मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    लोकतन्त्र दिवसको सन्दर्भमा हाम्रो अपील

    तेश्रो लोकतन्त्र दिवसको असवसरमा भेला भएका विविध क्षेत्रका हामी नेपाली नागरिकहरु समसामयिक सवालहरुमा आफ्ना धारणाहरु सार्वजनिक गर्दे नेपाली जनता र राजनीतिक दलहरुलाई जनआन्दोलनले दिएको जनादेश प्रति पतिवद्ध रहन आव्हान गर्दछौँ ।
    यो अवसरमा २०६२-६३ को शान्तिपूर्ण जनआन्दोलनमा शहादत प्राप्त गर्ने सहिदहरु प्रति हार्दिक श्रदााजली व्यक्त गर्दे उहाँहरुको योगदानको चीर स्मरण गर्न चाहान्छौँ र लोकतान्त्रिक आन्दोलनको विगत वर्तमान र भविश्यको यो समिक्षा समेत सार्वजनिक गर्दछौ ।

    हालसम्मका उपलब्धिहरु
    जनआन्दोलनको माग र भावना अनुरुप संसारलाई नै अनौठौ सन्देश दिँदै शान्तिपूर्ण रुपमा गणतन्त्रको स्थापना हुनु २००७ साल देखिको नेपाली जनताको माग र चाहाना बमोजिम संविधान सभाको निर्वाचन हुनु गणतन्त्रलाई संस्थागत गर्ने प्रथम पाइलाको रुपमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनु निर्वाचनको माध्यमद्वारा सरकारको गठन हुनु मधेश आन्दोलन समेतको परिणाम स्वरुप संघीयतामा जाने संवैधानिक व्यवस्था गरिनु राज्यका हरेक क्षेत्रहरुमा समावेशीताको मुद्दाले प्रधानता पाई कार्यन्वयन समेतको प्राराम्भ हुनु र संविधान निर्माणको कार्यमा सबै दलहरुको साझा प्रतिवद्धता व्यक्त हुनु यो अवधिका युगान्तकारी तथा परिवर्तनका उपलब्धिहरु भएकोले यी उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढ्न सकेको अवस्थामा नेपालको राष्ट्रियता राष्ट्रिय अखण्डता लोतान्त्रिक शासन व्यवस्था र राजनीतिक भविष्य अत्यन्त सुन्दर एवं सुरक्षित रहने छ भन्ने हाम्रो दृढ मान्यता रहेको छ ।

    बर्तमानको मुल्याकंन

    उपरोक्त उपलब्धिहरुको बावजुद यो अवधिमा दण्डहिनताको अवस्था चरम उत्कर्षमा पुगी नागरिक सुक्षाको प्रश्न अत्यन्तै संवेदनशिल भएको छ । दण्डहिनताको अवस्थालाई राज्यले क्रमशः निस्तेज पार्नुको सट्टा प्रोत्साहित गरिरहेको आम अनुभूति भएको छ । पत्रकारहरु विरेन्द्र शाह प्रकाशचन्द्र ठकुरी उमा िसंह व्यापरी रामहरी श्रेष्ठ विद्यार्थी पुष्कर डङगोल राजनीतिक कार्यकर्ता प्रचण्ड थैवको हत्याका अभियुक्तहरु कुनै न कुनै रुपमा राज्यद्धारा संरक्षित मात्र नभएर कतिपयको पदोन्नोति समेत भएको दृष्टान्तले दण्डहिनतालाई प्रोत्साहित गरिरहेको तथ्यमा दुई मत हुन सक्दैन । अझ त्यसमा पनि ती सबै दृष्टान्तहरुमा सरकारको नेतृत्व गरेको दलको संलग्नताले स्वयं त्यो दलको मानवअधिकार विधिको शासन र वहुलवादी प्रतिष्पर्धा प्रतिको प्रतिवद्धतामा आशंका गर्ने अवस्थाको सृजना भएको छ ।

    त्यसैगरी संवैधानिक सर्वोच्चता र कानुनी शासनको खिल्ली उडाउनॆ गरी भएका पशुपतिको पुजारी नियूक्ति प्रकरण जघन्य फौजदारी अपराधमा संलग्न व्यक्तिहरुको मुद्दा फिर्ता प्रकरण प्रेस स्वतन्त्रता विरुद्धका श्रृङखलावद्ध आक्रमण र त्यसले श्रृजना गरेको अघोषित सेन्सरसिपको अवस्था मुलुकले चिन्दै नचिनेका व्यक्तिहरुलाई प्राज्ञ सभामा गरिएको नियूक्ति राजश्व संकलन कार्यमा गरिएको कार्यकर्ता भर्ती प्रकरण पार्टी संवद्ध गैरसरकारी संस्थालाई दिईएको सरकारी अनुदान देश व्यापी रुपमा टेण्डर प्रकृयामा राजनीतिक दलका यूवा दस्ताको प्रयोग प्रज्ञिक र वौद्धिक जगतलाई मात्र नभएर एक सभ्य समाजलाई समेत चूनौति दिँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा रेक्टर माथि गरिएको कालो मोसो दल्ने कुकृत्यहरुले जारी शान्ति प्रकृया र लोकतान्त्रिक विधिलाई अवमुल्यन गरेको हाम्रो साझा ठहर र निष्कर्ष रहेको छ ।

    चूनौतिहरु

    माथि उल्लेख गरिएका सबै अवस्थाहरुले जारी शान्ति प्रकृया र संविधान निर्माणको कार्यलाई प्रत्यक्ष असर पुर् याउने तथ्यमा कसैको असहमति रहन सक्दैन । विगत अवधिमा राजनीतिक दलहरुका कि्रयाकलापहरु क्रमशः खुम्चिदै गरेको र विचार र दर्शनको आधारमा स्थापीत राजनीतिक दलहरुको प्रभाव क्रमशः न्युन हुँदै जानु भविष्यको लोकतान्त्रि आन्दोलनको ठूलो चूनौति हुन पुगेको तर्फ हामी अत्यन्तै चिन्तित र संवेदनशील छौँ । राजनीतिक मुद्धाहरुको सट्टा गैर राजनीतिक मुद्धाहरुले प्रधानता पाउँदै जानु र सशस्त्र बलकॊ आधारमा मात्र शक्ति आर्जन गर्न सकिन्छ भन्ने सैनिकी करणको मानसिकताले प्रोत्साहन पाउनु नेपालको लोकतान्त्रिक भविष्यको लागि त्यतीनै ठूलो चूनौति हो । २०६२ -६३ को जनआन्दोलनको विजय जुन सुर्कै आवरणका वन्दुकहरुको पराजय हो भन्ने हाम्रो दृढ मान्यता रहेकोले कुनै पनि प्रकृति र आवरणको िहंसात्मक गतिविधि नेपाली जनतालाई कहिल्यै पनि स्वीकार्य थिएन र छैन भन्ने तथ्य पटक-पटक पुर्नपुष्टि भएको सन्दर्भमा सबैखाले िहंसात्मक गतिविधि र कि्रयाकलापको हामी विरोध र भत्स्रना गर्दै शान्तिपूर्ण आन्दोलन बाटै आफ्ना मागहरुमा जनसमर्थन जुटाउन संवद्ध सबैमा अनुरोध समेत गर्दछौँ । विगतमा नेपाल सरकार र आन्दोलनरत विभिन्न समूहहरुसंग गरिएका सहमतिहरु शिघ्रातिशिघ्र कार्यन्वयन नभएको कारणले समेत जारी शान्ति प्रकृयामा गतिरोध उत्पन्न भएको तर्फ हामी जिम्मेवार नागरिकहरु नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छौँ ।

    भविष्यको यात्रा

    सात राजनीतिक दल र तत्कालिन विद्रोही शक्ति नेकपा माओवादीको संयूक्त पहल र सकि्रयतामा सम्पन्न शान्तिपूर्ण जनआन्दोलनको परिणाम स्वरुप प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्ने एक मात्र उपाय आगामी २०६७ साल जेठ १५ गतेभित्र संविधान सभाद्धारा नयाँ संविधानको निर्माण गरिने भएकोले यो समय सिमा र जनादेश तर्फ संवद्ध सबैको ध्यानाकर्षण गराउँदै संविधान निर्माण गर्ने माहान् र चूनौति पूर्ण कार्यमा शान्तिपूर्ण जनआन्दोलनका सारथि दलहरु र अन्य आन्दोलनले स्थापित गरेका राजनीतिक दलहरुको अर्जुनदृष्टि पर्नुपर्दछ भन्ने हाम्रो अविचलित धारणा रहेको छ ।

    संविधान निर्माणको यो साझा यात्रामा सरकारका दैनन्दिन कि्रयाकलापहरुले प्रत्यक्ष असर गरिरहेको तर्फ हामी अत्यान्त चिन्तित् भएका छौँ । तसर्थ संविधान निर्माणको कार्य समाप्त भई नयाँ संविधानले कार्य गर्न थाल्ने अवधिसम्म शान्तिपूर्ण जनआन्दोलनका सहयात्री दल र अन्य सवै दलहरुको सहमति र सहकार्य अनिवार्य र वाध्यात्मक आवश्यकता भएकोले राष्ट्रिय सहमतिको आधारमा विश्वसनीय संयन्त्रको निर्माण गरी जनआन्दोलनको जनादेशलाई लोकतान्त्रिक विधिद्वारा संस्थागत गर्न हामी संवद्ध राजनीतिक दलहरुको ध्यानाकर्ष गराउन चाहान्छौँ ।

    नागरिक सर्वोच्चता र विधिको शासन बहुलवाद स्वतन्त्र न्यापालिका एवं संवैधानिक सर्वोच्चता आधुनिक लोकतान्त्रिक र सभ्य समाजका साझा धरोहर भएकोले यी धरोहरलाई हर हालतमा जोगाउँदै भविष्यको यात्रालाई सुरक्षित गर्नको लागि सबै राजनीतिक दलहरुको साझा प्रतिवद्धता र व्यवहारिक कार्यन्वयनको हामी पूर्ण अपेक्षा गर्दछौँ ।

    नागरिक सर्वोच्चताको अर्थ माओवादी सर्वोच्चता वा निरङकुशताको सर्वोच्चता होईन भन्ने मान्यतामा हामी दृढ विश्वस्त भएकोले नागरिक सर्वोच्चताको नाममा हुने हरेक क्षेत्रको दलिय करणलाई हामी टुलुटुलु हेरेर बसीरहन सक्दैनौँ । यो क्रममा सर्वोच्च अदालतमा विचारधिन रहेको मुद्धालाई समेत प्रभाव पार्ने गरी नेपाली सेनामा गरिएको हस्तक्षेपको हामी विरोध गर्दछौँ । यस्तो हस्तक्षेपले मुलुकलाई सैनीकीकरण तर्फ तर्फ पनि लान सक्ने आशंकाबाट हामी चिन्तित भएका छौँ । अत्यन्तै निर्विवाद र दलिय स्वार्थबाट माथि राखिनु पर्ने न्याय पालिका र नेपाली सेनाका विरुद्धमा सत्तारुढ दलका नेता तथा सभासद्हरु समेतबाट भएको अशोभनीय नारावाजी पुतला दहन र विश्व विद्यालयका प्राज्ञहरु माथि भएको आक्रमणले नागरिक सर्वोच्चता र विधिको शासनलाई चूनौति दिएको मात्र नभई सुन्दर र शान्त नेपालको छविलाई विश्व सामु लज्जित र धुमिल बनाईदिएकोले यस्ता अशोभनीय कार्यहरु अविलम्ब बन्द गरिनु पर्दछ भन्ने हाम्रो साझा अडान रहेको छ ।

    गणतन्त्र नेपालको संस्थागत स्वरुप ग्रहण गर्दै गरेको गरिमामय राष्ट्रपतिको पदलाई विवादमा मुछ्ने जस्ता कु_ित्सत कि्रयाकलापको हामि भत्सर्ना गर्दै राष्ट्रपतिको पदको गरिमालाई जोगाउनका लागी सवै राजनीतिक दल र आम नागरिकहरुको ध्यानाकर्षण गराउन चाहान्छौ ।

    न्यायपालीकाको निकट भविष्यमा हुने नेतृत्व परिवर्तनलाई दलिय स्वार्थ र राजनीतिक करण भन्दा माथि राखिनु पर्दछ भन्ने मान्यतामा समेत हामी दृढ विश्वस्त छौँ ।

    जतिसुकै अलोचना र चूनौतिका बाबजुत पनि तत्कालिन विद्रोही शक्ति नेकपा माओवादी हाल एकिकृत नेकपा माओवादी लाई एक्ल्याउने वा शान्ति प्रकृयाबाट उस्लाई बाहिर राखिनु पर्दछ भन्ने मान्यताले दिगो शान्ति र नयाँ संविधानको परिकल्पना गर्न सकिदैन । यही तथ्यलाई मनन गरी नेपाली जनताले निर्वाचनको माध्यमद्धारा नेकपा माओवादीलाई शंकाको सुविधा दिने जनादेश दिएको हुनाले यॊ सुविधाको अवस्थालाई तत्कालै अन्त्य गरिनु हुँदैन भन्ने विषयमा हामी त्यत्तिकै दृढ संकल्पित छौँ । तर यसको अर्थ वर्तमान सरकार निर्विल्प होईन भन्ने तथ्य र जनादेश पनि एकिकृत नेकपा माओवादीलॆ बुझ्नु पर्दछ ।

    दिगो शान्ति र सुरक्षित लोकतन्त्रको लागि माओवादी लडाकुहरुको समायोजन र पूर्नस्थापना गरी क्यान्टोन्मेन्टको अविलम्ब विघटन गर्नु पर्दछ र तोकिएकै समयमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी हुनु पर्दछ भन्ने मान्यतामा निरन्तर सकि्रय खबरदारी र दवाव जारी राख्न सम्पूर्ण नागरिकहरुमा हाम्रो अनुरोध छ ।

    राधेश्याम अधिकारी कनकमणि दीक्षित टिकाराम भट्टराइ

    निलाम्बर आचार्य डा। सरोज धिताल राजन भट्टराई

    कुल चन्द्र गौतम सुवोध राज प्याकुरेल प्रा। केदार भक्त माथेमा

    चन्द्रकिशोर सुशील प्याकुरेल डा। मिनेन्द्र रिजाल

    प्रा। कमल कृष्ण जोशी रघुजी पन्त पासाङ शेर्पा

    धमेन्द्र झा शंकर पोखरेल प्रदिप ज्ञवाली

    शम्भु थापा

    बैशाख ११ २०६६

    No related posts.

    No comments yet to लोकतन्त्र दिवसको सन्दर्भमा हाम्रो अपील

    • surze wagle

      jabo eauta pashupati ko pujari pani change garna nasakne prachanda ko sarkar katuwal lai hatauna khojme . mr prachanda 7 barse bachha lai goodai jalayara mare ko jasto sajilo chhaina desh chalauna. gyanendara ko palama ta kamse kam putla ta jalauna painthiyoo. tapai ko putla jalaya vane malai ta tapaiko ycl haru le sangai jalaun6an. mr prachanda.dherai padhera baulaya ko baburam vattarai jasto manchhe haru ali dherai,bache ka mandale haru chhani chhani alidherai chhan kamal thapa lai upadhchhaya banaunoos.mero suvakamana chha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manoj sapkota denmark

      this article has policatically motivated. i want to request to the government take the right suggestion from this and throw the unnecessery advise.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mountain

      Conspiricy KOOO for long time…

      1. Gyanendra india visit
      2. Paras gave interview about former Royal Family Massacare.
      3.Paras Announce opening of new party
      4. most of the leader visited Delhi one month ago dout medical check up.
      5.Girija frequent statement about Maoist
      6. Sher Bahadur statement about positive role of Katuwal in Jana andolan II for bringing LOK tantra.

      Katuwal Bull ( Goru ) ho.
      Definitely , He is being used and will be used taking power.

      All conspiracy hatcher are trying to use Army.

      So that Maoist took step to remove Katuwal but Indian Chor SOOD le Prachanda lai tharkayecha kyare. Ani Rastrapati and Vice Rastrapati lai to SOOD le Tharkayo ani gave threaten to PM ,,IF PM remove katuwal then KOO. Even President wrote letter to PM about not remove Katuwal which is unconstitution letter written to PM.

      Now maoist party carde trying to pressure to PM , Sack Katuwal immediately. Otherwise Prachanda will be sacked by maoist party.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yamuna

      yauta rukumangat katwal le nepali netaharulai thar thar kamayeko kamaye 6.dhikkar6 bhrastachari nepali neta vanaudaharu lai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chintan

      i sent a comment for this article yesterday and today i couldn’t see my comment. Is it possible to delete someone’s comment if the editor doesn’t like it??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bibek

      आदरणीय बक्त्ब्याधारी महानुभावहरु

      लोकतंत्र दिवसको एस अबसर मा अरुलाई दोष दिनु भन्दा तपाईहरु आफैले चाहि देशको लगी के गर्नु भो एक पटक छातिमा हात राखेर सोच्ने हो की. मैले तापैहरुलाई किन भनेको भने यहाँ हरु कुनै न कुनै रुपमा राज्य ले पत्याएका र राज्य बाट फ़ायदा लिएका हरु हुनुहुन्छ. सरकार या कसैको कमेन्ट गर्दा हेर्ने चस्मा अली परिबर्तन गर्ने हो की. आफुलाई फ़ायदा अहुदैमा राम्रो काम पनी नराम्रो देखने यहाँ हरुको चस्मा एक पटक आफैले राम्रो सग हेर्नु होला. डाक्टर कहा जनुस भनौ भने यहाहरू नै डाक्टर हुनुहुन्छ के भनौ त.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shuvashree

      आदर्णीय महानुभावहरु

      राधेश्याम अधिकारी
      कनकमणि दीक्षित
      टिकाराम भट्टराइ
      निलाम्बर आचार्य
      डा। सरोज धिताल
      राजन भट्टराई
      कुल चन्द्र गौतम
      सुवोध राज प्याकुरेल
      प्रा। केदार भक्त माथेमा
      चन्द्रकिशोर
      सुशील प्याकुरेल
      डा। मिनेन्द्र रिजाल
      प्रा। कमल कृष्ण जोशी
      रघुजी पन्त पासाङ शेर्पा
      धमेन्द्र झा
      शंकर पोखरेल
      प्रदिप ज्ञवाली
      शम्भु थापा

      तपाइहरुले बक्तब्य निकाल्नुको सत्ता देशको लागि केहि गर्नुस् न चोखो मनले देश, जनता र आफ्नो आत्मालाई साक्षि राखेर। येस्ता बकम्फुसे बक्तब्यले केहि हुने वाला छैन र हुने भए लाखौ बक्तब्य निकाल्न सकिन्छ एक्छिनमा। तपाइहरु मध्य कति जना देश र जनता प्रति कत्तिको इमान्दार हुनुहुन्छ भन्ने कुरा साएद् धेरैलै थाहा छ।

      धन्यवाद ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nagesh

      यस्‍ता कुरा हेर्दा-हेर्दा म त बोलाऊन् लागे हऊ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binu

      नसोचौं देशले हामीलाई के दियो सोचौ देशलाई हामीले के दियौ
      जय देश॥

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • amod

      अनी एउटा कुरा छुट्यो नि त । मजदुर union को नाम मा माओवादी ले बिभिन्न औध्होगिक प्रतिस्ठान हरु मा देखाएको रबैया निन्दनिय छ । अज बिशेष गरी भन्नु पर्दा राजधानी का क्यासिनो हरु माओवादी का भर्ती केन्द्र भएका छन। र त्यहाँ सरकार ले नेपाली लाई क्यासिनो प्रबेस मा रोक लगाएको निर्णय कार्यनोयन का मुख्य बाधक पनि उनिहरुनै हुन ।

      खै कहाँ आको छ लोकतन्त्र ? बेकारको लोकतन्त्र दिवस किन मनाउनु ? आम जनताका समस्या हरु ज्यु का त्यु छन। जे आए पनि नेपाली जनता ले राहत को अनुभुती गर्न पाएका छैनन, बरु जीवन अरु कस्टकर बन्न पुगेको छ । दैनीक उपभोग्य बस्तु हरु को भाउ बडेको बडेइ छ , सार्भजनीक सबारी साधन को भाडा मनपरी छ फेरी उता दैनीक १२ घण्टा loadshedding को त कुरै नगरौ । सङियता लाई गलत रुपमा व्याख्या गरिएको छ। जातियता को नारा चर्काएर दर्जनौ ससस्थ्र समुह हरु लडाईंको मैदान मा छन । दन्डहिनताले प्रसय पाएको छ । राज्य का चौथो अङ मानिने प्रत्रकार नै असुरक्षीत छन अनी न्यायपालिका लाई आक्रमणको धम्की दियिन्छ ।
      के एही हो लोकतन्त्र ?
      जन आन्दोलन मा हामीले बगाएका पसिना अझ भनौ हामी ले गोङबु मा(तपाइ ले पनि कही न कही त भेट्नु भो होला)खाएका पुलिस का लठी एस्तो दिन देख्न को लागि पक्कै पनि थिएन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nutan

      i dun c any reason why comment do not get thru 4m ur moderation.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Vashir

      के हो यस्तो बकवास अपिल? यस्ता अपिल कसैले सुन्ने वा पढ्ने होइन्न क्यारे, बरु आफै सरकारको बिकल्प बनेर काम गरे हुन्छ नि म जस्तै!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khalid

      congress ra uml ka tattu haru lai aru kehi matlab chaina. katwal gayo bhane afno rajniti samapta hunchha bhanne lagera nai testo garya hoon.

      jaydesh.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram Bahadur Nepali

      KING GYANENDRALE SATTA HASTANTARAN( KARAN SINGH KO ADVICE) GARERA LOK TANTRA TA HOINA PARTY TANTRA BHANE AAYEKO HO. MAATHI ULLEKHIT BANMANCHHEHARU PARTY KA BHITRIYA JAGIRE HUN NAKI LOK TANTRA KA HIMAYETI HUN. KANHA CHHA LOK TANTRA? LOK TANTRA ANURUPKO KUNAI KAAM BHAYEKO CHHA? LOK TANTRA MA VOTING HUNCHHA HAREK KURAKO HAREK THAUMA. FOR EXAMPLE,,,,EDI KUNAI GAUMA SCOOL BANAUNU CHHA BHANE TES GAUKA BASINDALE BHOT HALNU PARCHHA TYEHA SCOOL RAKHNE HO YA HOINA BHANERA. AHILE BANNE SAMBIDHANLAI JANAMAT SANGRAHA BAATA ANUMODAN GARAUNU PARCHHA, TYES PACHHI MATRA THAHA HUNCHHA JANATALE KASTO SAMBIDHANKO CHAHA GAREKA CHHAN BHANERA. KEHI BYEKTILE SAMBIDHAN BANAYO RA PARTYLE ANUMODAN GARDAIMA TYO SAMBIDHAN JANTALAI UPAUKTTA HUNCHHA BHANNE CHHAINA. RASTRIYA SABAL RA BIKASMA MAHATTORAKHNE SABAI KURAKO VOTING HUNU PARCHHA. GOVT. BHANEKO PRASASAN CHALAUNE RA RULE OF LAW LAGU GARAUNE MATRA HO. PARTY KO NITI BHANU WA BYEKTI KO NITY LAGU GARNE HOINA.

      MALAI TA CHITTA BUJHENA YO PRAKARKO LOKTANTRA….PANCHAYETI SAILI CHHA YO LOK TANTRAMA,,PANCHAYETMA THORAILE KHANTHE BHANE AHILE ALIK DHERAILE KHANA PAYEKA CHHAN.
      YO LOK TANTRA TA GIRIJA MAKUNE UPENDRA PRACHANDA LE GARIKHANE BHANDO JASTO CHHA. MAILE BUJHEKO LOK TANTRA MA TA MATHI ULLEKHIT BYEKTIHARU DOBATO KA BHUTHARU HUN!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shi

      How did third-grade UML and fourth-grade NC leaders became civil society members? Can someone please explain?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sammukh

      राजनीति गर्नु आँफैमा नराम्रो होइन । कुरो यत्ती मात्र हो कि राजनीतिमा राम्रा मान्छे छैनन । उचित शिक्षा पाएका चेतनसील विद्वान ब्यक्ती नआएकै कारण नेपालको राजनीति धमिलो हुन पुगेको हो । राजनीतिमा कतै नबिकेका मान्छे, डाँका, चोर फटाहा मान्छेले नेपालको राजनीतिक बातावरण बिगारइदिएको हो । विवेकी र त्यागी मान्छेहरुका खाचो छ राजनीतिमा । सदिउदेखी भारतको राजनीतिको प्रभाव परेको देश नेपालमा अहिले पनि तेही राजनीतिको भुत चढेको छ । लालु यादवको बिहारी राजनीतिक भुत चढेको तराइमा जसरी मधेसी आन्दोलनको नाममा राजनीति भईरहेको छ, तेसै गरी काठमाडौंलाई पनि नेवारवादी राजनीतिको भुतले गाज्दै आइरहेको छ । तेसै गरी पहाडी राजनीति पनि परापुर्व काल्को टुक्रे राजनीतिको भुतले ग्रसित भएकै कारण आज राइ, लिम्बु, गुरुङ आदी जातिवादी राजनीतिको रुपमा गाढा देखिन थालेको छ । अन्तत परिणाम नकारात्मक हुने निस्चित भएको छ । सबैको आँखामा राजनीति शव्द नै नराम्रो भएर रहेको छ । राज्य सन्चालन गर्ने विधिलाई नै राजनीति भनिन्छ भन्ने कुरालाई हामीले अन्यथा लिन थालेका छौ र आँफैलाई राजनीतिक रुपले असाक्षर सावित गर्दै आईरहेका छौ । सबै गल्ती र अवगुणका भागी वा दोशी बाहुन छेत्रीहरुका समुदायलाई थोपेर अन्य जाती पानी माथिको ओभानो भएर रहेको देखिएको छ । तर आफु आफुमै कुकुर बिरालो झै एउटा सानो हड्डिको लागि झगडा गर्दै आईरहेका छौ । यही झगडाको पारीपाटिलाई नै लोकतन्त्रको सङ्ग्या दिदै आईरहेका पनि छौ । लोकतन्त्र त लोकका लागि शान्ती एवम स्थाइत्व लिएर आउनु पर्ने होइन र ??!! तर खोइ शान्ती ?? खोइ प्रिय प्रजातन्त्र ?? के एक्ले अर्कोलाई सिढ्याउनु र आफु नै सर्वेसर्वा हुनु लोकतन्त्र हो ?? आज यही झगडा नै लोकतन्त्र भएको छ । आफु भन्दा ठुला र विद्वान अपहेलित भएर रहनु परेको छ । गुरुको स्थानमा आसिन्न महानब्यक्ती अपहेलित हुनु परेको छ । एउटा गुरु अपहेलित हुनु भनेको आफ्नै पिता अपहेलित हुनु सरह हो । आफ्नै आमाको अपहेलना गर्नु जस्तै हो । तर आजको लोकतन्त्रमा कसैको सहयोगी भएर रहनुको सट्टा एक अर्काको बिद्रोही भएर बसेका छौ । छिमेकी बढाउनुको सट्टा सत्रु बनाउदै हिंडेका छौ । कलीला युबाहरुलाई कलम दिनुको सट्टा बन्दुक थमाइदिएका छौ हातमा । शान्तीको गीत गाउँनु पर्ने मुखले जिन्दावाद-मुर्दावादको नारा चिच्याउने बातावरण सिर्जना गरी दिएका छौ । के यही हो आजको लोकतन्त्र ?? मीठो बक्तव्य दिदैमा, रामो भाषण गर्दैमा, ठुलो भिडको विचमा आफुलाई पाउदैमा लोकतन्त्र कायम भएको ठान्नु कहासम्म उचित हो आजको नेपालमा । के नेपाल साचै सुन्दर, शान्त र लोकतान्त्रिक रुपले विशाल छ त आज ??!! के आजका सबै पार्टी, पार्टिका नेताहरुलाई लोकतन्त्र ल्याउन सहयोग पुर्याएको भनेर फुल्को माला पहिर्याउन सकिन्छ त ??!! तेसैले सोच्ने बेला आएको छ नेपाली जनताले ।

      जय देश
      सम्मुख

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramina

      This article should be omitted from this webpage. It does not unite nepalese people rather it helps to stimulate the inner conflict of people. Who are these guys who wrote this article, nepalese people have know very well. In coming days, do not try to express such appeal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गणेश

      maobadilai thik napari desh bandaina. Badhak bhaneko maobadi ho. ani yahan comment lekhne haru pani waisyal jasta chhan.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nutan

      चूनौटिको मुख्य कारण केलाउनु नसक्नु,सिर्फ तपसिलका कुराहरू मात्र उठाउनु यी नागरिक् अगुवाहरूको दारदारिक चिन्ता मात्र हो।
      चूनौटीको मुख्य जड भनेको जनताले सहमतिको राजनीतिको लागि मत दियकोमा आफ्नो पक्षमा मत नहुँदासाथ जनमत को खिलाफमा सहमती प्राणालीबाट बहुमती प्राणालिमा गै प्रतिपक्ष को ब्यबस्था गर्नुनै मूख्य कारण हो । यो जनमतको घोर अपमान हो र जनता लाइ दन्दित गरेको हो। यस्ता प्राणाली र नेताहरुबाट के कुरा अपेक्क्षा गरेका होलान् यी आफुलाई लोकतन्त्रबादी भन्ने नागरीकहरुबाट। उठायका अरूहरु महत्वपूर्ण् भयपनि जड्को अगाडी तपशिल जस्ते हुन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kautilya

      Take the message. Don’t shoot the messenger. It’s idiotic to do so.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chintan

      Shambu Thapa?? Deepak manange ra Rajeev Gurung chutanuna nasakne le …. desh ko bare ma yetra peer??

      For other people, i have nothing to say. I support them. But please Shambhu Thapa, do’t try to fish in dirty water. We hate you.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • buddhi lal tamang,canada

      सेनालाई उचालेर कु गर्न उक्साउनेहरुबाट बिधिको शासनको कुरा सुन्दा हाँसो उठ्यो| नागरिक सर्बोच्चता भनेको निर्बाचित सरकार नभए के हो? माओबादीले गल्ती गरे कार्यबाही गर्ने जनता छन| सेना सरकारको नियंत्रणमा रहने संस्था हो वा अलगै समानान्तर कारिकारी संस्था हो? सेनालाई सरकारले चलाउने की सेनाले सरकारलाई चलाउने?
      एउटा जन आन्दोलनका दोषी र पुरानो राज्तान्त्रका सेवक जसले शांति प्रक्रियालाई तार्किक निस्कर्स्मा पुयाउन मद्दत गर्ने होइन बरु यो वा त्यों बाहनामा शांति प्रक्रियालाई बिथोल्ने हरकत गर्छन त्यस्तालाई कार्यबाही नगरे कस्लाई गर्ने? माओबाई सेना र सरकारी सेना दुबै एकलेअर्को लाई हराउन र निषेध गर्न नसकेको अबस्था हो अहिले| त्यस अर्थमा दुबैको समायोजन हुन नितान्त जरुरी छ यदि देशमा दिगो शांति स्थापना गर्ने हो भने| हिजो जे जस्तो भय पनि दुबै सेनालाई मेलमिलापको पाठ सिकाउनु पर्नेमा उल्टो पानी बाराबारको स्थिति स्वमं कटुवालले गर्दै आएका छन| जसको ज्वालंत उद्धारण रास्ट्रीय खेलमा जन सेनाको सहभागिता हुनासाथ सेनालाई खेल बहिस्कार गर्न लगाउने जस्ता काम गरे| यसबाट कार्ल मार्क्सले भने जस्तै बिधिको शासन, बहुलबाद, प्रजातन्त्र, मानब अधिकार सबै देखाउने दाँत मात्र हुन! आखिर राज्य सत्ताको सबै भन्दा पॉवर फुल अंग भने कै सेना हो| माओबादीको जन सेना हुंदा त यो हाल छ नभएको भए सत्र सालको बी.पि. हुन्थ्यो प्रचण्डा र बाबुराम हरुको पनि पनि|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • avaya

      I haven’t seen any person in the list are free from the political parties (probably one). Most of them are opportunists leader from the NC and UML. They never try to clean themselves why they are imposing unnecessary things to certain party. Though I am not supporter of any political party but I want this kind of messages from the clean and intellectual peoples. All of them are foxes wearing the skin of lamb.
      Beware with so-called leaders in the list except some clean figures.
      Ajuba, Nebraska

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash sunara

      I can not believe this article and is lacking major gudi of Lokatantra how established in Nepal . real histry lai dismis garna ko lagi matra ho yo. these are totaly Dalal ra nepali janatako satru hun aba kasile pani astako biswas gadainan. These people are comletely nowsence and ignore them.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kishor, canada

      why the hell everybody in nepal is so politically oriented? These shits give a damn to country and development perspectives rather focus only on the parties and their ideologies they are driven through.
      Cant anyone represent nepal through Civil Society without being a member of any Political Parties?
      the press release is good but the people who released are the people with doctrine thoughts of NC, UML and RPP.
      We went throu, kingship with democracy and without democracy, NC, UML and Moaists, everyone enacted the same, they couldnt raise theirself ahead from the politicalization, nepotism, favourtism and party’s mandate.
      Not only that, this goverment gave rise to anarchy and insecurity along with the party or group holiganisam. Deeds without thinking and taking back footsteps is the major drawback of the current goverment.

      i think its high time to test the Dictatorship of some kind so that it can wipe up all the rubbish political forces and create a new nepal. Katuwal! sack all these bludy cunning thugs whosoever are in the form of political or civil society that needs just the portfolios to make their life ease taking name each time of public but just concentrating on either their party or themselves.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak

      पुष्पजीको कुरा मलाई पनी सारै चित्त बुझ्यो / मफियाहरुलाई जेलबाट निकाल्ने ग्यांगापो रहेछ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • DRS(UK)

      Yo Apil kasko lagi ho ta jas jas ko signature cha k tiniharu ko daityo chaina ra des nirmanma akhir desh bigreko pani ta uniharu bata nai ta ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Puru

      well said, Pushpa. same M…F… with different idea………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Abhi

      thik 6 soltee ho desh bigarne timi nai hau

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      अपील त चित्त बुझ्यो । तर अन्त्यमा यस्तो अपील गर्नेहरूको नाम पढ्दा त नाकै खुम्च्यो । डुङ्डुङ् गन्हायो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Phil

      Stop fake crocodile tears ,you false leaders. Another attempt from gluttons to be in power and load their stomach with poor nepalese citizen’s money. God will not forgive you satans.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नोगेन हांग

      साच्चिकै पुष्प जी यी भाडाका टट्टुहरु… मुखले राम्रो बोल्नु त साह्रै जानेका छन…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arjun

      अपील गर्ने बयाक्ती हरू:
      गिरिजा को हनुमान राधेश्याम अधिकारी
      मानब अधिकार लाइ हरियो डालर माँ बेचें सुबोध राज प्याकुरेल, प्रदीप नेपाल को चमचा
      देउबा को हनुमान मिर्नेंद्र रिजाल
      ओली का चमचा प्रदीप ज्ञावली, शंकर पोखरेल
      धमाला को वकील शम्भू थापा
      र पत्रुकार र पर्चाकार महा संघ का नेता धर्मेन्द्र झा.

      बक्तब्य माँ हेर्नुस त ” सर्बोच्च्च माँ बिचाराधीन मुद्दा लाइ समेत प्रभाव पार्ने मनासाय ले ” उल्लेख छ. तलाई डाका हो, अदालत माँ बिचाराधीन अबस्था मै धमाला लाइ निर्दोष भनेर लबिंग गर्ने धर्मेन्द्र झा, केन्द्रीय कमिटी बाट रिहाई को निर्णय गराउने मिनेंद्र रिजाल, थुक्क तिमी हरु जस्तो पाखंडी लाइ जती थूके पनी कम हुन्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      thik
      chore le chornu aparadh ho bhane jasta lagyo kunai testai ko nam dekhda ta.

      anyayee ko pakchhyama okalat pani garne adarsh ko vasan pani dine, girijakai khaiti kuputra jastai chha hai kohita.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pradeep

      ani ganesh ji chahi sachhai ko ganesh bhagwan nai ho kya?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aru ta je jasto bhaye pani SHAMBHU THAPA lai Nagrik samaj ma rakhna mildaina ki bhanchhu ma !

      Kinaki Kathmandu ka DON haru ko jayala ma bahash garne ko uchcha Morale hunai sakdaina. Aage aru ko marji ! Galti bhaye risani maf hos hai !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bijaya

      That’s right!! good idea. PLA chaunjel eeneeharuko k e lagne chaina. KP oli haru ra GIRIJAHARU baulauna matrai baki cha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kisan karki, Chicago, USA

      I do agree with Arjun jee. Shame on these bastards; they are looking for a space in post-mandalaya led so called BAHUDALBADI THUGS like Girija and Oli and other RPP bastards.

      Where do they get the ethical base to say this in public given that they are the people who stink morally,ethically, politically…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker