म खुलेको छैन। ऊ कहाँ गयो, के गर्दैछ मलाई वास्तवमा केही थाहा छैन। ऊ हराउनुमा मेरो दोष कहाँनिर छ, मलाई केही थाहा छैन।

    मदनपोखरा, पाल्पा

    No related posts.

    74 comments to मैले माया नगर्ने ऊ

    • जगेन्द्र छन्त्याल

      राधा बैनी,
      तपाईको कथाले हाम्रो समाजको आम मनोदशालाई उजागर गरेको छ |त्यसकारण यसप्रकारका कथाहरु लेख्दै जानु होला |सफलताको अग्रिम बधाई सहित -
      जगेन्द्र छन्त्याल ,हर्षेघुम पहाड -लाम्मेला ,बागलुंग

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I told myself ,i may be on that situation and may do the same as by Anil. But i don’t want to loose the game, so i don’t want to be crazy . Nice work Radha Madam,seems real story.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Arjun

      radha ji tapai ra anil bich ko yo ekohoro prem kahani sarai ramro lagyo.tara radha ji tapainle anil ko ekohoro premlai kahile pani bujhne prayas ta garnu vayena ni ta haina ra. tara j hos radha ji tapain ko lekh dherai vanda dherai utkrist cha.yestai2 lekh haru aru pani lekhdai rahanu hola.radha ji mero tarfabata dherai dherai thanks la tapainlai. from Iraq

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Its really nice.I would like to know that,Is it real or ficticious?I think it is a part of the BIyoGANT.its really nice.I hope u will try ur best again.thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arjuna

      आफूले पनि राम्रो सँग उसको बारेमा बुझ्‍नुपर्ने अनि
      राम्रो सँग बुझाउनु पर्‌नेनि राधाजीले,बिचरा अनिल ……

      sydney

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • This article analyzes the character of any woman in ground reality. If any woman get freedom, it is the most probable chance that they will betray her husband and try for new husband. Why women do not understand these matters seriously which play role to sustain their family?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rabin karki palpali

      very nice story i like it.keep writing such social stories which frequently happened in our society.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हरिराम पौडेल

      राधा जी
      नमस्कार !
      तपाईको कथा पढे अनि साथीहरुको प्रतिकि्रयाहरु पनि, अहिले सम्मका सबै, सोचाई सबैको आ-आफ्नो हो, तपाईको लेखाईमा मीठास छ उत्कृष्ठता छ सरल छ । यो तपाइको आफ्नो भोगाई हो या अफन्तको या काल्पनिक त्यो त थाहा भएन, प्रश्नहरु धेरै छोडेका छन्, उसको बोलीमा मीठास थियो, मान्छे आकर्षक थियो भन्ने तपाई कै मूल्याकंन हुदाहुदै पनि विद्यालय पढ्दा देखिको उसको प्रेम प्रस्तावलाई स्वीकार्न नसक्नु थुप्रै कारण अनि परिस्थितिहरु हुन सक्लान् । आखिर सबैले परिस्थितिलाई अवलम्वन गर्ने पर्छ जुन रुपमा भए पनि, त्यस्तै परिवन्ध तपाई लाई पनि पर् यो होला सायद, खैर कथा राम्रो लाग्यो, असाध्यै राम्रो लाग्यो, अरु साथीहरुलाई पनि पढ्न दिदा सबैले राम्रो मन्नु भयो, यस्तै मीठासपूर्ण लेखाईहरुको रसस्वादन गर्ने अवसर मिल्ले अपेक्षा राखेको छु, अन्त्यमा यत्ति भन्न मन लागको छ:- कृपया लेखाइलाइ निरन्तरता दिनु होला ।
      हरिराम पौडेल
      hariram_paudel@yahoo.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gajendra Khanal

      Wao really it very admirable love story.
      kya gajjab ko mutu chune katha rahichha. this is the unconsious flow of each and every people. Thank you RADHA u have done great job.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Baldev Bhatta

      Good writing skill and context. keep writing.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • keshari

      is love like that?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • inkesh

      Utkrista lekh bhanda farak naparla….very good…keep writing.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पर्शुराम

      Thank you for the short story.

      The situation that you have created – not being able to identify the voice of Anil over the phone/mobile who was constantly nagging the protagonist with his blind love, is a little bit of the mark. Talking to another person over the phone/mobile for a very short period may help to support the situation but frequent conversations do not.

      Craving for love usually starts on the onset of adolescence. The body and voice of such individual change to reflect the differences between the sexes. Once a person starts hearing the changing/changed voice of an adolescent, it is quite rare not to be able to recognize the voice.

      The sentence turns into a hyperbole – तर हामीहरु पृथ्वीको दुई ध्रुवमा विभाजित थियौँ। Later, the paragraphs below indicate the two souls are residing probably in one country, one in the capital city and the other in the rural (?) area. The way it (the sentence) has been presented confuses some of the readers – Gokul has pointed out that in one of the comments above.

      Still, it being a story, the writer has the right to romanticize the plot and throw in a bit of exaggeration.

      Keep up the good work.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • R_ramechhapeli

      If this story is really राधा जी तपाईँको व्यवहार माथी प्रश्न उठाउने ठाउँ छ जबकी एक जिम्मेवारी आमाको भूमीका बहन गरीसक्नु भएकी तपाईँ जस्ती नारीले आफ्नो पतिपरमेश्वर तपाँई र तपाईँकै सन्तानको निम्ति आफ्नो देश छाडेर नचाहँदा नचाहँदै पनि परदेशमा गई केही धन कमाउन गएका बेला तपाईँ भने यहाँ राती राती कुनै अपरिचित व्यक्तिको फोनमा झुमेर बस्नु, अझ उसको फोन विना तपाईँको निद्रा नै नपर्नु मेरो बिचारमा साह्रै नकारात्मक र उच्छृङ्खलता हो जस्तो लाग्यो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • vijay,uae

      धरै राम्रो लाग्यो मुटु लाई नै चुनेरैछ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Radha jee , very nice story. keep on writing . I love story, the place madanpokhara Palpa and the way u yoke the words . meaning full combination ,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aakash

      राधाजी,तपाईको साहित्य लेखन शैली को म कदर गर्दछु.तपाई ले समाज मा घटने घटना हरु लाइ पेश गर्नु भएको छ. धेरै राम्रो लाग्यो पढ़दा.यस्तै lekh हरु padhna paiyos bhanne asha gardha chhu.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Imagination or reality j vaya pani story padhna mazza aaune khalko rai6 Radha sis i liked it.yasta kura society ma nahune pani hoina vai raheka hunchhan ,katile khulera vanchhan ta katile chup chap lukai rahanchhan . anyway nice story.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kiran

      bichara anil!!!!

      chwa chwa chwa!

      maryo ki kya ho?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ichha

      khasei mo lekh padhnu ma interest nabhako manchhe aja first time yo lekh ma najar pugne bittikei k rahechha halka padhum nata bhanne bhayo ani end ma euta naya kura paya jasto bhayo bhane pachhi pakkai yo lekh kehi utkrista lekh ko pantima ubhyauna suhaune nei hola jun lekh ko starting to end sachai ramro chha ra dherei manchhe ko experience thinking and feeling lai sameteko hunuparchha jas madhya ek mo ni pareko chhu
      aru ta k comment lekhnu bujhi halnu bhayo hola ni hai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • parbate

      राधा जी .
      अनिलको ठाउँमा अरु कोही भैदिएको भये के हुन सक्थ्यो होला ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gokul

      What does this (symbol) refer to…

      तर हामीहरु पृथ्वीको दुई ध्रुवमा विभाजित थियौँ……..?

      I couldn’t quite get it.
      Nice attempt though.
      Continuing in this fashion with a little more adornments will certainly take the writer to the top. S/he’s got the prospect!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bikaraal

      ATI RAMRO RA SATIK KATHA. SAKE SAMMA ARU LEKHNE PRAYAS GARNU RA PASKADAI GARNU……. LEKHAN SAILEE SARAI RAMRO LAAGO…. RA KATA KATA KATHAALE TA MALAI PANI CHHOYO HAI……… ADHI UDHI TA MERO LIFE SANGA PANI MILNE CHHA HAI…….. THANKS…………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सोनु प्रधान

      kahani sunda katai mero aafnai jasto lagyo. sayed mero matra haina yesto kahani nepalma afno shriman bidesh gayeka sabaiko ta na bhanun dherai jasoko yehi kahanisit mildo juldo 6. thanks 4 my sansar. man nai chiso hune khalko. निकै मन पर्यो यो कथा । प्रेमकथा त पढिन्छ तर छुट्टै प्रकारको सरल साहित्यमा यो कथा ।
      एउटा ‘परिपक्व अनी मिठो कथा’

      यो मौलिक लेखनलाइ नछोड्नुहोला ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ujjwol

      If the love is honest, like every Anil men do love insanly!
      Though he shud forget Radhha after her marriage…
      But Radha ji, didnt u realize that ur married and awe some kids, even though u fell in love despite u havent seen his face!!
      Wut u were thinkin??
      Another betrayel..
      This is a cheap story!
      Its better u turn off ur cellfone too!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • very nice story i like very much starting and ending also too good. thank you. nearly like my real story. i was also suffaring that love story. i had a very hard time before 15 years ago but now i m in very good satuation

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लीला

      बैबाहिक नारीको असल चरित्र …… अनी बिदेसिएको श्रीमानको को आँखा छलेर अरु को फोन को प्रतिक्ष्या मा बस्ने आदर्श नारी को चरित्र चित्रन गरेर कल्पनिक मार्मिक या आफ्नै जीबन मा घटेको घटनालाई यथार्थ मा माइ संसार डट्कम् मा पस्किदिनु भएको मा रिदये देखिनै सु शब्द धन्यवाद अनी लेखन सैली लाई अज माथि प्रगती हुँदै जाओस् यही शुभकामना का साथ् अर्को कथा को प्रतिक्ष्या मा ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jay

      katha chahi ramro chh radha ji, yar anil ke euta bibahita ko lag yati mari hate gareko

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Surendra,usa

      nice story.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suphi

      really nice story,keep it up.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सरल्,छोटो र मिठो कथाको लागि धन्यवाद । कथाकारले कहिल्यै माया नगरेको भएपनी अनिल इमान्दार रहेछ। त्यो महिला पात्रले अनिल लाई मनले सलाम गरेको हुनुपर्छ। श्रीमान को अनुपस्थितिमा अर्कासँग गफ गर्न आतुर रहने, नयाँ प्रेमी अपरिचित हुन्जेल स्विकार्ने तर परिचय खुलेपछी नकार्ने , श्रीमान प्रतिको धोका हैन र? “…वास्तवमा मैले चिनेकै छैन ऊ को हो भनेर। नाम, थर, ठेगाना, केही थाहा छैन। ऊ जो भए पनि मलाई के सरोकार। मलाई त निदाउने बेलामा उसको बोली चाहिन्छ। उसको सुमधुर हाँसो चाहिन्छ, जसले मलाई आनन्द दिन सहयोग गर्छ…।” “…तर जब रात छिप्पिँदै जान्थ्यो, म उसको फोनको प्रतीक्षामा आत्तिएकी हुन्थे….। ” लौ पती घरमा नभएको समयमा महिला पात्रको सोच। यसलाई कसरी बुज्ने । यि र यस्तै मामलामा पुरुष मात्रै आरोपित् हुने गरेका छन । यो राम्रो या नराम्रो बहस को बिषय हुनसक्छ तर के समाजले अस्विकारेको बिषयमा खराब आचरण को सिको गरी समान अधिकारको नाममा खराब आचरण भएका पुरुष को कोटिमा महिला पनि उभिन खोजिरहेका त छैनन?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सार्थक, दोहा-कतार

      राधा जी, सरल र सरस ढंगले कथा वस्तुलाई अगाडि बडाउनु भएको छ । यती छोटो (लघु कथा जस्तो)कथामा अगाडि के होला के होला भनी पाठकमा कौतुहलता जगाउन सक्नु तपाईंको लेखाइको बिशेषता हो । राम्रो छ तपाईंको लेखाइ । निरन्तर पढ्न पाउने अपेक्षा गर्दछु ।

      सार्थक, दोहा-कतार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सार्थक, दोहा-कतार

      राधा जी, सरल र सरस ढंगले कथा वस्तुलाई अगाडि बडाउनु भएको छ । यती छोटो (लघु कथा जस्तो)कथामा अगाडि के होला के होला भनी पाठकमा कौतुहलता जगाउन सक्नु तपाईंको लेखाइको बिशेषता हो । राम्रो छ तपाईंको लेखाइ । निरन्तर पढ्न पाउने अपेक्षा गर्दछु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jeevan

      nice one but kati jana kt haru aafulai sarei nai ramri samjhanchhan or k hunchha tini harulai ani real love lai pni chinna sakdainan……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ganga bhandari

      oh my god, I thought ,,,,,
      “Ma ta affnu dukha ko sagar ma dubee rahaye theyo taara Aaroo ko dukha dekhdaa ma ta matraye ansu ko thopo rahaye cha”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • छोटो, मीठो र बिटमाराइ झन् राम्रो । यस्तो कुराहरु आक्कल-झुक्कल समाजमा नहुने हैनन् , तर जहाँसम्म यो कथाको सबाल छ, सत्य हो कि रचित हो लेखकलाई नै थाहा होला ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gorkhali

      लौ राधा जि ! त्यो अनिल भन्ने मै त हो नि अरुले थाहा पाउलान भनेर नाम फेरेर बसेको नि । फेरी तपाईंको श्रीमानले यो कुर थाहा पाये भनेत झन सत्यानास हुन्छ भनेर फोन पनि न उठाको मैले । हा हा हा हा ! Anyway nice one story.Somehow it gives some feeling that it is based on true story.Keep it up Radha ji.You just keep writing sweet story and my mission is to find your contact number.hahahahaha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rabin

      hi very nice story but please confirm its true or not.anyway radha jee what u done its good cos u must think about ur husband.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • debendra paudel

      radha g yo katha ta mero jivan saga mel khayo ni ta! mero pani gf asari nai bichhodiaki thien ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishol

      राधा जि ले आफ्नै अथबा आफुले कतै देखेको अनुभवलाई कथामा उतारेको जस्तो लाग्यो।
      लेखाई पनि राम्रो छ, पढ्न सजिलो लाग्ने। लेख्दै जानु होला।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • When you remember how hard it is to change yourself, you begin to understand what little chance we have of changing others

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramro katha 6

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अब त्यो केटा बुढा भए पछी फेरी पनि फेरी आउछ होला । होसियार ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • J.K Chhetri

      radha ji yo story ta excatly mero love story sanga mildo rahechha. mero pani same to same yestai bha ko thiyo.story ati nai man paro. k yo tapai ko real story ta hoina? thank you so much for excellence love story.

      jk

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SANJAY//SABIN

      Great Story, i like it and this story remindes me my old days. any way, BEST STORY, keep it up n Never Turn off your writing ARTS.
      Thanks to Radha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • तमु,कोरिया

      nice story(real ho???????????) j hosh sarai ramro lagyo thanx

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sapana

      राधा जी
      यो कथा मा तापें ले अनिल संग भेट गर्न हुन्ना ठ्यो टाढा बता एकली हेरना पर्थ्यो अणि तेश पछि मन मा उर्लेको आंधी तूफान ली बरनना गर्नु पर्थ्यो फ्लैश बेक मा गैर एडी यो तापैनको सुरुवात हो भने बधाई छ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • keru

      i really like this story. thanks radha ji for your writing

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram neupane(australia)

      bholi ka din haru ma pani tapaika hami pathak yestai lekh ko aasha garchhau la………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raju lama

      ramro lekh !

      lekhdai janu hola!

      suva kamana

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajesh

      its very nice story.. i like its.but where is he now..its imagine…!!!!!!
      thanks radha jee. for this story..
      rajesh…

      from iraq..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nirdoshi

      राधा अजबी जि नमस्कार है
      तपाई को लेख साह्रै मन पर्यो तय्ती धेरै मय गर्ने तपैको अनिललाइ किन कुनै जबाफ दिनु भयन जे भय पनि राम्रो लेख को लागी धेरै धेरै धन्यबाद ल।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      कथा सरल छ तर यथार्त लाग्ने झै छ । सार्है राम्रो लाग्यो ।
      आखिर एकोहोरो प्रेम पिडादायी नै हुन्छ ।
      ह्या ! बुझ्दा बुझ्दै चै एकोहोरो प्रेम गर्नु हुन्न है !
      एकोहोरो प्रेम को पिडाले बेस्मरी मन गल्न सक्छ । मन गल्यो भने उर्जा पनि गल्छ अर्थात सोच्नु पर्ने मस्तिस्क थकाई आउछ – दिक्दारी आउछ – आउन सक्छ ।
      यती सानो जिबन मा ( जिबन दुई दिनको कर्कलाको पात माथि अडियको पानीको थोपा हो रे ! , हुन पनि हो , अजम्बरी कोही छैन , अनी आयु को निस्चित ठेगाना छैन । झन अहिले को आधुनिक युग मा त मान्छे कुनै पनि बेला कही पनि कुनै पनि कारण ले सिद्दिन सक्छ । )
      यस्तो जिबन मा किन बेकार मा एकोहोरो माया गरेर मनलाई दु खाउने !
      मलाई त यो कथा खुब मन पर्‍यो । घुमाउरो पाराले गज्जब को शन्देश छ यो कथामा ।
      कथाकार लाई मुरी मुरी धन्यवाद हिर्दय देखी नै । सरल तर सार्है मन छुने गरी लेख्नु हुदो रहेछ ! निरन्तरताको शुभ कामना हिर्दय देखी नै ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nice story ! really ho ki kya ho?:-))

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • parvati joshi dhakal sydney

      very good story. i like it.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • narendra,panchthar

      अनिल ब्रो के हो अर्काको घर बिगार्ने सुर मा भयेन नि यस्तो पागलपन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kev Gurung

      राधाजी
      माया लाये पछि पाउनै पर्छ भन्ने छैन, मिठो कथा, मन छोयो,कथाको बिट अझ मिठो, येस्तै लेखहरु पढ़न पाऊ.
      करम गुरुंग,रीडिंग,बेलायत

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • parvati joshi dhakal sydney

      very nice story.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu sapkota sydney australia

      good story i like n keep it up n try to make long thank u

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sachhi bhanu bhne ekle arkaako man lai ra maya lai bhujhnu jarur chha yadi chokhomaya ho bhane story atti ramro lagho jaslia jun manchhe aanter aathma dekhai man parauchha chuthna atti garo hunchha yo kura bhujauna khojhnu vako ma Radha aajabi ji lai muri muri dhanyabath la

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kishor, canada

      is this a real or reel story?? anyways was a nice one, keep it up!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मलाइ निकै मन पर्यो यो कथा । प्रेमकथा त पढिन्छ तर छुट्टै प्रकारको सरल साहित्यमा यो कथा पर्ला ।
      एउटा ‘परिपक्व कथा’

      यो मौलिक लेखनलाइ नछोड्नुहोला ।

      स्याटेलाइट

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bikash Shrestha

      ramro lagyo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • काइला, जर्मनी

      कस्तो केटा होला !!!! लास्ट क्रेजी रैछ नि ..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • akash rijal

      very nice story..
      true figure of our society….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sometimes you love something so much that it hurts to leave it, but you must. Sometimes it hurts too much to hold on to that thing you love. And sometimes you let go of what you love because it hurts, but then just sometimes… you get it back and live happily ever after.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      म माहुरी हूँ राधा ,तिमी धारी खँजरी हौ |
      तर,हैन म बटुवा ,तिमी आप मंजरी हौ राधा,
      आप मंजरी हौ!
      म हूँ एक काच को टुकडा ,तिमी ,तिमी कोइली हौ !
      ———???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      राधाजि
      सानो प्रिस्ट्भुमि बाट बुन्दै बुन्दै पाठक लाइ बाध्न सक्नुले तपाइ कुशल कथाकार भयेको पुस्टि गर्छ्|म यो दाबा को साथ भन्न सक्छु,तपाइलाइ अब जरुरत छ त अलिकति स्यहि र कागज को!! पपुल्यारिटि फुल्माला लियेर तपाइ लाइ पर्खिरहेछ्|
      हे क्रिश्ने!! अब बिलम्ब न गर्नुहोस्,दिन र रात रुपि कालो र सेतो मुसाहरु तपाइ लाइ र हामिहरुलाइ (पाठक महोदय्)समेत भित्र भित्र जर्जर बनाइ रहेछ्|अब घुन्गट पट खोल्नुहोस्|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • R_ramechhapeli

      के हो राम्रो नेपाली पनि लेख्न नआउने???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Amrit

      THis is may happening in each peoplo life. But we have to thing before do it. Otherwise we can get bad answer. may I t will can take nagitive way. But haveing love is beter. we need love also, but we have to more thingking.
      Thank you.
      Amrit Babu
      Hal, Saudi Arab.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramechhapeli ji
      hajur lai taha cha hola ni dudha maa chaamal maatrai haler pakaaunu bhayo bhane eak chamchaa bhandaa badhi khaana saknnu hunna..tara tyahi dudha ra chaamal maa alikati masala ani chini misaaunu bhayo bhane eak plate khaye pachi pani plate chaatna man lagcha hajurlai…plate chaati chaati khaana pan lagnuko matlab ke hola?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kg

      परिचित तर अपरिचित जस्तो सम्झनाको एउटा सिंगो मूर्त रुपलाई,
      प्रतिपल लाखौ लाख……!
      चाहे काल्पनिक कथा होश,चाहे सत्य घटनामा आधारित ब्यथा होश,कथाकारलाई धन्यबाद नदिई रहन सक्तिन!
      “लगाम हीन घोड़ा रोकन सकिन्न,बषौं देखि उकुस मुकुस भएर मन भित्र घुम्सिएर पोखिन आँटेका भावनालाई तिमी सामू मोबाईल मार्फ़त पोखाई दिएकी मात्र हूँ.कतै तिम्रो अन्तर हृद्दय भित्र ठेस लाग्न गएमा ईनकमिंग कल ब्लक गरी परिचित तर अपरिचित जस्ता ले म माथी नचाहिन्दो हिम्मत गर्दो रहेछ भनी सम्झी दिए मात्र पुग्छ, …………!
      l

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • R_ramechhapeli

      Sangita jee म तपाईँलाई धन्यवाद दिन चाहन्छु यसर्थमा कि तपाईँले मेरो प्रतिक्रिया जाँगरका साथ पढ्नु भएकोमा । तर म माफि चाहन्छु कि तपाईँले दिनुभएको दृष्टान्तमा राम्रोसँग प्रष्ट हुन नसकेकोमा ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saru

      Katai tyo Anil Sushil ta hoina?Natra kina Hosiyar huna sujhab diyako ta?………………………………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker